index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
3,818,720
कोभिड–१९ विरुद्धको खोप वितरण अभियान कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट खोपको दोस्रो खेप अगस्ट महीनासम्ममा नेपाल आइपुग्ने भएको छ। दक्षिण एसिया र कमनवेल्थका लागि बेलायतका स्टेट मिनिस्टर तारिक अहमदले ३० जूनमा बेलायती संसद् ‘हाउस अफ कमन्स’का सांसद जोन हेजलाई लेखेको पत्रमा दोस्रो खेपको खोप अगस्टभित्र नेपाल पुग्ने उल्लेख छ। “कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई २० लाख डोज खोप छुट्याइएकोमा यसमध्ये ३ लाख ४८ हजार डोज पहिल्यै नेपाल पुगेको र थप खोप अगस्टसम्ममा पुग्ने हामीले बुझेका छौं,” लाई प्राप्त उक्त पत्रमा भनिएको छ। तर, बाँकी सबै खोप एकैचोटि नेपाल आइपुग्ने हो वा होइन भनेर पत्रमा खुलाइएको छैन। २० लाख बाहेक थप खोप खरीद गरेर ल्याउन विश्व ब्यांक र एसियाली विकास ब्यांक (एडीबी) ले नेपाल सरकारलाई रकम उपलब्ध गराएको उक्त पत्रमा बताइएको छ। नेपाल सरकारलाई खोप खरीदमा सहयोग गर्न यी दुवै निकायलाई बेलायतले केही रकम सहायता गरेको पत्रमा भनिएको छ। यो आर्थिक सहायताका साथै कोभ्याक्स सुविधा अन्तर्गतको सबै खोप आपूर्ति भएमा नेपालको ७० प्रतिशत जनसंख्यालाई पुग्नसक्ने पनि पत्रमा उल्लेख छ। नेपालले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड ४८ लाख डोज खोप पाउने यसअघिका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएका थिए। कोरोनाभाइरस संक्रमण महामारीको यो कठिन समयमा नेपाललाई सहयोग गर्न बेलायत सरकारले अन्तर्राष्ट्रिय दातृ निकायसँग निकट रहेर काम गरिरहेको पत्रमार्फत जनाइएको छ। कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप उपलब्ध गराउन बेलायत प्रमुख दाता मुलुक हो। कोभ्याक्सका लागि बेलायत एक्लैले ५४८ मिलियन पाउन्ड (करीब ९० अर्ब रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ। विश्वका धनी देशहरूको समूह जी–सेभेनको हालै सम्पन्न सम्मेलनका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अर्को वर्ष सन् २०२२ सम्ममा खोपको अभाव भएका मुलुकहरूलाई कम्तीमा एक सय मिलियन (दश करोड) डोज दिने घोषणा गरेका छन्। बेलायतबाट प्रकाशन हुने ले २८ जूनमा रिपोर्ट प्रकाशन गर्दै नेपाललाई खोपको आवश्यकता परेको बेला बेलायतले बेवास्ता गरेकोमा आलोचना भइरहेको उल्लेख गरेको थियो। यही रिपोर्टको आधारमा अधिकारकर्मीहरूले बेलायत सरकारको ध्यानाकर्षण गराएपछि नेपाललाई दिइने कोरोना खोपबारे स्टेट मिनिस्टरले जानकारी गराएका हुन्। कोभिड–१९ विरुद्धको खोप वितरण अभियान कोभ्याक्स सुविधा अन्तर्गत बेलायतबाट खोपको दोस्रो खेप अगस्ट महीनासम्ममा नेपाल आइपुग्ने भएको छ। दक्षिण एसिया र कमनवेल्थका लागि बेलायतका स्टेट मिनिस्टर तारिक अहमदले ३० जूनमा बेलायती संसद् ‘हाउस अफ कमन्स’का सांसद जोन हेजलाई लेखेको पत्रमा दोस्रो खेपको खोप अगस्टभित्र नेपाल पुग्ने उल्लेख छ। “कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपाललाई २० लाख डोज खोप छुट्याइएकोमा यसमध्ये ३ लाख ४८ हजार डोज पहिल्यै नेपाल पुगेको र थप खोप अगस्टसम्ममा पुग्ने हामीले बुझेका छौं,” लाई प्राप्त उक्त पत्रमा भनिएको छ। तर, बाँकी सबै खोप एकैचोटि नेपाल आइपुग्ने हो वा होइन भनेर पत्रमा खुलाइएको छैन। २० लाख बाहेक थप खोप खरीद गरेर ल्याउन विश्व ब्यांक र एसियाली विकास ब्यांक (एडीबी) ले नेपाल सरकारलाई रकम उपलब्ध गराएको उक्त पत्रमा बताइएको छ। नेपाल सरकारलाई खोप खरीदमा सहयोग गर्न यी दुवै निकायलाई बेलायतले केही रकम सहायता गरेको पत्रमा भनिएको छ। यो आर्थिक सहायताका साथै कोभ्याक्स सुविधा अन्तर्गतको सबै खोप आपूर्ति भएमा नेपालको ७० प्रतिशत जनसंख्यालाई पुग्नसक्ने पनि पत्रमा उल्लेख छ। नेपालले कोभ्याक्स सुविधाअन्तर्गत एक करोड ४८ लाख डोज खोप पाउने यसअघिका स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताएका थिए। कोरोनाभाइरस संक्रमण महामारीको यो कठिन समयमा नेपाललाई सहयोग गर्न बेलायत सरकारले अन्तर्राष्ट्रिय दातृ निकायसँग निकट रहेर काम गरिरहेको पत्रमार्फत जनाइएको छ। कोभ्याक्स कार्यक्रम अन्तर्गत खोप उपलब्ध गराउन बेलायत प्रमुख दाता मुलुक हो। कोभ्याक्सका लागि बेलायत एक्लैले ५४८ मिलियन पाउन्ड (करीब ९० अर्ब रुपैयाँ) उपलब्ध गराउने प्रतिबद्धता जनाइसकेको छ। विश्वका धनी देशहरूको समूह जी–सेभेनको हालै सम्पन्न सम्मेलनका क्रममा बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बेलायतले अर्को वर्ष सन् २०२२ सम्ममा खोपको अभाव भएका मुलुकहरूलाई कम्तीमा एक सय मिलियन (दश करोड) डोज दिने घोषणा गरेका छन्। बेलायतबाट प्रकाशन हुने ले २८ जूनमा रिपोर्ट प्रकाशन गर्दै नेपाललाई खोपको आवश्यकता परेको बेला बेलायतले बेवास्ता गरेकोमा आलोचना भइरहेको उल्लेख गरेको थियो। यही रिपोर्टको आधारमा अधिकारकर्मीहरूले बेलायत सरकारको ध्यानाकर्षण गराएपछि नेपाललाई दिइने कोरोना खोपबारे स्टेट मिनिस्टरले जानकारी गराएका हुन् ।
himalkhabar.com
2,672,809
बिहान सवा दश बजेदेखि टेलिकमले प्रदान गरेको सबै सेवा अबरुद्ध भएपछि सेवाग्राही मारमा परेका छन् । जिपिइएस नमस्ते मोवाइल भने आइतबार दिउसोँ २ बजेपछि मात्र सुचारु भएको छ । सबै स्थानमा ल्याण्डलाइन फोन सेवा भने सुचारु हुन सकिरहेको छैन् । सिडिएमए सेवामा भने अवरोध भएको छैन् । अप्टिकल फाइबर प्रविधिमा समस्या आएपछि वैकल्पिक प्रविधि अपनाएर सेवा सुचारु गरेको हो । नेपाल टेलिकम भक्तपुर शाखाले दिएको जानकारी अनुसार काठमाडौं बबरमहल र भक्तपुरको राधे–राधेमा पुल निर्माणको क्रममा अप्टिकल फाइबरमा क्षति पुगेकाले मोबाइल, ल्याण्ड लाइन र एडीएसएलमा समेत समस्या भएको हो । मध्यपुर थिमी नगरपालिकाको राधे–राधेमा पुल निमार्णका क्रममा अप्टिकल फाइबर चुडिएपछि भक्तपुर, काभ्रे, सिन्धुली, सिन्धुपाल्चोक, दोलखा र रामेछापमा टेलिकमले दिएको सेवा अवरुद्ध भएको छ । नेपाल टेलिकमको अप्टिकल तार भक्तपुरको राधेराधेमा पुल बनाउने क्रममा चुडिएकाले भक्तपुरसहित पूर्वका ५ जिल्लाको मोवाइल फोन अवरुद्ध भएको नेपाल टेलिकम शाखा भक्तपुर दुधपाटी शाखाकी प्रमुख कामता श्रेष्ठले जानकारी दिएकी छिन् । केही दिनयता भक्तपुरमा ल्याण्डलाइन सेवा पूर्ण सञ्चालनमा आउन नसक्दा ग्राहकहरु समस्या परेका छन् । टेलिकम शाखाले भने आइतबार साँझसम्म सबै नेटर्वकको समस्या हल हुने जानकारी दिएको छ ।
ratopati.com
2,999,379
प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण अनिश्चित भएको गृहमन्त्री बालकृष्ण खाणले बताएका छन् । तत्काल मिति तय नभएकाले देउवाको अमेरिका भ्रमण अनिश्चित भएको खाणले बताएका हुन् । आज (बिहीबार) बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री खाणले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणको मिति तय नभएको बताए । उनले भने, ‘प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणपकाे मिति तत्काललाई तय भएको छैन, यसर्थ उहाँको भ्रमण अनिश्चित छ ।’ स्टेट पाटनर्शिप प्रोग्राम (एसपीपी) सम्झौताका लागि प्रधानमन्त्री शेरबहादुर देउवा अमेरिका भ्रमणको चर्चा चलेको बेला गृहमन्त्री बालकृष्ण खाणले यस्तो बताएका हुन् ।
newsofnepal.com
4,300,927
दश वर्षका उमेरमा आफूलाई हुर्काउने परिवार हेटौंँडा फर्किएपछि उहाँले अरुका घरमा काम गरेर जीविका चलाउन थाल्नुभयो । उहाँ कहिले नेपालीका घरमा त कहिले भारतीयका घरमा काम गर्न पुग्नुहुन्थ्यो । दैनिक रुपमा आफूले तीन जनाको घरमा काम गर्दै आएको थापा बताउनुहुन्छ । जसको घरमा पुग्नुहुन्थ्यो, उनीहरु आफ्नै घरमा फर्कने क्रममा उहाँलाई सँगै लिएर जाने चाहना गर्थे तर उहाँ काठमाडौँमा नै मर्ने चाहनाले उनीहरुसँग जानुभएन । “यहीँ नेपालमा बस्ने, आफैंँलाई हुर्काउनेको घरमा त गइन, अन्त त कहाँ जानू ?” उहाँ उल्टै प्रश्न गर्नुुहुन्छ । कुनै समय उहाँ आफ्नो ठूलोबुवाकहाँ साथीहरुको सल्लाहबमोजिम अधिकार खोज्दै जानुभएको थियो । तर त्यहाँबाट उहाँलाई उल्टै हप्काएर पठाइयो । “पहिलेको जिन्दगी सम्झँदा निकै कहाली लागेर आउँछ, आश्रममा आएपछि भने नयाँ जिन्दगी पाएकी छु,”, थापा भन्नुहुन्छ, “पहिले कहाँ बस्ने के गर्ने भन्ने अन्योल थियो । अहिले त्यस्तो स्थिति छैन ।” उहाँका अनुसार आश्रममा आइसकेपछि आफूले नसोचेको परिवर्तन आएको छ । उहाँ १५ वर्षदेखि यहाँ बस्दै आउनुभएको छ । सिन्धुपाल्चोककी सीता अधिकारी पनि आश्रममा बस्न थालेपछि आफूलाई निकै राहत मिलेको बताउनुहुन्छ । विसं २००१ मा जन्मुभएकी उहाँको छ वर्षका उमेरमा नै विवाह भएको थियो । उहाँले भन्नुभयो, “आफू न रुपमा राम्रो, न काम गर्न नै सक्ने । विवाह गरेको तीन वर्षमा नै घर त्यागेंँ । ” घर त्यागेपछि माइतीको सहारा नपाउँदा आफू काठमाडौँमा बसी काम गर्दै आएको उहाँ बताउनुहुन्छ । काठमाडौँ आइसकेपछि धेरै वर्ष थापाले जस्तै उहाँले पनि अरुका घरमा नै काम गरेर बिताउनुभएको थियो । काम गर्न नसक्ने भएपछि घरबेटीकै सल्लाहमा उहाँ १९ वर्षअघि वृद्धाश्रम आइपुग्नुभयो । “यहाँको सेवासुविधा त नराम्रो होइन, बूढाबूढीकै व्यवहारका कारण हामी पनि नराम्रो हुने गर्छाँै”, उहाँले भन्नुभयो । आश्रममा बस्ने केही वृद्धाले आफूलाई खान दिएको बिस्कुट पनि बाहिर लगेर बेच्ने गरेको उहाँले जानकारी दिनुभयो । वृद्धाश्रममा घरपरिवार कोही नभएका मात्र नभई आफूलाई परिवारमा राम्रै भए पनि काम गर्न नसक्ने वृद्धवृद्धा पनि छन् । आश्रममा बस्दै आउनुभएका अर्का १०४ वर्षीय अम्रीराज नन्दस्वामी निकै तन्दुरुस्त देखिनुहुन्छ । काठमाडौँ, बाँसबारी घर भई चार वर्षअघि उहाँ यहाँ आउनुभएको थियो । “यहाँको सेवासुविधा राम्रो छ, खाना खान जान सक्दिन । म बस्ने ठाउँमै ल्याइदिन्छन्”, स्वामीले भन्नुभयो । विसं १९७२ पुसमा जन्मनुभएका उहाँ ३० वर्षका उमेरमा नौ वर्षकी केटीसँग विवाह गरेको बताउनुहुन्छ । उहाँका दुई छोरा छन् । घरव्यवहारले झेल्ने भएकाले परिवारमा बस्न मन नलागेको उहाँ बताउनुहुन्छ । “बेलाबेलामा घरबाट लिन आउँछन्, जान्छु, बस्छु । उनीहरुले हेलाँ गरेका हैनन् । मलाई नै देवतीर्थ घुम्न मन लागेर हो”, उहाँले स्पष्ट गर्नुभयो । छोराहरुबाट राम्रै व्यवहार भएको, समय समयमा परिवारले समेत भेट्न आउने गरेको र आफूलाई मन लागेको खानेकुरा खान दिने उहाँले जानकारी दिनुभयो । पहिले आश्रममा बाहिरबाट आउने व्यक्तिले सीधै आफूले ल्याएका खानेकुरा तथा रकम वृद्धवृद्धालाई दिने गर्थे तर तिनले बाहिर लगेर बिक्री गरी रक्सी खाने विकराल समस्या आएपछि व्यवस्थापन समितिले त्यसलाई एक वर्षअघि मात्र रोकेको थियो । यही कारण कतिपय वृद्ध भने यसबाट सन्तुष्ट छैनन् । आश्रममा बस्दै आउनुभएका रामेछापका यमबहादुर कार्की त्यसको उदाहरण हुनुभएको छ । डेढ वर्षदेखि अपाङ्गता हुनु भएका उहाँले बाहिरबाट ल्याएको खानेकुरा समेत प्रशासनले खटाएर दिने गरेको बताउनुभयो । “पोहोर पोहोर त हामीले बाहिरबाट ल्याएको खानेकुरा सीधै पाउँथ्यौँ, अलिअलि पैसा पनि देख्न पाइन्थ्यो । अहिले त ल्याएको खानेकुरा पनि उतै राख्छन्”, उहाँले आक्रोश व्यक्त गर्नुभयो । आश्रममा ल्याइएको खानेकुरा तथा लत्ताकपडा रातारात कर्मचारीले बाहिर पठाउने गरेको आरोप उहाँको छ । यस वर्षको जाडोमा आफूले एक जोर मोजाबाहेक अरु केही पनि देख्न नपाएको कार्कीले बताउनुभयो । आश्रमको क्षमता २३० भए पनि हाल भूकम्पका कारण एउटा भवन भत्किएपछि १७० मात्र वृद्धवृद्धा छन् । बाहिरबाट ल्याइएका खानेकुरा सहयोगदाताले सीधै दिने भएपछि विविध समस्याका कारण व्यवस्थापनले रोकेको पशुपतिको समाजकल्याण समिति, आश्रमका प्रशासन प्रमुख कृष्णराज कँडेलले जानकारी दिनुभयो । “बाहिरबाट ल्याइने खानेकुरा तथा रकम हामीले नै लिएर वृद्धवृद्धालाई बाँड्ने गर्छाै । बाँकी अन्य आश्रममा पठाइदिन्छौंँ”, कँडेलले भन्नुभयो ।
abcnepal.tv
5,937,238
काठमाडौँ – नेपाल उद्योग परिसंघले नेपालका उद्योगको औद्योगिक गतिविधिको अध्ययन गरेर औद्योगिक अवस्थिति प्रतिवेदनको तेस्रो अंक सार्वजनिक गरेको छ । चालू आर्थिक वर्ष ०७८/०७९ को दोस्रो त्रैमासिक अवधिमा उत्पादनमूलक उद्योग र सेवा क्षेत्रका उद्योगको अवस्थाको विस्तृत तथ्यांक प्रतिवेदनमा समेटिएको छ । यस प्रतिवेदनले उक्त अवधिमा उद्योगले आफ्नो कुल उत्पादन क्षमताको ७१ प्रतिशत उपयोग गरेको देखाएको छ । प्रतिवेदनले अघिल्लो आर्थिक वर्ष ०७७/०७८ को दोस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा उद्योगको आय वृद्धिदर २७.१ प्रतिशत बढेको देखिन्छ । प्रतिवेदन अनुसार व्यवसायको क्षमता उपयोग सुधारोन्मुख रहेको देखिन्छ । अध्ययन भएको अवधिमा उत्पादनमूलक उद्योगले औसतमा ९.४ प्रतिशत (गत वर्षको सोही अवधिमा ८.६ प्रतिशत थियो) र सेवा क्षेत्रका उद्योगले औसतमा ९.१ प्रतिशत व्याज तिरेका छन् । उत्पादनमूलक उद्योगहरूले आफ्नो चालू पुँजीको ४३.८ प्रतिशत बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको अध्ययनले देखाएको छ ।
khabarhub.com
1,149,380
काठमाडौँ । विराटनगरबाट प्रकाशन हुँदै आएको नेपाल टाइम्स डटकमका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। सासु–बुहारीको सम्बन्ध आमा छोरीको जस्तो बनाउन ‘सासुको इच्छा–बुहारीलाई शिक्षा’ कार्यक्रमको लागि नीति बनाइन् । आगामी शैक्षिक सत्रदेखि मेडिकल कलेज सञ्चालन गर्ने गरी गृहकार्य थालिएको छ । विराटनगर । प्रदेश सभा सदस्यकोलागि दलहरूले निर्वाचन आयोगलाई नाम सिफारिस गरेका छन् । नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन टुङ्ग्याएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक सांसदको टुंगो लगाएको छ ।
makalukhabar.com
2,208,485
नेपालगञ्जमा २४ जनामा कोरोना सङ्क्रमण देखिएपछि स्थानीय प्रशासनले बाँकेका धार्मिक स्थलमा निगरानी बढाएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि आज कोहलपुर क्षेत्रभित्र रहेका विभिन्न धार्मिकस्थलको अनुगमन गरी निगरानी बढाइएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए । उनका अनुसार कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि उच्च सतर्कता अपनाउँदै धार्मिकस्थलमा निगरानी थालिएको हो । कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतको नेतृत्वमा मन्दिर, मस्जिद र चर्चको अनुगमन गरिएको छ । कोहलपुर – १२ चपरगौडीमा रहेको रामजानकी राधाकृष्ण गुरुकुल र वडा नं ६ मा रहेको आनन्द एजी मण्डली चर्चका अवस्थाका बारेमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा रामजानकी राधाकृष्ण गुरुकुलमा १५ विद्यार्थी र चार शिक्षक गरी १९ जनालाई कोरोना सङ्क्रमण र यसबाट बच्चे उपायबारेमा परामर्श गरिएको थियो । आनन्द एजी मण्डली चर्च सञ्चालनमा नआएको भेटिएको छ ।
dcnepal.com
3,451,080
जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सक सेवा सुरुआत भएको छ ।
drishtinews.com
4,390,264
प्रधानमन्त्री केपी शर्मा ओली शेरबहादुर देउवा र पुष्पकमल दाहाललाई सत्ता सुम्पनु पर्ने अवस्था आएको खण्डमा बरु जसपाका महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । प्रधानमन्त्री पाउने विकल्प हुँदाहुँदै ठाकुर र उनको समूह तेस्रो शक्ति बनेर देउवा–दाहालसँग टाँसिन तयार देखिन्न । तर जसपा एकढिक्का छैन । राजनीति फेरि उही अल्पमत–बहुमतको गणितमा गिजोलिएको छ । यदि ओलीले विश्वास गुमाए र अर्को सरकारका लागि पनि नजुटे संसद् विघटन स्वतः हुनेछ । प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र निर्वाचन मिति तोक्नेछिन् । ओलीले पटक पटक निर्वाचन नै अन्तिम विकल्प हो भनेका छन् । अर्थात् प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेका थिइनँ भन्ने ओलीलाई देखाउनु छ । त्यो अग्रिम चुनावबाट मात्र सम्भव छ । र, यो वातावरण माओवादीले समर्थन झिकेपछि मात्र बन्छ । त्यही कारण त प्रचण्ड समर्थन झिक्न सकिरहेका छैनन् । ढाल्न चाहेको सरकारको टेको बनिरहेका छन् । अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ ।
dainiknepal.com
6,299,756
नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रियसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । गएको आम निर्वाचनमा झापाको क्षेत्र नं. ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग पराजित भएका सिटौलाले राष्ट्रियसभाको सदस्यका लागि मनोनयन दर्ता गरेका हुन् । नेकपा (एकीकृत समाजवादी) ले आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि दुई जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ । पिएसजी यस सिजनको फ्रेन्च कपको राउण्ड ३२ मा पुगेको छ। गएराति सम्पन्न खेलमा पिएसजीले रेभेललाई ९-० गोल अन्तरले पराजित गर्दै फ्रेन्च कपको अर्को चरणमा पुगेको हो। पिएसजीको जितमा किलियन एम्बाप्पेले ह्याट्रिक गरेका थिए । बार्सिलोना स्पेनिस कोपा डेल रे को राउण्ड १६ मा पुगेको छ। गएराति सम्पन्न खेलमा बार्सिलोनाले बार्बास्ट्रोलाई ३-२ गोल अन्तरले पराजति गर्दै कोपा डेल रे को राउण्ड १६ मा पुगेको हो । राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत सुदूरपश्चिम प्रदेशबाट रिक्त हुन लागेका तीन पदमा आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।
shikharnews.com
409,442
पिउदै गर्दा अरुको गनगन सुन्न सक्दिन; एकदम झिंजो लाग्छ। रक्सी पिउन मिल्ने सबै ठाउँ मेरालागि भट्टी हो | मेरा एक जना मित्र बियरलाई रक्सीको दर्जामा राख्दैनन्, अनी भट्टीललाई ‘ठण्डी बियरकी दुकान’ भन्छन्। ‘भाइ , चिई..सो बियर है एउटा।‘ छेउबाट अवाज आयो, “ ओ भाइ! अरे यार भाइ ! एक्लै एक्लै ?” पातलो अग्लो शरीर, ठुलो टाउको! खप्पर भित्रको ‘खोपिल्टो’ मा छिरेका आखाँ, घुम्रिएको कपाल, साइडमा सिउदो जस्तो पारेर तेल लगाएर कोरेको कपाल ! तालुमा कपालको छाल जस्तो देखिने | रामकृष्ण दाई, हामी एकै वडाका, गाउँ चाही एकै भन्ने कि नभन्ने सधै ‘कन्फयुजन ‘ हुन्छ। हात मिलाएँ उनका लामा औला ठुलो हत्केला | बल लगाएर हात मिलाएँ | “के हो भाइ जात जाने चिज पिउँदै? तिमी सोझो भन्ने हल्ला थियो त!” मुन्टो बंगाए! आजसम्म मैले पिउनु र सोझो हुनुको सम्बन्ध बुझेको छैन। बुझ्नु पनि छैन। संसारमा नबुझेका कुरा ‘’ वटा छन्| रामकृष्ण दाई कुर्सी तानेर मिलाएर बसे, “हामी जातले पाएकाले पिउन छोड्न आटिसक्यौं ! तिमी सुरु !” अलिकति ‘अड’ लाग्यो। तपाई पिउने होइन ? “नाइँ म पिउँदीन “, दाइले खाजा मगाए। एक अर्काको हाल खबर सोधियो। मैले केहि बताएँ, केहि लुकाएँ। सरकारी जागिरे भएका रहेछन दाई | खाजा खाँदै गाउँठाउँको कुरो हुन थाल्यो ! म गाउँ नगएको बर्षौ भयो ! खासै लगाव छैन गाउँसंग मेरो ! चासो कम राख्छु! अनि अलिक एकलकाटे पनि भन्न थालिसके गफ हुदै गयो, मैले बर्षौ देखी सरकारी कर्मचारी प्रति भएको भडाँस पोखें “दाई सिन्डिकेट छ यहाँ, ब्यावसायमा सिन्डिकेट! बिचारमा सिन्डिकेट! गरि खाना गाह्रो छ| सरकारी कर्मचारीको रवाफ देख्दा, बोल्ने तरिका देख्दा! आम जनतालाई मान्छे नगनेको देख्दा झनक्क हुन्छ। पच्काइदिउं जस्तो हुन्छ। सरकारी कार्यलय छिर्‍यो कि ‘घुटन’ हुन्छ। एकदम उकुसमुकुस हुन्छ ! त्यो रवाफ किन ? हाम्रो करले तलब खाने हो सो अनुसार हाम्रो कामको लागि सुबिधा दिने हो | सरकारी कर्मचारी भन्ने बित्तिकै एकै सासमा सक्काए। रामकृष्ण दाई फिस्स हासे, “यत्ति सानो कुरामा यस्तो असन्तुष्टि ? यस्तो उकुसमुकुस ? यत्ति सानो कुरामा? “ अब प्रश्न तेर्साउन थाले दाई, “पानी बोकेर हिडेको कसैलाई झुक्किएर छुँदा गाली खाएको छौ कहिले ? उस्तै परे पिटाइ खाएको छौ ? कारण समेत थाहा नहुने उमेरमा ? कसैको घर भित्र पसेको भरमा अपमानित भएका छौ ? पैसा तिरेरे घर भाडामा बस्न समेत थर फेर्नु परेको छ कहिल्यै? भागेको अपराधी जस्तो पहिचान लुकाउनु परेको छ? होटलमा बसेर पैसा तिरेर भाँडा माझेको छौ कहिले ? यता नआईजा अलगै बस छोइएला भनेको सुनेको छौ ? “ पिलिक्क दाइको अनुहारमा हेरें! टाउको निहुराएँ, आखाँ जुधाउँन सकिन। गिलासमा भएको बियर स्वाट्ट पारेँ | एकदम तितो लाग्यो बियर आज मलाई ! चिसो बियर यत्तिको तितो नहुनु पर्ने! तर एकदम तितो लाग्यो , पेटमा कुन्नी के नमिल्दा डकार अनि हुल्लुक पानी आएर मुख तितो भए जस्तो ! “दाइ सेकुवा सेलायो। खानुस न !” मैले त्यति भने | उनले हातमा भएको ‘टुथपिक’ घुमाए| निकै बेर घुमाए !!! “हाम्रो जातले खाने मासु” अनुहारमा हेरें। रिस पनि होइन। दुख पनि होइन। अनुहारमा कस्तो अर्कै खालको भाव देखिएको, मलाई बियरले छोयो ! पक्का लाग्यो ! खाली सिसि त खासै छैन टेबलमा ! “तिम्रो बच्चाले गाउँ नजाउँ न बाबा साथीको घरमा समेत जान दिदैनन् भनेको सुनेको छौ? बाबा मलाइ साथीको मम्मीले घरमा किन नआउ भन्नु हुन्छ ? म फोहोरी छु र त्यस्तो भनेर जिज्ञासा राख्दा नाजवाफ भएको छौ ?” फ्याट्ट मेरो मुख बाट निस्कियो ,” दाइ मेरो बच्चा बच्ची भएको छैन” मेरो ‘आंडे’ पारा! फुत्कि हाल्यो ! कस्तो माहोलमा कस्तो लाइन | ‘अड’ लाग्ने सन्नाटा भयो केहि बेर|........ दाजु म बुझ्छु, हजुरको पीडा भनें। “अहँ , बुझ्दैनौ ! नभोगेको कसरि बुझ्छौ ?” यस्तो बेला के भन्ने कसरि कस्तो प्रतिक्रिया दिने नै जान्दिन म ! “दाइ बिद्रोह किन हुन्न? कानून छ | प्रशासन छ |किन लड्नु हुन्न? ” प्रश्नको उत्तर प्रश्न, “तिमि किन गर्दैनौ बिद्रोह ? किन भिडदैनौ? अख्तियार छ! कानून छ | १०० रूप्पे दिएर काम निप्टाएर किन हिड्छौ? “ उफ्फ़ ....लामो ‘पज’ लिएँ , “यस्तै त हो दाइ हाम्रो तरिका हाम्रो चलन! सबैले त्यहि गर्छन| कतिसंग लड्नु? को कोसंग लड्नु ? कहाँ कहाँ लड्नु? पुरा सिस्टमसंग लड्न जाउँ कि काम गर्न ? जिन्दगी दैनिकी चलाउनु पनि त छ | “ “ ‘ ‘ “- यत्ति हो दाइको जवाफ आएको | “तिमीलाई यो सब ठिक हो जस्तो लाग्छ ? मेरो जातीको केटीसंग प्रेम भयो मन पर्‍यो भने के गर्छौ? बिहे गर्छु भनेर अगाडी बढ्न सक्छौ ?” साला टाउको घुम्यो! मेरो घर परिवार , आफन्त कुल समाज सम्झें। “दाइ, मलाई त्यस्तो केहि लागदैन, मान्दा पनि मान्दिन यस्तो कु-संस्कार|” फेरी अर्को प्रश्न, “उसो भए बिद्रोह गर्छु भन्न किन सकेनौ?” आफुलाई सम्हाल्दै सकेको बचावमा जवाफ दिएँ ‘मेरो परिवार-आफन्तलाई बुझाउन सक्दिन! तपाईलाई थाहा छ नि कुन धरातलमा छ समाज। म मात्र हुन्थे भने अलग हुन्थ्यो सायद।‘ “उसो भए हामी चाहिँ कसरि सम्झाउने आफन्तलाइ, बाउ आमालाई ? यो अन्याय हो! कानून बिपरित छ ! लड्नु पर्छ भनेर भन्दैमा कसरि आउँछन ?” ओठ मात्र हल्लाएर बिद्रोह गर भन्छ भने दाजुले। यस्तो गाह्रो खालको प्रश्न मैले कुनै परिक्षामा बस्दा नि ‘फेस’ गरेको थिईन | म मेरा आफ्नो बलबुता र क्षमताले भ्याएसम्म पन्छिन अनि बचावमा लागें| “यो सब आर्थिक अवस्था अनि अशिक्षाले पनि हो नि, दाई। आर्थिक रुपमा सक्षम हुदाँ यो असमानता कम होला नि ? बिस्तारै हटला नि ?” मैले सोधें। यसपाली रन्किए दाइ,”मैले पढेको छैन ? तिमीले पढेको छैनौ? तिमि जतिकै म पनि कमाउँछु नि ? तिमि र म बराबर भयौं त ? भएको हो भने हिड गाउँमा गएर प्रमाणित गर | संसारमा मेरो जातको सबै धनी हुन संभव छ ? ” यति धेरै ना जवाफ कहिले भएको थिएँ, म? समाधान के त दाइ ? सरकारले त्यत्रो लगानी गरेको छ| अनि लागेका छन! चेतनामुलक कार्यक्रम ल्याएका छन्! खेर गयो त ? त्यत्रो पैसा कहाँ गयो ? दाइको आवाज ठुलो भो , “मलाई समाधान थाह छैन ! कार्यक्रम कसले बनाउँछ? कार्यक्रमको प्रमुख को हुन्छ ? भाइ तिम्रो चित्त दुख्ला! यो सब पैसा बाहुनले खाए ! हाम्रो जात भित्रका नयाँ बाहुनले खाए ! दलित संग बिहे गरे नगद पुरस्कार अनि सम्मान रे ! त्यस्तो नि कार्यक्रम हुन्छ? कसैले कसैलाई दया गरेको हो ? मान्छे ले मान्छेसंग बिहे गरेको होइन? कसैको उद्दार गरेको हो ? सडकमा फालिएको कुकुर ल्याएर पालेको हो ? भाइ यस्तो कार्यकर्म पीडितले बनाउदैन| खेती हो खेती, चली रहन्छ। अरे यार मेरो पीडा हो मलाई सबैले सुन्ने गरि चिच्याउन त देउ ! पिडा भन्न त देउ ! सुनी त देउ ! ठुलो स्वरले चिच्च्याउने पनि तिम्रो जातको हुन्छ, मेरो खुदको चिच्याई भन्दा बढी | दबिने गरि | जो पीडक हो उसले मुक्ति दिलाइदिने? नेतृत्व गरिदिने मेरो लागि ? यो सब फेरी राज गर्ने ‘ ट्रीक‘ हो | अर्को तुरूप हो | जसरि हुन्छ शासन गर्ने नयाँ तरिका हो, नेता हुने तरिका ।” म सुन्न मात्र सक्छु अब। म संग उत्तर छैन । सुझाव पनि छैन। पोर्क चुइगम जस्तो भएछ, दाइ पोर्क खानु न | “ पोर्क रे | उहिले हामीले मात्र खादा बंगुर सुँगुर मासु भन्थे आजकल तिमीहरुले खान थालेसी बदेल पोर्क भएको छ | एकै छिन दाइ घोरिएर बसे| माहोल एक छिन एकदम शान्त भो | पल्लो टेबलमा हल्ला छ तर मलाई एकदम शान्त लागेको छ माहोल ........ .......................... हिसाब सोधे, पैसा तिर्न खोजें। दाइले होइन म तिर्छु भने । मैले मानिन र जबर्जस्ती तिरें | हिड्ने बेला हँसिलो अनुहार लगाएर दाइले भने, “भाइ याद छ? तिम्रो कुन चाही फुपुको बिहेको भोज हुदाँ सायद ! मैले पानी खाएको ‘जग ‘ सबैले पानी खाने भाडोमा किन राखेको थियौ?” केहि नसोची जवाफ दिएँ , बुद्धीकृष्ण खुसी हुन्छ भनेर हो । देखाएर गर्न सक्दिन थिएं। साँचै बुद्धीकृष्ण के गर्दै छ आजकल ? कता छ ? “किड्नी बेचेको पैसाले रक्सि खान्छ आजकल “, छोटो जवाफ आयो | .................. हामी छुट्टियौ| हतार भो मलाई । फटाफट हिंडे ! गु-मुतले एकै पटक च्यापेको जस्तो भो। घर पुग्ने हतार थियो। धारो खोले ...सब पखाले ......अझै दिमाग ठण्डा चाहि भएन! किन भेटियो जस्तो भो। कुनै अपराध गरेर आए जस्तो भो । कसैलाई रुवाएर आएको जस्तो भो। मैले रामकृष्ण दाइलाई पैसा तिर्न लागउने पर्थ्यो कि ? पैसा मैले आफै किन तिरे ? लोभी त हो म खासमा ! पैसा तिर्ने बेला अघि पछी छल्लिन खोज्ने हो नि म ! आफुलाई मालिक ठुलो सम्झेर तिरेको सोचे कि ? मालिक पल्टिन खोजेको सोचे कि? रामकृष्ण दाई म भन्दा एक ब्याच सिनियर। उमेरले चै ३-४ वर्ष जेठो हुदाँहुन्। उनको भाइ र म चाही ‘ क्लासमेट ‘, ३ कक्षा देखि । बुद्धीकृष्ण परियार । गाउँको प्राथमिक स्कूल , इट्टाको चांग दुइतिर लगाएर फलेकमा बसेर तिघ्रामा किताब कापी राखेर पढेको | ४ र ५ कक्षा पुगेपछि चाही डेस्क बेन्च पाइन्थ्यो | बुद्दीकृष्ने र म ‘फलेकमेट ‘| मेरो अमला, थाकल , काली अंगेरीको बोट। म चाही कापीको बिचको पन्नाको अनि गणितको उत्तरको स्रोत, उसको। खुस परेको बेला बुद्धीकृष्णे भन्दा “हजुर मालिक” भन्थ्यो। एकै स्कुल पढेको बराबर बेन्चमा बसेको हामी। म मालिक। बुद्दी कृष्णेको मालिक। त्यसले मलाई मालिक किन भन्यो? कसले सिकायो ? मालिक शब्द सुन्दा मेरो छाती चौडा किन भो ? ....... छतमा गएं। चुरोट सल्काएं। अघिको रामकृष्ण दाइको एक एक प्रश्न दिमागमा घुमेका मात्र छन्। बिहेमा पानीको भाडो छोएको कुरो निकालेर किन गिज्याए मलाई ? विद्रोहको कुरोमा किन उल्ल्लाए? बिद्रोह....... पधेरो .....थर ......चर्को स्वर.....पिडित...नेता.........| म वर्ग , ‘प्रिभिलेज्ड‘ उच्च वर्गको हुँदो हो त मेरो पनि अवस्था फरक हुन्थ्यो भनेर नथाक्ने । तिमि र म बराबर थिएनौं। त्यसैले मेरो प्रगतीमा ढिलाई भो भन्ने | मेरो लडाई अलग थियो भनेर अरुलाई सुनाउने । बुद्धीकृष्ण र म बराबर थियौ भनेर कसरि सोचें मैले ? म र बुद्धीकृष्ण चाही बराबरी हौ कसरि भन्ने ? चुरोटको धुवासंगै गाउँ पुगे। दुईवटा पधेरो छ, लगभग ५० मिटर दुरीमा। एउटा मेरो पंधेरो (३ वटा ढोका वा मुख भनु । यहाँ लुगा धुन नुहाउन सख्त मनाइ छ बनेर लेखको छ ) अर्को अलिक सानो छ पधेंरो । ठुलो एउटा मुख भएको । बुद्धीकृष्णेको पंधेरो । पंधेरोको साइज अनुसारको अगाडी खाली ठाउँ छ मिलाएर ढुंगा बिछ्याएको छ ढलान पनि छ कतै कतै । बुद्धीकृष्णेको पंधेरो अगाडी नुहाएं । मैले नुहाउदा साबुनको फिज भित्र पस्यो अनि बिलायो पानीमा । लगाएको कट्टु धोए मिची मिची । ठुलो पधेरोमा गएं एक बाल्टी पानी झिकें , तौलिया काधमा भिरेर घर तिर लागे । क्या सफा म । हो म र बुद्धीकृष्णे बराबर । झ्यालमा बसेको छु। सानो होटल छ , झ्यलाबाट देखिन्छ । मेरो बा अनि बाका अरु दौतरी भित्र होटलमा बसेर चिया खादै छन्। बुद्धीकृष्णेका बा बाहिर बसेर चिसो हावासंगै चिया खाँदै छन। चिया सक्काए। बुद्धीकृष्णेका बाले गिलास माझे। पैसा तिरे । मेरा बाले नि तिरे। मेरा बा र बुद्धीकृष्णेका बा दुवै चियाको पैसा तिर्ने सक्ने । एकै वर्गको । हो बुद्धीकृष्णेका बा र मेरा बा बराबर । बुद्धीकृष्ण र म संगै पढेको हो । त्यसैले उ र म बराबर । एकै वर्गको हामी । एकै बेन्चमा बसेर पढ़को बुद्धीकृष्ण र मैले बराबर नै पाएको हो के । म किताब र अक्षरसंग लडाई गर्दै गर्दा, मसंग लडाईं गरिरहेको बुद्धीकृष्ण र म समान हो के। कस्तो नमानेको । बराबर नै हो ।
