index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
4,870,632
दक्षिण कोरियाको श्रम मन्त्रालयले विदेशी श्रमिकका लागि नयाँ नियम लागु गर्ने भएपछि करिब ५० हजार नेपाली युवालाई पनि लाभ हुने भएको छ। यही अक्टोबर १४ देखि कोरियाले रोजगार अनुमति प्रणाली इपिएसअन्तर्गत कोरियामा कार्यरतका लागि नयाँ श्रम कानुन लागु गर्न लागेको हो। कोरियामा वैधानिक तवरले काम गरिरहेकाहरूले नयाँ श्रम कानुनअनुसारका सुविधा लिन पाउनेछन्। ई–९ भिसा भएका विदेशी कामदारहरूले कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रूपमा फेरि कोरिया प्रवेश गर्न पाउनेगरी नियम परिमार्जन गरेको हो। यसअघि विदेशी कामदारले ४ वर्ष १० महिनासम्म लगातार एउटै कम्पनीमा वैधानिक रूपमा काम गरे मात्रै प्रतिबद्ध कामदारका रुपमा पुनः कोरिया प्रवेश पाउने व्यवस्था थियो। गत अप्रिलमा पहिलाको नियम परिवर्तन गरी एकै प्रकृतिको कम्पनीमा परिवर्तन गरेको भए प्रतिबद्ध कामदारका रुपमा कोरिया आउन पाउने नियम लागू गरिएको थियो। सो नियमलाई पनि परिमार्जन गरेर फरक प्रकृतिको कम्पनी परिवर्तन गरे पनि प्रतिबद्ध कामदारका रुपमा कोरिया प्रवेश गर्न पाउने नियम लागु गर्न लागिएको हो। सुविधाका लागि उत्पादनमूलक, कृषि तथा पशुपालन, मत्स्यपालन, निर्माण तथा सेवा क्षेत्रमा वैधानिक तवरले काम गरेको हुनुपर्ने नियममा उल्लेख छ। तर जतिपटक कम्पनी बदले पनि स्वदेश फर्कने बेला कार्यरत कम्पनीमा भने कम्तीमा १ वर्ष काम गरेको हुनुपर्ने नयाँ नियममा उल्लेख छ। यसअघि बढीमा तीनपटक मात्रै कम्पनी परिवर्तन गर्न पाउने र प्रतिबद्ध कामदारका रुपमा कोरिया फर्कन पूरै अवधि एकै कम्पनीमा काम गरेको हुनुपर्ने नियम थियो। कोरोना महामारीका कारण भिसा सकिएकालाई कोरिया सरकारबाट एक वर्ष भिसा थप्न पाएकाहरूले पनि कम्पनीले चाहेको खण्डमा कोरिया फर्कन पाउने गरी नियम परिमार्जन गरिएको छ। अन्तिम कम्पनीमा काम गरेको एक वर्ष नपुगेको अवस्थामा श्रम विभागले फेरि प्रवेश गर्न योग्य भनेर सिफारिस गरे प्रतिबद्ध कामदारका रूपमा कोरिया प्रवेश गर्न पाइने नयाँ नियममा उल्लेख छ। सबै सर्त पूरा गरेको खण्डमा कोरियाबाट श्रम सम्झौता गरी स्वदेश फर्किएको एक महिनाभित्रै कोरिया फर्किन पाइने नियम बनाइएकाे छ ।
kathmandupress.com
3,470,529
त्रिदेशीय टी–ट्वान्टी क्रिकेट अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा नेपालले सानदार जित निकालेको छ । बुधबार मुलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईलाई ७ विकेटले हराएको हो । नेपालका कप्तान एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले न्युजिल्याण्डलाई ५ विकेटले हराएको छ । गएराती युएईको सारजहाँमा भएको खेलमा पहिले व्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३४ रन एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा पाकिस्तानले भारतमाथि ऐतिहासिक जित निकालेको छ । युएईको दुबइमा गएराति सकिएको खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हरायो । टी–ट्वान्टी विश्वकपमा पाकिस्तानले भारतलाई हराएको यो पहिलो काठमाडौं, असोज १८ । चौंथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) टी–ट्वान्टी क्रिकेट स्थगित भएको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले आइतबार प्रेस विज्ञप्ति निकाल्दै चौंथो संस्करणको डीपीएल स्थगित भएको जनाएको काठमाडौं । सनराइजर्स हैदराबादले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ ।
imagekhabar.com
5,837,425
अपाङ्गता भएका महिला, बालिकाविरुद्ध हुने लैङ्गिक हिंसा र आघात व्यवस्थापनसम्बन्धी पाँच दिने ट्रमा काउन्सेलिङ तालिम सुरु भएको छ । नेपाल अपाङ्गता महिला सङ्घद्वारा आयोजित सो तालिममा विभिन्न परिस्थितिका कारण अपाङ्गता हुन पुगेका व्यक्तिको सहभागिता छ । तालिममा उनीहरुले भोग्नु परेको विभेद्, हिंसा र यसबाट उत्पन्न हुने मानसिक स्वास्थ्य समस्यालाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने जानकारी दिइने सहजकर्ता कञ्चन रावतले जानकारी दिइन्। उनले भनिन्,“जीवन सधैँ सोचे जस्तो हुँदैन, सोच्दै नसोचेका कतिपय घटना दुर्घटनाले मानिसको जीवनले फरक मोड लिन्छ, त्यसलाई स्वीकार्न मानिसलाई निकै गाह्रो हुन्छ मानसिक समस्या देखिन्छन् ।” जीवन भोगिरहेका अपाङ्गता भएका महिलालाई उदासी र नैराश्यताबाट टाढा रहेर कसरी सकारात्मक रुपमा सार्थक जीवन जिउने भन्ने विषयमा तालिम प्रदान गरिने बताइन्। सेवाग्राहीको प्रारम्भिक अवस्थाको मनोविज्ञान अध्ययन गरेर सेवा प्रदायकले सोही आधारमा प्रभावकारी सेवा प्रदान गर्न सक्ने व्यवहारिक पक्षलाई तालिममा समावेश गरिएको जानकारी दिइन् । कार्यक्रममा नेपाल अपाङ्गता महिला सङ्घको अध्यक्ष तारा दाहालले अपाङ्गता भएकाप्रति समाज अझै पनि सकारात्मक हुन नसकेको बताइन्। उनले प्रदेशका कास्की, तनहुँ, म्याग्दी, गोर्खा जिल्लाका अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्शसम्बन्धी तालिम प्रदान गरेर उनीहरुको पीडालाई कम गर्ने तालिम उद्देश्य रहेको जानकारी दिइन् । नेपालमा भूकम्प र कोभिड पछाडि मानसिक स्वास्थ्यमा धेरै समस्या देखिएको र यसलाई अझै पनि समाजले समस्याको रुपमा लिन नसक्दा विकराल रुप लिँदै गएको उनको भनाइ थियो । तालिममा राष्ट्रिय अपाङ्गता महासङ्घ अनुशासन आयोगका सदस्य लोचना अधिकारीले समाजमा अपाङ्गता भएका महिलाले विभिन्न खाले हिंसा भोगिरहेको तर त्यसलाई बाहिर ल्याउन सहज वातावरण नहुँदा पीडा लिएर बाँच्न बाध्य भएको बताइन्। तालिममा प्रदेशमा चार जिल्लाका ३० जनाको सहभागिता रहेको सङ्घका गण्डकी प्रदेशका श्रोत व्यक्ति गङ्गा देवकोटाले जानकारी दिइन् ।
khabarhub.com
674,692
विराटनगर : मृत भेटिएका मोरङका ३१ वर्षीय प्रवीन बास्तोलाको हत्यामा संलग्न रहेको आरोपमा ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । उर्लाबारी नगरपालिका-५ प्रवीनको हत्याको अभियोगमा सरकारी वकिलको कार्यालयले ६ जनाविरूद्ध कर्तव्र्य ज्यान मुद्दामा अदालतमा अभियोग दर्ता गरेको हो । सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका चारसहित ६ जनाविरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो । जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यका अनुसार प्रहरीले पक्राउ गरेको होटल संचालक उर्लावारी नगरपालिका-९ का ३४ वर्षीय कुमार राई र प्रवीनका साथी मोरङ रतुवामाई नगरपालिका– १० का २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरिएको हो । सोही मुद्दामा प्रवीनका साथीहरू उर्लावारी-६ का १९ वर्षीय सुदीप परियार, सोही ठाउँका ३२ वर्षीय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका-९ का ३१ वर्षीय दीपेश पौडेल र प्रवीनको शव भेटिएको घरधनी उर्लावारी–६ का ६० वर्षीय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए । आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
everestdainik.com
6,224,423
काठमाडौं, ९ माघ । निर्देशक शोभित बस्नेतको निर्देशनमा चलचित्र ‘बद्री बहादुर’ निर्माण हुने भएको छ । माघ ११ बाट छायांकन सुरु हुन लागेको चलचित्रलाई संचारकमर्मी रबि अधिकारीले निर्माण गर्न लागेका हुन् । एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा तयार हुन लागेको यस चलचित्रका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने मिथुन भोटे कार्यकारी निर्माता हुन् । चलचित्रमा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेतको शिर्ष भूमिका रहने छ । ‘बद्री बहादुर’ पुजा र सलोनको अलवा छुल्ठिम गुरुङ, जय किसन बस्नेत,धिरेन शाक्य, शोभित बस्नेत ,लय संगौला ,एलिना रायमाझी,उत्तम केसी, अन्जु केसी , वर्षा चौलागाईं , पुरन थापा, राम गौतम , मनोज केसी ,उजन नेम्बाङ र मंगल भोटेको अभिनय रहने छ । यस चलचित्रबाट राजिब जङ बस्नेत र एलिना गुरुङ नेपाली चलचित्र नगरीमा प्रवेश गर्दैछन् । चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत ,रामकाजी घिमिरे लेखन,शिब बिकको नूत्य निर्देशन , शंकर महर्जनको द्वन्द रहने छ । ‘बद्री बहादुर’ मा बिनोद सापकोटाले छायांकन तथा समिर मिया सम्पादन रहने छ । । कमेडी जनराको चलचित्र ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउमा निर्माण पक्षले जनाएको छ
shilapatra.com
3,378,425
काठमाडौं महानगरले सार्वजनिक जग्गा मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ । काठमाडौं महानगरपालिका–३१ स्थित आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाइका भौतिक संरचनामाथि आइतबार डोजर चलाएको हो । वडा कार्यालयले खेलकुद पार्क बनाउने तयारी गरेको सार्वजनिक जग्गामा बनेका अस्थायी घर टहरा भत्काउन सुरु गरिएको महानगर प्रहरीले जनाएको छ । नगर प्रहरी उपरीक्षक दिनेश अर्यालले आज १४ वटा टहरा भत्काइरहेको बताए । उनले अनधिृकतरुपमा सार्वजनिक जग्गा हडपेर बनाइएका भौतिक संरचनामाथि डोजर चलाएको बताउँदै भने, ‘अनधिकृत रूपमा वषौंदेखि यस स्थानलाई कब्जा गरेर मानिस बसेका रहेछन् । भौतिक संरचना बनाएर भाडामा समेत लगाइएको रहेको छ ।’ अस्थायी संरचनामा बस्ने व्यक्तिहरूले प्रयोग गर्दै आएको भान्छाका सामान, फर्निचर लगायत सामानहरु हटाएर टहरा भत्काइको उनले बताए । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
3,857,748
स्पेनिस ला लिगामा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीको ह्याट्रिकमा बार्सिलोनाले रियल माल्लार्को विरुद्ध सहज जित निकालेको छ । शनिबार राति सकिएको खेलमा बार्सिलोनाले ५–२ गोल अन्तरले माल्लार्कोलाई पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेसलिे १७, ४१ र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । खेल शुरु भएको सातौं मिनेटमै एन्टिनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्का स्ट्राइकर लुइस स्वारेजले ४३औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–१ को फराकिलो अग्रता बनायो । माल्लार्कोका लागि ३५औं मिनेटमा एन्टे बुदिमिरले गोल गरे । दोस्रो हाफमा दुवै टीमले एक–एक गोल थप गर्दा मेसीले ह्याट्रिक पूरा गरेका थिए । उनले ८३औं मिनेटमा गोल गरे भने माल्लार्कोका लागि पनि बुडिमिरले नै ६४औं मिनेटमा गोल थपे । स्पेनिस ला लिगामा लियोनेल मेसीले ह्याट्रिक गरेका छन् । मेसीको ह्याट्रिकमा बार्सिलोनाले रियल माल्लार्को विरुद्ध सहज जित निकालेको छ । शनिबार राति सकिएको खेलमा बार्सिलोनाले ५–२ गोल अन्तरले माल्लार्कोलाई पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान मेसलिे १७, ४१ र ८३औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरे । खेल शुरु भएको सातौं मिनेटमै एन्टिनियो ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अर्का स्ट्राइकर लुइस स्वारेजले ४३औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले पहिलो हाफमै ४–१ को फराकिलो अग्रता बनायो । माल्लार्कोका लागि ३५औं मिनेटमा एन्टे बुदिमिरले गोल गरे । दोस्रो हाफमा दुवै टीमले एक–एक गोल थप गर्दा मेसीले ह्याट्रिक पूरा गरेका थिए । उनले ८३औं मिनेटमा गोल गरे भने माल्लार्कोका लागि पनि बुडिमिरले नै ६४औं मिनेटमा गोल थपे ।
himalkhabar.com
1,661,451
जिल्लाको उच्च हिमाली तथा पहाडी क्षेत्रमा चिसो बढेसँगै चौँरी गोठहरू न्यानो स्थान खोज्दै बेँसीतर्फ झर्न थालेका छन् । इलामका सन्दकपुर, कालापोखरी, ताप्लेजुङको टिम्वुपोखरी, कालीखोला, पाँचथरको फालोटलगायत स्थानबाट चौँरी गोठ न्यानोतर्फ सार्न थालिएको हो । अत्यधिक चिसो हुन थालेपछि चौँरी आफ से आफ न्यानो स्थान खोज्दै उँधो झर्ने भएकाले चौँरीपालक किसानले सोही अनुसार पुरानो खर्कतिर गोठ सार्ने गरेका छन् । टिम्वुपोखरी क्षेत्रमा छार्के र तुसारो शुरु भइसकेको छ । ताप्लेजुङ र पाँचथरमा मात्र रहेका छ दर्जनभन्दा धेरै गोठ न्यानो स्थानतर्फ सार्दै लगिएको छ । सन्दकपुर र कालापोखरीका खर्कमा त्यस क्षेत्रमा रहेका गोठहरू आउने गरेका छन् । यहाँका गोठहरू अझ तल मानव बस्ती नजिक झार्न थालिएको चौँरीपालक बताउँछन् । अत्यन्तै चिसो हुने क्षेत्रमा रहेका गोठहरू क्रमशः कम चिसो हुने क्षेत्रमा ल्याइन्छ । त्यहाँ रहेका गोठहरू केही तल झारिन्छ । चौँरी बस्दै आएको स्थानमा चिसो बढेकाले त्यहाँभन्दा न्यानो स्थानमा चौँरी बस्न रुचाउँछन्, सन्दकपुर गाउँपालिका, जमुनाका कुमार गुरुङले भन्नुभयो । गोठसँगै गोठधनी पनि खानेबस्ने सबै सरसामान लिएर न्यानो स्थानतर्फ झर्ने गर्छन् । सामूहिक रूपमा खर्कमा बनाइएका गोठहरूमा सर्ने गरेको उहाँले बताउनुभयो । इलाम, पाँचथर र ताप्लेजुङका उच्च पहाडी क्षेत्रमा रहेका करिब पाँच दर्जनभन्दा बढी चौँरी गोठ चिसोबाट न्यानोतर्फ सरेका हुन् । असोज महिनादेखि गोठ उधौँली झर्ने क्रम शुरु हुन्छ । न्यानोपना नआएसम्म ती गोठहरू बेसींमै रहन्छन् । मुख्यतया वैशाख महिनादेखि गोठ उधाँैली लैजाने क्रम शुरु हुने गरेको मावुका दण्डु लामाले बताउनुभयो । उधाँैली झरेको अवस्थामा चौँरीबाट उत्पादन राम्रो हुने गरेको किसान बताउँछन् । चौँरीसँगै भेडीगोठ पनि उँधो सर्न थालेका छन् । सयौँको सङ्ख्यामा रहेका भेडासहितको गोठ तल झार्न थालिएको हो । भेडीगोठ खर्क–खर्कमा केही दिन राख्दै तल गाउँसम्म ल्याउने गरिन्छ । जाडोयाममा टिम्वुपोखरीदेखि माथिका क्षेत्रमा पशु र मानिस बस्नसक्ने अवस्था हँुदैन । यसपालि शुरुमै चिसो भएकाले चौँरी गोठहरू बेसीतर्फ झार्न थालिएको हो । वि.सं.२०७४ कात्तिक १७ शुक्रवार ०६:०४ मा प्रकाशित काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
sansarnews.com
5,905,401
- , , , , ३१, २०१९. ( / ) काठमाडौं – जर्मनीले हिजबुल्लाह लडाकू समूहलाई आतंकवादीको सूचिमा राख्दै प्रतिबन्ध लगाएको छ । जर्मनीले हिजबुल्लाहका गतिविधि आपराधिक भएको भन्दै शंकास्पद व्यक्तिहरुमाथि निगरानी पनि बढाइएको जनाएको छ जर्मनीमा १ हजार ५० भन्दा धेरै हिजबुल्लाह अतिवादी समूहका मानिसहरु रहेको आकलनसहित उनीहरुको खोजी तीव्र पारिएको जनाइएको छ । अमेरिकाले हिजबुल्लाहका कमाण्डरबारे सूचना दिनेलाई १० मिलियन डलर दिने घोषणा गरेको एक महिना नपुग्दै जर्मनीले पनि हिजबुल्लाहलाई आतंककारीको सूचिमा राखेको हो । लेबननस्थित हसन नसरूल्लाहको नेतृत्वमा सञ्चालित सिया विद्रोही लडाकू समूह हिजबुल्लाहलाई अमेरिकासहित युरोपका देशहरुले आतंकवादीको सूचिमा राख्न थालेपछि अप्ठ्यारो पर्ने विश्लेषण हुन थालेका छन् ।
khabarhub.com
3,716,854
जिल्लामा दर्जनौं दूध संकलन गर्ने डेरी सञ्चालनमा आएका हुन् । सञ्चालित डेरीबाट दैनिक सयौं लिटर दूध बिक्री हुने गरेको छ । पाणिनी गाउँपालिका–५ मैदानको नेटामा रहेको सफल दुग्ध डेरीले गतवर्षको ११ महिनामा ५६ लाख २२ हजार ३ सय रूपैयाँको दूध बिक्री गरेको छ । ९४ हजार ९ सय ५ लिटर दूध संकलन गरेको डेरीले विजुली बत्ती नियमित नआउँदा १२ सय ५ लिटर दूध नष्ट ग¥यो । ग्रामीण भेगमा विद्युत्को समस्याका कारण दूध बिग्रिएर पोख्नु परेको सफल दूध संकलन केन्द्रका अध्यक्ष देवीलाल न्यौपानेले बताए । “प्रतिलिटर ६० रूपैयाँमा निगालीमा रहेको देउराली छुर्पी उद्योगलाई दूध बिक्री गरेका छौं,” न्यौपानेले भने, “वर्खामा पनि पहिरो गएका कारण यातायातको समस्या भयो, मोटरसाइकलमै बोकेर दूध बिक्री गर्ने प्रयत्न गरेका छौं ।” कृषकले दूध बिक्री गरेर ५० लाख ९९ हजार ३ सय ९२ रूपैयाँ पाएका छन् । गाडी ढुवानी खर्च, कर्मचारीलाई तलव, कार्यालय सञ्चालन खर्च गरी ९८ हजार २ सय ३२ रूपैयाँ डेरीले बचत गरेको छ । पाणिनी गाउँपालिकाको पुरानो डेरी मध्येको सफल डेरीले विगत २ वर्षदेखि पुनः सञ्चालनमा आएको हो । डेरीमा दूध बिक्री हुन लागेपछि कृषकहरू पशुपालनमा प्रेरित भई दूध बिक्रीबाट राम्रो आम्दानी गर्दै आएका छन् । डेरीको वार्षिक साधारणसभामा प्रदेश नम्बर ५ का प्रदेशसभा सदस्य रामजी घिमिरेले ५ नम्बर प्रदेश समृद्धिको आधार पशुपालन र कृषि मात्रै रहेको बताएका छन्् । सफल दूध संकलन समूह पाणिनी गाउँपालिका–५ मैदान नेटाको दोस्रो वार्षिक साधारणसभाको उद्घाटन गर्दै घिमिरेले प्रदेश सरकारले कृषि र पशुपालन केन्द्रीत कार्यक्रमलाई प्राथमिकतामा राखेको बताए । उनले प्रदेशका जनतालाई सुखि र समृद्ध बनाउन कृषि र पशुपालनका कार्यक्रम प्रदेश सरकारले अगाडि बढाएको बताए । पाणिनी गाउँपालिकाको विकासका लागि कृषि र पशुपालननै मुख्य आधार रहेको भन्दै प्रदेशबाट लाखौं रूपैयाँ कृषि र पशुपालनमा छुट्याएको बताए । पाणिनी गाउँपालिका उपाध्यक्ष लक्ष्मी गौतमले गाउँपालिका दूधमा आत्मनिर्भर बनेको बताइन । उनले उत्पादनका आधारमा गतवर्ष प्रतिलिटर २ रूपैयाँ दूधमा अनुदान दिइको बताइन् । गाउँपालिकामा करिब दर्जन दूध डेरी सञ्चालन छन् । गाउँपालिकाभित्र उत्पादन भएको दूध पाल्पा, बुटबल, सन्धिखर्कलगायतका ठाउँमा बिक्री भएको उनले बताइन् । काठमाडौं – नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)लाई नेसनल बेस्ट प्रिजेन्टेड अवार्डअन्तर्गत सन् २०२२ का लागि काठमाडाैं- नेपालको शैक्षिक विकासका लागि विद्यालय तहदेखि उच्च शिक्षाका क्षेत्रमा विश्वस्तरीय शिक्षा प्रदायक शैक्षिक संस्थाहरूको काठमाडौं- नेपालको सबैभन्दा ठूलो भुक्तानी सञ्चालक, फोनपेले ‘फोन पे डिरेक्टः पैसा पठाऔँ ठाउँको ठाउँ’ अफर काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन काठमाडौं– ग्लोबल आइएमई बैंक र इशान बाल तथा महिला अस्पतालबीच सम्झौता भएको छ । उक्त काठमाडौं– नबिल बैंकले एकै साथ ४ वटा प्रतिष्ठित अवार्ड प्राप्त गरेको छ ।
karobardaily.com
1,777,728
नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णय विरुद्ध परेको मुद्दामा सर्वोच्च अदालतमा बिहीबारदेखि सुनुवाइ हुँदैछ । बिहीबारदेखि सुनुवाइ हुने रेशम चौधरीको मुद्दामा पनि रिगलको मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् । रेशमको कैद माफीमिनाहा दिने निर्णय गलत रहेको दाबी गर्दै परेको रिट निवेदनमा बिहीबारदेखि सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो । ३ असोजमा संविधान दिवसको अवसर पारेर मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले व्यक्तिहत्यामा दोषी ठहर भएका तरुण दलका नेता योगराज ढकाल ‘रिगल’को कैद मिनाहा गरेका थिए । तर १६ कात्तिकमा सर्वोच्च अदालतले उनको कैद मिनाहा गैरकानुनी ठहर गर्दै बदर गरेको थियो । उनको कैद मिनाहा गैरकानुनी ठहर गर्दै बदर गरेपछि रेशमको पनि के होला भन्ने चासो छ । १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रेशम चौधरीको जन्मकैदको सजाय माफीमिनाहा गरेका थिए । चौधरीको माफीमिनाहाको निर्णय हुँदा उनी विरुद्धको मुद्दामा सर्वोच्च अदालतले गरेको जन्मकैद सदर मुद्दाको फैसलाको पूर्णपाठ समेत तयार भएको थिएन । माफीमिनाहापछि सार्वजनिक पूर्णपाठमा अपराधको राजनीतिकरण गरी मुद्दा फिर्ता लिने प्रयास गर्नु र उन्मुक्ति दिनु गलत हुने उल्लेख छ । बिहीबारदेखि सुनुवाइ हुने रेशम चौधरीको मुद्दामा पनि रिगलको मुद्दामा भएको फैसलाको प्रभाव पर्न सक्ने कानुनका जानकारहरू बताउँछन् । २०७२ भदौमा टीकापुरमा सुरक्षाकर्मी सहित ८ जनाको हत्याको घटनामा दोषी ठहर भएका रेशम चौधरी र नेपालगञ्जमा दिनदहाडै खुकुरी हानेर चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैदमुक्त भएको प्रक्रिया भने फरक–फरक हो ।
nepalviews.com
5,106,467
भारतीय अंग्रेजी पत्रिका का अनुसार पहिले यो गाडीको मालिक मनसुख हिरेन ठानिएकोमा अहिले अर्कै भएको पत्ता लागेको हो। अम्बानीको भव्य भवन एन्टिलियाको बाहिर शंकास्पद अवस्थामा भेटिएको त्यो स्कार्पियो गाडीको मालिक वास्तवमा ठाणे निवासी साम पिटर न्युटन भन्ने व्यक्तिको रहेको खुलेको हो। त्यो गाडी २०७७ अप्रिल ७ मा ठाणेस्थित आरटीओ कार्यालयमा दर्ता भएको पाइएको छ। यसअघि गाडीधनी ठानिएको हिरेनले मृत्युअघि अपराध शाखामा न्युटनलाई आफूले सन् २०१६ देखि चिनेको बयान दिएका थिए। उनका अनुसार ठाणेमा उनको कार सजावट गर्ने व्यवसाय थियो। त्यस क्रममा न्युटनले आफ्नो त्यो स्कार्पियोमा केही सामान राखिदिन भनेका थिए। ले लेखेको छ : गाडी सजावट गरेबापत न्युटनले हिरेनलाई २ लाख ८० हजारको चेक दिए, तर त्यो बाउन्स चेक (खातामा पैसै नभएको) रहेछ। त्यसपछि २०१८ अप्रिल ६ मा हिरेनले पैसा मागेँ। तर न्युटनले दिन नसक्ने बताए। त्यसपछि हिरेनलाई उनलाई नौपडा प्रहरी कार्यालय पुर्याए। यसपछि न्युटनले १५ दिनभित्र पैसा दिने वाचा गरे र त्यतिन्जेलका लाग आफ्नो स्कार्पियो प्रयोग गर्न हिरेनलाई दिए। हिरेनकी पत्नी विमलाले भनेकी छन्, ‘हिरेनले यो गाडी सहायक प्रहरी निरीक्षक सचिन वाझेलाई प्रयोग गर्न दिनुभएको थियो र गाडी २०२० फेब्रुअरी ५ सम्म वाझेकै साथमा थियो।’ जुन गाडी फेब्रुअरी २५ मा विस्फोटक पदार्थ जिलेटिनसहित मुकेश अम्बानीको घरबाहिर फेला परेको थियो भने त्यसको नम्बर प्लेट पनि नक्कली थियो। साथै चेसिस र इन्जिन नम्बर मेटिएको थियो। यसपछि प्रहरीले गाडीको सिसामा लेखिएको फाइनान्स कम्पनीको नाम र नम्बरबाट त्यो गाडीको वास्तविक धनी पत्ता लगाएको हो। सुरुमा यो गाडीको धनी हिरेन भन्ने ठानिएको थियो र हिरेनले पनि फेब्रुअरी १७ मा गाडी चोरी भएको बताएका थिए।त्यसपछि उनको मृत्यु भयो। पहिले गाडी धनी ठानिएको हिरेन मृत फेला परेपछि रहस्यमय बनेको घटना अहिले गाडी मालिक अर्कै भएको पत्ता लागेपछि झनै रहस्यपूर्ण बनेको छ। हिरेनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ। उनको मृत्यु कसरी भयो भन्ने विषयमा पोस्टमार्टम रिपोर्टबाट केही पत्ता लाग्ने अपेक्षा गरिएको छ। विस्फोटक पदार्थ र अम्बानीको परिवारै सिध्याइदिने चेतावनीको पत्रसहित उनको घरअगाडि स्कार्पियो फेला परेपछि भारतमा सनसनी मच्चिएको छ ।
nepalkhabar.com
721,927
बुटवलमा आगामी पुष ५ देखि १८ गतेसम्म सञ्चालन हुने ‘लुम्बिनी एक्स्पो तथा अन्तर्राष्ट्रिय व्यापार मेला’को तयारी शुरु भएको छ । रुपन्देही व्यापार संघ र नेपाल चेम्बर अफ कमर्स काठमाडौंको मुख्य आयोजना तथा तिलोत्तमा व्यापार संघ, देवदह व्यापार संघ र सैनामैना व्यापार संघको सह(आयोजनामा सञ्चालन हुने मेलाको तयारी शुरु भएको आयोजकले जनाएको छ । मुख्य आयोजक रुपन्देही व्यापार संघले बुधबार बुटवलमा पत्रकार सम्मेलन गरी मेलालाई सफल पार्न ६१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको जानकारी दिएको छ । त्यससँग सम्बन्धित विभिन्न विषयगत ४२ वटा उपसमिति गठन गरी उपसमितिहरुले आवश्यक तयारी थालेको सो अवसरमा जानकारी दिईयो । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मुल नाराका साथ सञ्चालन हुने मेलामा करिब ६०० स्टल रहने मूल आयोजक समितिका संयोजक पदमप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार मेलाको ८ लाख मानिसले अवलोकन गर्ने र करिब ५० करोडको कारोबार हुने अपेक्षा गरिएको छ । मेलामार्फत गौतमबुद्धको जन्म स्थल लुम्बिनीसहित प्रदेश नं. ५ भित्रका सम्पूर्ण धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एतिहासिक महत्व बोकेका सम्पदाहरु एवं पावन स्थलहरुको प्रवर्द्धनात्मक प्रचार प्रसार गरिने आयोजकको भनाइ छ ।
brtnepal.com
3,119,735
