index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
939,529
प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका दुई शीर्ष नेतालाई भेटेर राजनीतिक सहमतिका लागि उपाय खोज्न पहल गरेका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटै सत्तासाझेदार दुई दलका शीर्ष नेताले मोर्चा-कांग्रेस र माओवादीबीच साउन १९ मा भएको तीनबुदे सहमतिमध्ये के-के पूरा भयो र के के बाँकी छन् भन्नेबारे छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले जनायो ।राजनीतिक सहमतिको खोजी भइरहेका बेला प्रस्तावित संविधान संशोधनबारे प्रतिपक्षी एमालेको तीव्र प्रतिक्रिया आएकाले चारै नेताले भेटलाई गोप्य राख्ने सहमति गरेका थिए । प्रधानमन्त्रीका विशेष दूतका रुपमा नया दिल्ली पुगेर फर्केका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय संस्थापन र अन्य नेतासँग गरेका कुराकानीबारे समेत बैठकमा छलफल भएको स्रोतले जनायो ।भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र फोरम अध्यक्ष यादव दुवैले चार शीर्ष नेताको बालुवाटारमा भेट भएको पुष्टि गरे । ‘उहाहरुले मोर्चा नेतासग मधेस आन्दोलन, संविधान संशोधनलगायत समसामयिक विषयमा कुराकानी गर्नुभएको हो, तर खास निष्कर्ष निकाल्ने गरी होइन,’ मन्त्री लेखकले भने, ‘यी विषयमा अब सभापतिज्यू (देउवा) सिंगापुरबाट फर्केपछि ठोस निष्कर्ष निकाल्नेगरी कुरा हुने समझदारी भएको छ ।’ नवनियुक्त १३ मन्त्रीको शपथग्रहण सकिएलगत्तै देउवा उपचार अनुगमनका लागि सिंगापुर उडेका थिए । उनी एक सातापछि फर्कने छन् ।यसै महिनाको आखिरीमा छिमेकी भारतको भ्रमण गर्नुअघि मधेस आन्दोलनको सम्बोधन हुनेगरी संविधान संशोधनको पहल लिने तयारी गरेका प्रधानमन्त्री दाहालले वार्ताका अरु पूर्वशर्त कसरी छिटो सम्बोधन हुन सक्छन् भनी देउवा र मोर्चा नेतासग परामर्श गरेका छन् । पोहोर सालको आन्दोलनका क्रममा भएका हिंसात्मक घटनामा सहभागी भएको अभियोगमा गिरफ्तारहरुको रिहाई प्रक्रियामा कानुनी अड्न पैदा भएको भन्दै यादव र ठाकुर दुवैले सरकारी तदारुकता कमजोर भएकोमा आलोचना गरेका थिए ।‘६८ मध्ये ५२ जनालाई मात्रै सहिद घोषणा गरियो, उपचार खर्च पनि प्रभावकारी रुपमा पुगेको छैन, मुद्दा फिर्ता लिने सहमति काठमाडौंमा भएको भोलिपल्ट सप्तरी र महोत्तरीमा मान्छे समातिएका छन्,’ दाहाल र देउवासग फोरम अध्यक्ष यादवको भनाई उदधृत गर्दै स्रोतले भन्यो, ‘पहिले यसमा सहमति कार्यान्वयन गरौं, अनिमात्रै संविधान संशोधनको विषय अघि बढ्छ ।’तमलोपा अध्यक्ष ठाकुरले राजनीतिक सहमतिविना स्थानीय निकाय पुन:संरचना आयोगले एकतर्फी रुपमा गाउँ/नगर तहको सीमा विभाजन अघि बढाएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले संघीय प्रदेशको सीमांकन हेरफेरबारे ठोस प्रतिबद्धताविना संविधान संशोधन प्रयासको औचित्य नहुने बताएका थिए । दाहाल देउवा दुबैले सिंगापुरबाट देउवा फर्कनेबित्तिकै संविधान संशोधन प्रक्रिया अघि बढ्ने आश्वासन मोर्चा नेतालाई दिएको स्रोतले जनायो ।यादवले बालुवाटार भेटघाट पछिल्ला राजनीतिक मुद्दामा केन्द्रित भएको कान्तिपुरलाई जनाए ।
ekantipur.com
2,692,227
सुरुमा १० मिनेटको अन्तरमा दुईवटा भूकम्प गएका थिए भने त्यसपछि ३ मिनेटको अन्तरमा दुईवटा भूकम्पहरु गएका हुन् । भूकम्प मापन केन्द्रका अनुसार सोमबार दिउँसो १ बजेर ४६ मिनेट र १ बजेर ५६ मिनेट जाँदा समान ४.७ म्याग्निच्युडका दुईवटा भूकम्पहरु गएका थिए । त्यसपछि ३ बजेर २० मिनेट जाँदा ४.१ म्याग्निच्युड तथा त्यसको तीन मिनेटपछि पुनः ४ म्याग्निच्युडको भूकम्प गएको हो । विनाशकारी गोरखा भूकम्पपछि सिन्धुपाल्चोकमा नै ठूलो पराकम्प गएको थियो । जसका कारण त्यस क्षेत्रमा ठूलो क्षति भएको थियो । पछिल्ला भूकम्पका क्षतिको विवरण प्राप्त भएका छैनन् ।
ratopati.com
4,822,836
नेपाली कांग्रेसले फागुन ३ गतेका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा वैठक बस्ने गरी बैठक फागुन ३ गते दिउँसो १ बजे का लागि बैठक तय भएको हो। फागुन ७ देखि १० गतेसम्म हुने महासमितिको बैठकका सम्बन्धमा छलफल गर्ने गरी केन्द्रीय समितिको बैठक आह्वान गरिएको जनाइएको छ। कांग्रेसले महासमिति बैठकका सम्बन्धमा बस्ने उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरूको उपस्थितिका लागि अनुरोध समेत गरेको छ। १४औं महाधिवेशनपछि पहिलोपटक हुन लागेको महासमिति बैठकलाई नीति अधिवेशनका रूपमा गर्नेगरी कांग्रेस केन्द्रीय कार्यालयले तयारीलाई तीव्र गतिमा अघि बढाएको छ । हाल देशभरबाट ९० प्रतिशत महासमितिको निर्वाचन सम्पन्न भइसकेको र बाँकी स्थानमा पनि हुने क्रममा रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेल बताए। महासमिति बैठकमा पार्टी केन्द्रीय कार्यसमिति, सबै निर्वाचन क्षेत्रबाट निर्वाचित हुने महासमिति सदस्य, भ्रातृ, शुभेच्छुक र विदेशस्थित जनसम्पर्क संस्थाबाट प्रतिनिधित्व हुनेगरी दुई हजार तीनभन्दा बढी महासमिति सदस्यले भाग लिनेछन् ।
kathmandupress.com
417,140
नेपाली कांग्रेस कास्कीले कोरोना संक्रमणसँगै रोग र भोकका कारण अकालमा ज्यान गुमाउनुपर्ने अवस्था सृजना हुन नदिन सरकारसँग माग गरेको छ । पार्टी सभापति कृष्ण केसीको अध्यक्षतामा सोमबारको जुम बैठकले सरकारका गतिविधिका कारण नै रोग र भोकका कारण नागरिकले ज्यान गुमाउनुपर्ने अवस्था आइसकेकोप्रति चिन्ता व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएको हो । बैठकले लकडाउन लम्बिएको अवस्थामा राहत बढाउन माग गर्दै राजनीतिक पूर्वाग्रह नराखी राहत वितरण गर्न र कोरोना परीक्षणको दायरा बढाउन माग गरेको छ । ‘अवस्था झन्, झन् जटिल बन्दै गएका बेला सरकार गैरजिम्मेबार बनेकोप्रति बैठकले खेद प्रकट गरेको छ’, कास्की कांग्रेसका सभापति कृष्ण केसीले भने, ‘सरकार लकडाउन लम्ब्याउन मात्र केन्द्रीत बनिरहेको छ ।’ बैठकले जिल्लाका विभिन्न नाकाहरुबाट शंकास्पद मानिस भित्रिरहेका कारण कोरोना संक्रमण बढ्न सक्ने भन्दै प्रवेश नाकामा कडाई गर्न माग गरेको छ । यसैगरी नेपालको सिमा क्षेत्रमा अलपत्र परेका र विभिन्न देशबाट नेपाल आउँन चाहेका नेपालीलाई उचित व्यवस्थापनका साथ ल्याएर घरसम्म पु¥याउन माग गरेको छ । लकडाउनका बेला पोखराको बसपार्कमा रहेको बास्तोला कम्प्लेक्स संचालनका कारण भिडभाड बढेको र शान्ति वनस्थित कृषि उपज बजारमा अन्य जिल्लाबाट तरकारी ढुवानी गर्दा अपरिचित र शंकास्पद मानिसको आवतजावत भई जोखिम बढेको गुनासो स्थानीयले गरेको भन्दै कांग्रेसले प्रशासनको ध्यानाकर्षण गराएको छ । कास्की जिल्लामा उत्पादित तरकारी र दूधलाई प्राथमिकता दिएर विक्री गर्ने वातावरण मिलाउन पनि माग कांग्रेसले गरेको छ । सर्वसाधारण नागरिकले सर्वसुलभ रुपमा स्वास्थ्योपचार सेवा लिने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना उपचार अस्पताल बनाउने योजना अव्यवहारिक भएकोले विकल्प खोज्न माग गरेको सभापति केसीले जानकारी दिए । यसैगरी कांग्रेसले कोरोनाको संक्रमणसंगै शिथिल बन्दै गएका पर्यटन व्यवसाय, उद्योग व्यवसाय कलकारखाना, कृषि, शिक्षाका लागि प्रोत्साहन प्याकेज ल्याउन र एसईई लगायत शैक्षिक गतिविधिप्रति गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएको छ । कृषिजन्य उत्पादनको मौसम शुरु भएकोले कृषकका लागि बीउ र मलको तत्काल व्यवस्थासहित राहत प्याकेज ल्याउन माग गरेको छ । बैठकले कोरोनाका कारण निधन भएकाप्रति श्रद्वाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ ।
hamrakura.com
6,117,253
वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका छन् । वडा नम्बर ३१ को १५०  मतगणना हुँदा सिंहले ७९ मत ल्याएर अग्रता लिएका हुन् । सिंह सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् । मेयरमा नेकपा एमालेका विजयकुमार सरावगीले ५३ मत ल्याएका छन् । राप्रपाका गिरिस गिरीले २ मत ल्याएका छन् । उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मत ल्याएका छन् भने राप्रपाकी बिना जैयसवालले ५ मत ल्याएकी छन् ।
onlinekhabar.com
5,440,017
काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित वाणिज्य विभाग बबरमहल काठमाडौंमा आउने सेवाग्राहीहरूलाई काम छिटो छरितो गरी दिन्छु भनी रकम माग गरी बिचौलियाको काम गरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिचौलियाको काम गरी सर्वसाधारणलाई हैरानी दिने कार्यमा संलग्न रहेको अभियोगमा बुधबार दिउँसो तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ५१ वर्षीय क्षेत्रबहादुर खड्का, रामेछाप रामेछाप नगरपालिका–९ घर भई भक्तपुर सूर्यबिनायक नगरपालिका–२ बस्ने ३४ वर्षीय राज लामा र उदयपुर ताप्लिङ गाउँपालिका–५ घर भई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ बस्ने २९ वर्षीय निरज बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी वृत्त सिंहदरबारबाट खटिएका प्रहरीले सोधपुछ गर्ने क्रममा उल्टै प्रहरी कर्मचारीसँग विवाद तथा हो–हल्ला गरी अशान्ति सिर्जना गरे पछि उनीहरूलाई पक्राउ गरेको हो । तीनै जना उपर अभद्र व्यवहार गर्न नहुने सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पाँच दिन म्याद थप अनुमति लिई प्रहरी वृत्त सिंहदरबारबाट थप अनुसन्धान भइरहेको छ ।
gorkhapatraonline.com
2,743,576
मदिरा सेवनपछि कुटपिट गरी छिमेकीको हत्या गर्ने दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले पक्राउ गरेको छ । शनिबार राति मदिरा सेवन गरेर झै–झगडा हुँदा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ८ पतलहवा टोल बस्ने ४१ वर्षीय अर्जुन यादवको कुटपिट तथा चिर्पट प्रहारबाट हत्या भएको जिल्लाका प्रहरी नायव उपरीक्षक राजु लामाले बताए । झगडाक्रममा शनिबार राति यादवमाथि दाउराका चिर्पटले टाउकोमा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको लामाले जानकारी दिए । उनको शव घरको आँगन छेउमा थियो । घटनाको अनुसन्धान गर्न छिमेकी २ जनालाई नियन्त्रणमा लिइएको छ । अनुसन्धानपछि मात्र झगडाको कारण खुल्ने प्रहरीले जनाएको छ । स्थानीय डल्लु दुषाध र प्रतापपुर गाउँपालिका ८, फटकी टोल निवासी रोशन मल्लाहलाई प्रहरी नियन्त्रणमा लिएको हो ।
eadarsha.com
2,153,592
पहिलो चरणमा गण्डकी प्रदेशबाट अनलाइन राजस्व सेवाको सुरूवात भएको हो। भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागले तयार पारेको पोर्टलमा क्लिक गरेर सवारी चालक अनुमतिपत्रको राजस्व अनलाइनबाटै तिर्न मिल्ने सेवाको सुरूवात गरेका हुन्। मन्त्री ज्वालाले सेवा शुरु गर्दै भने, “सबै यातायात कार्यालयमा लाग्ने लामो भीडले हामीलाई गिज्याइरहेको छ, त्यो भीडलाई कम गर्न हामीले अनलाइनबाट राजश्व भुक्तानी सेवाको सुरू गरेका हौं।” अनलाइन सेवा १५ दिनसम्म परीक्षणको रुपमा संचालित हुनेछ। त्यसपछि देशभरका यातायात कार्यालयहरुमा सो सेवा लागु हुनेछ। अनलाइन सेवाले राजस्व तिर्न यातायात कार्यालयसम्म धाउनुपर्ने झन्झट अन्त्य गर्ने र भीडभाड पनि कम हुने अपेक्षा गरिएको छ। यसमार्फत नयाँ लाइसेन्सको राजश्व, नविकरण तथा स्तर थप (कोटा थप)को राजश्व भुक्तानी पेमेन्ट गेटवे मार्फत गर्न सकिने छ ।
technologykhabar.com
6,035,532
हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। सबै प्रदेशका पहाडी भू-भागका केहि स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा देशका बाँकी भू-भागका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा वर्षाको सम्भावना रहेको छ। मंगलबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरू मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
sunaulonepal.com
2,584,186
श्रीलंकामा अर्को वर्ष आयोजना हुने भनिएको यू-१९ विश्वकप क्रिकेट अन्यत्र सारिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले उक्त प्रतियोगिता श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारेको समाचारमा जनाइएको छ । यसअघि यू-१९ विश्वकप सन् २०२४ को जनवरी १३ देखि फेब्रुअरी ४ सम्म श्रीलंकामा आयोजना हुने भनिएको थियो । प्रतियोगिताको मिति भने परिवर्तन गरिएको छैन । पछिल्लो समय आईसीसीले श्रीलंका क्रिकेटलाई आफ्नो सदस्यताबाट निलम्बन गरेको छ । भारतमा जारी एकदिवसीय विश्वकपकै क्रममा आईसीसीले श्रीलंका क्रिकेटलाई सदस्यताबाट निलम्बन गरेको थियो । सोही कारणले यू-१९ विश्वकप पनि श्रीलंकाबाट दक्षिण अफ्रिकामा सारिएको समाचारमा जनाइएको छ । दक्षिण अफ्रिकाले यसअघि पनि दुईपटक यू-१९ विश्वकपको सफल आयोजना गरिसकेको छ । यसअघि दक्षिण अफ्रिकाले सन् १९९८ र सन् २०२० मा यू-१९ विश्वकप आयोजना गरेको थियो । आगामी यू-१९ विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ । प्रतियोगितामा नेपाल, न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान समूह ‘डी’ मा परेका छन् । नेपालले आफ्नो पहिलो खेल जनवरी १३ न्युजिल्यान्डसँग खेल्ने तय भएको छ । प्रतियोगिताको समूह ‘सी’ मा जिम्बाबे, नामिबिया, श्रीलंका र अस्ट्रेलिया रहेका छन् । यसैगरी प्रतियोगिताको समूह ‘बी’ स्कटल्यान्ड, इङ्ल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । समूह ‘ए’ मा भने अमेरिका, आयरल्यान्ड, भारत र बंगलादेश रहेका छन् ।
ratopati.com
862,232
छायाँनाथरारा नगरपालिका १, का ४३ वर्षीय तिलकबहादुर मल्लले जिल्लामा ‘इटालीयन फुजी’ जातको स्याउ फलाउन थालेका छन् । जिल्लामा स्थानीय प्रजातिका स्याउ उत्पादन हुने गरे पनि उनले इटालीयन जातको स्याउ साढे ३ वर्षअघि रोपेका थिए ।यस वर्षदेखि बोटमा दाना लागेको मल्लले जानकारी दिए । उनले २०७३ मा २५ सय बोट इटालीयन जातका स्याउ रोपेका थिए । स्याउले यस वर्ष फल दिन सुरु गरेपछि बजारमा प्रतिकिलो ३ सय रुपैयाँमा बिक्री गर्ने उनको योजना छ । परीक्षणका रुपमा लगाइएका स्याउले यस वर्ष राम्रो उत्पादन दिने देखिएको मल्लले जनाए । सानो बोटमा समेत लटरम्म स्याउका दाना लागेपछि अर्को वर्षदेखि बगैंचाको क्षेत्रफल बढाउने सोचमा रहेको मल्लले सुनाए ।उनको बारीमा इटालीयन जातको स्याउ फल्न थालेपछि अन्य किसानसमेत अवलोकनका लागि आउन थालेका छन् । ‘बारीलाई इटालीयन जातका स्याउमय बनाउने र बगैचालाई हरित क्षेत्रको रुपमा विकास गर्ने योजना छ,’ उनले भने, ‘परीक्षणकै लागि ल्याइएका स्याउले यस वर्षदेखि नै राम्रो उत्पादन दिन थालेपछि उत्साही बनाएको छ ।’छायाँनाथरारा नगरपालिका ३, स्थित रारा बहुमुखी क्याम्पस माथिको करिव ३२ रोपनी जग्गामा उनको स्याउ बगैचा छ । जग्गालाई वरिवरि घेरबार गरी २ हजार १ सय विरुवा रोपेको उनले जानकारी दिए । उनको बगैचामा अंगुर, रिठ्ठा, टिमुर, स्याउ, आरु, कागती, तेजपत्ता, धुपी, अमलिसो, स्टेबरी, भूई स्याउलगायत विरुवासमेत रोपिएका छन् । बारीको टिमुर र भुइँ स्याउले पनि उत्पादन दिन सुरु गरेको उनी बताउँछन् । बगैचामै सयपत्री, सूर्यमुखीलगायत विभिन्न बेमौसमी फूल लगाइएको मल्लको भनाइ छ । ‘सुक्खा क्षेत्रलाई हरियाली बनाउने योजनामा छु,’ उनले भने, ‘क्याम्पस नजिकैको क्षेत्र भएकाले दैनिकजसो विद्यार्थी बगैचा अबलोकनका लागि आउने गरेका छन् ।’ पुरै बारीलाई हरित क्षेत्र बनाउन जुटिरहेको मल्लले जानकारी दिए । उनकी पत्नी सञ्चौरासमेत दिनभर बारीमा खटिने गरेकी छिन् । गोडमेल, विरुवा काटछाँटलगायत कामले दिनभर बारीमै व्यस्त हुने गरेको मल्लले बताइन् । उनका अनुसार बगैचामै यस वर्ष ३ क्विन्टल प्याज र ३ क्विन्टल लसुन उत्पादन भएको छ । सिँचाइ अभावले खेतीमा केही समस्या देखिएको उनले गुनासो गरिन् ।किसानलाई फलफूलका बेर्नासल्यान– कृषि ज्ञान केन्द्रले जिल्लाका १० स्थानीय तहका किसानलाई ४५ हजार फलफूलका बेर्ना वितरण गरेको छ । ज्ञान केन्द्रले ५० प्रतिशत अनुदानमा किसानलाई बेर्ना वितरण गरेको हो । केन्द्रका अनुसार १५ हजार आँप, ३० हजार सुन्तला र कागतीका बेर्ना बितरण गरिएको हो । फलफूल खेतीतर्फ किसानलाई आकर्षित गर्न अनुदानमा फलफूलका बेर्ना उपलब्ध गराइएको केन्द्र प्रमुख चोपनारायण खनालले बताए । ‘बेर्ना समूहमा आबद्ध किसानलाई उपलब्ध गराईएको हो,’ उनले भने, ‘जिल्लाका अधिकांश क्षेत्रमा सुन्तला र कागती उत्पादन हुने भएकाले बढी वितरण गरिएको हो ।’ यसअघि पनि आँप, लिची, सुन्तला, कागती, हलुवाबेद, ओखर, अनार, किबी, स्याउ र केराका उन्नत जातका बेर्ना कृषि समूहलाई वितरण गरिएको उनको भनाइ छ । फलफूल खेतीतर्फ किसान आकर्षित भएकाले बेर्ना वितरण कार्यक्रमलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ । सल्यानका करिब १ हजार घरधुरीमा व्यवसायिक फलफूल खेती भइरहेको केन्द्रले जनाएको छ  ।
ekantipur.com
4,471,671
पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजमा आगामी फागुनदेखि गाडी चलाउने योजनाका साथ काम भइरहेको छ। यसको प्रयोगसँगै नेपाली आफैले डिजाइन गरेर आर्क ब्रिज निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित हुनेछ । १ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार आगामी फागुनसम्ममा यो ब्रिजले सवारीसाधन संचालन हुनेछन् । करिब ८ बर्षअघि सडक विभागबाट १६ जना इन्जिनियर आर्क ब्रिज सम्वन्धि अध्ययन गर्नका लागि चीन गएका थिए। त्यहाँ करिब ३ महिना अध्ययनपछि उनीहरु नेपाल फर्किएका थिए। नेपाल फर्किएर उनीहरुले आफैँले डिजाइन गरेर चोभारमा ट्रायलका रुपमा एउटा आर्क ब्रिज निर्माण गरेका हुन्। चोभारमा मन्जुश्री पार्क र भैसेलार्इ जोड्ने उक्त पुल ६० मिटर लामो छ । अहिले अधिकांश चीनबाट अध्ययन गरेर फर्किएका इन्जिनियरहरु सडक विभाग छाडेर बाहिरी बजारमा काम गर्छन् तर केही इन्जिनियर भने अझै पनि सडक विभागको पुल महाशाखामा छन्। तीनै इन्जिनियर र कन्ट्रयाक्टर मिलेर आर्क ब्रिजको डिजाइन बनाएर निर्माणको काम सुरु गरिएको थापाले जानकारी दिए । डिजाइन एण्ड विल्ड प्रक्रियाबाट ठेक्का लगाइएको छ। यस्तो प्रक्रियाबाट ठेक्का लगाउँदा ठेक्का पाउने कम्पनीले डिजाइन तयार पारेर विभागबाट स्वीकृत गरार्इ निर्माण गर्नुपर्ने हुन्छ। यो पुलको चीनबाट अध्ययन गरेर आएका डा. विजय जैसी र एलाइट एडभेन्चरका इन्जिनियरहरु मिलेर डिजाइन फाइनल गरेका हुन् । थापाका अनुसार, अन्य ठाउँमा मुग्लिनभन्दा तल घुमाउनेघाट, सुनकोशीमा उदयपुर-ओखलढुङगा जोड्ने फोक्सिङटारका साथै हेम्जा र लामाबगर जोड्ने ठाउँमा समेत आफैले डिजाइन गरेर निर्माण गर्न लागिएको छ। 'हाम्रो हिम्मत बढेको छ हामी पनि सक्छौ भनेर आत्मविश्वास बढेको छ,' उनले भने । मुग्लिनमा निर्माण गर्न लागिएको यो पुलको आर्क ढलान गर्ने र त्यसमाथिका पिल्लहरु तयार पार्ने लगायतका कामहरु बाँकी रहेको महशाखाले जनाएको छ। अब केही टेक्निकल काम र गाडी गुडाउनका लागि डेक राख्ने काम बाँकी छ। दुर्इ लेनको यो पुल करिव ९ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको हो ।
pahilopost.com
1,497,080
ललितपुर बागमती किनारमा अवैध रुपमा सञ्चालन हुँदै आएको बालुवाखानी बन्द गर्न सोमबार गोदावरी नगरपालिकाले जिल्ला प्रशासन कार्यालय ललितपुर र जिल्ला समन्वय समितिलाई पत्र काटेको छ । लामो समय देखि अनुमतिबिना खानी सञ्चालन भएको खुलासा भएपछि नगरपालिकाले बन्द गराउन पत्र काटेको हो । जिल्ला प्रशासन कार्यालयले बैठक बसेर खानी बन्द गर्न नगरपालिकाको ध्यानाकर्षण गराएकोे थियो । जिल्ला प्रशासन कार्यालयले ‘साइनिङ बालुवा वासिङ सेन्टर’ बन्द गराउन मौखिक निर्देशन दिए लगत्तै मेयर गजेन्द्र महर्जनले दर्ता प्रक्रिया अघि बढिसकेको बताएका थिए । उनले सबै प्रक्रिया पूरा भएकाले दर्ता नरोकिने बताएका थिए । सोही अनुसार खानी बन्द गराउन पत्राचार गरेको महर्जनले बताए । उक्त पत्रको चलानी नम्बर ३१६९ हो । ‘खानी सञ्चालकको ठूलै बदमासी रहेछ,’ महर्जनले भने, ‘त्यसबारे धेरै जानकारी पाएपछि दर्ता प्रक्रियामा रहेको खानी बन्द गर्न हामीले पत्र काटिसकेका छौं। मंगलबार देखि नै उक्त खानी बन्द हुनुपर्छ ।’ उनले गोदावरी नगरपालिका भित्र २६ वटा क्रसर उद्योग र ढुंगाखानी दर्ता भएको जानकारी दिए । ‘यहाँ कुनै पनि बालुवाखानी दर्ता भएका छैनन्,’ उनले भने, ‘भएका जत्ति सबै अवैध हुन्, थाहा हुने बित्तिकै हामीले बन्द गराउन पहल गर्नेछौं ।
kendrabindu.com
2,061,324
सत्तारुढ नेकपा भित्रको आन्तरिक बेमेलका कारण प्रधानमन्त्री केपि शर्मा ओलीले प्रतिनिधिसभा बिघटन त्यसको प्रभाव प्रदेशसभा सम्मै पर्ने देखिएको छ । नेकपाको स्पष्ट दुई तिहाई बहुमत रहेको लुम्बिनी प्रदेशमा नेकपा सम्बद्ध सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरु स्वयंले नै प्रतिनिधिसभा बिघटनको नकारात्मक असर यो प्रदेशमा स्वाभाविकै रुपमा पर्ने बताउँछन् । प्रतिनिधिसभा पुनरस्थापनाको माग गर्दै सर्वोच्चमा परेको रिटको फैसला र पार्टी बिभाजनले प्रदेशसभा देखि प्रदेश सरकार मन्त्रीमण्डलमै प्रभाव पार्ने प्रदेश सरकारका प्रवक्ता तथा भौतिक योजना तथा पूर्वाबार बिकास मन्त्री बैजनाथ चौधरी बताउँछन् । ‘प्रतिनिधिसभा बिघटन भएपछि त्यसको प्रभाव स्वाभाविकै रुपमा हाम्रो प्रदेशमा पनि पर्छ,’ उनले नागरिकसंग भने ‘तर सर्वोच्चमा परेको रिटको फैसला र पार्टी बिभाजनको निर्णयले यसमा प्रमुख भुमिका खेल्छ ।’ सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनको मुद्धालाई सदर गरेर निर्वाचन हुने अवस्था आए केपी ओली समुहलाई अप्ठ्यारोमा पार्ने रणनीतिमा पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुह लाग्ने तयारी गरेको छ । यसका लागि यो समुहको प्रुमख तारोमा प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल पर्ने छन् । ओली निकटस्थ पोख्रेललाई मुख्यमन्त्रीबाट हटाएर निर्वाचनमा ओलीको प्रभाव कम पार्ने रणनीतिमा यो समुह लाग्ने तयारीमा छ । पूर्व माओबादीले साथ छोडेमात्रै ओली समुहका मुख्यमन्त्री पोख्रेल प्रदेशसभामा अल्पमतमा पर्ने छन् । संसदमा अविश्वासको प्रस्ताव लगेर पोख्रेललाई मुख्यमन्त्रीबाट हटाउन सक्ने सम्मका तयारी नेकपाभित्र आन्तरिक रुपमा हुन थालेका छन् । ‘यदि सर्वोच्चले प्रतिनिधिसभा विघटनको मुद्धालाई सदर गर्यो भने मुलुक निर्वाचनमा होमिन्छ,त्यो अवस्थामा केपी ओलीले प्रदेश सरकारमा रहेको आफ्नो नेतृत्वलाई भजाएर जान खोज्ने छन्,’ पुष्पकमल दाहाल — माधव कुमार नेपाल समुहका प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘त्यो अवस्थामा मुख्यमन्त्री परिवर्तन हामीहरुको प्रमुख अजेण्डा बन्ने छ ।’ यो प्रदेशमा अहिले नेकपाकै स्पष्ट दुई तिहाई बहुमतको सरकार छ । कुल ८७ जना सांसद रहेको यो प्रदेशमा ४४ सांसद संख्या बहुमत हो । यहाँ नेकपाका मात्रै दुई तिहाई ६१ जना सांसद छन् । तर पूर्व माओबादीले मात्रै साथ छोड्ने हो भने पनि मुख्यमन्त्री शंकर पोख्रेल स्वतःअल्पमतमा पर्ने छन् । पूर्व माओबादीबाट यो प्रदेशसभामा प्रतिनिधित्व गर्ने २० सांसद अलग भए पूर्व एमालेका सांसदहरुको संख्या स्पष्ट बहुमत भन्दा ३ कम ४१ मात्रै हुने छ । यात,कांग्रेसले सहयोग गरेको खण्डमा पोख्रेल मुख्यमन्त्रीमा सुरक्षित रहन सक्छन् । कांग्रेसको यो प्रदेसभामा १९ जना सांसद छन् । तर प्रतिनिधिसभा बिघटनले असन्तुष्ट कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओली कित्ताका पोख्रेललाई सहयोग गर्ने सम्भावना न्यून रहन्छ । यो अवस्थामा प्रदेशसभामा तेस्रो स्थानमा रहेको जनता समाजबादी पार्टी (जसपा) को ६ भोटले पोख्रेललाई केहि राहत दिन सक्ला । तर जसपा र कांग्रेस बिच केन्द्रीय स्तरमा भएको सरकार बिरोधी मोर्चा कस्ने सहमतीले जसपाको भोट पनि मुख्यमन्त्रीलाई पाउन मुश्किलनै पर्ने छ । चौथो शक्तिका रुपमा रहेको राष्ट्रिय जनमोर्चाको एक भोटले भने पोख्रेललाई खासै प्रभाव पार्न सक्ने देखिन्न । अँझ पूर्व एमाले ( माधव नेपाल) समुहका सांसदहरुले अहिले आफ्नो कित्ताका बारेमा खुलेर बोलि नसकेको र नेपाल समुहको सांसद संख्या पनि अलग्गीए पोख्रेललाई मुख्यमन्त्री पद जोगाउन निकै मुश्किल पर्ने देखिन्छ । ‘पार्टी बिभाजन पछि स्वभाविकै रुपमा सत्ता समिकरण बन्ने कुरै हुँदैन, फरक फरक दृष्टान्त र रणनीति बनिहाल्छन्,’सरकारका प्रवक्ता भौतिक योजना तथा पूर्वाधार बिकास मन्त्री चौधरीले भने ‘त्यो बेलामा मुख्यमन्त्री परिवर्तन देखि मन्त्री मण्डल परिवर्तन, सभामुख,उपसभामुख परिवर्तन सम्मको प्रभाव यहाँ पर्न सक्छन् ।’ तर अहिले पार्टी बिभाजन पनि भैनसकेको अवस्था र सर्वोच्चको फैसला पनि आईनसकेका कारण यो प्रदेशमा यहि हुन्छ भनेर एकिन गर्न भने नसकिने उनले वताए । ‘हाम्रो प्रदेशमा पनि नेकपा भित्र गुटबन्दी भएरै सरकार चलिरहेको थियो,’ उनले भने ‘तर अब त बिभाजनै आउने अवस्था आयो,यो अवस्थामा एकै स्थानमा रहेर सत्ता समिकरण बन्ला जस्तो चाहिँ अब देखिन्न ।’ प्रदेशसभामा तत्कालीन माओवादीले मात्रै असहयोग गरेको खण्डमा अल्पमतमा पर्ने ओली समुहलाई आगामी तय भएको चुनावमा घाटा दिलाउने रणनीतिमा प्रचण्ड नेपाल समुह लाग्ने देखिन्छ । सरकारको प्रमुखमा ओली समुहका पोख्रेल रहे यो समुहले सरकार नेतृत्वको नाममा चुनावी फाईदा उठाउने लख काटेको प्रचण्ड नेपाल समुहले त्यो फाईदाबाट ओली समुहलाई मुक्त गर्न चाहन्छ । ‘केपी ओलीले प्रदेश सरकारको नेतृत्वमा आफ्ना मान्छे राखेर चुनावी प्रभाव पार्न खोजेका हुन्, यसर्थ प्रदेशसभालाई उनले चलाउँदैनन्,’प्रदेशसभा सदस्य ईन्द्रजीत चौधरीले भने ‘त्यो अवस्थामा हाम्रो प्रदेशमा अल्पमतमा रहेको ओली समुहलाई नेतृत्वबाट अलग राखेर त्यो फाईदा लिनबाट रोक्ने छौँ ।’
nagariknews.com
3,458,746
व्यास गाउँपालिका–१ छांगरु गागास्थित जीतसिंह बोहराले लगाएको स्याउ अहिले बारीभरि लटरम्म फलेको छ । उनका ५५० बोटमा स्याउ फलेका छन् । केही स्याउ योपटक आएको असिना पानीका कारण नोक्सान भएको उनले बताए । अझै यो वर्ष २० क्विन्टलको हाराहारीमा स्याउ बगैँचामा फलेको छ । “स्याउ पाक्ने बेला हुँदैछ, चिसो ठाउँमा फल्ने स्याउ अलि ढिला पाक्छ तर खानमा मीठो हुन्छ, स्याउ टिप्न पाइएको छैन, स्याउका लागि भारतीय सुरक्षाकर्मीले आएर दररेट कायम गरिसके”, उनले भने, “यही महीनाभित्र स्याउ पाकिसक्छ, स्याउँ पाक्नुअगावै भारतीय सुरक्षाकर्मी आएर स्याउ खरीद सम्झौता भइसक्यो ।” सबै बोटमा स्याउ नझरेको भए यो वर्ष ६०/७० क्विन्टल स्याउ उत्पादन हुने थियो । असिनाले आधा बढी स्याउ नोक्सानी गरेको उनले बताए । उनका अनुसार रुखमै प्रतिकिलो ७० भारतीय रुपयाँका दरले भारतीय सुरक्षाकर्मीले स्याउ किन्ने कुराकानी भइसकेको छ । हरेक वर्ष आइटिबी, एसएसबीले त्रिदेशीय सीमा व्यासको स्याउ लिने गरेका छन् । “हरेक वर्ष हाम्रा स्याउका ग्राहक भनेकै भारतीय सुरक्षाकर्मी हुन्”, बोहराले भने । उनको यो वर्ष लगाएका ९५० बोटमा अझै स्याउ फल्न बाँकी छ । अर्को वर्षदेखि डेढ हजार बोटमा स्याउ उत्पादन हुने उहाँले जानकारी दिए । सबै बोटमा स्याउ फले भने बजार अझै खोज्नुपर्ने उनको भनाइ छ । अहिलेसम्म हरेक वर्ष भारतीय सुरक्षाकर्मीले स्याउ खरीद गर्ने गरेका कारण समस्या नभएको उनले बताए । गत वर्ष उनीहरुको मागभन्दा बढी स्याउ फलेपछि आधा फाल्नुपरेको उनले सुनाए । सदरमुकाम खलङ्गादेखि व्यासको छांगरु गागा पुग्न नेपालतिर बाटो छैन । वषैँदेखि तिङ्कर सडक निर्माणले गति लिन नसक्दा व्यासको स्याउ बजारसम्म ल्याउने यहाँका किसानको सपना पूरा हुन सकेको छैन । “आफ्नै देशको सडक भइदिए व्यासको स्याउ खलङ्गा पुग्थ्यो”, किसान सुधा बोहराले भने, “सडक नबन्दा र व्यासमा फल्ने स्याउ नेपाली बजारमा पु¥याउने सपना अधुरै छ, हिमालको फेदीमा फलाएको प्राङ्गारिक स्याउ आफ्नै देशमा बिक्री गर्ने सपना थियो ।” सडक या घोरेटो बाटो भए पनि यहाँका प्राङ्गारिक फलफूल सिधै खलङ्गासम्म आउने उनको भनाइ छ । नेपालतिर भएर सडक नहुँदा पर्यटकसमेत छांगरु तिङ्कर पुग्न सकेका छैनन् । भारतीय सुरक्षाकर्मीले धारचुला पिथौरागढबाट यस क्षेत्रसम्म ढुवानीमा महङ्गो भएका कारण व्यासको बारीको स्याउ खरीद गर्ने गरेका हुन् । एक वर्षभित्र भारतले आफ्नो भूमिमा सडक निर्माण गरिसक्ने भएपछि उनीहरुले आफ्नै देशको स्याउ खाने चिन्ता यहाँका किसानको छ । “हामीले यत्रो लगानीमा स्याउखेती गरेका छौँ, सडक बाटो नभए लगानी कसरी निकाल्ने भन्ने चिन्ता बढ्न थालेको छ”, सुधाले भने, “अझै यो वर्ष स्याउको नर्सरी बनाउने सोच बनाएका छौँ ।” यस्तै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, स्याउ जोन कार्यक्रममा स्याउलाई लामो समयसम्म राख्न शितभण्डार माग गरिएको उनले बताए । जिल्लाका व्यासलगायत पाँच स्थानीय तहमा गत वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनअन्तर्गत स्याउखेती विस्तार गरिएको छ । एक वर्षको अवधिमा केही क्षेत्रमा स्याउ उत्पादन हुन थालेको छ । गत वर्ष मात्रै हजारौँ बिरुवा स्याउ व्यासमै वितरण गरिएको स्याउ जोनका निमित्त जिल्ला प्रमुख विष्णुप्रसाद ओझाले बताए । “हामीले पनि व्यासमा फल्ने स्याउ हेरेका छौँ”, ओझाले भने, “बजारसम्म पु¥याउनसके व्यासको स्याउँले मूल्य पाउँछ ।” योपटक स्याउलाई लामो समयसम्म जोगाउनका लागि शितभण्डार निर्माण गर्ने योजना रहेको उनको भनाइ छ ।
nonstopkhabar.com
2,361,759
एसिया कप क्रिकेट प्रतियोगिताको १६ औँ संस्करण बुधवारदेखि पाकिस्तानमा सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा आयोजक पाकिस्तानले पहिलो पटक एसिया कप खेलिरहेको नेपालको सामना गर्दैछ ।
ratopati.com
2,400,011
बिहीबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा घोषणा गरिएको छ । गृह मन्त्रालयले एक सूचना जारी गर्दै बिहीबार रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा बिदा दिने निर्णय भएको जनाएको छ । नेपाल सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयका प्रवक्ता सहसचिव केदारनाथ शर्माका अनुसार नेपाल राजपत्रमा मिति २०७९/१२/२ गते प्रकाशित सूचनाअनुसार असार १४ गते बिहीबारका दिन सार्वजनिक बिदा दिने निर्णय भएको हो ।
ratopati.com
3,503,468
नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईको चौथो विकेट झारेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका हुन् । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे । यसअघि नेपालका ललित राजबंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे भने सन्दीप लामिछानेले युएईका ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका छन् । तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए । नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।
imagekhabar.com
3,543,583
केही दिन यतादेखि सरकारी मोटरसाइकलको पछाडी बसेकी युवतीले लगाएको पहिरनको तस्वीर सामाजिक संजालमा भाइरल बनिरहेको छ । प्रदेश–३–०२–००१ब–१४१२ नम्बरको मोटर साईकलमा सवार चालक युवक र ती युवती दुवै सरकारी जागिरे भएका कारण पछाडीबाट कसैले खिचिदिएको उक्त तस्वीरले यतिबेला ट्वीटरमा बहसको विषय बन्न पुगेको हो । सरकारी कर्मचारीले लगाउने ड्रेस र उनीहरुले प्रयोग गर्ने सरकारी सवारी साधनको विषय भन्दा पनि ती युवतीले ढाड देखिनेगरी लगाएको पहिरनका कारण सामाजिक संजाल तत्न पुगेको हो । सरकारी कर्मचारी भएका कारण ती युवतीले ‘ड्रेस कोड’मा ध्यान दिनुपर्ने र अमर्यादित रुपमा प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भन्दै आलोचना भइरहे पनि सामाजिक संजाल प्रयोगकर्ता र महिला अधिकारवादीहरुले उक्त प्रसगलाई नारी अधिकारसँग जोडेर ट्वीटरमार्फत ब्यङग्यात्मक तरिकाले विरोध जनाइरहेका छन् । कतिपयले त ‘मैंले लगाएको लुगाले तपाईंले तपाईं, म र म बस्नें समाजका लागि खड़ा गरेको मर्यादा, संस्कार र पितृसत्ताको पर्खाल भित्र पर्दैन भनें त्यो मेरो समस्या होइन।’ भन्ने जस्ता अभिब्यक्तिहरु दिइरहेका छन् । किनकी महिलाको पहिरनलाई सामाजिक मर्यादासँग जोडिएपछि सामाजिक सञ्जालमा यसको विरोध हुन थालेको हो । विरोधमा कतिपय महिलाले खुला ढाड देखिएका, खुला ढाडमा विभिन्न नारा लेखिएका तस्वीरलाई प्रोफाइल फोटोसमेत बनाएका छन् । कतिले चित्रकला, उदगार लगायत असहमतिका विभिन्न शैली पछ्याएका छन्। ट्वीटरमा सपना सञ्जीवनीले महिलाको लुगामाथि हुने अनावश्यक टिप्पणीको विरोधस्वरुप एउटा मिथिला पेन्टिङ राखेकी छन्, जसमा लेखिएको छ, ‘यो मेरो अमर्यादित ढाड, यसमा मेरै अधिकार।’ ट्वीटरमा हेमलता राई मात्र होइन लेखक सावित्री गौतमले पनि महिलाको ढाडबारे प्रश्न उठेपछि सांकेतिक विरोध जनाएका छन् । सावित्राले एउटा तस्वीर पोष्ट गरेकी छिन र त्यहाँ लेखिएको छ–‘मेरो ढाडले तिम्रो मर्यादाको ठेक्का लिएको छैन।’ पत्रकार सेवा भट्टराईले ‘मर्यादित पोशाकका सम्बन्धमा’ भन्दै ट्वीटमा लेखेकि छन, ‘एक पुस्ता अगाडिसम्म ब्राह्मण महिलाले चोलो नलगाई खाना बनाउनु पर्थ्यो। हामी मध्ये कतिपयले त्यस्ता चोलो नलाउने हजुरआमाहरु भेटेका छौं र शायद कतै कुना काप्चामा कोही अझै पनि हुनुहुन्छ कि ?’ आक्रोश, ब्यङ्ग्य र विरोध स्वरुप प्रस्तुत भइरहेका ट्वीट र तस्विरहरुले महिला अधिकारको सवाललाई शसक्त बनाउँदै लगेको बुझन सकिन्छ । पत्रकार बबिता बस्नेतको भनेकी छन्, ‘महिलाले शरीरभरि लुगा लगाउँदा पनि गाली खाने, नलगाउँदा पनि गाली खाने अचम्मको ‘ट्रान्जिसन’ मा रहेछौं हामी। पोशाक भन्ने कुरा आफूलाई जे सहज हुन्छ त्यो लाउने हो। तर तपाईं त्यो पोशाक लगाएर कहाँ जाँदै हुनुहुन्छ ? भन्ने कुराले भने अर्थ राख्छ । औपचारिक र अनौपचारिक स्थान र पोशाक दुवैमा लागू हुन्छ।’ मोटरसाइकलमा सवार युवतीको तस्वीरले महिला र पुरुषको मर्यादाको सीमाका बारेमा गम्भीर बहस सिर्जना मात्र गरिदिएको छैन तस्वीर सार्वजनिक भएपछि मानसिक रुपमा विक्षिप्त रहेको प्रतिक्रिया दिइरहेकी ती युवतीको अधिकारको सवाल पनि शसक्त बनेर आइरहेको छ । कसैको अनुमति विना नै तस्वीर खिच्ने र सामाजिक संजालमा पोष्ट गर्ने अधिकार कसैलाई नभएको प्रतिक्रियाहरु पनि आइरहेका छन् । सामाजिक संजालमा ढाडका तस्वीर र लेखिएको ‘मर्यादित ढाड’ ‘अमर्यादित ढाड’को प्रशंगले महिला अधिकार र समानताको बहसलाई चर्काएको छ । सांकेतिक विरोध ब्यापक भएर आएको छ ।
