index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
1,822,878
केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई–मोविलिटी प्राइभेट लिमिटेडले केईको इलेक्ट्रिक एसयूभी एक्स–३ प्रोको बुकिङ खुला गरेको छ । कम्पनीले काठमाडौंको भाट भटेनीमा सुविधा सम्पन्न शोरुम निर्माण गरेर शोरुम संचालनमा ल्याएसँगै बुकिङ खुला गरेको हो ।
nepalviews.com
4,502,857
प्रतियोगिताको फाइनलमा पुगेसँगै सुनिश्चित भएको थियो एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्ने। प्रिमियर कपको च्याम्पियन सहित दोस्रो र तेस्रो हुने टोली एसियाली टेस्ट राष्ट्रका 'ए' टोलीसँग इमर्जिङ टिम्स एसिया कप खेल्ने एसियाली क्रिकेट परिषद (एसीसी)को क्यालेन्डरमा थियो । बिहानै टोलीलाई बिदाई गर्न युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बू पुगे सोल्टीमोडस्थित हायत प्लेस। नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष र चतुरबहादुर चन्द र कार्यवाहक सचिव विदेशमा रहेकाले कार्यक्रमको सभापति बने क्यानका कोषाध्यक्ष रोशन सिंह । प्रतियोगिताको समूह ‘ए’मा नेपाल, भारत, पाकिस्तान र कुवेत थिए। जसमा नेपाल र पाकिस्तान बाहिरिँदा कुवेत र भारतले सेमिफाइनलमा स्थान बनाएका छन्। त्यस्तै, समूह ‘बी’मा भुटान र माल्दिभ्स बाहिरिँदा लेबनान र बंगलादेशले सेमिफाइनलमा स्थान बनाएका छन् । सन् २०१९ बाट २०२३ सम्म चलेको यस प्रतियोगिताबाट नेपालले शीर्ष पाँचमा रहे एक दिवसीय मान्यता जोगिने थियो। तर नेपालले अझ शीर्ष तीनमा रहँदै क्रिकेट विश्वकप छनोटमा अवसर पायो । नेपाल रहेको समूह 'ए' मा भारत र कुवेतले लगातार दुई जित निकाल्दै सेमिफाइनलमा स्थान पक्का गरे। भारत र कुवेत दुबैले नेपाल र पाकिस्तानमाथि जित निकालेका थिए। अब समूहको अन्तिम दुई खेलमा बाँकी एउटा खेल हो कुवेत भर्सेस भारत र नेपाल भर्सेस पाकिस्तान । समूह 'ए'मा नेपालले दुई हार र एक जित निकाल्दै 'सुपर सिक्स'मा पुग्ने सम्भावना कायम राखेको छ। तीन खेल खेल्दा नेपालले अमेरिकालाई हराएको छ भने टेस्ट राष्ट्रहरु वेस्ट इण्डिज र जिम्बावेसँग पराजित भएको छ । उद्घाटन खेलमै नेपालले कुवेतको सामना गर्दैछ। दक्षिण एसियाली क्षेत्रमा प्रतिष्ठाको कप हो साफ । करिब एक वर्ष खेल नहुँदा क्रिकेटरहरुले नै अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा सहभागिता नजनाएको यति दिन भयो भनेर सामाजिक सञ्जालमा राख्न थाले। यो अभिभावक निकाय नेपाल क्रिकेट संघ (क्यान)प्रति सांकेतिक विरोध नै थियो उनीहरुको । जसमध्येमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा प्रतिस्पर्धा गर्दै थिए च्याम्पियन बनिसकेको र तालिकाको पुछारमा रहेको खुमलटार एफसी। च्याम्पियन चर्चका लागि यो अन्तिम खेल पनि जित्ने च्याम्पियनको प्रतिष्ठा थियो भने खुमलटारका लागि गर या मरको अवस्था । लिग जितेपछिको फस्ट एटेम्प्ट गर्ने माथिल्लो खेल हो, एएफसीमा छनोट खेल। लिग च्याम्पियन स्वत: छनोट खेलमा भिड्न पाउँछन् । तर, यसपटकको च्याम्पियन बनेको चर्च ब्वाइज भने यो अवसरबाट बञ्चित हुने भएको छ। उसको साटो प्रतियोगितामा लिग उपविजेता बनेको मछिन्द्रले नै सहभागिता जनाउँदै छ ।
pahilopost.com
5,703,979
सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका आफ्ना नागरिकको घरको मिटरको विद्युत् महसुल कर्जन्हा नगरपालिकाले तिर्ने निर्णय गरेको छ । नगरपालिका कार्यपालिकाको बैठकले कोभिड–१९ को सङ्क्रमण फैलन नदिन गरिएको लकडाउनका कारण मारमा परेका नागरिकले दुई महिनामा उपभोग गर्ने घर मिटरको विद्युत् महसुल नगरपालिकाले तिर्ने निर्णय गरेको हो । यस्तै बैठकले स्वास्थ्यकर्मी तथा कर्मचारीहरु नियमित रुपमा काम गर्नका लागि रु २० लाखको स्वास्थ्य बीमा गर्ने निर्णयसमेत गरेको नगरप्रमुख गङ्गा पासवानले जानकारी दिए । त्यस्तै नगरपालिकाले विभिन्न वडाका अति विपन्न, दलित दुई हजार परिवारलाई परिवार सङ्ख्याको अनुपातमा चार जनासम्मको परिवारलाई प्रतिपरिवार २० किलो चामल, तीन किलो आलु, दुई किलो दाल, एक लिटर तेल र आधा केजी स्वाबिन तथा चार जनाभन्दा बढी परिवार सङ्ख्या भएका परिवारलाई प्रतिपरिवार त्यसको दोब्बरका दर राहत बितरण गरिएको नगरप्रमुख पासवानले बताए ।
ejanakpuronline.com
1,975,386
गत बिहीबर सुरु छलफल तेस्रो दिन आज सक्ने तयारी संघीय संसद सचिवालयले गरेको छ । एक साथ सुरु भएको छलफल राष्ट्रिय सभामा भने गत शुक्रबार नै सकिएको थियो। बिहान ११ बजेका लागि बोलाईएको प्रतिनिधि सभाको बैठकमा बोल्न बाँकी सांसदहरुले धारणा राखेपछि अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिने कार्यसूची छ। यसअघिका छलफलमा भाग लिँँदै सांसदहरुले बजेटले संघीयतालाई उपेक्षा गरेको, वाम गठबन्धनको घोषणा–पत्र अनुसार आउन नसकेको, जनता झुक्याउने काम मात्र भएको भन्दै आलोचना गरेका थिए। सामाजिक सुरक्षातर्फ सरकारले पर्याप्त रकम नछुट्याएको, सांसदका लागि घुमाउरो शैलीमा ४ करोड रुपैयाँ विनियोजन गरेको, बजेटको ७० प्रतिशत हिस्सा आफैले राखेको भन्दै सत्तापक्षकै सांसदबाट बजेटको आलोचना गरेका थिए ।
kathmandupati.com
1,484,205
देश विदेशमा आज थुप्रै सकारात्मक तथा नकारात्मक घटना परिघटनाहरु भए । ति घटनाक्रमहरुलाई हामीले र मार्फत निरन्तर पलपलमा अपडेट गर्यौ । यसरी अपडेट भएका अनेकौ समाचारहरु मध्ये प्रमुख समाचारहरुलाई यहाँ प्रस्तुत गर्दैछौ । हाइलाइट गरिएको शिर्षकहरुमा क्लिक गरेर बिस्तृत समाचार पढ्न सक्नु हुन्छ । कैलालीको घोडाघोडीकी १६ वर्षीया एक किशोरीमाथि ७ जनाको समूहले सामूहिक बलात्कार गरेको छ। उनीहरुले बैशाख १ गते किशोरीलाई घोडाघोडीको जंगलमा इन्जेक्सन लगाएर सामुहिक बलात्कार गरेका प्रहरीको भनाई छ। श्रीलंकाको राजधानी कोलम्बोमा दिउँसो फेरि बम बिस्फोट भएको छ । राजधानी कोलम्बोस्थित देहीवाल भन्ने स्थानमा रहेको होटलमा अर्को बिस्फोट भएको हो । लगातार बम विस्फोट भएपछि राजधानी कोलम्बोमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरिएको छ। साथै सरकारले प्रमुख सामाजिक सञ्जालको प्रयोगमा समेत रोक लगाएको छ। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पार्टी एकता प्रक्रिया टुंगिएको छ । एकताको सम्पूर्ण काम टुंगिएको र भोलि नै घोषणा गर्ने तयारी भइरहेको नेकपाले जनाएको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकता टुंगोमा पुगेको र भोलि घोषणा हुने जानकारी दिए । आइतबार नेकपा ३ नम्बर प्रदेश कमिटिले नेकपाको ७० औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले उक्त जानकारी गराएका हुन् । ‘ढिलै भए पनि पार्टी एकताको काम टुंगिएको छ । भोलि हुने कार्यक्रममा यसको घोषणा हुन्छ।’ अध्यक्ष प्रचण्डले भने । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्र्तगत शनिबार रातिको खेलमा एउटा रोचक दृश्य बन्यो । एकातिर भर्खर १८ वर्षमा प्रवेश गरेको केटो सन्दीप लामिछाने । अर्कोतिर क्रिकेट दुनियाँकै बादशाह क्रिस गेल । पछिल्लो समय उदियमान खेलाडीका रुपमा चिनिएका सन्दीपको लागि क्रिस गेलसँग सामना गर्नु फलामको चिउरा चपाउनु सरह थियो । तर उनले फलामै चिउरा चपाएर आफुलाई प्रमाणित गरेर देखाईदिए । यसका साथै मा आज राजनीति, सामाजिक, स्वास्थ्य, शिक्षा, आर्थिक, प्रबिधि, कला, लाइफस्टाइल, खेलकुद, बिश्व बिबिध, बिचार लगायतका समाचारहरु प्रकाशन भएका छन् । सबै समाचार पढ्न गर्न सक्नु हुन्छ। त्यस्तै केन्द्रबिन्दुको मा पनि बिभिन्न समाचार र मनोरोजनात्मक सामग्रीहरु प्रकाशन भएका छन् ।
kendrabindu.com
237,208
अस्ट्रेलिया बस्ने फुपूले जिस्किँदै फोनमा सोधिछन्, 'तिमीलाई अस्ट्रेलियाबाट के पठाइदिम् भन त नानु?' छोरी एकछिन सोचमा परिछन्। धेरैबेर घोरिएको देखेर फुपूलाई डर लागेछ। हैन अब ठुलै कुरा माग्ने पो हो कि भनेर हतारिँदै फेरि सोधिछन्, 'भन न अस्ट्रेलियाबाट फुपूले के पठाइदिनु पर्यो?' पढन्ते छोरीले के पो माग्थिन्, झट्ट स्कुलको याद आयो होला हतारिँदै भनिछन्, 'मलाई एउटा स्कुल ब्याग पठाइदिनु ल।' यस्तो जवाफ सुनेर फुपूले हाँस्दै भनिछन्, 'ए, एउटा जाबो स्कुल ब्याग पठाइदिनु भन्न पनि यति समय लगाएकी! म त अब नानीले ल्यापटप, मोबाइल, ट्याबलेट माग्ने हुन् कि भनेर डराएकी। ल ल म छिट्टै तिमीलाई दुई/तीन वर्षसम्म स्कुल लैजान मिल्ने बलियो स्कुल ब्याग पठाइदिन्छु है।' यति सुनेपछि छोरी खुसीले गद्गद् हुँदै 'हुन्छ हुन्छ' भन्दै फोन राखिछन्। त्यस दिनदेखि छोरीको मुखमा छुट्टै चमक देखिन्थ्यो। कहिले अस्ट्रेलियाबाट फुपाजु आउनुहुन्छ, नयाँ ब्याग आउँछ र त्यो लिएर स्कुल जान पाइन्छ भन्ने आशमा दिनहरू गन्दै छोरीको समय बित्न थालेको थियो। छोरीको स्कुल ब्यागको कथा पनि बेग्लै छ। पहिले स्कुल बसमा आवतजावत गर्दा ब्याग बसले बोक्ने गर्दथ्यो। ब्यागले किताबको वजन उठाउनु पर्दैनथ्यो। तर जब छोरीलाई घर नजिकैको स्कुलमा भर्ना गरियो, छोरीले ब्याग आफै बोक्नुपर्ने भयो। यसपछि स्कुल ब्यागको चर्चा नभएको सायद कुनै दिन छैन होला। कक्षा ४ मा पढ्ने छोरीको आठ वटाभन्दा बढी त किताबहरू मात्र छन्। त्यसमाथि प्रत्येक किताबका लागि छुट्टाछुट्टै कापीहरू राख्दा स्कुल ब्यागमा सिन्की गुन्द्रुक खादेजस्तै गरी राख्नु पर्ने हुन्छ। यसले गर्दा स्कुलबाट घर आउँदा कहिले ब्यागको चेन बिग्रिएको हुन्छ, कहिले ब्याग नै च्यातिएको हुन्छ, कहिले ब्याग बोक्ने फित्ता नै चुँडिएको हुन्छ। अचम्मको कुरा त के भने, छोरीको ब्याग बनाइदिन पर्यो भनेर ब्याग मर्मत पसलमा गएको ब्याग बनाउनेहरूको भिड देखेर म जिल्ल परेँ। सबैजसो स्कुले ब्यागहरू हातमा लिएर पालो कुर्दै रहेछन्। म पनि त्यही भिडमा उभिएँ। बल्लबल्ल पसले दाइलाई ब्याग सुम्पिन सफल भएँ। मेरो ब्याग लिएर पसले दाइले हतार हतार म तिर फर्कँदै भने, 'यो लिन अब चार दिनपछि मात्र आउनुहोस्।' म एकछिन त अचम्ममा परेँ तर किन भनेर सोधिनँ। किनकि त्यहाँको भिड र पसले दाइको व्यस्तताले सहजै अनुमान लगाउन सकिन्थ्यो कि मेरो छोरीको जस्तै समस्या अरु धेरै घरका छोराछोरीले पनि भोगेका रहेछन्। यसपछि म निराश हुँदै घर फर्किएँ। हरेक दिन जब स्कुल जाने बेला हुन्थ्यो छोरीलाई पढाइको भन्दा बढी ब्यागको चिन्ता हुन्थ्यो। सधैंभरि ब्यागको विषयलाई लिएर उनी मसँग रिसाउने गर्थिन् अनि घुर्की लगाउँदै भन्थिन्, 'अस्ट्रेलियाबाट ब्याग आएपछि त हजुरलाई छुन पनि दिन्न।' म उनको कुरा सुनेर मुस्कुराई मात्र रहन्थेँ। नभन्दै छोरीको प्रतीक्षाको घडी पनि समाप्त भयो। अस्ट्रेलियाबाट फुपाजु पनि घरमा टुप्लुक्क आइपुग्नु भयो। सन्चो-विसन्चो केही नसोधी फुपाजुले बोकेको टुरिस्ट ब्यागलाई देखाउँदै छोरीले सोधिन्, 'यही हो मेरो स्कुल ब्याग?' यो सुनेर घरका सदस्यहरू गलल हाँस्न थाले। छोरी केही नर्भस भइन्। यो देखेपछि फुपाजुले मायालु स्वरमा भन्नुभयो, 'हैन, नानुलाई त अर्को राम्रो ब्याग ल्याइदिएको छु नि।' उहाँले झोलाबाट गुलाबी रंगको कंगारुको चित्र भएको ब्याग झिकेर दिनुभयो। छोरी खुसी हुँदै सानो स्वरमा भनिन्, 'यो ब्यागमा मेरो सबै किताबहरू राख्न मिल्छ त?' उनको जिज्ञासा मेटाउन फुपाजुले भन्नुभयो, 'चिन्ता नगर नानु, यो त अस्ट्रेलियामा ६-७ कक्षामा पढ्ने दादा दिदीहरूले लिएर हिँड्ने ब्याग हो। तिमी त ४ कक्षामा पढ्ने होइन र?' छोरीले टाउको हल्लाएर हो भन्ने संकेत दिइन्। यसपछि छोरीको धोको पूरा भयो। अब उनी भोलि स्कुल जाने समयको पर्खाइमा थिइन्। आज छोरी धेरै उत्साहित थिइन्। नयाँ ब्याग लिएर स्कुल जाने दिन थियो। छोरी बिहानैदेखि ब्यागमा किताबकापीहरू राखेर तयार भैसकेकी थिइन्। बिहान ९ नबज्दै हाँस्दै फुरुक्क पर्दै छोरी स्कुलतिर लागिन्। छोरीको खुसी देखेर घरका सबै सदस्यहरू पनि प्रफुल्लित थिए। तर यो खुसीको क्षण धेरै दिन भने टिक्न सकेन। बिहान हाँस्दै फक्रेको फूलजस्तै बनेर स्कुल गएकी छोरी बेलुकी घरमा आउँदा ओइलाएको फूल बनेर फर्केकी रहिछिन्। एउटा हातमा किताबकापी र अर्को हातमा च्यातिएको स्कुल ब्याग बोकेर छोरी घर आइन्। पछि बुझ्दै जाँदा थाहा भयो छोरीले पढ्ने किताबकापीहरू अस्ट्रेलियाको स्कुले ब्यागले धान्न सकेनछ। बेलुकीपख छोरीले मलाई सोधिन्, 'अस्ट्रेलियाको स्कुलहरूमा किताब लग्नु पर्दैन र? के त्यहाँ पढाइ नै हुँदैन र?' मैले प्रश्न गरेँ, 'किन, के भो?' उनले भन्दै गइन, 'उता कक्षा ६-७ मा पढ्ने दादादिदीहरूले लैजाने स्कुले ब्यागले हाम्रो स्कुलको ४ कक्षाको पनि किताबकापीहरू धान्न सकेन त।' छोरीको जवाफ सुनेर म अलमलिएँ। साँच्चै अस्ट्रेलिया, अमेरिका तिर पढाइ नै हुँदैन र? के त्यहाँका विद्यार्थीहरूले किताबकापीहरू नै पढ्दैनन्। नपढेको भए कसरी ति देशहरू विकसित भए? यस्तै प्रश्नहरू मनमा उब्जिए पनि छोरीलाई जिस्किँदै भनेँ, 'अस्ट्रेलियाको कंगारुभन्दा नेपालको टाइगर बलियो हुन्छ नि। त्यही भएर धान्न नसकेको होला नि!' मेरो मजाकले छोरीलाई हँसाउन भने सकेन। स्कुल ब्याग च्यातिएकोमा उनी निकै दुखी थिइन्। अन्तर्राष्ट्रिय मान्यताअनुसार कुनै पनि बालबालिकाले आफ्नो वजनको १० प्रतिशतभन्दा कम तौलको स्कुल ब्याग बोक्नु पर्ने मान्यता रहेछ। हाम्रा बालबालिकाहरूले भने आफ्नो वजनको झन्डै पचास प्रतिशत बराबरको स्कुल ब्याग बोकेर स्कुल हिँडिरहेको देखिन्छ। कुनै पनि ब्याग बोकेका स्कुले बालबालिका सिधा उभिएर हिँड्न समेत सकेका हुँदैनन्। उनीहरू ब्यागको वजनले शरीर नै पछाडि धकेलिएर हिँडिरहेका दखिन्छन्। किताबको बोझ र शरीरले धान्न नसकेको अवस्थामा त्यसभित्र रहेको ज्ञानको भण्डार त्यो सानो दिमागले कसरी धानिरहेको होला? यसप्रति सोच्नु पर्ने बेला आएको छ। कतै हाम्रीले हाम्रा बालबालिकाहरूलाई उनीहरूको क्षमताभन्दा बढी बोझ थुपारिरहेका त छैनौं। यही बोझले गर्दा उनीहरूको मानसिक एवम् शारीरिक उर्जा शक्तिमा गम्भीर असर परेको हुन सक्छ। उमेर नपुग्दै उनीहरूको क्षमताभन्दा माथिका कुराहरू उनीहरूलाई घोकाइन्छ, रटाइन्छ र जबरजस्ती जान्न बाध्य बनाइन्छ। त्यस विषयको महत्व र उपयोगिताको जानकारी बिना नै विद्यार्थीहरू कागजी रुपमा उत्तीर्ण हुन्छन्। यसले गर्दा उनीहरूमा रहको सृजनशील क्षमता ह्रास हुँदै जाने गरेको देखिन्छ। शिक्षाले विद्यार्थीहरूमा रहेको सृजनशील क्षमताको उजागर गर्नुपर्नेमा किताबको भारीले त्यो क्षमतालाई दबाइरह्यो भने त्यो शिक्षा केवल औपचारिकतामा मात्र सीमित हुने कुरामा दुई मत छैन ।
setopati.com
411,955
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिगामी शक्तिलाई परास्त गरेमात्र राष्ट्रिय महत्त्वका परियोजना अघि बढ्ने बताएका छन् । बैतडीको शिवनाथमा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले अगामी निर्वाचनपछि बन्ने गठबन्धनको सरकारले राष्ट्रिय महत्त्वका परियोजनालाई अघि बढाउने बताए । उनले सुदूरपश्चिमको मुहार फेर्नसक्ने पश्चिम सेती र पञ्चेश्वर योजनाका साथै झुलाघाटस्थित महाकाली नदीमा पक्की पुल बनाउने प्रतिवद्धता जनाए । संविधानको रक्षा र संघीय लोकतान्त्रिक शासन प्रणालीको संस्थागत विकासका लागि पाँचदलीय लोकतान्त्रिक वामगठबन्धन बनेकाले अझै १० वर्ष गठवन्धन अगाडि बढ्ने बताए ।
hamrakura.com
995,586
भूकम्पपीडितलाई मनसुनसम्म पुग्ने गरी राहत वितरण गर्न सरकारी निकायसँग पर्याप्त खाद्यान्न नभएको अनुगमनका क्रममा पाइएको छ । सरकारले राहतका लागि प्राप्त खाद्यान्न खाद्य संस्थानको भण्डारमा जम्मा गरेर मात्र जिल्ला पठाउने गरेको छ ।
ekantipur.com
2,566,835
दूतावासले अत्याधिकनेपाली कामदार रहेको मलेशियाको जोहोर र पेनाङ्ग राज्यमा आउँदो जुलाई १४ तारिख शनिवार कन्सुलर सेवा दिन लागेको हो । शनिवार विहान १० बजे देखि जोहोर बारुको बागुस सिटि होटेल तथा पेनाङको दिवान हल बुकित मेर्ताजाममा सेवा शुरुहुने दूतावासले सूचना जारि गरेको छ । दूतावासका द्धितीय सचिव महेश त्रिपाठी र तृतीय सचिव चुमानसिं के.सी.को नेतृत्वमा जोहोरमा तथा द्धितीय सचिव प्रेमराज गौतम र सहचारी निरोज बस्नेतको नेतृत्वमा पेनाङमा सेवा संञ्चालन हुने उहाँहरुले जानकारी दिनु भएको छ । मलेशियन सरकारले आफ्नो देशमा अबैधानिक रूपमा काम गर्दै आएका आप्रवासी कामदारलाई स्वदेश फर्कन ३० अगस्ट २०१८ सम्म अन्तिम मिति तोकेको छ । नेपाली राजदूतावासले यसलाई नै मध्य नजर गर्दै दूतावासले भौगोलिक रूपमा टाढा र सुरक्षाको हिसाबले समेत संबेदनसिल रहेका क्षेत्रमा आफ्नै उपस्थितिमा कन्सुलर सेवा प्रदान गर्न लागेको दूतावासका कार्यबाहक राजदूत कुमारराज खरेलले जानकारी दिनु भयो । अबैधानिक नेपाली कामदारले नेपाली नागरिकताको एक प्रति प्रतिलिपी, राहदानीको एक प्रतिलिपी, २ प्रती पासपोर्ट साइजको फोटो र दस्तुर १६० रिंगट बुझाइ फाराम भरि स्वदेश फर्कन सक्नेछन् । नयाँ सरकार बने संगै गैर कानुनी रूपमा बसेका आप्रवासी कामदार माथी ब्यापक धरपकड समेत सुरु गरेको छ । तोकिएको समय सिमा भित्रै स्वदेश फर्कन हाल दूतावासमा पनि चाप बढेको ट्राभल डकुमेण्ट ईन्चार्ज द्धितीय सचिव महेश त्रिपाठीले बताउनु भयो । दुबै स्थानमा रहेका विभिन्न संघ संस्थाहरुलाई सेवामा सहयोग गर्न दूतावासले अनुरोध गरेको छ ।
ratopati.com
219,175
कलाकार राजु मल्होत्रा मृत फेला परेका छन्। बुटवलको देवीनगरस्थित आफ्नै निवासमा शुक्रबार राति २ बजे उनी झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। ३५ वर्षीय मल्होत्रा बिहीबार साँझ गायक नन्दु परियारलगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए। उनले बुटवलमै रहेर दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय समेत गरेका छन्। मल्होत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याइएको छ। घटनाबारे अनुसन्धान अघि बढाईएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
setopati.com
3,610,420
नवलपुरमा दूध खपत नहुँदा कृषकहरु मर्कामा परेका छन् । ‘लकडाउन’ले दूध विक्री नहुँदा गाई तथा अन्य पशुपालन गर्नेहरु समस्यामा परेका हुन् । दुग्ध सहकारीले कृषकबाट दूध लिन नमानेकाले दूध खेर फाल्नुपर्ने अवस्था आएको कृषक समूहका अध्यक्ष टेकनारायण सुवेदीले बताएका छन् । लकडाउनका कारण गाईवस्तुलाई खुवाउने दाना र घाँसकोसमेत अभाव भइरहेको पनि किसानहरुले बताएका छन् ।
imagekhabar.com
6,210,366
विद्यालयको संख्या घटेको छ । शैक्षिकसत्र २०७७ मा कुल विद्यालयको संख्या ३५ हजार ६ सय ७४ रहेकोमा १ हजार ३ सय ६ विद्यालय घट्न गई ३४ हजार ३ सय ६८ पुगेको हो । आर्थिक सर्वेक्षण २०७८/०७९ मा विद्यालय बन्द र समायोजन भएकाले घट्न गएको उल्लेख गरेको छ । 
shilapatra.com
4,664,121
नेपाल प्रहरीको जवान भर्नाका लागि लिइएको लिखित परीक्षामा सहभागी दुई नक्कली परीक्षार्थीलाई पक्राउ गरिएको छ ।
nepalpress.com
1,592,038
यति बेला मुलुककै ठूलो र पुरानो चिकित्साविज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) अन्तर्गतको ट्रमा सेन्टरमा मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्तिमा प्रधानमन्त्री पत्नी राणाले चासो देखाएपछि विवाद उत्पन्न भएको छ। आरजुको दबाबमा कनिष्ठलाई मेसु नियुक्त गर्ने तयारी भएपछि अस्पतालका चिकित्सक विरोधमा उत्रिएका छन्। ११ औं तहका चिकित्सक कार्यरत हुँदाहुँदै १० औं तहका चिकित्सकलाई मेसु नियुक्त गर्न लागेको भन्दै वरिष्ठ चिकित्सकले विरोध गरेका हुन्। आरजुले हुन त ट्रमा सेन्टर तीन वर्षदेखि १० औं तहका चिकित्सकको नेतृत्वमा सञ्चालनमा छ। फेरि प्रधानमन्त्री पत्नी आरजुको दबाबमा १० औं तहका जोशीलाई नियुक्त गर्न लागिएको भन्दै वरिष्ठ चिकित्सकहरूले विरोध गरेका छन्। उनीहरूले वरिष्ठताका आधारमा मेसु नियुक्त गर्नुपर्ने भन्दै आइतबार प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र सचिवलाई ध्यानाकर्षण गराएका छन्। वरिष्ठ चिकित्सकहरूले बुझाएको ज्ञापनपत्रमा प्रधानमन्त्री, स्वास्थ्य राज्यमन्त्री र स्वास्थ्य सचिवलाई पत्र बुझाउँदै एक प्रकारको चेतावनी दिइएको छ। ध्यानाकर्षणपत्रमा ट्रमा सेन्टरमा कार्यरत डा. रुद्र मरासिनी, डा. ममता भट्टराई, डा. रूपेश यादव, डा. अभयकुमार पोखरेल, डा. शिलु श्रेष्ठ, डा. विनोद शेरचनको हस्ताक्षर छ। ज्ञापनपत्रमा ‘नेपाल सरकारअन्तर्गत रा.प्र.प्रथम श्रेणी (एघारौं तह) का चिकित्सक राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत रहँदा पनि दसौं तहका कनिष्ठ चिकित्सकलाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएकाले दैनिक कार्यमा कठिनाइ भइरहेको’ उल्लेख छ। ११ औं तहका (प्रमेसु) को दरबन्दी भएको ठाउँमा लामो समयदेखि सबैभन्दा कनिष्ठलाई कार्यालय प्रमुख बनाउँदा अपमानित भएको पत्रमा उल्लेख छ। पत्रमा चिकित्सकले भनेका छन्, ‘नेपाल सरकारले गरेको बढुवा प्रणाली पनि औचित्यहीन भएको महसुस गरेका छौं।’ ट्रमाको मेसुका लागि नेपाल चिकित्सक संघका महासचिव बद्री रिजाल र ट्रमा सेन्टरका ११ औं तहका वरिष्ठ चिकित्सक रुद्र मरासिनी पनि आकांक्षी छन्। नियमानुसार डा. मरासिनी मेसुका लागि योग्य छन्। कांग्रेस निकट डा. रिजाल आईओएमका पूर्वस्ववियु सभापति हुन्। डा. मरासिनीले यसअगाडि पनि कोभि-१९ युनिफाइड अस्पतालको प्रमुख प्रशासकीय अधिकारीको नियुक्तिपत्र पाएका थिए। तर खोसिएको थियो। जसले गर्दा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठमाथि मरासिनीलाई नियुक्त गर्र्ने दबाब छ। साउन १८ मा ११ औं तहका चिकित्सक मरासिनीलाई प्रमुख बनाइएकोमा साउन १९ मा एकाएक बस्नेतलाई जिम्मेवारी दिइएको थियो। डा. मरासिनीको निर्णय भइसकेपछि रातारात १० औं तहका कनिष्ठ डा. भूपेन्द्र बस्नेतलाई प्रमुख बनाएर देउवा सरकारले वीरका वरिष्ठ चिकित्सकहरूको मनोबल गिराउने काम सरकारले गरेको छ। डा. बस्नेत यसअघि वीरको निर्देशक हुँदा खरिद गरिएका दुईवटा २२ करोडका इन्ट्रा ओपी सिटिस्क्यान मेसिन प्रयोगविहीन छ। महालेखाको वार्षिक प्रतिवेदन २०७८ ले पनि मेसिन किनेको वर्षौंसम्म पनि प्रयोगविहीन भएको तथ्य औंल्याएको छ। डा. रिजाल भने ट्रमा सेन्टर प्रमुखका लागि आफूले दौडधुप नगरेको बताउँछन्। उनले सँग भने, ‘मैले ट्रमा सेन्टरको प्रमुख हुनका लागि दौडधुप गरेको छैन। निर्देशकको जिम्मेवारीका लागि मलाई योग्य देखेर नै साथीहरुले शुभेच्छा जनाउनुभएको हो।’ जिम्मेवारी पाएमा त्यसलाई स्वीकार गर्ने उनी बताउँछन्। उनी पनि वरिष्ठताका आधारमा नियुक्त हुनुपर्ने बताउँछन्। रिजाल भन्छन्, ‘ट्रमा सेन्टरमा ६ जना ११ औं तहका चिकित्सक छन्। यसअघिका दुई वटा नियुक्तिमा गल्ती भइसकेको छ। ११ औं तहका जो भए पनि मलाई आपत्ति छैन। तर सिस्टममा हुनुपर्छ।’ ट्रमा सेन्टरमा निर्देशकका रूपमा १० औं तहकै चिकित्सक सन्तोष पौडेलले नेतृत्व गरिरहेका छन्। निर्देशक डा. पौडेलकी पत्नी क्रान्ति बुर्लाकोटी माधवकुमार नेपाल निकट युवा संघको उपाध्यक्ष हुन्। बुर्लाकोटीकै जोडबलमा डा. पौडेल अस्पतालको निर्देशकमा रहेको ट्रमा सेन्टरका अधिकारीहरू बताउँछन्। केही अधिकारी भने अहिले माधवकुमार नेपाल सत्ता गठबन्धनका नेता भएकाले तत्काल ट्रमा सेन्टरको नेतृत्व परिवर्तन नहुने बताउँछन्। अस्पतालका एक अधिकारी भन्छन्, ‘माधकुमार नेपालले प्रधानमन्त्रीसँग यस विषयमा कुरा गरिसकेका छन्। त्यसैले तत्काल ट्रमाको नेतृत्व परिवर्तन हुने सम्भावना छैन। सन्तोष पौडेलले नै निरन्तरता दिनेछन्।’ शेरबहादुर देउवाले प्रधानमन्त्री भएको डेढ महिना बितिसक्दा पनि स्वास्थ्यमन्त्री नियुक्त गर्न सकेका छैनन्। उमेश श्रेष्ठलाई स्वास्थ्यराज्यमन्त्री नियुक्त गरी महत्त्वपूर्ण निर्णयहरू देउवा आफैंले गर्दै आएका छन्। त्यसैले पनि सरुवा र नियुक्तिमा भने प्रधानमन्त्री पत्नी आरजुले विशेष चासो दिने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। हुन पनि डेढ महिनामा स्वास्थ्यका कर्मचारी सरुवा गर्नेभन्दा अन्य काम हुन सकेको छैन। आइतबार पनि स्वास्थ्यका १० जना अधिकारीहरूको सरुवा गरिएको छ। प्रधानमन्त्रीले यसअघि गरेका दुई नियुक्तिमा पनि पत्नी आरजुकै स्वार्थ रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको दाबी छ। ती निर्णय विवादित बनिरहँदा फेरि अर्को निर्णय गर्न लागेको भन्दै देउवाको आलोचना भइरहेको छ। प्रधानमन्त्री देउवाले यसअघि १२ औं तहको महानिर्देशक रहने स्वास्थ्य सेवा विभागबाट प्रमुख विशेषज्ञलाई हटाएर तीन महिनामा नै अवकाश पाउँदै गरेका एघारौं तहका आरपी बिच्छालाई नियुक्त गरेका थिए। त्यसअघि विभागका १२ औं तहका दीपेन्द्ररमण सिंह महानिर्देशक थिए। डा. बिच्छाभन्दा सिनियर १० जना हुँदाहुँदै उनले महानिर्देशकको भूमिका पाएका थिए। प्रधानमन्त्री देउवाले यसअघि गरेका यी दुई निर्णय विवादित भए पनि ट्रमा सेन्टरमा १० औं तहकै कर्मचारी नियुक्त गर्न सहज हुने स्वास्थ्यका कर्मचारी बताउँछन्। ट्रमा सेन्टरका एक चिकित्सक भन्छन्, ‘ट्रमा सेन्टरमा पनि वरिष्ठतालाई मिच्न सहज होस् भनेर अगाडिका नियुक्ति पनि मनोमानी ढंगले गरिएको हो, अब वरीयताकै आधारमा नियुक्त गर्छन् भन्नेमा शंका उब्जिएको छ।’ उसो त स्वास्थ्यराज्यमन्त्री श्रेष्ठ पनि मेसुमा वरिष्ठलाई नै नियुक्त गर्नुपर्ने पक्षमा छन्। आइतबार ज्ञापनपत्र बुझाउन पुगेका एक चिकित्सकले राज्यमन्त्री श्रेष्ठलाई उधृत गर्दै भने, ‘मेरो पनि चाहना सिनियरलाई नियुक्त गर्नुपर्छ भन्ने हो। म पनि सिस्टम बसाउन चाहन्छु, तर परिस्थिति कस्तो हुन्छ त्यो तपाईंहरूलाई पनि थाहा छ, सबै मेरो कन्ट्रोलमा छैन।’ हाल स्वास्थ्य सेवा विभाग, वीर अस्पताल र ट्रमा सेन्टरमा आफूभन्दा कनिष्ठ व्यक्तिको नेतृत्वमा काम गर्नुपरेपछि सिनियरहरू कत्ति पनि खुसी छैनन्। सिनियरहरूले आफूलाई काम गर्न गाह्रो भएको बताउँछन् ।
nepalsamaya.com
4,774,078
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सरकार सञ्चालन संयन्त्रको बैठक सिंहदरबारमा सुरु भएको छ । माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक सुरु भएको हो । प्रचण्डको निजी सचिवालयका अनुसार बैठकमा संयन्त्रका सचिव हरिबोल गजुरेल र सदस्यका रुपमा नेपाल सरकारमा माओवादीको तर्फबाट प्रतिनिधित्व गर्ने मन्त्री र राज्यमन्त्री सहभागि छन् । ‘सरकारको कामलाई प्रभावकारी बनाउन र आफूले नेतृत्व गरेका मन्त्रालयबाट जनसेवाका कामलाई अझ बढी जनमुखी बनाउने विषयमा छलफल केन्द्रीत रहेको छ,’ प्रचण्डको सचिवालयले भनेको छ, ‘अध्यक्ष कमरेडद्वारा माथि उल्लेखित विषयमा मन्त्रीज्युहरुको रिपोर्ट सुन्ने र दिशानिर्देश गर्ने काम भैरहेको छ।’ शेरबहादुर देउवा नेतृत्वको सरकारकारमा माओवादीका तर्फबाट ५ मन्त्री र एक राज्यमन्त्री छन् ।
nepalpress.com
4,982,330