नेपाल प्रहरीका ४७ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । प्रहरी महानिरीक्षकको भदौ १५ गतेको निर्णयअनुसार भदौदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी एसपीहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
5,163,952
अस्पतालले स्वास्थ्य मन्त्रालयको नयाँ निर्देशिका बमोजिम १४ दिन कटेका र लक्षण नदेखिएका संक्रमितहरुलाई डिस्चार्ज गरेको हो। अस्पतालले नयाँ निर्देशिका बमोजिम उनीहरुको नेगेटिभ रिजल्ट कुर्नु नपर्ने देखिएकाले डिस्चार्ज गरिएको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही जेठ २० गते जारी गरेको कोभिड १९ केश आइसोलेसन व्यवस्थापन सम्बन्धि निर्देशिकामा लक्षण तथा चिन्ह नदेखिएका केशको हकमा आइसोलेसन बसेको १४ दिनपछि छोड्न मिल्ने उल्लेख छ। अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले स्वास्थ्य मन्त्रालयको सोही निर्देशिकालाई टेक्दै १४ दिन अस्पतालको आइसोलेसनमा बसिसकेका तर कुनै लक्षण नदेखिएका ६ जनालाई डिस्चार्ज गरिएको जानकारी दिए। ‘संक्रमितहरु बढ्दै गएपछि स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाले नै १४ दिन कटाएर लक्षण नदेखिएकालाई पठाउन भनेको छ। त्यही अनुसार डिस्चार्ज गरिएको हो,’ प्रवक्ता जोशीले नेपालखबरसँग भने। यसअघि दुई पटक कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गर्ने गरिएको थियो। त्यसो गर्दा लामो समय संक्रमितहरुले आइसोलेसनमा बिताउने गरेका थिए। केसहरुको संख्या बढेसँगै स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका विरामीहरुलाई घरमै आइसोलेसन राख्ने निती अनुरुप नयाँ निर्देशिका जारी गरेको हो। अस्पतालले शुक्रबार अछामको मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुष र ११ बर्षीय बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नम्वर १ का २० बर्षीय र २७ बर्षीय पुरुष तथा शिवनाथ गाउँपालिका वडा नम्वर २ का २० र २२ बर्षीय पुरुषलाई १४ दिन कटेको र लक्षण पनि नदेखिएको भन्दै डिस्चार्ज गरेको हो। भारतबाट आएका उनीहरु गत जेठ ८ गतेबाट अस्पतालको आइसोलेसनमा उपचाररत थिए। २४ वटामात्रै आइसोलेसन बेड रहेको सेती अस्पतालमा २६ जना संक्रमितको उपचार हुँदै थियो। आइसोलेसन सैय्या अभावमा यसैहप्ता कैलालीको गौरिगंगाका ५ संक्रमितलाई अस्पतालले फिर्ता पठाएको थियो। केस हरु पनि बढ्दै गएको, आइसोलेसन तथा जनशक्तिको अभावका बेला १४ दिन कटेका तथा लक्षण देखिएका संक्रमितलाई घर पठाउने निर्णयलाई डा. जोशीले समर्थन गरे। ‘१४ दिन पुगेपछि पोजिटिभ केसले अरुलाई संक्रमण गराउन सक्ने सम्भावना एकदमै न्यून हुन्छ,’ डा. जोशीले भने, ‘केसहरु बढ्दै गएपछि लक्षण नदेखिएका व्यक्तिलाई घर पठाउनु ठिकै हो। उनीहरुलाई दुई हप्ताजति होम क्वारेन्टिन तथा आइसोसनमा बस्न, अरुसँग घुलमिल नहुन, पौष्टिक खानेकुरा खान र चिकित्सकको नियमित सम्पर्कमा रहन भनि सम्झाई बुझाई पठाइएको छ।’ स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाको घरमै आइसोलेसनमा बस्दा पालना गर्नुपर्ने कुराहरु उल्लेख छन। जसमा हावा खेल्ने तथा प्रर्याप्त प्रकाश आउने छुट्टै कोठाको व्यवस्था हुनुपर्ने, उपचार अवधिभर बाहिर ननिस्कने र आवश्यक सामाग्री परिवारका सदस्यहरुमार्फत मगाउने, पर्याप्त मात्रामा पानी, झोलिलो र पोसिलो खानेकुरा खाने, प्रयोग गरेको भाडाहरु सुरक्षित रुपमा सफा गर्ने र राम्रो सुकेपछिमात्रै प्रयोग गर्ने उल्लेख छ। यस्तै स्नानघर, शौचालयको छुट्टै व्यवस्था मिलाउने, सामुहिक रुपमा प्रयोग गर्नुपर्ने अवस्थामा राम्रोसँग सरसफाई गर्ने, व्यक्तिगत सामाग्रीहरु अरुलाई प्रयोग गर्न नदिने, हातधुने साबुन र पञ्जाको पर्याप्त व्यवस्था गर्नुपर्ने, दिनमा कम्तीमा ३ पटक ज्वरो जाँच गरी रेकर्ड राख्ने, हरेक दिन दुईपटक आफ्नो स्वास्थ्य अवस्थाबारे सम्बन्धित स्वास्थ्यकर्मीलाई फोन तथा एसएमएसबाट जानकारी गराउने आदि उल्लेख छ। सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ९२ छ। तीमध्ये ७ जना निकाे भएर यसअघि नै घर फर्किसकेको छन्। काेराेनाका कारण सुदूरपश्चिममा अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।
nepalkhabar.com
230,704
चितवन राष्ट्रिय निकञ्जको पूर्वी सेक्टर सौराहाबाट गणना सुरू गर्न लागिएको हो। क्यामेरा ट्रयापिङ विधिबाट देशभरका बाघ गणनाका लागि तीन वटा कम्प्लेक्स बनाइएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ। नवलपरासीको त्रिवेणीदेखि दाउन्नेबाट पूर्व रौतहटको बागमतीसम्मको वन क्षेत्रलाई एउटा कम्प्लेक्स मानिएको छ। बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रलाई अर्को कम्प्लेक्स मानिएको छ। तेस्रो कम्प्लेक्स शुक्लाफाँटा क्षेत्र रहनेछ। गणना राष्ट्रिय निकुञ्ज मात्रै नभई बाघको बासस्थान मानिने राष्ट्रिय वनमा पनि गरिनेछ। पूर्वको इलामदेखि पश्चिम डडेल्धुरासम्मै क्यामेरा राखेर बाघको गणना गरिने विभागले जनायो। चितवनमा आइतबार उद्घाटन गरेर गणना सुरू गरिने भए पनि अन्य क्षेत्रको गणना मिति तय छैन। उद्घाटनका लागि वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव आउँदैछन्। उनले गणनामा प्रयोग हुने क्यामेरा जडान गरेर उद्घाटन गर्नेछन्। बाघ गणनाका लागि चितवन-पर्सा कम्प्लेक्सलाई तीन वटा ब्लकमा विभाजन गरिएको छ। चितवन निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार ती तीन ब्लकमा ८ सय ७५ वटा ग्रीड बनाइनेछ। त्रिवेणी-दाउन्ने-सौराहा (पहिलो ब्लक)मा २ सय ८५, सौराहा-मनहरी(दोश्रो)मा ३ सय १० र मनहरी-बागमती(तेश्रो)मा २ सय ८० वटा ग्रीड रहनेछन्। ४ वर्ग किलोमिटर क्षेत्रफलका यी सबै ग्रीडमा दुई/दुईवटा क्यामेरा जडान गरिनेछ। देशभरमा एक हजार ९ सय बढी ग्रीडमा ३ हजार ३ सय बढी क्यामेरा प्रयोग गरिने छ। 'बाघको आवतजावत हुने सम्भावित स्थानमा दुईतर्फ एक-एक वटा क्यामेरा जोडिनेछ। त्यो क्यामराले बाघको फोटो खिच्नेछ,' तिवारीले भने। तीन वटा ब्लकमा पालैपालो क्यामेरा जडान गरेर बाघको रेकर्ड लिइने उनले बताए। ब्लकमा १३ वटा समूह बनाएर काम गरिनेछ। आवश्यकताअनुसार हात्ती, गाडी, मोटरसाइकलको प्रयोग गणनामा हुनेछ। गणनाका लागि क्यामेरालाई १५ देखि २१ दिनसम्म एकै ठाउँमा राखिने उनले बताए। 'त्यो अवधिमा क्यामेराले आफ्नो क्षेत्रमा आवतजावत गर्ने बाघलाई कैद गर्छ। पछि फोटो हेरेर बाघको संख्या यकिन गरिनेछ,' तिवारीले भने। पाटेबाघलाई उसको शरीरमा हुने पाटाबाट पहिचान गर्न सकिन्छ। हरेक बाघको पाटा फरक-फरक हुने भएकाले दोहोरिएको पत्ता लगाउन सकिने तिवारीले बताए। 'एउटा ब्लकमा सकिएपछि वा नसकिँदै पनि अर्को ब्लकमा गणना सुरू गर्न सकिन्छ,' उनले भने, 'जनशक्ति र साधन स्रोतको उपलब्धताअनुसार काम अघि बढ्छ।' चितवन-पर्सा कम्प्लेक्समा बाघ गणनाका लागि एक सय जना खटिनेछन्। उनीहरूलाई शुक्रबार र शनिबार तालिम दिइँदैछ। गणनामा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, विज्ञहरू, इन्ट्रन विद्यार्थीहरु सहभागी हुनेछन्। आवश्यकताअनुसार नेचर गाइडलाई पनि सहभागी गराउने तयारी छ। देशभर बाघ गणनाका लागि करिब ४ करोड रुपैयाँ खर्च हुने चितवन निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए। यसमा नेपाल सरकारको ८४ लाख रुपैयाँ खर्च हुनेछ। बाँकी राष्ट्रिय प्रकृति संरक्षण कोष, डब्लुडब्लुएफ र जुलजिकल सोसाइटी अफ लण्डन(जेडएसएल)ले खर्च गर्नेछन्। कोषले आवश्यक प्राविधिक सहयोग गर्नेछ। सन् २०१८ मा देशभर गरिएको गणनामा २ सय ३५ वटा बाघ भेटिएका थिए। चितवन निकुञ्जमा ९३, बर्दिया निकुञ्जमा ८७, पर्सा निकुञ्ज र आसपासमा १८, बाँके निकुञ्ज र आसपासमा २१, शुक्लाफाँटा र आसपासमा १६ वटा वयस्क बाघ भेटिएका थिए। सन् २०१३ को गणनामा चितवनमा १२० वटा बाघ भेटिएकोमा ०१८ मा २७ वटाले घटेका थिए। शुक्लाफाँटामा पनि बाघको संख्या एउटाले कम भेटिएको थियो। २०१३ मा देशभरमा बाघको संख्या १ सय ९८ थियो। ५ वर्षपछिको गणनामा चितवन र शुक्लाफाँटा क्षेत्रमा घटे पनि अन्यत्र बढेका थिए। नेपालमा सन् १९९५-९६ मा वयस्क बाघको संख्या ९३ देखि ९७ वटा रहेको अनुमान गरिएको थियो। सन् २००९ मा भएको गणनामा देशभरमा १२१ वटा पाटेबाघ भेटिएका थिए। सन् २०१० मा भएको विश्व बाघ सम्मेलनले सन् २०२२ सम्ममा संख्या दोब्बर बनाउने लक्ष्य निर्धारण गर्‍यो। सोहीअनुरूप नेपालले पनि बाघको संख्या सन् २०२२ सम्ममा २५० पुर्‍याउने लक्ष्य लिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले बाघको बासस्थान, आहारा प्रजाति विस्तारमा सफलता मिल्दै गएकाले बाघको संख्या लक्ष्यअनुसार वृद्धि भएको बताए। 'बाघको संख्यालाई दोब्बर बनाउने अन्तर्राष्ट्रिय लक्ष्यलाई यसपटक हासिल गर्ने विश्वास लिएका छौं,' उनले भने, 'बाघ गणना हाम्रोलागि राष्ट्रिय पर्वजस्तै बनेको छ।' विश्वका १३ वटा देशमा पाटे बाघ पाइनेमा नौमध्ये तीन प्रजाति लोप भइसकेका छन्। नेपालमा पाइने पाटेबाघ भारत, भुटान र बंगलादेशमा मात्रै पाइन्छ। विश्वमा ७० वर्षअघि एक लाखको संख्यामा रहेको बाघ सन् २०१० मा तीन हजारमा झरेपछि दोब्बर बनाउन पहल थालिएको थियो। नियमितरूपमा गरिने गणनाले बाघको वास्तविक अवस्था थाहा हुने र त्यसले संरक्षण तथा व्यवस्थापन प्रभावकारी बनाउन सहयोग पुग्ने सदस्य सचिव अधिकारीले बताए ।
setopati.com
3,752,180
 जनताबाट चुनिएका जनप्रतिनिधिसँग सर्वसाधारणले सहज सेवा पाउने अपेक्षा गर्छन् तर सेवा र न्याय दिन्छु भन्नेबाटै हातपात भएपछि अवस्था कस्तो होला ? सिरहामा यस्तै भएको छ, नागरिकता लिन वडा कार्यालय पुगेका एक सेवाग्राही सहज सेवाको साटो वडाअध्यक्षबाटै कुटिएका छन् । सिरहा नगरपालिका १८ तारापट्टी कुर्मी टोलका २५ वर्षीय मनोजकुमार रायलाई उनकै वडाका अध्यक्ष रामसोगारथ यादवसहितको समूले कुटपिट गरेको हो । वडाभित्र तारापट्टीमा सिँचाइ बोरिङको उपभोक्ता समिति निर्माण गर्न असार २५ गते बुबा रामसेवा रायको सक्कल नागरिकता प्राणपत्र वडाध्यक्षलाई जिम्मा दिइएको थियो । त्यही नागरिकता फिर्ता लिन साउन २८ गते दिउँसो वडा कार्यालय पुगेका मनोजमाथि वडाध्यक्षबाट कुटपिट भएको हो । यो समाचार कान्तिपुर दैनिकमा भरत जर्घामगरले लेखेका छन् ।
emountaintv.com
3,310,291
थुनछेक बहस सकिएपछि महरा छुटने, धरौटीमा रिहा हुने वा पुर्पक्षका लागि कारगार चलान हुने अदालतले आदेश दिनेछ । तीन वर्ष भन्दा धेरै कैद सजाय हुने मुद्दामा अदालतले अभियुक्तलाई थुनामा पठाउने गर्दछ । तर, यो मुद्दामा पछि पीडितले दबाबमा परेर आफुले निवेदन दिएको बताएकाले के आदेश आउँछ भन्न नसकिने प्रहरी अधिकारीहरु बताउँछन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,548,975
: कांग्रेस उपसभापति पूर्णबहादुर खड्का सुर्खेत १ बाट निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार खड्काले ४२ हजार ६०७ मत पाउँदै निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाए। खड्काले शाहीलाई ११ हजार ६१९ मतान्तरले पराजित गरेका हुन् ।
pahilopost.com
730,687
अहिलेसम्म कम्तिमा ४ सय युक्रेनी नागरिकको शव फेला परेको छ । द्वन्द्वग्रत क्षेत्रको भग्नावशेषमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसी कब्जामा परेका बुचा, इरपिन र होस्टोमेलका स्थानीय बासिन्दाहरूलाई खोज्ने प्रयास जारी रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सो सहरमा सामूहिक चिहान पनि फेला परेको छ ।शव चिहानभित्र थुपारेर राखेको अवस्थामा फेला परेको छ । त्यस क्षेत्रमा ३ सय भन्दा बढीको शव हुनसक्ने अधिकारीहरूले जनाएका छन् । यसैबीच, युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले कीभको उत्तरपश्चिमी भागमा रहेको बुचामा भएको हत्याको अनुसन्धान गर्न अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई आग्रह गर्नुभएको छ । कुलेबाले रुसी सेनाहरूले ‘क्रोधमा’ नागरिकहरूलाई मारेको आरोप लगाउनुभयो । युरोपेली संघ र नाटोका नेताहरूले नागरिकको हतयाको निन्दा गर्दै युद्ध अपराधको लागि जवाफदेहिता र अनुसन्धानको लागि आह्वान गरेका छन् । यता रुसले भने मृतकको तस्वीरलाई नक्कली भन्दै अस्वीकार गरेको छ ।
brtnepal.com
3,872,276
त्यस्तै ५५ किलोमा अनु अधीकारी,६८ केजीमा विभुषा थापा र ५५ केजीमा सोनाम लामाले कास्य पदक जितेका छन् । दुई दिनमा नेपालले ४ रजत र ५ कास्य पदक जितिसकेको छ । शनिबार अल्बिना नगरकोटीले ४७ केजी तौल समूहमा रजत जितेकी थिइन् । त्यस्तै टिम कातामा नेपालको महिला र पुरुष दुवै टोलीले कास्य पदक जितेको थियो । पुरुष टोलीमा पशुराम बास्तोला,गुबिराम घले र अनिल चौधरी थिए । त्यस्तै महिला टोलीमा संगिता मगर, सुनिता नेपाली र कर्म लामा रहेका थिए ।
hamrokhelkud.com
4,798,411
निजी क्षेत्रको अग्रणी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले २५ वर्षे यात्रा पूरा गरेको छ । रजत जयन्ती मनाइरहेको कम्पनीले जहाज थपेर गन्तव्य विस्तार गर्ने योजना बनाएको छ । सन् १९९७ सेप्टेम्बर ११ तारिखका दिनदेखि व्यावसायिक हवाई उडान सुरु गरेको बुद्ध एयरले सन् २०२२ सम्म दुई लाख ६४ हजार नौ सय १८ उडानमार्फत कूल एक करोड ८० लाखभन्दा बढी यात्रुलाई सेवा प्रदान गरेको कम्पनीले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। कम्पनीले असोज २५ (अक्टोबर ११ तारिख) मा वार्षिकोत्सव मनाउँदै आएको छ । सुरुआती चरणमा एउटा बीचक्र्याफ्ट १९०० डि मार्फत डोमेस्टिक उडान सुरु गरेको कम्पनीले हाल ७२ सिटे एटिआर जहाजसहित १६ वटा जहाजबाट सेवा दिइरहेको छ। देशका विभिन्न ४३ वटा हवाई रुटमा सेवा प्रवाह गरिरहेको कम्पनीले जनाएको छ। बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले २५ वर्षे व्यावसायिक यात्राको दायरा फराकिलो बनाउँदै रजत जयन्तीबाट ५०औँ स्वर्ण जयन्तीसम्मको गन्तव्यका लागि नयाँ योजनाका साथ अघि बढ्ने बताए। उनले यात्रुको सरल र सहज यात्रा तथा हवाई उडान सुरक्षामा कम्पनीले कुनै पनि सम्झौता नगर्ने भन्दै जहाजसँगै उडान गन्तव्य पनि क्रमशः विस्तार गर्दै लगिने बताए। ‘म व्यक्तिले बुद्ध एयरलाई २५ वर्ष डो¥याएर यो सफलतामा पु¥याएको छु, अब कम्पनीलाई संस्थागत गरिनुपर्छ नयाँ धरातलमा जानुपर्छ, त्यसैले २५ वर्षे रजतजयन्ती मनायौँ, अबको २५ वर्षभित्र अर्को सफलताका लागि यात्रा तय गर्नुछ, त्यसैले केही न केही परिवर्तन गरेर जानैपर्छ,’ प्रबन्धन निर्देशक बस्नेतले भने। उहाँले आवश्यकताअनुरुप कम्पनी सञ्चालन ढाँचा परिवर्तन गरेर कम्पनी मोडलमा पनि जान सकिने धारणा राख्नुभयो । कम्पनीसँग एक हजार ५०० हाराहारी कर्मचारी छन्। भारतको बनारसमा अन्तर्राष्ट्रिय उडान गरिरहेको बुद्ध एयरले उडान अनुमति पाएको खण्डमा पोखरा र नेपालगञ्जबाट नयाँदिल्ली उडान सञ्चालन गर्ने योजना बनाएको छ। कम्पनीले यसअघि भारतको कोलकात्ता केही समय उडान गरेको भए पनि व्यावसायिक ढङ्गले सञ्चालन हुन नसकेपछि उक्त गन्तव्यको उडान स्थगित गरेको थियो । प्रबन्धन दिर्नेशक बस्नेतले भने, ‘अन्तर्राष्ट्रिय उडान सोचेजस्तो सहज रहेनछ हरेक प्रक्रियालाई पूरा गर्दा कठिन हुने रहेछ, त्यसैले हाम्रो फोकस डोमेस्टिकलाई अझ प्रभावकारी बनाउने छ। सम्भव भएसम्म अन्तर्राष्ट्रिय उडान पनि गर्न सक्छौँ।’ बुद्ध एयरले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि दैनिक दुई उडान तथा नेपालगञ्जबाट पनि सोही सङ्ख्याको उडान अनुमति नेपाल नागरिक उड्डयन प्राधिकरणसँग मागेको थियो । अन्तर्राष्ट्रिय उडान एटिर ७२ जहाजबाटै गर्ने कम्पनीले जनाएको छ । मागेकोजति उडान नपाएकाले तत्काललाई कुनै निर्णय नभए पनि भविष्यमा यी गन्तव्यमा उडान गर्ने योजना रहेको प्रबन्ध निर्देशक बस्नेतले बताए। बुद्ध एयरका निर्देशक आस्था बस्नेत थापाले कम्पनीको व्यावसायिक योजनाबारे जानकारी दिँदै हवाई सुरक्षा र सेवा गुणस्तरमा कुनै सम्झौता नगरिने स्पष्ट पारे। उनले अथ तीन वटा एटिआर जहाज भित्र्याएर कम्पनीको गन्तव्य विस्तार गर्ने योजना सुनाए। बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीका अनुसार अहिले कम्पनीले दैनिक एक सय ५० बढी उडानमार्फत आठ हजार हाराहारी यात्रुलाई सेवा दिइरहेको छ ।
kathmandupress.com
651,275
काठमाडौँ, १४ पुस – प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगको परामर्शमा केही दिनभित्रै राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गरिने बताएका छन् आयोगका पदाधिकारीले आज प्रधानमन्त्रीसँग भेटी राष्ट्रियसभा सदस्यको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेको थियो । प्रधानमन्त्रीसँग उनको सरकारी निवास बालुवाटारमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादव र आयोगका पदाधिकारीले संयुक्त रूपमा भेटी उक्त आग्रह गर्नुभएको आयोगका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश आज प्रमाणीकरण गरेपछी आयोगका तर्फबाट निर्वाचनको मिति घोषणा गर्न सल्लाह दिइएको थियो । सो अवसरमा डा यादवले प्रदेश प्रमुख नियुक्ति र प्रदेशसभा सदस्यको शपथ नलिएसम्म राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदाता हुन नसक्ने व्यहोरा पनि अवगत गराएको प्रवक्ता घिमिरेले जानकारी दिए प्रधानमन्त्रीले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन निष्पक्ष, स्वतन्त्र र विश्वसनीय रूपमा सम्पन्न गराउन सफल भएकामा आयोग र यसका पदाधिकारीलाई धन्यवाद तथा बधाई ज्ञापन गरेका थिए डा यादवले पनि निर्वाचन सफल बनाउन सरकारले पु¥याएको सहयोगको सराहना गर्दै प्रधानमन्त्रीसमक्ष बधाई ज्ञापन गरेको आयोगले जनाएको छ । भेटका अवसरमा निर्वाचन आयुक्त इला शर्मा, नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौड्याल र सुधीरकुमार शाह पनि उपस्थित थिए ।
lokpath.com
4,105,422
मानिसले हरेक कुरालाई गहिराइमा पुगेर यसको अर्थ र महत्व बुझ्न सक्यो भने जीवनमा नाम र दाम कमाउन कठिन छैन । जीवनमा कलाले रङ्ग मात्र भर्दैन, प्राण पनि थप्छ । बागलुङ नगरपालिका– २ श्रीनगर टोल निवासी सुवासचन्द्र लामिछाने चित्रकला र मूर्तिकलामा आफ्नो सृजनशीलता प्रस्तुत गर्न व्यस्त हुन्छन् । उनी कलामा व्यावसायिकता अँगाल्ने कममध्येमा पर्छन। ढुङ्गाको आकर्षक मूर्ति र शिलालेख लेखनमा यस क्षेत्रमा लामिछानेको पृथक परिचय छ । उनले तयार गरेको मूर्ति नेपालका धेरै स्थानमा पुगेको छ । लामिछानेका दाजुभाइ पनि मूर्तिकला व्यवसायमा सक्रिय हुन्छन् । सुवासचन्द्र सानै उमेरमा चित्रकलामा पोख्त थिए । उनी अहिले ४६ वर्षको भए । पुख्र्यौली घर कुस्मा नगरपालिका–१० गहतेपखरा हो । त्यही गाउँबाट एसएलसी उतीर्ण गर्नुभएका लामिछाने अहिले धौलागिरिमा सफल व्यवसायीका रुपमा परिचित छन् । बागलुङ नगरपालिका– २ श्रीनगर टोल, क्याम्पस रोडमा बस्दै र व्यवसाय गर्दै आउनुभएका लामिछाने दाजुभाइ मूर्तिकला र शिलालेखको काममा सदैव भ्याइनभ्याइ हुन्छ । पुख्र्यौली चित्रकलामा पोख्त लामिछाने कक्षा २ मा अध्ययन गर्दा धौलागिरि अञ्चलमा नै चित्रकलामा प्रथम भएको बताउछन् । “सानै उमेरमा चित्रकलामा बढी जोड थियो, धेरै पटक प्रतियोगितामा भाग लिँदा अधिकांशमा प्रथम भए, विद्यालयका गुरुलेसमेत चित्रकलाबाट आफूहरु प्रभावित बनेको बताउनुहुन्थ्यो”, लामिछानेले भने, “कुनैबेला व्यावसायिक बनिएला भन्ने लागेकै थिएन, धेरैको प्रेरणा, चित्रकलाको ज्ञान र अथक मेहनतले यसलाई निरन्तरता दिएको छु, नयाँ र फरक पेशा भए पनि निरन्तर लागे सफल भइन्छ भन्ने उदाहरण पनि हो ।” अहिले लामिछानेका चारै भाई मूर्तिकलामा हुनुमा जेठा सुवासचन्द्रकै योगदान छ । सुवासचन्द्रका दुई भाइले सुवास ब्रदर मूर्ति उद्योग तथा मार्बल आर्ट सञ्चालनमा ल्याएका छन् । भाइ लेखनाथको श्रीनगर टोलमा र भाइ विपिनले म्याग्दीमा मूर्ति उद्योग चलाएका थिए। “कागजमा कोरेको चित्रलाई कमलो ढुङ्गामा उतार्न मन लाग्यो, सरस्वतीको मूर्ति छिनो र घनको सहायताले बनाए, त्यसपछि ढुङ्गामा समेत मूर्ति बनाउन सकिने रहेछ भन्ने लाग्यो”, लामिछानेले स्मरण गर्दै भने, “विसं २०४६ साउन १३ गतेदेखि ढुङ्गा कुँदेर मूर्ति निर्माण गर्न थालेको हुँ, अहिले विद्युतीय औजारले केही सहजता बनाएको छ ।” त्यतिबेला लामिछानेलाई मूर्ति बनाउने काम व्यावसायिक बन्ला भन्ने सोच थिएन । उनले २०५२ सालबाट व्यावसायिकरुपमा मूर्ति बनाउने काम कुस्मा बजारबाट गरेका हुन् । एसएलसी पास गरेपछि व्यावसायिक बन्नुभएका लामिछानेले पहिलोपटक पञ्चदेवीको मूर्ति बनाएर बिक्री गरेका थिए। उनले घन र फलासीले कुँदेर बनाएको उक्त मूर्तिलाई ५०० का दरले बिक्री गरेका थिए । हिन्दू धर्मका धेरै भगवान् र सँगै बौद्धको मूर्तिसमेत बनाउँदै आउनुभएका लामिछानेले मूर्तिको माग धान्नै धौधौ भएको बताए । धौलागिरिका चार जिल्लामा शिला र मूर्ति बिक्री गर्दै आएका छन् । भने पोखरा, काठमाडौँ, चितवनलगायतका स्थानबाट मूर्तिको माग भइरहेको उनको भनाइ छ । देश धर्म निरपेक्षतामा गइसकेपछि झनै आफ्नो धर्म, संस्कृति तथा मठमन्दिर निर्माणमा तीव्रता दिइएको उनको भनाइ छ । उनले भने, “मठमन्दिर बनाउने शिला लेख्ने कार्य निकै बढेको र आफ्ना बाउबाजेले निर्माण गरेको मठमन्दिरमा मूर्ति राख्ने परम्परासमेत बढेको छ ।” आफूलाई धेरैले भगवान् बनाउने मान्छे भन्ने गरेको उनको भनाइ छ । आफूले केबल ढुङ्गामा कला भरेको तर त्यस्तो मान्छे नभएको लामिछानेको स्पष्टोक्ति छ । “भगवान् ढुङ्गामा हुन्छ, परापूर्वकालदेखि मानिसले ढुङ्गालाई पुज्ने गरेका छन्”, लामिछानेले भने, “ढुङ्गा आफैँमा देउता हो, पहिचान गर्ने क्षमता फरक होला, मैले ढुङ्गा देख्नासाथ भगवान् सम्झन्छु त्यही भगवान् ढुङ्गा कुँदेर निकाल्छु, ढुङ्गामा भगवान्को बास हुन्छ, कालीगढ एउटा माध्यम मात्रै हो, मैले ढुङ्गाभित्रको भगवान्लाई आकार मात्रै दिएको हो ।” लामिछानेले आफूले प्रत्येक ढुङ्गामा लाख–लाख देख्ने गरेको रोचक अनुभव सुनाए । उनले भगवान् बनाउन नसक्ने भगवान्को स्वरुपलार्ई बाहिर ल्याउने प्रयास गर्नु नै मूर्तिकारको मुख्य काम भएको बताए । पहिला ठूलो शिला पुज्ने गरिन्थ्यो अहिले कालिगढले शिलालाई आकारमा मात्रै ढालेको उनको तर्क छ । मूर्ति उद्योगमा प्रायः शिवलिङ्ग, शिव भगवान्, विष्णु, नाग, सरस्वती, देवी, पार्वती र नारी स्वरुपका मूर्ति बनाउने गरेको उनले बताए । मूर्तिकलामा प्रविधिले निकै सहयोग गरेको छ । उनले भने, “पहिला महिनौँ लाग्ने मूर्तिलाई अहिले हप्तामै बनाउन सकिन्छ, यसमा विद्युतीय औजारको सहयोग धेरै छ ।” विसं २०६० देखि विद्युतीय औजार चलाएको उल्लेख गर्दै उनले विसं २०६० बाटै शिला लेख्न थालेको बताए । ढुङ्गामा कोरेर भावना, संस्कृति तथा दर्शन निकाल्न सक्ने भन्दै अधिकांश ढुङ्गाले संस्कृति देखाउने बताए । अलि कडा र नटुक्रिने ढुङ्गाबाट राम्रो मूर्ति बन्ने र ढुङ्गा खोज्न विभिन्न जिल्ला भौतारिनुपर्ने अवस्था छ । एउटै ढुङ्गालाई उद्योगसम्म ल्याउन ५० हजारदेखि एक लाखसमेत खर्च हुन्छ । कुनै पनि विषय, क्षेत्रको काममा नयाँ र फरक हिसाबले सोच, सोध र खोज गर्नसके युवा विदेश पलायन हुन नपर्ने मूर्तिकार सुदीप लामिछाने बताउनुहुन्छ । उहाँले दाजुको मेहेनत र लगाव देखेर आफू पनि यसप्रति अग्रसर भएको बताए । बाइस वर्षीय सुदीप ल्याब टेक्निसियन अध्ययन गर्दागर्दै दाजुको कर्म देखेर मूर्तिकलामा लागेको र अब यसमै लागिरहने उनको सङ्कल्प छ । सुवासचन्द्रले आफू उक्त व्यवसायबाट निकै सन्तुष्ट बनेको बताए । उनले मूर्तिकला व्यवसायबाटै केही सम्पत्ति जोडेको बताए । “यो धूलोमैलोमा खेल्ने पेशा हो, कतिले आफैँलाई आएर साहुजी खोईभन्दा अचम्म लाग्छ”, उनले पृथक स्मरणीय घटना सुनाउँदै भने, “अहिले कुर्चीमा बसेर खाने जागिर चाहिएको छ, मैले आफू जस्तै मेहेनत गर्ने कामदारसमेत पाउन सकेको छैन ।” मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