imagekhabar.com
3,953,537
केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् । ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन गर्नका लागि अध्यक्ष (यादव)ज्यूले आनाकानी गरिरहनु भएको छ । तर, सो मुद्दाको पक्षमा पार्टीभित्र स्पष्ट बहुमत जुटेको छ,’ असन्तुष्ट केन्द्रीय नेता मोहम्मद इस्तियाक राईले न्युज कारखानासँग भने, ‘बहुमतको निर्णय मान्नु हुन्छ कि एकल रूपमा चल्नु हुन्छ ? त्यसको निर्णय गर्ने जिम्मा अब अध्यक्षज्यूको काँधमा छ ।’ उनका अनुसार बहुमतको निर्णयलाई स्वीकार गरेर अध्यक्ष यादव समावेशी र सामूहिक नेतृत्वका लागि तयार हुनुपर्नेछ । तर, अध्यक्ष यादवसँग असन्तुष्ट राईले अध्यक्ष यादवको विपक्षमा के कति मत छ ? भन्ने बारेमा स्पष्ट रूपमा खुलाउन भने चाहेनन् । यद्यपि, शीर्ष नेतृत्वदेखि केन्द्रीय समितिसम्म यादवको विपक्षमा मत प्रकट भने भइरहेको छ । भट्टराई निकट एक नेताका अनुसार कार्यकारिणी समितिमा असन्तुष्ट पक्षको नेतृत्व गरिरहेका भट्टराई समूहसँग २१ र यादवको पक्षमा आठ जना छन् भने ११ जना सांसद भट्टराईको पक्षमा खुल्दा यादवलाई आठ जना सांसदले मात्र साथ दिइरहेका छन् । यसैगरी, केन्द्रीय समितिमा ३०४ असन्तुष्ट समूहमा खुल्दा यादव भने २०३ सदस्यले मात्र साथ दिएको भट्टराई निकट नेताले जानकारी दिए । यसैगरी, यादव एकल नेतृत्वमा रहिरहने चाहनाको विपक्षमा भट्टराईसहित अशोक राई, महेन्द्रराय यादव, राजकिशोर यादव, मोहम्मद इस्तियाक राई, प्रदिप यादवलगायतका नेताहरू उभिइरहेका छन् । ‘बहुमतको निर्णय अस्वीकार गरेको खण्डमा अध्यक्ष यादवविरुद्ध कठोर निर्णय लिन हाम्रो समूह तयार छ,’ भट्टराई निकट ती नेताले भने, ‘सामूहिक नेतृत्वमा जसपा नगई सुखै छैन । यसको संरचना नै समावेशी र समानुपातिक प्रतिनिधित्व झल्काउने हो, यो अब झल्किनुपर्छ ।’ उनका अनुसार गत आइतबार लाजिम्पाटमा बसेको शीर्ष नेताहरू यादव, भट्टराई, राई, मन्त्री यादव र राजेन्द्र श्रेष्ठसहितको सामूहिक बैठकमा ‘समावेशी र सामूहिक नेतृत्व’ स्वीकार गर्न अध्यक्ष यादवमाथि दबाब बढाइएको छ । काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौँ, ५ साउन । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध नभएसम्म वैकल्पिक माध्यमबाट पानी काठमाडौं, ५ साउन । प्रतिनिधि सभा सदस्य डा. अमरेश कुमार सिंहले उपसभामुख इन्दिरा रानाले एनजीओकर्मीको काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाले बागमती प्रदेशको मुख्यमन्त्रीमा दाबी काठमाडौं, ५ साउन ।
reportersnepal.com
478,928
पाकिस्तानी एक अदालतले बिहीबार पूर्व प्रधानमन्त्री नवाज सरीफ विरुद्ध पक्राउ आदेश जारी गरेको छ । अदालतले पाकिस्तानको सत्ताधारी दल तथा सरीफको पार्टीले अर्को बर्ष संसदीय निर्वाचन गर्नेगरी तयारी गरिरहँदा यस कदमबाट पछि हट्न दवाव सिर्जना गर्न अदालतबाट सो निर्णय आएको पाकिस्तानी राजनैतिक विश्लेषकको भनाई छ । सरीफका पक्षमा वकालत गरेका कानूनविद् जाफिर खानले एएफ्पीलाई दिएको जानकारी अनुसार पाकिस्तानको अदालतले पूर्व प्रधानमन्त्री सरीफलाई जमानतमा छोड्न सकिने गरी भ्रष्टाचार सम्बन्धि विभिन्न दुई मुद्दामा पक्राउ पूर्जी जारी गरेको छ । गत जुलाईमा पाकिस्तानको ७० बर्षको इतिहासमा कार्यकाल पुग्नु अगावै पदच्युत हुने १५ औँ प्रधानमन्त्रीका रूपमा सरीफलाई अदालतको आदेशमा उनिमाथि लागेको भ्रष्टाचार आरोपमा हटाइएको थियो । भ्रष्टाचार आरोप लागेका प्रधानमन्त्री सरीफले प्रधानमन्त्री रहन पदीय मर्यादाले नदिने भन्दै उनलाई अदालतले सत्ता छोड्न र अनुसन्धान प्रक्रियामा आउन आदेश दिएको थियो ।
hamrakura.com
2,105,385
केहि समय पछि त्यहाँ उपस्थित सबैको लागि खानाको बन्दोबस्त गरियो। खाना पछि प्रशिक्षणको कार्यक्रम थियो। उसलाई जसरि भए पनि त्यो दिन रक्तक्रान्तिको अर्थ बुझ्नु थियो त्यसैले अध्यक्ष कमरेडसंगै अर्थ बुझ्न पाउने उक्त मौका उसले गुमाउन चाहदैनथ्यो। खाना खाने समयमा जसोतसो गर्दै उ अध्यक्ष कमरेड बसेको छेउमा बस्न पायो। उसलाई ठुलै सफलता हासिल गरे जस्तो लाग्यो। खाना खाँदै गर्दा अध्यक्ष कमरेडले उसलाई हेरेर मुस्कुराउदै उसलाई हालचाल सोधे। उ मख्ख पर्दै उत्तर दियो। एकैछिन पछि उसले अप्ठ्यारो मानीमानी अध्यक्ष कमरेड संग एउटा कुरा सोध्ने आज्ञा माग्यो। अध्यक्ष कमरेड ले भातको गास मुखमा हाल्दै टाउको हल्लाएर सोध्न अनुमति दिए। अलिकति लाज माने जस्तो गर्दै सानो स्वरमा उसले रक्तक्रान्तिको अर्थ के हो भनेर सोध्यो। अध्यक्ष कमरेड हाँसे। उनले भने- कमरेड अहिले हामीले जे गरिरहेका छौँ त्यहि हो रक्त क्रान्ति। उसको सोझो मनले सोंच्यो- पशुहरु काटेर क्याम्पमा रगतको भेल बगाइएको थियो र भन्यो- ‘उसो भए गाई काटेर भतेर गर्नु रक्तक्रान्ति हो त कमरेड?’ अध्यक्ष कमरेडलाई अलिअलि रिस पनि उठ्यो तर रिसलाई दबाउदै उनले भने- त्यसो होइन कमरेड, हामीले जनताको उत्थानको लागि अहिले जे गरिराखेका छौँ , त्यो हो रक्तक्रान्ति। उसले अलि बुझे जस्तो गर्दै भन्यो- ए शिक्षित र धनी बर्ग हरुलाई सखाप पारेर अनपढ र गरिबहरुले उनीहरुको सम्पत्तिमा रजाई गर्नु नै रक्तक्रान्ति रहेछ। त्यति बेला चाहिँ अध्यक्ष कमरेडलाई सांचै रिस उठ्यो रक्तक्रान्तिको अर्थ सम्म नजान्नेहरु के को जनयुद्ध मा लागेका होलान भनेर। तर उनी सम्हालिएर बनावटी हाँसो मुखमा ल्याउँदै भने- लाग्छ यसको अर्थ मैले प्रशिक्षणमै बिस्तारमा बताउनु पर्ला। चिन्ता नगर्नुस कमरेड- दिउसोको प्रशिक्षणमा तपाइले बुझ्ने गरि मैले रक्तक्रान्तिको अर्थ बताउने छु। अध्यक्ष कमरेडको उक्त आश्वाशनले उ ढुक्क भयो र छिटो छिटो खाना सकाई प्रशिक्षण को प्रतिक्षामा बस्यो। प्रशिक्षणको दौरान अध्यक्ष कमरेडले आफुले बाचा गरे बमोजिम रक्त क्रान्तिको अर्थ लगाउन थाले- ‘ अगि खाना खाँदा एक जना कमरेडले मलाई रक्त क्रान्तिको अर्थ सोध्नु भयो। मलाइ एकछिन त अचम्म लाग्यो- हामी जनताको उत्थानको लागि घर परिवार र आफ्नो ज्यानको समेत पर्वाह नगरी जनयुद्ध होमिएका योद्धाहरुले अझैं पनि रक्त क्रान्तिको अर्थ बुझेका रहेनछौं भनेर- तर पछि मलाइ लाग्यो यसको अर्थ त्यति सरल छैन। अंझ भन्नुपर्दा रक्त क्रान्तिको अर्थ नै नबुझी जनयुद्धमा लाग्नु बामे सर्न नजान्दै दौडन खोज्नु जस्तै हुन जान्छ। त्यसैले आज म कमरेड हरुलाई रक्त क्रान्तिको अर्थ बिस्तारमा बुझाउन चाहन्छु। मैले शुरु गर्नु भन्दा पहिले यहाँ सहभागीभएका मध्य कसलाई रक्त क्रान्तिको सहि अर्थ थाहा छैन उहाँहरुले हात उठाउनुस। सबभन्दा पहिले उसले नै लाज नमानी हात उठायो। बिस्तारै अरु दुइचार हातहरु माथि उठे। अध्यक्षले ‘लाज नमान्नुस, यदि थाहा छैन भने निर्धक्क संग हात उठाउनुस’ भनेर हौसला बढाएपछि एकैछिनमा अधिकांश सहभागीका हातहरु हावामा उठे। त्यो देखेर अध्यक्षलाई अलि अलि हाँसो पनि उठ्यो तर त्यो भन्दा बढि असजिलो महशुस भयो। उनले सोंचे रक्त क्रान्तिको अर्थ थाहा नै नपाएर त्यति धेरै योद्धाहरु बन्दुक बोकेर समाज परिवर्तन गर्न हिंडेका छन्। तर ठिकै छ- उनीहरुले अर्थ बुझ्नु भन्दा पनि उनले प्रतिपादन गरेको उदेश्य र बाटोमा जनसहभागिता हुनु महत्वपूर्ण कुरा थियो अध्यक्ष कमरेडको लागि। त्यसैले उनी केहि बोलेनन् र भन्न थाले- ‘ ल ठिकै छ , तपाईंहरु यति धेरै जनालाई रक्त क्रान्तिको अर्थ थाहा रहेनछ, आज मैले त्यो स्पष्ट पार्नेछु। सामान्य भाषामा भन्नु पर्दा जनयुद्ध नै रक्त क्रान्ति हो। हामी कम्युनिस्टहरु हरेक कुरामा रातो प्रयोग गर्छौं, रातोको अर्थ हुन्छ रगत, रातोको अर्थ हुन्छ- जोश, अर्थ हुन्छ- बिजय। हरेक क्रान्तिमा रगत बग्छ , मान्छे मर्छन, दुश्मनका मान्छे पनि मर्छन हामी पनि मर्छौं, त्यसैले त्यो नै रातोको प्रतिक हो, जोशको प्रतिक हो, बिजयको प्रतिक हो। रातो को अर्को अर्थ हो उदाउँदो सुर्य- बिहान भर्खर सुर्य उन्दाउँदा जुन लालिमा आकाशमा देखा पर्छ त्यो पनि रातोको प्रतिक हो, उदाउँदो सुर्य भनेको नयाँ युगको थालनी हो, हामी त्यही नयाँ युगको थालनी गर्न यो जनयुद्धमा होमिएका छौं। जनयुद्ध अब बिजयोन्मुख छ, त्यसलाई सफल बनाउन पार्टी र नेतृत्वको लागि रगत बगाउन तत्पर हुनु नै रक्तक्रान्ति हो। मलाई बिश्वास छ अब कमरेडहरुले रक्तक्रान्तिको अर्थ बुझ्नु भयो होला। अब यहि रक्तक्रान्तिलाई साकार पार्न हामी सबै अझै दत्तचित्त भएर लाग्नुपर्ने बेला आएको छ- देशलाई हाम्रो रगत चाहिएको छ, तपाइंहरुको रगत चाहिएको छ। अध्यक्ष कमरेडको ‘प्रशिक्षण’ पछि सबैले बुझे जस्तो गरेर गडड ताली बजाए। उसले पनि स्वरमा स्वर मिलायो। तर अझै पनि उसलाई रक्तक्रान्तिको अर्थ बुझे जस्तो लागेन। सोध्नको लागि बाँकि अर्को ठाउं पनि थिएन। उसले यताउता अरुलाई हे-यो। अन्य सबै सहभागीहरुले बुझे जस्तो गरेर उज्यालो अनुहारमा ताली बजाई रहेका थिए। अझैं पनि अर्थ नबुझेकोमा उसले आफुलाई ‘मुर्ख’ सम्झेर चुप लागेर बस्यो। हजारौं निर्दोषहरुको ज्यान लिएर अनि सकारात्मक भन्दा धेरै धेरै नकारात्मक परिबर्तनहरु समाजमा थोपरेर जनयुद्ध बिचैमा तुहियो। दण्डहिनता, बिभाजन, अनुशासनहिनता, सामाजिक असहिष्णुता नयाँ नेपाली समाजको पर्याय बन्यो। तर अध्यक्ष कमरेड र केन्द्रिय नेताहरु जनयुद्दको सफलतामा खुशी मनाइरहेका थिए, जनतालाई ठूलो ठूलो स्वरमा सम्झाईरहेका थिए कि नेपाली समाजमा नयाँ चेतना जागेको छ, तर त्यो चेतना ‘कुचेतना’ थियो भन्ने उ जस्ता लाखौं कार्यकर्ता र सामान्य जनताहरुलाई थाहा थिएन। उनीहरुपनि जनयुद्धको ‘सफलता’ पछिको सुन्दर नयाँ नेपालको कल्पना मै भुलिरहेका थिए ।
mysansar.com
2,275,820
सन् २०२१ को अगस्ट महिनामा करिब ६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालय हुँदै सन् २०२१ को अगस्ट महिनामा ५ हजार ९ सय १७ विदेशी पर्यटन नेपाल भित्रिएको अध्यागमन विभागले जनाएको छ। पछिल्लो समय सरकारले निषेधाज्ञामा केही खुकुलो बनाएसँगै विदेशी पर्यटक नेपाल भित्रन थालेका हुन्। गत जुलाई महिनामा (निषेधाज्ञाको बीचमा) २ हजार ९ सय ९१ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन २०१९ सालमा ९४ हजार ७ सय ४९ पर्यटक भित्रिएका थिए भने २०२० कोरोना महामारी सुरु भएसँगै २ सय ६५ मा पर्यटक भित्रिएका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै ५ हजार ८३ विदेशी पर्यटक आ–आफ्नो देश फर्किएका छन्। पछिल्लो समय कोरोना महामारीका कारण नेपाल भित्रनेभन्दा बाहिरिने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुन थालेको छ। पछिल्लो एक महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भारतबाट सबैभन्दा बढी विदेशी नागरिक भित्रिएका छन् । सो अवधिमा नेपाल आएका ३३ देशका नागरिकमध्ये भारतबाट सबैभन्दा बढी एक हजार ९ सय ८५ जना नेपाल आएका हुन्। भारतपछि अमेरिकाबाट १ हजार २ सय ४४, बेलायतबाट ४१६ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। दक्षिण एशियाली मुलुकमध्ये अगस्ट महिनामा बङ्गलादेशबाट २६, भुटानबाट ७१, पाकिस्तानबाट ७१ र श्रीलङकाबाट ३९ पर्यटक नेपाल आएका छन्। यस्तै, क्यानडाबाट १४७, चीनबाट २५३, बेल्जियमबाट ६०, फ्रान्सबाट १२७, नेदरल्याण्डबाट ६७, रुसबाट ५२, जर्मनीबाट ८३, जापनबाट २४, दक्षिण कोरियाबाट ६४, थाइल्याण्डबाट ५१, अस्ट्रियाबाट १२, इटालीबाट ३३, स्पेनबाट ५७, अष्टे«लियाबाट ६५, जना पर्यटक नेपाल आएका छन्। सन् २०२१ को जनवरीदेखि अगस्ट महिनामा नेपाली र विदेशी गरी ६६ हजार ९६६ जना नेपाल भित्रिएका छन्। गत अगस्ट महिनामा ५ हजार ८३ जना नेपाली तथा विदेशी नागरिक नेपालबाट बाहिरिएका थिए ।
dcnepal.com
1,600,574
म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित जयन्ती माध्यमिक विद्यालय भवन समुदायको अगुवाइमा पुनर्निर्माण गरिएको छ। विकास निर्माणमा सरकारी निकायको मात्रै भर पर्ने परम्परालाई तोड्दै देश तथा विदेशमा छरिएका भकिम्लीवासीले समुदायकै नेतृत्वमा विद्यालय भवन पुनर्निर्माण गरेर जनसहभागीतामूलक विकासको नमूना प्रस्तुत गरेका छन्। विसं २०७२ देखि जयन्ती माविको विद्यालय भवन पुनर्निर्माण अभियान सुरु गरेका भकिम्लीवासीकै नेतृत्वमा अहिले २२ कोठे दुई तले विद्यालय भवन तयार भएको छ। विद्यालय भवनसँगै प्रवेशद्वार, खेलमैदान र प्याराफिट निर्माणसहित विद्यालयलाई घेरावारसमेत गरिएको छ। छरिएर रहेका साना–साना कक्षाकोठा रहेको र जीर्ण बन्दै गएको साविकको जयन्ती माविको अहिले भौतिक स्वरुप फेरिएको विद्यालयका प्रधानाध्यापक भोजबहादुर जिसीले बताए। साँघुरा र पानी चुहिने अवस्थामा पुगेका कक्षाकोठामा पठनपाठन गराउनुपर्ने बाध्यता विद्यालय पुनर्निर्माणसँगै हटेको छ। गाउँका बालबालिकाले सुविधासम्पन्न र भौतिक पूर्वाधारयुक्त भवनमा बसेर सहजरुपमा पठनपाठन गर्ने अवसर पाएका छन्। विद्यालय भवनका लागि सरकारी निकाय धाउँदा थाकेका स्थानीयवासीले प्रवासीको दरिलो साथ पाएपछि आफ्नै बलबुतामा विद्यालयको भवन ठडाउने साहस गरेका थिए। 'प्रवासमै रहनुभएका स्थानीयवासीले विद्यालय भवन बनाउन सहयोग गर्ने प्रतिबद्धता आएपछि अभियानको थालनी भएको थियो, पछि सरकारी निकाय, संघसंस्था र व्यक्तिगत सहयोग पनि जुट्न थाल्यो, अन्ततः अहिलेको यो सुविधासम्पन्न भवन सम्भव भयो', प्रअ जिसीले भने। विद्यालय भवन पुनर्निर्माण गर्न स्थानीयवासीले पनि उत्साहजनकरुपमै जनश्रमदानदेखि नगद सहयोग जुटाएका थिए। प्रवासीले पसिना बेचेको रकम सहयोग गर्दा गाउँलेले घरको अन्नपात र गाईभैंसी बेचेर विद्यालयलाई सहयोग गरेको विद्यालयका शिक्षक अभिभावक स‌ंघका अध्यक्ष रत्न जिसीले बताए। समुदायको अग्रसरतामा संघसंस्था र सरकारी तवरबाट समेत साथ थपिएको कारण भवन पुनर्निर्माणमा राहत भएको उनको भनाइ छ। भवन बनाउने अभियानमा नगद पाँच सयदेखि १० लाखसम्म व्यक्तिगत सहयोग गरेको विद्यालयले जनाएको छ। कक्षा १० सम्म पठनपाठन हुने यस विद्यालयमा अहिले एक सय ७६ विद्यार्थी अध्ययनरत छन्। यो सुविधासम्पन्न भवनमा कक्षाकोठा भवनसहित कम्प्युटर ल्याब, विज्ञान प्रयोगशाला, लाइब्रेरी, कार्यालय र स्टाफ कक्षलगायत विद्यालयको सम्पूर्ण शैक्षिक गतिविधि सञ्चालन हुन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर पुनले बताए। उनका अनुसार पुनर्निर्माण भएको विद्यालय भवनको एक समारोहका बीच उद्घाटन गर्ने तयारी छ। उद्घाटन कार्यक्रममा विद्यालयलाई सहयोग गर्ने सहयोगदातालाई सम्मान समेत गरिनेछ। विद्यालय भवन पुनर्निर्माणमा समुदायका मात्रै दुई सय १२ चन्दादाता छन्। अमेरिका, हङकङ, स्पेन, साउदी अरेबीया, जापानलगायत मुलुकमा रहेका भकिम्लीबासीको अगुवाइमा संकलन भएको सहयोग रकममा सयौं जनाले हातेमालो गरेका छन्। हिमालयन प्रोजेक्ट बेल्जियम र नेपाल सरकारका विभिन्न निकायले समेत पुनर्निर्माण अभियानमा बजेट उपलब्ध गराएका छन्। विद्यालय भवन पुनर्निर्माणमा करिब तीन करोड ५० लाख खर्च भए पनि अहिलेसम्म चन्दादाता, सहयोगदाता, संघसंस्था र सरकारी तवरबाट तीन करोड २३ लाख ५५ हजार मात्रै सहयोग जुटेको विद्यालयले जनाएको छ। कूल लागतको आधाभन्दा बढी रकम समुदाय र देश विदेशमा रहेका भकिम्लीवासीकै नेतृत्व र अगुवाइमा जुटाइएको हो। विद्यालयलाई चन्दादातामार्फत थप सहयोग आउने क्रम जारी छ। नेपाल सरकारका विभिन्न निकायबाट एक करोड १७ लाख बजेट प्राप्त हुँदा समुदायले व्यक्तिगत चन्दाबाट ९५ लाख, विभिन्न संघसंस्थाबाट नौ लाख र विभिन्न देशमा रहेका भकिम्लीवासीको नेतृत्वमा ६२ लाख सहयोग जुटाएका थिए भने हिमालयन प्राजेक्ट बेल्जियमले ३८ लाख सहयोग गरेको विद्यालयले जनाएको छ। पुरानो भवन जीर्ण भएकाले गाउँका सबै सरोकारवाला र प्रवासीबीच बृहत् छलफल गरेर थालिएको अभियानबाट विद्यालयमा सुविधासम्पन्न भवन बनेको विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षसमेत रहेका वडाध्यक्ष पदमबहादुर पुनले बताए। 'विसं २०४५ मा बनाइएका साँघुरा भवनमा टिनको छानो चुहिने र पर्खाल भत्कने अवस्थामा पुगेका थिए, समुदायकै अगुवाइमा विद्यालय पुनर्निर्माण अभियान सञ्चालन गरिएको थियो, स्थानीयवासी र प्रवासी भकिम्लीवासीले मन फुकाएर सहयोग गर्नुभयो। संघसंस्था र सरकारी तवरबाट पनि अभियानमा हातेमालो भयो, अब जयन्ती मावि भौतिक पूर्वाधारयुक्त बनेको छ, अबको प्राथमिकता विद्यालयको शैक्षिक गुणस्तर सुधारमा केन्द्रीत हुनेछ', उनले भने। यो विद्यालय भवन पुनर्निर्माणमामा मात्रै होइन, विद्यालयको स्थापनादेखि नै भकिम्लीवासीले यस विद्यालयलाई निरन्तर साथ, सहयोग गर्दै आएका छन्। विसं २०१६ पुस १६ गते सत्यमान पुनको नेतृत्वमा गाउँमा यस विद्यालयको थालनी भएको इतिहास छ। विसं २०१७ मा कक्षा १ सञ्चालन गर्ने अनुमति प्राप्त गरेको यस विद्यालयले आजसम्म आइपुग्दा समयको यो खालखण्डमा धेरै आरोह अवरोध, विविध समस्या र चुनौतीलाई सामाना गर्दै अघि बढेको देखिन्छ। तत्कालीन समयमा भकिम्लीको रानीपधेरामा अवस्थित यस विद्यालयलाई स्वर्गीय नारायण देवी रोकाले एक रोपनी जग्गा विद्यालयलाई उपलब्ध गराएपछि हालको स्थानमा स्थानान्तरण गरिएको थियो। विसं २०२८ मा प्राविबाट निमावि तहमा स्तरोन्नति भएको यो विद्यालयमा २०५१ सालमा महायज्ञ सञ्चालन गरेर विद्यालयलाई माध्यमिक तहमा स्तरवृद्धि गरिएको थियो। लामो समयसम्म निजी स्रोतबाट मावि सञ्चालन गरेको यस विद्यालयमा समुदायले शिक्षकको तलब सुविधा र विद्यालयको भौतिक पूर्वाधारमा स्थापनाकालदेखि नै अतुलनीय योगदान गर्दै आएका छन्। तत्कालीन समयमा पिपलको बोटमुनिको चौतारीबाट पठनपाठन गराउन सुरु भएको यस विद्यालय आजको अवस्थामा पुगेको हो ।