नेपाली सेनाको घुम्ती स्वास्थ्य शिविरबाट भोजपुरका स्थानीय लाभान्वित भएका छन् । सेनाले विशेषज्ञ विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य भानुभक्त कोईराला आम जनता पार्टी विराटनगर । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं सांसद प्रभु साहले अहिलेको संविधानको अन्त्यष्टि संखुवासभा । संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई जना कैदी हत्या प्रकरणका अभयुक्तसँग बयान सुरु भएको संखुवासभा । जिल्ला कारागार खाँदवारीमा दुई जना कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ जनाविरूद्ध जिल्ला अदालतमा इलाम । इलाम अस्पतालमा कीट अभाव भएपछि बिरामीले निःशुल्क जाँच गराउने रोग जाँच्न पनि पैसा सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ का निर्वाचित वडा अध्यक्ष भुपेन्द्र भट्टराई राप्रपामा प्रवेश गरेका इलाम । इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय र लेखा अधिकृतको अश्लील क्रियाकलापको भिडियो सार्वजनिक भएको काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेशसभाबाट लिएको विश्वासको मत संविधानसम्मत हो या होइन इटहरी । विश्वेश्वरप्रसाद कोइराला (वीपी) को ११० औँ जन्मजयन्तीको अवसर पारेर इटहरीमा वीपी सप्ताह कार्यक्रम राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
4,256,155
हाल पहाडी भूभागमा आशिंक बदली रही अन्यत्र मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशमा हाल पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको महाशाखाले जनाएको छ। आज (आइतबार) दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली र देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। छ। प्रदेश १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोे महाशाखाले जनाएको छ। आज राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा र अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले आग्रह गरेको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
6,245,794
पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको बताएका छन् । सोमबार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेपालले राज्यका कुनै पनि निकाय विकासमा सहयोगी बन्नुपर्ने टिप्पणी गरे । ‘अब यसको विकल्प छँदै छैन । विकासका सहयोगी हुनुपर्छ राज्यका कुनै पनि निकाय । विकासको बाधक हुने होइन,’ नेपालले भने । विकासका काममा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेमा राज्यका सबै निकाय सजग हुनुपर्ने उनको भनाइ थियो । ‘न्यायपालिकाको निर्णय गर्ने तरिकाका बारेमा पनि गहन चिन्तन, मनन गर्नुपर्ने भएको छ,’ नेपालले भने, ‘यसरी विकासका निम्ति सहयोगी हुनुपर्नेमा बाधा उत्पन्न हुने किसिमको कुनै पनि काम नहोस् भन्नेबारेमा हामीले सबै निकायलाई सजग बनाउनुपर्ने आवश्यकता छ ।’ अदालतको फैसलाको पूर्ण पाठका आधारमा निर्माण कार्यलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो । ‘अदालतको फैसला हेरौँ र फैसलाको पाठका आधारमा यो निर्माण गर्ने कुरामा अगाडि बढ्नुपर्छ भन्ने मेरो धारणा छ,’ उनले भने । त्यस्तै, नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने टिप्पणी गरे । विमानस्थल बनाउन नसके ठूलो मूल्य चुकाउनुपर्ने उनको भनाइ थियो । यसका लागि आवश्यक परे सर्वदलीय सहमति गरेर पनि काम गर्नुपर्ने उनले बताए । ‘नेपालको आर्थिक विकासमा निजगढ एयरपोर्टलाई बनाउन नसकेमा धेरै ठूलो मूल्य चुकाउनुपर्छ । सबै दल र जनप्रतिनिधिले गम्भीरताका साथ सोच्नुपर्छ,’ सिंहले भने, ‘सर्वदलीय रुपमा पारित गरेर भए पनि, कानुनमा संशोधन गर्नुपरे पनि गरेर अगाडि जानुपर्छ ।’ त्यस्तै, नेकपा (एमाले) का सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए । सर्वोच्च अदालतको आदेश वेवास्ता गरेर भए पनि निर्माण हुनुपर्नेमा उनको जोड छ । ‘अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा त्यो अलिकति मिलाएर बनाऊँ न । त्यो हेर्‍याहेर्‍यै हुन्छ । लड्नुपर्‍यो भने लडौँला मुद्दा । अदातले चाहिँ गर्नु हुने अनि हामीले राष्ट्रको हितमा कदम चाल्नु नहुने हुन्छ ?’ रावलले भने, ‘अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? राज्यको अंग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन ? त्यहाँ बस्ने व्यक्तिहरूले ?’ नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले निजगढ विमानस्थल बन्न नसेकमा सय वर्ष पछाडि परिने टिप्पणी गरे । उनले कानुन परिवर्तन गरेर भए पनि सो आयोजनालाई छिट्टै सम्पन्न गर्नुपर्नेमा जोड दिए । निर्माण सम्पन्न गर्न नदिने सर्वोच्चको फैसला खारेज गर्ने दिशामा जानुपर्ने उनको भनाइ छ । ‘नेपालको कानुन नै परिवर्तन गरेर हामीले यो योजनालाई छिटोभन्दा छिटो सम्पन्नको दिशामा हामीले लानैपर्छ । यदि लगिएन भने हामी सय वर्ष पछाडि परिन्छ,’ किराँतीले भने, ‘यस्तो राष्ट्रघाती कदम विभिन्न राज्यका निकायबाट भइराखेको छ यो खेदजनक छ । आपत्तिजनक छ । यसलाई खारेज गर्ने दिशामा जानुपर्छ ।’ सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माण कार्य रोक्न आदेश जारी गरेको छ । यद्यपि, सर्वोच्च अदालतको उक्त फैसलाको पूर्ण पाठ भने आइसकेको छैन ।
shilapatra.com
2,752,318
‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ मन्त्रका साथ नेपाली हस्पिटालिटी सहित पहिलो सेवा प्रारम्भ गरेको होटल पौवा प्रालिले पोखराको लेकसाइडमा पनि सेवा बिस्तार गरेको छ । बिस्तारित ११औं शाखाको चैत १० गते गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्ने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उद्घाटन अवसरमा ३ दिनसम्म पौवा स्वाद उत्सव पौवाका सबै शाखाका सेफबीच अन्तरशाखा प्रतिस्पर्धा, नेपाली आतिथ्यबारे सम्मेलनसहित विविध कार्यक्रम हुने होटल पौवाका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले बताए । ‘होटलमा लगानी गर्नु अझै पनि चुनौतीपुर्ण छ । तर हामी यो चुनौतीलाई अवसरमा रुपान्तरण गर्नका लागि होटल पौवाको विस्तार गर्दै पोखरा आइपुगेका छौ’, ज्ञवालीले भने ‘आन्तरिक पर्यटक र बाह्य पर्यटकको सही संयोजन गर्न सके होटल व्यवसाय संचालन गर्न सकिन्छ भन्ने आफूहरुको अनुभव रहेकै कारण पोखरामा प्रवेश गरेका हौं । नेपाली बजारमा विदेशी हस्पिटालिटी प्रयोग हुँदै आएको सन्दर्भमा पौवामा प्रवेश गर्ने जो कोही पाहुनाले नेपाली सत्कार, नेपाली संस्कार र नेपाली स्वादको अनुभूति गर्ने अध्यक्ष भण्डारीले बताए । सुन्दर गार्डेनसहितको सुविधासम्पन्न होटल भवनमा सुपर डिलक्स र मिनी सुईटगरी ३९ वटा सुविधा सम्पन्न कोठाहरु छन् । प्रत्येक कोठामा एसी छन् भने इन्टरनेट सुविधा उपलब्ध छ । कोठाबाटै माछापुच्छ«े र अन्नपूर्ण हिमालसहित शान्तिस्तुपा र रानीवनको सुन्दर दृश्यावलोकन गर्न सकिन्छ । पौवामा पर्याप्त पार्किङ छ । सबैखाले सुविधायुक्त पौवा यस्ता कार्यक्रमहरु गर्न पोखरा र आसपासका बासिन्दाका लागि समेत सहज गन्तव्य बन्ने होटलका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले विश्वास व्यक्त गरे । पौवा पोखराले मात्र ५० भन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिएको छ । रुपन्देहीको सालझण्डीबाट यात्रा सुरु गरेको पौवाले रुपन्देहीकै भैरहवा र बुटवल, कपिलवस्तुको गोरुसिङ्गे, दाङको भालुवाङ, लमही र घोराही, कर्णाली प्रदेशको जुम्ला, पाल्पाको तानसेन, गुल्मीको रेसुङ्गा र सुदूरपश्चिम प्रदेशको धनगढी पोखरा आएको हो । पौवा अब राजधानी काठमाडौं र नेपालगन्जमा पनि विस्तारको तयारी रहेको अध्यक्ष भण्डारीले बताए ।
eadarsha.com
4,918,133
नवगायक दिल बिश्वकर्माले आफ्नो पहिलो डेब्यु गीत ‘अष्ट्रेलिया जाउली माया’ को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । डान्सिङ बिटको रमाइलो गीतले विदेशमा होइन स्वदेशमा केहि गर्नु पर्छ भन्ने संदेश बोकेको छ। यस गीतमा स्वर हाल वैदेशिक रोजगारको क्रममा दक्षिण कोरियामा रहेका गायक दिल विश्वकर्माको रहेको छ। यस गीतलाई प्रकाश न्यौपानेले लेखेका हुन् भने तिलक बस्नेतले संगीतवद्द गरेका हुन्। रमेश सेन्चुरीले गीतलाई संगीत संयोजन गरेका हुन्। म्युजिक भिडियोमा नायिका आँचल शर्माको साथमा कलाकार सुलेमान शंकर ( इकु) र सागर लम्साल ‘बले’ फिचर्ड छन्। सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको यस भिडियोलाई उत्सव दहालले छायांकन गरेका हुन्। विकाश दहालले सम्पादन गरेको भिडियोलाई मुस्कान ढकालको निर्देशनमा तयार पारिएको हो ।
rajdhanidaily.com
6,055,337
वाइडबडी जहाज खरिद प्रकरणमा अख्तियारले ५ वर्षपछि बिहीबार एकाएक विदेशी कम्पनीका तीन प्रतिनिधिलाई बयानका लागि आउन सूचना निकालेको छ । २१ मंसिर, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिद प्रक्रियामा जोडिएका तीन विदेशी कम्पनीका सञ्चालकलाई बयानमा बोलाएको छ । नेपाल बायुसेवा निगमले वाइडबडी विमान खरिद गर्दा भएको भनिएको भ्रष्टाचार प्रकरणको अनुसन्धानका लागि अख्तियारले नेपाली मूलका बेलायती नागरिक दीपक शर्मा, जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन र रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई १५ दिनभित्र उपस्थित हुन सार्वजनिक सूचना जारी गरेको हो । बिहीबार द राइजिङ नेपाल दैनिकमा प्रकाशित सूचनामा भनिएको छ, ‘देहायका व्यक्ति पासपोर्ट र हालसालै खिचिएको फोटोसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टंगालस्थित कार्यालयको कोटा नं. १०८ मा १५ दिनभित्र उपस्थित हुन यो सूचना प्रकाशित गरिएको छ ।’ निगमले ए–३३०–२०० विमान खरिद गर्दा भ्रष्टाचार भएको भन्ने उजुरीको छानबिनका सिलसिलामा उनीहरुलाई बोलाइएको अख्तियारले सूचनामा उल्लेख गरेको छ । भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४३ मा अनुसन्धानको दायरामा परेको व्यक्तिलाई सूचना पुर्‍याउन नसकेमा वा म्याद तामेल नभएमा सार्वजनिक सूचना निकाल्ने व्यवस्था छ । अख्तियारले बोलाएकामध्ये दीपक शर्मा निगमलाई दुईवटा वाईडबडी विमान बेच्ने सम्झौता गरेको अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् । सूचनामा उल्लिखित जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान खरिद बिक्री प्रक्रियामा जोडिएको जर्मनीस्थित जर्मन एभिएसन क्यापिटल, यही नाममा सिंगापुरमा दर्ता भएको अर्को कम्पनी र निगमलाई वाइडबडी विमान बेच्न आयरल्याण्डमा खडा गरिएको हाई फ्लाई एक्सका निर्देशक हुन् । तेस्रो व्यक्ति ओलेग कालिस्त्रु जर्मन एभिएसन क्यापिटल नामक कम्पनीका वित्तीय निर्देशक हुन् । २०७३ सालमा नेपाल वायुसेवा निगमले बजार विस्तारका लागि भन्दै दुईवटा वाइडबडी विमान खरिद गर्ने निर्णय गरेको थियो । खरिदका लागि निगमले अमेरिकाको एएआर इन्टरनेशनल नामक कम्पनी छनौट गरेको थियो । तर खरिदको समझदारी (एमओयु) गर्ने क्रममा एएआरका साथै जर्मन एभिएसन क्यापिटल र हाइफ्लाई एरोज पोर्चुगल कम्पनी पनि समावेश भए । यी तीनवटै कम्पनीले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक कम्पनी स्थापना गरे । नेपाल वायुसेवा निगमले जहाज खरिदका लागि उसैसँग सम्झौता गर्‍यो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको थियो । सन् २०१७ फेब्रुअरी २१ अर्थात् २०७३ साल फागुन १० गते स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाईडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल बायुसेवा निगमलाई बेचेको हो । १ मार्च २०१७ (२०७३ फागुन १८ गते) मा बैना स्वरुप १० लाख अमेरिकी डलर भुक्तानी गरेको निगमले १९ जुन २०१७ (२०७४ असार ५ गते) मा थप ७ करोड ९० लाख भुक्तानी गरेको थियो । २८ जुन २०१८ (२०७५ असार १४ गते) र २६ जुलाई (२०७५ साउन १० गते) मा नेपालमा दुईवटा वाइडवडी विमान ल्याइएको थियो । विमान तयार भएपछि रकम भुक्तानीका लागि भने जर्मनीकै नटर्न रोज फुलब्राइट नामक कम्पनीसँग सम्झौता भएको थियो । दुईवटा पक्षले विश्वास गरेको तेस्रो पक्षको खाता (जसलाई एस्क्रो खाता भनिन्छ) मा रकम राखी सम्झौता अनुसारको काम भएको भुक्तानी गरिएको थियो । नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर करिव २४ अर्ब रुपैयाँमा दुईवटा वाइडबडी विमान खरिद गरेको थियो । एउटा कम्पनीलाई टेण्डरमा छनौट गर्ने, थप दुईवटा कम्पनी जोडिएको कन्र्सोटियमसँग समझदारी गर्ने र अर्कै खातामा रकम भुक्तानी गरेपछि वाइडबडी विमान खरिद प्रक्रिया विवादमा परेको थियो । प्रश्न उठेपछि यसबारेमा अध्ययन गर्न प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले उपसमिति नै गठन गरेको थियो । सांसद राजन केसीको संयोजकत्वमा गठित उपसमितिले २०७५ पुसको तेस्रो साता बुझाएको प्रतिवेदनमा दुईवटा वाइडबडी विमान खरिदमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ अनियमितता भएको दाबी गरेको थियो । उसले विमान उत्पादक कम्पनी एयरबस र नेपाल बायुसेवा निगम बीचमा खडा गरिएको हाईफ्लाई एक्स नामक कम्पनीबीचको अपारदर्शी कारोबार भएकाले त्यो खुलेमा अनियमितताको अंक थप स्पष्ट हुने औंल्याएको थियो । लेखा समितिले उडान भर्दाको अधिकतम तौल, मूल्यवृद्धिको अनुपात, गलत लागत अनुमान तयार गरिएको लगायतका आधार देखाई अनियमितता भएको दावी गरेको थियो । सोझै उत्पादकसँग खरिद नभएको, आशयपत्रका शर्तहरु दुराशययुक्त रहेको पनि लेखाको निष्कर्ष थियो । विमानको क्षमता घटाइएको, विचौलिया कम्पनी खडा गरिएको, शंकास्पद कारोबार भएको, उत्पादन नम्बर फेरिएको, खरिद कानुनको उल्लंघन भएको र कबोल गरिएको मूल्यमा वृद्धि भएको भन्दै अनियमितता भएको निष्कर्ष निकालेको थियो । लेखा समितिको दाबी अनुसार, तोकिएभन्दा कम तौल क्षमताको विमान खरिद गर्दा निगमलाई करिब ९२ करोड रुपैयाँ क्षति पुगेको थियो । कम तौलका कारण अष्ट्रेलियाको सिड्नी लगायतका गन्तव्यमा सोझो उडान भर्न सम्भव नहुने भन्दै उपसमितिले निगमलाई दीर्घकालीन नोक्सानी पुगेको ठम्पाएको थियो । छानबिन सुरु भएपछि लेखा समितिमा तत्कालिन महाप्रबन्धक सुगतरत्न कंसाकारले कानुनले ठेकेदारको रुपमा चिन्ने कम्पनीलाई विचौलिया भन्न नहुने धारणा राखेका थिए । कंसारकाले संसारभर स्पेसल प्रपोज कम्पनी (एसपीसी) गठन गर्ने प्रचलन रहेको भन्दै निगमको विमान खरिदमा पनि त्यही प्रक्रिया अवलम्बन गरिएको प्रतिक्रिया दिएका थिए । अख्तियारले नेपाल बायुसेवा निगमलाई वाइडबडी विमान बिक्रीमा संलग्न कम्पनी र तिनका सञ्चालकहरुलाई अनुसन्धानका सिलसिलामा झिकाएको यो पहिलो घटना भने होइन । चैत, २०७५ मा पनि अख्तियारले यसैगरी खरिद प्रक्रियामा जोडिएका ५ वटा कम्पनीहरुका नाममा सूचना जारी गरेको थियो । त्यतिबेला अख्तियारले आयरल्याण्डको डब्लिनस्थित हाइफ्लाई एक्स लिमिटेड, अमेरिकाको एएआर इन्टरनेशनल, जर्मनीको जर्मन एभिएसन क्यापिटल, पोर्चुगलको हाई फ्लाई एरोज पोर्चुगल र जर्मनीकै नटर्न रोज फुलब्राइटलाई झिकाएको थियो । लामो समय मौन रहेको अख्तियारले विहीबार अर्को सूचना निकालेर ३ जनालाई बोलाएको हो । वाइड बडी विमान खरिदबारे छानबिन गर्न तत्कालिन लेखा समितिले गठन गरेको उपसमिति संयोजक सांसद राजन केसीले घटनाको पाँच वर्षपछि भए पनि छानविन अघि बढ्नु सकारात्मक भएको बताए । ‘हामीले त्यतिबेला उपलब्ध कागजातका आधारमा अध्ययन गरेर प्रतिवेदन बुझाएका थियौं, अख्तियारले साह्रै ढिलो अनुसन्धान अघि बढाएको छ’, उनले भने, ‘यसमा गडबड छ भनेर प्रतिवेदन नै दिएपछि संवैधानिक आयोगले समयमै काम टुंग्याउनुपर्ने थियो, निकै ढिला भयो ।’ न्यायिक र शासकीय मामिलामा कलम चलाउने ज्ञवाली अनलाइनखबरमा खोजमूलक सामग्री संयोजन गर्छन् ।
onlinekhabar.com
1,537,927
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ । हालसम्म हुम्लामा एक हजार नौ सय २० क्विन्टल, मुगुमा एक हजार एक सय ७३ दशमलव ५० क्विन्टल, जुम्लामा एक सय ३०, डोल्पामा पाँच सय ३५, कालीकोटमा एक सय ५० क्विन्टल गरी तीन हजार नौ सय आठ दशमलव पाँच क्विन्टल पोषणयुक्त चामल बिक्रीका लागि पठाइएको कम्पनीका कर्णाली प्रदेश निमित्त प्रमुख माधव मिश्रले जानकारी दिए । आठवटा पौष्टिक तत्व मिलाएर राजापुर मिलबाट चामल उत्पादन भइरहेको छ । हाल सम्म आठ हजार चार सय ७६ दशमलव ९० क्विन्टल चामल उत्पादन भएको छ । ७३ हजार क्विन्टल चामलमा पौष्टिक तत्व मिलाएर उत्पादन गरिने उहाँले बताउनुभयो । हुम्लामा विमानबाट चामल ढुवानी हुँदै आएको छ । निमित्त प्रमुख मिश्रका अनुसार साविकको कर्णालीमा मात्र पहिलो चरणमा भए पनि आउँदो आर्थिक वर्षमा कर्णालीका सबै जिल्लामा उक्त चामल बिक्री गरिने छ । दैनिक रूपमा खाइने चामलमा सामान्य विधिबाट भिटामिन तथा खनिज तत्व मिसाएर बनाइन्छ । हाल एक्स्टुजन विधिबाट चामलमा पौष्टिक तत्व स्तरोन्नति भइरहेको छ । यस विधिमा भिटामिन र खनिजको मिश्रणलाई चामलको पिठोमा मिलाइ एक्स्टुुजन मेसिनबाट चामलको जस्तै आकार र रङ हुनेगरी उत्पादन गरिन्छ । स्तरोन्नति गरिएको चामलमा आइरन, जिङ्क, भिटामिन ‘ए’, फोलिक एसिड, भिटामिन बी–१२, थायमिन, नियासिन, पाइरिडक्सिन मिसाएर तयार गरिन्छ । दोस्रो चरणमा अन्य जिल्लामा पनि वितरण गरिने भएको छ । खाद्यविज्ञका अनुसार पौष्टिक तत्व स्तरोन्नति गरिएको चामल साथसाथै दाल, तरकारी र फलफूल, माछा, मासुु, दूधजन्य परिकार आदि मिलाएर उपयोग गरेमा शरीरलाई आवश्यक पौष्टिक तत्व प्राप्त हुन्छ । चामलको गुणस्तरसम्बन्धी मापदण्डअनुसार स्तरोन्नति गरिएको प्रतिकिलो चामलमा आइरनको मात्रा ३९ देखि ७२ मिलीग्राम, जिङ्क ३२ देखि ५९ मिलीग्राम, भिटामिन ‘ए’ शून्य दशमलव ८९ देखि दुई दशमलव २१, फोलिक एसिड शून्य दशमलव २४ देखि शून्य दशमलव ५९ र भिटामिन बी–१२ भने शून्य दशमलव ००७ देखि शून्य दशमलव ०२० मिलीग्राम हुनुपर्ने छ । पौष्टिक तत्व स्तरोन्नति गर्दा आइरनको स्रोतका लागि फेरिक पाइरोफोस्फेट, जिङ्क स्रोतका लागि जिङ्क अक्साइड, भिटामिन ‘ए’ को स्रोतका लागि रेटिनाइल पाल्मिटेट वा रेटिनाइल एसिटेट, फोलिक एसिड, भिटामिन बी–१२ को स्रोतका लागि साइनोकोबलामाइनजस्ता स्वरूपका यौगिकहरू थप गर्न सकिने मापदण्डमा उल्लेख छ । निकट भविष्यमा निजी क्षेत्रबाट पौष्टिक तत्व स्तरोन्नति गरिएको चामलको दाना नेपालमै उत्पादन गर्ने व्यवस्था मिलाइने बताइएको छ । नेपाल जनसङ्ख्याकी तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार ४३ प्रतिशत पाँच वर्षमुुनिका बालबालिका, ३४ प्रतिशत रक्तअल्पताले गम्भीर जनस्वास्थ्य समस्याको सिकार भइरहेका छन् । नेपालमा विभिन्न प्रकारका कुुपोषणको दरमा सुधार आइरहेको भए पनि सुक्ष्म पोषक तत्वको कमीका कारण हुने कुपोषणको दर उच्च रहेको अध्ययनले देखाएको छ । कर्णालीका ३६ वटा डिपोमा प्रदेश कार्यालयबाट स्टिम जिरा चामल १६ हजार आठ सय २० दशमलव २५ क्विन्टल चामल पठाइएको छ । त्यस्तै अरुवा मोटो चामल पाँच सय ९० क्विन्टल, अरुवा सोना चामल १५ क्विन्टल, मोटा चामल चार सय ३३ क्विन्टल, मकवानपुर चामल नौ सय १२ क्विन्टल, स्टिम जिरा चामल नौ सय ४३ दशमलव ५० क्विन्टल कर्णालीका जिल्लामा पठाएको छ । लहान, थापाथली, वीरगञ्ज, विराटनगर, राजापुर, धनगढी, विर्तामोड, महेन्द्रनगरबाट कर्णालीमा खाद्यान्न आउने गर्दछ । यसमध्ये अघिल्लो वर्षको एक हजार एक दशमलव २५ क्विन्टल चामल मौज्दात थियो । दुई सय ५० क्विन्टल गहुँ दैलेख शाखामा पठाएको कम्पनीले जनाएको छ । एक हजार एक सय लिटर सूर्यमुखी तेल, दुई हजार लिटर तोरी तेल, पाँच सय लिटर सोयविन तेल कालिकोटमा पठाएको छ । पाँच दशमलव १० क्विन्टल मल्का ताल कालिकोट पठाएको छ । कर्णालीबाट थापाथलीमा ३४ दशमलव ७९ क्विन्टल सिमी, एक क्न्विन्ट चिनो चामल, १० क्विन्टल उवा र २० किलो फापर पठाएको छ । आठ सय ५० लिटर तोरी तेल मुगुमा पठाएको कम्पनीले जनाएको छ । कर्णालीमा खाद्यान्न आयातमात्र होइन, निर्यात पनि गरिन्छ भन्ने सन्देश गएको निमित्त प्रमुख मिश्रले बताए । एक लाख ७३ हजार क्विन्टल चामल कर्णालीमा आवश्यक पर्ने गरेको उनले जानकारी दिँदै २५ हजार क्विन्टल केही दिनमै प्राप्त हुने बताए । कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा चालु आवदेखि चामल पठाउन सुरु गरिएको छ । शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ । साल्दाङमा पाँच सय क्विन्टल र धो मा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याएको छ । साल्दाङमा प्रतिकेजी रु ९५ र धो मा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ । डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ ।
kendrabindu.com
634,257
काठमाडौँ, ७ फागुन – जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललित भण्डारी, शक्ति गौचन, अनिलकुमार साह र ललितनारायण राजवंशी छन् । वैकल्पिकतर्फ सुनील धमला, किशोर महतो, सिद्धान्त लोहनी र विनोद भण्डारी रहेका छन् यही फागुन २० गतेदेखि शुरु हुने छनोट खेलमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा आयोजक जिम्बावे, अफगानिस्तान, स्कटल्याण्ड र हङ्कङ छन् । नेपालले आफ्नो पहिलो खेल फागुन २० गते जिम्बावेसँग खेल्ने छ भने दोस्रो खेल फागुन २४ गते स्कटल्याण्डसँग, तेस्रो २६ गते अफगानिस्तानसँग र चौथो खेल २८ गते हङ्कङसँग खेल्ने छ । प्रतियोगिताको विजेता र उपविजेता टोलीले सन् २०१९ मा इङ्ल्याण्ड हुने विश्वकप प्रतियोगितामा सहभागिता जनाउने छन् ।
lokpath.com
5,974,485
दाङको तुलसीपुर उपमहानगरपालिकामा एमालेले सुरुवाती अग्रता लिएको छ ।
sunaulonepal.com
5,464,413
खोटेसल्लाका कारण पानीका मुहान सुकेपछि तल्लो स्वराड क्षेत्रको मेलौली नगरपालिका–९, विशालपुरका सामुदायिक वनमा काफल रोप्न चार हजार खाडल तयार पारिएको वडाध्यक्ष लोकराज भट्टले बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यव्रम अन्तर्गत ९५ जना महिलाले खाडल तयार पारेको उहाँले बताउनुभयो । उहाँले सल्लाका वनमा बर्सेनि आगलागी हुँदा अन्य हरियाली बिरुवा नाश भएपछि काफल रोप्न खाडल खनिएको बताउनुभयो । स्थानीय असुर–मौजा सामुदायिक वनको टिकको लेकमा खाडल तयार पारिएको सामुदायिक वनका अध्यक्ष महेन्द्र भट्टले बताउनुभयो । सल्लाको रुख एकैचोटि विस्थापित गर्न गाह्रो हुने भएकाले हरेक वर्ष चार हजार खाडल खनेर पानी सञ्चित गर्ने बिरुवा रोप्ने लक्ष्य राखिएको सामुदायिक वन उपभोक्ता समितिका सचिव रामदत्त भट्टले बताउनुभयो । सल्लाको वनका कारण तल्लो स्वराड क्षेत्रको पाटन, मेलौली नगरपालिका, शिवनाथ, पञ्चेश्वर र सिगास गाउँपालिका–१ का अधिकांश पानीका मुहान सुक्दै गएका छन् । सल्लाको रुखले पानी सञ्चित गर्न नसक्ने भएकाले विकल्पमा अन्य बिरुवा रोप्नुपर्ने डिभिजन वन कार्यालय बैतडीका अधिकृत दिलीपकुमार यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ तीन प्रकारका सल्लाको प्रजाति छन् । लौटसल्ला, द्वारसल्ला र खोटेसल्ला । यीमध्ये खोटेसल्लाको वन क्षेत्र बढी छ । खोटेसल्लाले पानी सञ्चित गर्न सक्दैन । त्यस कारण अन्य प्रजातिका बिरुवा रोप्नुपर्ने देखिएको छ ।” उहाँका अन्ुसार, “यो वर्ष डिभिजन वन कार्यालयमार्फत काफलको वृक्षरोपण गर्ने तयारी भएको छ । वृक्षरोपणका लागि हामीले नर्सरी स्थापना गरेका छौँ । आगलागी नियन्त्रण र जथाभाबी सडक खन्न बन्द गरेर पानी सञ्चित गर्ने बिरुवा रोप्न सके पानीका मुहान जोगाउन सकिन्छ ।” खोटेसल्लाको वन क्षेत्र भएको शिवनाथ गाउँपालिकामा पानीका सबै मुहान सुकेपछि महाकाली नदीबाट पानी लिफ्ट गर्न ४४ करोड रुपियाँको गुरुयोजना तयार भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो । उहाँले भन्नुभयो, “सल्लाको वन त पूरै हटाउनुपर्ने देखियो । खोटेसल्लाका कारण शिवनाथमा पानीका मुहान सुके । सल्लो हटाउनुअधि वनमा अन्य प्रजातिका बिरुवा बाज, काफल, लालीगुँरास, सिलङ्गो रोप्नु पर्छ । सामुदायिक वनका पदाधिकारीले यस्तो कार्यक्रम ल्याए गाउँपालिकाले सक्दो सहयोग गर्ने छ ।”
gorkhapatraonline.com
5,556,068
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोली (शनिबार) त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । “हाम्रो नाममा ब्रिटिस सरकारले एउटा सिपाही बराबर चार सय डलर लिन्थ्यो तर गोर्खा सैनिकले मात्र एक सय डलर बराबरको खर्च पाउँथे । पेन्सनमा पनि त्यस्तै विभेद थियो ।” यो कुरा बताइरहँदा भूतपूर्व गोर्खा सैनिक वयोवृद्ध ७७ वर्षीय डम्बरबहादुर लिम्बू तुम्बाहाम्फेको शिर निहुरियो । स्पेनले खडेरीका कारण उत्पादनमा कमी आएको भन्दै त्यसको पूर्तिका लागि थप गहुँ, मकै र जौ आयात गर्ने बताएको छ । सरकारले नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देश हुँदै आएका मलेसिया र खाडीका मुलुकको विकल्पमा युरोपतर्फ ‘मोड्ने’ तयारी गरेको छ ।
gorkhapatraonline.com
4,115,597
प्रसिद्ध धार्मिकस्थल वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल निर्माण भए पनि अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम भारतीय बाटो हुँदै जानुपर्ने बाध्यता हटाउन नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित नारायणी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको थियो । विसं २०७९ साउनमा पुल निर्माण सम्पन्न भए पनि १८ महिना बितिसक्दासमेत पुल सञ्चालन गर्ने कुनै तरखर देखिँदैन । पाँच करोड ८७ लाखको लागतमा चार सय ७९ मिटर लम्बाइको पुल निर्माण गरिएको हो । विसं २०७० असारमा सम्झौता भएर पुल निर्माणको काम अघि बढेको थियो । त्यसको नौ वर्षपछि पुल निर्माण सम्पन्न भएको थियो । वाल्मीकि आश्रम चितवनको माडीमा पर्ने भए पनि नवलपुरको त्रिवेणीबाट भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता रहेको छ । यही बाध्यतालाई हटाउन त्रिवेणीस्थित नारायणी नदीमा पुल निर्माण गरिएको हो । तर पुल निर्माण सम्पन्न भएको यतिका समय बित्दासमेत अझै सञ्चालनमा आउन सकेको छैन । वाल्मीकि आश्रम हाल त्रिवेणी ब्यारेजबाट करिब आठ किलोमिटर भारतीय बाटो प्रयोग गरी पुग्न सकिन्छ । प्रसिद्ध धार्मिक क्षेत्र भए पनि यहाँ पुग्न सहज छैन । झोलुङ्गे पुल निर्माण सम्पन्न भए पनि अर्को छेउमा तारबार गरी बन्द गरिएको विनयी त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष नुरेन्द्र शाहले बताए । पुलबाट वाल्मीकि आश्रम पुग्न नसकिए पनि पुल अवलोकनका लागि भने आन्तरिक पर्यटक आउने गरेको उनको भनाइ छ । पुलमा आउने तस्बिर खिच्ने, घुमफिर गर्नेको पुल क्षेत्रमा भीड लाग्ने गरेको वडाध्यक्ष शाहले बताए । त्रिवेणीस्थित झोलुङ्गे पुल तरेपछि वाल्मीकि आश्रमसम्म पुग्न करिब एक हजार सात सय मिटर बाटो निर्माण गर्नुपर्ने छ । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा निर्माण गर्नुपर्ने बाटो नबन्दा पुल सञ्चालनमा आउन नसकेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए । बाटो बनाउने विषयमा पटक–पटक निकुञ्जसहित सरोकारवालासँग छलफल चले पनि कुनै प्रगति हुन नसकेको उनको भनाइ छ । “बैठकमा पुल सञ्चालन गर्ने, बाटो बनाउने भन्ने सबैको राय मिल्छ, नबनाउने भन्ने कसैको कुरा हुन्न तर कामको प्रगति भएको छैन”, उनले भने । सरोकारवाला मन्त्रालयबीच आवश्यक समन्वय नहुँदा कतिपय काम अघि बढ्न नसकेको उनको भनाइ छ । “वाल्मीकि आश्रम जोड्ने झोलुङ्गे पुल चलाउने, बाटो बनाउने भनेर पालिकाले नै पटक–पटक समन्वय गर्यो, तर उस्तै छ”, अध्यक्ष गिरीले भने, “हामीकहाँ अन्तर मन्त्रालयको समन्वयको कमीले समेत विकास निर्माणमा समस्या हुने गरेको छ ।” नारायणी नदीपारि वाल्मीकि आश्रम र वारि प्रसिद्ध धार्मिकस्थल त्रिवेणीधाम रहेको छ । दुई धार्मिकस्थललाई जोड्ने महत्त्वपूर्ण मानिएको पुल सञ्चालनमा आउने हो भने पर्यटकको थप आगमन बढ्ने त्रिवेणी गजेन्द्रमोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्दे्रश्वर भुसालले बताए । पुल सञ्चालनमा आए वाल्मीकि आश्रम आउने पर्यटक सहजै त्रिवेणीधाम र त्रिवेणीधाममा आएका पर्यटक सहजै वाल्मीकि आश्रम पुग्न सक्ने उनको भनाइ छ । दुवै धार्मिक क्षेत्रको विकासका लागि झोलुङ्गे पुलले सहयोग पुर्याउने भएकाले यसको सञ्चालनमा सरोकारवाला पक्षले जोड दिनुपर्ने उनको भनाइ छ । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