3,205,082
एकीकृत नेकपा माओवादीको जारी केन्द्रीय समिति बैठकमा नेतृत्वले स्वतन्त्र निर्णय लिन नसक्दा पार्टी कमजोर बन्दै गएको निष्कर्ष निकालिएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहालद्वारा प्रस्तुत दस्तावेजमा आफ्नो धारणा राख्दै नेता कृष्णबहादुर महराले पार्टीमा दक्षिणको प्रभाव बढ्दै गएको जीकिर गरे । उनले छिमेकी मुलुक भारततर्फ इंगित गर्दै पार्टी दक्षिणतिर ढल्किएकाले चुनावमा क्षति बेहोर्नु परेको दाबी गरे । उनले कसैको प्रभावमा परेर पार्टी बहकिएको समेत औँल्याएको स्रोत बताउँछ । दस्तावेजमाथि टिप्पणी गर्दै नेता महराले पार्टी अनुशासनहीन भएको र नेतृत्वसमेत अराजक भएको भन्दै केन्द्रिकृत नेतृत्व प्रणाली लागू गर्नुपर्ने धारणा राखेका थिए । अध्यक्षको दस्तावेजमा सहमति जनाउँदै महराले नेतृत्व हस्तान्तरण अहिले नै गर्न नहुने जीकिर गरे । धारणा राख्नेहरूमा महराका साथै बरिष्ठ नेता पोष्टबहादुर बोगटी, विश्वभक्त दुलाल, हिसिला यमी, जनार्दन शर्मा लगायत थिए । बैठकमा आफ्नो धारणा राख्दै बरिष्ठ नेता पोष्टबहादुर बोगटीले अहिले नेतृत्व परिवर्तन भन्दा पनि रूपान्तरण गर्ने बेला भएको बताए । पार्टीलाई एकताबद्ध बनाएर संस्थागत विकासमा जोड दिनुपर्ने उनको भनाई थियो । पार्टी कार्यालयमा हुने निर्णयहरू दुई वा तीन जनामा मात्रै सीमित हुने गरेको भन्दै उनले आपत्ति समेत जनाएका थिए । नेतृ यमीले निर्वाचनमा प्राविधिक र व्यावहारिक ज्ञान कमी भएकाले हार व्यहोर्नु परेको बताइन् । उनले विरोधीहरू संसदीय खेलमा पारङ्गत भएका र उनीहरूसँगको प्रतिस्पर्दामा हाम्रो कमी भएकाले पराजित हुनुपरेको विचार व्यक्त गरिन् । नेता देवेन्द्र पौडेलले पार्टी सुदृढीकरणको विषयलाई उठाए । उनले पार्टी नेतृत्वलाई सरकार भन्दा पनि जनता र कार्यकर्तामा जान समेत सुझाएका थिए । नयाँ ढंगको क्रान्तिकारी पार्टी निर्माण गर्न बहस र छलफलका साथ परिमार्जन गर्दै लैजानुपर्ने भन्दै पौडेलले पार्टी हस्तान्तरणको कुरा नेतृत्वले नै गरेको भन्दै प्रक्रिया सुरु गर्न चुनौती समेत दिए । नेतृत्व परिवर्तनका लागि गहन छलफल, बहस र उत्तराधिकारी तयार गर्नुपर्ने र बरु नेतृत्व मजबुत पारेर जानुपर्ने उनले बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
5,049,636
शुक्रबार ट्विट गर्दै उनले आफू र अमेरिकाकी प्रथम महिला मेलानिया ट्रम्प दुवैको रिपोर्ट कोरोना पोजिटिभ आएको जानकारी गराएका छन। दुवै जना स्वास्थ्यलाभका लागि क्वारेन्टिनमा बसेमा बताएका छन्। ट्रम्पले प्रथम महिला मेलानिया र आफू दुवैमा कोभिड–१९ पोजिटिभ देखिएको जानकारी दिँदै आफूहरुले अब तुरुन्तै क्वारेन्टिन र निको हुने प्रक्रिया थालिहाल्ने जनाएका छन्। ‘हामी सँगसँगै यसलाई पार लगाउने छौं,’ ट्रम्पले ट्विटमा भनेका छन् ।
nepalkhabar.com
6,365,529
बिबिएस दोस्रो वर्षमा अध्ययनरत २२ वर्षीय युवक उत्तम वली मृत फेला परेका हुन्। आज (बुधबार) गोदावरी नगरपालिका–७ जमुनानगर घर भएका वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनी आफ्नै सुत्ने कोठामा वली मृत अवस्थामा मृत फेला परेका थिए। अहिले उनको शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ र घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
410,043
दशैंको मुख्य दिन कात्तिक १० गते अर्थात सोमवार विजयादशमी पर्व परेको छ । ९ रात १० दिन पूजा गरिएको स्थलमा देवी विसर्जनका लागि बिहान १०ः११ बजेको साइत शुभ रहेको छ । विजयादशमीमा साइत नै खोजेर टीका लगाउनेका लागि भने बिहान १०ः१९ बजेको साइत उत्तम छ । आर्यावर्त क्षेत्रका राज्य सञ्चालकले अनिवार्यरूपमा शुभ साइतमा देवीको प्रसाद लगाउनुपर्ने शास्त्रीय वचन छ । आर्यावर्त क्षेत्रमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, भूटान, बर्मालगायत देश पर्छन् । यी देशका शासकले देवीको आशीर्वाद लिएर राज्य सञ्चालन गरे शान्ति र सुशासन दिनसक्ने शास्त्रीय मान्यता छ । विजयादशमीका दिन घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी मान्यजनबाट जमरासहित देवीको प्रसाद लगाइन्छ । सामान्य मानिसले भने विजयादशमीका दिन दिनभर टीका ग्रहण गर्न कुनै बाधा छैन । देशका धेरै स्थानमा विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीकासहित आशीर्वाद लिइने परम्परा छ । टीकाकै दिन बिहान ८ः४७ बजे तुलजा भवानीको यात्रा गराउने साइत जुरेको छ । तुलजा भवानीलाई स्थिर आसनमा राख्ने साइत भने बिहान ९ः४९ बजेको छ । खड्गयात्रासमेत यसैदिन गरिन्छ ।
hamrakura.com
393,624
कोरोना संक्रमणबाट पोखरामा मंगलवार मात्रै पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं. १० का ४४ वर्षीय कोरोना संक्रमित पुरुष, पोखरा-२७ की ५० वर्षीय महिला, पोखरा ११ का ७२ वर्षीय पुरुष, पोखरा ६ का ६३ वर्षीय पुरुष र पोखरा-१२ का ३३ वर्षीय पुरुष छन् । उनीहरु सबैको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसंगै कोरोना संक्रमणबाट गण्डकीमा कारोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार ३८८ पुगेको छ । यस्तै, प्रदेशमा पछिल्लो चौबिस घण्टामा ४८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ८८५ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४६६ पुगेको निर्देशनालयले जनाएको छ । यता, गण्डकी प्रदेशमा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो चौबिस घण्टामा एक हजार ४३ जनामा गरिएको नमूना परिक्षणमा १४५ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये ७० महिला ७५ पुरुष रहेका छन् । प्रदेशमा विभिन्न जिल्लाहरुमा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै संक्रमित कास्कीमा भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्य संचालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए । उनका अनुसार कास्की ८८, बागलुङ १३, स्याङ्जा २४, म्याग्दी तीन, पर्वत पाँच, गोरखा दुई, तनहुँ सात र नवलपरासी पूर्वमा तीन जनामा संक्रमण देखिएको हो । योसँगै, गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ८६ हजार ७३९ पुगेको छ ।
hamrakura.com
2,668,088
सो प्रदेशमा पहिलो चरणकै खोप कार्यक्रमलाई दुई भागमा विभाजित गरी सञ्चालन गरिएको छ । बुधबार तराईका ६ जिल्लामा खोप अभियान सुरु गरिएको छ भने बाँकी ६ जिल्लामा १७ गतेबाट खोप लगाउन सुरु गरिनेछ । ' लुम्बिनी प्रादेशिक अस्पतालमा बुधबार आयोजित कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेल, प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराल लगायतको उपस्थितिमा खोप अभियान सुरु गरिएको हो ।
ratopati.com
5,178,108
सरकारलाई विश्वासको मतै लिन नदिन कम प्रयत्न गरेन। घर–घरमा प्रधानमन्त्री पद बाँड्दा पनि विकेन। अनेक गर्दा पनि नसकेपछि सरकारकै पक्षमा मतदान गरेर यसलाई कमजोर बनाउने र भत्काउने कांग्रेसको प्रयास जारी छ। त्यसका लागि सत्ता गठबन्धनका बीचमा अविश्वास सिर्जना गर्ने, फुट ल्याउने र आफ्नो गुमेको स्वर्ग फर्काउने योजनामा कांग्रेस छ। कांग्रेसको रबैया हेर्दा सत्ताबिनाको कांग्रेस र पानीबिनाको माछा छुट्याउन मुश्किल भइरहेको छ। एकातिर केही हातमा लागिहाल्छ कि भनेर राष्ट्रिय सहमतिको नारा फलाक्ने अनि अर्कातिर प्रतिनिधिसभामा सर्वसम्मत रुपमा सभामुख निर्वाचित हुँदै आएको परम्परालाई पनि भत्काउने काम कांग्रेसले गरेको छ। प्रदेशमा समेत गठबन्धनका मुख्यमन्त्रीलाई दल हेरेर विश्वासको मत दिने काम गरेर कांग्रेसले सुँढ घुसाउन बाँकी राखेको छैन। गठबन्धनका दलहरुहरु कांग्रेसको यस अवसरवादी नीतिसँग अपरिचित छैनन्। पक्कै पनि कांग्रेसको यस रबैयाबाट प्रधानमन्त्री पुष्पकमल दाहाललाई केही राहत भएजस्तो महसुुस भएको होला तर बुझ्नुपर्ने कुरा के छ भने कांग्रेसको यो प्रयास शिकार गर्नुअघि ब्याँसोले गाइवस्तुलाई कन्याए जस्तो मात्रै हो। आफैँले प्रधानमन्त्री बनाउँदा, ठूलो दल बनाइदिँदा र सहमति भइसक्दा पनि अन्तिम क्षणमा प्रधानमन्त्री नदिएर बालुवाटारबाट बालकोट लखेटेको धेरै भएको छैन। सत्तारुढ गठबन्धनको ठूलो दलको हिसाबले यसको नेतृत्व नेकपा (एमाले) ले गरिरहेको छ र बचाउनु पनि एमालेले आफ्नो दायित्व बुझेको छ। राष्ट्रपति, सभामुख र चार प्रदेशको नेतृत्व एमाले अनि प्रधानमन्त्री र उपराष्ट्रपति माओवादीले पाउने सहमति अनुसार नै गठबन्धन अघि बढिरहेको छ। त्यसका लागि गठबन्धनमा सहभागी अरु दलहरुलाई पनि समेटेर लगिएको छ। आफ्नो शक्ति खिइसक्दा पनि पहिलेझैँ सम्झिने उपेन्द्र यादव र भर्खर राजनीतिमा आएका सीके राउतलाई यथार्थ बुझाउने कोसिस गर्दै गठबन्धनलाई अघि बढाउने अध्यक्ष केपी ओली स्वयम्ले अग्रसरता लिइरहनुभएको छ। निश्चिय नै एमाले ठूलो पार्टी छ, गठबन्धनको नेता एमाले नै हो। र, यतिबेला मुुलुकको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गरिरहनुभएको छ र सम्पूर्ण कार्यकारी अधिकारको प्रयोग उहाँले गरिरहनुभएको छ। यस सरकारलाई सफल बनाउने कुरासँग एमाले र यसको नेतृत्वको क्षमता अनन्य रुपमा गाँसिएको छ भन्ने कुरा एमालेले राम्ररी बुझेको छ। एमालेले प्रधानमन्त्री दाहाललाई सहज र सरकारलाई सफल बनाउनुका पछाडि राजनीतिक रुपमा ठूलो अर्थ रहेको छ। वर्तमान गठबन्धन र सरकारको आयु केपी ओली र पुष्पकमल दाहालबीचको सम्बन्धमा निर्भर छ। विगतको तिक्त र कटाक्षपूर्ण पृष्ठभूमिलाई आधार बनाएर उठ्ने आशंकालाई व्यवहारबाटै जवाफ दिन दुई नेताले चालेका कदमहरु महत्वपूर्ण छन्। आकस्मिक रुपमा सहमति बनाउनुपरेका कारण तत्कालै नीति कार्यक्रम बनाउन सम्भव नभए पनि सरकार बन्नेवित्तिकै ओली आफैँले नेतृत्व गरेर न्यूनतम साझा कार्यक्रम निर्माण भएको छ। प्रधानमन्त्री दाहाललाई कसरी सजिलो हुन्छ, सहज वातावरण बनाइदिने काममा अध्यक्ष ओलीले संवेदनशीलता देखाउनुभएको छ। उदाहरणका रुपमा मन्त्रालयको बाँडफाँट र मन्त्रीहरुको चयनलाई लिन सकिन्छ। यदि संख्यात्मक कुरा गर्ने हो माओवादीले भन्दा साढे दुई गुणा मन्त्रालय एमालेले पाउने सहज अवस्था छ। तर, माओवादीलाई पाँच मन्त्रालय र आफूलाई आठ मन्त्रालय गर्न एमाले तयार हुनु लचकताको परिणाम हो। त्यसैगरी, सरकारमा पुराना, अनुभवी र हिजो नेकपाकालमा दाहालसँग आमने–सामने भएका नेताहरुको साटो ओलीले नयाँ र युवाहरुलाई पठाएर मन्त्रिपरिषद्लाई सहज बनाइदिनुभएको छ। सत्तारुढ दलहरु साततिर फर्केका छन्। नीतिहरुमा भिन्नता छ, आ–आफ्नो राजनीति छ। यी सबैलाई एक ठाउँमा लिएर जानु पक्कै पनि सहज छैन। हिजो चुनावमा सँगै जिउने, सँगै मर्ने कसमसहित मोर्चाबन्दीमा सामेल दलहरुका बीचमा त सहमति कायम रहन सकेन भने अहिलेका सत्तारुढ दलहरुबीच घाम–जून रहेसम्म समीकरण रहिरहन्छ भन्ने होइन। तर, एउटा कुरा पक्का के छ भने यदि यो समीकरण भत्केछ भने पनि कांग्रेसले गरेका प्रयत्नका कारणले होइन, यसैभित्र देखा परेका संकटका कारण भत्किन सक्ला। त्यसका लागिक कांग्रेसले झर्ला र खाउँला भनेर मुख नमिठ्याए हुन्छ। सबैसँग विकल्प सीमित छन्। पुष्पकमल दाहालले सहज त कांग्रेससँगै मान्नुभएको थियो। तर, बाध्य बनाएर अपमानजनक रुपमा पुस १० मा बालुवाटारबाट लखेटिएपछि संकटका बेला बनेको समीकरण नै उहाँका लागि सुविधाजनक छ। किनभने, प्रधानमन्त्री उहाँ हुनुभएकै छ, आधा कार्यकालको सहमति भएकै छ। कांग्रेससँग जाँदा पनि यसभन्दा बढी पाउने के नै हुन्छ र? एमालेले पनि माओवादीसँग निहुँ खोज्नुपर्ने खास कारण छैन। एक्लै सरकार बन्दैन, प्रमुख प्रतिस्पर्धी कांग्रेससँग मिलेर जानै हुँदैन। यसो हुँदा प्राप्त विकल्पमध्ये माओवादीलाई साथमा लिएर जाँदा नै अर्को चुनावसम्म सुरक्षित हुन्छ। सकभर चुनावसम्म एकता नै होला। यदि भएनछ भने पनि तालमेल हुने त निश्चित नै छ। कांग्रेसलाई माओवादीसँग मिल्न मात्र नदिने हो भने कांग्रेसभन्दा एमाले दोब्बर स्थानमा जित्छ भन्ने त अहिलेकै निर्वाचन परिणामले पनि देखाइसकेको छ। त्यसैले फुकी–फुकी अहिलेकै गठबन्धनलाई इमानका साथ अघि बढाउनु र साढे दुई बर्षपछि सहज रुपमा नेतृत्व प्राप्त गर्नु नै एमालेको हितमा छ। जब राजनीतिमा यति स्पष्ट मार्गचित्र र हिसाबकिताब छ भने सत्ता गठबन्धनका प्रमुख दल हड्बडाउनुपर्ने केही जरुरी छैन। यी दुई दल मिल्दा बाँकी दलले त स्वतः सहज महसुस गरेकै छन्। कांग्रेस निरन्तर ओरालो लागिरहेको छ। बढ्ता रिसायो भने विरालोले खाँबो चिथोर्छ भनेझैँ सत्ता गुमेको झोक र प्राप्तिको भोकमा कांग्रेसले जेमा पनि मुख हालिरहेको छ। तर, यस कालखण्डमा जति बल गरे पनि कांग्रेसको हातमा हारबाहेक केही पनि लाग्नेवाला छैन। प्रधानमन्त्रीमा लड्नै नपाई हार्यो, सभामुखमा हार्यो, उपसभामुखमा हार्यो। अब राष्ट्रियसभाको उपाध्यक्षमा हार्छ। अनि राजनीतिलाई अन्योलग्रस्त बनाउनका लागि राष्ट्रपतिमा मिठ्याइरहेको मुख पनि अमिलो पार्नुपर्ने दिन नजिकै आइरहेको छ। कांग्रेस आफैँ बनाउन सक्दैन र भत्काउन मात्र उद्यत छ। सरकार भर्खरै गठन भएको, त्यसले अब गति लिन्छ भन्ने विश्वास पलाइरहेको र त्यसको सकारात्मक प्रभाव आर्थिक बजारमा परिरहेको बेला कांग्रेसले खेलेको खेलले जसरी शेयर बजार प्रभावित भएको छ, बाँकी राज्यसंयन्त्र त्यसरी तरंगित हुने अवस्था आज छैन। सरकार बनेकै दिनबाट भत्काउनका लागि गरेको कोसिस काम नलागेपछि कथित विश्वासको मत हालेर गठबन्धन र सरकारलाई कमजोर बनाउने खेलमा कांग्रेस नराम्ररी फसेको छ। त्यही भएर कांग्रेसभित्रै दाहाललाई अनावश्यक रुपमा मत दिनु गलत थियो भन्ने आवाज प्रखर भइरहेको छ। भइरहेको सत्तारुढ गठबन्धलाई कमजोर बनाएर, भत्काउने दिशामा लगेर र आफ्नो विश्वसनीयतालाई आफैँ लात हालेर पुष्पकमल दाहालले दुई महिनाभित्रै बाटो मोड्नुहुन्छ भन्ने कांग्रेसको कल्पना आश्चर्यजनक छ। राष्ट्रपति निर्वाचनमा माओवादीले मत दिन्छ र जितिन्छ भन्ने कांग्रेसको कल्पना आजको दिनमा शोम शर्माको सातुभन्दा बढी केही पनि होइन। राजनीतिमा उम्मेदवारी दिन पाइन्छ, प्रतिस्पर्धा गर्न पनि पाइन्छ, आफ्नो मत राख्न पनि पाइन्छ। तर, त्यसका लागि आफू कहाँ उभिने हो, प्रस्ट हुनुपर्छ। सरकारलाई विश्वासको मत दिएर सरकारका पक्षमा उभिने अर्थात् स्वेच्छाले स्वतः सत्तापक्ष हुने अनि प्रमुख विपक्षी दलको नेताको सेवा–सुविधा माग्ने कुरा संवैधानिक, राजनीतिक र नैतिक तीनै हिसाबले मिल्दै मिल्दैन। आज संकटको त्रिवेणीमा कांग्रेस नराम्ररी फसेको छ। शेरबहादुर देउवालाई ज्योतिषीहरुप्रति जत्तिको विश्वास छ, त्यसभन्दा ठूलो विश्वास सीमाबाहिरका राजनीतिक ज्योतिषीहरुप्रति देखिन्छ। त्यस प्रतिपस्पर्धामा शेखर कोइराला पनि कम देखिएका छैनन्। कूल मिलाएर कांग्रेसलाई आजको दयनीय अवस्थामा पुर्याउनका लागि प्रतिस्पर्धारत यी नेताहरुले अझै कुन भड्खालोमा जाक्ने हुन् भन्ने त्रास कांग्रेसमा बढेको पाइन्छ। एउटा पुरानो दलमा देखा परेको यस प्रकारको राजनीतिक र नैतिक विचलन मुलुकको लोकतन्त्रका लागि सुखद होइन। जसले हिजो कम्युनिस्टलाई राष्ट्रपति र प्रधानमन्त्री दिनै सकिन्न भन्ने भाष्य निर्माण गरे, आज राष्ट्रपति हात पार्न सकिन्छ कि भनेर तिनैले माओवादीलाई कन्याइरहेका छन्। देश–विदेशबाट हुने यस्ता कुत्सित योजनाहरुलाई मिलेर परास्त गर्न सक्दा मात्रै गठबन्धन सफल हुन्छ, देशले राजनीतिक स्थिरता पाउँछ र कालान्तरमा नेपालको कम्युनिस्ट आन्दोलनको एकतामा बल पुग्छ ।
nepalkhabar.com
2,983,013
गाउँपालिकालाई बजेट तोकेर जे गर्नुपर्छ गर भनेर भन्नुभन्दा हरेक स्थानीय तहका आवश्यकतालाई प्रथमिकतामा ढालेर दामासाही बजेट समयमै काम हुने गरी पठाउन आवश्यक देखिन्छ। विकास भनेको देशका पूर्व, पश्चिम, उत्तर र दक्षिण सबैतिरका जनताले आ–आफ्ना आधारभूत आवश्यकताको गुणात्मक उपयोग र उपभोग गर्न सक्नु भन्ने हो। राष्ट्रिय ढुकुटी बाँड्ने एउटा परम्परा त छँदै छ, त्यसबाहेक अहिलेको राजनीति राष्ट्रिय स्रोतसमेत बाँड्न पछि परेको छैन। ढिकुटी बाँड्दैमा र स्रोतको उपभोग गर्दैमा विकास भैहाल्छ भनेर ढुक्क हुन सकिन्न। समाजवादको मर्म सुविधाको समान उपभोग मात्र होइन आर्जनको लागि क्षमताअनुसार समान अवसरको प्राप्ति पनि हो। आर्जनपछि उपभोगको चरण आउने गर्छ। विनापरिश्रम धन पाउनु पनि आर्जन होइन। नेपालको आर्थिक उन्नतिमा नेतृत्वको बुद्धि मात्र प्रयोग हुनुपर्छ, पसिना बगाएर काम गर्ने अवसर जनताको भागमा लाग्नुपर्छ। वाम गठबन्धनको अबको सरकारले शुरुमै गर्नुपर्ने काममध्ये यो पनि महत्वपूर्ण छ। कुनै पनि मुलुकको राष्ट्रिय उन्नतिका निम्ति त्यहाँ उपलब्ध हुने प्राकृतिक स्रोत एवं सम्पदा जस्तै– जमिनलगायत जल, जंगल आदिको भूमिकालाई अर्थशास्त्रीय दर्शनले स्थापित गरेको हुन्छ। नेपालका प्राकृतिक साधन–स्रोतको उचित संरक्षण गरेर उपयोग गर्न सकेमा मात्र उन्नति हुन्छ । हामीसँग यति धेरै प्राकृतिक सम्पत्ति छ कि शायद अरु देशहरुसँग विरलै होला। जलस्रोतमा त हामी विश्वकै दोस्रो धनी छौं। केही वर्षअगाडिको मरुभूमि, अहिलेको युएई कत्ति पनि प्रकृतिको स्रोत–साधन नभएको राष्ट्र आज विकसित राष्ट्रको सूचीमा अगाडि बढिरहेको छ। पर्यटनलाई मुख्य आम्दानीको स्रोत मान्ने कतिपय मुलुकहरु जस्तै– युएई, कतार, सिंगापुर आदिमा राष्ट्रले नै तारे होटल र पर्यटन प्रवद्र्धनसम्बन्धी संरचनामा लगानी गर्दछन् र आम्दनी बढाउँछन्। तर, हाम्रो नेपालमा धनीहरुले ५ तारे होटलमा लगानी गर्दछन् र उनीहरु नै झन् धनी हुन्छन्। नेपालमा पनि राष्ट्रको लगानीमा पर्यटकीय ठाउँहरुमा होटल, पार्क इत्यादि खोल्न सकेमा बीएचएम, टुर एन्ड ट्राभल पढेका ९० प्रतिशत विद्यार्थी नेपालमा स्कोप छैन भन्दै बाहिर जानुपर्दैनथ्यो होला। पर्यटन प्रवद्र्धनजस्तो कार्य गर्दा एकातिर युवाका लागि देशमै रोजगारी सिर्जना हुने र देशको आम्दानीको स्रोतमा पनि वृद्धि हुने भएकाले यी धारणाप्रति सरकारको ध्यानाकर्षण हुन जरुरी छ। अब बन्ने नयाँ सरकार यो विषयमा गम्भीर बनोस् । वि.सं. १९२० मा तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले चीन भ्रमणबाट फर्कंदा चिनियाँ जातको चियाको बीउ उपहारस्वरूप तत्कालीन चिनियाँ सम्राटबाट लिई नेपालमा ल्याएका थिए भनिन्छ। सो चियाको बीउ रोप्ने आदेश इलामका तत्कालीन बडाहाकिम तथा जंगबहादुरका ज्वाइँ गजराज सिंह थापालाई भएपछि वि.सं. १९२० मा इलाम चिया कमान र त्यसको दुई वर्षपछि झापाको फाँटमा सोक्तिम चिया कमानको स्थापनाबाट नेपालमा चिया खेतीको शुरूवात भएको देखिन्छ। त्यो त्यही दशक हो, जुन बेला दार्जीलिङमा पनि चिया खेती प्रारम्भ गरिएको थियो। तर जहानियाँ राणा शासनको अगाडि नेपालमा शुरूवाती अवस्थामा रहेको चिया उद्योग त्यति फस्टाउन सकेन। उता दार्जीलिङतिर भने चिया खेती तथा उद्योग विस्तार एवम् विकास हुँदै गयो। वि.सं. २००७ को प्रजातन्त्र प्राप्तिपछि मात्र नेपालमा लगानीको वातावरण खुकुलो हुँदै गयो र यसको सकारात्मक प्रभाव चिया क्षेत्रमा पनि पर्यो। फलस्वरूप वि.सं. २०१६ मा झापा जिल्लाको रड्गियाडाँडामा बुधकरण चिया बगानको नाममा निजीस्तरको पहिलो चिया बगान स्थापना भयो । शुरूवाती दिनहरूमा प्रशोधन कारखानाको अभावमा दार्जीलिङकै कारखानाहरूलाई हरियो पत्ती बेच्नुपर्ने अवस्था थियो। यस कुरालाई ध्यानमा राखी वि.सं. २०३५ मा इलाममा र त्यसको केही वर्षपछि झापाको सोक्तिममा पहिलो पटक प्रशोधन कारखाना स्थापना गरियो। वि.सं. २०३५ देखि २०४५ को एक दशकमा नेपाल चिया विकास निगमले साना कृषकहरूलाई पनि चिया खेतीमा लाग्न धेरै प्रोत्साहनका कार्यक्रमहरू गर्यो। बिस्तारै–बिस्तारै चिया उद्योगले गति लिँदै गयो र एउटा नाफामूलक व्यवसायको रूप लिन थाल्यो। चिया उद्योगले राज्यको आर्थिक र सामाजिक विकासमा पुर्याएको योगदानलाई हृदयंगम गर्दै वि.सं. २०३९ मा तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहदेवको शासनकालमा नेपाल सरकारले पूर्वाञ्चलका ५ वटा जिल्ला (झापा, धनकुटा, तेह्रथुम, पाँचथर र इलाम)लाई चियाक्षेत्र घोषणा गर्यो। चिया विकास निगम नाफामूलक संस्था भएकाले चिया क्षेत्रको थप विस्तार एवम् विकासका लागि सरकारीस्तरकै गैरनाफामूलक संस्थाको अवश्यकता महसुस गरियो। फलस्वरूप वि.सं. २०५० जेठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्ड ऐन २०४९ मार्फत राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भयो ।
newsofnepal.com
3,472,317
सन् २०२३ को ओस्कार अवार्डका लागि अन्तिम नामांकनको घोषणा भएको छ । जसमा दक्षिण भारतीय फिल्म आरआरआरको ‘नाटू-नाटू’ गीत उत्कृष्ट मौलिक गीतको विधामा मनोनयनमा परेको छ । भारतीय सञ्चार माध्यमका अनुसार केही समयअघि मात्रै गोल्डेन ग्लोब अवार्डमा ‘नाटु-नाटु’ गीतले उत्कृष्ट गीतको अवार्ड जितेको थियो । जबकि क्रिटिक्स च्वाइस अवार्डमा आरआरआरले सर्वश्रेष्ठ विदेशी भाषा फिल्म र नाटू–नाटूले उत्कृष्ट गीतको अवार्ड जितेको हो । ओस्कारको अन्तिम नामांकन २० विधामा सार्वजनिक गरिएको छ । जसमा ‘अवतारः द वे अफ वाटर’, ‘अल क्वाइट अन वेस्टर्न फ्रन्ट’, ‘टपगन मेवरिक’, ‘एल्भिस’लगायत उत्कृष्ट चलचित्रमा मनोनयन भएका छन् । भारतको अल द्याट ब्रीद्स उत्कृष्ट वृत्तचित्र र द एलिफेन्ट विस्परर्स उत्कृष्ट छोटो वृत्तचित्रमा मनोनीत भएका छन् । ओस्करका लागि ३०१ चलचित्रको सूची ९ जनवरीमा जारी गरिएको थियो । यसमा सबै चलचित्रका लागि १२ देखि १७ जनवरीसम्म मनोनयनका लागि मतदान भएको थियो । ९५ औं ओस्कार अवार्ड आगामी मार्च १२ मा लस एन्जलसमा आयोजना हुँदै छ ।
imagekhabar.com
3,009,475
भिडियोमा नवराज अधिकारीको छायांकन तथा सुरज अधिकारीको सम्पादन रहेको छ। गीत मुड फ्रेस कार्टुन क्रुज युट्युबबाट रिलिज गरिएको हो ।
newsofnepal.com
2,122,996
म बाल्यकालमा त्यस क्षेत्रमा बसेको समयमा अशोक स्तम्भ ठडिएको थियो । तर कहिले कसरी भाँचिएर ठुटो एकातिर, बाँकि अर्कोतिर कहिले भएछ कुन्नि । तर, मन कटक्क भयो ।
mysansar.com
734,133
ब्रिटिस एयरवेजले एक सूचना प्रकाशित गरी आगामी एक साताका लागि इजिप्टका लागि उडानहरु स्थगित गरेको जनाएको हो । एयरवेजले सुरक्षाका दृष्टिले उडानहरु स्थगित गरिएको जनाउँदै आफ्ना चालक दलका सदस्यको ज्यान बाजी राखी उडान भर्न नसक्ने जनाएको हो ।तर कस्तो खालको सुरक्षा चुनौती देखियो भन्नेबारे भने केही खुलाइएको छैन । उडान स्थगित गरेसँगै हजारौं यात्रु प्रभावित भएका छन् । केही यात्रुले भने इजिप्टका लागि बोर्डिङ पास लिइसकेपछि उडान रद्द गरेको भन्दै एयरवेजको रवैयाप्रति खेद व्यक्त गरेका छन् ।उनीहरुले सो एअरवेजका कर्मचारीले सही सूचना दिन आनाकानी गरेको र सहयोगसमेत नगरेको गुनासो गरेका छन् । यसैबीच जर्मनीको लुफ्थान्सा एअरले पनि इजिप्टमा शनिबार हुने आफ्ना उडान रद्द गरेको थियो । तर, आइतबारदेखि उडान हुने एयरलाइन्सका प्रवक्तालाई उदृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
brtnepal.com
2,654,990