nepalsamaya.com
2,178,470
मंसिर देखि जेठसम्म इट्टा उत्पादनको समय हो । बर्षभरीको माग धान्नका लागि सोही समयमा करोडौं इट्टाहरु तयार पारेर राखिन्छ । तर, यसबर्ष सिजनकै मध्यभाग चैत्रमा परेको बर्षाका कारण करोडौं इट्टा गलेर नष्ट भए । त्यसबाट समालिएर पुनः इट्टा उत्पादन सुरु गरेका व्यवसायीहरुलाई जेठ महिनामा परेको बर्षाले थप क्षति पुर्याएको छ । ‘सिजनको मध्य भाग चैत्र र सिजनको अन्तिम महिना जेठमा भएको बर्षाका कारण व्यवसायीले ठूलै क्षति व्यहोर्नु पर्यो’, इट्टा व्यवसायी संघ बाँकेका अध्यक्ष जैनुल खाँले भने, ‘यसले यस बर्ष बाँकेमा इट्टा उत्पादन कम हुने निश्चित भएको छ ।’ गत चैत्रको अन्तिम साता आएको हावाहुरी सहितको बर्षाले बाँकेका ५२ इट्टा व्यवसायीका ३ करोड बढी काँचो इट्टा काम नलाग्ने गरी नष्ट पारेको थियो । ‘जसका कारण ५ करोड बढीको क्षति इट्टा व्यवसायीले व्यहोर्नु परेको थियो’, अध्यक्ष खाँ भन्छन्, ‘पुनः बिहिबार भएको बर्षाले १ करोड ५० लाख इट्टामा क्षति पुर्याएको छ ।’ उक्त क्षति झण्डै ३ करोड रुपैयाँको रहेको अध्यक्ष खाँ बताउँछन् । ‘एउटै व्यवसायीको पकाउन राखिएका ३ देखि ६ लाखसम्म इट्टा गलेर काम नलाग्ने भएको छ’, अध्यक्ष खाँले भने । ‘एक पटकमा ५÷६ लाखसम्म इट्टा तयार पारिन्छ’, संघका कार्यालय सचिव सुर्यमणि पौडेलले भने, ‘यसपटक कुनै पनि उत्पादकले ४ राउण्ड भन्दा बढी उत्पादन गर्न सकेका छैनन् ।’ ‘यसबर्ष थप इट्टाभट्टाहरु नखुलेको भए बाँकेमा इट्टाको ठूलै समस्या देखिने थियो’, सचिव पौडेल भन्छन्, ‘थपिएका इट्टा उद्योगले केही लाख बढी इट्टा उत्पादन भएपनि त्यसले बढ्दो माग धान्ने अवस्था छैन ।’ ‘जेठ इट्टा उत्पादनको लागि अन्तिम महिना हो’, सचिव पौडेल भन्छन्, ‘त्यसपछि बर्षात् लाग्ने भएकाले उत्पादन बन्द हुन्छ । ‘काँचो इट्टाको विमा हुँदैन’, कार्यालय सचिव पौडेल भन्छन्, ‘काँचोे इट्टामा बर्षात् क्षति भएपछि लगानी नै डुब्छ ।’ सरकारले २०७० असोजदेखि अनिवार्य रुपमा इट्टाको कारोबारलाई मुअकरमा दर्ता हुनुपर्ने व्यवस्था गरेको थियो । व्यवसायीहरु भन्छन्, ‘सरकारले करको दायरामा हामीलाई ल्यायो तर, हाम्रो व्यवसायिक सुरक्षाका लागि कुनै नीति अघि सारेन । अनुगमनका क्रममा धेरैजसो इट्टा उद्योगका काँचो इट्टाहरु गलेर नष्ट भएको भेटिएको कार्यालय पौडेलले जानकारी दिए । ‘आगामी सिजन अगावै स्थानीय सरकारसँगहरुसँग भेटेर विमाको व्यवस्थाका लागि नीतिगत पहल गरिदिन माग गर्ने तयारीमा छौं’, सचिव पौडेलले भने । आकस्मिक रुपमा हुने बर्षाको क्षतिबाट व्यवसायी ‘बर्बाद’ नै हुने अवस्थाबाट बचाउन विमाको विकल्प नरहेको बताउँछन् । उनीहरु सरकारलाई कर तिरेर व्यवसाय गरिरहेकाले व्यवसायीको सुरक्षाका लागि आवश्यक व्यवस्था पनि सरकारले नै गर्नुपर्ने धारणा राख्छन् । प्रि मनसुनको पानी भएपनि यसका लाभ धेरै छन्, दैनिक नेपालगन्ज संग कुरा गर्दै बस्नेतले भने, वर्षाले खेत गोडमेल हुने खालको फाइदा पनि गरेको छ । आँपमा फूल लागेको मध्ये ०.१ प्रतिशत मात्रै फल्ने गरेको बताउँदै हुरी र हावाका कारण आँप झर्ने विषयमा चिन्ता नलिन समेत बस्नेतले आग्रह गरे । उनले प्राकृतिक तरिकाले फलफूल उत्पादन हुने भएकोले अनावश्यक चिन्ता लिनु नपर्ने बताएका हुन् ।
nepalgunjnews.com
3,602,965
बजाज पल्सर स्पोर्ट्स अवार्डको १२ औं संस्करण यही साउन ६ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने यस अवार्डमा हंसराज हुलासचन्द एण्ड कम्पनीको बजाज पल्सरले गर्दै आएको प्रायोजनलाई निरन्तरता दिएको छ । प्रायोजनसम्बन्धी सम्झौतापत्रमा आइतबार दुई पक्षबीच हस्ताक्षर भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चका तर्फबाट अध्यक्ष महेश आचार्य तथा बजार पल्सरको तर्फबाट हंशराज हुलाशचन्द एण्ड कम्पनीका कार्यकारी निर्देशक शेखर गोल्छाले हस्ताक्षर गरे । विगत ८ वर्षदेखि स्पोर्ट्स अवार्डलाई प्रायोजन गर्दै आएको पल्सरले थप ५ वर्ष प्रायोजन गर्ने भएको छ । पल्सर स्पोर्ट्स अवार्डमा यसपटक पनि विभिन्न ८ विधामा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिनेछ । यी ८ विधामा वर्षको उत्कृष्ट खेलाडी पुरुष, महिला र युवा, उत्कृष्ट प्रशिक्षक, लोकिप्रिय खेलाडी, लाईफटाईम अचिभमेन्ट अवार्ड, वर्षको पारा खेलाडी तथा स्पेशल अवार्ड रहेका छन् । वर्ष २०७२ मा नेपाली खेलाडीहरुले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामान गरेको प्रदर्शनको आारमा उत्कृष्ट खेलाडी घोषणा गरिनेछ ।
imagekhabar.com
915,331
मान्छेहरूले मलाई सुनाएअनुसार 'रा. वन' रजनीकान्तको एक मिनेटको छोटो फिल्म हो रे, जसमा शाहरुख खानले अढाई घन्टाको अतिथि भूमिका निर्वाह गरेका छन् ।
ekantipur.com
5,416,855
सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आवश्यक अध्ययन अनुसन्धान तथा बजेटको सुनिश्चितताको अभावमा विकास आयोजनाका काम अपेक्षा गरिए अनुरुप अगाडि बढ्न नसकेको बताउनुभएको छ । उहाँले सहरबासीको स्वस्थ्य र सुन्दर जीवनका लागि सफा र सुन्दर सहर अपरिहार्य रहेको स्पष्ट पार्नुभयो । निर्माण सुरु भएको करिब सात वर्षपछि काठमाडौँ–दोलखा जोड्ने मुख्य मार्गका रूपमा रहेको लामसाँघु–जिरी सडकखण्डअन्तर्गतको ३० किलोमिटर मुढे–चरीकोट सडकको कालोपत्रेको काम अन्तिम चरणमा पुगेको छ । दोलखाको भीमेश्वर नगरपालिकाका नवनिर्वाचित प्रमुख ईश्वरनारायण मानन्धरले अघिल्ला जनप्रतिनिधिले गरेको पाँच वर्षे विकासको अस्तव्यस्ततालाई छिचोलेर नगरवासीलाई अनुभूत हुने गरी काम गर्ने बताउनुभएको छ । सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–५ का बासिन्दाले एक वर्षभन्दा बढी समयदेखि बिजुली बत्तीको महसुल नियमित तिर्न पाएका छैनन् । विद्युत् उपभोेग गरेको लामो समय बित्दा पनि नेपाल विद्युत् प्राधिकरणले मिटर रिडिङ गर्न कर्मचारी नपठाउँदा नियमित महसुल तिर्नबाट उपभोक्ता वञ्चित हुनुपरेको हो ।
gorkhapatraonline.com
1,589,115
युक्रेनका लागि ‘मार्शल योजना’ कस्तो रहने भन्ने कुरामा सहमति जनाउन सोल्जले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई आइतबारदेखि सुरु भएको जी–७ शिखर सम्मेलनमा भाग लिन आमन्त्रित गरिएको बताए। दोस्रो विश्वयुद्धपछि पश्चिमी पुनः र्निर्माणमा मद्दत गर्न अर्बौ प्रदान गर्ने अमेरिकी पहलको सन्दर्भमा छलफल गर्न अहिले युरोप र अमेरिकी मुलुकहरूका नेता जर्मनीमा भेला भएका छन्। रूसविरुद्धको लडाइँमा पश्चिमी सहयोगीहरु को समर्थनमा दृढ रहनुपर्ने जर्मन चान्सलर ओलाफ सोल्जले बताए। उनले भने, 'पुटिनले अन्तमा आफ्नो विशाल गलत निर्णयलाई मान्यता नदिएसम्म हाम्रा प्रतिबन्ध,अन्तरराष्ट्रिय तवरमा समन्वयित हातहतियार वितरण, का लागि हाम्रो वित्तीय समर्थनका साथ आगामी मार्गमा दृढतापूर्वक रहनु महत्वपूर्ण हुनेछ ।
nepalsamaya.com
2,277,578
आज पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका हुन् । मन्त्री बडूले डिजेलमा २९ रुपैयाँ र पेट्रोलमा २० रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । कर कटौती भएसँगै अब डिजेल प्रतिलिटर १६३ र पेट्रोल १७९ रुपैयाँ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्दैछ ।
dcnepal.com
4,052,092
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी संसद् बैठकमा सहकारी ठगी प्रकरणबारे संसदीय समिति बनाउनको लागि सरकारलाई अल्टिमेटम दिएका छन् । उनले काठमाडौँ, २१ चैत । मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपतिमा दरखास्त दिएकामध्ये १० जनाको आवेदन स्वीकृत भएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले प्रकाशन गरेको सूचना अनुसार प्रा डा कविप्रसाद पोख्रेल, काठमाडौं, २१ चैत । नागरिक उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको छ । नाउपाका संरक्षक रेशमलाल चौधरीले आगामी चैत २३ र २४ गते बैठक बसेर पार्टी शुद्धीकरण गर्ने बताएका छन् । काठमाडौँ, २१ चैत । विश्व बैंकले सन् २०२४ मा नेपालको उपभोक्ता मुद्रास्फीति अधिकतम छ दशमलव सात प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । विश्व बैंकले सार्वजनिक गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट, अप्रिल काठमाडौं, २१ चैत । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले वर्तमान सरकार गठबन्धन दलबीच सहमति कायम रहँदासम्म अगाडि जाने बताएका छन् । हिजो (मंगलबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न महोत्तरी, २१ चैत । मधेस प्रदेश प्राचीन संस्कृति, परम्परा र परिचयले विविधतायुक्त छ । प्राचीन मिथिला संस्कृतिको केन्द्र मानिने जनकपुरधाम समीप अवस्थित महोत्तरीका ऐतिहासिक एवं पुरातात्विक महत्वका धार्मिक सम्पदा संरक्षाणको राष्ट्रिय सभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ः१५ बजेका लागि बोलाइएको छ। आजको बैठकमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन्। काठमाडौं, २० चैत । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि निश्कर्षविहीन बनेको छ । आसन्न उपनिर्वाचनको उम्मेदवार टुङ्ग्याउन पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्डमा बसेको पदाधिकारी बैठक निश्कर्षविहीन बनेको हो काठमाडौं, २० चैत । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिने भएका छन् । प्रदेश सभाबाट विश्वासको मत नपाउने निश्चित भएपछि उनले पदबाट राजीनामा दिने भएका हुन् । मुख्यमन्त्री पाण्डेले काठमाडौं, २० चैत । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल सहकारी ठगी प्रकरणमा मुछिएका छन् । मन्त्रीद्वयसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौं, २० चैत । बागमती प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा (एमाले) को तर्फबाट चार जना मन्त्री नियुक्त गरेका काठमाडौँ, २० चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताको आकांक्षालाई सम्बोधन गर्ने लक्ष्यलाई सम्बोधन गर्ने उद्देश्यसहित सुशासन, सामाजिक न्याय र समृद्धिलाई वर्तमान सरकारले विशेष ध्यान दिएको बताएका छन् । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मत सम्बन्धीको प्रस्तावमाथि मतदान सुरु भएको छ काठमाडौं,६ साउन । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले संविधान र लोकतन्त्रप्रति आफू सदैव निष्ठावान रहेको जिकिर काठमाडौं, ६ साउन । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले कांग्रेस र एमालेको काठमाडौं, ६ साउन ।
reportersnepal.com
5,492,251
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव । फाइल तस्बिर जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयासका साथ समाजवादी मोर्चा गठन भएको बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विगतका कमी कमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका लागि मोर्चा गठन भएको बताउनुभयो । उहाँले आदिवासी, मधेसी मुद्दा सम्बोधन गर्दै मुलुकलाई अग्रगामी निकास दिने लक्ष्य रहेको बताउनुभयो। उहाँले समाजवादी मोर्चा गठन गर्दा आफ्नो अस्तित्व नै सकियो भन्ने किसिमका समाचार आइरहेको भन्दै समाजवादी मोर्चाले आदिवासी, जनजाति, मधेसी र पहिचानवादीको मुद्दालाई झनै बलियो बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले समाजवादी मोर्चा घोषणा गरेका छौँ । यी लक्ष्य बोकेको समाजवादी मोर्चाले निश्चित रूपमा विगतका कमी कमजोरीलाई सच्याएर देखा परेका राष्ट्रिय मुद्दालाई सम्बोधन गर्दै मुलुकलाई सुशासन, स्थिरता, विकास र समृद्धिका साथसाथै सामाजिक न्यायसँगै आदिवासी, मधेसी लगायतका जुन राष्ट्रिय मुद्दा छन् । मुलुकलाई अग्रगामी निकास दिने र अग्रगामी दिशातर्फ लैजाने प्रयास गर्नका लागि नै मोर्चा निर्माण भएको हो ।’’ अध्यक्ष यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट गठबन्धनका दलसँग छलफल नै नगरी ल्याइएकाले यथास्थितिमा बजेट पारित नहुने बताउनुभयो । उहाँले सरकारले बजेट सच्याएर ल्याएपछि मात्रै बजेट संसदबाट पास हुने बताउनुभयो । उहाँले आफ्नो पार्टी बजेटमा न्यायोचित वितरण भएन भन्ने पक्षमा रहेको बताउनुभयो । उहाँले बजेट सच्याएर अघि बढ्ने सहमति भएको बताउनुभयो । अध्यक्ष यादवले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकलाई व्यवहारमा कार्यान्वयन गर्ने बेला आएको बताउनुभयो । उहाँले आफ्नै देशका नागरिकलाई नागरिकता दिनबाट वञ्चित गर्ने कार्य असंवैधानिक कार्य भएको बताउनुभयो ।
gorkhapatraonline.com
4,591,280
जहिले पनि एउटै खालको रेड, गोल्डेन, ब्राउन कलरको आइस्याडो प्रयोग गर्नुभन्दा अलि फरक देखिने ब्ल्याक स्मोकी आइमेकअप गर्नु उपयुक्त हुन्छ । यो आइमेकअप सबै खालको पहिरनसँग म्याच हुन्छ र फरक पनि देखिन्छ । साडी, कुर्ता, लेहेंगा, वान पिस आदि हरेक पहिरनमा उत्तिकै सुहाउँछ । आइबेसका लागि निउडमा ब्राउन वा चकलेट कलरको आइस्याडो प्रयोग गर्ने । त्यसपछि ब्ल्याक कलरको स्मोकी मेकअप गर्ने अनिसेतो कलरको हाइलाइट प्रयोग गर्ने । ब्रो कलरको आइब्रो पेन्सिलले हल्का मोटो आइब्रो लगाउने । अहिले अलि मोटो आइब्रो फेसन छ । आँखाको सेप हेरेर आइलाइसिस लगाउने । आँखा ठूलो छ भने ठूलो र सानो छ भने सानो आइलाइसिस प्रयोग गर्ने । माथिबाट आइलाइनर लगाउने । तलको भागमा पनि आइपेन्सिल तथा गाजल लगाउने । तलको आइलाइसिसमा पनि मस्कारा लगाउने । यति भएपछि आइमेकअप सकिन्छ । त्यसपछि अरू मेकअप गर्न थाल्ने । आइलाइसेसलाई राम्रोसँग सफा गर्ने । आइमेकअप रिमुभरको प्रयोग हल्कासँग गर्ने । राम्रो ब्रान्डको प्रोडक्ट मात्र प्रयोग गर्ने । आँखालाई चम्किलो बनाउन तथा डार्क सर्कल हटाउन आलुको रस वा काँक्राको रसको लेप लगाउने । महिलाका विषयवस्तुमा प्रकाशित म्यागेजिनको संख्या न्यून रहेको अवस्थामा यसले महिलाका विभिन्न विषयलार्ई समेट्दै आफूलार्ई अग्रस्थानमा राख्न सफल भएको छ ।
narimag.com.np
4,191,205
गर्भनर महाप्रसाद अधिकारीले २०७३ सालमै नेकपा एमालेलाई पार्टीबाट आफ्नो नाम हटाउनको लागि पत्र लेखेको पाइएको छ। अधिकारीले २०७३ जेठ २५ गते एमाले केन्द्रीय कार्यालयलाई पत्र लेखेर सञ्चारमाध्यममा आफ्नो नामसँग मिल्दोजुल्दो नाम एमालेको अर्थ तथा योजना विभागको सदस्यको रूपमा मनोनयन भएको र त्यसमा आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेका थिए। सार्वजनिक भएको उनको पत्रमा आफूलाई एमालेले सो बारेमा जानकारी नदिए पनि आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र हाल त्यस्तो सदस्यता लिने मनसाय समेत नरहेकाले उक्त नाम हटाइदिन आग्रह गरेका थिए। २०७३ साल जेठमा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा महाप्रसाद अधिकारीको नाम आएपछि उनले सो पत्र लेखेका थिए। केन्द्रीय कार्यालयमा पत्र प्राप्त भएपछि त्यसको जवाफ तत्कालीन केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले पठाएका थिए। एमालेले २०७३ असार २० गते अधिकारीलाई दिएको पत्रमा, '...पार्टीको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यहरुको नाम रुजु गर्दा उक्त नाम भुलबस पर्न गएको र सो नाम अन्तिम नामावलीमा नरहेको हुँदा तपाईंको जिम्मेवारीसँग कुनै सम्बन्ध नभएको' भनिएको छ। पछिल्लो पटक एमालेको केन्द्रीय अर्थ तथा योजना विभाग सदस्यमा खोटाङ घर भएका एम. अधिकारीको नाम समावेश छ। एमालेले गत आइतबार जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि ४) मा नेता घनश्याम भुसाल प्रमुख रहेको ११ सदस्यीय सो विभागमा अधिकारी सदस्य रहेको उल्लेख छ। एम अधिकारी एमालेको केन्द्रीय विभागमा रहेको सार्वजनिक भएसँगै उक्त नामबारे चर्चा भइरहेको छ। एमालेले छद्म नाममा राष्ट्र बैंकका गभर्नर अधिकारीलाई सदस्य बनाएको भन्दै बिरोध भइरहेको छ भने संसदमा समेत सत्ता पक्षका सांसदहरुले बिरोध जनाएका छन्। एमाले नेता भुसालले भने एम अधिकारी राष्ट्र बैंकका गभर्नर नभएको स्पष्टीकरण दिएका छन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