4,426,975
रफाहमा हमासविरुद्धको सैन्य कारबाही अन्त्य हुने आशामा शङ्का व्यक्त गर्दै एक इजरायली अधिकारीले बुधबार यस वर्षको अन्त्यसम्म गाजामा युद्ध जारी रहनसक्ने बताएका छन् । इजरायलका राष्ट्रिय सुरक्षा सल्लाहकार जाची हानेग्बीले सन् २०२४ लाई इजरायलको युद्ध मन्त्रीमण्डलले ‘लडाइँको वर्ष’ घोषणा गरेको सङ्केत गरेका छन् । “हामी अहिले सन् २०२४ को पाँचौँ महिनामा छौं । हमास र इस्लामिक जिहादको सैन्य र सरकारी क्षमताहरू नष्ट गर्ने हाम्रो लक्ष्य हासिल गर्न हामी थप सात महिनाको लडाइँको अपेक्षा गर्दछौँ,” हानेग्बीले बताए । हमासविरूद्धको कारबाही सुरु भएपछिको पहिलो पटक मध्य रफाहमा देखिएका इजरायली ट्याङ्कहरू बुधबार दक्षिणी गाजा सहरतर्फ अगाडि बढेपछि यी टिप्पणीहरू आएका हुन् । आक्रमण रोक्न विश्वव्यापी दबाब बढ्दै जाँदा पनि इजरायलले आफ्नो सैन्य आक्रमण जारी राखेको सिएनएनले जनाएको छ । इजरायली सरकारले हमास विरुद्धको युद्धको अन्तिम चरण रफाहमा प्रवेश हुने बताएको थियो । हमाससँग बन्धकहरूका फिर्तीबारे सम्झौतामा विचार भएपनि इजरायली युद्ध मन्त्रीमण्डलको अधिक कट्टर समूहले गाजामा रहेको बन्धकहरूको फिर्ती पश्चात लडाकू समूहको विनाशलाई प्राथमिकता दिँदै रफाह आक्रमण बढाउनपर्नेमा जोड दिएको छ ।
kharibot.com
5,622,283
काठमाडौँ महानगरपालिकाले माघ १० गतेदेखि विभिन्न कार्यक्रमको आयोजना गरी साप्ताहिक रूपमा यस वर्ष शहीद दिवस मनाउने निर्णय गरेको छ। महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको संयोजकत्वमा बसेको मूल समारोह समितिको बैठकले सो निर्णय गरेको हो।
gorkhapatraonline.com
4,237,888
२०७० सालको बैशाख ९ गते घरको रमाइलो वातावरणमा एक्सासी आफ्नो जिन्दगीमा अन्धकार कालो बादल बनेर आएको घटनापछि जीवन–संघर्ष गरिरहेकी विन्दबासिनी कंशाकारको एउटा सपना पूरा हुनेतिर लम्केको छ। एसिड आक्रमणमा परेर आफ्नो हँसिलो संसार गुमाएकी उनी अब केही दिनमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा सांसदको रुपमा यात्रा थाल्ने पक्का भएको छ। रास्वपाले २ करोड घुस प्रकरणमा अडिओ सार्वजनिक भएका सांसद डा ढाकाप्रसाद श्रेष्ठलाई सांसदबाट निलम्बन गर्न सिफारिस गर्नेदेखि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेपछि विन्दबासिनीको ‘भाग्य’ खुलेको हो। समानुपातिकतर्फ जनजाती महिलाको सूचीमा रहेकी उनी यसअघि अटाएकी थिइनन्। सांसद श्रेष्ठ कारबाहीमा परेपछि दललाई उनी छान्ने विकल्प खुलेको थियो। उनको स्थानमा दलले मेघबहादुर आलेलाई पठाउन सक्थो। तर बुधबार बसेको रास्वपाको केन्द्रीय कार्यसमिति बैठकले कंशाकारलाई नै पठाउने निर्णय गर्‍यो। योसँगै अब उनले प्रतिनिधि सभाको रोष्टममा पुगेर आफूजस्तै पीडितहरुको आवाज उठाउने र उनीहरुका लागि कानुन बनाउन भूमिका खेल्ने अवसर पाएकी छन्। भारतीय नागरिक कमलराज केंसारको (एसिड प्रहार गर्ने)सँग पहिलो पटक फूपुको छोराको मिल्ने साथीको रुपमा परिचय भएको थियो। उसले आफ्नो नाम केशरी बताएको थियो। विन्दबासिनीको पहिलो भेट फूपुको छोराको विवाहमा भएको थियो। त्यसपछि कहिलेकाही फाट्टफुट्ट भेट हुन्थ्यो। केशरी फूपुको घरमा निरन्तर आइरहन्थे। उनी पनि त्यहिँ जाने क्रममा भेट हुन्थ्यो। केशरी त्यसपछि हेटौंडाको मेनरोडमा अवस्थित विन्दबासिनीको पसलमा पनि आउन थाले। कलेज जाँदा, ट्युसन जाँदा पनि बाटो ढुकेर बस्ने र पछ्याउने गर्न थाले। केशरीले विन्दबासिनीको नम्बर पत्ता लगाएर ब्लफ कल पनि गरेर सताउन थाले। कैयौंपटक केशरीले विन्दबासिनीलाई फोनबाट प्रेम प्रस्ताव राखे। तर उनले मानिनन्। एक दिन विवाहकै प्रस्ताव राखेपछि आफू विवाह गर्न नसक्ने भन्दै सम्झाउने प्रयास गरिन्। तर केशरी सधैंझै एकतर्फी प्रस्तुत भइराखे। दैनिकी नै असर पर्नेगरी पटक–पटक भेट्ने र विवाको प्रस्ताव स्वीकार्न दबाब दिन थालेपछि विन्दबासिनीले उक्त कुरा परिवारमा सुनाइन्। केशरीले आफूलाई मानसिक रुपमा तनाव दिएको र हिँडडुल गर्नै असुरक्षित हुँदै गएको समस्या परिवारमा सुनाइन्। भोलिपल्ट बिहानै पसलमा बसिरहेकी विन्दबासिनीलाई भेट्न आएका केशरीलाई विन्दबासिनीका बुबा मधुसुधनले राम्रोसँग सम्झाएर पठाए। त्यतिखेर सबै कुरा सम्झेझैं गरेर पसलबाट बाहिरिएका केशरी उनका मिल्ने साथी अर्थात विन्दबासिनीका फूपुको छोरासँग मेलामा स्टल राख्न चितवन गए। २०७० सालको बैशाख ९ गते, घरमा विवाहको वर्षगाँठको उत्सव चलिरहेको थियो। बैशाख ९ आमा बुबाको विवाह भएको दिनलाई उत्सवको रुपमा मनाउने तयारीमा विन्दबासिनी पनि लागेकी थिइन्। विन्दबासिनी पसलमा बसिरहेकी थिइन्। एकाएक पसल अगाडि केशरी देखा परे। विन्दबासिनीले नदेखेझैं गरिन्। हातमा महको बट्टा बोकेका केशरी हँसिलो अनुहार पारेर फेरि कतै हराए। एक्कै छिनपछि फेरि हातमा त्यही महको बट्टा बोकेर पसलको टेबलमै आए। यो मह घरमा देउ ल? यति भनेर बिर्को खोल्न थाले। अब के कसो गर्ने भन्ने अन्योलमै थिइन् विन्दबासिनी। केही सोच्नै नपाइ केशरीले बट्टा खोले र विन्दबासिनीको अनुहारतिर छ्यापेर फरार भए। आफूतर्फ छ्यापिएको वस्तुलाई मह नै सम्झेकी विन्दबासिनी एकैछिनमा भत्भती पोल्न थालेपछि चिच्याइन्। बुबा, आमा, दाइ आत्तिदै आएर हेर्दा उनको अनुहार डडेको थियो। छोरीको अनुहारमा कसैले तेजाव खन्याएको थाहा पाएपछि परिवार आत्तियो। कक्षा १२ मा अध्ययनरत उनी तत्कालीन समयमा १९ वर्षकी थिइन्। उनले तीन पटक अनुहारको सर्जरी गरिसकेकी छन्। दाइको साथीको रुपमा परिचय भएर आएको व्यक्ति नै आफ्नो जीवनको सबैभन्दा ठूलो पीडाको कारक बनेपछि उनी यसलाई अभियान बनाएर लागिन्। वाणिज्यमा स्नातक गरेकी विन्दबासिनीले सरकारले न्यायसँगै तेजाव पीडितहरुका लागि समाजमा स्थापित हुने कानुन बनाउनुपर्ने माग गर्दै आएकी थिइन्। उनी अब आफैं कानुन बनाउने निकायमा पुग्ने भएकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीले मंसिर ४ गते भएको निर्वाचन अघि उक्त दलमा जोडिएकी थिइन्। पार्टीले उनलाई समानुपातिकको सूचीमा राखेको थियो। अघिल्लो पटक उनको पालो आएन तर यसपटक एक सांसद कारबाहीमा परेपछि उनको सांसद यात्रा हुने देखिएको छ। जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई दोषी ठहर गर्दै ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला २०७६ फागुनमा सुनायो। यो पनि उनले न्यायको महशुस गरिन्। लामो समय फरार रहेपछि उनले न्यायको आश मारेकी थिइन्। अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैयाँ भराउन पनि अदालतले भनेको छ। अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको थियो। जिल्ला न्यायाधीश कमलराज विष्टको इजलाशले भारत महाराजगञ्जस्थित अमरपूर्वन–६ का राज भन्ने दिलीपराजलाई मुख्य अभियुक्तको रुपमा सजाय सुनाएको थियो। केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्बन्धी महलको १५ नम्बर मुलुकी अपराधसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैयाँ जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको थियो। उक्त इजलासले युवती कंशाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो। हेटौँडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंशाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
2,329,257
मंगलबार बिहान बसेको कांग्रेस संस्थापन इतर समूहको बैठकले थापालाई दलको नेता उठाउने निर्णय गरेको हो । थापाको प्रस्तावक डा.शेखर कोइराला हुनेछन् । लाजिम्पाटस्थित होटल एम्बेस्डरमा बसेको बैठकमा कोइराला र थापामध्ये एकजना उठ्ने सहमति जुटेको थियो । त्यसपछि को चुनावमा उठ्ने भन्ने विषयमा सिंहदरबारस्थित होटल बसेरामा कोइराला र थापा वार्तामा बसेका थिए । सो वार्तामा कोइरालाले आफू प्रस्ताव बन्न तयार रहेको बताएका थिए । यो सहमतिपछि अब दलको नेतामा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध थापाले उम्मेदवारी दिने निश्चित भएको छ । थापाले आगामी महाधिवेशनमा कोइरालालाई सभापतिमा सघाउने भित्री सहमति जुटेको स्रोतले बतायो ।
nepalghatana.com
1,149,746
अमेरिकाको एक समलिंगी र्यापरमाथि गोली प्रहार भएको छ । एउटा झुपडी छ, त्यसमा काठमाथि गुन्द्री छ । प्रधानसेनापति पूर्णचन्द्र थापा भोलिदेखि भारत भ्रमणमा जाँदैछन् । हिमाली जिल्ला डोल्पाका एक वडाध्यक्ष बुद्धमूर्ति चोरीको आरोपमा पक्राउ परेका छन् ।
makalukhabar.com
1,843
काठमाडौं– सुन तस्करी प्रकरणको छानबिनका लागि पक्राउ गरी अनुसन्धानमा रहेका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई राजीनामा गराइने भएको छ। नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटारमा बसेको बैठकले महराको राजीनामा गराउने निर्णय गरेको हो। महरालाई अस्पतालको हिरासतमा नै भेटेर राजीनामा गराउनका निम्ति केही नेता जानेछन्। महराले राजीनामा गर्न अटेर गरेको खण्डमा भने माओवादीले निलम्बन गरेर अघि बढ्ने निर्णय भएको स्रोतले जनायो ।
canadanepal.com
5,995,214
२०८१ साउन ८ मंगलबार विश्व बैंकले महामारी प्रतिकार्य र पुनरुत्थानका लागि नेपाललाई १७ अर्ब ५५ करोड उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले कोभिड–१९ को उत्थानशील पुनर्लाभ, अति जोखिममा परेकाको सुरक्षा र दिगो विकासमा सघाउन उक्त रकम स्वीकृत गरेको हो । “महामारीबाट सामाजिक एवं आर्थिक क्षेत्रमा परेको प्रभाव घटाउन प्रभावित जनसङ्ख्यालाई हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा तत्काल राहत उपलब्ध गराउनु हाम्रो प्राथमिकता हो”, नेपाल, श्रीलङ्का र मालदिभ्सका लागि बैंकका देशीय निर्देशक फारिस हादाद जार्भोसले सहायता रकम स्वीकृत भएपछि भने । नेपालको आर्थिक वृद्धि, पुनरुत्थान र उत्थानशील वित्तीय नीति तथा कार्यक्रममा सघाउन उक्त रकम उपयोग हुनेछ । कर तथा भन्सार प्रणाली, ऋण व्यवस्थापन, सार्वजनिक खर्च, सामाजिक सुरक्षा कार्यक्रमको आधुनिकीकरण, हरित पुनरुत्थानका लागि नियामक आधार खडा गर्ने, संरचनागत व्यवधान हटाउन तथा पूँजीमा निजी क्षेत्रको पहुँच पु¥याउन सहयोग रकम परिचालन हुने बताइएको छ ।
sunaulonepal.com
2,106,551
भर्खर चौथो शिखर सम्मेलन हुँदैछ बिम्स्टेकको। स्थापना भएको १९९७ मा भए पनि नेपाल सदस्य भएको २००४ मा मात्र हो। त्यसैले बिम्स्टेकको नामै पहिलो पटक सुन्नेहरु पनि थिए। बिम्स्टेकको उच्चारण गर्न नजानेर बिमिस्टेक, बिग मिस्टेकसमेत भन्नेहरु भेटिए ।
mysansar.com
128,995
संघीय संसद् सदस्य नरहेका वर्तमान सरकारका सात जना मन्त्रीलाई मन्त्रीको हैसियतमा कामकाज गर्न रोक लगाउने गरी सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले संसद् सदस्य नरहेका मन्त्रीहरु रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा लामालाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु–नगराउनु भन्दै अन्तरिम आदेश जारी गरेको हो । पद जाने मन्त्रीहरुमा नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गर्नेहरु रहेका छन् । बादल गृह, रायमाझी उर्जा, भट्ट उद्योग, साह शहरी विकास, चौधरी श्रम, थापा खानेपानी र लामा खेलकुद मन्त्री थिए । संसद् सदस्य नरहेको व्यक्तिलाई दोहोर्‍याएर मन्त्री बनाउनु संविधान विपरीत हुने भन्दै अधिवक्ता विराज थापा र अधिवक्ता कपिलदेव ढकालले सर्वोच्च अदालतमा रिट दिएका थिए । संविधानमा गैरसांसद मन्त्री बनेमा ६ महिनाभित्र संसद सदस्य भइसक्नुपर्ने व्यवस्था छ । तर, एक पटक मन्त्री भइसक्दा पनि संसद सदस्य बन्न नसकेकाहरु पुन नियुक्ति हुनु संविधानको धारा ७८ को १, २ र ३ को व्यवस्था, संविधानको मूल मर्म र भावना विपरीत भएको सर्वोच्चले उल्लेख गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पुनर्नियुक्ति भएसँगै उनीहरुलाई पनि मन्त्री पदमा नियुक्त गरेका थिए ।
nepalwatch.com
1,339,219
साउदी अरबमा शनिबार बिहान भएको खेलमा ब्राजिलले घरेलु टोली साउदी अरबलाई २-० गोलले हरायो। अर्को खेलमा पेरुले चिलीलाई ३-० गोलले पराजित गर्‍यो। पाँच पटकको विश्वकप विजेता ब्राजिलले साउदीमाथि रवाफिलो प्रदर्शन गरेको थियो। खेलको सुरुआतदेखि नै साउदीमाथि आक्रमण बुनेको ब्राजिलका लागि गाब्रियल जिसस र एलेक्स सान्ड्रोले गोल गरे। ब्राजिलको जितमा जिससले ४४औं मिनेटमा पोस्ट छेउबाट गोल गरे। उनले नयमारको पासमा गोल गरेका थिए। ब्राजिलका लागि अर्को गोल दोस्रो हाफको इन्जुरी समयमा सान्ड्रोले थपेका थिए। उनले नेयमारको कर्नर पासमा गोल गरेका थिए। खेलको अन्तिम समयमा साउदी १० खेलाडीमा समेटिएको थियो। साउदीका गोलरक्षक अब्दुल लाजिजले डीबक्स बाहिर आएर बल समातेपछि उनी रातो कार्ड पाउँदै बाहिरिएका थिए। ब्राजिलले अर्को मैत्रीपूर्ण खेल मंगलबार अर्जेन्टिनासँग खेल्नेछ। यसैगरी शनिबार भएको अर्को एकपक्षीय खेलमा पेरुले ६४औं मिनेटमा चिलीको आत्मघाती गोल सहयोगमा सुरुआती अग्रता लिएको थियो। बल बचाउने क्रममा चिलीका इन्जो रोकोको प्रहारले आत्मघाती गोलको बाटो लिएको थियो। त्यसपछि लयमा देखिएको पेरुका लागि पेड्रो एक्विनोले ७५औं र ८६औं मिनेटमा दुई गोल थप्दै टोलीको जित सहज बनाएका थिए। अर्को खेलमा जापानले पानामालाई ३-० गोलले हराएको छ। जापानका लागि टाकुमी मिनामिनोले ४२ औं मिनेटमा खाता खोले। दोस्रो गोल ६६औं मिनेटमा जुन्या इटोले थपेका थिए। ८५औं मिनेटमा पानामाका हारोल्ड कुमिङको प्रहार आत्मघाती गोलमा परिणत भएको थियो। अन्य अन्तर्राष्ट्रिय खेलमा दक्षिण कोरियाले उरुग्वेलाई २-१, सिंगापुरले मंगोलियालाई २-०, मलेसियाले श्रीलंकालाई ४-१ र कतारले इक्वेडरलाई ४-३ गोलले पराजित गरेको छ ।
annapurnapost.com
1,214,514
ऐतिहासिक थियो त्यो दिन। संविधानसभाबाट संविधान निर्माण गर्ने जनताको चाहना सात दशकभन्दा बढी समयपछि पूरा हुँदै थियो। त्यो एक दिनको उपलब्धि मात्रै थिएन। जनताका प्रतिनिधिले सार्वभौम संस्था संविधानसभाबाट बनाएको संविधान घोषणा गर्ने त्यो ऐतिहासिक मौका राष्ट्रले मलाई दिएको थियो। नेपाली जनताको आशीर्वादले मैले त्यो ठाउँमा पुगेर संविधान घोषणाको मौका पाएँ। संविधानसभा निर्माणका क्रममा कष्टपूर्ण समय व्यतीत भएको थियो। हामीले संविधानसभा चुनाव नै दुईपटक गर्‍यौं। त्यसपछि एक जना जनताको छोराले जनताकै प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान घोषणा गर्नु चानचुने कुरा थिएन। संविधान निर्माणको क्रम चल्दै गर्दा शान्ति प्रक्रियाको समाधान भइसकेको थिएन। ती समस्याको पनि समाधान खोजी गर्दै मुलुक अगाडि बढ्दै थियो। भयानक डिजास्टर (भूकम्प) का कारण जनता छानोविहीन हुन पुगे। त्यही बीचमा संविधान घोषणा भयो। संविधान घोषणा हुँदै गर्दा त्यसमा पनि असन्तुष्टिका स्वरहरू थिए। त्यति हुँदाहुँदै पनि संविधानसभाबाट संविधान बनेको थियो। त्यसलाई घोषणा गर्ने मौका मलाई मिलेको थियो। मैले संविधानसभाबाट संविधान घोषणा गर्दा नेपाली जनतालाई सम्झिएँ। जसले यो अवस्थासम्मका लागि आफ्नो जीवनको कुर्वानी गरे। बलिदान र समर्पण गरे। उहाँहरूको स्मरण गरेँ। नेपाली जनता, राजनीतिक दलहरूलाई सम्झिएँ। सात राजनीतिक दल तथा माओवादीसहितको आठ दलको संघर्षपछि मुलुकमा एक खालको परिवर्तन भयो। त्यही परिवर्तनलाई संस्थागत गर्ने सिलसिलामा हामीले संविधान घोषणा गरेका हौं। त्यसमा नेपाली जनताको बलिदान, राजनीतिक शक्ति र नेताहरूको योगदान, सबैभन्दा बढी यो अवस्था ल्याउन बलिदान गर्ने सहिदहरूको सम्झना गर्दै मैले संविधानलाई ढोगेर घोषणा गरेको थिएँ। संविधान घोषणा गरिरहँदा मभित्र दुईवटा विम्ब प्रतिविम्बन भइरहेको थियो। एउटा, म असाध्यै हर्षित थिएँ। कारण, जनताले आफ्नो भविष्य आफैंले कोरेको संविधान घोषणा हुँदै थियो। दोस्रो, ममा अलिकति खिन्नता पनि थियो। कारण, यति लामो संघर्ष र बलिदानपछि घोषणा हुँदै गरेको संविधान पनि सबै पक्षलाई समेटेर सर्वस्वीकार्य बनाई घोषणा हुन सकिरहेको थिएन। तापनि, ठूलो जनमतको भावना कदर गर्दै संविधान घोषणा भएको थियो। संविधानअनुसार मेरो जिम्मेवारी जे थियो त्यही भूमिका मैले पूरा गरेँ। मैले संविधान बनाएको थिइनँ। विभिन्न राजनीतिक दलका प्रतिनिधि चुनावमार्फत निर्वाचित भएर संविधानसभामा आएका थिए। उनीहरूले नै संविधान निर्माणको भूमिका निर्वाह गरेका हुन्। नेपाली जनताका प्रतिनिधिले बनाएको नासो नेपाली जनतालाई नै दिनु मेरो कर्तव्य थियो। त्यो दिन मैले भावुक भएर आफ्नो दायित्व पूरा गरेँ र संविधान घोषणा गरेँ। संविधान अहिले कार्यान्वयनको चरणमा छ। यसको संस्थागत कार्यान्वयन भइरहेको छ। संविधानअनुसार केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहका सरकार बनेका छन्। संघीय लोकतान्त्रिक गणतन्त्र, समानुपातिक समावेशिता, धर्मनिरपेक्षताजस्ता चरित्र बोकेर संविधान आएको थियो। त्यसको कार्यान्वयन हुँदै जनताका प्रतिनिधि निर्वाचित भई अहिले तीनै तहका सरकार चलेका छन्। जनताका आन्दोलनको बलबाट स्थापित एजेन्डाहरूलाई संस्थागत गर्ने काम भइरहेको छ। त्यसलाई अझ संस्थागत गरेर जानुपर्ने जिम्मेवारी अहिले सबै राजनीतिक दलको काँधमा आइपरेको छ। संविधानमा उल्लेखित उपलब्धिहरूलाई आत्मसात् गरी संस्थागत गर्दै अझै त्यसभित्र रहेका असन्तुष्टिका स्वरहरूलाई समाधान गर्नुपर्छ। लोकतन्त्रको मर्म, संविधानको भावना र मर्म, कानुनको विधिविधान आत्मसात् गरेर अगाडि जानुपर्छ। त्यसरी अगाडि बढ्न सकियो भने संविधान, संविधानले सुनिश्चित गरेका उपलब्धिहरू सबै सफलतातिर जान्छन्। सैद्धान्तिक रूपमा भन्दा संविधानले व्यवस्था गरेको विधायिका (व्यवस्थापिका–संसद्), न्यायपालिका र कार्यपालिकालगायत निकाय अहिले फर्मेसनमा छन्। अरू संवैधानिक निकायहरू पनि छन्। ब्युरोक्रेसी, सेना, प्रहरी सबै विधिविधानअनुसार चल्नुपर्छ। सबै संवैधानिक ढंगले चल्नुपर्छ। स्वतन्त्रताको उपयोग पनि संविधानअनुसार गर्नुपर्छ। तर, सँगसँगै सबैले आआफ्ना खेलका नियमभित्र बसेर आफ्नै परिधिभित्रका कानुनी व्यवस्थामा रहेर अगाडि बढ्न खोजियो भने मात्र लोकतान्त्रिक पद्धति संस्थागत हुन सक्छ। सबै अंगहरू लोकतन्त्रको विधिमार्फत चल्नुपर्छ। विधि र प्रक्रियालाई आत्मसात् गरिएन भने त्यो नाम मात्रको लोकतन्त्र हुन जान्छ। विधायिका, न्यायपालिका, कार्यपालिका संविधानका खम्बा हुन्। यी तीनै अंग आआफ्नो दायरामा रही कसैले कसैलाई हस्तक्षेप महसुस नहुने गरी शक्ति पृथकीकरणको सिद्धान्तका आधारमा चल्नुपर्छ। जनप्रतिनिधिले लोकतन्त्रको मूल्यमान्यतालाई पूर्णरूपमा आत्मसात् गर्नुपर्छ। राज्य सञ्चालनको बागडोर सम्हालेकाहरूले कसैप्रति कुनै आग्रह÷पूर्वाग्रह नराखी असन्तुष्टिका स्वरहरूलाई पनि ल्याएर सहिष्णु भएर सुन्नुपर्छ। त्यसलाई सुनेर संविधानको मर्मअनुसार लागू गर्दै जाने काम गर्नुपर्छ। राज्यका तीनै अंगलाई के कसरी चल्ने भन्ने एउटा बाटो संविधानले देखाएको छ। त्यही बाटोमा तीनै निकायबीच समन्वय गर्नुपर्छ। जनताको दैनिक जीवनसँग गाँसिएका विषयलाई सम्बोधन गर्नुपर्छ। आउने दिनमा देश कसरी समृद्ध र विकसित हुन्छ भन्नेमा मन्थन गर्नुपर्छ। यसरी लोकतन्त्रको विधिमार्फत अगाडि बढ्ने जमर्काे गरे सबैको चाहनाको सम्बोधन हुँदै जानेछ। अबको बाटो यही हो। संविधानको अहिलेको व्यवस्था भनेकै मिडिया स्वतन्त्र हुन्छ। त्यसलाई कुनै प्रकारको अंकुश हुँदैन। नागरिक समाजप्रति कुनै अंकुश हँुदैन। राजनीतिक दलहरू जिम्मेवारीपूर्वक हिँड्नुपर्छ। सरकार, राजनीतिक दल, संवैधानिक निकाय साराले संविधानअनुसार आफ्नो अधिकारको प्रयोग गर्नुपर्छ। त्यसपछि असन्तुष्टिको पनि समाधान हुँदै गए संविधानको अभ्यास लामो समयसम्म जान्छ। संविधान निर्माण गरिरहँदा नै यसको लामो अभ्यासको जरुरत ठानिन्छ। त्यहीअनुसार निर्माण गरिएको हुन्छ। हामीले ७०–८० वर्षको इतिहास हेर्दा भन्न सकिन्छ, हामीकहाँ लोकतन्त्रको अभ्यास हुँदै नभएको होइन। तर, लोकतन्त्रको अभ्यास गरिरहँदा पनि बेला–बेला हामीले बाटो बिराएका देख्छौं। हामीले जुन राजमार्ग बनाउँछांै त्यसलाई आफैं भत्काइहाल्छौं। नेपाली हामी आफंै भत्काउनेमा छौं। अहिले जुन संविधान आएको छ, लोकतान्त्रिक छ। यसले सबैलाई समेटेर सबैको अपनत्व हुने गरी अगाडि बढौं। त्यसो हो भने हामी हाम्रो समृद्धि, हाम्रो विकास, हाम्रो लोकतान्त्रिक अधिकार, न्यायमा पहुँच, सबैको समान आर्थिक पहुँच सबैमा जनताले आआफ्नो अधिकार सुरक्षित गरेर अगाडि बढ्न सकिन्छ। त्यो भएको खण्डमा मात्र यो संविधान सफल हुन्छ। तर, आफंैले बनाएको राजमार्ग हामी आफैंले कहीँ न कहीँ भत्काउँछौं कि फेरि पनि ? संविधान कार्यान्वयन गरेर जाने बाटोमा कहीँ न कहीँ त्रुटि हुन्छ कि भनेर बेला–बेला दर्द हुन्छ। कहीँ न कहीँ त्रुटि हुन गयो भने त्यसले अप्ठ्याराहरू ल्याउन सक्छ। तर, जनताले तीनै तहका सरकारमा जनप्रतिनिधिलाई पठाएका छन्। उनीहरूले जनताको भावना, संविधानको मूल्यमान्यतालाई पक्रिएर जानुपर्छ। संविधानको व्यावहारिक कार्यान्वयन गर्दै जानुपर्छ। लोकतन्त्रमा कसैको हारजित हुँदैन। सबैले जितेका हुन्छन्। सबैले जिते देश सफल हुन्छ। संविधान पनि सफल हुन्छ। संविधानले लामो अभ्यासको माग गर्छ। पात्र, प्रवृत्ति असल हुनुपर्छ। असल भएन भने विकृति आउँछ। लोकतन्त्रका खम्बा भनेकै राजनीतिक दल हुन्। दलहरूले अझ यसलाई उन्नत र सर्वस्वीकार्य बनाउँदै जानुपर्छ। प्रतिपक्ष पनि लोकतन्त्रमा आवश्यक हुन्छ। नत्र लोकतन्त्र हुँदैन। त्यस्तै मिडिया स्वतन्त्र भएन भने लोकतन्त्र हुँदैन। मानवअधिकार, नागरिकको मौलिक हकको माग हुन्छ। यी सबै आधारभूत अधिकारका लागि जिम्मेवार त्यही पक्ष हो। विधायिका, न्यायपालिका र कार्यपालिकाबीचको शक्ति पृथकीकरण मिलाउने, प्रतिपक्षलाई पनि साथ लिएर जाने काम लोकतन्त्रको मूल पक्ष हो। सरकारमा भएकोले कहीँ बाटो बिरायो भने प्रतिपक्षले कमजोरी औंल्याउँछ। सरकारलाई झकझक्याउँछ। सरकारले पनि त्यसलाई आत्मसात् गरेर अगाडि बढ्छ। तब मात्रै लोकतन्त्रको गाडी अगाडि बढ्छ। देशको समस्या हुन्छ भने प्रतिनिधिसभामै लगेर समाधान गर्नुपर्छ। सहिष्णु भएर, महिनौं छलफल गरेर समाधान खोज्नुपर्छ। महिनौं समय लिएर छलफल गरी कानुन बनाउनुपर्छ। हुलमूलमा पास गर्नु भएन। हुलमूलमा पास गरे गल्ती हुन्छ। यसलाई जनताको बीचमा लैजानुपर्छ। जनताबाट आउने सुझाव सल्लाहलाई आत्मसात् गर्नुपर्छ। तब छलफल गरेर कानुन बनाउनुपर्छ। त्यो प्रकारले गर्दा समस्या समाधान हुन्छ। शासन प्रशासन विधिअनुसार चलोस्। पारदर्शी होस्। उत्तरदायीपूर्ण शासन होस्। विधायिकाप्रति सबै जिम्मेवार होऊन्। निर्वाचन आयोग स्वतन्त्र हुनुपर्छ। खर्चिलो चुनावलाई सुधार नगरे लोकतन्त्र कमजोर भएर जान्छ। लोकतन्त्रले माग गर्छ, स्वतन्त्र र भयरहित चुनाव। त्यसबाट कस्ता जनप्रतिनिधि आउँछन् ? दलहरूले समानुपातिकमा कस्तालाई लैजान्छन् ? लोकतन्त्र र संविधानको मर्मअनुसार भएको छ कि छैन ? त्यसलाई मनन् गरी कमजोरी भए सुधार गरेर जानुपर्छ। हामीले सही पात्र चुनेनौं भने सही तरिकाले उसले संविधान लागू गर्न सक्दैन। देशलाई सफल बनाउन सक्दैन। संविधानको पिल्लर पोस्टहरू जुन छन्, ती सबै कमजोर भएर जान्छन्। त्यस्तो अवस्थामा लोकतन्त्रको गाडी अगाडि बढ्दैन। त्यसैले लोकतन्त्रले विश्वव्यापी मूल्यमान्यतालाई आत्मसात् गरेर जानुपर्छ। हामीले जनताको नासोका रूपमा दिएको संविधान त्यो सफल होस्। राष्ट्र सफल होस्। संविधान विधिपूर्वक अगाडि बढोस्। यही मेरो कामना हो। मेरो सल्लाह र सुझाव हो। हामी सबै नेपाली छौं, हामी सबैको यो देश हो। कोही यसमा पराइ छैन। त्यसले गर्दा कोरोना कहरका बीचमा हामी नेपालीले संयमित भएर जानुपर्ने अवस्था छ। सरकारले पनि सबैभन्दा बढी पीडामा रहेका जनताप्रति ध्यान दिनुपर्छ। अहिले नेपाली जनतालाई जोडेर लैजानुपर्ने अवस्था छ। संविधान दिवस छ। राजनीतिक दलहरू र सरकार पनि सहमतिमा अगाडि बढे मात्र सफल भइन्छ। कसैले आफैं मात्र अगाडि बढ्छु भन्छ भने सफलतामा बाधा आउन सक्छ। जनप्रतिनिधि, प्रतिपक्ष, राजनीतिक दल, नागरिक समाजको सल्लाहसुझाव आत्मसात् गरेर अगाडि बढे मात्र सफलतातिर जान्छ। धेरै समय लिन्छ, सफलतामा। त्यसकारण हामी अहिले आत्तिनु हुँदैन। हामीले संविधानमार्फत बाटो बनाएका छौं। त्यसलाई पक्रेर अगाडि बढे हामी सफल हुन्छौं। आशा गरौं, हामी सफल हुन्छौं ।
annapurnapost.com
779,537
वैदेशिक रोजगारीमा मलेसिया पुगेका छोराको मृत्यु भएपछि तीन सातायता गोरखा नगरपालिका–१२ नयाँगाउँकी ५२ वर्षीया तिलमाया कुँवरका आँखा ओभाएका छैनन् ।कमाउन गएको छोराको शव कुरेर बसेको पनि तीन साता भयो तर कहिलेसम्म शव आइपुग्छ, उनलाई थाहा छैन । घर फर्कन हवाई टिकट लिएका छोराको मृत्युको खबरसँगै परिवारमा सन्नाटा छाएको छ ।२०७५ वैशाखमा मलेसियास्थित जोहोरबारु पुगेका २८ वर्षीय मेघबहादुर कुँवरले गत वर्ष लकडाउन सुरु भएदेखि नै स्वदेश फर्कने प्रयास थालेका थिए । परिवारका अनुसार कम्पनीले बिदा नदिएपछि उनी उतै रोकिए । स्वास्थ्य समस्या भएर स्वदेश फर्कने निधोमा पुगेका मेघबहादुरले गत फागुन २३ मा हवाई टिकट लिएर परिवारमा जानकारीसमेत गराएका थिए । त्यसपछि परिवार खुसी पनि भयो । तर ‘छिट्टै आउँछु’ भनेका उनी फर्किन पाएनन् ।स्वदेश फर्कने तरखर गरिरहेका उनी स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भए । फागुन २१ मा उनको उपचारका क्रममा निधन भयो । ‘छोरो आउने खबरले खुसी थिएँ, पछि दम बढेछ, अस्पताल लगेपछि बिसेक हुन्छ, राम्रो खबर सुन्न पाइन्छ भनेको त यस्तो भयो,’ तिलमायाले भनिन् । उनका अनुसार पछिल्लो पटकको फोन संवादमा मेघबहादुरले श्वासप्रश्वास र हातखुट्टा झमझमाउने समस्या देखिएको बताएका थिए ।मेघबहादुर तिलमायाका एक्ला छोरा हुन् । चार छोरीको विवाह भइसकेको छ । ‘एउटै छोरा पनि गुमाएँ, अहिले केही सोच्न र गर्न सकेको छैन,’ तिलमायाले भनिन्, ‘सबैले नयाँ घर बनाए, हामी पनि बनाउनुपर्छ भनेर उसैको जोडबलले नवलपुरमा घर बन्दै थियो, घरको ढलान पनि भर्खर सकिएको छ तर उसैले देख्न पाएन ।’मेघबहादुर २०७१ सालमा विवाह बन्धनमा बाँधिएका थिए । उनी मलेसिया उडेपछि जन्मिएकी छोरी २ वर्ष पुगिन् । प्रत्यक्ष नभेटे पनि मेघबहादुर दैनिकजसो भिडियो कलमा छोरीसँग कुराकानी गर्थे ।बिरामी हुँदा पनि घर फर्किन नदिएको कम्पनीले उनको उपचारमा समेत ध्यान नदिएको मेघबहादुरका भिनाजु नाता पर्ने नारायण कुँवरको आरोप छ । उनको शव छिटो नेपाल ल्याएर अन्त्येष्टि गर्ने परिवारको माग छ । रोजगारीको सिलसिलामा हाल मलेसिया रहेका उनका साथी रामकृष्ण खड्काले शव नेपाल ल्याउन व्यक्तिगत र कानुनी झन्झट नरहेको कान्तिपुरसँगको कुराकानीमा बताए । ‘एयरलाइन्स उपलब्ध नभएर ढिला भएको छ, २५ तारिखमा पठाउने भनेको स्थगित भयो, हाम्रोतर्फबाट सक्ने पहल गरिरहेका छौं,’ उनले भने, ‘प्लेन चार्टर गरेर पठाउन रकम बढी लाग्छ, नियमित एयरलाइन्समा पठाउँदा केही समय लाग्ने भयो ।’गैरनेपाली आवासीय संघ (एनआरएनए) मलेसियासँग पनि शव पठाउन समन्वय भइरहेको उनले बताए । निमोनियाका कारण फोक्सोमा पानी जमेर मृत्यु भएको बुझिन आएको उनले सुनाए । उनका अनुसार पोस्टमार्टम रिपोर्ट अस्पतालले उपलब्ध गराएको छैन । ‘अस्पतालले शव र पोस्टमार्टम रिपोर्ट एकसाथ पठाउने गरेको बुझिएको छ,’ उनले भने । शव जोहोरबारु हेल्थ डिपार्टमेन्टमा राखिएको छ  ।