hamrakura.com
2,377,535
उच्च हिमाली जिल्ला हुम्लामा वैशाख महिनामा हिमपात हुँदा यहाँका नागरिक अचम्मित भएका छन् । पुस, माघ र फागुन तीन महिना मात्रै हिमपात देखेका यहाँका नागरिकलाई वैशाख महिनामा हिमपात हुँदा जलवायु परिवर्तनले हिउँ परेको हो कि भन्ने लागेको छ । आफूले वैशाखमा हिमपात भएको देखेको यो बताए । बुधबार रातिदेखि जिल्लामा निरन्तर हिमपात हुँदा चिसो बढेको छ भने जताततै सेताम्ये देखिएको छ । विगतका वर्षमा चैत दोस्रो सातादेखि हुम्लामा गर्मी मौसम शुरु हुने गथ्र्यो तर यो वर्ष वैशाख महिनामा हिमपात हुँदा चिसो बढेको छ । हिमपातसँगै जिल्लाको तापक्रम माइनसमा झरेको छ । सिमकोटको अहिले बिहानको तापक्रम माइनस चारमा झरेको छ भने यहाँका नागरिकले फेरि बाक्लो कपडा प्रयोग गर्न थालेका छन् । यस्तै उत्तरी हुम्लाको नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ जमेको छ । नाम्खामा बुधबार दिउँसो एक बजेदेखि शुरु भएको हिमपात जारी रहेको छ भने हिमाल सेताम्ये देखिएका छन् । नाम्खा गाउँपालिका, सिमकोट र खार्पुनाथ गाउँपालिकाका क्षेत्रमा दुई फिटभन्दा बढी हिमपात भएको स्थानीयवासी सोनाम लामाले बताए । विशेषगरी नेपाल र चीनको सीमा क्षेत्र हिल्सामा बाक्लो हिउँ जमेको लामाले बताए । मङ्गलबार चार हजार ६०० मिटर अग्लो रहेको नारा लेकमा मानिसले आवतजावत गरेको भए पनि बुधबारदेखि हिमपात हुँदा पुनः नारा लेक बन्द भएको छ । लामो समयपछि जिल्लामा हिमपात र वर्षा हुँदा किसान खुशी भएका छन् । मङ्गलबार राति वर्षा र बुधबार रातिदेखि नियमित हिमपात हुँदा खनजोत गर्न सजिलो हुने भन्दै किसान खुशी भएका हुन् । कात्तिकमा उत्पादन हुने बालीका लागि आकाशे पानीको भरमा आजभोलिको समयमा खनजोत गरेर यहाँका किसानले छर्कने गर्दछन् । यो पटक परेको वर्षा र हिमपातले कात्तिक, असोज महिनामा उत्पादन हुने कोदो, चिनो, कागुनो, मकै, सिमी, फापरका लागि सहज बनाएको बताइएको छ । दुईदिन परेको पानीले किसानलाई निकै राहत हुने भएको छ । मौसम सफा हुनासाथ अब यहाँका किसान खनजोतमा व्यस्त हुने भएका छन् ।
ratopati.com
5,363,041
बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गर्नुहुँदै उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ । तस्बिर : कबिन अधिकारी उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठद्वारा शुक्रवार बिहानै बालाजु, लैनचौर र लाजिम्पाट क्षेत्रको सडकको अनुगमन गर्नुभएको छ । अनुगमनपछि सडकमा देखिएका खाल्डाहरू तत्काल पुर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । सडकको अवस्था जीर्णसँगै ड्रेन र ढलहरूमा समस्या देखिएकाले सडकको अवस्था जीर्ण हुने गरेको भन्दै इन्जिनियरहरूले गम्भीर भएर सडक र ढललाई नियमित रूपमा अनुगमन गरी मर्मत सुधार गर्न उहाँले निर्देशन दिनुभएको हो । मन्त्री श्रेष्ठले राज्यले जनतालाई दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । उहाँले आफूले कसैको दबाब र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताउनु भयो । प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटीले धेरै सडकहरूको बिचल्ली बनाएका छन्, उहाँलाई कारबाही गर्न सक्नुहुन्छ ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले प्रधानमन्त्रीले नराम्रो गर्ने कोहीलाई कारबाही गर्न सक्ने निर्देशन दिनुभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको निर्देशन नै आइसकेकाले प्रधानमन्त्रीलाई उक्ता कुरामा जोडेर नहेर्न आग्रह गर्नुभयो । उहाँले सडकमा समस्या देखिएपछि भाग्ने नभई सरकारले र सम्बन्धित निकायले पूरा गर्नुपर्ने बताउनु भयो । उहाँले जनतालाई भत्किएको र खाल्डो परेको सडक दिने छुट सरकारलाई अब नरहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘म कोही घरबेटी, मित्र, कोही दाजुभाइसँग सम्बन्धित भएर काम गर्दिन । निरपेक्ष ढङ्गले काम गर्छु । आवश्यकतालाई जो कोहीलाई पनि कारबाही गर्नुस् भन्नुभएको छ । त्यो प्रधानमन्त्रीको निर्देशन छ, त्यससँग प्रधानमन्त्रीलाई नजोडी दिनुहोला । राज्यले जनतालाई दिनुपर्ने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा हामी कसैसँग पनि सम्झौता गर्दैनौँ । समस्या देखिएपछि पूरा गर्नुपर्छ । छोड्नुभएन । के सहयोग चाहिन्छ त्यो सम्बन्धित निकायमा प्रस्ताव राखेर काम गर्नुपर्छ । हामी जनतालाई यस्तो सडक दिन सक्दैनौँ ।’ सरकारले देशभरका सडकलाई चुस्त बनाउने र फुटपाथहरू पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागिसकेको बताउनु भयो । उहाँले यस किसिमका समस्या समाधान गर्न तीन तहकै सरकारले मिलेर काम गर्नुपर्ने बताउनु भयो । उहाँले सडक कम भन्दा कम खन्न, सडक खन्दा निश्चित जानकारी गराउनुपर्ने र सडक भत्काइएका ठाउँमा तत्काल मर्मतसम्भार हुनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘देशभरकै सडकलाई दुरुस्त बनाउने, राम्रोसँग गाडी चलाउने बनाउने, फुटपाथ पनि पैदलयात्रुमैत्री बनाउने अभियानमा लागेका छौँ । हामीले कति खाल्डोहरू छन् भनेर नियालिरहेका छौँ । राज्यको दायित्व सबै स्थानीय सरकारदेखि सबै सरकार मिलेर एकीकृत ढङ्गले काम गर्नेछ । सडकमा खानेपानी, ढल, विद्युत् प्राधिकरण, दूर सञ्चारको कामहरू छ, एकीकृत ढङ्गले अघि बढ्नुपर्छ, सडक कम खनियोस्, खनिएको ठाउँमा सडकका निश्चित जानकारी बिना खन्ने काम नहोस् । खनिएको ठाउँमा पुनः स्थापित गर्ने काम तत्काल होस् भनेर हामीले बेठिक गरेका छौँ । हामी अहिलेका सबै मिलेर काम गरिरहेका छौँ । राजधानीमा सडकको यो अवस्था अनुपयुक्त छ । सुशासन, यातायात व्यवस्था, भौतिक पार्क, पूर्वाधार आयोजनालाई व्यवस्थित र कार्यान्वयन गर्ने योजना बनाउँदै छन् ।’
gorkhapatraonline.com
103,367
प्रतिनिधिसभाले ‘नेपाल नागरिकता ९पहिलो संशोधन० विधेयक २०७९’ बहुमतले पारित भएको छ । एमाले र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका केही सांसदहरुले पेश गरेका संशोधनलाई प्रस्ताव अस्वीकृत गर्दै विधेयक प्रतिनिधि सभाले पारित गरेको हो । नेपाल नागरिकता ऐन २०६३ पहिलोपटक संशोधन गर्दै नेपाली नागरिकसँग विदेशी महिलाले विवाह गरेमा नागरिकता पाउने पुरानै व्यवस्थालाई निरन्तरता दिइएको छ । त्यस्तै नेपालको संविधान जारी हुनुपूर्व जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने । नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछ । यस प्रावधानले कुनै महिलाले एकल अभिभावकत्वमा हुर्काएका सन्तानलाई बुवाको पहिचान नभएको अवस्थामा वंशजको नागरिकता दिने व्यवस्था गरिएको छ । –नेपालभित्र फैला परेका तर आमा र बुवा दुवैको ठेगान नभएको प्रत्येक नाबालकलाई निजको बाबु वा आमाको पता नलागेसम्म वंशजको नाताले नेपालको नागरिक मानिनेछ । –नेपाली नागरिक आमाबाट नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता पाउनेछ । –गैरआवासीय नेपालीलाई आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी गैरआवासीय नेपाली नागरिकता प्रदान गरिनेछ ।
canadanepal.com
2,856,013
बैंकले बिहीबार कपिलवस्तुको जीतपुरमा, शुक्रबार काठमाडाैँको बानेश्वर र भक्तपुरको बोडेमा नयाँ शाखा विस्तार गरेको हो । जीतपुर कार्यालयको उद्घाटन प्रदेश सभा सांसद विष्णु पन्थी, वाणगंगा नगरपालिकाका मेयर पंकज थारू र बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन कुमार दाहालले संयुक्त रूपमा गरे । यसैगरी मध्यबानेश्वर शाखाको उद्घाटन काठमाडाैं महानगरपालिका वडा नं. १० का अध्यक्ष रामकुमार केसी र बैंकका नायम प्रमुख कार्यकारी अधिकृत तेजबहादुर चन्दले संयुक्त रूपमा गरे । साथै बोडे कार्यलयको उद्घाटन बैंकका नायम प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले गरे । सानिमा बैंकको देशभर सातै प्रदेशमा ११२ कार्यालय, ९७ एटीएम सञ्चालनमा छन् ।
newskarobar.com
4,839,270
ललितपुरको पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा सुशील विष्ट निर्वाचित भएका छन्। गए राति सकिएको मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति निर्वाचित भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए। नेविसंघका इकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए। पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गतेका लागि तय भएको निर्वाचन रोकिएको थियो। केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरूमा विष्टलाई नै टिकट दिएका थिए। पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि पाटनमा नेविसंघ दुई समूहमा विभाजन भएको थियो ।
kathmandupress.com
2,846,315
मुलुकको विभिन्न स्थानमा लागिरहेको डढेलो र धुलोका कारण वायु अस्वस्थ बनेको छ । एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौँ उपत्यकाको वायुप्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ । आज काठमाडौँ विश्वको तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ  । पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शिर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ । यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ ।   प्रदुषण मापनमा शुन्यदेखि  ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रुपमा लिइन्छ । १०१ देखि १५० सम्मलाई हुनुलाई श्वाशप्रश्वास र  मुटु रोगीका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थकरका रुपमा लिइन्छ । २०१ देखि ३०० सम्मको अति अस्वथ्य अवस्थाको वायू भनेर बुझिन्छ भने ३०१ देखि ४०० सम्मलाई खतरनाक र ४०१ देखि ४५० लाई अति खतरा मानिन्छ । काठमाडौँ उपत्यकाको लागि वायुगुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ मा एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई विपद्को रुपमा लिने उल्लेख छ ।
newskarobar.com
3,002,286
सातवटै प्रदेशमा कुनै दलको एकल बहुमत नभए पनि ५ वटा प्रदेशमा वर्तमान सत्ता गठबन्धनलाई बहुमत पुर्‍याउन सहजता देखिएको हो । वागमती प्रदेशमा सत्ता गठबन्धनसँग सरकार बनाउन सुविधाजनक बहुमत छ । १ सय १० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सिट आवश्यक पर्छ । यहाँ कांग्रेससँग ३७, माओवादी केन्द्रसँग २१ र एकीकृत समाजवादीसँग ७ गरी ६५ जना सांसद छन् । त्यसै गरी एमालेसँग २७, राप्रपासँग १३, नेमकिपासँग ३ र हाम्रो पार्टीसँग २ सांसद छन् । वर्तमान अवस्थामा सरकार गठनका लागि सत्ता गठबन्धनसँग पर्याप्त बहुमत रहेको छ । ६५ सांसदको समर्थनमा वागमती प्रदेशमा सत्ता गठबन्धनको नेतृत्वमा नै सरकार बन्ने देखिन्छ । गण्डकी प्रदेशमा पहिलो दल बनेको कांग्रेसका २७ सांसद छन् भने एमालेसँग २२, माओवादी केन्द्रसँग ८ सांसद छन् । राप्रपाका २ र एकीकृत समाजवादीका १ सांसद छन् । मनाङबाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध भएका दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । ६० सदस्यीय गण्डकी प्रदेश सभामा सरकार गठनका लागि ३१ सांसदको अवश्यकता हुन्छ । कांग्रेसका २७, माओवादीका ८, एकीकृत समाजवादीका गरी ३६ सांसद हुँदा यो गठबन्धनलाई आरामदायी बहुमत पुग्छ । एकजनालाई सभामुख बनाउँदा पनि गठबन्धनसँग सरकार बनाउनका लागि आरामदायी बहुमत पुग्छ । लुम्बिनी प्रदेशमा पनि कांग्रेसले आफ्नो नेतृत्वमा सरकार गठनका लागि एमाले बाहेकका सबै दललाई मिलाएर सरकार गठनको प्रयास थालेको छ । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सांसदको समर्थन आवश्यकता पर्छ । लुम्बिनीमा सत्तारुढ गठबन्धनले समेत बहुमत ल्याउन सकेको छैन । यहाँ उसले कुल ८७ सांसद संख्यामा ४१ वटा मात्र सिट जितेको छ । जबकि सरकार बनाउन ४४ सिट आवश्यक छ । गठबन्धनमा विद्रोह गरेका स्वतन्त्र उम्मेदवार बनेर जितेका माओवादीका ३ जना नेताहरूले पनि गठबन्धनलाई साथ दिने बुझिएको छ । स्वतन्त्रसँगै नागरिक उन्मुक्ति पार्टीले पनि गठबन्धनलाई सहयोग गर्ने देखिएको छ । त्यसै गरी ४० सदस्यीय कर्णाली प्रदेशसभामा सत्ता गठबन्धनसँग सुविधाजनक बहुमत छ । सरकार गठनका लागि २१ सांसद चाहिनेमा गठबन्धनले २८ सिट जितेको छ । कर्णाली प्रदेशमा कांग्रेस १४, माओवादी केन्द्र १३, एमाले १० समाजवादी र राप्रपाले एक–एक सिट जितेका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा पनि सत्ता गठबन्धनको बहुमत पुगेको छ । सरकार गठनका लागि २६ सांसद चाहिनेमा कांग्रेसका १९, माओवादीका ११ र एकीकृत समाजवादीका ४ सांसद छन् । यहाँ ७ सांसद रहेको नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने सम्भावना छ । एमालेले १० र राप्रपाका १ र एक जना स्वतन्त्र सांसद रहेका छन् । संख्यात्मक हिसाबले एमाले प्रदेश १ मा बलियो छ । तर, उक्त प्रदेशमा सत्ता गठबन्धन र एमालेसहितको गठबन्धनबीच मत बराबर रहेको छ । यस प्रदेशमा जनता समाजवादी पार्टी, नेपाल (जसपा)ले लिएको एक सिट नै निर्णायक बन्ने भएपछि जसपालाई आफ्नो पक्षमा ल्याउन दुवै समूह कसरतमा लागेका छन् । ९३ सदस्यीय प्रदेशसभामा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धनमध्ये कसैले पनि जसपा नेपालको समर्थन बिना बहुमत हासिल गर्न सक्दैनन् । प्रदेशसभामा प्रस्ट बहुमतका लागि कम्तीमा ४७ सांसदको समर्थन आवश्यक हुन्छ । त्यसका लागि प्रदेशसभामा नेकपा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी जम्मा ४० सिट प्राप्त गरेको छ । एमालेसँगै तालमेल गरेको राप्रपाले प्रत्यक्षतर्फ २ र समानुपातिकतर्फ ४ गरी जम्मा ६ सिट प्राप्त गरेको छ । एमाले र राप्रपा मिल्दा जम्मा ४६ जना मात्रै सांसद हुन्छन् । बहुमतका लागि उक्त गठबन्धनलाई एक सिट रहेको जसपाको समर्थन अनिवार्य बनेको छ । अर्कोतिर सत्तारुढ गठबन्धनबाट कांग्रेसले प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ १२ गरी जम्मा २९ सिट प्राप्त गरेको छ । सोही गठबन्धनमा रहेको माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी जम्मा १३ सिट पाएको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी जम्मा ४ सिट पाएको छ । यी तीन दल मिलेर सत्तारुढ गठबन्धनसँग जम्मा ४६ सांसद मात्र हुन्छन् । बहुमतका लागि यो गठबन्धनलाई पनि एक सिट रहेको जसपा निर्णायक हुने देखिन्छ । उता मधेस प्रदेशमा सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल र जनमत पार्टीलाई साथमा लिएर सरकार बनाउने गृहकार्य थालेको छ । एक सय ७ सदस्यीय मधेस प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसद आवश्यक पर्छ । तर, यो संख्या कुनै पनि दलसँग छैन । प्रदेशसभामा २३ सांसदसहित नेकपा एमाले प्रदेश सभाको सबैभन्दा ठूलो दल बनेको छ भने २२ सांसद रहेको कांग्रेस दोस्रो स्थानमा छ । जसपा १६ सिटसहित तेस्रो दल बनेको छ । जनमत पार्टी १३, लोसपाका ९, माओवादी केन्द्रसँग ८ र एकीकृत समाजवादीसँग ७ सांसद छन् । मधेस प्रदेश सभामा ६ जना स्वतन्त्र सांसद छन् भने राप्रपाका २, संघीय समाजवादी पार्टी तथा नागरिक उन्मुक्ति पार्टीले एक–एक सांसद पाएका छन् । मधेश प्रदेशमा कांग्रेस, माओवादी, जनमत, एकीकृत समाजवादी, लोसपा गरी ५९ सांसदको समर्थनमा सरकार बनाउने सम्भावना बढी देखिन्छ । सत्ता गठबन्धनले सरकार बनाउन यो प्रदेशमा पनि जनता समाजवादी पार्टीको सहयोग नै निर्णायक हुने देखिन्छ ।
newsofnepal.com
2,857,063
नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलसँगको भेटमा मन्त्री आलेले युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउन गर्नुपर्ने कानुनी र नियमनकारी सुधारका लागि संसदमा विधेयक पेश भएकाले चाँडै नै पारित गराउने बताए । 'राष्ट्रिय सभाबाट दुवै विधेयक पारित भइसकेका छन्, अब प्रतिनिधिसभाबाट पनि छिट्टै विधेयक पारित गराएर नेपाललाई युरोपेली युनियनको कालोसूचीबाट बाहिर ल्याउछौं' उनले भने, यसका लागि संवेदनशील छाैं ।'  मन्त्री आलेले नेपालबाट बेलायतसम्मको सिधा हवाई उडानको प्रस्ताव पनि आफूले राखेको बताए ।उनले कोभिड–१९ को गम्भीर प्रभाव परेको पर्यटन क्षेत्रको पुनरुत्थानका काम अघि बढाउन उच्चस्तरीय समिति नै गठन गरेर काम अघि बढाउन लागिएको पनि बताए । सो समितिमा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गरिने उनेल आस्वासन दिए ।
newskarobar.com
5,767,293
गण्डकी प्रदेशमा कोरोनाविरुद्धको ‘कोभिसिल्ड’ खोप आइपुगेको छ । भारतले नेपाललाई अनुदानमा उपलब्ध गराएको खोप आइतबार साँझ पोखरा आइपुगेसँगै गण्डकी प्रदेशमा पहिलो चरणमा १७ हजार ३९६ अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मीलगायतलाई कोरोनाविरुद्धको खोप दिइने भएको हो ।  सो खोप आज प्रदेशका अन्य जिल्लामा पुर्याइने र जिल्लाबाट पनि लगाउन शुरु गरिने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।  पोखरा ल्याइएको खोप प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको ‘कोल्ड स्टोर’मा राखिएको छ । चिकित्सकको प्रत्यक्ष निगरानीमा जिल्लास्थित सरकारी अस्पतालमा खोप लगाइने निर्देशनालयले जनाएको छ ।  गण्डकी प्रदेशको राजधानी शहर पोखरामा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, मणिपाल अस्पताल र प्रदेश सरकारको सङ्क्रामक तथा सरुवा रोग अस्पतालमा खोप दिइने छ । खोपका लागि जिल्लामा १० जना प्रशिक्षकलाई तालीम दिइएको निर्देशक शर्माले बताए । उनले भने, “कोभिड–भ्याक्सिन आएसँगै हामीले पहिलो चरणमा ‘फ्रन्टलाइनर्स’लाई खोप दिने तयारी गरेका छौँ, आजै जिल्लामा खोप पुर्याउन शुरु गर्दछौँ, खोप दिने जनशक्तिलाई तालीम दिएर तयारी अवस्थामा  राखेका छौँ ।” सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीलाई खोप दिएपछि दोस्रो चरणमा सर्वसाधारणलाई दिने योजना बनाएको छ । अहिले गण्डकी प्रदेशमा ४० हजार डोज खोप आएको बताइन्छ ।  कोरोना खोप एक व्यक्तिले दुई पटक लगाउनुपर्दछ । एकपटक खोप लगाएपछि एक महिनाको अन्तरमा अर्को डोज दिइने निर्देशनालयले जनाएको छ । १० प्रतिशत हाराहारीमा खोप खेर जाने अनुमान गरी हाललाई सो १७ हजार हाराहारीमा खोप लगाउने व्यक्ति छानिएको हो । सरकारले कोरोना खोप आए पनि जोखिम कम नभएकाले स्वास्थ्य सुरक्षा सावधानी अपनाउन आग्रह गरको छ । निर्देशक शर्माले भने, “अहिले गण्डकी प्रदेशमा सङ्क्रमणको दर कम भएको छ तर जोखिम कम भएको छैन, जोखिमका हिसाबले सबै नागरिकले दूरी कायम गर्ने र सरसफाइमा ध्यान दिनुर्दछ । खोप आयो भनेर जोखिम कम भयो भनेर सोच्नु हुँदैन अझै चनाखो हुुनुपर्दछ ।
baahrakhari.com
6,265,975
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको भन्ने आरोपमा कुनै पनि किसिमको सत्यता नरहेको मस्कोले पुनः दोहो¥याएको छ । राष्ट्रपति चुनावमा धाँधली भए नभएको बारे जाँचबुझ गर्न गठित रोबर्ट मुलरको प्रतिवेदनमा राष्ट्रपति ट्रम्पका विरुद्ध कुनै ठोस प्रमाण नभेटिएको जानकारी सार्वजनिक भएलगत्तै रुसको यस्तो भनाई सार्वजनिक भएको हो । रुसी प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरुसँग कुरा गर्दै आफूले मुलरको प्रतिवेदन हेर्न नपाएको तर रुसले कहिल्यै पनि अरु मुलुकको आन्तरिक मामिलामा हस्तक्षेप गर्दैन भन्नुभयो । अमेरिका समेतका कुनै पनि मुलुकका विरुद्ध रुसले हस्तक्षेप गर्दैन, र यो रुसको घोषित नीति हो, पेस्कोभले बताए । अमेरिकी चुनावमा रुसले साइबर आक्रमण गरेको, चुनाव प्रचारमा सामाजिक सञ्जालको दुरुपयोग गरेको तथा डेमोक्र्याटिक पार्टीको इमेल ह्याक गरी राष्ट्रपतिका प्रमुख दाबेदार हिलारी क्लिन्टनमाथि दबाब सिर्जना गरेको आरोप छ ।
aajakonews.com
2,611,650
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेद्वारा आइतबार जारी आदेशमा स्वास्थ्य सतर्कता अपनाउन जिल्लावासीमा मास्क लगाउन आग्रह गरिएको छ । कोभिड–१९ को सङ्क्रमण रोकथाम र उपचार व्यवस्था सम्बन्धमा आइतबार बसेको बैठकको सिफारिसका आधारमा जिल्लाका सरकारी तथा सार्वजनिक स्थानमा अनिवार्यरुपमा मास्क लगाउन सर्वसाधारणमा आग्रह गरिएको घिमिरेले बताए । “अनिवार्यरुपमा मास्कको प्रयोग गर्ने गराउने, साबुनपानीले हात धुने, सामाजिक दूरी कायम गर्नुपर्ने गरी आदेश जारी गरिएको छ”, घिमिरेले भने । आदेशमा सरकारी वा सार्वजनिक प्रकृतिका सबै कार्यालय, विद्यालय तथा सङ्घसंस्थामा सेवा लिँदा र दिँदा अनिवार्यरुपमा मास्क प्रयोग गर्नुपर्ने उल्लेख गरिएको घिमिरेले बताए । जिल्लामा कोभिड–१९ सम्बन्धी सुरक्षा सतर्कता बढाएसँगै यसको अनुगमनलाई समेत अगाडि बढाउने घिमिरेको भनाइ छ । “अर्को व्यवस्था जारी नभएसम्मका लागि यो सूचना जारी गरिएको हो”, घिमिरेले भने, “कोरोनाको सङ्क्रमण बढ्ने÷घट्ने भएमा सोही अनुसारको नीति अवलम्बन गरिनेछ ।
ratopati.com
3,231,937
कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा आज सुनुवाई नसकिएपछि मुद्धा हेर्दाहेर्दैमा बसेको हो । आज रिट निवेदकका तर्फबाट बहस सकिएको छ । अधिवक्ता रविराज बसौला,रमण कर्ण, डा.सुरेन्द्र भण्डारी,अमृत खरेललगायतले बहस गरेका थिए । बहसका क्रममा उनीहरुले विदेशी नागरिकता लिएसँगै कानुनतः रद्ध भइसकेको नेपाली नागरिकता प्रयोग गरेर लामिछानेले चुनावमा उम्मेदवारी मनोनयन गरेकाले उनको सांसद पद खारेज हुनुपर्ने जिकिर गरेका थिए । त्यसपछि रविका कानुन व्यवसायीहरुले प्रतिरक्षा बहस गरेपनि सकिएन । सहन्यायाधिवक्ता सन्जिवराज रेग्मी, अधिवक्ता सुनिल पोख्रेल,सुशील पन्तलगायतले रविको पक्षमा बहस गरे । अब अर्को पेशी शुक्रबारका लागि तोकिएको छ । पुस २२ गते नै सर्वोच्चले अग्राधिकार दिएकाले सम्भवत: यो मुद्धा किनारा लाग्नेछ । रमाइलो कुरा चैं, निवेदकको पक्षमा बहस गर्नुपर्ने सरकारी वकिलहरू रविको प्रतिरक्षामा उत्रिन बाध्य भएका छन् । रविको नागरिकता गम्भीरतापूर्वक छानविन गर्नुपर्ने लिखित जवाफ पेश गरेका काठमाडौँका सिडिओले पछि कुरा फेरेजस्तै रवि गृहमन्त्री भएकैले सरकारी वकिलहरू पक्षमा बहस गर्न बाध्य भएका हुन् । अमेरिकाको नागरिकता त्यागेर पुनः नेपाली नागरिकता नलिई खारेज भएकै नागरिकताबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकाले उनको सांसद पद खारेजीको माग गर्दै गत २८ मंसिरमा लामिछानेविरुद्ध सर्वोच्चमा रिट दर्ता भएको थियो । अधिवक्ता रविराज बसौला र युवराज पौडेलसमेतले दायर गरेको दुईवटा छुट्टाछुट्टै रिटमाथि एकमुष्ट सुनुवाई भएको हो ।
janaaastha.com
1,851,768
निजी क्षेत्रको पहिलो बाल अस्पतालको रुपमा परिचित यस अस्पताल पछिल्लो समय प्रसूति तथा स्त्री रोगको उपचारमा समेत ख्याति कमाएको छ । शनिबार आयोजित विशेष समारोहमा अस्पतालका कार्यकारी निर्देशक डा आरपी चौधरीले अस्पतालको शुरुवाती दिन देखि अहिलेसम्मको उतारचडाव प्रस्तुत गरे । उनले सेवामा गुणस्तर थप्नका लागि अस्पतालले शुरु गरेका नयाँ नयाँ उपचार पद्धती र उपकरणको बारेमा जानकारी दिए । तर स्थान अभाव तथा अन्य विविध कारणले अस्पतालको बेडसंख्या भने बढाउन नसकिएको उनले जानकारी दिए । २४ बर्ष अघि १५ बेडबाट सेवा थालेको ईशान अहिले २५ बेडको स्वीकृति पाएको छ । यद्धपी ५३ बेडको स्वीकृति पाउने क्रममा रहेको निर्देशक प्राडा चौधरीले बताए । त्यसो त ईशानले अहिले भएको अस्पताल भवनबाट केही सय मिटर पछाडी नयाँ अत्याधुनिक भवन निर्माण शुरु गरेको छ । सो भवन सम्पन्न हुनासाथ १०० बेडमा अस्पताल सञ्चालन हुने बताइएको छ । बार्षिकोत्सव समारोहमा प्रमुख अतिथि बनेका स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलले ईशानले दिएको सेवाको खुलेर प्रसंशा गरे । उनले यति लामो समयसम्म अस्पतालको स्तरोन्नती हुन नसक्नु दुखद भएको भन्दै छिटै नै यसको आकार बृहत हुने विश्वास व्यक्त गरे । कार्यक्रममा अस्पतालका अध्यक्ष डा नारायणबहादुर थापाले अस्पतालले दिएका सेवा साथै अहिलेसम्म आईपुग्दा बेहोरेको कठिनाई बारेमा ब्याख्या गरेका थिए । कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल लगायतले अस्पतालको सुभेक्षा सहित मन्तव्य राखेका थिए ।
nepalihealth.com
123,510
कांग्रेसका युवा नेता नैनसिंह महरले नेकपाले नेपाली जनतालाई गम्भीर धोका दिएको आरोप लगाएका छन् । नागरिक संकटमा रहेका बेला नेकपा नेतृत्व र सरकार शक्त्तिकै अभ्यासमा तल्लिन रहेको बताउँदै नेता महरले जनताको दुखलाई हदैसम्मको नजरअन्दाज गरिएको ठोकुवा गरे । ‘कोरोना महामारीले मुलुकको अर्थतन्त्र र नागरिकको ज्यान खतरामा छ’ नेता महरले भने ‘सरकार के गर्दैछ, सत्तारुढ दल के गर्दैछ ?’ नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष समेत रहेका महरले केपी शर्मा ओली नेतृत्वको सरकारको अयोग्यताका कारण देशभरका युवाहरु नैराश्यता छाएको बताए । बुटवलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकारका कुकृत्यले युवाहरु डिप्रेशनमा जाने अवस्था आएको बताए । अब युवाहरुलाई नयाँ आशा र नयाँ भरोसा दिलाउनुपर्ने र त्यसको नेतृत्व प्रतिपक्ष कांग्रेसले गर्नुपर्नेमा नेता महरले जो दिए । उनले पार्टीको आसन्न महाधिवेसनमा युवालाई स्थानीय स्तरदेखि केन्द्रसम्म नै स्थान दिएर कांग्रेसले उदाहरण पेश गर्नुपर्ने समेत बताए । युवा देशको विकास र समृद्धिको मुहान भएकाे भन्दै नेता महरले भने, ‘जुन देशमा युवा जागेका छन, विकृति, विसंगति, अन्याय, अत्याचारका विरुद्ध आवाज वुलन्द गर्दै सडकमा उत्रिएका छन त्यो देशमा जस्तोसुकै तानाशाहको सत्ता सखाप भएको छ ।’ नेता महरले सरकार भ्रष्ट्राचारको आहलमा डुबेको बताउँदै युवाहरुले यसका विरुद्ध लाग्ने बेला भएकाे बताए । देशमा लुट मच्चाउने काम भइरहेको महरले भने अब हामी बोल्ने होइन भने देश नै खोक्रो हुन्छ । कु-व्यस्थाका विरुद्ध नबोल्नु पनि सचेत नागरिकको गैरजिम्मेवारीपन भएको नेता महरको जिकिर छ ।