3,377,333
मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामूहिक बलात्कार भएको घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका पाँच जनामध्ये तीन जनामाथि थप अनुसन्धान गर्न प्रहरीले १३ दिनको म्याद पाएको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये तीन जनालाई थप अनुसन्धानका लागि १३ दिन थुनामा राख्न जिल्ला अदालतले अनुमति दिएको हो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी निरीक्षक भूपेन्द्र बुढाथोकीले दुई जनालाई म्याद थपका लागि बुधबार अदालत पेस गरिने जानकारी दिए । उनका अनुसार घटनामा संलग्न रहेका चार जना आरोपी फरार रहेका छन् । स्थानीय १४ वर्षीया बालिकामाथि नगर प्रहरीका एक जवानसहित नौ जनाले सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ । बलात्कार आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँचजना पक्राउ परेका प्रहरी निरीक्षक बुढाथोकीले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा छायानाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी वसन्तबहादुर कार्की र कृषि विकास कार्यालय मुगुका कार्यालय सहयोगी वसन्त रोकाया छन् । अन्य तीनजना बालक भएकाले उनीहरूको नाम खुलाइएको छैन । ती बालिकामाथि गत असोजमा बलात्कार भएको र बालिकाको गर्भमा भ्रूण हुर्कंदै गएपछि घटना सार्वजनिक भएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक बुढाथोकीका अनुसार सुरुमा बालिका आफ्नो पेटमा रहेको बच्चा फाल्न जिल्ला अस्पताल गएका थिए । ‘चिकित्सकले सोधखोज गर्दा उनले एक युवकको नाम लिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरेको थियो । सोही युवकले अन्य छ जना समेतले बलात्कार गरेको बताएपछि प्रहरीले चार जनालाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको हो’, उनले भने । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
6,026,501
राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन् । प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले सत्ता पक्षका सांसदहरुलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको बताउँदै त्यो काम गर्न कसले रोकेको भन्दै प्रश्न गरेका हुन् । उनले भने, ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसंगति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन ? हामी नयाँ दलले रोकेको हो त ? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो ।’ उनले वर्षौदेखि संसदमा आरोप घोचपेच गर्ने थलो बनाउनुभन्दा अलि फरक ढंगले जान आफ्नो प्रस्ताव रहेको बताए । ज्ञान बाँड्ने र घोचपेच गर्ने थलो बनाउने हो भने आफ्नै दलबाट फर्किएर हेर्न उनले आग्रह गरे ।
sunaulonepal.com
3,621,233
चितवनमा एक युवाको हत्या गरेको आरोपमा पाँचजना पक्राउ परेका छन् । भरतपुर २७ निवासी २६ बर्षिय अभिनाष महतोको हत्या गरेको आरोपमा प्रहरीले सोहि स्थानका पाँच जनालाई पक्राउ गरेको हो ।
imagekhabar.com
53,890
– विद्यार्थीलाई गणित विषय गाह्रो हुन्छ भन्ने मानसिकताबाट टाढा राख्न नेपालमा पहिलो पटक गणित उद्यान (म्याथ पार्क)को सुरुआत गरिएको छ । गणितलाई प्रयोगात्मक र जीवनोपयोगी बनाउने उद्देश्यले म्याथ पार्कको सुरुआत गरिएको हो । बूढानीलकण्ठस्थित इम्पेरियल वर्ल्ड स्कुलले स्थापना गरेको म्याथ पार्कको आज उद्घाटन गरिएको छ । ‘पाई डे’ तथा अन्तर्राष्ट्रिय गणित दिवसको अवसर पारेर आयोजित कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव प्रमिलादेवी बज्राचार्यले पार्कको उद्घाटन गरिन् । म्याथ पार्कमा विद्यार्थीहरूले गणितलाई प्रयोग गरेर रमाउँदै सिक्ने अवसर प्राप्त गर्नेछन् । गणित विषय गाह्रो हुन्छ, भन्ने मानसिकताबाट विद्यार्थीलाई टाढा राख्न म्याथ पार्कको भूमिका रहने छ । साथै, शिक्षकको अनुपस्थितिमा पनि विद्यार्थीहरूले आफैँ म्याथ पार्कमा गणितका नयाँ कुरा सिक्न सक्छन् जसले कक्षा कोठाको शिक्षणमा पनि सहयोग पुग्ने छ । विज्ञान प्रविधि सचिव बज्राचार्यले नेपालमा पहिलो म्याथ पार्क निर्माणले शिक्षा क्षेत्रमा नयाँ कुरा थपिएको बताइन् । उनले विज्ञान र गणित विषयप्रति विद्यार्थीको आकर्षण कम हुने गरेको भन्दै म्याथ पार्कले विद्यार्थीलाई सहज हुने धारणा बताइन् । मन्त्रालयले स्टिम शिक्षाका सामग्री तयार पार्ने कार्य भइरहेको जानकारी दिँदै पूरा भएपछि विद्यालयलाई वितरण गरेर शिक्षकलाई यसबारे तालिम दिन तयारी गरेकोसमेत उनले जानकारी दिइन् । नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले यस्ता खालका पार्क सबै विद्यालयमा हुन आवश्यक रहेको बताइन् । अङ्ग्रेजी जानीनजानी बोल्ने गरे पनि गणित आउँदैन भन्ने र यसलाई महत्त्वका साथ नहेरिएको काठमाडौँ विश्वविद्यालय स्कुल अफ एजुकेशन, स्टिम विभागका प्रमुख विनोद पन्तले बताए । विद्यालयकी प्रिन्सिपल जुनिता शाही कार्कीले विद्यालयको गणित विभागका कारण म्याथ पार्क निर्माण गर्न सकिएको जानकारी दिइन् ।
canadanepal.com
1,348,357
त्रिवीले फागुन १४ गते निर्वाचन गर्ने गरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको रेक्टरप्रा.डा. सुधा त्रिपाठीले अन्नपूर्ण अनलाइनलाई जानकारी दिइन्। निर्वाचन कार्यतालिका अनुसार फागुन १ गते मतदाताको नाम प्रकाशित गर्ने, फागुन ४ गते उम्मेदवार मनोनयन पत्र वितरण, फागुन ५ गते बिहान ११ बजेदेखि ३ बजेसम्म प्रत्यक्ष र समानुपातिकका उम्मेदवारको नामावली दर्ता गर्ने, फागुन ५ गते साँझ पाँच बजे प्रत्यक्ष तर्फको उम्मेदवारको नामावली प्रकाशित गर्ने र फागुन ६ गते उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने उल्लेख गरिएको छ। त्रिभुवन विश्वविद्यालय स्ववियु निर्वाचन केन्द्रीय अनुगमन एवम् समन्वय समितिका अनुसार फागुन ६ गते साँझ ५ बजे उम्मेदवारको दाबी विरोध उपर छानबिन गरी अन्तिम नामवली प्रकाशित गर्ने, फागुन ८ गते दिउँसो ३ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने र ८ गते दिउँसो ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने उल्लेख गरिएको छ । तालिका अनुसार मतदान भने फागुन १४ गते हुनेछ । त्रिवीले यस अघि २०६५ मा मात्र स्ववियु निर्वाचन गराएको थियो । प्रत्येक दुई दुई वर्षमा हुने स्ववियु चुनाव आठ वर्षपछि हुन लागेकाले यसलाई महत्वका साथ हेरिएको छ ।
annapurnapost.com
5,951,739
२०८१ साउन ८ मंगलबार नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धन फराकिलो मतले विजयी हुने दावी गरेका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् । प्रवक्ता महतले निर्वाचन पछि पनि आफ्नो पार्टीको नेतृत्वमा सत्तारुढ गठबन्धनकै सरकार बन्ने समेत दोहो¥याए । मुलुकको समृद्धि, विकास र रोजागारीको आकांक्षालाई सम्बोधन हुने गरी आगामी पाँच वर्ष सरकारको नेतृत्व गर्ने आफूहरुको लक्ष्य रहेको भनाई थियो । प्रवक्ता महतले भने, ‘सत्तारुढ गठबन्धनले फराकिलो बहुमतले हामी विजयी हुनेछ । र यही गठबन्धन नेतृत्वले सरकार बनाउनेछ । हाम्रो प्रचार अभियान देशभर जारी छ । संविधानको रक्षा गर्दै अघि बढने यो गठबन्धनको लक्ष्य हो । स्थायित्व दिने हो । आगामी पाँच वर्ष सरकार चलाउने र विकासको गतिलाई तीव्रता दिने तथा जनताको समृद्धिको चाहनालाई पूरा गर्ने काम हुन्छ । हामी युवाहरुलाई स्वदेशमै राजगारी दिने गरी त्यसको अवसरको पनि आवश्यक व्यवस्था मिलाउनेछौं ।’ नेपाली काँग्रेसले नेकपा (एमाले)ले खुलेआम निर्वाचन आचारसंहिताको उलंघन गरेको आरोप लगाउँदै कारबाही गर्न पनि निर्वाचन आयोगसँग माग गरेको छ । पार्टीका प्रवक्ता महतले निर्वाचन आचारसंहिताको खिलापमा एमालेले खुलेआम प्रलोभन दिने, सामाजिक संघसंस्थाहरुको दुरुपयोग गर्ने काम गर्दा पनि निर्वाचन आयोगले कारबाही नगरेको भन्दै आक्रोश समेत व्यक्त गरे । उनले भने, ‘म निर्वाचन आयोगलाई पनि अनुरोध गर्न चाहन्छु कि जुन आचारसंहिता बनाउनु भएको छ । त्यसको हामीले अक्षरसः पालना गरेका छौं । तर जहाँ खुलेआम कुनै पनि बेला गर्न नमिल्ने संस्थाहरुको प्रयोग गरेर दुरुपयोग एमालेले गरेको जगजाहेर छ । निर्वाचन आचारसंहिताको खिलापमा प्रलोभन दिने, विभिन्न संस्थाहरुलाई दूरुपयोग गर्ने जुन प्रवृत्ति छ । त्यसलाई निर्वाचन आयोगले तत्काल निगरानी गरोस् । र, कारबाही गरोस् भनेर निर्वाचन आयोगसँग माग गर्न चाहन्छु ।’ प्रवक्ता महतले नेपाली काँग्रेसले भने निर्वाचन आचारसंहिताको अक्षरसः पालना गरिरहेको जिकीर गरे । उनले एमालेले जारी गरेको चुनावी घोषणा पत्रमा सपना मात्रै बाँडिएको दोहो¥याए ।
sunaulonepal.com
5,008,934
शनिबार दिउँसो नेपालखबरसँग कुरा गर्दै मेयर गिरीले आफ्नो नगरपालिकाले जस्तै काठमाडौंका सबै नगरपालिका कार्यालयले बाहिरबाट आएका व्यक्तिको निगरानी तथा नमुना परीक्षण गर्ने हो भने धेरै संख्यामा कोरोना संक्रमित फेला पर्ने सम्भावना रहेको बताएका हुन्। ‘अहिले धेरैलाई लागिरहेको छ- हाम्रो (चन्द्रागिरि) नगरपालिकामा मात्रै धेरै (४ जना) संक्रमित फेला परे’ मेयर गिरीले भने, ‘कुरा त्यस्तो होइन, हाम्रोमा संक्रमित अरू नगरपालिकामा भन्दा धेरै फेला परेका होइनन् कि हामीले निगरानी, सतर्कता र परीक्षणलाई तीव्र पारेकाले सुरुमै पत्ता लगाउन सफल भएका हौं।’ काठमाडौंका अन्य नगरपालिकाले पनि आफूहरूले जस्तै बाहिरबाट आएका व्यक्तिको कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षणलाई तीव्र पार्ने हो भने यहाँभन्दा धेरै संख्यामा संक्रमित फेला पर्ने उनको अनुमान छ। ‘यो लकडाउनका बीच हाम्रो नगरपालिकामा मात्रै १५ सयजति मानिस बाहिरबाट भित्रिएको अनुमान गरेका छौं,’ मेयर गिरीले भने, ‘त्यसैकारण आजबाट नगरपालिका सिल गरेर तिनको सूची तयार पार्दै परीक्षण गर्ने योजना बनाएका हाैँ।’ उनका अनुसार त्यसरी बाहिरी जिल्लाबाट भित्रिएका र स्थानीयबीच सम्पर्क भई संक्रमण झन् व्यापक बन्ने देखिएकाले आजदेखि जेठ ७ गतेसम्मका लागि कसैलाई पनि घरबाट निस्कन नपाउने गरी सिल गरिएको हाे। ‘हामीले यहाँका बासिन्दालाई तीन समूहमा विभाजन गरेका छौं,’ उनले भने, ‘पहिलो नम्बरको अति जोखिम समूहलाई प्राथमिकतामा राख्दै पीसीआर परीक्षणका लागि नमुना संकलन गर्दै प्रयोगशालमा पठाइरहेका छौं।’ उनका अनुसार चन्द्रागिरि नगरपालिकामा १५ वटा वडा छन्। ‘हिजो मेरो सबै वडाध्यक्षसँग कुरा भएको थियो, सबैले आफ्ना वडामा कम्तीमा ८० देखि सय जनासम्म बाहिरबाट मानिस आएको जानकारी दिएका छन्,’ उनले भने, ‘यसरी हेर्दा कम्तीमा १५ सय मानिस हाम्रो नगरपालिकमा भित्रिएको देखिन्छ।’ कोरोना नियन्त्रणमा चन्द्रागिरिका जनप्रतिनिधि व्यापक रूपमा खटिरहेको उनले जानकारी दिए ।
nepalkhabar.com
3,189,861
नेकपा (एकिकृत समाजवादी)ले मन्त्रीमा गरेको हेरफेरमा महिलाको नाम नपरेकोमा पार्टीको भातृ संगठन अनेमसंघ (समावजादी)ले आपत्ती जनाएको छ । पार्टीको आइतबार बसेको सचिवालय बैठकले यसअघि सरकारमा रहेका ५ नेतालाई फिर्ता बोलाएर मन्त्री बनाउन ५ नेताको नाम प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेलले आफूले सरकारमा सहभागी गराउन ५ नेताको नाम प्रधानमन्त्री देउवालाई बुझाएको बताए । आइतबार बुझाइएको मन्त्रीमा भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या मन्त्री, जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा केसी स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बन्नेछन् । पाँच जना मन्त्री सिफारीस गर्दा एक जनाको पनि नाम समावेश नगरेकोमा अनेमसंघको असन्तुष्टि व्यत्ति गरेको छ । ‘आज बसेको पार्टीको सचिवालय बैठकले मन्त्रीमा हरेर फेर गर्ने निर्णय गरेर सोको नाम प्रधानमन्त्री कार्यालयमा बुझाएको समाचार आयो सिफरिस भएको नाममा एक जना पनि महिला नपर्दा हामीलाई दुःख रालेको छ ।’ संघ उपाध्यक्ष सावित्रा भूसाले भनिन्, ‘पार्टीले यसमा पुनरबिचार गर्छ भन्ने लागेको छ ।’ नेकपा (एकीकृत समाजवादी)ले गएको राष्ट्रियसभा निर्वाचनमा ८० प्रतिशत महिला निर्वाचित गरेकोमा अहिले मन्त्रीमा एक जना महिलाको पनि नाम सिफारीस नगरेकोमा दुःख लागेको अर्का पदाधिकारीले नाम उल्लेख नगर्ने शर्तमा भनिन् । यसअघि एकीकृत समाजवादीबाट स्वास्थ्यमा विरोध खतिवडा, पर्यटनमा प्रेमबहादुर आले, सहरी विकासमा रामकुमारी झाँक्री, श्रममा कृष्णकुमार श्रेष्ठ मन्त्री थिए । स्वास्थ्य राज्यमन्त्रीमा भवानी खापुङ थिए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
908,392
भारतीय पक्षबाट दसजगामा नदीको बहाव थुनेर तटबन्ध बनाएपछि बढेको तनावलगायत समस्या समाधान गर्न कूटनीतिक पहल गरिने भएको छ । परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार सप्तरीको तिलाठी घटना स्थानीय स्तरमा साम्य पारिए पनि दीर्घकालीलन समाधानको पहल गरिनेछ । 'हामी पनि जानकार छौं । स्थानीय स्तरबाट समाधान भएको छ । तर, त्यसको विभिन्न उच्चसंयन्त्रमा छलफल हुनेछ,' परराष्ट्रको दक्षिण एसिया महाशाखा हेर्ने प्रकाश सुवेदीले कान्तिपुरसंग भने । दशगजा क्षेत्रलाई अन्तराष्ट्रिय मापदण्ड अनुरुप राखेर अघि बढाउने अवस्था छ । पूर्व परराष्ट्र सचिव मधुरमण आचार्यले यस्ता विषयलाई 'बोर्डर फ्रेमवर्क' मा राखेर माथिल्लो स्तरमा छलफल गर्दै टुंगो लगाउनुपर्ने बताए । 'हुन त स्थानिय तहदेखि नै संयन्त्रहरु छन ति सबैले त्यही स्तरबाट काम गरेर यस्तो समस्या आउन दिन भएन,' उनले भने, 'सीमामा बस्नेहरु छिमेकीजस्तै हुन् । उनीहरुको सदभाव खलवलिन दिनु हुदैन । यसलाई कूटनीतिक तवरमै रहेर समाधान गर्नुपर्छ । सानो विषयले कहिलेकाही उग्र रुप लिनसक्छ बेलैमा त्यसलाई समाधान गर्नुपर्छ ।' अर्का पूर्व राजदूत हिरण्यलाल श्रेष्ठले भारतको एकतर्फि हेपाह मानसिकतामा परिवरर्तन आउनपर्ने त्यो विषय सरकारको उच्च तहले स्थानियस्तरमा जानकारी गराउन आवश्यक रहेको बताए । उनले भने, 'दशगजा भनेको दशगजा हो । यो क्षेत्रमा मात्र होइन, सपासमा समेत पुर्वाधार बनाउन दुईपक्षीय सहमति हुनुपर्ने अन्तराष्ट्रिय प्रावधान छ ।' उनले भारतले पुर्वाधारका नाममा बाध बनाएर अन्य धेरै क्षेत्र डुवाइरहेको अवस्थामा सरकारले कुनै प्रतिक्रिया नजनाएको बताए । 'त्यहाँ स्थानीय स्तरको प्रतिरोधपछि घटना बाहिर आएको हो । अन्य स्थानमा पनि यस्तो समस्या छ,' उनले भने । चीनका लागि पूर्वराजदूत डा. महेशकुमार मास्केले पनि यस्ता समस्याको दिगो समाधान दुवैतर्फबाट खोजिनुपर्ने र दुवै मुलुकका प्रशासनले आपसी सल्लह गरेर सल्टाउनपर्ने बताए । 'बर्खामा देखिने यो समस्या बुझेर अर्को वर्खा अगावै टुंगोमा पुग्नुपर्छ । अन्तराष्ट्रिय नियम र परिधि छन्, तिनको पालना हुनुपर्छ । यो वा त्यो भन्नुभन्दा पनि अभ्यास र नियम कानुन प्रमुख हुन्,' उनले भने ।
ekantipur.com
1,140,304
प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे बैठक शुरु हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले थारु आयोगको चौंथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आ.व. २०७९/८० को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनको सम्बन्धमा वक्तव्य दिनेछन् भने सभामुख देवराज घिमिरेले शोक प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
makalukhabar.com
2,439,605