ekantipur.com
6,344,342
घाइते किशोरीले आफूमाथि गोली प्रहार गर्ने व्यक्ति सिरहाका अमितकुमार यादव भएको प्रहरीलाई बताएकी छन् । शुक्रबार दिउँसो दमक नगरपालिका ५ जेष्ठ नागरिक भवन अगाडि उदयपुरको लिङचुङबुङ गाउँपालिका ३ की १८ वर्षकी एनिका अधिकारी गजमेरमाथि गोली प्रहार भएको थियो । उनकै पूर्व शिक्षकले गोली प्रहार गरेको निष्कर्षमा प्रहरी पुगेको हो । २ वर्ष पहिले ती शिक्षकविरुद्ध एनिकाले प्रहरीमा उजुरी गरेकी थिइन् । उजुरी गरेपछि फरार रहेका शिक्षकले उजुरी फिर्ता लिन दबाब दिँदै आएका थिए । उजुरी फिर्ता नलिएपछि उनले गोली प्रहार गरेको ती किशोरीले प्रहरीलाई जानकारी दिएकी छन् । प्रहरीले अहिले फरार व्यक्तिको खोजी गरिरहेको छ । जापान बसाईका क्रममा तपाईले भोगेका अनुभव, जानकारी तथा आफ्ना लेख तथा रचनाहरु जापानको लोकप्रिय अनलाइन समुद्रपारि डट कममा प्रकाशन गर्न चाहानुहुन्छ भने मा इमेल गरि वा हाम्रो गरि पठाउन सक्नुहुन्छ । सात समुद्रपारमा रहेर प्रवासी नेपालीहरुलाई लक्षित गरी सूचनाको सेवा प्रवाह गर्ने मुलभूत उद्देश्यले १९९९ देखि फ्याक्स पत्रकारिताबाट सुरु भएको हाम्रो यात्रा डिजिटल युगसम्म आईपुग्दा थुप्रै आरोह अवरोहहरु पार गरिसकेका छौं । नेपाल समाचार साप्ताहिक, समुद्रपारि मासिक म्यागजिन, समुद्रपारि डट कम हुँदै, समुद्रपारि अनलाईन रेडियोसम्मको हाम्रो लामो यात्रामा हाम्रो ध्यान केवल डायस्पोरिक नेपाली समुदायलाई सूचनाको सेवा प्रवाह गर्ने र नेपाली एकतालाई सुदृढ एवं समुन्नत बनाउने दिशामा केन्द्रित रह्यो ।
samudrapari.com
4,140,664
एक महिलाले स्वर्गलाई लिएर ठूलो दाबी गरेकी छिन्। उनले भनेकी छिन् की उनी स्वर्गमा गएर पाँच वर्ष बसेरपनि आएकी छिन्। यद्यपि उनको यो दाबीमा कत्तिको सच्चाइ रहेको छ, यसमा केही भन्न सकिन्न। द मिररका अनुसार लिंडा क्रैमर नामक महिला १४ मिनेटभन्दा बढी समयसम्म चिकित्सकीय रूपमा मृत रहिन्। उनका अनुसार उनले सगरमाथाभन्दा ३० हजार गुणा ठूलो हिमाल देखिन्। क्रैमरले मृत्युपछिको जीवनको बारेमा आफ्नो अनुभव बाडेकी छिन्। स्रोतका अनुसार यो ६ मे २०२१को घटना हो। क्रैमर बिहान शौचालय जाँदै थिइन। तब अचानक उनको मृत्यु भयो। क्रैमरका अनुसार उनको यात्रा यहीँ रोकिएन। जब डाक्टर उनीलाई बचाइरहेका थिए तब उनी स्वर्गमा गए। स्वास आएपछि क्रैमरले आफ्नो अनुभवमा बताएका छन्। उनका अनुसार जति समय उनी स्वर्गमा रहे, त्यो समय उनलाई पाँच वर्ष जतिको लामो लाग्यो। क्रैमरले अन्तरर्वातामा पृथ्वीमा नदेखेका धेरै कुराहरुको उल्लेख गरेकी छिन्। उनले भनिन्, ‘मैले आफैलाई फूलहरुको क्षेत्रमा उभिएको पाए। म सगरमाथाभन्दा २० हजार गुणा ठूलो हिमालयबाट हेरिरहेको थिए। म जहाँ थिए त्यसको पछाडि एक विशाल पर्वत श्रृंखला थियो।’ ढाका, ६ साउन । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु बेइजिङ, चीन, ४ साउन । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा टोकियो, ४ साउन । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख पेरिस, ४ साउन । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित नयाँदिल्ली, ४ साउन । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौं, साउन ७ । लुम्बिनी प्रदेशले आज नयाँ मुख्यमन्त्री पाउँदैछ। माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका जोखबहादुर काठमाडौं, साउन ७ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६औँ स्मृति दिवस आज काठमाडौं, असार ७ । आज साउनको पहिलो सोमबार पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड काठमाडौं, असार ७ ।
reportersnepal.com
3,161,482
ऊर्जा अभावका कारणले उद्योग, व्यवसाय धराशयी बन्दै जानथालेपछि ऊर्जा संकट समाधानका लागि नेपाल उद्योग वाणिज्य महासंघले छुट्टै अभियान सुरु गरेको छ । ऊर्जा संकट समाधानका लागि भन्दै महासंघको ऊर्जा समितिले अल्पकालीन र दीर्घकालीन रूपमा ऊर्जा समस्या समाधानका लागि त्यो अभियान थालेको हो । ‘ऊर्जा समस्या समाधानका लागि आगामी दिनमा अल्पकालीन र दीर्घकालीन रूपमा महासंघको ऊर्जा समितिले सम्भावित ऊर्जा विकासबारे छुट्टै अभियान सुरु गरेको हो,’ सभापति ज्ञानेन्द्रलाल प्रधानले थपे, ‘अब १५/१५ दिनमा ऊर्जा संकट समाधानका लागि अपनाउनुपर्ने ऊर्जाका प्रविधिबारे छुट्टाछुट्टै विशेषज्ञ र सरोकारवालाबीच छलफल गरेर निदानका उपाय निकालिनेछ । महासंघले शुक्रबारदेिवद्युत् थालेको अभियानअन्तर्गत पहिलो चरणमा महासंघ ऊर्जा समितिले ऊर्जा संकट समाधानका लागि उठाउनुपर्ने ऊर्जा उपायका प्रविधिबारे सरोकारवालासँग छलफल गरेको थियो । छलफलमा जलविद्युत्का नीति, नियम, वातावरण, लगानीका साथै नवीकरणीय ऊर्जाका प्रविधि सोलार, वायु, तापीय ऊर्जा, कोल ऊर्जाबारे छुट्टाछुट्टै रूपमा उठाउन उनीहरूले सुझाव दिएका थिए । कार्यक्रममा बोल्दै महासंघका अध्यक्ष सुरज वैद्यले ऊर्जा क्षेत्रमा निजी क्षेत्र लगानी गर्न प्रतिबद्ध रहे पनि राज्य र दलहरूबाट सहयोगको प्रतिबद्धता नआएको बताए । उनले ऊर्जा संकटको समाधानार्थ महासंघले १५/१५ दिनमा विशेषज्ञसहित छलफल गरेर नयाँ उपायको विद्युत् खोजी गरी सरकारसँग मिलेर अघि बढ्न तयार रहेको बताए । महासंघका उपाध्यक्ष पशुपति मुरारकाले लोडसेडिङको समस्याबाट सबैभन्दा बढी मारमा उद्योगधन्दा परेको भन्दै यही कारण उद्योग व्यवसायमा ठूलो समस्या आएको बताए । ऊर्जा समितिका सभापति प्रधानले नेपालमा ११ सय अर्ब बराबरको ऊर्जा विद्युत् खपत भएको भन्दै महासंघले जलविद्युत्को निजी प्रवद्र्धकलाई उत्साहित गराउन १० वर्षलाई प्रतियुनिट २ रुपियाँ बढाउन, जलविद्युत्मा ऊर्जा सुरक्षाका विषयमा प्रधानमन्त्रीसँग छलफल गरिरहेको जानकारी दिए । शनिबार सचेतना अभियान नेपालले आयोजना गरेको ‘ऊर्जा संकट र हाम्रो भविष्य’ विषयक कार्यक्रममा उनीहरूले तत्काल जलविद्युत् उत्पादन गरेर समस्या समाधान गर्न असम्भव देखिएको तर भरपर्दो उपाय जलविद्युत् नै भएकाले तत्कालका लागि विकल्प खोज्न आग्रह गरेका हुन् । उनीहरूले जलविद्युत् आयोजनाको निर्माणलाई तीव्रता दिन तथा विकल्पका रूपमा देखिएका नवीकरणीय ऊर्जाको उपयोग गर्न आग्रह गरे । पूर्वजलस्रोत सचिव बालानन्द पौडेलले नेपालको ऊर्जा संकटबारे प्रतिवेदन प्रस्तुत गर्दै निजी क्षेत्रलाई लगानीमा उत्साहित पार्न नाफा, जोखिमको अन्त्य, उचित प्रतिस्पर्धा, नियमन, बजार व्यवस्थापन र विद्युत् बिक्रीको वातावरण निर्माण गर्न आग्रह गरे । उनले सरकारले नयाँ विद्युत् ऐन ल्याएर, उत्पादन, प्रसारण, वितरण र व्यापारलाई छुट्टै बनाएर अघि बढ्न सुझाव पनि दिए । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. गोविन्दराज पोखरेलले लोडसेडिङ घटाउनका लागि नवीकरणीय ऊर्जाको उपयोगको विकल्प नभएको बताए । उनले नवीकरणीय ऊर्जाबाट उद्योग, व्यवसायमा वृद्धि, सामाजिक असमानताको अन्त्य, ऊर्जा सुरक्षा र स्वस्थ र वातावरण संरक्षण तथा स्रोत परिचालन गर्न सकिने भन्दै एउटै स्रोतमा निर्भर हुने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिए । उनका अनुसार, प्रत्येक वर्ष नवीकरणीय ऊर्जाका लागि सरकारले दुई अर्ब तथा जनताले पाँच अर्ब रुपियाँ सहयोग गर्ने बताए । (सौस) सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,075,709
अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेलाई अन्तवार्ताका लागि बोलाएको छ । दूतावासमा अपराह्न चार बजे अन्तर्वार्ता हुने भएको छ। अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकप क्रिकेटमा सहभागी हुन अमेरिकन दूतावासले उनलाई पहिलो चरणमा भिसा अस्वीकार गरेको थियो । नेपाल सरकारले नै उनको भिसा प्रक्रियाका लागि पहल थालेपछि बिहीबार दूतावासले उनीसँग अन्तर्वार्ता लिन लागेको हो । उनको अन्तर्वार्ताको समय अपराह्न चार बजेका लागि तोकिएको छ । विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले अमेरिकन दूतावासलाई नोट लेखेको थियो । भिसा लागे उनी बिहीबार राति नै अमेरिका उड्नेछन् । विश्वकपको आफ्नो पहिलो खेलमा नेपालले आगामी सोमबार नेदरल्यान्ड्ससँग खेल्नेछ । बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई पनि विश्वकप क्रिकेटको टोलीमा राखेको छ । काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका काठमाडौं । श्रीलंकामा जारी एसीसी महिला एसिया कप क्रिकेटमा आफ्नो दोस्रो खेलमा नेपाली महिला टिमले काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर काठमाडौं, ६ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
4,307,779
अध्यक्ष ओलीले समिति भित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकिर गरे । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै उनले तत्कालीन अर्थमन्त्री शर्माको तथ्य बाहिर आउँछ भनेर अर्थ मन्त्रालयको सिसीटिभी फुटेजनै गायब गरिएको दावी समेत गरे । ‘अहिले सीसीटीभी राख्दा त फुटेज गायब । आजकलको जमानामा कल डिटेल हुन्छ । तर, हेर्न नपाइने । कल डिटेल हेर्न चाहिँ पाइदैन, लजा । अब ऊ बेला त न कल डिटेल, न फुटेज । न मोबाइल, न क्यामेरा, न फोटो । ऊ बेला चोरी पत्ता लगाउनु प¥यो भने तामा–तुलसी राखेर कसम खाने चलन थियो’ उनले भने । ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु देउवाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौंथाइवालेलाई जनैपूर्णिमाको दिन राखी बानिदिएको तर्फ संकेत गर्दै त्यसमा पनि राजनीति भइरहेको बताए । ‘थाहा पाउनु भयो होला–इन्टरनेशनल राखी पनि सुरु भइसक्यो । राखीमा राजनीति पनि भइसक्यो’ उनले भने ।
abcnepal.tv
212,938
मनकारी दाताका सहयोगबाट सञ्चालित कञ्चनपुरको महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्रमा व्यवसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न थालिएको छ। वृद्धाश्रमको आयस्रोत बढाउनुका साथै आश्रित ज्येष्ठ नागरिकका पालपोषणमा सहयोग पुगोस् भन्ने उद्देश्यले लामो समयदेखि यहाँको वनखेतमा रहेको सो केन्द्रमा च्याउखेती गरिँदै आएको छ। केन्द्रका अध्यक्ष शारदा चन्दले वृद्धाश्रम सञ्चालनमा आर्थिकरूपले टेवा पुगोस् भन्ने ध्येयले आफूहरु विगत एक दशकयता वद्धाश्रममै च्याउखेती गरिरहेको जानकारी दिए। ‘वृद्धाश्रमलाई स्थानीयवासीदेखि सङ्घीय सरकारको कुनै नियमित सहयोग छैन्’, उनले भनिन्, ‘दाताहरूको सहयोग र पछिल्लो समय कार्यसमिति नै आयमूलक काममा खटिएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ।’ डेढ दशकदेखि अधिकारकर्मीकारूपमा सक्रिय उनको नेतृत्वले सञ्चालन गरेको वद्धाश्रममा हाल सुदूश्चिमदेखि काठमाडौं, भक्तपुर, दाङ र सिराहालगायतका जिल्लाका गरी ६३ वद्धा आश्रित रहेका छन्। अध्यक्ष चन्दले पछिल्लो समय च्याउखेतीको मौसममा च्याउ बिक्रीबाट रु तीन लाखसम्म आम्दानी भएको बताइन्। ‘च्याउखेतीका लागि कृषि ज्ञान केन्द्रबाट सहयोग हुँदै आएको छ’, उनले भनिन्, ‘यसपटक भने आश्रममा पालेका कुखुरा बेचेर च्याउको बीउ खरिद गरेका छौँ।’ उनले स्थानीय सरकारबाट वृद्धाश्रमलाई सहयोग नभएकोप्रति गुनासो पोखिन्। ‘पालिकामा जनप्रतिनिधि आएपछि वृद्धाश्रमलाई दिने रकम नै कटौती भयो’, अध्यक्ष चन्दले भनिन्, ‘हामीले अहिले सामाजिक सञ्जालमा समेत क्याम्पियन चलाएर वद्धाश्रम सञ्चालन गरिरहेका छौँ।’ गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले वृद्धाश्रमलाई पाँच लाख सहयोग गरेको उनले बताइन्। उनले वृद्धाश्रममा च्याउखेती, कुखुरापालन र वृद्धाश्रमको चार कठ्ठा खेतमा फलफूल खेती गर्ने तयारी गरिएको बताइन्। ‘च्याउखेती र कुखुरापालनबाट आम्दानी ठिकै भएको छ’, उनले भनिन्, ‘जेनतेन मनकारी दाता, व्यक्तिको सहयोगबाट वद्धाश्रम चलेको छ।’ वद्धाश्रम सञ्चालनका लागि वार्षिक ४० लाखभन्दा बढी रकम खर्च हुने गरेको जनाइएको छ। त्यसैगरी यहाँको बेदकोट नगरपालिका–८ मा रहेको बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्र पनि दाताका सहयोगमा चलिरहेको छ। ‘यहाँ जन्मदिन, श्राद्धलगायतका पुनीत कार्यमा आउनेहरूबाट निकै सहयोग भइरहेको छ,’ सेवा केन्द्रका उपाध्यक्ष मोहनबहादुर चन्दले भनिन्, ‘गत वर्ष बेदकोट नगरपालिकाले पनि रु तीन लाख सहयोग गरेको थियो।’ उनले मुठ्ठीदानबाट सुरु भएको वद्धाश्रमको अवस्था आर्थिकरूपले सबल हुन नसकेको बताइन्। वद्धाश्रमको व्यवस्थान खर्चका लागि गत वर्ष प्रदेश सरकारले रु पाँच लाख सहयोग गर्नुका साथै संरचना निर्माणमा पनि सहयोग रहेको जानकारी उनले दिइन् ।
setopati.com
4,736,935
कञ्चनपुरमा रुखबाट लडेर एक महिलाको मृत्यु भएको छ। भिमदत्त नगरपालिकाका ८ तिलाचौरकी ३५ वर्षीया नीरा भट्टको रुखबाट लडेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । स्थानीय शिद्धनाथ वैद्यनाथ सामुदायिक वनमा बिहीबार बिहान घाँस काट्न गएको बेला उनी रुखबाट खसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले बताए। रुखबाट खसेर उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
nepalpress.com
2,111,774
फूलहरू दृष्टिगोचर नभएपनि हावामा आएको एक किसिमको शारदीय गन्धले नजिकै लटरम्म फूलहरू फुलेको सहज अनुमान गर्न सकिन्छ। उत्तर-दक्षिण तन्किएको तथा पूर्व र पश्चिमपट्टि तारजाली, सिसा तथा द्वारहरू समेत भएको भवन। अवैध सम्बन्ध गाँसेको आरोपमा त्यहाँको अदालतले यस्तो सजाय सुनाएको हो। उनलाई डि.के. उपनामले मात्रै चिनाइएको छ। नेपाल, भारत, पाकिस्तान र बंगलादेश गरी दक्षिण एसियाका चार छिमेकी देशका नागरिक यो मुद्दामा संलग्न देखिएका छन्। तर, मन्त्रिपरिषद्को कार्यालयको वेबसाइटमा राखिने सम्पति विवरण भने अहिलेसम्म रित्तै छ। दोहोर्याइ तेहेर्याइ निम्त्याइएको थियो| तर आफूलाई न्युयोर्कको ब्यस्त जीवनले छोडे पो ! आ: यो धपेडी कति खेप्ने ? मरेर कसले पो ठुलो भाग लगेको छ र ? निम्तोलाई नविकरण र पुनर्नविकरण गरियो, बाबु छोरी जाने निधो भयो। उसले सही बोलेको हुनसक्छ। हार्वर्ड अमेरिकाको पुरानो र प्रतिष्ठित विश्वविद्यालयको नाम हो। तर हार्वर्ड नामको स्कूल पनि काठमाडौँमा खुलेको छ। हार्वर्ड मात्र किन, नासा, पेन्टागन, ह्वाइट हाउस, टेक्सस, फ्लोरिडा, लिभरपुल, चेल्सी आदि नामका स्कूलहरु पनि यहाँ छन्। धादिङ जिल्लाको सदरमुकाम धादिङ्बेसीको बासिन्दा हुन् जमुना जमरकट्टेल-उमेर ३६,तीन बालबच्चा र ४७ बर्षे श्रीमानको नाम चाँहीँ घनश्याम कृष्ण। जमुना घनश्यामको दोस्रो पत्नी हो। बिहे दुई परिवारबीच सौहार्दपूर्ण रूपमा भएको थियो। बिहे भएको छोटो समयमै सम्बन्धविच्छेद गर्ने कारण बन्यो श्रीमान्को अप्राकृतिक यौनसम्पर्क। २१ वर्षकी इशानीको उचाइ ५ फिट ८ इञ्च छ। उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्ने छिन्। अहिले सरकारमा पूर्व मुख्य सचिव/सचिवहरुको बोलबाला भइरहेको बेला यस पटकको मिस नेपालका मुख्य निर्णायक पनि पूर्व मुख्य सचिव तीर्थमान शाक्य थिए। सेयर मूल्यको हिसाव गरेर उनलाई अर्बपति घोषणा गरिएको बताइए पनि पहिल्यै सुचिकृत भैसकेको नबिलको सेयर चौधरीले पछि किनेकोमा बाहेक उनको बहुचर्चित वाईवाई कम्पनी समेत सेयर बजारमा सूचिकृत छैन। राजीनामा नदिएकोले उनी न्यायपालिका प्रमुख प्रधान न्यायाधीश पनि हुन् र कार्यपालिका प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष पनि हुन्। थपिएका मन्त्रीसहित मन्त्रिमण्डल ११ सदस्यीय भएको छ। श्री ४ दलले ११ सदस्यीय मन्त्रिमण्डल बनाउने सहमति गरे अनुसार अस्ति ३ र आज ८ गरी ११ सदस्यीय मन्त्रिमण्डल बनेको हो। अब चुनाव भएर अर्को सरकार नबनेसम्म यिनीहरुले नै देश चलाउने छन्। फिल्मकर्मी र दर्शकबीच ठूलो खाडल छ। दर्शकले कस्तो फिल्म रुचाउँछ, कसैलाई थाहा छैन। जस्तो फिल्म बने पनि चल्न सकेको छैन। पछिल्लो पटक लुट र चपली हाइट निकै चल्यो। यस्तो पो रहेछ दर्शकले रुचाउने फिल्म भन्दै भटाभट उस्तै शैलिमा फिल्म बने, कुनै पनि चलेनन्। राष्ट्रको धनको जाफत (साथीभाइहरू मिलेर गरिने ठूलो भोज) उडाएर विशेषज्ञद्वारा तयार पारिएको प्रश्नपत्रको हालत हेरौँ न- अमेरिकामा नेपालीहरु बाक्लै भेटिने एउटा ठाउँ हो सियाटल। अर्थात् नारी संरक्षण तथा सुरक्षा केन्द्र। यो अमेरिकामा दर्ता भएको एउटा एनजिओ हो। यसले महिला यौन दुर्व्यवहार रोक्न विभिन्न गतिविधि नेपालमा गर्छ। नारीको संरक्षण गर्ने उद्देश्य बोकेको यही एनजिओका एक संस्थापक भने अहिले यौन दुर्व्यवहारको आरोप खेपिरहेका छन्। उसले जागर नलागी नलागी खल्तिमा हात हालेर मोबाइल निकाल्यो। कान्छो भाइले मिसकल गरेको रहेछ फेरि के भयो यसलाई। रिप्लाई गर्ने मन त थियो, तर मोबाइलमा ब्यालेन्स नै थिएन चुपचाप मेट्रो स्टेसनको लिफ्ट चढ्न थाल्यो। माथिबाट एक्जोडी मस्किदै झर्दै थिए उसले पिलिक्क आँखा लगायो। उनको थाप्लोमा प्रशस्तै मन्त्रालयका जिम्मेवारीहरु छन्। किनभने अहिलेसम्म उनले दुई जनालाई मात्र मन्त्री बनाएका छन्। गृह र परराष्ट्रलाई पूर्व मुख्य सचिव माधव घिमिरेले सम्हाल्दैछन् भने कानुन र श्रम हरि न्यौपानेले। बदलिँदो परिस्थितिमा नेता हैन कर्मचारी सत्तामा आएका छन्। उनीहरुबारे पनि दूतावासले आफ्ना गोप्य दस्तावेजमा उल्लेख गर्ने गरेका रहेछन्। हालका चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीबारे दूतावासले गरेको टिप्पणी त तपाईँले यो अघिको ब्लगमा पढ्नु भयो नै होला। नपढेको भए यहाँ छ ।
mysansar.com
1,971,540
कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट लागूऔषध ब्राउनसुगर १ ग्राम १५० मिलिग्रामसहित बोराडाँडी बस्ने २२ वर्षीय विज्ञान बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–९ ब्रह्मदेव बजारबाट लागूऔषध खैरो हेरोइन १ ग्राम ३७ मिलिग्रामसहित २४ वर्षीय प्रमल नाथलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय ब्रह्मदेबबाट खटिएको प्रहरीले भारतको टनकपुरबाट नेपालतर्फ आउँदै गरेको म१प ७१३४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक प्रमललाई लागूऔषधसहित पक्राउ गरेको जनाइएको छ ।
kathmandupati.com
2,282,085
विद्युतीय सवारी साधनको क्षेत्रमा नेपालकै शीर्ष स्थानकै ब्रान्ड बन्ने उद्देश्यका साथ बुटवलको कालिकानगरमा सेरेसले आफ्नो अत्याधुनिक शोरुमको उद्घाटन गर्दै आफ्नो सञ्जाललाई बलियो बनाएको छ। कम्पनीले बृटबलमाथ्रि एस (सेल्स, सर्भिस र स्पेयरपार्टस्) शोरुम स्थापना गरेको हो । नेपालमा सेरेस ईभीहरुको आधिकारिक वितरक एमएडब्लू वृद्धि अटो कर्पले बुटवलमाडिलरशिपकालागि इ एम मोटर्स सँग साझेदारी गरेको हो। शोरुमले ब्रान्डको पहुँचलाई थप वृद्धि गर्ने तथाउत्साही र सम्भावितग्राहकहरूलाईसेरेस ईभीको अन्वेषण गर्ने हबको रूपमा काम गर्नेछ। अग्रज उद्यमीहरू लगायत अन्य महत्वपूर्ण व्यक्तित्वहरूको उपस्थिति रहेको उद्घाटन समारोहमा बुटवलउद्योग वाणिज्य संघकाअध्यक्ष हरी प्रसाद अर्याल ,नाडा रुपन्देहीका अध्यक्ष गणेश भटराई ,एमएडब्लू वृद्धि अटोकोर्पका बिजनेष हेड प्रशन्न पन्त,इएम मोटसका डाईरेक्टर राजेश घिमीरे लगायतले सोरुमको उदघाटन गरेका थिए। रुपन्देहीमा इलेक्टिक चारपाग्रे सवारी साधनको माग बढदै गएको भन्दै रुपन्देहीमा सेरेस गाडी लोकपि्य हुने बिश्वास ब्यक्त गरे। शोरुम उद्घाटनको अवसरमाएकजनाग्राहकलाई इएम मोटर्सले सेरेसथ्रि इभी गाडी हस्तान्तरण गरेको छ । सेरेसले सन् २०२३ मा विश्वको सबैभन्दादु्रतविकास हुँदै गरेको अटोमोबाइल ब्रान्डहरूमध्ये एकको रूपमामान्यताप्राप्त गरेको छ । जसले विद्युतीय सवारी साधनहरूमा गुणस्तर र नवीनताप्रतिआफ्नो प्रतिबद्धता देखाएको छ। हुवाएसँगको साझेदारीले उन्नत विद्युतीय सवारी प्रविधिप्रतिको सेरेसको समर्पणलाई अझै प्रगाढ बनाएको छ ।
dcnepal.com
1,497,379
काठमाडौँ पहिरोका कारण पाल्पा बुटवल सडक खण्ड आइतबार मध्यराती देखि अबरूद्ध भएको छ । गए राति १ बजेबाट पहिरोका कारण दोभान बुटवल सडकखण्डको हेडबक्सनिर सडक अबरूद्द भएको हो । सडक अबरुद हुँदा यात्रुहरु बाटोमै अलपत्र परेका छन् । पहिरो हटाउने काम सुरु भएको प्रहरीले जनाएको छ ।
kendrabindu.com
6,106,049
विराटनगर महानगरपालिका – ११ को बिग होटलमा रहेको क्यासिनोमा जुवा खेलेर निस्किएका नेपाली युवाबीच खुकुरी हानाहान भएको छ । बिग होटलमा रहेको सम्राट क्यासिनोमा जुवा खेलेर निस्किएका विराटनगरका युवाहरुबीच शुक्रबार राति साढे १ बजे खुकुरी हानाहान भएको प्रहरीले जनाएको छ । घटनामा विराटनगर–११ का ३१ वर्षीय रोनाल कँडेल घाइते भएका छन् । उनको टाउको र देब्रे कानमा चोट लागेको छ । अहिले उनको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्न झापाको घैलाडुब्बा घर भई विराटनगर–८ मा बस्दै आएका ३८ वर्षीय विक्रम थपलिया पक्राउ परेका मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार कँडेलमाथि थपलियाले आक्रमण गरेका हुन् । क्यासिनो भित्र विवाद गर्न थालेपछि युवाहरुको समूहलाई बाउन्सरले बाहिर निकालेका थिए । बाहिर निकाल्नसाथ क्यासिनो परिसरमै युवाहरुबीच खुकुरी र हेल्मेट हानाहान भएको थियो । दाहालका अनुसार घाइते कँडेल र पक्राउ परेका थपलिया साथी हुन् । दुवै जना अपराधिक पृष्ठभूमिका हुन् । सट्टेबाजीमा हारेको पैसा असुल्न विराटनगरका पिन्टु भनिने सञ्जय सिंहलाई अपहरण गरेर बन्धक बनाउँदै कुटपिट गरेको आरोपमा २०७७ सालमा कँडेललाई प्रहरीले पक्राउ गरेको थियो । थपलियामाथि मिटरब्याजीको आरोप छ । उनी अपहरण तथा शरीर बन्धक मुद्दामा कैद सजाय भुक्तान गरेर छुटेका अपराधिक पृष्ठभूमिका अभिषेक गिरी निकट हुन् । गिरीको नाम जोडेर थपलियाले व्यापारीहरुसँग फिरौती माग्ने गरेको आरोप पनि छ । तर पीडितले जाहेरी नदिएका कारण प्रहरीले पक्राउ गरेको थिएन । डीएसपी दाहालले घटनामा संलग्न र घाइते भएका युवाहरुको विगतको अपराधिक पृष्ठभूमिसमेत केलाएर अनुसन्धान अघि बढाइएको जानकारी दिए । प्रहरी स्रोतका अनुसार कँडेल र थपलियासहित केही नेपाली युवा जुवा खेल्न क्यासिनोमा छिरेका थिए । जुवा खेल्ने क्रममा पैसा हारमारको विषयलाई लिएर साथी–साथीबीच नै विवाद भएको थियो । प्रहरी स्रोतका अनुसार क्यासिनोमा जुवा खेल्न सँगै गएका किरण लिम्बूमाथि थपलियाले खुकुरी प्रहार गरेका थिए । तर उनी छलिएर जोगिए । विराटनगरमा रहेको क्यासिनोमा नेपाली नागरिकले खुलेआम प्रवेश पाउने गरेका छन् । विराटनगरको रत्ना होटल र बिग होटलमा  क्यासिनो सञ्चालनमा छन् । नेपालीलाई कानुनी रुपमा प्रवेश निषेध भएपनि स्थानीय प्रशासनले चासो नदिँदा खुलेआम नेपालीले प्रवेश पाउने गरेका हुन् । डीएसपी दाहालले क्यासिनोमा जुवा खेल्नका लागि नेपालीलाई प्रवेश दिएको हो कि हैन भन्ने विषयमा अनुसन्धान भइरहेको बताए । क्यासिनोमा जुवा खेलेको विषयलाई लिएर घटना भएको जानकारी आएको बताउँदै उनले थप अनुसन्धान भइरहेको बताए । सम्राट क्यासिनोका मेनेजर लक्ष्मीप्रसाद सेडाईं भने क्यासिनोमा नेपालीलाई प्रवेश नदिने गरेको बताए ।
onlinekhabar.com
5,081,872
आइतबारदेखि काठमाडौँमा सुरुभएको तेस्रो लगानी सम्मेलनको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा अधिकांश क्षेत्रमा लगानीको सम्भावना रहेको बताए। उनले नेपाल नयाँ लगानीको गन्तब्य बन्न सक्नेमा जोड दिए। विश्वका उदाउँदा ठूला अर्थतन्त्र चीन र भारतको बीचमा रहेको नेपालको रणनैतिक अवस्थितिले गर्दा यी दुई देशको बजार, पर्यटन र विकासको फाइदा नेपालले लिन सक्ने उनको भनाई थियो। नेपालमा लगानीका लागि सहज वातावरण बन्दै गएको उल्लेख गर्दै उनले विश्वभरबाट जम्मा भएका करिब दुई हजार लगानीकर्तालाई नेपालमा पर्यटन, ऊर्जा, पूर्वाधार, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानीको सम्भावना रहेको जानकारी दिए। अध्यक्ष ढकालले हालै नेपाल सरकार र भारत सरकारबीच सम्पन्न दीर्घकालिन विद्युत व्यापार सम्झौताको स्मरण गर्दै यसले नेपालको अथाह ऊर्जा सम्भावनालाई बजारसम्मको पहूच पुर्‍याउने बताए। अर्को छिमेकी मुलुक बंगलादेशसँगको विद्युत् व्यापार सम्झौता अन्तिम चरणमा रहेको जानकारी उनले दिए। ‘नेपालको साँस्कृतिक सम्पदा, प्राकृतिक सुन्दरता, युवा तथा ऊर्जाशिल जनशक्तिको पनि उचित लाभ लिन नेपालमा पर्यटन, कृषि तथा सूचना प्रविधिको पूर्वाधार विकासमा लगानी गर्न सकिन्छ,’ उनले भने, ‘अर्को महत्वपूर्ण र सम्भावना भएको क्षेत्र दक्ष जनशक्तिको उत्पादन हो। यसका लागि नेपालमा उच्चस्तरको प्राविधिक स्कूल स्थापना गर्नुपर्ने हुन्छ। जसले नेपालमा रहेको दक्ष श्रमशक्तिको अभावलाई मात्र समाधान गर्ने छैन, मुलुकबाट वैदेशिक रोजगारका लागि जाने ठूलो जनशक्तिलाई दक्ष बनाई उनीहरुको क्षमता अभिवृद्धि गर्दै विदेशबाट नेपाल भित्रिने रेमिट्यान्सको रकम पनि बढाउन सहयोग पुग्नेछ।’ हालै नेपाल सरकारले अध्यादेशमार्फत लगानीका लागि बाधक ठानिएका केही पुराना कानूनहरु संशोधन गरेको सन्दर्भ उल्लेख गर्दै उनले महासंघसँगको सहकार्यमा नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध रहेको बताए। त्यसैगरी, महासंघको पहलमा दुई पक्षीय लगानी (बीआईए) फ्रेमवर्क तयार भई मन्त्रीपरिषदबाट पारित समेत भइसकेको जानकारी उनले दिए। यसले पनि वैदेशिक लगानीको सुरक्षा र लगानीको वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास उनको थियो। मलुकमा लगानी भित्र्याउन र लगानीको वातावरण बनाउन नेपाल उद्योग वाणिज्य महासंघले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै अध्यक्ष ढकालले महासंघले केही समय पहिले भारतको नयाँ दिल्ली, चीनको बेइजिङ र यूएईको दुवईमा विजनेस समिटको आयोजना गरेको स्मरण गरे। महासंघ नेपालमा कुनै पनि लगानीकर्तालाई आवश्यक सहजीकरण गर्न तयार रहेको बताउँदै उनले नेपाली लगानीकर्ताहरु विदेशी लगानीको साथ नेपालमा हुने लगानीमा कुनै पनि क्षेत्रमा साझेदारीका लागि तयार रहेको बताए। ‘विदेशी लगानी पूँजी र प्रविधि भित्र्याउन मात्र नभई मुलुक भित्र राजश्व वृद्धि, रोजगारी सृजना र उत्पादन बढाउदै मुलुकलाई आर्थिक विकास र सम्मृद्धिको यात्रामा अगाडि बढाउन आवश्यक छ,’ उनले भने ।