सामाजिक व्यवहार गोप्य राख्न रुचाउने सिंगापुरमा उनलाई एचआईभी भएको बारेमा केही निकट व्यक्तिलाई मात्र थाहा थियो । गत महिना उनलाई एउटा फोन कल आयो । ती व्यक्तिले आफ्नो व्यक्तिगत जानकारी अनलाइनमा सार्वजनिक भएको जानकारी दिए । रिको एक प्रतिनिधि पात्र मात्र हुन् । उनीजस्तै एचआईभी भएका १४ हजार २०० जनाको स्थिति, नाम र ठेगाना एकजना अमेरिकीले इन्टरनेटमा राखिदिएको पत्ता लागेको छ । सिंगापुरका एक जना वरिष्ठ चिकित्सक साथीबाट प्राप्त गरेको गोप्य विवरण ती अमेरिकीले अनलाइनमा राखेको विश्वास गरिएको छ । ‘यो कार्यबाट एलजीबीटी समुदायका व्यक्तिहरु सबैभन्दा बढी क्रुद्ध भएका छन्,’ ३१ वर्षीय रिकोले बताए । उनी आफ्नो पूरा नाम भन्न चाहन्नन् । अनलाइनमा गोप्य विवरण राखिएपछि आत्तिएका उनले भने, ‘मलाई हेर्ने अरु मानिसको दृष्टिकोणमा अब परिवर्तन आउन सक्छ । ’ उनले आफ्ना सबै साथीलाई आफू एचआईभी–पोजेटिभ भएको बताएका थिएनन् । ‘एलजीबीटी भएका व्यक्तिहरुमाथि समुदाय सहिष्णु पनि हुनसक्ला तर यहाँको समुदाय एचआईभी–पोजेटिभ भएका व्यक्ति र समलिङ्गीलाई स्वीकार्न तयार हुँदैन । कम्तीमा मेरो जीवनकालमा यो सम्भव छैन,’ उनले दुःखेसो पोखे । सिंगापुर धेरै रुपमा आधुनिक छ, तर यहाँको सामाजिक परिदृश्य आर्थिक विकासझैं त्यही गतिमा परिवर्तन भएको छैन र कतिपय अवस्थामा ज्यादै रुढीबादी धारणाबाट आक्रान्त छ । एसियाका अरु देशजस्तै अवस्था यहाँको छ । सिंगापुरमा एचआईभी भएकाहरुले पटकपटक आफ्ना गोप्य विवरण सार्वजनिक हुने खतरा औंल्याउँदै आएका थिए । सिंगापुरको प्रभावशाली अखबार स्ट्रेट टाइम्समा दिएको प्रतिक्रियामा एक कामदारले आफूलाई पनि एचआईभी भएको विवरण सार्वजनिक भए जागीरबाट हटाउने व्यवस्थापनले धम्की दिएको बताइन् । एचआईभी भएका कुनै पनि विदेशीलाई सिंगापुरमा धेरै वर्षअघिसम्म पाइला टेक्न पनि दिइन्नथ्यो । सन् २०१५ मा विदेशीमाथिको त्यस्तो प्रतिबन्ध फुकुवा गरियो तर भ्रमणको अवधि छोटो बनाइन्थ्यो । सिंगापुरमा काम गर्न चाहने सबै विदेशीले स्वास्थ्य परीक्षणमा सफल हुनैपर्ने व्यवस्था थियो । करिब ५६ लाख जनसंख्या रहेको सिंगापुरमा धेरै विदेशी काम गर्दछन् । यी कामदारमा धनाढ्य बैंकर्सदेखि निर्माण साइटमा काम गर्ने मजदूरसम्म रहेका छन् । इन्टरनेटबाट सार्वजनिक भएको एचआईभी सम्बन्धी विवरणमा पाँच हजार ४०० सिंगापुरका बासिन्दा र आठ हजार ८०० जना विदेशी रहेका छन् । सिंगापुरको एनजीओ एक्सन फर एड्स (एएफए)की कार्यकारी निर्देशक सुमिता बनर्जीले पीडितहरुले रुँदै आफ्नो संस्थामा सम्पर्क गरिरहेको बताइन् । ‘एउटा मुख्य सरोकारको विषय नै यसअघि एचआईभी भएको बारेमा जानकारी नपाएका रोजगारदाता, साथीभाइ र परिवारको हो जसले यो समाचार आएलगत्तै क्रुद्ध प्रतिक्रिया दिने सम्भावना छ,’ उनले भनिन् । केहीले यही कारण जागीर नै गुमाउनुपर्ने खतरा बढेको छ, उनको भनाइ छ । तर स्वास्थ्य अधिकारीहरुले जारी गरेको निर्देशिका बमोजिम कुनै पनि रोजगारदाताले एचआईभी–पोजेटिभ भएका व्यक्तिलाई रोजगारबाट हटाउन पाइन्न । सिंगापुरका अधिकारीहरुले इन्टरनेटमा राखिएका व्यक्तिका गोपनीयता जानकारीको पहुँच नदिन काम थालिसकेको जनाएका छन् । अधिकारीहरुले एक शंकास्पद व्यक्ति मिखी फरेरा ब्रोचेजले गोप्य विवरण अनलाइनमा राखेको बताएका छन् । ती व्यक्तिसँग गोपनीय रेकर्ड अझै हुनसक्ने बताएका छन् । स्थानीय सञ्चार माध्यमले ब्रोचेजलाई संयुक्तराज्य अमेरिकामा पक्राउ गरिएको जनाएका छन् । तर उनले गोप्य विवरण इन्टरनेटमा नराखेको दाबी गरेका छन् । एचआईभी–पोजेटिभ मनोविज्ञानवेत्ता ब्रोचेज सन् २००८ मा पहिलोपटक सिंगापुर आएका थिए । उनले आफ्ना साथी चिकित्सक लर टेक सियाङको रगत लिएर रक्त परीक्षणमा सफल देखाएका थिए । त्यही आधारमा उनी सिंगापुरमा बस्न पाएका थिए । तिनै साथीबाट ब्रोचेजले एचआईभी पीडित व्यक्तिका गोप्य विवरण प्राप्त गरेका थिए । सन् २०१६ मा प्रहरीले गोप्य सूचनाका आधारमा ब्रोचेज र लरको निबासमा छापा मारेर कागजातहरु, एउटा ल्यापटप र मोबाइल फोन बरामद गरेको थियो । ब्रोचेजलाई अन्ततः आफ्नो एचआईभी विवरणबारे झुटो विवरण दिएको, नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको, गैरकानुनी रुपमा रोजगारीमा प्रवेश गरेको तथा लागूऔषध सेवन गरेको आरोपमा जेलमा समेत राखिएको थियो । सिंगापुर सरकारले सन् २०१८ मा ब्रोचेजलाई स्वदेश फर्काएको थियो, तर उनीबारे अधिकारीहरु अनभिज्ञ थिए । अहिले तिनै ब्रोचेजले सबै विवरण इन्टरनेटमा राखिदिए । यद्यपी, अधिकारीले ब्रोचेजले किन गोप्य विवरण इन्टरनेटमा राखे भन्ने कुनै विवरण दिन अस्वीकार गरेका छन् । सिंगापुर सरकारले एचआईभी–पीडितलाई सहयो गर्न पूर्ण सहयोग गर्ने स्पष्ट गरेको छ ।
ratopati.com
2,841,357
कम्पनीले २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन गरेको हो । स्थानीयलाई शेयर निष्काशन गर्दा बिक्री नभएको ४ लाख ८७ हजार ९ सय १० कित्ता समेत थपेर सर्वसाधारणलाई २० लाख ७५ हजार २ सय ८५ कित्ता शेयर निष्काशन भएको हो । यस निष्काशनमा कार्तिक २० गतेसम्म आवेदन दिन सकिने छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ३ लाख ८० हजार कित्ताको लागि आवेदन दिन सकिने छ । शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले २०८० मङ्सिरबाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको छ ।
newskarobar.com
2,626,953
शहरी पूर्वाधार विकासका लागि पाँचखाल नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक बीच सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण सम्बन्धी समझदारी भएको छ । पाँचखाल नगरपालिकामा रहेको सामाजिक आवश्यकताहरू पूरा गर्न, भौतिक पूर्वाधारको निर्माण तथा संचालनबाट नगरबासीहरुको लागि दैनिक जनजीवनमा सहजीकरण गर्न नगरपालिकाको रणनीतिक कार्य योजना अन्तर्गत रहेको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न शहरी पूर्वाधार विकास तथा निर्माण गर्न उक्त सम्झौता भएको हो । बैंकले उक्त परियोजना निर्माण गर्न आवश्यक हुने प्राविधिक र आर्थिक सम्भाव्यता अध्यन, वित्तीय तथा प्राविधिक विश्लेषण, विस्तृत परियोजना प्रतिवेदन, परियोजनाको बजारीकरण, परामर्शदाता तथा विकास कर्ता छनौटका लागि आवश्यक सहयोग, लगानीको संरचना तय गर्ने लगायतका आवश्यक अन्य प्राविधिक सहयोग र सहकार्य गर्ने छ । पाँचखाल नगरपालिका नगर प्रमुख महेश खरेल र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले उक्त समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । मुलुकको आर्थिक समृद्धिका लागि पूर्वाधार परियोजनाहरुलाई आवश्यक सहयोग पुर्याउने उद्देश्यका साथ सार्वजनिक नीजि साझेदारीको अवधारणामा स्थापित नेपाल इन्फ्रास्ट्रक्चर बैंकले पाँचखाल नगरपालिकासँग समझदारी पत्रमा हस्ताक्षर गरेकाे जनाएको छ ।
ratopati.com
1,701,238
भरतपुर महानगरपालिका–२९ सेती दोभान भन्ने स्थानमा शनिबार राति १० बजे पहिरो खसेको हो । राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ । शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो । बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ । वि.सं.२०७८ असार २० आइतवार ०८:५६ मा प्रकाशित देउखुरी (दाङ) । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
5,934,883
काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपालमै सम्भाव्यता भएका उपभोग्य वस्तुहरूको उत्पादन वृद्धि र स्वेदशी उत्पादनको उपभोग गरी आयात प्रतिस्थापन गर्नुपर्ने बताएका छन् । सोमबार मन्त्रालयअन्तर्गतका विभिन्न विभाग र महाशाखाको प्रगति विवरणबारे जानकारी लिँदै मन्त्री बडूले यस्तो बताएका हुन् । उनले आयात र निर्यातबीचको खाडलपुर्ने र स्वदेशमै उत्पादन वृद्धि गरी आयात प्रतिस्थापनमा टेवा पुर्‍याउने उद्योगहरूको प्रवर्द्धन गर्नेतर्फ ध्यान दिन निर्देशन दिए । सरकारले प्रस्तावित गरेका सात वटा औद्योगिक क्षेत्र, औद्योगिक ग्राम र विशेष आर्थिक क्षेत्र सञ्चालनमा देखिएका समस्याहरू अन्तरमन्त्रालय समन्वय गरी तत्काल समाधान गर्नुपर्ने पनि उनले बताए । मन्त्री बडूले उद्यमशीलता विकासका लागि दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यक्रम तथा योजना बनाउनुपर्नेसमेत बताए । औद्योगिक क्षेत्रमा पूर्वाधार निर्माण गर्दा कतिपय ठाउँमा वर्षौँदेखि बसिरहेका सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासको व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएकाले पूर्वाधार निर्माण र उनीहरूको व्यवस्थापनको काम सँगसँगै अगाडि बढाउने गरी काम गर्न पनि उनले सम्बन्धित निकायलाई निर्देशन दिए । मन्त्री बडूले उद्योग विभाग, खानी तथा भूगर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग, औद्योगिक पूर्वाधार तथा वातावरण महाशाखा, औद्योगिक तथा लगानी प्रवर्द्धन महाशाखा, योजना, अनुगमन तथा मूल्यांकन महाशाखाको प्रगति विवरणबारे जानकारी लिएका थिए । त्यसैगरी उनले कम्पनी रजिष्ट्रारको कार्यालय र लघु, घरेलु तथा साना उद्योग  प्रवर्द्धन केन्द्रबारे पनि जानकारी लिएका थिए ।
khabarhub.com
3,681,322
कोही राम्रै दाम लिएर आउँछन्, त कोही रोगिएर थिलथिलो शरीर लिएर भने कोही बाकसमा । यस्तै, सुन्दर भविष्यको खोजीमा सात वर्षअघि साउदी मलेसियामा आज बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले भारत सामु १ सय ८६ रनको चुनौती पेश गरेको छ । नेपालले निर्धारित ५० ओभरको खेलमा ८ विकेट गुमाएर १ , () --- , , - ’ ( , आज बिहान सोलुखुम्बुको लुक्लामा आयोजित काँग्रेस कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले पासाङल्हामु शेर्पालाई राष्ट्रिय विभूति बनाएर शेर्पा समुदायको कदर गरेको प्रशंग उल्लेख गर्दै काँग्रेस संधै शेर्पा समुदायको साथमा कैलालीको चुरे गाउँपालिका–३ धपेनी भन्ने स्थानमा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् । बैतडीको मेलौलीबाट कन्चनपुरको भीमदत्तनगर जाँदै गरेको , १०, , . तीन दलले शनिबार साँझ भीमदत्तनगरमा संयुक्त पत्रकार सम्मेलन गरी कञ्चनपुरमा नेपाली काँग्रेससहित तीन राजनीतिक शक्तिबीच चुनावी एकता भएको उद्घोष गरेका छन् । राप्रपाका नेताहरुले प्रत्यक्षतर्फका कञ्चनपुर काँग्रेसका तीन वटै प्रतिनिधिसभा उम्मेदवारहरु आफैले जित्ने दावी गर्दै प्रचारमा ब्यस्त हुँदा मतदाता भने आ–आफ्नो विश्लेषणमा जुटेका हुन् । कैलालीका सबै क्षेत्रमा चुनावी माहोल तातेकै छ । त्यसमध्ये पनि कांग्रेस सभापति एवं प्रधानमन्त्री पत्नी छैठौं पटक उम्मेवारी दिएका प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराको सदरमुकामलगायत ग्रामीण क्षेत्रमा चुनावी चहलपहल बढेको छ ।
imagekhabar.com
817,927
हिजोआज दुईवटा पाण्डुलिपि पढ्दै छु : सरल सहयात्रीको उपन्यास ‘शिखरको ढुंगा’ गणेश भण्डारीको संस्मरणसंग्रह ‘फाइरिङ रेन्जको छेउबाट ।’ दुईवटै पुस्तक जनयुद्धमा भूमिका खेलेका समर्पित पात्रहरूबारे चर्चा छ ।युद्ध साहित्यगणेश जेलब्रेकर हुन्, सरलचाहिँ युद्धका क्रममा गोली लागेका कमान्डर हुन् । एक जनाले आफ्ना अनुभूति उपन्यासका रूपमा लेखेका हुन्, अर्कोचाहिँ संस्मरण नै हो ।युद्ध साहित्यको गुण, मात्रा भन्ने कुरा समाजमा कुनै परिवर्तन, क्रान्तिपछि कस्तो खालको सत्ता निर्माण हुन्छ भन्ने कुराले निर्धारण गर्छ । माओवादी जनयुद्धपछि शान्ति प्रक्रिया र संविधानसभाका क्रममा जे भए, त्यसले एक प्रकारले भएको बाध्यात्मक शक्ति सन्तुलनजस्तो अवस्था सिर्जना गर्यो । माओवादी आन्दोलनबारे त्यसभन्दा बाहिर रहेका स्थापित लेखकहरूले बडो कलात्मक ढंगले लेख्न त लेखे, तर नकारात्मक चित्रण गरे । उनीहरू जनयुद्धको सौन्दर्यतिर प्रवेश नै गर्न पाएनन्, वा भनौं सकेनन् । आखिर जनयुद्ध सबैतिर १० वर्ष भएको त थिएन । कही त एक वर्ष पनि भएन होला, अनि कही त पुग्दै पुगेन पनि होला । त्यसैले लेखकहरूले त्यसलाई नजिकबाट बुझ्ने प्रयास गर्नुको साटो जस्तो विचार, चेतना राखे— पूर्वाग्रहको ठूलो बोझ राखेर लेखे । त्यसैले समग्र आएका साहित्यमा युद्धबारे नकारात्मक चित्रण नै बढी हुन पुगेको देखिन्छ । सकारात्मक लेख्नेहरूचाहिँ कस्ता आए भने जो आफैं जनयुद्धमा लडिरहेका थिए । ती साथीहरूले लेख्दा फेरि अर्को लगावबाट ग्रस्त भए । आलोचनात्मक ढंगले हेर्नै सकेनन् । लेखक इमानदार हुने हो, पूर्वाग्रही हुने होइन । त्यसले मात्रै यथार्थको सन्तुलन बाहिर आउँछ । जनयुद्धबारे गद्य धेरै सन्तुलित हुन सकेन, पद्यचाहिँ ठीकै लाग्छ ।संसारमा जति पनि क्रान्तिकारी परिवर्तन भए, त्यसै परिवर्तनको अवधिमा बेजोड छाप छाड्नेमा नाटक र गीतको भूमिका रह्यो । गद्य, पद्यचाहिँ अलि पछि मात्रै आए, जसले युद्धसँग जोडिएका राग, अनुराग र पूर्वाग्रह अलि मत्थर भएपछि मात्रै लेख्न सकेको जस्तो लाग्छ । समाजवादी यथार्थवादको मानक उपन्यास मानिन्छ, मेक्सिम गोर्कीको ‘आमा’ । उनले ‘किम सामरिनको जीवनी’ चाहिँ अक्टोबर क्रान्तिको धेरै पछि लेखे । गोर्कीले आफ्ना चर्चित कथाहरू सबैजसो क्रान्तिपूर्व लेखे । क्रान्तिपछि पनि नलेखेका होइनन्, तर क्रान्तिपूर्वका रचना बढी उल्लेख्य छन् । चीनमा पनि युद्धको धेरैपछि याङ मोले ‘युवाहरूको गीत’ लेखे । अरू थुप्रै पुस्तकको नाम लिन सकिन्छ । मुख्य कुरा के हो भने तत्कालै घटनाबारे लेख्दा पूर्वाग्रह र अनुरागबाट ग्रस्त हुने डर बढी हुँदो रहेछ । मैले ‘नयाँ घर’ उपन्यास लेख्दा प्रगतिवादी क्षेत्रका उपन्यासको आकार, पात्रहरूको बनावट चित्त बुझिरहेको थिएन । त्यसैले प्रगतिशीलहरूले नेपाली लेखनमा घनीभूत काम गर्नुपर्छ भन्ने लाग्थ्यो । त्यस बेलासम्म कम्युनिस्ट आन्दोलनभित्रको जटिलता साहित्यमा आएकै थिएन । पारिजातले ‘पर्खालभित्र, पर्खालबाहिर’ मा थेँरै ल्याउनुभयो, तर अरू लेखकले साहस नै गरेनन् । प्रगतिशील लेखकले समाजको कुरा त गरे, तर स्वयं आन्दोलनभित्रको कुरा पुस्तकमा ल्याएनन् । मलाई यसबारे पुस्तक लेखेर यो पर्खाल तोडिदिनुपर्छ भन्ने लागेको थियो । निम्नमध्यम वर्गबाट आएकाहरूले कम्युनिस्ट आन्दोलनको नेतृत्व लिए । माथिल्लो वर्गबाट सर्वहारा वर्गमा रूपान्तरित हुँदाको अप्ठयारो चरण उनीहरूले कसरी पार गरेर आए होलान् भन्ने लेख्न सक्नुपर्छ भन्ने मलाई लाग्यो ।पात्र निर्माणआलोचनात्मक यथार्थवादी लेखन, जसलाई नेपालमा प्रगतिशील लेखन भनिन्छ, त्यसमा नाम लिने पात्रहरू थुप्रै छन् । पारिजातको ‘अनिदो पहाडसँगै’ मा सशक्त पात्रहरू निर्माण गरिएको छ । तीर्थ न्यौपानेको उपन्यास ‘खद्माको गाउँ’ पनि सशक्त पुस्तक हो । सञ्जय थापाको ‘पूर्वतिर’ मा पनि जीवन्त पात्रहरू छन् । कथाहरूमा थुप्रै त्यस्ता पात्र छन् । दुनियाँलाई नेतृत्व गर्ने साहित्य वास्तवमा कमै हुन्छन् । नेपालमा क्रान्तिकारी जन्माउने, तिनलाई निरन्तर प्रेरणा दिने यथेष्ट पात्रहरू छन् ।अहिले प्रविधि र सूचनाको यत्रो विकास भइसक्यो । आदर्शहरू छिनमा बन्ने र भत्कने क्रम छ । यस्तोमा आदर्श पात्र कसरी बन्लान् भन्ने जिज्ञासा मानिसहरूमा छ । मुख्य त त्यो आदर्श जन्मिनुपर्ने गरी वस्तुगत आधार भएको समाज छ कि छैन ? समाजमा छ भने जतिसुकै अप्ठयारो भए पनि पात्र आउँछ । नत्र आदर्श पात्र बनाएर मात्रै बन्न सम्भव छैन । नारावादी साहित्यराजनीति भन्ने कुरा साहित्यमा आउनै हुँदैन भन्ने पञ्चायती सोच राख्ने लेखकहरू पनि साहित्य क्षेत्रमा अझै छन् । साहित्य सिद्धान्तबारेको कम जानकारीले पनि यस्तो हुन्छ । प्रगतिशीलहरूले सार्वकालिक ठानिएका विषयहरूको सट्टा दैनन्दिन जीवनका अप्ठयाराहरूलाई व्यक्त गर्नुपर्ने भएकाले उनीहरूले चाहिँ कलात्मक क्षेत्रमा बढी मिहिनेत गर्नुपर्छ भन्ने कुराचाहिँ सही हो । फूलको कथा लेख्नु र त्यसको सम्भार गर्ने मजदुरको हत्केलामा जाकिएको खिलबारे लेख्नु एउटै होइन । अझै माथिल्लो उचाइबाट त्यसमा लेखकले मिहिनेत गर्नुपर्छ । कैयौं लेखक कलाको मर्यादा कायम राख्न सक्दैनन् । त्यसैले उनीहरूलाई नारावादी भनियो । एउटा कुरा के बिर्सिन हुँदैन भने साहित्यमा नाराको पनि ठूलो अर्थ छ, तर नारा पनि कलात्मक ढंगले आउनुपर्यो । संसारका महानतम भनिएका साहित्यमा नारा छ । ‘आमा’ उपन्यासकै पाभेलले अदालतमा गएर म समाजवादी हुँ भन्छ भने त्यो नारा होइन ? त्यसैलाई नेपालमा हामी पञ्चायतविरोधी हौं भन्दा के बिग्रियो ? कुरा यति मात्रै होइन, पात्रले यो नारा भन्ने परिवेश साहित्य लेखनमा कसरी निर्माण गर्न सकिन्छ, कुराचाहिँ यसमा छ । पुस्तकको विकल्पपुस्तक ज्ञानको स्रोत त हो, तर अहिलेको समयमा पुस्तक मात्रै ज्ञानको स्रोत रहेन । अरू कुनै पनि माध्यमभन्दा पुस्तकको विशिष्टता के हो भने पुस्तकले मानिसको आयु बढाइदिन्छ । अरूले बाँचेर लेखिदिएको जीवन तपार्इंले नबाचीकनै थाहा पाउन सक्नुहुन्छ भने त्यो ठूलै देन हो पुस्तकको । पुस्तकले संश्लेषित ज्ञान दिन्छ । अरू ज्ञानचाहिँ परिस्कृत हुन्छन् भन्ने छैन । तर पुस्तक हुँदैनथ्यो भने आजको यो समाज हुँदैनथ्यो । अब प्रविधि र समाजिक सञ्जाल आए । तिनले पनि ज्ञान नै बाँड्छन् ।पाँच पुस्तकपढ्न चाहने मानिसले कम्तीमा पाँचवटा पुस्तकबाट अध्ययन थालेको राम्रो हुन्छ : गीता, कुरान, त्रिपिटकका तीन खण्ड, बाइबल र कम्युनिस्ट पार्टीको घोषणापत्र । अहिलेसम्म बगेका जति पनि रगत, अहिलेसम्म उदाएको जति पनि खुसी, त्यसको अधिकतम भागलाई पाँच हजार वर्षको सामाजिक द्वन्द्व यिनमा प्रतिविम्बित छन् । अरू पनि केही गतिला पुस्तक छन्, तर मुख्यचाहिँ यी हुन् । नेपाली समाजलाई बुझ्ने हो भने कम्तीमा जंगबहादुरको मुलुकी ऐन १९१० पनि पढौं । नयाँ पुस्तालाई अध्ययनमा रुचि जगाउनु छ भने उसको समाजको इतिहासमा भएको, तर आजसम्म नभनिएको कुरा पढाइनुपर्छ । अब हाम्रो जीवनका कतिपय रहस्यहरू खोलिदिने पुस्तकहरू चाहियो । कुनै युवाको निश्चित उमेरसम्मको सपनालाई अगाडि बढाउनका लागि उसलाई फाइदा हुने पुस्तकहरू चाहिन्छ ।पुस्तक सधैं ठीक हुन्नपुस्तकलाई आदर्शवादी ढंगले सधैं ठीक भन्नु हास्यास्पद कुरा हो । पुस्तकमा विचार हुन्छ । विचार वर्गीय हुन्छ । पुरेतले गरुड पुराणलाई राम्रो मान्छ, दान दिँदादिँदा विक्षिप्त भएको मानिसले गरुड पुराण हेर्न पनि चाहँदैन । त्यसैले गणित र विज्ञानका नियमबाहेकका पुस्तकमा दिइने विचार वर्गीय हुन्छन् । कहिलेकाहीं पुस्तक जलाइन्छन्, मलाई त्योचाहिँ सही लाग्दैन । साउदी अरबमा मान्छे काट्न भनेर राखिएको अचानो हजारौं वर्षसम्म राख्नुपर्छ । मान्छे काट्नचाहिँ छाड्नुपर्छ, तर अचानोचाहिँ राख्नुपर्छ । त्यो मान्छेले इतिहासको कुनै खण्डमा सिर्जना गरेको सम्पदा हो । गरुड पुराण पनि नबिग्रने गरी डिजिटल संस्करणसमेत राख्नुपर्छ । पछि आउने पुस्ताले हाम्रो अतीत यस्तो थियो भनेर जान्न पाउनुपर्छ ।पुस्तक किन्दाबजारमा आएकै हप्ता कहिल्यै पुस्तक नकिन्नुस् । नजिकका मान्छेको सल्लाह लिनुस्, जसले छिटो पढ्छन् । नत्र दु:खले कमाएको पैसा खोलामा बग्नेछ । नयाँ लेखकका कृति सहयोगात्मक ढंगले पढे हुन्छ, तर स्थापित लेखकका लागि त्यो भावना राखिरहन जरुरी छैन ।
ekantipur.com
5,707,320
नक्कली नेपाली नोटसहित दुई महिला काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा शंखरापुर नगरपालिका–७, कोलागाल डेरा गरी बस्ने सिन्धुपालचोक जलबिरेकी ४९ वर्षीया सिर्जना थापा र बूढानीलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने ओखलढुंगा कुईवीर गाउँपालिका–४ की ४१ वर्षीया मैयाँकुमारी घिमिरे छन् । सिर्जनाको साथबाट एक हजार दरको १४० थान र कुमारीको साथबाट एक हजार दरको २१ थान नक्कली नोट बरामद भएको छ । सिर्जना र मैयाँ कुमारीले नक्कली नोटको कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा प्रहरी प्रभाग साँखु र प्रहरी प्रभाग कपनको प्रहरीले शंखरापुर नगरपालिका–७, कोलागालबाट सिर्जनालाई सोमबार राति र प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले मैयाँ कुमारीलाई बूढानीलकण्ठ नगरपालिका–१२ कपन निलोमाईक्रो पार्क नजिकबाट सोमबार साँझ पक्राउ गरेको हो ।
baahrakhari.com
1,693,847
बजारमा लगानीयोग्य रकमको अभाव देखिन थालेपछि बैंकहरूले ब्याजदर बढाएका छन् । आजदेखि लागू हुनेगरी अधिकांश बैंकले ब्याजदर वृद्धि गरेका हुन् । बैंकहरूले निक्षेपमा अधिकतम १० प्रतिशतसम्म ब्याज दिने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेका तथ्याङ्क अनुसार सनराइज बैंकले मुद्दति निक्षेपमा सबैभन्दा बढी १० दशमलव ७ प्रतिशत ब्याज दिने भएको छ । सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड बैंक(७.५)को छ । बैंकहरूले सार्वजनिक गरेका सूचनानुसार प्राइम कमर्सियल बैंकले संस्थागत मुद्दति निक्षेपतर्फ अधिकतम नौ दशमलव ७५ प्रतिशत तथा मेगा बैंकले नौ दशमलव ५५ प्रतिशतसम्म व्याज दिने उल्लेख गरेका छन् । त्यसैगरी एनएमबी बैंकले नौ दशमलव ५२, सानिमा बैंकले नौ दशमलव ५१, ग्लोबल आईएमई बैंकले नौ दशमलव ५० प्रतिशत नबिलले साधारणमा नौ दशमलव २६ प्रतिशत, एनसिसी बैंकले नौ दशमलव २६ प्रतिशत, सेञ्चुरी बैंकले नौ दशमलव २५, हिमालयन बैंकले नौ प्रतिशत, सिद्धार्थ बैंकले नौ दशमलव ०५ प्रतिशत, इन्भेष्टमेन्ट बैंकले नौ दशमलव ०२ प्रतिशत र लक्ष्मी बैंकले नौ प्रतिशत ब्याज दिने बताएका छन् । त्यस्तै बैंक अफ काठमाडौँले आठ दशमलव ७७ प्रतिशत, नेपाल बङ्गलादेश बैंकले आठ दशमलव ७६ प्रतिशत, माछापुच्छले बैंकले आठ दशमलव ७५ प्रतिशत, एभरेष्ट बैंकले आठ दशमलव ६१ प्रतिशत, एनआईसी एसिया बैकले आठ दशमलव ६ प्रतिशत, नेपाल एसबीआई बैंकले आठ दशमलव ५५ प्रतिशत, सिभिल बैंकले आठ दशमलव ५५, कुमारी बैंकले आठ दशमलव ५१ प्रतिशत, कृषि विकास बैंकले आठ दशमलव ५ प्रतिशत, प्रभु बैंकले आठ दशमलव २५ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकले आठ दशमलव ०६ प्रतिशत, नेपाल बैंकले आठ दशमलव ०५ प्रतिशत, सिटिजन्स बैंकले आठ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले सात दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरिएको जनाएका छन् । बैंकहरूले साधारण निक्षेपमा न्यूनतम चार दशमलव २६ देखि अधिकतम छ दशमलव २६ प्रतिशतसम्म ब्याज दिने गरी ब्याजदर सार्वजनिक गरेका छन् । यसैगरी बैंकहरूले कर्जातर्फ आधार दरमा प्रिमियम थपेर ब्याज लिने उल्लेख गरेका छन् । बजारमा लगानीयोग्य रकम अभाव देखिएको अवस्था देखिएपछि आफ्नो निक्षेपबाहिर जान नदिन पनि बैंकहरूले ब्याजदर बढाउन परेको बैंकर बताउँछन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क हेर्दा पनि वित्तीय प्रणालीमा तरलता अभाव देखिन थालेको देखिन्छ । तरलता अभावमा बैंक तथा वित्तीय संस्थाले अन्तरबैंक सापटी पाउन छाडेको अवस्था देखिन्छ । बैंकहरूले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा (एसएलएफं र रिपो जस्ता सुविधाको प्रयोग गरेका छन् । राष्ट्र बैंकको तथ्याङ्कानुसार बैंक तथा वित्तीय संस्थाले चालु आर्थिक वर्षको बिहीबारसम्म रु तीन खर्ब ५२ अर्ब २९ करोड एसएलएफमार्फत उठाएको देखिन्छ । राष्ट्र बैंकले गत भदौ १७ मा सात दिनका अवधिको रु २० अर्ब, भदौ २४ मा १४ दिन अवधिको रु ३० अर्ब र भदौ ३१ मा रु २० अर्ब बराबरको रिपोसमेत जारी गरिसकेको छ । रासस वि.सं.२०७८ असोज १ शुक्रवार १९:२० मा प्रकाशित काठमाडौँ ।
sansarnews.com
5,806,557
आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध नेपालले तेस्रो विकेट गुमाएको छ । कप्तान रोहितकुमार पौडेल आउट भएका छन् ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ३११ को लक्ष्यसहित मैदान उत्रिएको नेपालबाट चौथो नम्बरमा ब्याटिङका लागि आएका रोहित १६ रनमा पभेलियन फर्किए । त्यसअघि नेपालले ओपनिङ ब्याटिङमा आएका आसिफ शेखलाई पहिलो ओभरको तेस्रो बलमा गुमाएका थियो । आसिफ शून्य रनमा आउट भए । यस्तै, नेपालले आसिफ आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङका लागि आएका कुशल मल्ल पनि पाँच रनमा गुमाएको थियो । हाल क्रिजमा नेपालका भीम सार्की र कुशल भुर्तेल छन् । ३११ रनको लक्ष्य पछ्यारहेको नेपालले सात ओभरको खेल सकिँदा तीन विकेट गुमाएर ३८ रन बनाएको छ ।  यसअघि टस जितेर ब्याटिङमा आएको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रनको योगफल खडा गरेको थियो ।
baahrakhari.com
2,182,711
विदेशी पुरुषसँग पैसा लिएर गर्भवति (सेरोगेसी मदर) बनिदिने नेपाली महिलाहरुको संख्या बढ्दै जान थालेको अनुमान छ । उसो विगतमा तेस्रो मुलुकका नागरिक भारतीय महिलाको कोख भाडामा लिएर नेपालमा बसेर बच्चा जन्माएका थुप्रै उदाहरण रहेका छन् । सर्वोच्च अदालतको अनुसार, ‘बच्चा जन्माउन असक्षम दम्पतीले बच्चा जन्माउन सक्षम महिलासँग सम्झौता गरी दाताको वीर्य तथा अण्डाणु लिएर कृत्रिम गर्भाधान प्रक्रियाबाट गर्भधारण गरी निजको कानुनी तथा जैविक माता पितालाई जन्मेको बच्चा सुम्पिन तयार हुन्छिन् । त्यस्तो बच्चा जन्माउने आमालाई सट्टा आमा अर्थात सरोगेट मदर भनिन्छ ।’ यसअघि एउटा मुद्दामा सर्वोच्च अदालतले स्वास्थ्य मन्त्रालयलाई ‘सरोगेसी गर्न स्वास्थ संस्थालाई अनुमति नदिनु’ भन्ने आदेश दियो । सेरोगेसी मदर आपसी लेनदेनमा गुपचुप हुने भएकाले कतिले कोख दिए भन्ने तथ्यांक रहेको छैन । तर, बाहिर आउने १÷२ घटनाले सेरोगेसी मदर बढ्दै गएको अनुमान गर्न सकिन्छ । ‘सेरोगेसी मदरका धेरै घटनाहरु हाम्रो जानकारीमा छ’, माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाले भने, ‘महिलाहरु आफै पनि खुलेर नआउँदा यसबारे कानुनी प्रक्रिया अगाडि बढाउन सकिएको छैन ।’ कोइरालाले सेरोगेसी मदरको एउटा घटना भने कानुनी प्रक्रियामा लैजाने तयारी भैरहेको शुक्रबार नेपालगन्जमा आयोजित एक कार्यक्रममा जानकारी दिएका छन् । गरिबीको फाइदा उठाउँदै महिलाको शोषणका रुपमा पनि सेरोगेरीलाई लिने गरिएको छ । त्यसैले यसको विरोध हुने गरेको छ । कतिपयले सेरेगेसीलाई ‘सम्पर्क व्यक्ति र अस्पतालको’ कमाउधन्दाका रुपमा लिन्छन् ।
nepalgunjnews.com
4,259,957
राष्ट्रिय मानव अधिकार आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको छ। बुधबार एक विज्ञप्ति जारी गर्दै मानव अधिकार आयोगले आगामी निर्वाचनका लागि राजनीतिक दलले तयार पार्ने घोषणापत्रमा मानव अधिकारका विषय समावेश गर्न आग्रह गरेको हो। आयोगले मानव अधिकारको सम्मान, संरक्षण तथा त्यसको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्ने राज्यको दायित्वलाई कार्यान्वयन गर्न निर्वाचनको माध्यमबाट सरकारमा सहभागी हुने राजनीतिक दलको भूमिका महत्वपूर्ण हुने भएको भन्दै घोषणापत्रमा पनि मानव अधिरकारका विषय समेट्न अनुरोध गरेको हो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
6,287,262
राम्रो काम लगाइदिन्छु भन्ने दलालको पछि लागेर गएका पाँचजना दलित किशोरलाई मुम्बईमा बन्धक बनाइएको छ । सिरहाका दुई, सप्तरीका दुई र उदयपुरका एक किशोरलाई बन्धक बनाइएको हो । यसरी बन्धक बनाइएकामा लहान–१५ लग्राहाका राजकुमार सदायका छोरा १६ वर्षीय सरोज सदाय र १४ वर्षीय विजय सदाय, सप्तरी प्रीतमपुरका १५ वर्षीय ललकु सदाय र १४ वर्षीय प्रमोद सदाय तथा उदयपुर गाईघाटका १५ वर्षीय अक्षय सदाय छन् । उनीहरूलाई पछिल्लो नौ महिनादेखि परिवारसँग कुरासमेत गर्न नदिएको मुम्बईमा बन्धक परेर फर्किएकामध्येका ३३ वर्षीय जितन सदायले बताए । मुम्बई पुगेको एक महिनामै भागेर फर्किएका उनी लग्राहाकै हुन् । जितनसहित चारजना असोजमै मुम्बईबाट भागेर घर आइपुगेका थिए । तर, उनीहरूसँगै गएका पाँचजना अझै मुम्बईमै बन्धक छन् । उनीहरूलाई मुम्बई पुर्‍याएका थिए, लहान–१३ सरस्वती गाउँका करिब ४० वर्षीय रवि महतोले । महतोले गत १० भदौमा राम्रो काम लगाइदिन्छु भन्दै नौजनालाई मुम्बई लिएर गएका थिए । तर, मुम्बई पुगेपछि महतोले उनीहरूलाई भारतीय दलालको जिम्मा लगाएका थिए । आफू भने मोटो रकम लिएर फर्केका थिए । त्यसयता महतो लहानमै छन् । उनीमाथि उजुरी परे पनि कानुनी कारबाहीको प्रक्रियासमेत सुरु भएको छैन । आजकाे नयाँ पत्रिकामा समाचार छ ।
aajakonews.com
2,764,858
कृषि एम्बुलेन्स सेवामार्फत तानसेन युवा परिषद्ले आइतबार २ हजार पाँचसय किलो ताजा तरकारी तानसेन बजारमा बिक्री गर्यो । परिषद्का अध्यक्ष गुराँस आत्रेयले तानसेन नगरबासीका लागि घरघरै सेवा दिने अभियान स्वरुप आइतबार कृषि एम्बुलेन्स सेवा आरम्भ भएको सामाजिक सञ्जालबाट जानकारी दिए । ‘हामी घरघरै आउने योजना बनाएर निस्किएका हौं’ उनले भने –‘शुभारम्भका लागि टुँडिखेलमा पुग्दा उपभोक्ताको लाइनबद्ध उपस्थितिलाई इन्कार गर्न मिलेन ।’ उनले आइतबार टुँडिखेलबाट कृषि एम्बुलेन्समार्फत तरकारी बिक्री सेवा आरम्भ गरिएपनि सोमबारबाट बजारका घरघरमै सेवा पु¥याउने विश्वास दिलाए । आत्रेयले सोमबार चारपाँच वटा गाडिमा तरकारी घरघरै आउने हुँदा घरमै बसी सेवा लिन अनुरोध गरे । उनले आफूहरूले प्रयाप्त तरकारी भएको संकलन केन्द्रसँग समन्वय गरेकोले पालैपालो सवैको घरघरमा कृषि एम्बुलेन्स आउने जानकारी दिए । आइतबार काउली, बन्दा र काँक्रा बिक्री गरिएको थियो । प्रतिपोका १०० का दरले बिक्री गरिएको तरकारीको मूल्य काउली किलोको १०, बन्दा १० र काँक्रा ३५ रहेको परिषद्ले जनाएको छ । तानसेन नगरपालिका र मदनपोखरा कृषि सहकारीको सहयोगमा युवा परिषदले कृषि एम्बुलेन्स सेवा आरम्भ गरको हो ।
eadarsha.com
1,386,944
सिन्धुपाल्चोकको सानोसिरुवारी-६ घर भई काठमाडौंको बुढानिलकण्ठ नगरपालिका मण्डिखाटार बस्ने ७५ वर्षीय पुण्यप्रसाद दंगाल भूकम्पपीडितबाट लाखौं ठगेको अभियोगमा आइतबार पक्राउ परेका हुन् । ज्योतिष सिद्धान्तमा पिएचडी गरेका दंगालले भूकम्पपीडितलाई जापान, क्यानाडा र अमेरिका लगायतका भूकम्पपीडित कोटामा पठाइदिने भन्दै ठगी गरेको निवेदनका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हो । कास्की र रुपन्देहीमा पाँच वर्षसम्म जिल्ला शिक्षा अधिकारी भएर काम गरेका दंगाललाई थानकोटको अरविन्द्र योग आश्रमबाट आइतबार पक्राउ गरी ठगी मुद्दामा कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । प्रहरीको अनुसन्धानबाट ज्योतिषी सिद्धान्तमा पिएचडी गरेका दंगालले संस्कृत र फलितमा आचार्य पास गरेको खुलेको छ । त्यसैगरी उनले एमएसी र एमएड डिग्री प्राप्त गरेको पनि अनुसन्धानबाट खुलेको एसएसपी खनालले जानकारी दिए । माओवादीले चलाएको सशस्त्र द्वन्द्वमा विस्थापित भइ चार वर्ष अमेरिकामा बसेर अमेरिका, जापान र क्यानाडासम्म सम्पर्क बनाउन सफल दंगालले सोही आधारमा भूकम्पपीडितलाई ठगेको खुलेको छ । एसएसपी खनालका अनुसार दंगालबाट ठगिनेहरुको संख्या अझै धेरै हुन सक्ने भएकाले यसबारेमा थप अनुसन्धान अघि बढाइएको छ । 'दंगालले आफ्नो सम्पर्कका आधारमा केही व्यक्तिहरुलाई अमेरिका पठाएको देखेपछि अन्य व्यक्तिहरु पनि प्रलोभनमा परेर फसेको देखियो', अपराध महाशाखाले भनेको छ, 'त्यसपछि दर्जनौं व्यक्तिहरुलाई अमेरिका, जापान र क्यानाडा पठाउने भन्दै ठगेको भेटियो ।' अपराध महाशाखाका अनुसार विदेश पठाइदिने भन्दै दंगालले विजय भण्डारीबाट ४ लाख २५ हजार, मोहिनी ताल्चा महतबाट ५ लाख, सगुन मानान्धरबाट २ लाख र छिरिङ्ग तामाङ्गबाट १ लाख रुपैयाँ उठाएको खुलेको छ। त्यसैगरी दंगालबाट ठगिनेहरुमा अन्य पनि रहेका छन् । दंगालले रामबहादुर तामाङ्गबाट १ लाख, खुदनाथ घोडासैनीबाट ४ लाख ४० हजार, विकास तामाङ्गबाट ३ लाख र सीतामाया तामाङ्गबाट ३ लाख ४५ हजारसहित जम्मा २४ लाख ३० हजार उठाएको प्रहरी अनुसन्धानबाट खुलेको छ । दंगालले अमेरिका पठाउने भन्दै १६ लाख, क्यानाडाका लागि १२ लाख र जापानको लागि १० लाख रुपैयाँ लाग्ने भन्दै ठगी धन्दा चलाएको तथ्य प्रहरीले भेट्टाएको हो ।
annapurnapost.com
5,267,760
भक्तपुर सिकर्मी सङ्घ जिल्ला समितिको आयोजनामा भक्तपुर नपाका नवनिर्वाचित प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, वडाध्यक्षहरू उपेन्द्र सुवाल र राजकृष्ण गोरा तथा वडा नं. ३ का वडा सदस्य कृष्णगोपाल चौगुठीलाई बधाईज्ञापन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रमुख प्रजापतिले भक्तपुरको मौलिक प्रविधिको संरक्षण र जगेर्नाले गर्दा भक्तपुरको पहिचान कायम भएको बताउँदै परम्परागत पेशा व्यवसाय जोगाइराख्न पर्यटकलक्षित वस्तुहरूको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो । सरकारले परम्परागत पेशा व्यवसायलाई प्रवद्र्धन गर्न कर छुट गर्नुपर्ने, अनुदानको व्यवस्था, सहुलियत दरमा ऋण प्रदान र स्वदेशी कच्चा पदार्थको प्रयोगमा सहुलियत दिनुपर्नेमा जोड दिँदै उहाँले आफूसँग भएको सीप र कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न विभिन्न तालिमहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । भक्तपुर नपाले जनतालाई प्रत्यक्षरूपमा फाइदा पुग्ने काम गरिरहेको बताउँदै उहाँले विचार र सिद्धान्तले समाज बदल्छ भन्नुभयो । उहाँले संसारकै नवीनत्तम विचार भनेको समाजवादी विचार हो भन्दै नेपालमा अहिले समाजवादी क्रान्तिको खाँचो रहेको औँल्याउनुभयो । भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले जनताले पुनः नेमकिपाका प्रतिनिधिमाथि विश्वास गरी अत्यधिक बहुमतले विजयी गराउनुभएकोमा धन्यवादज्ञापन गर्दै सिकर्मी पेशा देशको कला र संस्कृति संरक्षण गर्ने सम्मानित पेशा भएको हुँदा यस पेशालाई अझ व्यवस्थितरूपमा सञ्चालन गर्नुपर्छ भन्नुभयो । भक्तपुरको प्रतिष्ठा आजको उचाइमा पुग्न यहाँका मौलिकता, मूर्त र अमूर्त सम्पदा संरक्षणले महत्वपूर्ण भूमिका खेलेको उहाँले बताउनुभयो । भनपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले नेमकिपाले विचार र सिद्धान्तको आधारमा चुनाव जित्दै आएको बताउँदै राजनैतिक कार्यकर्ताहरू सैद्धान्तिकरूपमा प्रतिबद्ध रहनुपर्ने बताउनुभयो । भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, विकास निर्माणमा गरेको उल्लेखनीय कार्यको आज सिङ्गो देशले उच्च प्रशंसा गरिरहेको बताउँदै नेमकिपाको उद्देश्य देश र जनताको सेवामा निहित रहेको बताउनुभयो । सङ्घका अध्यक्ष विक्रम ढुकुछुको सभापतित्वमा भएको उक्त कार्यक्रममा वडा सदस्य कृष्णगोपाल चौगुठी, सङ्घका सल्लाहकार विष्णुभक्त कुसी, उपाध्यक्ष रामसुन्दर सुवाललगायतले आ–आफ्नो धारणा व्यक्त गर्नुभएको थियो ।
onlinemajdoor.com
3,417,682
हाल देशमा पश्चिमी वायु र स्थानीय वायुका साथै पूर्वी भूभाग नजिक बनेको न्यूनचापीय क्षेत्रको प्रभाव हुनुका साथै बङ्गालको खाडी÷अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरेकाले देशभर बदलीसँगै वर्षा भइरहेको मौसमविद् विभूति पोखरेलले बताए । उनका अनुसार यी प्रणालीहरुको सम्मिश्रण हुनुका साथै प्रिमनसुन सक्रिय रहेकाले अझै तीन दिन देशभर वर्षाको सम्भावना रहेको छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशको अधिकांश स्थानमा बिहानैदेखि बदलीसहित वर्षा भएको हो । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २४ दशमलव आठ डिग्री सेल्सियस रहेको छ । गत वर्ष आजकै दिन काठमाडौैँको अधिकतम तापक्रम २८ डिग्री थियो । हाल देशको केही स्थानमा सामान्य बदली भई वर्षा भइरहेको छ । दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा दशैभर सामान्य बदली रही मेघगर्जन हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ । भोलि देशभर सामान्य बदली रही अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम छ दशमलव शून्य डिग्री र सबैभन्दा बढी नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव छ डिग्री सेल्सियस रहेको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
1,792,463
भारतको पञ्जाब प्रदेश सरकारले अमृतपाल सिंह खालसा नेतृत्वको ‘वारिस पञ्जाब दे’ संगठनविरुद्ध व्यापक प्रहरी कारबाही सुरु गरेको छ । कारबाही सुरु गर्नु अगाडी केन्द्रीय गृहमन्त्री अमित शाह र पञ्जाबका मुख्यमन्त्री भगवन्त मानबीच मार्च २ मा लामो छलफल भएको थियो । केन्द्रमा भाजपा र पञ्जाबमा आम आदमी पार्टीको सरकार छ । यी दुई पार्टीबीचको सम्बन्ध यतिखेर राम्रो छैन । तर, खालिस्तान विद्रोही विरुद्धको कारबाहीमा भने दुवै पार्टीका सरकार एक भएका छन् । प्रहरी कारबाहीका क्रममा पञ्जाबमा इन्टरनेट सेवा बन्द गरिएको छ भने ‘वारिस पञ्जाब दे’ संगठनका कार्यकर्ताको घरमा व्यापक खानतलासी र गिरफ्तारी गरिएको छ । संचार माध्यमका अनुसार अहिलेसम्म १०० भन्दा बढी खालिस्तानी कार्यकर्ता प्रक्राउ परेका छन् । केही महिना अघिदेखि पञ्जाबमा खालिस्तान आन्दोलन चर्किदै गएको थियो । दुबईमा बस्दै आएका एक युवा उद्यमी अमृतपालसिंह खलसाले पञ्जाब फर्किएर आन्दोलनलाई गति दिएका थिए । कतिपय संचार माध्यमले प्रक्राउ पर्नेमा खालिस्तानी नेता अमृतपाल सिंह खालसा समेत भएको बताए पनि पञ्जाब प्रहरीले त्यसको पुष्टि गरेको छैन । बरु उनको नाममा ‘फरार आतंककारी’ को सुचना जारी गर्दै ‘आत्मसमर्पण गर्न भनिएको छ । ‘वारिस पञ्जाब दे’ संगठन पञ्जाबी कलाकार दीप सिद्दुले सुरुवात गरेका थिए । गत बर्षको फेब्रुअरीमा एक सडक दूर्घटनामा उनको निधन भएपछि त्यसको नेतृत्व २९ बर्षीय युवा अमृतपाल सिंह खालसाले गर्दै आएका छन् । फेब्रुअरी २४ मा अमृतसरको अजनाला प्रहरी कार्यालयमा आक्रमण भएको थियो । उप्त घटनामा अमृतपाल सिंह खालसाका समथर्कले थानामा आक्रमण गरी आफ्ना साथीलाई छुटाउने प्रयत्न गरेका थिए । त्यसक्रममा झडप हुँदा केही प्रहरी समेत घाइते भएका थिए । मार्च १–२ मा नयाँ दिल्लीमा भएको जी–२० मन्त्रीस्तरीय बैठकको सुरक्षा माहोललाई दृष्टिगत गरी केन्द्र र प्रदेश सरकारले कारबाही केही समय स्थगन गरेका थिए । सरकारले खालसा समथर्कविरुद्ध कठोर कारबाही गर्ने संकेत पाइपछि अमृतपाल सिंहले एक भिडियो सन्देशमार्फत् ‘आफ्नो हत्या हुन सक्ने’ बताएका थिए । छिमेकका हिमाञ्चल र हरियाणा सरकारले पनि पञ्जाब सरकारको कारबाहीलाई सहयोग गर्न सुरक्षा व्यवस्था कडा बनाएका छन् । केन्द्र सरकारले अतिरिक्त सुरक्षा बल पञ्जाब पठाएको छ । खालिस्तान आन्दोलन सन् १९८० को दशकमा सुरुवात भएको थियो । सन् १९८४ मा अपरेशन ब्लुस्टारमा यसका नेता जर्नेल भिन्डरवालेको मृत्यु भएपछि यो आन्दोलन सेलाएको थियो । यही क्रममा तत्कालिन प्रधानमन्त्री इन्दिरा गान्धी आफ्नै शिख अंगरक्षकद्धारा मारिएकी थिइन । भारत–पाक विभाजनपछि दुईदेशमा बाँडिएको पञ्जाब र भारतको हिमाञ्चल प्रदेशलाई समेत मिलाएर भिन्नै खालिस्तान देश बनाउन चाहने अलगाववादी अभियानलाई खालिस्तान आन्दोलन भनिन्छ । अमृतपाल सिंह खालसालाई भारतीय संचार माध्यमले भिन्डरवाले–२ भन्ने गरेका छन् ।
nepalviews.com
4,987,644
बाँकी ६ वटा प्रदेशले नाम र राजधानीको टुंगो लगाइसक्दा प्रदेश १ ले भने खोटाङ । बालिका बलात्कार अभियोगमा खोटाङमा शिक्षक पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई बलात्कार इलाम । इलामको सूर्योदय नगरपालिका ४ अन्तुको चिया कारखानामा आगलागी भएको छ । आगलागी हुँदा तेह्रथुम । फेदाप गाउँपालिका वडा नम्वर १ स्थित महकाली मावि पुल्ढुङ, सिम्लेका प्रधानाध्यापकको सोमबार विहान विराटनगर । प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईले प्रयोग गर्दै आएको प्रदेश सरकारको गाडी मन्त्रालय इटहरी । इटहरी २० तरहरास्थित पानीपियामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । संखुवासभा । किर्ते कागज बनाएर अमेरिका जान लागेका चिचिला गाउँपालिका अध्यक्ष पासाङ नुर्व शेर्पामाथि कारबाही काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामुदायिक वनको सम्पत्ति हिनामिना गरेको भन्दै जूनतारा सामुदायिक वन इटहरी । इटहरीस्थित एक विद्यालयमा अध्ययनरत छात्रामाथि होमवर्क गर्न नगरेको भन्दै शिक्षकद्वारा निर्घात कुटपिट गरिएको राजन घिमिरे एजुकेसन एण्ड माईग्रेसन कर्नर विर्तामोडले मंगलबार विर्तामोडमा रहेको होटल होलिडे इनमा एजुकेसन फेयर राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
4,964,462
पाँचथरको सरखण्डेमा भएको बस दुर्घटनामा परेकामध्ये दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ पाँचथर । पाँचथरमा बस दुर्घटनामा घाइते हुनेको संख्या ६४ पुगेको छ । उनीहरू मध्ये २४ काठमाडौं । आइतबार भद्रपुर विमानस्थल हुँदै गृहजिल्ला झापा आइपुगेका नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा सुनसरी । सुनसरीको इटहरीमा बालविवाह गरेको अभियोगमा बेहुलाबेहुलीसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई इटहरी । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले विदेशीसँग सहयोग मागेर भएपनि बाढीपीडितलाई राहत दिने आश्वासन दिलाएका इटहरी । प्रदेश १ को प्रदेशसभा वैठक कात्तिक १५ गते सम्मका लागि स्थगित भएको छ झापा । एमाले अध्यक्ष केपी ओली तीन दिने झापामा भ्रमणमा छन् । आइतबार बिहान काठमाडौंबाट धनकुटा । दसैंको उल्लास सकिन नपाउँदै धनकुटाको साँगुरीगढी गाउँपालिका–१० आहालेस्थित चिराङ चोकका झगेन्द्र राईको परिवार विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले शुक्रबार विश्वासको मत नलिने भएका छन् । सुनसरी । सुनसरीको धरानबाट स्राेत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
6,262,172
प्रहरीले एमाले महाधिवेशनस्थलमा ड्रोन प्रयोग गर्ने भएको छ । शुक्रबार चितवनमा उद्घाटन हुने एमालेको १०औँ महाधिवेशनमा सहभागी हुन भीभीआईपी र एमाले नेता-कार्यकर्ताको संख्या बढी हुने भएपछि ड्रोनको सहयोगमा प्रहरीले सुरक्षा अवस्था जाँच गर्ने भएको हो ।  ड्रोनबाहेक प्रहरीले उद्घाटनस्थलमा तालिमप्राप्त कुकुरको समेत प्रयोग गर्ने प्रहरी प्रवक्ता एवं एसएसपी बसन्त कुँवरले जानकारी दिए । महाधिवेशनस्थलको सुरक्षा कमाण्ड अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) सहकुलबहादुर थापाले गरेका छन् । थापा बिहीबार नै चितवन पुगिसकेका छन् ।  उनीबाहेक बागमती प्रदेश प्रहरी प्रमुख र गण्डकी प्रदेश प्रहरीले समेत महाधिवेशनस्थलको सुरक्षा समन्वय गर्नेछ । प्रहरी प्रवक्ता कुँवरका अनुसार, नेपाल प्रहरीले मात्रै करिब २ हजार जनशक्ति परिचालन गरेको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागले समेत सुरक्षाकर्मी खटाएको छ । उद्घाटनसत्रमा सौराहादेखि नारायणी पुलसम्म अत्यावश्यकबाहेक अरु सवारीसाधन निषेध गरिएको छ । शुक्रबार बिहान ९ः३० देखि साँझ ५ बजेसम्म सौराहादेखि नारायणी पुल क्षेत्रमा सवारी बन्द हुने चितवन प्रहरीले जनाएको छ । एमालेले महाधिवेशनको उद्घाटनमा ५ लाख मानिस उतार्ने जनाएको छ ।
shilapatra.com
1,882,653
लामो समयदेखि बिनासूचना गैरहाजिर रही सम्पर्कमा समेत नरहेका कर्मचारीहरूको खोजी भएको हो। प्रधान कार्यालयले सोमबार सूचना जारी गरेर तीन महिनादेखि सम्पर्कमा नरहेका सात कर्मचारीलाई सात दिनभित्र हाजिर हुन आउन भनेको छ। यसरी गैरहाजिर हुनेमा दुई जना सशस्त्र प्रहरी सहायक हवल्दार र पाँच जना जवान छन्। उनीहरूलाई सात दिनभित्र सन्तोषजनक जवाफसहित कार्यालयमा हाजिर हुन नआए सेवाबाट हटाइने चेतावनी दिइएको छ । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
pardafas.com
1,519,634
धनुषाको इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना अभियुक्तमध्ये एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मिथिला नगरपालिका वडानम्बर–६ का २८ वर्षीय रोशन महतो रहेका छन् । महतोलाई धनुषाको मिथिला नगरपालिका–८ कुशुमविछौना स्थित आफन्तको घरमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी हातहतियार तथा खरखजाना मुद्दामा शुक्रबार पक्राउ परेका थिए । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर आइतबार राति ६ जना थुनुवा फरार भएका थिए । अन्य पाँच जनाको खोजी तीव्र पारिएको धनुषा प्रहरीले जनाएको छ ।
kendrabindu.com
1,568,610
कार्यवाहक राष्ट्रपति रामसहाय यादवले तथागत बुद्धका दर्शनहरु अनुशरण गर्न अपरिहार्य रहेको बताएका छन् । २५६७ औं बुद्ध जयन्ती समारोह समितिले बुद्ध जयन्तीको पूर्वसन्ध्यामा आयोजित "भिन्छेबाहाः बौद्ध महोत्सव बु. सं. २५६७" को उद्घाटन कार्यक्रमा कार्यवाहक राष्ट्रपति यादवले बुद्धको जीवन दर्शनका कुराहरु दैनिक जीवनमा उर्तान सके समग्र जीवन जगतको कल्याण हुने टिप्पणी गरेका हुन् । उनले् भने, ‘बुद्धको जीवन दर्शनका कुराहरु हामीले दैनिक जीवनमा उर्तान सफल भएमा समग्र जीवन जगतको कल्याण हुने कुरामा पूर्णरुपमा विश्वस्त हुन सकिन्छ । हामीले तथागत बुद्धका दर्शनहरु अनुशरण गर्न अपरिहार्य छ । गौतम बुद्धले देशमा मात्र नभई मानव जातिलाई शिक्षा प्रदान गरी उर्जा र चेतनाको छुट्टै पहिचान बन्न पुगेको छ ।’ उनले बुद्धले नवीन मार्ग बनाई समाजलाई योग्य क्षेत्रमा बोध गर्नुका साथै विश्वलाई हिंसा र युद्धको बाटो छोडी अहिंसा मार्ग देखाएको बताए ।
kendrabindu.com
5,844,120
फाइल फोटो अछाम– यहाँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्ने गरेका छन् । पाक्नै लागेको मकै बाली जंगली जनावरले खान थालेपछि किसान मकै बारीभित्रै पाल हालेर रातभर जाग्राम बस्दै आइरहेका छन् । ‘मकै बाली दिनभर बाँदरले, रातभर बँदेलले खाएर हैरान पार्छन्, सुत्नसमेत पाइँदैन’, मङ्गलसेन नगरपालिका–७ का कृषक दुर्गाप्रसाद ढुङ्गानाले भने। किसानले मकै जोगाउन बारीभरि मान्छेका जस्तै पुत्ला बनाएर खडा गरेका छन् भने रातभर बाजागाजा बजाउँदै, होहल्ला गर्दै बस्ने गरेका छन् । दिनभरि बाँदर र रातभरि बँदेल आतङ्कले बारीका मकै सखाप हुन थालेको कृषक प्रेम भण्डारीले बताएका छन् । ‘रातभरि जाग्राम बस्नुपर्छ, रातिमा कतिबेला कहाँबाट बँदेल आउँछ थाहा हुँदैन’, भण्डारीले भने। वर्षभरि खाने खेतीमा बाँदर र बँदेलको आतंक नियन्त्रण गर्न नसकिएको उनले बताए । बँदेल र बाँदर नियन्त्रण गर्नका लागि स्थानीय सरकारले योजना बढाएर अगाडि बढ्नुपर्ने उनको भनाइ छ । बाँदर र बँदेलले मकैबारी सखाप बनाउन थालेपछि कृषक चिन्तित बनेका छन् । जिल्लाका विभिन्न गाउँमा बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेका छन् । बिहानदेखि बेलुकासम्म मकैबारीमा बस्दा पनि अन्नबाली जोगाउन नसकिएको कृषकहरूको गुनासो छ । साउनयता हालसम्म जिल्लामा जङ्गली जनावरको आक्रमण बाट एक व्यक्तिको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मृतकका परिवारलाई रु १० लाख राहत रकम र घाइतेको उपचार खर्च सरकारले व्यहोर्ने डिभिजन वन कार्यालयका वन अधिकृत विमल चन्दले बताए । त्यस्तै उनका अनुसार जिल्लाका किसानको अन्नबाली जङ्गली जनावरले नोक्सान पुर्‍याएको भन्दै एक सय १८ कृषकको राहतका लागि सिफारिस आएको र उनीहरुलाई डिभिजन वन कार्यालयको मूल्यांकन समितिले क्षतिको मापन गरी कम्तीमा रु १० हजार आर्थिक राहत उपलब्ध गराउनेछ । जिल्लामा जङ्गली जनावर बाघ तथा चितुवाको आक्रमणबाट १६ किसानका २९ पशु चौपायाको मृत्युु भएको र किसानलाई राहतस्वरुप प्रतिबाख्रा तथा खसीको रु १० हजार एवं गाई, गोरु र भैँसीको रु ६० हजार रकम सहयोग गरिने डिभिजन वन कार्यालयले जनाएको छ । किसानहरुको अन्नबाली जङ्गली जनावरले सखाप पार्न थालेपछि पुर्खौंदेखि गर्दै आएको कृषि पेसा छाड्नुपर्ने अवस्था सिर्जना भएको कृषक बताउँछन् । साथै कसानहरुले यसको वैकल्पिक उपाय पनि खोज्न थालेका छन् ।