विदेशमा चार्टर एकाउन्ट (सीए) पढेका विद्यार्थीहरू नेपालमा समकक्षता (ईक्यूभ्यालेन्ट) पाउनबाट वञ्चित हुँदै आएका छन् । भारत लगायतका विभिन्न देशमा सीए पढेर आएका विद्यार्थी त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिँदा समस्यामा परेका छन् । केही वर्ष अगाडिसम्म त्रिभुवन विश्वविद्यालयले उक्त कोर्स पढेर आएका विद्यार्थीलाई समकक्षता दिने गरेको थियो । तर, सन् २०१९ देखि रोकेको थियो । त्यसअघिसम्म विदेशमा पढेर आएका विद्यार्थीहरुले समकक्षता पाउँदै आएका थिए । त्रिभुवन विश्वविद्यालयले समकक्षता नदिएपछि प्रज्वलध्वज थापाले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले उनको पक्षमा फैसला गर्दै समकक्षता दिन त्रिभुवन विश्वविद्यालयलाई आदेश दिएको थियो । उच्च अदालत पाटनले २०७९ मंसिर १३ गते समकक्षता नदिनुलाई गैरकानुनी, भेदभावपूर्ण, परस्पर विरोधाभासपूर्ण एवम् स्वेच्छाचारी ठहर गर्दै प्रक्रिया पूरा गरेर समकक्षता दिन परमादेश जारी गरेको थियो । २०८० मंसिर १७ मा अदालतबाट फैसला प्रमाणीकरण भएपछि गत मंसिर १९ मा अदालतको आदेश बमोजिम समकक्षता माग गर्दै थापाले त्रिवि पाठ्यक्रम विकास केन्द्रमा निवेदन दिएका थिए । तर, केन्द्रले समकक्षता दिन आलटाल गरेको भन्दै उनले प्रधानमन्त्री कार्यालयमा समेत निवेदन दिएका थिए । प्रधानमन्त्री कार्यालयले तत्काल समकक्षता जारी गर्ने प्रबन्ध मिलाउन निर्देशन दिएको थियो । त्रिभुवन विश्वविद्यालयमा व्यापक छलफलपछि पदाधिकारीहरुले समकक्षता नदिने बरु मान्यता दिने निर्णय गरेका थिए । सोही अनुसार फागुन ३ मा त्रिभुवन विश्वविद्यालयले थापालाई ‘तपाईलाई मान्यता स्वरुप यो प्रमाणपत्र दिइएको’ भनेर पत्र दिएको थियो । थापाले आफूलाई मान्यता नभइ समकक्षता चाहिएको भन्दै मान्यतापत्र लिन मानेनन् । उनले अदालतमा पुनः अवहेलनाको मुद्दा दायर गर्ने चेतावनी दिएपछि फागुन ३ कै मिति राखेर फागुन ६ मा समकक्षता दिइएको थियो । सीए थापाले त्रिविबाट समकक्षता पाउन निकै दुःख गर्नुपरेको बताए । त्रिभुवन विश्वविद्यालयले सन् २०१९ अगाडिसम्म विदेशमा सीए पढेर आएका विद्यार्थीहरुलाई समकक्षता दिँदै आएको थियो । तर, पछि सीए एकेडेमिक कोर्स नभइ प्रोफेसनल कोर्स भएकाले समकक्षता दिन नमिल्ने त्रिवि पाठ्य विकास केन्द्रले जनाएको छ । सोही आधारमा सीएलाई समकक्षता दिन बन्द गरेको केन्द्रका कार्यकारी निर्देशक प्राडा पारसनाथ यादवले बताए । सीए पढेर आएका विद्यार्थीहरु समकक्षताका लागि आन्दोलनसमेत गर्दै आएका छन् । केन्द्रका निर्देशक प्राडा यादवले प्रोफेसनल कोर्सलाई समकक्षता दिन नमिल्ने बताए । त्रिविको विधान तथा रातो कितावमा प्रोफेसनल कोर्स नभइ एकेडेमिक कोर्सलाई मात्रै समकक्षता दिने निर्णय भएको भन्दै सीएलाई दिन नसकिने उनको भनाइ छ । विगतका निर्देशकहरुले गल्ती गरेको भन्दै अब विगतमा बाँडिएका समकक्षता समेत त्रिविले फिर्ता ल्याउनुपर्ने उनले बताए । सीए पढेर आएर समकक्षता लागि निवेदन दिएका धेरै विद्यार्थीले समक्षता पाउन सकेका छैनन् । त्रिविले शिक्षा उपाधिको मान्यता तथा समकक्षता निर्धारण कार्यविधि २०७८ अनुसार समकक्षता प्रदान गर्दै आएको छ । कार्यविधिको परिच्छेद ८ (ङ) मा समकक्षता तथा मान्यता प्रदान नगर्ने अवस्थामा भनेर ‘क्रेडिट स्थानान्तरण गरी उपाधि लिएको ५० प्रतिशत बढी क्रेडिट स्थानान्तरण गरी उपाधि लिएको भएमा’ भनिएको छ । तर, त्रिविले आफैँले ६१ प्रतिशत क्रेडिट स्थानान्तरण गरी १ वर्षमै एमकम (एफ एण्ड टी) उत्तीर्ण गरेकाहरुलाई समक्षता दिने गरेको छ । ५ माघ २०७९ मा त्रिवि आफैँले मान्यता नै नदिएको र समकक्षता नै निर्धारण नदिएको र समकक्षता नै निर्धारण नभएको  को & पढेका विशाल कुमार महतोलाई त्रिविले १ भनी समकक्षता प्रदान गरेको थियो । उक्त विषय समेत अदालतमा प्रवेश गरेको थियो । स्वीकृत अध्ययन केन्द्रमा भर्ना भएका र स्वीकृत अध्ययन केन्द्रको सिफारिस पत्र भएको तथा क्रेडिट ट्रान्सफर नै नगरी पूरा कोर्स पढेका थापालाई भने समकक्षता दिएको थिएन । पछि उनी अदालत गएर अदालतको आदेशपछि समकक्षता पाएका थिए । केन्द्रले भने विगतमा दिइएको समकक्षता फिर्ता लिनुपर्ने बताएको छ । कार्यकारी निर्देशक यादवले विगतमा कानुन विपरीत गएर प्रोफेसन कोर्सलाई समेत समकक्षता दिएको पाइएको बताए । ‘त्रिविको रातो कितावमा एकेडेमिक कोर्सलाई मात्रै समकक्षता दिने भनिएको छ । सीए भनेको प्रोफेसन कोर्स हो । त्यसमा दिन मिल्दैन । विगतमा दिइएको रहेछ । त्रिविले त्यो फिर्ता लिनुपर्छ,’ कार्यकारी निर्देशक यादवले भने । त्रिविले आफ्नै रातो कितावमा राखिएको विषय विपरीत प्रोफेसन कोर्सलाई समकक्षता दिन नमिल्ने उनको भनाइ छ । त्यही आधारमा विगतमा सीएलाई समकक्षता दिने गरेको र अब दिइएकाहरूलाई समेत फिर्ता गर्नुपर्ने बताए । त्रिविले नै निर्णय गरेर उनीहरूलाई दिइएको समकक्षता फिर्ता लिनुपर्ने, होइन भने रातो किताब नै सच्याउनुपर्ने उनको धारणा थियो । धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।
ratopati.com
621,529
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा प्रत्यक्षभन्दा समानुपातिक उम्मेदवारका आकांक्षी धेरै देखिएका छन् । समानुपातिकतर्फका आकांक्षी धेरै देखिएपछि यहाँका राजनीतिक दलले आकांक्षी सबैको नाम केन्द्रमा सिफारिस गरेका हुन् ।नेपाली काँग्रेसको गत असोज १६ र १७ गते सदरमुकाममा बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ सिँचाइ राज्यमन्त्री तथा जिल्ला पार्टी सभापति अमरसिं पुनको नाम सिफारिस गरेको छ ।यसैगरी प्रतिनिधिसभाको समानुपातिकतर्फ क्षेत्र नं १ बाट माधवप्रसाद आचार्य, नारायणप्रसाद सुवेदी, मिश्री हमाल, रेगबहादुर सुवेदी, सिमबहादुर विष्ट, दलसिं कामी, हरिबहादुर राना र कविता उपाध्यायको नाम सिफारिस गरेको छ । यसैगरी क्षेत्र नं २ बाट पूर्व सहायक मन्त्री भीमकुमारी बुढाको नाम प्रतिनिधिसभाका लागि समानुपातिकबाट सिफारिस भएको छ ।प्रदेशसभामा क्षेत्र नं १ बाट पार्टी जिल्ला सचिव शेरबहादुर महराको नाम सिफारिस गरिएको छ भने सोही क्षेत्रबाट समानुपातिकतर्फ पूर्व सांसद लेखनाथ आचार्य, विद्यार्थी नेता मनोजमणि आचार्य, तीजा विष्ट, श्रीकुमारी रोका, मनिकला राना, पुष्पा श्रेष्ठ, पदम विष्ट र देवा आचार्यको नाम सिफारिस भएको छ ।यसैगरी क्षेत्र नंं २ बाट प्रदेशसभाका लागि प्रत्यक्षतर्फ खटकबहादुर खत्री, खगेन्द्र हमाल र दीपक श्रेष्ठको नाम सिफारिस भएकोे छ । सो निर्वाचन क्षेत्रबाट समानुपातिकतर्फ प्रदेशसभाका लागि झक्कुप्रसाद घर्ती, बमबहादुर रोका, मोहन परियार, धनबहादुर रसायली, टीका थापा, शंकबहादुर छन्त्याल र टेकबहादुर बस्नेतको नाम सिफारिस भएको काँग्रेसले जनाएको छ ।यसैगरी नेकपा एमालेको असोज १९ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ पोलिटब्यूरो सदस्य गोकुलप्रसाद घर्तीको नाम सर्वसम्मत सिफारिस गरेको छ ।प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ कुमार दशौदीको नाम सिफारिस गरेको सो पार्टीले प्रदेशसभातर्फ क्षेत्र नं १ बाट पर्शुराम घर्ती र क्षेत्र नं २ बाट जिल्ला पार्टी अध्यक्ष हरिप्रसाद घर्तीको नाम सिफारिस गरेको छ । प्रदेशसभाका लागि भने समानुपातिकतर्फ सो पार्टीले पृथ्वीप्रसाद रोका, नेपबहादुर डाँगी, मनसिं डाँगी र राजकुमार कक्षपतिको नाम सिफारिस गरेको छ ।नेकपा (माओवादी) केन्द्रको असोज १५ गते बसेको बैठकले प्रतिनिधिसभाका लागि पार्टीका ५ नं प्रदेश इञ्चार्ज एवं पूर्व अर्थमन्त्री वर्षमान पुनको नाम सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फ सभामुख ओनसरी घर्ती र महिला नेत्री जयपुरी घर्तीको नाम सिफारिस गरेको छ ।प्रदेशसभाका लागि क्षेत्र नं १ को प्रत्यक्षतर्फ जोखबहादुर महरा र कुलप्रसाद केसीको नाम सिफारिस गरेको छ भने समानुपातिकतर्फ चन्द्रबहादुर बुढा, मीना बुढामगर, पवनकुमार कवर, ओमबहादुर पुन, सीता आचार्य, राजकुमार कवर र इन्द्रबहादुर रोकाको नाम सिफारिस गरेको छ ।यसैगरी क्षेत्र नंं २ बाट प्रत्यक्षमा दीपेन्द्र पुनको नाम सर्वसम्मत सिफारिस गरेको सो पार्टीले समानुपातिकतर्फ सुरेन्द्र घर्ती, टोपबहादुर डाँगी, कर्मलाल परियार, रामधन पुन, हरिसरा घर्ती, भक्तबहादुर वली र काशीराम बुढामगरको नाम सिफारिस गरेको छ ।जिल्लामा अन्य राजनीतिक दलले समेत धमाधम उम्मेदवार छनोट गरी केन्द्रमा सिफारिस गरिरहेका छन् । एमाले र माओवादी केन्द्रबीच प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि तालमेल गरेलगत्तै पार्टी एकतासमेत गर्ने निर्णयले जिल्लामा उम्मेदवार सिफारिसमा केही अन्योल देखिए पनि पनि दुवै पार्टीबाट आएका नाम हाल जस्ताको तस्तै सिफारिस गरिएको ती पार्टीले बताएका छन् ।निर्वाचनमा अत्यधिक मात्रामा पैसा खर्च हुने तथा प्रत्यक्षतर्फ जितको समेत सुनिश्चितता नभएकाले समानुपातिकतर्फ धेरैको अकांक्षा बढेको बताइएको छ ।
lokpath.com
2,715,735
जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा आज आयोजित पत्रकार सम्मेलनमार्फत इमो तथा भाइबर कलमार्फत ठगी गर्ने दुई महिलासहित नौ जनालाई सार्वजनिक गरेको हो । रु २५ लाख चिट्ठा पर्यो तपार्इंका परिवारलाई सुन तथा नगद पठाएको छु भन्दै विभिन्न जिल्लाका ८८ जनासँग रु एक करोड ३९ लाख ठगी गर्ने छुट्टाछुट्टै तीनवटा समूहलाई रु दुई लाख एक हजार नगदसहित पक्राउ गरिएको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक अशोक सिंहले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेहरुमा निस्दी गाउँपालिका–७ ज्यामिरे पाल्पाका यामबहादुर मगर, नेत्रवती गाउँपालिकाका ठाकुर गुरुङ, २८ वर्षीय गणेश गुरुङ, मनोज तामाङ, खनियाबास गाउँपालिकाका टेकबहादुर तामाङ, जेनिस तामाङ, महोत्तरी जलेस्वर नगरपालिकाका संगीता मिश्र, महोत्तरीकै मनर नगरपालिकाकी कामनी तिवारी र योगेन्द्र तिवारी पक्राउ परेका हुन् । प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय कास्कीको संयुक्त टोलीको लामो समयको सक्रियतामा पक्राउ परेको उनीहरुलाई ठगी मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको सो अवसरमा प्रहरी उपरीक्षक सिंहले बताए ।
ratopati.com
1,733,442
भीरको बाटो हिँड्नुपर्दा विद्यालय पुग्न पनि सास्ती थियो। प्रशासनिक कामले वडा कार्यालय जानुभन्दा सदरमुकाम पुग्न सहज थियो। उक्त भीर काटेर अहिले टोलटोलमा सडक पुगेको छ। बागलुङ नगरपालिका–११ को रायडाँडामा अहिले टोलटोलमै गाडी चढेर पुग्न सकिने भएको हो। जोखिम क्षेत्र भएकाले विशेष क्षेत्रमा सूचीकृत गरेर लगानी बढाउँदा रायडाँडाले विकासको गति लिएको हो। विशेष क्षेत्रलाई लगानीमा प्राथमिकता दिने सरकारी नीति र वडाको निरन्तर प्रयासपछि भीर फोडेर २० किमीभन्दा धेरै सडक सञ्जाल बनेको छ। त्यसमध्ये ११ किमी लामो पूर्व–पश्चिम फैलिएको वडा गौरवको सडक बनेको हो। त्यसबाहेक चारवटा छोटा सडक बनेपछि सबै टोलमा जिप चढेर पुग्न सकिने भएको छ। सदरमुकामसम्म पुग्ने सडकको ट्रयाकमात्रै खुलेको रायडाँडामा अब भने सबै टोलमा गाडी चढेर जान सकिने भएको हो। बिरामी पर्दा समयमा उपचार गर्न नपाउने बाध्यता अहिले हटेको स्थानीयवासीले बताए। रामतोला, आफ्रे र सल्यानवासी चार घण्टा लगाएर सामान्य काममा वडा पुग्ने बाध्यता अहिले हटेको हो। रायडाँडामा गर्भवती, सुत्केरी र बुढापाकालाई डोकोमा बोकिएर स्वास्थ्यचौकी पुर्‍याउनुपर्ने बाध्यताको अन्त्य भएको छ। भौगोलिक जटिलताका कारण वडाका ६० प्रतिशत घरका मानिस सदरमुकाममा डेरा लिन्थे। गाडी चढेर दुई–तीन घण्टासम्म पैदलयात्रा गर्नुपर्थ्यो। तर अहिले गाउँ पुग्ने सडक स्तरीय भएको छ। सदरमुकामबाट झण्डै ३० किमी दूरीको आफ्रे र सल्यानसम्म गाडी चढेर पुग्न सकिने भएको हो। मुख्य सडकमात्र नभई वडाका सबै टोलटोलमा बाटो पुगेको छ। जटिल भूगोल चिरेर गौरवको आयोजनाअन्तर्गत वडाभित्रै ११ किमी लामो छुट्टै सडक बनेको हो। यो सडकले तत्कालीन रायडाँडा गाविसको वडा नं १ देखि ९ सम्मका सबै बस्ती जोड्छ । सडक सञ्जाल सबै टोलमा पुगेपछि उपचारमा निस्कनेदेखि विद्यार्थी र शिक्षकले पनि सहज यात्रा गर्न पाएको बताए। किसानले फलाएका उत्पादन बजार पठाउन पनि सकेकोमा खुशी भएका छन् ।
nepalviews.com
4,942,222
पछिल्लो २४ घण्टामा थप ५७६३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको भोजपुर । सरकारले गठन गरेको भूमि सम्बन्धी समस्या समाधान आयोगले भोजपुरका सबै स्थानीय तहमा काम उदयपुर । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरले उदयपुरमा ६ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला इलाम । वैदेशिक रोजगारीकालागि विदेश पुगेर फर्र्किएका इलामको माई नगरपालिका–१० का धनपति दुलाल अहिले गाउँमौ काठमाडौं । चालू आर्थिक वर्षको नौ महिनामा ३ अर्ब ६ करोड मूल्य बराबरको चिया निर्यात खोटाङ । कोरोनाभाईरस संक्रमणका कारण खोटाङका एक युवाको मृत्यु भएको छ । जिल्ला सहकारी संघ भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले गाई काटेको अभियोेग एक जनालाई पक्राउ गरेको छ । दमक । नेपालले भारतीय नागरिकलाई काँकरभिट्टा नाका प्रवेशमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमण खोटाङ । बैशाख १३, खोटाङको त्रि–धार्मिकस्थल हलेसीलाई १५ दिन बन्द गर्ने निर्णय गरिएको छ । धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ सिमसुवामा भएको मोटरसाइकल दुर्घटनामा परी घाइते भएकी धनकुटा नगरपालिका–३ कागतेकी राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
5,643,207
’ बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका मध्यवर्ती क्षेत्रमा हरेक वर्ष जंगली हात्तीले जनधनको क्षति गरेर धेरै दुःख दिइरहेको छ । कहिलेकाहीँ चितुवा र बँदेल लगायतका अन्य वन्यजन्तुहरुले पनि दुख दिइरहेका हुन्छन् । तर अब पाटे बाघको संख्या बढेसँगै बाघको आक्रमणबाट पनि मानवीय क्षति हुन थालेपछि बाघको आतंक पनि बढ्न थालेको छ । पछिल्लो समय बर्दियामा जंगली हात्ती र पाटे बाघबाट सबैभन्दा बढी खतरा हुने क्रम बढ्दो छ । बर्दिया राष्ट्रिय निकुञ्ज भित्रबाट बाहिर निस्किएका जंगली हात्तीले मानवीय क्षति गर्ने, घरगोठ भत्काउने र अन्नबालीमा नोक्सानी पुर्‍याउने काम बर्सेनि गरिरहेका छन् । बर्दिया निकुञ्जका वन्यजन्तुमध्ये सबैभन्दा धेरै जंगली हात्तीको आक्रमणबाट मानवीय क्षति भएको निकुञ्जसँग तथ्याङ्क छ । जंगली हात्तीबाट २०५६ सालपछि झण्डै २० वर्षको अवधिमा ३७ जनाले ज्यान गुमाएका छन् । झण्डै एक सयको हाराहारीमा जंगली हात्ती रहेको बर्दिया निकुञ्जमा जंगली हात्तीकै कारण मानव र वन्यजन्तुबीचको द्वन्द्व बढेको छ । तर अब मानवीय क्षति गर्ने जंगली हात्ती मात्रै भएनन्, पाटे बाघले पनि मानवीय क्षति गर्न थालेका छन् । एकसिँगे गैँडाको आक्रमणबाट २०५६ देखि २०६८ सम्म १८ वर्षमा ५ जनाले ज्यान गुमाएका छन् । २०५८-०५९ सालमा पाटे बाघको आक्रमणबाटबाट ४ जनाको ज्यान गएको तथ्यांक छ । २०७१ सम्म चितुवा र बँदेलबाट ४ जनाले ज्यान गुमाएको बर्दिया निकुञ्जले जनाएको छ । झण्डै १७ वर्षपछि बर्दिया निकुञ्जका पाटे बाघको आक्रमणबाट मानवीय क्षति भयो । पछिल्लो ९ महिनाको अवधिमै पाटे बाघको आक्रमणबाट ६ जनाको ज्यान गयो । जंगली हात्तीजस्तै अब पाटे बाघबाट पनि गाउँमा त्रास फैलिन थाल्याे। २०७६ भाद्र पहिलोसाता बिहीबार बर्दिया निकुञ्ज भित्रबाट आएको पाटे बाघको आक्रमणबाट बर्दिया गेरुवा गाउँपालिका ४ दङ्गपुरकी ५६ वर्षीय रामकली शाहीको ज्यान गयो । त्यसको चार दिनपछि आइतबार बिहानै बर्दियाकाे ठाकुरबाबा नगरपालिका १ भुरिगाउँको खानेपानी ट्याङ्की नजिक ७० वर्षीय वृद्ध पहरिया थारुको पाटे बाघको आक्रमणबाट ज्यान गयो । एक महिनापछि असोज दोस्रो साता बर्दिया बाँसगढी नगरपालिका २ को भगवती सामुदायिक वनमा पाटे बाघको आक्रमणबाट बाँसगढी नगरपालिका-२, राँझाकी ४० वर्षीय गंगा सलामी मगरको ज्यान गयो । बाँसगढीकै एक महिलालाई पाटे बाघले गम्भीर घाइते बनायो । कार्तिक १९ गते बर्दिया राष्ट्रिय निकुञ्ज भित्र पाटे बाघको आक्रमणबाट निकुञ्जभित्रै गैँडा मचान नजिक निकुञ्जका माहुते कर्मचारी ठाकुरबाबा नगरपालिका ७ मोहनपुर गाउँका ४५ वर्षीय मंग्रु थारुको ज्यान गयो । बर्दिया निकुञ्जमा पालेको हात्तीलाई चराउन निकुञ्जभित्र जंगल गएका बेला पाटे बाघले आक्रमण गर्दा घटनास्थलमै ज्यान गएको थियो । गएको वर्ष माघ मसान्तदेखि अहिलेसम्म ९ महिनाको अवधीमा बर्दियामा पाटे बाघको आक्रमणमा परि ६ जनाको ज्यान गएको छ । यसअघि गएको माघ २१ गते बढैयाताल गाउँपालिकाको मैनापोखर सामुदायिक वनमा नेपाल तथा भारतीय जंगलबाट निस्किएको पाटे बाघको आक्रमणबाट बढैयाताल २ का ७१ वर्षीय चन्द्र बहादुर शाहीको ज्यान गयो, राजापुर क्षेत्रमा भारतीय जंगलबाट आएको पाटे बाघको आक्रमणबाट राजापुर नगरपालिका ७ का धर्मेन्द्र यादवको जनाको ज्यान गएको थियो । बर्दिया निकुञ्ज भित्रबाट बाहिर आएर पाटे बाघले आक्रमण गरेर ज्यान लिन थालेपछि निकुञ्जको मध्यवर्ती क्षेत्र र सामुदायिक वन आसपासका स्थानिवासी त्रसित बनेका छन् । बर्दिया निकुञ्ज भित्रबाट भुरिगाउँमा आएर मान्छे मार्ने पाटे बाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको थियो । अन्दाजी १५ वर्षको पोथी पाटे बाघलाई निकुञ्जको प्राविधिक टोलीले डार्टगन (लठ्याउने सुई) मार्फत बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिएको हो । तर त्याे बाघ वृद्ध र अशक्त भएर निकुञ्ज बाहिर आएर मान्छेलाई आक्रमण गरेको निकुञ्जले जनायो । नियन्त्रणमा लिएको भोलिपल्टै उपचारकै क्रममा त्याे बाघको मृत्यु भयो । यस्तै गेरुवा गाउँपालिका ४ मा एक महिलालाई मार्ने पाटे बाघलाई पनि नियन्त्रणमा लिने प्रयास भइरहेको निकुञ्जले छ । ‘घटना भएदेखि निकुञ्जको प्राविधिक टोली गेरुवा तटीय क्षेत्रमै खटिएको छ । बाँसगढी क्षेत्रमा पनि मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको छ’, बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भन्नुभयो । बडा दशैँका दिन त्याे बाघ निकुञ्जले थापेको क्यामेरा ट्रयापिङमा पर्‍यो । तर अझैसम्म पनि नियन्त्रणमा लिन भने सकिएको छैन । ‘बर्दियामा मानव–वन्यजन्तु द्धन्द्ध बढदो छ, न्यूनतम सञ्चालन खर्च (तेल, गाडी मर्मत आदि) को समेत अत्याधिक अभावका बावजुद बडा दशैँ बिर्सेर निकुञ्ज अहोरात्र खटिरहेका छ, तर भजाएर खाने खानेहरु बेपत्ता छन् र जनता तिनैको औचित्य माथि प्रश्न गर्दैछन् ’ भन्ने स्टाटस सामाजिक सञ्जाल फेसबुकमा बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले राख्नुभयो । प्रमुख संरक्षण अधिकृत बरालले सामाजिक सञ्जाल फेसबुक मार्फत निकुञ्जको टोली मानव र वन्यजन्तु घटाउन दिनरात खटिएको तर अतिरिक्त सुविधा नपाएको शन्देश दिने खालको क्यामरा ट्रयापिङमा परेको बाघको तस्विर राखेर फेरि लेख्नुभयाे, ‘बर्दिया निकुञ्जमा गएको हप्ता मानिसलाई आक्रमण गरेको बाघ क्यामरा ट्रयापमा । देश दशैँ जस्तै ठूला चाडपर्वमा रमाइरहँदा बर्दिया निकुञ्जको टोली फिल्डमा काममै व्यस्त छ । यसबाट सिँहदरबारमा बसेर १० देखि ४ बजेसम्म काम गर्नेलाई अतिरिक्त भत्ता दिने, तर चौबिसै घण्टा ज्यान जोखिममा राखेर फिल्डमा काम गर्नेलाई बेवास्ता गर्नेहरुको चेत खुलोस्, दशैँको सबैमा शुभकामना ।’ यी हरफले वास्तवमा निकुञ्जमा खटिने कर्मचारीहरु मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्न नदिन लागिपरेका तर अतिरिक्त सुविधाबाट वञ्चित छन् भन्ने झल्काउँछन् । ‘मानिस र वन्यजन्तुबीचको द्वन्द्व कम गर्न हामीले निकै प्रयास गरिरहेका छौँ, तर कहिलेकाहीँ यस्ता घटना भइरहेका छन्’, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले भन्नुभयो, ‘मानिस र वन्यजन्तुलाई आ-आफ्नै क्षेत्रमा मात्रै सीमित राख्न सकेमा यो समस्या कम हुन सक्छ । तर, निकुन्जभित्र मध्यवर्ती क्षेत्रमा मानव बस्ती धेरै छ, जंगल नजिकका गाउँमा पनि त्यस्तो खतरा रहन्छ ।’ उहाँका अनुसार जंगली जनावर आवतजावत गर्ने क्षेत्रमा यो द्वन्द्वको खतरा अझै बढ्न सक्छ । गएकाे भदाै दोस्रो साता बर्दिया निकुञ्जबाट बाटो बिराएर बाहिर निस्किएर गाउँ पसेको गैँडाको आक्रमणबाट बारबर्दिया नगरपालिकाको कुसुम्बाघाट झोलुङे पुल नजिक तीन जना घाइते भएका थिए ।