nepalkhabar.com
3,460,764
संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा रामवरण यादव बसेको घर खाली गर्न घरधनीले १५ दिने सार्वजनिक सूचना जारी गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासले विसं २०७२ कात्तिक १२ गतेदेखि ललितपुर महानगरपालिका–४ स्थित वागडोलमा रहेको रविभक्त बिष्टको घर डा यादवका लागि भाडामा लिएको थियो । गृह मन्त्रालयले राष्ट्रपति कार्यालयमार्फत घर र बत्तीको भाडा भुक्तानी गर्दै आएको थियो । यस पटक विसं २०७४ साउन १ गतेदेखि घर बहाल सम्झौता नवीकरण नगरी भाडा पनि नतिरेको भनी घरधनी बिष्टबाट आजको गोरखापत्र दैनिकमा अहिलेसम्मको बाँकी बहाल तिरी घर खाली गर्न १५ दिने सूचना प्रकाशन भएको छ । सो विषयमा घरधनी बिष्टसँग सम्पर्क गर्न खोज्दा उनी अमेरिकामा भएकाले सम्पर्क हुन सकेन । उनको पारिवारिक स्रोतका अनुसार पटक पटक पूर्वराष्ट्रपति र राष्ट्रपति कार्यालयलाई बहाल तिर्ने व्यवस्था गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएकाले घर खाली गर्न सार्वजनिक सूचना जारी गर्न बाध्य हुनुपरेको हो । पन्ध्र दिनभित्र घर खाली नगरे कानूनबमोजिम हुने सूचनामा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता नारायण दुवाडी भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नै राष्ट्रपति कार्यालयमार्फत बहाल तिरिँदैआएको बताउनुहुन्छ । मन्त्रिपरिषद्को विसं २०७२ चैत २६ गतेको निर्णयानुसार २०७२ साल कात्तिक १२ गतेदेखि २०७४ असार मसान्तसम्मको बहाल तिरिएको थियो । विसं २०७३ माघ २० गतेको मन्त्रिपरिषद्कै निर्णयानुसार उपत्यकामा घर हुने पूर्वराष्ट्रपतिलाई मर्मतका लागि मासिक रु एक लाख र घर नहुनेलाई बहालका लागि रु दुई लाख दिने निर्णय भएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता कृष्णमुरारी न्यौपानेले बताए । “मन्त्रिपरिषद्को निर्णयअनुसार उपत्यकामा घर भए÷नभएको जानकारीसहित कुन सुविधा लिने भनी विसं २०७४ असोज ९ गते पूर्वराष्ट्रपतिको सचिवालयलाई पत्र लेखिएकामा हालसम्म जवाफ नआएकाले साउनदेखिको घर बहाल नतिरिएको हो, पत्रको जवाफ आएपछि मागअनुसारको बहाल सचिवालयलाई उपलब्ध गराइन्छ”, उनले भने । पूर्वराष्ट्रपति यादवको सचिवालयले भने बहाल सम्झौताको अवधि सकिएकाले नवीकरण गरी तिरिदिन पत्र लेख्दा पनि कार्यान्वयन हुन नसकेको जनाएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा २०७४ साल भदौ २८ गते भाडा तिरिदिनू भनी पत्र लेखिएकामा अहिलेसम्म नतिरिएको डा यादवका निजी सचिव किरण पन्थले जानकारी दिए । “शीतल निवासबाट उपत्यकामा पूर्वराष्ट्रपतिको घर भए मासिक रु एक लाख दिने र नभए मासिक रु दुई लाख दिने भनी पत्र प्राप्त भएको थियो, डा यादवको उपत्यकामा घर छैन तर उहाँ अहिले बसेको घरको भाडा मासिक रु एक लाख ४४ हजार मात्र भएकाले सरकारले भाडा तिरिदिए हुन्छ, हाम्रो सचिवालयले कारोबार गर्र्दैैनौ, हामीले नै रु दुई लाख लिएमा बाँकी ५६ हजारचाहिँ के गर्ने ?”, पन्थले भने । राष्ट्रपतिको कार्यालयले गत असोज ९ गते डा यादवको सचिवालयलाई भाडासम्बन्धी पठाएको पत्रको जवाफ दिन आफूबाट ढिला भए पनि भाडा तिरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समेत पत्र पठाइएको डा यादवको निजी सचिवालयले जनाएको छ ।
nonstopkhabar.com
3,056,041
काठमाडाँै महानगरपालिकालगायत केही स्थानीय तहले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने अभियान तीव्र पारेका बेला उक्त नगरपालिका पनि त्यसतर्फ अग्रसर भएको हो । सार्वजनिक जग्गा, स्थल र सडकको क्षेत्राधिकार मिचेर बनाइएका संरचना हटाउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लिलाबल्लभ न्यौपानेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ को उपदफा (२) मा सार्वजनिक ऐलानी तथा पर्ती जग्गा, सार्वजनिक भवन, सम्पदा र भौतिक पूर्वाधारको संरक्षण तथा सुरक्षाको जिम्मेवारी नगरपालिकाको हुने भन्ने प्रावधान भएकाले अतिक्रमण गरी बनाइएका संरचना हटाउन ३५ दिनको सूचना जारी गरिएको हो । सार्वजनिक जग्गा प्रयोग गरी सञ्चालन गरिएका व्यापार तथा व्यवसाय, सडकको क्षेत्राधिकारभित्र सञ्चालन भएका व्यवसाय, सार्वजनिक जग्गा, राजमार्ग तथा भित्री सडक ओगटी गरिएका निर्माण कार्य, सार्वजनिक जग्गा तथा सडकको क्षेत्राधिकारभित्र सञ्चालित ठेलागाडा तथा घुम्ती सवारी साधन हटाउन आग्रह गर्दै ३५ दिनभित्र उक्त संरचना नहटाइए नगरपालिकाले नै हटाउने जनाइएको छ ।
newsofnepal.com
2,314,784
भ्रष्टाचार अभियोग लागेका उदयपुर सिमेन्ट उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलसहित आठ जनालाई विशेष अदालतले सफाइ दिने निर्णय गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई र रामबहादुर थापाको इजलासले आज उक्त उद्योगका तत्कालीन महाप्रबन्धक पौडेलसहित नायब महाप्रबन्धक नवल किशोर साह, तत्कालीन कामु उपनिर्देशक पवनकुमार कर्ण, प्रबन्धक भरतप्रसाद नेपाल, अधिकृत डेमलाल खनाल, प्रबन्धक कमलराज पौडेल र निर्देशकहरू ध्रुवबहादुर देवकोटा र महेशप्रसाद काफ्लेलाई सफाइ दिने निर्णय गरेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजहरुमाथि उद्योगमा अनावश्यक सामग्री खरिद गरेको आरोपमा रु २२ लाख ७८ हजार भ्रष्टाचार गरेको अभियोगपत्र दायर गरेको थियो। सोही विवादमा निजहरुलाई अदालतले सफाई दिएको हो ।
dcnepal.com
6,278,237
प्रधानमन्त्री भएलगत्तै केपी शर्मा ओलीले प्रतिनिधिसभाका सदस्य लालबाबु पण्डित र थममाया थापालार्इ मन्त्री पदमा नियुक्त गरेका छन् । पण्डितलार्इ जनसङ्ख्या तथा वातावरण र थापालाई महिला, बालबालिका र समाजकल्याणमन्त्रालयको जिम्मेवारी दिइएको छ । नवनियुक्त मन्त्रीहरूलार्इ बिहीबार नै राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय, शीतल निवासमा आयोजित समारोहमा पद तथा गोपनीयताको शपथ गराएकी छिन् ।
aajakonews.com
4,677,611
एमसीसी खारेजीको माग गर्दै चितवनमा प्रदर्शन गरिएको छ । एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिको आव्हानमा प्रदर्शन गरिएको हो । प्रदर्शनकारीले एमसीसी खारेज गर, नो एमसीसी, एमसीसी इज अ क्यान्सर, एमसीसी गेट आउट लेखिएका प्ले कार्डसहित सहभागी भएका थिए । केन्द्रीय बस ट्रमिनल, चौविसकोठी, लायन्स चोकसम्मको र्‍यालीमा सामना र रक्तिम सांस्कृतिक परिवारले एमसीसी खारेजीको मागसहित सांगितिक कार्यक्रम प्रस्तुत गरे । कोणसभा बोल्दै वामवुद्दीजीवी प्रेम रिमालले एमसीसी संसदमै प्रवेश गराउन नहुने बताए । ‘यो परियोजना सिनोजस्तो हो, संसदको भान्सामा लानु आवश्यक छैन’, उनले भने, ‘यदी एमसीसी पास भएमा नेताहरूलाई गाउँगाउँबाट लखेट्नुपर्छ ।’ मोहन वैद्य नेतृत्वको माओवादी केन्द्र चितवनका सेक्रेटरी अशोक शर्माले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी राख्ने बताए । संघर्ष समितिका सचिव अजिव पौडेलले एमसीसी खारेजी अभियानमा १० राजनीतिक दलको समेत समर्थन रहेको बताए । संयोजक फणीन्द्र आचार्यले अमेरिकी सेना भित्र्याएर नेपालको सार्वभौमिकतामाथि एमसीसी परियोजनाले प्रहार गर्न खोजेकाले तत्कालै खारेज गर्नुपर्ने दावी गरे । संघर्ष समितिले साउन २५ गते जिसस सभाहलमा दिउँसो २ बजे एमसीसी खारेजीका लागि अन्तर्क्रिया गर्ने भएको छ ।
nepalpress.com
2,267,413
संयुक्तराज्य अमेरिकाको अर्थतन्त्रमा पछिल्ला केही महिनादेखि सुधार आइरहे पनि गत मार्च महिनामा व्यापार घाटा ७४.४ अर्ब डलरमा पुगेको छ । विदेशी सामानको आयात बढेसँगै व्यापार घाटा बढेको अमेरिकी अधिकारीहरुले बताएका छन् । गत फेब्रुअरी महिनामा रहेको व्यापार घाटा ७०.५ अर्ब डलरको तुलनामा मार्चमा यस्तो घाटा ५।६ प्रतिशतले वृद्धि भएको अमेरिकी वाणिज्य विभागले जनाएको छ । आयात ६.३ प्रतिशतले वृद्धि भएर २७४.५ अर्ब डलर पुगेको छ भने निर्यातमा पनि ६.६ प्रतिशतले सुधार आएर २०० अर्ब डलर पुगेको छ । डलर खाताका आधारमा निर्यात भन्दा आयात निकै बढी भएको छ । राजनीतिक रुपमा निकै संवेदनशील मान्ने गरिएको चीनसँगको व्यापार घाटामा सुधार आएको छैन, बरु चीनसँगको व्यापार घाटा ११.६ प्रतिशतले वृद्धि भएर २७.७ अर्ब डलर भएको छ । स्वाभाविक रुपमा अमेरिकाको चीनसँगको व्यापार घाटा अंक सबैभन्दा बढी छ । यस वर्षका पहिलो तीन महिना अर्थात् जनवरी, फेब्रुअरी र मार्च महिनामा अमेरिकी व्यापार घाटा कूल २१३ अर्ब डलर भएको छ जुन गत वर्षको सोही अवधिको भन्दा झण्डै ६४ प्रतिशतले बढी छ । उक्त अवधिमा कोरोनाभाइरस महामारीका कारण अमेरिकाका धेरैजसो स्थानमा कडा प्रतिबन्ध र लकडाउन गरिएका थिए । संयुक्तराज्य अमेरिकाको सन् २०२० मा ६८१ अर्ब डलर व्यापार घाटा थियो । यो अंक सन् २००८ यताकै सबैभन्दा बढी हो ।
dcnepal.com
4,114,817
बागमती प्रदेश सरकारको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लामा आठ शीतभण्डार निर्माण गरेको छ । दुई शीतभण्डार निर्माणको क्रममा छन् । देशकै मध्यभागमा कृषि उत्पादनका हिसाबले उत्कृष्ट रहेको यस प्रदेशभित्र ठूलो लगानीमा धेरै क्षमताका शीतभण्डार निर्माण गरिएका हुन् । मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेका अनुसार चितवनको सिमलटाँडीमा एक हजार पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार रु तेह्र करोडको लागतमा निर्माण गरिएको हो । धादिङको चरौदीमा सोही क्षमताको उत्तिकै लागतमा शीतभण्डार निर्माण गरिएको छ । रसुवाको कालिकास्थलमा रु चार करोडको लागतमा तीन सय मेट्रिक टन क्षमताको, दोलखाको जिरीमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको, रामेछापको मन्थलीमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको तथा सिन्धुपाल्चोकको इन्द्रावतीमा रु पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरिएको छ । यस्तै सिन्धुपाल्चोककै लिसङ्खुपाखरमा पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको र सिन्धुलीको मूलकोटमा पाँच करोडको लागतमा पाँच सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण सम्पन्न भएका छन् । सचिव पाण्डेका अनुसार ती सबै शीतभण्डार साउनभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने कार्यक्रम छ । नुवाकोटको बेलकोट र विदुरमा रु २०/२० करोडको लागतमा पाँच/पाँच हजार मेट्रिक टनका दुई शीतभण्डार निर्माणको क्रममा छन् । “दुवै शीतभण्डारको काम ६० प्रतिशतभन्दा बढी सम्पन्न भएको छ । आगामी मङ्सिरसम्म काम सम्पन्न हुन्छ”, उनले भने। आर्थिक वर्ष २०७७/७८ देखि शीतभण्डार निर्माण थालिएको हो । कोभिड–१९, निर्वाचनलगायत कारणले काम सम्पन्न गर्न ढिला भएको हो । बागमती प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत लगानीमा ती शीतभण्डार निर्माण गरिएका हुन् । “काभ्रेको आलु शीतभण्डारको अभावमा कपिलवस्तु पु¥याउनुपथ्र्यो, अब समस्या हट्छ”, सचिव पाण्डेले भने,“तरकारी र फलफूल बिक्री नभएर सडकमा फाल्ने तथा लागतभन्दा सस्तोमा बिक्री गर्नुपर्ने बाध्यता थियो, अब त्यो अवस्था आउँदैन ।” शीतभण्डारमा काम गर्ने कर्मचारीलाई तालिम प्रदान गरेर उत्पादन लामो समय टिकाउनका लागि मन्त्रालयले पहल गर्ने उनको भनाइ छ । शीतभण्डार सञ्चालनमा आएसँगै बाहै्रमहिना उपभोक्ताले तरकारी तथा फलफूल उपभोग गर्न पाउने छन् । पर्याप्त उत्पादन हुँदा सस्तो र कम उत्पादन हुँदा महँगोमा तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न शीतभण्डार प्रभावकारी हुने उनको भनाइ छ । आलुको बीउका लागि शीतभण्डार अनिवार्य हुँदा टाढाटाढा र भारतबाट समेत महँगोमा बीउ खरिद गर्नुपर्ने बाध्यताको अब अन्त्य हुने अपेक्षा गरिएको छ । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
4,272,653
विपक्षी दलका शीर्ष नेताहरुको बैठक सकिएको छ। सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा भएको छलफल सकिएको हो। छलफलमा कांग्रेस सभापति शेरबहादु्र देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत सहभागी थिए। बैठकबाट बाहिरिने क्रममा छोटाो प्रतिक्रिया दिँदै केन्द्रका अध्यक्ष दाहालले सर्वोच्चमा दर्ता गरिएको रिटमा कतिपय परिमार्जन गर्नुपर्ने तथा कतिपय ठेगाना नमिलेकोलगायत प्रविधिक विषयमा मात्रै छलफल भएको बताए। नेपाली कांग्रेसका नेता रमेश लेखकले सर्वोच्चमा रिट दर्ता भइसकेको र अब बहसमा को-को कानुन व्यवसायीलाई अगाडि बढाउने भन्नेबारे शीर्ष नेताहरुबीच छलफल भएको बताए। बहुमत सांसदहरुको हस्ताक्षरसहित रिट दर्ता भएका कारण सर्वोच्चले संसद पुनर्स्थापना गर्ने उनको दाबी छ। 'बहुमत सांसदले रिट दर्ता गरेपछि अदालतले पुनर्स्थापना गर्नैपर्छ,' उनले भने। प्रतिनिधि सभा विघटनविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका दलहरु आगामी रणनीतिका विषयमा छलफल गर्न जुटेका हुन्। कांग्रेस, माओवादी केन्द्र, नेकपा (एमाले)को नेपाल पक्ष, जसपा र राष्ट्रिय जनमोर्चाका १४६ जना सांसदले प्रतिनिधि सभा विघटविरुद्ध सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
166,653
गाउँपालिका अध्यक्षमा निमाग्याल्जेन शेर्पा विजयी भएका हुन् । अघिल्लो कार्यकालमा पनि शेर्पा नै विजयी भएका थिए । हेलम्बुमा निकटतम प्रतिद्धन्द्धी नेकपा एमाले रहेको छ । यस्तै उपाध्यक्षमा पनि काग्रेसकैअप्सरा लामिछाने विजयी भएकी छन् ।
nepalwatch.com
6,051,955
चितवनको भरतपुरमा ३२ करोडको लगानीमा चितवन मिड टाउन रिसोर्ट (सिएमटी रिसोर्ट) सञ्चालनमा आएको छ । भरतपुर महानगरपालिका–९ हाकिमचोकमा ६५ जनाको लगानीमा सुविधा सम्पन्न रिसोर्ट सञ्चालनमा आएको हो । रिसोर्टका प्रवन्ध निर्देशक मदन घिमिरेले रिसोर्टमा ३२ करोड लगानी भएको बताए । एक बिघा जग्गामा फैलिएको रिसोर्ट पूर्णरुपमा सन्चालनमा आएको जानकारी उनले सोमबार दिए । एक बिघामध्ये १४ कठ्ठा जग्गा वाणिज्य बैंकको सरकारी जग्गा र बाँकी व्यक्तिको जग्गा भाडामा लिएर रिसोर्ट सन्चालन गरिएको प्रवन्ध निर्देशक घिमिरेले बताए । नजिकिंदो क्रिसमस चाड र नेपाली नयाँ वर्ष अगाडि सन्चालनमा ल्याइएको रिसोर्टमा आधुनिक सुविधा सम्पन्न एक्जुकेटिभ कोठासहित ४२ वटा कोठा छन् । उनका अनुसार रिसोर्टमा २५०० सिट क्षमताको इभेन्ट हलसहित अन्य तीन वटा साना हलहरु छन् । एकैपटक एक सय जनालाई खुवाउन मिल्ने भोजनालय, बार, कफीसप, स्विमिङ पुलको समेत रिसोर्टमा व्यवस्था छ । भरतपुर क्षेत्रमा यतिको क्षमताको अन्य हल र रिसोर्ट नभएको प्रवन्ध निर्देशक घिमिरेले दाबी गरे । रेष्टुरेण्टमा सकभर अर्गानिक खाद्यान्न प्रयोग गर्ने लक्ष्य रहेको बताउँदै घिमिरेले अजिनामोटो र रंगहरुको प्रयोग नगरिने बताए । यहाँ नेपाली, इण्डियन, चाइनिज, कन्टिनेन्टल र थाई परिकारहरु पाइने घिमिरेले बताए । ग्यासको खपत कम गर्ने गरी बिजुली र बाफबाट खाना पाक्ने प्रविधि किचनमा जोडिएको छ । रिसोर्टमा अत्याधुनिक सुविधा सम्पन्न डिस्को बारसहित पार्टी बसको समेत व्यवस्था गरिएको सञ्चालकहरुले बताएका छन् । घिमिरेका अनुसार बसमा चढेर विभिन्न पर्यटकीय स्थलहरुमा गएर विभिन्न पार्टी गर्न सकिने छ । चितवनका पर्यटकीय स्थलहरुमा घुम्न रिसोर्टले सबै प्रकारको समन्वय पनि गर्ने घिमिरेले बताए । डिनरको मज्जा लिंदै घरदेखि विभिन्न पर्यटकीय स्थलहरुमा पाहुनाहरुलाई लैजाने र घरसम्म फर्काउने व्यवस्था पनि गरिने उनको भनाइ छ । विभिन्न पारिवारिक जमघटहरु जन्मदिन, एनिभर्सरी, नयाँ वर्ष, क्रिसमस पार्टी, अफिसियल स्टाफ पार्टीहरुमा बससहितको सुविधा राख्ने योजना रिसोर्टको छ ।
onlinekhabar.com
6,279,681
भारतीय विदेशमन्त्री सुस्मा स्वराज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएर फर्किएकी छिन् । बिहीबार अपराह्न नेपाल आइपुगेकी स्वराज शुक्रबार अपराहन्न स्वदेश फर्किएकी हुन् । बिहीबार नेपाल आएकी उनले बिहीबार नै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग ‘वान टु वान वार्ता’ गरेकी थिइन् । नेकपा एमालेका नेता राजन भट्टराईका अनुसार स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनार फर्किएकी हुन् । त्यस्तै स्वराजले राष्ट्रपति विद्या देवि भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत छुट्टाछुट्टै भेटवार्ता गर्दै निर्वाचन सम्पन्न भएकोमा बधाई दिइन् । यता शुक्रबार विहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्दै स्वराजले अबको शान्ति प्रक्रियाका बाँकी काम र नयाँ राजनीतिक बाटोका बारेमा जिज्ञासा राखेकी छिन् । दुई नेताबीच झण्डै एक घण्टा ‘वान टु वान’ वार्तामा स्वराजले नेपालको स्थायित्व र विकासका लागि नेपाल सरकारसँग मिलेर काम गर्न चाहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देश सुनाएकी थिइन् । भेटवार्तापछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले अब बन्ने स्वराजले निर्वाचन सम्पन्न भएकोमा बधाई दिएको जानकारी दिए । उनले नेपालको शान्ति प्रक्रियाका बारेमा समेत जिज्ञासा राखेको समेत दाहालले जानकारी दिए । ‘यसलाई मैले सद्भाव भ्रमणको रूपमा बुझे, नेपालको चुनावपछि सरकार गठनको बारेमा सकारात्मक कुरा भए, उहाँले हामीलाई बधाई र शुभकामना दिनुभयो,’ उनले भने । यसैबीच भारतीय विदेशमन्त्री स्वराजले मधेस केन्द्रीत दलका नेताहरुसँग समेत छुट्टाछुट्टै भेट गरेकी छिन् । स्वराजले बिहीबार साँझ एमाले नेताहरुसँगको भेट लगत्तै राजपाका अध्यक्ष मण्डलका सदस्यहरुसँग भेट गरेकी थिइन् । विदेशमन्त्री स्वराजसँग बिहीबार राष्ट्रिय जनता पार्टी नेपालका नेताहरु र शुक्रबार संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेकी थिइन । दुई दिनको राजीनिक भेटघाटमा व्यस्थ स्वराज शुक्रबार अपराहन्न स्वदेश फर्किइन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रय विमानस्थलको विशिष्ट कक्षमा अर्थ राज्यमन्त्री उदयशम्शेर राणा, नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरी र परराष्ट्र मन्त्रालय तथा यहाँस्थित भारतीय राजदूतावासका उच्च अधिकारीले बिदाइ गरे ।
aajakonews.com
3,362,550
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचचण्डले महावीर पुन आफूसँग सल्लाह गरेरै माइतीघरमा धर्नामा बसेको बताएका छन् ।
drishtinews.com
926,841
ekantipur.com
766,780
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोलखाका निवर्तमान प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ ।आफ्नो क्षेत्राधिकारभित्रका मुद्दाका आरोपितसँग घुस लिएको आरोपमा रिजाललाई मंगलबार पक्राउ गरिएको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले बताए । उनलाई यसअघि नै निलम्बन गर्न अख्तियारले गृह मन्त्रालयमा पत्राचार गरेको थियो । उनी यसअघि नै अख्तियारको सहायक प्रवक्ता भइसकेका व्यक्ति हुन् ।
ekantipur.com
3,760,634
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणका लागि सरकारले चालेको कदम उराठलाग्दो नभएको बताउनुभएको छ । शनिबार स‌ंविधान दिवसका अवसरमा सै‌निक मञ्‍चमा आयोजित विशेष कार्यक्रममा देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोभिड–१९ को संक्रमण नेपालमा देखिनु पूर्वको कमजोर र अहिले उपचारका पूर्वाधार तथा क्षमतामा उल्लेखनीय प्रगति भएको अवस्था बीचमा आकाश जमिनको फरक रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले २०७६ माघ ९ गते कोभिड–१९ को पहिलो केस पहिचान हुँदा पिसिआर परीक्षण देशभित्रको प्रयोगशालामा संभव नभएकाले त्यसको नमूना विदेश पठाउनु परेको कुरा बताउनुभयो । उहाँले हाल देशभित्र सरकारी ३३ र निजी १४ गरी ४७ आरटी–पिसिआर परीक्षण प्रयोगशालाहरु सञ्चालनमा छन् रहेको बताउदै परीक्षणको दैनिक क्षमता २३ हजार ५०० भन्दा माथि रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले कोभिड–१९ का कारणले नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भएपनि यस प्रतिकूल अवस्थाको छिट्टै अन्त्य गर्ने छौं र परिस्थितिलाई अनुकूल बनाउने बताउनुभयो ।
emountaintv.com
5,849,655
फोटो सौजन्य : उद्धव रसाइली प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ पुस्ताका कलाकर्मीहरूसँग अन्तरक्रिया गरेका छन्। उनले पत्नी आरजु राणा देउवासँगै आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा ३० भन्दा बढी नयाँ पुस्ताका मोडल, कलाकारलाई भेट्दै निर्वाचन सम्पन्न गर्नेतर्फ सकारात्मक भूमिका निर्वाह गर्न आग्रह गरे । “निष्पक्ष भएर क्षणिक लोभ, लालचभन्दा पनि योग्य उम्मेदवारहरूलाई छानेर मतदान गर्न प्रेरित गर्नुस्”, प्रधानमन्त्री देउवाले भने, “निर्वाचनमा युवापुस्ताको सहभागिता बलियो हुनुपर्छ भन्ने सन्देश तपाईँहरूले दिनुपर्‍यो ।” उनले नेपाली कला क्षेत्रको समस्या समाधानका निमित्त आफू सदैव तयार रहेको बताए । भेटघाटमा सहभागीहरूले फिल्म, सङ्गीतलगायतको क्षेत्रमा देखिएको समस्या उठान गरेका थिए । उनीहरूले फिल्म छायाङ्कनको समस्या, छायाङ्कनमा अनुदान, फिल्ममार्फत पर्यटन प्रवर्द्धन, सङ्गीतको रोयल्टी, ओटीटीको विषयमा देखिएको केही समस्या उठान गरेका थिए । “समस्याहरूलाई हामीले सम्बोधन गर्नेछौँ । हामीलाई समस्याका बारेमा अवगत गराइरहनुस् । म सदैव सकारात्मक छु”, प्रधानमन्त्री देउवाले भने । प्रधानमन्त्री पत्नी तथा कांग्रेस नेत्री देउवाले चुनावपश्चात् पनि यस्ता छलफल अझै बढाउने बताए । “निरन्तर संवादले नै समस्याको हल दिन्छ । हामी आफ्नो कला, संस्कृतिको प्रवर्द्धन गर्न तत्पर छौँ । छलफलसँगै आउँदो दिनमा निकास दिनेछौँ”, उनले भने । भेटघाट तथा छलफलमा नयाँ पुस्ताका कलाकर्मीहरू पूर्णिका सिजापति, उषा उप्रेती, एलिना चौहान, एलिजा गौतम, जेबिका कार्की, रिस्ता बस्नेत, सुधीर श्रेष्ठ, युवराज चौलागाईं, निर्माता सरोज न्यौपाने र निर्देशक हेमराज बिसीलगायतको सहभागिता थियो ।
khabarhub.com
1,879,844
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारकोे पारिश्रमिक पाउने विषय आधारभूत विषय भएको बताएकी छन्। न्यूनतम पारिश्रमिक निर्धारण समितिले आज काठमाडाैंमा आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको अन्तरक्रियामा उनले जोसुकै श्रमजीवीले सरकारले तोकेको न्यूनतम ज्याला पाउनुपर्ने सम्बन्धित व्यक्तिको हक भएको स्पष्ट पारिन्। मन्त्री शर्माले समितिले समायानुकूल बनाएर सिफारिस गरेको पारिश्रमिकसम्बन्धीे प्रतिवेदन कार्यान्वयनका लागि छलफल भइरहेको जानकारी गराइन्। श्रमजीवीलाई पारिश्रमिक प्रदान गर्नुपर्ने निकायको पनि यस प्रक्रियामा संलग्नता भए कार्यान्वयनमा सहज हुने उनकाे धारणा थियाे। उनले मन्त्रालयले सञ्चारसम्बन्धी आवश्यक कानुन निर्माण लागि प्रक्रिया अघि बढाइसकेको बताउँदै छलफलमा उठेका विषय र सुझावलाई कार्यान्वयनका लागि आत्मसाथ गर्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले निजी क्षेत्रमा पारिश्रमिक दिने विषयमा पारदर्शिता नभएको गुनासो आउने गरेको अवगत गराइन्। प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकारिता क्षेत्रमा नियुक्ति र तलब अनिवार्य गरी कार्यान्वयन नगर्नेलाई कारबाही हुनुपर्ने धारणा व्यक्त गरे। नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा पनि श्रम हुन्छ र श्रमले मूल्य खोज्छ भन्ने विषय बुझ्ने हो भने श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्न सहज हुने बताए। समितिकी अध्यक्ष सङ्गीता खड्काले श्रमजीवी पत्रकार ऐनमा भएका प्रावधान, कार्यान्वयनमा देखिएका चुनौती र समाधानका उपाय सम्बन्ध तथा महासङ्घका पूर्वअध्यक्ष डा. महेन्द्र विष्टले मिडियाका श्रम समस्या, विद्यमान अवस्था र सुधारका क्षेत्र विषयको प्रस्तुति दिएका थिए। कार्यक्रममा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुँमागाईं, वरिष्ठ पत्रकार बबिता बस्नेत, मिडिया सोसाइटी नेपालका अध्यक्ष शुभशङ्कर कँडेल, समाजवादी प्रेस सङ्गठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, प्रेस चौतारी नेपालका महासचिव हीरामान लामा र प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन सम्बन्धमा विभिन्न सुझाव दिएका थिए । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
pardafas.com
2,655,530
पञ्जाब प्रान्तको नान्काना साहिब जिल्लामा रहेको एक अस्पतालमा सो घटना भएको स्थानीय सञ्चार माध्यमले मङ्गलबार जानकारी दिएको छ । सोमबार अबेर राती जिल्ला प्रमुख कार्यालयहरुको अस्पतालमा दुई समूहबीच भएको विवाद चुलिएपछि एक अर्कालाई गरेको गोली प्रहारमा परी चार जनाको घटना स्थलमा नै मृत्यु भएको थियो । यस घटनामा घाइते भएका एक व्यक्तिको उपचारको क्रममा अस्पतालमा मृत्यु भएपछि मृतकको सङ्ख्या पाँच पुगेको बताइएको छ । घाइतेहरुमा थप ती जनाको अवस्था अझै पनि गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।
ratopati.com
1,871,742