nepalwatch.com
3,222,469
बिहीबार सम्पन्न लिलामी (अक्सन)मा सन्दीपप्रति आईपीएलका कुनै पनि टोलीले बोली लगाएनन् । सन्दीपका लागि न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ तोकिएको थियो । विश्वका अन्य चर्चित् क्रिकेट लिगहरुमा नछुट्ने सन्दीपलाई आईपीएका टोलीहरुले भने यसपटक खासै महत्व दिएनन् । आईपीएलमा यसअघिका वर्षहरुमा सन्दीप दिल्ली क्यापिटल्समा आवद्ध थिए । दिल्लीले सन्दीपलाई प्रति सिजन २० लाख भारतीय रुपैयाँ दिएर तीन वर्षसम्म अनुबन्धित गरेको थियो । यसपटक दिल्लीले सन्दीपलाई फुकुवा गरेपछि उनको नाम लिलामीमा गएको थियो । र, न्यूनतम मूल्य ४० लाख भारतीय रुपैयाँ कायम गरिएको थियो । सन्दीपले सन् २०१८ बाट आईपीएलमा सहभागिता जनाउँदै आएका थिए । सन्दीप आईपीएल खेल्ने एक मात्र नेपाली क्रिकेटर हुन् । यसपटकको अक्सनमा नेपालबाट ८ खेलाडीले नाम दर्ता गराएपनि अन्तिम सूचीमा सन्दीप मात्रै परेका थिए । सन् २०१८, २०१९ र २०२० मा गरी तीन सिजन आइपीएलमा सहभागी भए पनि सन्दीपले दुईवटा सिजनका केही मात्र खेल खेल्ने मौका पाए । २०२० को अन्त्यतिर युएईमा भएको आईपीएलमा भने सन्दीपले कुनै पनि खेलमा मौका पाएनन् । आईपीएलका तीन वर्षहरुमा सन्दीपले जम्मा नौ खेल खेले । र, १३ विकेट लिए । २०१८ को आईपीएलमा ३ खेलमा मात्र मौका पाएका सन्दीपले २०१९ मा ६ वटा खेल खेले । दिल्ली क्यापिटल्सको वेभसाइटका अनुसार २०१८ मा सन्दीपले ३ खेलबाट पाँच र २०१९ मा ६ खेलबाट ८ विकेट हात पारेका थिए । सन् २०१८ मा पहिलोपटक आईपीएलमा सहभागिता जनाएसँगै विश्वभरका क्रिकेट लिगमा सन्दीपका लागि ढोका खुलेको थियो । उनले उत्कृष्ट प्रदर्शन गर्दै दाम र नाम दुबै आर्जन गरिरहेका छन् । तर, यसपटक आईपीएलमा उनी छनौट नहुँदा सन्दीपका समर्थकहरु निराश बनेका छन् । आइपीएलमा चेन्नई सुपर किङ्ग्स, दिल्ली क्यापिटल्स, किङ्ग्स–११ पञ्जाब, कोलकाता नाइट राइडर्स, मुम्बई ईण्डियन्स, राजस्थान रोयल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदराबाद गरी कुल आठवटा टोलीले सहभागिता जनाउँदै आएका छन् । आइपीएल क्रिकेट यसअघि निरन्तर १३ सिजन सम्पन्न भइसकेको छ । १३ सिजनमा सबैभन्दा धेरै मुम्बई इण्डियन्सले ५ पटक उपाधि उचालेको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्ने आईपीएल क्रिकेट प्रतियोगिता सन् २००८ बाट हरेक वर्ष सञ्चालन भइरहेको छ । कोरोना महामारीको कारण देखाउँदै बीसीसीआईले २०२० मा भने युएईमा प्रतियोगिता सञ्चालन गरेको थियो । गत १९ सेप्टेम्बरबाट जुन ६ सम्म भएको प्रतियोगिताको उपाधि मुम्बई इण्डियन्सले जितेको थियो ।
janaaastha.com
2,658,210
जेसीपीओएका अन्य पक्षहरूमा बेलायत, चीन, फ्रान्स, जर्मनी र रूस रहेका छन् । “गत साताको अन्त्यमा भियनामा बैठक बस्ने तय भएको थियो, तर त्यो सम्भव भएन । यो हप्ता बैठक हुन सक्छ,” ईयू विदेश नीति प्रमुख जोसेप बोरेलले स्पेनको सान्टान्डरमा भएको पत्रकार सम्मेलनमा भने । यसै महिनाको सुरुमा बोरेल र उनको टोलीको समन्वयमा एक वर्षभन्दा लामो वार्तापछि ईयूले ‘अन्तिम’ प्रस्तावको प्रस्तुत गरेको थियो । सन् २०१८ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौता कर्तामध्येको एक संयुक्त राज्य अमेरिका फिर्ता भएको घोषणा गरेपछि इरानले पनि आफ्ना लागि मात्र मान्य नभएको भन्दै क्रमशः सम्झौताबाट फिर्ता भएको घोषणा गरेको थियो । त्यसपछि सम्झौता सङ्कटमा परेको थियो । विश्व शक्ति राष्ट्रहरूले संयुक्त राज्य अमेरिकालाई यसमा फिर्ता ल्याएर इरानसँगको आणविक सम्झौतालाई पूर्ण रूपमा पुनः स्थापित गर्ने लक्ष्य राखेको छ । अमेरिकी उक्त कदमपछि इरानले जेसीपीओए अन्तर्गतका आफ्ना प्रतिबद्धताहरू फिर्ता लिन बाध्य भएको भन्दै र युरेनियमको भण्डारलाई निरन्तर रूपमा जारी राख्दै हतियार–ग्रेड स्तरको नजिक पुर्याएको थियो । बोरेलले वार्ता सकेसम्म अघि बढेको र ‘यो नै सहमतिको विन्दु भएको’ बताएका छन् । बोरेलले भने, “अमेरिकाले अहिलेसम्म औपचारिक जवाफ दिएको छैन । तर हामी उनीहरूको प्रतिक्रियाको पर्खाइमा छौँ र मलाई आशा छ कि प्रतिक्रियाले हामीलाई वार्ता समाप्त गर्न अनुमति दिनेछ ।
ratopati.com
5,863,033
सांकेतिक तस्बिर काठमाडौँ- नेपाली कांग्रेस को आसन्न १४औँ महाधिवेशन अन्तर्गत काठमाडौँ जिल्लामा शनिबार भएको नगर अधिवेशनको परिणाम आउने क्रम जारी छ । पछिल्लो परिणामअनुसार गोकर्णेश्वर नगर कार्यसमितिको सभापति पदमा कुमार लामा निर्वाचित भएका छन् । निकटतम प्रतिद्वन्द्वी रामजी श्रेष्ठले ९३ मत पाउँदा उनले १०९ मत प्राप्त गरी विजयी भए । उपसभापतिद्वयमा वटुकृष्ण ढुङ्गेल १२० र विकास श्रेष्ठ ११५ मत प्राप्त गरी निर्वाचित भएका छन् । सचिवद्वयमा जयराम विष्ट र रमेश रिजाल, सहसचिवद्वयमा अशोक नेपाल र गोकुलप्रसाद सिम्खडा निर्वाचित भए। अधिकांश सदस्य लामा समूहबाटै निर्वाचित भएका छन् । शङ्खरापुर नगरपालिकाको सभापतिमा दिलीपकुमार श्रेष्ठले ८६ मत प्राप्त गरी विजयी भए । उनका निकटतम् प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत पाए । उपसभापतिद्वयमा मिलन खड्का र अमित प्रधान निर्वाचित भएका छन्। सचिवद्वयमा रत्नबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ निर्वाचित भए । सहसचिवद्वयमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भए। कागेश्वरी–मनहरा नगरपालिकाको सभापतिमा उद्धव दाहाल विजयी भएका छन् । आज (आइतबार) बिहान सम्पन्न मतगणनाअनुसार उनले १५१ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी मीठाराम दाहालले १३८ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । नेपाली कांग्रेस तारकेश्वर नगरपालिकाको सभापतिमा कृष्णहरि महर्जन निर्वाचित भएका छन् । उनले १३५ मत ल्याई विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ मत प्राप्त गरेका थिए। यस्तै उपसभापतिद्वयमा नवराज अर्याल ९१२५० र जमुना तिमिल्सिना ९१२३०, सचिवद्वयमा राजु फुँयाल ९१२६० र शङ्कर तिमिल्सिना ९११७०,सहसचिवद्वयमा सरस्वती पौडेल ९११७० र अप्सरा खड्का ९११४०मत प्राप्त गरी विजय भएका छन् । बूढानीलकण्ठ नगरपालिकाको सभापतिमा राजाराम बुढाथोकी १५५ मत प्राप्त निर्वाचित भए । उनका निकटम प्रतिद्वन्द्वी राजन बुढाथोकीले ६८ मत हासिल गरेर पराजित भए। उपसभापतिद्वयमा सानुकान्छा श्रेष्ठ ९१८१० र शम्भु कार्की ९१७००, सचिवद्वयमा विजेन्द्र श्रेष्ठ ९२०६०, विजेन्द्र पुडासैनी ९१७१०,सहसचिवद्वयमा कुमार खड्का ९१४५० र निर्मला आचार्य ९पौडेल० १२८ मतल्याई विजय भएका निर्वाचन समितिले जनाएको छ । कोषाध्यक्ष सभापतिले मनोनयन गर्ने व्यवस्था कांग्रेसका विधानमा रहेको छ ।
khabarhub.com
209,870
मुलुकभर स्थानीय तहले गाडी खरिदमा ठूलो धनराशि खर्चेको विषयमा आलोचना भइरहेका बेला झापाको कनकाई नगरपालिकाले सवारीसाधन खरिदका लागि छुट्याएको बजेट प्राविधिक शिक्षामा सदुपयोग गरेको छ। गत आर्थिक वर्ष २०७६/७७ मा कनकाई नगरसभाले नगरपालिकाको प्रमुख चढ्नका लागि ६० लाख रूपैयाँ बजेट विनियोजन गरेको थियो तर नगरप्रमुख राजेन्द्र पोखरेलले लाखौँ खर्चेर आफ्ना लागि सवारीसाधन खरिद गर्ने प्रस्ताव अस्वीकार गर्दै प्राविधिक शिक्षालय स्थापनामा सो रकम खर्च गरेका हुन। 'बजेटमा रकम छुट्याइएको थियो, प्रमुखले सवारीसाधन किन्न मान्नुभएन', कनकाईकी उपप्रमुख मञ्जु प्रसाईले भने, 'त्यसपछि गाडी किन्ने बजेट प्राविधिक शिक्षालय स्थापनामा खर्च गरियो।' नगरलाई शैक्षिक हब बनाउने र रोजगारीमूलक शिक्षा प्रदान गर्ने योजनाअनुरुप नगरप्रमुख पोखरेलले नै इञ्जिनीयरिङ विषयको पढाइ हुने कलेज खोल्ने प्रस्ताव अघि बढाएका हुन। अहिले त्यही सवारीसाधन खरिद गर्ने भनिएको बजेटबाटै सुरू भएको कनकाई पोलिटेक्निक इन्स्टिच्युट सञ्चालनमा छ। नगरपालिकाले गाडी खरिदका लागि विनियोजन भइसकेको ६० लाख रूपैयाँमध्ये ३० लाख रूपैयाँ रकम कनकाई पोलिटेक्निक इन्स्टिच्युट स्थापनाका लागि लगानी गरिएको र अरु रकम साइकल लेन र पुल निर्माणमा छुट्याइएको प्रमुख प्रशासकीय अधिकृत रुद्र न्यौपानेले जानकारी दिए। कनकाई–७ दुर्गापुरमा सञ्चालित कनकाई पोलिटेक्निक इन्स्टिच्युटमा पहिलो ब्याचमा ४६ जना विद्यार्थी भर्ना भएका थिए। त्यहाँ सिटीइभिटीअन्तर्गत तीन वर्षे डिप्लोमा तहको सिभिल इञ्जिनीयरिङ, जियोमेटिक्स इञ्जिनीयरिङ र इन्फरमेसन टेक्नोलोजीको पठनपाठन हुँदै आएको छ। सो इन्स्टिच्युटलाई नगरपालिकाको सहयोग र विश्वविद्यालयको सम्बन्धनमा सामुदायिक साझेदारीमा आधारित इञ्जिनीयरिङ कलेजको रुपमा विस्तार गर्ने योजना रहेको नगरप्रमुख पोखरेलले बताए। नयाँ आर्थिक वर्ष २०७७-७८ मा समेत कनकाई नगरपालिकाले सो इन्स्टिच्युटका लागि ३० लाख रूपैयाँ बजेट विनियोजन गरिसकेको छ। नगरप्रमुख पोखरेलका अनुसार नगरको वडा नं ५ मा इञ्जिनीयरिङ कलेजका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न १६ बिगाहा जग्गा लिजमा लिने कार्य भइसकेको छ। यो परियोजनालाई नगरको गौरव आयोजनामा समेटिएको छ। यहाँ अध्ययन गर्ने स्थानीय विद्यार्थीलाई नगरपालिकाले नगरभित्रै रोजगारी दिलाउने सोचसमेत बनाएको छ। ‘कमाइका लागि शिक्षा’ कार्यक्रमअन्तर्गत प्राविधिक विद्यार्थीलाई निर्माणाधीन परियोजनामा पारिश्रमिक दिएर काम गराउँदै सिकाउने नयाँ कार्यक्रम अघि बढाइएको नगरपालिकाले जनाएको छ। नगरपालिका स्थापना हुँदा प्रदेश सरकारले कनकाईलाई एउटा सानो पुरानो जीप दिएको थियो। अति आवश्यक पर्दा नगरप्रमुख र उपप्रमुखले त्यही गाडी प्रयोग गर्दै आएका छन्। नगरप्रमुख पोखरेल कहिलेकाहीँ घरबाट साइकल चढेर नगरपालिका आउँछन् भने नजिक फिल्ड जाँदासमेत उनले साइकल प्रयोग गर्ने गरेका छन्। 'साइक्लिङ कल्चर बनोस् भनेर साइकलको प्रयोग गरेको हुँ', उनले भने, 'सानो आम्दानी भएको नगरपालिकाले गाडी खरिदमा लाखौँ खर्च गर्नहुँदैन भन्ने हाम्रो सोच हो।' नगरपालिकाले गत आर्थिक वर्षको बजेटमा गाडी खरिदका लागि छुट्याइएको बजेट रकमान्तर गरेर छ लाख रूपैयाँ साइकल लेन निर्माणमा लगाउने तयारी गरेको थियो तर कोरोना कहरका कारण साइकल लेनको निर्माण नयाँ आर्थिक वर्षमा मात्र हुने भएको छ ।
setopati.com
3,843,174
मानव अधिकार तथा शान्ति समाजले डा. गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । समाजले आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा. केसीले राखेका मागलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको हो । उक्त अवसरमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण भएको भन्दै यसलाई आफूले गम्भीर रुपमा लिएको बताएका थिए । यस्तै पूर्व आयुक्त समाज तथा राष्ट्रिय मानव अधिकार समाजले पनि डा. केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ । रासस मानव अधिकार तथा शान्ति समाजले डा. गोविन्द केसीको मागलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । समाजले आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापालाई भेटेर डा. केसीले राखेका मागलाई तत्काल सम्बोधन गर्न आग्रह गरेको हो । उक्त अवसरमा मन्त्री थापाले शान्ति समाजले अघि सारेका कुरा महत्वपूर्ण भएको भन्दै यसलाई आफूले गम्भीर रुपमा लिएको बताएका थिए । यस्तै पूर्व आयुक्त समाज तथा राष्ट्रिय मानव अधिकार समाजले पनि डा. केसीले राखेका माग तत्काल समाधान गर्न आग्रह गरेको छ ।
himalkhabar.com
14,503
विश्वव्यापी सम्पत्ति शुद्धीकरण विरोधी निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटिएफ)ले युक्रेनमा रुसी आक्रमणलाई लिएर रुसको सदस्यता निलम्बन गरेको शुक्रबार जनाएको छ । एफएटिएफले २०० भन्दा बढी देश र क्षेत्राधिकारका लागि मापदण्ड निर्धारण गर्दछ र अधिकारीहरूलाई लागुऔषध तस्करी, मानव तस्करी र आतंकवादजस्ता गम्भीर अपराधहरूको सामना गर्न मद्दत गर्छ । समूहले शुक्रबार एक विज्ञप्ति जारी गरी भनेको छ, ‘समूहको उद्देश्य सुरक्षा, सुरक्षा र विश्वव्यापी वित्तीय प्रणालीको अखण्डतालाई बढावा दिनु भएको र रुसी महासंघको यो कदम एफएटिएफको आधारभूत सिद्धान्तको विपरीत रहेको पाइएकोले कारबाही अघि बढाइएको छ ।’ एफएटीएफको मापदण्ड कार्यान्वयनका लागि रुस अझै पनि जिम्मेवार रहेको विज्ञप्तिमा उल्लेख छ । पेरिसमा पाँच दिनसम्म चलेको बैठकपछि एफएटिएफले नाइजेरिया र दक्षिण अफ्रिकालाई निगरानी बढाउने देशको सूचीमा समावेश गरेको छ भने कम्बोडिया र मोरक्कोलाई उक्त श्रेणीबाट हटाएको छ । रुसलाई युरोपेलीे परिषदबाट निष्कासित गरिएको छ भने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्बाट निलम्बित गरिएको छ, तर रुस अझै पनि धेरै अन्तर्राष्ट्रिय संगठनको सदस्य छ ।
canadanepal.com
3,221,056
उनको विचारमा स्थापनाकालदेखि मुलुकको आन्तरिक तथा वाह्य सुरक्षामा नेपाल प्रहरी खट्दै आएको छ । अन्तरदेशीय सुरक्षाअन्तर्गत सीमा नाकाको अग्र मोर्चामा पनि सँधै नेपाल प्रहरी बसेको छ । सीमा नाकामा हुने विभिन्न खालका घटनालाई सबैभन्दा पहिले नेपाल प्रहरीले नै सम्हाल्ने गरेको छ । पछिल्लो आठ दश वर्षदेखि सशस्त्र प्रहरीले सिमित सहयोग पुर्याउँदै आएको थियो। उनका अनुसार मुलुकको घरेलु सुरक्षातर्फ पनि एकल सुरक्षा निकायको रूपमा नेपाल प्रहरी नै देखिएको छ । सँगै सशस्त्र प्रहरी देखिए पनि उसको काम ‘उभिने मात्रै’ रहेको नेपाल प्रहरीको बुझाई छ । आफ्नै अगाडि कुनै झडप वा अन्य कुनै गतिबिधि भएमा पनि समस्या सुल्झाउन नागरिकलाई टाढा रहेको जनपद प्रहरीतर्फ देखाउनुले पनि नेपाल प्रहरीलाई आन्तरिक सुरक्षामा आफू मात्र खटिएको महशुस भएको हो । यदाकदा आँखै अगाडि नागरिकबीच हुने झडपमा कसैको टाउको फुटेपनि एउटा सुरक्षा निकाय मुकदर्शक भएर बस्ने अनि अर्को चाहिँ सुरक्षाको नाममा केही पनि नगरी ‘सुरक्षा विज्ञ’ कहलिएकोमा नेपाल प्रहरीको चित्त दुखेको उनले बताएका छन् । हुन त,विदेशस्थित कतिपय नेपाली दूतावासमा रहने सुरक्षा सहचारी सबै नेपाली सेनाका अधिकृतहरू हुन् । विश्वमा विभिन्न स्वरूपका बहुराष्ट्रिय अपराधहरू क्रमशः बढेको बढ्यै छन् । तर, सुरक्षा विज्ञ कहलिएको निकायले त्यसको अध्ययन र अनुसन्धानमा योगदान पुर्याएको विषयमा कसैले पनि भेउ नपाएको ती अधिकारीले बताएका छन् । साथै, त्यस्ता सहचारीले मुलुकको आन्तरिक तथा वाह्य सुरक्षालाई मजबुत तुल्याउन तर्जुमा गरिएको नीतिमा पुर्याएको योगदान बारेमा पनि प्रायः सबै बेखबर रहेको उनी बताउँछन् । नेपालका धेरैवटा दूतावासमध्ये नयाँ दिल्लीमा मात्र आफ्नो प्रतिनिधि राखिएकोमा नेपाल प्रहरीले दुःखेसो पोखेको छ । त्यहिपनि आफ्नो प्रतिनिधिको हैसियतलाई निजामती कर्मचारीको उपसचिव भन्दा तल राखिएकोमा खिन्नता भएको उनले उल्लेख गरेका छन् । यसले समग्र प्रहरी संगठनको शीर उँचो नबनाएको तर जिम्मेवार कसैले पनि त्यसतर्फ न ध्यान दिएका छन् न आवश्यक पहल नै गरेका छन् । उनका अनुसार नेपाली सेनाका सुरक्षा विज्ञहरूले गहन अध्ययन गरेपनि उनीहरूसँग पर्याप्त अनुभव हुँदैन । सबै जर्नेलले विदेशबाट कुनै न कुनै डिफेन्स कोर्ष पूरा गरेका हुन्छन् । उनले त्यही आधारमा विदेशी समकक्षीसँग सम्पर्क समेत बनाउँछन् । अनि बढुवामा समेत त्यही तालिमलाई मुख्य आधार मानिन्छ । सेनामा जर्नेल हुन स्वदेशभित्र स्टाफ कलेज कोर्स र विदेशमा डिफेन्स कोर्ष गरेकै हुनुपर्छ । तर, नेपाल प्रहरीमा तालिम र अध्ययनलाई गौण बनाइएको छ । पछिल्लो समय ठूलो पदमा पुग्न तालिम होइन,गृहमन्त्री र प्रधानमन्त्रीको चाकडी अनिवार्यझैँ बन्न थालेको छ । यतिखेर गृहमन्त्रीका सुरक्षा सल्लाहकार रहेका इन्द्रजीत राईलाई द्वन्द्व विज्ञ भन्ने गरिएको छ । तर उनको द्वन्द्व विज्ञताको दायरा खासै देखिएको छैन । तसर्थ, अहिलेको अवस्थामा सरकार र गृह मन्त्रालयले नेपाल प्रहरीलाई हेर्ने परम्परागत प्रणालीमै आमूल परिवर्तन गर्नुपर्ने ती अधिकारीको धारणा छ । हुन तः प्रहरीको विशेषताअनुसार राज्य र सरकारले उसको सुक्ष्म नियमन गर्नुपर्छ । तर, निजामती कर्मचारीबाट प्रहरीलाई नियन्त्रण गर्ने विगतको प्रणाली यतिखेर निष्प्रभावी हुँदै गएको छ । प्रहरी सेवा मुलुकको सुरक्षा प्रणालीभित्रको एउटा छुट्टै र विशिष्टीकृत सेवा हो । तर, उसलाई नियमन गर्ने निजामती कर्मचारीभित्र आफूहरूले सिकेका विषयलाई नै प्रहरीमा हस्तान्तरण गर्दै लैजाने भन्ने मानसिकताले काम गरिरहेको छ । ‘नेपाल प्रहरी र नेपाली सेनाको विशेषतालाई केलाउने हो भने प्रहरी प्रमुख तथा एआईजीहरूलाई तालुक अड्डा गृह मन्त्रालयले तत्काल मन्त्रालयमै हाजिर गराउन सक्छ । तर, सेनामा त्यो सम्भव हुँदैन । त्यस्तै पर्यो भने उल्टै सेनाले आफ्नो हेडक्वार्टरमै तालुक अड्डाका सरकारी कर्मचारीलाई बोलाएर आवश्यक छलफल गरिदिन्छ’ भन्छन् उनी । राजनीतिको कुरामा सेनाभित्र कसैलाई पनि राजनीतिक च्यानलभित्र छिरेको वा चलखेल गरेको थाहा पाएमा निमोठी हाल्छन् । सेनाको माथिल्लो तहमा एकाध कसैले लुकिछिपी राजनीतिक पहुँचलाई प्रयोग गरेपनि प्रहरीमाझैँ संस्कारको रूपमा विकास भएको छैन । तर, प्रहरीमा राजनीतिक दलका नेताको घरदैलौलाई नै पहिलो विशेषता र कल्चर ठान्ने गरिएको उनी स्वीकार्छन् ।
janaaastha.com
5,155,945
यसमा नम्बरप्लेट स्पष्ट नराख्ने चार सय ४६ र दिउँसै मापसे गरी सवारीसाधन चलाउने चार चालकसमेत परेका छन् । काठमाडौँ उपत्यकामा शनिबार गरिएको विशेष सवारी जाँच अभियानका क्रममा तीव्रगतिमा सवारी चलाउने एक सय ५५, अनावश्यक हर्न बजाउने पाँच र ठूलो आवाज निकाल्ने दुई मोटरसाइकलका चालकलाई कारबाहीमा गरिएको प्रहरीले जनाएको छ । त्यस्तै अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने सात सय ८८ चालक पनि कारबाहीमा परेका प्रहरीले जानकारी दिएको छ । स्पष्टरूपमा नम्बर नदेखिने र मापदण्डअनुसार नम्बरप्लेट नराख्ने सवारीसाधनको जाँच अभियानलाई काठमाडाँै उपत्यका ट्राफिक प्रहरी कार्यालयले कारबाही अभियान थालेको छ । नम्बरप्लेट स्पष्ट नराखी सवारीसाधन चलाउँदा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसारको कसूर हुनुका साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने प्रहरीले जनाएको छ । कार्यालयका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश विष्ट क्षेत्रीले स्पष्टरूपमा देखिने र बुझिने गरी मापदण्डअनुसारको नम्बरप्लेट बनाएर सवारीसाधनको अगाडि र पछाडि राख्न अनुरोध गरेका छन् ।
nepalkhabar.com
6,056,116
विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरस रोकथामका लागि लागू गरिएको लकडाउन उल्लंघन गर्नेविरुद्ध प्रहरीले कारबाही थालेको छ । लकडाउन उल्लंघन गरेर सडकमा निस्किएका सवारीसाधानलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिन थालेको हो । जसअनुसार महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले अनलाइनखबरलाई बताए । उनका अनुसार उपत्यका विभिन्न स्थानबाट ती सवारीसाधनलाई नियन्त्रणमा लिइएको हो । सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए । यसअघि मंगलबार नियन्त्रणमा लिइएका सवारी साधनलाई केही समयपछि छाडिएको थियो । तर, सवारीसाधन तीब्र रुपमा सडकमा निकाल्ने क्रम बढेपछि नियन्त्रणमा लिइएका सवारी अहिलेलाई ‘होल्ड’ गरिएको महाशाखाका प्रमुख एसएसपी भिमप्रसाद ढकाल बताउँछन् ।
onlinekhabar.com
142,431
उक्त आइपिओमा मागभन्दा मंगलबार ५ बजेसम्ममा ६.९३ गुणा बढी आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको छ । कम्पनीले गत बुधबार (वैशाख २८) देखि प्रतिसेयर सय अंकित दरले २७ लाख ३० हजार कित्ता साधारण सेयर जारी गरेको हो । जसमा २ प्रतिशत सेयर कर्मचारीका लागि ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २५ लाख ३८ हजार ९०० कित्ता सर्वसाधारणका लागि छुट्टाइएको थियो । कम्पनीको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ । सर्वसाधारणले जारी आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम एक लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
nepalwatch.com
4,863,953
काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ। आज डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ। आज पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिए। उनका अनुसार आज एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो। उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ। उनका अनुसार ४३ हजार ४६७ युरो (५५ लाख ७१ हजार बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो। चोभारमा निर्माण गरिएको उक्त बन्दरगाह गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरुपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो। बन्दरगाह सञ्चालनमा आए यता १५ कन्टेनरमा रु सात करोड ३९ लाख बढीको सामग्री बरगाहमा भित्रिएका छन्। चोभार बन्दरगाहमा हाल वीरगञ्ज भन्सार कार्यालय, मेची भन्सार कार्यालय, विराटनगर भन्सार कार्यालय, भैरहवा भन्सार कार्यालय र सुक्खा बन्दरगाह भन्सार कार्यालय सिर्सिया पर्साबाट नेपालमा प्रवेश गर्ने मालवस्तुमात्र सिधै चोभार भित्रन पाउनेछन्। उक्त पाँच भन्सार कार्यालयबाहेक अन्य भन्सार कार्यालयबाट नेपाल प्रवेश गर्ने मालवस्तु चोभार भित्रने भए आवश्यकताका आधारमा भन्सार विभागको महानिर्देशकले सार्वजनिक सूचना प्रकाशन गरी भन्सार कार्यलय तोक्न सक्नेछन। सरकारले चोभार सुक्खा बन्दरगाहा निर्माणका लागि २०७५ सालबाट तयारी थालेको थियो। लामो तयारीपश्चात् रु एक खर्ब ६० करोड लागतमा २६१ रोपनी जग्गामा बन्दरगाहा निर्माण गरिएको हो ।
kathmandupress.com
1,313,038
सोमबार एक विज्ञप्ति जारी गर्दै उनले उक्त अभिव्यक्तिलाई सामान्य रुपमा लिन अनुरोध गरेकी छन्। जनमत समाजवादी पार्टीका अध्यक्ष सीके राउतको हत्या गर्ने अभिव्यक्ति दिएपछि यादवको राजीनामा माग भएको छ। तर चौतर्फी आलोचना भएपछि उनले व्यक्तिगत रुपमा कसैप्रति लक्षित नभएको भन्दै भ्रममा नपर्न आग्रह गरिन्। हिंसात्मक अभिव्यक्तिले कानुनी राज्यको उपहास गरेको, हत्या–हिंसालाई प्रश्रय दिएको, शान्ति प्रक्रियामा गइसकेको शक्तिलाई बिथोलेर समाजमा अशान्ति ल्याउने वातावरण निम्त्याएको भन्दै विभिन्न राजनीतिक दलका नेताहरूले पनि मन्त्री यादवको भनाइमा घोर आपत्ति जनाइरहेका छन्। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवलाई पदमुक्त गर्नुपर्ने बताएका थिए। हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदिय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई पदमुक्त गर्नुपर्ने वा यादवले राजीनामा दिनुपर्ने सुझाव दिएका थिए। सार्वजनिक कार्यक्रममै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएपछि उनको चर्को आलोचनासँगै राजीनामा माग गरिएको छ। डा. सीके राउतलाई घेराबन्दी गरी हत्या गर्न कार्यकर्तालाई उक्साएकी थिइन्। निकै आक्रोशित शैलीमा प्रस्तुत उनले गौर हत्या फोरमकै नेतृत्वमा भएको स्वीकार गरेकी थिइन्। जनता समाजवादी पार्टी (जसपा)ले पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री यादवको बचाउ गर्दै विज्ञप्ति जारी गरेको थियो। 'जनता समाजवादी पार्टीका नेता केन्द्रीय कार्यकारिणी समितिका सदस्य भौतिक पर्वाधार तथा यातायात मन्त्री रेणु कुमारी यादवको प्रमुख आतिथ्यमा समाजवादी युवा संघ, नेपालको आयोजनामा रौतहटमा आयोजित 'बलिदानी दिवस'को कार्यक्रमलाई जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरु सुनियोजित ढंगबाट लाठी, भाटा, ढुंगा, आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम विथोल्ने आतंक मच्याउने र हिंसा भड्काउने जस्ता गैरराजनीतिक एवं अपराधिक क्रियाकलापमा संलग्न रहेका थिए,' केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'उक्त पार्टीद्वारा गराइएका यस्ता उदण्ड, गैरराजनीतिक, उशृंखल, अभद्र, अशोभनीय र अपराधि कार्यको जसपा, नेपाल घोर विरोध एवं भर्त्सना गर्दछ।' यादवले रौतहटस्थित गौरमा श्रद्धाजली सभाको सभामा दिएको अभिव्यक्ति पूर्वाग्रहपूर्ण ढंगले अपव्याख्या भएको दाबी गरेकी छन्। उनले विज्ञप्तिमार्फत भनेकी छन्,‘सभामा मैले दिएको अभिव्यक्ति कसैप्रति लक्षित, कतै पूर्वाग्रह वा दासवपूर्ण मानसिकताबाट नभई आपसी मुठभेड नगर्न वा हुन नदिन, कुनै हिंसात्मक गतिविधि हनबाट जोगाउन र शान्तिपूर्ण विधि र प्रक्रियाबाटै राजनीतिक गतिविधि गर्ने अभिव्यक्तिलाई पछिल्लो समय विभिन्न माध्यमहरुद्वारा कसैकसैले पूर्वाग्रहपूर्ण ढंगले आ-आफ्नो तारिकाले अपव्याख्या गरेकोप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।’ २०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राइस मिलमा मधेसी जनअधिकार फोरम र तत्कालीन नेकपा माओवादी एउटै स्थानमा छुट्टाछुट्टै मार्च बनाएर सभा गर्न लाग्दा दुई पक्षमा झडप भएको थियो। उक्त झडपमा २७ माओवादी कार्यकर्ताको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो ।
annapurnapost.com
5,442,110
पोखरामा घरबाट विद्यालय हिँडेका तीन बालिका बेपत्ता भएका छन् । गत साउन १९ गते विद्यालय जान्छु भनी हिँडेका बालिका हराए भएपछि परिवारले खोजीका लागि हारगुहार गरेका छन् । आइतबार साँझपख मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीका स्थानीय सधैँझैँ कोही खाना पकाउन व्यस्त थिए, कोही खाना खाँदै । कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।
gorkhapatraonline.com
2,172,566