ujyaaloonline.com
3,404,044
जनकपुर–जयनगर जोड्ने रेल सेवा सञ्चालनका लागि जनशक्ति र प्रविधि उपलब्ध गराउन नेपाल रेलवे कम्पनी र भारतीय कम्पनी कोन्कणबीच सेवा सम्झौता (सर्भिस कन्ट्याक्ट) भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले असारभित्र नै जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्ने गृहकार्य स्वरूप भारत सरकारको मातहतमा रहेको भारतीय रेलवे कम्पनी कोन्कणबीच सम्झौता भएको जानकारी दिनुभयो । सो रेल सेवा असारभित्रमा नै सञ्चालनमा ल्याउने गरी तयारी सुरु गरिएको बताउँदै उहाँले रेल सञ्चालनका लागि अहिले जनशक्ति नेपालमा उपलब्ध हुन नसकेकोले रेल चालक (लोको पाइलट) सहित २६ जना जनशक्ति उपलब्ध गराउन भारतीय कम्पनीसँग सम्झौता गरिएको बताउनुभयो । सम्झौताअनुसारको भारतीय जनशक्ति नेपाल आई जनकपुरमा नेपाली रेलवे कर्मचारीहरूलाई तालिम दिइरहेको छ । नेपाल रेलवे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुर–जयनगर रेल सेवा सञ्चालन गर्न आवश्यक जनशक्ति, प्रविधि र उपकरण उपलब्ध गराउने, मेसिन, ट्र्याक मर्मतलगायतका काम गर्ने तथा नेपाली रेलवे कर्मचारीलाई तालिम दिनका लागि नेपाल रेलवे कम्पनी र कोन्कणबीच एक वर्षका लागि सर्भिस कन्ट्याक्ट भएको जानकारी दिनुभयो । सम्झौताअनुसार भारतीय कर्मचारीको तलब–भत्ता, दुवै रेलको सर्भिसिङ र मर्मत, रेलवे ट्र्याकको मर्मत, नेपाली कर्मचारीलाई प्रशिक्षण भारतीय पक्षले दिने छन् । त्यसैगरी रेल सञ्चालनका लागि सुरुको एक महिनाको डिजेल भारतीय पक्षले नै दिने र त्यसपछि नेपाल रेल कम्पनीले आफैँ खरिद गर्ने छ ।, यो समाचार आजको दैनिकमा छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
4,438,684
जनता समाजवादी पार्टी (जसपा)ले तत्काल सरकारमा नजाने निर्णय गरेको छ । पार्टीले सरकारमा जाने या नजाने विषय राजनीतिक समितिको बैठकपछि मात्र टुंगो लगाउने जानकारी दिएको छ। पुस १८ र १९ गते बस्ने राजनीतिक समितिको बैठकले जसपा सरकारमा सहभागी हुने या नहुने विषय तय गर्ने बताइएको छ । त्यसवेलासम्म पार्टीको संसदीय दलको नेता चयनको प्रक्रिया पनि टुंगो लाग्ने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताए ।
nayanepalnews.com
4,482,041
हालसम्मकै सबैभन्दा धैरै ८ जनाको कोभिड १९ संक्रका कारण निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ८ जनाको मृत्यु भएको पुष्टि गरेको हो। मन्त्रालयका प्रवक्ता डा जागेशवर गौतमले काठमाडौं टेकुकी ७८ वर्षीया महिलाको साउन २८ गते निधन भएको बताए। उनको किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको हो। धादिङको निलकण्ठ नगरपालिकाका ३२ वर्षका पुरुषको साउन २७ गते ह्याम्स अस्पतालमा निधन भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनकपुरका दुई जनाको मंगलवार निधन भएको जनाएको छ। धनुषाको जनकपुर उपमहानगरपालिकाका ७२ वर्षका पुरुषको मंगलवार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। धनुषा जनकपुर उपमहानगरकै ३८ बर्षीया महिलाको पनि मंगलवार नै पाटन अस्पतालमा मृत्यु भएको मन्त्रालयले जनाएका छ। सप्तरी राजविराजका ७२ वर्षका पुरुषका साउन २७ गते निधन भएको प्रवक्ता गौतमले जानकारी दिए। मोरङका एक ५५ वर्षका पुरुषको साउन २८ बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठा धरानमा उपचारका क्रममा निधन भएको छ। कपिलवस्तुका ४२ वर्षका पुरुषको पनि कोभिड १९ संक्रमणका कारण मंगलवार निधन भएको छ। उनको बुटवल स्थित कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो। बाराका ७५ वर्षका पुरुषको पनि मंगलवार किष्ट मेडिकल कलेजमा उपचारकै क्रममा निधन भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। योसँगै नेपालमा कोभिड १९ संक्रमणका कारण मृत्यु हुनेको संख्या ९१ पुगेको छ। यस्तै मंगलवार थप ४ सय ८४ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। मंगलवार १० हजार ४ सय ८१ जनालाई गरिएको पीसीआर परीक्षणमा ४ सय ८४ जनामा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतलमले जानकारी दिए ।
pahilopost.com
6,132,971
काठमाडौं महानगरपालिकाको आम्दानी र खर्च खाता सबै एनआईसी एसिया बैंकमा सर्ने भएको छ । नेपाल राष्ट्र बैंक र नबिल बैंकमा रहेका सबै खाता एनआईसी एसियामा ल्याउने गरी महानगरपालिकाले सोमबार सम्झौता गर्ने तयारी गरेको छ । महानगरपालिकका एक अधिकारीका अनुसार दैनिक आय र व्यय हुने सबै खाता एनआईसीमार्फत सञ्चालन गर्दा करिब ७ अर्ब रुपैयाँ निक्षेप एनआईसी एसियामा सर्नेछ । त्यसरी सर्ने निक्षेप दैनिक कायर्सञ्चालनका लागि चालु खातामा जम्मा हुनेछ । यसअघि नबिल बैंकमार्फत महानगरपालिकाले दैनिक खाताहरु सञ्चालन गरिरहेको थियो । अब महानगरका कर्मचारी र जनप्रतिनिधिको तलबी खाता पनि अब एनआईसी एसियामा सर्ने भएको छ । महानगरपालिकाले दैनिक २ करोडभन्दा बढी राजस्व आम्दानी गर्छ । तर महानगरपालिककाको व्यय दर भने निकै कमजोर छ । महानगरका अनुसार एसनआईसी एसियाले दैनिक राजस्व संकलनका लागि सबै वडा कार्यालय वा वडा कार्यालयसँगै बैंकको एक्सटेन्सन कार्यलय खोल्ने प्रतिवद्धता जनाएको छ । कर्मचारीले नगद नबुझी बैंकिङ खातामा कर बापतको जम्मा गर्न लगाउने महानगरको योजना छ । बैंकले महानगरपालिकाका कर्मचारी र जन प्रतिनिधिलाई आधार दरकै ब्यादजरमा ऋण उपलब्ध गराउने ग्यारेन्टी गरेको छ भने बीमा लगायतका सुविधा पनि दिने बताएको ती अधिकारीले दावी गरे । महानगरपालिको बोलकबोलबाट नै एनआईसी एसियामा दैनिक कार्यसञ्चालनको खाता खोल्न लागेको महानगरपालिकका प्रवक्ता ईश्वरराज डंगोलले जानकारी दिए । कति निक्षेप एनआईसी एसियामा सर्छ भन्ने यकीन गर्न हिसाव मिलान गर्न बाँकी रहेको भन्दै उनले नबिल बैंकसँगको १० वर्षको सम्झौता सकिएपछि नयाँ बैंकमा खाता सञ्चालन गर्न लागिएको बताए । ‘विस्तारै सबै खाता एनआईसी एसियमा र्साने योजना छ,’ डंगोलले भने । नबिल बैंकसँगको सम्झौता गत असारमै सकिएपछि महानगरपालिकाले नयाँ सम्झौताको प्रक्रिया अघि बढाएको थियो । जसमा ९ वटा बैंकले आफ्ना अफरसहित प्रस्ताव पेश गरेका थिए । आकर्षक रहेको ठहर गरेर एनआईसी एसियाको प्रस्ताव छनोट गरिएको महानगरपालिकाले जनाएको छ ।
onlinekhabar.com
4,095,708
भोजपुर बजार क्षेत्रको सडक भत्किएर दुर्घटनाको जोखिम बढेपछि श्रमदानमार्फत मर्मत गरिएको छ । दैनिकजसो सयौँको सङ्ख्यामा सवारी साधन आवतजावत हुने सडकमा जोखिम बढेपछि राष्ट्रिय युवा सङ्घ र स्थानीयको सहभागितामा सडक मर्मत गरिएको हो । युवाको अगुवाइका गरिएको श्रमदान अभियानमार्फत विगतमा ढलान गरिएको ठाउँ भत्किएपछि सिमेन्ट, गिट्टी र बालुवा प्रयोग गरेर मर्मत गरिएको हो । बजार क्षेत्रमा ढल व्यवस्थापनको काम भइरहेको भए पनि हाल बाटो बिग्रिएको ठाउँसम्म सडक बन्न समय लाग्ने भएकाले बजारवासीलाई सहज आवागमनका लागि बाटो मर्मत गरिएको भोजपुर नगरपालिकाका उपप्रमुख निर्मला शेर्पाले बताए । सडकका कारण आवतजावतमा समस्या भएपछि आफुले व्यक्तिगतरुपमा सडक मर्मतका लागि सहयोग गरेको उनको भनाइ छ । “बजार क्षेत्रको सडक बिग्रँदा समस्या छ”, उपप्रमुख शेर्पाले भने, “यहाँको ढल व्यवस्थापनको काम भइरहेको छ, त्यसलाई पर्खेर बस्दा समय लाग्ने भएकाले सडक मर्मत गरेका छौँ, सडक मर्मतका लागि आवश्यक पर्ने सामग्री मैले व्यक्तिगत रुपमा सहयोग गरेकी छु ।” दैनिकजसो स्थानीयले भोगेको सास्तीलाई नगरपालिकाले देखेर पनि बेवास्ता गरेपछि भत्किएको ठाउँमा ढलान गरिएको राष्ट्रिय युवा सङ्घ भोजपुर नगर कमिटी अध्यक्ष दिपेन दर्लानले जानकारी दिए । “विगतमा गरिएको ढलान भत्किदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो”, अध्यक्ष दर्नालले भने, “पटकपटकभन्दा पनि सडक मर्मतमा नगरले बेवास्ता गरेपछि हामीले खाल्डाखुल्डी पुरेका हौँ, यसले दुर्घटनाको जोखिम न्यूनीकरणमा टेवा पुग्छ भन्ने हाम्रो लक्ष्य हो, यो अभियान जारी राख्ने हाम्रो योजना छ ।” श्रमदान अभियानमार्फत जिल्लामा फैलिरहेको डेङ्गु तथा आँखा पाक्ने रोगबाट बच्नका लागि अनपाउन सन्देशमूलक सूचनाको बोर्डसमेत बजार क्षेत्रमा राखिएको राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य विमल रणपहेंलीले जानकारी दिए । त्यस्तै बजार क्षेत्र आसपासको सरसफाइ गरिएको उनको भनाइ छ । मुख्य बजारमा सडक बिग्रेका कारण दुर्घटनाको जोखिम बढेकाले युवाको अगुवाइमा सडक मर्मत गरिएको नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष शरणकुमार राईले बताए । “सडक बिग्रँदा दुर्घटनाको जोखिम बढेको अवस्था थियो”, अध्यक्ष राईले भने, “यसरी सडक बिग्रेर स्थानीयले सास्ती भोग्दा पनि सरोकारवाला पक्षको ध्यान नपुगेपछि बाटो मर्मतसँगै सरसफाइको काम गरेको हौँ, युवाले सञ्चालन गरेको यो अभियान राम्रो छ, यस्ता कुरामा हामीले पनि सहयोग गर्न आवश्यक छ ।” श्रमदान अभियानमार्फत डाँडा गाउँ क्षेत्रको सडक मर्मत गरिएको हो । केही समयअघि भोजपुरको टक्सारमा एक युवा पाँच बिरुवा अभियानअन्तर्गत वृक्षरोपणको काम गरेको सङ्घले जनाएको छ । रासस मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
6,289,222
बाँकेमा आज थप दुई जना कोरोना सङ्क्रमित मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–७ रानी तलाउका ३९ वर्षीय पुरुष र कोहलपुर नगरपालिका–१० का ५३ वर्षीय पुरुष रहेको जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाडले जानकारी दिए । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १४ पुगेको छ ।
aajakonews.com
227,811
मंगलबार बिहानैदेखि परेको वर्षाको कारण बुटवलका विभिन्न स्थान जलमग्न भएका छन्। यहाँका बजारक्षेत्र र सडक डुबानमा परेका छन्। अमरपथ, राजमार्ग चौराह, कालिकानगर, देवीनगर, दीपनगर, सुख्खानगर लगायतका क्षेत्रमा सडकबाटै भल बगेको छ। मोतिपुर, सेमलार र तिलोत्तमाका कतिपय बस्तीमा घरभित्रै पानी पसेको छ। रूपन्देहीका तिनाउ, दानव, रोहिणी, कन्चनलगायत खोलामा पनि पानीको बहाव बढेको छ। पालिकाहरूले स्थानीयवासीलाई सतर्क रहने आग्रह गरेका छन्। यस्तै बुटवल दोभान सडकखण्ड अवरूद्ध भएको छ। लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार सिद्धार्थ राजमार्गको बुटवल दोभान सडकखण्ड अन्तर्गत सिद्धबाबा मन्दिर नजिकै माथिबाट पानीको ठूलो छहरा झरेकोले सडक अवरूद्ध भएको हो ।
setopati.com
6,037,459
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताएका छन् ।
sunaulonepal.com
5,329,355
कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उहाँ सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्नुहुन्छ । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।
gorkhapatraonline.com
6,367,063
मानव अधिकारकको लागि महिला एकल महिला समूहले जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारलाई बिहिबार ध्यानाकर्षण पत्र बुझाएका छन । नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले २०७० सालमा एकल महिलाको हक हित र संरक्षणका लागि एकल महिला सुरक्षा कोषको स्थापना गरेको थियो । एकल महिलाको सशक्तिकरण क्षमता तथा मर्यादा अभिबृद्धि गरि सामाजिक तथा आर्थिक दृष्टिले कमजोर, विपन्न वर्गका एकल महिलाको हित र संरक्षण, प्रबद्र्धनका लागि एकल महिला सुरक्षाकोष स्थापना गरिएको थियो । यस कोषबाट लक्षित वर्गका एकल महिलाहरुले (सम्बन्ध बिच्छेद गरेका, विधवा, ३५ वर्ष उमेर पुरा भएका अबिवाहित, पाँच वर्ष भन्दा बढि समयदेखि पति हराई वा वेपत्ता भएका, अंशवण्डा गरि वा माना छुट्टीई पतिसंग अलग बसेकी महिला) उद्धार, राहत तथा पुर्नस्थापना, औषधी उपचार, कानूनी सहायता, शिक्षा र सिपमूलक तालिम तथा स्वरोजगार कार्य सञ्चालन गर्न कोष स्थापना गरिएको थियो । कोष मार्फत सहयोग प्राप्त गर्न सक्ने व्यवस्थासहित तत्कालिन समयमा जिल्ला स्तरीय समिति गठन गरि महिला बालबालिका कार्यालयको मातहतमा रहि कोष परिचालन समेत भएको थियो । राज्य व्यवस्था संघिय प्रणालीमा गएपछि महिला बालबालिका कार्यालय खारेजी भएसंगै कोष पनि संचालनमा आउन सकेन । पुनः महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले एकल महिला सुरक्षाकोष मापदण्ड संसोधन गरि ७५३ वटै स्थानीय सरकार मार्फत लक्षित वर्गका एकल महिलाहरु लाई सहयोग गर्न सुरक्षाकोष मापदण्ड २०७७ संसोधनपछि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत २०८० साउन २३ गते सबै स्थानीय सरकारलाई कोष स्थानीयकरणका लागि परिपत्रसमेत जारी गरेको थियो । मन्त्रालयबाट परिपत्र जारी भईसके पनि एकल महिला गत सुरक्षाकोष प्रकृयागत रुपमा हाल सम्म कार्यान्वयन हुन नसकेको भन्दै एकल महिला समूहले कार्यान्वयन गर्न ध्यानाकर्ष पत्र बुझएको एकल महिला समूह डडेल्धुराका अध्यक्ष बिष्ना साँकीले जानकारी दिइन् । कोष कार्यान्वयन नगरिदा पालिकाहरुमा रहेका थुुप्रै लक्षित वर्गका महिला विपन्नताको जोखिममा रहेको उल्लेख गर्दै उनले सरकारले गरेको व्यवस्थाबाट समेत बञ्चित हुनुपर्ने बाध्यता भएकाले कोष सञ्चालन र कार्यान्वयन गरिनुपर्ने माग गरेको बताइन । २०५२ सालमा स्थापित मानव अधिकारको लागि महिला एकल महिला समूहले ७५३ वटै स्थानीय सरकारलाई जानकारी गराउदै कोष कार्यान्वयनका लागि प्रभावकारी भूमिका निभाउन निवेदन गर्दै लक्षित वर्गका एकल महिलाहरुको सामाजिक न्यायमा अभिबृद्धिका लागि ध्यानाकर्षण गरउदछौ भनी ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य यस डिजिटल पत्रिकाले लिएको छ । व्यावसायीक, जनउत्तरदायी सञ्चारकर्म यस डिजिटल पत्रिकाले कालान्तरसम्म पनि कायम राख्नेछ ।
mahendranagarpost.com
202,984