औषधि खाने कि नखाने कि ? आदि बारेमा जानकारी लिनुपर्छ । म कहाँ आउने कतिपय बिरामीहरुले नियमित औषधि खान झ्याउ मान्ने गरेको पाएको छु धेरैजनाले सोध्नुहुन्छ औषधि सधैलाई खानुपर्छ भनेर ? मैले सबैलाई भन्छु, ‘प्राय जसो पर्छ र पर्न सक्छ । र औषधि खाएर तपाईँलाई बेफाइदा हुँदैन बरु नखाँदा चाहि बेफाइदा हुन्छ । त्यसैले सबैभन्दा पहिले सल्लाह लिनुपर्छ । र प्रेशर छ भने नियन्त्रण गर्नैपर्छ ।’ अंगभंग हुनसक्छ : प्रेशर कन्ट्रोल भएन भने मिर्गौला फेल हुनसक्छ । यदि फेल भयो भने त्यसको असर आफूलाई त हुने नै भयो घरपरिबारका अन्य सदस्यलाई समेत हुन्छ । औषधि उपचारमा ठूलो धनराशी खर्च हुन्छ । व्लड प्रेसर कन्ट्रोल भएन भने कहिलेकाही दिमाखको नशा फुटेर हेमरेज हुनसक्छ । मस्तिस्कघात र पक्षघात हुनसक्छ । त्यो पनि जिन्दगीभरका लागि समस्या हो । राम्रोसंग व्लडप्रेसर कन्ट्रोल भएन भने हृदयघात ( हार्ट अट्याक) हुनसक्छ । यसले मानिसको तत्काल मृत्यु पनि गराउन सक्छ । यी बाहेक अन्य धेरै समस्याहरु निम्त्याउन सक्छ तर यो तीनवटा प्रमुख समस्या हुन् । यस्ता किसिमका गम्भीर स्वास्थ्य समस्या हुनको लागि पनि प्रेसरका विरामीले नियमित रुपमा औषधि खान जरुरी छ । हुन त कोलेस्टोरोलको परीक्षण गर्ने मापदण्ड फरक फरक हुन्छ । तर हामीले समग्रमा भन्नुपर्दा कोलेस्टोरोल १५० देखी २०० को बीचमा रहेमा नर्मल मानिन्छ । २०० भन्दा माथि भयो भने त्यो कन्ट्रोल गर्नुपर्ने अवस्थामा पुगेको मानिन्छ । यसलाई खानपान र व्यायममा ध्यान दिएर घटाउन जरुरी हुन्छ । तर फेरी पनि भन्छु हरेक ल्याव टेष्टको आफ्नो रेन्ज हुन्छ र प्रायजसो १५० देखी २०० बीचमा हुनुपर्छ । प्रेसरका विरामीले कोलेस्टेरोल घटाउन जरुरी छ । त्यसको लागि नियमित शारीरिक व्यायम, बोसोजन्य खानेकुरा, चिल्लो खानेकुरा नियन्त्रण गर्नुपर्छ । विशेषगरी रातोमासु खानु भएन , सेतो मासु खानुपरयो , माछा खानु परयो , तरकारी र फलफुलहरु बढी खानुपरयो । नियमित व्यायम भनेको दैनिक वा एक दिन बिराएर भएपनि कम्तीमा आधा देखी एक घण्टा व्यायम गर्नुपर्छ । खेले पनि भयो , दौडिए पनि भयो, जीम गए पनि भयो तर व्यायम गर्दा मज्जाले पसिना आउनुपर्छ । आजकल के भन्ने गरिएको छ भने हप्तामा लगभग २ हजार किलो क्यालोरी घटाउन सकियो भने त्यो प्रभावकारी व्यायम मानिन्छ । चुरोट सेवन हृदयघात गराउने प्रमुख कारक तत्व मध्ये पर्दछ । चुरोटले नसा वा रक्त नलिमा साघुरयाउन छिटो मद्धत गर्छ । चुरोटमा हुने रसायनले त्यो भित्रको लियर फर्मेसनमा छिटो गराउन मद्धत गर्छ । मुटुको नलि अरु नलिभन्दा छिटो बन्द हुन्छ । किनभने तिनीहरु चाहि मुटुको नलि चाहि आर्थिरोस क्लिारोटिक प्रोसेस भन्छ बोसो बन्ने प्रक्रिया अरु नलि भन्दा छिटो हुन्छ । प्रेसरका विरामीले मोटोपनालाई नियन्यणमा राख्नुपर्छ वा घटाउदै लैजान पर्छ । त्यसमा खानपान र जीवनशैलीकै प्रमुख भूमिका हुन्छ । त्यसका लागि बोसोजन्य खानपीन पूर्णरुपमा रोक लगाउनुपर्छ । त्यस्तै कार्वोहाइड्रेड कम गर्ने । त्यो भनेको भात आलु गुलियो चिजहरु कम गर्नुपर्छ । सामान्य त ३.५ देखी ५.५ लाई नर्मल अवस्था मानिन्छ । त्यो पनि व्यक्तिको अन्य रोगको अवस्थाले निर्धारण गर्छ । त्यस्तै फास्टिङ ११०/ १२० को अनुपातमा हुनुपर्छ । पीपी १४० भन्दा तल हुनु पर्छ । यदि प्रेसरको विरामीलाई सुगर कन्ट्रोल भएन भने मिर्गौलामा छिटो खरावी आउन सक्छ । हृदयघातको सम्भावना एकदमै बढी हुन्छ । मस्तिस्कघात पनि हुनसक्छ । प्रेसरका विरामीले तनावमुक्त जिन्दगी हुनुपर्छ । किनभने तनाव हुने वित्तिकै हार्टरेट बढ्छ । मुटुले रगत फ्याक्ने मात्रामा बढी आउछ । यसले समस्या निम्त्याउछ । सामान्य त ११० देखी १४० सम्म सिस्टोलिक हुनुपर्छ । डायस्टोलिक ७० देखी ९० भन्दा कम हुनुपर्छ । औषधि नियमित खानुपर्छ छोडन परयो घटाउन परयो भने चिकित्सकको सल्लाह अनिवार्य लिनुपर्छ । नियन्त्रणमा आयो भन्दै आफै घटाउने काम कहिल्यै गर्नुहुदैन् ।
nepalihealth.com
1,216,770
१६ दिनदेखि जारी लकडाउनमा काठ तस्करदेखि गरगहना चोरीसम्मका घट्ना हुने गरेको छन्। कैलालीको गोदावरी नगरपालिकाबाट काठ तस्करीमा संग्लन एक जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका-१२ हलौडेका नरीबहादुर साउद काठसहित पक्राउ परेका हुन्।साउदको घरमा अवैध चिरान काठ तथा काठको गोलिया लुकाइ राखेको खबर प्राप्त भएपछि बुधबार एलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले काठसहित उनलाई नियन्त्रणमा लिइएको हो। उनको घरमा चेकजाँच गर्दा गोठमा चिरान कडी, सिल्ली, चौपट, तक्ता र तीन थान गोलिया गरी एक सय २१ कयुफिट काठ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । गुप्ताले आफ्नै घरको छतमाथिको पानी ट्यांकी‍भित्र लुकाएको अवस्थामा चोरीका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । चोरीको आरोपमा पक्राउ परेका पप्पु र उनका छोरा ठेलामा फलफूल र तरकारी बिक्री गर्दै आएको प्रहरीले जनाएको छ ।
annapurnapost.com
3,131,962
नेपालको संविधान २०७२ अनुसार नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्ने काम सात वर्ष पूरा हुँदा पनि नभएकामा नागरिकता पीडितको असन्तुष्टि चुलिँदो छ । संविधानसभाबाट २०७२ सालमा जारी भएको नेपालको संविधानमा नागरिकतासम्बन्धी व्यवस्था त्यसअघिका संविधानको भन्दा प्रगतिशील छ । त्यसअनुसार कानुन बन्न नसक्दा भने नागरिकले पूर्णरूपमा समानतामा आधारित हुन नसकेको गुनासो गर्दै आएका छन् । पुरुष र महिलाबीच समानताका लागि संविधानमै संशोधन हुनुपर्ने माग पनि उठ्दै आएको छ । संविधान जारी भएको करिब सात वर्ष पूरा हुँदासमेत विद्यमान नेपाल नागरिकता ऐन, २०६३ मा संविधानअनुरूप आवश्यक संशोधन हुन सकेको छैन । संसद्ले दुईपटक पारित गरेर प्रमाणीकरणका लागि पठाएको विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा धेरै नेपाली नागरिकताविहीन हुनुपरेको सरोकावालाको भनाइ छ । समसामयिक संशोधनका लागि नेपाल नागरिकता ऐन संशोधन विधेयक, २०७५ प्रतिनिधिसभामा पेस भएको थियो । ०७५ असार ७ गते ऐन संशोधन विधेयकको प्रतिवेदन राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतले पारित गरी असार ९ गते प्रतिनिधिसभामा छलफलका लागि पेस गरिएको हो । समितिले पारित गरेको विधेयकसम्बन्धी प्रतिवेदनले नेपाल नागरिकता ऐनमा रहेका धेरैजसो समस्याको सम्बोधन गर्न सफल भए पनि केही समस्या अझै समाधान नहुने देखिएको ‘नागरिकताको अधिकारका लागि नागरिक समाज सञ्जाल’ को ठम्याइ छ । यही व्यवस्थाको विधेयक मात्र पारित भएको भएपनि धेरै नागरिकता पीडितको समस्या समाधान हुने अवस्था रहेको अधिवक्ता सविन श्रेष्ठ बताउँछन् । समितिको प्रतिवेदनभन्दा फरकरूपमा भए पनि धेरै पीडितका समस्या समाधान हुने गरी आएको नागरिकता विधेयक संसद्को दुवै सदनले पारित गरे पनि राष्ट्रपतिले रोक्दा समस्या समाधान हुन नसकेको पीडितको गुनासो छ । लामो समयदेखि समाधान हुन नसकेको नागरिकता समस्या समाधानका लागि यो विषय आगामी निर्वाचनको घोषणापत्रमा समावेश गर्न पनि नागरिकता पीडितले आग्रह गरेका छन् । अझै पाइँदैन आमाको नाममा नागरिकता संविधानको धारा १२ मा आमाको नाममा नागरिकता लिन पाउने स्पष्ट व्यवस्था गरेको सात वर्ष पूरा हुँदासमेत गोकर्णेश्वर नगरपालिका–५ मा बस्ने यवेश अधिकारीले नागरिकता पाउन सकेका छैनन् । आमाको नामबाट नागरिकता प्राप्तिका लागि उनले पटकपटक प्रयास गरिसकेका छन् । आमाको नामबाट थर, ठेगानासमेत राखेर नागरिकता लिन चाहँदा नपाएको गुनासो उनले महिला, कानुन र विकास मञ्चमा गराएका छन् । आमाको नाममा नागरिकता नपाउने यवेश एक्लो भने होइनन् । सर्लाहीकी अञ्जली साह ६ महिना हुँदै बाबुले छोडेर हिँडेपछि आमाको नामबाट नागरिकता लिन पटकपटक गरेको प्रयास असफल हुँदै आएको गुनासो गर्छिन् । नागरिकता नभएकै कारण साहले विदेश गएर पढ्न पाइनन् । नागरिकताकै कारण रुचि नभएको विषय पढ्नु परेको उनको दुःखेसो छ । नागरिकता नहुँदा काम गर्न नपाएको साहले सुनाइन् । आमाको वंशजको नागरिकता भए पनि अञ्जलीले नागरिकताकै लागि भौँतारिएर हिँड्नुपरेको छ । बाग्लुङ स्थायी घर भएका अञ्जलीका बाबुले ६ महिनामै आमालाई छोडेर बेपत्ता भएपछि अहिले उनी समस्यामा परेकी हुन् । साहका बाबुको पनि नेपाली नागरिकता छ । भरतपुर महानगरपालिका–१ का विकास नेपालीले आमाका नाममा नागरिकता नपाउँदा आमा बितेपछि दलालले आमाको नामको जग्गा हडपेका छन् । ‘विद्यालय र क्याम्पसमा अध्ययनका क्रममा प्रथम भएँ, दोस्रो हुने साथीले बैंकमा प्रबन्धकको जागिर खाएका छन्, म नागरिकता नभएकैले अलपत्र छु, आमाले जोडेको सम्पत्तिमाथिसमेत अरूले अधिकार जमाउन खोजेका छन्’, नागरिकता नहुँदाको पीडा पोख्दै उनले भनिन् । मञ्चका कार्यकारी निर्देशकसमेत रहेका अधिवक्ता श्रेष्ठ सरकारले संविधानसभाबाट बनेको संविधान कार्यान्वयन भयो भनी दाबी गर्ने गरे पनि नागरिकताका विषयमा पूरा हुन नसकेको बताउँछन् । संविधानको धारा ३८ र धारा १२ मा गरिएको नागरिकतासम्बन्धी नयाँ व्यवस्था नागरिकता ऐनमा संशोधन हुन नसकेकाले कार्यान्वयन नभएको उनले सुनाए । गणेशमान सारनाथ नगरपालिका–३ धनुषाका इन्द्रजीत साफीले साहुसँग पाँच लाख ऋण लिएर इञ्जिनियरिङ अध्ययन गरे । अध्ययन पूरा गरेपछि निजीस्तरबाट सञ्चालित एक जलविद्युत् आयोजनामा काम गर्न सुरु गरेको केही समयमा उनीसँग नागरिकता माग गरियो । नागरिकता पेस गर्न नसकेपछि साफीले पाएको रोजगारीबाट हात धुनुप¥यो । अध्ययन गर्न लिएको ऋणको ब्याज बढ्दै गएपछि उनको परिवार चिन्तामा डुबेको छ । ‘साहुको ऋण बढेर १५ लाखभन्दा बढी भएको छ, रातदिन पैसा माग्न आउँछन्, नागरिकता नभएकै कारण मैले पाएको निजीस्तरको जागिरसमेत गुमाउनुप¥यो, अब मैले कसरी ऋण तिर्ने ?, संसद्ले पारित गरेर पनि राष्ट्रपतिबाट प्रमाणीकरण नहुँदा हामीलाई थप चिन्तित बनाएको छ’, नागरिकताको प्रमाणपत्र नपाउँदाको पीडा सुनाउँदै उनले भने । साफीका चार भाइले १२ कक्षासम्मको अध्ययन गरेका छन् । बहिनीले स्नातक अध्ययन गरेकी छन् तर कसैसँग पनि नागरिकता नभएकाले कसैले पनि सामान्य रोजगारीसमेत पाउन सकेका छैनन् । नागरिकता नपाएकैले परिवारका सबै सदस्य मानसिक तनावमा रहेको साफीको भनाइ छ । साफीका हजुरबा, हजुरआमा, बाबुको जन्मसिद्धको नागरिकता छ । माइला हजुरबाको भने वंशजको नागरिकता छ । आमाको पनि वंशजको नागरिकता छ । तर इन्द्रजीतका दाजुभाइ र बहिनीले नागरिकता पाउन नसक्दा परिवार नै समस्यामा फसेको छ । धनुषाकै चन्दन मुखर्जीले पनि नागरिकता नभएका कारण यस्तै समस्या भोग्नुपरेको छ । महोत्तरीका अर्जुन साहले पनि नागरिकता नभएकैले पढ्न पनि छोडेको सुनाए । नागरिकतामा पटकपटक राजनीति हुँदै आएकामा पीडित दुःखी छन् । नागरिकता नभएका कारण खोटाङका २२ वर्षीय प्रतीक सुनारको समस्या पनि उस्तै छ । सुनारका बाबुको वंशजको नागरिकता भए पनि हाल हङकङमा रहेकाले सनाखत गर्न आउन नसकेर उनले नागरिकता पाएका छैनन् । आमा नेपालमै भए पनि सनाखतका लागि जिल्ला प्रशासन कार्यालयले बाबुलाई नै खोजेको छ । बाबुको नागरिकताको प्रमाणपत्रको प्रतिलिपिका आधारमा अरूले सनाखत गरेर पनि उनले नागरिकता पाउन सकेनन् । सनाखत गर्न पनि प्रमुख जिल्ला अधिकारीअनुसार फरकफरक व्यवहार हुने गरेको पीडितको गुनासो छ । झापाका २५ वर्षीय परहत बानुले राम्रो रोजगारी पाउने आशामा एयर होस्टेसको कोर्स गरे । उनले पनि नागरिकताको अभावमा अहिले बेरोजगार भई भौँतारिन बाध्य हुनुपरेको छ । सानी छोरीलाई विद्यालयमा भर्ना गर्न जन्मदर्ता खोजेको र नागरिकता नहुँदा विवाह एवं जन्मदर्ताको प्रमाणपत्र पाउन नसकेकाले समस्या भोग्न बाध्य हुनुपरेको उनले सुनाए । नागरिकता नपाएर पीडित हुने यी त प्रतिनिधि घटना मात्र हुन् । जन्मसिद्ध नागरिकता पाएकाका सन्तति पाँच लाख र एकल आमाका सन्तान ६ लाख गरी ११ लाख नागरिक अहिले नागरिकताविहीन रहेको मञ्चका कार्यकारी निर्देशकसमेत रहेका अधिवक्ता श्रेष्ठ बताउँछन् । यो समस्या समाधानका लागि आगामी निर्वाचनअघि जारी हुने घोषणापत्रका माध्यमबाट सम्बोधन गर्न आग्रह गरिएको पनि उनले सुनाए । नागरिकता दिन पनि अपांगता भएकालाई विभेद बारा जीतपुरका २५ वर्षीय राहुलकुमार साहको परिवारका सबैको नागरिकता छ, तर उनले पटकपटक आवश्यक कागजातसहित माग गर्दा पनि नागरिकता पाउन सकेका छैनन् । बाबुको जन्मसिद्ध, आमाको अंगीकृत र परिवारका अरू सदस्यको वंशजको नागरिकता भए पनि आफूले नपाउँदा राज्यले फरक व्यवहारको गरेको अनुभवले उनलाई सताइरहन्छ । कामका क्रममा ३३ हजार भोल्टको करेन्टले उनका दुवै हात गुमेका छन् । सबै कागजात जम्मा पारेर नागरिकता माग गर्दा पनि नपाएपछि साहलाई अपांगता भएकैले राज्य संयन्त्रबाट फरक व्यवहार गरेजस्तो लाग्छ । नागरिकता भएकाले परिवारका सबै सदस्यको मतदाता नामावलीमा नाम समावेश गरिएको छ । राहुलले भने नागरिकता नपाएकैले २५ वर्ष पूरा हुँदा पनि मतदान गर्ने अवसर गुमाउँदै आएका छन् । सर्वोच्चको आदेशमा भने दिइन्छ आमाका नाममा नागरिकता ०७४ जेठ ३ गते सर्वोच्चले नागरिकता दिनु भनी आदेश दिएपछि योगेश अधिकारीले आमाको नाममा नागरिकता लिएको मञ्चका कार्यकारी निर्देशक श्रेष्ठले सुनाए । तर, यो फैसलाका आधारमा नजिर भई अन्यका हकमा कार्यान्वयन हुन सकेको छैन । नजिर नबनेकाले सहजरूपमा आमाका नाममा नागरिकता पाउनसमेत कानुन नै बन्नुपर्ने भएको छ । नागरिकता पीडितले संसद्को प्रत्येक अधिवेशनबाट नागरिकता विधेयक पारित गर्न दबाब दिन थालेपछि दुवै सदनबाट पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाएकामा पहिलोपटक संसद्मै फिर्ता भयो । दोस्रोपटक फेरि संसद्ले पारित गरी राष्ट्रपति कार्यालय पठाएकामा संविधानले तोकेको १५ दिनभित्र पनि प्रमाणीकरण नगरेपछि चोतर्फी विरोध भइरहेको छ । यसअघि ५० भन्दा धेरै नागरिक संस्थाका तर्फबाट नागरिकता समस्या छिटो समाधान गर्न संसद्मा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकलाई ज्ञापनपत्र बुझाइएको थियो । मञ्चमा पाँच सय नागरिकताविहीनको अभिलेख छ । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमै नागरिकता ऐन संशोधन विधेयक लामो समय रोकिएको थियो । नागरिकता विधेयक रोकेको घटनाप्रति अधिकारकर्मी दुःखी संसद्ले पहिलोपटक पारित गरेर राष्ट्रपतिकहाँ पठाएपछि एकपटक फिर्ता गर्ने अधिकार संविधानले दिए पनि दोस्रोपटक पनि प्रमाणीकरण नगरेर संविधानविपरीत काम भएको बताउँछन् मानवअधिकारवादी कृष्ण पहाडी । यस कदमको न्यायिक निरुपण गरिनुपर्नेमा पनि उनले जोड दिए । राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य प्रा.कपिल श्रेष्ठ संसद्ले दुईपटक पारित गरेर पठाएको विधेयक प्रमाणीकरण नगरेर संविधानको मर्म एवं भावनाको उल्लंघन गरेको आरोप लगाए । ‘यो कदम लोकतन्त्र र संविधानविरुद्ध छ, संवैधानिक विषयलाई पार्टीगतरूपमा हेरिनुहुन्न’, श्रेष्ठले भने । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
2,661,039
अस्पताल तथा स्वास्थ्य केन्द्रहरुमा व्यवस्थापनका क्षेत्रमा सम्बन्धित विज्ञलाई जिम्मेवारी दिँदा उत्पादकत्वमा वृद्धि हुने यस क्षेत्रका जानकारहरुको भनाइ छ । नेपाल स्वास्थ्य सेवा व्यवस्थापक सङ्घले आज यहाँ आयोजना गरेको ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’ विषयक सम्मेलनमा उनीहरुले सम्बन्धित विज्ञको व्यवस्थापनबाट नै स्वास्थ्य सेवालाई प्रभाकावरी बनाउन सकिनेमा जोड दिए । कार्यक्रममा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले व्यवस्थापन क्षेत्रका अब्बल जनशक्तिको परिणाममुखी कामबाट नै स्वास्थ्य सेवालाई सहज र प्रभावकारी बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले सबै जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने सन्र्दभमा सरकार र निजी क्षेत्रको समन्वय आवश्यक रहेकामा जोड दिए । नेपाल मेडिसिटी अस्पतालका अध्यक्ष उपेन्द्र महतोले पर्यटनको विकासका लागि नेपालमा पर्यटनका सम्भावना रहेको उल्लेख गर्दै नेपाली नागरिकमा रहेको सेवाभावलाई अवसर ठानेर नेपाललाई स्वास्थ्य क्षेत्रको हबका रुपमा समेत विकास गर्न सकिने धारणा व्यक्त गरे । साथै उनले निजी क्षेत्रका स्वास्थ्य सेवा प्रदायक संस्थाप्रति नबुझेर केही नकारात्मक टिप्पणी हुने गरेको गुनासो गर्दै वास्तविकता त्यस्तो नभएको स्पष्ट पारे । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नीति तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलले सरकारले अस्पताल तथा स्वास्थ्य केन्द्रको व्यवस्थापनमा सम्बन्धित विज्ञ नै माग गर्न सुरु गरिसकेको जानकारी गराए । साथै उनलेण् जनतालाई सहज र सुलभ स्वास्थ्य सेवा प्रदान गर्न, स्वास्थ्य क्षेत्रको सुधार तथा व्यस्थापन गर्ने उद्देश्यले ‘राष्ट्रिय स्वास्थ्य वित्त रणनीति’ तयार गरेको समेत बताए । सङ्घका अध्यक्ष महेन्द्रराज भुसालले सङ्घ कुनै कसैका विरुद्ध नभई यस क्षेत्रलाई थप चुस्त बनाउने उद्देश्यले स्थापना भएको बताए । साथै उनले निजी क्षेत्रका अस्पतालमा व्यवस्थापन अध्ययन गरेका जनशक्तिले राम्रो काम गरिरहेको उल्लेख गर्दै यसलाई सरकारी निकायमा पनि थप विस्तार गर्नुपर्ने सुझाव दिए । नेसनल ओपन कलेजका निवर्तमान प्रिन्सिपल दिवाकर वशिष्ठले अस्पताल व्यवस्थापन विषय अध्ययनको अवस्था र सम्भावनाबारे प्रकाश पार्दै अस्पतालमा यस क्षेत्रको विज्ञको जिम्मेवारीले नै स्वास्थ्य सेवाको उत्पादकत्वमा वृद्धि हुने धारणा व्यक्त गरे । उद्घाटनपछिका विभिन्न सत्रमा ‘स्वास्थ्य सेवा व्यवस्थापनमा बहुक्षेत्रीय दृष्टिकोण’का कार्यपत्र प्रस्तुत गरिएको थियो ।
ratopati.com
5,451,709
अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', अध्यक्ष माधवकुमार नेपाल र अध्यक्ष उपेन्द्र यादव । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) बीच पार्टी एकीकरणका सम्बन्धमा छलफल चलिरहेको छ । माओवादी केन्द्रले वाम शक्तिको एकताका लागि पहल गर्दै गर्दा एकीकृत समाजवादी र जसपाले निरन्तर रूपमा आन्तरिक छलफललाई अगाडि बढाएका छन् । जसपाले नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा विचार मिल्ने पार्टीसँग पार्टी एकताका लागि वार्ता समिति बनाएको छ । श्रेष्ठ संयोजक रहनुभएको समितिमा गोविन्द चौधरी र रकम चेम्जोङ सदस्य हुनुहुन्छ। जसपाले बनाएको पार्टी एकता कार्यदलका संयोजक राजेन्द्र श्रेष्ठले एकीकृत समाजवादीसँग पार्टी एकताको कुराकानी हुँदै आएको जानकारी दिनुभयो । यस विषयमा एक–अर्काको डकुमेन्ट अध्ययन भइरहेको उहाँको भनाइ छ । नेता श्रेष्ठले भन्नुभयो, “उहाँहरूले हाम्रो डकुमेन्टहरू अध्ययन गर्दै हुनुहुन्छ । हामी पनि उहाँहरूको वैचारिक, सैद्धान्तिक सवालमा अध्ययन गर्दैछौं ।” यस विषयमा प्रक्रिया अगाडि बढाउने विषयमा पनि छलफल भइरहेको उहाँको भनाइ छ । नेताहरूका अनुसार नीति, सिद्धान्त र विचार यी तीन कुरामा मुख्यरुपमा छलफल चलिरहेको छ । यसका लागि छुट्टा–छुट्टै कार्यदल भने बनेको छैन । एकीकृत समाजवादीका डा. विजय पौडेल र जसपाका गोविन्द चौधरीले संयुक्त रूपमा अध्ययन एवम् छलफल गर्दै आउनुभएको छ। “साझा टिमको नीति, सिद्धान्त, विचार के–के मिल्छ, मिल्दैन भन्ने छुट्याउनका लागि कार्यदलभित्र एउटा टिम बनेको छ । आ–आफ्नो कार्यदलले अध्ययन गर्दछौँ। वार्ता समितिबीच वार्ता जारी छ, हाम्रोबाट एक जना, उनीहरूबाट एक जना राखेर काम अगाडि बढ्छ । एकीकृत समाजवादी र जसपाबीच मिलेको कुरामा सहकार्य गर्ने, नमिलेकोमा मिलाउँदै जाने तयारीमा छौँ।” श्रेष्ठले भन्नुभयो । वैचारिक र सैद्धान्तिक सहमतिपछि प्राविधिक कुरामा पनि सहमति हुने उहाँको भनाइ छ । पुसको अन्तिम साता बृहत् वाम एकता गर्ने भन्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा माओवादी केन्द्रले वार्ता समिति बनाएको छ । समिति सदस्यमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत हुनुहुन्छ । समितिले डा. बाबुराम भट्टराई, एकीकृत समाजवादीलगायत दलसँग एकताका लागि छलफल गरिरहेको छ । केही दिनअघि माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी (सुशील)सँग एकताको निर्णय भएको छ । दुई पार्टी एकताका वैचारिक आधारबारे छलफल भएको र केही दिनमै एकता गरेर अगाडि बढ्ने सहमति भएको छ । छलफलमा माओवादीको तर्फबाट वार्ता समिति संयोजक महरा र सदस्य पोखरेल सहभागी हुनुहुन्थ्यो । माओवादी समाजवादीतर्फबाट अध्यक्ष बुढाथोकीसँगै उपाध्यक्ष तिलक मगर सहभागी हुनुहुन्थ्यो । माओवादी केन्द्र र एमालेबीचको एकताप्रति असहमत भएर गोपाल किराँतीले माओवादी केन्द्र नाममै राजनीतिक सक्रियता जारी राखेपछि उहाँहरू किराँती समूहमा हुनुहुन्थ्यो । माओवादी केन्द्रका महासचिव एवम् वार्ता समितिका सदस्य देव गुरुङले छिट्टै सहमति भएकासँग एकता गर्ने र नभएकासँग पनि सहमतिका लागि छलफल चलिरहेको बताउनुभयो । उहाँले कम्युनिष्ट पार्टीबीचमा पार्टी एकता नै गर्ने र विचार मिल्नेसँग समाजवादी केन्द्र बनाउने विषयमा औपचारिक तथा अनौपचारिक कुराकानी अगाडि बढेको बताउनुभयो । गुरुङले भन्नुभयो, “वार्ता समितिको औपचारिक र अनौपचारिक कुराकानी चलिरहेको छ । त्यही आधारमा छिट्टै सहमति भएकासँग एकता गर्ने । कम्युनिष्ट पार्टीसँग त कम्युनिष्ट एकता नै गर्ने कुरा हो, बाँकी समाजवादी केन्द्र, मोर्चा बनाउने कुरा छ।” जसपासँग पनि पार्टी एकताको जिज्ञासा सम्बन्धमा उहाँले कम्युनिष्ट पार्टी नमान्ने र समाजवाद मान्नेसँग संयुक्त मोर्चा बनाउन सकिने भनाइ राख्नुभयो । “समाजवाद त मान्नुहुन्छ तर, कम्युनिष्ट पार्टी मान्नु हुन्न, संयुक्त मोर्चा बनाउने कुरा भयो”, माओवादी केन्द्रले पूर्वमाओवादी घटक प्रायः सबैसँग पार्टी एकताको कुरा भइरहेको उहाँले बताउनुभयो । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, कुमार लिङ्देनको सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, केपी पालुङ्वाको राष्ट्रिय जनमुक्ति पार्टीलाई एकताको प्रस्ताव पठाएको जसपा वार्ता समिति संयोजक श्रेष्ठले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सङ्गठनको अध्यक्ष को हुने ? पार्टीको नाम के राख्ने ? झण्डा र चुनाव चिह्न कस्तो बनाउने ? यी प्राविधिक कुरा हुन् । वार्ता समितिले मिलाउन सकेन भने पार्टीका अध्यक्षहरू बसेर जे टुङ्गिन्छ त्यो दुवै पक्षले स्वीकार गरेर अगाडि बढ्छौँ।” वार्ता समितिले यसको सघन रूपमा छलफल गर्ने र समितिमा कुरा नटुङ्गे एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका अध्यक्षद्वय माधवकुमार नेपाल र उपेन्द्र यादवसहितको बैठकले अन्तिम कुरा टुङ्ग्याउने वार्ता समिति संयोजक श्रेष्ठले बताउनुभयो । “नागरिक उन्मुक्ति पार्टी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्तिलाई एकताका लागि प्रस्ताव मात्रै पठाइएको छ । अशोक राई, उपेन्द्र यादव, राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ सँगै काम गरेका मान्छे हौँ ।” उहाँले भन्नुभयो । यसअघि सँगै रहेका र फरक अस्तित्वमा रहेका नेताबीच एकताको छलफल भए पनि डा. भट्टराई र महन्थ ठाकुरसँग भने यसखाले छलफल अघि नबढेको श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठ भन्नुहुन्छ, “हाम्रो एउटा राष्ट्रिय पार्टी हो । एक नम्बरको प्रोटोकलमा अशोक राई हुनुहुन्छ । खास क्षेत्र, खास जाति र खास समुदायको राजनीति गर्दैनौँ । लोसपासँग भर्खर छुटेर गएकाले वार्ता भएको छैन ।’’ खासगरी वाम लोकतान्त्रिक चिन्तन भएकासँग एकताको कुरा अघि बढेको उहाँले बताउनुभयो । विगतमा माग र मुद्दा मिलेको आधारमा लोकतान्त्रिक समाजवादी पार्टीसँग एकता गरिएको तर टिक्न नसकेको उहाँले सुनाउनुभयो । नेताले पार्टी एकता गरौँ भनेर मात्र एकता सम्भव नभएको उहाँले प्रष्ट पार्नुभयो । यता, एकीकृत समाजवादीका उपमहासचिव डा. विजय पौडेलले समाजवादी मोर्चा बन्ने गरी वार्ता, छलफल भइरहेको बताउनुभयो । जनता समाजवादी पार्टीसँग एकताका लागि छलफल चलिरहे पनि ठोस निष्कर्षमा पुगिनसकेको उहाँको भनाइ छ । पौडेलले भन्नुभयो, “वार्ता भइरहेका छन् । ठोस निष्कर्ष निस्किसकेको छैन । जनता समाजवादीलगायतको मोर्चा बन्ला । अहिले जनता समाजवादीसँग र माओवादीसँग पनि वार्ता भइरहेको छ । उहाँहरू सरकारमा र हामी विपक्षी हुँदासम्म एकता हुँदैन । समाजवादी मोर्चा मात्र बन्छ ।” डा. पौडेलले एकअर्काको विचार र नीतिलगायतको डकुमेन्ट मिल्ने र नमिल्ने कुरा छुट्याउने काम अहिले भइरहेको बताउनुभयो । “डकुमेन्टमा आधारित भएर एकता हुन सक्छ कि सक्दैन । अथवा, एकता भएन भने मोर्चा बन्न सक्छ कि बन्दैन भनेर छलफल भइरहेको छ ।” पौडेलले भन्नुभयो । जसपासँगै पार्टी एकता नै गर्न भने लामो प्रक्रिया लाग्न सक्ने उहाँको भनाइ छ । तर, समाजवादी अभियानका लागि मोर्चा बनाउने विषयमा भने आफू नजिकै पुगिसकेको उहाँले बताउनुभयो । “समाजवादी अभियानका लागि मोर्चा बनाउन हामी नजिकै पुगेका छौँ । माओवादी र मसाललगायत सबैसँग प्रयास गरिराखेका छौँ । नागरिक उन्मुक्तिसँग छलफल गर्न भ्याएका छैनौँ, अब गर्छौँ ।” उहाँले भन्नुभएको छ। यसैबीच, विगत केही समयदेखि संयुक्त मोर्चाको रूपमा कार्यक्रम गर्दै आएको ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’को नेपाल कम्युनिष्ट पार्टी, आहुतिको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र कर्णजित बुढाथोकी ‘सुशील’ को नेकपा (माओवादी समाजवादी)बीच शुक्रबार पार्टी एकता, संयुक्त मोर्चा र कार्यगत एकताको ठोस कार्यक्रम विकास गर्ने सहमति भएको छ । वर्तमान राजनीतिक अवस्था गम्भीर रहेको निष्कर्ष निकाल्दै आगामी फागुन १५ गतेको बैठकले यसको निर्णय गर्ने साना चार कम्युनिष्ट पार्टीले जनाएको छ । उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।
gorkhapatraonline.com
5,841,360
बैतडीमा गत फागुनदेखि सार्वजनिकस्थलमा धूम्रपान गर्न निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको अगुवाईमा जिल्ला प्रहरी कार्यालय बैतडीले यो अभियानलाई थप प्रभावकारी बनाउन विभिन्न कार्यक्रम गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता खेमविक्रम केसीले सचेतना अभिवृद्धि र कारबाही प्रक्रियालाई सँगसँगै अगाडि बढाइएको बताए । उनले गत फागुन ११ गतेदेखि हालसम्म सार्वजनिक स्थानमा धूम्रपान गर्ने २५ जनालाई कारबाही गरिएको जानकारी दिए । उनीहरूबाट जनही रु एक सय जरिवानासमेत गरिएको उनले बताए । गत माघमा प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मालगायत सरोकार भएका निकायका प्रमुख तथा प्रतिनिधिसहितको बैठकले सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि निर्णय गरेअनुसार अभियान अगाडि बढाइएको थियो । शुभारम्भमा सचेतनाका लागि प्रचारप्रसार गरी फागुन ११ गतेबाट प्रहरीले कारबाही प्रक्रिया अगाडि बढाएको थियो । ‘लागुऔषध नियन्त्रण तथा सार्वजनिक स्थानमा धूम्रपान निषेधका लागि प्रहरी कार्यालय, मातहतका प्रहरी चौकी, सञ्चार माध्यम सामाजिक सञ्जालबाट प्रचारप्रसार र माइकिङ गरेर सुरुमा सचेतना अभिवृद्धिका लागि कार्यक्रम अगाडि बढाएका थियौँ’, प्रहरी प्रवक्ता केसीले भने, ‘सार्वजनिक स्थानमा धूम्रपान निषेधपश्चात पनि अटेरी गर्नेलाई कारबाही गरिरहेका छौँ । यो अभियान प्रभावकारी बन्दैगएको छ ।’ सुरूमा धेरैले नराम्रो माने पनि पछिल्लो समय सार्वजनिकस्थलमा खुलारूपमा गर्ने ध्रम्रपानले महिला, बालबालिका तथा अन्य व्यक्तिहरूमा पर्ने प्रभावका बारेमा जानकारी दिएपछि अहिले निकै सुधार भएको केसीको भनाइ छ ।
khabarhub.com
2,541,724
यसको दुखाइ निकै कडा हुन्छ । माइग्रेनका कारण टाउको दुख्यो भने त्यसलाई घटाउनै गाह्रो पर्छ । यसको कारण रोकिइरोकिई टाउको दुख्छ र दुई घन्टादेखि कैयौँ दिनसम्म दुखिरहन पनि सक्छ । यो न्युरोलोजिकल समस्या हो । शरीरले गर्ने न्युरोट्रान्समिटरको उत्पादन पनि माइग्रेनको कारण हुन सक्छ । माइग्रेन भएको समयमा मस्तिष्कमा रक्तसञ्चार बढ्छ, जसको कारण चर्को गरी टाउको दुख्ने गर्छ ।
ratopati.com
2,102,113
बिहान झिसमिसे उज्यालो हुँदै थियो। राधिका उठिसकेकी थिइन्। आज अति नै महत्वपूर्ण तिजको दिन थियो उनको लागि। त्यसैले आफ्नो श्रीमानको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै व्रत बस्ने तयारीमा जुटिन्। नुहाइसकेपछि सिउँदोभरी सिन्दुर लगाई रातो पहिरहनले आफूलाई सजाइन्, जुन हिन्दू विवाहित नारीहरुका लागि सौभाग्यको प्रतीक मानिन्छ। आफू आठ वर्षको उमेरदेखि यो व्रत बस्दै आएको र यसको फल सोचेभन्दा पनि राम्रो मिलेकोमा तिजप्रति अझ धेरै विश्वास र भक्ति छ उनको। यस व्रतका लागि उनी आफ्नो तागतले भ्याएसम्म हरेक विधि पूरा गर्छिन् किनकि आफ्ना श्रीमानलाई उनले भगवान् भन्दा कम स्थानमा राखेकी पनि छैनन् र राख्न पनि चाहँदिनन् ।