पहिलो पटक पृथ्वीको ध्रुवबाट बाहिर निस्केको ताप नाप्ने गरी जलवायु परिवर्तनको भविष्यवाणीमा सुधार गर्ने लक्ष्यका साथ शनिबार न्यूजिल्यान्डबाट एउटा सानो नासा भूउपग्रह प्रक्षेपण गरिएको छ। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका पृथ्वी विज्ञान अनुसन्धान निर्देशक करेन सेन्ट जर्मेनले हालै पत्रकार सम्मेलनमा भने, “ध्रुवहरूमा के भइरहेको छ ? जलवायुमा के भइरहेको छ ? भन्ने मोडेल गर्ने हाम्रो क्षमतामा सुधार हुनेछ ।” जुत्ताको बाकसको आकारको उक्त भूउपग्रहलाई रकेट ल्याब नामक कम्पनीले निर्माण गरेको इलेक्ट्रोन रकेटद्वारा प्रक्षेपण गरिएको थियो । यो न्यूजिल्यान्डको उत्तरमा रहेको महियाबाट उडेको थियो । यस मिशनलाई ‘प्रिफाइयर’ भनिन्छ। कम्पनीले पछि यस्तै आफ्नै भू–उपग्रह प्रक्षेपण गर्ने भएको छ। तिनीहरूले आर्कटिक र अन्टार्कटिकभन्दा धेरै माथि इन्फ्रारेड मापन गर्न सेवा गर्नेछन् ताकि ध्रुवहरूले अन्तरिक्षमा छोड्ने तापलाई सीधा मापन गर्न सकियोस्। “यसले वास्तवमा उष्णकटिबन्धीय क्षेत्रहरूमा प्राप्त हुने अतिरिक्त तापलाई सन्तुलनमा राख्न र पृथ्वीको तापक्रमलाई वास्तवमै विनियमित गर्न मद्दत गर्दछ”, विस्कन्सिन विश्वविद्यालय, म्याडिसनसँग सम्बद्ध मिशन अनुसन्धानकर्ता ट्रिस्टन ल’इक्युयरले भने, “उष्णकटिबन्धीय क्षेत्रहरूबाट ध्रुवीय क्षेत्रहरूमा तातो प्राप्त गर्ने प्रक्रियाले वास्तवमा ग्रह वरिपरि हाम्रो सबै मौसमलाई चलाउँछ ।” प्रिफाइयरमार्फत नासाले बादल आर्द्रता वा पानीमा बरफ पग्लिँदा ध्रुवहरूबाट हुने गर्मी हानिलाई कसरी असर गर्छ भनेर बुझ्ने लक्ष्य राखेको छ। एलइक्यूयरका अनुसार हालसम्म जलवायु परिवर्तनका वैज्ञानिकहरूले तातो हानि नाप्ने मोडलहरू वास्तविक अवलोकनको सट्टा सिद्धान्तहरूमा आधारित थिए। उनले भने, “हामी भविष्यमा समुद्री सतहको वृद्धि कस्तो देखिन सक्छ र ध्रुवीय जलवायु परिवर्तनले ग्रह वरपरको मौसम प्रणालीलाई कसरी असर गरिरहेको भनेर अनुकरण गर्ने क्षमतामा सुधार गर्न सक्षम हुनेछौँ ।
technologykhabar.com
5,374,144
महिनावारी हुँदा छाउ गोठमा बस्नुपर्ने बाध्यताका समाचार बेलाबेलामा आउने गरेका छन् तर देउताको डरले गाउँघर नै छाडेर अर्कै गाउँको गोठमा बास बस्नुपर्ने बाध्यता छभन्दा पत्याउन गाह्रो पर्छ । बैतडीको मेलौली नगरपालिका–८, का पाँचवटा गाउँका महिला रजस्वला हुँदा गाउँ नै छाडेर जानुपर्ने अर्को गाउँमा रहेको छाउ गोठमा जानुपर्ने बाध्यता छ । बैतडीको मेलौली नगरपालिका–८, को विशालपुर क्षेत्रका बबैठा, बोराल, माणैं, रत्तोलार मुस्याल गाउँका महिला र किशोरी महिनावारी भएका बेला देउताको डरले घर छाडेर छिमेकी चौपाता र खैरानी गाउँको गोठमा बस्दै आएका छन् ।
gorkhapatraonline.com
5,913,967
फाइल फोटो जनकपुर– मुख्यमन्त्री लालबाबु राउतले मिथिलाका कवि कोकिल विद्यापतिको स्मृति दिवसका अवसरमा देश तथा विदेशमा बस्नुभएका मैथिली समुदायप्रति हार्दिक शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज जारी गरिएको विज्ञप्तिमा १४औँ शताब्दीको कार्तिक त्रयोदशी तिथिमा जन्मनुभएका कवि विद्यापतिले लेखेको प्रेम विरह र भक्तिरसका गीतहरु अहिले पनि मैथिल समुदायलाई आह्लादित गर्दछ भनि उल्लेख गरिएको छ । उनको प्रभाव बङ्गाली, उडिया र नेवारी समाजमा पनि प्रभाव परेको उल्लेख गर्दै सो विज्ञप्तिमा विद्यापतिले लेख्नुभएका गौंरक्षक, विजय नाटक, भूपरिक्रमा, पुरुष परीक्षा कीर्तिलताजस्ता गद्य ग्रन्थ अहिले पनि आदरका साथ पढिने गरेको उल्लेख छ । विद्यापतिको लिखनावलीको प्रभाव नेपाली लिखतमा समेत हेर्न सकिन्छ । उनले आफ्नो जीवनको उत्तरार्धकाल नेपालमा बिताएको र सो अवधिमा अनेकौँ पुस्तकको रचना गरेका थिए । उनी भविष्यवेता पनि थिए । विद्यापतिले आफ्नो मृत्युको सम्बन्धमा गरिएको भविष्यवाणी पुस्तकमा यसरी बर्णन गरिएको छ, “विद्यापतिको अवसान, कात्तिक धवल त्रयोदशी जान ।” अर्थात् कात्तिक त्रयोदशी तिथिमा मृत्यु हुने गर्नुभएको भविष्यवाणी सत्य भएको थियो ।
khabarhub.com
2,874,668
आगामी मंसिर ६ गते अवकाश लिने तयारीमा रहेका वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस खाएको आरोपमा पक्राउ परेका छन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेपछि पाण्डे पनि घुस काण्डमा मुछिएका छन । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनिहरुले दिएको बयानका आधारमा महानिर्देशक पाण्डेलाई पक्राउ गरिएको अख्तियार स्रोतले जनाएको छ । विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेल र विभागकै नायव सुब्बा खड्गबहादुर केसी पक्राउ परेपछि महानिर्देशक पाण्डेको पनि त्यसमा मिलेमतो देखिएको खुलेको हो । मंगलबार राति ८ बजे नयाँ बानेश्वरस्थित ईन्द्रणी फुडल्याण्डबाट पौडल र केसी समातिएका थिए । वैदेशिक रोजगार न्यायाधीकरणमा विचाराधीन मुद्दा मिलाइदिने भन्दै उक्त रकम लिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनीहरुलाई पाण्डेले नै परिचालन गरेको अनुसन्धानबाट खुलेपछि पक्राउ गरिएको बुझिएको छ । पाण्डे आमागमी मंसिर ६ गते अवकाश लिने तयारीमा थिए ।
newsofnepal.com
916,905
अघिल्लो सीमांकनअनुसार प्रदेश ५ मा परेका पहाडी जिल्ला छुटाएर ४ मा लैजाने सरकारको प्रस्तावविरुद्ध विभिन्न जिल्लामा सुरु आन्दोलन बिहीबार पनि जारी रह्यो । सरकारले संसद् लगेको संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयले जिविस घेराउ गर्नुका साथै अनिश्चितकालीन जिल्ला बन्दसम्मको कार्यक्रम घोषणा गरेका छन् । प्रदर्शनकै कारण पूर्वपश्चिम राजमार्ग अवरुद्ध हुन पुग्यो । बुटवलमा स्थानीय र प्रहरीबीच झडपपछि तनाव बढ्यो । मुख्य रूपमा प्रमुख प्रतिपक्षी एमालेले आन्दोलनको अगुवाइ गरिरहे पनि सत्तारूढ दलकै कार्यकर्ता प्रस्तावप्रति असन्तुष्ट छन् । पार्टी नेतृत्वले जनभावनाविपरीत प्रदेश टुक्र्याएको भन्दै उनीहरू पनि प्रदर्शनमा मिसिएका छन् । बुटवल– प्रदेश टुक्र्याउने प्रस्तावविरुद्ध प्रदर्शनमा उत्रिएका युवा र प्रहरीबीच बिहीबार झडप भएको छ । दुवै पक्ष ढुंगा हानाहानमा उत्रँदा बुटवल बजार साँझसम्मै तनावग्रस्त हुन पुग्यो । राष्ट्रिय झन्डासहित निस्किएका युवाले दिउँसो अस्पताल लाइनमा माओवादीले निर्माण गरेको सहिद स्मारक तथा पार्क तोडफोड गर्न खोजेपछि प्रहरीले रोकेको थियो । त्यस क्रममाा दिउँसो २ बजे सुरु तनाव साढे ५ बजेसम्म कायम रह्यो । तोडफोड रोक्ने प्रहरीमाथि ढुंगा बर्साएपछि सुरक्षाकर्मीले बल प्रयोग गरेको थिए । दिउँसोबाट सुरक्षाकर्मी बढाइएको थियो । प्रदर्शनकारीले स्मारकको पर्खाल भत्काए । स्मारकमा रहेको हँसिया हथौडा फ्याँकेर राष्ट्रिय झन्डा राखे । स्मारक तोडफोडको अगुवाइ गर्नेहरू कुनै समूह वा संगठनका रूपमा भने अगाडि आएका छैनन् । एमाले जिल्ला इन्चार्ज लीला गिरी र अनेरास्ववियु जिल्ला अध्यक्ष बालकृष्ण पाण्डेले विज्ञप्ति निकालेर आफूहरू शान्तिपूर्ण आन्दोलनमा उत्रिएको र सालिक तोडफोडमा संलग्न नभएको बताएका छन् । उनीहरूले दोषीलाई कारबाही गर्न माग गरेका छन् । ‘मान्छेलाई शिर र शरीर छुट्याएर अलग गरेजस्तै गरी प्रदेश छुट्याउन थालिएको छ,’ पाण्डेले भने, ‘हामी शोकसहित आन्दोलनमा उत्रिएका छौं । यो बेला अराजक गतिविधि भए घूसपैठका कारण मात्रै भएको छ ।’जिल्ला बन्दको आहवान गरेको अनेरास्ववियु, नेविसंघलगायतका विद्यार्थी संगठन, मदन भण्डारी स्पोर्ट्स एकेडेमी र अखण्ड प्रदेश नम्बर ५ दबाब अभियान लुम्बिनीलगायतको अगुवाइमा प्रदर्शन भएको हो । बुटवलको राजमार्ग चौराह, मिलनचोक बसपार्क, पुष्पलाल पार्कलगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्वसाधारण स्वस्फूर्त सडकमा उत्रिए । प्रदेश विभाजन जोड्ने नभई तोड्ने किसिमबाट आएको भन्दै प्रतिपक्षी एमाले र सत्तारूढ दलका जिल्लास्तरका नेता–कार्यकर्तासमेत बन्द अभियानमा जुटे । नेविसंघका केन्द्रीय उपाध्यक्ष प्रकाश रानाले प्रदेशका नागरिकको रायबिना देशको अहितमा संशोधन प्रस्ताव आएकाले जिल्लास्तरमा फुटेर नभई जुटेर आन्दोलनमा होमिएको बताए । रानाको नेतृत्वमा बिहीबार बिहान नेविसंघले शक्ति प्रदर्शन तथा विरोधसभा गरेको थियो । बन्दका कारण रूपन्देही जिल्लाकै जनजीवन पूर्ण रूपमा प्रभावित भयो । पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प भए । बन्दकर्ताले अवरोध गरेपछि भित्री सडकमा समेत दिनभर सवारी चलेनन् । बजार, पसल, औद्योगिक प्रतिष्ठान, शिक्षण संस्था सबै बन्द भए । स्वस्फूर्त रूपमा सडकमा उत्रिएका युवाले प्रदेश नं. ५ टुक्र्याउन पाइँदैन, संविधान संशोधन चाइँदैन, हिमाल, पहाड, तराई कोही छैन पराई, देश बचाऔं, राष्ट्रियता जोगाऔंलगायतका नारा लगाएका थिए । मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय उपाध्यक्ष गोविन्द खनालले नागरिकको राय र मतका आधारमा गर्नुपर्ने प्रदेश विभाजन केन्द्रबाट जबर्जस्ती लादिएकाले स्वाभाविक रूपमा नागरिक आक्रोशित भएको बताए । कपिलवस्तु– यहाँका जीतपुर, इमिलिया र चन्द्रौटामा विद्यार्थी प्रदर्शनमा उत्रिए । तीनै ठाउँमा टायर बालेर दिनभर विरोध प्रदर्शन गरियो । राजमार्गमा यातायात अवरुद्ध हुन पुग्यो । चन्द्रौटामा आयोजित विरोधसभामा युवा संघ नेपाल केन्द्रीय सदस्य टोपलाल पोखरेल, दीपक अनुरागी र बाबुराम अर्याललगायतले संविधान संशोधन विधेयक तत्काल फिर्ता लिन आग्रह गर्दै अन्यथा कडा आन्दोलनमा उत्रने चेतावनी दिए । नवलपरासी– एमाले पार्टी कार्यालयमा बुधबार राति आगजनी भएको छ । सदरमुकाम परासीमा रहेको कार्यालयमा अज्ञात समूहले पेट्रोल छर्केर आगजनी गरेको एमाले परासी संयोजक तुल्सी पासीले जानकारी दिए । भवनको भुइँ तलाको झ्याल डढेको छ । सिसा फुटेका छन् । गेटमा समेत आगो लगाउने प्रयास गरिएको छ । स्थानीयले राति आगो देखेपछि निभाएकाले क्षति कम भएको पासीले जनाए । कसले र किन आगो लगायो भन्नेबारेमा यकिन नभएको उनको भनाइ छ । सरकारले दर्ता गरेको संविधान संशोधनविरुद्ध नेकपा एमाले विरोधमा उत्रिएकाले पार्टी कार्यालयमा आगो लगाइएको हुन सक्ने उनले बताए । एमाले केन्द्रीय सदस्य तिलक महतले घटनाको भत्र्सना गर्दै दोषी पत्ता लगाई कारबाही गर्न सरकार र स्थानीय प्रशासनसँग माग गरे । गुल्मी– प्रदर्शनकारीले बिहीबार जिल्ला प्रशासन र जिविस घेराउ गरेका छन् । दलका नेतासहितका कार्यकर्ताले दुवै कार्यालयका कर्मचारीलाई प्रवेशमा रोक लगाए । कार्यालयका मुख्य गेटमा सबै दलका जिल्लास्थित प्रमुख नेता मानव साङ्लो बनाएर धर्ना बसेपछि निमित्त प्रजिअ भक्तिराम मरासिनी पछाडिको गेटबाट भित्र पसे । त्यो थाहा पाएपछि आन्दोलनकारीले अर्को गेटबाट पनि आउजाउ गर्न दिएनन् । जिविसको मुख्य गेटमै धर्ना दिइएकाले स्थानीय विकास अधिकारी कल्पना श्रेष्ठ र योजना अधिकृत सरोजकुमार पोखरेलसहित जिविसका कुनै कर्मचारी भित्र पस्न पाएनन् । कामकाज ठप्प हुन पुग्यो । दुवै कार्यालय सुरक्षा तैनाथी बाक्लो पारिएको थियो । ‘प्रदेश टुक्र्याउने प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन जारी छ,’ कांग्रेसका भुवनप्रसाद श्रेष्ठले भने, ‘जनताको चाहनाविपरीत कोही अघि बढ्न सक्दैन, प्रस्ताव फिर्ता हुनै पर्छ ।’ बिहीबार शिक्षण संस्था सञ्चालन गर्न दिइए पनि यातायात, बजार र उद्योगहरू भने बन्द रहे । राजनीतिक दलको आन्दोलनमा गुल्मी उद्योग वाणिज्य संघ, गैरसरकारी संस्था महासंघ, पत्रकार महासंघ, नागरिक समाजलगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन् । बलेटक्सार, शान्तिपुर, वीरबास, खैरेनी, गौंडाकोटलगायत ग्रामीण क्षेत्रमा पनि आन्दोलन तीव्र छ । अर्घाखाँची– संशोधन प्रस्तावको विरोधमा बिहीबार पनि प्रदर्शन जारी रह्यो । दलहरूले शुक्रबार बुटवलमा हुने अञ्चलस्तरीय प्रदर्शनमा अर्घाखाँचीबाट थुप्रै कार्यकर्ता उतार्ने तयारी गरेका छन् । सन्धिखर्क–चुत्राबेंसीमा चार दिनदेखि जारी विरोध प्रदर्शनमा कांग्रेस, माओवादी केन्द्रका जिल्ला नेतादेखि प्रतिपक्ष एमाले, राष्ट्रिय जनमोर्चालगायत साना दल पनि सहभागी छन् ।पाल्पा– पाल्पाका युवा, विद्यार्थीले अनिश्चितकालीन पाल्पा बन्द घोषणा गरेका छन् । बिहीबार बिहानैदेखिको प्रदर्शन र बन्दले जनजीवन प्रभावित रह्यो । बजार, यातायात, उद्योग र शैक्षिक संस्था बन्द रहे । तानसेनसँगै ग्रामीण भेगका साथै सिद्धार्थ राजमार्ग र गुल्मी, अर्घाखाँची जाने सडकमा सवारी आउजाउ ठप्प रह्यो । प्रेस, दूध, पानी, पर्यटक र एम्बुलेन्सलगायतका सवारीसाधनलाई भने प्रदर्शनकारीले चल्न दिएका छन् ।नेपालगन्ज– एमाले भ्रातृ संगठन युवा संघले नेपालगन्जमा विरोध जुलुस निकालेको छ । सहभागीले ‘हिमाल, पहाड, तराई, कोही छैन पराई’, ‘विवादरहित प्रदेश विभाजन गर्न पाइँदैन’ जस्ता नारा लगाए । पासाङ ल्हामु रोडस्थित पार्टी कार्यालयबाट निस्केको जुलुस सुर्खेत रोड हुँदै बीपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमाले सम्बद्ध जनजाति महासंघका केन्द्रीय सदस्य चन्द्रबहादुर चौधरीले सरकारले विवाद सुल्झाउनेभन्दा बढाउने काम गरेको बताए । ‘प्रदेश ५ विभाजनविरुद्ध जनता सडकमा उत्रिइसकेका छन्,’ उनले भने, ‘पहाड र तराईलाई छुट्याउने प्रस्ताव कुनै हालतमा स्वीकार्य छैन ।’ अर्का युवा नेता अब्दुल हुसेन खाँले सरकारले समुदायबीच द्वन्द्व बढाएर चुनाव टार्न खोजेको आरोप लगाए । उनले प्रदेश ५ मा कुनै विवाद नरहेकाले विभाजन गर्नु जनता–जनताबीच फाटो ल्याउनु भएको दाबी गर्दै भने, ‘यस्तो प्रस्तावविरुद्ध मधेसी र मुस्लिम समुदाय पनि सडकमा उत्रिने छन् ।’ दाङ– संविधान संशोधन प्रस्ताव खारेजी माग गर्दै घोराहीमा बिहीबार नेकपा एमालेसहित चार पार्टीले विरोध प्रदर्शन गरेका छन् । नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा र नेकपा क्रान्तिकारी माओवादी सम्मिलित संयुक्त संघर्ष समितिले घोराही बजारमा प्रदर्शन गर्दै कोणसभा आयोजना गरेको थियो । ट्राफिक चोकबाट सुरु विरोध र्याली हस्पिटल रोड, गणेश मन्दिर, बैंक रोड, दामोदर चोक, न्युरोड हुँदै तुलसीपुर चोक पुगेर कोणसभामा परिणत भएको थियो । सहभागीले संविधान संशोधनले राष्ट्रलाई हित नगर्ने उल्लेख गर्दै यसको खारेजीको माग गरे । सरकारले प्रदेश फुटाएर जनताबीच द्वन्द्व सिर्जना गरेको संघर्ष समितिका संयोजक एवं एमाले दाङका अध्यक्ष टीकाराम खडकाले बताए ।म्याग्दी– संविधान संशोधनको विरोधमा एमालेका विद्यार्थी संगठनले बिहीबार साँझ सदरमुकाम बेनीमा मसाल जुलुस प्रदर्शन गरेका छन् । सदरमुकामको शिक्षा मार्गबाट निस्केको जुलुस क्याम्पस चोक नपुग्दै प्रहरीले हस्तक्षेप गरी मसाल खोसेको थियो । विद्यार्थी र प्रहरीबीच केहीबेर मसाल खोसाखोस भएको थियो । प्रहरी हस्तक्षेपपछि सदमुकामको मुख्य बजार प्रवेश गर्न नपाएका विद्यार्थीले क्याम्पस चोकमै कोणसभा गर्दै संविधान संशोधनको विरोध गरे । धनकुटा– संविधान संशोधन प्रस्तावविरुद्ध एमालेनिकट अनेरास्ववियुले प्रदर्शन गरेको छ । विद्यार्थीले बिहीबार धनकुटा बहुमुखी क्याम्पसको गेट अगाडि प्रदर्शन गरेका थिए । उनीहरूले प्रस्तावलाई ‘सरकारको राष्ट्रघाती कदम’ भन्दै दर्ता प्रक्रिया खारेजी माग गरे । रोल्पा–प्यूठानको संयुक्त विरोधसभाप्रस्तावप्रति असन्तुष्टि जनाउँदै बिहीबार दुई जिल्लाको सीमा खुंग्रीस्थित चतुर्भुजमा भएको विरोधसभामाा ठूलो संख्यामा प्रदर्शनकारी भेला भए । सहभागीले प्रदेश नं. ५ नछाड्ने भन्दै कडा आन्दोलनको चेतावनीसमेत दिए । रोल्पाको थबाङदेखि प्यूठानको स्याउलीबाङसम्मका जनता स्वस्फूर्त आन्दोलनमा उत्रिएका हुन् । एक घर एक सहभागी भन्दै दुवै जिल्लाका विभिन्न स्थानबाट आएका सर्वसाधारणले सरकारविरुद्ध नाराबाजी गरे । ‘रोल्पाले १२ वर्षे आन्दोलनमा पहिलो मोर्चामा उभिएर आन्दोलन गर्यो,’ रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले भने, ‘आफूले बनाएका नेताले परेको बेला साथ दिएनन् ।’रोल्पा–प्यूठानसहित पहाडी जिल्ला तराईबाट अलग्याउन खोजेकोमा जनता आक्रोशित भएको प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बताए । ‘हाम्रो सम्बन्ध दाङ, कपिलवस्तु रूपन्देही र नेपालगन्जसँग छ । तराईको न्यानो काखबाट छुट्याइँदै छ,’ उनले भने । सभा सम्बोधन गर्दै एमालेका संसदीय दलका सचेतक गोकुल घर्तीले संविधान कार्यान्वयन गर्ने समयमा सरकारले सीमांकन हेरफेरको विषय कोट्याएको बताए । ‘प्रदेश हेरफेरले चौतर्फी आन्दोलन भइरहेको छ,’ घर्तीले भने, ‘संसद्मा जनताका प्रतिनिधि पनि छन् । उनीहरूले पक्कै यस्तो प्रस्ताव पास हुन दिने छैनन् ।’ सभामा दुवै जिल्लाबाट सरकार र प्रतिपक्षसहित विभिन्न दलका जिल्ला नेतृत्वको सहभागिता थियो । गुल्मी, पाल्पा, दाङ, रूपन्देही, अर्घाखाँचीलगायत जिल्लाहरूसँग छलफल गरी आन्दोलन अझ प्रभावकारी बनाउने संयुक्त संघर्ष समितिका संयोजक मुक्तिप्रसाद शर्माले बताए ।‘निर्वाचन टार्ने षड्यन्त्र’ नेपालगन्ज– एमालेका नेता शंकर पोखरेलले सरकारले जनताको भावनाविपरीत संविधान संशोधन प्रस्ताव ल्याएर निर्वाचन टार्ने षड्यन्त्र गरेको बताएका छन् । नेपालगन्जमा बिहीबार एमाले बाँकेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले संशोधन प्रस्ताव फिर्ता नहुँदासम्म सडक र सदनबाट दबाब दिइने बताए । ‘आन्दोलन र एमालेलाई देखाएर निर्वाचन टार्ने षड्यन्त्रका साथ संशोधन प्रस्ताव आएको छ,’ उनले भने, ‘प्रदेश ५ विभाजनको प्रस्ताव पनि जनताले आन्दोलन गरेरै फिर्ता गराउने छन् ।’ अंगीकृत नागरिकलाई पनि संवैधानिक निकायका प्रमुख पदमा पुग्न सक्ने र हिन्दी भाषालाई सम्पर्क भाषा बनाउने गरी संशोधन ल्याउन खोजेको सरकार जनताको दबाबले रोकिएको उनले दाबी गरे । ‘वैवाहिक अंगीकृत र स्थानीय भाषालाई मान्यताबारे अहिलेकै संविधानमा प्रस्ट रहेकाले थप संशोधन आवश्यक छैन,’ पोखरेलले भने । बाँके २ का सांसद दिनेशचन्द्र यादवले मधेसी जनता पहाडसँग छुटिएर बस्न नचाहेको बताउँदै देशी–विदेशी प्रतिक्रियावादीले जबर्जस्ती यस्तो मुद्दा ल्याएको आरोप लगाए । ‘प्रदेश ५ लाई कुनै हालतमा विभाजन हुन दिन्नौं,’ उनले भने । एमालेका वैकल्पिक केन्द्रीय सदस्यसमेत रहेका यादवले इतिहासमै मधेसका लागि सबैभन्दा धेरै बजेट र राम्रो नीति तथा कार्यक्रम ल्याएको एमालेलाई मधेसविरोधी भन्नु गलत भएको बताए । काठमाडौंका विभिन्न ठाउँमा पनि एमाले भातृ संगठन युवा संघ र अनेरास्ववियुले विरोध प्रदर्शन गरेका छन् भने त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीले प्रधानमन्त्रीको पुतला जलाएका छन् ।
ekantipur.com
5,431,805
काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ। आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैनस्थानीय निर्वाचन : एक लाख ५२ हजार ४६५ उम्मेदवार काठमाडौं, वैशाख १४ गते। स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको छ। यही वैशाख ३० गते हुने निर्वाचनमा ३५ हजार २२१ पदका लागि मतदान हुँदैछ।निर्वाचन आयोगको प्रणालीमा बुधबार साँझसम्म प्रविष्ट भएको विवरणअनुसार दलगत र स्वतन्त्रसहित गरी प्रमुखमा तीन हजार ४९४, अध्यक्षमा तीन हजार ३८७, उपप्रमुखमा दुई हजार ५६ जनाले मनोनयन दर्ता गरेका हुन्। त्यसैगरी उपाध्यक्षमा दुई हजार एक, वडाध्यक्षमा ३५ हजार २५६ र सदस्यमा ५५ हजार ४७१ जनाको उम्मेदवारी परेको छ। आयोगको सूचना तथा प्रविधि शाखाका अनुसार छुटपुट भएका र विवरण सच्याइएका तथ्याङ्क प्रणालीमा प्रविष्ट हुने क्रम जारी रहेको छ। आयोगले उम्मेदवारको पूर्ण विवरण बुधबार सार्वजनिक गर्ने भने पनि साँझ ढिलासम्म सार्वजनिक हुन सकेको छैन। रासस
gorkhapatraonline.com
4,902,109
नेपाल कम्युनिस्ट पार्टी (एमाले) परित्याग गरेको १० वर्षपछि पूर्वमन्त्री हेमराज राई एमालेमै फर्किएका छन् । उनीसहित सैयौं नेताकार्यकर्तासमेत एमाले फर्किएका छन् । जनता समाजवादी पार्टी नेपाल (जसपा)मा रहेका राईलगायत नेताले केही दिनअघि पार्टीबाट राजीनामा दिएका थिए । एमाले केन्द्रीय कार्यालय ललितपुर, च्यासमा बुधबार आयोजित कार्यक्रमबीच अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई स्वागत गरेका छन् । जसपा केन्द्रीय कार्यकारिणी समिति सदस्य राईसहित केन्द्रीय सदस्यहरू शान्तकुमार प्रधान, भूराज राई, सविना अर्याल, रामसिंह राई, चन्द्रविक्रम राई, उमेश थापा, पवित्रा तिमल्सिना, कर्णबहादुर रतौकी, सुनिल विश्वकर्मा, शंकरबहादुर सार्कीलगायत एमाले प्रवेश गरेका हुन् । १० संघीय परिषद् सदस्य, १९ प्रदेश समिति पदाधिकारी तथा सदस्य, ११ जनसंगठन केन्द्रीय समिति पदाधिकारी तथा सदस्य, ४५ जिल्ला तथा स्थानीय तहका पदाधिकारी पार्टी प्रवेश गरेको एमाले केन्द्रीय कार्यालयका सचिव भिष्म अधिकारीले जानकारी दिए । प्रदेश १ भोजपुरका हेमराज सो क्षेत्रकै पुराना कम्युनिस्ट नेता मानिन्छन् । जसपाभित्र डा. बाबुराम भट्टराई र उपेन्द्र यादवबीच विवाद चर्किंदै गएर एकअर्कोलाई कारबाही प्रक्रिया सुरु भएपछि राई कसैको पक्षमा उभिएनन् । गत ९ साउनमा उनी पार्टीबाट राजीनामा दिएर पुरानै घर एमालेमा फर्किने तयारी गर्दै नेतासँग छलफल अघि बढाएका थिए । २०५५ सालमा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा उनी उद्योगमन्त्री थिए । एमालेमा रहेर लामो समय राजनीति गरेका उनी १८ असोज २०६९ मा जसपा संघीय परिषद् अध्यक्ष अशोक राईसँगै संघीय समाजवादी पार्टीमा लागेका थिए । एमालेभित्र वैचारिक, सैद्धान्तिक तथा कार्यशैलीप्रति ‘फरक मत’ राख्दै उनीहरूले त्यसबेला एमाले परित्याग गरेका थिए । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाइदिएको नागरिकता विधेयकमा पुनर्विचार नगर्ने सत्ता गठबन्धनको निर्णयप्रति एमाले अध्यक्ष केपी शर्मा ओलीले आक्रोश पोखेका छन् । गठबन्धनमा आबद्ध दललाई ‘टाउकोमा खोपडी नभएकाहरू’ भन्दै उनले आलोचनासमेत गरेका छन् । ‘गठबन्धनका पार्टी होलान् नि संसद्मा । त्यहाँ बहस गरे हुन्छ नि † अनि बाहिर यसै फिर्ता गर्ने निर्णय भइसक्यो त उनीहरूको । कस्तो संसदीय अभ्यास हो ? विचारविमर्श नगर्ने, सोझै पठाइदिने, जस्ताको तस्तै । कुरा राम्रा नराम्राको मतलब छैन । हाम्रो पाखुराको कुरा हो यो,’ ओलीले भने, ‘यस्तालाई सरकारमा राख्नुहुन्छ नेपाली जनताले ? टाउकामा खोपडी नभएका, पाखुरामा मसल मात्रै भएकाहरू हुन्, खोपडीहीन मसले । यस्ता मसले, तिघ्राको मात्रै भाषा बोल्ने । यस्ताहरूलाई सरकारमा राखेर देश चल्छ ? यो दुर्भाग्यबाट देशलाई बचाउनुपर्छ ।’
rajdhanidaily.com
4,057,673
कोभिड–१९ सम्बन्धी झुट्टा अफवाह फैलाएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जाल मार्फत कोभिड–१९ को पिसिआर रिपोर्ट सम्बन्धी बारा, २६ भाद्र । अपहरण तथा हत्यामा संलग्न अभियुक्त हरेराम प्रसाद कुर्मी १३ वर्षपछि पक्राउ परेका छन् । अपहरण तथा हत्यामा संलग्न रही १३ वर्षदेखि फरार अभियुक्त महागढीमाई नगरपालिकाका कुर्मीलाई कैलाली, २५ भाद्र । अवैध लागूऔषध ब्राउनसुगरसहित अभिषेक गौतमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिकाको क्याम्पस चोकबाट करिब २ ग्राम ८ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुर्खेत, २५ भाद्र । जबरजस्ती करणी गरेको अभियोगमा तीनजना किशोर पक्राउ परेका छन् । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पंचपुरी नगरपालिकाका १७ वर्षीय, १५ वर्षीय र १५ वर्षीय नुवाकोट, २५ भाद्र । अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् कार्यमा संलग्न ११ सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बेलकोट गढी नगरपालिकाको चाउथे खोलाबाट अवैध रुपमा नदीजन्य पदार्थ (बालुवा) उत्खनन् विराटनगर, २५ भाद्र । मोरङ घर भएका अवकाश प्राप्त एकजना भारतीय सैनिकले दुई वर्षदेखि बालिकामाथि बलात्कार गर्दै आएको घटना बाहिरिएको छ । आफ्नै घरमा भाडा बस्ने १५ वर्षीया बालिकामाथि बलात्कार बारा, २४ भाद्र । लागूऔषध मुद्दाका फरार अभियुक्त एकजनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध मुद्दाका फरार अभियुक्त कोल्हवी नगरपालिका सोनाभारका सनी भनिने गौरी शंकर चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको काठमाडौं, २४ भाद्र । सहकारी संस्थाको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको अभियोगमा राजकाजी खड्गीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी प्युठान, २४ भाद्र । तास खेलिरहेको अवस्थामा ६ जना नगदसहित पक्राउ परेका छन् । प्युठान नगरपालिका मित्रमणी चोकस्थित होटलबाट तास खेलिरहेको अवस्थामा नगद ८६ हजार ५ सय रुपैयाँ सहित ६ काठमाडौं, २४ भाद्र । अवैध लागूऔषध सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी मुसहरी टोलबाट नियन्त्रित लागूऔषध ६ सय १६ पिस स्पास्मो, २० पिस नाईट्रोजन र काठमाडौं, २४ भाद्र । सप्तरीमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् । उनलाई जबरजस्ती करणी गरेको अभियोगमा सिरहा भगवानपुर घर भएका १४ वर्षीय किशोरलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । काठमाडौं, २४ भाद्र । दुई महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा एकजना कर्मचारी पक्राउ परेका छन् । उनले डरधम्की देखाएर कार्यालयकै अन्य कर्मचारीमाथि बलात्कार गरेको अभियोग छ । पक्राउ पर्ने बामदेव काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई संसदबाट विश्वासको मत प्राप्त भएकोमा सांसदहरुलाई धन्यवाद दिएका काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले सदनबाट विश्वासको मत पाएका छ्न । आज बसेको काठमाडौं ।
reportersnepal.com
4,790,649
वेस्टइन्डिज एविरुद्धको ५ खेलको टि–२० सिरिजको अन्तिम खेलमा अनिल साहले पनि अर्धशतक प्रहार गरेका छन्। कुशल भुर्तेल दोस्रो ओभरमै आउट भएपछि ब्याटिङका लागि आएका अनिलले १६औं ओभरको पहिलो बलमा हैडन वाल्स जुनिरलाई छक्का हान्दै अर्धशतक बनाएका हुन्। यसक्रममा उनले ४१ बलमा खेल्दै ४ चौका र ३ छक्का प्रहार गरे। अनिलको अर्धशतक प्रहार गरेपछि १७३ रनको लक्ष्य पछ्याएको नेपाल जित नजिक पुगेको छ। ताजा अवस्थामा नेपाल १६औं ओभरको समाप्तिमा १३७–२को अवस्थामा छ। यो सिरिजमा नेपालका लागि अर्धशतक बनाउने अनिल तेस्रो खेलाडी हुन्। यसअघि रोहितकुमार पौडेल र आसिफ सेखले अर्धशतक बनाएका छन्। त्यसअघि आसिफ शेखले पनि अर्धशतक बनाएका थिए। उनले ३५ बलमा २ चौका र ५ छक्का प्रहार गदैृ ५१ रन बनाए। आसिफ र अनिलले दोस्रो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए। अहिले अनिललाई क्रिजमा कशुल मल्लले १० रन बनाएर साथ दिइरहेका छन् ।
kathmandupress.com
3,984,747
बेलायतको राजकीय भ्रमण गर्ने एशियाकै पहिलो नेता बनेका जङ्गबहादुरको यात्राबारे अध्ययनकर्ताहरुले गहिरो अध्ययन गरिरहेका छन् । जङ्गबहादुरपछि कुनै पनि प्रधानमन्त्रीले बेलायतको राजकीय भ्रमणको निम्तो पाएनन् । अन्य कार्यक्रममा गए आए । उनीहरुको इज्जत धान्न सलामी दिन्थे, त्यो पनि ब्रिटिश गोर्खाको तर्फबाट । २८ जेठमा लण्डनको स्यान्डहर्टस्ट स्थित ब्रिगेड अफ गुर्खा हेडक्र्वाटरको अवलोकन भ्रमण गर्दा ब्रिटिश गोर्खाको तर्फबाट सलामी अर्पण गरिएको थियो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विगतमा आफू बेलायत जाँदा गार्ड अफ अनर पाएको दाबी गरे । उनले आफूले ठूलो सलामी पाएको दाबी गर्दै संसदमा ओलीको बेलायत यात्रा हल्का भएको टिप्पणी गरे । देउवाले मुखै फोरेर बेलायतले आफूलाई उच्च सम्मान दिएर त्यहाँको सेनाले सलामी दिएको दाबी गरे । तर, देउवाले पनि बेलायतको राजकीय भ्रमणको निम्तो अहिलेसम्म पाएका छैनन् । उनी विद्यार्थी नेता हुँदा बेलायतमा केही वर्ष अध्ययन गरेर फर्किएका थिए । काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