khabarhub.com
4,183,500
बिहीबारका मुख्य घटनाक्रमसहितको नेपाल लाइभ समाचारका शीर्षकहरू: १) पहिरोमा पुरिएर दार्चुलामा ३ जनाको मृत्यु, १३ राष्ट्रिय राजमार्ग अवरुद्ध, ५६ वटा एकतर्फी सञ्चालनमा, चितवनमा बाढीले माडी–नारायणगढ सडकखण्ड अवरुद्ध, चेपाङ बस्ती डुवानमा । २) पार्टीलाई एकताबद्ध भएको घोषणा गर्न लागिरहेको नेकपा एमाले एकता कार्यदलका सदस्य सुवास नेम्वाङको दाबी, वार्ता निष्कर्षमा पुग्न अब लामो समय नलाग्ने गोकर्ण विष्टको प्रतिक्रिया । ३) बालुवाटारको ११३ रोपनी जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया तत्काल रोक्न सर्वोच्चको अन्तरिम आदेश, विशेष अदालतमा दायर भएको मुद्दा फैसला नहुँदै हतारमा सूचना जारी गरेको टिप्पणी । ४) हाइटीका राष्ट्रपति मोइसीको हत्यापछि अन्तरिम प्रधानमन्त्री जोसेफले राष्ट्र प्रमुखको कार्यभार सम्हाल्ने, राष्ट्रको नाममा सम्बोधन गर्दै संकटकालको घोषणा, हत्यामा संलग्न भनिएका चार जना मारिए । ५) र, युरोपियन फुटबलको नियामक निकायले इंग्ल्यान्ड फुटबल एसोसिएशनलाई कारबाही गर्ने, इंग्ल्यान्ड समर्थकले ‘लेजर लाइट’ देखाएर खेल प्रभावित गर्न खोजेको आरोप ।
nepallive.com
4,131,774
महिला होस् या पुरुष दुवैमा बढ्दो उमेरको साथ तौल पनि बढेको हुन्छ । बढ्दो तौलले मानिसमा निकै समस्या उत्पन्न गर्न सक्छ । जसले गर्दा मनिसको शारीरिक र मानसिक समस्या पैदा गर्छ । मोटा कोषीकाहरु एक ठाउँमा गएर बस्ने गर्छ । जसले निरन्तर रुपमा शरीरलाई तौल बढाउन मद्यत गर्छ । यस कारण हाम्रो नियमित खान–पानमा ध्यान दिनु आवश्यक हुन्छ । क्यालोरीको मात्रा शरीरमा कम सेवन गर्यो भने यसले शरीरको तौल विकासमा नियन्त्रण ल्याउन सक्छ । फ्याट कोशीकाहरुलाई नियन्त्रण गर्न दैनिक व्यायाम गर्ने भन्दा अली धेरै व्यायाप गर्नुपर्छ । फ्याट कोशीकाहरु निरंतर परिवर्तन हुने गर्दा यसले बढ्दो उमेरको साथ तौल पनि बढाउने काम गर्छ । यो एक विश्वयापी चिन्ताको विषय बनेको छ । आफ्नो नियमित रुपमा सेवन गर्ने र लिने क्यालोरीलाई काम मात्रामा सेवन गर्दा फ्याट कोषिकाहरु काम विकास हुने अनुमान रहेको छ । दैनिक व्यायाममा परिवर्तन ल्याउन अति आवश्यक छ । काठमाडौँ, ६ साउन । पछिल्लो समय देशभर लगातार पानी परिरहेकाले डेङ्गु सङ्क्रमण बढ्दै गएको छ उदयपुर (गाईघाट) ६ साउन । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा भाइरल ज्वरोको बिरामी बढेका छन् । टीकापुर (कैलाली), ३ साउन । लामो प्रतीक्षापछि टीकापुर अस्पतालमा ‘हेमोडाइलिसिस’ सेवा सुरु भएको छ । पर्वत, ३१ असार । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा तनहुँ, ३१ असार । मौसम परिवर्तनसँगै गर्मी बढेकाले दमौली अस्पतालमा भाइरल ज्वरो र झाडापखालाका बिरामीको टीकापुर, असार २७ । गत वर्षका तुलनामा यस वर्ष कैलालीमा डेङ्गीका बिरामी वृद्धि भएका छन् चितवन, असार २७ । भरतपुर अस्पतालमा ‘एमआरआई’ सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालका मेडिकल काठमाडौं, असार २६ । नेपाल नेत्रज्योति सङ्घले नूर दुबई फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा ‘टेलिअफ्थाल्मोलोजी’ काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
6,375,573
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७०० रुपैयाँले घटेको हो।… काठमाडौं : साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ। शुक्रबारदेखि स्थिर रहेको सुनको मूल्य… काठमाडौं : शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा स्थिरता कायम भएको छ । अघिल्लो दिन प्रतितोला १ लाख १९ हजार ५… काठमाडौं: नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको… काठमाडौं : सुनको भाउ आज तोलामा दुई सय रुपैयाँले घटेको छ। हिजो भाउ बढेर तोलाको एक लाख २१ हजार पुगेको… काठमाडौं: नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार १ लाख २० हजार ५००… काठमाडौं : नेपाली बजारमा साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार… धनगढी : नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १३ औं साधारण सभा सम्पन्न भएको छ ।शनिबार धनगढीमा आयोजना गरिएको… काठमाडौं : नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार ३००… काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ। गभर्नर अधिकारीको शैक्षिक… महेन्द्रनगर पोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपाली भाषी पाठकका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
4,566,673
सोमबार भक्तपुरको गुन्डुमा घरदैलो अभियानका क्रममा आयोजित कोणसभामा आफ्ना प्रतिद्वन्द्वी कांग्रेस र एमालेका उम्मेदवारप्रति लक्षित गर्दै थापा मगरले भनिन्, ‘भ्रष्टाचारी, गुन्डा र भारतीय दलाल घरदैलोमा आइरहेका छन्। उनीहरुलाई परास्त गर्न मजदुर किसान पार्टीले उम्मेदवारी दिएको हो । भनिन्, ‘स्वाधीन देशमा भारतले लेन्डुप दोर्जेजस्ता व्यक्तिहरु तयार गरेको छ। नेपालको आन्तरिक मामिलामा भारतीय हस्तक्षेप आउन बाध्य पार्ने दलहरुलाई परास्त गर्न चाहान्छौं। अपराधी, गुन्डा, बलात्कारी, भ्रष्टाचारी, तस्करी, माफिया ठूला दलमा छन्। त्यस्ता पार्टीलाई खारेज गर्ने कानुन हामी बनाउँछौं ।
pahilopost.com
1,227,621
शनिबार बिहानसम्म सप्तकोशीमा पानीको बहाब २ लाख ४६ हजार ८ सय ३३ क्युसेक पुगेको हो। यो अहिले सम्मकै उच्च बहाब हो। ब्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ। कोशी ब्यारेजका ३३ ढोका खोलिएको छ। पानीको बहाब अनुसार थप ढोका खोलिएको जनाइएके छ। यतिखेर पूर्वी तराइका जिल्लामा पानी पर्न रोकिएको छ। तथापी पहाडी जिल्लामा अघिल्लो दिनसम्म परेको पानी कोशी ब्यारेसम्म आइपुग्न समय लाग्ने हुँदा अहिलेको बहाब अघिल्लो दिन परेको पानीको मात्रा अनुसार निर्धारण हुनेगर्छ ।
annapurnapost.com
2,000,731
बेलायतमा संसदीय समितिहरू कोरोना भाइरसको महामारीमा टाढैबाट (अनलाइन मार्फत) काम गरिरहेको तथा संसद पनि त्यसैअनुसार चलाउन आवाज उठिरहेका बेला गगनले ’भर्चुअल संसद’को माग गरेका हुन् । थापाले प्रविधिको प्रयोग गरेर संसद नै चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम प्रारम्भ गर्नुपर्ने धारणा राखेका छन् । त्यसैगरी ती समितिमार्फत सरकारले विपत्तिको मौकामा गर्न खोजेका वेथितिविरुद्ध प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको बताएका छन् । ‘हाम्रोमा पनि प्रविधिको प्रयोग गरेर संसद चलाउन नसके पनि कम्तिमा संसदीय समितिहरुले काम गर्न प्रारम्भ गर्नुपर्छ । अनि प्रधानमन्त्रीलाई सांसदले टाढैबाट प्रश्न सोध्न सक्ने व्यवस्था मिलाउन अत्यावश्यक भैसकेको छ’, थापाले ट्वीटरमा लेखेका छन् ।
kathmandupati.com
3,186,791
चितवनको राप्ती नगरपालिका-३ की २३ वर्षीया सुजिता भण्डारीको हत्यारा पत्ता लगाउन माग गर्दै स्थानीय बासिन्दाले पूर्वपश्चिम राजमार्ग बन्द गराएका छन् । भण्डारीको शव आइतबार साँझ स्थानीय ब्रह्मस्थानी सामुदायिक वनमा शव फेला परेको थियो। शव सोमबार प्रहरीले पोस्टमार्टमका लागि भरतपुर अस्पताल लगेसँगै भण्डारीका परिवार, आफन्त तथा स्थानीय बासिन्दाले राजमार्ग अवरूद्ध पारेका हुन्। स्थानीयहरुले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरेको छन् । असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि वेपत्ता भएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् । जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ। वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य थापाले शव नजिकै बोतलमा सेतो पदार्थ भेटिएको र विस्तृत विवरण आउन बाँकी रहेको बताए । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले युवती हराए लगत्तैदेखि केन्द्रीय अनुसन्धान ब्यूरोले घटनाबारे अनुसन्धान गरिरहेको बताउँदै भने, ‘सूक्ष्मरूपमा त्रुटिरहित ढङ्गले सजगता अपनाउँदै प्रहरीले काम गरिरहेको छ ।’ सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,597,458
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ । शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र सभामुख तुलाराम घर्ती मगरबिच भेटवार्ता भएको छ । शुक्रबार बुटवलमा भएको भेटवार्तामा उनीहरुबिच सरकार बिस्तार, प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान, प्रदेश सभाका विषयगत समितिको सभापति चयन, सरकार बिस्तारलगायतको विषयमा छलफल भएको हो । लुम्बिनी प्रदेशमा सरकार गठन भएको ७ महिना हुँदा पनि मन्त्रीपरिषद्ले पूर्णता पाएको छैन । यस्तै संसदीय समितिका सभापति चयन हुन सकेको छैन । यस्तै भेटमा सरकार र सभाका काम कारबाहीलाई प्रभावकारी रूपमा लैजान समन्वय आवश्यकता पर्नेमा उनीहरुले जोड दिएका छन् ।
khojtalashonline.com
5,686,347
प्रतिष्ठानले सञ्चालन गरेको १०० शय्याको सो कोभिड विशेष अस्पतालमा २० भेन्टिलेटर र २० शय्याको आइसीयू शय्या रहेको प्रतिष्ठानका उपकुलपति प्रा डा रामकेवल साहले जानकारी दिनुभयो । यसका साथै कोभिड विशेष अस्पतालमा दैनिक ५० सिलिण्डरसम्म भर्न सक्ने क्षमताको अक्सिजन प्लान्टसमेत जडान गरिएको उपकुलपति प्रा डा साहले बताउनुभयो । सञ्चालन गरेको कोभिड विशेष अस्पतालमा हाल दुई कोभिड सङ्क्रमितको उपचार भइरहेको र उपचाररत दुवै सङ्क्रमितको स्वास्थ्य अवस्था समान्य रहेको प्रतिष्ठानले जनाएको छ । कोभिड विशेष अस्पतालका अधिकांश शय्या अहिले खाली रहेकाले दैनिक तीन–चार जना अन्य रोगका बिरामीलाई समेत राखेर उपचार गरिरहेको उपकुलपति डा साहले बताउनुभयो । विशेष अस्पतालको गत बुधवार स्वास्थ्य तथा जनसङ् ख्यामन्त्री विरोध खतिवडा, मधेश प्रदेश सरकारका सामाजिक विकासमन्त्री नवलकिशोर साहलगायतले निरीक्षण गर्नुभएको थियो । प्रदेश सरकारबाट वार्षिक रु १० करोड अनुदानमा सञ्चालित सो प्रतिष्ठानले अघिल्लो कोरोनाकालमा पनि कोभिड अस्पताल सञ्चालन गरेको थियो । यस्तै तीव्रगतिमा फैलिरहेको कोभिड–१९ सङ् क्रमणलाई मध्यनजर गर्दै भारतसँग जोडिएका धनुषाको सिमानामा हेल्थ डेस्क स्थापना गरिएको छ । छिमेकी मुलुक भारतबाट सङ्क्रमित नेपाल भित्रिन सक्ने भन्दै सीमा जोडिएका धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवा, खजुरी गाउँपालिकाको महुवामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन परीक्षण भइरहेको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । यसबाहेक धनुषाको नगराइनस्थित जटही नाकामा हेल्थ डेस्क स्थापनाको तयारी भइरहेको उहाँले बताउनुभयो ।
ejanakpuronline.com
1,795,350
लामो समयको पर्खाईपछि बलिउडका किंग शाहरुख खानको फिल्म ‘जवान’ को अग्रीम बुकिंग भारतभर सुरु भइसकेको छ । बुकिंग सुरु भएसँगै फिल्मप्रति प्रसंशकको उत्साह देखिएको छ । यस फिल्मको बुकिंग एकदमै तीव्र गतिमा भइरहेको छ । फिल्मको अग्रीम बुकिंगका लागि खोलिएका सिट सबै भरिने निश्चित भएको छ । मुम्बई तथा दिल्लीमा यो फिल्मका एकदमै महंगा टिकट बिक्री भइरहेका छन् । जसको मूल्य २३ सय देखि २४ सय भारतीय रुपैयाँ सम्म छ । फिल्म ७ सेप्टेम्बरमा रिलीज हुँदैछ । अग्रीम बुकिंगसँगै बजारमा जवानले पठानको रेकर्डसम्म तोड्न सक्ने आकलन गरिएको छ । कतिपय विशेषज्ञले रिलीजकै दिन जवानले १०० करोड भन्दा माथिको कमाई गर्न सक्ने अनुमान गरेका छन् ।
nepalviews.com
1,631,812
वि.सं.२०७८ कात्तिक ९ मंगलवार अश्लिल फिल्म बनाएर विदेशमा बेचेको आरोपमा पक्राउ परेका आफ्ना पतिलाई छुटाउनका लागि वलिवुड नायिका सिल्पा सेट्टीले आफ्नो आधा कपाल काटेको भिडियो सामाजिक संजालमा राखेपछि यतिबेला चर्चामा आएकी छन् । सिल्पाले दुई महिना जेल बसेर ५० हजार धरौटी तिरेर आफ्ना पति रिहा भएपछि टाउकोको आधा भाग कपाल खौरिएको भिडियो सार्वजनिक गरेपछि चर्चामा आएकी हुन् । समाचार ऐजेन्सीका अनुसार सिल्पाले आफ्ना पति जेलमा रहेका पति रिहा भएमा आफनो टाउकोको आधा भाग कपाल काट्ने भनेर भाकल गरेकाकारण यस्तो गरेको बताइएको छ । गत जुलाई १९ मा अश्लिल फिल्म बनाएर बेचेको आरोपमा पक्राउ परेका राज कुन्दा सेप्टेम्बर २० मा रिहा भएका थिए । रिहा भएको एक महिनासम्म पनि सार्वजनिक रुपमा देखिएका छैनन् । सन् २००९ मा विहे गरेका सिल्पा र कुन्द्राका दुई छोराछोरी छन् । वि.सं.२०७८ कात्तिक ९ मंगलवार १३:३७ मा प्रकाशित काठमाडौँ ।
sansarnews.com
4,124,121
रुसी राष्ट्रपति भ्लादिमीर पुटिनले प्रत्येक वर्षको अन्त्यमा पत्रकार सम्मेलनमार्फत आफ्ना केही महत्वपूर्ण बुँदाहरु सार्वजनिक गर्ने गर्छन् । महामारीको कारण यस वर्ष अनलाईनमार्फत् आफ्नो पत्रकार सम्मेलन सम्पन्न गरेका छन् । रुसको प्रत्येक क्षेत्रबाट आएको प्रश्नको उत्तर दिँदै अगामी एजेन्डाहरु नगरिक माँझ बिहीबार सार्वजनिक गरेका हुन् । अनलाई पत्रकार सम्मेलन करिब साँढे चार घण्टा चलेको थियो । उनले रुसीद्वारा कोरोना महामारी परास्त गर्न चालिएको कदमको विषयमा जानकारी गराएका छन् । रुसले कोरोना महामारीलाई साकारात्मक ढंगले परास्त गर्न प्रभावकारी कदमहरु चालेको प्रष्टाएका छन् । अन्य देश भन्दा रुसले कोरोना परास्त गर्न छिट्टै सफल हुने भएको छ । महामारीको बेला कुनै देशले आफ्नो प्रणालीलाई विकास गर्न सफल भएको थिएन् तर रुसले आफ्नो पव्रणालीलाई विकास गर्दै अगाडी बढेको बताए । पुटिनले रुसद्वारा निर्माण गरिएको कोरोना भाइरस खोप ९७ प्रतिशत प्रभचावकारी रहेको स्पष्ट पारेको छन् । पुटिनले भने, ‘रुस कोरोना खोप निर्माण गर्ने पहिलो देश बनेको थियो । ग्यामलेया साइन्टिफिक इन्सटित्युटले निर्माण गरेको खोप ९५ प्रतिशत सुरक्षीत र प्रभावकारी छ । यो प्रतिशत वैज्ञानिकका अनुसार बढेर ९६ खथवा ९६ प्रतिशतसम्म पुग्ने छ ।’ अगामी ६ महिना भित्र कोरोना महामारीलाई नियन्त्रण गर्न सक्ने प्रतिबद्वता व्यक्त गरेका छन् । नभाल्नी केसको प्रश्न उठ्दा राष्ट्रपति पुटिनले भने, ‘एलेक्सि नभाल्नी जो अहिले उपचारको क्रममा छन् । उनले अमेरिकी खुफियाँ एजेन्सीलाई मद्दत पुर्याएका थिए । तर, उनलाई विष दिनु अन्य कारण थियो ।’ उनले अ‍ेमरिकी खुफियाँ एजेन्सीलाई सहयोग गरेको कारण उनी माथि एजेन्सीले नजर राख्नु स्वभाविक कुरा रहेको बताए । तर, त्यसकारण नै उनलाई विष दिएर मानु कुनै आवश्यकता नरहेको प्रष्टाएका छन् । कसैले उनलाई किन यस्तो गर्छन् भन्दै प्रश्न तर्साए । उनलाई विष लिएर मार्नु कसैको चाल थियो भने उक्त व्यक्तिले उलनाई त्यसबेलै मार्ने थिए । रुस र अमेरिकाबीचको केही समस्याहरु वाइडेनको कार्यकालमा समाप्त हुने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनने आशा व्यक्त गरेको छ । पुटिनले भने, ‘अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा चयन भएको जो बाइडेनले अहिलेको घटना क्रम र आवश्यकता राम्रो संग बुझेका छन् । उनी यस्तो मानिस हुन् जसले घरेलु र विदेशी नितीलाई राम्रो संग अनुभवका साथ अगाडी लग्न सक्षम छन् । र, केही समस्यााहरु जे निस्केका छन् उनीहरु पूर्ण रुपमा हल हुनेछ ।’ रुसी संविधान संशोधनको बारेमा राष्ट्रपति पुुटिनले संविधान संशोधन सही समयमा भएको स्पष्ट पारे । उनले भने, ‘प्रत्येक कुरा सही समय मै गर्नु उचित हुन्छ । प्रत्येक समाग्रीको मूल्य बढी रहेको अवस्थामा मिलेर अगाडी बढ्यौँ त्यसरी नै संविधान संशोधन गरिएको हो । कानुनको आधारमा संशोधन भएको छ । एकसाथ थुप्रै काम गर्नु असम्भव थियो ।’ उनले संशोधनमार्फत सामाजिक सुरक्षा, पेन्सनको सुरुक्षा, सानो तहका लागि विशेष ज्यालाको व्यवस्था गरिएको प्रष्टाए । संविधानका आधारभुत विषयहरु क्ेही नबदलेको राष्ट्रपित पसटिने स्पष्ट पारे । जीडिपीको विषयमा पुटिनले अन्य युरापेली मुलुकको तुलनामा हाम्रो जीडिपी योरै रहेको बताए । उनले भने, ‘रुसको जीडिपी ३.६ प्रतिशत छ । यो युरोपका मूख्य देशको तुलनामा कम छ । तर, हाम्रो अर्थतन्त्र अमेरिकाको तुलनामा निकै राम्रो छ ।’ रुसको औद्योगीक उत्पादन ३ प्रतिशतमा सिमीत भएको छ । उक्त प्रतिशत तेलेको मूल्यको कारण रहेको बताएका थिए । ओपेकले आफ्नो उत्पादनको परिमाण घटाएको कारण रुसको समपूिर्ण क्षेत्रमा गिरावट देखिएको पुटिने व्यक्त गरे । नोर्ड स्ट्रिम २ प्रोजेक्टको विषयमा पुटिनले नोर्ड २ ग्यास पाइपलाइनले विशेषगरी युरोप र जर्मनीको अर्थतन्त्रमा सुधार हउाने बताए । जो बाइडेनको कार्यकालमा युरोपको हितमा काम अुने समेत बताएका थिए । नोर्ड २ ग्यास पाइपलाइनले छिट्टै पूर्णता पाउनेछ । यो लगभग पूर्ण समाप्त भइसकेको छ । मरिब १६५ कि.मी मात्र बाँकी रहेको बताए । रुस अन्य देशका लागि कति घातक रहेको विषयमा पुटिनले पश्चिमी मुलुकको तुलनामा रुस सहज र स्पचछ रहेको स्पष्ट पारेका थिए । कुनै फाइदा विना जुन देश स्वतह आफ्ै विकास गर्न चाहन्छ उनीहरुलाई हाम्रो सहयोग सधै हुनेछ ।- ढाका, ६ साउन । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु बेइजिङ, चीन, ४ साउन । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा टोकियो, ४ साउन । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख पेरिस, ४ साउन । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित नयाँदिल्ली, ४ साउन । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
2,613,531
बुधबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा मिथिला महोत्सव यही चैत २४ देखि चैत ३० सम्म हुने जानकारी दिइयो । महोत्सवमा कला संस्कृतिको जानकारीसहित नेपाल तथा मिथिला क्षेत्रका चर्चित स्थानीय कलाकार एवं गायक गायिकाहरुको प्रस्तुतिसमेत रहने आयोजक पवनराज जोशीले बताए । महोत्सवमा कला संस्कृतिसँगै मिथिलाको जनजिविकासँगै विभिन्न खाद्यान्नदेखि कला सीपसहितका सामग्रीहरु समेत प्रदर्शनी गरिने छ । एक दिनमा चार हजार भन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षासहित र प्रवेशका लागि प्रति व्यक्ति ३० रुपैयाँको दरले शुल्क निर्धारण गरिएको अध्यक्ष जोशीले बताए । जनकपुरधामको बाह्र विघा मैदानमा हुने महोत्सवमा करिब ९४ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।
ratopati.com
5,014,347
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणप्रति कटाक्ष गर्दै पुनः रविको समर्थन गरेका छन्। उनले रविको पार्टी राम्रो तर नराम्रो ढाका छिरेको बताएका छन्। रास्वपाका सांसद श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँको ‘बार्गेनिङ’ गरेको अडियो सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा यसैको मात्रै चर्चा छ। सोही प्रकरणप्रति व्यंग्य गर्दै दीपकले लेखेका छन्, ‘जतिसुकै राम्रो कपडा पसल खोल्छु भने पनि कपडाका थानमा दुईचार कमसल ढाका त छिरिहाल्ने रहेछन्।’ उनको लेखनको आशय राम्रो पार्टीभित्र खराब तत्व छिरेको भन्ने हो ।
nepalkhabar.com
189,610
काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले नेकपा एमालेका राजन भट्टराईसँग मतान्तर बढाउँदै लगेका छन्। निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो तथ्याङ्कअनुसार गगनले ११९८८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका राजन भट्टराईले ९२७७ मत ल्याएका छन्। जारी मतगणनामा नेकपा एमालेका भट्टराईभन्दा गगन २७११ मतले अगाडि छन्। त्यस्तै राप्रपाका ठाकुरमोहन श्रेष्ठले १४३९ मत प्राप्त गरेका छन् ।
setopati.com
871,011
पत्याउनुहुन्छ ? करिब डेढ करोड नेपालीको शरीरमा क्षयरोगका किटाणु छन् । चिकित्सकीय भाषामा यसलाई ‘लेटेन्ट टीबी’ अर्थात् निष्क्रिय क्षयरोग भनिन्छ । निष्क्रिय क्षयरोगमा मानिस बिरामी पर्दैन र त्यस्ता व्यक्तिबाट अरूलाई रोग पनि सर्दैन । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार निष्क्रिय क्षयरोग भएका सय जना मध्ये १५ जनालाई भविष्यमा सक्रिय क्षयरोग हुन सक्छ । नेपालमा निष्क्रिय क्षयरोगीमध्ये करिब १० प्रतिशतलाई भविष्यमा सक्रिय क्षयरोग हुने सम्भावना रहेको स्थानीय विज्ञको आँकलन छ । हामीमा रहेको निष्क्रिय क्षयरोग भविष्यमा सक्रियरूपमा परिवर्तन हुन सक्छ वा सक्दैन ? हालसम्म थाहा पाउने कुनै तरिका छैन । श्वास–प्रश्वासको माध्यमले क्षयरोगको जीवाणुलाई शरीरभित्र तानेको वर्षौंपछि सक्रिय क्षयरोग हुन सक्छ ।सासको माध्यमले शरीरमा टीबीका ब्याक्टेरिया आफ्नो शरीरमा प्रवेश गराएकाहरू संक्रमण नियन्त्रणमा रहे पनि ‘संक्रमित’, झन्ने गरिन्छ । यस्तो व्यक्तिमा रोग नियन्त्रणमा हुन्छ । टीबी हुनबाट रोक्नका लागि निष्त्रिय क्षयरोगको उपचार गर्न सकिन्छ । शरीरबाट क्षयरोगको ब्याक्टेरिया हटाउने एकमात्र माध्यम उपचार हो । तर, हामीमा यो अवस्थाको खासै चासो देखिँदैन । त्यसैले उपचार गराउनेको संख्या शून्य प्रायः देखिन्छ । ‘करिब ५० प्रतिशत अर्थात् डेढ करोड नेपालीको शरीरमा क्षयरोगका किटाणु छन्, अर्थात् उनीहरूमा निष्क्रिय क्षयरोग छ’, राष्ट्रिय क्षयरोग केन्द्रका कन्सलटेन्ट छाती रोग विशेषज्ञ डा. नवीन प्रकाश शाह भन्छन्, ‘सबैलाई उपचार गर्ने सरकारसँग क्षमता छैन तर भविष्यमा सम्भावित जोखिमबाट जोगिन उपचार गराउनुपर्छ ।’ स्वस्थ रहेकै समयमा निष्क्रिय क्षयरोगका जीवाणु हटाउनु राम्रो मानिन्छ । स्वास्थ्यका हिसाबले क्षयरोगको ब्याक्टेरिया जाग्नु अगावै निर्मुल पार्नु उक्तम हुन्छ । जोखिममा रहेका व्यत्तिले निष्क्रिय क्षयरोगको पहिचान र उपचार गराउनुपर्ने डब्लूएचओले जनाउँदै आएको छ । एचआईभी भएका र आमाबुबा क्षयरोग प्रभावित भएका ५ वर्षमुनिका बच्चालाई सरकारले उपचार दिए पनि यस्तो उपचारबाट वञ्चित रहेको जनसंख्या अझै धेरै रहेको डा. शाह जनाउँछन् । ‘जोखिम समूहमा रहेकाहरूको निष्क्रिय क्षयरोगको उपचार गर्ने प्रतिबद्घता नेपालले अन्तर्राष्ट्रिय समुदायमा जनाइसकेको छ,’ राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भीम सिंह तिंकरी भन्छन्, ‘हाल एचआईभी भएका र क्षयरोग प्रभावित आफन्तका ५ वर्षमुनिका बच्चालाई पनि हामीले चाहिए जति उपचार फ्रक्रियामा जोड्न सकेका छैनौं ।’ हामीकहाँ निष्त्रिय क्षयरोगको उपचार प्रक्रियामा खासै पहल नभएको ओल्याउँदै डा. तिंकरीले हाल कम्तीमा डायलासिस गराइरहेका, सिलिकोसिसका बिरामीलाई समेत निष्क्रिय क्षयरोगको उपचार प्रक्रियामा जोड्नुपर्ने आवश्यकता औंल्याए । डा. तिंकरी भन्छन्, ‘निष्क्रिय क्षयरोगले तत्काल केही बिगार नगरे पनि शरीरमा रोग फ्रतिरोधात्मक क्षमतामा कमी हुँदा केही व्यक्तिमा यो जीवाणु सत्रिय हुन सक्छ । फलतः ऊ क्षयरोगी हुन्छ ।’विज्ञहरूका अनुसार एचआईभी भएका, डायलासिस गराइरहेका, अंग प्रत्यारोपण गराउने तयारीमा रहेका, सिलिकोसिस भएका, एचआईभी संक्रमितको सम्पर्कमा रहेका ५ वर्षमुनिका बालबालिका, एचआईभी संक्रमितको सम्पर्कमा रहेका युवा र बालबालिका, बहुऔषधि प्रतिरोधी क्षयरोगीको सम्पर्कमा रहेका, लागूपदार्थ उपयोगकर्ता लगायत जोखिममा रहेका जनसंख्या हुन् ।