mysansar.com
4,888,032
केही अघि रब्बानीले इरानमा एक धार्मिक सम्मेलनमा प्राज्ञिकहरुलाई आत्मघाती आक्रमणको बिरुद्धमा बोल्न आह्वान गरेका थिए । उनलाई पनि आत्मघाती आक्रमणमा मारिएको आशंका गरिएको छ ।
arghakhanchi.com
1,326,100
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कुल संक्रमितको संख्या २० हजार ८६ पुगेको छ। संक्रिय संक्रमितको संख्या पाँच हजार तीन सय ३८ रहेको छ। शुक्रबार २२४, बिहीबार २७४, बुधबार २१०, मंगलबार ३५३, सोमबार १३९ जनामा कोरोना संक्रमण देखिएको थियो। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९३ डिस्चार्ज भएका छन्। कुल डिस्चार्ज हुनेको संख्या भने १४ हजार ४९२ पुगेको छ। डिस्चार्ज प्रतिशत ७२ दशमलव माथि भएको प्रवक्ता गौतमले जानकारी दिए। अहिले क्वारेन्टाइनमा ११ हजार पाँच सय ३३ जना रहेका छन्। मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला रौतहट र कैलाली हुन् । अहिले कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ६ पुगेको छ । प्रवक्ता गौतमका अनुसार भोजपुर, संखुवासभा, रसुवा, काभ्रे, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो ।
annapurnapost.com
5,391,663
सभामुख देवराज घिमिरे । सभामुख देवराज घिमिरेले सङ्घीय शिक्षा ऐन चाँडो ल्याउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार कान्तिपुर हिसान एडुफेयर (शैक्षिक मेला) को आठौँ संस्करणको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले अहिले संसद् चालु रहेकाले सरकारले छिटो ढङ्गबाट सङ्घीय शिक्षा ऐन ल्याउने आशा गरेको बताउनुभयो । सभामुख घिमिरेले नेपाललाई शैक्षिक केन्द्र बनाउन सरकारी र निजी क्षेत्रबाट समन्वयात्मक भूमिका निर्वाह हुनुपर्ने जानकारी दिनुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘‘देशको राजनीति जस्तो हुन्छ, मूलतः शिक्षाको अवस्था पनि त्यस्तै हुँदै जान्छ । शिक्षाले देश विकास गर्नसक्छ । विदेशबाट पनि ज्ञान आर्जन गर्नका लागि नेपाललाई शिक्षाको हब बनाउन सकिन्छ । नेपालको शिक्षाले विदेशी विद्यार्थीहरूलाई तान्न सक्छ । यसबाट नै हामीले प्रयोगशाली राष्ट्र बनाउन सकिन्छ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यसअनुसार आज अघि बढ्न सकिरहेका छैनौँ । पढेलेखेका विद्यार्थीहरू देशमा राम्रोसँग अघि बढ्न सकेका छैनन्, एसइई दिइसकेपछि विदेशका लागि प्रयास गर्ने क्रम बढिरहेको छ । यस खालका मेलाले शिक्षाको आवश्यकता बुझाउन सकेको छ । स्वदेशमा कसरी व्यवहारिक ढङ्गबाट प्राविधिक शिक्षाहरू अध्ययन गर्न सकिन्छ भन्नेकुरा यस मेलाले बुझाउँछ ।’’ उहाँले देशमै विद्यार्थीहरूलाई उच्च शिक्षा प्रदान गर्नका लागि यस किसिमका मेलाहरू महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आएपनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेको उल्लेख गर्नुभयो । सभामुख घिमिरेले भन्नुभयो, ‘‘नेपाललाई सुहाउने खालको शिक्षाको विकास गर्ने सन्दर्भमा विश्व विद्यालयसँग सम्बन्धित शिक्षा नीतिहरू आए पनि व्यवहारमा अझै लागू गर्न केही समस्या देखा परिरहेका छन् । परिवर्तित समयसँगै नयाँ शिक्षा ऐन ल्याउने बारेमा प्रत्येक सरकारले कोसिस गरेका छन् । तर सफल हुन सकेका छैनन् । यी ऐन ल्याउन चुनौती जस्तो देखिएको छ । ऐन ल्याउन अहिले संसद् चलिरहेको छ, छिटो ढङ्गबाट आउन सकोस् ।’’ बिहीबारदेखि भृकुटीमण्डप प्रदर्शनी हलमा मेला सुरु भएको हो । एसइई र कक्षा १२ को परीक्षा दिएर नतिजा कुरेर बसेका विद्यार्थी र उनीहरूका अभिभावकलाई लक्षित गरी मेला आयोजना गरिएको हो । असार ३ गते आइतबारसम्म सञ्चालन हुने मेलामा ७५ भन्दा बढी शैक्षिक संस्थाका स्टलहरू रहनेछन् । मेलामा निःशुल्क प्रवेश गरेर नेपालको शिक्षा प्रणाली र शिक्षण संस्थाबारे जानकारी प्राप्त गर्न सकिने आयोजकले बताएको छ ।
gorkhapatraonline.com
74,966
अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिविरुद्ध जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा किटानी जाहेरी दर्ता गरिएको छ । पाँचखाल नगरपालिका प्रमुख महेश खरेलले ठेकेदारको लापरबाहीले सडक यात्रुको स्वास्थ्यमा खेलवाड भएको तथा यात्राका क्रममा दुर्घटना भई कयौँको अङ्गभङ्ग भएको जनाउँदै ठेकेदारविरुद्ध क्षतिपूर्ति मागसहित शुक्रबार कार्यालयमा उजुरी दिएका हुन् । उजुरीमा निर्माण सेवा तथा त्यसका सञ्चालक रामकुमार थापाले निर्माणमा ढिलाइ गरेको लापर्बाहीकै कारण धुलिखेल–खावा सडक खण्डमा यात्रु जोखिम मोलेर हिड्न बाध्य भएको, सडकमा उडेको धुँवाले यात्रु बिमारी परेको तथा खाल्डाखुल्डीका कारण सवारीसाधन दुर्घटनामा परेपछि उजुरी दर्ता गरिएको नगर प्रमुख खरेलले बताए । सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो । चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन गत चैत २९ गतेदेखि सात दिनको म्याद दिइएका थिए । निर्माण अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका हुन् । सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको करिब ५० प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए । निर्माण व्यवसायीले सन्तोषजनक काम नगरेपछि शुक्रबार जिल्लामा बसेको सरोकारवालाको भेलाले ठेक्का रद्द गर्ने मागसहित सिफारिस गरेको छ । जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दीपककुमार गौतमको अध्यक्षतामा बसेको बैठकले धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द गर्न माग गरेको हो । ठेकेदारले सन्तोषजनक काम नगरेपछि सम्बन्धित सरोकारवाला निकाय सडक डिभिजन कार्यालय भक्तपुरलाई उक्त सडक खण्डको ठेक्का रद्द गर्न माग गर्दै आवश्यक विषयमा सहयोग गर्ने र रद्दका लागि सिफारिससमेत गरेको हो । प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले ठेकेदारलाई एक हप्ताको अल्टिमेटम दिँदासमेत बेवास्ता गरेकाले कानुनबमोजिम कारबाहीको प्रक्रियासहित ठेक्का रद्दको माग गरिएको बताए । मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता नदिएका कारण कानुनबमोजिम ठेक्का सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ । डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रिमासमेत पुगेको बताइएको छ । सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ । उक्त सडकखण्डका विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग रु २० करोड १९ लाखमा सम्झौता गरिएको थियो । सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनायो । साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको थियो । निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै निर्माणको काम दुई महिनादेखि रोकेका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । उक्त सडक हुँदै उत्तरी नाका तातोपानी पुग्ने गरिन्छ । यही सडक काभ्रेपलाञ्चोकबाट सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि प्रयोग हुन्छ ।
canadanepal.com
527,087
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपाल बिदा नबस्ने भएका छन् । गभर्नर काठमाडौं । अष्ट्रेलियाको मेलबोर्नको ग्रामीण इलाकामा बुधबार दुई वटा साना विमानहरु आकाशमै एकआपसमा ठोक्किएर त्यसमा काठमाडौं । पशुपति परिसरमा केही दिन यता मानिसको चहलपहल बढेको छ । सधैं व्यस्त रहने काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तीन घण्टे भ्रमणका लागि भारतले ८५ करोड भारतीय रुपैयाँ डोटी । जिल्लाको जोरायल र बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्रमा १५ शैयाको अस्पताल काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्यमा बृद्धि भइ नयाँ रेकर्ड कायम भएको गलकोट । जिल्ला अदालत बागलुङको सुविधासम्पन्न भवन बागलुङ नगरपालिका–२ रुद्रेपिपलमा निर्माण सम्पन्न भएकोे छ । काठमाडौं । बोरुसिया डर्टमण्डले च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ काठमाडौं । नेपाल राष्ट्र बैंकले फागुन ७ गते बुधवारका लागि १ अमेरिकन डलरको खरिददर ११४ काठमाडौं । विश्व विजेता स्पेनिस खेलाडी ईकर कासिलासले सन्यास लिने निर्णय लिएका छन् । स्पेनबाट काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशको अधिकांश स्थानमा सामान्य बदली रही पहाडी भूभागका काठमाडौं । ७० औं प्रजातन्त्र दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को काठमाडौं । पाकिस्तानको कराँची शहरको केमारी इलाकामा रहस्यमयी ग्यास लिक हुँदा १४ जनाको मृत्यु भएको काठमाडौं । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को पहिलो लेगको खेलमा लिभरपुल पराजित भएको छ काठमाडौं – निर्वाचन आयोगले आज चौँथो निर्वाचन दिवस मनाउँदैछ । दिवसका अवसरमा आयोगले कान्तिपथस्थित मुख्यालयमा काठमाडौं । विश्व अचम्मका खानीले भरिएको छ । संसारमा अनौठा र अचम्मका नियमहरु छन् । कमल खत्री बेनी । पर्वत जलजला गाउँपालिका–२ मल्लाज माझफाँटका दुर्गाबहादुर सुनारले ८० किलोको खुकुरी निर्माण काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन स्थागित गरिएकोमा नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी काठमाडौं । हामीले केहि न केहि व्यवसाय वा काम गरिरहेका नै हुन्छौँ । तर हामीले स्याङ्जा । भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र लम्की ।
lokpath.com
4,326,843
शनिबार मात्र विभिन्न सीमानाकाबाट नेपाल भित्रिने नेपालीको सङ्ख्या सयौँ रहेको छ । हाम्रा भैरहवा समाचारदाता लक्ष्मण पौडेलका अनुसार भारतीय क्वारेन्टाइनमा १४ दिनभन्दा बढी समय बिताएका एक हजार दुई सय नेपाली बेलहिया नाका हुँदै नेपाल भित्रिएका छन् । क्वारेन्टाइन अवधि पूरा गरेपछि उनीहरू दसगजामा अलपत्र परेका थिए भने स्वदेश फर्किन पाउनुपर्ने माग गर्दै बेलहिया नाकामा शुक्रबार नाराबाजी गरेका थिए । भारतमा अलपत्र परेपछि स्थानीय प्रशासन र विभिन्न पालिकाको सक्रियतामा शुक्रबार राति उनीहरूलाई नेपाल भित्र्याइएको हो । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक ईश्वरी अधिकारीले उनीहरूलाई क्वारेन्टाइनमा राख्ने गरी स्वदेश ल्याइएको जानकारी दिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । काठमाडौँ । छाउपडी बसेकी किशोरी बलात्कार घटनाका दोषीमाथि कारबाही गर्न सांसदहरुले माग गरेका छन् । राष्ट्रियसभाको काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र पोर्चुगल ।
pariwartankhabar.com
2,572,832
यती सुन्दर कि नेदरल्याण्डमा ट्युलिप फूलको एक प्रकारको नाम ऐश्वर्याको नाममा राखिएको छ । सन् १९९४ मा मिस वर्ल्डको उपाधि जितेपछि ऐश्वर्याले सन् १९९७ मा तमिल फिल्म इरुवरबाट आफ्नो अभिनयको सुरुवात गरेकी थिइन् । ऐश्वर्याले अहिलेसम्म तमिल, तेलुगु, बंगाली, अंग्रेजी र हिन्दी भाषाका करिब ५० फिल्ममा अभिनय गरिसकेकी छिन् । ऐश्वर्याले आफ्नो सर्तमा जीवन बाँचिरहेकी छिन् । कहिले उनले मिस इन्डिया बन्नका लागि आमिर खानजस्ता स्टारको राजा हिन्दुस्तानी फिल्म अस्वीकार गरिन् भने कहिले सानो विवाद पछि उनले शाहरुखजस्ता स्टारसँगको फिल्म छोडिन् । उनको जीवनका अधिकांश निर्णयहरू सही साबित भए । ऐश्वर्यालाई स्टार बनाउने फिल्म सन् १९९९ को ‘हम दिल दे चुके सनम’ थियो, यो फिल्म ऐश्वर्या फिल्ममा देखा परेको दुई वर्षपछि रिलिज भएको थियो, तर उनले यो फिल्म अडिसनबाट नभई संयोगले पाएकी थिइन् । आज जन्मदिनको विशेष अवसरमा ऐश्वर्याका केही उपलब्धि र उनीसँग सम्बन्धित केही किस्साबारे जानकारी लिऔँ । वाइल्ड फिल्म्स इन्डियालाई दिएको एक अन्तर्वार्तामा ऐश्वर्याले निलो आँखा र खैरो कपालका कारण बाल्यकालदेखि नै आकर्षणको केन्द्र भएको बताएकी थिइन् । उनकी एक अंग्रेजी प्राध्यापक म्यागजिनमा फोटो पत्रकारको रूपमा काम गर्थिन् । उनलाई एउटा प्रोजेक्टका लागि मोडल चाहिएको थियो, प्रोजेक्टको म्याद नजिकिँदै गर्दा प्रोफेसरले ऐश्वर्यालाई मोडलिङ गर्न आग्रह गरिन् । ऐश्वर्या सहमत भइन् र यसरी ९ कक्षामा पहिलो मोडलिङ प्रोजेक्ट पूरा गरिन् । यो क्यामलिन परीक्षा पेन्सिलको लागि विज्ञापन थियो । ऐश्वर्या यसरी नै मोडलिङ गरिरहिन् र उनले ठूला कम्पनीबाट विज्ञापन फिल्मको अफर पाउन थालिन् । सन् १९९३ मा ऐश्वर्या आमिर खान र महिमा चौधरीसँग पेप्सीको विज्ञापनमा देखिएकी थिइन्, जसमा उनलाई निकै रुचाइएको थियो । पछि उनले फुजी र कोक कम्पनीको विज्ञापनमा पनि काम गरिन् । ऐश्वर्या भारतकी एक मात्र अभिनेत्री हुन् जसले पेप्सी र कोक दुवै कम्पनीको विज्ञापन गरेकी छिन् । सन् १९९३ मा भएको मिस इन्डिया सौन्दर्य प्रतियोगितामा सुस्मिता विजेता भइन् भने ऐश्वर्या रायले दोस्रो स्थान हासिल गरिन् । ऐश्वर्या राय सन् १९९४ मा मिस वर्ल्ड बनिन् । सन् १९६६ मा रीता फारियापछि २८ वर्षपछि मिस वर्ल्डको उपाधि जित्ने उनी दोस्रो भारतीय थिइन् । वोग म्यागजिनलाई दिएको अन्तरवार्तामा ऐश्वर्या रायले मिस इन्डियामा भाग लिनुअघि नै आफूलाई ४ वटा फिल्मको अफर आएको तर सौन्दर्य प्रतियोगितामा सहभागी हुनका लागि उनले सबै अफर अस्वीकार गरेको बताएकी थिइन् । अस्वीकार गरिएका फिल्महरूमा ब्लकबस्टर हिट राजा हिन्दुस्तानी (१९९६) समावेश थियो । ऐश्वर्याले मणिरत्नमको इरुवर (१९९७) बाट अभिनयमा डेब्यू गरेकी थिइन् । त्यसपछि ऐश्वर्या ‘और प्यारा हो गया’ फिल्मबाट बलिउडमा आइन् । यो असफल भयो । सन् १९९८ मा ऐश्वर्या तमिल फिल्म ‘जीन्स’ मा देखिइन् तर त्यो पनि फ्लप भयो । सन् १९९९ मा ऐश्वर्याको अर्को फ्लप फिल्म ‘आ अब लौट चलेँ’ रिलिज भयो र उनको पहिलो ब्लकबस्टर हिट फिल्म ‘हम दिल दे चुके सनम’ त्यही वर्ष रिलिज भयो । यस फिल्मबाट ऐश्वर्या बलिउडकी शीर्ष नायिकाको सुचीमा आइन् तर यो फिल्म उनले संयोगवश पाएकी थिइन् । सञ्जय लीला भन्साली आफ्नो फिल्म ‘हम दिल दे चुके सनम’ मा करीना कपूरलाई कास्ट गर्न चाहन्थे तर करीना अन्य फिल्ममा व्यस्त थिइन् । जब करीनाले फिल्म अस्वीकार गरिन्, भन्सालीले मनिषा कोइरालालाई प्रस्ताव गरे, जो उनको अघिल्लो हिट फिल्म खामोशीकी नायिका थिइन् । मनिषाले पनि यो फिल्म गर्न अस्वीकार गरिन् । राजा हिन्दुस्तानीको प्रिमियरमा आमिर खानले ऐश्वर्यालाई बोलाए । आमिर रिसाउने हो कि भनेर उनले प्रस्ताव स्वीकार गरिन् । उनले राजा हिन्दुस्तानी फिल्ममा अभिनय गर्न अस्वीकार गरेकी थिइन् । प्रिमियरमा ऐश्वर्या राय सञ्जय लीला भन्साली भएठाउँ गएर भनिन्, ‘नमस्ते, मेरो नाम ऐश्वर्या, मलाई तपाईंको फिल्म खामोशी असाध्यै मनपर्यो । ’ भन्सालीले ऐश्वर्याको आवाज र आँखा यति धेरै मन पराए कि उनले तुरुन्तै उनको अर्को फिल्म ‘हम दिल दे चुके सनम’मा कास्ट गर्ने मन बनाए । यो किस्सालाई उद्धृत गर्दै सञ्जय लीला भन्सालीले फिल्मफेयर म्यागजिनसँगको अन्तर्वार्तामा भनेका थिए, ‘मैले उनको आँखामा आगो देखेँ । मैले त्यसपछि आफैँसँग भनेँ ‘यही त मेरी नन्दिनी हुन् । ’’ हम दिल दे चुके सनम ऐश्वर्याको करियरको टर्निङ प्वाइन्ट साबित भयो, जसको लागि उनले सर्वश्रेष्ठ अभिनेत्रीको लागि पहिलो फिल्मफेयर पुरस्कार प्राप्त गरिन् । ५१ करोड कमाएको यो फिल्म सन् १९९९ को सबैभन्दा धेरै कमाउने फिल्म बनेको थियो । ‘हम दिल दे चुके सनम’ पछि सलमान र ऐश्वर्या सम्बन्धमा रहे । ऐश्वर्याका लागि सलमान निकै पोजेसिव थिए । कयौँ पटक सलमानले ऐश्वर्याको फिल्मको सेटमा हंगामा पनि गरेका थिए । इमेज बिग्रने डरले ऐश्वर्या सलमानसँग टाढिइन् । केही समयपछि विवेक ओबेरोयसँग ऐश्वर्याको नाम जोडिएपछि सलमानले विवेकलाई फोन गरेर मार्ने धम्की समेत दिएका थिए । यसको खुलासा विवेक ओबेरोयले पत्रकार सम्मेलनमा गरेका थिए । ऐश्वर्या राय र शाहरुख खान जोश, मोहब्बतें र देवदास जस्ता ब्लकबस्टर हिट फिल्महरूमा सँगै देखिए । सँगै काम गर्दा दुवै राम्रो साथी बनेका थिए तर पछि दुवैले एकअर्कासँग काम गर्न छोडे । वास्तवमा शाहरुख खान ऐश्वर्या रायको व्यक्तिगत जीवनमा हस्तक्षेप गरिरहेका थिए जुन ऐश्वर्यालाई मन परेन । यी दुईबीच यस्तो विवाद भयो कि शाहरुखले उनलाई धेरै फिल्मबाट निकालिदिए । जसमा ऐश्वर्या रायका लागि विशेष गरी लेखिएको वीर–जारा पनि समावेश थियो । सिमी ग्रेवालको शोमा शाहरुख खानले ऐश्वर्या आफ्नो मनपर्ने सह–कलाकार भएको तर उनीहरुको मित्रता टुटेको बताए । जब ऐश्वर्या सिमी ग्रेवाल शोको हिस्सा बनिन्, शाहरुखले फिल्मबाट निकाल्दा उनलाई कस्तो लाग्यो भनेर सोधिएको थियो । यसबारे अभिनेत्रीले आफूसँग यसको कुनै जवाफ नभएको बताएकी थिइन् । शाहरुखको यस्तो व्यवहारबाट उनी निकै दुखी भएकी थिइन् । ऐश्वर्याले भनिन्, ‘कसैलाई गएर तिमीले किन यस्तो गरेको भनेर सोध्ने मेरो बानी छैन । ’ स्मरण रहोस्, वर्षौँपछि यी दुई सन् २०१६ को फिल्म ‘ऐ दिल हे मुश्किल’ मा देखिएका थिए । यद्यपि, यो फिल्ममा शाहरुख क्यामियो रोलमा थिए । आफ्नै मृत्युको खबर पढ्नु ऐश्वर्या रायका लागि निकै भयानक अनुभव थियो । यस्तो खबर आएपछि ऐश्वर्या रायको वेबसाइट क्र्याश भएको थियो । प्रशंसक उनको मृत्युमा शोक जताइरहेका थिए । धेरै मानिसहरुले उनको मृत्युको खबर पुष्टि गर्नका लागि लगातार फोन गरिरहेको थिए । यो घटनाले आफू एकदम दुखी भएको ऐश्वर्याले बताएकी थिइन् । सन् २०१८ मा रिलिज भएको ‘फन्ने खां’ को तीन वर्षपछि ऐश्वर्या रायले मणिरत्नमको फिल्म पोन्नियन सेल्वन पार्ट–१ बाट कमब्याक गरेकी छिन् । ऐश्वर्याले पहिलो फिल्म पनि मणिरत्नमसँगै गरेकी थिइन् । पोन्नियन सेल्वन तलिम भाषाको फिल्म हो जसलाई थुप्रै भाषामा रिलिज गरिएको थियो । त्यसपछि ऐश्वर्या यसको अर्को पार्टमा पनि देखिनेछिन् जुन २०२३ मा रिलिज हुनेछ । ऐश्वर्याको जन्म १ नोभेम्बर सन् १९७३ मा कर्नाटकमा भएको थियो । उनका पिता कृष्णराज सेनामा बायोलोजिस्ट थिए जसको १८ मार्च सन् २०१७ मा निधन भइसकेको छ । उनकी आमा वृन्दा गृहिणी हुन् । ऐश्वर्याका भाइ आदित्य राय मर्चेन्च नेवीमा इन्जिनियर हुन् । कर्नाटकमा केही समय बसेपछि ऐश्वर्या आफ्नो पूरा परिवारसँग मुम्बई सरिन् । ऐश्वर्या राय दोस्रो भारतीय नायिका हुन् जसको फोटो टाइम म्यागजिनको पहिलो पानामा छापिएको थियो । पहिलो परवीन बबी थिइन् । सन् २००४ मा ऐश्वर्या पहिलो भारतीय नायिका बनिन् जसको वाक्स स्ट्याचु लण्डनस्थित म्याडम तुसाद म्युजियममा छ । सन् २००९ मा चर्चित ओप्रा विनफ्रे शोमा जाने पहिलो भारतीय नायिका ऐश्वर्या राय नै हुन् । कान्स फिल्म फेस्टिबलमा ऐश्वर्या राय बच्चा यस्तो पहिलो भारतीय नायिका हुन् जसलाई त्यहाँ ज्युरी मेम्बर्समा समावेश गरिएको थियो ।
ratopati.com
3,474,973
काजकिस्तानमा जारी हिंसा नियन्त्रणका लागि सरकार झन कठोर बन्दै गएको छ । काजकिस्तान सरकारको आग्रहमा रुसी सेना प्रवेश गरेसँगै सरकारविरोधी प्रदर्शनहरु रोक्न सरकारले सुरक्षाकर्मीको परिचालनलाई थप बलियो बनाउँदै लगेको हो । राष्ट्रपति कासिम जोमार्ट तोकायेभले देशव्यापी विरोध प्रदर्शन नियन्त्रणका लागि गोली समेत हान्ने आदेश दिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । पछिल्ला केही दिनयता सरकाले मूल्यवृद्धि नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारणले देशव्यापी रुपमा सरकारविरोधी प्रदर्शन र नाराबाजी गर्दै आएका छन् । सो प्रदर्शनका क्रममा सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्थाहरुले औंल्याएका छन् । सर्वसाधारणले विभिन्न शहरका सरकारी तथा निजी संरचना र भौतिक सम्पतिको तोडफोड र आगजनी गनै थालेसँगै सुरक्षाकर्मीले बल प्रयोग गरेको हो । यता, अमेरिका र रसियाले युक्रनसँगको तनाव कम गर्न आगामी हप्ता वार्ताको तयारी भइरहेका बेला मस्कोले काजकिस्तानमा सैन्य हस्तक्षेप गरेको भन्दै आलोचना भएको छ । रुसी सेनाको संलग्नता भएसँगै काजकिस्तानमा जारी रहेको हिंसा झन् बढ्न थालेको छ । हालसम्म सो हिंसामा दर्जनौ प्रदर्शनकारी र सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ ।
imagekhabar.com
1,276,565
काठ तस्करी गरिरहेको हतियारधारी समूह र सशस्त्र वन रक्षकबीच दोहोरो गोली हानाहान भएको हो। पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ मा पर्ने गादी जंगल नजिकै ईलाका वन कार्यालय गादी रङगपुरबाट सशस्त्र वन रक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको वन रक्षक टोली र तस्कर समूह बीच बिहिबार राति गोली हानाहान भएको हो। वन रक्षक टोलीलाई लक्षित गरेर तस्कर समूहले भरुवा बन्दुकबाट गोली चलाएपछि सशस्त्र वन रक्षक टोलीले पनि जवाफि फायरिङ गरको सशस्त्र वन रक्षक रामेश्वर यादवले बताए। पर्साको राष्ट्रिय वन क्षेत्रबाट अबैध रूपमा सालको गोलिया काठ साईकलमा लोड गरि ल्याउँदै गरेका अवस्थामा तस्कर समूह र सशस्त्र वन रक्षकबीच भिडन्त भएको सशस्त्र वन रक्षक यादवले जानकारी दिए। सुरक्षा निकाय प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा केन्द्रित भएको मौका छोपी काठ तस्करी गर्दै गरेको अवस्थामा जम्काभेट भएको र दोहोरो गोली हानाहान भएको उनले बताए। जवाफी फायरीङ गरेपछि काठ तस्करहरु काठ छाडेर फरार भएको उनले बताए। गोली हानाहान भएपनि मानवीय क्षति भने नभएको यादवले जानकारी दिए ।
annapurnapost.com
2,634,705
गत आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा वाणिज्य बैंकहरुले ६७ अर्ब २३ करोड १५ लाख रुपैयाँ नाफा कमाएका छन् । एक महिनाको अवधिमा बैंकहरुको नाफा बढेको छ । वैशाखसम्ममा बैंकहरुले ५७ अर्ब १७ करोड २७ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । यसअवधिमा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसका ७ अर्ब ११ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ५० करोड रुपैयाँ नाफा कमाएको छ । नेपाल इन्भेष्टमेन्ट मेगा, एनआइसी एसिया र राष्ट्रिय वाणिज्य बैंकको नाफा ४ अर्बभन्दा माथि छ ।
ratopati.com
2,220,340
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमणदर बढ्दै गएको छ । शुक्रबार एकैदिन यस प्रदेशमा १५८ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यसअघि बिहीबार एकैदिन १२० र बुधबार ५५ मा सङ्क्रमण देखिएको थियो । गत २४ घण्टामा प्रदेशभर पीसीआर र एन्टीजेन विधिबाट एक हजार ३८५ को नमूना परीक्षण गर्दा १५८ जनामा सङ्क्रमण पुष्टि छ । पीसीआरमार्फत ५७ र एन्टीजेनमार्फत १०१ जनामा पुष्टि भएको हो ।पीसीआरमार्फत महाकाली अस्पतालमा ५१ र सेती प्रादेशिक अस्पतालमा छ र एन्टीजेनमार्फत कैलालीका ५८, कञ्चनपुरका ४०, बझाङ्गका दुई र डडेल्धुराका एकमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै गएको २४ घण्टामा प्रदेशभर छ जना सङ्क्रमणमुक्त भएका छन् । सो अवधिमा यस प्रदेशमा सङ्क्रमणका कारण कुनै मृत्यु भएको छैन । यसअघि बिहीबार यस प्रदेशमा १२० मा सङ्क्रमण पुष्टि हुँदा छ सङ्क्रमणमुक्त भएका थिए । सुदूरपश्चिममा सङ्क्रमणका कारण हालसम्म ६१४ को मृत्यु भइसकेको छ ।
dcnepal.com
1,015,528
२०८ औं भानु जयन्तीको अवसरमा गण्डकी प्रज्ञा प्रतिष्ठानले धुनमा कविता कार्यक्रम गर्ने भएको छ । असार २९ गते शिक्षा विकास निर्देशनालयको सभाहलमा सो कार्यक्रम गरिने प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी गराए । उनले कार्यक्रममा ११ जिल्लाका १२ जना कविहरुले कविता प्रस्तुत गर्ने बताए । उनले भने, ‘कास्कीका कवि शिव त्रिपाठी, लमजुङका कवि सरस्वती श्रेष्ठ ‘सरु’, म्याग्दीका कवि घायल श्री, कास्कीका छन्दकवि शंकरमणी त्रिपाठी, लमजुङका कवि कुमार तामाङ, कास्कीका कवि लक्ष्मी थापा, तनहुँका कवि अम्बिका प्रसाद भट्टराई, गोरखाका कवि लोकनाथ पुडाशैनी, पर्वतका कवि डा। जगन्नाथ रेग्मी, स्याङजाका कवि डा।नारायण प्रसाद अधिकारी र तनहुँका कवि सरस्वती प्रतिक्षाले कविता प्रस्तुत गर्नेछन् ।’ प्रतिष्ठानले हरेक वर्ष नियमित रुपमा भानुजयन्तीका अवसरमा धुनमा कविता कार्यक्रमलाई निरन्तरता दिने भएको छ । उसो त प्रतिष्ठानले यसअघि नै वर्षभरि गरिने कार्यक्रमहरु सार्वजनिक गरिसकेको छ । गण्डकी प्रदेशमा जन्मिएका स्रष्टाका सम्मानका लागि उनीहरुको सिर्जनालाई कदर हुने गरी कार्यक्रमको आयोजना गरिने सदस्य सचिव श्रेष्ठले बताए । स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
1,683,602
भिडियो हेर्न मिल्ने माध्यमको रुपमा रहेको युट्युबले यस बर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ । कम्पनीको मापदण्ड तथा निर्देशिका विपरित रहेको ठहर गरिएका भिडियोहरु हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याँकनका आधारमा ती भिडियोहरु हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ । कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरु हटाइएको हो । कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरु मात्रै हटाएको थियो । अघिल्लो बर्षको तुलनामा यस बर्ष अत्यधिक धेरै भिडियोहरु हटाउनु परेको कम्पनीको तथ्यांक छ । “समाज र मानवप्रतिको जिम्मेवारी हाम्रो उच्च प्राथमिकताको विषय हो, कतिपय भिडियो सामग्रीले त्यसलाई दखल पार्ने निश्कर्षका साथ हामीले हटाएका छौँ,” कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । बाल सुरक्षा र हिंसालाई भड्काउन नदिनेतर्फ कम्पनी सचेत रहेको पनि वक्तव्यमा जनाइएको छ । लोकप्रिय समाजिक सञ्जालको रुपमा दिनप्रतिदिन उपभोक्ताहरु बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ । वि.सं.२०७७ भदौ ११ बिहीवार १६:१० मा प्रकाशित काठमाडौँ ।
sansarnews.com
4,870,449
रक्षामन्त्री डा. मीनेन्द्र रिजालले आइतबार जंगी अड्डाको निरीक्षण गरेका छन्। रक्षामन्त्री रिजालले राष्ट्रिय सुरक्षाको प्रवर्द्धन तथा नेपाली सेनाको क्षमता अभिवृद्धिका लागि प्रयत्न गर्ने बताएका छन्। साथै सेनाले प्राथमिकतामा राखेका कार्यहरुको कार्यान्वयनमा श्रोतको सुनिश्चितताका लागि प्रयत्न गर्ने प्रतिवद्धता जनाएको जङ्गी अड्डाले जनाएको छ। त्यसअघि रक्षामन्त्रीलाई स्वागत गर्दै प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना जस्तोसुकै परिस्थितिमा पनि संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्न कटिबद्ध रहेको बताए। साथै नेपाली सेनाको आधुनिकीकरण र पेशागत सुदृढीकरणमा जोड दिएका छन्। कार्यक्रममा रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्‍याल, रक्षा मन्त्रालयका प्रतिनिधिहरु तथा नेपाली सेनाका रथी तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।
kathmandupress.com
2,602,523