reportersnepal.com
5,337,401
विश्वकपमा असफल भए पनि प्रशिक्षकको राजीनामा र बर्खास्तीका घटना साधारण मानिन्छ। कतार विश्वकप फुटबलमा राजीनामा दिने प्रशिक्षकमा पोर्चुगलका फर्नान्डो सान्तोष पनि थपिनुभएको छ। उहाँले शुक्रबार आफ्नो पदबाट राजीनामा दिनुभएको हो। आठ वर्ष पोर्चुगलको प्रशिक्षक बन्नुभएका सान्तोषले आफ्नो टिम विश्वकपको क्वाटरफाइनलबाट बाहिरिएको पाँच दिनपछि राजीनामा दिनुभएको हो। ६८ वर्षीय सान्तोषको पोर्चुगल टिमसँग अझै दुई वर्षको सम्झौता बाँकी छ। पोर्चुगलको फुटबल सङ्घले सान्तोषको स्थान लिने प्रशिक्षकको खोजी सुरु गरिसकेको छ।
gorkhapatraonline.com
3,185,544
भारतमा दोस्रो भेरिएन्टको कोरोना संक्रमण देखिएपछि नेपालको सीमानाकामा सतर्कता र कडाई गर्न शुरु गरिएको छ । भारतसँग खुला सिमानाका कारण नेपालमा पनि जोखिम बढ्न सक्ने भन्दै सीमा क्षेत्रमा सतर्कता अपनाउन थालिएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि विस्तारै कोरोना संक्रमितको संख्या बढ्न सक्ने आकंलन गरेको छ । नेपाल–भारत सीमामा दैनिक हजारौँको आवत–जावत हुँदै आएकाले संक्रमणको दोस्रो लहर आउन सक्ने मन्त्रालयको अनुमान रहेको छ । पछिल्लो समय होली पर्व मनाउनका लागि भारतबाट फर्कनेहरुको चाप बढेको छ । भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा र स्वास्थ्य सतर्कता बढाइएको प्रहरी अधिकारीहरु बताउँछन् । प्रदेश नम्बर–२ का सीमानाकाबाट स्वदेश फर्कनेको ‘ट्राभल हिस्ट्री’ हेर्नेदेखि ज्वरो जाँच र पीसीआर रिपोर्टको समेत जाँच गर्न थालिएको छ । मुख्य नाकाबाहेक अन्य क्षेत्रबाट प्रवेश गर्न सक्ने सम्भावित स्थानमा समेत सुरक्षा व्यवस्था कडा पारिएको छ । यस्तै, सुदूरपश्चिम प्रदेशमा समेत भारतबाट स्वदेश फर्कनेको निगरानी राख्न सुरु गरिएको छ । पछिल्लो समय नयाँवर्ष मनाउन स्वदेश फर्कनेको चाप बढेको सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले बताए । सीमा क्षेत्रमा होल्डिङ सेन्टर राख्ने तयारी भइरहेको समेत उनले बताए । गडडचौकी नाकाबाट यात्रुहरूको आवागमन र मालसामान ढुवानी बिहान ६ देखि बेलुका ८ बजेसम्म खुला राखिएको छ । अत्यावश्यकबाहेकका व्यवसाय, उद्योग, कलकारखाना, यातायातलगायतका सेवा बिहान ४ बजेदेखि राति १० बजेसम्म मात्र गर्न आदेश जारी गरिएको छ । कतिपय जिल्लाले रात्रिकालिन निषेधाज्ञा समेत शुरु गरिसकेका छन् । सीमावर्ती जिल्लाले सुरक्षाका मापदण्ड अपनाउन र मास्क अनिवार्य लगाउन अपिल गरेका छन् । स्वास्थ्य मन्त्रालयले पनि नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए फेरी लकडाउन गर्नुपर्ने बाध्यता आउन सक्ने चेतावनी दिएको छ । बुधबार मन्त्रालयद्वारा आयोजित नियमित मिडिया ब्रिफिङमा सहप्रवक्ता डा.समीरकुमार अधिकारीले मानिसहरुले अनावश्यक भिडभाड बढ्नु, मास्क नलगाउनु, सामाजिक दुरी कायम नगर्नु, भेटघाट तथा गोष्ठी बढ्नुले संक्रमितको संख्या बढ्दै गएको बताए । ‘लडकाउन गर्नु नेपाल सरकारको उद्देश्य होइन तर सरकारले परिस्थित अनुसार नीतिगत निर्णय गरेर संक्रमणको चक्र रोक्नुपर्ने हुन्छ र संक्रमणलाई भयावह रुपमा फैलिन नदिन सजग हुनुपर्छ’, उनले भने । सहप्रवक्ता अधिकारीले आउँदै गरेको होली घरमै बसेर मनाउन र अनावश्यक भिडभाड नगर्न आग्रह गरेका छन् । मन्त्रालयले नाकामा आवश्यक सुरक्षा अपनाउन र हेल्थ डेस्कलाई सक्रिय रुपमा सञ्चालन गर्न तथा नेपाल प्रवेश गर्ने व्यक्तिलाई मास्क उपलब्ध गराउन निर्देशन दिएको छ । काठमाडौ विश्वविद्यालयको जनस्वास्थ्य विभागमा कार्यरत डा. अर्चना श्रेष्ठले भारतमा कोरोना संक्रमितको संख्या बढेकाले नेपालमा पनि केही हप्तामा नै संक्रमणको संख्या बढ्दै जान सक्ने बताइन् । उनले भनिन्,‘दोस्रो चरणको कोरोना महामारी न्यूनिकरण लागि सबै सर्तक हुनुपर्छ । विशेष गरी दीर्घ रोग भएका व्यक्तिले सावधानी अपनाउने र शंका लागेमा तुरुन्त जँचाउनुपर्छ । कोभिड–१९ को संक्रमण बढ्न थालेपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टाइन र आइसोलेसन तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई दुई दिनअघि नै परिपत्र गरिसकिएको मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले कोरोनाको जोखिम बढ्न सक्ने सम्भावना बढेको भन्ने सूचना जारी गरेसँगै गृहले यस्तो परिपत्र गरेको मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले बताए । उनका अनुसार नाकाबाट प्रवेश गर्नेको विवरण संकलन गर्न र नेपाल प्रवेश गर्नुअघि स्वास्थ्य परीक्षण गराउन पनि भनिएको छ । २४ घन्टामा मात्र कोरोनाको ७७८ वटा नयाँ भेरिएन्ट भेटिएको जनाइएको छ । जसले गर्दा नेपालमा उच्च सतर्कता अपनाउन अपिल गरिदै आएको छ । तर, बजारमा भिडभाड र मास्क नलगाई हिड्नेको संख्या उच्च भेटिएपछि स्वास्थ्य मन्त्रालयले लकडाउन गर्नुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने चेतावनी दिएको हो । मास्क नलगाए कारवाही उपत्यकाका तीन जिल्लाले कोरोनाभाइरसको बढ्दो संक्रमण रोकथामका लागि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्ने निर्णय गरेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले बुधबार विज्ञप्ती जारी गर्दै सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कार्वाही गर्ने चेतावनी दिएका छन् । चैत १५ र १६ गते होली पर्वलाई घरमै मनाउन समेत जिल्ला प्रशासनहरुले आग्रह गरेका छन् । काठमाडौं उपत्यकामा संक्रमणको जोखिम बढ्दै गएकाले सार्वजनिक स्थलमा भीडभाड नगर्न समेत उनीहरुले आग्रह गरेका छन् । भक्तपुरले अर्को सूचना जारी नभएसम्म मेला, जात्रा, सांस्कृतिक कार्यक्रमहरु नगर्न पनि निर्देशन दिएको छ । ललितपुर जिल्ला प्रशासनले चाहिँ राती ११ बजेदेखि रात्रिकालिन व्यवसाय संचालनमा रोक लगाउने निर्णय गरेको छ । संक्रमणलाई मध्यनजर गरी पहिले संचालनमा आएका क्वारेन्टिन, आइसोलेसन केन्द्रलाई तयारी अवस्थामा राख्ने निर्णय पनि उनीहरुले गरेका छन् । सेनिटाइजर, मास्क र सामाजिक दूरीलाई कडाइका साथ पालना गर्ने निर्णय पनि प्रशासनले निर्णय गरेका छन् । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
1,702,720
वि.सं.२०७८ भदौ १६ बुधवार पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार मङ्गलबार साँझ घरमाथिबाट आएको पहिराले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको र अन्य तीन जना घाइते भएका थिए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको जनाइको छ । दाङमा जडीबुटी उत्पादन बढेको छ ।
sansarnews.com
6,012,421
यूएईबिरुद्धको खेलमा नेपालले २० ओभरको समाप्तीमा ५ विकेट गुमाउदै ७३ रन मात्रै जोड्न सफल भएको छ । ओपनर आसिफ शेख १४ बलमा जम्मा ६ रन बनाएर क्याचआउट भए। त्यसैगरी ज्ञानेन्द्र मल्लको खराब ब्याटिङ जारी रहने क्रम दोहिरिँदा उनी २६ बलमा जम्मा ११ रन बनाएर बाहिरिए। टप थ्री पुगेर विश्वकप छनोट खेल्न निर्णायक मानिएको यो खेलमा कप्तान रोहित पौडेल पनि सम्हालिन सकेनन्। उनी ५ बल खेलेर एक रन मात्रै जोड्दै पेभेलियन फर्किएका छन्। १५ औं अभरमा नेपाली टोलीका कुशल मल्ल र १९ औं अभरमा दिपेन्द्र सिंह ऐरी आउट भएका थिए । नेपालले टस जितेर ब्याटिङ रोजेको छ। पपुवा न्युगिनी र यूएई सम्मिलित यो शृंखलामा नेपालले दुई खेल जितेको छ भने एउटा हारेको छ ।
sunaulonepal.com
5,708,309
नेपालका ५७ प्रतिशत सामुदायिक विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम रहेको आर्थिक सर्वेक्षणले देखाएको छ । आर्थिक सर्वेक्षण २०८०/०८१ अनुसार १५ हजार ९६५ विद्यालयमा विद्यार्थी संख्या एक सयभन्दा कम छ ।  एक सयदेखि ५०० सम्म विद्यार्थी भएका विद्यालयको संख्या ९ हजार ७०४ छ भने एक हजार ६३६ विद्यालयमा ५०० देखि एक हजारसम्म विद्यार्थी छन् ।  यस्तै, एक हजारदेखि एक हजार ५०० विद्यार्थी रहेका विद्यालय ४४९ र १३६ वटा विद्यालयमा एक हजार ५०० देखि दुई हजारसम्म विद्यार्थी छन् ।  दुई हजारमाथि विद्यार्थी भएका विद्यालय ०.४ प्रतिशत अर्थात् एक सयवटा मात्रै रहेको सर्वेक्षणले देखाएको छ । १५ वटा सामुदायिक विद्यालयमा भने विद्यार्थी संख्या तीन हजार ५०० भन्दा बढी छ ।  बढ्दो बसाइँसराइ र घट्दो जन्मदरले ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या घट्दै गएको सर्वेक्षणको निष्कर्ष छ ।  शैक्षिक सत्र २०८० मा सामुदायिक, संस्थागत, धार्मिक गरी विद्यालय संख्या ३५ हजार ८७६ पुगेको छ । तीमध्ये ७४.१ प्रतिशत सामुदायिक विद्यालय छन् ।  सर्वेक्षणले सामुदायिक विद्यालयको आधारभूत तह (कक्षा १–५ सम्म) विद्यार्थीअनुसार दरबन्दी र शिक्षकको अनुपात कम देखाएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले भने शिक्षक सरुवा निर्देशिका २०८१ जारी गरेसँगै विद्यार्थी भारका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने जनाएको छ ।  शिक्षामन्त्री सुमना श्रेष्ठका अनुसार हाल सामुदायिक विद्यालयका एक हजार ९०० शिक्षकको दरबन्दी मिलान गर्न बाँकी छ । विद्यार्थी संख्या कम भएकाबाट बढी भएका विद्यालयमा अन्तरविद्यालय शिक्षक सरुवाको प्रक्रिया पनि अघि बढाएको उनले जानकारी दिइन् ।  सर्वेक्षणअनुसार हाल देशभरका सामुदायिक विद्यालयमा एक लाख ९१ हजार (स्थायी दरबन्दीका) शिक्षक कार्यरत छन् ।
baahrakhari.com
4,572,887
सडक विभाग र काठमाडौं सडक डिभिजनले कलंकी-बल्खुको राम्रो रहेको सर्भिस लेन भत्काएर मर्मत अघि बढाएको थियो। त्यसको चौतर्फी रुपमा विरोध भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडकमा अनियमितताको आशंकामा छानबिन अघि बढाएर अनुसन्धान गरिरहेको छ । जानेको सूची देख्‍दा होटलमा त अटाइन्छ? प्रश्न पनि उठ्छ। अनि जब यात्रा निस्किने दिन नजिकिन सुरु हुन्छ – फुत्तफुत्त यात्रीको सूचीबाट आफूलाई अलग गर्नेक्रम बढ्छ। मेरा साथीहरुसँग मात्र ठानेको, सबैको पारा उही। यसपटकको यात्रामा पनि यही हुँदै थियो। साथीहरु घट्दै थिए । एक सातामा सबै भन्दा धेरै चिनियाँ ब्रान्डको गाडी आयात भएका छन्। चीनबाट मात्र पछिल्लो सात दिनमा लगभग ५०० वटा इभीहरु भन्सार पास भएका हुन्। आज आउने बजेटमा विद्युतीय गाडीमा कर बढेमा अर्थमन्त्री महत समेत विवादमा पर्नेछन् सूचना चुहिएको विषयलाई लिएर । काठमाडौं चक्रपथ विस्तारको योजनामा दोस्रो खण्डको काम अघि बढेको छैन। सो कार्यको ठेक्का चिनियाँ कम्पनीले पाएको छ। त्यसको त्रुटिरहित डिजाइनका लागि छलफल अगाडि बढाइएको काठमाडौं चक्रपथ सडक विस्तार योजनाले जनाएको छ। अहिले यो खण्डको लागि डिजाइनका विषयमा चिनियाँ टोलीसँग सडक विभाग छलफलमा छ । यो सडक गज्जब राम्रो थियो जहाँ म दिनदिनै हिँड्ने गर्छु। किन भत्काउन थालियो केही जानकारी छैन। काठमाडौंका अन्य सडकको हालत खराब छ, ती सडक बनाएको भए हुने! तर यहाँ रिङरोड परियोजनाअन्तर्गत बनेको गज्जब सडक भत्काईंदै पो छ,’ चौधरी ग्रुपका महाप्रबन्धक मधुसुदन पौडेलले फेसबुकमा लेखेका छन् । तर, त्यसभन्दा अघि मुलुकमा भित्र्याइएका महँगा सवारीसाधनको बिक्रीमा भने त्यस्तो केही निर्देशन दिएको थिएन। यस्ता गाडीहरु भने बजारमा नगदमै धेरै खरिद-बिक्री भएका छन् । प्राधिकरणले आयोजनालाई उक्त 'साइट'का पोल हटाउन २५ करोड रुपैयाँ खर्च लाग्ने अनुमानित लागत पठाएको थियो। त्यसपछि आयोजना र प्राधिकरणबिच कुरा बाझिएको हो । पठाओ, इनड्राइभर हुन् वा क्याब ट्याक्सीका मोबाइल एप, क्लिकका भरमा बुकिङ गर्न सकिन्छ। राइड सेयरिङ फर्महरुको एपले जहाँ सजिलो पारेको छ, त्यहीँ यसका विकृति पनि छन् । उनले गन्ध आएको भनेपछि अर्को कोठामा सुतिरहेकी ८६ वर्षीय आमा हरिकला भण्डारी भान्सातिर आइन्। भण्डारीले भानसाको ढोका खोलेर बत्ती बाल्ने बित्तिकै कोठामा आगोले छोप्यो। आमासँगै भण्डारीलाई पनि आगोको लप्काले भेट्यो । वैकल्पिक व्यवस्था दिन नसक्दा निजी पार्किङ व्यवसायीले मनपरी शुल्क लिन थालेका छन्। दरबारमार्ग, बागबजार, न्युरोड लगायतका क्षेत्रबाट पार्किङ हटाएको महानगरले अहिलेसम्म पनि स्थायी रुपमा पार्किङ स्थलको टुंगो लगाउन सकेको छैन। त्यसैले निजी सवारी साधन भएकाहरुले सास्ती भोग्न थालेका छन् । अहिले नेपालमा बिक्री भइरहेका बजाज र टीभीएसले यहिँ बाइक एसेम्बल्ड गर्न थालेका छन्। हिरो, यामाहाले पनि एसेम्बल्ड प्लान्ट लगाउँदैछन् । ठेक्का हात पार्न कम्पनीहरुलाई ठूलो कसरत पर्छ। एक्लै नसके जेभी बनाएर पनि बोलपत्र भरेका हुन्छन्। तर, ठेक्का पाएपछि सम्झौतामा निर्धारित अवधिमा काम पूरा हुँदैन । आवागमन प्रभावितमात्रै भएन, पानी बगेको सडक नै क्षतविक्षत भयो। सवारी व्यवस्थापन अस्तव्यस्त बन्यो । उपत्यकाका विभिन्न स्थानमा यसपटक शुक्रबारदेखि मेलम्चीको पानी धारामा आएको छ। आवश्यक तयारीविनै मेलम्चीको पानी वितरण थालिएपछि विभिन्न स्थानमा सडक नै भत्किएर समस्या आउन थालेको हो ।
pahilopost.com
2,125,396
राति १ बजे क्यामरा ट्रयापमा परेको चितुवा गान्दिभ काफ्लेको २००९ को रिपोर्टले नेपालमा पाइने तिनै प्रजातिका ओत कपिलवस्तुमा पाइने लेखेको भएपनि अहिले सम्म नभेटिएकोमा चिन्तित रहेको दाहाल बताउछन। उनि भन्छन अझै पनि बासस्थान व्यवस्थापनमा जोड दिएनौ भने मलाह बिरालोपनि स्थानिय रुपमा लोप हुनसक्ने ठुलो खतरा छ । २०१३ सम्म बाघ रहेको संकेत पनि फेला परेको कपिलवस्तुमा अहिले त्यस्तो कुनै सूचना छैन। बन्यजन्तुको बासस्थान सँरक्षण गर्ने, चोरी सिकारी नियन्त्रण र उद्दारमा निरन्तर काम गरिरहेको डिभिजन बन कार्यलय कपिलवस्तुका सुचना अधिकृत मदन मोहन सानडिल्या बताउछन। उनि अनुशन्धानकर्ता तथा बिज्ञहरुले बन्यजन्तुलाई देखिएको खतराबारे डिभिजन बनसंग छलफल गरे सँरक्षणको बाटो खोज्न सजिलो हुनेमा जोड दिन्छन। यसो त सँरक्षण क्षेत्र बाहिर बन्यजन्तुको सम्रक्षण गर्न हम्मे हम्मे नै छ। बासस्थान व्यवस्थापन, चोरी सिकारी नियन्त्रण र सँरक्षण सचेतनाका कार्यक्रम नै कम हुनु बन्यजन्तु सँरक्षणलाई ठुलो चुनौती रहको छ । संरक्षित क्षेत्र भित्रका बाघ, गैडा र हिऊ चितुवा जस्ता बन्यजन्तुमा सरकारि एवंम अन्य गैरसरकारी निकायले ठुलो लगानी गरेका छन्। तर त्यो बाहेक अन्य क्षेत्रमा भने अलिक कम चासो देखिन्छ ।
mysansar.com
5,679,502
बराहपोखरी गाउँपालिका–१ बराहपोखरीमा रहेको बराहपोखरीमा वर्षाको समयमा माथिबाट झरेको भलबाढीले बगाएर ल्याएका ढुङगा, माटो र बालुवाको गेगर थुप्रिएको छ । ढुङगा माटोले बराहपोखरीको झण्डै आधाजसो भाग पुरेको छ । छेउबाट गेगरले पुरिँदै गएका कारण पोखरीको स्वरुप र सुन्दरता नै बिग्रिएको बराहपोखरीका वडाध्यक्ष ढकबहादुर कार्कीले बताउनुभयो । कुनैबेला गोलो आकारको बराहपोखरी गेगरले पुरिएर अहिले आकार नै अर्को भएको छ । चारैतिर पहाडले घेरिएको खाल्डोमा रहेको बराहपोखरीलाई उचित विकास र सम्वर्द्धन गर्न सके प्रमुख पर्यकीय स्थलका रुपमा विकास गर्न सकिने सम्भावना छ । तर संरक्षण र सम्वर्द्धनको अभावमा पोखरीको अस्तित्व संकटमा पर्दै गएको वडाध्यक्ष कार्कीले बताउनुभयो । मुहान र निकास हुने ठाउँ नदेखिए पनि बार्‍है महिना पानी हुनु बराहपोखरीको विषेशता हो । लोपोन्मुख मानिने रातो माछा बराहपोखरीको अर्को आकर्षण हो । झण्डै चार दशकअघिसम्म बराहपोखरीमा गेगर पसेको थिएन । पानी टन्न थियो । तर २०४१/०४२ को वर्षामा पूर्वतिर पर्ने कोका खोलाबाट खहरे भेल झरेपछि बराहपोखरीको आधा भाग पुरिएको स्थानीय ध्रुव गिरीले बताउनुभयो । तीन सय ३० मिटर लम्बाइ र दुई सय १० मिटर चौडाइ रहेको बराहपोखरीमा अहिले पनि जिमीगाउँ (सैंटार)तिरबाट वर्षामा भलपानी झर्ने गरेको छ । बराहपोखरीमा खहरे भेल छिरेर गेगर मात्रै थुप्रिएको छैन । पानीको सतह पनि घटेको छ । १९९० सालको भूकम्पका कारण बराहपोखरीको पानी घट्न थालेको डिल्लीराम गिरीले बताउनुभयो । २०७२ सालको भूकम्पले पनि बराहपोखरीको छेउछाउका जमिन फुटेको थियो । स्थानीयका अनुसार धार्मिक तथा पर्यटकीयस्थल बराहपोखरीको चार भागमा तीन भाग पानी घटेको छ । कतिपयले पर्याप्त वर्षा हुन छाडेका कारण पनि पोखरीमा पानीको सतह घटेको बताउँछन् । बराहपोखरीमा दैनिकजसो दर्शनार्थी र पर्यटक पुग्ने गरेका छन् । यहाँ हरिबोधिनी एकादशी, बालाचतुर्दशी, माघे संक्रान्ती, शिवरात्रि र रामनवमीमा मेला लाग्ने गरेको छ। बराहपोखरीको पर्यटन प्रवर्द्धनका लागि गाउँपालिकाको पहलमा आसपासमा पर्खाल, सिँढी, मन्दिर, बुद्धको मूर्तिलगायतका संरचना तयार पारिरहेको छ ।
ujyaaloonline.com
3,968,381
नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं,३१ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराई अधिकारीले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य काठमाडौं, जेठ ३१। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि काठमाडौं,३१ जेठ । कोशी सरकार गठनको विवाद आज पनि समाधान नहुने भएको छ । बिहीबार चितवन,३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
reportersnepal.com
4,031,749
नागरिकताविहीन संघर्ष समितिले हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको स्वागत गरेको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघर्ष समितिका अध्यक्ष ईन्द्रजीत साफीले आफूहरुले विगत दुई वर्षदेखि गर्दै आएको सडक संघर्षलाई सरकारले सम्बोधन गरेको बताए । साथै, उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई धन्यवाद व्यक्त गरेका हुन । ‘विगत दुई वर्षदेखि हामीले सडक संघर्ष साथै सरोकारवालाहरुलाई भेटेर ज्ञापनपत्र बुझाउने कार्यक्रम गर्दै आएका थियौं । २०७२ को संविधानपछि जन्मसिद्धका छोराछोरी, वैवाहिक अंगिकृत नागरिकता भएका, आमाको नागरिकता भएको र बाबुको अत्तोपत्तो नभएका ८ वर्षदेखि लाखौं वास्तविक नेपाली नागरिकता प्राप्तिको हकबाट बञ्चित थिए,’– उनले भने । नेपाली नागरिकता लिएका नागरिकका सन्तानलाई नागरिकता प्राप्तिको हकबाट बञ्चित गराउन नहुने उनले बताए । यसकाविरुद्ध आफूहरुले गरेको लामो संघर्षपछि अहिले सरकारले नागरिकताविहीन पीडितहरुको पीडा मनन् गरेको उनको भनाई छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयक दुई–दूई पटक फर्काएर संसद्को र सिंगो नेपाली जनताको अपमान गरेको उनको आरोप छ । संविधानले राष्ट्रपतिलाई दुईपटक विधेयक फिर्ताको अधिकार प्रदान नै नगरेको उनको भनाई छ । तत्कालीन राष्ट्रपतिले विचाराधीन अवस्थामा छाडेको विधेयक निष्कृय हुन्छ भन्नु संविधानसम्मत तर्क नभएको उनको भनाई छ । ‘प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित भएर सम्माननीय राष्ट्रपतिकोमा जाँदा दुई–दुईचोटी फर्काइयो । एकचोटीमात्रै पूनर्विचार र छलफलका लागि पठाउनसक्ने व्यवस्था छ । दोस्रोपटक प्रतिनिधि सभा र राष्ट्रियसभाबाट पारित गरेर राष्ट्रपतिको टेवलमा पुर्याएपछि १५ दिनभित्र प्रमाणित गर्नुपर्ने छ भनेर लेखिएको छ ।’ उनले भने,‘उहाँ (विद्यादेवी भण्डारी) ले त्यो विधेयक प्रमाणीकरण नगरेर त्यत्तिकै छोड्नु भएको थियो । धेरैले त्यो विधेयक निष्कृय भयो भनेर कुरा गर्दै हुनुहुन्थ्यो । तर, त्यो नागरिकता विधेयक निष्कृय हुन्छ भनेर संविधानमा कतै लेखिएको छैन ।’ संसद्मा विचाराधिन अवस्थामा रहेको विधेयक चाहीँ निर्वाचन भएर नयाँ संसद् बनेको अवस्थामा निष्कृय हुने उनको दाबी छ । आफूहरुको लामो संघर्षपछि प्रधानमन्त्री, गृहमन्त्री लगायतका सरोकारवाला निकायहरुले माग सम्बोधन गरेको उनले बताए । अहिले प्रमाणीकरण भएको नागरिकता विधेयकका सम्बन्धमा विभिन्न टिक्काटिप्पणी भइरहेको र उक्त टिक्काटिप्पणीमा कुनै सत्यता नरहेको बताए । अहिले प्रमाणीकरण भएको नागरिकता विधेयकले विदेशीहरुलाई नागरिकता प्रदान गर्न सहज भएको भनेर झुठो प्रचार भएको उनले बताए । ‘अहिले प्रमाणीकरण भएको विधेयकले विदेशीहरुलाई नागरिकता दिन्छ भनेर झुठो प्रचारप्रसार गरेर रोक्ने काम भइरहेको छ । त्यो गलत छ । नागरिकता विधेयकको विरोध गरेको छ, तिनीहरुले न त संविधान नै पढेका छन्, न त नागरिकता विधेयक नै पढेको छ । विरोध पहिले संविधान र विधेयक पढ्नुपर्यो । यो वास्तविक नेपालीलाई नागरिकता दिनका लागि आएको छ,’– उनले भने । वैवाहिक अंगिकृत नागरिकताको विषयमा अहिलेको विधेयकले व्यवस्था गरेको नभएर २००९ सालदेखि नै उक्त व्यवस्था रहेको उनले बताए । वैवाहिक अंगिकृत नागरिकता प्रदान गर्दा अवधि राख्ने व्यवस्थाप्रति आफूहरुको कुनै आपत्ति नरहेको उनको भनाई छ । नागरिकताविहीन संघर्ष समितिको ३० वटा जिल्लाका कार्यसमिति रहेको उनले बताए । नागरिकताविहीनलाई सरकारले नागरिकता प्रदान गर्ने क्रममा कुनै विचौलियाले भारतीय र विदेशी नागरिकलाई नागरिकता प्रदान गराउन चलखेल गरेको खण्डमा आफूहरुले त्यस्ता विचौलियाहरुलाई सुक्ष्म निगरानीमा राखेर प्रशासनको जिम्मा लगाउने उनको भनाई छ । जन्मसिद्ध नागरिकता प्राप्त नागरिकका छोरोछोरीले विगत ८ वर्षदेखि नागरिकता प्राप्त गर्न नसक्दा नर्कको अनुभूति गरेको उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नागरिकता विधेयकको सन्दर्भमा आपत्ति जनाएको बताउँदै उनले एकदिन नागरिकताविहीन हुँदाको क्षण स्मरण गर्नसमेत लामिछानेलाई आग्रह गरे । ‘विगत ८ वर्षदेखि हामी नागरिकता नहुँदा यही देशमा झण्डै नर्कजस्तो अनुभव गरिराखेका थियौं । त्यो कुरा किन बुझेनन् क्या रवि लामिछानेले ? एक दिन नहुँदा त्यत्ति गाह्रो भएको थियो । हामी वर्षौदेखि त्यो समस्यामा परेका छौं । उहाँले सपोर्ट गर्नुभन्दा चाहीँ विरोध गर्नुभएको छ,’–अध्यक्ष साफीले भने । न्युज २४ मा हुँदा रवि लामिछानेले हरेक कार्यक्रममा सहयोग गरेको उनले स्मरण गरे । गृहमन्त्री हुँदा पनि भेटेर स्मरण गराएको उनले बताए । नागरिकता विधेयमा नभएका कुरामा समेत रवि लामिछानेले भ्रम सिर्जना गरेको साफीको आरोप छ । आफूले नागरिकता वितरणका लागि छिटोभन्दा छिटो कार्यविधि र नियमावली बनाउन सरकारको ध्यानाकार्षण गराउनेसमेत उनले बताए । देशका कर्णधार युवाहरुलाई सरकारले ८ वर्षदेखि नागरिकता विहीन बनाएर राख्नु दुःखद् रहेको उनको भनाई छ । नागरिकता पीडित संघर्ष समितिका सदस्य उत्तरप्रसाद साहल आफूहरुको समस्या े सरकारले ढिलै भएपनि बुझेको भन्दै धन्यवाद व्यक्त गरे । विधेयकमा हुँदै नभएको कुरामा पनि केही मान्छेहरुले भ्रम फैलाउने काम गरेको भन्दै उनले आपत्ति जनाए । बारा जिल्लाका सरोज साहले आमाबाबुको नेपाली नागरिकता हुँदापनि आफूले अहिलेसम्म नागरिकता नपाएको दुःखेसो पोखे । आमाको वैवाहिक नागरिकता र दाजुको वंशज नागरिकता हुँदा पनि आफूले ४० वर्षको हुँदासम्म नागरिकता नपाएकोे बताए । पत्रकार सम्मेलनमा उनले आफूसँग भएका प्रमाणहरु देखाउँदै भने,‘यो मेरो जन्मदर्ता, यो मेरो ममीको वैवाहिक नागरिकता र यो मेरो दाईको वंशज नागरिकता । दाईको नागरिकता हुँदाखेरी मेरो चाहिँ अहिलेसम्म नागरिकता छैन । ४० वर्ष भइसकेँ । मेरो बुबा छैनन् । ममीको नागरिकता छ, दाईको नागरिकता छ, म चाहिँ कहाँको ?’–उनले प्रश्न गरे । नागरिकताविहीन नेपाली नागरिकले आफ्नो अधिकार माग्दा विभिन्न टिक्काटिप्पणी हुने गरेको उनले बताए । चितवनका नागरिकताविहीन मिराज मियाँले अहिलेको नागरिता विधेयकमा अंगिकृत नागरिकताको बारेमा केही कुरा व्यवस्था नगरिएकाले त्यसमा स्पष्ट हुन सबैसमक्ष आग्रह गरे । नेपाली नागरिकले नागरिकता नपाउँदा पनि रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा एक शब्द नउठाएको उनको आरोप छ । आफ्नो निर्वाचन क्षेत्रका प्रतिनिधिसभा सदस्य रास्वपाका हरि ढकाललाई नागरिकता विधेयकका बारेमा ज्ञापनपत्र बुझाएपनि त्यसमा कुनै चासो नै नदिएको उनको आरोप छ । उनले एक दिन नेपाली नागरिकता नहुँदाको पीडा स्मरण गर्नसमेत लामिछानेलाई आग्रह गरे । एकपटक विधेयक राम्रोसँग अध्ययन गरेरमात्रै विधेयकको बारेमा विरोध गर्न उनले सबैसमक्ष आग्रह गरे । काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गरिने बताएका काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटाले काठमाडौं,६ साउन । नेकपा एमालेले पनि उपसभामुख इन्दिरा रानाको राजीनामा मागेको छ । आज बसेको काठमाडौं, ६ असार । जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत काठमाडौं, ६ असार । उपसभामुख इन्दिरा रानाले भिसाका लागि अमेरिकी राजदूतावासलाई लेखेको पत्र सम्बन्धि विवाद काठमाडौं, ६ साउन । नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री अमनलाल मोदीले आफूहरुलाई सरकारको काठमाडौँ, ६ साउन (रासस) । प्रजातन्त्रका लागि फुट्दै गरेका आवाजहरू थुन्नका लागि तत्कालीन राणा शासकहरूले काठमाडौं, ६ असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न जरुरी काठमाडौं,६ साउन । सत्ता साझेदार दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति काठमाडौं, ६ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले जोसुकै भएपनि सहकारी ठगलाई कारबाही गरिने बताएका काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ‌ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभा बैठक जारी काठमाडौँ, ६ साउन ।
reportersnepal.com
4,993,666
पछिल्लो समय यस्तै चर्चाको शिखरमा छिन् सभ्यता गिरी । सभ्यता गिरी नेपाल र भारत दुबै देशलाई आफ्नो कर्म थलो बनाउंदै आएकी कलाकार हुन । नेपाली कलाकारिता क्षेत्रमा पनि आफ्नो कलाकारिता प्रदर्शन गरिरहेकी उनले भारतमा पनि आफ्नो कलाकारिताको चर्चा कमाइरहेकी छिन् । हिन्दी म्युजिक भिडियो `पसंद आया´मा सभ्यताको मनमोहक अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोमा भुषण पटेलको साथ सभ्यताको रोमान्स देख्न सकिन्छ । ए आर प्रोडक्सनको निर्माणमा बनेको उक्त भिडयोलाई अजित गाडेले कोरियोग्रफ गरेका छन । प्रतिभा शर्माको आवाज तथा विपिन दासकोको शब्द संगित रहेको उक्त गीतलाई आनन्द राउतले निर्देशन गरेका छन । भारतको बिख्यात म्युजिक कम्पनी जि म्युजिक कम्पनीले उक्त गीतलाई सार्वजनिक गरेको छ ।
enepalese.com
5,108,055