डब्लूएचओका अनुसार निष्क्रिय क्षयरोगको उपचार चिकित्सकीय सल्लाह र रेखदेखमा ६ देखि ९ महिनासम्म दिनहुँ आइसोनियाज्ड औषधिको उपयोग गरिन्छ । रिफैम्पिसिन र आइसोनियाज्ड औषधिको ३ देखि ४ महिनासम्म दिनहुँ उपयोग गर्न सकिन्छ । यस्तै ३ देखि ४ महिनासम्मका लागि रिफेम्पिसिन औषधिको उपयोग समेत गरिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन (सीडीसी) का अनुसार निष्क्रिय क्षयरोगको उपचार गर्दा भविष्यमा यो सक्रिय क्षयरोगमा परिणत हुने सम्भावना कम हुन्छ ।सीडीसीले १२ वर्ष वा योभन्दा माथिका अधिकांश व्यक्तिका लागि १२ सातासम्म, सातामा एक पटक आइसोनाइज्ड र रिफाम्पिसिन औषधि प्रस्ताव गरेको छ । यसअघि १२ मात्राको यो उपचार प्रत्यक्ष निगरानी प्रणाली (डट) को माध्यमले दिने गरिएको थियो । अब विरामी चिकित्सकिय सल्लाहमा प्रस्तावित औषधि आफैंले घरमा समेत सेवन गर्न सक्छन । हाम्रोमा भने निष्क्रिय क्षयरोगीका लागि ६ महिनासम्म १० मिलिग्राम प्रतिकिलोग्राम शारीरिक तौलअनुसार आइसोनियाजेड औषधि प्रस्तावित गरिन्छ । डा. साहका अनुसार निष्क्रिय क्षयरोगीका लागि छिट्टै ३ महिनासम्म आइसोनियाजिड र रिफाम्पिसिन औषधि दिने उपचार प्रोटोकल सुरु गरिनेछ ।क्षयरोग उन्मुलनका लागि निष्क्रिय क्षयरोगीलाई निको पार्नुपर्ने जनाउँदै ऊनी निष्क्रिय क्षयरोगी रहेसम्म देशमा यो संत्रमणमा कमी आउन नसक्ने जनाउँछन । विशेषज्ञहरूका अनुसार निष्क्रिय क्षयरोग भएका केही व्यक्ति सम्भवतः एक्स–डीआर टीबी (एक्सटेन्सीभली ड्रग रेसिस्टेन्ट टीबी) बाट समेत प्रभावित हुन सक्छन । यो नराम्रो अवस्था हो । यसमा बचाउको उपचारले काम नगर्न पनि सक्छ । निष्क्रिय टीबी कसरी थाहा पाउने ?तपाईंलाई निष्क्रिय क्षयरोग भए/नभएको थाहा पाउन रगत र छालाको परीक्षण गराउनु आवश्यक हुन्छ । यसअन्तर्गत छालामा गरिने जाँच ‘ट्युवरकुलिन स्किन टेस्ट’, गरिन्छ । यो परीक्षण मुलुकको सबै ‘डट सेन्टर’ मा उपलब्ध छ । तर यो परीक्षणमा ‘फल्स पोजेटिभ’, अर्थात निष्क्रिय क्षयरोग नभए पनि क्षयरोग भएको देखाउन सक्छ । त्यसैले यो परीक्षणमा निष्क्रिय क्षयरोग देखाएकाहरूलाई पुनः ‘आइग्रा (आईजीआरए)’ अर्थात् ‘इन्टरफेरोन गामा रिलिज एसेज’, रगत परीक्षण गराउनुपर्छ । करिब ३ दिनमा यसको परीक्षण प्रतिवेदन आऊँछ । यसमा समेत निष्क्रिय क्षयरोग देखिए ती व्यत्तिले उपचार प्रक्रियामा जान सक्ने डा. शाह बताउँछन् ।अमेरिकास्थित फुड एन्ड ड्रग एड्मिनिसट्रेसन (एफडीए) ले ‘क्वान्टिफेरोन टीबी गोल्ड’, र ‘टी स्पोट टीबी टेस्ट’, गरी दुईवटा आईजीआरए परीक्षणलाई स्वीकृति गरेको छ । मुलुकमा भने ‘क्वान्टिफेरोन टीबी गोल्ड’ परीक्षण उपलब्ध छ । क्षयरोगका प्रकारक्षयरोग मुख्य रूफले निष्क्रिय (लेटेन्ट) र सत्रिय (एक्टिभ) गरी दुई प्रकारको हुन्छ । यस्तै यो पल्मोनरी (फोक्सोसम्बन्धी) र एक्स्ट्रापल्मोनरी (फोक्सो बाहिरी) को समेत हुन्छ । निष्क्रिय क्षयरोगमा शरीरमा रहेको रोग फ्रतिरोधात्मक क्षमताले यसका ब्याक्टेरियालाई सक्रिय हुन दिइरहेको हुँदैन ।सत्रिय क्षयरोग हुनु भनेको बोलचालमा भनिने टीबी रोग लागेको अवस्था हो । यसमा क्षयरोगका विभिन्न लक्षण देखा पर्छन् । यस अवस्थामा क्षयरोगको ब्याक्टेरिया तपाईंको शरीरमा विकसित झइरहेको हुन्छ । सक्रिय क्षयरोगीले अन्य व्यत्तिलाई श्वासप्रश्वासलगायतका माध्यमले रोग सार्न सक्छन् । पल्मोनरी (फोक्सोसम्बन्धी) क्षयरोगले फोक्सोलाई प्रभावित गर्छ । सबैभन्दा बढी फोक्सोकै क्षयरोगी पाइएका छन । क्षयरोग छातीमा मात्र नभएर शरीरका जुनसुकै अंगमा समेत देखिन सक्छ । फोक्सोबाहेकको अंगमा देखापर्ने क्षयरोगलाई एक्स्ट्रापल्मोनरी (फोक्सो बाहिरी) को टीबी भनिन्छ । यो क्षयरोग, मस्तिष्क, हाड, मृगौला, लिम्फनोडलगायतका शरीरको अन्य अंगलाई प्रभावित गर्छ । पेरिकार्डिटिस क्षयरोगमा पेरिकार्डियम झिल्ली र मुटु बीचमा तरल पदार्थ भर्छ, जेनेटोयुरिन टीबीले प्रजनन् र मूत्रप्रणालीलाई प्रभावित पार्छ, हाडको जोर्नीलगायतका अंगमा समेत क्षयरोगले प्रभावित पार्न सक्छ । विश्वव्यापी रूपमा करिब १० देखि २५ प्रतिशतसम्म क्षयरोग फोक्सो बाहिर देखिने गरेको छ ।जोखिममा को ? टीबीको जोखिममा सबै उमेर समूहका व्यक्ति हुन्छन् । टीबीको करिब ९५ प्रतिशत संक्रमण र मृत्यु विकासशील राष्ट्रमा हुने गरेको छ । एचआईझीबाट संक्रमित व्यत्तिमा २० देखि ३० गुणासम्म सक्रिय टीबी विकसित गर्ने जोखिम हुन्छ । यस्तै रोग प्रतिरोधक क्षमता कम हुने अन्य शारीरिक स्थिति वा अवस्थामा समेत सक्रिय क्षयरोग विकसित हुने जोखिम हुन्छ । तमाखुको उपयोगले टीबी संक्रमण र यसले हुने मृत्युको जोखिम धेरै बढाउँछ । विश्वभरिमा ७.९ प्रतिशत टीबीको रोग धूमपानले गर्दा भएको तथ्य पाइन्छ ।कसरी फैलिन्छ ? क्षयरोग संक्रमित व्यत्तिबाट स्वस्थ व्यक्तिमा हावाको माध्यमले फैलन्छ । फोक्सोको क्षयरोग भएकाहरूले खोक्दा, हाच्छिउँ गर्दा, थुक्दा हावामा किटाणु फैलन्छन् ।यी जीवाणु ससाना कण, पानीको थोपाका रूपमा हावामा फैलन्छन् । यसलाई संक्रामक ड्रपलेट न्युक्लिआईसमेत भनिन्छ । यो ड्रपलेट थुफ्रै घण्टासम्म वातावरणमा सक्रिय रहन्छ । स्वस्थ व्यत्तिमा यस्ता केही किटाणु सासका माध्यमबाट सर्न सक्छन् । फोक्सोमा पुगेपछि क्षयरोगको ब्याक्टेरियाले बिस्तारै आफ्नो संख्या बढाउन थाल्छन् । यो संक्रमणको कारण फोक्सोमा स–सानो घाउ हुन्छ जसलाई एक्स–रे का माध्यमले हेरेपछि चिकित्साकर्मीले क्षयरोग भएको आंकलन गर्छन् । सामान्यतः क्षयरोगको ब्याक्टेरिया फोक्सो वा लिम्फ ग्रन्थीमा पाइन्छ ।सक्रिय टीबी भएकाले मुख्य रूपमा औषधि सेवन नगरुन्जेल अन्य व्यक्तिलाई यो रोग सार्छन् । औषधि सेवन गरेको केही दिनपछि यो रोग सर्दैन । बहुऔषधि प्रतिरोधी क्षयरोगीहरू औषधि सेवन गरेको केही लामो समयसम्म यो रोग अर्कामा सार्न सक्छन् । विशेषज्ञको परीक्षणमा खकार, थुकमा क्षयरोगको किटाणु नदेखिएपछि बिरामीबाट श्वासप्रश्वासको माध्यमले रोग अन्य व्यक्तिमा न सर्ने चिकित्सक बताउँछन् । डब्लूएचओका अनुसार सक्रिय क्षयरोग भएकाले निकट सम्फर्कका माध्यमले एक वर्षमा १० देखि १५ जनालाई रोग सार्न सक्छन्  ।
ekantipur.com
5,294,358
कर्णाली करिडोरको हुुम्ला खण्डको कडा चट्टानी भीरमा नेपाली सेनाका जवानहरुले ज्यानको बाजी राखेर काम गर्दै आएको छ । जुना शाहीले शरिरमा डोरी बाँधेर होल खोप्ने काम गर्दै आउनुभएको छ । अग्लो र चट्टानी भीर भएको स्थान सुनाखाडामा काम उहाँसँगे सेनाका अन्य जवानहरु पनि यसरीनै ज्यानलाई जोखिम मोलेर काम गर्दै आउनुभएको छ ।
gorkhapatraonline.com
805,668
लेस्टर सिटीले बिहीबार बक्सिङ डेमा इंग्लिस प्रिमियर लिग अंकतालिकाको शीर्षस्थानमा रहेको लिभरपुलको सामना गर्नेछ । लेस्टरले आफ्नो पनि उपाधिको होड जीवन्त राख्ने प्रयास गर्नेछ ।सन् २०१५/१५ मा आश्चर्यजनक रूपमा लिग जितेको लेस्टर दोस्रोमा छ । यो लिभरपुलसँग १० अंकको दूरी हो । लिभरपुल भने क्लब वर्ल्डकप जितेर इस्ट मिडल्यान्डमा आउन लागेको हो । त्यस प्रतियोगिताको फाइनलमा लिभरपुलले फ्लेमिङ्गोलाई हराएको हो । लिभरपुलले अन्तिम पटक ३० वर्षअगाडि लिग जितेको थियो । त्यो बेला प्रिमियर लिग नभएर पुरानो पहिलो डिभिजनका खेल हुने गर्थ्यो । तर यसपल्ट लिभरपुल लिग उपाधिका लागि बलियो देखिएको छ । उसले युरोपेली च्याम्पियन्स लिगसँगै यूईएफए सुपर कप ट्रफी पनि एनफिल्ड भित्र्याइसकेको छ । लिग जित्नका लागि क्रिसमस र नयाँ वर्षका बेला हुने एकपछि अर्को खेलमा लिभरपुलले राम्रो प्रदर्शन भने गर्नु पर्नेछ । उसलाई मात्र क्लबका सबै व्यवस्थापकका लागि तनाव हुने गरेको छ । लेस्टर व्यवस्थापक ब्रेन्डन रोजर्सले पनि लगातारको व्यस्त तालिकालाई वाहियात भनेका छन् । लिभरपुलको सामना गरेपछि शनिबार नै लेस्टरले वेस्टह्यामविरुद्ध खेल्नेछ । लेस्टरले १० दिन अन्तरमा ४ खेल खेल्नेछ । नयाँ वर्षको दिन उसले न्युकासलको भ्रमण गर्नेछ भने जनवरी ४ मा एफए कपअन्तर्गत विगानको आतिथ्यतामा हुनेछ । यति व्यस्त तालिकामा रोजर्सका लागि ३२ वर्ष लागिसकेका फरवार्ड जेमी भार्डेलाई मैदानमा उतार्नु पनि समस्या हुनेछ । भार्डे यस सिजन सबैभन्दा बढी गोल गर्ने सूचीमा अगाडि छन् । ‘यो त पैसाको खेल भयो, यसले खेलाडीको भलाई गर्दैन,’ रोजर्सले भनेका छन् । लिभरपुलका पूर्व व्यवस्थापकसमेत रहेका रोजर्सले चारै खेलमा भार्डेलाई उतार्न नसकिने पनि माने । लिभरपुल भने चोटग्रस्त खेलाडी एलेक्स ओक्सलेड च्याम्बरलिनबिना उत्रनेछ । उनी फ्लेमिङ्गोविरुद्ध घाइते भएका थिए । चौथो स्थानामा रहेको चेल्सीको घरमा खेल्न साउथह्याम्पटन आउने छ । भर्खरैको खेलमा टोटेनहमलाई हराएर चेल्सी उत्साही छ । मिखेल आर्टेटाले भने आर्सनल व्यवस्थापकका रूपमा बर्नमाउथमा आफ्नो व्यवस्थापकीय खेलजीवन सुरु गर्नेछन् । यस्तै एभरटनका नयाँ व्यवस्थापक कार्लो एन्सेलोट्टीले बर्नलीमा आफ्नो नयाँ जिम्मेवारी सुरु गर्नेछन् । ओल्ड ट्राफोर्डका पूर्व स्टार खेलाडी स्टिभ ब्रुसको न्युकासल भने म्यानचेस्टर युनाइटेडमा जानेछ र जितको लिग डबल गर्ने प्रयास गर्नेछ । भर्खरै म्यानचेस्टरलाई हराएको वाटफोर्डले सेफिल्ड युनाइटेडको सामना गर्नेछ  ।
ekantipur.com
1,819,992
यस वर्ष दशैंको दिन पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागले दशैं विशेष मौसम बुलेटिन जारी गर्दै असोज १८ गते नवमीको दिन केही स्थानमा मध्यम खालको वर्षा हुने जानकारी गराएको हो ।
nepalviews.com
2,058,250
राजविराज - सप्तरीको रुपनीमा बुधबार मुठभेडमा मारिएको भनिएका ३५ वर्षीय दीपेन्द्र चौधरी भूमिगत सशस्त्र संगठन प्रगतिशील तराई मुक्ति मोर्चा (सिजन) समूहका प्रमुख रहेको प्रहरीले बताएको छ। सप्तरीका प्रहरी प्रमुख एसपी राजेन्द्र बिष्टका अनुसार चौधरीले नै ‘सिजन’ उपनाम राखेर संगठनमार्फत विभिन्न आपराधिक गतिविधिको नेतृत्व गर्दै आएका थिए। ‘मुठभेडमा मारिएका उनीसँगै हतियारका साथै प्रगतिशील तराई मुक्ति मोर्चा सिजन समूहका प्रमुख सिजन लेखिएको परिचयपत्रसमेत फेला परेको थियो’, बिष्टले भने, ‘यसका अतिरिक्त उक्त समूहका पछिल्लो समयका आपराधिक क्रियाकलापको अनुसन्धानबाट पनि समूहको प्रमुख दीपेन्द्र चौधरी नै रहेको निष्कर्षमा प्रहरी पुगेको हो।’ बिष्टका अनुसार चौधरी सप्तरी प्रहरीको ‘मस्टवान्टेड’ सूचीमा समेत थिए। ‘लामो समयदेखि चौधरीलाई प्रहरीले खोजिराखेको थियो’, उनले भने, ‘बुधबार बिहान प्रहरीसँगको मुठभेडका क्रममा मृत्यु भएका व्यक्तिको हामीले सशस्त्र समूहका प्रमुख सिजनकै रुपमा पहिचान गरेका छौं।’ उक्त समूह जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुट्टिएर केही वर्षअघि मात्रै स्थापना भएको प्रहरी अनुसन्धानले देखाएको छ। २०७४ साउन २१ गते इलाका प्रहरी कार्यालय कडरवोनाको गस्ती टोली सवार गाडीमाथि प्रेसर कुकर बम विस्फोटको घटनापछि यो समूह चर्चामा आएको हो। प्रहरीका अनुसार उक्त दिन इलाका प्रहरी कार्यालय कडरवोनाका तत्कालीन प्रहरी निरीक्षक राजेन्द्र यादवलाई फोनमा हाल सुरुंगा नगरपालिका–६ स्थित जनता निमाविमा जुवा खेल भइरहेको भनी अज्ञात व्यक्तिले फोन गरेर बोलाएको तथा टोली त्यहाँ जान लाग्दा बाटोमै प्रहरी भ्यानलाई लक्षित गरी प्रेसर बम विस्फोट गराइएको थियो। घटनामा प्रहरी निरीक्षक यादवसहित केही प्रहरी घाइते भएका थिए। घटना भएलगत्तै प्रहरीका जिम्मेवार अधिकारी एवं पत्रकारसमेतलाई ‘प्रगतिशील तराई मुक्ति मोर्चा जिन्दावाद, यो घटनाको जिम्मा हामीले लिएका छौं’ भनी मोबाइल म्यासेजसमेत पठाइएको थियो। दीपेन्द्र नेतृत्वको समूह जयकृष्ण गोइत नेतृत्वको भूमिगत सशस्त्र संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाबाट छुट्टिएर केही वर्षअघि मात्रै स्थापना भएको प्रहरी अनुसन्धानले देखाएको छ। उक्त घटनाको एक महिना नबित्दै सोही समूहका नेताहरुले सप्तरीको सुरुंगा–६ स्थित त्रियुगा डिस्टिलरीका सञ्चालकलाई फोन गरेर ‘प्रहरीको गाडी उडाएको थाहै होला, पार्टीलाई सहयोग गर्नुस् नभए तपाईंको हविगत पनि उस्तै हुन्छ’ भनी धम्क्याएका थिए। धम्कीपश्चात् पनि त्रियुगाका सञ्चालकले चन्दा नदिएपछि ०७४ असोज २४ गते उक्त उद्योगका सुरक्षा गार्डलाई अज्ञात व्यक्तिहरुले गोली हानी घाइते बनाएका थिए। उक्त घटनाको जिम्मेवारी पनि सिजन समूहले नै लिएको थियो। पछिल्लो पटक साताअघि सप्तरीको विष्णुपर चोकमा ड्युटीमा रहेका प्रहरी हबलदार महेन्द्र यादवमाथि गोली प्रहार भएको घटनाको जिम्मेवारीसमेत सिजन समूहले नै लिएको थियो। त्यस्तै ०७५ कात्तिक ६ गते कोसी नदीको बालुवा सफा गर्ने भारतीय ठेकेदार कम्पनीको काम रोकेर धम्क्याउँदै उक्त समूहका कार्यकर्ताले पर्चा छर्नुका साथै ठकेदारसँग ३० लाख रुपैयाँ चन्दा मागेका थिए। चन्दाका लागि पछिल्लो एक महिनादेखि ठेकेदारलाई पटकपटक धम्की दिने कामसमेत भइरहेको एसपी बिष्टको भनाइ छ। बिहीबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एसपी बिष्टले समूहका प्रमुख प्रहरीसँगको मुठभेडमा मारिएको तथा प्रमुख सैन्य कमान्डर ‘निसान थारु’ भनिने पशुपति चौधरी प्रहरी नियन्त्रणमा रहेको जानकारी गराए। सप्तरीको खड्ग नगरपालिका–६ निवासी ४१ वर्षीय पशुपति अवकाशप्राप्त नेपाली सैनिक हुन्। उनी राष्ट्रिय स्तरका भलिबल खेलाडीसमेत हुन्। उनीमाथि प्रहरीलक्षित बमकाण्ड तथा गोली प्रहारका विभिन्न घटना, चन्दा आतंकलगायतका आरोप लागेका छन्। गोली हानी हत्या गरेको कसुरमा उनीविरुद्ध जिल्ला अदालतबाट म्याद थप भएर अनुसन्धान प्रक्रिया जारी रहेको एसपी बिष्टले बताए। पशुपतिलाई माघ ८ गते कोसी ब्यारेज क्षेत्रबाट पक्राउ गरिएको हो। उनीबाट भएको खुलासाका आधारमा दीपेन्द्रलाई भारतबाट पक्राउ गरेर रुपनीमा प्रहरीले हत्या गरेको आरोप परिवारजनले लगाएका छन्।
nagariknews.com
1,714,853
दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
5,137,742
जिल्लाको पिपरा गाउँपालिका–५, सहोडवाका ६५ वर्षीय मोसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीतादेवी राति सुतेकै ठाउँबाट बेपत्ता भएका हुन्। झा दम्पति सुतेको ठाउँमा रगत भेटिएकाले घटना शंकास्पद बनेको छ। दुवै जनाको खोजी तीव्र रूपमा भइरहेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक टीकाबाहदुर केसीले बताए। आज (मंगलबार) बिहान अबेरसम्म झा दम्पति नउठेपछि हेर्न जाँदा दुवै ओछ्यानमा नभेटिएपछि र त्यहाँ रगत पनि देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन्। प्रहरी अहिले घटनास्थल पुगेर अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक केसीले नेपालखबरलाई जानकारी दिए। स्थानीयका अनुसार मोसाफिर झा मोही जग्गा विवादको मुद्दामा साक्षी बसेका थिए। अदालतमा विचाराधीन त्यस क्रममा मुद्दाका विपक्षीसँग उनको विवाद भएको थियो। झा मालपोत कार्यालयका अवकाश प्राप्त कर्मचारी हुन्। राति खाना खाएर श्रीमान् श्रीमती बेग्लाबेग्लै कोठामा सुतेका थिए। घरमा एक बुहारी र नातिनातिना छन्। बिहानै उठ्दा सासूससुरालाई ओछ्यानमा नदेखेपछि बुहारीले स्थानीयलाई जानकारी गराएकी थिइन्। ‘घटना शंकास्पद देखिएकाले घर घेरा हालेर अनुसन्धान गरिरहेका छौं। घटनाको सूक्ष्म अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर (डग टोली) पनि घटनास्थलमा आएर अनुसन्धान गरिरहेको छ,’ प्ररही उपरीक्षक केसीले नेपालखबरसँग भने। झा दम्पति बेपत्ता भएपछि उनीहरू पत्ता लगाउन माग गर्दै स्थानीयले जनकपुर–जलेश्वर सडक खण्ड अवरुद्ध पारेका छन् ।
nepalkhabar.com
5,899,680
स्याङ्जा- जिल्ला कारागार स्याङ्जामा रहेका कैदीबन्दीहरुले शौचालयका साथै खानेपानीको समस्या भएको बताएका छन् । कारागारको काठमाडौं- काठमाडौँको सामाखुशीमा दुई बस एकापसमा ठोक्किँदा २५ यात्रु घाइते भएका छन् । नयाँ बसपार्कबाट काठमाडौं- नेपाली सेनाको व्यवस्थापनमा बन्दै गरेको निजगढ–काठमाडौँ द्रुतमार्ग निर्माणका क्रममा २७ हजार ६९ रूख काटिएका काठमाडौं– व्यावसायिक रुपमा सञ्चालनको तयारी भइरहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन पूर्व तयारीबारे नियामक निकाय हेटौंडा- प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशभित्र दिनहुँजसो भइरहेको सवारी दुर्घटना न्यूनीकरणका लागि पहल इनरुवा- पूर्वपश्चिम रेलमार्ग अन्तर्गत निर्माण हुन लागेको इनरुवा–काकडभिट्टा रेल लाइन र इटहरी–विराटनगर रेलवे लिङ्क आयोजना काठमाडौं- नेपाली काँग्रेसले चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र वरिष्ठ अभिनेता दीपक क्षेत्रीको निधनप्रति काठमाडौं- धितोपत्र बजारमा आज शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेपाल स्टक काठमाडौं– नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली कार्यान्वयनमा ल्याएको छ । आरटीजीएसलाई काठमाडौं- सशस्त्र प्रहरी बल (एपिएफ)की सावित्रा भण्डारीले भारतको सिक्किमविरुद्धको खेलमा तेहेरो ह्याट्रिक गरेकी छिन् । वैदेशिक रोजगारीमा गएकामध्ये मलेसिया पुगेका नेपाली परिवारको सम्पर्कबाट टाढा हुने गरेको एक अध्ययनले देखाएको छ काठमाडौं- होण्डा मोटरसाइकल, स्कूटर तथा गाडीका लागि नेपालको एकमात्र अधिकृत बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरुङ र अष्ट्रेलिया तथा स्वीजरल्याण्डका राजदूतबीच शिष्टाचार काठमाडौं – चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको पशुपति आर्यघाटमा अन्त्येष्टि काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएकाहरुलाई निःशुल्क सीप परीक्षणको व्यवस्था गर्ने भएको छ । रोजगारदाता देशमा काठमाडौं- शहीद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबले विजयी सुरवात गरेको छ ।
khabarhub.com
183,364
३३ वर्षमै कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर जितेका अजय थापाले नगरपालिकाका सबै बालबालिकालाई माध्यमिक शिक्षासम्म निःशुल्क अध्यापन गराउने निर्णय गरेका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट नेकपा एमालेका महादेव पोख्रेललाई पराजित गर्दै राप्रपाको तर्फबाट नगरपालिकाको मेयर जितेका थापाले सोमबार पदभार ग्रहण गर्दै नगरका सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन्। ‘नगरमा रहेका सम्पूर्ण सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले अब माध्यमिक तहसम्म कुनै पनि शुल्क तिर्नुपर्ने छैन,’ पदबहाली गर्दै थापाले भने। उनले सरकारले माध्यमिक शिक्षा निःशुल्क भने पनि विद्यालयहरूले विभिन्न बहानामा शुल्क लिइरहेको भन्दै अब विद्यालयहरूलाई नगरपालिकाले सहयोग गरेर भए पनि विद्यार्थीहरूलाई नि:शुल्क पढाउनुपर्ने बताए। थापाले विद्यालय बाहिर रहेका बालबालिकाहरूलाई अनौपचारिक शिक्षा प्रदान गरेर भए पनि शिक्षाको पहुँचमा ल्याउने आफ्नो प्रमुख काम हुने बताए। पहिलो चरणमा माध्यमिक शिक्षा नि:शुल्क गर्ने र त्यसपछि सामुदायिक विद्यालयहरूमा पनि अंग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरिने उनले बताए। ‘मप्रति जनताले ठूलो आशा गरेर यो कुर्चीमा बसाल्नुभएको छ, उहाँहरूको आशा र विश्वासलाई मैले तोड्ने छैन,’उनले भने। उनले आफ्नो कार्यकालमा शिवराजलाई नमूना नगरपालिका बनाउने बताए। निर्वाचनको बेला शिक्षा र स्वास्थ्यको विकाससँगै भ्रष्टाचार अन्त्य गर्ने प्रतिबद्धता बोकेर मत माग्दै हिँडेका थापाले पदबहाली गर्नुपूर्व पनि ‘नगरको विकासका लागी सदैव तत्पर रहने छु, म आफू पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ’ भन्दै पद तथा गोपनीयताको सपथ गरेका थिए। त्यस्तै, नगरपालिकाका उपमेयर शिवकुमार थारूले नगरपालिकामा निर्वाचित सबै जनप्रतिनिधि, नगरका राजनीतिक दल र नगरबासीको सहयोग र सहकार्यको साथमा नगरलाई उत्कृष्ट बनाउन लाग्न बताइन्। थारूले यसअघि समेत आफू उपमेयर रहिसकेकोले नगरका धेरैजसो समस्याप्रति रहेको भन्दै अहिलेको कार्यकालमा सबै समस्या समाधानका लागि लागिपर्ने बताइन्। शिवराजमा ३३ वर्षीय थापा मेयर निर्वाचित हुँदा २८ वर्षीय थारू नेकपा एमालेबाट उपमेयरमा निर्वाचित भएकी हुन् ।
setopati.com
6,331,261
दैनिक जीवनशैली र खानपानमा ध्यान नदिँदा धेरै मानिसहरुमा अल्सरको समस्या देखिने गरेको छ । यदि यो समस्या लामो समयसम्म रहिरहेमा यसले ठूलै रुप लिन सक्छ । त्यसैले सही समयमा यसको उपचार गर्न आवश्यक हुन्छ । आयुर्वेद डाक्टर अबरार मुल्तानीका अनुसार अल्सरको समस्याबाट मूक्त हुने ६ घरेलु उपायहरु यसप्रकार छन् । आधा कप चिसो दुधमा कागतिको रस राखेर बिहान बेलुका पिउने चिउरा र सुपको मात्रालाई बराबर मिसाएर धुलो बनाउने । र यसलाई पानीमा मिसाएर दिनमा ३/४ पटक सम्म खाने । बन्दागोभि र गाजर बराबर राखेर जुस बनाउने र यसलाई बिहान बेलुका एक एक चम्चा पिउने । सजीवनको पातलाई पिसेर दहीमा मिसाउने र विहान बेलुका खाने । एक चम्चा मेथी दुई कप पानीमा राखेर उमाल्नुहोस् । र यसलाई छानेर यसमा एक चम्चा मह मिसाएर खाने गर्नुहोस् । केराको चानालाई घाममा सुकाएर धुलो बनाउने । केराको धुलो एक चम्चा र मह एक चम्चा मिसाएर दिनदिनै खाने । माथि उल्लिखित उपायहरु अपनाउँदा अल्सरले खासै धेरै दु:ख दिँदैन ।
farakdhar.com
3,101,870
समूह ुडीु को पहिलो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी लियोनल मेसीले पेनाल्टीसहित नौ पटक पाएको महत्वपूर्ण प्रहारमा गोल गर्न नसक्दा खेल १–१ गोलको बराबरीमा सकिएको हो। खेलको १९ मिनेटमा अर्जेन्टिनाले खेलमा अग्रता लिएको थियो। ग्युरोले उत्कृष्ट गोल गर्दा अर्जेन्टिना सुरुवाती अग्रता बनाउन सफल बनाउन सफल भयो। यस्तै खेलको २३ मिनेटमा अर्जेन्टिनाले बराबरी गोल फर्काउन सफल भयो। फिबोनबासनले अर्जेन्टिनाका डिफेन्डरको गल्तिको फाइदा उठाउँदै क्लोज रेन्जबाट गोल गरेका थिए। योसँगै विश्वकपमा नवप्रवेशी आइसल्यान्डले विश्वकपमा पहिलो गोल गर्न सफल भएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
1,198,724
