index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
4,700,773
यहीँ श्रावण १८ गतेबाट रिलिजको तयारीमा रहेको चलचित्र ‘मोदीबेनी’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंको नयाँ बानेश्वरस्थित आइएनआइ सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक दीपा श्री निरौलाले ‘मोदीबेनी’को सफलताको शुभकामना दिइन्। उनले चलचित्रको टिममा निकै ऊर्जा रहेकोले सफल हुनेमा विश्वास व्यक्त गरिन् । त्यसै गरी, निर्देशक शंकर कोइराला, लेखक आनन्द विक्रम क्षेत्री तथा कार्यक्रममा उपस्थित अरू अतिथिहरूले पनि टिमले चलचित्र उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराखेको प्रतिक्रिया दिए । एक्सन, प्रेम, कमेडी, वेदना तथा पारिवारिक कथा समेटिएको ट्रेलरमा नायिका वर्षा सिवाकोटी र नव–नायक अमर प्रताप श्रेष्ठको प्रेमलाई सुन्दर ढङ्गले बुनिएको छ । ट्रेलरमा वर्षाको प्रेम सँगसँगै रौद्र रूप पनि देखाइएको छ । ट्रेलरमा नायिका रेजिना उप्रेती वर्षाको आमाको भूमिकामा देखिएकी छिन भने अभिनेता सरोज खनाल सेतै फुलेको लामो दाह्री र जुँगामा देखिएका छन्। ट्रेलरमा डेब्यु नायक अमर प्रताप श्रेष्ठको एक्सन पनि छ । शङ्कर कोइरालाले निर्देशन गरेको यस चलचित्रमा वर्षा सिवाकोटी, अपर प्रताप श्रेष्ठ, सरोज खनाल, प्रवीण खतिवडा, रेजिना उप्रेती, दिलीप केसी, जीवन भट्टराई, कमलमणि नेपाल, स्नेहा भट्टराई, सुब्रतराज आचार्य, अनामिका लामिछाने, पूजन श्रेष्ठ, गोविन्द सुनार, सरोज अर्याल, लविस गर्तौला, शेर बहादुर बराल, रोजी श्रेष्ठ, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रमा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह निर्माता रहेका छन् । चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा उत्सव दाहालको छायाङ्कन र भरत रेग्मीको सम्पादन छ । चलचित्रका गीतमा राम अविरल र शान भुसालको शब्द रचना, एसडी योगी र शान भुसालको सङ्गीत तथा स्वरूपराज आचार्य, एसडी योगी, विज्ञानी पराजुली र एरिका क्षेत्रीको स्वर रहेको छ । चलचित्रमा दीपेन्द्र गौतम (माइकल) को प्रोडक्शन डिजाइन, किरण थापाको कोरियोग्राफी, श्याम बरालको मेकअप, गीता पौडेलको हेयर डिजाइन, भीम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन, शैलेश श्रेष्ठ र रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर, शैलेश श्रेष्ठको साउन्ड डिजाइन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, समीर मियाँको भिएफएक्स, सन्तोष लामाको कला निर्देशन, राजु तामाङको द्वन्द्व निर्देशन रहेको छ। ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा सोसल मिडिया पब्लिसिटी डिजाइन रहेको यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछन् ।
nepalpress.com
5,680,311
पहिलेको भन्दा धेरै ठाउँमा दोब्बर फराकिलो समेत पारिएको छ । तर, हिजाे काठमाण्डाैबाट हेटौँडाका लागि छुटेकाे बस यही सडक खण्डमा दुर्घटनामा पर्याे । ना ३ ख ७८५८ नम्बरको बस भीमफेदीको ओरालोमा सडकबाट तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा ७ जनाको ज्यान गयाे । २६ जना घाइते भए । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका छन् । दुर्घटनामा ज्यान गुमाएका एक जनाको अहिलेसम्म परिचय खुलेको छैन । दुर्घटनामा घाइते भएकामध्ये चार जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अरुको विभिन्न अस्पतालमा उपचार भइरहेको र सामान्य घाइते ६ जना उपचारपछि घर फर्किएका छन् । साँघुरो सडकको ओरालो घुम्तीमा ब्रेक नलागेर बस दुर्घटना भएकाे हाे । मकवानपुर भीमफेदीसम्मको सडक खण्ड साना गाडीका लागि मात्रै उपयुक्त छ । बनेपा–नेपालथोक चल्ने मिनीबस काठमाण्डौबाट वीरगञ्ज जान फर्पिङ–भीमफेदी सडक खण्ड प्रयोग गर्ने क्रममा दुर्घटनामा परेको हाे । बनेपा–नेपालथोक चल्ने मिनीबसका चालक तथा सहचालकलाई सडकको जोखिमबारे जानकारी नहुँदा दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । बसमा सहयोगीका रूपमा यात्रा गरिरहेका काभ्रेका हरि भुजेलका अनुसार बनेपा–नेपालथोक चल्ने बस काठमाण्डौमा रिजर्भ गरेर याे रुट हुँदै वीरगञ्ज जाँदै थियाे । दुर्घटनामा घाइते हुनुभएका रौतहटका समिम मियाँले भीमफेदीको देउरालीमा खाजा आएपछि चालक परिवर्तन भएको बताउनुभयो । ‘तीव्र गतिमा गाडी चलाएर मोडमा कन्ट्रोल गर्न नसक्दा बस पल्टियो' मियाँले भन्नुभयो । दुर्घटना भएको बसको यस सडकमा रुट परमिट नभएको खुलेको छ । यस सडकमा प्रायजसाे साना गाडीले मात्र रुट परमिट लिएका छन् । चाडपर्वका समयमा भने याे रुटमा मिनीबस पनि चल्ने गरेका छन् । चाडपर्वकाे समयमा छिटो यात्रु ओसार्ने गरी यस सडक खण्ड भएर बस गुडेकाे प्रहरीकाे अनुमान छ ।
ujyaaloonline.com
2,679,666
पोखरा –३० गगनगौंडा पावर हाउसमा चेकजाँचका क्रममा लागुऔषध सहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका –५ का रामसेवक लोधका ३७ वर्षिय छोरा हरिहर लोध रहेको प्रहरीले जनाएको छ । पोखरामा ठूलो मात्रामा लागूऔषध भित्रिदै गरेको सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय शिसुवा र वडा प्रहरी कार्यालय गगनगौडांबाट खटिएको प्रहरी टोलीले उनीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका लोधको साथबाट डाईजापाम–१५८ एम्पुल, नुर्फिन–१५८ एम्पुल, फेनार्गन– १५९ एम्पुल गरी जम्मा ४७५ एम्पुल, नाइट्रोभेट ट्याब्लेट १३५ चक्की र मोबाईल–१ थान बरामद गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रहरी प्रवक्ता एवं डिएसपी सुवास हमालले जानकारी दिए । पक्राउ परेका लोधलाई लागुऔषध सम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतबाट पक्राउ अनुमति लिई अनुसन्धान जारी राखिएको उनले बताए ।
ratopati.com
5,900,340
अस्ट्रेलियामा दुई नेपालीको निधन भएको छ । सिड्नीको उत्तरी क्षेत्रमामा रहेको हर्नस्बीस्थित एक नदीमा पौडी खेल्न गएका दुई नेपालीको निधन भएको छ भने एक गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको प्रहरी लाई उद्धृत गर्दै अस्ट्रेलियाली समाचार संस्था सेभेन न्यूजले जनाएको छ । न्यू साउथ वेल्स प्रहरीका अनुसार गत शुक्रबार राति साढे सात बजे बरारा न्यासनल पार्कस्थित नदीमा पौडी खेल्न गएका तीन जना बेपत्ता भएको खबरपाएसँगै आपतकालीन उद्धारकर्ताहरु खटिए । उद्धारकर्मीले तत्कालै घटनास्थलमा पुगेका उद्धारकर्मीले एक जना व्यक्तिलाई सास फेर्न अप्ठेरो भएको अवस्थामा उद्धार गरी हेलिकोप्टर मार्फत अस्पताल लगेका थिए । उद्धार गरिएका व्यक्ति प्रदिप पाण्डे भएको बताइएको छ । तर अन्य दुई जनाको अवस्था भने चार घन्टा पछि शव फेला परेको थियो । पौडी खेल्न गएका उनीहरु दलदलमा भासिएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । स्थानीय सञ्चार माध्यमले आफन्तलाई उद्ध‌ृत गर्दै निधन हुनेमा रोशन छत्कुली र विशाल सेढाई तथा घाइते हुने प्रदीप पाण्डे रहेको उल्लेख गरेका छन् । स्थानी सञ्चारमाध्यमहरुका अनुसार उनीहरु क्याम्पिंङका लागि स्थानीय बरोअरा नेशनल पार्कमा गएका थिए । पौडी खेल्न गएकाहरु हराएपछि शुक्रवार राति साढे सात बजे आपतकालीन सेवामा खबर गरिएको थियो ।
khabarhub.com
2,596,140
सहारा क्लब पोखराद्वारा आयोजित ‘आहा रारा गोल्डकप’ फुटबलको २२औँ संस्करणमा रु तीन लाख १८ हजार बचत भएको छ । मङ्गलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा क्लबका महासचिव रामजीप्रसाद अधिकारीले यसअघिका तीन संस्करणमध्ये दुईवटामा कोरोना महामारी, आर्थिक मन्दीलगायत कारणले रकम बचत गर्न नसकिएको जानकारी दिए । बाइसौँ संस्करणको गोल्डकप २०७९ पुस १४ देखि २३ गतेसम्म पोखरा रङ्गशालामा भएको थियो । उक्त प्रतियोगितामा १० टोली सहभागी भएका थिए । गोल्डकपमा टिकट बिक्री एवं विभिन्न प्रायोजकबाट रु ९४ लाख ६५ हजार रकम सङ्कलन भएको थियो । महासचिव अधिकारीका अनुसार उक्त प्रतियोगितामा १० हजारभन्दा बढी दर्शकले खेल अवलोकन गर्दा टिकट बिक्रीबाट रु १७ लाख ८६ हजार सङ्कलन भएको थियो । सो गोल्डकपको उपाधि सङ्कटा क्लबले हासिल गरेको थियो भने अमेरिकी टोली भुटनीज युथ स्पोर्टस् क्लब मिनोसोना युएस उपविजेता बनेको थियो । खेलका माध्यमबाट युवालाई कुलतबाट जोगाउन २०५८ सालमा क्लबको स्थापना गरिएको थियो । फुटबल खेलाएरै क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आएको छ । क्लबले ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा विकास गरौँ’ नारासहित प्रत्येक वर्ष आहा रारा गोल्डकप फुटबल प्रतियोगिता सञ्चालन गर्दै आएको छ । प्रतियोगितामा बचेको रकम पोखरा महानगरपालिका–१७ दोभिल्लास्थित एकेडेमी सञ्चालनमा उपयोग गरिँदै आएको क्लबले जनाएको छ । विभिन्न जिल्लाका २८ बालक राखेर प्रारम्भ गरिएको एकेडेमीले उनीहरूको बास, शिक्षाको प्रबन्ध र फुटबल प्रशिक्षणको काम निःशुल्करूपमा गर्दै आएको छ ।
ratopati.com
1,272,830
‘सेटिङ’मा ठेक्का पारेपछि पाण्डेले ग्रो अर्गानिक एग्रिकल्चर प्रा.लि (कृषि फार्म)को कागजातमार्फत आयात गरेको बाख्रा नगरले कृषक र कृषि फार्मलाई वितरण गरेको थियो । ठगी प्रकरण बाहिरिएपछि पाण्डेले उम्कन र कारवाहीबाट बच्‍न चलखेल थालेका हुन् । अस्ट्रेलियादेखि ‘जहाज चार्टर’ गरेर बोयर जातका बाख्रा ल्याएको भन्दै पश्चिम नेपालबाट संकलन गरेर ल्याइएका बाख्रा वितरणमा उनको प्रत्यक्ष संलग्नताका प्रमाणहरु सुरक्षित छन् । आयातमा संलग्न भएका पाण्डेले अस्ट्रेलियाबाट ल्याउँदा बाख्रा क्वारेन्टाइनमा राखेको भन्दै नक्कली कागजपत्र तयार पारेर बेलबारी नगरपालिकाका पशु शाखा प्रमुख बाबुराम बस्नेतलाई बुझाएका थिए । बाख्रासँगै पाण्डे आफैँले पशु चिकित्सकको रिपोर्ट र क्वारेन्टाइन सम्बन्धी नक्कली कागजात बुझाएको पाइएको छ । अस्ट्रेलियाबाट बोयर बाख्रा आयातका लागि नगरपालिका र सप्लायर्सबीच गत जेठ ३ गते एक करोड २४ लाख रुपैयाँको ठेक्का सम्झौता भएको थियो । ठेक्का सम्झौता विपरीत पश्चिम नेपालको नवलपरासी र आसपासका स्थानबाट संकलन गरेर ९२ वटा बाख्रा ल्याएर जेठ १५ गते वितरण गर्दै पाण्डेले सिंगो नगरपालिकालाई नै विवादित बनाएका छन् । सम्झौतामा फार्मका तर्फबाट हस्ताक्षर गरेका गोविन्द राय बाख्रा आयातको विषय आफूलाई केही जानकारी नभएको बताउँछन् । बाख्रा अस्ट्रेलियन बोयर नभएको पत्ता लागेपछि बदमासी गरेका पाण्डेले आफू जोगिनलाई यो प्रकरणमा आफ्नो संलग्नता नरहेको देखाउँदै दोष सप्लायर्सको थाप्लोमा हालिरहेको स्रोतले बतायो । छानबिनमा पर्ने अवस्था बनेपछि उनले अहिले बेलबारी छाडिसकेका छन् । फार्मको कागजात प्रयोग गरेर पाण्डेले नै बाख्रा आयातदेखि वितरणसम्ममा लगानी गरेको जानकारी सप्लायर्सले नगरपालिकालाई दिइसकेको छ । लगभग २४ लाख रुपैयाँ जति खर्च गरेर बाख्रा ल्याउँदै एक करोड रुपैयाँ झ्वाम बनाउन खोजिएका बेला बाख्रा अस्ट्रेलियाको र ‘शुद्ध’बोयर नभएको खुलेको हो । अष्ट्रेलियाबाट भारतको लखनउ हुँदै सुनौली भन्सारबाट बाख्रा आयात गरेको दाबी उनको थियो । बेलबारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले भन्सारमा बुझ्दा बाख्रा आयात भएको नदेखिएको र बाख्रा पनि शुद्ध बोयर नभएको पाइएको बताए । वितरण गरिसकेपछि विरोध हुँदा मात्रै शुद्ध बोयर नभएको पाइएको उनको भनाइ छ । गलत बाख्रा वितरण गरेको पाइएपछि नगरपालिकाले आधिकारिक कागजातसहित उपस्थित हुन निर्देशन दिएर कारवाही अघि बढाउँदै सप्लायर्सलाई स्पष्टिकरण सोधेको थियो । सप्लायर्सले बाख्रा आयात सम्बन्धी सम्पूर्ण आर्थिक तथा प्रशासनिक जिम्मेवारी दिएर पाण्डेलाई प्रतिनिधिका रूपमा खटाइएको जानकारी ग्रो अर्गानिक एग्रिकल्चर प्रा.लि (कृषि फार्म)को लेटर प्याडमार्फत गत जेठ २३ गते नगरपालिकालाई लिखित रूपमा दिएको हो । खरिद र आयात तथा वितरण सम्बन्धी सबै प्रक्रियामा पाण्डे सहभागी भएको सप्लायर्सको स्पष्टोक्ति छ । नगरपालिकाले माग गरेका बाख्रा सम्बन्धी सबै कागजात तत्काल बुझाउन पाण्डेलाई सप्लायर्सले भने पनि अहिलेसम्म बुझाएका छैनन् । ‘असल नियत राखेर सेवा गर्ने उद्देश्यसहित नगरपालिकासँग जोडिएको भए पनि त्यसो गर्न नसकिएकोमा क्षमाप्राथी छौँ,’ स्पष्टिकरणमा भनिएको छ, ‘नगरबासीको हितका लागि सहभागिता जनाइए पनि उत्पन्न समस्याले दुःखी तुल्याएको छ ।’ सप्लायर्ससँग जोडिएकामध्ये सुदीप चौधरीले पाण्डे आफ्ना व्यवसायिक साझेदार भएको बताए । अन्नपूर्णसँगको टेलिफोन सम्पर्कमा उनले बाख्राको विवादित विषयको अध्ययन गरिरहेको सुनाए । यसअघि चौधरीले बाख्रा आयात र वितरण पाण्डेले गरेको तथा यसमा अरुको संलग्नता नरहेको स्पष्ट पारेको रेकर्ड सुरक्षित रहेको प्रेस युनियन मोरङका सभापति भोजराज बस्नेतले बताए । तर अहिले विवादमा मुछिएपछि पन्छिन र जोगिन खोजेर सप्लायर्सलाई मात्रै मुछ्ने तथा बद्नाम गराउने प्रयास पाण्डेले गरिरहेको पाइएको उनको भनाइ छ । स्थानीय तहको फोहोर व्यवस्थापन तथा शौर्य उर्जाको सम्भाव्यता अध्ययनको बहानामा बेलबारी नगरपालिकासँग नजिकिएका पाण्डे एक करोड घोटाला गर्ने उद्देश्य राखेर बाख्रा आयातमा लागेको प्रष्ट भएको छ । अहिले उनी बाख्रामा आफ्नो कुनै संलग्नता नरहेको दाबी गर्छन् । आफू बिरामी रहेकाले डाक्टरले बोल्न प्रतिबन्ध लगाएको भन्दै उनले यसअघि बाख्राका विषयमा बोल्न अस्वीकार गरे । पुनः दोस्रो पटकको टेलिफोन सम्पर्कमा पनि बोल्न मानेनन् । तर आफ्नो नाम जोडिएर अन्नपूर्ण पोस्ट र अन्नपूर्ण अनलाइनमा असार १० गते आएको समाचारको भने विज्ञप्ति निकालेर खण्डन गरेका छन् । ‘फार्म र बाख्रासँग म कतै पनि जोडिएको छैन । मेरो बद्नाम गर्दै चरित्र हत्या गर्ने काम भयो,’ छोटो कुराकानीमा उनले भने, ‘पत्रकारसँग मैले केही भन्नु छैन । सम्बन्धित ठाउँमै कुरा राखेर कानुनी उपचारमा जान्छु ।’ छानबिन र कारवाहीको दायरामा आउनुपर्ने भएपछि नगरका जनप्रतिनिधिलाई विभिन्न दबाब दिँदै आफ्नो संलग्नता देखिने प्रमाण नष्ट गराउन उनी सक्रिय भएर लागेको स्रोतले बताएको छ । आफू पनि विवादमा मुछिने भएपछि नगर प्रवक्ता योगेन्द्र सुवेदी पाण्डेको बदमासी ढाकछोप गर्न र उनलाई जोगाउन लागेका छन् । पाण्डेको दबाबमा परेका सुवेदी बेलबारी–३ का वडाध्यक्ष पनि हुन् । नगरपालिकाको आधिकारिक सचिवालयबाट सुवेदीको नाम जोडेर आएको समाचारमा उनले आफूलाई नसोधिएको भनेर पाण्डेको दबाबमा विज्ञप्ति जारी गरेका छन् । अन्नपूर्णसँगको सम्पर्कमा सुवेदीले बाख्रा आयात र वितरणमा संलग्नता नदेखिएको भन्दै पाण्डेको बचाउ गरे । ‘बेलबारीका जनप्रतिनिधिले गरेका काम कारवाहीदेखि लिएर सबै विषयमा पाण्डे जानकार छन् । उनीबाट सबै कर्तुत खुल्ने डरले जनप्रतिनिधि खुलेरै पाण्डेको समर्थनमा लागेका हुन्,’ स्रोतले भन्यो, ‘पाण्डले पोल खोलिदिँदा आफू फस्ने भएपछि उनलाई बचाउँदा केही राहत मिल्छ किभन्ने अपेक्षा होला ।’ बाख्रा आयातका प्रमाण नष्ट गरेर पाण्डेलाई चोख्याउन र फट्याइँ ढाकछोप गर्न केन्द्रित भएको आरोप सुवेदीमाथि लागेको हो । ‘बाख्रा प्रकरण बाहिरिएपछि सुवेदीको भूमिका शंकास्पद छ,’ नगरका एक कर्मचारीले भने, ‘बाध्यतामा परेर हो कि किन यसो गरेका हुन् भन्ने चाहिँ थाहा भएन ।’ बाख्राका नाममा किसानलाई फसाउने र सरकारी रकम अनियमितता गर्नेलाई कारवाहीका लागि पहल गर्नुपर्ने जनप्रतिनिधि भ्रष्टाचार गर्नेको संरक्षणमा लाग्नु अस्वभाविक र दुःखद् भएको स्थानीय अगुवा खेमराज गौतमले बताए । गौतमसहित बेलबारीका छ जना युवाहरुले बाख्रा प्रकरणको अनुसन्धान एवं छानबिन गरेर कारबाही अघि बढाउन माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा संयुक्त उजुरी दिएका छन् । उजुरी दिने अरु सुजित बस्नेत, रिक्त गुरुङ, कमल सुब्बा, विपिन आचार्य र विशाल थापा छन् । ‘जनतासँग गरेका प्रतिवद्धता भुलेर जनप्रतिनिधि भ्रष्टचारीलाई बचाउन लागेको प्रमाणित भइसकेको छ,’ गौतम भन्छन्, ‘गलत गर्नेलाई कारवाही गर्ने विषयमा जनप्रतिनिधि नै बाधक बनिरहेका छन् ।’ यससँगै बदमासी गरेको यथेष्ठ प्रमाणसहित समाचार लेख्ने पत्रकार र प्रकाशन गर्ने मिडिया हाउसमाथि नै पाण्डेले बारम्बार धम्की समेत दिइरहेका छन् । पाण्डेकै गलत हर्कतका कारण नगरपालिकाको बदनाम भएको भन्दै मेयर ज्ञानेन्द्र सुवेदी चिन्तित भएको बताउँछन् । पछिल्लो स्थानीय तह निर्वाचनपछि विवादरहित नगरपालिका पाण्डेको प्रवेशसँगै पहिलो पटक यति ठूलो विवादमा मुछिएको हो । मेयर सुवेदी भने छानविन र अनुसन्धानपछि वास्तविकता पत्ता लगाउनेमा ढुक्क भएको बताउँछन् । तर अख्तियारले अनुसन्धान थालेपछि पाण्डेले आफ्नो संलग्नता नदेखाएर सुटुक्क बाहिरिँदै अनियमितता र भ्रष्टाचारको भुङ्ग्रोमा अरुलाई हाल्न खोजिरहेको पाइएको छ । आफू कारवाहीमा परे अरु कारोवार र विभिन्न आवद्धता संकटमा पर्ने तथा चौपट हुने बुझेपछि पाण्डे अरुविरुद्ध खनिएका हुन् । नगरपालिकाको नगर कार्यपालिका बैठकले ठेक्का सम्झौता रद्द गर्दै फार्मलाई कालो सूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरिसकेको छ । बाख्रा आयातका लागि जम्मा गरिएको छ लाख २० हजार रुपैयाँ धरौटी जफत गरेर अरु भुक्तानी रोक्दै नगरपालिकाले कार्यपालिका सदस्य विन्दुकला गुरुङको नेतृत्वमा बाख्रा प्रकरणको छानविन गर्न एक साताको समय दिएर गत जेठ ३१ गते समिति बनाएको थियो । अहिलेसम्म प्रारम्भिक छानविनमै केन्द्रित रहेको समितिले समय अपुग हुनेभन्दै म्याद थप गरिदिन माग गरेको छ । ‘समितिमा रहेकाहरु पाण्डेका बारेमा त्यति जानकार नभएकाले निष्पक्ष छानबिनमै शंका छ,’ स्रोतले भन्यो, ‘उनका बारेमा जानकारी राखेकाहरु बचाउनतर्फ केन्द्रित छन् ।’ नगरपालिकाले उप–मेयर ढाकाकुमारी पराजुलीको संयोजकत्वमा जेठ २४ गते छानबिन समिति बनाएको थियो । कार्य व्यस्तताको कारण देखाउँदै समितिले नेतृत्व अस्वीकार गरेकी उनले बेलैमा सचेत भएर नगरपालिकाले ठूलो रकम भ्रष्टाचार हुनबाट बचाएको उल्लेख गरिन् । छानविनको नेतृत्व गरिरहेकी गुरुङले भने बाख्रा प्रकरणलाई मिहिन ढंगले बुझ्ने काम भइरहेको जानकारी दिइन् । समितिका प्रवक्ता राजेन्द्र अधिकारीले बाख्रा नगरका ११ वटै वडामा वितरण गरिएका कारण स्थलगत अनुगमन गर्नुपर्ने भएकाले छानविनमा समय लागिरहेको बताए । ‘बाख्रा सबै वडाका कृषकलाई बाँडिएकाले स्थलगत अनुगमन गरेर वास्तविकता बाहिर ल्याउन लागि परेका छौँ,’ उनले भने, ‘छानविनमा देखिएका सबै कुरालाई प्रतिवेदनमा समेटिने छ ।’ नगर प्रवक्ता सुवेदीले भने समितिले प्रतिवेदन बुझाएपछि कारवाहीको थप प्रक्रिया अघि बढ्ने बताए । गलत गर्नेमाथि कारवाही हुनपर्छ भन्ने पक्षमा आफू रहेकाले कोही कसैलाई जोगाउन नलागेको उनको दाबी छ । प्रवक्ता सुवेदीले नगरपालिका र सप्लायर्ससँग असम्बन्धित रहेका पाण्डे बाख्रा वितरणमा कसरी जोडिए भन्ने स्पष्ट जवाफ भने दिन सकेनन् । बाख्रा पाएका बेलबारी–३ का लीलाप्रसाद आचार्यले कृषकलाई ठग्ने र एकै पटक ठूलो रकम कमाउने योजना बनाउनेमाथि कारवाही हुनपर्ने बताए । आचार्य कृषि फार्मका सञ्चालकसमेत रहेका उनले बोका र पाठी पाएका थिए । तर बोका भने मरिसकेको छ । ‘बिरामी भएको २० मिनेटमै २५ किलोको बोका मर्‍यो,’ आचार्यले भने, ‘पशु चिकित्सकले पनि रोग पत्ता लगाउन सकेनन् ।’ हावापानी र वातावरण नमिलेका कारण बोका मरेको या लापरवाहीपूर्ण वितरणले समस्या भएकोभन्ने बारेमा छानविन हुनुपर्ने माग उनले राखेका छन् । अस्ट्रेलियाको बाख्रा भन्दै गलत बाख्रा बाँडेर कृषकका लागि राज्यले छुट्याइएको रकम लापरवाही गर्नेलाई उन्मुक्ति दिन नहुनेमा आचार्यको माग छ । पाण्डेले ठगी गरेर किसानमाथि ठूलो अन्याय गरे पनि नगरको ठूलो रकम भ्रष्टाचार हुनबाट जोगिएर कृषकले पनि ठगिएछौँ भन्ने थाहा पाएको उनले बताए । त्यस्तै बेलबारी–८ का उत्तम गौतमले पाएको १२ किलोको बोका पनि बिरामी परेर मर्ने अवस्थामा पुगेपछि काटेर मासु खाएको बताए । गौतम पुराना बोयर पालक कृषक हुन् । उनले अस्ट्रेलियाबाट भन्दै नेपालकै क्रस बोका–पाठी ल्याएर वितरण गर्दै कृषकलाई ठग्ने काम भएको बताए । गौतम कृषि फार्मका सञ्चालक उनले किसानलाई बोयरको आस देखाएर भ्रममा पार्ने काम गरिएको भन्दै विरोध गरिरहेका छन् ।
annapurnapost.com
548,718
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् गृहमन्त्री रामबहादुर थापा बादलले संसद विघटन स्थितरता र क्रान्तिकारी परिवर्तनका लागि भएको बताएका छन् । आज बालुवाटारमा बसेको केपी शर्मा ओली समूहको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै त्यस्तो बताएका हुन् । “प्रतिनिधिसभाको विघटन स्थिरता र क्रान्तिकारी परिवर्तनका लागि भएको छ ।” उनले भने त्यस्तै बैठकलाई सम्बोधन गर्दै बादलले नेकपाबाट एउटा गुट अन्त्य भएको समेत बताएका छन् । पार्टी फुटको अन्तिम अवस्थामा पुगेका बेला नेताहरुबीच कित्ताकाट भइरहेको छ । यसैक्रममा आफूलाई तटस्थ भूमिकामा राखेका बादलले आज पहिलोपटक ओली समूहको बैठकमा सहभागी भएका थिए । प्रचण्ड नेपाल समूहलाई इंगित गर्दै उक्त समूह दुस्मनको जालमा परेकाले क्रान्तिको उपलब्धीहरुलाई उल्ट्याउन केन्द्रीत रहेको दाबी गरे । “उहाँहरूको ध्यान क्रान्तिका उपलब्धिहरूलाई उल्ट्याउन केन्द्रित छ । उहाँहरू दुश्मनको जालमा पर्नुभएको छ ।” उनले भने ।
lokpath.com
4,937,126
कोरोना भाइरसविरुद्धको रसियाली स्पुतनिक–भी खोप भारतमा उत्पादन गरिने भएको छ । भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ । रुसको प्रत्यक्ष लगानी कोष (आरडिआइएफ)ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को सुरुदेखि नै प्रारम्भ हुनेछ । यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् । रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपको तुलनामा निकै सस्तो रहेको बताइएको छ । रसियाले गत अगस्टमै कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर, ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो । हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रूपमा सहभागिता जनाएका छन् । तेस्रो चरणको परीक्षण पूर्वसोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ । भारतबाहेक आरडिआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा उत्पादन हुने जनाएको छ । आरडिआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरिएको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरे ।
rajdhanidaily.com
348,346
वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ । विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेखापाल उत्तमराज शर्मा ढकाललाई भ्रष्टाचारी ठहर गरेको हो । विशेष अदालतका न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बाँस्तोलाको इजलासले पाँच जनालाई भारत सरकारको सहयोगमा आठवटा परियोजना ठेक्का लागेकोमा पाँचवटा परियोजनामा अनियमितता भएको भन्दै भ्रष्टाचारी ठहर गर्ने फैसला गरेको हो । विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाएर २०७५ कात्तिक १५ गते मुद्दा दायर गरेको थियो । दश जनामध्ये पाँच जनालाई विशेष अदालतले सफाइ दिएको छ भने पाँचलाई दोषी ठहर गरेको छ । परिषद्बाट गठित बोलपत्र मूल्याङ्कन समितिले विभिन्न मितिमा मूल्याङ्कन गर्दा लागत अनुमान अङ्कमा बदनियतपूर्वक विभिन्न परियोजनामा मूल्याङ्कन सिफारिस गरेको विशेष अदालतको ठहर छ । अनुमान अङ्कभन्दा ३० प्रतिशतभन्दा धेरै घटेको भन्दै बोलपत्र अमान्य भएको देखाउँदै केही बोलपत्रलाई मूल्याङ्कन प्रक्रियामा समावेश नै नगराइएको भेटिएको छ । यसरी लापरबाहीपूर्वक मूल्याङ्कन र बोलपत्र स्वीकृत गर्दा परिषद्लाई रु ६२ लाख ८८ हजारभन्दा बढीको घाटा भएको भन्दै अख्तियारले मुद्दा दर्ता गरेको थियो । साथै, निर्माण कार्यका विभिन्न वस्तुमा ठेक्का सम्झौता भएकोमा इकाइ दरमा घटबढ हुने गरी भिन्न स्वीकृत गरेको भेटिएको थियो । यसले परिषद्लाई थप नौ लाख ८५ हजार र अर्को ठेक्कामा तीन लाख ५४ हजारको अनियमितता भएको दाबी अख्तियारले गरेको थियो । अख्तियारले कूल रु ७६ लाख २८ हजारभन्दा बढी रकम बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । दोषी ठहर भएका पाँचैजनाको चैत २८ गते सजाय निर्धारण हुने बताइएको छ ।
hamrakura.com
4,375,908
म्याग्दीको धवलागिरि गाउँपालिका–६ मराङको बुलमा रहेको बागेश्वरी आधारभूत विद्यालयको कक्षा कोठामा पहिरोले क्षति पुर्‍याएको छ। पहिरोले भवन जोखिममा परेपछि कक्षा ५ सम्म अध्यापन हुने विद्यालयको पठनपाठन रोकिएकोे छ । विद्यालयका प्रधानाध्यापक नवराज उपाध्यायले ६ कोठे भवन पहिरोले भत्कने अवस्थामा पुगेको बताए । “भवनको गारो र भुईँ चर्किएर बस्न नमिल्ने अवस्था छ,” उनले भने “सबैभन्दा जोखिम भएको कक्षा ४ का विद्यार्थीलाई कक्षा ५ मा सँगै राखेर पढाएका छौँ। अरु भवन पनि भत्कने अवस्थामा छन् ।” पैँतालिस विद्यार्थी रहेको उक्त विद्यालयको जीर्ण भवनमा बसेर पढ्न विद्यार्थीहरु डराएका छन् । दुई कोठे शौचालयकोे गारो चिरा परेर प्रयोग गर्न नमिल्ने भएको छ। विद्यालय भवनको मुनी गत हिउँदमा सडक निर्माण गरिएकाले अहिले सडकबाट पहिरो बग्न थालेको छ । गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगर, शिक्षा शाखाका प्रमुख ख्यामराज सुवेदी र प्राविधिकहरूको टोलीले मङ्गलबार पहिरोको जोखिममा रहेको विद्यालय निरीक्षण गरेका छन् । उनीहरूले तत्काल थप क्षति हुन नदिन तथा पठनपाठनमा असर पर्न नदिन व्यवस्था मिलाइने र दीर्घकालिन समाधानका लागि पहल गरिने बताए ।
dainiknepal.com
2,319,978
प्रतिनिधि सभा सदस्यहरूका लागि दिइएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउने भएको छ। संघीय संसद भवन, नयाँ बानेश्वरमा हिजोवाट सुरू भएको अभिमुखीकरण कार्यक्रमले आज पनि निरन्तरता पाउन लागेको हो। प्रतिनिधिसभामा बिजयी भएका सांसदहरु के कसरी बैठक र समितिको बैठकमा सहभागी हुने तथा यसका मान मर्यादाका बारेमा अग्रजहरुले जानकारी दिने तथा अनुभव साटने कार्यक्रम रहेको छ। जसअनुसार आइतवारको अभिमुखीकरण कार्यक्रममा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ, खिमलाल देवकोटालगायतले आ आफना अनुभव साटेका थिए। आज हुने बैठकमा दोस्रो सत्रको बैठकमा पुर्व अर्थमन्त्री युवराज खतिवडा, नेपाल कानुन आयोगका पुर्व अध्यक्ष माधवप्रसाद पौडेल, नीति अनुसन्धान प्रतिष्ठानका अध्यक्ष बिष्णुराज उप्रेती, संसद सचिवालयका सचिव रोजनाथ पाण्डेलगायतले सम्वोधन गर्ने कार्यक्रम रहेको छ। संसद सचिवालयको आयोजनामा भएको कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई संसदबारे जानकारी गराइनेछ ।
dcnepal.com
4,679,146