भारतीय अंग्रेजी पत्रिका का अनुसार पहिले यो गाडीको मालिक मनसुख हिरेन ठानिएकोमा अहिले अर्कै भएको पत्ता लागेको हो। अम्बानीको भव्य भवन एन्टिलियाको बाहिर शंकास्पद अवस्थामा भेटिएको त्यो स्कार्पियो गाडीको मालिक वास्तवमा ठाणे निवासी साम पिटर न्युटन भन्ने व्यक्तिको रहेको खुलेको हो। त्यो गाडी २०७७ अप्रिल ७ मा ठाणेस्थित आरटीओ कार्यालयमा दर्ता भएको पाइएको छ। यसअघि गाडीधनी ठानिएको हिरेनले मृत्युअघि अपराध शाखामा न्युटनलाई आफूले सन् २०१६ देखि चिनेको बयान दिएका थिए। उनका अनुसार ठाणेमा उनको कार सजावट गर्ने व्यवसाय थियो। त्यस क्रममा न्युटनले आफ्नो त्यो स्कार्पियोमा केही सामान राखिदिन भनेका थिए। ले लेखेको छ : गाडी सजावट गरेबापत न्युटनले हिरेनलाई २ लाख ८० हजारको चेक दिए, तर त्यो बाउन्स चेक (खातामा पैसै नभएको) रहेछ। त्यसपछि २०१८ अप्रिल ६ मा हिरेनले पैसा मागेँ। तर न्युटनले दिन नसक्ने बताए। त्यसपछि हिरेनलाई उनलाई नौपडा प्रहरी कार्यालय पुर्याए। यसपछि न्युटनले १५ दिनभित्र पैसा दिने वाचा गरे र त्यतिन्जेलका लाग आफ्नो स्कार्पियो प्रयोग गर्न हिरेनलाई दिए। हिरेनकी पत्नी विमलाले भनेकी छन्, ‘हिरेनले यो गाडी सहायक प्रहरी निरीक्षक सचिन वाझेलाई प्रयोग गर्न दिनुभएको थियो र गाडी २०२० फेब्रुअरी ५ सम्म वाझेकै साथमा थियो।’ जुन गाडी फेब्रुअरी २५ मा विस्फोटक पदार्थ जिलेटिनसहित मुकेश अम्बानीको घरबाहिर फेला परेको थियो भने त्यसको नम्बर प्लेट पनि नक्कली थियो। साथै चेसिस र इन्जिन नम्बर मेटिएको थियो। यसपछि प्रहरीले गाडीको सिसामा लेखिएको फाइनान्स कम्पनीको नाम र नम्बरबाट त्यो गाडीको वास्तविक धनी पत्ता लगाएको हो। सुरुमा यो गाडीको धनी हिरेन भन्ने ठानिएको थियो र हिरेनले पनि फेब्रुअरी १७ मा गाडी चोरी भएको बताएका थिए।त्यसपछि उनको मृत्यु भयो। पहिले गाडी धनी ठानिएको हिरेन मृत फेला परेपछि रहस्यमय बनेको घटना अहिले गाडी मालिक अर्कै भएको पत्ता लागेपछि झनै रहस्यपूर्ण बनेको छ। हिरेनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ। उनको मृत्यु कसरी भयो भन्ने विषयमा पोस्टमार्टम रिपोर्टबाट केही पत्ता लाग्ने अपेक्षा गरिएको छ। विस्फोटक पदार्थ र अम्बानीको परिवारै सिध्याइदिने चेतावनीको पत्रसहित उनको घरअगाडि स्कार्पियो फेला परेपछि भारतमा सनसनी मच्चिएको छ ।
nepalkhabar.com
1,517,515
बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा कोरोना सङ्क्रमणबाट निधन भएका युवकको आज अन्त्येष्टि गरिएको छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिणपूर्व राप्तीपारि अवस्थित नरैनापुर गाउँपालिका वडा नं ५ का २५ वर्षीय युवकको कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको बाँकेका प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए । उनका अनुसार शव परिवारका सदस्यभन्दा टाढै रोहवरमा राखेर धार्मिक परम्परा अनुसार नेपाली सेना, नेपाल प्रहरी लगायत सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोलीले कोरोना सङ्क्रमितको शव व्यवस्थापन गर्नेबारे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार गरेको कार्यविधिका आधारमा अन्त्येष्टि गरिएको हो । भारत, महाराष्ट्र मुम्बईबाट गत वैशाख ३० गते बाँके आए लगत्तै नरैनापुर ५ मटेहियाको भगवानपुरस्थित दीपेन्द्र प्राविमा रहेको क्वारेन्टाइनमा बस्दै आएका ती युवकको आज बिहान ४ बजेतिर दुई पटक बान्ता गरेको केही समयपछि मृत्यु भएको थियो । शनिवार नै कोरोना परीक्षणका लागि स्वाब सङ्कलन गरिए पनि आज अपराह्न आएको उनको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए । पिसिआर रिपोर्ट नआउँदासम्म आइतबार दिनभर शव क्वारेन्टाइनमै राखिएको थियो । कोरोना सङ्क्रमणबाट मृत्यु भएको पुष्टि भएपछि आजै बसेको जिल्ला विपत् व्यवस्थापन समितिको वैठकले स्थानीय बासिन्दा र परिवारको सहमतिमा मृत्यु भएको स्थान क्वारेन्टाइनदेखि करीब ३ किमीको दूरीमा रहेको शव दहन क्षेत्रमा धार्मिक संस्कार अनुसार दाहसंस्कार गर्ने निर्णय भए अनुसार दाह संस्कार गरिएको हो । सङ्क्रमित ब्यक्तिको सम्पर्कमा रहेको आधारमा नरैनापुरका विभिन्न क्वारेन्टाइनबाट शनिबार २६३ जनाको स्वाब सङ्कलन गरिएको थियो । सङ्कलित स्वाबको पिसिआर रिपोर्ट आउन नपाउँदै युवकको मृत्यु भएपछि प्राथमिकताका साथ आज उनको स्वाब परीक्षणको गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि मन्त्रालयमार्फत सार्वजनिक गरिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।
kendrabindu.com
4,921,950
पूर्व प्रधानमन्त्री तथा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का नेता झलनाथ खनालले नेकपा कुनैपनि हालतमा नफूट्नै बताएका छन् । इलामको सूर्योदय नगरपालिकामा निर्माण हुने अस्पतालको शिलन्यास र आँखा उपचार केन्द्रको उद्घाटन कार्यक्रममा खनालले नेकपा कुनैपनि हालतमा नफूट्ने बताएका हुन् । ‘अहिले पार्टी अत्यन्त महत्वपूर्ण घडिबाट अघिबढिरहेको छ, अन्र्तसंघर्ष छन्, आन्तरिक बहस चलिरहेका छन्,’ खनालले भने । उनले अन्र्तसंघर्ष र बहसबाट समस्या समाधान गराएर देशलाई तिब्र विकास गरेर लैजाने भन्दै बहस र छलफल बाट समस्या समाधान गरेर पार्टी झन बलियो बन्ने भएको भन्दै नेता र कार्यकर्तालाई पार्टीको निति नियम अनुसार अघिबढ्न आग्रह गरेका छन् ।’ कतिपय नेताको सोच र दृष्टिमा भिन्नता भएको कारण अहिले समस्या आएको भन्दै उनले भने ७१ वर्षको संर्घाषले बनेको नेकपालाई समृद्घबनाई सरकारलाई लोकप्रिय बनाउन लाग्नुपर्ने बताए । फरक प्रसंगमा खनालले यो सरकारले नयाँ कामको थालनि गरेको बताएका छन । देशका सबै पालिकामा स्वास्थ्य पूर्वाधारको विस्तार गर्न महत्वपूर्ण कदम चालृको भन्दै वर्तमान सरकारले नयाँ कामको थालनि गरेको बताएका हुन् । विश्वमा महामारीका रुपमा कोभिड १९ फैलिरहेको बेला देश व्यापि रुपमा अस्पताल निर्माण हुनुले स्वास्थ्य क्षेत्रको विकास भएको भन्दै खनालले यसबाट बँच्न सबैले स्वास्थ्य मापदण्डको पालना गरेर अघि बढ्नु पर्ने बताएका छन । स्वास्थ्य, शिक्षा सबैभन्दा ठूलो सम्पति हो यसको विकासले सुखी नेपाली समृद्घ नेपाल बनाउन सहयोग पुग्ने हुँदा यसको विकाससँगै गाउँ गाउँमा सडक र विजुलि पुर्याउन लागि परिरहेको र धेरै ठाउँमा काम भईरहेको खनालको भनाई छ ।
rajdhanidaily.com
1,011,472
स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
5,576,808
सुनचाँदी व्यवसायीले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनमा बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घ र नेपाल हस्तकला महासङ्घले शुक्रबार राजधानीमा संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर बजेटमार्फत बढाइएको भन्सार शुल्क पुनरवलोकन गर्नुपर्ने बताएका हुन् । महासङ्घले सुनचाँदीका गरगहनामा लगाएको दुई प्रतिशत विलासिता कर, बजेमार्फत बढाएको १५ प्रतिशत भन्सार शुल्क पुनरवलोकन गर्न माग गरेको छ । यस्तै नेपालबाट विदेश लिएर गएको गहना समय सीमा नतोकी निर्वाध रूपमा फिर्ता ल्याउन पाइने व्यवस्था गर्नुपर्ने व्यवसायीको माग रहेको छ ।
gorkhapatraonline.com
4,492,601
संविधानअनुसार प्रदेशस्तरमा प्रदेश व्यवस्थापिकाको भूमिका निर्वाह गरिरहेको प्रदेशसभा जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने महत्पूर्ण संस्था हो। यसले तोकिएको विधिका माध्यमबाट शासन प्रणाली सञ्चालनका लागि नीति र कानून निर्माण गर्ने, सरकार गठन गरी सरकारका कामको निगरानी गर्ने, बजेट पास गर्नेजस्ता कार्य गर्ने गर्दछ । मन्त्री पौडेलका अनुसार डा केसीसँग गहन छलफल भएको र उनका महत्वपूर्ण सुझावलाई ग्रहण गरिने छ। चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि पटकपटक अनशन बसेका डा केसीले अझै विगतमा पूरा नभएका मागहरु सम्बोधनका लागि आग्रह गरेका थिए । आज त्रिविकै बाटो पछ्याउँदै मध्यपश्चिम विश्वविद्यालयको परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ। परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ । राति सुत्न लागेका बेला वान्ता भएपछि मानन्धरलाई उपचारका लागि ह्याम्स अस्पताल धूम्बाराही लगिएको थियो। अस्पताल पुर्‍याएको केही बेरमा चिकित्सकले उनलाई मृत घोषणा गरेको लिमिटेडका प्रवक्ता ब्रजेश झाले जानकारी दिए । कारोना सङ्क्रमित बढेकाले चिडियाखाना अवलोकनका लागि बुधवारदेखि उक्त नियम लागू गरिएको हो। “अवलोकनकर्ताले अनिवार्यरूपमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड पालना गर्नुका साथै कोरोना भाइरसविरुद्धको खाप काड पनि साथमा लानु पर्नेछ”, चिडियाखानाका सूचना अधिकारी लीना चालिसेले भनिन् । संक्रमित बढ्दै जाने क्रममा बुधबार पछिल्लो २४ घण्टामा थप ७०३ जनामा संक्रमण पुष्टि र एक जनाको निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ। लमजुङको मर्स्याङ्दी गाउँपालिका -६ का ८७ वर्षीय पुरुषको जिल्ला अस्पताल लमजुङमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन्। सबैभन्दा बढी आज १० हजार २५८ जना नयाँ सङ्क्रमति थपिएका हुन् । दैनिक सङ्क्रमित बढिरहेका छन् ।
pahilopost.com
4,297,244
नेपालको शान्ति प्रक्रिया ‘मोडल’ बारे अध्ययन गर्न काठमाडौँ आएको अफगानिस्तानको उच्च शान्ति परिषद्को प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उहाँले नेपालले शान्ति प्रक्रिया सम्पन्न गरेर विश्वलाई सकारात्मक सन्देश दिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री दाहालले नेपालको शान्ति प्रक्रियाबाट जनताले गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक, समावेशीजस्ता उपलब्धि प्राप्त गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली जनताको राजनीतिक स्वतन्त्रताको आन्दोलन भएकाले जनयुद्धमा धेरै ठूलो जनताको सहभागिता भएको थियो । हामीले जनताको अधिकारको निम्ति भएको युद्धको नेतृत्व ग¥यौँ र धेरै हदसम्म जनताका अधिकार स्थापित गराउन सफल भयौँ ।” भेटका क्रममा उच्च शान्ति परिषद्की उपप्रमुख एवं पूर्वमन्त्री डा हबिबा साराबीले अफगानिस्तानमा शान्ति प्रक्रिया अघि बढेको जानकारी दिँदै नेपालको शान्ति प्रक्रियाबाट सिक्न आफूहरु नेपाल भ्रमणमा आएको बताउनुभएको थियो । उहाँले नेपालको शान्ति प्रक्रिया विश्वकै लागि उदाहरणीय भएको भन्दै त्यसबाट सिक्न आफूहरु इच्छुक रहेकोसमेत बताउनुभयो । सो अवसरमा भ्रमण दलका सदस्यले नेपालमा सशस्त्र द्वन्द्वको क्रममा हतियारको स्रोत, पूर्वजनमुक्ति सेनासँग भएको हतियारको अवस्था र व्यवस्थापन तथा शान्ति प्रक्रियाका कामलाई सहयोग गर्न स्थापना भएको शान्ति तथा पुनःनिर्माण मन्त्रालयको काम कारवाहीबारे पनि जिज्ञासा राखेका थिए । टोलीले शान्ति प्रक्रियामा नेपालले अवलम्बन गरेको नीतिका बारेमा समेत छलफल गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।
abcnepal.tv
5,210,445
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो कटाक्ष गरेका हुन्। ‘आफ्नो व्यथा पोखेर मात्र हुँदैन, सरकार किन आफ्नो हातबाट फुत्कियो? त्यसका लागि अरुलाई सत्तोसराप गरेर पनि हुदैँन’, उनले भने, ‘आफ्नो पीडा पोखेर मात्रै हुँदैन, सरकारमा किन बस्न सकिएन? बनिसकेको सरकार किन गुम्यो? अब आफूभित्रका कमीकमजोरी के छन् सुधार गरेर जाऊँ।’ ओलीतिर लक्षित गर्दै उनले अहिले पनि समस्या उस्तै देखिरहेको बताए। ‘अहिले पनि व्यक्तिवादको रोग रहेको छ। आफूलाई सर्वज्ञानी ठान्ने प्रवृत्ति छ। अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति पनि उस्तै छ’, उनले भने, ‘अहिले समस्या देखिरहेको छु। व्यक्तिवादको रोगबाट मुक्त भइएन भने, भ्रष्टाचारबाट मुक्त नभए झन् समस्या हुन्छ।’ साँचो अर्थमा आफूमा इमान्दारिता नभएमा समस्या हुने उनले बताए। त्यसैले कुनै पनि कुराको समाधन गर्न पहिले आफू सुध्रिनुपर्ने उनको तर्क थियो ।
nepalkhabar.com
3,086,403
डोटीको बोक्टान क्षेत्रमा व्यापक वन फडानी भइरहेको सुनेर हामी तीन पत्रकार २९ फागुनमा त्यसतर्फ लाग्यौ । बिपीनगरका लागि अत्तरियाबाट १० बजेको बस चढेर सोही साझ बर्छैन–४, गरबुजामा बसियो । गाउभरि पत्रकारको टोली वन फडानीको समाचार सङ्कलन गर्न आएका छन् भनेर हल्लीखल्ली भएछ । ३० गते बिहान उठ्न नपाउदै केही स्थानीयवासी हामीलाई भेट्न आए । हामीले उनीहरूसग वन फडानीबारे सोधीखोजी गर्‍यौ । सामुदायिक वनका नाममा काठ तस्करले खुलेआम साल, सिसौ, खयरका रूख काटेर वनै सिध्याइसकेका रैछन् । मोटरबाटाका लागि सामुदायिक वन समूहबाट पैसा उठाएर बाक्लो जङ्गल हुदै बिपीनगरदेखि चिसापानी (कर्णाली नदी)सम्म डोजर लगाएर बाटो बनाएका रहेछन् । यसले काठ तस्करी गर्न सजिलो भएको रहेछ । बिहानैदेखि असिनापानी परिरहदा पनि धमाधम स्थानीयवासी जम्मा भइरहेका थिए । उनीहरूको एउटै भनाइ थियो, ‘अहिलेसम्म यहा पुगेका पत्रकार, वन कर्मचारी र राजनीतिक दलका प्रतिनिधिजस्तै काठ तस्करको आर्थिक प्रभोलनमा परेर वन फडानीको कुरा ओझेलमा नपारिदिनु होला ।’ विगतमा यहा आएका अधिकांश व्यक्तिलाई काठ तस्करले मोटो रकम दिएर आङ्खनो पक्षमा पार्दारहेछन् । तर, डेढ फिटसम्म असिना परेकाले १ बजे पुनः बिपीनगर फर्कियौ । साझ त्यहा मानिस एकआपसमा कानेखुसी गरेको सुनियो– ‘यी पत्रकार त अलि फरक रैछन् है ।’ हामीले नसुनेजस्तो गरेर केही मानिससग बढी वन फडानी भएको क्षेत्र र गोलिया लुकाइराखेको ठाउबारे बुझ्यौ । सोहीबमोजिम जाने ठाउ, सम्भावित घटना र काठ तस्करबाट बच्ने उपायबारे योजना बनायौ । १ चैतको बिहान बर्छैनको ठूलीगाडको बगरैबगर हुदै खरहर, कालीमाटीलगायत ठाउतिर लाग्यौ । यो बाटो जादा कैलालीको निगाली र खैराला गाविस हुदै वन फडानीको समाचार सङ्कलन गर्न पाइने भएकाले यही बाटो लाग्यौ । साथमा स्थानीय केशव बम, प्रेम कलेल र हेमन्त मन्नी पनि थिए । बाटामा हामीले बगर आसपास झाडीमा लुकाइराखेका सयौको सङ्ख्यामा खयर, साल, सिसौका गोलिया र चिरान गर्न राखिएका रूख र काठ देख्यौ । यी सबैको तस्बिर लिदै अगाडि बढ्यौ । मध्याह्न १२ बजेतिर खरहर पुगेर खाना खायौ र वन फडानीबारे केहीबेर स्थानीयवासीसग कुरा गर्‍यौ । हामी ठाडो उकालो चढेर कालीमाटी जादा त्यहा पनि वन फडानीको अवस्था उस्तै पायौ । सात बजे खरहर गाउमा पुगियो । काठ ठेकेदार तथा सामुदायिक वन समूहका अध्यक्ष नवराज विष्ट, जङ्गबहादुर नाम्जाली, रामबहादुर नाम्जालीले त्यही बस्न आग्रह गरे । हामीले भोलि धनगढी जानु छ आज जसरी पनि बिपीनगर पुग्नुपर्छ भन्यौ । केही काम भए भोलि बिपीनगरमा भेटौला भनेर हामी गन्तव्यतिर लाग्यौ । ठूलीगाडको बगरमा पुग्दा एक हूल मानिस हातमा लाठी र हतियारसगै तथानाम गाली गर्दै हामीतर्फ आइरहेका थिए । हामीले अब नदौडने बरु क्यामेराको मेमोरी र क्यासेट निकालेर सुरक्षित राख्ने निर्णय गर्‍यौ । करिब ४० जनाले नाराबाजी गर्दै हामीलाई चारैतिरबाट घेरा हाले । (यतिबेला साढे सात भएको थियो) । केहीबेरपछि उनीहरूका नाइकेका साथ धनबहादुर विक, रमेश सिमसेली र वीरबहादुर नाम्जाली पनि आइपुगे । र, हाम्रो क्यामेरा, डायरी खोज्न थाले । हामीले क्यामेरा दिन नसक्ने बताएपछि उनीहरूले हाम्रो वनजङ्गल र गाउठाउको फोटो खिच्न कसले अनुमति दियो भनेर प्रश्न गर्दै थिए । त्यत्तिकैमा नवराज विष्टले मलाई एकान्तमा लगे । मेरो होसहवासै उड्यो । उनले पनि आज यतै बस्नुपर्ने बताए । मैले बरु हामीसगै बिपीनगर जाऊ र भोलि सगै खरहरमा आऊला भने । त्यसपछि उनीहरूले हामीलाई समाचार नलेख्ने, बिपीनगरमा घटनाबारे कसैलाई नभन्ने र भोलिपल्ट (२ फागुन) ११ बजेभित्र पुनः खरहरमा आएर उनीहरूसगै खाना खाने कसम खान लगाए । अन्यथा धनगढी, काठमाडौ जहा गए पनि ज्यान मार्ने धम्की दिए । मैले सोहीबमोजिम सहमति जनाए । ‘केटाहरू अहिलेलाई छाडिदेऊ, बाकी कुरा भोलि गरौला’ भनेर नाइकेले आदेश दिए । तत्कालै उनीहरूले हामीलाई छाडे । यतिबेला साढे नौ बजेको थियो । हामी डराई–डराई बगरैबगर बिपीनगरतर्फ लाग्यौ । मोबाइलले काम गरेपछि पत्रकार महासङ्घ, डोटीका सचिव मोहन शाहीलाई जानकारी गरायौ । घटनाबारे शाहीले प्रहरीलाई फोन गरेछन् तर बिपीनगर इलाका प्रहरी कार्यालयमा जनशक्ति कम भएकाले प्रहरी पठाउन नसकिने बरु इप्रकामै आउन भने । खोलाको बगरनजिक मानव बस्ती पनि थिएन । बाटामा अझ केही हुने हो कि भनेर अत्तालियौ । बाटो पनि खोलावारि–पारी गरेर हिड्नुपर्ने । पूरै कपडा भिज्दा पनि डरले चिसोको कुनै महसुस भएन । १२ बज्नै लाग्दा चारजनाको समूह ठूलो टर्च बालेर हामीतिर आयो । डरले हाम्रो होसहवास उड्यो । हामी नजिक पुग्दा त प्रहरी पो देखिए । अनि अब बा“चियो भनेर आखाबाट हर्षका आसु झरे । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
1,323,700
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुासार ३१ सय ४० जना डिस्चार्ज भएका छन् भने थप २८ जनाको मृत्यु भएको छ। मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा कुल संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ भने २ लाख ७ हजार ९९८ जना डिस्चार्ज भएका छन्। मृतकको संख्या भने १३ सय ८९ पुगेको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३९ जना रहेका छन्। मन्त्रालयका अनुसार २४ घण्टामा ९ हजार २१० जनाको पीसीआर भएको थियो । अहिले देशभर होम आइसोलेनमा १० हजार १८४ र संस्थागत आइसोलेशनमा ६ हजार ४५५ जना रहेका छन् । क्वारेन्टिनमा भने ६६९ जनामात्र छन् । आईसीयूमा ३४५ जना छन् भने ६३ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ४८५ पुरुष र ३५० महिला गरेर ८३५ जना संक्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा ७ हजार ६६०, भक्तपुरमा ५८० र ललितपुरमा १४ सय ९९ सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर भक्तपुर, कास्की जिल्लामा पाँच सय बढी सक्रिय संक्रमित रहेका छन् ।
annapurnapost.com
521,950
कोरोना भाइरसको महामारीका कारण विश्व त्रस्त बनेको छ । यो समाचार तयार पार्दासम्म विश्वमा ३ लाख ७१ हजार ६ जनाको मृत्यु भईसकेको छ भने ६१ लाख ५९ हजार ९५३ जनालाई संक्रमण भएको छ । त्यस्तै २७ लाख ३८ हजार १७९ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने विश्वमा ५३ हजार ५१५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अहिलेसम्म विश्वका २१३ वटा आफ्नो प्रकोप फैलाईसकेको कोरोना भाइरसको महामकारीका कारण अमेरिकामा १ लाख ५ हजार ५५७ जनाको मृत्यु भईसकेको छ भने १८ लाख १६ हजार ८२० जनालाई संक्रमण भएको छ । त्यहाँ ५ लाख ३५ हजार २३८ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने १७ हजार १६३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अमेरिकामा शनिवार मात्रै २३ हजार २९० जना संक्रमित थपिएका छन् भने १ हजार १५ जनाको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्कमा अहिलेसम्म २९ हजार ८२९ जनाको मृत्यु भईसकेको छ भने ३ लाख ७८ हजार ९५१ जनालाई संक्रमण भएको छ । त्यस्तै न्युजर्सीमा अहिलेसम्म १ लाख ६० हजार ९१६ जनालाई संक्रमण भएको छ भने ११ हजार ६३७ जनाको मृत्यु भएको छ ।
lokpath.com
1,234,973
तीन बालिकालाई ललाईफकाई गरी जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले क्व्होलासोंथर गाउँपालिका ३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई पक्राउ गरेको हो । भदौ ६ गते ११/११ वर्षीया दुई बालिका र ९ वर्षीया एक बालिकालाई ललाईफकाई जवरजस्ती करणी गरेको भनी प्रहरीमा जाहेरी परेको प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । तीन बालिकालाई कोही नबस्ने खाली घरमा लगेर जवरजस्ती करणी गरेको भनी भदौ १९ गते शुक्रबार जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले जाहेरी दिएका थिए । प्रहरीमा जाहेरी आउनासाथ गुरुङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ललाईफकाई गर्दै मोबाइलमा अश्लिल भिडीयो देखाएर जवरजस्ती करणी गरेको पीडितले बताएका छन् । आधा घण्टा र एक घण्टाको फरकमा तीन बालिकालाई जवरजस्ती करणी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तीन बालिकामध्ये दुई बालिका दिदीबहिनी हुन् । आरोपित गुरुङलाई प्रहरीले बिहीबार राति पक्राउ गरी जिल्ला अदालतबाट २० दिनको म्याद थप गरी जवरजस्ती करणी सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक ओमकाप्रकाश पुनले जानकारी दिए ।
annapurnapost.com
4,788,279
शैली थिएटरले आयोजनामा १४औं राष्ट्रिय बाल नाटक महोत्सव गर्ने भएको छ। यो थिएटरले १३ वर्षयता राष्ट्रिय बाल नाटक महोत्सव गर्दै आएको छ। यसपटक माघको अन्तिम साता वा फागुन दोस्रो साता सुरु भएर १० दिनसम्म महोत्सव चल्ने जनाइएको छ। महोत्सवमा सहभागिता जनाउन चाहने व्यक्ति, संस्था, नाट्य समूह तथा विद्यालयले पुस २५ गतेसम्म नाटकको स्क्रिप्ट बुझाउन आह्वान गरेको छ। स्क्रिप्टको अध्ययनपछि छानिएका नाटकहरुको अन्तिम सूची माघ १० गते प्रकाशन गरिने जनाइएको छ। रातोपुलस्थित शैली थिएटर र कमलपोखरीस्थित रुसी सदनमा महोत्सव आयोजना गरिनेछ। लागि भौतिक रुपमा शैली थिएटर र रुसी सदनमा तथा शैलीको आधिकारिक इमेलमा वा अनलाइन माध्यमबाट नाटकको आलेख पठाउन सकिने बताइएको छ। सहभागिताका लागि दर्ता शुल्क २ हजार रुपैयाँ तोकिएको छ। बालबालिकाको विषयमा समेटिएको र यसभन्दा अघि मञ्चन वा प्रकाशित भएका नाटकसमेत महोत्सवमा समावेश गराइने थिएटरले जारी गरेको सूचनामा उल्लेख छ।। जुनसुकै उमेर समूहले अभिनय गर्नसक्ने नाटक एकल वा समूहगत रुपमा कम्तीमा ३० मिनेट र बढीमा ७० मिनेट समयावधिको हुनुपर्नेछ। सूचनाअनुसार एउटा नाटकमा बढीमा १५ जना सम्मको समूह मात्र सहभागी हुन पाइनेछ। त्यस्तै नाटकको आलेख जुनसुकै भाषामा दर्ता गर्न सकिनेछ तर त्यो नेपालभित्र बोलिने मातृभाषाका नाटकलाई प्राथमिकता दिइनेछ। भाषाविहीन नाट्य प्रस्तुति भए पूर्ण विवरण सहितको कथासारलाई आलेखको रुपमा दर्ता गराउन भनिएको छ। राष्ट्रिय अखण्डतामा आँच पुर्‍याउने तथा राज्यको नीति नियम विपरीतको स्क्रिप्ट महोत्सवका लागि स्वीकार्य नहुने थिएटरले बताएको छ ।
kathmandupress.com
3,265,908
शंकास्पद मृत्यु भएकी रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं २ जानकी नगरकी अमृता खत्री टण्डनको साढे २ महिनापछि अन्त्येष्टि गरिँदैछ । घर पक्षले अमृताको छोराको शिक्षा–दीक्षाका लागि १४ लाख रुपैयाँ दिने र उनको नाममा सामाजिक काम गर्न अक्षयकोष बनाउने भएपछि माइती पक्ष अन्त्येष्टी गर्न सहमत भएको हो । गएको चैत ३० गते राति शंकास्पद मृत्यु भएपछि अमृताको शव ७३ दिनदेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थियो । मृतकका दाजु पुष्प खड्काले माइती पक्षले राखेका माग पूरा गर्न घर पक्ष सहमत भएकाले शुक्रबार अन्त्येष्टी गर्न लागिएको बताए । अमृताको मृत्यु शंकास्पद रहेको भन्दै माइती पक्षले श्रीमान प्रेम टण्डन, उनका बुवा टहलसिंह टण्डन र आमा दीपा टण्डनलाई ज्यान मार्ने उद्योगमा जाहेरी दिंदै सडक आन्दोलन गरेको थियो । अमृताका माइती पक्षले दिएको जाहेरी अनुसार जिल्ला अदालत रूपन्देहीले श्रीमान प्रेम टण्डनलाई पुर्पक्षको लागि थुनामा पठाए पनि सासू–ससुरा दुवैलाई भने प्रमाण नपुगेको भन्दै रिहा गरेको थियो ।
nepalijanta.com
2,921,935
बझाङको केदारस्युँ गाउँपालिका वडानं ७ मा बिप्लब समुहद्धारा आगजनी गरेको छ । शनीबार राती करीब १२ बजे तिर आजनी भएको केदारस्युँ गाउँपालिका वडानं ७ का वडाअध्यक्ष प्रेम बहादुर धार्मीले बताउनु भएको छ । उनले भने महादेब निमाबी भामचौरको बिद्यालयमा दुई कोठे भवन वडा कार्यालयले भाडामा लिई मासिक चार हजार भाडा तिदै आएको छ । वडाकार्यालयको भित्र कोठाबाट अफिसका सम्पूर्ण आवश्यक कागजात सहित, एक थान कम्प्युट,एक थान ल्याप्टप,फोटोकपी मेसिन,सोफासेट,३५ वटा पलास्टिक कुर्ची र फर्निचर, वडा कार्यालयबाट बाहिर निकालेर महादेब नि मा बि को फिल्डमा ल्याई जलाएको बताए । वडा अध्यक्ष धामीले भने दुई महिना अगाडी बिप्लब समुहका न्याउलो धामी(नरेन्द्र भनेर चिनीने सोहि गाउँ बस्ने बिप्लब समुहमा आबद्ध ब्यक्तिले अब एक वडाबाट एक लाख चन्दा दिनु पर्छ भनेका थिए । हाम्ीसंग पैसा छैन कहाँबाट दिन यत्रो ठुलो रकम भनेर भनेको थियो चन्द्रा नदिएको भन्दै वडा कार्यलय जलाएको हुनसक्ने केदारस्युँ गा पा ७ का वडाअध्यक्ष प्रेम बहादुर धामीले जानकारीदिनुभएको छ । सो वडा कार्यालय गाउँपालिकाको कार्यालयबाट करिब एक दिन पूरै पैदल लाग्ने भएकाले रायल प्रहरी चौकीबाट प्रहरी टोली घटना स्थलमा पुग्न लागेको डिएसपी गणेश बमले जानकारी दिनु भएको छ । उनले भने त्यो वडा बिकट भएका कारण खवर पाउने बित्तीकै प्रहरी टोली घटना स्थलमा हिडेको हो ,मौसम खराबी र धेरै टाढा भएकाले घटना स्थल पुग्न केहि समय लागेको बताए तर घटना को बिषयमा स्थानीयका अनुसार बिप्लब समुहको ५÷७ जनाको समुहमा आएर जलायो भन्ने छ तर प्रहरी घटना स्थल पुगेर मुचुल्का आई सके पछि मात्र कस्ले जलाएको हो भन्ने सकिने हो । अहिले अनुसंधानको कार्य जारी नै छ ।
newsofnepal.com
6,101,156
सङ्घीय गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले गृहनगर जनकपुरधामस्थित सपही गाउँमा गुरु पुरोहितबाट बिहान १०:०२ बजेको साइतमा टीका ग्रहण गरेका छन् । बडादशैँ मनाउन गृहनगर पुगेका प्रथम राष्ट्रपति यादवले नेपाल र नेपालीको सुख, शान्तिको कामना गर्दै दुर्गा भवानीको पूजा आराधना पनि गरेको उनको सचिवालयले जनाएको छ । यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको बिहान १०:०२ को शुभ साइतमा टीका, जमरा ग्रहण गरेका छन् । पूर्वराजा शाहले पूर्वनायब बडा गुरु एवं समितिका पूर्व अध्यक्ष प्रा.डा. माधव भट्टराईलगायत गुरु पुरोहित र मान्यजनबाट नवदुर्गा भवानीको टीका, प्रसाद ग्रहण गरेका हुन् । रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
onlinekhabar.com
3,005,387
काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शरीर भारी र काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्थाबारे जानकारी लिनुभएको छ कुश्मा । स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतले कुष्माको स्काई क्याफेमा मनोरञ्जन लिएका छन् । आफ्नो परिवारसहित धादिङ । पृथ्वीराजमार्ग अन्तरगत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधबार भएको तीन सवारी एकआपसमा काठमाडौं । रुसी सेनामा भर्ती भएर युद्धमा होमिएका नेपाली युवक विवेक खत्रीलाई युक्रेनी सेनाले नियन्त्रणमा लुम्बिनी । रुपन्देहीको कोटहीमाई गाउँपालिकामा दुर्गा मूर्ति बिवर्जनका क्रममा मङ्गलबार दानव खोलामा डुबेर बेपत्ता भएका मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवामा आज बुधवार व्यापक सुरक्षाकर्मी परिचालन गरेर दुर्गा माताको मूर्ति विर्सजन इनरुवा ।
newsofnepal.com
6,271,812
बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोबाङमा बाढीपहिरोले नरसंहार मच्चाएको आज दुई महिना पुगेको छ । भदौ १७ गते आएको बाढीपहिरोमा परी बेपत्ता भएका १५ जनाको दुई महिनासम्म पनि केही पत्तो लागेको छैन । पहिरोमा परी २२ जनाको मृत्यु भएको थियो । लामो समयसम्म खोजी गर्दासमेत बेपत्ताको अवस्था पत्ता नलागेपछि प्रहरीले जिल्ला प्रशासन कार्यालयमार्फत गृहमन्त्रालय हुँदै देशभर उनीहरूको हुलियासहितको जानकारी पठाएको छ । खोला किनार र बाढीपहिरो प्रभावित क्षेत्र आसपास सक्रिय खोजी भने रोकिएको छ । “हामीले खोजी रोकेका छैनौँ, खोज्ने प्रक्रिया बद्लिएको छ”, प्रहरी उपरीक्षक लोकेन्द्र श्रेष्ठले भने, “सबै जानकारीसहितको विवरण देशभर पठाएका छौँ, सबैको अवस्था अज्ञात छ ।” जिल्ला प्रशासन कार्यालयले गृहमन्त्रालयको निर्देशनमा सबै बेपत्ताका परिवारलाई मृतकसरहको राहत उपलब्ध गराएको छ । भुजीखोलामा आएको बाढीपहिरोका कारण प्रभावित क्षेत्रको पुनःनिर्माणका लागि प्रक्रिया शुरु भएको छ । बाढीपहिरोमा परी ढोरपाटन नगरपालिका–९ बोबाङका ३१ वर्षीय जीतबहादुर घर्ती मगर, नौै वर्षीय शेसन विक, चार वर्षीय रवि विक, २२ वर्षीय मनकुमारी विक, २१ वर्षीया टेकमाया विक, १० महिनाकी तिर्सना विक र १५ वर्षीया मनिषा विक बेपत्ता हुन् । त्यस्तै, सोही ठाउँकै ५५ वर्षीया कौशिला पुल, २६ वर्षीय विलास पुन, ५५ वर्षीया तुलमती घर्ती, पाँच वर्षीय विराज विक, १० महिने शिशु उमिसा विक, तीन वर्षीया करली पुन, आठ वर्षीय मोहन विक र १२ वर्षीया समुन्द्र विक बेपत्ता हुन् । बेपत्तामध्ये अधिकांश एकाघरका परिवार छन् । बाढीपहिरोमा बेपत्ता भएका ३८ जनामध्ये २२ जनाको शव फेला परेको थियो भने एक जना सकुशल भेटिएका थिए । बाढीपहिरोका कारण ढोरपाटन नगरपालिकाको वडा नं ६, ७, ८ र ९ का १३० घरमा क्षति पुगेको तथ्याङ्क नगरपालिकासँग छ ।
aajakonews.com
3,708,228
वित्तीय क्षेत्र उच्चस्तरीय समन्वय समितिको बैठकले वित्तीय क्षेत्र सुधारको कार्ययोजना दुई हप्ताभित्र पेश गर्न काठमाडौं। निर्माण व्यवसायीका माग सम्बोधन गर्न निजी क्षेत्रले सरकारसँग माग गरेको छ । निजी क्षेत्रको छाता राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौँको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह निजी क्षेत्रको हवाई सेवाप्रदायक कम्पनीहरूले दसैं,तिहारमा यात्रुलाई १० प्रतिशत छुट दिने भएका छन् ।
karobardaily.com
4,587,415
यो मौसम उनलाई विभिन्न कारणले मन पर्छ भने केही कारणले मन पर्दैन। वर्षाका आफ्नै विशेषता छन्। जनकपुरमा जन्मिएकी यमुनामा वर्षा मौसमसँग अर्कै खालको लगाव छ। जनकपुरको प्रचण्ड गर्मीबाट वाक्क भएपछि उनी कहिले वर्षाले उष्णता कम गर्ला, कहिले पानीको थोपाले जीवनमा केही भए पनि राहत पुर्‍याउला भनेर कुरेर बस्थिन्। पानी परेका बेला बहाना बनाएर पानीमा भिज्न उनी अहिले पनि रुचाउँछिन्। वर्षा मौसम विशेषगरी पकौडा तथा तातो चियाको मौसम हो भन्छिन्–उनी । पानी परेका बेला परिवारका सबै सदस्य प्राय: घरमै बस्नुपर्ने हुन्छ । मयूर नाच्ने समयमा मानिस किन नरमाउनु ? वर्षाका बेला बालबालिकाहरू कागजका डुँगा बनाएर पानीमा चलाउँछन् । विभिन्न रमाइला खेल खेल्छन् । आकाशमा इन्द्रेणी, वर्षापछिको सफा तथा रमणीय वातावरण आदिले धेरैको मनमा रमाइलो तथा उत्सुकता थप्छ । सबैजना छाता र रेनकोटमा ओहोर–दोहोर गर्छन् तथापि मानिसहरू भनेको समयमा आफ्नो गन्तव्यमा पुग्न पाउँदैनन्। यतिबेला बाढीपहिरो आउँछ । अधिक पानीले बाली नाली सखाप हुन्छ । यति हुँदाहुँदै पनि जताततै हरियाली छाउनु, पानीका मुहान भरिभराउ हुनुले मानव मनलाई आनन्दित तुल्याउँछ । कृषिमा क्रान्ति ल्याएर आर्थिक सबलता बढाउन पानी निकै आवश्यक छ । महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
narimag.com.np
3,084,044
लेनिनको नेतृत्वमा १९१७ मा सम्पन्न यस अपूर्व क्रान्तिले विश्वमा पहिलोपटक स्थापित गरेको समाजवादी सोभियत संघकै शिक्षा ग्रहण गरेर चीनमा कमरेड माओको नेतृत्वमा नयाँ जनवादी क्रन्ति सम्पन्न भएको हो । तर, ७० वर्षसम्म चलेर १९९० मा सोभियत संघ ढल्यो । त्यसपछिको तीन दशकभन्दा बढी यताको समय मूलतः प्रतिप्रवाहको काल खण्डको रूपबाटै गुज्रिदै आएको छ । अनि त्यसयता विश्वमा अत्यन्तै ठुल्ठूला खुल्दुली पैदा गर्ने खालका दूरगामी प्रकृतिका प्रतिक्रान्तिकारी घटनाहरू घटेका छन् । अनि निकै उथलपुथलकारी प्रतिगामी परिवर्तनहरू पनि भएका छन् । सोभियत संघमा समाजवादलाई अन्तिमरूपमा नष्ट गरिनु, सोभियत संघ छिन्नभिन्न हुनु र पूर्वी युरोपमा कम्युनिस्ट नेतृत्वका शासनसत्ताहरूको पतन तथा ती सबै देशहरूमा पुँजीवाद पुनर्वहाली हुनु र यसरी मानव समाज ‘शोषणविहीन समाजबाट पुनः शोषणयुक्त समाज’मा पछि फर्कनुजस्ता असामान्य घटनाक्रमहरू वैज्ञानिक समाजवादी विश्व शक्तिका निम्ति अत्यन्तै गम्भीर प्रकृतिका प्रतिगामी धक्का हुन् । अद्यापि ती धक्काहरूको गम्भीर असर बिश्वब्यापीरूपमा रहिरहेको छ । प्रतिप्रवाहका यस्ता प्रतिक्रान्तिकारी घटना विकासबाट विश्वस्तरमा गहिरो राजनीतिक, आर्थिक तथा सामाजिक प्रभाव परेको छ र प्रायः एकपछि अर्को प्रत्युत्पादक परिवर्तनहरू पनि हुँदै आइरहेका छन् । यस्ता प्रकारका प्रतिप्रवाहका प्रतिगामी घटनाहरू घटेपछि समाजलाई वैज्ञानिक दृिष्टकोणले हेर्ने र व्याख्या गर्ने दर्शन, विचार र सिद्धान्त माक्र्सवाद–लेनिनवाद र माओविचारधाराका विरुद्धसमेत एउटा नयाँ र तीव्र हमला पनि देखापरेको थियो र त्यो क्रम एक वा अर्को रूपमा अहिले पनि जारी नै रहेको छ । ती घटनावाट खुसीले उत्ताउलिएका अमेरिकाको नेतृत्वमा रहेका विश्व साम्राज्यवादी शक्तिहरूले माक्र्सवाद तथा कम्युनिज्मका विरुद्ध जोडदार र योजनाबद्ध प्रचार हमला सुरु गरिदिएका थिए र आज पनि गरिरहेका छन् । सामाजिक प्रजातन्त्रवादी शक्तिहरू र स्वयं कम्युनिस्ट आन्दोलनभित्र रहेका आत्मसमर्पणवादीहरूद्वारा खुलमखुल्ला रूपमा तिनीहरूको मद्दत गरिँदै आएको थियो । त्यो क्रम पनि अद्यापि जारी नै छ । माक्र्सवाद तथा वैज्ञानिक समाजवादको निन्दा गर्ने ती शक्तिहरूको हौसला त्यसताका यत्तिका धेरै बढिसकेको थियो कि उनीहरूले पुँजीवादलाई नै ‘मानवीय सामाजिक विकासको चरम उत्कर्ष र शाश्वत तथा अपरिवर्तनीय सत्य’ बताउन पनि चुकेका थिएनन् र अहिले पनि त्यसो भन्न छाडेका छैनन् । सोभियत संघमा प्रतिगामी घटनाकासाथै पूर्वी युरोपका कम्युनिस्ट पार्टीहरू सत्ता समाप्त भएर त्यहाँ पुँजीवादको भूत जागेपछि फुकुयामा जस्ता पुँजीवादी बुद्धिजीवीहरूले त इतिहासकै अन्त्य भएको ठोकुवासमेत गरेका थिए । पहिलादेखि नै पनि पुरातनपन्थी प्रतिक्रियावादी शक्तिहरूले माक्र्सवादी–लेनिनवादी सिद्धान्त र त्यसका पक्षधरहरूलाई खुल्लारूपमै तारो बनाउँदै आएकै हुन् । त्यस क्रममा २०औँ शताब्दीमा मानवीय उच्च सभ्यताका लागि भौतिक तथा बौद्धिक बिकासमा समाजवादले खेलेको अतुलनीय योगदानलाई पूर्णरूपले मेटाउने कोशिस पनि तिनले गर्दै आएका हुन् । २०औँ शताब्दीको अन्तिम दशकका माथि उल्लिखित पछिल्ला प्रतिप्रवाहका ठूला प्रतिगामी घटनाहरूले भने उनीहरूको मनोबल अझ बढी बढ्न गएको मात्र हो । नयाँ कुरा भने निश्चय नै होइन । विश्वको वैज्ञानिक समाजवादी आन्दोनलमा विकसित भएको स्थितिको यस्ता जटिलताहरूले जुनजुन विषयहरूमा प्रश्न उठाइएको थियो र अहिले पनि उठाइरहेका छन् तिनको सम्बन्ध मानवीय सभ्यताको कम्तिमा पनि एक शताब्दीभन्दा केही बढीको इतिहाससँग अभिन्न रूपले गाँसिएको छ । त्यसैले यसको सही उत्तर खोज्नका लागि घटना विकासको ब्यापक, समग्र तथा गहिरो अध्ययनको आवश्यकता छ र हुन्छ । प्रारम्भिक चरणमा विकसित भएका माथि उल्लिखित पछिल्ला घटनाहरूको समग्र प्रकृतिलाई हेर्दै र केलाउँदै यस सम्बन्धमा केही प्राथमिक निष्कर्षहरू निकाल्न सकिन्छ । त्यसो गर्नु नै बढी वस्तुगत र विश्वसनीय कुरा हुन्छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनले सुरुदेखि नै विभिन्न भड्काउको सामना र भीषण संघर्ष गर्दै विकसित हुनुपरेको लामो इतिहास छ । संशोधनवाद तथा कठमुल्लावाद (जसलाई जडसूत्रवाद पनि भनिन्छ) का विरुद्ध माक्र्सवादका आधारभूत वैज्ञानिक सिद्धान्तले हमेशा संघर्ष गर्दै आउनुपरेको छ । अनि राष्ट्रिय अन्तर्राष्ट्रिय यथार्थ बस्तुगत परिस्थितिका आधारमा यसरी नै यसको रक्षा र विकास हुँदै आएको छ । यो दुईलाइनको संघर्षको यथार्थलाई माक्र्स–एंगेल्स, लेनिन, स्तालिन, माओ सबैले बेहोर्नुपरेको थियो । तर, पछिल्लो २०औँ शताब्दीको अन्तिमदशकको जस्तो र जुन घोर प्रतिक्रान्तिकारी घटना विश्वस्तरमा नै घट््यो त्यसले गर्दा आज यो सैद्धान्तिक संघर्ष पहिले कहिल्यै भन्दा बढी जटिल, तीव्र र अझ भीषण हुन गएको छ । यसलाई हल्काफुल्का रूपमा लिइनु हुँदैन । आधुनिक संशोधनवाद जसको वकालत स्टालिनपछि सोभियत संघमा सत्तामा आएका सोभियत कम्युनिस्ट पार्टीका नेता निकिता खु्रश्चेभले गरेको थियो त्यसका विरुद्ध र कतिपय कम्युनिस्ट पार्टीभित्र हुर्केको बामपन्थी दुस्साहसवादका विरुद्ध ती पार्टीभित्र र बाहिर पनि विश्वका धेरै कम्युनिस्ट नेता तथा कम्युनिस्ट पार्टीहरूले सैद्धान्तिक तथा विचार धारात्मक संघर्ष चलाउँदै आएका हुन् चलाइनु पर्दछ नै । तथापि त्यो प्रतिप्रवाहको असरले धेरै देशका कम्युनिस्ट पार्टीहरू र कम्युनिस्ट नेताहरू त्यसमा बगे र गलत बाटो पनि लिए र अद्यापि लिइरहेका छन् । यस्तो अवस्थामा विभिन्न देशका विभिन्न कम्युनिस्ट पार्टीहरूले अहिले पनि एक वा अर्को रूपमा माक्र्सवाद–लेनिनवादका आधारभूत सिद्धान्तहरूलाई नै त्यागिदिएका र त्यसबाट विमुख हँुदै गएका छन् । यतिबेला विकसित भएका यी सबै घटनाहरूले अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनलाई अस्तब्यस्तताको स्थितिमा धकेलिदिएको परिदृष्य नै देखिन्छ । यस स्थितिमा आजको विश्वको बस्तुगत अवस्थाको अझ गहिरो अध्ययन, खोज, अनुसन्धान तथा यथार्थ ज्ञानको प्रयत्न गरिनु र सही निष्कर्ष निकाल्नु अत्यावश्यक छ । यी घटनाहरूको विकासले आजसम्मको मानव सभ्यताको सामाजिक विकासले अहिलेसम्म जे जति अनुभवहरू प्राप्त गरेको छ, तिनबाट सही शिक्षा लिन, ती समझदारीलाई अझ गहिरो बनाउन र तिनमा प्रतिवद्ध हुनु आवश्यक छ भन्ने यथार्थ नै प्रष्टसँग औल्याउँदछन् । केवल यही तरीकाबाट नै विश्वका श्रमजीवी मजदुर वर्ग तथा शोषित पीडित आमजनसमुदायलाई सामन्तवाद विरोधी तथा साम्राज्यवाद विरोधी पुँजीवादी जनवादी क्रान्ति जसलाई हामीले नेपालमा ‘नयाँजनवादी क्रान्ति’ को संज्ञा दिएका छौँ, त्यस क्रान्तिका लागि र त्यसबाट अघि बढेर भावी वैज्ञानिक समाजवादी व्यवस्था स्थापनाका लागि वर्गीय शोषण तथा सबै किसिमका सामाजिक उत्पीडन (लैंगिक, जातीय, सांस्कृतिक) बाट मुक्तिका लागि आफ्नो संघर्षलाई अगाडि बढाउन सकिनेछ । अरू कुनै बनीबनाऊ बाटो हाम्रा अगाडि आज उपस्थित छैन । २०औँ शताब्दीमा आएका क्रान्तिकारी परिवर्तनहरूको, र समकालीन विश्वमा वैज्ञानिक समाजवादी विचार तथा आचारको जुन गहिरो छाप विश्व समाजमा परेको छ त्यसको, सम्पूर्ण विजय र पराजयहरूको, अग्रगतिहरू र धक्काहरूको समुचित रूपले आँकलन, विश्लेषण तथा संश्लेषण गरिनु पर्दछ र एउटा सही निष्कर्षमा पुग्नु पर्दछ । यही नै क्रान्तिकारी कम्युनिस्टहरू अघि बढ्ने आजको सही र मूल बाटो हो । यतिबेला कमरेड माओले आफ्नो जीवनको उत्तराद्र्धको अन्तिमतिर ‘माक्र्सवादको प्रयोग गर, संशोधनवादको होइन, खुला खुलस्त होऊ, जालझेल षडयन्त्र नगर, एकजुट होऊ, नफुट’ भन्ने जुन दिशानिर्देश गरेका छन् त्यसलाई सही परिप्रेक्षमा आत्मसात गर्नुपर्दछ । समग्रमा यसो गर्न सकेमा नै बास्तवमा माओ जयन्ति मनाएको सार्थकता पनि हुन्छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
369,815
नेकपा(एकीकृत समाजवादी)का सांसद राजेन्द्रप्रसाद पाण्डेले सहकारी ठगि प्रकरणको छानविन गर्न संसदीय छानविन समिति बनाउनुपर्नेतर्फ संकेत गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानविन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको भन्दै यस सहकारी प्रकरणमा पनि छानविन समिति बन्नुपर्ने संकेत गरेका हुन् । उनले संसदमा प्रतिपक्षले उठाएका कुराहरु सुनिनुपर्ने बताए । उनले सत्तापक्षले जबरजस्त रुपमा संसद चलाउनु नहुने बताए । सांसद पाण्डेले संसदीय समिति बनेमा आरोप लागेको मन्त्रीले आफू चोखिने अवसर पाउने पनि बताए । उनले जबरजस्ती पदमा बस्न खोज्नुले बद्मासी छ भनेर शंका गर्ने ठाउँ रहेको बताए । उनले भने – ‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ । सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउछु भनेर त्यो काम लाग्दैन । आजभन्दा डेढ महिना अगाडी अर्को समिकरण भएको बेलामा यि प्रतिपक्षमा बसेर के गरेका थिए, सम्झिए हुन्छ । सुन काण्ड छानविन गर्न सरकारका स्थायी संयन्त्रहरु कुनै काम लाग्दैन आयोग बन्नैपर्छ भनेर गरेको हो कि होइन ? त्यसकारणले आफैँले नजिर बसाइसकेको छ । दोस्रो कुरा, आरोप लागिसकेको मन्त्रीले आफू बाहिर हटेर त्यो आरोप हो, होइन क्लियर गरेर आफुलाई चोखिने अवसर पाउने हो । तर जबरजस्ती बस्न खोज्नु भनेको त्यहाँ केही बदमाशी छ भनेर शंका गर्ने ठाउँ छ । त्यसकारण उसले आफूलाई चोखो ठान्छन् । मैले कमजोरी गरेको छैन भन्ने ठान्छन् भने उनले तयार छु भन्नपर्छ । सभामुख भनेको बिचरा जिन्दगीमा पहिलोचोटी प्रतिनिधि सभामा आएका छन् । यत्रोविधि सांसदहरुले, आफुजस्तै हैसियतका मान्छेले डांगडुंग भनेपछि सभामुख सोझो मान्छे, कमलो मन आँट हुँदैन नि । प्रतिपक्ष उठेको बेलामा सत्तापक्षलाई समय दिनै हुँदैन । किनभने त्यो लडाउने उपाय हो । सभामुखले दुईथरीलाई लडाउनु हुँदैन । किनभने सत्तापक्षलाई समय दिने भनेको चाहीँ प्रतिपक्षको विरुद्धमा बोल भनेको हो । कहिल्यै गर्नु हुँदैन त्यो । उनको कमजोरी हो । अज्ञानता हो । उनले मंगलबारको बैठकमा प्रमुख प्रतिपक्षले बोलिसकेपछि सत्ता पक्षको सांसदलाई बोल्न दिनु सभामुखको कमजोरी र अज्ञानता भएको बताए । उनले सभामुखले संसदमा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै त्यसो गर्नु नहुने बताए ।’ सांसद पाण्डेले सहकारी प्रकरणले राष्ट्रिय स्वतन्त्र पार्टीमा आतंक सिर्जना भएको पनि बताए ।
hamrakura.com
6,386,126
कोरोना संक्रमितको संख्या बढेसँगै देशभर अक्सिजनको माग बढेपछि अक्सिजन उद्योगमा असुरक्षा बढेको भन्दै उद्योगहरुले सरकारसँग सुरक्षा माग गरेका थिए । उद्योग मन्त्रालयले सुरक्षा माग गरेको हुनाले प्रहरी खटाउने निर्णय भएको र सोहीअनुसार परिपत्र गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अक्सिजन उद्योगको सुरक्षाका लागि आग्रह गरेपछि गृह मन्त्रालयले प्रहरी खटाउने निर्णय गरेको हो । यो निर्णयसंगै देशैभरका उद्योगमा प्रहरीले सुरक्षा दिने निश्चित भएको छ । अक्सिजन उद्योग भएको जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उद्योगले मागे बमोजिमको सुरक्षाकर्मी उपलब्ध गराउन परिपत्र समेत गरिएको छ । गृह मन्त्रालयको निर्णयपछि अक्सिजन उद्योगहरुमा प्रहरी पुग्ने क्रममा रहेको उद्योग विभागले जनाएको छ । केही उद्योगमा प्रहरी पुगिसकेको र केहीमा पुग्ने क्रममा रहेको छ । अक्सिजनको माग बढेका कारण उद्योगको असुरक्षा बढेको तथा वितरण प्रणालीमा उद्योगलाई नटेर्ने प्रवृत्ति बढेपछि त्यसलाई समन्वय गर्न पनि प्रहरी परिचालन गर्नुपरेको हो । संघका अनुसार हाल देशभर काठमाडौं उपत्यकामा ८ सहित २० वटा अक्सिजन उद्योग सञ्चालनमा छन् । अहिलेकै अवस्था रहिरहे अक्सिजन खोस्ने अवस्था आउने देखिएपछि उद्योग मन्त्रालयसंग सुरक्षाको प्रबन्ध गर्न माग गरेको नेपाल अक्सिजन उत्पादक संघले जनाएकोछ । अक्सिजन उद्योगको सुरक्षामा खटिने प्रहरीले वितरणलाई प्रभावकारी बनाउने, उद्योगका कार्मचारीको मनोबल बढाउने तथा समग्र उद्योगको सुरक्षा हेर्नेछ ।
setokhari.com
3,879,590
नेपालले समूह चरणमा थाईल्यान्डलाई २ सय २५ रन र मलेसियालाई ८४ रनले हराएको थियो । उता सिंगापुरले इन्डोनएसियालाई १ सय ४ र माल्दिभ्सलाई २ सय ४५ रनले हराएको थियो । सिंगापुर हङकङसँग भने ७ विकेटले पराजित भएको थियो । थाईल्यान्डलाई हराउन नेपालका ओपनर निरज यादले ७४ रन बनाउदा स्पिनर सन्तोष यादवले पाँच विकेट लिएका थिए । मलेसियालाई हराउन अशोक धामीले ५२ रन बनाउनुको साथै ४ विकेट लिएका थिए । नेपालका ओपनर निरज यादव र सुर्यांशु कोइराला प्रमुख ब्याटर हुन् । नरेन भट्टले पनि दुबै खेलमा राम्रो प्रदर्शन गरेका छन् । कप्तान अभिषेक तिवारी र प्रतिक पोखरेल तीव्र गतिका बलर हुन् । नेपालको टोली सन्तुलित देखिएको छ । उता सिंगापुरका श्रेयान चयौ २ खेलमा १ शतक र १ अर्धशतकसहित २सय ७ रन बनाएका छन् । उनको विकेट नेपालको लागि निकै महत्वपूर्ण हुने देखिन्छ । उनले माल्दिभ्सविरुद्ध १ सय २९ रनको शतकीय इनिङ खेलेका थिए । त्यस्तै रोशन रविचन्द्रन, रियान नैक र हरि हारयानले पनि यस प्रतियोगितामा राम्रो ब्याटिङ गरेका छन् । हर्ष वेंकटराम सिंगापुरका प्रमुख बलर हुन् । त्यस्तै अर्को सेमिफाइनल खेलमा हङकङ र मलेसियाबीच प्रतिस्पर्धा हुनेछ । फाइनल खेल मंगलबार हुनेछ । यदि नेपाल सेमिफाइनलमा पराजित भएमा तेस्रो स्थानको लागि मंगलबार नै प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार साँझ ७:१५ बजे दाम्बुलामा सुरु हुनेछ । प्रतियोगिताको उद्दघाटन खेल युएई विरुद्ध ऐतिहासिक जित पछि नेपाल उच्च मनोबलमा हुनेछ । तर पाकिस्तान नेपालका लागि कठिन प्रतिद्वन्द्वी रहनेछ । शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईमाथि ६ विकेटको जित दर्ता गर्दै सन् २०२४ संस्करणमा विजयी सुरुवात गरेको हो । नेपालले टस जितेर यूएईलाई पहिलो ब्याटिङ गर्ने निम्तो दिएको थियो । यूएईले २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोड्यो ।
hamrokhelkud.com
312,595
आजभोलि सहरी क्षेत्रमा कौसी खेती लोकप्रिय हुँदै गएको छ। जमिन नहुनेले गमला, जार, माछाको क्यारेटमा माटो भरेर तरकारी फलाउने गरेका छन्। जमिन हुनेले पनि कौसी, वरण्डा तिर गमलामा फुल रोप्ने गर्दछन्। तर यसरी कौसीमा माटो भरेर खेती गर्दा घरलाई लोड पर्छ भन्ने सोच्नु भएको छ भने अहिले बजारमा विभिन्न खालका ब्यागहरू आएका छन्। जसमा खेती गर्दा घरलाई कुनै लोड नपर्ने वरिष्ठ वागवानी विकास अधिकृत अरूण काफ्ले बताउँछन्। यस्ता ब्यागहरू गमलाभन्द सस्तो पनि हुने गरेको उनको अनुभव छ। ‘पहिला हामीले पनि विभिन्न बालीको नमुना देखाउन गमला प्रयोग गथ्यांै, अहिले बजारमा आएका आधुनिक ब्यागमा गरिरहेका छौ’, उनले भने, ‘गमलाभन्दा ब्याग सस्तो पर्ने रहेछ।’ कौसी खेती गर्नेका लागि यस्ता ब्याग उचित हुने उनको भनाई छ। गमला फुट्ने डर हुन्छ भने यस्ता ब्यागहरू ३/४ वर्षसम्म केही हुँदैन। यस्ता ब्यागमा तरकारी उत्पादन गर्दा माटोभन्दा पनि नरिवलको जटाको धुलो, गड्यौली मल र कम्पोष्ट मल राख्दा राम्रो हुन्छ। यस्ता कच्चा पदार्थको प्रयोग गर्दा एक ठाउँबाट अर्को ठाउँमा लैजान सजिलो हुन्छ। यसको फाइदा काठमाडौं फ्ल्याट लिएर बस्नेहरुलाई हुन्छ। यस्ता ब्यागहरू एग्रोभेटमा सजिलै पाइन्छ। उनकाअनुसार ब्यागमा नरिवलको जटाको धुलो २५, गड्यौली मल २५ र कम्पोष्ट मल ५० प्रतिशत गरेर एक डेढ केजी राख्नु पर्छ। यस्तोमा खेती गर्न दैनिक ५ देखि ६ घण्टा भन्दा बढी घाम लाग्ने ठाउँ हुनुपर्छ। यसमा चिस्यान र खाद्य तत्वको मात्रा मिलाउन सक्नुपर्छ। २० देखि २५ लिटर गाईवस्तुको पिसाब ल्याएर १५ दिन जति राखी त्यसमा ५ देखि ६ लिटर पानी हालेर १० देखि १५ दिनमा सकियो भने खाद्यतत्व व्यवस्थापन गर्न सकिने उनी बताउँछन्। यसमा मौसमी तरकारी काउली, बन्दा, गोल्भेडा, ब्रो काउली, धनियाँ, भन्टा, खुर्सानी लगायत दैनिक भान्सामा प्रयोग हुने तरकारी फलाउन सकिन्छ ।
setopati.com
1,259,016
उपकरण आएको १६ महिनापछि शुक्रबार उपप्रधान मन्त्री एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले डायलासिस सेवाको उद्घाटन गरेपछि सेवा सुरु भएको हो। दुईवटा डायलासिस र एक आर.ओ. मेसिन स्वास्थ्य सेवा विभागबाट २०७४ बैशाख १० गते तथा थप दुईवटा मेसिन स्वास्थ्य मन्त्रालयमार्फत प्राप्त बजेटबाट २०७४ असार २९ गते खरिद गरिएको अस्पतालले जनाएको छ। सेवा सुरु भएको पहिलो दिन राजविराज ७ का रामप्रसाद साह र फुलकाहीका चतुरनारायण साहले सेवा लिएको तथा सातजना बिरामीको नाम दर्ता भएको मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिए। बिरामी सम्पर्कमा आउने क्रम रहेको भन्दै डा. दासले जनशक्ति अभावले सबै बिरामीलाई सेवा प्रवाह गर्न नसकिने चिन्ता व्यक्त गरे। उनले उपप्रधानमन्त्री यादवसमक्ष विशेषज्ञ चिकित्सकको पदपूर्ति, तालिम र आवश्यक बजेटको माग गरे। पुस १५ गतेबाट डायलासिस सेवा सुरु गर्ने भनिए पनि दक्ष जनशक्ति अभावका कारण सेवा सञ्चालनमा आउन सकेको थिएन। अस्पतालमा चारवटा डायलासिस मेसिन राखिएको छ। यसका लागि एकजना विशेषज्ञ चिकित्सकसहित दुई नर्स र एक प्राविधिक कार्यरत छन्। एक करोड रुपैयाँको लागतमा अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएको र कर्मचारीलाई तालिम दिइएको मे.सु. दासले बताए। डायलासिसमा विशेषज्ञ डा. रन्जित झासहितको टोली खटिएको छ। सेवा सुरु भएपछि बिरामीलाई राहत मिलेको भन्दै डा. झाले हाल चारवटा शैयाबाट दिउँसोको सिफ्टमा आठ घण्टा सेवा दिइनेछ। आवश्यक पूर्वाधारको निर्माण कार्य पूरा भएपछि सेवा सञ्चालनमा आएको अस्पतालले जनाएको छ। राजविराजमा डायलासिस सेवा सुरु भएसँगै सप्तरीसहित छिमेकी जिल्लालाई राहत हुने भएको छ। यसअघि मिर्गौला रोगीहरूका लागि डायलासिस सेवा लिन बिराटनगर, धरान, काठमाडौं पुग्नुपर्ने अवस्था थियो। २०२९ सालमा अञ्चल अस्पतालको नामबाट ५० शैयामा स्तरोन्नती भई २०६९ सालमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा नामांकरण भएको अस्पतालमा हाल अन्तरंग विभागमा ८४ शैया छन्। अस्पतालमा १९ जना विशेषज्ञ चिकित्सकको दरबन्दी रहेकोमा मेडिकल, गाइनो र डेन्टलका तीन जना स्थायी चिकित्सक छन् भने १६ जना दरबन्दी रिक्त रहेको छ। पेडियाट्रिक, अर्थो र रेडियालोजीमा स्वयंसेवकको रुपमा कार्यरत रही बाँकी विशेषज्ञ चिकित्सकको सेवा उपलब्ध छैन्। एक सय एकजनाको दरबन्दी रहेको अस्पतालमा ४८ जना स्थायी, ६ जना करार, ६३ जना तत्कालिन अस्पताल विकास समितिबाट तथा राजविराज नगरपालिकाको सहयोगमा चार जना मेडिकल अधिकृतले शुक्रबारदेखि नै करारमा सेवा सुरु गरेका छन्। चिकित्सकको अभावका कारण प्रभावकारी रुपमा अस्पतालले स्वास्थ्य सेवा पुर्‍याउन सकेको छैन्। मुलुककै पुरानो अस्पतालमध्ये राजविराजस्थित अञ्चल अस्पतालको अवस्था 'रेफरल सेन्टर' मा परिणत भएको स्थानीयको गुनासो छ ।
annapurnapost.com
2,997,741
छायाँछवि क्रियसनको आयोजनामा डी. सीने अवार्डको १२औँ संस्करण काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ। २०७६ सालभर प्रदर्शनमा आएका फिल्मका लागि आयोजित अवार्डमा फिल्म छ माया छपक्कैले सर्वाधिक आठ विधाको अवार्डलाई आफ्नो बनाएको छ भने मारुनी र साङ्लोले ६ विधाको अवार्ड जितेको छ। मारुनी वर्षको उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल भएको छ भने यसै फिल्मबाट निर्देशक नवल नेपाल र अभिनेता पुष्प खड्काले पनि अवार्ड जितेका छन्। त्यसैगरी, अभिनेत्रीतर्फ छ माया छपक्कैबाट केकी अधिकारीले अवार्ड जितिनन् भने जुरी अवार्डतर्फ यही फिल्मले पपुलर फिल्मको अवार्डसँगै निर्देशक दीपेन्द्र लामाले पनि अवार्ड जिते। छ माया छपक्कैले पपुलर फिल्मतर्फ जुरी अवार्ड जित्यो।समारोहमा एलिस कार्की पाश्र्व संगीत, अमित श्रेष्ठ ध्वनी मिश्रण, राजेन्द्र थापा गीतकार, कृष्ण काफ्ले पाश्र्व गायक, इतु जोजीजु पाश्र्व गायिका, बसन्त थापा फिल्म लोक संगीतकार, अर्जुन पोखरेल संगीतकार, कविराज गहतराज नृत्य निर्देशक, श्री श्रेष्ठ द्वन्द निर्देशक, केदारप्रसाद घिमिरे हास्य कलाकार, प्रकाश शाह खलपात्र, गोविन्द फूयांल कथा, आशुतोष राज श्रेष्ठ पटकथा, रामबाबु गुुरुङ र उपेन्द्र सुब्बा सम्वाद विधाको विजेता भए। त्यसैगरी, अंकित शर्मा नव–नायक, रुवीना थापा नव–नायिका, विराज भट्ट नव–निर्देशक, माओत्से गुरुङ चरित्र अभिनेता, मिथिला शर्मा चरित्र अभिनेत्री, जितु नेपाल सह–अभिनेता, स्वस्तिमा खड्का सह–अभिनेत्री, सञ्जय लामा छायाँकार र बिपिन मल्ल सम्पादक विधाको अवार्ड विजेता भए।प्रतिष्पर्धामा रहेका २७ विधासहित जुरीले थप ६ विधामा अवार्ड प्रदान गरेको समारोहमा प्रथम अभिनेत्री भुवन चन्द थापालाई लाइफटाइम लिजेन्ड्री अवार्ड नगद २५ हजार एक रुपैयाँसहित प्रदान गरियो। त्यस्तै, अभिनेता विजय लामा र अभिनेत्री तथा निर्देशक झरना थापालाई फिल्मकर्मी रजत सम्मान प्रदान गरियो भने विष्णुप्रसाद सुवेदीलाई १२ हजार दुई सय २२ रुपियाँसहित फिल्म पत्रकारिता पुरस्कार प्रदान गरियो। कार्यक्रममा जीतु नेपालले बढ्दो सामाजिक सञ्जालको विकृतिमाथि व्यंग्य गर्दै दर्शक हँसाएका थिए भने दीपशा बिसीले नृत्य र कृष्ण काफ्लेले गायन प्रस्तुत गरेका थिए ।
newsofnepal.com
6,287,094
शिक्षा विकास इकाई र जिल्ला प्रशासन कार्यालयका लागि एकजना लेखापालले काम गर्नुपर्ने बाध्यता छ। इकाइमा जम्मा आठ जनाको दरबन्दी भए पनि ६ जनाबाट काम चलिरहेको छ। ६ मध्येका दुई जनाले रमाना लिइसकेकाले काममा दैनिक काम प्रभावित बनेको इकाई प्रमुख योगेन्द्रप्रसाद दाहालले बताए। उक्त कार्यालयमा दुई जना प्राविधिक सहायकको दरबन्दी खाली छ। बराल आफैले लेखाका सम्पूर्ण काम गरेर आफ्नो दराजमा राख्दै आएको बताए। ‘आफ्नो काम गर्न भ्याइनभ्याई छ, लेखाको काम थपिएको छ’ उनले भने। लेखाको काममा लापरवाही गर्न नमिल्ने भएकाले कसैलाई जिम्मा दिन नसकेको उनको भनाइ छ। शिक्षा इकाई पहिलाको संरचना अनुसार जिल्ला प्रशासन अन्तर्गत थियो। तर हाल शिक्षा मन्त्रालयसँग जोडिएपछि यस्तो समस्या निम्तिएको हो। ‘साना–तिना प्रकृतिका काम भइरहन्छन् तर काम देखिँदैन’ बरालले भने ‘हाल लेखा र स्टोरमा कर्मचारीको अति खाँचो छ।’ इकाईबाट हुने विद्यालयका अनुमति दिने जस्ता काम स्थानीय तहमा गए पनि अन्य कामहरु यथावत रहेका छन्। आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।
aajakonews.com
2,413,586
यो हाम्रो पहिलेदेखि कै धारणा हो । चीन र पाकिस्तान ‘हर मौसमका साथी’ हुन् । हामीलाई विश्वास छ कि दुवैले यो मामिलालाई वार्ता र छलफलको माध्यमबाट शान्तिपूर्ण ढंगबाट सुल्झाउनेछन् । यही नै दुवै देश र यस क्षेत्रको हितमा रहेको छ,’ भनिन् ।
ratopati.com
2,529,452