त्यसैले खानामा शरीरका लागि आवश्यक पौष्टिक तत्व हुनु अति आवश्यक हुन्छ । शरीरमा जिंकको कमी हुँदा पनि धेरै किसिमका समस्या हुने गर्छ । जिंकले शरीरलाई स्वस्थ राख्ने मात्र काम गर्दैन, यसको सेवन मस्तिष्कका लागि पनि निकै उपयोगी हुन्छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विश्वभर २ अर्ब मानिस शरीरमा जिंकको कमीबाट पीडित छन् । शरीरमा जिंकको कमीले मांसपेशीमा क्षति पुर्याउँछ । जसका कारण तपाईंको शरीरको रोग प्रतिरोधात्मक क्षमता घट्छ । जसका कारण आँखा सम्बन्धी समस्या हुने खतरा पनि हुन्छ । शरीरमा जिंक पर्याप्त मात्रामा हुँदा संक्रमणसँग लड्न शरीरलाई फाइदा मिल्छ । जसका कारण तपाईंको दिमाग पनि तेजिलो रहन्छ । शरीरमा जिंकको कमी हुँदा केही लक्षण देखा पर्छन्, जसलाई बुझेर यसको कमी पूरा गर्न सकिन्छ । आउनुहोस् शरीरमा जिंकको कमीका लक्षणहरू र जिंकको कमी पूरा गर्ने टिप्सहरू बारे जानौं । शरीरमा पर्याप्त मात्रामा जिंक भएमा मोटोपनाको शिकार हुनबाट बच्न सकिन्छ । यसले तपाईंको दिमागलाई स्वस्थ राख्न र स्मरणशक्ति बढाउने काम गर्छ । तपाईंको शरीरमा जिंकको कमीले तपाईंको शारीरिक विकासलाई असर गर्छ । जसका कारण प्रजनन प्रक्रियामा पनि समस्या आउन सक्छ । यदि तपाईंको शरीरमा जिंकको कमी छ भने तपाईले यी लक्षणहरू देख्न सक्नुहुन्छ । १. शरीरमा जिंकको कमीले गन्ध र स्वाद गुमाउन सक्छ । २. यस कारणले गर्दा तपाईको तौल अचानक घट्न सक्छ । ३. शरीरमा जिंकको कमी भएमा झाडापखालाको समस्या हुनसक्छ । ४. यसका कारण छालामा घाउ हुने समस्या पनि हुन्छ । ५. जिंकको कमीका कारण तपाईंको कपाल झर्न थाल्छ । ६. जिंकको अभावमा तपाईंको शरीरमा लागेको चोट वा घाउ छिट्टै निको हुँदैन । ७. भोक नलाग्नु पनि शरीरमा जिंकको कमीको लक्षण मानिन्छ । शरीरमा जिंकको कमी भएमा धेरै गम्भीर समस्या हुन सक्छ । जसका कारण शरीरको विकास मात्र प्रभावित हुँदैन, दिमाग पनि कमजोर हुन्छ । यदि शरीरमा जिंकको कमी छ भने, तपाईले जिंकयुक्त खानेकुराको सेवन गर्नुपर्छ । राम्रो मात्रामा जिंक भएको खानेकुरालाई डाइटमा समावेश गरेर यस समस्याबाट बच्न सकिन्छ । यदि शरीरमा जिंकको कमी छ भने, तपाईंले आफ्नो आहारमा फ्ल्याक्स सिड्स, च्याउ, बदाम, एल्मोन्ड, अण्डाको पहेँलो भाग, सिमी, फर्सीको बीउ र कोको पाउडर समावेश गर्नुपर्छ । च्याउ, बदाम, तिल र दही जस्ता खानेकुरामा पनि पर्याप्त मात्रामा जिंक पाइन्छ । यदि शरीरमा जिंकको कमी छ भने यसले तत्कालै खासै गम्भीर समस्या ल्याउँदैन तर यदि यो कमी लामो समयसम्म रह्यो भने तपाईंले गम्भीर समस्याको सामना गर्नुपर्ने हुन सक्छ । गर्भवती महिला वा सुत्केरी महिलाहरूले जिंकको कमीको कुनै लक्षण देखिएमा तुरुन्तै आफ्नो डाक्टरलाई सम्पर्क गर्नुपर्छ । शरीरमा जिंकको कमी हुन नदिन विज्ञसँग परामर्श लिएर राम्रो मात्रामा जिंक भएको खानेकुरालाई आहारमा समावेश गर्न सकिन्छ ।
ratopati.com
5,404,023
घरबाट बेपत्ता भएको चार दिनपछि सामुदायिक स्वास्थ्य एकाइ उनापानीमा कार्यरत अहेव अङ्ग फडेरा मृतावस्थामा फेला परेका छन् । हुम्लाको सर्केगाड गाउँपालिका वडा नं ३ उनापानी गाउँका अन्दाजी ५२ वर्षीय फडेराको घरभन्दा आधा घण्टा टाढाको दूरी रहेको पुदाले चौरको भिरबाट लडेर मृत्यु भएको हुनसक्ने आफन्तको भनाइ छ ।
gorkhapatraonline.com
5,983,156
दाम्पत्य जीवनमा सुखद यात्रा हुनसक्छ । घर परिवारबाट आर्थिक सहयोग मिल्नेछ । विगतमा रोकिएका कामहरु सम्पन्न हुँदै जानेछ । नयाँ कामको थालनी समेत हुनेछ । आजको दिन तपाईले गरेका काम सफल हुनेछ । आजको दिन तपाईलाई मानसम्मान मिल्नेछ । तपाईमाथि अनावश्यक आरोप लाग्नेछ । आर्थिक हानी हुनसक्ने छ । त्यसैले आजको दिन खर्च हुने काममा होस गर्नु होला । आफन्तजनहरुबाट अपमान हुनसक्छ । त्यसैले घर गृहस्थको बारेमा आफन्तसँग विवाद नगर्नुहोला । मौन रहनु नैं वेश हुनेछ । आफ्नो नियमित काममा ध्यान दिनुहोला । यदी आजको दिन यात्रा गर्न लाग्नु भएको छ यात्रा कष्टकर हुनसक्छ । मनमा चिन्ता छाउने छ । अध्ययन अध्यापनको काममा लाग्नु वेश हुनेछ । नयाँ पुस्तक पढ्ने गर्दा तपाईमा उर्जा प्राप्त हुन्छ । सकारात्मक सोच राखेर अघि बढ्नु राम्रो हुनेछ । आफ्नो नियमित काम बाहेक अन्य कुरामा बढी चासो नदिदा राम्रो हुनेछ । आजको दिन तपाईको लागि देवालय यात्रा शुभहुनेछ । आजको दिन कर्कट राशिका जातकका लागि पारिवारिक समस्या समाधान हुँदै जानेछ । कसैसँग पनि वादविवाद नगर्नुहोला । त्यसैले आजको दिन विहान सूर्योदयको दर्शन गरेर दिनको शुरुवात गर्नुहोला । कुनै पनि शुभ कार्यका लागि आजको दिन उत्तम रहेको छ । कर्कट राशिका जातकले धैर्यपूर्वक कुनै नयाँ काम शुरु गर्न सक्नुहुन्छ । तपाईलाई आज आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनसक्छ । यात्राका समस्या हुनसक्छ । तपाईले गर्नुभएको कामबाट सन्तुष्ठ प्राप्ति होला । कर्म गरेको छु, फल अवस्थ प्राप्त हुन्छ भन्ने सोचका साथ सकारात्मक सोचका साथ कर्ममा लागिरहनु पर्नेछ । चन्द्रमाको साथ रहेको छ । आजको दिन विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला । परिवारमा विवाद हुनसक्ने भएकाले परिवारका सदस्य र आफ्ना इष्टमित्रसँग विवाद नगर्नुहोला । कुनै नयाँ काम शुरु गर्न खोज्दा बाधा हुनसक्छ । आफूले गरिरहेको नियमित काममा खुसी खोज्नुहोस् । सकारात्मक सोचका लागि देवालय शिवालय यात्रामा जानुहोला । आज कुनै कन्यालाई भोजन र बस्त्र दिन सक्नुहुनेछ । तपाईले आजको दिन शुरु गरेको काम सफल हुनेछ । त्यसैले तपाईले आज सबैको भलाइ हुने काम गर्दा वेश हुनेछ । सामाजिक काममा लाग्ने गर्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ । तपाईको मन समाजको हितको काममा लाग्नेछ । परिवार र आफन्तजनले तपाईले गरेको कामको निकै प्रसंशा गर्नेछन् । सफलतामा अर्थ हानी हुनसक्छ । यात्रामा अनावश्यक समस्या आउनसक्छ । स्वाथ्स्यमा विशेष ख्याल राख्नुहोला । तपाईले समय खर्च गरेर गरेको कामबाट सफलता प्राप्त नहुनसक्छ । त्यसको कारण तपाईमा चिन्ता उत्पन्न हुनसक्छ । अर्थलाभ हुने काममा ध्यान दिनु होला । कसैसँग विवाद हुन खोजेमा कम बोल्नु फाइदा हुनेछ । परिवारको साथ सहयोग, मित्रमण्डलीबाट नयाँ कार्ययोजना र आफन्तजनको सहयोग हुनेछ । धनु राशिका जातकको लागि आजको दिन कन्याहरुलाई भोजन र दान दिनुभएकामा तपाईको उन्नती र प्रगतिको बाटोहरु खुल्नेछन् । देवालयको दर्शनले तपाईलाई सकारात्मक सोच आउने छ । तपाईले गर्नु खोज्नुभएको काममा सफलता प्राप्त हुनेछ । विहान सूर्योदयको दर्शन गरेर यात्रा यात्रा गर्दा फलदायी हुनेछ । यदी यात्रा गर्नुछ भने पूर्व तर्फ फर्केर शुरुवात गर्नुहोला । परिवारका सदस्यहरु बीच सम्बन्ध राम्रो हुनेछ । दाम्पत्य जीवनमा खुसियाली छाउने छ । आजको दिन जेष्ठ सदस्यबाट आशीर्वाद लिएर दिनको शुरुवात गर्नुहोला । कुम्भ राशिका जातकको लागि आजको दिन स्वास्थ्य समस्या हुनसक्छ । मनमा अशान्ति जाग्नेछ । यस्तो अवस्थामा तपाई आफूबसेको स्थान नजिकको मठ मन्दिर जा देवालयमा जानु उत्तम हुनेछ । तपाईका लागि अनावश्यक आरोप पनि लाग्न सक्छ । परिवारका सदस्यले अनावश्यक आरोप लगाउन सक्नेछन् । विहान सूर्योदयको दर्शन गर्नु उत्तम हुनेछ । तपाईले आज गर्ने निर्णयले भविष्यमा अर्थलाभ हुनेछ । सामाजिक काममा लाग्नु भएको छ भने मान सम्मान मिल्नेछ। आर्थिक समस्याले चिन्ता जताउने छ । परिवारका सदस्यहरुको साथ सहयोग पाउनुहुनेछ । अध्ययन अध्यापनको क्षेत्रमा लाग्नुभएको छ भने मानसम्मान प्राप्त हुनेछ ।
sunaulonepal.com
1,692,315
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुशील ज्ञवाली, अन्जान शाक्य र कुशेन्द्र शाहीलाई आयोगको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र बहराइन अधिराज्यका परराष्ट्र मन्त्रालयबीच दुई पक्षीय परामर्श संयन्त्र स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नेसमेत निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । सरकारका प्रवक्ता शर्माले भनिन् “ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गत अमरपुर–ढुङ्गेसाँघु एक सय ३२ केभी प्रसारण आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने भन्ने निर्णय भएको छ, त्यसको निम्ति आयोजनाका इन्जिनियर नितेश यादवलाई तोकिएको छ ।” मन्त्रिपरिषद्ले त्यसैगरी परराष्ट्र मन्त्रालयअन्तर्गत नेपाल र युरोपियन युनियनबीचको संयुक्त आयोग र उपआयोगको बैठक नेपाल बेल्जियम दुई पक्षीय संयत्रको बैठकको सम्बन्धमा (२ फेब्रुरी २०२३) मा परराष्ट्र सचिवले नेतृत्व गर्ने निर्णय गरेको छ । श्रीलङ्काको स्वतन्त्रताको ७५औँ वार्षिकोत्सवमा परराष्ट्रमन्त्री सहभागी हुने सरकारको निर्णय छ । वि.सं.२०७९ माघ १७ मंगलवार ०८:३३ मा प्रकाशित काठमाडौं ।
sansarnews.com
2,790,362
विद्युत विस्तार गर्दा तार तान्ने पोल गाडनु पर्ने स्थानवाट अधिकतम ३÷३ मिटर खाली गर्नु पर्नेमा १५ देखि २५ मिटर सम्म सयौं वर्ष पुरानो जंगल पुरै फडानी गरिएको भन्दै स्थानिय बासीले विरोध गरेका छन् । नुवाकोटको त्रिशुलीबाट यस अघिनै विद्युतीकरण गरिएको क्युङ्गबाट खनियावासको अक्थली पुरयाउन गरिने ७ किमी जंगल पुरै सखाप गरिएको हो । उक्त विद्युतीकरणका लागि ३६ लाखमा ठेक्का पाउने व्यक्ति हुन्– बाबुकृष्ण श्रेष्ठ । श्रेष्ठले उक्त ठेक्कामा काम गर्ने जिम्मा भने स्थानिय मंगल बहादुर तामाङलाई दिएका थिए । खनियावास २ क्युङ्ग स्थित तेङ्गवर सामुदायिक वनका अध्यक्ष वचौ वहादुर तामाङ्ग र कोस्यिङ्गचो सामुदायिक वनका अध्यक्ष डाप लामा तामाङ्गले बिधुत विस्तार गर्न पोल गाड्ने र तार तान्ने क्षेत्रका रुख काटनु पर्ने भनेर लिखित वा मौखिक रुपमा समेत कसैले सोध्न समेत आएका छैनन् । ‘पोल गाडने र तार तान्ने क्षेत्रमा अधिकतम कम्तीमा अढाई मिटर देखि वढीमा ६ मिटर सम्म स्थानको आवस्यकता अनुसार खाली गर्ने पर्ने हो, २५ मिटर त धेरै हो, रुख काटने अनुमती हाम्रो अधिकमर क्षेत्र भित्र पर्दैन,’ विद्युत प्राधिकरणका जिल्ला स्थित प्रमुख धु्रव थापाले भने । खनियाबास वडा नंबर २ का वडाध्यक्ष टेक बहादुर तामाङले ८ प्रजातीका ३ हजार रुख अनुमति विनै सखाप पारिएको बताए । ‘ठेकेदारले संबन्धित वडा वा गाउ“पालिकासंग कुनै अनुमती नलिई जंगल सखाप गरेपछि हामीले स्थानीय दार्खा प्रहरी चौकीबाट प्रहरी लिएर अध्ययन गरेका थियौं, सयौं वर्ष पुराना रुखहरु कटुस, लप्सी, ओखर , लालीगुरा“स, मौवा, काफल , चिलाउने , लगायतका महत्वपुर्ण ८ प्रजातीका ३ हजार रुख जति ढालेको देखियो , जिल्ला वन कार्यालयलाई जानकारी गराएका छौं,’ उनले भने । जडिवुटी प्रशस्तै हुने उक्त क्षेत्रमा ठुला रुखले साना जडिवुटीको पनि विनाश भएको सामुदायिक वनका पदाधिकारीहरुको आरोप छ । जंगल सखाप भएको जानकारी पाएपछि जिल्ला वन डिभिजन प्रमुख हरि सेंडोईले छानबीन गर्ने बताएका छन् । ‘जंगल सखाप भएको जानकारी प्राप्त भएपछि हामीले दार्खा स्थित ईलाका वन कार्यालयका ईन्चार्ज सन्जय मिश्र लाई अध्ययन गरि प्रतिवेदन पेश गर्न खटाएका छौं, उक्त प्रतिवेदनका आधारमा कार्वाही प्रकृया अगाडी बढाउ“छौ“,’ सेँडाईले भने । स्थानिय मंगल बहादुर तामाङ नेकपाका सक्रिय सदस्य समेत हुन् । स्रोतका अनुसार जिल्ला स्थित राजनीतिक दलका नेताहरुको दबावका कारण जिल्ला वन कार्यालयका डिभिजन प्रमुख सेँडाई मौन छन् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । दियोपोस्ट प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला । धन्यवाद ।
diyopost.com
2,611,145
स्थानीय, जिल्ला कमिटी हुँदै प्रदेशमा आइपुगेका प्रस्तावित नाममध्ये दलहरूले आफ्ना अधिकांश मुख्य नेतालाई प्रत्यक्षतर्फ सर्वसम्मत सिफारिस गरेका छन् । कर्णालीमा सुर्खेत र दैलेखमा प्रतिनिधिसभाका दुई–दुई तथा बाँकी आठ जिल्लामा एक–एक गरी १२ क्षेत्र छन् । उम्मेदवार छनोट प्रक्रिया सुरु भएसँगै कर्णाली प्रदेशका ‘हेभिवेट’ मानिएका नेताहरूप्रति सबैको नजर परेको छ । राष्ट्रिय राजनीतिमा यस प्रदेशबाट नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) उपमहासचिवद्वय अर्थमन्त्री जनार्दन शर्मा, पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेत, कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवं मुख्यमन्त्री जीवनबहादुर शाही, पूर्व मुख्यमन्त्री एवं माओवादी केन्द्रका नेता महेन्द्रबहादुर शाही, नेकपा (एमाले)का प्रदेश इञ्चार्ज यामलाल कँडेल, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राप्रपाका उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्री कुन्ती शाही र प्रवक्ता ज्ञानेन्द्र शाही प्रतिनिधित्व गर्छन् । कांग्रेस प्रदेश कार्यसमिति सभापति ललितजङ्ग शाहीले जिल्लाले पठाएको सिफारिसका आधारमा प्रदेशसभा र प्रतिनिधिसभाका आकाङ्क्षी उम्मेदवारको विवरण केन्द्रमा पठाइसकिएको बताए । आ–आफ्नो पार्टीबाट एकल सिफारिसमा परेपछि मुख्य नेताका सम्भावित प्रतिस्पर्धीहरूबारे चर्चा हुन थालेको छ । कांग्रेस उपसभापति खड्कालाई पार्टीको जिल्ला कार्यसमितिले सुर्खेत–१ बाट सर्वसम्मत सिफारिस गरिसकेको छ । माओवादी केन्द्रले उपसभापति खड्काको क्षेत्रमा कसैलाई सिफारिस गरेको छैन भने एमालेले सोही क्षेत्रका सांसदसहित तीन जनाको नाम पठाएको छ । एमालेले सांसद ध्रुव शाही, चन्द्रलाल पौडेल र शान्तिकुमारी छन्तेलको नाम पठाएको हो । अर्थमन्त्री शर्मा रुकुमपश्चिम पनि सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । त्यहाँ कांग्रेस र एमालेले तीन–तीन जनाको नाम प्रस्ताव गरी केन्द्रमा पठाएका छन् । कांग्रेसले गोपालजीजङ्ग शाह, प्रकाश वली र यामबहादुर केसी तथा एमालेले नन्दराम देवकोटा, प्रवीण नेपाल र सरिता सुनारलाई सिफारिस गरेको छ । माओवादी केन्द्रका अर्का उपमहासचिव बस्नेतलाई जाजरकोटबाट सर्वसम्मत सिफारिस गरिएको छ । जाजरकोटबाट कांग्रेसले पूर्व सभासद राजीवविक्रम शाह र रामजङ्ग शाह तथा एमालेले केन्द्रीय सदस्य नीरज आचार्यलाई सर्वसम्मत सिफारिस गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई हुम्ला जिल्ला कार्यसमितिले प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा सिफारिस गरेको छ । हुम्लाबाट एमालेले प्रतिनिधिसभामा प्रदेशका पूर्वमन्त्री दल रावलको नाम मात्र सिफारिस गरेको छ । कालिकोटबाट माओवादी केन्द्रले पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित काशीचन्द्र बराल, विष्णुबहादुर विश्वकर्मा र लक्ष्मीप्रसाद चौलागाईंलाई सिफारिस गरेको छ भने काँग्रेसले युवानेता भूपेन्द्रजङ्ग शाही, मीनबहादुर बोगटी, अशोकनाथ योगी र एमालेले केन्द्रीय सदस्य नगेन्द्र शाहीलाई सर्वसम्मत गरेको छ । एकीकृत समाजवादीले सल्यानबाट केन्द्रीय उपमहासचिव प्रकाश ज्वालाको नाम एकल पठाएको छ । त्यहाँ माओवादी केन्द्रले रमेश मल्ल र सांसद टेकबहादुर बस्नेतको नाम सिफारिस गरेको जनाएको छ । मल्ल अध्यक्ष पुष्पकमल दाहालका स्वकीय सचिव रहेका छन् । सल्यानमा एमालेले गुलाबजङ्ग शाहको नाम एकल नाम पठाएको छ ।
ratopati.com
857,447
गाउँपालिकाबाट पाइने सेवा, ती सेवा प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया र समयका बारेमा जानकारी दिने गरी बडापत्र सरकारी कार्यालयको मुख्य द्वारमा राख्ने प्रचलन छ  । जिल्लास्थित रिब्दीकोट गाउँपालिकाले भने घरघरमा नागरिक बडापत्र पुर्याउन थालेको छ  ।जिल्लामै यस्तो अभ्यास पहिलो हो । नागरिकलाई गाउँपालिका, वडा कार्यालय, अन्य कार्यालयले प्रदान गर्ने सेवाका विषयमा त्यसमा जानकारी दिइएको छ । गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जीसी, प्रमुख प्रशासकीय अधिकृत ऋषिराम अर्जेलले वडा ५ को कुसुमखोलाबाट यसको सुरुवात गरेका हुन् । सेवा पाउने सबै विषयवस्तुसहितको बडापत्र घरघरमा लगेर टाँस्ने अभियानको शुभारम्भ भएको अध्यक्ष जीसीले कुसुमखोलाको कार्यक्रममा घोषणा गरेका थिए ।जीसीले गत बुधबार रिब्दीकोट ५ का अध्यक्ष कृष्णबहादुर थापा र केही सेवाग्राहीलाई पहिलोपटक बडापत्र प्रदान गरेका थिए । सोही स्थानमा आएका दुई सेवाग्राही र कुसुमखोलाका केही घरमा पुगेर टाँसिएको अध्यक्ष जीसीले बताए । स्थानीयको घरमै लगेर बडापत्र टाँसेपछि उनीहरूलाई सेवा लिन जान सहज हुने विश्वास गाउँपालिकाको छ । ‘कागजपत्र नपुग्ने सेवाका विषयमा धेरै समय सम्झाउन पर्ने अवस्था आएकाले घरघरमै बडापत्र दिने योजना बनेको हो,’ उनले भने । स्थानीय समर विश्वकर्माले यसलाई घरमा लगेर टाँसेपछि वडा, गाउँपालिका जतासुकै सेवा लिन जानुअघि एकपटक बडापत्र बढेर जाने बताए । बडापत्र लगेर घरको भित्तामा टाँसिसकेपछि यसलाई अध्ययन गर्ने बानीको विकास हुने उनले बताए ।वडाध्यक्ष थापाले वडाका सबै परिवारसमक्ष पुगेर वितरण गरिनुका साथै भित्तामा टाँसिने बताए । बडापत्र सेवा प्रदायक निकायका तर्फबाट सार्वजनिक गरिन्छ । यस्तो विवरणपत्र वा घोषणापत्रलाई सम्बन्धित निकायले कुन–कुन सेवा कति प्रकारका सेवाहरूमार्फत र के कति समयमा उपलब्ध गराउँछन् भन्ने रहेको हुन्छ । त्यस प्रकारको सेवा प्राप्त गर्न कस्ता कागजात पेस गर्नु गर्ने हुन्छ, सेवा प्रवाहमा जिम्मेवार पदाधिकारीहरू को को हुन् र सो सेवा प्राप्त गर्न कति शुल्क लाग्छ भन्नेजस्ता विषय उल्लेख हुने प्रमुख प्रशासकीय अधिकृत अर्जेलले बताए । बडापत्रमा उल्लेख भएबमोजिम सेवा प्राप्त नभएमा क्षतिपूर्तिको के कस्तो व्यवस्था छ भन्ने विषयसमेत जानकारी गराइएको छ । तोकिएबमोजिम सेवा प्रदान भए/नभएको हेर्ने र अनुगमन गर्ने व्यवस्थालगायतका विवरण उल्लेख गरेर घरघरमा बडापत्र टाँसिएको गाउँपालिकाका अध्यक्ष जीसीले बताए ।गाउँपालिकाले प्रदान गर्ने सेवालाई सरल, सहज, पारदर्शी र जिम्मेवार बनाउने, सार्वजनिक सेवा प्रवाहमा संलग्न जनशक्तिलाई आफ्नो जिम्मेवारीप्रति सजग बनाउने सेवालगायतका विषय पनि बडापत्रमा समेटिएको उनले बताए । नागरिक बडापत्र कानुनी दस्तावेज भने होइन । तर, यसको परिचालनले सदाचारिता अभिवृद्धि भई सार्वजनिक प्रशासनमाथि नागरिकले भरोसा गर्ने वातावरणको निर्माण हुने उनले बताए । ‘यसले सेवा प्रदायकका साथसाथै सेवाग्राहीलाई समेत जिम्मेवार बनाउँछ,’ उनले भने, ‘यसको परिचालनमा जनसहभागितालाई स्थान दिइएको हुन्छ ।’यसमा सेवा प्रकृति अनुसार छुट्टाछुट्टै बडापत्रको व्यवस्था छ । बडापत्र अनुसार नभएमा गुनासो, सुनुवाइ र क्षतिपूर्तिको व्यवस्थासमेत भएको हुन्छ । रिब्दीकोट गाउँपालिकामा ८ वडा छन् । ख्याहा, देउराली, खस्यौली, भैरवस्थान, कुसुमखोला, पालुङमैनादी, ठिमुरे र फेकका घरघरमा बडापत्र पुग्ने गाउँपालिकाले जनाएको छ । रिब्दीकोटको जनसंख्या १८ हजार ७ सय ७० छ  ।
ekantipur.com
4,413,961
यो वर्षसँगै दशक पनि सकिँदैछ । सत्तरीको दशकले हामीलाई एक संविधान, दुई स्थानीय तहरप्रादेशिक निर्वाचन, तीन तहका सरकारलगायत केही महत्वपूर्ण उपलब्धि छोडेर गयो । सात प्रदेश र सात सय ५३ पालिकासहितको सङ्घीय व्यवस्था कार्यान्वयनमा आयो । गोर्खा भूकम्प, नाकाबन्दी, विश्वव्यापी कोभिड–१९ महामारीजस्ता विपत्ति र प्रकोप हामीले खेप्यौंँ । राजनीतिक, आर्थिक, प्रशासनिक, सामाजिक अनेक दृष्टिले यो वर्ष मात्र होइन दशकै प्रतिकुलतामा बित्यौ । खराब विश्व अर्थतन्त्रका बाछिटा नेपालमा पनि नराम्रोसँग देखिए । कोभिड–१९ को प्रतिकूलता सम्हालिन नपाउँदै रुस–युक्रेन युद्धको प्रभावले विश्व अर्थतन्त्रलाई नराम्रोसँग गाँज्यो । बाह्य क्षेत्रको प्रतिकूलता नेपालको अर्थतन्त्रमा पनि स्वभाविक रुपमा देखियो । आर्थिक सूचक खल्बलिए । लिइएका लक्ष्यहरु पूरा भएनन् । राष्ट्रिय अर्थतन्त्र धर्मरायो । जनजीवन प्रभावित बन्यो । विदेशी मुद्रा सञ्चितिमा चाप, तरलता अभाव, चर्को ब्याजदर, उच्च मूल्यमृद्धि, खस्किँदो सरकारी राजस्व, न्यून विकास खर्च, आकाशिदो बजेट वैदेशिक व्यापार घाटालगायतका अनेकौंँ समस्या अर्थतन्त्रमा देखिए । सन्तुलित वित्तीय र मौद्रिक व्यवस्थापनमा सरकार चुक्यो । अर्थतन्त्रका तीनवटै स्तम्भ(सरकारी, निजी र सहकारी क्षेत्र) खल्बलिए । समग्र आर्थिक क्षेत्र नै धराशायी बन्यो । केही आर्थिक घटना र परिदृश्य पनि यसवर्ष चर्चामा रहे । करका दर हेरफेरमा अनधिकृत व्यक्तिको प्रवेश, नेपाल राष्ट्र बैंकको स्वायत्ततामाथि राजनीतिक हस्तक्षेप, बैंक तथा वित्तीय संस्थाविरुद्धको आन्दोलनलगायतका घटना र प्रकरण घटे । जसकारण सदन, सडक, सञ्जालको माहोल गर्माइरह्यो । चालु आर्थिक वर्षको बजेट लेखनका क्रममा अनधिकृत व्यक्तिको संलग्नताको चर्चाले बहस निम्त्यायो । यसका लागि छानबिन गर्न २०७९ असार २२ गते संसदीय छानबिन समिति नै गठन भयो । समिति गठन भएकै दिन अर्थमन्त्री तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजिनामा दिए। ‘आर्थिक वर्ष २०७९/८० को आर्थिक विधेयकमा करका दरहरू हेरफेर गर्ने सन्दर्भमा अनधिकृत व्यक्ति प्रवेश गरेको’ बारे अध्ययन गर्न गठिन संसदीय समितिले त्यसको प्रमाण जुटाउन सकेन र साउन १५ मा अर्थमन्त्रालयमा शर्माको पुनर्बरहाली भयो । गभर्नर निलम्बन र पुनर्बरहाली प्रकरण पनि यसवर्ष निकै चर्चामा रह्यो । विसं २०७८ चैत २४ मा मन्त्रिपरिषद्ले ‘नेपाल राष्ट्र बैंकका गभर्नरलाई पदमुक्त गर्न पुरुषोत्तम भण्डारीको अध्यक्षतामा जाँचबुझ समिति गठन गर्ने’ निर्णय गर्‍यो । सर्वोच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन भएसँगै गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परे। सरकारको उक्त निर्णयविरुद्ध सर्वोच्च अदालत पुग्नुभएका अधिकारीलाई २०७९ वैशाख ६ गतेको सर्वोच्चको अल्पकालनि अन्तरिम आदेशले काममा फर्किन भन्यो । अदालको अल्पकालीन आदेशअनुसार अधिकारी वैशाख ७ गते गभर्नरको जिम्मेवारीमा फर्किए। यो वर्षको सुरुवातबाटै बाह्य क्षेत्रमा निकै सङ्कट देखियो । शोधनान्तरस्थति र विदेशी मुद्रा सञ्चितिमा निकै ठूलो चाप देखियो । सरकारसँग भएको विदेशी मुद्रा सञ्चितिले करिब सात महिना बराबरको मात्रै आयात धान्नसक्ने अवस्था भएपछि २०७९ वैशाख १३ गतेको मन्त्रिपरिषद् बैठकले ‘कम आवश्यक, विलासीजन्य र स्वास्थ्यमा नकारात्मक असर पार्ने चुरोट तथा सुर्तीजन्य वस्तुलगायत विभिन्न १० प्रकारका वस्तुको आयातमा पूर्ण बन्देज लगाउने’ निर्णय गर्‍यो । कुरकुरे, कुरमुरे, मदिरा, चुरोट तथा सुर्तिजन्य तयारी वस्तु, हीरा, अमेरिकी डलर छ सयभन्दा बढीका मोबाइल सेट, ३२ इन्चभन्दा माथिका रङ्गिन टिभी, जीप, कार तथा भ्यान, दुई सय ५० सिसीभन्दा बढीका मोटरसाइकल, सबै प्रकारका खेलौना र तासको आयातमा प्रतिबन्द लगाइएको थियो । यी विभिन्न १० वस्तुमा गत भदौ १४ गतेसम्म आयातमा पूर्ण बन्देज लगाइयो । भदौ १४ गतेबाट मदिरा, अमेरिकी डलर तीन सयभन्दा माथिका स्मार्टफोन, जीप, कार तथा भ्यान, र एक सय ५० सिसीभन्दा माथिका मोटरसाइकलबाहेक अन्य वस्तुको आयात प्रतिबन्ध फुकुवा गरियो । गत मङ्सिर २५ गतेको मन्त्रिपरिषद् बैठकले ती चार वस्तुको आयातमा लगाएको बन्देज पनि फुकुवा गर्‍यो । लक्ष्यको तुलनामा राजस्व पाँच दशकयताकै न्यून चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदन सार्वजनिक गर्दै गत माघ २९ गते तत्कालीन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यसवर्ष लक्ष्यको तुलनामा सरकारी राजस्व वृद्धिदर पछिल्लो ५५ वर्षयताकै कमजोर रहेको उल्लेख गरे। अर्थमन्त्रालयका अनुसार यसवर्ष राजस्व वृद्धिदर आर्थिक वर्ष २०२४/२५ कै न्यून हो । चालु आर्थिक वर्षका लागि सरकारले रू १४ खर्ब तीन अर्ब १४ करोड ७० लाख बराबर राजस्व उठाउने लक्ष्य राखेको थियो । चैत २५ गतेसम्म लक्ष्यको ४५ दशमलव ६४ प्रतिशत अर्थात् रू छ खर्ब ४० अर्ब ४४ करोड बराबर उठेको छ । न्यून राजस्व उठेकै कारण सरकारले अर्धवार्षिक समीक्षामार्फत् बजेटको आकारसमेत घटाउने निर्णय गर्‍यो । सुरुवाती विनियोजनको तुलनामा बजेटको आकार रू दुई खर्ब ४४ अर्ब बराबरले घटाएको छ । चालु आर्थिक वर्षमा कूल सरकारी खर्च रू १७ खर्ब ९३ अर्ब ८३ करोड बराबर हुने सुरुवाती अनुमान रहेकोमा त्यसलाई घटाएर रू १५ खर्ब ४९ अर्ब ९९ करोड कायम गरिएको छ । जुन सुरुवाती विनियोजनको तुलनामा १४ प्रतिशतले कम हो । त्यस्तै, सरकारी राजस्व निकै कम उठेपछि सरकारले सार्वजनिक खर्च कटौतीको निर्णय लियो । गत माघमा सरकारले विभिन्न शीर्षकमा २० प्रतिशत खर्च कटौतीको निर्णय गर्‍यो । इन्धन, मर्मतसम्भार, पत्रपत्रिका, कार्यालय सामग्रीलगायतका विभिन्न शीर्षकमा बजेट कटौती गर्दा करिब रू २५ अर्ब बराबर जोगिएको अर्थ मन्त्रालयको दाबी छ । यसवर्ष बैंक तथा वित्तीय संस्थाको ब्याजदरविरुद्ध निजी क्षेत्र आन्दोलित भयो । निजी क्षेत्रका छाता सङ्गठनहरु मात्र होइन मोफसलका व्यवसायीले पनि बैंक ब्याजदरविरुद्ध सडक आन्दोलन गरे । साना ऋणीले पनि त्यसमा ऐक्यबद्धता जनाए । बजारमा तरलता अभावका कारण बैंक वित्तीय संस्थाले थप कर्जा विस्तार गर्न नसक्ने अवस्था सिर्जना भयो । कर्जाको ब्याजदर बढेर १५ प्रतिशतसम्म पुग्यो । पछिल्लो समय ब्याजदर केही घटेको छ । लघुवित्त संस्थाहरुले प्रवाह गरेको कर्जाबारे पनि यसवर्ष निकै ठूलो प्रश्न उठ्यो । चर्को ब्याजदर र सेवाशुल्क लिएर ऋण दिने गरेका लघुवित्तले कर्जा असुली गर्दा अनावश्यक दुःख दिएको भन्दै पीडितहरु आन्दोलित भए । यसबारे नेपाल राष्ट्र बैंकले अध्ययन समिति बनाए पनि पीडितहरुको आन्दोलन केही मत्थर भएको छ । नेपाल विद्युत् प्राधिकरणको गत माघ २६ गतेको सञ्चालक समिति बैठकले नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनाको थप एक हजार पाँच सय मेगावाटसम्म विद्युत् खरिद (पीपीए) गर्ने निर्णय गर्‍यो । ऊर्जा समिश्रण (इनर्जी मिक्स) नीति कायम गर्ने भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय तथा विद्युत् प्राधिकरणले जलाशय, अर्धजलाशय र नदी प्रवाहमा आधारित आयोजनाका लागि पीपीएको कोटा तोकिदिएको थियो । आरओआर आयोजनाका लागि तोकिएको पाँच हजार दुई सय ५० मेगावाटको पीपीए सीमा सकिएपछि पछिल्लो पाँच वर्षदेखि यो रोकिएको थियो । पीपीएका लागि हाल प्राधिकरणमा करिब ११ हजार मेगावाट बराबरका आयोजनाको आवेदन परेको र पहिला निवेदन दिने आयोजनालाई प्राथमिकता दिएर पीपीए गरिने प्राधिकरणले जनाएको छ । यसवर्ष राष्ट्रिय गौरवका दुईवटा आयोजना सञ्चालनमा आए । गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ वैशाख ८ र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पुस १७ गतेबाट सञ्चालनमा आए । यो यसवर्षको पर्यटन र हवाई क्षेत्रको मात्र नभई समग्र पूर्वाधार क्षेत्रको महत्वपूर्ण सफलता हो । यद्यपि अन्तर्राष्ट्रिय उडानका लागि दुवै विमानस्थलको प्रयोग निकै कम छ । यो वर्ष पुँजी बजारका लागि औसत रह्यो । विसं २०७९ सुरु हुँदा नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक दुई हजार चार सय बिन्दुमाथि थियो । वर्षान्तमा नेप्से दुई हजार बिन्दुभन्दा तल छ । गत असोज ९ गते नेप्से एक हजार आठ सय १५ को बिन्दुसम्म झरेको थियो सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति भइसक्ने लक्ष्य राखेको नेपाल अहिले यस्ता मुलुकहरूको अध्यक्ष राष्ट्र हो । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा आयोजित एक समारोहका बीच नेपालले चैत २३ गते अध्यक्षता ग्रहण गरेको हो ।
palikakhabar.com