भारतीय कम्पनीले नेपालसँग अग्रिम भुक्तानी लिएर समयमा खोप नपठाएपछि सरकारले भारत सरकारसँग ताकेता शुरू गरेको छ । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतीय समकक्षी हर्षवर्द्धन र विदेश सचिव हर्षवर्द्धन श्रृंगलासँग खोपको विषयमा कुरा गरेका छन् । भारतले प्रतिबद्धताअनुसार खोप उपलब्ध गराउन नसक्दा नेपालको खोप अभियान अवरुद्ध भएपछि स्वास्थ्यमन्त्रीले उनीहरूसँग फोनमा कुरा गरेका हुन् । ‘हामीले अवरुद्ध खोप आपूर्तिलाई चाँडै सुचारु गर्न भनेका छौं । त्यसमा उहाँहरू सकारात्मक हुनुहुन्छ,’ मन्त्री त्रिपाठीले सँग भने । यसबारे आफूले भारतको राजनीतिक र प्रशासनिक नेतृत्वसँग कुरा गरिरहेको र चाँडै खोप आपूर्ति सुचारु हुनेमा आफू ढुक्क रहेको मन्त्री त्रिपाठीले बताए । ‘हामीले आफ्ना च्यानलबाट खोप आपूर्तिको निरन्तरताबारे छलफल गरिरहेका छौं,’ उनले भने । सरकारले भारतको सिरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद गर्ने सम्झौताअनुसार ८० प्रतिशत रकम नेपालले अग्रिम भुक्तानी गरेको थियो । तर, १० लाख डोज खोप पठाइसकेको सिरमले बाँकी १० लाख डोज खोप आपूर्ति कहिले हुने भन्नेबारे टुंगो छैन । सिरमले प्रतिवद्धताअनुसार दोस्रो खेप नपठाउँदा दोस्रो चरणको खोप अभियान अवरुद्ध हुन पुगेको छ भने पहिलो चरणमै लगाइसकेकालाई दोस्रो डोज दिन ढिलाइ भएको छ । अहिले सरकारसँग पहिलो चरणमा खोप लगाएका ४ लाख ७५ हजार जनालाई चाहिने दोस्रो डोज दिन मात्र खोप बाँकी छ । केही साताअघि सिरम इन्स्टिच्युटले स्वास्थ्य मन्त्रालयलाई पत्र लेख्दै तत्काल खोप आपूर्ति गर्न नसकिने जनाएको थियो । तर, भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै बीबीसीले प्रकाशन गरेको एक विवरणमा भारतले खोप आपूर्तिमा अस्थायी रोक लगाएको र यसबाट १९० मुलुक प्रभावित हुने उल्लेख छ । भारतमै कोरोना संक्रमितको संख्या बढिरहेकोले आउँदा साताहरूमा घरेलु माग बढ्ने र खोप भारतमै आवश्यक पर्ने भएकाले आपूर्तिमा अस्थायी रोक लगाइएको बीबीसीले जनाएको छ । दिल्लीस्थित नेपाली दूतावासदेखि सरकारी अधिकारीहरूले पनि सिरम इन्स्टिच्युट र त्यहाँको विदेश मन्त्रालयसँग कुरा गरिरहेका छन् । तर, स्पष्ट जवाफ पाएका छैनन् । स्रोतका अनुसार नेपालको स्वास्थ्य मन्त्रालयले सिरमलाई गत ३ मार्चमा पुनः ताकेता गरेपछि सिरमले दुई साताभित्र आपूर्ति गर्ने वचन दियो तर, त्यो दुई साता पूरा भइसकेको छ । गत २१ मार्चमै परराष्ट्र मन्त्रालयले विदेश मन्त्रालयलाई पत्र लेख्दै खोप आपूर्ति सुचारु गरिदिन आग्रह गरेको छ । स्वास्थ्यमन्त्री त्रिपाठीले भारतीय समकक्षी र विदेश सचिवसँग भएको कुरामा उनीहरू सकारात्मक रहेको जवाफ पाएको बताएपनि अन्तर्राष्ट्रिय संचारमाध्यमले चाहिँ विदेश मन्त्रालयले नै आपूर्तिमा रोक लगाएको जनाएका छन् । बीबीसीले सिरम इन्स्टिच्युटले नभई विदेश मन्त्रालयले घरेलु खोप आपूर्तिलाई प्राथमिकतामा राखेर अस्थायीरूपमा रोक लगाएको जनाएको छ । भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले पनि खोप आपूर्तिका लागि दूतावासले पहल गरिरहेको र खुला सीमानाका लागि भारतले रोक नलगाउने विश्वास व्यक्त गरे । भारत सरकारको निर्णयअनुसार आफू अघि बढेको जवाफ दूतावासले प्राप्त गरेको आचार्यको भनाई छ । भारतको उक्त कदमले नेपालसहित कोभ्याक्सिनअन्तर्गतका मुलुक प्रभावित हुने आशंकाका बीच भारतले नेपाललाई खोप आपूर्ति सुचारु गर्न सक्ने राजदूत आचार्यको ठम्याइ छ । आउने सय दिनसम्म भारतमा कोरोनाको दोस्रो लहरले उचाइ छुने त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसले गर्दा भारतभित्रै खोप अभियानलाई तीब्र बनाउनुपर्ने दबाब भारतलाई छ । यसको प्रभाव माग र आपूर्तिको सन्तुलनमा देखिएको छ । बितेको २४ घन्टामा भारतमा ५० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको छ । भारतमा अहिलेसम्म ५ करोड ३१ लाखभन्दा बढीले कोरोनाविरुद्धको खोप लगाएका छन् । सिरमले खोप आपूर्ति नगर्दा खोपको मूल्य पनि बढिरहेको छ । सिरमले नेपालले भुक्तानी गरेको रकम होल्ड गर्दा खोपको मूल्य चार डलरबाट बढ्न गएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार जति समय रकम होल्ड गर्‍यो, उति फाइदा सिरमलाई नै पुग्न जान्छ । अर्को समाचार एजेन्सी रोयटर्सले चाहिँ भारत स्वयममा स्थिर नभएसम्म अन्य मुलुकमा खोप आपूर्ति नगर्ने मनस्थितिमा रहेको समाचार लेखेको छ जसले गर्दा विश्व स्वास्थ्य संगठनको कोभ्याक्स परियोजनामा सीधै असर गर्छ । यसले नेपालसहितका अन्य विपन्न मुलुकमा खोप रोकिनेछ । सिरमले कोभ्याक्स परियोजनाअन्तर्गत ६४ मुलुकमा खोप आपूर्ति गर्दै आएको छ । सिरम विश्वकै सबैभन्दा ठूलो खोप उत्पादक कम्पनी समेत हो । भारतमा बुधबार एकैदिन ७७८ वटा नयाँ प्रजातिको डबल म्युटेन्ट (दोहोरो उत्परिवर्तन) कोरोना भेटिएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । ती उत्परिवर्तित विषाणुमा बेलायत, ब्राजिल र अमेरिकी म्युटेन्ट भेटिएको र यो उत्परिवर्तनले अहिले प्रयोगमा ल्याइएको खोपको प्रभावकारितामा चुनौती थप्ने आंकलन गरिएको छ । जसले गर्दा भारत स्वयमलाई खोप अभियानलाई तीब्र तुल्याउनुपर्ने दबाब कायम छ । किनभने नयाँ भेटिएका भनिएका भाइरसहरु मानव स्वास्थ्यका लागि थप खतरनाक मानिएका छन् । रोयटर्सलाई युनिसेफले पठाएको इमेलमा भनिएको छ- ‘निर्यात अनुमतिपत्र प्राप्तीमा उत्पन्न जटिलताको कारण सिरमले कोभ्याक्समार्फत बिपन्न मुलुकलाई दिने भनेको खोप आपूर्तिमा ढिलाइ हुनसक्छ । सम्भवतः मार्च वा अप्रिलसम्म निर्यात सुचारु हुनसक्छ ।’ यसको अर्थ, अप्रिल अगाडि भारतले खोप निर्यात गर्ने सम्भावना कम छ । जनस्वास्थ्यविद डा. राजेन्द्र बिसीले पुरानो प्रजातिविरुद्धको एन्टीबडी नेपालीले क्रमशः गुमाउँदै गएको अवस्थामा नयाँ भेरिएन्ट आए अवस्था थप जोखिमपूर्ण हुने बताउँछन् । ‘नयाँ भेरिएन्टसँग लड्न चाहिने एन्टीबडी नबनिसकेकाले यसले थप खतरा पैदा गर्छ’उनी भन्छन्, ‘प्रयोगमा ल्याइएका खोपले नयाँ भेरिएन्टविरुद्ध काम गर्छ वा गर्दै भन्ने पुष्टि पनि नभएको अवस्था अहिले छ ।’ उनका अनुसार अघिल्लो पटक झन्डै ५० प्रतिशत नेपालीहरूलाई कुनै न कुनै रूपले कोरोना संक्रमण भएको छ ।
nepalpress.com
6,179,702
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । उनले आज कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् । भण्डारीले गत पुस १० गते मन्त्रीको शपथ लिएका थिए । उनी आज कार्यभार सम्हाल्न मन्त्रालय पुगेका थिए । मन्त्रालयमा मन्त्री भण्डारीलाई सचिवद्वय तोयानारायण ज्ञवाली र मधुकुमार मरासिनीले स्वागत गरेका थिए । स्वागत कार्यक्रममा मन्त्रालयका उच्चपदस्थ कर्मचारी र मन्त्रालयअन्तर्गतका सार्वजनिक संस्थानका प्रमुखहरूको सहभागिता थियो । कार्यभार ग्रहणपछि मन्त्री भण्डारीले विदेशी भूमिमा श्रम गरिरहेका नेपालीलाई स्वदेशमा श्रम गर्ने वातावरण बनाउने गरी उद्योगधन्दाको विकास गर्न आफूले काम गर्ने बताए । यसका लागि अहिले भएका नीतिगत समस्यालाई छिट्टै किनारा लगाउने उनले प्रतिबद्धता व्यक्त गरे । सरकारले ल्याएको २१ बुँदे साझा कार्यक्रममा समेटिएका विषयलाई पूरा गर्न मन्त्रालय केन्द्रित हुने मन्त्री भण्डारीको भनाइ थियो । यसका लागि रुग्ण उद्योगको पुनःस्थापना र साना तथा मझौला उद्योगको प्रवर्द्धनमा ध्यान दिइने उनले बताए । आजको निर्णय प्रदेश सरकारका सम्बद्ध मन्त्रालयमा सुझावका लागि पठाइने र प्रदेशबाट प्राप्त सुझावलाई समेत समेटेर उक्त नीतिलाई अन्तिमरुप दिइने मन्त्रालयले जनाएको छ ।
shilapatra.com
5,619,891
सिमकोट गाउँपालिका–५ को तल्लो गाउँमा निर्माण गरिएको सूचना केन्द्र भवन तोडफोड गरिएको पाइएको छ । रुपन्देहीको सुनौलीबाट औषधीमा प्रयोग हुने केमिकल काठमाडौंतर्फ जाँदै गरेको ना४ख ८६१७ नम्बरको ट्रकमा मङ्गलबार बिहान आगलागी भएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-६ बन्छेटारमा उक्त ट्रकमा एक्कासी आगो लागेको हो । मकवानपुरको हेटौँडा उपमहानगरपालिका –१० गोरक्षश्वर मन्दिर परिसरमा ५२ फिट अग्लो हनुमानको मूर्ति स्थापना गरिएको छ । मूर्ति निकै कलात्मक र आकर्षक रहेको छ । पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको प्रगति निराशाजनक देखिएको छ । ठेक्का अवधि सकिसक्दा आयोजनाको भौतिक प्रगति जम्मा ४० प्रतिशत रहेको नेपाल विद्युत् प्राधिकरणको पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाले जनाएको छ । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९ गते भीषण आगलागी भयो । सो आगलागी गाउँले र प्रहरीको सक्रियतामा दुईपछि नियन्त्रणमा आयो । त्यसभन्दा अगाडि जिल्लाको कुनै पनि वनमा आगलागी भएको थिएन । प्राचीन हरिद्वार चतराधाममा बाह्रवर्षे पूर्ण महाकुम्भ मेलाको दोस्रो शाही स्नान सम्पन्न भएको छ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यमा मङ्गलबार गिरावट भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा नै रु दुई हजार सात सयले ओरालो लागेको छ । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणलाई व्यवस्थित र सफल तुल्याउन सुरक्षा व्यवस्थालाई चुस्त तुल्याइएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा उहाँ नेपालको दुई दिने राजकीय भ्रमणका लागि मङ्गलबार यहाँ आउँदै हुनुहुन्छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा लिएर देशमा लगानीमैत्री वातावरण छ भनेर सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । धनुषाको मिथिला नगरपालिका –६, ढल्केबरमा मोटरसाइकल दुर्घटनामा एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका –५, का २८ वर्षीय विनयकुमार यादवको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ । द्वारिकादेवी ठकुरानीका नाममा प्रदेश र स्थानीय सरकारले विभिन्न कार्यक्रम गरि करोडौं रुपियाँ खर्च गरे पनि उहाँको स्मारकको जीर्णोद्धार गर्न कुनै कार्यक्रम नल्याएपछि सालिक ढल्ने अवस्थामा पुगेको छ । विद्यालय जाने उमेरका बालबालिकाको आँखा जाँच गराउन चिकित्सकको सुझाव छ । आँखा रोग विशेषज्ञ डा.सञ्जीव भट्टराईले विद्यालय जाने उमेरका बालबालिकाको विद्यालय जानुभन्दा पहिले आँखा जाँच गराउन आग्रह गर्नुभयो । धार्मिक तथा सामाजिक सद्भाव समिति नेपालगन्जले गौहत्यामा संलग्नहरुलाई कडा कारबाही गर्न माग गरेको छ । बैतडीमा मानव–वन्यजन्तुबिचको द्वन्द्व बढ्दै गएको छ । मङ्गलबार बिहान सिगास गाउँपालिका–९ च्वाँभेरीखोलामा मानिसले थापेको पासोमा चितुवाको गोडा फसेको छ । बङ्गलाचुली गाउँपालिका –४ गहतेरा निवासी डोरबहादुर घर्तीले यस वर्ष पनि चैते धान रोप्नुभएको छ । चैते धानले उहाँको जीविकोपार्जनमा सहयोग भएको छ । हरेक वर्ष आम्दानी बढेपछि चैते धानखेतीलाई निरन्तरता दिएको उहाँ बताउनुहुन्छ ।
gorkhapatraonline.com
3,818,096
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसीसी) ले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको छ। ७ असोजमा आइसीसीले मुलुकको स्वास्थ्यको विद्यमान संरचनाले संक्रमितको उपचार धान्न नसक्ने भएकाले २५ हजार भन्दा बढी कोरोना संक्रमित पुगे बन्दाबन्दीका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले आईसीयू, भेन्टिलेटर र अन्य उपचारसहितको स्वास्थ्यको विद्यमान संरचनाका आधारमा २५ हजारसम्म मात्र कोरोना संक्रमितलाई उपचार गर्ने पूर्वाधार भएकाले उक्त निर्णय गर्नुपरेको बताए। “कोरोनाका सक्रिय संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटर र आईसीयूसहितको सेवा चाहिन्छ”, डा. अधिकारी भन्छन्, “तर अहिलेको संरचनाले कोरोना संक्रमितको संख्या २५ हजार नाघ्दा भेन्टिलेटर र आईसीयूमार्फत सेवा दिन नसक्ने भएकाले बन्दाबन्दीका लागि सिफारिस गर्ने निर्णय गरिएको हो।” उनले सबै प्रदेशका अस्पतालहरूलाई पूर्वाधार विस्तार गर्न रकम र अन्य स्रोत साधन पठाएको र पूर्वाधार बनाउन आवश्यक समन्वयको काम गरिरहेको दाबी गरे। स्वास्थ्य मन्त्रालयको ७ असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ। कुल संक्रमितमध्ये १७ हजार ४१४ सक्रिय संक्रमित छन्। बुधबारसम्ममा सक्रिय संक्रमितमध्ये २२० जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। तर, विज्ञहरु स्वास्थ्य मन्त्रालयले गरेको कोरोनाका सक्रिय संक्रमित २५ हजार नाघेपछि सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय व्यावहारिक नभएको बताउँछन्। संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले बन्दाबन्दी गर्दैमा संक्रमण रोकिन्छ भन्ने ग्यारेन्टी नभएको र सरकारले बन्दाबन्दीलाई सदुपयोग गरेर अहिलेसम्म पूर्वाधार बनाउन जोड नदिएकाले मन्त्रालयको पछिल्लो निर्णय उपयुक्त नभएको बताए। “बन्दाबन्दी गरेर पनि सरकारले पूर्वाधार लगायत आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न नसकेको कुरा सबैले बुझिसकेका छन्”, उनले भने, “सरकारले बन्दाबन्दीमा काम गर्नसक्छ भन्ने विश्वास गुमाइसकेको छ।” डा. अधिकारी स्वास्थ्य मन्त्रालयले आइसोलेसनका बेड थप्ने, पीसीआर परीक्षणलाई सर्वसुलभ बनाउने र परीक्षण बढाउने, स्रोत साधन काठमाडौं बाहिरका जिल्लामा पुर्याउने र अस्पतालको पूर्वाधार बनाउन पठाएको बजेट सही ठाउँमा खर्च भए वा नभएको बारे अनुगमन गर्न नसकेको बताउँछन्। अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी स्वास्थ्य मन्त्रालयले जुनसुकै कुराको समाधान पनि बन्दाबन्दी नै हो भन्ने मानसिकता राखेर काम गरिरहेको भन्दै यसले समाधान दिन नसक्ने बताउँछन्। “बन्दाबन्दी गर्ने तर परीक्षण नबढाउने, कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी नबनाउने जस्ता कामले समाधान निस्कदैन”, डा. सुवेदी भन्छन्, “के मन्त्रालयको काम नै बन्दाबन्दी खोल्न र बन्द गर्न निर्देशन दिने मात्र हो त?” उनी संक्रमण बढी देखिएका निश्चित ठाउँमा मात्र बन्दाबन्दी गर्न सकिने बताउँछन्। जनस्वास्थ्य तथा स्वास्थ्य पूर्वाधार क्षेत्रका जानकार डा. सुजनबाबु मरहठ्ठा मुलुकको स्वास्थ्य संरचना कमजोर भएकै कारण अहिले सरकारलाई कोरोना संक्रमितको उपचार गर्न हम्मेहम्मे परेको बताउँछन्। “अहिले चाहिएको भेन्टिलेटर, आईसीयू बेड र अक्सिजनसहितको सुविधा हो”, डा. मरहठ्ठा भन्छन्, “तर सरकारले यस्ता पूर्वाधारको यथोचित व्यवस्थापन गर्न सकेको देखिदैन।” स्वास्थ्य सेवा विभागका अनुसार मुलुकमा निजी र सरकारी गरी स्वास्थ्य संस्थाका ८ हजार संरचना छन्। २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेपछि धान्न सक्ने पूर्वाधार नभएको भन्दै मन्त्रालय पन्छिन नहुने उनको भनाइ छ। “कोरोनाको महामारी अरू बेला जस्तो होइन”, उनी भन्छन्, “सरकारले निजि अस्पताल तथा मेडिकल कलेजसँग सहकार्य गरेर पनि पूर्वाधारको व्यवस्थापन गर्न सक्नुपर्छ।” मुलुकको स्वास्थ्य संरचनामा देखिएको यो तत्कालकोे समस्या भने होइन। डा. मरहठ्ठा मुलुकको स्वास्थ्यको संरचना पहिलेदेखि नै कमजोर रहेको बताउँछन्। उनी स्वास्थ्यका संरचना बनाउने कुरामा ‘ब्यूरोक्र्याटिक मोडल’ अपनाइएको भन्दै यसले स्वास्थ्य संरचनालाई कमजोर बनाएको बताउँछन्। “स्वास्थ्यका लागि पूर्वाधार बनाउने काम सडक खन्ने काम जस्तो कुरेर गर्ने चलन छ”, उनी भन्छन्, “तर तत्काल स्वास्थ्यका संरचना बनाउने प्रणाली बसाउन अत्यावश्यक भइसकेको छ।” पुरातन मानसिकता भएको कर्मचारीतन्त्र र भ्रष्टाचारका कारण भनेको समयमा स्वास्थ्यका बलिया पूर्वाधार बन्न नसकेको र कोरोना महामारीका बेला त्यसैको परिणाम भोग्नु परेको डा. मरहठ्ठा बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सिस्टम (आइसीसी) ले कोरोनाका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय गरेको छ। ७ असोजमा आइसीसीले मुलुकको स्वास्थ्यको विद्यमान संरचनाले संक्रमितको उपचार धान्न नसक्ने भएकाले २५ हजार भन्दा बढी कोरोना संक्रमित पुगे बन्दाबन्दीका लागि सिफारिस गर्ने निर्णय गरेको हो। स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिर अधिकारीले आईसीयू, भेन्टिलेटर र अन्य उपचारसहितको स्वास्थ्यको विद्यमान संरचनाका आधारमा २५ हजारसम्म मात्र कोरोना संक्रमितलाई उपचार गर्ने पूर्वाधार भएकाले उक्त निर्णय गर्नुपरेको बताए। “कोरोनाका सक्रिय संक्रमितमध्ये ५ प्रतिशतलाई भेन्टिलेटर र आईसीयूसहितको सेवा चाहिन्छ”, डा. अधिकारी भन्छन्, “तर अहिलेको संरचनाले कोरोना संक्रमितको संख्या २५ हजार नाघ्दा भेन्टिलेटर र आईसीयूमार्फत सेवा दिन नसक्ने भएकाले बन्दाबन्दीका लागि सिफारिस गर्ने निर्णय गरिएको हो।” उनले सबै प्रदेशका अस्पतालहरूलाई पूर्वाधार विस्तार गर्न रकम र अन्य स्रोत साधन पठाएको र पूर्वाधार बनाउन आवश्यक समन्वयको काम गरिरहेको दाबी गरे। स्वास्थ्य मन्त्रालयको ७ असोजसम्मको तथ्यांक अनुसार मुलुकमा कोरोना संक्रमितको कुल संख्या ६७ हजार ८०४ पुगेको छ। कुल संक्रमितमध्ये १७ हजार ४१४ सक्रिय संक्रमित छन्। बुधबारसम्ममा सक्रिय संक्रमितमध्ये २२० जनाको आईसीयू र ४३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। तर, विज्ञहरु स्वास्थ्य मन्त्रालयले गरेको कोरोनाका सक्रिय संक्रमित २५ हजार नाघेपछि सरकारलाई बन्दाबन्दी गर्न सिफारिस गर्ने निर्णय व्यावहारिक नभएको बताउँछन्। संक्रामक रोग तथा आईसीयू विशेषज्ञ डा. प्रभात अधिकारीले बन्दाबन्दी गर्दैमा संक्रमण रोकिन्छ भन्ने ग्यारेन्टी नभएको र सरकारले बन्दाबन्दीलाई सदुपयोग गरेर अहिलेसम्म पूर्वाधार बनाउन जोड नदिएकाले मन्त्रालयको पछिल्लो निर्णय उपयुक्त नभएको बताए। “बन्दाबन्दी गरेर पनि सरकारले पूर्वाधार लगायत आवश्यक स्रोत साधनको व्यवस्थापन गर्न नसकेको कुरा सबैले बुझिसकेका छन्”, उनले भने, “सरकारले बन्दाबन्दीमा काम गर्नसक्छ भन्ने विश्वास गुमाइसकेको छ।” डा. अधिकारी स्वास्थ्य मन्त्रालयले आइसोलेसनका बेड थप्ने, पीसीआर परीक्षणलाई सर्वसुलभ बनाउने र परीक्षण बढाउने, स्रोत साधन काठमाडौं बाहिरका जिल्लामा पुर्याउने र अस्पतालको पूर्वाधार बनाउन पठाएको बजेट सही ठाउँमा खर्च भए वा नभएको बारे अनुगमन गर्न नसकेको बताउँछन्। अर्का संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदी स्वास्थ्य मन्त्रालयले जुनसुकै कुराको समाधान पनि बन्दाबन्दी नै हो भन्ने मानसिकता राखेर काम गरिरहेको भन्दै यसले समाधान दिन नसक्ने बताउँछन्। “बन्दाबन्दी गर्ने तर परीक्षण नबढाउने, कन्ट्याक्ट ट्रेसिंग प्रभावकारी नबनाउने जस्ता कामले समाधान निस्कदैन”, डा. सुवेदी भन्छन्, “के मन्त्रालयको काम नै बन्दाबन्दी खोल्न र बन्द गर्न निर्देशन दिने मात्र हो त?” उनी संक्रमण बढी देखिएका निश्चित ठाउँमा मात्र बन्दाबन्दी गर्न सकिने बताउँछन्। जनस्वास्थ्य तथा स्वास्थ्य पूर्वाधार क्षेत्रका जानकार डा. सुजनबाबु मरहठ्ठा मुलुकको स्वास्थ्य संरचना कमजोर भएकै कारण अहिले सरकारलाई कोरोना संक्रमितको उपचार गर्न हम्मेहम्मे परेको बताउँछन्। “अहिले चाहिएको भेन्टिलेटर, आईसीयू बेड र अक्सिजनसहितको सुविधा हो”, डा. मरहठ्ठा भन्छन्, “तर सरकारले यस्ता पूर्वाधारको यथोचित व्यवस्थापन गर्न सकेको देखिदैन।” स्वास्थ्य सेवा विभागका अनुसार मुलुकमा निजी र सरकारी गरी स्वास्थ्य संस्थाका ८ हजार संरचना छन्। २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेपछि धान्न सक्ने पूर्वाधार नभएको भन्दै मन्त्रालय पन्छिन नहुने उनको भनाइ छ। “कोरोनाको महामारी अरू बेला जस्तो होइन”, उनी भन्छन्, “सरकारले निजि अस्पताल तथा मेडिकल कलेजसँग सहकार्य गरेर पनि पूर्वाधारको व्यवस्थापन गर्न सक्नुपर्छ।” मुलुकको स्वास्थ्य संरचनामा देखिएको यो तत्कालकोे समस्या भने होइन। डा. मरहठ्ठा मुलुकको स्वास्थ्यको संरचना पहिलेदेखि नै कमजोर रहेको बताउँछन्। उनी स्वास्थ्यका संरचना बनाउने कुरामा ‘ब्यूरोक्र्याटिक मोडल’ अपनाइएको भन्दै यसले स्वास्थ्य संरचनालाई कमजोर बनाएको बताउँछन्। “स्वास्थ्यका लागि पूर्वाधार बनाउने काम सडक खन्ने काम जस्तो कुरेर गर्ने चलन छ”, उनी भन्छन्, “तर तत्काल स्वास्थ्यका संरचना बनाउने प्रणाली बसाउन अत्यावश्यक भइसकेको छ।” पुरातन मानसिकता भएको कर्मचारीतन्त्र र भ्रष्टाचारका कारण भनेको समयमा स्वास्थ्यका बलिया पूर्वाधार बन्न नसकेको र कोरोना महामारीका बेला त्यसैको परिणाम भोग्नु परेको डा. मरहठ्ठा बताउँछन् ।
himalkhabar.com
4,046,495
लद्दाखस्थित भारत–चीन सीमावर्ती गलवान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच भएको गोलाबारीमा २० जना भारतीय सैनिकको मृत्यु भएको सम्बन्धमा प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले उक्त कुरा बताउनुभएको हो । कोरोनाभाइरसका कारण भारतमा जारी लकडाउनमा सहजीकरण गर्ने बारेमा राज्यका मुख्यमन्त्रीहरुसँग भिडियो संवाद गर्नुअघि प्रधानमन्त्री मोदीले सीमाक्षेत्रमा भएको घटनाका बारेमा राज्यका मुख्यमन्त्रीहरुलाई जानकारी गराउनु भएको थियो । उहाँले भन्नुभयो, “हामीले मानव कल्याणका लागि प्रार्थना गरेका छौं । हामीले छिमेकी मुलुकहरुसँग सदैब मित्रवत र सहयोगात्मक ढंगबाट कार्य गरिरहेका छौं । हामीबीच कुनै मतभेद भए त्यसले विवादको रुप नलिओस् भन्ने हामीले प्रयास गरेका छौं । हामी कहिल्यै कसैलाई उक्साउने कार्य गर्दैनौं । तर हामी मुलुकको अखण्डता र सम्प्रभुतामाथि कुनै किसिमको सम्झौता गर्दैनौं । हामीले आफ्नो मुलुकको अखण्डता र सम्प्रभुताको संरक्षणमा आवश्यक परेको अवस्थामा सम्पूर्ण शक्ति लगाएका छौं ।” प्रधानमन्त्री मोदीले भारतीय सेनाले गरेको बलिदान खेर जान नदिने बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रा लागि मुलुकको एकता र अखण्डता सबैभन्दा महत्वपूर्ण छ । कसैले पनि हाम्रो मुलुकको सुरक्षा गर्नबाट रोक्न सक्दैन । भारत शान्ति चाहन्छ तर उक्साउने कार्य भएमा जस्तोसुकै जवाफ दिन सक्षम रहेको छ ।” प्रधानमन्त्रीको सम्बोधनका क्रममा गृहमन्त्री अमित शाह र १५ वटा राज्यका मुख्यमन्त्रीहरुको उपस्थिति थियो । उक्त कार्यक्रम हुनुअघि सीमामा मारिएका सैनिकको सम्मानमा दुई मिनेट मौनधारण गरिएको थियो । लद्दाखको गलवान उपत्यकामा चिनियाँ सेनासँगको भिडन्तमा कर्णेल सहित कम्तीमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । उक्त भिडन्तमा चिनियाँ सेनातर्फ भएको क्षतिका बारेमा केही बताइएको छैन । यसैबीच, गलवान उपत्यकामा भएको तनाबलाई लिएर चिनियाँ र भारतीय विदेशमन्त्रीबीच टेलिफोनमा सम्बाद भएको छ । ढाका, ६ साउन । बङ्गलादेशमा व्यापक हिंसा भड्किएपछि सर्वोच्च अदालतले सरकारी जागिरमा आरक्षणको विषयमा दायर लापाज, ६ साउन । बोलिभियाको एन्डिज क्षेत्रकोे राजमार्गमा शनिबार ट्रक र बसबीच टक्कर हुँदा २२ काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ५ । हाइटीको उत्तरी तटमा एक डुङ्गामा आगलागी हुँदा कम्तीमा ४० आप्रवासीको मृत्यु बेइजिङ, चीन, ४ साउन । चीनले दक्षिणी उपनगरमा अन्तर्राष्ट्रिय ‘फार्मास्युटिकल इनोभेसन पार्क’ निर्माण गरी चिकित्सा टोकियो, ४ साउन । जापानले सन् २०२४ को पहिलो छ महिनामा महामारीअघिको तुलनामा १० लाख पेरिस, ४ साउन । विश्वव्यापी नवीकरणीय स्रोतहरूबाट उत्पादित विजुलीले सन् २०२५ मा पहिलोपटक कोइलाबाट उत्पादित नयाँदिल्ली, ४ साउन । एयर इन्डियाको एआई–१८३ विमान प्राविधिक समस्यामा कारण रूसको क्रास्नोयास्र्क अन्तर्राष्ट्रिय विमानस्थलमा काठमाडौं, ६ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको काठमाडौं । प्रतिनिधि सभाका स्वतन्त्र सांसदद्धय अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रधानमन्त्री केपी शर्मा काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले प्रधानमन्त्री केपी शर्मा अ‍ोलीलाई विश्वासको मत दिने बताएका काठमाडौं ।
reportersnepal.com
4,867,806
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अर्बौंको ऋणमा रहेको नेपाल वायुसेवा निगमले प्राधिकरणबाट वर्षको ५० प्रतिशत मात्रै कार्गो तथा यात्रु सेवाको कारोबार प्राप्त गर्न सक्नेमा त्यसले निगमको आर्थिक अवस्था बलियो बनाउन मद्दत पुग्ने बताएका छन्। आज (सोमबार) मन्त्रालयमा भएको नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कोर्गो ओसारपोसार सम्झौता कार्यक्रममा उहाँले विद्युत् प्राधिकरणको कार्गो र यात्रु ओसारपसारबाट निकै राहत हुने बताए। उनले भने, ‘निगम डुब्ने अवस्थामा छ, अब विद्युत् प्राधिकरणबाट वर्षको ५० प्रतिशतमात्रै कार्गो बोक्न पाए ऋण तिर्नमा निकै सहज हुने छ।’ नेपाल वायुसेवा निगम र विद्युत् प्राधिकरणबीच हवाई टिकट तथा खतराजन्य पदार्थ (डेन्जरस गुड्स) कार्गो ओसारपोसार गर्ने सम्झौता भएको छ। मन्त्रालयमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी तथा विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो। नेपाल वायुसेवा निगमले विद्युत् प्राधिकरणका कर्मचारीलाई अन्तर्राष्ट्रिय उडानमा १५ प्रतिशतसम्म छुट दिने भएको छ। यसैगरी विद्युतीय प्राधिकरणका उपकरण तथा कार्गो ढुवानीमा तौलका आधारमा कम्तीमा पनि पाँचदेखि १० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको छ। प्राधिकरणका कर्मचारी तथा परिवारका सदस्यले टिकटमा छुट पाउन निगमको मुख्यालयबाटै मात्रै टिकट खरिद गर्नुपर्ने सम्झौतापत्रमा उल्लेख गरिएको छ। उक्त कार्यक्रममा मन्त्रालयमा सचिव महेश्वर न्यौपानेले वायुसेवा निगम र विद्युत् प्राधिकरणबीचको कोर्गो ओसारपोसार सम्झौताले वायुसेवा निगमलाई निकै राहत पुग्ने अपेक्षा लिइएको बताए ।
kathmandupress.com
2,358,599
आज प्रतिनिधिसभा बैठक बस्दैछ । संघीय संसद भवन वानेश्वरमा प्रतिनिधिसभाको दोस्रो अधिवेशनका १३ औं बैठक बस्न लागेको हो । बैठक ११ बजे बस्नेछ । आजको बैठकमा गत जेठ ५ गते सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ । ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले २०८० जेठ ५ गते शुक्रवार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नु भएको सम्बोधनमा उल्लेखित आब २०८० ८१ को नेपाल सरकारको बार्षिक नीति तथा कार्यक्रम माथीको छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिनुहुने’ सम्भावित कार्यसूचीमा उल्लेख छ । सो अघि आज पनि नीति तथा कार्यक्रममा सांसदहरुले आ आफनो धारणा राख्नेछन् भने प्रधानमन्त्रीले जवाफ दिए पछि सो प्रस्ताव निर्णयार्थ प्रस्तुत हुने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
ratopati.com
4,783,392
नेकपा माओवादी केन्द्र प्रदेश २ को पहिलो सम्मेलनको बन्दसत्र आजबाट सर्लाहीको लालबन्दी पार्टी प्यालेसमा सुरु हुँदैछ । माओवादीले प्रदेश सम्मेलनको उद्घाटन जनकपुरमा मंसिर २५ गते नै गरेपनि धेरै पालिकामा विवादका कारण समयमा सम्मेलन नहुँदा बन्दसत्र हुन सकेको थिएन । आज बन्दसत्र सुरु हुन लागे पनि कतिपय पालिकाको विवाद समाधान नभएको बुझिएको छ । माओवादी प्रदेश ईन्चार्ज प्रह्लाद बुढाथोकीले विवादित पालिकालाई छाडेर बन्दसत्र सुरु हुने बताएका छन् । उनले संग भने, ‘विवादका कारण प्रतिनिधि चयन नभएको पालिकाको विवरणपछि उपलब्ध गराउँछौं ।’ माओवादी केन्द्रका गिरिराजमणि पोखरेल र मातृका यादवले नेतृत्व र प्रतिनिधिमा बर्चश्व जमाउन खोज्दा धेरै पालिकामा विवाद देखिएको छ । एक नेताकाअनुसार केही पालिकामा मातृका पक्षले एकलौटी रुपमा नेतृत्व र प्रतिनिधि चयन गरेका छन् । ती पालिकाका विभेदमा परेका नेताहरुले बन्दसत्रमा विरोध जनाउने सम्भावना छ । बन्दसत्रमा ७३५ प्रतिनिधि, ८४ जना मनोनित प्रतिनिधधि र २१ जना केन्द्रीय सदस्यसहितका १ सय ८ जनाको आयोजक समिति बन्दसत्रमा सहभागी हुने बताइएको छ । तर केही पालिकामा विवाद देखिएकाले प्रतिनिधि संख्या घट्ने अनुमान छ । सम्मेलनबाट ९ जना पादधकारीसहित २७१ जनाको प्रदेश समिति चयन हुनेछन् । उक्त समितिमा १ अध्यक्ष, ३ उपाध्यक्ष, १ सचिव, ३ सहसचिव, १ कोषाध्यक्ष र बाँकी सदस्य रहने प्रावधान छ । प्रदेश अध्यक्षका धेरै आकांक्षी रहे पनि प्रदेशका आन्तिरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साह र पूर्वमन्त्री रामकुमार शर्माबीच प्रतिस्पर्धा हुने नेताहरु बताउँछन् । साहलाई मातृका यादव र शर्मालाई नारायणकाजी श्रेष्ठले अघि सारेको स्रोतले जनाएको छ ।
nepalpress.com
3,302,138
भारतीय जनता पार्टीका नेता समेत रहेका इन्डिया फाउन्डेसनका अध्यक्ष राम माधवले नेपाललाई हिन्दु राष्ट्र बनाउनमा भारतको कुनै षड्यन्त्र नरहेको दाबी गरेका छन् । अन्तर्राष्ट्रिय नेपाल-भारत संस्कृत सम्मेलनको समापन समारोहलाई शुक्रबार सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । अध्यक्ष राम माधवले नेपालमा जे हुन्छ यहिका जनता र समाजको निर्णयबाट हुने धारणा राखे । उनले भने, ‘यहाँ कसैले हिन्दु राष्ट्र बनाउने कुरा गर्छ भने यो भारतको षड्यन्त्र हो भन्न थाल्छन् । यसमा भारतको कुनै षड्यन्त्र छैन ।’ ‘नेपाल र भारत लोकतान्त्रिक देश हुन्, नेपाल हरहमेशा लोकतान्त्रिक देश रहोस् भनी भारतले चाहेको छ’ उनले भने । नेपालमा सफल लोकतन्त्र रहेको बताउँदै उनले त्यसमा यहाँको जनताको योगदान रहेको बताए । ‘यसमा न कसैको षड्यन्त्र छ न हस्तक्षेप छ’ उनले भने । भारत यसमा सहयोग गर्न हमेशा तयार रहेको अध्यक्ष माधवले बताए । नेपालमा कस्तो व्यवस्था हुनुपर्छ त्यो निर्णय गर्ने अधिकार नेपाली जनताको भएको बताउँदै उनले संस्कृत भाषा एउटा सभ्यताको विषय रहेको बताए । नेपाल-भारत संस्कृति र सभ्यतामा मिलेर काम गर्ने बताउँदै अध्यक्ष माधवले भने, ‘युरोपका २७ देश मिलेर त्यहाँका कयौँ मुद्दामा सामूहिक रूपमा छलफल गर्छन् र समस्या समाधान गर्छन् भने नेपाल र भारत मिलेर हाम्रो भाषा, संस्कृति अनि सभ्यताको पुनरुत्थानका लागि काम गर्न किन सकिँदैन ? हामीले प्रयास अगाडि बढाउनुपर्छ ।’ यस्तै, जनमत पार्टीले सांसद गोमालाभ सापकोटालाई गरेको कारबाही सभामुखले बदर गरिदिएका छन् । सभामुख देवराज घिमिरेको निर्णयमा जनमत असन्तुष्ट छ । सांसद सापकोटाले भने गल्ती नगरेको कसैलाई सजाय हुनु हुँदैन भन्ने सन्देश गएको बताएका छन् । जनमत पार्टीको संसदीय दलले समानुपातिक सांसद सापकोटालाई पार्टीले निस्कासन गरेको भन्दै २७ फागुनमा संघीय संसद सचिवालयमा पत्र पठाएको थियो । पत्रमा सापकोटाले पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने, सफाइ पेश गर्ने लगायतका पक्रिया पूरा गरेर कारबाही गरेको दाबी गरिएको थियो । तर सभामुखले जनमतको कारबाही सदर गरेनन् । उनले ८ चैतमा जनमतले गरेको कारबाही प्रक्रिया नमिलेको निर्णय गरेका हुन् । त्यसअनुसार कारबाहीको प्रक्रिया नपुगेको भनेर सम्बन्धित दललाई जवाफी पत्र पठाइएको संघीय संसद् सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए । सभामुखको निर्णयमा जनमत पार्टी असन्तुष्ट छ । ‘प्रक्रिया पुगेकै हो, तर सभामुखबाट नपुगेको निर्णय आएको छ’ जनमत अध्यक्ष सिके राउतले भने, ‘जे पुगेको छैन, त्यो पुर्‍याउँछौं ।’ सांसद सापकोटा भने सभामुखको निर्णयले गल्ती नगरेको कसैलाई सजाय हुनु हुँदैन भन्ने सन्देश प्रवाह गरेको बताउँछिन् । ‘कारबाहीका लागि पत्र संसद् पुग्दा नरमाइलो लागेको थियो’ उनले भनिन्, ‘सभामुखबाट निर्णय आएको छ ।’ यस्तो जो कोहीलाई पर्न सक्ने भएकाले संविधान र कानुनको परिपालनाको विषयलाई ख्याल गर्नु नै विधिको शासन हो भन्ने आफ्नो बुझाइ रहेको उनको भनाइ छ । नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ । सञ्चार केन्द्र प्रा.लि.द्वारा सञ्चालित नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु मध्ये एक हो । परिवर्तनका पक्षमा निर्भिकताका साथ उभिने यो जनपक्षीय अनलाइन मिडिया २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । ‘सूचना, समाचार र विचारको केन्द्र’ बनिरहेको ‘ पाठकहरुले दिनुभएको अत्याधिक मायाका कारण सत्य तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने मुलधारको ठुलो मिडियाकारुपमा स्थापित हुँदै गइरहेको छ ।