सिन्धुलीको कमलामाई नगरपालिकाका ५१ घरपरिवारले बढी दूध दिने क्षमताका कोरियाका गाईहरू हुर्काउँदै गरेका हुन्। हुर्काइरहेका ७४ गाईमध्ये ३७ वटा ब्याउने (गर्भाधान) भएका छन् भने बाँकी प्रक्रियामा छन्। नौ महिना पूरा भएसँगै उक्त गाईले दैनिक औसत ३२ लिटर दूध दिने अनुमान गरिएको छ। अहिले लोकल गाई पालेर दैनिक २–३ लिटर र जर्सीबाट दैनिक ५–६ लिटर दूध प्राप्त गरिरहेका किसानले अब कोरियन गाईबाट धेरै दूध पाउने छन्। यससँगै कोरिया सरकारले सय गाई दिएकोमा पोखराको समेत गरेर ४१ वटा ब्याउने छन्। गाई पाल्नमा बढी ध्यान दिनुपरे पनि धेरै दूध दिने भनेपछि स्याहारसुसारमा जाँगर चलेको बताउँछिन् कमलामाई माथिल्लो राजपानीकी विमला घलान। यी गाईको स्याहार गर्दा स्थानीय गाईले पनि पाएपछि दूधसमेत बढेको उनले सुनाइन्। ‘पहिला २ लिटर दूध दिने लोकल गाईले अहिले साढे ३ लिटरसम्म दूध दिन थालेका छन्,’ उनले भनिन्। यस्तै, अर्का स्थानीय तिलकबहादुर घलान राम्रो जातको कोरियन गाई पालेपछि आम्दानी बढ्ला भन्नेमा विश्वस्त छन्। उनी दैनिक ३२ लिटर दूध दुहुने पर्खाइमा छन्। यस्तै, गैयाँदेवी महिला उद्यमी स्वावलम्बी समूहकी कोषाध्यक्ष गुणाकुमारी घिमिरे २०७९ पुसमा ११ महिनाको कोरियन हेफर बाच्छी प्राप्त गरेको बताउँछिन्। ‘गत वैशाख २१ गते गाईलाई एआईमार्फत गर्भाधान गरिएकाले अब माघमा ब्याउने भएको छ। यो गाई ल्याइएकामध्येकै पहिलो भएको छ,’ घिमिरेले सुनाइन्। गत वर्ष डिसेम्बरमा नेपाल सरकार तथा हेफर इन्टरनेसनल नेपालको माग तथा सक्रियतामा कोरिया सरकारबाट एक सय यस्ता गाई उपहार स्वरूप दिएको थियो। साथै ८ वटा उच्च प्रजननमान भएका होलिस्टिन बहर नेपाललाई उपलब्ध भएको थियो। कोरियाले उक्त गाई सिन्धुलीमा उपयुक्त वातावरण भएकाले स्थान छनोट गरेको थियो। यसअघि जाइकाले बीपी हाइवे बनाउनुअघि गरेको स्थलगत अध्ययनले सिन्धुली पशुपालनका लागि उपयुक्त भएको प्रतिवेदनमा उल्लेख गरेको थियो। सोही अध्ययनलाई आधार मानेर स्थान छनोट गरेको हाइफर इन्टरनेसनल कोरियाकी कार्यकारी निर्देशक हेवन लीले बताइन्। हाल कमलामाई नगरपालिकाको ४ र ५ वडामा सञ्चालित यो परियोजनाले सिन्धुलीलाई दुग्ध पकेट क्षेत्र बनाउने योजना रहेको मिल्की वे परियोजनाका कार्यक्रम प्रबन्धक डा. नारायणप्रसाद शर्माले जानकारी दिए। डा. शर्मा भन्छन्, ‘अझै देशैभरिका वर्णशंकर होलिस्टिन गाईमा कृत्रिम तथा प्राकृतिक गर्भाधान भई तिनीहरूबाट जन्मने बाच्छीहरू गाईमा परिणत हुँदा देशमा आवश्यक दूध उत्पादन हुने र मुलुक दूधमा आत्मनिर्भर हुनेछ।’ सिन्धुलीको कमलामाई नगरपालिकामा गाईबस्तुका लागि व्यवस्थित आधुनिक गोठ बनाउन थालिएको छ। उक्त नगरपालिकाको ५१ घरपरिवारले आफ्ना बस्तुलाई ढलान गरेको भुइँमा सफा म्याट ओछ्याएका छन्। उनीहरूले कोरियन गाईसँगै लोकल गाईलाई पनि त्यही सुविधामा राख्न थालेका छन्। गोठमा फोहोर हुन दिइँदैन। गोबरबाट प्राङ्गारिक मल र बायोग्यासको अवधारणा पनि बनाइएको छ। मलमूत्रलाई निकास गरेर बारीमा पोखरी बनाइएको छ। यसलाई जैविक मलका रूपमा प्रयोग गरिन्छ। गोठमा जानुअघि पनि चुना वा फिनेलमा टेकेर मात्रै प्रवेश गर्नुपर्छ। गाईलाई मानिसले पिउने पानी जस्तै सफा खुवाउन ट्यांकीबाट सीधै भाँडासम्म धारा जडान गरिएका छन्। पानी, दाना र घाँस राखेर खुवाउने सिमेन्टको लहरै खण्ड बनाइएका छन्। सबै खाना जोखेर आवश्यकताअनुसार मात्रै खुवाइन्छ। घाँस काटेर खुवाउन च्याप कटर मेसिनको प्रयोग गरिन्छ। यो सबै कोरियन सरकारले नेपाल सरकारलाई उपहारस्वरूप दिएको हो ।
annapurnapost.com
6,008,340
२०८१ साउन ८ मंगलबार ब्राजिलको दक्षिणपूर्वी साओ पाउलो राज्यमा भीषण वर्षाका कारण आएको बाढी पहिरामा परी कम्तीमा ३६ जनाको मृत्यु भएको छ । बाढी पहिराबाट भएको क्षति सम्बन्धमा साओ सोस्टियाओ शहरबाट सम्प्रेषण गरिएका टेलिभिजन र सामाजिक सञ्जालका दृश्यमा घर र जमिन बगाएको, मोटरकार खोलामा खसेका, भत्केका राजमार्ग र ढलेका रुख देखिन्छन् । उक्त शहरमा ३५ जनाले ज्यान गुमाएका राज्य सरकारले बताएको छ । उबातुबा शहरमा पनि एक बालिकाको मृत्यु भएको सरकारी अधिकारीहरूले बताएका छन् । साओ पाउलो शहरको उत्तरी तटीय क्षेत्रमा दुई सय २८ जना घरबारविहीन भएका तथा तीन सय २८ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । अधिकारीहरूले बाढीपहिरामा हराएका तथा घाइते भएकाहरूका बारेमा जानकारी दिएका छैनन् । साओ पाउलो राज्यका गभर्नर टार्सिसियो डे फ्रेटासले बाढी प्रभावित क्षेत्रको निरीक्षणपछि तटवर्ती पाँच शहरमा आपत्काल घोषणा गरेका छन् । साथै उनले उद्धार तथा राहतका निम्ति १५ लाख अमेरिकी डलर निकासा गरेका छन् । राष्ट्रपति लुइज इनासियो लुला डा सिल्भाले बाढी प्रभावित क्षेत्रको आज भ्रमण गर्ने भएको छ । जलवायु परिवर्तनका कारण उत्पन्न विषम परिस्थितिका कारण ब्राजिलमा अकल्पनीय प्रभाव परिरहेको छ । गत वर्षको मुसलधारे वर्षाका कारण पेट्रोपोलिस शहरमा दुई सय ३० जनाभन्दा बढीको मृत्यु भएको थियो ।
sunaulonepal.com
6,284,317
उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन् । बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए । हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । कालिन सन् २०१९ मार्च १ मा नेपाली फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनको प्रशिक्षणमा नेपालले ११ खेल खेलेको थियो । कोरोना महामारीपछि कालिन गत वर्ष चैत १४ गते स्वीडेन फर्किएका थिए । त्यसपछि उनी नेपाल फर्किएनन् । उनले स्वीडेनबाटै राजीनामा दिएको एन्फाले जनाएको छ ।
aajakonews.com
2,545,519
त्यस्तै, नदीको दोहन, बसमा अश्लील हर्कत गर्ने पक्राउ देखिका समाचारहरु छापिएका छन् । मा यसरी खुल्यो अश्लील हर्कत शीर्षकमा समाचार छ । सामाजिक सञ्जाल फेसबुकमा २०७५ माघ ११ गते एउटा अश्लील भिडियो सार्वजनिक भयो । लगनखेल–स्वयम्भू रुटको सार्वजनिक बसमा युवकले अपरिचित युवतीको पछाडिपट्टि हस्तमैथुन गरेर वीर्य स्खलन गरेको ‘घृणित’ भिडियो सार्वजनिक गरेका थिए । यस प्रकरणमा भारतमा ७ महिना बसेर केही साताअघि मात्र चितवन आएका रविन रुचाल भनिने रविन सार्कीलाई पक्राउ गरी प्रहरीले सोमबार काठमाडौं ल्याएको हो । उनलाई मंगलबार एसएसपी थापाले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेका हुन् । उनी महाशाखाकै नियन्त्रणमा छन् । पक्राउ गरे पनि भिडियो खिच्ने र अपलोड गर्ने व्यक्ति एउटै हुन् कि होइनन् भन्ने स्पष्ट हुन् सोमबार रुचाललाई अनुसन्धान अधिकृतकै सामुन्ने ‘हस्तमैथुन डेमो’ गर्न लगाइयो । हस्तमैथुन गर्दा उनको हुलिया र बसको भिडियोमा तालमेल मिल्यो । बसमा वीर्य स्खलन गर्ने व्यक्तिको दायाँ हातको बूढी औंलामा खत र चोरी औंलाको टुप्पोमा भएको खत पनि मेल खायो । दुवै प्रमाणमा एउटै व्यक्तिको हुलिया मिलेपछि प्रहरी नियन्त्रणमा रहेका रुचाल हतोत्साहित भए तर सुरुमा उनले अभियोग स्वीकार गरेनन् । भिडियो अपलोड गर्न खोलेको इमेल ठेगाना, एनसेलको सिमकार्ड, उनका ४ वटा फेसबुक अकाउन्ट र उनले सम्पर्क गर्ने व्यक्तिका विवरणलगायत प्रमाणबारे प्रहरीले प्रस्ट पारेपछि भने उनले अभियोग स्वीकार गरेका छन् । अश्लील भिडियो खिच्ने, सामाजिक सञ्जाल र वेबसाइटमा अपलोड गर्ने व्यक्ति रुचाल नै भएको दाबी प्रहरीको छ । तर काठमाडौं जिल्ला अदालतमा रुचालले भिडियो अपलोड गरेको तर वीर्य स्खलन गर्ने व्यक्ति आफू नभएको बयान दिएका छन् । अनुसन्धानका लागि म्याद थप्न उनलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको थियो । सुरुमै न्यायाधीशले ‘तपाईंले बसमा वीर्य स्खलन गरेको हो रु’ भनेर सोधेका थिए । जवाफमा रुचालले भने, ‘भिडियो मैले खिचेको होइन, अपलोडचाहिँ गरेको हुँ । ’ त्यसपछि सामान्य सोधपुछ गर्दै न्यायाधीशले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएका थिए । एसएसपी थापाका अनुसार रुचालविरुद्ध साइबर अपराध गरेको कसुरमा अनुसन्धान भइरहेको छ । अपराध पुष्टि भए रुचालविरुद्ध १ लाखसम्म जरिवाना र ५ वर्ष कैद हुन सक्छ । मा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पार्टीभित्र आफ्नो समूह छुट्टै रहेको सन्देश दिएको समाचार छ । पार्टी संरचनाको भागबन्डामा बारम्बार सिटौला समूह कता भन्ने प्रश्न उठेपछि उनले सार्वजनिक कार्यक्रममार्फत नै संस्थापन र रामचन्द्र पौडेल समूह कुनैमा पनि नरहेको बताएका हुन् । तेस्रो समूहमा रहेका सबै नेतालाई एउटै मञ्चमा राखेर जीपी कोइराला, लोकतन्त्र संवर्द्धन केन्द्रले मंगलबार आयोजना गरेको कार्यक्रममा सिटौलाले १३ औं महाधिवेशनदेखि आफूसँग जोडिएका सबै नेता तथा कार्यकर्ता एकै ठाउँ रहेको पनि दाबी गरे । ‘देउवातिर पनि होइन, पौडेलतिर पनि होइन । १३ औं महाधिवेशनपछि हामी जहाँ छौं, त्यहीँ छौं । बरु विस्तारित हुँदै गएका छौं,’ कार्यक्रमपछि कान्तिपुरसँग सिटौलाले भने । उनले पार्टीभित्रको बृहत् एकता र १४ औं महाधिवेशनलाई निष्पक्ष र स्वतन्त्रपूर्वक बनाउने दिशामा आफ्नो ध्यान केन्द्रित रहेको बताए । मा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई ठगेको आरोपमा मुद्दा खेपिरहेका गण्डकी मेडिकल कलेजका सञ्चालक खुमा अर्यालसँग करिब एक अर्ब रुपैयाँको सम्पत्ति भेटिएको समाचार छ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गरेको प्रारम्भिक अनुसन्धानमा अर्यालको मेडिकल कलेज मात्र नभई हाइड्रो तथा बैंकमा समेत लगानी भेटिएको हो । उनले तिरेको करको तुलनामा अस्वाभाविक सम्पत्ति भेटिएको विभागले जनाएको छ । विभागले अर्याल र उनका आफन्तका नाममा रहेको सम्पत्ति रोक्का राखी बयानमा बोलाउने तयारी थालेको छ । मेडिकल कलेजहरूले विद्यार्थी ठगेको उजुरीपछि विभागले उनीसहित सबै निजी मेडिकल कलेजका सञ्चालकका सम्पत्ति छानबिन गरिरहेको छ । विभागले पहिलो प्राथमिकतामा अर्याललाई राखेको छ । विभागले अर्यालको सबै बैंक खातासमेत रोक्का राखेको छ । मुद्दा दायरका लागि खाता रोक्का राखेर बयानमा बोलाउन लागेको हो । रोक्का राखेपछि विभाग आफैँले त्यसलाई फुकुवा गर्न सक्दैन, अदालतको आदेशमा मात्र फुकुवा हुन्छ । मुद्दा चलाउने आधार भेटिएपछि मात्र यसरी सम्पत्ति रोक्का राख्ने गरिन्छ । मा सत्तारुढ नेकपा सचिवालयको निर्णयलाई चुनौती दिँदै उपसभामुख शिवमाया तुम्बाहाङफेले राजीनामा दिन अस्वीकार गरेपछि नेकपाभित्र सम्भावित अर्को कदमबारे छलफल सुरु भएको समाचार छ । राष्ट्रपति र प्रधानमन्त्रीकै ‘भरोसा’ मा उपसभामुखले राजीनामा दिन अस्वीकार गरेको निष्कर्षमा पुगेका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले विकल्पमाथि छलफल गरेका छन् । तुम्बाहाङफेको अडानले नेकपाले सभामुख गुमाउने स्थिति आउन सक्ने आँकलनसहित विभिन्न विकल्पबाट अघि बढ्ने विषयमा केन्द्रित रहेर प्रचण्ड र नेपालले छलफल गरेका हुन् । पार्टी निर्णयलाई उपसभामुख तुम्बाहाङफेले अवज्ञा गरेपछि प्रचण्ड र नेपालले आइतबारबाटै जटिलता समाधानमा केन्द्रित रहेर छलफल थालेका थिए । अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली तुम्बाहाङफेको अडानमा मौन बसेकाले समस्या जटिल बनेको उनीहरूको बुझाइ छ । बानेश्वरको एक होटेलमा आइतबार दिउँसो भएको भेटर्वार्तामा प्रचण्ड र नेपालले सचिवालयको पछिल्लो निर्णय कार्यान्वयनमा देखिएको जटिलतामा केन्द्रित रहेर छलफल गरेका थिए । मा प्रतिनिधिसभाको रिक्त सभामुख पदमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयलाई लिएर सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय विभाजित भएको समाचार छ । तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको हो । नौ सदस्यीय सचिवालयमा तत्कालीन एमाले खेमाबाट केपी शर्मा ओली, झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम, ईश्वर पोखरेल र विष्णु पौडेल तथा तत्कालीन माओवादी केन्द्र खेमाबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन् । सरकारलाई सहयोग गर्ने र प्रधानमन्त्रीलाई समेत काम गर्न सहज हुने वातावरण तयार गर्न तत्कालीन एमालेकै तर्फबाट सभामुख उम्मेदवार बनाउनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्रीसमेत रहेका ओली, उपप्रधानमन्त्रीसमेत रहेका पोखरेल र महासचिव पौडेल छन् । पार्टी एकता र शक्ति सन्तुलनका हिसाबले उचित हुने दाबी गर्दै कार्यकारी अध्यक्ष दाहाल र प्रवक्ता श्रेष्ठ तत्कालीन माओवादी केन्द्रका नेतामध्ये एकलाई सभामुख बनाउनुपर्ने पक्षमा छन् । खनाल र नेपाल तथा पार्टी प्रस्तावित उपाध्यक्ष गौतम भने दुई अध्यक्षले नै उम्मेदवारको टुंगो लगाउनुपर्ने भन्दै तटस्थ बसेका छन् । सचिवालयका अर्का सदस्य एवं गृहमन्त्रीसमेत रहेका थापा मौन छन् । मा नेकपाका दुई अध्यक्ष प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीचको असमझदारीले सत्तारुढ दलमा ‘सन्नाटा’ छाएको समाचार छ । आइतबार तेस्रो पटक ६ माघसम्मका लागि संसद् बैठक स्थगित भएयताका दुई दिन नेकपाका दुई अध्यक्षबीच संवाद छैन । प्रधानमन्त्री ओली सरकारी निवास बालुवाटारमा व्यस्त छन् भने अर्का अध्यक्ष दाहाल खुमलटार–चितवन आउजाउ गरिरहेका छन् । नेकपाभित्र सभामुख चयन, विकास र सहयोगसम्बन्धी अमेरिकी नियोग मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी)का विषयमा पार्टी नेताहरूकै बीचमा तीव्र ‘धु्रवीकरण’ भइरहेको छ । दाहालले चितवन पुगेर मंगलबार साँझ थुप्रै मिटिङ गर्नुपर्ने भएकाले आफू दुई घण्टाका लागि मात्र माडी आएको बताए पनि त्यस्तो छलफल दाहाल फर्केपछि पनि भएको छैन । संसद्मा झन्डै दुई तिहाइ मतका साथ बलियो उपस्थिति रहेको नेकपाले सभामुख उम्मेदवार चयन गर्न नसक्दा संसद् एक महिना बन्धक बनिसकेको छ । तर, बन्धक संसद् खुलाउने र पार्टीभित्रको धु्रवीकरण तोड्न नेकपाका दुई अध्यक्षलाई तीव्र दबाब भए पनि ओली–दाहाल संवादमा छैनन् । दुवै अध्यक्ष दुई दिनयता एक–अर्का अध्यक्षले चाल्ने ‘कदम’ को सूक्ष्म अध्ययन गर्दै बसेका छन् । ‘दुवै अध्यक्ष केही दिन पर्ख र हेरको नीतिमा देखिनुभएको छ’, नेकपाका एक स्थायी समिति सदस्यले भने, ‘प्रधानमन्त्री आफू अनुपस्थित बैठकको निर्णय दाहालले कसरी कार्यान्वयन गर्न सक्छन् भनेर हेर्न थाल्नुभएको छ, दाहाल पनि प्रधानमन्त्री ओलीको अबको स्टेप के हुन सक्छ भनेर बसिरहेको देखिनुहुन्छ । ’ नेकपाभित्रको गाँठो फुकाउन संवादमा बस्नुपर्ने दुवै अध्यक्ष आफूनिकट नेतासँगको संवादमा छन् । दाहाल सचिवालयका एक सदस्यले मंगलबार चितवनबाट साँझ काठमाडौं फर्केर अन्नपूर्णसँग भने, ‘दुई दिनयता संवादमा गतिरोध छ, राजनीति चकमन्न छ । ’ सभामुखका लागि ओली र दाहालका आ–आफ्नै रुचिका पात्र छन् । सभामुखको पात्र चयनमा सकस परिरहेका बेला २३ पुसमा नेता वामदेव गौतमको भैंसेपाटी निवासमा बसेको बहुमत सचिवालय सदस्यको ‘प्यानल बैठक’ ले ओली–दाहालबीच झन् असमझदारी बढेको छ । अध्यक्षद्वयमा बढेको असमझदारीका कारण उपसभामुख शिवमाया तुम्बाहाङफेको राजीनामा अड्किएको नेकपाका नेता बताउँछन् ।
ratopati.com
586,411
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट भागेका छन् । “म तपाईं र तपाईंको सन्तानको सुखका लागि राष्ट्रिय हित, स्वाधिनता, स्वाभिमानको रक्षा र पाँचवर्ष टिक्ने स्थिर सरकारका लागि भोट माग्दैछु”, निर्वाचनको पूर्वसन्ध्यामा मतदाताको नाममा एक भिडियो सन्देश जारी गर्दै अध्यक्ष ओलीले भने, “यो त्यतिखेर मात्र सम्भव हुनेछ, जब तपाईंले सूर्य चिन्हमा मतदान गर्नुहुनेछ, त्यसैले सूर्य चिन्हमा मतदान गरौंँ”, प्रमुख प्रतिपक्षी दल नेता अध्यक्ष ओलीले आफ्नो र आफ्नो सन्तानका लागि मत हाल्न आग्रह गरेका छन् । अध्यक्ष ओलीको सन्देशमा भनिएको छ, “प्रिय मतदाता ! अब स्पष्ट निर्णय लिने समय आएको छ, किनकि मङ्सिर ४ गते तपाईंले हाल्ने भोटले अबको पाँच वर्ष कसको हातमा देश सुम्पने भन्ने कुराको निक्र्यौल गर्नेछ । शेरबहादुर देउवाको हातमा कि रु म केपी शर्मा ओलीको हातमा, त्यसैले भोट हाल्नुअघि दुई भविष्यलाई सम्झनुहोला, पहिलो तपाईंको आफ्नै भविष्य र दोस्रो तपाईंका आफ्ना छोराछोरीको भविष्यका भोट हाल्नुस”, भिडियो सन्देशमा भनिएको छ । अध्यक्ष ओलीले आफू मृत्युको मुखमा पुगेर फर्किएको व्यक्ति भएको मतदातामार्फत् सन्देशमा भनेका छन् । “प्रिय मतदाता ! म झुटो बोल्दिन सत्य छोड्दिन, तपाईंलाई थाहा छ म पटक-पटक मृत्युको मुखमा पुगेर व्यक्ति हुँ, अहिले देश केही व्यक्ति र समूहको निजी स्वार्थ जोडिएर बनेको गठबन्धनले चलाइरहेको छ”, सन्देशमा भनिएको छ, “जसको कुनै राष्ट्रिय उद्देश्य छैन यही गठबन्धन रहिरहेमुलुक बर्बाद हुन्छ, तपाईं र तपाईंका छोराछोरीको भविष्यसमेत बर्बाद हुन्छ, त्यसैले आज म यस सन्देशमार्फत् तपाईंसँग भोट माग्दैछु ।
lokpath.com
50,809
मलेखु (धादिङ) - धादिङको गजुरी गाउँपालिका–५ घाटबेँसीमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या सात जना पुगेको छ । कपिलवस्तुबाट काठमाडौँतर्फ आउँदै गरेको लु२ख २१२१ नम्बरको यात्रुवहाक बस पृथ्वीराजमार्गको घाटबेँसी भन्ने ठाउँबाट आज विहान त्रिशूली नदीमा खसेको थियो । दुर्घटनामा एक जना महिलासहित सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले जानकारी दिए । मृतकको सनाखत हुन बाँकी छ । उनले दुर्घटनामा ३० जनाभन्दा बढी घाइते भएका बताए । प्रउ गौतमले “घाइतेको उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि अधिकांशलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।” घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना स्थानीयवासीले उद्धार गरिरहेका छन् । उद्धार जारी छ । बस नदीमा डुबेकाले मृतकको सङ्ख्या बढ्न सक्ने प्रहरीको अनुमान छ ।सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनको टोली पनि उद्धारमा जुटिरहेको छ । बस चालक रुपन्देही लुम्बिनी संस्कृति नगरपालिका –९ का ३८ वर्षीय हरिराम हरिजनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
canadanepal.com
627,220
सुन्दर देखिन जो कोही पनि चाहन्छन् । विशेषगरी महिलाहरुको हकमा यो कुरा बढी लागु भएको देखिन्छ । तर, समय परिवर्तनसँगै व्यस्त र प्रतिस्पर्धाको जीवनशैली, कामको तनाव, अस्वस्थयता, उदाशिनताले अधिकांश मानिसहरु तनावग्रस्त रहन्छन् त्यसमा पनि धेरै महिलााहरुको घर गृहस्थी र बाहिरको काम गरेर दोहोरो भूमिका निर्वाह गर्नुपर्ने हुनाले उनीहरु अझ तनावग्रस्त रहने गर्दछन् । तनाव सगै थपिएको थकानले सौन्दर्यमा दुष्प्रभाव अझ बढी परिरहेको हुन्छ । त्यसमाथी दिनभरको थकान सँगै राती राम्रो निन्द्रा नपरे स्वास्थ्य र सुन्दरतामा थप नकरात्मक असर पुर्याइरहेको हुन्छ । राम्रो स्वास्थ्यको लागि निन्द्रा निकै महत्वपुर्ण मानिन्छ त्यसमाथि सौन्दर्यलाई बृद्धि गर्न वा कायम राख्नको लागि त झन हरेक व्यक्तिलाई प्रयाप्त निन्द्राको जरुरत हुन्छ । जब हाम्रो शरीरलाई आराम हुन्छ तब मात्र शरिर स्वस्थ्य बन्छ । त्यसको सिधा असर हाम्रो शरीरको छालामा पर्दछ सौन्दर्य बृद्धिको लागि राम्रो निन्द्राको आवश्यकता पर्दछ ।
lokpath.com
5,815,060
मकवानपुरमा पौडी खेल्ने क्रममा पोखरीमा डुबेर ११ वर्षीया बालिकाको मृत्यु भएको छ । मकवानपुरको बकैया गाउँपालिका–७, हात्तीखोलास्थित सार्वजनिक जग्गामा सिँचाइका लागि खनेको पोखरीमा पौडी खेल्ने क्रममा सोही ठाउँ बस्ने रामकुमार राईकी ११ वर्षीया छोरी बिनिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार शनिबार दिउँसो पौडी खेल्ने क्रममा पोखरीमा डुबेकी बालिकालाई बेहोस अवस्थामा उद्धार गरी उपचारका लागि बकैया आधारभूत स्वास्थ्य केन्द्र छतिवनमा पठाइएको थियो । बालिकाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
baahrakhari.com
6,240,444
सर्लाही निर्वाचन क्षेत्र नम्बर ३ को १ बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद जवाहरलाल कुशवाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले बुधबार साँझ आफ्नो निजी  निवास खुमलटारमा कुशवाहालाई फुलमाला लगाई पार्टीमा स्वागत गरेका छन् । 
shilapatra.com
2,126,734
पूर्वी चितवनमा सोमबार भएको अगुवा कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रममा प्रधानमन्त्रीले दलहरूबीच अनौपचारिक र औपचारिक रूपमा छलफल भइरहेकाले छिट्टै निष्कर्षमा पुगिने बताए । ‘सदनको गतिरोध अन्त्य भइसकेको छैन,’ उनले भने, ‘आज यसबारे हामी टुङ्गोमा पुग्नुपर्नेछ, दलहरूबीच सघन छलफल हुन्छ ।’ सत्ता समीकरणबारे हुने गरेको टिप्पणीप्रति सङ्केत गर्दै प्रधानमन्त्रीले भने, ‘सरकारको स्थिरतामा कुनै समस्या छैन । अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।’ नीति कार्यक्रम र बजेटबीचमा सन्तुलन कायम गरी जनताका आकांक्षालाई सम्बोधन गरिने प्रधानमन्त्रीले बताए। ‘आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटबीच सन्तुलन कायम गरिनेछ,’ उनले भने, ‘कृषिलाई आधार र नवप्रवर्तनलाई केन्द्रित गरेर ‘पपुलिष्ट’ होइन ‘पपुलर’ बजेट बन्छ ।’ सरकारले उत्पीडित, गरिब, बिपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए । भ्रष्टाचार नियन्त्रणमा सरकारले अभूतपूर्व काम गरेको बताउँदै प्रधानमन्त्री प्रचण्डले ललिता निवासको १४३ रोपनी जग्गा सरकारको नाममा फिर्ता ल्याइएको जानकारी दिए ।
sagarmatha.tv
1,140,778
भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सरकारको नीति तथा कार्यक्रममा जनतालाई सम्बोधन गर्ने किसिमका कार्यक्रमहरू समावेश रहेको बताएका छन् । शनिबार समाजवादी प्रेस संगठन नेपाल, काठमाडौं जिल्ला शाखाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर काममा लागेको बताए । उनले वर्तमान सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई बजेटले पूर्ण रुपमा समर्थन गर्ने उल्लेख गरे । उनले भने, ‘यो गठबन्धनको सरकार राष्ट्रपति जनताप्रति समर्पित भएर लाग्नका लागि हाम्रो तर्फबाट प्रयत्न भएको छ । संसदमा नीति तथा कार्यक्रम प्रस्तुत भएको छ, त्यसमा पनि केही जनपक्षीय कार्यक्रमहरु प्रस्तुत गरेका छौँ । जनतालाई सम्बोधन हुने खालका नीतिहरु हामीले सम्बोधन गरेका छौँ । यो नीति कार्यक्रमलाई बजेटले पूर्ण गर्नेछ । यसको ग्राउण्ड भनेको गठबन्धन सरकारको न्यूनतम् साझा कार्यक्रम हो ।’ उनले गठबन्धन सरकारको न्युनतम साझा कार्यक्रमलाई केन्द्रबिन्दुमा राखेर सरकारको नीति तथा कार्यक्रम बनाएको बताए । उनले पछिल्ला समस्यालाई समाधान गर्ने, अर्थतन्त्रमा नयाँ मोड ल्याउने, अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्नेगरी बजेट ल्याउने तयारी रहेको बताए । उनले भने, ‘नीति कार्यक्रमलाई केन्द्रित बनाएर बजेट ल्याउने तयारीमा छौँ । बजेटले पछिल्ला समस्यालाई समाधान गर्नेगरी आर्थिक समस्या,अन्य समस्याहरुलाई समाधान गर्ने गरी अर्थतन्त्रमा नयाँ मोड ल्याउने र अर्थतन्त्रलाई लयमा फर्काउने र जनताको सेवासुविधालाई ध्यानमा राखेर काम गर्ने र भ्रष्टाचारका काण्डहरु आएका छन्, त्यसको छानबिन गर्ने र कुनै राजनीतिक आग्रह, पूर्वाग्रह बिना दोषी नछुट्ने, निर्दोष नफस्ने गरी अघि बढेका छौँ ।’ मन्त्री ज्वालाले भ्रष्टाचार प्रकरणमा कुनै आग्रह, पूर्वाग्रह बिना अनुसन्धान भइरहेको बताएका छन् ।
makalukhabar.com
2,240,576
फर्मास्युटिकल कम्पनी जोन्सन एन्ड जोन्सनको सहायक कम्पनी जान्सेनले विकास गरेको प्रयोगात्मक कोरोनाभाइरस खोपलाई तेस्रो चरणको परीक्षणका लागि बेलायत सरकारले अनुमति दिएको छ। करिब १२ महिना चल्ने यस खोपको परीक्षणका लागि कम्पनीले बेलायतका करिब ६,००० व्यक्तिलाई समावेश गर्ने जनाएको छ। अध्ययनको नेतृत्व गरिरहनु भएका डा साउल फाउस्टले जान्सेनको खोपको बेलायतमा पहिलो परीक्षण गर्न लागिएको बताए। उनले खोप परीक्षणका लागि विश्वभरका छ देशका करिब ३० हजार व्यक्तिलाई समावेश गरिने जानकारी दिए। फाइजर र यसको साझेदार जर्मन कम्पनी बायोएनटेकले गत साता एक विवरण सार्वजनिक गर्दै आफूले तयार गरेको खोप ९० प्रतिशत सफल रहेको जनाएको थियो। साउथह्याम्पटन विश्वविद्यालयका प्राध्यापक समेत रहेका डा फाउस्टले फाइजरको खोपले मानिसमा उत्पन्न गर्ने भाइरस विरुद्धको प्रतिरोधी क्षमता कति लामो समय रहन्छ भन्ने स्पष्ट भइनसकेको बताए। फाउस्टले बेलायतमा हुने परीक्षणमा सहभागी हुने आधाजसो व्यक्तिमाथि प्लासिबोको प्रयोग गरिने पनि जानकारी दिए। बेलायतमा जान्सेन सहित ६ वटा कम्पनीलाई कोभिड–१९ को खोप परीक्षणको अनुमति प्राप्त भएको छ ।
dcnepal.com
3,739,377
उदयपुर १ मा परराष्ट्र मन्त्रीसमेत रहेका कांग्रेस उम्मेदवार नारायण खड्का जित नजिक पुगेका छन् । २ हजार मत गन्न बाँकी हुँदा कांग्रेस उम्मेदवार नारायण खडले २ हजार १५० मतको अग्रता लिएका छन् । खड्का ३० हजार ४६ मतका साथ लिड गरिरहेका छन् । उता एमालेकी मन्जु चौधरी २७ हजार ८९६ मत पाएकी छन् ।
emountaintv.com