पूर्वाधार विकासबाट नै मुलुकको विकास र समृद्धि सम्भव छ । त्यही पूर्वाधार निर्माण गर्ने प्रमुख मन्त्रालयको नेतृत्व गर्ने जिम्मा अहिले महिला मन्त्रीको काँधमा आएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको संयुक्त सरकारमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादव, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र सहरी विकासमन्त्री रामकुमारी झाँक्री भएका छन् । यी विकासे मन्त्रालय मानिन्छन् । संविधानमा हरेक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशत सुनिश्चित हुनुपर्ने व्यवस्था भए पनि वर्तमान सरकारको २५ सदस्यीय मन्त्रिमण्डलमा ६ जना महिलालाई मन्त्री बनाइएको छ । मन्त्रिमण्डलमा ३३ प्रतिशत सहभागिता नभए पनि महिलालाई महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी दिइएको छ । महिलाले नेतृत्व गरेका ६ मध्ये पूर्वाधार विकाससँग जोडिएका भौतिक पूर्वाधार, ऊर्जा र सहरी विकास आकर्षक मन्त्रालय मानिन्छन् । यी महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका महिला मन्त्रीलाई आफ्नो कार्यदक्षता प्रमाणित गर्दै पूर्वाधार विकास अघि बढाउनुपर्ने चुनौती छ । सडक, जलविद्युत्, सिँचाइ आयोजना निर्माण, सहरी विकाससँग सम्बन्धित परियोजनाहरू समयमा सम्पन्न नभएर अलपत्र छन् । निर्माण क्षेत्रमा ठेकेदार कम्पनीको दबदबा छ । निर्माण क्षेत्रमा ‘माफियागिरी र डनवाद’ सधैं हाबी हुने गरेको चर्चा चल्छ । मन्त्रालयको नेतृत्व गर्दा आइपर्ने यस्ता कठिनाइसँग जुधेर काम गर्ने अवसर पाएका महिला मन्त्री कति सफल हुन्छन्, चासोको रुपमा हेरिएको छ । भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएकी यादवले तीनपटक मन्त्री भएर काम गरेकी भए पनि पूर्वाधारमा उनको अनुभव पहिलो हो । उनले यसअघि महिला, बालबालिका तथा समाज कल्याणमन्त्री, शिक्षामन्त्री र विज्ञान तथा वातावरण राज्यमन्त्री भएर काम गरेकी छन् । भौतिक पूर्वाधारलाई ‘मालदार’ मन्त्रालयको रुपमा पनि लिइन्छ । ठेकेदारले सडक आयोजना हडपेर राख्ने र काम नगर्ने प्रवृत्ति हाबी हुँदै आएको छ । यो कठिन परिस्थितिमा नवनियुक्त मन्त्री यादवले परिस्थितिको सामना गरेर पूर्वाधार निर्माणलाई कसरी अघि बढाउँछिन्, हेर्न बाँकी छ । भारतमा जन्मिएर वैवाहिक सम्बन्धपछि नेपाल आएकी यादव २०४७ सालदेखि नेपाली कांग्रेस, राप्रपा हुँदै अहिले जनता समाजवादीबाट मन्त्री भएकी हुन् । रेणु २०५६ सालको आमनिर्वाचन र २०६४ सालको संविधानसभा सदस्य निर्वाचनमा सप्तरीबाट निर्वाचित भएकी थिइन् । उनी २०७४ सालको आमनिर्वाचनमा पनि सप्तरीबाटै निर्वाचित भएकी हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री भुसाल माओवादी केन्द्रबाट मन्त्री भएकी हुन् । विद्यार्थी राजनीति, ‘जनयुद्ध’ हुँदै राजनीतिमा स्थापित भएकी भुसालसँग महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीको अनुभव छ । ललितपुरबाट प्रत्यक्ष निर्वाचन जितेकी भुसाल संविधानसभा सदस्यसमेत थिइन् । भुसाललाई ऊर्जा मन्त्रालय नयाँ क्षेत्र हो । जलविद्युत्को बजार खोज्ने, ट्रान्समिसन लाइन बनाउने, अधुरा योजना पूरा गर्ने चुनौती उनको सामु छ । प्रसारण लाइन नहुँदा उत्पादन भएको विद्युत् खेर गएको छ । विद्यार्थी राजनीति र सडक आन्दोलनबाट उदाएकी रामकुमारी झाँक्रीका लागि मन्त्री पहिलो अनुभव हो । झाँक्री समानुपातिक सांसद हुन् । मुलुकभरका सहर अव्यवस्थित छन् । मध्यपहाडी लोकमार्गमा पर्ने जिल्लामा १२ नयाँ सहर, हुलाकी राजमार्गमा १५, मधेसमा १८ गरी ४५ वटा व्यवस्थित सहर बनाउने योजना अलपत्र छन् । यी योजनालाई अघि बढाउँदै स्मार्ट सिटी बनाउने जिम्मेवारी मन्त्री झाँक्रीको काँधमा आएको छ । तर, छोटो समयका लागि मन्त्री भएकाले काम देखाएर ‘क्रान्तिकारी र परिवर्तनकारी’ छवि बचाइराख्न झाँक्रीलाई चुनौती छ । उनी नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकी हुन् । त्यसैगरी, शशि श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री र बोधमायाकुमारी यादव शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री भएका छन् । यो समाचार नागरिक दैनिकमा छ ।
ratopati.com
5,103,095
यसै क्रममा अमेरिकाले आइतबार आफ्ना ३ सय ३ नागरिकलाई आफ्नो देश फर्काउँदै छ। त्यसका लागि आइतबार कतार एयरलाइन्सको चार्टर्ड विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेकाे थियाे। त्यसमा नेपालमा रहेका ३ सय ३ अमेरिकी नागरिक अमेरिकाको डालास जाँदै छन्। त्यही क्रममा नेपाली मूलका अमेरिकी नागरिक सरोज खनाल पनि अमेरिका उडेका हुन्। अहिले विश्वमै सबैभन्दा बढी कोरोना संक्रमण अमेरिकामा देखिएकाे छ। ताजा तथ्यांकअनुसार अहिले त्यहाँ कोरोनाबाट ३ लाख १६ हजार ६ सय ३५ जना संक्रमित भइसकेका छन्। यस्तै त्यहाँ काेराेनाका कारण ८ हजार ४ सय ५४ जनाकाे मृत्यु भइसकेकाे छ। लकडाउनका कारण कैयौं विदेशी नागरिक नेपालमा रोकिएका छन्। जसलाई उनीहरुका देशले अहिले स्वदेश फर्काइरहेका छन् ।
nepalkhabar.com
6,025,068
कोशीटप्पु वन्यजन्तु आरक्ष क्षेत्रलगायत कोशी क्षेत्रमा यस वर्ष चराको सङ्ख्या घटेको छ । चराको गुणस्तरीय बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेतीबालीमा बढ्दो विषादिको प्रयोग र मानवीय क्रियाकलापले गर्दा चराका सङ्ख्या घटेको हो । मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्षलगायत कोशी नदी क्षेत्रमा गरिएको गणनामा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा चरा फेला परेको छ । गत वर्ष ५६ प्रजातिका सात हजार पाँच सय ७३ चरा रहेको तथ्याङ्क रहेको छ । बर्सेनि नयाँ–नयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि यस वर्षको गणनामा चराको प्रजाति र सङ्ख्यामा कमी आएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए। गत पुस २५ देखि २९ गतेसम्म पाँच दिन भएको चरा गणनाको विश्व सिमसार दिवसका अवसरमा तथ्याङ्क सार्वजनिक गरिएको हो । कोशीमा सबैभन्दा धेरै ८ सय ४८ को सङ्ख्यामा सिलसिले हाँस फेला परेका छन् । त्यसैगरी उच्च सङ्ख्यामा फेला परेका १० प्रजातिका चरामध्ये चखेवा पाँच सय छ, राज हुटिट्याउ चार सय ५५, जलेवा चार सय ४५, वस्तु बकुल्ला तीन सय ७६, सानो जलेवा तीन सय ७१, कर्रा सवारी दुई सय ५७, लामाऔँले दुई सय २२, आसकोटे बकुल्ला दुई सय १० र जलरङ्ग एक सय ८७ फेला परेका छन् । पानीमा आश्रित चरालाई सिमसार संरक्षणको अभाव हुनुका साथै आहाराको कमीले चराको सङ्ख्या घटेको हुनसक्ने कोशी पक्षी समाजका अध्यक्ष चक्र तिम्सिना बताउछन् । “मानव बस्ती र मानवीय व्यवहारले हैरानी खेप्नु नै मुख्यरूपमा पर्यटक चरा आउन ह्रास भएको हुनसक्छ ।” उनका अनुसार रसिया, साइबेरियालगायतका मुलुकबाट जाडो छल्न आउने पर्यटक चरा खेल्ने सिमसारमा मोटरबोट सञ्चालनमा आउनाले पनि चराको सङ्ख्यामा कमी आएको बताउछन् । कोरोनाले विश्व आक्रान्त बनेको समय सन् २०१९ को गणनामा कोशीमा चराको सङ्ख्या अत्याधिक बढेर नौ हजार दुई सय ८९ पगेको थियो । यस समयमा मनाव चहलपहल कम हुनाले सिमसार खोलानालामा चराको सङ्ख्या बढेको हुनसक्ने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताए । असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुुससम्म आउने क्रम जारी रहन्छ र चैत महिना लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने गर्दछन् । सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्गमस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ । करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातिर जान्छन् । जाडो छल्न नेपाल आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, जगदीशपुर, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्दछन् । यसरी जाडो याममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् भने अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रिष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्दछन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषिभूमि हुन् ।
sunaulonepal.com
2,938,450
समापन बैठकमा सम्बोधन गर्दै प्रदेश नं १ का मुख्यमन्त्री शेरधर राईले प्रदेश नं १ मा उन्नत राजनीतिक समझदारी र सुझबुझ रहेको तथा प्रदेशसभा सदस्यमा उत्तरदायी र दायित्व बढेको स्पष्ट गर्नुभयो । उहांँले प्रदेश संरचनामा अनुभव र अभ्यास पहिलो भए पनि प्रदेशसभाले उल्लेखनीय काम गरेको जिकिर गर्दै सङ्घीय सरकारले आवश्यक कानून निर्माण नगर्दा प्रदेश सरकारलाई हस्तान्तरण हुने संरचना र कर्मचारीको अभावमा प्रदेश सरकारले सार्वजनिक गरेको बजेट प्रभावित भइरहेको गुनासो गर्नुभयो । उहांँले प्रदेशको राजधानी र नामकरणका विषयमा विभिन्न सञ्चारमाध्यममा सत्यतथ्यको आधारमा समाचार नआएको टिप्पणी गर्नुभयो । प्रदेशसभामा नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुलुकको अन्य प्रदेशभन्दा सो प्रदेशमा निकै काम भएको र राजनीतिक समझदारी पनि रहेको विचार राख्नुभयो । सङ्घीय समाजवादी फोरम नेपालका प्रदेशसभा सदस्य जयराज यादवले राजधानी र नामकरणको विषय सबैको सहमति र समझदारीमा घोषणा गर्न सुझाव दिनुभयो । प्रदेशसभा सदस्य इन्दिरा राईले प्रदेशलाई अब्बल बनाउन सबैको साथ सहयोगको आवश्यकता आँैल्याउनुभयो ।
newsofnepal.com
6,247,965
प्रमुख विपक्षी नेकपा एमालेको सचिवालय बैठक आज (मंगलबार) अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासमा बस्दैछ ।  अपरान्ह ३ बजे बस्ने बैठकमा स्थानीय तहको चुनावी तयारीबारे छलफल हुने नेताहरूले बताएका छन् ।  आजको सचिवालय बैठकले आगामी स्थायी कमिटी, पोलिट्ब्युरो र केन्द्रीय कमिटीका बैठकहरूका एजेन्डा पनि तय गर्ने बताइएको छ ।   
shilapatra.com
2,057,462
सहकारी रकम हिनामिनाको छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसद्मा विरोध गर्दै आएको नेपाली कांग्रेस अब सोही मुद्दा लिएर सडकमा जाने भएको छ। सरकार र सत्तारूढ राजनीतिक दलहरू सहकारी ठगीका विषयमा संसदीय समिति गठनको साटो संघीय संसद्मा विपक्षी दलहरूलाई पेलेर अघि बढेपछि कांग्रेसले सदन र सडक दुवै मोर्चाबाट संघर्ष गर्ने निष्कर्षमा पुगेको हो। सहकारी ठगी प्रकरण पेचिलो बन्दै गएका बेला बुधबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक राखेर कांग्रेसले सडक र सदन दुवै मोर्चाबाट सरकार माथि दबाब बढाउन खोजेको छ। संघीय संसद्को दुवै सदन अवरोध गर्दै आएको कांग्रेसले आइतबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए। आइतबार १ बजे प्रदर्शनी मार्गमा कांग्रेसले विरोध प्रदर्शन गर्ने निर्णय गरेको हो। सहकारी बचतकर्ताको बचत फिर्ता हुनुपर्ने जनाउँदै कांग्रेसले उक्त मुद्दालाई काठमाडौं हुँदै तल्लो तहसम्म लिएर जाने तयारी गरेको छ। सहकारी ठगीको आरोप लागेका उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई समेत छानबिनको दायरामा ल्याउने गरी संसदीय छानबिन समिति गठनको मागमा कांग्रेस अडिग रहेको केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले जानकारी दिए। संसदीय छानबिन समिति गठन नभएसम्म संघीय संसद्मा कांग्रेसको अवरोध कायमै रहने जनाउँदै उनले भने, ‘सहकारीको बचत अपचलन, हिनामिना, ठगी र दुरुपयोगका सन्दर्भमा संसदीय छानबिन समिति बनाउनुको विकल्प छैन।’ सरकार र सत्तारूढ राजनीतिक दल समिति गठनका लागि सैद्धान्तिक रूपमा सहमत भए पनि त्यसको क्षेत्रधिकारका विषयमा दलहरूबीच विमति कायमै छ। लामिछानेको नाम नलेखी सहकारी ठगीका विषयमा समिति गठनको पक्षमा सत्तारूढ एमाले र रास्वपा छन्। तर कांग्रेस लामिछानेको नाम उल्लेख गर्नैपर्ने अडानमा छ। सोही विषयमा सत्तापक्ष र प्रतिपक्ष अडिएका बेला सरकारले प्रतिनिधिसभाका पछिल्ला दुई बैठक जबर्जस्ती सञ्चालन गरेपछि कांग्रेससहितका विपक्षी दल आक्रोशित बन्न पुगेका छन्। विपक्षीको अवरोधबीच प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिनुका साथै मंगलबार नीति तथा कार्यक्रम पेस गरेकोमा राष्ट्रपतिलाई धन्यवाद प्रस्ताव पारित गरेको छ। त्यसलाई कांग्रेसले संसदीय शासन व्यवस्थाप्रतिकै उपहास भएको जनाउँदै आएको छ। सत्तारूढ दल र सरकार गृहमन्त्रीमाथि लागेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुको साटो प्रहरीबाट भइरहेको अनुसन्धान रोकेर प्रमाण नष्ट गर्न सहयोगी बनेको आरोप कांग्रेस नेताहरूले बैठकमा लगाएका छन्। स्वार्थ बाझिने मन्त्रालयको नेतृत्व लिएका लामिछानेले प्रमाण नष्ट गर्न सक्ने भएकाले कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेको केन्द्रीय सदस्य उर्मिला थपलियाले जानकारी दिइन्। कांग्रेसले संसद्मा प्रदर्शन गरेको लचकतालाई सरकारले कमजोरीका रूपमा लिएको अधिकांश नेताहरू बुझाइ रहेको भन्दै उनले भनिन्, ‘कांग्रेसले यो माग पहिलादेखि नै उठाउँदै आएकाले त्यसबाट पछि हट्नुहुन्न भन्नेमा सबैको एकमत छ।’ बैठकमा सरकारले संसदीय समिति गठन गर्नेभन्दा त्यसलाई टार्नेमा लागेको र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिका तटस्थ हुन नसकेको कांग्रेस नेताहरूको आरोप छ। सभामुखले निष्पक्ष भूमिका निर्वाह गर्नुको साटो सत्ताको छाया बनेको नेताहरूले आरोप लगाएका छन्। त्यति मात्र नभएर सरकार अधिनायकवादतर्फ उन्मुख भएको कांग्रेस नेताहरूको ठम्याइ छ। संविधान, लोकतन्त्र, मानवअधिकार, प्रेस स्वतन्त्रतासहित जनताको शान्तिसुरक्षा र सुशासन कायम गर्ने कुरा चुनौतीपूर्ण बन्न पुगेको बोल्ने सबै नेताको समान धारणा रहेको केन्द्रीय सदस्य रामहरि खतिवडाले जानकारी दिए। विवादित गृहमन्त्री लामिछानेले स्वतन्त्र प्रेसमाथि प्रतिसोध साँध्न थालेको जनाउँदै उनले भने, ‘सोही क्रममा मंगलबार कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरिएको हो भन्ने हाम्रो बुझाइ छ।’ उक्त घटना स्वतन्त्र प्रेसमाथि धावा बोल्ने क्रमको सुरुआत भएको बताउँदै कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘कानुनी राज्यका मर्यादा विपरीत सरकार चलेको र कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया पक्राउ गरेर सरकारले मिडियालाई त्रासमा राख्न खोजेको देखिन्छ।’ कांग्रेस नेताहरूले पछिल्ला गतिविधि एमाले डिजाइनमा रास्वपा र माओवादी केन्द्रलाई अघि सारेर भइरहेको पनि आरोप लगाएका छन्। साथै गृहमन्त्री लामिछानेले आइतबार प्रतिनिधिसभामा बोलेको कुरा पुष्टि गर्नुपर्ने भन्दै नेताहरूले त्यसबारे प्रधानमन्त्री पुष्पकमल दाहालको पनि धारणा माग्नुपर्ने तर्क नेताहरूले गरेका छन्। सहकारी ठगी, गिरीबन्धु टी इस्टेटसहितका विषयमा सत्ता गठबन्धनकै नेताहरूको मिलेमतो रहेको जनाउँदै सदस्यहरूले लडाकु शिविरदेखिका सबै मुद्दालाई पार्टीले उठाउनुपर्ने धारणा राखेका थिए। बैठकमा महासमितिपछि केन्द्रदेखि प्रदेशबाट समेत पार्टी सत्ताच्युत हुँदा भएको तर आन्तरिक छलफलका लागि नेतृत्वले आवश्यक नठानेको भन्दै केन्द्रीय सदस्यहरूले असन्तुष्टि जनाएका थिए। देश र पार्टी समस्यामा पर्दा केन्द्रीय समिति राख्न र सीमित नेताहरू बसेर निर्णय गर्ने परिपाटी अन्त्य गर्न पनि सदस्यहरूले बैठकमा माग गरे। यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले गृहमन्त्री रवि लामिछानेमाथि लागेको आरोपमा छानबिन गर्न माग गरेको छ। बुधबार बसेको कार्यसम्पादन समितिको बैठकले राप्रपा जुनसुकै ओहोदामा रहेका जोसुकै व्यक्तिले कानुनविपरीत गरेका कामको निष्पक्ष र न्यायिक छानबिन हुनुपर्ने जनाएको छ। ‘नागरिकता प्रकरणमा जुन ढंगबाट कैलाश सिरोहियामाथि छानबिन सुरु भएको छ। त्यसैगरी गृहमन्त्री रवि लामिछानेमाथि लागेका आरोपमाथि पनि छानबिन गरिनुपर्छ भन्ने राप्रपाको धारणा छ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘कानुन सर्वसाधारण र मन्त्रीलाई समान रूपमा लागु हुनुपर्छ।’ बैठकले जेठ ११ देखि १३ गतेसम्म काठमाडौंमा बस्ने केन्द्रीय समितिमा पेस गरिने प्रतिवेदनहरूलाई परिमार्जनसहित पारित गरिएको उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। बैठकमा अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र भावी कार्यदिशा, महामन्त्री धवलशमशेर राणाले सांगठनिक र राजेन्द्र गुरुङले सचिवालयसम्बन्धी र कोषाध्यक्ष नीलकण्ठ काफ्लेले आर्थिक प्रतिवेदनलाई पेस गर्नेछन्। कांग्रेसले सरकार निरंकुशताउन्मुख भएको ठहर गरेको छ। सहकारीको रकम ठगी र गैरकानुनीरूपमा अपचलनको सत्यतथ्य छानबिन गर्न संसदीय विशेष समिति गठनमा सरकार तयार नभएको आरोप पनि उसले लगाएको छ। कांग्रेसले सत्ता गठबन्धन सहकारी ठगीको विषय लुकाउन, गृहमन्त्रीको संलग्नताको ढाकछोप गर्न अनेकन प्रपञ्च गर्न थालेको ठहर गरेको छ। राज्य संयन्त्रको दुरूपयोग गर्दै सभामुखसँग मिलेर संसद् नै कब्जा गर्ने प्रयत्नमा सरकार लागेको उसको आरोप छ। सरकार स्वयं सदनलाई मुठभेडतर्फ धकेल्ने, संसद्बाट उम्किने, प्रश्नबाट भाग्ने, प्रतिपक्षको आवाजलाई रोक्ने र सहकारी ठगीमा संलग्न केही व्यक्तिको संरक्षणका लागि संसदलाई नै बन्धक बनाउने मनसायतर्फ उद्यत रहेको कांग्रेसले जनाएको छ। ‘प्रदेशमा प्रदेश प्रमुखमार्फत अलोकतान्त्रिक र गैरसंवैधानिक कदम चालिए। सरकारको यस रबैयाको नेपाली कांग्रेस निन्दा गर्छं,’ कांग्रेसले भनेको छ, ‘यसरी सरकार गैरजिम्मेवार, अनुदार, स्वेच्छाचारी, अलोकतान्त्रिक र निरंकुशता उन्मुख हुँदै गएको छ।’ सत्ताको यो प्रवृत्ति र रबैयाविरुद्ध कांग्रेस संघीय संसद्, प्रदेश संसद् र सडकबाट सशक्त प्रतिरोध गर्ने निर्णय गरिएको उसले जनाएको छ।
nagariknews.com
1,756,678
प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ। नेपाल क्रिकेट संघ, क्यानको आयोजनामा भोलिदेखि यू-१९ एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता हुँदैछ। क्यानले आज पत्रकार सम्मेलन गरेर भोलिदेखि हुने प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको छ। १९ मंसिरसम्म हुने प्रतियोगितामा सातवटै प्रदेशका टिमहरु सहभागी छन्। भोलि पहिलो दिन प्रदेश १ र बागमती प्रदेशबीचको खेलबाट प्रतियोगिता शुरु हुनेछ। बिहान नौ बजे प्रदेश १ र बागमतीबीच त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा खेल हुनेछ। सोही समयमा मुलपानी क्रिकेट मैदानमा गण्डकी र लुम्बिनी प्रदेशबीच खेल हुनेछ। प्रतियोगितामा राउण्ड रोविनको आधारमा खेलहरु हुनेछन्। प्रतियोगिताको प्रत्यक्ष प्रसारण डिशहोमको एक्सन स्पोर्ट्स च्यानलले गर्नेछ ।
nepalviews.com
732,819
स्प्रिङ्ग क्लसिकल भलिबल टाइटल दिएको यस प्रतियोगितालाई गोर्खाली टिमले आयोजना गरेको थियो । ब्रुमफिल्ड रिक्रेसन सेन्टरमा सम्म्पन्न उक्त टुर्नामेन्टमा स्थानीय ५ टिमको सहभागिता रहेको थियो । कोलोराडो नेपाल टिमले बाजी मारेको उक्त प्रतियोतामा डेनभर युथ उपबिजयता तथा आयोजक गोर्खाली तेस्रो भएको थियो भने सुमन के सी सर्बोक्रिस्ट खेलाडी घोषित भएका थिए । बिजयिता टिमहरूले क्रमशः : ३०० २०० र १०० डलर प्रोत्साहन स्वरूप प्रदान गरिएको थियो ।
brtnepal.com
3,111,614
निर्धारित समय काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम सुरुवात गरेको छ । प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो । चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए । उनका अनुसार मस्र्याङ्दी गाउँपालिकामा निर्माण भएको डा. हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । यी दुवै उद्यानको बजेट रु पाँचरपाँच लाख थियो । त्यस्तै रु १० लाख बजेट रहेको राइनास नगरपालिका–३ हरित बाल उद्यान, रु पाँचरपाँच लाख बजेट रहेका बेसीशहर–११ को मदन–आश्रित स्मृति उद्यान र दोर्दी–४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ । त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ । जसमा रु १० लाख बजेट रहेको राइनास नगरपालिका–४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, रु पाँच लाखमा मस्र्याङ्दी गाउँपालिका–३ स्थित अमर माध्यमिक खुदी र रु छ लाख ९० हजारमा दूधपोखरी–२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ । बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माणकार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उहाँले भन्नुभयो, “वन कार्यालयका आठ उद्यानसहित चालू वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन् । कूल रु ९५ लाख चार हजार बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, शहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवद्र्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
2,016,486
उपत्यकामा जथाभावी बाटो काट्दा दुर्घटना बढ्न थालेपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले जथाभावी बाटो काट्ने यात्रुलाई आजदेखि दुई घण्टा प्रशिक्षण दिन थालेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले आकाशे पुल र जेब्राक्रसिङबाट यात्रुलाई बाटो काट्न सिकाउनका लागि आजदेखि उपत्यकाका १२ स्थानमा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको जानकारी दिए । “प्रशिक्षणले सडक सभ्यताको विकास हुनाका साथै सडक दुर्घटनामा कमी आउनेछ”, उनले भने । महाशाखाले ठिमी, कोटेश्वर, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, पुरानो बसपार्क, केशरमहल, सिंहदरबार, गौशाला, महाराजगञ्ज, कालीमाटी र जावलाखेलमा प्रहरी निरीक्षकको नेतृत्वमा एक जवान खटाएको छ । उक्त टोलीले बिहान ९ देखि ११ बजे र साँझ ४ देखि ६ बजेसम्म सडकमा बसेर प्रशिक्षण दिनेछ । महाशाखाले नयाँ सडक द्वार, वीर अस्पताल, भोटाहिटी, जमल, रणोद्धिप, पुरानो बसपार्क, भद्रकाली, नागस्थान र नयाँ बसपार्कमा आकाशे पुलको प्रयोग गर्न यात्रुलाई आग्रहसमेत गरेको छ । यसअघि महाशाखाले २०७४ जेठ १ गतेदेखि जथाभावी बाटो काट्ने यात्रुलाई २०० जरिवाना लिँदै आएको थियो । जरिवाना लिएको केही समयपछि यात्रुको चौतर्फी आलोचना र तत्कालीन गृहमन्त्रीले तत्कालका लागि जरिवाना नलिन निर्देशन दिएपछि महाशाखा उक्त निर्णयबाट पछि हटेको थियो ।
kathmandupati.com
4,161,414
कास्कीको पोखरा महानगरपालिकाले कृषकलाई अनुदानमा कृषि उपकरण वितरण गरेको छ। महानगरले किसानलाई आधुनिक उपकरण वितरणका साथै उनीहरुलाई यसको प्रयोगबारे जानकारी समेत दिएको छ। चालू आर्थिक वर्षको बजेटबाट पचास प्रतिशत अनुदानमा विभिन्न मेसिनरी सामान वितरण गरिएको पोखरा महानगरपालिकाका कृषि विकास महाशाखा प्रमुख मनहर कडरिया जानकारी दिए। महानगरले हाते ट्याक्टर दुई सय ६१ थान, कम्बाईन मिल ६२ थान, थ्रेसर ६ थान, ग्रास कटर एक सय आठ थान, पावर स्प्रे तीस थान, तेल पेल्ने मेसिन छ थान र ड्याङ बनाउने मेसिन २९ थान अनुदानमा दिएको उनले बताए। कृषि महाशाखाले पोखरा महानगरका २५ वटा वडाका कृषकलाई मागका आधारमा ती सामान प्रदान गरेको हो। कृषिमा यान्त्रीकरण गरी उत्पादन बढाउने र लागत घटाउने उद्देश्यले महानगरले ती कृषि मेसिनरी अनुदानमा दिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए। किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर दिइएको प्रमुख आचार्यले बताए। ‘गोरु पाल्न छाडेका छन्। परम्परागत रुपमा खेती लगाउँदा समय पनि धेरै लाग्छ,’ प्रमुख आचार्यले भने, ‘खेतीलाई सरल र सहज बनाउन कृषि मेसिनरी दिएका छौं। यसले कम समय लाग्छ। खर्च पनि कम हुन्छ।’ कृषिमा यान्त्रीकरण, व्यवसायीकरण र बजारीकरण गर्नुपर्ने भन्दै उनले यसका लागि किसानलाई सहयोग गरिएको बताए। ‘कृषिमा यान्त्रीकरण गर्नसके लागत घट्छ, मुनाफा बढ्छ’, उनले भने, ‘किसानको समस्या बुझेर कृषिमा यान्त्रीकरण गर्नतर्फ लागेका छौं।’ महानगरको अनुदान सहयोगमा हाते ट्याक्टर लिएकी पोखरा महानगरपालिका वडा नं. ३३ की कृषक ज्योती गुरुङले समय र पैसा बच्ने बताइन्। ‘गाउँमा हाते ट्याक्टर थिएन्। पालो कुरेर अरुलाई बोलाउनुपर्ने अवस्था थियो। अनि घण्टाको एक हजारसम्म पैसा पनि तिरियो,’ गुरुङले भनिन्, ‘अब पैसा र समय बचत हुने भयो।’ नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
5,038,527
समितिको मंगलबार बसेको बैठकले सो आयोगलाई मधेशी समुदायको छिटो निर्णयमा पुग्न आग्रह गरेको छ। ‘मधेशी समुदाय भन्नाले आयोगको सिफारिशमा नेपाल सरकारले परिभाषित गरेको समुदाय सम्झनु पर्छ भनी परिभाषा गरिएको र यस सम्वन्धमा आयोगले हालसम्म कुनैपनि सिफारिस नगरेको, मधेश क्षेत्रमा बस्ने सम्पूर्ण समुदाय मधेशी हुन वा जुनसुकै स्थानमा बसेको भए पनि निश्चित आधारमा तय गरिने कुनै जात वा समुदाय मधेशी हुन भन्ने सम्वन्धमा आयोग निर्णयमा नपुगी नीति रणनीति बनाउन जटिल देखिन्छ,’ समितिको निर्णयमा भनिएको छ, ‘तसर्थ थुप्रै गोष्ठि, विज्ञसंग छलफल गरिसकेको यस आयोगलाई शिघ्र निर्णयमा पुगि कार्यसम्पादन गर्न समिति निर्देश गर्दछ।’ त्यसैगरि आयोगको बार्षिक प्रतिवेदन, २०७६ मा उल्लिखित बिभिन्न विषयहरुमा समितिले लिखित स्पष्टिकरण माग गरेको छ। क) आयोगले आर्थिक बर्षको अन्त्य तिरका ३ महिना २३ दिनभित्र गोष्ठि, अनुशिक्षण कार्यका लागि ३२ लाख रुपैया खर्च गरेको प्रतिवेदनबाट देखिन्छ। त्यसमा प्रदेश २ मा २३ पटक — सप्तरी, सिराहमा मात्र ५ दिनमा ६ पटक, धनुषा र महोत्तरीमा १९ दिनमा १० पटक, सर्लाही, रौटहट, बारा, पर्सामा सात दिनमा ७ पटक कार्यक्रम गरको देखिन्छ। त्यसैगरि मोरंग, सुनसरी र झापामा ७ दिनमा ५ पटक कार्यक्रम गरेको, कपिलबस्तु, कैलाली, बाँकेमा ७ दिनमा ३ पटक, काठमाण्डौमा १ पटक कार्यक्रम गरेको देखिन्छ। आर्थिक वर्षको अन्त्यतिर दु्रत गतिमा ३२ वटा यस्ता गोष्ठि, अनुशिक्षणका कार्यहरु हतारमा सम्पन्न गर्नुले उपलव्ध बजेट जसरी पनि सकाउनुपर्छ भन्ने मान्यता आयोगले राखेको देखिन्छ। सो सम्वन्धमा आयोगको भनाई के रहेको छ? साथै यही सम्वन्धमाः (१) छोटो सयममा यति धेरै कार्यक्रमहरु गर्नु पछाडीको कारण के हो? औचित्य के हो? (२) यस्ता कार्यक्रममा भएको खर्चको हिसाव किताव मिलाउन धेरै नै गोलमाल गरिएको छ भन्ने जनगुनासो समितिलाई प्राप्त भएको छ, सो सम्वन्धमा आयोगको के भनाई छ? (३) उल्लेखित कार्यक्रममा सहभागी भएकाहरुको नामावली, कार्यक्रमको कार्यतालिका एवं प्रस्तुत कार्यपत्रहरु, कार्यक्रममा संकलन गरिएका सुझावहरुको विवरण, भएको खर्चको हिसाव कितावको विवरण एवं कागजातको अवस्था के छ? ख) प्रतिवेदनमा उल्लेख भए बमोजिम सर्लाही, रौतहट, बारा, पर्सामा एकै पटक कार्यक्रम गरिएको देखिन्छ। यो कसरी संभव भयो? (उल्लिखित जिल्लाहरुमा २०७६ जेठ १० गते देखि १६ गते सम्म ७ पटक भएको) साथै प्रतिवेदन अनुसार सबै कार्यक्रममा अध्यक्षको उपस्थिति रहेको देखिएकोले यो कसरी संभव भयो? ग) त्यसैगरि सप्तरी सिराहा जिल्लामा २०७६ बैशाख १६ गते देखि २० गतेसम्म दुई जिल्ला सप्तरी र सिराहामा ६ पटक कार्यक्रम भएको देखिन्छ । ५ दिनमा ६ वटा कार्यक्रम गर्नै पर्नेका कारणहरु के हुन? समुदायको प्रतिनिधित्व हुने गरि सीमित कार्यक्रम गर्नु पर्नेमा यति धेरै कार्यक्रम किन गरिएको हो? यतिका कार्यक्रम किन र कसरी आवश्यक भए? घ) यस प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेश १ मा २४ पटक, प्रदेश २ मा ३० पटक, सुदुर पश्चिम प्रदेशमा १० वटा, प्रदेश ५ मा ५ पटक र बागमती प्रदेशमा ३ पटक गरि ७२ पटक औपचारिक-अनौपचारिक कार्यक्रम भएको देखिन्छ भने विज्ञहरुसंग सुझाव लिने कार्यक्रम पनि गरेको देखिन्छ। आयोगलाई जनअपेक्षित बनाउन विभिन्न समुदाय, वर्ग, क्षेत्र र विज्ञहरुसंग ९९ पटक छलफल वा वैठक भएको देखिन्छ। त्यसैगरि प्रतिवेदनमा आगामी दिनमा आयोगलाई प्रभावकारी बनाउन विज्ञटोलीको समिति बनाई कार्यगर्न आवश्यक रहेको पनि भनिएको छ ।
nepalkhabar.com