sancharkendra.com
104,187
पहिराका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउने नजिकै लेदोसहितको पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको हो । अहिले पहिरो पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक रविन विष्टले जानकारी दिए । गए रातिदेखि लगातार पानी परिरहेको छ ।
canadanepal.com
2,073,530
काठमाडौं– हाइकिङ गर्दै चित्र र साहित्य सिर्जना गर्ने अभियानको रूपमा रहेको ‘जेसुम यात्रा’को छैठौं संस्करण यसपटक राजधानीको विष्णुद्वार र पेन्देल गाउँमा सम्पन्न गरिएको छ। कला, साहित्य र रंगमञ्चमा मौलिकताको खोजी गर्दै स्थानीय संस्कृति, सम्पदा र ज्ञान परम्परालाई प्रर्वद्धन गर्ने उद्देश्यले सुरु गरिएको अभियान यसपटक बुढानिलकण्ठको जामछेन विजया चैत्यबाट शुरु भएको थियो। शिवपुरी जंगलबीचको एक घण्टा उकालो चढेपछि पुगिने विष्णुद्वारमा पुगेपछि स्रष्टाहरूले प्रकृतिको आनन्दमा रमाउँदै आसु कविता रचना गरे। यात्रामा सहभागी चित्रकार दीपेन्द्रमान बनेपाली, कान्छाकाजी भासिमा, भीम सुब्बा तामाङ, प्रकाश मानन्धर, विक्रम प्रजापतीलगायतले हरियो जंगली सौन्दर्यलाई क्यानभासमा उतारे। उनीहरूले विष्णुद्वारको भित्री जंगली दृश्य, झरना, ढुंगाहरूबीच बग्ने पानीमार्फत प्राकृतिक सुन्दरतालाई क्यानभासमा प्रस्तुत गरे। उनीहरूको कम्पोजिसनमा लेकाली जंगलका जरादेखि लहरासम्म अटाइएको थियो। यात्रालाई साहित्यिक बनाउन कवि अनिता लामा, फूलमान वल, बिना थिङ, सुरेश हाचेकाली, जिचेन स्याङतान, नवराज खतिवडा, बाबु साइँला, जगत तामाङलगायतले विष्णुद्वारको प्राचीन सभ्यता र प्राकृतिक सौन्दर्यलाई आफ्ना कवितामा प्रस्तुत गरे। अनिताले द्वन्द्वले पारेको सांस्कृतिक क्षतिलाई कविताको विषय बनाइन्। बुढानीलकण्ठकै बासिन्दा अनिताले द्वन्द्वअघि अक्षया तृतीया (नेपाली नयाँ वर्ष) को दिन बुढानीलकण्ठबाट रातभर तीर्थयात्रा गरेर बाग्द्वार, विष्णुद्वार हुँदै टोखास्थित स्वप्नतीर्थ आइपुग्ने परम्परा अहिले हराएको बताइन्। हाइकिङअन्तर्गतको बिहानी कार्यक्रममा स्थानीय विषयवस्तुबारे वडा अध्यक्षहरू विजय तामाङ, बालकृष्ण श्रेष्ठ र सनातन धर्म सेवा समाज बूढानीलकण्ठका अध्यक्ष विकास तामाङले प्रकाश पारेका थिए। उनीहरूले बुढानीलकण्ठको स्थानीय सम्पदाको बयान गर्दै सांस्कृतिक पर्यटनबारे खुलाए। चित्र र कवितापछि चित्रकार र कविहरू विष्णुद्वारमुनिको पेन्देल गाउँ हुँदै हाइकिङ सुरु गरे। पेन्देल गाउँमा उनीहरूलाई तामाङ सामुदायिक होमस्टेका आमा समूहले तामाङ संस्कारअनुसार टोटलाको फूल र घिउको टिका लाउँदै स्वागत गरेका थिए। टिकापछि डम्फु बजाएर गीत गाउँदै कवि र चित्रकारहरूलाई गाउँ परिक्रमा गराइएको थियो। तामाङ परम्पराअनुसार बिहे या ब्रतबन्धमा मामालाई दोबाटोसम्म लिन आएर डोली चढाएर लैजाने परम्परा यसपटक कवि र चित्रकारहरूमा प्रयोग गरिएको थियो। आमा समूह र गाउँलेहरूले डम्फू बजाउँदै गीत गाएर जेसुम यात्राकी संयोजक अनिता लामालाई डोलीमा हाले । त्यसपछि नाचगान गर्दै स्रष्टाहरू गाउँ घुमे। गाउँकै स्कुलको परिसरमा विष्णुद्वारमा सिर्जना गरिएको घुम्ती कला प्रदर्शनी र कवि गोष्ठीसमेत गरिएको थियो। कार्यक्रममा प्रदेश सांसद दीपक निरौला र बुढानीलकण्ठका मेयर उद्धव खरेल पनि पुगेका थिए। होम स्टेका परिकल्पनाकार एवं तामाङ फिल्मकर्मी धोर्जे तामाङले स्रष्टाहरूलाई गाउँमा पहिलोपटक स्वागत गर्न पाउँदा आफूहरू खुशी भएको बताए।
nagariknews.com
1,268,257
उनका फ्यानका लागि उनको जन्मदिन उत्सव समान हुन्छ । हरेक वर्ष शाहरुखका हजारौं फ्यानहरु उनको जन्मदिनको दिन आफ्नो सुपरस्टारलाई एकपटक हेर्न कै लागि उनको घरको अगाडि घन्टौं उभिन्छन्। शाहरुख खान पनि हरेक वर्ष उनीहरुलाई भेट्छन् । तर यो वर्ष कोरोना महामारीको कारणले शाहरुखले आफ्ना फ्यानलाई भर्चुअल माध्यमबाट भेटेका छन्। टेलिभिजनको सुनौलो समयमा अभिनयको दुनियाँमाा पाइला टेकेका उनले फौजी र सर्कसबाट आफ्नो करियर सुरु गरेका थिए। आफ्नो ३० वर्षको सिनेमा यात्रामा उनले कयौं राम्रा फिल्ममा अभिनय गरेका छन् जसले बलिउडमा गहिरो छाप छाडेको छ ।
annapurnapost.com
6,052,717
चिनियाँ नागरिक र्‍याङ र्‍याङ बुधबार साँझ साढे ७ बजेतिर लाजिम्पाटस्थित फ्याल्टमा बसिरहेका थिए । ७ जनाको समूह एक्कासी कोठाभित्र प्रवेश गरेपछि उनी झस्किए । यसरी कोठामा छिर्नेमध्ये एकजना पूर्वपरिचित दोभासे ओखलढुंगाका २६ वर्षीय सूर्यबहादुर राई थिए । उनी र्‍याङका निजी दोभासेका रुपमा काम गरेका व्यक्ति थिए । ‘कोठा छिर्ने बित्तिकै उनलाई हत्कडी लगाइदिएछन्,’ अनुसन्धानमा संलग्न एक अधिकृतले भने, ‘त्यसपछि कोठामा खोजी गरेर ९ लाख रुपैयाँ र २७ वटा मोबाइल पनि लिएर हिँडेछन् ।’ र्‍याङले भने चिनियाँ भाषामा को हुन् भन्दै प्रश्न गर्न थाले । तर उनीहरुले केही जवाफ नदिई खनतलासी लिइरहे । पछि दोभासेले आफूलाई पनि नियन्त्रणमा लिएर उनीहरुले त्यहाँसम्म लगेको बताए । काठमाडौं प्रहरीका अनुसार नगद र मोबाइल लगेपछि पनि उनीहरुले चिनियाँ नागरिकलाई छाडेनन् । सँगै लिएर तल उतारेर भाडामा लिइएको एक ट्याक्सीमा हाले र मित्रनगरस्थित न्यू स्वर्गद्वारी प्यूठान होटलमा पुर्‍याए । ‘चिनियाँलाई लिएर निस्किँदा केही ट्याक्सीमा बसेका थिए, केहीले मोटरसाइकलमा पछ्याइरहेका थिए’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन्, ‘होटलमा लगेपछि उनीहरुले फेरि बार्गेनिङ थालेका थिए ।’ उनीहरुले एक करोड रुपैयाँ फिरौती मागेका थिए । काठमाडौं प्रहरी प्रमुख एसएसपी भरतबहादुर बोहोराका अनुसार घटनामा संलग्न ६ जना पक्राउ परेका छन् । तीमध्ये दुईजना प्रहरी अधिकारी हुन् । उच्च अदालत पाटनका एक न्यायाधीशका निजी सुरक्षा अधिकृतका रुपमा खटिएका हवल्दार कर्णबहादुर गुरुङले उनलाई अपहरण गरेर ‘केरकार’ गरेका थिए । चिनियाँ नागरिकबारे सूचना पाएपछि उनले नै अपहरणको योजना बनाएको प्रहरी बताउँछ । प्रहरीका अनुसार प्रहरी वृत्त बालाजुका जवान नुवाकोटका शिव सुनारले उनलाई नियन्त्रणमा लिन हत्कडीको व्यवस्था गरेका थिए । ‘दुईजनाले प्रहरी पेशाको दुरुपयोग गरेर अपहरण र असूली गर्न खोजेको भेटिएको छ’ काठमाडौं प्रहरीका एक अधिकृत भन्छन् । अपहरणमा परेका भनिएका चिनियाँ नागरिक पनि नेपालमा अवैध गतिविधिमा संलग्न रहेको आशंका छ । त्यसैले उनले अपहरणबारे कसैलाई पनि नबताउने र सजिलै पैसा आउने ठानेर उनीहरुले चिनियाँलाई बन्धक बनाएको हुनसक्ने प्रहरी अधिकृतहरु बताउँछन् । तर होटलमा यो गिरोहले चिनियाँ नागरिकका जुन साथीलाई फोन गरेर एक करोड रुपैयाँ फिरौती मागे, उनैले प्रहरीसम्म अपहरणको सूचना पुर्‍याइदिए । ‘प्रहरीलाई सूचना आउने वित्तिकै टोली बनाएर गोप्य अपरेशन थालेका थियौं’ काठमाडौंका एसएसपी बोहोराले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा होटलमा उनीहरुलाई नियन्त्रणमा लिन सफल भएका छौं ।’ स्रोतका अनुसार प्रहरीले ती साथीमार्फत ५० लाख रुपैयाँमा चिनियाँ नागरिकलाई छाड्ने गरी अपहरणकारीसँग बार्गेनिङ गरेको थियो । ‘उनीहरुले बिजी मल अगाडि झोलामा पोका पारेर पैसा ल्याउनु भनेका थिए’ स्रोत भन्छ, ‘सोही अनुसार पैसा लिन आएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेर अन्य व्यक्तिबारे पनि खोजी थालेको थियो ।’ त्यही क्रममा पक्राउ परेका व्यक्तिमार्फत समूहका सबैजना पक्राउ गरेको प्रहरी बताउँछ । पक्राउ पर्ने अन्यमा गोरखाका लक्ष्मण गुरुङ, सर्लाहीका रोहित मगर, प्यूठानका विशाल मगर र नुवाकोटका विनोद केसी छन् । उनीहरु सबैमाथि विस्तृत अनुसन्धान गर्नका लागि अपराध तथा शरीर बन्धकसम्बन्धी कसूरमा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको एसएसपी बोहोराले बताए ।
onlinekhabar.com
3,341,286
एमाले महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धनबाट गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका छन् । काठमाडौंमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकतासम्बन्धी समस्या समाधानका लागि राष्ट्रपतिको सन्देशलाई उपेक्षा गरेर गठबन्धनले गणतन्त्रमाथि आक्रमण भएको आरोप लगाएका हुन् । गणतन्त्रको प्रतिकको रुपमा रहेका राष्ट्रपतिको सन्देशलाई बेवास्ता र अपेक्षा गरेर सत्तारुढ गठबन्धनले गणतन्त्रमाथि आक्रमण गरेको आरोप लगाएका उनले आफ्ना चेलीबारे चिन्ता नलिएर बाहिरबाट आउने महिलाको चिन्ता लिएको आरोप लगाए । ‘हाम्रा नेपाली चेलीहरु विवाह भएर भारत जाँदा नागरिकता प्राप्त गर्न जति समय लाग्छ, त्यति समयको प्रतिक्षा गर्न बाहिरबाट आउनेले तयार हुनुपर्छ,’ उनले भने, ‘हाम्रो चेलीहरुको हकबारेमा बोल्न सक्नुपर्‍यो गठबन्धन । आफ्ना चेलीहरुको हकबारे बोल्न नसक्ने गठबन्धन बाहिरबाट आएकाहरुसँग उदार हुनुपर्छ भन्ने मान्यता राख्ने गर्छ ।’ विवाहलगत्तै नागरिकता दिने चलन दक्षिण एसियाली देशमा नरहेको बताउँदै उनले भने, ‘म पाँच दलीय गठबन्धनलाई सोध्न चहान्छु, विवाहलगत्तै नागरिकता दिने प्रचलन दक्षिण एसियामा कहाँ छ ?’ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
181,927
स्याङ्जा-२ बाहेक गण्डकीबाट प्रतिनिधि सभा, प्रदेश सभा र समानुपातिक तर्फको मत परिणाम आइसकेको छ। प्रतिनिधि सभामा गण्डकीका ११ वटा जिल्लाबाट १८ वटा निर्वाचन क्षेत्र छन्। सार्वजनिक निर्वाचन परिणामअनुसार प्रतिनिधि सभामा सबैभन्दा धेरै सिट नेपाली कांग्रेसले जितेको छ। २०७४ को निर्वाचनमा गण्डकीबाट प्रतिनिधि सभामा नवलपुर-१ बाट कांग्रेस नेता शशांक कोइरालाले मात्र चुनाव जितेका थिए। एमालेले १३ सिट, माओवादी केन्द्रले ३ र कांग्रेसको समर्थनमा गोरखा-२ बाट जनता समाजवादी पार्टीका बाबुराम भट्टराईले चुनाव जितेका थिए। त्यतिबेला एक सिटमा खुम्चिएको कांग्रेसले अहिले प्रतिनिधि सभामा ९ सिट जितेको छ। ५ दलीय गठबन्धन बनाएर चुनावमा होमिएको कांग्रेसले गण्डकीमा १२ सिटमा मात्र उम्मेदवारी दिएको थियो। २०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेले १४ सिटमा उम्मेदवारी दिएको थियो। नवलपुर-२ मा कांग्रेसका कोइरालाबाहेक १३ सिटमा त्यतिबेला एमालेले जितेको थियो। अहिले प्रतिनिधि सभातर्फ गण्डकीका १८ वटै क्षेत्रमा उम्मेदवारी दिएको एमाले ५ सिटमा सीमित हुन पुगेको छ। यस्तै, माओवादी केन्द्रले प्रतिनिधि सभामा गण्डकीबाट पाएको ४ सिटमध्ये २ सिटमा मात्र जित निकालेको छ। २०७४ मा एमालेसँग तालमेल गर्दा पनि ४ सिटमा उम्मेदवारी दिएको माओवादीले त्यतिबेला ३ सिट जितेको थियो। त्यतिबेला कांग्रेससँग मिलेर बाबुरामले चुनाव जित्दा वाम गठबन्धनका तर्फबाट माओवादी नेता नारायणकाजी श्रेष्ठ पराजित भएका थिए। अहिले गोरखा-२ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बागलुङबाट माओवादीकै अर्का नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन्। अहिले ५ दलीय गठबन्धनबाट गण्डकीमा उम्मेदवारी पाएका २ वटा क्षेत्रमा भने माओवादी उम्मेदवार पराजित भइसकेका छन्। गण्डकी प्रदेशमा नेकपा (एकीकृत समाजवादी) भने शून्यमा झरेको छ। प्रतिनिधि सभामा समाजवादीले कास्की-२ बाट श्रीनाथ बराललाई उम्मेदवारी उठाएको थियो। ५ दलीय गठबन्धनको समर्थन पाउँदा पनि बराल दोस्रो स्थानमा आउन सकेनन्। उक्त क्षेत्रबाट एमालेका विद्या भट्टाई विजयी बन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका माधवप्रसाद कँडेल दोस्रो भए। एमालेको बाहुल्य ठानिएको पोखराको मेयरमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका नेता धनराज आचार्य ६ हजार बढी मतान्तरले विजयी भएका थिए। उक्त नतिजाले समाजवादीका नेता कार्यकर्ता हौसिएका थिए। अहिले आएको निर्वाचन परिणामले भने उनीहरू निराश छन्। सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चाले गण्डकीमा प्रतिनिधी सभा सदस्यमा १ सिट पाएको थियो। बागलुङ-१ मा उम्मेदवारी पाएको जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी निर्वाचित भइसकेका छन्। प्रतिनिधि सभामा कांग्रेसले जसरी अघिल्लो परिणाम उल्ट्याउन सफल भएको छ, त्यसरी नै प्रदेश सभामा पनि कांग्रेसले सुधार गरेको छ। मतगणना हुन नसकेको स्याङ्जा-२ का दुइटा प्रदेश सभा निर्वाचन क्षेत्रबाहेक हालसम्म आएको नतिजामा कांग्रेस पहिलो पार्टी बनेको छ। गण्डकी प्रदेश सभामा प्रत्यक्षतर्फ ३६ वटा निर्वाचन क्षेत्र छन् भने समानुपातिकमा २४ सिट छन्। सत्ता गठबन्धनबाट गण्डकीमा कांग्रेसले २२ सिटमा उम्मेदवारी दिएको थियो। जसमा हालसम्म कांग्रेसले १६ सिट जित्न सफल भएको छ। जबकी, २०७४ को निर्वाचनमा गण्डकी प्रदेश सभामा कांग्रेसले प्रत्यक्षतर्फ ६ सिट मात्र जित्न सकेको थियो। यसअघि सबैभन्दा ठूलो दल एमाले अहिले खुम्चिएको छ। २०७४ को निर्वाचनमा वाम गठबन्धन गर्दा एमालेले १८ सिटमा उम्मेदवारी दिँदा १७ सिटमा जित निकालेको थियो। अहिले एमालेले गण्डकीका ३६ वटा क्षेत्रमध्ये ३४ क्षेत्रमा उम्मेदवारी दिँदा १२ सिटमा झरेको छ। २०७४ को निर्वाचनपश्चात ६० सदस्यीय गण्डकी प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक गरी २७ सिट पाएको एमालेको ठाउँ अब कांग्रेसले लिने निश्चित बनेको छ। तर एमाले त्यतिबेलाको कांग्रेसजस्तो कमजोर भने छैन। त्यतिबेला प्रत्यक्षमा ६ र समानुपातिकमा ९ गरी १५ सिट जितेको कांग्रेसभन्दा अहिले एमालेको सिट बढ्ने देखिन्छ। यसअघिको एमालेको ठाउँ कांग्रेसले लिँदा पनि एमाले अझै बलियो देखिनुमा माओवादीले कम सिटमा जित हासिल गर्नु हो। माओवादी केन्द्रले गण्डकी प्रदेश सभामा अहिले ५ सिटमा खुम्चिएको छ। जबकी २०७४ को निर्वाचनमा माओवादीले ९ जना प्रदेश सांसद जितेको थियो। माओवादीले पुरानो अंक कायम राख्न नसक्दा यसको फाइदा एमालेले उठाएको छ। नेकपा एकीकृत समाजवादीले प्रदेश सभातर्फ नवलपुर-२ ख र स्याङ्जा-२ क पाएको थियो। नवलपुर-२ खमा एमाले उम्मेदवार लक्ष्मणबहादुर पाण्डेले समाजवादीका उम्मेदवार गोपालप्रसाद खनाललाई पराजित गरिसकेको छ। यस्तै, मतगणना हुन नसकेको स्याङ्जा-२ खमा समाजवादीका उम्मेदवार रामचन्द्र भट्टराईले निर्वाचनको अन्तिममा उम्मेदवारी निष्क्रिय गराएका छन्। उक्त क्षेत्रमा गठबन्धनबाट कांग्रेसका भोजराज अर्याल उम्मेदवार छन्। यसरी प्रतिनिधि सभामा गण्डकीबाट समाजवादीले पाएको १ सिट र प्रदेशमा पाएको २ सिट गुमाइसकेको छ। गण्डकी प्रदेश सभामा पहिलो दल कांग्रेस, दोस्रो एमाले र तेस्रो माओवादी केन्द्र बनिसकेका छन्। समानुपातिकतर्फ एमाले पहिलो दल बनेको छ। स्याङ्जा-२ बाहेक गण्डकीका बाँकी क्षेत्रमा सम्पन्न मतगणनाअनुसार एमालेले ३ लाख ११ हजार ३८९ मत पाएको छ। यस्तै, नेपाली कांग्रेसले २ लाख ८८ हजार ३७३, माओवादी केन्द्रले १ लाख १२ हजार २२१, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५४ हजार ७३६ मत पाएका छन्। यस्तै, हाम्रो नेपाली पार्टीले १७ हजार ६३२ र राष्ट्रिय जनमोर्चाले १४ हजार ५४९ मत पाएका छन्। समानुपातिक मतका आधारमा राप्रपा पहिलो पटक गण्डकी प्रदेश सभामा प्रवेश गर्ने देखिएको छ। २०७४ को निर्वाचनमा समानुपातिकबाट प्रदेश सभामा १ सिट पाएको जनमोर्चा भने यसपालि थ्रेस होल्ड कटाउन सक्ने अवस्था देखिँदैन। जनमोर्चाले भन्दा धेरै मत लौरो चुनाव चिन्ह रहेको हाम्रो नेपाली पार्टीले प्राप्त गरेको छ। २०७४ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ र जनमोर्चा र बाबुराम भट्टराई नेतृत्वको जसपाले १ सिट पाएका थिए। अहिले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र जनमोर्चाले समानुपातिकतर्फ सिट ल्याउने देखिँदैन। उक्त सिट राप्रपाले लैजाने देखिन्छ। एमाले र कांग्रेसले भने २०७४ कै हाराहारीमा समानुपातिक सिट पाउन सक्ने देखिन्छ। यस हिसाबले गठबन्धनमा कांग्रेस र माओवादीलाई सहज बहुमत पुग्ने देखिन्छ। प्रत्यक्षतर्फ मात्र कांग्रेसको १६ र माओवादीको ५ सिट गरी २१ सिट हुन्छ भने यी दुई दलले पाउने समानुपातिक सिटले आरामदायी बहुमत पुग्छ। गण्डकीमा कांग्रेस बाहेकको सरकार बनाउन अहिले बनेको गण्डकी सरकारजस्तै बन्न पुग्छ। २०७४ को निर्वाचनपश्चात एमाले र माओवादी मिल्दा दुई तिहाइ बहुमत पुग्थ्यो भने एमालेलाई बाहिर राख्दा कांग्रेस, माओवादी, जनमोर्चा, जसपा र स्वतन्त्र सांसद मिलाएर बहुमत पुर्‍याउन परेको थियो। त्यस्तै, अब एमालेले सरकार बनाउन माओवादी, राप्रपा र स्वतन्त्र सांसदको समर्थन लिनुपर्ने बाध्यतामा पुगेको छ ।
setopati.com
2,248,142
दाङको बंगलाचुली गाउँपालिकामा किशोरामाथि सामूहिक बलात्कार भएको छ । बलात्कार गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बंगलाचुली गाउँपालिका ७ बिर्खे बस्ने २७ वर्षीय पवन रोका, २० वर्षीय यम बहादुर मास्की र २७ वर्षीय विनाराम मर्साङी रहेका छन् । ती किशोरी बुधबार साँझ तीजको नाच हेर्न गई फर्किनेक्रममा सोही गाउँपालिका एक्लाबर नजिक जंगलमा उनीहरूले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हाँसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख सुरेश प्रसाद काफ्लेले जानकारी दिए । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।
dcnepal.com
1,021,117
२०८१ साउन ८ गते सूचनाको घर, मकालुखबर पशुपतिमा आफ्नो बच्चालाई बकेनोको गेडा खुवाउँदै पोथी बाँदर । जय बागेश्वरी हाइटबाट खिचिएको पवित्र पाशुपत क्षेत्र । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले बानेश्वर क्षेत्रमा रहेको अल्फा(बिटा भवनको अवैध संरचना भत्काउँदै गर्दै सोही भवनको तेस्रो तल्लाबाट उत्सुकता पूर्वक हेर्दै दुई युवा । पशुपति क्षेत्रमा रहेको शिवालयमा आराम गर्दै एक साधु । काठमाडौँ मलमा बनेको अवैध संरचना भत्काउँदै काठमाडौँ महानगरको डोजर । नेपाली कांग्रेसका लोकप्रिय नेता प्रदीप गिरीको अन्त्येष्टिको क्रममा अन्तिम सलामी अर्पण गर्दै नेपाल प्रहरीको टुकडी । आलोकनगरमा रहेको नेकपा एकीकृत समाजवादीको मुख्यालयअघि को सडक पेटीमा पार्किङ गरिराखिएका सवारीसाधन ।
makalukhabar.com
6,261,524
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण भएको छ । ओलीसँगै उनकी पत्नी राधिका शाक्यलाई पनि संक्रमण पुष्टि भएको छ ।  संक्रमण पुष्टि भएपछि दुवै जना बालकाेटस्थित निवासमै आइसाेलेसनमा बसेका छन् । 
shilapatra.com
4,091,937
अपाङ्गता भएका व्यक्तिहरूको खण्डीकृत तथ्याङ्क सङ्कलन गर्न कर्णाली प्रदेशबाट सुझाव लिन सुरु गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)को नारायणगढ, २ वैशाख । चितवनको रत्ननगर नगरवासीले क्यान्सरको उपचारमा थप सहुलियत पाउने भएका छन् । क्यान्सरपीडित बिरामीलाई सङ्घ सरकारले एक लाख र प्रदेश सरकारले ५० हजार सहुलियत दिँदै आएकामा नगरपालिकाले टीकापुर (कैलाली), २ वैशाख । कैलालीको टीकापुरस्थित टीकापुर बृहत् उद्यान (टीकापुर पार्क) मा नयाँ वर्ष लागेपछि पर्यटकको आगमन बढेको छ । उद्यानमा नयाँ वर्षको पहिलो दिन शनिबार १२ हजार बढी म्याग्दी, २ वैशाख । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ स्थित सेतिनी झरना पर्यटक र पूर्वाधारको पर्खाइमा रहेको छ । पूर्वाधार र प्रचारप्रसारको कमीले प्रशस्त पर्यटकीय सम्भावना बोकेको यो झरना ओझेलमा परेको हो वीरगञ्ज (पर्सा), २ वैशाख । तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छ । चार दिनसम्म मनाइने चैती छठपर्वअन्तर्गत आज तेस्रो ढोरपाटन (बागलुङ), २ वैशाख । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा वन्यजन्तु सप्ताह सुरु भएको छ । वन तथा वन्यजन्तु संरक्षणका लागि ढोरपाटन सिकार आरक्षले वन्यजन्तु सप्ताह थालेको हो । गोरखा, २ वैशाख । पाखाभरी ढकमक्क लागीगुँरास फूल्न थालेपछि लाप्राकमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । धार्चे गाउँपालिका–४ मा पर्ने लाप्राकका डाँडा यतिबेला लालीगुँरासले भएिको छ । “लालिगुराँस फुल्न थालेपछि गोदावरी (कैलाली), २ वैशाख । मोहनापुल-अत्तरिया छ लेन सडकखण्डमा निर्माणाधीन दुई वटा पक्की पुलको काम अलपत्र परेको छ । ठेकेदार कम्पनीको लापरबाहीले गोदावरी नगरपालिका-५ सुनिखोला र मनहरा खोलामा निर्माणाधीन पुलको दाङ, २ वैशाख । दाङमा भोलिदेखि मिडिया महोत्सवको आयोजना गरिएको छ । पत्रकार महासङ्घ दाङको आयोजनामा घोराहीमा आयोजित यस महोत्सवमा पत्रकारिता, मिडिया र विविध सञ्चार सेवाका विषयमा बहस तथा छलफल तनहुँ, २ वैशाख । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन प्रोत्साहन कार्यक्रम ल्याएको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका सात सयवटा पाडी/बाछी हुर्काउन १० हजारका भक्तपुर, २ वैशाख । मध्यपुरथिमिबासीले आज बिहानै सुथसिया अर्थात बिहानीको जात्रा मनाएका छन् । बिस्केट जात्राका अवसरमा मध्यपुरथिमिका बासिन्दाले आज बिहानैदेखि टोलटोलका देवता विराजमान खटलाई बालकुमारीको परिक्रमा गराई धिमे र डडेल्धुरा, वैशाख २ । डडेल्धुराको अमरगढी नगरपालिका वडा नं –३ मा अवस्थित घटालथानमा आज विसु जाँत मनाइँदै छ । सुदूरपश्चिमै प्रसिद्ध शक्तिपिठका रूपमा रहेको घटालथानमा धामीले बालुवा खाने र घडाबाट काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
3,339,697
आर्टमाण्डू नेपालको प्रस्तुति रहेको ‘बाँचुन्जेल हाँसखेल मरेसी तास खेल’ गीतको भिडियो सार्वजनिक भएको छ । देखेर तिमीलाई-तीनपाते, बाफ, के माया लाग्छ र जस्ता चर्चित गीत रिलिज गरिसकेको आर्ट्माण्डुले आफ्नै युट्युब च्यानलमा उक्त भिडियो सार्बजनिक गरेको हो। ‘म्युजिकल प्ले’ को नाम दिइएको उक्त गीतमा नबिन चौहानको शब्द अनि सुशान्त गौतमको संगीत रहेको रहेको छ। उक्त गीतमा नेपाल आईडल सिजन ३ कि बिजेता सज्जा चौलागाईं र भानुभक्त ढकालको आवाज रहेको छ । म्युजिकल प्लेमा नाटक निर्देशन अनिल सुब्बाले गरेका छन् भने सौरभ लामिछानेको छायांकन रहेको भिडियोलाई कृष्ण भण्डारीले सम्पादन गरेका हुन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
3,900,109
यस्तै उनले रोनाल्डोलाई सुरुवात नगर्ने निर्णय गलत नभएको पनि दावी गरे । उनले पाएको अवसर सदुपयोग नहुनु र भाग्य आफ्नो पक्षमा नहुनु हारको कारण रहेको बताए । ‘खेलाडीहरु निकै दुखित छन् । नतिजाले गर्दा निराश छन् । म सम्पूर्ण पोर्चुगल समर्थकहरुलाई धन्यवाद दिन चाहन्छु । र यो पनि भन्न चाहन्छु कि हामी वहाँहरुभन्दा निराश छौं । हाम्रो टोली निकै राम्रो थियो । उत्कृष्ट खेलाडीको सम्मिश्रणले बनेको टोलीबाट पक्कै बढी अपेक्षा थियो । तर आज यो हारले निकै दुख लागेको छ ।’ ‘हामीलाई थाहा थियो खेल कठिन हुनेछ । तर हामीले फिनिस गर्न सकेनौं । हामीले खेलको सुरुवातमा आवश्यकताभन्दा बढी बल चलाएर सफल हुन सकेनौं । हामीले मोरक्कोको डिफेन्सलाई पनि बधाई दिनुपर्छ, उनीहरुले आफ्नो रणनीति पूर्ण प्रयोग गर्न सके ।’ ‘हामीले अवसर पनि पाएका थियौं । ब्रुनोको प्रहार क्रसबारमा लाग्नु दुर्भाग्य थियो । दोस्रो हाफमा सुधारिएको प्रदर्शन थियो । मोरक्कोको डिफेन्स लाइन ४-५ पटक बिट गरेपनि गोल गर्न सकेनौं । फुटबलमा भाग्यको पनि जरुरत हुन्छ र त्यो आज हामीसँग थिएन । पछिल्लो खेलमा ६ गोल भएको थियो भने आज हाम्रो कुनै प्रयास सफल हुन सकेन ।’ ‘हामीले फाइनल पुग्ने मात्र होइन, फाइनल जित्ने पनि लक्ष्य राखेका थियौं । तर अफसोस त्यो हुन सकेन ।’ प्रशिक्षक सान्तोसले अहिले नै पद छोड्नेबारे कुनै निर्णय नलिएको पनि प्रष्ट पारे । ‘मेरो सम्झौताको बारेमा अहिले केहि भन्ने अवस्था छैन । अब स्वदेश फर्केर फुटबल संघको अध्यक्षसँग छलफल गरेर उचित निर्णय लिनेछौं । हामीले सन् २०१४ यता पटक पटक छलफल गरेका छौं र राजीनामा दिने भन्ने शब्द कहिले पनि निस्केको छैन,’ उनले थपे । रोनाल्डो टोलीमा नराख्दा र उनीसँग मिडियामा जोडिएको चर्चाका कारण टोलीलाई कुनै असर नगरेको सान्तोसले बताए । ‘रोनाल्डोको कारण खेलमा कुनै नराम्रो प्रभाव परेको छैन । हामी एकतृत भएर नै अघि बढेका छौं । आजको हारले सबैभन्दा बढी असर गरेको रोनाल्डो र मलाई नै होला । हामी दुई नै सबैभन्दा बढी दुखि छौं । त्यसैले पनि उनले आफ्नो भावना रोक्न सकेनन् ।’ ‘मलाई लाग्दैन आज रोनाल्डो नखेलाएर हामीले गल्ती गर्यौं । मलाई उक्त निर्णयमा कुनै दुख छैन । हामीले खेलको स्थिति हेरेर नै यो निर्णय लिएका हौं । जसरि स्विटजरल्यान्ड विरुद्ध रणनीति सफल देखिएको थियो, आज गोल निस्कन सकेन । मलाई लाग्दैन हाम्रो निर्णय गलत थियो । ग्लास्गोमा भएको खेलमा युनाइटेडले स्कटिस टोली रेन्जर्स माथि २-० को जित दर्ता गरेको हो । युनाइटेडका लागि अमाद डियालो र जो हुगिलले गोल गरेका हुन् । उनले एकता ग्लोबलको‌ ब्रान्ड एम्बेसडरका रुपमा‌ सम्झौता गरेको बताइएको छ । चोट मुक्त भएर प्रिती हाल एपिएफले अर्को महिना खेल्ने एएफसी वुमन्स च्याम्पियन्स लिगको तयारीका लागि प्रशिक्षणमा सामेल भएकी छिन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा मछिन्द्र र जावलाखेलले २-२ को बराबरी खेलेका हुन् । मछिन्द्रले पहिलो हाफमा लिएको दुई गोलको अग्रता गुमाएको थियो ।
hamrokhelkud.com
4,583,725
नेपाल कृषि अनुसन्धान परिषद (नार्क)को आयोजनामा सञ्चालित तरकारीको जातीय सुधार सम्बन्धी सात दिने तालिम सम्पन्न भएको छ । ललितपुरको खुमलटारमा आयोजित सो तालिममा तरकारीको जातीय सुधारको विविध पक्षका बारेमा बिज्ञहरुले सहभागिलाई प्रशिक्षण दिएका थिए । नार्कको आयोजना र फिड द फ्यूचर हर्टिकल्चर, यूएसएआईडीको आर्थिक सहयोगमा तालिम आयोजना गरिएको हो । तालिममा नार्क अन्तरगतका तरकारी बालीमा अनुसन्धानरत १५, बिभिन्न विश्वबिद्यालयका ५, संघीय तथा प्रादेशिक कृषि मन्त्रालय अन्तरगतका ६ र निजि बिउबिजन कम्पनीका ४ गरी ३० जनाको सहभागिता रहेको छ । सहभागिहरुलाई नर्थ क्यारोलाइना विश्वविद्यालय अमेरिकाका एसोसियट प्रोफेसर डा.दिलिप पन्थी, वल्र्ड भेजिटेवल सेन्टरका डा.डेरेक वारचेन्जर लगायतका विज्ञहरुले प्रशिक्षण दिएका छन् । तालिममा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्दै नार्कका कार्यकारी निर्देशन डा.ध्रवराज भट्टराईले तालीममा प्राप्त गरेका ज्ञानलाई व्यवहारमा लागु गरी तरकारी बालीको क्षेत्रमा उत्कृष्ट काम गर्नुपर्ने बताए । कृषि अनुसन्धानमा उत्कृष्ट काम गर्ने बैज्ञानिक लगायतका सबैलाई नार्कले प्रोत्साहन गर्दै आएको र आउँने दिनमा समेत त्यसलाई जारी राख्ने योजना भएको उनले बताए । कार्यकारी निर्देशक डा.भट्टराईले तालिम समापन कार्यक्रमको अध्यक्षता गर्दै नार्कले आयात प्रतिष्थापन गर्न मद्दत पुग्ने अनुसन्धानका कार्यक्रम ल्याउने र नार्कका युवा वैज्ञानिकले अन्तर्राष्ट्रिय स्तरका अनुसन्धान परियोजना ल्याउन र लागू गर्न सजिलो हुने वातावरण तयार गर्न लागेको बताए । तालिमको समापन कार्यक्रममा युनिभर्सिटी अफ क्यालिफोर्निया, हर्टिकल्चर इनोभेसन ल्याबका कृष्टेन वेकर, वर्ड भेजिटेबल सेन्टर ताइवानका बैज्ञानिक डेरिक वारकेन्गर, एग्रीफुड क्यानाडाका ऋषीराम बुर्लाकोटी, काठमाडौं युनिर्भसिटीका डा.पुर्णबहादुर नेपाली, त्रिभुवन विश्वविद्यालयका डा.पुष्पराज पौडेल लगायतको सहभागिता रहेको थियो । परियोजना संयोजक एवं बैज्ञानिक डा.रामबहादुर खडकाले यो तालिमले नेपालको तरकारी बालीको जातीय सुधारमा कार्यरत बैज्ञानिक, प्राविधिकहरुको क्षमता अभिवृद्धि गरी तरकारी बालीको जातीय सुधारमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खाद्यान्न बालीको भन्दा तरकारी बालीको जातीय विकासको काम कमजोर भएका कारण नेपालमा बर्षेनि ठुलो मात्रामा तरकारीका बीउहरु आयात गर्नुपरेको बताउँदै अब त्यसमा कमी आउँने र नेपालमै तरकारी बालीको जातीय विकास हुने काममा मदत पुग्ने बताए । सहपरियोजना संयोजक डा.रञ्जना रावलले कार्यक्रमको सञ्चालन गरेकी थिइन् । गत आईतबारदेखि सुरु भएको सो तालिम सात दिनसम्म सञ्चालन भएको थियो । तालिममा बिभिन्न बैज्ञानिक एवं बिज्ञहरुको अनुभव साटासाट गर्नुका साथै समूहगत छलफल समेत भएको थियो । राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायले अन्तार्राष्ट्रिय वैज्ञानिक सँस्थाहरुसँगको सहकार्यमा सञ्चालन हुने यस्ता तालीमले नेपालका बैज्ञानिकहरुलाई अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्पर्धी र राष्ट्रको माग अनुरुपको अनुसन्धान गर्न सक्षम हुन मद्दत गर्ने बताए ।
madheshvani.com
4,809,524
कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले फागुपूर्णिमा (होली) का अवसरमा प्रदेशवासी तथा सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन्। उनले आइतबार जारी गरिएको शुभकामना सन्देशमा कोभिड-१९ को जोखिम कायमै रहेकाले उच्च सावधानी अपनाएर होली मनाउनसमेत आग्रह गरेका छन्। प्रदेश प्रमुख कलौनीले सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा यस पर्वले मौलिक संस्कृतिको संरक्षण गर्दै समस्त नेपालीबीच सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकता कायम राख्न योगदान पु¥याउने विश्वास व्यक्त गरेका छन्। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज चैत १५ गते हिमाली र पहाडी जिल्लामा तथा भोलि १६ गते तराईका जिल्लामा मनाइँदै छ। वसन्तऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने फागुपर्व परम्परागत रूपमा विभिन्न रङ खेली मनाउने परम्परा छ ।
kathmandupress.com
5,769,334
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुको भाषण र दुई  पक्षको क्रियाकलाप हेर्दा नेकपा एक छैन भन्ने प्रस्ट देखिन्छ । राजनीतिकरुपमा विभाजन भइसकेकाले पार्टी फुटको घोषणा गर्न बाँकी रहेको नेताहरुले स्वीकार्दै आएका छन् । नेकपाका ओली र प्रचण्ड–नेपाल समूहका नेताहरु एकार्काको खेदो खनिरहेका छन् ।  नेकपाको प्रचण्ड–नेपाल र ओली समूहले नेकपाले हालसम्म निर्वाचन आयोगमा आफ्नो–आफ्नो समूहको बैठकको निर्णय बुझाएका छन् । कानुनीरुपमा आधिकारिकता दाबी नगरेको आयोगको तर्क छ । तर, दुवै पक्ष आफूहरु वैधानिक भएकाले दाबी गर्न जानुपर्ने कारण नरहेको बताउँदै आएका छन् । ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले त केही दिनअघि कार्यक्रममा बोल्दै आफूहरुले नै आधिकारिकता पाउने भएकाले दाबी गर्न नजाने बताए । आयोगले आधिकारिता दाबी गर्न पत्र पठाए पनि ओली र प्रचण्ड–नेपाल समूहले जवाफ पठाएको छैन । विवाद निरुपण गर्ने निर्वाचन आयोगलाई नेकपा फुटिसकेको भन्ने विश्वास छैन । विवाद निरुपण गर्दा सकेसम्म मिलाउनुपर्ने भन्ने जिम्मेवारी आयोगलाई छ । मिल्नै नचाहकेको खण्डमा मात्र एउटा पक्षलाई आधिकारिकता दिनुपर्ने व्यवस्था छ । नेकपा एक भएर जाने सम्भावाना जीवित रहेको आयोगका अधिकारीहरुको बुझाइ छ । “अहिलेसम्मको माहोल हेर्दा आधिकारिकता दाबी गर्न नआउनेजस्तो पनि देखिन्छ । दुवै पक्ष मिलेर एक भएर जानेजस्तो पनि देखिन्छ । नेकपाको आधिकारिकता विवाद कसरी जाला भन्ने ठम्याउन सहज छैन,’’ आयोगका एक अधिकारी भन्छन् । त्यसो त नेकपाका उपाध्यक्ष वामदेव गौतम रहेको भन्दै राष्ट्रिय अभियान नै चलाउने गृहकार्यमा जुटेका छन् । उता, नेकपा फुटिसकेको विश्वास विपक्षी पार्टीका नेताहरुलाई पनि छैन । मंगलबार मात्रै एक अन्तरक्रिया कार्यक्रममा समाजवादी पार्टीका नेता तथा पूर्वप्रधामन्त्री डा. बाबुराम भट्टराईले नेकपाका नेताहरु फेरि मिलेर जान सक्नेमा आशंका व्यक्त गरे । कार्यक्रममा भट्टराईले पुनः ओली र प्रचण्ड–नेपाल समूह अँगालो मारेर जान सक्ने सम्भावना कायमै रहेकाले संयुक्त आन्दोलन गरेर जान नसिकएको बताए । “केपी ओलीले न्याक्दा त विरुद्धमा लाग्नुभा’छ । फेरि पनि केपी ओलीलाई नै बोकेरसँगसँगै जानु भए त हामी कलाकार बन्छौँ कि भन्ने डर छ,’’ भट्टराईले भनेका थिए ।
baahrakhari.com
5,629,703
बेपत्ता भएका एक मजदुरको शव फेला परेको छ भने अर्का एक जनाको अस्पतालमा उपचारकै क्रममा ज्यान गएको हाे । वैशाख १२ गते पुलको ट्रस मिलाउने क्रममा ट्रससँगै नदीमा खसेर एक मजदुरको ज्यान गएकाे थियाे भने दुई जना बेपत्ता भएका थिए । नदीमा खसेकामध्ये ८ जना घाइते भएका थिए । बेपत्ता भएका सुजित माझीको शव घटनास्थलबाट नौ सय मिटर तल ढुङ्गामा अड्किएको अवस्थामा फेला परेकाे वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभएको छ । अस्पतालमा उपचाररत विजय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको हाे । अर्का बेपत्ता मजदुर श्यामबाबु पाठकको खोजी कार्य अझै जारी रहेको उहाँले बताउनुभयो । भारत बेतिया पश्चिम चम्पारण बस्ने ४३ वर्षीय यादवको उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सरोज गिरीले जानकारी दिनुभयो । घाइते हुनेहरुमा भारत बेतियाका मुन्ना चौधरी, सञ्जय शर्मा, राजकुमार यादव, सन्तोष महतो, सुरेन्द्र राम, शोक महरछी, अब्दुल राय रहेका छन् । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।
ujyaaloonline.com
1,844,455
ललिता निवास प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बयान लिएको छ । सरकारी जग्गा हिनामना गर्ने संगठित अपराधमा नाम मुछिएपछि र सर्वोच्च अदालतले पनि छानविन गर्न आदेश दिएपछि सीआईबीले दुवै पूर्वप्रधानमन्त्रीद्वयसँग बयान लिएको हो । सीआईबीले नेपाल र भट्टराईसँग गयराती नै बयान लिएको सीआईबीका एसएसपी दिनेश आचार्यले जानकारी दिएका छन् । स्रोतका अनुसार डा.भट्टराईसँग सीआईबीले उनकै निवासमा पुगेर बयान लिएको हो । सीआईबीले नेपालको पनि उनकै निवासमा गएर बयान लिएको हो । बालुवाटारको २९९ रोपनी नौ आना तीन दाममध्ये ललिता निवासको १४३ रोपनी सरकारी जग्गा किर्ते गरी विभिन्न व्यक्तिको नाममा अवैध रूपमा नामसारी गरेको पाइएपछि सिआइबीले गत असार १२ गतेदेखि विस्तृत अनुसन्धान सुरु गरेको थियो । उक्त सरकारी जग्गा २०४९, २०६२, २०६४, २०७९ साल गरी चार चरणमा योजनाबद्ध रूपमा सङ् गठित गिरोहले सरकारी कागजात किर्ते गरी, नक्कली हकवालासमेत तयार गरी अवैध रूपमा व्यक्तिको नाममा नामसारी भएको अनुसन्धान प्रतिवेदनको निष्कर्ष छ । अनुसन्धान प्रतिवेदनमा ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न मुख्य योजनाकार, सहायक योजनाकार, पक्राउ परेका र फरार प्रतिवादीको सूची नै समावेश छ । प्रतिवेदनमा प्रतिवादी र सरकारी जग्गा हिनामिनाबाट राज्यलाई पुर्याएको क्षतिको बिगो मागसहित प्रतिवेदन तयार भए पनि जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउनुपूर्व ती विवरण गोप्य राखिएको छ । सङ्गठित अपराधको कसुरमा प्रहरीलाई अनुसन्धानको हदम्याद ६० दिन हुने भएकाले भदौ ८ गतेभित्र प्रतिवेदन बुझाइसक्नुपर्ने हुन्छ ।
arthasarokar.com
2,020,311
पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले दिएको जानकारी अनुसार नापी विभागका निर्देशक अनिल मरासिनी नेतृत्वको टोली मिचिएको सीमाको सत्य–तथ्य बुझ्न वीरगञ्ज पुगेको हो ।
kathmandupati.com
3,198,767
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका परिवार अनिश्चितकालीन धर्नामा बस्ने भएका छन । छोरी निर्मला पन्तको हत्या भएको १ सय ९ दिन हुँदा पनि दोषीलाई कार्वाही नभएकाले दोषीलाई कार्वाहीको माग गर्दै निर्मलाका अभिभावक अनिश्चितकालीन धर्नामा बस्ने भएका हुन ।। आइतबार बिहान ११ बजेदेखि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको कार्यालय अगाडि धर्ना बस्ने निर्मलाका बुबा यज्ञराज पन्तले बताए । निर्मलाको बलात्कारपछि हत्या भएको विषयमा अनुसन्धान गर्न धेरैवटा समिति बनाइए पनि प्रभावकारी छानविन हुन नसकेको र सबैले थामथुम बनाउने कोसिस मात्र गरेको निर्मलाका अभिभावक र अधिकारकर्मीको भनाई छ । घटनाको अनुसन्धानका क्रममा पछिल्लोपटक चारजनाको डीएनए परीक्षणका लागि पठाइएको छ । घटनाको प्रमाण जुटाउन दोषी पाइएका दुईजना प्रहरी अधिकारीलाई बर्खास्त गरिएको छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
151,335
गण्डकी प्रदेश सरकारले जाजरकोट भूकम्पबाट प्रभावितको राहत तथा पुनःस्थापनाका लागि एक करोड सहयोग गर्ने भएको छ । आज बिहान बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश सरकारलाई उक्त रकम उपलब्ध गराउने निर्णय गरेको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जानकारी दिए । ‘भूकम्पबाट कर्णालीमा ठूलो मानवीय र भौतिक क्षति भयो, एउटा प्रदेशका नागरिकलाई विपद् पर्दा अर्काले सहयोग गर्नुपर्छ भनेर गण्डकी प्रदेश सरकारका तर्फबाट रु एक करोड दिने निर्णय गरेका हौँ’, उनले भने । भूकम्पबाट प्रभावित जाजरकोट र रुकुम पश्चिममा आपत्कालीन मानवीय सहायता उपलब्ध गराउन शनिबार नै औषधिसहित चिकित्सकको टोली त्यसतर्फ पठाइएको मुख्यमन्त्री पाण्डेले बताए । मन्त्रिपरिषद् बैठकले भूकम्पमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दै शोकमा रहेका परिवारप्रति समवेदना प्रकटसहित भूकम्पका घाइतको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेको छ । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परी जाजरकोट र रुकुमपश्चिमका एक सय ५७ जनाले ज्यान गुमाएका छन् । भूकम्पमा परी दुई सयभन्दा बढी घाइते भएका छन् भने स्थानीयवासीका हजारौँ घरगोठलगायत भौतिक संरचनामा अकल्पनीय क्षति पुगेको छ ।
nepalwatch.com
5,799,509
नेपाली कथानक चलचित्र ‘पलाँस’ को युट्यब रिलिज गरिएको छ । सुवास कोइरालाले निर्देशन गरेको चलचित्रमा मुख्य भुमिकामा रेखा थापा छिन् ।  चलचित्रमा रेखासँगै अयुव केसी, कामेश्वर चौरासिया, प्रकाश घिमिरे लगायतका कलाकारले अभिनय गरेका छन् । अयुव केसीले कथा लेखेको चलचित्रलाई क्रिसा चौंलागाईले निर्माण गरेकी हुन् ।
baahrakhari.com
4,068,685
ग्यास बिक्रेता महासङ्घ नेपालको सातौँ वार्षिक साधारणसभा तथा चौथो राष्ट्रिय महाधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले पेट्रोलियम पदार्थ राष्ट्रिय सुरक्षासँग जोडिएकाले आयातको जिम्मेवारी निजी क्षेत्रलाई दिन नसकिने बताए। पेट्रोलियम पदार्थ आपूर्ति बहुराष्ट्रिय कम्पनीको हातमा हुँदा छिमेकी मुलुक भारतले युद्ध हारेको तथ्य पेश गर्दै उनले नेपाल आयल निगमको विकल्पमा निजी क्षेत्रलाई पेट्रोलियम आयातको जिम्मा लगाउन नसकिने जिकिर गरे । “पेट्रोलियम अत्यन्त संवेदनशील विषय हो, यसको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्छ”, उनले भने। ग्यास बिक्रेतालाई व्यवसाय सञ्चालनका क्रममा परेको अप्ठ्यारा हल गर्न आफू तयार रहेको उल्लेख गर्दै उहाँले समस्या समाधानका लागि छलफल गर्न आग्रह गरे । “भर्खरै प्रतिनिधिसभा पुनःस्थापना भएको छ, कतिपयले अब वर्तमान सरकार रहँदैन भनेका छन् तर नेपालको राजनीति पुस ४ गतेको अवस्थामा पुगेको छ”, उनले भने, “सरकार परिवर्तन भएर निजी क्षेत्रको समस्या समाधान हुँदैन कि भनेर आशङ्का नगर्नुस्, यही सरकारले व्यवसायीका समस्या समाधान गर्छ ।” वर्तमान सरकार सुखी नेपाली समृद्ध नेपालको नारा कार्यान्वयन गर्न लागिपरेको जानकारी दिँदै उहाँले केपी ओली नेतृत्वको सरकारले नै मुलुकको समृद्धिको नेतृत्व गर्ने जिकिर गरे । कार्यक्रममा नेपाल आयल निगमका नायब कार्यकारी निर्देशन सुशील भट्टराईले ग्यास बिक्रेताले आफूहरुको मुनाफा कमी भइरहेको बताइरहँदा बिक्रीस्थललाई सुरक्षित बनाउनेतर्फ पनि ध्यान दिनुपर्ने बताए। उनले आपसी छलफलका माध्यमबाट व्यवसायीका मुनाफा निर्धारण गर्न सकिने पनि बताए। महासङ्घका अध्यक्ष महेश्वरकुमार श्रेष्ठले बिक्रेताको हकहित र अधिकारका लागि महासङ्घ सदैव लागिपरेको बताए। महाधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।- मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
1,101,784
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले काठमाडौं आवतजावतका लागि भोलिबाट नयाँ व्यवस्था गर्ने भएको छ । अब काठमाडौंका नाकाबाट आवतवजावत गर्दा थप कडाई हुने भएको हो । कोरोना संक्रमणको कारण यसअघि अत्यावश्यक कामका लागि काठमाडौं बाहिर जाने सवारी साधानका लागि सहजीकरण गर्दै आएकोमा अब नयाँ नियम लागू हुने भएको हो । काठमाडौंबाट बाहिर जाने र काठमाडौं प्रवेश गर्नेहरुले आफैँ उपस्थित भएर तोकिएको निवेदन, अत्यावश्यक कामको लागि जाने स्पष्ट खुल्ने कागजपत्र, जान चाहेको जिल्ला, प्रशासन कार्यालयको अनुमति पत्रलगायतको सिफारिस अनिवार्य गरिएको हो ।
makalukhabar.com
4,406,543
वडाको लिङलिङमा मंगलबार स्थानीयले तीर हान्ने प्रतिस्पर्धा गरेका हुन् । वडा अध्यक्ष मिङमार छिरिङ तमाङ तथा प्रमुख लामा लोबु लामाको उपस्थितिमा प्रतियोगिता सञ्चालन भएको थियो ।परम्परागत रुपमा नै वडा क्षेत्रभित्र तीर हान्ने प्रतिस्पर्धा हुँदै आएको र सोको जगेर्ना गर्दै हरेक वर्ष कार्यक्रम सञ्चालन गर्दै आएको वडाध्यक्ष तमाङले बताए । उनले भने ‘ तिब्बती भाषामा तीर हान्ने प्रतियोगितालाई धाधुई भनिन्छ । शिकार खेल्नलाई पहिला तीरको प्रयोग गरिन्थ्यो । त्यही समय देखि नै धाधुई हुँदै आएको मान्यता छ ।’ मंगलबार भएको प्रतियोगिताका बिजेतालाई नगदसहित पुरस्कृत समेत गरेको उनले बताए । प्रतियोगितामा दोर्चे फोगोङ तमाङले प्रथम स्थान हाँसिल गरेका थिए । पासाङ नुर्पू तमाङले दोस्रो तथा खाम्सुङ तमाङले तेस्रो स्थान हासिल गरेका छन् । उनीहरुलाई क्रमशः छ हजार, चार हजार र दुई हजार रुपैयाँ पुरस्कार उपलब्ध गराएको उनले बताए । वडाध्यक्ष तामाङले पालिकाखबरसँग भने, ‘हामीले धेरै पुरस्कार त दिन सक्दैनौँ । तर तीर हान्ने रुची भएकालाई प्रोत्साहन गर्न खोजेका हौँ ।’ वडा नं ३ कै गुम्बा क्षेत्रमा शुक्रबार तीर हान्ने ठुलो प्रतियोगिता सञ्चालन हुने उनले बताए । सो दिन करिब ८० जना प्रतिस्पर्धीले प्रतियोगितामा भाग लिने अनुमान उनको छ ।
palikakhabar.com
5,072,597
शनिबार बालुवाटारमा ओली समूहमा प्रवेश गर्नेहरुमा जनयुद्ध सकिएपछि माओवादीमा लागेका लीलाबहादुर थापादेखि लेनिन विष्टसम्म छन्। यसअघि पूर्व डिभिजन कमान्डर कालीबहादुर खामको नेतृत्वमा ठूलो संख्यामा लडाकु भित्र्याउने ओलीको तयारी थियो। तर, त्यो असफल भएको एक पूर्व बटालियन कमान्डरले बताए। ‘विविधलाई कमान्डर मानेर सामूहिक रुपमा गएको भए ठिकै हुन्थ्यो होला तर त्यस्तो भएन,’ उनले भने, ‘बरु, हिजो जनयुद्धमा कुनै भूमिका नभएकाहरु आआफ्नो झुण्ड लिएर गएछन्।’ यसबाट पूर्वलडाकुको हित नहुने उनको भनाइ छ। ‘जनमुक्ति सेना मिलेर आएनन्, किस्ताकिस्तामा आउने भए। सबैले आफ्आफ्नो गुट बनाउने, सोझै प्रधानमन्त्रीसँग बार्गेनिङ गर्ने अनि जाने, यसले हाम्रो मुद्दा कमजोर हुनेभयो र प्रधानमन्त्रीलाई मात्र राम्रो भयो, उनले चाहेकै त्यही थियो,’ उनले भने। उनले ओली समूहमा गुटगत भेदभाव गरिएको बताए। ‘ओली पार्टीमा पनि नेतापिच्छेको खेमा रहेछ,’ उनले भने, ‘म त बादलले पूर्वपीएलए एक हौँ भनेपछि यता मिसिएको हो। जिम्मेवारी दिने कुरा थियो। तर, पछि यो गुट, त्यो गुट भनेर भेदभाव गरियो।’ प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापाले पूर्वलडाकुलाई एकत्रित पार्ने काममा खाम र बालकृष्ण ढुंगेललाई अघि सारेका थिए। सोहीअनुसार उनीहरु देशभरका पूर्वजनमुक्ति सेना भेट्दै र भेला गर्दै हिँडेका छन्। तर, ओली आफैँले केही लडाकुहरुलाई भेटेर भित्र्याउन थालेपछि ढुंगेल अन्यौलमा परेका छन्। ‘पूर्वपीएलएका साथीहरुसँग छलफल चाहिँ तीव्र चल्दैछ तर, यही गर्ने भनेर ठोस बनिसकेको छैन। किस्ता किस्तामा पनि हुनसक्छ, एकैचोटीपनि हुनसक्छ भन्ने थियो, तर, साथीहरु व्यक्तिगत रुपमा आफ्नै गुट बनाएर जान थल्नुभयो,’ ढुङ्गेलले भने। यही विषयमा शनिबार गृहमन्त्री थापा र ढुङ्गेलबीच छलफल पनि भएको थियो। छलफलमा पूर्वलडाकुलाई दिइने प्याकेजबारे निर्णय गर्न सुझाव दिएको ढुंगेलको भनाइ छ। ‘अहिलेसम्म पूर्वलडाकुलाई के दिने भन्नेबारेमा कुनै निर्णय भएको छैन, आर्थिक प्याकेज दिने विषयमा पनि सहमति जुटेको छैन। सबै एकैचोटी प्याकेजमा नहुनसक्छ, किस्ता किस्तामा हुनसक्छ,’ ढुङ्गेलले नेपालखबरसँग भने, ‘उहाँहरुको अपमानलाई सम्मानमा बदल्ने, अयोग्यलाई योग्य बनाउने, घाइते अपांगहरुको उपचार गर्ने, जनआन्दोलन, मधेस आन्दोलन, जनयुद्धका घाइतेहरुको जीवन निवृत्तिभरणको विषयमा के गर्न सकिन्छ भनेर छलफल चलिराखेको छ। एउटा कार्यदल बनाएर त्यसले दीर्घकालीन समाधान कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्ने र समाधान गर्ने भन्ने हो। पैसा दिने भन्दा पनि उद्यमशील बनाउन पर्छ भन्ने मेरो सुझाव हो।’ यस विषयमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापा सकारात्मक भएपनि विश्वास गरिहाल्ने अवस्था नरहेको उनले बताए। ‘प्रधानमन्त्री र गृहमन्त्री पोजिटिभ हुनुहुन्छ। परिणाम कति निस्किन्छ मुख्य कुरा त्यहाँ हो,’ उनले भने। उनले खामलगायतको टोली छलफलमै रहेको र प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा जाने सम्भावना नरहेको बताए। ‘विविध लगायतको टोली छलफलमै छ, प्रचण्डलाई २० वर्षदेखि उहाँहरुले चिन्नुभएको छ,’ ढुंगेलले भने। कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेपछि खाम १२ वर्षदेखि प्रहरीको फरार सूचीमा छन्। उनले पछिल्लो समय प्रधानमन्त्री ओलीसँग २ पटक बालुवाटारमा भेट गरेका थिए। त्यसपछि उनले तत्कालीन माओवादीको पहिलो, दोस्रो र तेस्रो डिभिजनका बटालियन कमान्डरहरुसँग सम्पर्क गरेका थिए। पश्चिमतिरका लडाकु भेला गर्दै नेपालगञ्ज पुगेको बेला खामलाई प्रचण्डनिकट केही नेताहरुले सम्पर्क गरेर प्रचण्ड–नेपाल नेतृत्वको नेकपामा बस्न सुझाव दिएका थिए। तर, खामले आफूमाथिको ज्यान मुद्दा ओलीले फिर्ता लिने प्रतिबद्धता जनाएकोले सो निर्णय कुरिरहेको जवाफ दिएका थिए। ‘ममाथि लागेको झुठा मुद्दालाई प्रधानमन्त्री ओलीले फिर्ता लिन्छु भन्नुभएको छ,’ खामकोे भनाइ उधृत गर्दै प्रचण्ड निकट एक केन्द्रीय सदस्यले भने, ‘सो मुद्दा फिर्ता भए म ओलीको पक्षमा खुलेर लाग्ने हो।’ अहिलेसम्म त्यसबारे कुनै निर्णय नभइसकेकाले उनी त्यसैको पर्खाइमा छन् ।
nepalkhabar.com
3,712,107
बजार खुलेको एक घण्टा ४५ मिनेटपछि देखिएको समस्या समाधान हुन नसक्दा कारोबार नै प्रभावित भएको हो । आइतबार कारोबार प्रणालीमा देखिएको समस्या सिस्टम निर्माता कम्पनी वाइको प्रालिको प्रोटोकल लेयरमा नै समस्या देखिएकाले अन्य दिनको भन्दा जटिल रहेको नेप्सेले जनाएको छ । ब्रोकरले कारोबार गर्ने म्याचिङ इन्जिनमा ’लग इन’ हुन नसके पछि बजार खुलेको पौने दुई घण्टापछि कुनै कारोबार हुन सकेन् । सामान्य समस्या आइरहेको अनलाइन प्रणालीमा जटिल समस्याहरुसमेत देखापरेको हो । बारम्बार समस्या दोहोरी रहँदा अनलाइन प्रणाली प्रतिको विश्वास नै लगानीकर्ताले गुमाउने चिन्तासमेत बढ्न थालेको छ । नेप्सेको कमजोरीको कारण ब्रोकर तथा लगानीकताले सास्ती खेप्नु परेको ब्रोकरहरुको भनाइ छ । नेप्सेले प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्न निर्माता कम्पनी वाइकोलाई निर्देशनसमेत दिएको जनाएको छ । आइतबार नेप्सेको प्रविधिक समस्याले गडबढीले डेढ घण्टा मात्रै कारोबार भयो । दिउँसो १२ः४१ बजेदेखि नेप्सेको सेयर कारोबार गराउने प्रणाली (सिस्टम) नै नचलेपछि कारोबार रकमसमेत खुम्चिएको छ । बजार खुलेको अवधिमा १४० कम्पनीका ३ लाख २२ हजार २४२ कित्ता सेयर ९ करोड ३८ लाख रुपैयाँमा कारोबार भएको हो । नेप्से परिसूचक भने ०.९४ अंकले बढेर ११२८.७१ विन्दुमा पुगेको छ । काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढ्दा काठमाडौं– संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेसहित अन्य दल मिलेर सरकार बनाएपछि काठमाडौं- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार झण्डै ६० अंकले उकालो लागेको छ काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ ।
karobardaily.com
284,636
भारतले टापु राष्ट्र माल्दिभ्सलाई १ अर्ब ४० करोड अमेरिकी डलर सहायता दिने भएको छ। राष्ट्रपति इब्राहिम मोहमद सोलिहको तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारतले माल्दिभ्सलाई सहायता दिने प्रतिवद्धता व्यक्त गरेको हो। गत नोभेम्बर १७ मा राष्ट्रपतिको सपथ लिएका सोलिह महिना दिन नपुग्दै पहिलो विदेश भ्रमणका लागि आइतबार नयाँदिल्ली आएका हुन्। सोमबार प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भएको औपचारिक भेटमा दुई देशबीच हिन्द महासागर क्षेत्रको सुरक्षा मिलेर गर्ने सहमति पनि भएको छ। ‘राष्ट्रपति सोलिह र म हिन्द महासागर क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न आपसी सहयोग अझ गहिरो बनाउन जरूरी छ भन्ने कुरामा सहमत भयौं,’ सोलिहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘दुबै देशको हित एकअर्कासँग जोडिएको छ। यस क्षेत्रको स्थिरताका लागि एकअर्काका हित र चिन्ताप्रति सचेत हुनेमा हामी एकमत छौं। अर्को देशलाई नोक्सान हुने यस्ता कुनै पनि गतिविधिका लागि आफ्नो देशको उपयोग हुन दिनेछैनौं।’ गत चुनावमा सोलिह चीननिकट मानिएका तत्कालीन राष्ट्रपति अब्दुल्ला आमिनलाई हटाएर निर्वाचित भएका थिए। मालेमा भएको उनको सपथ समारोहमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी थिए। सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी कुनै सरकार वा राष्ट्रप्रमुखको सपथमा गएका थिएनन्। सपथमा मोदी गएपछि भारतीय सञ्चारमाध्यमले सोलिहको विजयसँगै हिन्द महासागरको महत्वपूर्ण यो टापु राष्ट्र चीनको प्रभावबाट बाहिर आएको बताएका थिए। माल्दिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो। पछिल्ला वर्षहरुमा राष्ट्रपति यमीनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। माल्दिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए। निकै शक्तिशाली मानिएका चीननिकट राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका थिए। सपथपछि नयाँ राष्ट्रपति सोलिहले देश आर्थिक संकटमा रहेको बताएका थिए। ‘मैले सपथ लिने बेलामा देशको अर्बौं रूपैयाँ हराइरहेको छ, कति पैसा हराइरहेको छ भन्ने पनि हामीलाई ठ्याक्कै थाहा छैन,’ सलाहले भने, ‘यो रूपैयाँ पाउन हामीले विदेशी सहयोग चाहिन्छ।’ मोदीले सलाहलाई माल्दिभ्सको सामाजिक र आर्थिक दीगो विकासका लागि सहयोग गर्ने वचन दिएका थिए ।
setopati.com
5,546,214
तस्बिर : रासस प्रेस काउन्सिल नेपालले परिपक्व पत्रकारिताका लागि सञ्चारमाध्यममा सम्पादकीय स्वतन्त्रता प्रदान गरिनुपर्ने आवश्यकता औँल्याएको छ । काउन्सिलद्वारा आयोजित ‘समाचार सम्पादनमा पत्रकार आचारसंहिताको सवाल’ विषयक अन्तरक्रियामा पत्रकारिताको महत्त्व र आकर्षण कायम राख्न सूचना तथा समाचार छुट्याएर सम्प्रेषण गर्न सक्नुपर्नेमा जोड दिइयो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले मर्यादित र विश्वसनीय पत्रकारिताका लागि प्रत्येक सञ्चार गृहले आ-आफ्नो आचारसंहिता लागू गर्नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “समाचार कक्षमा सम्पादकीय स्वतन्त्रता हुनुपर्छ । बजारमा सूचनाको बाढी छ तर ती सबै सूचना समाचार होइनन् । यसमा ध्यान दिन पत्रपत्रिकालगायत परम्परागत सञ्चारमाध्यमलाई जोगाई राख्न प्रविधिमैत्री बनाउनुपर्छ ।” शेयर बजार र आर्थिक गतिविधिसँग जोडिएका विषयलाई विशेषरुपमा अध्ययन गर्ने बताउँदै उहाँले पत्रकारिता क्षेत्रलाई सशक्त बनाउन काउन्सिल क्रियाशील रहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले समाचार कक्षमा आउने सूचनालाई गुणस्तरीय बनाउन समाचारमा सम्पादकीय सीप झल्कनुपर्ने सुझाव दिनुभयो । उहाँले समाचार सामग्रीलाई सम्प्रेषणयोग्य बनाउनाका साथै सम्पादकले तत्काल सामाग्री जुटाउने, योजना बनाउने, सहयोग र समन्वय गर्ने क्षमता तथा सक्रियमा पनि ध्यान दिनुपर्ने बताउनुभयो । “हामीले दिएका तथ्य र सूचना गलत भएमा न्याय पनि मर्नसक्ने भएकाले स्रोत उल्लेख र पुस्ट्याइँलाई पनि विशेष ध्यान दिनुपर्ने आवश्यकता छ । यसमा सम्पादक र सञ्चारमाध्यम गम्भीर बन्नुपर्छ”, अध्यक्ष पोखरेलले भन्नुभयो । काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आचारसंहिता पालनामा र पत्रकारको क्षमता अभिवृद्धि गर्न-गराउन मिडियालाई सुझाव दिनुभयो । कार्यक्रममा विभिन्न सञ्चारमाध्यमको सम्पादन शाखामा कार्यरत पत्रकारले समाचार सत्यतथ्यमा आधारित हुनुपर्ने तथा दिइएका सामग्री भरसक गलत हुन नदिन आफूहरू सचेत रहेको बताउनुभयो । सही सूचना प्रवाह गर्ने समाचार कक्षमा कार्यरत व्यक्तिको भूमिका पर्दा पछाडिका खेलाडी जस्तै हुने भन्दै उहाँहरूले रहने सम्पादकको समयसापेक्ष क्षमता विकासमा सञ्चारमाध्यम र सरोकार भएका निकायले ध्यान दिनुपर्ने बताउनुभयो ।
gorkhapatraonline.com
48,263
शिक्षक सेवा आयोगको २०७८ पुष १९ को एघारौं संशोधनले शिक्षकको लागि शिक्षा शास्त्र तथा शिक्षा सम्बन्धी तालिमलाई विशेष महत्व दिइएको थियो । यसमा १० महिने तालिम पूर्णत बन्द रहेको अवस्थामा शिक्षाशास्त्र अध्ययन गरेका मात्र शिक्षक सेवामा सम्मिलित हुन पाउने नियम नै थियो भनेर मान्न सकिन्छ । शिक्षाशास्त्र उत्तीर्ण गर्नेहरुलाई र शिक्षाशास्त्र बाहेकका गणित, विज्ञान, अंग्रेजी, लेखा, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, इन्जिनियरिङ, पशुपालन, बालीविज्ञान उत्तीर्ण समेतलाई प्रतिस्पर्धाको नाउँमा अध्यापन अनुमतिपत्रको लागि मोटो रकम असुल्ने काम सरकार तथा आयोगले निरन्तर गरिरहेको छ । हुन त शिक्षाशास्त्र उत्तीर्ण हुन विशिष्ट उद्देश्य, आवश्यक सामाग्री आफैले तयार गरेर विभिन्न उमेर समूहका बालमस्तिष्कको भावना बुझी शिक्षण सिकाइ क्रियाकलाप समेटिएको पाठयोजना सहित महिनादिन विद्यालयमा अभ्यास शिक्षण सेवा गर्नु अनिवार्य छ । तर अन्य विषय अध्ययन गरेर कतै रोजगारी नपाउँदा समय बिताउन सोधखोज, भनसन तथा राजनीतिक आस्थाका आधारमा सरकारी विद्यालयमा प्रवेश गरेपछि अनेकौं कागजात मिलाएर अनुमतिपत्रमा सामेल हुन योग्य बनाउने र उत्तीर्ण भएर स्थायी हुँदा सुविधा लिने तर काम गर्न अल्छि हुने संस्कार बसेको छ । यसरी शिक्षाशास्त्र उत्तीर्णलाई अनुमतिपत्रको अनिवार्यताले शिक्षा शास्त्र पढ्ने विद्यार्थी तथा शिक्षकहरुको उत्साहलाई निरुत्साहित गरेर अन्याय गरिरहेको छ । कतिपय मार्गनिर्देशन दिने प्राध्यापक तथा शिक्षकहरुमा विद्यालयका लागि आवश्यक अङ्ग्रेजी, गणित, विज्ञान, लेखा कम्प्युटर, लेखा, अर्थशास्त्र, भूगोल, स्वास्थ्य तथा शारीरिक शिक्षा, इतिहास, नेपाली, सामाजिक लगायत अन्य विषयहरु विश्वविद्यालयको शिक्षाशास्त्रमा अध्ययन गर्न सकिन्छ भन्ने ज्ञानको कमी रहेको पाइन्छ । विश्वविद्यालयको शिक्षा शास्त्र सङ्कायको औचित्य र विगतमा शिक्षा शास्त्र पढेकाहरूलाई मात्र वितरण गरिए तापनि लाखौं गैर शिक्षाशास्त्र उत्तीर्णले अध्यापन अनुमति पत्र लिएर सरकारी सेवामा आवद्ध भए । तर तिनीहरु मध्ये धेरैले निजी विद्यालयमा लगानी गर्दा सरकारी तथा सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी स्तर खस्किएको छ । शिक्षाशास्त्र सङ्काय अध्ययनको विषयमा छलफल र बहसका विषयवस्तु बन्न सकेमा शिक्षाशास्त्र सङ्कायको भूमिका र यसको गुणस्तरीयताले विद्यालयको शैक्षिक स्तरमा वृद्धि गर्न सहयोग पुग्ने अपेक्षा छ । इतिहासलाई हेर्दा २८ सालमा अनिवार्य गरिएको शिक्षण तालिम वैदेशिक सहयोग पाउन केही वर्षमै हटाइयो र तालिम लिएका र नलिएकाहरूका साथै एसएलसी उत्तीर्ण, एसएलसी अनुत्तीर्ण र दुई विषय सम्म अनुतीर्ण र त्यो भन्दा धेरै अनुत्तीर्ण भन्ने आधारमा शिक्षकलाई वर्गीकरण गरि फरक फरक तलव भत्ता दिने गरिएको अवस्था अहिले पनि केही हदसम्म यथावत नै छ । ४६ सालको प्रजातन्त्र प्राप्ति पश्चात् तालिम लिएका वा नलिएका दक्ष या कमजोर भन्ने कुनै कुराको आधार नबनाई हजारौं शिक्षक स्वतः स्थायी गरिए । ५२ सालमा खोलिएको आयोगमा पनि तालिमको कुरा थिएन । उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०५५ र शिक्षा सम्बन्धी उच्चस्तरीय कार्यसमितिको प्रतिवेदन २०५८ कार्यान्वयन गर्ने क्रममा २०५८ सालमा गरिएको शिक्षा ऐन २०२८ को सातौं संशोधनले शिक्षक बन्नका लागि अध्यापन अनुमति पत्रको अनिवार्य व्यवस्था भयो । २०५९ बाट अनिवार्य गरिएको अध्यापन अनुमति पत्र र शिक्षा शास्त्र अध्ययनको अनिवार्यतालाई बेवास्ता गरी २०६६ सम्ममा करिब ९८ प्रतिशत शिक्षकले अध्यापन अनुमति र तालिम प्राप्त गरेको आधार दिँदा उक्त समयको शैक्षिक उपलब्धि, सिकाइ स्तर, अभिभावकको सन्तुष्टि र एसएलसी परीक्षाको उत्तीर्ण स्तर वा प्रतिशतमा त्यति धेरै ठूलो भिन्नता देखिँदैन । अध्यापन अनुमति पत्र नलिएका शिक्षकले व्यवहारिकतामा १० वर्ष पढाएका सामुदायिक विद्यालयको २०६० को एसएलसी उत्तीर्ण प्रतिशत ३६ थियो भने अध्यापन अनुमति पत्रको अनिवार्य व्यवस्था भएपछि सिद्धान्त घोकाइले २०७० को एसएलसी परीक्षामा सामुदायिक विद्यालयको उत्तीर्ण प्रतिशत २८ रह्यो । यो तथ्यले विशिष्ट उपलब्धी हासिल गरेका विद्यार्थी शिक्षा शास्त्र प्रति लगाव नराखी अन्य विषयको अध्ययन पश्चात् रोजगारी नपाएको अवस्थामा समय बिताउन विद्यालयको सेवामा प्रवेश गर्ने र सरकारी सविधा पाउन जसरी नि अध्यापन अनुमति पत्र लिने व्यवस्थाको कारण शैक्षिक गुणस्तरीयतामा आएको ह्रासलाई अझै बेवास्ता गरिएको छ । सुरुको दुई पटकका लागि महिला र अपाङ्गता भएका व्यक्ति जुनसुकै सङ्काय अध्ययन गरेका भए तापनि अध्यापन अनुमति पत्रको परीक्षामा सहभागी हुन पाएका थिए । त्यस पछिका समयमा पनि कहिले जुनसुकै विद्यालयमा एक वर्ष पढाएका, त कहिले ३ वर्षभित्र तालिम लिने गरि जुनसुकै विषय पढेका वा दुर्गम क्षेत्रका लागि भनेर विभिन्न ढङ्गले अध्यापन अनुमतिपत्र वितरण गर्ने परम्पराले यसको कार्यान्वयन कमजोर भई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरीयतामा कमी आएको देखिन्छ । यसर्थ विद्यालय सेवाको लागि शिक्षाशास्त्रको अनिवार्यता गरी विद्यालय तहमा विशिष्ट अङ्क वा ग्रेड ल्याउने विद्यार्थीलाई शिक्षाशास्त्र अध्ययनमा लगाव बढाएर पछिल्लो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि सबैले आआफ्नो तरिकाबाट पहल गरौं ।
canadanepal.com
5,099,586
प्रतिनिधि सभाको बिहीबारको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर सम्बन्धि कार्यक्रम भदौ १२ गतेको बैठकमा हुनेगरी निर्धारण गरेको जानकारी गराएका हुन्। उनले यस पटकको प्रश्नोत्तरमा समूह २ मा रहेका सांसदहरुले प्रश्न सोध्न पाउने बताए। उनले प्रधानमन्त्रीलाई सोध्ने प्रश्न भदौ ८ गते शुक्रवार दिउँसो ३ बजेभित्रमा प्रतिनिधि सभाका सचिव समक्ष लिखित रुपमा दिन पनि आग्रह गरे। त्यसैगरी सभामुखले समिति सभापतिहरुको निर्वाचनका लागि भदौ ११ गते दिउँसो ३ बजेको समय तोकेको पनि जानकारी गराए। प्रतिनिधि सभाको अर्को बैठक भदौ १२ गते मंगलवार बिहान ११ बजे बस्नेगरी बोलाइएको छ ।
nepalkhabar.com
1,268,061
निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रूपमा बुद्धि र रविसँग मंगलबार एग्रिमेन्ट भएको जानकारी गराए। यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुष्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत छानिएका थिए। फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा फिल्म निर्माण हुन लागेको हो। सुनील मानन्धर प्रस्तुकर्ता रहेको फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट रहेका छन्। फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ। उत्तम केसीको कथा रहेको फिल्ममा पटकथा, संवाद हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्काको रहेको छ। यस अगाडि ‘तिम्रो लागि’, पाठशाला’लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन् ।
annapurnapost.com
417,309
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीविरुद्ध ‘लकडाउन’ अपरिहार्य कदम भएको स्पष्ट गर्दै त्यसकै कारण महामारीलाई फैलिन नदिने प्रयासमा ठूलो सहयोग पुगेको बताउनुभएको छ । राष्ट्रका नाममा आज सम्बोधन गर्दै उहाँले यो महामारी नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेकाले स्थितिलाई भयाभह बन्न नदिन आजदेखि आठ दिनसम्म लकडाउनको अवधि बढाउनु परेको स्पष्ट गर्नुभयो । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तरराष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामासमेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले महामारीविरुद्ध लड्न थप हौसला मिलेको बताउँदै प्रधानमन्त्रीले सम्पूर्ण नागरिकको साझा प्रयासले महामारीलाई नियन्त्रण गर्न सफलता मिलिरहेको उल्लेख गर्नुभयो । महामारीका बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको, महामारीविरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाइँ भएको, त्यसमा सबै नेपाली जनताको साथ र सहयोग आवश्यक रहेको बताउँदै प्रधानमन्त्रीले सामाजिक दूरी कायम गर्न लकडाउन विकल्पहीन माध्यम भएकाले यो जतिसुकै कष्टकर भए पनि हरतरहले सफल पार्न सबैमा आग्रह गर्नुभयो । उहाँले नागरिकलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध रहेको बताउँदै त्यसमा सबैलाई एकताबद्ध हुन आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले गर्नुभएको सम्बोधनको पूर्णपाठ यसप्रकार छः आदरणीय दिदीबहिनी तथा दाजुभाईहरु, – आज सिङ्गो मानवजाति कोभिड–१९ को महामारीविरुद्ध कठिन युद्ध लडिरहेको छ । तपाईंहरुलाई सम्बोधन गर्न उभिएको यस घडीसम्म कोरोना महामारीका कारण विश्वभरी ७४ हजारभन्दा बढीको ज्यान गइसकेको छ । ४७ हजारभन्दा बढी अत्यन्त नाजुक अवस्थामा रहेका बिमारीसहित १३ लाखभन्दा बढीमा सङ्क्रमण फैलिएको छ । म यस महामारीमा ज्यान गुमाउने नेपाली दाजुभाइ, दिदीबहिनी लगायत सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सङ्क्रमितहरु निको भएर घर फर्किन सक्नुहोस् भन्ने कामना गर्दछु । हाम्रो पुस्ताले भोगेको सर्वाधिक गम्भीर चुनौतीमध्येको यस महामारीविरुद्ध कठिन लडाईंमा रहेका सबै राष्ट्र र जनसमुदायप्रति नेपाली जनताको तर्फबाट ऐक्यबद्धता व्यक्त गर्दछु । – नेपाल पनि कोरोनाविरुद्धको लडाईंमा होमिएको छ । देशमा सङ्क्रमणको पहिलो केस पहिचान भएदेखि यता तपाईं हाम्रो साझा प्रयत्नले सङ्क्रमितहरुको सङ्ख्या ९ जनामा मात्र सीमित गर्न सकिएता पनि हामी अझै पनि उच्च जोखिममा छौंँ । – दुई सातादेखि मुलुक लकडाउनमा छ । यसबाट तपाईंहरुमा पर्न गएको असुविधाप्रति म संवेदनशील छु । दैनन्दिन ज्यालादारी गरेर गुजारा गर्नुपर्ने श्रमिकहरु सर्वाधिक मर्कामा हुुनुहुन्छ । धेरै व्यवसायीहरुले आफ्नो व्यवसाय बन्द गर्नु परेको छ । विद्यार्थीहरुको पढाइ छुटेको छ । जेलमा यन्त्रणापूर्ण वर्षहरु र लामो एकान्तबास बिताएको मैले लामो समय एकान्तबासमा बस्दाको कठिनाइलाई सहजै अनुभूत गर्न सक्छु । – तर नियन्त्रणका लागि हालसम्म कुनै खोप र उपचारका लागि कुनै औषधि पत्ता नलागेको यस महामारीविरुद्ध लकडाउन अपरिहार्य कदम हो भन्ने तपाईं–हामी सबैलाई थाहा छ । लकडाउनकै कारण महामारीलाई फैलिन नदिने हाम्रो प्रयासमा ठूलो सहयोग पुगेको छ । तर समस्या अझै यथावत छ र थप सावधानी अपनाइएन भने अझ भयावह बन्न सक्ने खतरा पनि छँदैछ । त्यसैले आजबाट थप ८ दिनको लागि लकडाउनको अवधि बढाउन हामी बाध्य भएका छौँ । सबै कठिनाइहरु झेलेर यस अभियानमा पूर्ण साथ दिनु हुने तपाईंहरु सबैप्रति हार्दिक सम्मान व्यक्त गर्दै बाँकी अवधिका लागि पनि यस्तै धैर्य र सहयोगका लागि अनुरोध गर्दछु । – सीमित पूर्वाधार, स्वास्थ्यसामग्री तथा उपकरणका कमीको बाबजुद चिकित्सक, स्वास्थ्यकर्मी तथा अग्रिम मोर्चामा संलग्न सबै राष्ट्रसेवकहरुले देखाउनु भएको कर्तव्यपरायणता अत्यन्तै सराहनीय छ । हाम्रै स्वास्थ्य रक्षाका लागि सुरक्षाकर्मीहरु दिउँसोको चर्को घाम होस् या रातिको अँध्यारो, निरन्तर सेवामा खटिइरहनु भएको छ । मित्र राष्ट्रहरुबाट प्राप्त सद्भाव एवं कतिपय अन्तरराष्ट्रिय अनुसन्धान संस्थाहरुले नेपालले चालेका कदम कतिपय विकसित मुलकको तुलनामा समेत प्रभावकारी रहेको भनेर गरेको विश्लेषणले तपाईं हामीलाई यस महामारीविरुद्ध लड्न थप हौसला मिलेको छ । – यस्ता सङ्कटका बेला प्रदेश सरकार र स्थानीय तह एवं जनप्रतिनिधिहरुको भूमिका कति प्रभावकारी हुँदो रहेछ भन्ने स्पष्ट देखिएको छ । म आ–आफ्नो तहमा सङ्क्रमण फैलिन नदिन र विपन्न परिवारहरुलाई राहत पु¥याउन अहोरात्र खटिरहनु भएका जनप्रतिनिधिहरुप्रति हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु । यस क्रममा स्थानीय समुदायहरु र सामाजिक सङ्घसंस्थाहरुको क्रियाशीलता पनि उल्लेखनीय रहेको छ । – बाहिरबाट आएका सङ्क्रमितबाट स्थानीयमा सरेको सङ्क्रमण (लोकल लेभल स्प्रेड) एकजनामा देखिएसँगै हामी महामारीको दोस्रो चरणमा प्रवेश गरेका छौँ । यसले थप सजगता र सावधानीको माग गरेको छ । महामारीका विरुद्ध सरकारले रोकथाम, नियन्त्रण र उपचारको तीन सूत्रीय विधि अपनाएको छ । – कोभिड–१९ अथवा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले समग्र कामको अगुवाइ गरिरहेको छ । यसका अतिरिक्त, आमजनसमुदाय, राजनीतिककर्मी, राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय तथा स्वास्थ्यकर्मीहरुको संयुक्त ‘कमाण्ड’को रुपमा ‘कोरोना सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)’ स्थापना गरिएको छ । यसले युद्धस्तरमा कामको समन्वय, निर्देशन र सम्पादन गर्छ । पहिचान गर्ने, परीक्षण गर्ने र उपचार गर्ने सबै कामलाई समन्वयात्मक ढङ्गले सम्पादन गर्न यसका ४ संरचना (अप्स) खडा गरिएको छ । बिरामी ओसारपसार (पिआरटी) को उपयुक्त व्यवस्था गरिएको छ । – सिसिएमसी, हामी सबैको साझेदारीमा सञ्चालन हुने संरचना हो । .मुख्यमन्त्रीको संयोजनमा प्रदेश तहमा र स्थानीय तहको वडास्तरसम्मै यस संरचनाको सञ्जाल निर्माण गरिएको छ । स्थानीय तहका वडास्तरसम्म वडा अध्यक्षको संयोजनमा हुने संयन्त्रले आफ्नो वडामा सरकारद्वारा घोषित राहत वितरण गर्नेछ । बिरामी छन्÷छैनन्, औषधि–उपचार पाए÷पाएनन्, बेरोजगार विपन्नहरुले खान पाए÷पाएनन् ? त्यसको अनुगमन तथा व्यवस्थापन समेत गर्ने छ । – मुलुकभर हाल ३० हजार ५ सय ६६ जनालाई राख्न सकिने गरी क्वारेन्टिन केन्द्रको व्यवस्था गरिएको छ । यतिबेला ९ हजार १ सय ६८ जना क्वारेन्टिनमा हुनुहुन्छ । ३ हजार २ सय ५९ जना राख्न सक्ने क्षमताको आइसोलेशन वेड तयार गरिएको छ, हाल त्यहाँ ९५ जना उपचारत हुनुहुन्छ । सरकार सकभर सङ्क्रमण फैलिन नदिन र फैलिहालेको अवस्थामा पनि त्यसलाई नियन्त्रण गर्न पूर्ण तयारीमा जुटेको छ । – यस अवधिमा सातै प्रदेशबाट पोलिमरेज चेन रियाक्सन (पिसिआर) प्रविधिबाट परीक्षण शुरु गरिएको छ । हिजोसम्म १ हजार ८ सय ९० जनाको परीक्षण गरिसकिएको छ । सातै प्रदेशका १० परीक्षण केन्द्रबाट परीक्षणलाई तीव्रता दिनुका साथै सङ्क्रमणको उच्च जोखिममा रहेका जिल्लाहरुमा द्रूत परीक्षण (¥यापिड डिटेक्सन टेस्ट–आरडिटी) विधिमार्फत् हजारौँको नमूना परीक्षणको तयारी अगाडि बढाइएको छ । सातै प्रदेशमा, उपचारमा आवश्यक पर्ने पर्सनल प्रोटेक्टिभ इक्विपमेण्ट (पीपीई) पूरा सेट– १ हजार ४८ थान, गाउन– ११ हजार ८ सय १९ थान, एन ९५ मास्क– ४ हजार ३४५ थान, मास्क– ५ लाख ६५ हजार २६१ थानसहित आवश्यक विभिन्न स्वास्थ्य सामग्रीहरुको व्यवस्था गरिएको छ । भेण्टिलेटरसहित अपुग स्वास्थ्य सामग्री तथा उपकरणको थप प्रबन्ध गरिँदै छ । दिदीबहिनी तथा दाजुभाइहरु ! – यसबीच हजारौँको सङ्ख्यामा नेपालीहरु घर फर्किनु भएको छ । उहाँहरुमध्ये कतिपयले क्वारेन्टिनमा बस्न गरिएको आग्रह र प्रबन्धहरुलाई ध्यान नदिएकोले चिन्ता थपिएको छ । उहाँहरुलाई पुनः आग्रह छ– स्वघोषणा गरेर जनप्रतिनिधिहरु र स्वास्थ्यकर्मीहरुको सम्पर्कमा जानुहोस् । तपाईंहरुको लापरबाही स्वयं तपाईंको परिवार र सिङ्गो समुदायका लागि निकै महँगो पर्न सक्छ । – नेपालमा लकडाउन सुरु भएपछि नेपाल–भारत सीमा नजिक आउनुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरुले भोग्नु परेको अप्ठ्यारो र उहाँहरुको भावनालाई हामीले बुझेका छौँ । तर सङ्क्रमणको जोखिमलाई न्यून गर्न हामीले अन्तरराष्ट्रिय सीमामा आवतजावत बन्द गर्नैपर्ने बाध्यता छ । भारत सरकारसँग समन्वय गरी सीमाको पारीपट्टि रहनु भएका २ हजार १ सय ४७ नेपालीहरुलाई उतै क्वारेन्टिनमा राखिएको छ । सीमाको वारीपट्टि रहेका करिब ७०० भारतीय नागरिकहरुलाई हामीले क्वारेन्टिनमा राखेका छौँ । लकडाउनलाई प्रभावकारी बनाउन र सम्भावित संक्रमणलाई सकेसम्म सानो घेरामा सीमित गर्न सरकारले यो उचित उपाय अपनाएको हो भन्ने सबै देशवासीले महसुस गर्नु नै भएको छ । निश्चित अवधि पूरा गरेपछि स्वास्थ्य परीक्षण गरेर उहाँहरुलाई देशभित्र भित्र्याइने छ । – विश्वव्यापी रुपमा सङ्क्रमण फैलिँदै जाँदा विदेशमा रहनुभएका कतिपय नेपालीहरुमा पनि सङ्क्रमण देखा परेको छ । केहीको दुःखद निधनसमेत भएको छ । लाखौँको सङ्ख्यामा विदेशमा रहेका नेपालीहरु आफ्नो स्वास्थ्य सुरक्षालाई लिएर, रोजगारी अथवा पढाइलाई लिएर र समग्र भविष्यलाई लिएर चिन्तित हुनुहुन्छ । सङ्कटको यस घडीमा हाम्रो सहानुभूति, साथ र सद्भाव उहाँहरुप्रति छ । हाम्रा दूतावास र मिसनहरु प्रवासी र गैरआवासीय नेपालीका समस्या समाधानमा क्रियाशील छन् । गैरआवासीय नेपाली सङ्घलगायत सामुदायिक संस्थाहरुले पनि सक्दो सहयोग गरिरहेका छन् । विदेशमा रहेका नेपालीहरुको स्थितिका बारेमा सम्माननीय राष्ट्रपतिज्यू स्वयंले नेपाली दूतावासहरुमार्फत जानकारी लिइरहनु भएको छ । नेपाली श्रमिक बहुल रहेका विभिन्न मुलुकका प्रधानमन्त्रीहरुसँग मैले टेलिफोन संवाद सुरु गरेको छु । परराष्ट्र मन्त्रालयले निरन्तर आवश्यक समन्वय र सहजीकरण गरिरहेको छ । मेरो आग्रह छ– सङ्कटको वर्तमान घडीमा जो जहाँ छौँ, त्यहीँ सुरक्षित रहौँ । सङ्कटका काला बादल अवश्य हटेर जानेछन् । – विश्वव्यापी महामारीविरुद्ध अन्तरराष्ट्रिय सहकार्य र समन्वयको खाँचो छ । विश्वव्यापी सङ्कटको घडीमा आफ्नो सरहदभित्र रहेका स्वदेशी र विदेशी नागरिक सबैलाई सुरक्षा र संरक्षण गर्ने दायित्व सबै सरकारहरुको हो । नेपालले सीमित साधनस्रोतका बाबजुद नेपालमा रहेका विदेशी नागरिकहरुको सक्दो हेरचाह गरिरहेको छ । हाम्रो विश्वास छ– असहज घडीमा विदेशमा रहेका नेपाली समुदायले पनि सम्बन्धित सरकारहरुबाट माया र संरक्षण पाउने छन् । – आउने २ साता सायद हाम्रा लागि थप चुनौतिपूर्ण हुन सक्छन् । यो अवधि कोरोनाको लक्षण प्रकट हुने अवधि मात्रै होइन, समुदायमा फैलिने उच्च जोखिमको अवधि पनि हो । त्यसैले महामारीको सङ्क्रमण फैलिन नदिन हाम्रा सारा प्रयास केन्द्रित गरिने छ । यसै हप्ताबाट प्रयोगमा ल्याइएको ¥यापिड डिटेक्सन टेस्ट किटले समुदायमा सङ्क्रमणको स्थिति पहिचान गर्न सघाउने विश्वास गरेका छौँ । यस परीक्षणमार्फत् सम्भावित सङ्क्रमितको ‘स्क्रीनिङ’ गर्ने र दोहोरो परीक्षणबाट सङ्क्रमित भए÷नभएको सुनिश्चित गरिनेछ । समुदायस्तरको परीक्षणको लागि उच्चस्तरीय निर्देशक समिति र सिसिएमसीले सम्भावित जोखिम रहेका जिल्ला र क्षेत्र तय गरी जनशक्ति परिचालन गरिसकेको छ । थप सुनिश्चितताको लागि क्वारेन्टिनमा तोकिएको अवधि पूरा गरेकाहरुको समेत परीक्षण गरिने छ । यसका लागि यहाँहरुको पूर्ण सहयोगको अपेक्षा गरेका छौँ । – महामारीको बेला रोजगारी गुमाएर कोही पनि श्रमिक भोकै पर्नु नपरोस् भनेर सरकारले स्थानीय तहहरुको संयोजनमा राहत वितरण गरिरहेको छ । – अर्थतन्त्रलाई गतिशील राख्न आवश्यक सुरक्षाविधि सुनिश्चित गरी कतिपय ‘मेगा प्रोजेक्ट’हरुको निर्माण जारी राखिएको छ । सरकारले कृषि कार्यलाई निरन्तरता दिने उपयुक्त उपायको खोजी गरेको छ र अवलम्बन गरिरहेको छ । – म विश्वास दिलाउन चाहन्छु–सङ्कटको बेलामा पनि र सङ्कटपछि पनि सरकार तपाईंहरुसँगै रहेर नेपालको आर्थिक विकासलाई गति दिन क्रियाशील हुनेछ । दिदीबहिनी तथा दाजुभाइहरु ! – महामारीविरुद्धको यो युद्ध चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको नेतृत्वमा लडिने विशेष प्रकृतिको लडाईं हो भन्ने हामीलाई थाहा छ । आजसम्मको तपार्इंहरुको भूमिकाले महामारीलाई नियन्त्रण गर्न मुलुकलाई राम्रो सफलता मिलिरहेको छ । अबको लडाईँको जीत, तपाईंहरुको हौसला, विशेषज्ञता र कर्तव्यनिष्ठतामा अडेको छ । तपाईंहरुको आँटको आधारमा नै सरकारले कुनै पनि कदम दृढताका साथ चाल्न सक्छ । यसैलाई ध्यानमा राखी उपाचारमा संलग्न स्वास्थ्यकर्मीलाई ड्युटीमा रहेका सुरक्षाकर्मी सरह नै संरक्षण गर्ने निर्णय सरकारले यस अघि नै गरिसकेको छ । राहत तथा सुविधाको हकमा उपचारको पहिलो घेरामा रहनेहरुलाई शतप्रतिशत, दोस्रो र तेस्रो घेरामा रहनेलाई ७५ र ५० प्रतिशत भत्ता यसअघि नै घोषणा गरिसकिएको छ । आवश्यक सुरक्षा उपकरणको व्यवस्था सहित २५ लाख बराबरको बीमाको व्यवस्था पनि सरकारले तपाईंहरुको समग्र सुरक्षाका लागि गरेको छ । – चिकित्सक टिमसँगै अग्रभागमा रही काम गरिरहेका सबै सुरक्षा निकायका सम्बन्धित व्यक्तिहरु, राष्ट्रसेवक कर्मचारीहरु, ड्राइभर, हेल्पर, सफाई कर्मचारीलगायत कोरोना भाइरसकाविरुद्धको उपचारमा संलग्न सबै श्रमिकहरुको भूमिका चिकित्सकीय टीमका सदस्य सरह नै महत्वपूर्ण हुने हुँदा सोही सरह भत्ता÷बीमासहित सरकारले तपाईंहरुको समग्र सुरक्षाको बन्दोवस्त गर्छ । यस अभियानमा परिचालन हुने समुदायमा काम गर्ने महिला स्वास्थ्य स्वयंसेवीहरुलाई रु एक हजार ५०० भत्ताको थप व्यवस्था गरिएको छ । – गत चैत ७ गतेको सम्बोधनमा मैले यस महामारीसँग जुध्नका लागि हाम्रो आफ्नै व्यवहार र दैनिकीमा परिवर्तन गर्न आग्रह गरेको थिएँ । यतिखेर ‘जीवन कि वैयक्तिक स्वतन्त्रता ?’ जस्ता प्रश्नमा अलमलिनु हुँदै हुन्न भन्नेमा जोड दिन चाहन्छु । जीवनको रक्षा नै सबैभन्दा महत्वपूर्ण मानव अधिकार हो र विश्व मानव जाति र मानवीय सभ्यताको रक्षा आजको विश्वको प्राथमिक महत्वको काम हो भन्ने कुरा स्पष्ट पार्न चाहन्छु । यो हामी सबैको साझा लडाईं हो र समाजको हरेक सदस्य यस लडाईंमा आफैँ एउता सिपाही हो भन्ने कुरा हामीले मनन गर्न सक्नु पर्दछ । यसो गरेर हामीले कोरोना भाइरसलाई परास्त गर्न सक्दछौँ । दाजुभाइ दिदीबहिनीहरु ! – यस खालको महामारीसँग जुझ्न समग्र विश्वको तयारी पर्याप्त रहेनछ भन्ने कुरा आज प्रत्यक्ष देखिएको छ । मानव स्वास्थ्यमा उच्च लगानी गर्ने नयाँ विश्व प्रणालीको आवश्यकता टड्कारो बनेको छ । विकसित, सम्पन्न र सुदृढ स्वास्थ्य प्रणाली भएका देशहरुलाई समेत आच्छुआच्छु पारिरहेको यस महामारीविरुद्ध जध्न हाम्रो जस्तो सीमित साधनस्रोत भएको मुलुकलाई हम्मेहम्मे पर्नु स्वाभाविकै हो । यतिबेला सबैभन्दा ठूलो चुनौती स्वास्थ्य उपकरणहरुको आपूर्तिमा परेको छ । मागको तुलनामा आपूर्ति कम हुँदा स्वास्थ्यसामग्री खोसाखोस भएको र विभिन्न मुलुकबीच आरोप–प्रत्यारोप समेत चलिरहेको छ । – नागरिकको जीवनरक्षाभन्दा महत्वपूर्ण कुरा अरु हुन सक्दैन । सामान्य अवस्थाका लागि बनेका नियमित प्रक्रियाहरु यस्तो असामान्य अवस्थाका लागि पर्याप्त हुँदैनन् । त्यसैले स्वास्थ्य उपकरणको आपूर्तिका लागि विशेष व्यवस्था गरिएको हो । अवस्था सामान्य होस् या असामान्य, सरकारका कामकारबाहीहरु विधिसम्मत् हुनुपर्छ र सुशासनका मानकमा ती खरो उत्रिनै पर्छ । सरकारका काम कुनै पनि संवैधानिक अङ्गहरुको सम्परीक्षणभन्दा माथि हुँदैनन् । तिनले गर्ने अध्ययन र गर्ने फैसलाका लागि सरकार हमेशा तयार रहन्छ । तर कामै गर्न नसक्ने र प्रक्रिया नै सुरु हुन नसक्ने गरी गरिने निराधार आरोप र मिथ्या प्रचारले अप्ठ्यारो अवस्थामा काम गरिरहेका व्यक्तिहरुलाई निरुत्साहित मात्रै गर्छ भन्ने कुरामा सबैले ध्यान दिनुपर्छ भन्ने मात्र मेरो आग्रह छ । समाजमा उठ्ने गरेका, खासगरी मिडिया र सामाजिक सञ्जालमा आउने गरेका आलोचना, टिप्पणी र सुझावप्रति मेरो पर्याप्त ध्यान गएको छ । मानवजाति विरुद्ध आइलागेको राष्ट्रिय र विश्वव्यापी सङ्कटको यस्तो परिस्थितिमा एकजुट भई लड्नु पर्ने समयमा सरकारलाई असफल देखाउन र आफ्ना विभिन्न प्रकारका निहीत स्वार्थ पूरा गर्न चलाइएका प्रचारबाजी बेमौसमी बाजा जस्तै हो र यस्तो प्रवृत्ति किमार्थ प्रशंसनीय हुन सक्दैन । भ्रष्टाचार नगर्ने र हुन नदिने वर्तमान सरकारको प्रतिबद्धतालाई लगातारको निराधार कूप्रचारले कमजोर पार्न सक्ने छैन । कहीँकतै अनियमितता र भ्रष्टाचारजन्य कुरा देखिएमा निर्ममतापूर्वक कारबाही गर्न वर्तमान सरकार किञ्चित पछि पर्ने छैन । – सरकार र जनताबीचको, राजनीतिक दलहरुबीचको, राज्य र समाजका सबै अङ्गहरुबीचको बलियो राष्ट्रिय एकता नै महामारीमाथि विजयको पूर्वशर्त हो । संसदको साझा सङ्कल्प, सर्वदलीय सहमति, प्रमुख प्रतिपक्षी दलसहित विभिन्न राजनीतिक दल तथा तिनका नेताहरुको ‘महामारीका विरुद्धको युद्धमा सरकारको साथमा रहने’ भनाइलाई यस सन्दर्भमा मैले राष्ट्रिय शक्तिको रुपमा लिएको छु । आगामी दिनमा पनि यस्तो समझदारी र एकता निरन्तर रहने कुरामा म विश्वस्त छु । – सङ्कटको यस घडीमा हामी कहाँ उभिएका थियौँ, हाम्रो ध्यान केमा थियो र हामीले के भूमिका खेलेका थियाँै भन्ने मूल्याङ्कन इतिहासले अवश्य गर्ने नै छ । व्यक्तिको स्मृति छोटो र कमजोर हुन सक्छ, तर इतिहास भने यस मामलामा निर्मम हुन्छ । मेरो आग्रह छ– मानव जातिलाई नै चुनौती दिइरहेको यस सङ्कटसँग जुझिरहेको बेला हाम्रो ध्यान यसै लडाइँमा एकाग्र गरौँ । अरु छलफल र कामहरु त स्थिति सामान्य बनेपछि गर्न सकिन्छ नै ! – स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्न र सरकारले गरेका निर्णयहरु जनसमक्ष पु¥याउन सञ्चारमाध्यमहरुले खेलेको भूमिका सराहनीय छ । मेरो आग्रह छ, सङ्कटको बेलामा आशावादको, सङ्कटमाथि विजय प्राप्त गर्न सकिन्छ भन्ने सामूहिक आत्मविश्वासको र बलियो सामाजिक–राष्ट्रिय एकताको निर्माणका लागि सञ्चारमाध्यमहरुले अझ जिम्मेवार भूमिका खेल्नुहोस् । – म एकपटक फेरि दोह¥याउन चाहन्छु– विभिन्न मुलुकहरुको अनुभवले भनिरहेको छ, यस महामारीविरुद्धको युद्धमा सामाजिक दूरी सबैभन्दा उपयुक्त हतियार हो । सामाजिक दूरीका लागि लकडाउन विकल्पहीन माध्यम हो । तसर्थः यस अवधिको लकडाउनलाई जतिसुकै कष्टकर भए पनि हरतरहले सफल पार्न हामी एक होऔँ । – मानव जातिले इतिहासमा यस्ता धेरै महामारीमाथि विजय हासिल गर्दै आएको छ । नेपालले त समकालीन इतिहासमै धेरै अप्ठ्यारा चुनौतीहरुको सामना गरेको छ, विजय हासिल गरेको छ । ५ वर्ष अघिको विनाशकारी भूकम्प र पाँच वर्षमा भएको पुनर्निर्माणले नेपाली जनताको धैर्य र साहसको नमूना प्रस्तुत गरेका छन् । पटक–पटक लड्नु, धुलो टक्टक्याउँदै उठ्नु र फेरि अगाडि बढ्नु मानव जातिको स्वभाव हो, उसको अदम्य विशेषता हो । यही विशेषताकै बलमा हामीले यस सङ्कटमाथि विजय हासिल गर्ने छौँ । – यस महामारी विरुद्ध हामीले समयमै चालेको कदमका कारण सयौँको जीवन जोगिएको छ । आउने केही हप्ता हामीले अलिकति साह्रो÷गाह्रो सहँदा थप जीवन रक्षा गर्न सकिन्छ । आउनुहोस्, फेरि एकपटक ५ वर्ष अगाडिको भूकम्पको समयमा जस्तै धैर्य र साहस प्रदर्शन गरौँ । – तपाईंहरूलाई सुविधा उपलब्ध गराउन, आपूर्ति व्यवस्थालाई सहज बनाउन, आवश्यक सुरक्षा प्रबन्ध मिलाउन र कोरोना भाइरस फैलिन नदिन सरकार एकजुट भएर अघि बढ्न प्रतिबद्ध छ । म यहाँहरू सबैलाई एकताबद्ध हुन हार्दिक आग्रह गर्दछु । धन्यवाद ।
hamrakura.com
3,380,772
२८ वर्षकै उमेरमा सांसद बनेका नेकपा (माओवादी केन्द्र)का नेता हुन् अमनलाल मोदी । युवा अवस्थामै दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका उनले २०७४ सालमा भने प्रत्यक्ष निर्वाचनमा भाग लिएका थिए । त्यसयता उनी संघीय संसद् प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङ ४ बाट निर्वाचित हुँदै आएका छन् । उनले यसअघि सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । संसद्को अनुभव जति बसे पनि नयाँ भई नै रहन्छन् । संसद् एउटा खुला विश्वविद्यालय हो । संसद् एउटा सिक्ने विषय नै हो । किन भने त्यहाँ प्रत्येक कार्यकालमा फरक फरक प्रकृतिका फरक फरक दृष्टिकोण राख्ने सांसद, जनप्रतिनिधि आउनुहुन्छ । जनताका विषयवस्तु, जनताका आवाज, नीति निर्माणमा पहुँच पुर्याउन भूमिका खेल्ने सर्वोच्च ठाउँ सार्वभौम संसद् नै हो । संसद्मा सबैभन्दा धेरै जनताका समस्या उठाउने सांसदमध्ये म पनि पर्छुजस्तो लाग्छ । म संसद्मा, सुशासन समितिमा रहँदा सुशासनको, भ्रष्टाचारको कुरा उठाइरहेको हुन्छु । संविधान निर्माणका क्रममा जनताका विषयवस्तु कसरी सुनिश्चित गर्न सकिन्छ भनेर मैले सकारात्मक भूमिका निर्वाह गरेको थिएँ । मन्त्री हुँदा पनि मैले सकेसम्म जनताका सवाललाई सम्बोधन गरेको छु । मेरो निर्वाचन क्षेत्र मोरङ मात्रै होइन समग्र जनताका जनजीविकाका सवाललाई सक्दोरुपमा सम्बोधन गरेको छु । सङ्घीय निजामती ऐनलाई संसद्सम्म पुर्याउने काम मैले गरेको हो । म मन्त्री हुँदा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, समावेशी समानुपातिक प्रणालीलाई लागू गर्ने विषयमा सक्दो पहल गरेको छु । सरकार र संसद् भनेको फरक फरक पाटो हो, तर यी एक सिक्काको दुई पाटा हुन् । संसद् नभई सरकार बन्दैन, सरकारले विधेयक नबनाई संसद् चालु हुँदैन । यी दुई एकअर्काका परिपूरक हुन् । तर सारमा सार्वभौम संस्था संसद् नै हो । सरकार कार्यकारी हो, सरकारले ऐन÷कानुन कार्यान्वयन गर्छ । संसद्ले ऐन÷कानुन बनाएर संसद्बाट पूर्णता दिने काम गरेको हुन्छ । संसद्लाई सक्रिय बनाउने सरकारले हो । सरकारले जति विधेयक संसद्लाई दियो त्यति नै संसद् क्रियाशील हुने हो । नेपालको संविधान जारी भइसकेपछि त्यस संविधानले परिकल्पना गरेका व्यवस्थाबमोजिम कानुन निर्माण गर्नुपर्ने चाप थियो । ती कानुन निर्माण गर्ने क्रममा विविधतामा एकता खोज्नुपर्ने हुन्छ । त्यो विविधतामा एकता खोज्दाखोज्दै सरकारले कानुनका लागि विधेयक बनाउन ढिला गरेको हुनसक्छ । नेपालमा विधेयक निर्माण प्रक्रिया निकै परम्परागत र प्रक्रियामुखी छ । यी अल्झनले विधेयक निर्माणमा ढिलाइ हुन्छ, र पारित पनि ढिलो हुन्छ । विधेयक निर्माणको प्रक्रिया हेरौँ न । एउटा अधिकृतले प्रस्तावको मस्यौदामा हस्ताक्षर गर्नुपर्छ, त्यसपछि उपसचिवकोमा लैजानुप¥यो, त्यसपछि सहसचिवमा लैजानुपर्छ, त्यसपछि सचिव हुँदै मन्त्रीसमक्ष लैजानुपर्छ । त्यसपछि मन्त्रिपरिषद् हुँदै संसद्मा लैजानुपर्ने हुन्छ । संसद्भित्रको छलफल र संसदीय समितिमा अध्ययन गरेपछि बल्ल पारित भएको हुन्छ । यसक्रममा सरोकारवाला, विज्ञसँग छलफल गर्नुपर्ने हुन्छ । संविधानसँग बाझिएको छ छैन, अन्य कानुनी प्रबन्धसँग बाझिएको छ छैनलगायतका अनेक कानुनी, प्रशासनिक प्रश्नमाथि विचार गर्नुपर्ने हुन्छ । विधेयक निर्माणको यो बहुतै लामो प्रक्रिया भएको कारण विधेयक ल्याउन ढिलाइ भएको हुनसक्छ । एउटा विधेयकको विषयवस्तु अन्तर मन्त्रालयसँग सम्बन्धित भएको अवस्थामा अरु मन्त्रालयको रायसुझाव पनि लिनुपर्ने हुन्छ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका शक्ति पृथकीकरणको सिद्धान्तबाट चलेका हुन्छन् । यी संस्थाले राम्रोसँग काम गरेका छन् वा छैनन् भन्ने कुरा जनताले नियालिरहेका हुन्छन् । राम्रो÷नराम्रो जनताले भन्ने हो । सरकार बनायो संसद्ले, सरकारले सर्वोेच्च अदालतका न्यायाधीश नियुक्ति गर्नुपर्ने हुन्छ । त्यसको अनुमोदन संसद्ले गर्ने हो । त्यसको संसदीय सुनुवाइ समिति हुन्छ । त्यसैले यी तीनै निकाय एकअर्काका परिपूरक छन् । सांसद पूर्वाधार विकास कोषबारे अहिले जनतामा नकारात्मक भाष्य निर्माण गरिएको छ । यो कोषको सञ्चालन विधि, प्रक्रिया पारदर्शी छ तर सांसदले सबै खाए भन्ने किसिमको कुरा जनतामा सन्देश प्रवाह भएको छ । जनताले प्रक्रिया नबुझेको पनि हुन सक्छ । नेपाल अहिले आधुनिक वा संसारको विशिष्ट किसिमको देश भइसकेको छैन । संसद्ले कुनै न कुनैरुपमा विकास निर्माणमा कहीँ न कहिँ भूमिका निर्वाह गर्नुपर्ने हुन्छ भन्ने मेरो मान्यता छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
2,003,581
पौडेल ७ प्रदेश रहेको नेपालमा मुुख्यमन्त्री हुने पहिलो व्यक्ति बनेका छन्। प्रदेश प्रमुख अनुराधा कोइरालाले पौडेललाई आइतबार मुख्यमन्त्री नियुक्त गरेकी हुन्। उनले भोलि सपथ ग्रहण गर्नेछन्। पौडेल एमाले उपाध्यक्ष तथा प्रदेश ३ का संयोजक अष्टलक्ष्मी शाक्यलाई १० मत अन्तरले हराउँदै प्रदेश ३ को एमाले संसदीय दलको नेता चयन भएका थिए। उनी वाम गठबन्धनबाट मुख्यमन्त्री बनेका हुन्। पौडेल दुईपटक हेटौ‌डा उपमहानगरपालिकाको मेयर बनेका थिए ।
kathmandupati.com
804,190
चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार राति बर्नलीसँग २-२ को रोमाञ्चक बराबरी खेलेको छ । एस्ली बार्नले बर्नलीका लागि खेलको चौथो गोल गरे । सबै गोल सुरुआती २४ मिनेटमा सम्भव भएको थियो । बराबरीपछि चेल्सी लिग तालिकाको चौथो स्थानमा उक्लेको छ । उसको ६७ अंक भएको छ । चेल्सीले यसअघि टोटनहम, आर्सनल र म्यानचेस्टर युनाइेटड पराजित भएको स्थितिको फाइदा लिन सकेन् ।
ekantipur.com
3,341,874
डोल्पोबुद्ध गाउँपालिकाका–१ धोका प्रेमा दोर्जे स्टार माउण्टेन होटल चलाउछन् । पाहुनालाई स्वागत, सत्कारदेखि उपल्लो डोल्पाका पर्यटकीय क्षेत्रको जानकारीसमेत गराउन्छन् । वर्षायाम सकिनै लाग्दा उपल्लो डोल्पामा घुम्न आउनेको संख्यासमेत बढ्दो छ । दुई वर्ष पहिलेसम्म यहाँ सञ्चारको सुविधा थिएन, अहिले इन्टरनेट सेवासमेत पुगेको छ । उपल्लो डोल्पा आउन चाहने व्यक्तिले दोर्जेलाई त्यहाँको मौसमदेखि पर्यटकीय क्षेत्रका विषयमा जानकारी फोन, इन्टरनेटमार्फत लिने गर्दछन् । ‘धो’ आफैँमा सुन्दर फाँट छ । उपल्लो डोल्पाको चर्चित ठाउँ हो । अहिले धो पहेँलपुर हँुदै उवा बाली पोकेको छ । कृषक वर्षमा एकपटक मात्र उत्पादन हुने उवा बाली भित्राउने क्रममा छन् । उवा उपल्लो डोल्पाको मुख्यबाली हो । हिउँद याममा हिउँले ढपक्कै ढाक्ने उपल्लोे डोल्पामा गर्मी तथा वर्षायाममा मात्र खेती, किसानीको काम गरिन्छ । वैशाखमा लगाएको उवा बाली असोज महिनामा उपयुक्त साइत हेरेर भित्राउने गरिन्छ । धो, छार्कामोट, सिमेन, फोक्सुण्डो, कु गाउँलगायतका २३ वटा गाउँमा उवाको खेती गरिन्छ । वर्षायामको झरीसँगै उपल्लो डोल्पाको फोक्सुण्डो ताल, पौराणिक गुम्बा, हिमालयको मनमोहक दृश्य हेर्न देशका विभिन्न क्षेत्रबाट उपल्लो डोल्पा सर्वसाधारण जाने गर्दछन् । उपल्लो डोल्पालाई चिनाउन बर्सेनि विभिन्न नाम दिएर मेला तथा महोत्सवसमेत हुँदै आएका छन् । मध्य तथा उपल्लो डोल्पाको भाग समेटेर शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जसमेत रहेको छ । शे–फोक्सुण्डो नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । यसको क्षेत्र डोल्पा र मुगु जिल्लासम्म फैलिएको छ । नेपालको पश्चिमी दुर्गम हिमालपार क्षेत्रमा रहेको यस निकुञ्जमा तिब्बती वातावरणमा पाइने प्राकृतिक सम्पदा पाइन्छ । यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारी क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । यस निकुञ्जलाई डाँफे, मोनाल, चिरलगायत दुई सय प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाइएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले यो निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ । काञ्जिरोवा दक्षिण हिमाल (६,८६६ मिटर), सिकाल्पो खाङ (६,५५६ मिटर), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले उपल्लो डोल्पालाई अनुपम प्राकृतिक सुन्दरता प्रदान गरेको छ । उपल्लो डोल्पाको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताललाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यही छ । गुम्बामा तिब्बती बौद्ध धर्मको शिक्षा दिइन्छ । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जलाई विश्वसम्पदामा सूचीकृत गर्न सिफारिस गरिएको छ । जैविक विविधताको धनी उपल्लो डोल्पामा राज्यले हिमाली सहरको नीति ल्याएर काम सुरु गरेको छ । पशुपालनका लागिसमेत जोड दिँदै सरकारले अनुदानको व्यवस्थालाई व्यापक बढाएको छ । वर्षको आधा समय हिउँले ढाक्ने यहाँ आधा समयमा मात्र खेतीबाली गरिँदै आएको छ । चिसो मौसममा हिमपात हुने भएकाले आधा वर्ष खेतीबाली हुँदैन । उवा बाली भित्राएपछि उपल्लो डोल्पाका सर्वसाधारण चिसो छल्न बेँसी झर्छन् । सर्वसाधारण आयतित र आफैँले उत्पादन गरेको उवाबाट बनेका परिकार खाएर जीवन चलाउँछन् । उपल्लो डोल्पाको मौसम कुन समय के हुन्छ भन्ने थाहा हुँदैन । पानीभन्दा पनि हिउँ मात्र पर्ने भएकाले मौसमबारे धारणा बनाउन मुस्किल हुन्छ । उपल्लो डोल्पामा छार्काताङसोङ, डोल्पोबुद्ध, शे–फोक्सुण्डो गाउँपालिका पर्दछन् । भूगोलको हिसाबले ठूलो रहेको डोल्पा चीनको सिमानासँग जोडिएको क्षेत्र हो । मुस्ताङबाटसमेत उपल्लो डोल्पामा सडक जोड्ने प्रयास जारी छ । गण्डकी प्रदेशको मुस्ताङ र कर्णालीको डोल्पा जिल्ला सडक सञ्जालमा जोड्न काम जारी छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुस्ताङको साङ्ता हुँदै उपल्लो डोल्पाको छार्कालाई जोड्न सडक निर्माण जारी राखेको छ । बारागुङ मुक्ति क्षेत्र गाउँपालिका–५ मा पर्ने साङ्ता गाउँसम्म बेनी–जोमसोम–कोरला सडकअन्तर्गत पर्ने एक्लेभट्टीदेखि ४६ किलोमिटर सडकको ट्«याक खुलेसँगै साङ्तादेखि डोल्पाको याखर्कसम्म जोड्न ४० किलोमिटर सडक निर्माण जारी छ । उपल्लो डोल्पाको छार्कादेखि मुस्ताङतर्फ पनि सडक निर्माण भइरहेको छ । यो कर्णाली र गण्डकी प्रदेश जोड्ने सडक पनि हुनेछ । समुद्री सतहदेखि पाँच हजार मिटरभन्दा अग्लो स्थान छुनेगरी बन्न लागेको सो सडक नेपालकै सबैभन्दा अग्लो स्थानमा बन्न लागेको बताइएको छ । मुस्ताङ र डोल्पा सडक सञ्जालमा जोडिएमा उपल्लो डोल्पाका बासिन्दाको जनजीवन धेरै सहज हुने पूर्वमन्त्री सत्य पहाडीको बुझाइ छ । अझै यातायातको सुविधा नभएको उपल्लो डोल्पाका बासिन्दालाई राजधानी काठमाडौँ आवतजावत गर्न यो सडक छोटो हुने अपेक्षा गरिएको छ । कृषिउपज, जडीबुटी निकासी, निर्माण सामग्री र खाद्यान्न ढुवानी सस्तो पर्नेसमेत विश्वास छ । भेरी करिडोरअन्तर्गत अर्को नेपाल र भारतको सिमाना जमुनाह सुर्खेत, जाजरकोट हुँदै डोल्पा र तिब्बत जोड्ने त्रिदेशी सडकको निर्माण जारी छ । यही सडकको जाजरकोटदेखि डोल्पासम्मको सडकमा स्तरोन्नति कालोपत्रको काम निरन्तर जारी छ । यो पर्यटकीय रुटका रुपमा स्थापित हुँदै आएको छ । यो सडक निर्माणसँगै मध्य डोल्पामा निर्माण जारी रहेका दुई ठूलो जलविद्युत् आयोजनालाई समेत सहयोग पुग्नेछ । यातायात जोडिएसँगै डोल्पामा उत्पादन हुने जडीबुटी निर्यातमा सहयोग पुग्नेछ । डोल्पामा पाइने उच्च कोटीको स्याउलेसमेत बजार पाउनेछ । आर्थिकरुपमा सक्षम बनाउनका लागि यहाँको स्याउ आम्दानीको स्रोत हो । यार्सागुम्वासहित अन्य मुल्यवान जडीवुटी डोल्पाका आम्दानीका आधार हुन् । डोल्पाको पूर्वमा मुस्ताङ, चीनको तिब्बत, पश्चिममा जुम्ला र मुगु पर्दछन् । उत्तरमा चीनको तिब्बत, दक्षिणमा जाजरकोट र रुकुम पश्चिम पर्दछन् । डोल्पामा स्थलमार्ग हुँदै घुम्न जानेको संख्या दुई हजार भन्दाबढी रहेको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले बताएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
5,943,905
तस्वीर- गेटी इमेज चीनका पूर्वराष्ट्रपति जियाङ जेमिनको निधन भएको छ । सन् १९८० को दशकको उत्तरार्धदेखि नयाँ शताब्दीमा चीनलाई परिवर्तनकारी युगमा डोर्‍याउने पूर्व नेता जियाङ जेमिनको बुधबार ९६ वर्षको उमेरमा निधन भएको सिन्ह्वाले जनाएको छ । उनलाई ल्युकेमियालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्याबाट पीडित थिए । उनले तियानमेन स्क्वायर दमनपछि सत्ता हातमा लिएका थिए । जियाङले चीनलाई विश्वव्यापी मञ्चमा एक शक्तिशाली मुलुकको दर्जामा उभ्याउन नेतृत्व गरेको जस दिने गरिन्छ ।
khabarhub.com
4,598,655
हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आँशिक देखि सामान्य बदली रहेको छ, जसका कारण सुदूरपश्चिम प्रदेशका थोरै स्थान र अन्य पहाडी पहाडी भू–भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका केही स्थानहरु तथा बाँकी भू–भागमा एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ। राती भने देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ ।
khojtalashonline.com
3,596,451
१२ ओभरको खेल समाप्तिमा नेपालले चार विकेट गुमाएर ४३ रन बनाएको छ । यो खेल विजेताले पर्सी हुने फाईनलमा पाकिस्तानको सामना गर्नेछ । हिजो भएको पहिलो सेमीफाईनल खेलमा बंगलादेशलाई डि.एल. मेथडमा २ रनले हराँउदै पाकिस्तान फाईनलमा पुगेको हो ।
imagekhabar.com
1,726,913
मंगलबार बिहान सकिएको मतगणनामा निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रलाई १ सय २९ मतले पराजित गर्दै सिंह निर्वाचित भएका हुन् ।
nepalviews.com
2,173,070
भारतीय मोबाइल ब्राण्ड माइक्रोम्याक्सले स्मार्टफोनमा निकै नराम्रोसँग असफलता बेहोरेको छ । स्मार्टफोन बजारमा चीनियाँ कम्पनीसँग प्रतिस्पर्धा गर्न नसकेर हराए बराबर भएको माइक्रोम्याक्सका को-फाउण्डर राहुल शर्माले नयाँ इलेक्ट्रिक मोटरबाइक लन्च गर्ने भएका छन् । उनको नयाँ कम्पनीले आर्टिफिशियल इन्टेलिजेन्समा आधारित इलेक्ट्रिक मोटरसाइकल बनाउन लागेको हो । राहुल शर्माको रिभोल्ट इन्टेलिकर्प नामक नयाँ कम्पनी ल्याएका छन जसले एआईमा आधारित इलेक्ट्रिक बाइक बनाउनेछ, यसको लागि कम्पनीमा उनले ४००देखि ५०० करोड भारु लगानी गरेका छन् । रिभोल्ट इन्टेलिकर्पले १५६.८ किलोमीटरको रेन्जसम्म कुद्नसक्ने इलेक्ट्रिक बाइक बनाउने लक्ष्य राखेको छ । यसको अधिकतम स्पीड ८५ किलोमीटर प्रतिघण्टासम्म हुनेछ । यो कम्पनीले आफैंले चार्जिंग यूनिट समेत बनाउनेछ । माइक्रोम्याक्सका को फाउण्डर शर्माले भने, ‘मेरो भिजन हरेक घरमा सस्टेनेबल मोबिलिटी उपलब्ध गराउनु हो । हामी इन्टेलिजेन्स भेहिकल बनाउने काम गरिरहेका छौं, जसले परफरमेन्सको साथ कम्प्रोमाइज गर्नेछैन् ।’ रिभोल्ट इन्टेलिकर्पको प्लाट मानेसरमा रहेको छ जहाँबाट पहिलो चरणमा १.२० लाख भेहिकल उत्पादन गर्नेछ । सो प्लान्टको क्यापासिटी १.२० लाख छ र यो १ लाख स्क्वायर फीटमा फैलिएको छ । उनको सो कम्पनीले भारतको दिल्ली एनसीआरबाट बिक्री शुरु गर्नेछ । यो भारतको पहिलो आर्टिफिशियल इन्टेलिजेन्समा आधारित मोटरसाइकल हुनेछ । यो इलेक्ट्रिक बाइक भारतीय बजारमा जून महिनासम्ममा उपलब्ध हुनेछ भने यसलाई अनलाइन तथा अफलाइनमा बिक्री गरिनेछ ।
technologykhabar.com
2,000
यमनको मारिब प्रान्तमा हुथी लडाकू समूहले गरेको ड्रोन आक्रमणमा परी कम्तीमा तीन जना यमनी सरकारी सैनिकको मृत्यु भएको यमनका एक सरकारी अधिकारीले शुक्रबार सिन्ह्वालाई जानकारी दिएका छन् । नाम नबताउने शर्तमा स्थानीय सरकारी अधिकारीका अनुसार हुथी समूहले मारिबको हरिब जिल्लामा रहेको सरकारी सैन्य प्रतिष्ठानलाई लक्षित गरी रातभर गरेको ड्रोन आक्रमणमा तीन सैनिकको मृत्यु हुनुका साथै अन्य पाँच जना गम्भीर घाइते भएका थिए । ती अधिकारीले भने, ‘हुथी विद्रोहीले बिहीबार राति हरिब क्षेत्रमा तैनाथ हाम्रा सैनिकलाई विस्फोटक पदार्थले भरिएको ड्रोनले निशाना बनाएका थिए। रातभर धेरै विस्फोटका आवाज सुनिएको थियो ।’ सरकारी सेना र इरान समर्थित हुथी विद्रोहीहरूबीच जारी द्वन्द्वमा सापेक्षिक शान्तिको अवधिका बीच ड्रोन आक्रमण भएको हो । यमनले हालैका महिनाहरूमा शत्रुतामा उल्लेखनीय कमी आएको अनुभव गरेको छ । यो सापेक्षिक शान्ति यमनको आठ वर्ष लामो विनाशकारी युद्धको अन्त्य गर्ने उद्देश्यले क्षेत्रीय र अन्तर्राष्ट्रिय शान्ति प्रयासहरूसँग मेल खान्छ । तेलको लागि धनी मानिने यमनको मारिब प्रान्तको लडाईं जारी द्वन्द्वको एक प्रमुख प्रेरक शक्ति बनेको छ, किनकि यसको बहुमूल्य स्रोतहरूले नियन्त्रणका लागि विभिन्न गुटहरूलाई आकर्षित गर्दछ । हुथी लडाकू समूहले सन् २०१४ मा साउदी समर्थित यमनी सरकारलाई सानाबाट सत्ताच्युत गरेपछि यमन गृहयुद्धमा फसेको छ । यस द्वन्द्वका कारण ठूलो सङ्ख्यामा हताहत भएका छन् र यमनलाई व्यापक अनिकाललगायत मानवीय सङ्कटको सङ्घारमा पुर्याएको छ ।
canadanepal.com
5,608,362
गण्डकी प्रदेशमा आज (बिहीबार) नयाँ सरकार बन्दैछ । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) मिलेर नयाँ संयुक्त सरकार बनाउन लागेका हुन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले देशको आर्थिक अवस्था कमजोर अवस्थामा पुगेकाले सरकारको ध्यान अर्थतन्त्र सुधारमा भएको बताउनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भूमिसम्बन्धी विद्यमान व्यवस्थामा क्रान्तिकारी निर्णय लिएर मात्रै वर्षौँदेखि थाँती रहेका समस्याको प्याकेजमा समाधान सम्भव भएको बताउनुभएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तत्काल केन्द्रीय कार्यसमिति बैठक राखेर नीति अधिवेशन बोलाउन आग्रह गरेका छन् ।
gorkhapatraonline.com
2,691,610
पाँच दलीय सत्ता गठबन्धन बनाएर जाँदा पार्टीले राम्रो नतिजा हासिल गर्न नसकेपछि चुनाव सकिएपछि समीक्षा गर्ने भएको हो । एकीकृत समाजवादीले मंगलबारसम्म चार स्थानीय तह जितेको छ भने १५ स्थानीय तहमा मात्रै अग्रता लिएको छ । यस्तै उपप्रमुखमा १० जितेको छ भने १४ स्थानीय तहमा अग्रता लिएको छ । तालमेलमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले मत नहाल्दा राम्रो नतिजा नआएको प्रारम्भिक निष्कर्ष निकालेको छ । ‘गठबन्धन गर्दा काँग्रेस र माओवादी केन्द्रलाई फाईदा भयो । धेरै स्थानीय तहपनि जिते’ रातो पाटीसँग कुरा गर्दै एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले भने, ‘तालमेल हुँदा एकीकृत समाजवादीलाई काँग्रेस र माओवादी दुबैले मत हालेनन् । हामी बैठक बसेर समीक्षा गर्छौ । ’ छोटो समयमै यति धेरै स्थानीय तह र वडा जित्नु राम्रो भएको बताउँदै चौधरीले तालमेलमा काँग्रेस र माओवादी इमान्दार नभएको बताए । ‘हामीले जुन उद्देश्यका साथ गठबन्धन गरेका थियौं, त्योअनुसार परिणाममा देखिएन । त्यसको जरुर समीक्षा गर्छौ त्यसपछि कस्तो नीति अख्तियार गर्ने त्यसैअनुसार अघि बढ्छौ’ चौधरीले भने । पार्टी अध्यक्ष माधवकुमार नेपालले समेत स्थानीय चुनावको परिणामलाई लिएर असन्तुष्टि जनाएका छन् । काँग्रेस र माओवादीले तालमेल बमोजिम मत नदिएको भन्दै नेपालले आक्रोश पोखेका छन् ।
ratopati.com
4,054,416
प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई अस्थिरताबाट जानबाट बचाएको दाबी गरेका छन् । उनले देशलाई अस्थिरताबाट बचाउन आफूले चुनाव घोषणा गरेको बताएका लक्ष्मीप्रसाद उपाध्याय काठमाडौँ, ३ फागुन। दैनिकजसो १८ घण्टा लोडसेडिङ भोगिरहेका नेपालीलाई तत्काल यसको अन्त्य होला भन्ने विश्वास लागेको थिएन । पहिलो पटक केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेपाललाई किन उज्यालो विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिकस्थल सिंहदरबारको पुनःनिर्माण सम्पन्न भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आफू र पुष्पकमल दाहाल प्रचण्डलाई समात्ने योजना बनाएको आरोप लगाएका छन् । आइतबार तेह्रथुममा काठमाडौं, २ फागुन । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘निकृष्ट स्वार्थका लागि धर्मको दुरुपयोग नगर्न’ चेतावनी दिएका छन् । उनले धर्मको दुरुपयोग भइरहेकाले लुम्बिनी, १ फागुन: प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सरकारको लोकप्रियताकै कारण अन्तरराष्ट्रिय मञ्चमा नेपाल खोज्न थालिएको बताएका छन् । राष्ट्रिय स्वाधिनताका पक्षमा प्रतिबद्ध रहेकै काठमाडौं, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र चीनबाट कोरोना भाइरसविरुद्धको भ्याक्सिन खरिद गर्न लागिएको खुलासा गरेका छन् । उनले आज बुटवलको सभामा बोल्दै भ्याक्सिन केही अनुदान र लुम्बिनी, १ फागुन: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकासका लागि सरकार सदैव निजी क्षेत्रसँगको सहकार्यमा अघि बढ्ने बताएका छन् । उनले विकास निर्माणको काम सरकारले मात्र एक्लैले गर्न सम्भव नभएकाले काठमाडौं, ३० माघ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनाव गरेर गल्ती सच्याउन आग्रह गरेका छन् । काँग्रेस चुनावको पक्षमा रहेको प्रष्ट पार्दै चुनावबाटै समस्याको काठमाडौं, ३० माघ । नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर थापाले निर्वाचन आयोगले केपी शर्मा ओली अध्यक्ष रहेको पार्टीलाई नै मान्यता दिने ठोकुवा गरेका छन् । आज रिपोर्टर्स क्लब नेपालको काठमाडौं, ३० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भारतको इशारामा संसद विघटन गरेको आरोप लगाएका छन् । उनले ओलीले गणतन्त्र र धर्मनीरपेक्षता समाप्त पार्न लागेको काठमाडौं, ३० माघ । प्रतिनिधि सभा विघटनसम्बन्धी संवैधानिक इजलाशमा चलिरहेको सुनुवाई अब अन्तिम चरणतर्फ पुग्दैछ । आइतबार रिट निवेदक १३ जनाले प्रश्नहरुको जवाफ दिनेछन् । त्यसपछि सम्भवतः चाँडै अन्तिम किनारा काठमाडौं, ६ साउन । जनता समाजवादी पार्टीका प्रमुख सचेतक डा. वीरेन्द्र प्रसाद महतोको सचिवालयले सांसद काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन ।
reportersnepal.com
970,957
पुरानो रिसईबीकाकारण दाजुभाईबीच झगडा हुँदा दाईको मृत्यु भएको छ । भाई गम्भीर घाइते भएका छन् ।
ekantipur.com
6,142,384
  प्रथम बागमती प्रदेश खेलकुदअन्तर्गत पुरुष फुटबल उपाधि मकवानपुरले जितेको छ । हेटौंडाको पिप्लेस्थित क्याम्पडाँडा रंगशालामा भएको फाइनलमा मकवानपुरले ललितपुरलाई टाइब्रेकरमा ३–१ गोलले पराजित गर्‍यो । निर्धारित ९० मिनेटको खेल २–२ को बराबरीमा टुंगिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुटआउटबाट गरिएको थियो । मकवानपुरका अनिश देउला ‘म्यान अफ द म्याच’ चुनिए । मकवानपुरकै समिरराज थोकर प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित भए । चैत २९ गतेदेखि सुरु फुटबलमा १३ जिल्लाले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रदेश खेलकुदअन्तर्गत तेक्वान्दोको पुरुष ५४ केजीमुनि काभ्रेका रोशन केसी, ५८ केजीमुनि काभ्रेका सरोज मगर, ६३ केजीमुनि नुवाकोटका प्रवीन वाइबा, ७४ केजीमुनि काठमाडौंका विप्लव नेगी लामा, ८७ केजीमुनि चितवनका अमन थापा मगर र ८७ केजीमाथि चितवनका सौरव सिंहले स्वर्ण जिते । महिलाको ४६ केजीमुनि चितवनकी आयुष्मा चौधरी, ४९ केजीमुनि चितवनकी स्नेहा परियार, ५३ केजीमुनि सिन्धुपाल्चेककी अन्जली तामाङ, ६७ केजीमुनि नुवाकोटकी प्रिजना राई, ७२ केजीमुनि नुवाकोटकी पवित्रा राई र ७२ केजीमाथि चितवनकी नमिता गौलीले शीर्ष स्थान कब्जा गरे । पुम्सेको एकलतर्फ पुरुषमा मकवानपुरका राम गोले र महिलामा रामेछापकी सन्ध्या लामा पहिलो भए । पेयरमा मकवानपुरका लक्ष्मण गोले र कविता राईले स्वर्ण जिते । पुरुष टिममा चितवनका आशिष सुवेदी, अब्बास अन्सारी र सौरव अधिकारी पहिलो बने । सोही स्पर्धाको महिलामा काठमाडौंका स्मृति नेपाली, रंगिला रोका र दीक्षा राईको टोलीले स्वर्ण चुमे । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबारदेखि सुरु भएको एथलेटिक्सको पुरुष १० हजार मिटर दौडमा काठमाडौंका धर्म महर्जन पहिलो भए । उनले ३५ मिनेट १२.७९ सकेन्डमा दौड पूरा गरे । उक्त स्पर्धाको महिलामा सिन्धुपाल्चोककी नितु तामाङ ४५ मिनेट १६.३ सेकेन्ड समयसाथ पहिलो भइन् । पुरुष १ हजार ५०० मिटर दौडमा ४ मिनेट २१.२ सेकेन्ड समय निकाल्दै ललितपुरका विकेश घिमिरेले स्वर्ण हात पारे । सोही स्पर्धाको महिलामा रामेछापकी निर्मली माझी पहिलो भइन् । निर्मलीले ५ मिनेट ५५.७ सेकेन्ड समय खर्चिन् । सटपुटको पुरुषमा चितवनका ललित राउत तथा महिलामा सिन्धुलीकी प्रमिला माझीले शीर्ष स्थान हात पारे । ललितले १०.५६ मिटर तथा प्रमिलाले ८.१० मिटर फाले । पुरुष १ सय मिटर दौडमा मकवानपुरका गौरव मोक्तानले स्वर्ण जिते । उनले निर्धारित दूरी पूरा गर्न ११.५८ सेकेन्ड समय लगाए । त्यसै स्पर्धाको महिलामा १३.१४ सेकेन्ड समय खर्चेकी ललितपुरकी लुजला अमात्य पहिलो भइन् । हाइजम्पको पुरुषमा सिन्धुलीका रोशनकुमार दनुवार तथा महिलामा चितवनकी मिना कुमालले बाजी मारे । रोशनले १.७२ मिटर तथा मिनाले १.३० मिटर उचाईं नाघे । पुरुष ४ सय मिटर दौडमा चितवनका अमृत बोट पहिलो भए । उनले ५३.२८ सेकेन्डमा दौड सकाए । उक्त स्पर्धाको महिलामा ललितपुरकी रोजिना दुलाल पहिलो बनिन् । रोजिनाले १ मिनेट ०६.६६ सेकेन्डमा दौड पूरा गरिन् ।
onlinekhabar.com
5,405,443
उद्योग सञ्चालनको काम अघि बढाउन कर्णाली प्रदेश सरकारले सहयोग गर्ने भएको छ । आवश्यक भौतिक पूर्वाधार निर्माणमा सहयोग गरेर काम अघि बढाइने जनाइएको छ । उद्योग निर्माणको काम अहिले ठप्प छ । विद्युत्, खानेपानी र पहुँच मार्गलगायतका भौतिक पूर्वाधार नभएको भन्दै उद्योगले काम रोकेको हो । प्रदेश सरकारले यिनै पूर्वाधार निर्माण गर्न सहयोग गर्ने भएको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा समेत ठुला उद्योग सञ्चालनका लागि पूर्वाधार सहयोग गर्ने जनाएको छ । सोहीबमोजिम बजेट विनियोजन गरेर उद्योगको काम अघि बढाउन सहयोग गर्ने बताइएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सूर्यतारा सिमेन्ट उद्योग सञ्चालनको काम अघि बढाउन पहल गरिरहेको छ । आयोजनाको काम लामो समयदेखि ठप्प भएको भन्दै मन्त्रालयले चासो राखेको हो । त्यहाँको बस्ती र उद्योग सञ्चालनका लागि खानेपानीको योजना अघि सारिएको छ । जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय अन्तर्गतको खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कायक्रमको ३० लाख बजेटमा खानेपानीको योजना अघि बढाइने छ । सिमेन्ट उद्योग सञ्चालनको काम अघि बढाउन पहल भइरहेको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णकुमार बिसीले बताउनुभयो । उहाँका अनुसार प्रदेशको हितको योजना भएकाले पुनः काम अघि बढाउन पहल गरिएको छ । विद्युत् र पहुँच मार्ग निर्माणका लागि प्रदेशका सम्बन्धित मन्त्रालय र सङ्घीय सरकारसँग समेत छलफल गरिएको मन्त्री बिसीले जानकारी दिनुभयो । प्रदेश सरकारले लगानीमैत्री वातावरण सिर्जना गरेर कामको थालनी गर्न लागेको उहाँको भनाइ छ । कर्णाली प्रदेश सरकारले पहुँच मार्ग निर्माण गर्न सङ्घीय सरकारसँग अनुरोध गरेको हो । उद्योग स्थापना स्थलसम्म पहुँच मार्ग र विद्युत् विस्तार नहुँदा समस्या निम्तिएको थियो । सरकारले पूर्वाधार निर्माणमा सहयोग गरे काम अघि बढाउने सूर्यतारा इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद तिमिल्सेनाले जानकारी दिनुभयो । पूर्वाधार अभावबिच उद्योगको काम ठप्प भएको उहाँको भनाइ छ । उद्योगका लागि जग्गा प्राप्ति, संरचना निर्माणलगायतका धेरै काम अघि बढिसकेको भन्दै उहाँले सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो । उद्योग सञ्चालन गर्न प्रदेश सरकारले सहयोग गर्ने भएपछि थप काम अघि बढाइने भएको छ । दुई वर्षभित्रै उत्पादन सुरु गर्ने लक्ष्यसहित २०७७ सालमा लगानी बोर्डबाट उद्योग सञ्चालनका लागि स्वीकृति पाएको कम्पनीले पूर्वाधार निर्माणका प्रारम्भिक कामसमेत सुरु गरिसकेको छ । करिब १५ अर्ब रुपियाँ बराबरको लगानीमा उद्योग सञ्चालन हुन लागेको हो । उद्योग सञ्चालनका लागि लगानी बोर्डले १४ अर्ब २७ करोड ५० लाखको लगानी स्वीकृत गरिसकेको छ । अध्यक्ष तिमिल्सेनाका अनुसार वराहताल गाउँपालिका–७ स्थित लखरपाटामा ९५ हजार हेक्टर जमिनबाट चुनढुङ्गा उत्खनन गर्ने र चौकुने गाउँपालिकामा उद्योग स्थापनाका लागि ४२ बिघा जमिन खरिद गरिएको छ । उद्योग सञ्चालनका काम अघि बढाउने भएसँगै लगानीको खोजी गरिने तिमिल्सेनाले जानकारी दिनुभयो ।
gorkhapatraonline.com
5,571,188
पर्यटन विभागले वसन्त ऋतुमा हुने हिमाल आरोहण गर्न अनुमति दिन सुरु गरेको छ । आरोहणका लागि उपयुक्त सिजन मानिने वसन्त याममा सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहणको अनुमति दिन सुरु गरिएको हो । विभागका साहसिक पर्यटन तथा पर्वतारोहण शाखा प्रमुख राकेश गुरुङका अनुसार मङ्गलबारसम्म विभिन्न पाँच वटा हिमाल आरोहणका लागि सात समूहका ४६ जनाले अनुमति लिएका छन् । उहाँका अनुसार सगरमाथासहित अन्नपूर्ण पहिलो, हिमलुङ, जुगल र अमादब्लम आरोहणको अनुमति लिएका हुन् ।
gorkhapatraonline.com
4,472,517
तापक्रमले तराईंमा रेकर्ड ब्रेक गरेको छ। यही बेला तातो हावा बहँदा कस्तो होला? पक्कै पनि सहन मुश्किल। अहिले यसैकारण तराईमा स्कुल बन्द भए। मनसुनपूर्वको यो खडेरीबाट जोगिन व्यापार व्यवसायमा पनि असर परेको छ। विपद् पर्दा धेरैले सम्झने भगवान नै हो। अहिले मनमनै कतिले भन्दै होलान् - आत्था, पोल्यो । सात बुँदे सहमति त लिखितम् आइहाल्यो। लिखितममा नआएको राँगा भैसीको चर्चा चाहिँ उधुम्। प्रचण्डको भ्रमणको उपलब्धीमा थपिइसकेको छ १५ वटा राँगा। भैसी पूजा त धेरैले भुलिसके। अब आयो राँगा। जात चाहिँ मुर्रा ! नाम नै काफी रहेछ 'मुर्रा'। अब कसले कसलाई बनायो 'मुर्गा', त्यो चाहिँ छाडौं । बल्लबल्ल निस्किन पाएको। साथमा छोरी। भ्रमणको उपलब्धि धेरै भए। सहमतिका बुँदामा हस्ताक्षर पनि भए। अब प्रोटोकल र मर्यादा भनेको त्यस्तै हो। कतै कायम राख्‍ने कतै भत्काउने। त्यसबाहेक छोरीप्रतिको स्‍नेह र प्रेमका अगाडि अरु कुरा गौण। आखिर यो पनि भ्रमणको उपलब्धि नै त हो । एक निर्वाचन क्षेत्रलाई पाँच करोड छुट्याएका छन् उनले। सो निर्णयको अहिले चर्को आलोचना भइरहेको छ। आजै काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले व्यङ्ग्य गर्दै सांसदहरु वडाअध्यक्षको 'लेबल' मा आएको टिप्पणी गरे। केही सांसदबाहेक अरुले यो कार्यक्रमको विरोध गरेको देखिँदैन । पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीदेखि गृहमन्त्रालयको कमान्ड सम्हालेका बालकृष्ण खाण नै अहिले प्रहरी नियन्त्रणमा छन्। उनीहरुसहित १६ जनालाई पक्राउ गरि प्रहरीले अनुसन्धान प्रतिवेदन बनाइसकेको छ। प्रतिवादीहरुले दिएको बयान अहिले मिडियामा प्रकाशित भएका छन् । २०७४ सालमा पूर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा तराई-मधेशका क्षेत्रमा भएका राजनीतिक आन्दोलन र त्यससँग जोडिएका हिंसाका विषयमाथि अध्ययन गर्न बन्यो आयोग। त्यहाँ भएका हिंसामा दोषी को? खोज्नका लागि बनेको आयोगले प्रतिवेदन बुझायो। तर गरिएन सार्वजनिक। 'संवेदनशील' भन्दै रोकिएको प्रतिवेदन राजनीतिको इस्यु भने रहिरह्यो। त्यही राजनीतिमाथि दलका नेता र सरकार प्रमुखको बाझिने अभिव्यक्ति जारी छ । पूर्वमन्त्रीको कोटामा एक्लै थिए बालकृष्ण खाण। हिजो टोपबहादुर रायमाझी पक्राउ परेपछि उनको एक्लोपन दुर भएको छ। हाइप्रोफाइल हिरासतमा एक्लै हुनुको पनि पीडा भोगेका होलान् उनले। राजमाझी थपिएपछि उनको एक्लोपन दुर भएको छ । पक्का माझी भएका छन् नारायणकाजी। भ्रष्टाचारमा सधैं साना माछामात्र पर्ने आरोप छँदैछ। यसापाला भने एक से एक समातिँदैछन्। सचिवदेखि मन्त्रीसम्म तानिएका छन्। प्रचण्ड मख्‍ख पर्नु स्वभाविक नै हो। उनको दल बाहेकका छन् समातिएका माछा। कांग्रेसका नेता बालकृष्ण खाड बल्छीमा परिसके। एमालेका टोपबहादुर रायमाझी बल्छीमा पर्नुअघि नै उम्किए। कहिलेसम्म उनी उम्किने हुन् पत्तो नाई । आश्वासनका पोका, आदर्शका बखान वर्षिरहन्छ यहाँ। अनि व्यवहार? - नकुरा गरम्। कहिले कुर्सी तोड्छन् त कहिले लुगा छोडाउँछन् संसदभित्रै। संविधानदेखि कानुनसम्म छिद्रै छिद्र भेटिन्छन्। किनकि त्यसमा ध्यान दिनेहरु खासै छैनन्। ध्यान जति ध्यान तान्नमै भएपछि अरु के नै चाहियो र? प्रतिस्पर्धा छ - चर्चित हुने। त्यही श्रृङ्खला जारी छ । प्रहरीको पक्राउ सूचीमा परेपछि आफै सम्पर्कमा आउने तयारीमा थिए रायमाझी। जब नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटे नेकपा एमालेका सचिवसमेत रहेका पूर्वमन्त्री रायमाझी ' सम्पर्कविहिन ' भए । राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेलाई हराउन सबै शक्ति लगाएका पुष्पकमल दाहाल प्रचण्डले हिजो सरकारमा फर्किन आग्रह गरे। त्यसै विषयलाई लिएर रास्वपा आज छलफलमा छ। छविलाल दाहाल उर्फ प्रचण्डले पनि चितवन पुगेर भाषण गर्न भ्याइसके - सरकारमा रवि जोडिनेछन् भन्दै। राजनीतिमा न स्थायी शत्रु हुन्छन् न मित्र नै । सत्ताधारी दलहरुले त झनै गठबन्धन नै गरेर चुनावमा होमिएका थिए। तर, नतिजाले गठबन्धन पूर्णत अस्वीकृत भएको छ। दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार भारी मतान्तरले विजयी भएका छन् । गुनासो आफ्नै आफ्नै। धम्की, घुर्की र घम्साघम्सी। लाजमर्दो गरी सिंहदरबारभित्र फोहर थुप्रिरहेछ। थुप्रिन थालेको पनि धेरै भयो। काठमाडौं महानगरपालिकामा मेयरको अराजनीतिक टिप्पणी, प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवस्थापनप्रतिको वितृष्णा। सिंहदरबार यतिखेर फोहरको डम्पिङ साइटमा रुपान्तरित हुँदैछ । काठमाडौं महानगरपालिका प्रमुखमा भिडेका केशव स्थापितको कोर एरिया कहिल्यै आएन। अन्तत: बालेन महानगर प्रमुखमा निर्वाचित भए। यही वर्ष अर्थमन्त्री रहँदा जनार्दन शर्माको चर्चा पनि अत्याधिक भयो। सिंहदरबारभित्रै बाट सीसीटिभी फुटज फेला परेन। वर्षको अन्त्यमा भने 'कोर' शब्द फेरि चर्चामा रह्यो । छानबिनको प्रक्रिया जारी रहँदा अनसन्धानको लहरो नेताकै घरदैलोसम्म पुगिसकेको छ। राजनीतिमा जस्तै आपराधिक कार्यमा पनि सर्वदलीय संलग्नता भएका प्रारम्भिक अनुसन्धानले नै देखाइसकेको छ। तर, दलीय छत्रछायामा अपराध कर्ममा संलग्नहरुले छहारी पाइरहेका छन्। ठिक यसै बेला मुलुकमा माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको छ । न बैठकमा सरकारका मन्त्री देखिन्छन् न संसदमा सांसद। बैठक चलिरहेको हुन्छ, कुर्सी खाली हुन्छ। सांसदहरु हाजिर गर्छन् अनि निस्कन्छन्। त्यसैले केही दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रोष्टमबाट यो मुद्दा उठाए । खुल्लामञ्चमा बस्न काठमाडौं महानगरले रोके पनि उनीहरु आफ्नो आवाज सरकारसँग पुर्‍याउने कोसिसमा छन्। सरकारसँग वार्ता पनि गरिरहेका छन्। तर, मिटर ब्याजीहरुको शिकारमा परेका उनीहरु आफ्नो कुरा प्रधानमन्त्री समक्ष सुनाउन चाहन्छन्। दु:ख पोख्न चाहन्छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले उनीहरु भेट गर्ने भनिए पनि भेटेका छैनन्। प्रधानमन्त्री आराममा छन्, सत्ता मिलाउन व्यस्त छन् ।
pahilopost.com
90,044
एमालेका वीरबहादुर कुरुम्बाङलाई पराजित गर्दै गाउँपालिकाको अध्यक्षमा बृजहाङ आङदेम्बे विजयी भएका हुन् । आङदाम्बेले ५ हजार ७३९ मत ल्याएका छन् भने उनका प्रतिद्वन्द्वी एमालेका कुरुम्बाङले ४ हजार ६४३ मत प्राप्त गरे। तत्कालीन फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भए पछि २०७६ मा भएको उपनिर्वाचनमा बृजहाङ वीरबहादुरसँग पराजित भएका थिए। उपाध्यक्षमा भने नेकपा माओवादी केन्द्रका ठाकुरसिं नेम्वाङ विजयी भएका छन्। नेम्वाङले जनता समाजवादी पार्टीकी बबिता नेम्बाङलाई पराजित गरे ।
canadanepal.com
3,936,343
प्रधानमन्त्री केपी शर्मा ओलीले अप्ठ्यारोमा द्धिविधा हुने र यसलाई दूर गर्न नेतृत्व चाहिने बताउँदै मुलुक बन्नेमा ढुक्क रहन आम नेपाली जनतालाई आग्रह गरेका छन् । विद्यालय तहका बालबालिकाहरुको सिकाइ निरन्तरता लक्षित कार्यक्रम शुरु भएको घोषणाका सन्दर्भमा शुभकामना मन्तव्य दिँदै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन् । उनले सम्बोधनको क्रममा भने,’आज म यी सबै प्रश्नको विस्तारमा चर्चा गरिरहेको छैन । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन । अप्ठ्यारोमा द्विविधा हुन्छ, त्यही दूर गर्न नेतृत्व चाहिन्छ । आरोप लगाए जस्तो ‘गफ हानेको’ होइन । ढुक्क रहौं– मुलुक बन्छ । सुशासन, स्वच्छता कायम हुन्छ । तर ६ महिनादेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीका कारण अन्य मुलुकहरुमा जस्तै हाम्रो देशमा पनि विद्यालय लगायत सबै तहका शैक्षिक संस्थाहरू बन्द छन् । गतबर्षको चैत ११ गतेदेखि मुलुकमा लकडाउन शुरु गरिएको छ । त्यस यताका दिनमा देशभरका तीन हजार दुई सय भन्दा बढी विद्यालयहरू क्वारेन्टिन स्थलका रुपमा प्रयोग भइरहेका छन् । माध्यमिक शिक्षा परीक्षा (एस इ इ) लगायत राष्ट्रियस्तरमा गरिने कतिपय परीक्षाहरु समेत स्थगित छन । लकडाउन अन्त्य भएको होइन, केही खुकुलो पारिएको छ । तसर्थ हाम्रो व्यवहार, स्वच्छन्द होइन सतर्कता सहित चालिनु पर्छ । तोकिएका सबै नियमहरु पालना गरिनु पर्छ । हाम्रा स–साना नानीहरुको सिकाइको थलो नै समुदायमा संक्रमण फैलने केन्द्र नबनोस् भन्नेमा विशेषगरी शिक्षक, स्वयंसेवक र अभिभावक लगायत सबै सचेत हुनै पर्छ । लामो समयसम्म विद्यालयहरु बन्द रहँदा सिङ्गो शैक्षिक सत्र प्रभावित हुन सक्ने भएकाले बन्दाबन्दीको ८३ दिनपछि यसलाई केही खुकुलो पारिएको हो । बालबालिकाको सिकाइमा थप क्षति नहोस् र समग्र शैक्षिक सत्र प्रभावित नहोस् भन्ने उद्देश्य सहित आजबाट सरकारले विद्यालय तहका बालबालिकाहरुको सिकाइ–निरन्तरताका लागि वैकल्पिक कार्यक्रम शुरु गरेको छ । प्रत्यक्ष कक्षा सञ्चालन हुन नसकेपनि स्वअध्ययन सामग्री, रेडियो, टेलिभिजन, अनलाइन र अफ–लाइनका माध्यमबाट सिकाइ प्रक्रिया अघि बढाउने वैकल्पिक प्रणाली शुरु गरिएको छ । यसलाई नयाँ अवसरका रुपमा उपयोग गर्नुपर्छ । कोरोना महामारी पछिको विद्यार्थी समूह, सिङ्गो शैक्षिक सत्र गुमेको समूह नभई नयाँ प्रविधिमा अभ्यस्त पुस्ताका रुपमा अघि बढाउनु पर्छ । हाम्रो विकास समान स्तरमा छैन । प्रविधिको पहुँच एकै नासको पनि छैन । सिकाउने र सिक्ने, सबैको स्तर पनि एउटै छैन । त्यसैले वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरणको लागि निर्देशिका जारी गर्दा स्थानीय तह तथा विद्यालयको स्रोत साधनमा रहेको पहुँचलाई ध्यानमा राखिएको छ । त्यसैको आधारमा विद्यार्थीहरुको पहिचान र वर्गीकरण गरिएको छ । हजारौं बर्ष अघि विश्वलाई अक्षर र अंकको ज्ञान दिलाएका थिए । हाम्रो बौद्धिक सम्पत्तीका आविष्कारक हाम्रा पुर्खालाई हामीले सम्झनु पर्छ र सम्मान गर्नुपर्छ । हाम्रो सभ्यता र संस्कृतिलाई हरदम मनन गर्नुपर्छ । देशको कर्णधार हो । तपाईहरुको सिकाइमा गरिने खर्च, राष्ट्रको होस् वा व्यक्तिको समाजमाथिको लगानी हो । भविष्य माथिको लगानी हो । हाम्रो गौरवपूर्ण सभ्यता र संस्कृतिको बारेमा जानिफकार हुनुपर्छ । अर्थात्, हाम्रो शिक्षा इतिहासकोे गौरव, वर्तमानको आवश्यकता र भविष्यको स्पष्ट मार्गचित्रको एकमुष्ट प्रतिरुप हुनुपर्दछ । सफल हुनका लागि इमान्दार हुनै पर्छ । इमान्दार सबैप्रति हुनुपर्छ । भविष्यमा कुन क्षेत्रमा संलग्न हुने ? जेमा लाग्ने हो, त्यसमा समर्पित हुनुपर्छ । मिहेनती हुनुपर्छ । मिहेनत, प्रतिफल आउने गरी गर्नुपर्छ । यो नयाँ पुस्ता इनोभेटिभ हुनुपर्छ । नयाँ प्रविधि बनाउने, भएको प्रविधिको विकास गर्ने, उपलब्ध प्रविधि आयात गर्ने र अरुमा रहेको प्रविधिको प्रसार गर्ने हुनुपर्छ । भावी पुस्ता सक्षम हुनुपर्छ । त्यो मानवीय, देशभक्त र विनम्र हुनुपर्छ । यहीे पुस्ताले समृद्धिको तला थप्ने जिम्मेवारी बहन गर्न सक्ने हुनुपर्छ । पुरानो पुस्ताले लडेर नै आजको पुस्तालाई प्रश्न गर्न सक्ने वातावरण सिर्जना गरिदिएको छ । मुलुकको राजनीतिक व्यवस्था आमूल परिवर्तन गर्ने पछिल्लो आन्दोलन हुँदा किशोर उमेरमा नै रहेको वा भरखरै जन्मिएको नवयुवा पुस्ता अहिले क्रमशः जिम्मेवारी सम्हाल्ने दिशातर्फ अघि बढ्दै छ । यो पुस्ता स्वभावतः बढी जिज्ञासु छ । र, नयाँ प्रविधिमा अभ्यस्त पनि छ । अभ्यस्त भएकै कारण देश÷दुनियाँका विषयमा जानकार पनि छ । तर एकमुष्ट भन्न चाहन्छु– “जति लड्ने हो यो पुस्ता लड्छ, मुलुक बन्छ । अबका दिनमा हाम्रा सन्तानहरु यस मुलुकको भाग्यमानी पुस्ता बन्छन्” भन्ने तपाईका अभिभावकहरुको भनाई झुठ्ठा सावित हुँदैन । हाम्रो मुलुकमा अब फेरी अर्को आन्दोलन आवश्यक छैन । विद्यालयहरु पुनः सञ्चालनमा नआएसम्म आजबाट शुरु भएको वैकल्पिक सिकाइ प्रणालीले हाम्रा विद्यालय तहका विद्यार्थीहरुको ज्ञानमा महत्वपूर्ण योगदान गर्नेछ र शैक्षिक बर्ष खेर जान नदिन योगदान गर्नेछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तत्काल आवश्यक सामग्री व्यवस्थापन गरिरहेको छ । भावी दिनमा सामग्रीको विकास, प्रयोग र प्रसार गर्ने क्रम निरन्तर जारी रहने छ । तसर्थ, आफ्ना बालबालिकाहरुले यी विधिहरु प्रयोग गरेका छन वा छैनन भन्ने कुरा एकीन गर्न र उनीहरुलाई सहयोग गर्न म सबै अभिभावक, शिक्षक तथा स्वयंसेवकहरुमा अनुरोध समेत गर्दछु । काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले नेतृत्वको सरकार तानाशाही बन्छ भन्ने काठमाडौं, ५ साउन । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले कांग्रेस–एमाले गठबन्धन सरकार पूरा अवधिसम्म अगाडि काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारलाई सफल काठमाडौं, ५ साउन । नेकपा (एमाले) नेता एवं प्रतिनिधि सभा सदस्य सूर्य थापाले ‘जान्नेलाई छान्ने’ काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले माओवादी केन्द्रलाई बाहिर राखेर संविधान संशोधन काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति प्रधानमन्त्रीले काठमाडौं, ५ साउन । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले सहजै रुपमा काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन ।
reportersnepal.com
758,793
जर्मन प्रहरीले भारतीय र नेपाली मानव तस्करीको संगठित गिरोहका पाँच सदस्यलाई पक्राउ गरेको छ । त्यहाँको म्युनिखस्थित संघीय प्रहरीले युरोपेली नागरिकसँग नक्कली बिहे गराएर तस्करी धन्दा चलाउने समूहको पहिचान गर्न रोमानिया, पोल्यान्ड र डेनमार्क प्रहरीसँग मिलेर अप्रेसन सुरु गरेको थियो ।भारतीय अनलाइन पोर्टल फस्ट पोस्ट र हिन्दुस्तान टाइम्सका अनुसार प्रहरीको ‘कोभर्ट अप्रेसन’मा युरोपको आवासीय अनुमति पाउन भारतीय र नेपालीले युरोपेलीहरूसँग नक्कली बिहे गर्ने र कागजात हात पार्ने गरेको देखिन्छ ।अहिले जर्मनीकेन्द्रित रहे पनि अनुसन्धान युरोपका अन्य देशमा पनि विस्तार गरिने प्रहरीले जनाएको छ । अहिलेसम्म १२ हजार युरो अर्थात् १५ लाख रुपैयाँभन्दा धेरै बुझाइ करिब २ सय नेपाली र भारतीयले नक्कली बिहेमार्फत युरोपको आवास अनुमति लिएको म्युनिखस्थित संघीय प्रहरी निर्देशनालयलाई उद्धृत गर्दै फस्ट पोस्टले लेखेको छ । विगतका प्रमाणका आधारमा प्रहरीले थालेको सामूहिक अनुसन्धानले युरोपमा नेपाली र भारतीय मानव तस्कर समूहले वर्षौंदेखि यस्तो धन्दा चलाएको देखिन्छ । युरोपको आवासीय अनुमति पाउन नक्कली बिहे गर्नेहरूलाई सम्बन्धित देशले निकाला गर्न सक्छ । प्रहरीले संगठित मानव तस्करीका अलावा यस्तो गैरकानुनी धन्दाबाट फाइदा लिइरहेका आप्रवासीमाथि समेत निगरानी बढाइएको जनाएको छ । जर्मन प्रहरीका अनुसार तस्करको फन्दामा पर्नेहरूमा अधबैंसे महिला र पुरुष छन् । युरोपोल, युरोपियन कानुन कार्यान्वयन इकाई, रोमानियन र पोलिस अनुसन्धान अधिकारीहरूले १७ विभिन्न अर्पाटमेन्टमा छापा मारी नेपाली र भारतीय मानव तस्करको सञ्जाल पहिचान गरेको थियो । प्रहरीका अनुसार यस्तै सञ्जाल डेनमार्कमा पनि देखिन्छ । प्रहरीले नक्कली बिहे दर्ता, नक्कली बिहे गर्न खडा भएका संस्था र प्रयोगमा नल्याइएका औंठी बरामद गरेको छ । अन्य दुई घरमा छापा मारी नक्कली बिहे गरेको १५ जनालाई नियन्त्रणमा लिइएको छ । तिनमा कति नेपाली छन्, पहिचान खुलिसकेको छैन  ।
ekantipur.com
3,613,086
काठमाडौं उपत्यकाभित्र नै मोबाइल फोन सेवा गुणस्तरीय नभएको पाइएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको मोबाइल फोनको गुणस्तर परीक्षण प्रतिवेदनअनुसार मोबाइल सेवा गुणस्तरीय नभएको पाइएको हो । हिजो दोहोरो अंकले ओरालो लागेको बजार परिसूचक नेप्से यस दिन उतार चढावबीच २ अंक बराबरले बुद्ध एयर जनकपुरधामका स्टेसन म्यानेजर विजयकुमार सिंहले पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ हिजोदेखि यद्यपि हालको लागि यसअघि असोजमा गरिएको प्रक्षेपणभन्दा यो दुई प्रतिशत बिन्दुले कम हो । एक वर्षका माछापुच्छ्रे बैंकमै लामो समयसम्म उच्च व्यबस्थापन तहमा रहेर काम गरेका थापा बहु बैंकिङ्ग ब्यवसाय र रसुवा । रसुवाको गोसाईकुण्ड गाँउपालिका– १ एकमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निमार्णको काम काठमाडौं । साताको पाँचौं दिन आज बिहीबार बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी आयोजनाबाट साढे वार्षिक रूपमा प्रतिघण्टा ४ अर्ब मेगावाट विद्युत् उत्पादन हुने र जिल्लाबासीलाई छुटमा विद्युत् काठमाडौं, फागुन ४ । सरकारले गत वर्षकै बजेटमा स्टार्टअप कार्यक्रम ल्याएको थियो ।
imagekhabar.com
4,416,302
प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतमा चिरपरिचित दुई अनुहार फेरी यस पटक पनि आमुन्ने सामुन्ने हुँदैछन् । यस पटक पनि ५ वर्षअघि कै प्रतिद्वन्दी, नेकपा एमालेका पदम गिरी र कांग्रेसका अर्जुनप्रसाद जोशीबीचमा प्रतिस्पर्धा हुनेछ । गठबन्धनका उम्मेदवार जोशी आफ्नो पुरानो विरासत फर्काउन कम्मर कसेर लागेका छन् । गिरी जित दोहो¥याउने लक्ष्यसहित चुनावमा होमिएका छन् । विगतको चुनावी अंक गणित हेर्दा पर्वतमा गठबन्धन र एमालेका उम्मेदवारबीच केही सय मतको मात्रै अन्तर छ । जसले गर्दा यहाँको चुनाव निकै रोचक बन्ने पक्का छ । उम्मेदवार जति पूराना छन्, उनीहरुको चुनावी एजेण्डा पनि पुरानै छ । यसबाट मतदाता भने केही खिन्न देखिन्छन् । पहाडी जिल्ला र सदरमुकामबाहेक अन्य स्थानमा सडक पूर्वाधार कमजोर छ । त्यसैले सडकसँगै अन्य पूर्वाधार विकासलाई उम्मेदवारहरुले प्रमुख चुनावी मुद्दा बनाएका छन् । यहाँ कांग्रेसका जोशी र एमालेका गिरीसँगै प्रतिनिधि सभामा १२ जना उम्मेदवार चुनावी मैदानमा छन् । २०५६ को संसदीय निर्वाचनमा विजयी भएर जोशीले संसदको यात्रा सुरु गरेका थिए । अहिले उनी पाँचौँपटक भोट माग्न पर्वतका जनताको घरदैलोमा पुगेका छन् । उनी २०६४ को पहिलो र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समेत विजयी भएका थिए । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा भने जोशीलाई एमालेका युवा नेता गिरीले हराएका थिए । गिरी यसपटक पनि जित दोहो¥याउने दाउमा छन् भने जोशी विरासत फर्काउने दबाबमा छन् । जोशीले आफूले जित्ने मुख्य आधार नै गठबन्धन भएको दाबी गर्ने गरेका छन् । जोशीले एमाले अध्यक्ष केपी शर्मा ओलीले पटक–पटक संविधानमाथि प्रहार गरेका कारण त्यसको रक्षाका लागि आफू गठबन्धनको साझा उम्मेदवार बनेको दाबी गरीरहेका छन् । एमाले उम्मेदवार गिरीले आफूले चुनाव जित्ने प्रशस्त आधार रहेको दाबी गर्ने गरेका छन् । उनले एमालेले उठाएको राष्ट्रिय स्वाधीनताको रक्षाको मुद्दाका लागि लड्दै आएको हुँदा त्यही कारण जनताले एमालेलाई भोट दिनेमा विश्वास व्यत्तत गर्ने गरेका छन् । गिरीले एमालेले चुच्चेनक्सा सार्वजनिक गर्नेदेखि राष्ट्रियताको पक्षमा पटक–पटक बोल्दै आएको हुँदा पनि जनताको रोजाइ बन्ने बताए । गिरीले पर्वत जिल्लाको विकासका निम्ति आफ्नो उम्मेदवारी रहेको बताए । उनले अघिल्लो कार्यकालमा सुरु गरेका कामलाई अबको पाँच वर्षमा सक्न पनि जनताले आफूलाई रोज्ने बताए । यसअघिको प्रतिनिधिसभा र स्थानीय निर्वाचनमा प्राप्त मतको आधारमा गिरी र जोशीको निकै रोचक प्रतिस्पर्धा हुने देखिएको छ । २०७४ को चुनावमा गिरीले ३९ हजार २ सय ७५ मत ल्याएर विजयी हुँदा जोशीले २६ हजार ८ सय १९ मत प्राप्त गरेका थिए । उता स्थानीय तहको निर्वाचनमा एमालेका वडाध्यक्ष उम्मेदवारहरूले कुल ३५ हजार ७ सय १६ मत प्राप्त गर्दा कांग्रेसले २९ हजार ३ सय ४४, माओवादी केन्द्रले ५ हजार ३ सय ६, नेकपा एकीकृत समाजवादीले ५ सय ४६ र राष्ट्रिय जनमोर्चाले ८ मत पाएका थिए ।
palikakhabar.com
3,062,254
नेपालस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत डिभीको नतिजा आज आउने जानकारी दिएको हो । यो नै डिभीको नतिजा थाहा पाउने एक मात्र तरिका भएको दुताबासले जानकारी दिएको छ ।
newsofnepal.com
4,193,080
सरकारले विभिन्न नियमनकारी निकायबाट गराउनुपर्ने काम लकडाउनका कारण हुन नसकेको भए त्यसबापतको जरिवाना तथा विलम्ब शुल्क नलाग्ने निर्णय गरेको छ। बैशाख १४ गतेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो। कोभिड १९ को संक्रमणका कारण उत्पन्न जटिल परिस्थितिमा विभिन्न नियमनकारी निकायबाट सम्पादन गर्ने कार्य र सोको लागि विभिन्न कम्पनी वा निकायले पेश गर्नुपर्ने विवरण तथा लाग्ने शुल्क मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनी रजिष्टारको कार्यालयमा कम्पनीले पेश गर्नुपर्ने विवरण वा प्रतिवेदन बुझाउने म्याद २०७७ जेठ मसान्तसम्म कायम गर्ने व्यवस्था मिलाइने भएको छ। साथै कार्यायले माग गरेको विवरण पेश गर्नुपर्ने विवरण पेश गर्ने म्याद पनि सोही समयसम्म कायम हुने भएको छ। यातायात तथा सवारी चालक अनुमति पत्र, सवारी साधनको नवीकरण, प्रदूषण नवीकरण, रुट पर्मिट नवीकरण गर्ने म्याद लकडाउनको अवधिभित्र परेमा २०७७ जेठ मसान्तसम्म गर्न सक्ने र सो कारणले ढिलो भएबापत बुझाउनुपर्ने शुल्क जरिवाना मिनाहा हुनेछ। प्राइभेट फर्म, साझेदारी फर्म, साना तथा घरेलु उद्योग वा वाणिज्य विभाग तथा औषधि व्यवस्था विभागमा दर्ता भएका संस्थाहरुको नवीकरण अवधि लकडाउनको अवधिभित्र परेमा उक्त अवधि २०७७ असार मसान्तसम्म कायम हुने भएको छ। यो अवधिमा लाग्ने कर विलम्ब शुल्क मिनाहा हुने व्यवस्था सरकारले गरेको छ। त्यसैगरी असंगठित क्षेत्रमा काम गर्ने तर हाल काम बिहीन भएका तथा वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति लिएर पनि कोभिड १९ का कारण वैदेशिक रोजगारीमा जान नपाएका र वैदेशिक रोजगारबाट फर्किएका नागरिकलाई पनि निजको जिल्लागत विवरण स्थानीय तहमा रहेको रोजगार सेवा केन्द्रमा सूचिकृत गरी सार्वजनिक निर्माणका अतिरिक्त प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध गर्दै उनीहरुलाई उत्पादनशील कार्यमा उपयोग गर्ने निर्णय सरकारले गरेको हो। यो व्यवस्थापनलाई २०७७ असार मसान्तसम्म निरन्तरता दिइने छ। सरकारले कोरोना भाइरस संक्रमणको नियन्त्रणका लकडाउन गर्ने निर्णय हुन अगाडि सार्वजनिक खरिद ऐन बमोजिम भएका सार्वजनिक खरिद सम्झौताको म्याद थप गर्न माग गरेमा दुई महिना थप हुने भएको छ। यसरी म्याद थप गर्दा २०७६ बैशाख महिनामा बैंक ग्यारेन्टीको म्याद समाप्त हुने अवस्था भएमा सो बैंक ग्यारेन्टी जारी गर्ने बैंकले विना थप दस्तुर लकडाउन खुलेको मितिले १ महिनासम्म मान्य हुने गरी म्याद थप हुनेछ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
405,067
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ । सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शुरुमै (एमाले) सांसदले घटनाबारे उठेर विरोध जनाएपछि सभामुख अग्निप्रसाद सापकोटाले (एमाले) सांसद गणेशसिंह ठगुन्नालाई बोल्न समय दिएका थिए । एमालेले घटनाबारे भारतसमक्ष औपचारिक विरोध दर्ता गर्नुपर्ने, घटनाका दोषी भारतीय एसएसबीलाई कारबाही गर्नुपर्ने, मृतकका आफन्तलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको छ । सांसद ठगुन्नाले आफन्तले भारतीय प्रहरी चौकीमा किटानी जाहेरी दिँदासमेत सुनुवाइ नभएको बताउँदै नेपाल सरकारले भने घटनालाई ढाकछोप गर्ने प्रयास गरिरहेको आरोप लगाए । उनले दोषी भारतीय एसएसबीलाई मानवीय अपराध गरेको अभियोगमा कारबाही हुनुपर्ने माग गरे ।
hamrakura.com
3,631,257
विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले गरेको तीन साता बढी लामो बन्दाबन्दीमा सदरमुकामबाहेक स्थानीय तहका अधिकांश पसल खुलेका छन् । सरकारले बन्दाबन्दीको पूर्ण पालना गर्न सूचना जारी गरे पनि सूचनाको बेवास्ता गर्दै गाउँका पसलहरु चलिरहेको छ । जिल्लाका ११ स्थानीय तहका मुकामबाहेक गाउँका फुटकर पसलमा मानिसहरूको भीड लाग्ने गरेको छ । गाउँका फुटकर पसलेले निर्धक्क व्यापार व्यवसाय गरिरहेका छन् । दैलेख जिल्लाको सदरमुकामसमेत रहेको नारायण नगरपालिकाले गाउँका पसलहरु खुला भएपछि सबै फुटकर पसल तथा होटललाई बन्द गर्न आग्रह गर्दै पत्र थमाएको छ । वडा नं १ मा रहेको सदरमुकाम बाहेकका अन्य १० वडाका वडाअध्यक्षलाई परिचालन गरी पसलमै पुगी पत्र बुझाइएको नगर प्रमुख रत्नबहादुर खड्काले जानकारी दिए । उनले भने, “हामीले नगरका १० वटै वडाअध्यक्षलाई आजैबाट गाउँका फुटकर पसलसमेत बन्द गर्न पत्र काटेर खटाएका छौँ । अन्तिम पटक पत्रद्वारा आग्रह गरिएको हो । अटेरी गरी खुला गरे पसल नै सिल गरिनेछ ।” यस्तै निर्वाचन क्षेत्र–२ को दुल्लु नगरपालिकामा समस्या देखिएकाले बन्दाबन्दीलाई कडा पारिने नगर प्रमुख घनश्याम भण्डारीले बताए । गाउँका पसलहरु खुला हुँदा बन्द गर्ने अभियान अगाडि बढाइने आठविस नगर प्रमुख खड्गराज उपाध्यायले बताए । साना तथा फुटकर पसल खुला हुँदा कोरोना भाइरस फैलिने सम्भावना देखिएपछि सावधानी अपनाउन आफ्नो गाउँपालिकामा सहुलियत पसल सञ्चालन गरिएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीले जानकारी दिए । “हामीले स्थानीय जनताका लागि सहुलियत पसल हरेक वडामा सञ्चालन गरेका छौँ, त्यहाँ कोरोना भाइरसको सङ्क्रमण रोक्न सबै नियम पालना गरिएको छ । सहुलियत पसलबाहेक अन्य पसलहरु खुला भएको जानकारी पाए कारबाही गरिने छ”, उनले भने । यो महामारीमा सरकारले कोरोना रोकथामका लागि गरेको बन्दाबन्दीलाई पूर्ण पालना गर्न सबै व्यापारी हरुलाई पसल बन्द गरी सहयोग गरिदिन आग्रह गरिएको दैलेख उद्योग वाणिज्य सङ्घका अध्यक्ष कुलबहादुर विकले बताए ।  उनले भने, “कतै भूलवश गाउँमा पसलहरु खुल्ला भएका होलान् ती पसललाई हामी हाम्रो माध्यमबाट बन्द गर्न लगाउँछौं ।” भारतबाट आएका मानिसहरू क्वारेन्टाइनमा बस्नुको साटो स्थानीय पसलहरुमा मदिरा सेवन गरेका र तास खेलेका भेटिने गरेको महाबु–१ का शिक्षक जङ्गबहादुर थापाले बताए । सम्झाउँदा उल्टो आफूलाई गाली गर्ने गरेको उनको भनाइ छ । “स्थानीय तहका मुकामबाहेक अन्य गाउँमा सायद यस्तै हालत छ, सरकारका लागि बन्दाबन्दी मान्नु पर्ने जस्तो बुझाइ हरेकमा छ, त्यसैले सूक्ष्म अनुगमन गर्न जरुरी छ”, उनले भने । अधिकांश गाउँका पसलमा बस्ने, गोप्यरूपमा तास खेल्ने र त्यो पनि नभए हुल बाँधेर खोलामा आउने गरेको भैरवी–१ कर्णबहादुर कार्कीले बताए । “मैले खोलामा माछा मार्न थालेको २० वर्ष भयो । मेरो घर भैरवी र महाबुको सङ्गममा छ तर खोलामा मानिसको यति ठूलो भिड अहिलेसम्म देखेको थिएन, भीड देख्दा मलाई अचम्म लागेको छ”, उनले भने ।
imagekhabar.com
6,264,408
असोज संक्रान्तिको अवसरमा शनिबारका दिन आज कालीगढले विश्वकर्माको पूजाआजा गरी विश्वकर्मा दिवस मनाउँदैछन् । विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ । कलकारखानालाई विशेष रुपमा सजाएर मजदूरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ ।आजकै दिन नेपालमा अमृत क्याम्पस (अस्कल) का संस्थापक अमृतप्रसाद प्रधानको सम्झनामा विज्ञान प्रविधि दिवस मनाइने गरेको छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरुले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा ‘भेद द्वारका’ बनाई लुकाएको धार्मिक विश्वास छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी त्यसै समयदेखि पूजाआजा गर्ने परम्परा रहेको छ । प्राचीन भारतवर्षका चारदिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रुपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यमा समुद्रका बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रुपमा समेत मानिन्छ । यही सम्झनामा नेपालका कालीगढले आज विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गर्छन् । वास्तुशास्त्रका पुस्तकका लेखक एवं अध्येताका सम्झनामा आजको दिनलाई वास्तुविद्ले वास्तु दिवसका रुपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा पनि वास्तुविद्याको पुनर्जागरण भएको छ ।
aajakonews.com
2,876,633
यसक्षेत्रकै पुरानो एवं जिल्लामै उत्कृष्ठ बन्न सफल बुटवल सामुदायिक वन उपभोक्ता समुह, बुटवल १ र २ (साविक १–४) रुपन्देहीको निर्वाचन सम्बन्धी विवाद चरम उत्कर्षमा पुगेको छ । केही ब्यक्तिहरुको हठ, दम्भ र स्वार्थका कारण संस्था नै धरापमा पर्ने अवस्थामा पुगेको छ भने उपभोक्ता समुह बिचको किचलो, आन्तरिक झगडा र राजनैतिक हस्तक्षेपले समुहको कार्यसमिति नै दुईवटा बन्न पुगेको छ । निवर्तमान अध्यक्ष माधव प्रसाद प्रधानकै नेतृत्वमा गठन भएको एउटा समितिले आफु आधिकारिक भएको दावी गर्दै नियमनकारी निकायमा आवश्यक आधार र प्रमाण सहितका लिखत दस्तावेज सहित प्रतिवेदन बुझाए दावि गरेको छ । उता रबिन्द्र गोपाल लाकौल नेतृत्वको समितिले पनि आफु आधिकारिक भएको दावी गर्दै समुहको कार्यालयमा तालाबन्दी गरेको छ । दुई समुहको झगडाका कारण सामुदायिक वन नै उपभोक्ताको हातबाट खोसिएर राष्ट्रिय वन बन्ने सम्भावना पनि बढेर गएको बुद्धिजिवीहरुको भनाई छ । गत चैत्र १० गते बोलाईएको १३ औं साधारण सभा तथा छैठौं अधिबेशनमा गणपुरक संख्या नपुगेको भन्दै उपभोक्ताले बिरोध जनाएपछि तत्कालिन कार्यसमितिले बैशाख ८ गतेका लागि दोश्रो पटक अधिबेशन डाकेको थियो । उता वडाअध्यक्ष महेन्द्र लिगल लगाएतका केही ब्यक्तिहरुको अगुवाईमा सो अधिबेशन अघिनै उपभोक्ता भेला गराई नयाँ कार्यसमिति गठन गरेको दावी गरेको छ । गणपुरक संख्या नपुराई निर्वाचन गराउन नहुने भन्दै अधिबेशनको बन्द सत्रमा भएको होहल्लाका बिच छानविन समिति र निर्वाचन समिति गठन गरिएको थियो । दुई समुहले अलग अलग गरेको उपभोक्ता भेला, अधिवेशन र निर्वाचनबाट निर्वाचित कार्यसमिति मात्र होईन संस्थाको नाम र छाप पनि अलग अलग नै रहेको छ । प्रधान नेतृत्वको समितिको नाम र छाप पुरानै अर्थात बुटवल सामुदायिक वन उपभोक्ता समुह, बुटवल १ र २ (साविक १–४) रुपन्देही भन्ने यथावत रहेको छ भने लाकौलले नेतृत्व गरेको नयाँ समितिको नाम र छाप छुट्टै बनाइएको छ । सो समितिको नाम सामुदायिक वन उपभोक्ता समुह बुटवल १–२ राखिएको छ । दुबै समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई छुट्टाछुट्टै नामका दुईथरि प्रमाणपत्रहरु पनि बितरण गरेका छन । अधिबेशनको नाम पनि फरक फरक रहेको छ । कार्यसमितिमा आधा संख्या महिलाको हुनुपर्ने तथा पदाधिकारीमा १ जना महिला अनिबार्य हुनुपर्ने नितिगत ब्यबस्था भएपनि लाकौल नेतृत्वको समुहमा पदाधिकारीमा महिलाको उपस्थिती नै छैन । बिसं २०५० स्थापना भएको सो समुहले हालै आफ्नो स्थापनाको २५ औं बर्ष प्रबेशको अवसरमा रजत महोत्सव मनाएको छ । तत्कालिन प्रधान नेतृत्वको कार्यसमितीले बैठकबाट अधिबेशनका लागि प्रेमलाल उदासको संयोजकत्वमा निर्वाचन समिति गठन गरिसकेको थियो तर अधिबेशनमा होहल्ला मच्चाएर छविलाल नेपाल संयोजक रहेको अर्को समिति गठन गरि जवरजस्ती हस्तक्षेप गरेर अघि बढेको आरोप प्रधान समुहको छ । पहिलो पटक आवहन गरिएको अधिबेशन र त्यहाँबाट गठन गरिएको निर्वाचन समितिले गराएको निर्वाचन प्रकृयाबाट कार्यसमिति चयन भएर आएको दावी लाकौल पक्षको रहेको छ । उता नियमनकारी निकाय सेक्टर वन कार्यालय बुटवलले दुबै समुहलाई अबैधानिक घोषणा गरि बिगठन गरेर नयाँ कार्यसमिति चयनको प्रकृयामा लैजाने तयारी गरेको छ । पटक पटक दुबै पक्षलाई सहमतीमा मिलेर जान सल्लाह, सुझाव र निर्देशन दिईएको भएपनि अटेर गरेकाले दुईवटै समुहलाई खारेज गरेर नयाँ समिति निर्माणको प्रकृयामा जानुको बिकल्प नरहेको कार्यालय प्रमुख यज्ञमुर्ति खनालले बताउनु भयो ।
newsofnepal.com
2,105,984
बिडम्बना त के छ भने देश हाँक्ने नेतृत्वले आजसम्म विज्ञानमा विश्वास नै गर्न सकेको छैन। विज्ञान मन्त्रालय खोले पनि, भाषण पिच्छे विज्ञानको विकास जरुरी छ भने पनि, विश्वास गरेको छैन। यस्तो लाग्छ कि विज्ञान प्रविधि र अनुसन्धानमा लगानी गर्नु पर्छ भन्ने चेत खुलेको छैन, त्यसैले विज्ञान-प्रविधिमा लगानी गर्न डराउँछ। संसारका कुनै पनि विकसित मुलुक हेरौ, विज्ञान प्रविधिमा भरपुर लगानी गरेका छन्। त्यसैले त ती विकसित छन्। विश्व ब्याङ्कको तथ्यांक हेर्दा थाहा हुन्छ, हाम्रो लगानीको हालत। पैसाले त गरीब भइयो नै, चेतनाले पनि गरीब। हाम्रै छिमेकीको तुलना गर्ने हो भने चीनले २ % लगानी गर्दो रहेछ भने भारतले जम्मा ०.८ % । अहिले देखिएकै छ, चीनको विकासले गति लिएको । विज्ञानमा लगानी नगरि कुनै पनि मुलुक माथि उठेको छैन । हो हाम्रो जस्तो गरीब मुलुकमा झाडा-पखाला लागेकोलाइ सहयोग गर्ने कि विज्ञानका अनुसन्धानमा लगानी गर्ने दुबिधा अवस्य छ, तर यसरि नै अनुसन्धान / आविष्कारलाइ पिठ्यूँ फ़र्काएरै हिडियो भने गरिवीको खाडल बाट कहिलै निस्किन सकिने छैन । जनतालाई खासै असर नपर्ने गरि पनि बिज्ञान-प्रबिधिमा लगानी गर्ने उपाय निकाल्न सकिन्छ । अहिले त कस्तो भएको छ भने लगानी पनि नगर्ने, पैसा पनि चुहिने। सानो उदाहरण दिउँ — अस्पतालमा अत्याधुनिक प्रबिधि भित्र्याएर आफ्नै देशमा उपचार गर्नुको साटो अरबौं रकम बहिरिएकै छ । चुहावट रोकौं, विज्ञान-प्रबिधिमा लगानी गरौँ । अहिलेको ०. ३ % बाट लगानी बढाएर कम्तिमा १ % पुर्याउन ढिला भैसकेको छ । ५ बर्षभित्र २% लगानी नपुर्याई देशको मुहार फेर्ने सपना पूरा हुन असम्भव छ । यसो गर्दा देशका होनहार युवाहरुको पलायन रोकिन गइ देश बिकासले पनि गति लिन्छ । महावीरले देखेको सपना शायद यहि हो, तर देशको नेतृत्वले यो नबुझेसम्म, बिज्ञान-प्रविधिमा लगानी गरेर व्यवस्थित नगरे सम्म, हाम्रो प्रगति हुन असम्भव छ। [विज्ञान बा विदेशको विश्वविद्यालयमा अध्ययन अध्यापन र अनुसन्धानमा कार्यरत एक व्यक्तिको उपनाम हो ।
mysansar.com
1,936,833
अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सात जनाको मृत्यु भएको छ । स्थानीय समयानुसार बुधबार बिहान ७ :२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा अन्य सात जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत जानकारी दिएका छन । शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ । गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताए । वम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास शुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैनन् ।
pokharanews.com
2,111,211
सबैलाई देश दुखोस बेस्मरि . ज्ञाने आउँदैमा यी सब समस्या समाधान हुन्छ लुनाजी ? हाम्रोजस्तो देशको समस्या समाधान कुनै राजाबाट हुनै सक्दैन । समाधान जनप्रतिनिधिहरूबाटै हुन्छ । बरू ज्ञानेलाई गद्दीको लालच देखाउँदा भित्रभित्र के के पकाउने हुन् उनले अनि उनका आसेपासेअरूले बरू । त्यसैले छाड्नुस् एकादेशका राजाका कुरा ।
mysansar.com
5,964,880
२०८१ साउन ८ मंगलबार स्थानीय तह निर्वाचन स्वच्छ, भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थापन तयारी पूरा भएको छ । यही ३० गते शुक्रबारलाई निर्धारित निर्वाचन सुरक्षाका लागि दुई लाख ६० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । गृह मन्त्रालयले स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना–२०७८ अनुरूप निर्वाचन सुरक्षा व्यवस्थापनका लागि आवश्यक सुरक्षा तयारी तथा परिचालन कार्य सम्पन्न भएको जनाएको छ । निर्वाचन सम्पन्न गर्न करिब तीन लाखको हाराहारीमा कर्मचारी खटाइएका छन् । मुलुकका ७५३ स्थानीय तहका लागि १० हजार ७५६ मतदान स्थल र २१ हजार ९५५ मतदान केन्द्र तोकिएका छन् । तीमध्ये दुई हजार ९४६ अति संवेदनशील र चार हजार ४२३ संवेदनशीलको सूचीमा छन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले निर्वाचन सुरक्षा व्यवस्था बलियो र प्रभावकारी पारिएको जानकारी दिए । स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजनाअनुसार मतदान स्थल सुरक्षाका लागि तीन तहको सुरक्षा घेरा बनाइएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।
sunaulonepal.com
2,972,442
उहाँले सबै भन्दा क्रुर र घृणित अपराध जातीय विभेद र छुवाछूत रहेकाले अपराधीलाई कठोर सजाय गर्न गृहमन्त्रालय तयार रहेको बताउनुभएको हो। ५३ औं अन्तर्राष्ट्रिय जाति तथा रंगभेद उन्मुलन दिवस (२१ मार्च) का अवसरमा दलित महिला केन्द्र नेपाल तथा अन्तरपार्टी दलित महिला सञ्जालद्धारा मंगलवार आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले भन्नुभयो ‘कानुन छ तर कानुनले काम गरेको छैन, कानुन कार्यान्वयन र विधिको शासन सञ्चालनका लागि अभियानको जरुरी छ, जातीय विभेदको विरुद्ध दलित समुदायले संघर्ष गर्दै आएको तर उपलब्धी हासिल गर्न नसकिरहेको छैन।’ नवनिर्वाचित दलित समुदायका सांसदलाई बधाई तथा शुभकामना र इभा क्यासल सामाजिक न्याय पुरस्कार वितरण सामारोहमा छुवाछूत विरुद्धको कानुन कार्यान्वयनमा जोड दिइएको छ। नेकपा (एमाले) का प्रतिनिधिसभा सांसद निरा जैरुले संविधान र कानुनमा व्यवस्था भएका दलित हकअधिकारको कार्यान्वयनमा दलित सांसदहरूको साझा पहल हुने बताउनुभयो। उहाँले भन्नुभयो ‘प्रतिनिधिसभामा दलित समुदाय संख्यात्मक हिसावले थोरै भएपनि कमजोर अवस्थामा छैनौं संयुक्त पहल कदमी गरियो भने दलितको लागि प्रभावकारी काम गर्न सक्छौं।’ नेकपा (माओवादी) केन्द्रकी प्रतिनिधिसभा सांसद अञ्जना बिशंखेले केन्द्र सरकारमा एकजना दलित मन्त्री भएपनि सात प्रदेशका सरकारमा प्रतिनिधित्व नहुनु दुःखदायी भएको चर्चा गर्नुभयो। छुवाछूतका घटनाका दोषीलाई कारवाही नगरिनु, प्रभावकारी कानुन कार्यान्वयन नहुनु र दलितलाई अवसरबाट बञ्चित गरिदा परिवर्तनको अनुभूति गर्न नसकिरहेको उहाँले चर्चा गर्नुभयो। नेपाली काँग्रेसकी प्रतिनिधिसभा सांसद लक्ष्मी परियारले जातीय विभेदका घटनामा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन नसकिएको चर्चा गर्नुभयो। उहाँले भन्नुभयो ‘डेढवर्ष अघि अन्तरजातीय विवाह गरेपछि मारिएका काभ्रेका अजित मिजारको लास अहिले पनि टिचिङ अस्पतालमै छ, उनका परिवारले अझै न्याय पाएका छैनन, यो एउटा उदाहरण हो छुवाछूत गर्नेलाई कानुनी कारवाही गर्न गृहमन्त्री ज्यूको धयानाकर्षण गर्दछु।’ कार्यक्रममा वादी समुदायबाट पहिलो सांसद बन्नुभएकी उमादेवी वादीलाई एकलाख रुपिँयाको इभा क्यासल सामाजिक न्याय पुरस्कार प्रदान गरिएको छ। नेपालका वादी समुदायको हकअधिकार सुनिश्चित गर्न र वादी समुदायलाई संगठित गरी वादी आन्दोलनको सफल नेतृत्व गरेको भन्दै उहाँलाई सो सम्मान गरिएको दलित महिला केन्द्रकी अध्यक्ष गौरा नेपालीले बताउनुभयो ।
newsofnepal.com
2,761,330
जिल्ला अदालत मोरङले आज सनम शाक्य हत्याकाण्ड र ३३ किलो सुन प्रकरणमा प्रमुख भूमिकामा रहेका चुडामणि उप्रेती भन्ने गोरेसहित छ जनालाई दोषी ठहर गरी जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका न्यायाधीश भरत लम्सालको इजलासले प्रतिवादीमध्ये मुख्य अभियुक्त मोरङ उर्लाबारीका उप्रेतीसहित छ जनालाई जन्मकैदको फैसला सुनाउनुभएको छ भने अन्य दुईमध्ये एक जनालाई तीन वर्ष र अर्कालाई छ महिना कैद सजायको फैसला भएको अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले जानकारी दिनुभयो । गोरेसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई जन्मकैदको फैसला सुनाइएको हो । अदालतले राजन कुमारलाई तीन वर्ष र माधव भनिने मदनप्रसाद घिमिरेलाई छ महिना कैद सजायको फैसला गरेको स्रेस्तेदार राणाले बताउनुभयो । मुद्दाका ७७ जनालाई प्रतिवादी बनाइएकामा ४८ जनाले सफाइ पाएका छन् भने २१ जना फरार रहेकाले मुद्दा मुल्तवीमा राखिएको उहाँले जानकारी दिनुभयो । जिल्ला अदालत मोरङमा विसं २०७५ वैशाख १९ गते ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोबार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर भएको थियो ।
eadarsha.com
3,500,627
ओखलढुंगाको निशंखेमा पहिलो पटक पर्माकल्चर विधिबाट तरकारी उत्पादन गरिएको छ । सुख्खा ग्रस्त क्षेत्रका किसानलाई अभिप्रेरित गर्ने उद्देश्यले स्वयंसेवी अभियान नेपालले यो विधिबाट तरकारी उत्पादन गरेको हो ।
imagekhabar.com
997,640
बेल्जियमका राजा अल्बर्ट द्वितियले नेपालको संविधान निर्माण विथोलिएकोमा चासो व्यक्त गरेका छन् । उनले दलहरुबीच पुनः एकताको वातावरण बनेर जारी संक्रमणकाल अन्त्य हुने विश्वास व्यक्त गरे ।
ekantipur.com
1,644,433
वि.सं.२०७७ मंसिर १४ आइतवार चीनको राज्यपरिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेले चीन र नेपालका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखका तहमा भएका द्विपक्षीय समझदारी कार्यान्वयनका सिलसिलामा आफू नेपालको छोटो भ्रमणमा आएको बताएका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा गृहमन्त्री रामबहादुर थापालगायत उच्च अधिकारीले स्वागतपछि सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै चिनियाँ विशिष्ट अतिथिले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे् । चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए । “भ्रमण परिणाममुखी हुनेमा म विश्वस्त छु, कोभिड–१९ का कारण भ्रमणमा केही विलम्ब भयो ”, कोभिड–१९ का समयमा नै भएको आफ्नो भ्रमणको विशेष महत्व हुने बताउँदै उनले भने। रक्षामन्त्री वेइलाई गृहमन्त्री थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायतले स्वागत गरेका थिए। चिनियाँ विशिष्ट पाहुना २१ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै विशेष विमानबाट काठमाडौँ अवतरण गरेको हो । प्रतिनिधिमण्डलमा जनमुक्ति सेनाका उच्च अधिकारी समेत छन् । आजै उनले राष्ट्रपति विद्यादेवी भण्डारी र रक्षा मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग बेग्लाबेग्लै शिष्टाचार भेट तथा प्रधानसेनापति पूर्णचन्द्र थापासँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । रासस वि.सं.२०७७ मंसिर १४ आइतवार १४:४४ मा प्रकाशित गण्डकी । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।
sansarnews.com
4,194,262
सरकारले सातै प्रदेशलाई १ खर्ब २९ अर्ब ४६ करोड रुपैयाँ अन्तरसरकारी वित्तीय अनुदान दिने भएको छ। संघीय सरकारबाट सबैभन्दा धेरै अनुदान बागमती प्रदेशले पाउने भएको छ। सबैभन्दा कम चाहीँ गण्डकी प्रदेशले पाउने भएको छ। आर्थिक वर्ष २०७९/८० का लागि सरकारले सातै प्रदेशलाई समपूरक, सशर्त, विशेष अनुदान र समपुरक अनुदान पुँजीगत प्रकृतितर्फ अनुदान वितरण गरेको हो। सबैभन्दा धेरै अनुदान पाउनेमा बागमती प्रदेश छ। अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको संयुक्त सदनमा बजेट पेश गरेका थिए। बजेटको रातो किताबमा प्रदेशहरुले पाउने अनुदानको अंक तोकिएको हाे। प्रदेश १- १९०९९१ मधेश प्रदेश- १९१५०९ बागमती प्रदेश- २०३२६६ गण्डकी प्रदेश- १६५४३२ लुम्बिनी प्रदेश- १८४७६४ कर्णाली प्रदेश- १८३०६१ सुदुर पश्चिम प्रदेश- १७५५८३ सातै प्रदेशले समानीकरण अनुदान अन्तर्गत ६१४३२१, सर्शत अनुदान अन्तर्गत ५७१६८२, विशेष अनुदान अन्तर्गत ४५६४३, समपुरक अनुदान अन्तर्गत ६२९६० लाख रुपैयाँ पाउने छन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
2,986,833
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको निर्देशनमा मन्त्रालयले एसएचएल म्यानेजमेन्ट प्रालीका निमित्त बतास अर्गनाइजेशनले होटल सञ्चालन गरिरहेको पशुपति धर्मशालाको निरीक्षण गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री काठमाडौं, (नेस) । मोबाइल उत्पादक कम्पनी सामसुङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस२१ सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले ३ प्रतिशत काठमाडौं । कूल गाहस्र्थ उत्पादनमा प्रमुख स्रोतको रूपमा रहेको कृषि क्षेत्र विभिन्न समस्याबाट गुज्रिरहेको विज्ञहरूले सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच रोजगारीका लागि स्वास्थ्य जनशक्ति लैजाने विषयमा नेपाल र बेलायतबीच श्रम सझदारी हुने भएको छ ।
newsofnepal.com
6,321,912
वाम एकताको तयारीसँगै प्रगतिशील लेखक–साहित्यकारबीच समाजवादको लक्ष्य र गन्तव्यका विषयमा मतान्तर देखिएको छ । मुलुकका सशस्त्र युद्ध र शान्तिपूर्ण जनआन्दोलन हुँदै संघीय लोकतान्त्रिक गणतन्त्रसहितको नयाँ संविधान प्राप्तिपछिको निर्वाचनमा बहुमत हासिल गरेका दुई ठूला कम्युनिष्ट पार्टीबीचको एकता प्रक्रिया अघि बढेका बेला तिनै घटकनिकट लेखक–साहित्यकारले पूँजीवादी क्रान्ति सम्पन्न भइसकेको मान्ने कि नमान्ने प्रश्नमा बहस भएको हो । विसं २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिपछि पूँजीवादी क्रान्तिले एक उचाइ हासिल गरेको तर सांस्कृतिक क्षेत्रमा सामन्तवादका अवयव बाँकी रहेकाले अब लोकतान्त्रिक समाजवादको गन्तव्यमा बोकेर समृद्धिको यात्रा तय गर्नुपर्ने बिन्दमा एमाले र माओवादी केन्द्र पुगेका छन् । यी दुई दलको भावी एकता र नयाँ सरकारले भूमण्डलीकृत पूँजीवाद (बहुराष्ट्रिय कम्पनी) को प्रभावविरुद्ध लड्न नसकेमा नेपालीहरु दलाल पूँजीवादको दलदलमा फस्ने खतरा पनि कतिपय लेखक–साहित्यकारले औँल्याएका छन् । माक्र्सवाद र लेनिनवादको सिद्धान्तलाई आत्मसात् गर्ने लेखकबीचमा कम्युनिष्ट आन्दोलनलाई हेर्ने र कार्यनीति बनाउने विषयमा लामो समयदेखि फरकफरक अडान देखिँदै आएको छ । कम्युनिष्ट आन्दोलनलाई टुटफुटमा कायम राख्नुभन्दा एकीकृत भएर समृद्धि हुँदै समाजवादमा लम्कने एमाले र माओवादी केन्द्रको प्रस्तावनामा अधिकांश प्रगतिशील लेखकहरु देखिएपनि उनीहरुले आलोचनात्मक चेतसहितको अन्तरसंघर्षलाई कमजोर बनाउन नहुनेमा जोड दिएका छन् । वाम ध्रुवीकरणले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) सहित विभिन्न वामपन्थी दलमा आबद्ध र दलमा अप्रतिबद्ध सामन्तवाद, साम्राज्यवाद विरोधी लेखक–साहित्यकारको साझा मोर्चा मानिएको २००९ सालमा स्थापित संस्था प्रगतिशील लेखक संघ (प्रलेस) भित्रसमेत एक प्रकारको तरङ्ग पैदा गरेको छ । संघका कतिपय पदाधिकारी एवं सल्लाहकारले दुई वाम पार्टी मिल्दा पूँजीवादी क्रान्ति पूरा भएको मान्नेहरुको बाहुल्यता संघमा हावी हुने हो भने नयाँ जनवादी क्रान्तिको विषय उठाउनेका लागि संघको औचित्य नरहने जनाएका छन् । तीस सदस्यीय सल्लाहकार परिषद् रहेको संघको पहिलो बैठकमा उनीहरुले लेखकहरु सत्तामुखी हुने खतरातर्फ सचेतसमेत गराएका छन् । एमाले नेता एवं साहित्यकार प्रदीपकुमार ज्ञवालीले आफूहरु राष्ट्रिय पूँजीको विकास कसरी समाजवादको आधार खडा गर्ने चरणमा अघि बढेकाले क्रान्तिपश्चात् सरकारमा जानुलाई स्वाभाविक मान्न आग्रह गर्नुभयो तर पूर्व अध्यक्ष एवं सल्लाहकार निनु चापागाईंले प्रगतिशील लेखकहरु सामान्यतः प्रतिपक्षी रहेको र सकारात्मक काम भएको अवस्थामा सत्तानिकट देखिन पुगेको औँल्याउनुभयो । “विदेशी लगानी आएर नेपालमा समृद्धि हुन्छ भन्नु हास्यास्पद हुन्छ, उनीहरुले ल्याएको लगानीले विकास त होला तर त्यसको नाफा नेपालीलाई शोषण गरेर विदेशमै फर्काउने काम हुन्छ । त्यसको साटो हामीले राष्ट्रिय पूँजीको विकासका लाग्नुपर्छ ।” पार्टी एकता हुन लागेकामा असन्तुष्ट माओवादी केन्द्रका नेता एवं साहित्यकार विश्वभक्त दुलाल आहुतिले भन्नुभयो, “भूमण्डलीकृत पूँजीवादविरुद्ध कसरी लड्ने भन्नेमा एकीकृत पार्टीको दृष्टिकोण कस्तो आउँछ भनेर हेर्नुपर्छ, त्यसको विरुद्ध लड्न नचाहने प्रगतिशील लेखक हुन सक्दैन ।” मोहन वैद्यले नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) निकट अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष डा ईश्वरचन्द्र ज्ञवाली प्रगतिशील लेखकहरु निरन्तर प्रतिपक्षी हुनुपर्नेमा सत्तामा जाने दलको भ्रातृ संस्था हुन लागेकामा आपत्ति व्यक्त गर्नुभयो । संघका अध्यक्ष मातृका पोखरेलले वाम धु्रवीकरणसँगै उठेका वैचारिक प्रश्नलाई थप छलफलमा लैजान पहल गर्ने बताउनुभयो भने महासचिव आरएम डंगोलले दशौँ राष्ट्रिय सम्मेलनपछिको नेतृत्वले देशव्यापी वैचारिक र संगठनात्मक गतिविधिलाई क्रियाशील बनाएको बताउनुभयो । संघका पूर्व कोषाध्यक्ष विष्णु भण्डारीले वाम एकतामा असन्तुष्टि जनाउँदै हालै आफ्नो नेतृत्वमा समाजवादी लेखक संघ स्थापना गर्नुभएको थियो ।
shikharnews.com
5,937,309
कुकुरले टोक्दा हुम्लामा एक महिला घाइते भएकी छन् । सिमकोट गाउँपालिका वडा नम्वर ५ की ४२ वर्षीया सप्पा रावत कुकुरको टोकाइबाट गम्भीर घाइते भएकी हुन् । मंगलबार बिहान बाली गोडमेलका क्रममा उनलाई भुस्याहा कुकुरले टोकेको आफन्त विष्णु रावतले बताए । उनीमाथि ६/७ वटा कुकुरले आक्रमण गरेको र हात खुट्टा, पाखुरा, टाउकोमा समेत घाउ भएको उनले बताए । कुकुरले टोकेर घाइते भएकी रावतलाई खेल मैदानमा फुटबल प्रशिक्षण गर्दै गरेका विष्णु रावत लगाएतको टिम गएर अस्पतालसम्म बोकेर उद्धार गरेको थियो । कुकुरको टोकाइबाट सक्त घाइते भएकी महिलाको जिल्ला अस्पातल हुम्लामा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको जिल्ला अस्पतालकी सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् । घाइतेलाई आजै नेपालगञ्ज लगिएको आफन्त रावतले जानकारी दिए ।
khabarhub.com
441,967
प्रधानमन्त्री केपी शर्मा ओलीले समाजको चेतनास्तर, मूल्य, र मान्यताका आधारमा नयाँ परिवेशअनुसार कानूनहरु परिवर्तन हुँदै जाने भएकाले त्यसको कार्यान्वयनमा न्यायालय सक्षम र चनाखो रहनुपर्ने बताएका छनु। रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालयको नवनिर्मित भवनको उद्घाटन तथा सरकारी वकिलहरुको तेस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै बुधबार प्रधानमन्त्री ओलीले समाज र चेतनाको स्तरमा आउने परिवर्तनअनुसार विद्यमान कानून र नियममा परिवर्तन हुने क्रम चल्दै आएको पनि बताए । उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको कार्यान्वयनका क्रममा नयाँ ऐन निर्माण, विद्यमान ऐन संशोधन, नयाँ नियमावली र कार्यविधि जारी हुने क्रमवृद्धि भएको उल्लेख गर्दै अनुसन्धान, अभियोजन र बहस–पैरवीको प्रभावकारिताले न्याय सम्पादनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । महान्यायाधिवक्ताको कार्यालयको ७० औँ वार्षिकोत्सवसमेत मनाइएको कार्यक्रममा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले फौजदारी न्याय प्रणालीको मेरुदण्डका रुपमा रहने सरकारी वकिलहरुको व्यावसायिकता, क्रियाशीलता र क्षमता विकासले फौजदारी न्याय प्रणाली प्रभावकारी हुने बताए । उनले जनताको अपेक्षानुकूल स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिकाका लागि आफूहरु प्रतिबद्ध भएको स्पष्ट गरे । नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायपालिका सुधार भएमा जनताले न्याय र शान्ति पाउने बताए भने नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले अभियोजनमा सुधार गरी फौजदारी न्यायलाई प्रभावकारी बनाउने महान्यायाधिवक्ताको कार्यालयको सोचलाई सफल बनाउन सहयोगी भूमिका निर्वाह गर्ने जनाए । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले तीनदिने सम्मेलनमा ‘अभियोजनमा सुधार, फौजदारी न्यायको आधार भन्ने मूल विषयमा केन्द्रित भई विभिन्न कार्यपत्र र छलफल हुने जानकारी दिनुभयो । प्रत्यक्ष र भर्चुअलरुपमा गरिने सम्मेलनमा ३९४ सरकारी वकिल र ७० जना सरोकारवालाको सहभागिता रहेको छ । कार्यक्रममा प्रधानमन्त्री ओलीले महान्यायाधिवक्ताको कार्यालयले दुई वर्षअघि स्थापना गरेको ‘वर्ष सरकारी वकिल’ पुरस्कार यस वर्ष सहन्यायाधिवक्ता श्यामकुमार भट्टराईलाई प्रदान गरे । कार्यक्रममा विभिन्न १० सरकारी वकिल र कर्मचारीलाई उत्कृष्ट पुरस्कार दिइने घोषणा गरियो । कूल रु ७३ करोड, ६९ लाख ३५ हजार मा ठेक्का सम्झौता भएको सो भवन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजनाअन्तर्गत तोकिएको समयमै बनाइएको हो । समारोहमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले वरिष्ठतम् नायब महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेलाई नयाँ भवनको साँचो हस्तान्तरण गरेका थिए। कूल ३६०९ वर्गकिलोमिटर क्षेत्रफलमा बनेको उक्त भवनको निर्माण व्यवसायी शर्मा-समानान्तर जेभीले ठेक्का पाएको थियो । पुनःनिर्मित भवनमा आठ तल्ला, १७२ कोठा, वेसमेन्ट, तीन वटा अडिटोरियम हल रहेका छन् । सो भवनको २०७५ असोज २४ मा शिलान्यास भएको थियो ।
hamrakura.com
377,940
विश्व फुटबलमा युरोपियन फुटबलको निकै महत्वपूर्ण योगदान छ । यो क्षेत्रमा धेरै रकम फुटबलका लागि लगानी पनि भएको छ । विश्वका प्रमुख लिगहरु यो महादेशमा खेलिन्छ । फुटबलको सबैभन्दा महत्वपूर्ण प्रतियोगिता विश्वकप पनि धेरैजसो युरोपका मुलुकहरुले जित्ने गरेका छन् । युरोपको फुटबलको संस्कार तथा अवस्थाको कारण धेरैजसो फुटल खेलाडीको चाहना युरोपमा गएर व्यावसायिक लिग खेल्ने हुने गरेको छ । त्यसैले विश्वकप पछि फुटबलको सबैभन्दा प्रतिष्ठित अवार्ड युरोकपलाई मानिन्छ । नामैले युरोकप भएकोले स्वाभाविकरुपमा यो प्रतियोगितामा युरोपका मुलुकहरुको मात्र प्रतिस्पर्धा हुने गरेको छ । यो प्रतियोगिता युरोपियन मुलुकहरुले मात्र खेल्ने भए पनि यसलाई विश्वभरका फुटबल प्रेमीहरुले निकै चासोका साथमा हेर्ने गरेका छन् । विश्व फुटबलमा प्रभाव राख्ने धेर खेलाडीहरु युरोपमा हुने भएकोले युरोकपलाई निकै चासोका साथ हेरिने गरिएको छ । अझ केहीले त युरोकपको विजेतालाई आगामी संस्करणको विश्वकपको विजेताको रुपमा चित्रण गर्ने गर्छन् । यो अर्थमा पनि युरोकपलाई विश्वकप पछिको दोस्रो विश्वकप मान्न सकिन्छ । युरोकपको योजना सन् १९२७ मा फ्रान्स फुटबल महासंघका महाहसचिव हेन्री डेलाउनेले अघि सारेका थिए । यद्यपि युरोकपको पहिलो प्रतियोगिताको लागि भने १९६० सम्म कुर्नुपर्‍यो जतिबेला डेलाउनेको निधन भइसकेको थियो । उनको प्रयासको सम्मान गर्दै पछि यो प्रतियोगिताको उपाधि पनि उनकै नामबाट दिइएको थियो । पहिलो युरोकप सन् १९६० मा फ्रान्समा आयोजना गरिएको थियो । जसमा १७ टोलीहरुले सहभागिता जनाएका थिए । अन्तिम चरणमा पुग्ने मुलुकहरुको संख्या भने केवल ४ थियो । जसमा तात्कालीन सोभियत संघले उपाधि जितेको थियो । सन् १९८० मा इटालीमा आयोजना गरिएका युरोकपमा सहभागी हुने टोलीको संख्या बढाएर ८ मा पुर्‍याइएको थियो । यसपछि हुने प्रतियोगितामा तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नुपर्ने व्यवस्था पनि हटाइएको थियो । वर्णनुक्रमअनुसार सेमिफाइनलमा पराजित हुने दुई टोलीहरुलाई तेस्रो र चौथोको सूचीमा राख्ने गरिएको छ । सन् १९९६ मा इंगल्याण्डमा भएको युरोकपमा सहभागी टोलंसख्या बढाएर १६ पुर्‍याइएको थियो । त्यसपछि २०१६ को पछिल्लो युरोकपमा पहिलोपटक सहभागी मुलुकहरुको संख्या २४ पुर्‍याइएको थियो । अहिलेसम्म युरोकपको १५ औं संस्करण सकिइसकेका छन् । जसमा सबैभन्दा सफल मुलुकहरुमा जर्मनी र स्पेन रहेका छन् । उनीहरुले समान ३-३ पटक युरोकपका उपाधि जितेका छन् । पछिल्लो संस्करणको विजेता पोर्चुगल हो । फ्रान्सले २ पटक युरोकपको उपाधि उचालेको छ । इटाली, पोर्चुगल, नेदरल्याण्ड्स, डेनमार्क र ग्रिसले समान १ पटक युरोकप जितेका छन् । पहिलो युरोकप जित्ने सोभियत संघ र १९७६ मा युरोकप जितेको चेकोस्लोभाकिया अहिले निकै टुक्रामा छुट्टिएका छन् । यो प्रतियोतिगताको फाइनलमा सबैभन्दा बढी पुग्ने टोलीमा जर्मनी सबैभन्दा अगाडि छ । यो टोली ६ चोटी युरोकपको फाइनलमा पुगेको थियो । त्यसपछि इटाली र सोभियत संघ समान ४ पटक फाइनलमा पुगेका छन् ।
hamrakura.com
707,128
आगामी मंसीर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्नका लागि राजनीतिक दलका शीर्ष नेताको घरमा भिड लाग्न थालेको छ । पार्टीमा टिकटको लागि चर्को प्रतिस्पर्धा देखिएको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ । पार्टीभित्र आन्तरिकरुपमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा टिकट लिनका लागि निर्वाचन क्षेत्रबाट नै सिफारिस भएर आउनुपर्ने प्रावधान छ । सिफारिसमा पर्नका लागि पनि उम्मेदवारका आकांक्षी पार्टीका शीर्ष नेताको घरमा अड्डा जमाउन थालेका छन् । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए । आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
everestdainik.com
1,917,975
व्यवस्थापिका– संसद्को आजको बैठकको विशेष समयमा सांसदले प्राकृतिक प्रकोपका कारण जनजीवन प्रभावित भएको लगायत समसामयिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभएको छ । सांसद कर्णबहादुर थापाले मुलुकका विभिन्न स्थानमा पहिरो र बाढीका कारण जनता पीडित भएकाले तत्काल जोखिमयुक्त बस्तीबाट उनीहरूलाई स्थानान्तरण गर्नुपर्नेमा जोड दिँदै सरकारसँग भौगर्भिक नक्साको अभावमा कुन स्थानमा बस्ती बसाउने भन्ने नै प्रष्ट हुन नसकेकामा गुनासो गर्नुभयो । सांसद भरतबहादुर खड्काले भारत र चीनबीचको विवाद कुशल कूटनीतिको सञ्चालनबाट हुनुपर्नेमा जोड दिँदै त्यसमा नेपाल सरकारले प्रयास थाल्नुपर्ने सुझाव दिनुभयो । सांसद दुलारी हरिजनले सडकमा खनिएको खाल्डाखुल्डी नपुर्दा रौतहटको गरुडामा अलपत्र छाडिएको खाल्डामा परी चार बालिकाको मृत्युको कारण निर्माण व्यवसायमा लापरबाही भएकाले त्यसो गर्नेलाई तत्काल कारबाही गर्न माग गर्नुभयो । सांसद सुशीलकुमार श्रेष्ठ र अभिषेकप्रताप शाहले सडकमा खनिएको खाडलमा परेर बालिकाको निधन भएकाले सडक निर्माणमा संलग्न निर्माण व्यवसायीलाई कारबाहीको दायरामा ल्याउन र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गर्नुभयो । शनिबार घाँस काटेर फर्कने क्रममा गर्मी भएपछि पौडी खेल्न गएका चार बालिकाको पौडन नजानेपछि डुबेर मृत्यु भएको उहाँहरुको भनाइ छ । उहाँहरुले प्रा डा गोविन्द केसीका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै प्रा डा केदारभक्त माथेमाको संयोजकत्वमा गठित समितिको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सुबोध पोखरेलले तराई–मधेशका केही जिल्ला बाढीको प्रकोपमा परे पनि केही जिल्लामा पानी नपरेका कारण खडेरीको प्रकोपमा परेकाले पीडितलाई राहत दिन माग गर्नुभयो । सांसद अइन्द्रविक्रम नेम्वाङले स्वाइन फ्लुका कारण काठमाडौँमा छ जनाको ज्यान गएको तथा मुलुकका अन्य स्थानमा समेत उक्त रोग फैलँदै गए पनि अस्पतालमा रोग परीक्षण गर्ने उपकरण अभाव रहेको बताउनुभयो । सांसद अनुराधा थापा मगर, मीना पुन र एकनाथ ढकालले प्रा डा केसीका माग सम्बोधन गर्न सरकारले ढिलाइ गरेकामा गुनासो गर्नुभयो । विशेष समयमा सांसद श्याम श्रेष्ठ, लोकमणि ढकाल, रुक्मिणी चौधरी, कमलप्रसाद पंगेनी, हरिचरण साह, यशोदाकुमारीले पनि समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।
pokharanews.com
3,213,055
प्यालेस्टिनी अतिवादी समूह हमासको आक्रमणपछि आतंकित बनेको इजरायलमा रहेका नेपालीको अवस्थाप्रति आयोगले चिन्ता व्यक्त गरेको हो । आयोगले आज विज्ञप्ति जारी गर्दै हमास समूहको हमलामा परी ज्यान गुमाएका नेपालीहरुको शव यथाशीघ्र स्वदेश ल्याउन, घाइतेहरुको स्वास्थ्योपचार गर्ने व्यवस्था मिलाउन, बेपत्ता रहेका नेपालीहरुको तत्काल खोजी गर्न, अप्ठेरोमा परेकाहरुको उद्दार एवं सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ । त्यस्तै, पीडित एवं तिनका परिवारलाई राहतको व्यवस्था गर्न र स्वदेश फर्किन चाहने नेपाली नागरिकका लागि प्रभावकारी पहल गर्न आयोगले सरकारसँग माग गरेको छ । इजरायलमा समस्यामा परेका नेपालीको उद्दारका लागि भइरहेको कार्यको यथार्थ जानकारी उपलब्ध गराउन सरकारलाई पत्राचार गरिएको आयोगले जनाएको छ । ‘इजरायलमा भएको हमलाको कारण त्यहाँको शान्ति सुरक्षाको अवस्था चिन्ताजनक रहेको, हमलामा परी १० जना नेपालीहरुको दुःखद निधन भएको, केही घाइते भएको र केही असुरक्षित अवस्थामा रहेको जानकारी आयोगलाई प्राप्त भएको छ । यस विषयमा नेपाल सरकारबाट हालसम्म भइरहेका प्रयासको सराहना गर्दै सो विषयमा सरकारबाट भएको कार्यको यथार्थ जानकारी उपलब्ध गराइदिन आज नेपाल सरकारलाई पत्राचार गरेको छ’, विज्ञप्तिमा उल्लेख छ ।
janaaastha.com
1,830,712
वीरगञ्ज महानगरपालिकाले नगरको फोहोर व्यवस्थापनका लागि मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको छ । द एसिया फाउण्डेशनको सहयोग र क्लिन अप नेपालको प्राविधिक व्यवस्थापनमा महानगरले मोबाईल एप्लिकेशन प्रयोगमा ल्याउने भएको हो । सोमबार महानगर र क्लिन अप नेपालबीच सम्झौता भएसँगै केही दिनमै यो एप्लिकेशन प्रयोगमा आउने मेयर राजेशमान सिंहले जानकारी दिएका छन् । क्लिन अप नेपालले निर्माण गरेको ‘सफा नेपाल’ नामक एप्लिकेशन एण्ड्रोइड भर्सनमा अहिले उपलब्ध रहेको छ । आउँदा दिनमा आइओएस भर्सनमा पनि निर्माण गरेर प्रयोगमा ल्याइने क्लिन अप नेपालका रविन्द्र लामिछानेले जानकारी दिएका छन् । यो एप्लिकेशन प्रयोगकर्ताले नगरको कुनै पनि ठाउँमा जथाभावी फोहोर फालेको देखेमा वा फोहोर जम्मा भएको देखेमा फोटो खिचेर एप्लिकेशनमा रिपोर्ट गर्न सक्नेछन् ।यसरी रिपोर्ट गरेको फोटोको आधारमा स्थान निर्धारण गरेर फोहोर व्यवस्थापनका लागि तत्कालै महानगरको टोली खटिने छ । यसका साथै फोहोर फाल्दै गरेको व्यक्तिसहितको फोटो पठाए फोहोर फाल्नेको पनि पहिचान गरेर उसलाई दण्डित गरिने मेयर सिंहले बताएका छन् । फोटो पठाउनेलाई भने नगर सफाई अभियानमा सहयोग गर्ने अभियन्ताको रुपमा हौसला बढाउन जरिवानाबाटै पुरस्कारको व्यवस्था मिलाउने पनि उनले बताएका छन् । यसरी फोहोर फाल्नेको फोटो खिचेर सूचना दिनेको पहिचान भने गोप्य राखिने छ । महानगरको सभाकक्षमा मंगलबार महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी पौडेल, सबै वडाका वडा अध्यक्ष र सचिवहरु तथा महानगरका कर्मचारीलाई एप्लिकेशन प्रयोगका बारेमा जानकारी गराईएको छ । सर्वसाधारणले फोटो खिचेर पठाएका समस्या कसरी थाहा पाउने र समाधान कसरी गर्ने भन्ने बारेमा कर्मचारीहरुलाई प्रशिक्षित गर्ने काम क्लिन अप नेपालका रविन्द्र लामिछाने र विनम्र भुषालले गरेका थिए । कार्यक्रमको सहजिकरण द एसिया फाउण्डेसनकी लक्ष्मी कुमारी गुप्ताले गरेकी थिइन् ।
arthasarokar.com