नेवा समुदायको आस्थामाथि चोट पुर्‍याउने गरी व्यंग्य गरेको भन्दै कमेडियन अपूर्व क्षितिज सिंहविरूद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी परेको छ। शनिबार नेवा समुदायका अभियन्ताहरूले परिसर टेकु पुगेर सिंहविरूद्ध जाहेरी दिएका हुन्। सिंहको स्ट्यान्डअपको भिडिओ कमेडी क्याफेको युट्युब च्यानलमार्फत् ‘नेवारको परम्परा’ शीर्षकमा हालिएको थियो। नेवा समुदायको भाषा, संस्कृति तथा सभ्यतामाथि लक्षित गरी अपमानजनक व्यंग्य गरेको भन्दै जाहेरी परेको हो। जाहेरीमा मतियार बनेकाहरूलाई समेत कारबाही गर्न माग गरिएको छ। सिंहले हाँस्यव्यंग्य गर्दा नेपाल भाषा, खाना तथा महिलाहरूमाथि व्यंग्य गरेको आरोप छ। सिंहविरूद्ध ८५ जनाले जाहेरी दिएका छन्। सिंहले भनेका छन्, ‘मलाई नेवारी एक्सेन्ट एकदमै मनपर्छ। नेवारी टोन। क्या मिठ्ठो गरी बोल्छन् नि नेवारहरू। त भन्नै सक्दैनन्। त लाई ट भन्छन्। क्या मजाको सुनिन्छ नि। त भन्न नसक्ने भए आफू बस्ने ठाउँको नाम भक्तपुर किन राखेको?’ यस्तै नेवा समुदायका महिलाहरूप्रति लक्षित गरेर पनि व्यंग्य गरेको भन्दै उनीहरूले आपत्ति जनाएका छन्। विरोध भएपछि युट्युबबाट सो भिडिओ समेत हटाइसकिएको छ। सिंहले फेसबुकमार्फत् माफी समेत मागेका छन्। आफ्नो मनसाय कसैलाई पनि चोट पुर्‍याउने नभएको र हसाँउनेमात्रै भएको उनले बताएका छन्। अभियन्ता सुमन सायमीले उनलाई पक्राउ गरी कारबाही गर्न माग गरेका छन्। ‘आज हाम्रो समुदायमाथि प्रहार गर्‍यो। भोलि फेरि अर्को समुदायमाथि प्रहार गर्ला। यसले सामुदायिक सद्भाव भत्काउँछ,’ सेतोपाटीसँग कुरा गर्दै उनले भने, ‘तीन वटै जिल्लाका मानिसहरू यहाँ आइपुगेका छन्। हाम्रो भाषा, खाना, महिला, ठाउँ सबैलाई लक्षित गरी प्रहार गरेको छ। उनीमाथि र यो कमेडी क्याफेका सञ्चालकमाथि कारबाही हुनुपर्छ।’ उनकाअनुसार शनिबार नै अभियन्ताहरूले उनीविरूद्ध प्रहरीमा जाहेरी दिएका छन्। सो जाहेरी परिसरले दर्ता गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं‌का प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले यसमा निवेदन परेको भए कारबाही गरिने बताए। ‘जाहेरी परेपछि हामी कानुनबमोजिम कारबाही अगाडि बढाउँछौं। आज प्रहरीले के कसो हो हेर्ने कानुनबमोजिम काम गर्छ,’ उनले भने ।
setopati.com
4,694,463
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महरालाई सोमबार अदालत उपस्थित गराउने तयारी गरिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई आवश्यक प्रक्रिया पुरा गरेर म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लैजाने तयारी गरिरहेको छ ।
nepalpress.com
5,391,101
सबस्टेसन निर्माणस्थलको अनुगमन गर्नुहुँदै कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधानलगायत । तस्बिर : नेपाल विद्युत प्राधिकरण नेपाल विद्युत प्राधिकरणको उच्च व्यवस्थापनले सिन्धुपाल्चोकको बाह्रबिसेमा निर्माणाधीन २२०/१३२ केभी सबस्टेसनको निर्माण तत्काल सम्पन्न गर्न ताकेता गरेको छ । चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा सिन्धुपाल्चोकमा अगाडि बढाइएको १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् विद्युत् खेर जान नदिन आयोजनाको विद्युत् जोडिने सबस्टेसन निर्माण सम्पन्न गर्न प्राधिकरणको उच्च व्यवस्थापनले ताकेता गरेको हो । कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजना व्यवस्थापन निर्देशनालयका उपकार्यकारी निर्देशक ताराप्रसाद प्रधान सम्मिलित प्राधिकरणको उच्चस्तरीय टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको अनुगमन भ्रमण गरी बाँकी कामहरु तत्काल सम्पन्न गर्न निर्देशन दिएको छ । टोलीले आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या, उपकरण आपूर्तिको अवस्था, निर्माण सम्पन्न हुने तालिकालगायतका विषयमा छलफल गरेको थियो । सबस्टेसनको निर्माण आगामी माघको पहिलो हप्ताभित्र सम्पन्न गर्ने तालिका तय गरिएको छ । कार्यकारी निर्देशक घिसिङले निर्माण व्यवसायीले पछिल्लो समयमा आफ्नो कार्यसम्पादनमा सुधार गरी सबस्टेसन निर्माणमा राम्रो प्रगति हासिल गरेको बताउनुभयो । घिसिङले सबस्टेसनमा राखिने उपकरणहरु सम्पूर्ण आपूर्ति भइसकेको र केही जडान पनि भइसकेको अवस्थामा जनशक्ति थप गरी जडान कार्यलाई तीव्रता दिन निर्देशन दिनुभयो । ‘‘मध्यभोटेशी विद्युत् उत्पादन सुरु गर्ने अवस्थामा पुगेको छ, आयोजनाबाट विद्युत् उत्पादन सुरु हुनुभन्दा पहिले नै सबस्टेसन निर्माण सम्पन्न गर्नुपर्छ’’, उहाँले भन्नुभयो, ‘‘काठमाडौं उपत्यका नजिक रहेको मध्यभोटेकोशीले यस वर्षको सुख्खायामको विद्युतको माग धान्नका लागि ठूलो सहयोग गर्छ, त्यसैले सबै गम्भीर भएर सबस्टेसन निर्माणमा लागेर आयोजनाको विद्युत् जतिसक्दो छिट्टो जोड्ने अवस्थामा पुगौं, हाम्रोतर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्न तयार छौं ।’’ बाह्रबिसे सबस्टेसन निर्माण ठेक्का पाएको चिनियाँ कम्पनीहरू ग्वाङसी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सको संयुक्त उपक्रमको कमजोर कार्यसम्पादनका कारण सबस्टेसनको निर्माण ढिलाइ हुँदै आएको छ । प्राधिकरणले कार्यसम्पादनमा सुधार्न पटक पटक दिएको निर्देशक निर्माण व्यवयासीले पालना नगर्दा सबस्टेसन निर्माण सम्पन्न हुने तालिका प्रभावित हुँदै आएको छ । प्राधिकरणले सबस्टेसनको निर्माण सम्पन्न नभई मध्यभोटेकोशीको विद्युत् जोड्न नसकिएमा त्यसको क्षतिपूर्ति निर्माण व्यवसायीबाट भराउने चेतावनी दिँदै आएको छ । सबस्टेसनमा राखिने पावर ट्रान्सफर्मरहरु जडान भइसकेका छन् । सबस्टेसनमा २२०/१३२ केभी, १६० एमभीए र १३२/११ केभी, ५ एमभीएका पावर ट्रान्सफर्मरहरु राखिएका छन् । ग्यास इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित सबस्टेसनका उपकरणहरु जडान भइरहेका छन् । नियन्त्रण कक्षमा रहने सम्पूर्ण उपकरणहरु निर्माणस्थलमा आपूर्ति भइसकेका छन् भने भने जडान बाँकी छ । सिभिलतर्फको फिनिसिङ काम बाँकी छ । २२०/१३२ केभी सबस्टेसन निर्माणको समग्र प्रगति करिब ९० प्रतिशत छ । बाह्रबिसेमै ४०० केभीको अर्को सबस्टेसन पनि निर्माणाधीन छ । कार्यकारी निर्देशक घिसिङको टोलीले मध्यभोटेशी जलविद्युत् आयोजनाको पनि अनुगमन गरेको थियो । आयोजना पुसभित्र सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन् । मध्यभोटेकोशीबाट उत्पादित विद्युत् २२० केभी प्रसारण लाइनमार्फत बाह्रबिसे सबस्टेसनमा जोडिनेछ । आयोजनाले आफ्नो विद्युतगृहको स्वीचयार्डबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब ४ किलोमिटर लामो २२० केभी सिङ्गल सर्किट प्रसारण लाइनको टावरहरु निर्माण गरिसकेको छ । प्रसारण लाइनको करिब २ किलोमिटर तार तानिएको छ । बाह्रबिसे नगरपालिका–३ र ४ स्थित पलाँतीका स्थानीय बासिन्दाको अवरोधका कारण २ किलोमिटर तार तान्न नसकिएको मध्यभोटेकोशी जलविद्युत् कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामगोपाल सिवाकोटीले बताउनुभयो । समस्या समाधानका लागि स्थानीयसँग निरन्तर छलफल भइरहेकाले छिट्टै सहमतिमा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्राधिकरणले मध्यभोटेशीको विद्युत् प्रवाहका लागि अस्थायी रूपमा वैकल्पिक व्यवस्था गरेको छ । तर त्यसका लागि पनि २२०/१३२ केभी बाह्रबिसे सबस्टेसनको निर्माण अनिवार्य छ । २२ मेगावाटको माथिल्लो चाकू ए जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी शिवश्री हाइड्रोपावरले निर्माण गरेको १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइनलाई डबल बनाउन लागिएको छ । शिवश्री हाइड्रोपावरले लामोसाँघु सबस्टेसनबाट बाह्रबिसेसम्म बनाउनुपर्ने उक्त लाइनको काम तत्काल सुरु गर्न प्राधिकरणको उच्चस्तरीय टोलीले आग्रह गरेको छ । कम्पनी करिब १० किलोमिटर लाइनमध्ये सात किलोमिटर तार तान्नुपर्ने छ भने बाह्रबिसे बजार नजिकबाट सबस्टेसनसम्म करिब तीन किलोमिटर नयाँ प्रसारण लाइन बनाउनुपर्ने छ । यसका लागि प्रसारण लाइनका सम्पूर्ण उपकरण आपूर्ति भइसकेका छन् । कार्यकारी निर्देशक घिसिङले उक्त प्रसारण लाइनमा पर्ने टावर निर्माणको काम तत्काल सुरु गर्न कम्पनीका प्रतिनिधिलाई आग्रह गर्नुभयो । तामाकोशी तथा सुनकोशी नदी र ती नदीहरूका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोशी–काठमाडौं प्रसारण लाइन र सबस्टेसन निर्माण सुरु गरिएको हो । एसियाली विकास बैकको सहुलियतपूर्ण ऋणमा प्रसारण लाइन तथा सबस्टेसनको निर्माण भइरहेको छ । तामाकोशी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट बाह्रबिसेसम्म ४४ किलोमिटर प्रसारण लाइन निर्माणाधीन छ । प्रसारण लाइनमा पर्ने ११८ वटा टावरमध्ये १३ वटाको मात्र निर्माण बाँकी छ । त्यसमध्ये १२ वटा सिन्धुपाल्चोकमा वन क्षेत्रमा निर्माण गर्नुपर्ने छ । १ वटा टावर नयाँ खिम्ती सबस्टेसन नजिक स्थानीयको अवरोधका कारण निर्माण हुन सकिरहेको छैन । प्रसारण लाइनको २७ किलोमिटर तार तानिएको छ । त्यस्तै, बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट प्रसारण लाइन पनि निर्माणाधीन छन् । ४६ किलोमिटर प्रसारण लाइनमा पर्ने १२२ वटा टावरमध्ये लप्सीफेदीका स्थानीयको अवरोधका कारण ४ वटा टावर निर्माण हुन सकिरहेको छैन । १९ किलोमिटर तार तानिएको छ । ४००/२२० र १३२/११ केभी लप्सीफेदी सबस्टेसन स्थानीय बासिन्दाको अवरोधका कारण निर्माण नै सुरु हुन सकिरहेको छैन ।
gorkhapatraonline.com
956,477
प्राय: कर्मचारीका हातमा फूलपाती र मिठाई । छेउको भाँडोमा रातो अक्षता तम्तयार राखिएको छ । अनि सबैको रानो बनेर घेरिएको छ– नारायणप्रसाद अर्थात् निकुञ्जकै कान्छो हात्ती । कर्मचारीले एकएक गरी उसलाई टीका लगाइदिए । फूलपातीले सजाए अनि मिठाई खुवाए । छिनमै परर्र ताली बज्यो । हात्तीसार परिसर एकस्वरले गुन्जियो– ‘ह्याप्पी बर्थडे नारायणप्रसाद !’ शुक्लाफाँटा वन्यजन्तु आरक्षको हात्तीसारमा बुधबार बेग्लै रौनक थियो । जस्तो हरेक वर्ष असोज ५ का दिन हुन्छ । आठ वर्षअघि यही दिन जन्मिएको हो नारायणप्रसाद । आरक्षकै पालुवा माउबाट जन्मिएको एक मात्र भाले हात्ती भएकाले उसले विशेष माया पाएको छ । कर्मचारी हरेक वर्ष उसको जन्मदिन मनाउँछन् ।‘यहाँ जन्मिएको एक मात्र हात्ती भएकाले यसको जन्मदिन छुटाउँदैनौं,’ डेढ दशकदेखि आरक्ष कार्यालयमा पशुचिकित्सकका रूपमा कार्यरत कर्णबहादुर बमले भने । आरक्ष स्थापनाको केही दिनपछि चितवनबाट ल्याइएको पोथी हात्ती रूपकलीबाट २०६५ मा जन्मिएको हो नारायणप्रसाद । रूपकलीले त्यसअघि पनि तीन छावा जन्माएकै हो तर त्यति बेला आरक्ष कर्मचारीसँग तिनलाई हुर्काउने सीप नहुँदा जोगाउन नसकिएको बमले बताए । ‘नारायणप्रसाद पनि तीन वर्षको छँदा हर्पिस भाइरस लागेर निकै बिरामी पर्यो, बचाउन सफल भयौं,’उनले भने ।नारायणप्रसाद शुक्लाफाँटामा रहेकामध्ये तीव्र गतिको र चाल राम्रो भएको हात्ती मानिन्छ अहिले । उमेरले सबैभन्दा कान्छो भए पनि पर्यटक र हात्तीसार कर्मचारीको मन जित्न सफल छ । ‘मान्छे छिट्टै चिन्छ, चिनिसकेपछि घुलमिल भइहाल्ने बानी छ यसको,’ माउते टोली सदस्य शिवचरण राना भन्छन्, ‘चाल अन्यको भन्दा राम्रो छ, हिँडाइ पनि फास्ट छ ।’यही गुणका कारण आरक्षको ‘सेलिब्रिटी’ बनेको छ नारायणप्रसाद । हात्ती सफारी गर्न आउने प्राय: पर्यटक उसैलाई रुचाउँछन् । ‘पर्यटक यससँग फोटो खिचाउन पाउँदा खुसी हुन्छन्,’ राना भन्छन्, ‘चाल र गति राम्रो भएकाले सबैले मन पराउँछन् ।’पर्यटक मात्र होइन, आरक्षकै कर्मचारीमा पनि गहिरो छाप पारेको छ उसले । आरक्षभित्र अनुसन्धान र अवलोकनका लागि पनि अन्यभन्दा नारायणप्रसाद नै भरपर्दो ठान्छन् उनीहरू । खास गरी आरक्षभित्र बाह्रसिंगा र गैंडा गणना गर्नुपर्दा यसले निकै सहयोग पुर्याउँदै आएको पशुचिकित्सक बमले बताए । ‘यो अन्य जनावरसँग डराउँदैन, त्यही भएर नजिकै गएर फोटो लिन, गणना गर्न सजिलो हुन्छ,’ उनले भने, ‘हरेक वर्ष बाह्रसिंगा गणनामा यसकै प्रयोग भइरहेको छ ।’हाल शुक्लाफाँटामा ३ भाले र ४ पोथी गरी जम्मा ७ हात्ती छन् । भालेमा नारायणप्रसादबाहेक लवप्रसाद र सिद्धप्रसाद छन् । पोथी शारदाकली, रतनकली, सुर्तीकली र रूपकली छन् । शारदाकली दृष्टिविहीन छ । उसलाई बर्दियाबाट ल्याइएको हो, बाँकीचाहिं चितवनबाट सरुवा गरिएका । ‘अहिले गस्तीका लागि २ वटा फाँटामा र ५ वटा हात्तीसारमा राखिएका छन्,’ बमले भने ।२०६३ असोज ७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका तत्कालीन महानिर्देशक नारायणप्रसाद पौडेलको निधन भयो । उनैको नाम पाएको हो बुधबार जन्मदिन मनाइएको नारायणप्रसादले । दुर्घटनामा तत्कालीन वनमन्त्री गोपाल राईसँगै विभिन्न संरक्षणकर्मी र भूगोलविदलगायत २४ जनाले ज्यान गुमाएका थिए । उक्त दिनलाई सरकारले राष्ट्रिय संरक्षण दिवसका रूपमा मनाउँदै आएको छ ।
ekantipur.com
2,628,014
यो अफर अन्तर्गत ग्राहकले रु १०० र यस भन्दामाथिको प्रत्येक रिचार्ज बापत भ्वाइस सेवामा छुट प्राप्तगरी यसको फाइदा लिन सक्नेछन् । यो अफर यही बिहीबार (फागुन १५) देखि लागु हुनेछ । यस भ्यालेन्टाइन महिनाको अवसरमा संचालनमा ल्याईएको यो अफर अन्तर्गत एनसेलका प्रिपेड ग्राहकले मात्र ९९ पैसा प्रति मिनेट (कर सहित रु १.२६ पैसा) मा एनसेल नेटवर्कभित्र कुरा गर्न सक्नेछन् ।
ratopati.com
2,655,555
उनी एक स्वस्थ सम्बन्धमा छिन् । उनको एक सन्तान पनि छ । जब उनी आफ्नो विवाहको सुरुवाती दिन याद गर्छिन् तब असहज महसुस गर्छिन् । आज पनि । उनको गोपनियताको सम्मान गर्दै यहाँ उनको नाम उल्लेख गरिएको छैन । सबैको जीवनमा केही यस्ता कुरा हुन्छन् जसलाई हामी कोहीसँग पनि सेयर गर्दैनौं । आफ्ना साथी, प्रेमी वा श्रीमान्, कोहीसँग पनि गर्न सक्दैनौं । किनभने ती कुरा सेयर गर्नुको कुनै तुक छैन । र वर्षौंपछि त यसबारे कुरा गर्छु भनेर सोच्न पनि सकिँदैन । तर यस्ता कुराले जीवनलाई भने प्रभावित पारिरहेको हुन्छ । मेरो विवाह सन् २०१२ मा भएको थियो । तर यसको पनि अचम्मको कहानी छ । मेरो घरका मानिसहरु मेरी दिदीलाई हेर्न आएका थिए । तर उनीहरुलाई म मनपर्यो । मेरो माइतीले केटाको सरकारी जागिर छ भन्दै सम्बन्ध स्विकार गरे । सबैजना राजी भए । मैले पनि विरोध गरिनँ । तर मेरो अचानक किन विवाह गर्न लागेको भनेर साधेँ, कसैबाट पनि चित्तबुझ्दो जवाफ पाउन सकिनँ । आमाले धेरैको विवाह यही उमेरमा हुने बताउनुभयो । उहाँको पनि त्यही उमेरको भएको रे । साधारण हो रे । मैले पनि यसलाई मानेँ । पढाईकै बीच मेरो विवाह भयो । मागी विवाह । २१ वर्षको उमेरमा । म गर्ल्स स्कूल र कलेजमा पढेकी थिएँ । त्यसकारण केटाहरु साथी थिएनन् । मेरो संयुक्त परिवार थियो । त्यसकारण श्रीमानसँग इन्गेजमेन्टपछि विवाहमा मात्रै भेटेँ । इन्गेजमेन्ट र विवाहबीच धेरै समयको फरक पनि थिएन । विवाह पछि म उनको घर पुगेँ । दिनभरीको तामझामले निकै थाकेको थिएँ, मलाई बेस्सरी थकाई लागेको थियो । पहिलो रात थियो । म श्रीमानसँग धेरै कुरा गर्न चाहन्थेँ । उनीसँग सहज हुन चाहन्थेँ । उनको घर–परिवारसँग जोडिएका कुराहरु थाहा पाउन चाहन्थेँ । तर यस्तो भएन । मेरा श्रीमानले बुझ्न सकेनन् कि म उनीसँग सहज थिइनँ । उनले मेरो इच्छा नदेखेझैं गरिदिए । मेरो मर्जी बिना उनले ममाथि ती सबै कुरा गरे जुन फिल्ममा सुहागरातमा गरेको देखिन्थ्यो । म त्यसको लागि तयार थिइनँ । म पीडामा थिएँ । मलाई नराम्रो महसुस भइरहेको थियो । आफूलाई लाचार पाइरहेको थिएँ । अत्यधिक असहज थिएँ तर केही भन्न सकिनँ । त्यतिबेलाको समय सोच्दा अहिले पनि खुसी हुने क्षण कुनै पनि सम्झन सक्दिनँ । मात्र पीडा र अपमान याद आउँछ । मलाई श्रीमानसँग सहज हुन निकै समय लाग्यो । सोच्छु कि श्रीमानले यत्रो ठूलो कुरा कसरी बुझ्न सकेनन् । तर सायद उनलाई यी सबै कुरा महसुस गर्न सिकाइएन होला । यस्तो होइन कि म आफ्नो श्रीमानलाई प्रेम गर्दिनँ । आज मेरो पाँच वर्षको एउटा छोरा छ । तर आज पनि मलाई त्यो दिन सम्झँदा अचम्मको महसुस हुन्छ ।
ratopati.com
4,715,392
राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाइनुपर्ने बताएकी छन् । महालेखा परीक्षक कार्यालयको ६४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले बेरुजु बढिरहेकोले फर्छ्यौटलाई अभियानका रूपमा अघि बढाउँदै आर्थिक अनुशासन पालना गर्नुपर्नेमा जोड दिएकी हुन् ।
nepalpress.com
5,553,052
छलफलका सहभागीहरू । तस्बिर :बाबुराम शर्मा विद्यालयमा विद्यार्थी भर्ना र टिकाउन आमाको मुख्य भूमिका हुने हुँदा उहाँहरूलाई सचेत बनाउन यो कार्यक्रम गर्न लागिएको विद्यालयका प्रधानाध्यापक विश्वमणि चौलागाईँले जानकारी दिनु भयो । वडाध्यक्ष तारानाथ चौलागाईँका अनुसार कार्यक्रम सफल पार्न नर्सरीदेखि कक्षा ५ सम्मका आमाहरूलाई चार वटा समूहमा विभाजन गरी बालबालिकाको सिकाइलाई दिगो एवम् प्रभावकारी बनाउन अभिभावकले गर्न सक्ने कार्यहरू, घरायसी वातावरण तथा विद्यालयले बालबालिकाको सिकाइलाई दिगो र प्रविधिमैत्री बनाउन आरम्भ गरिएका नयाँ कार्यक्रमहरूको समूह कार्य गराइएको छ । विद्यालयका प्रत्येक कार्यक्रममा आमाहरू सक्रिय हुनुपर्नेमा जोड दिइएको छ । शिक्षा कार्यक्रममा घर पहिलो पाठशाला र अभिभावक पहिलो शिक्षक हुन् भन्ने जानकारी गराउने, घरबाटै सिकेका कुरालाई अझ परिष्कृत विद्यालयबाट हुने स्पष्ट बनाउने उद्देश्य राखिएको छ । विद्यालयबाट हुने सिकाइमा आचार निर्माण, अभ्यास, समूह कार्य, लघु अध्ययन अवलोकन, सरसफाइ, अनुशासन, खानपिन नियमितताका बारेमा आमाहरूलाई जानकारी गराउने पनि उद्देश्य छ । विद्यालयमा बाबुभन्दा आमाको नियमित उपस्थिति हुनुपर्ने, प्रतिस्पर्धात्मक दक्ष जनशक्ति निर्माणमा विद्यालय, समुदाय र स्थानीय सरकारले निर्वाह गर्नुपर्ने भूमिका बारे पनि छलफल भएको प्रधानाध्यापक चौलागाईँले जानकारी दिनुभयो ।
gorkhapatraonline.com
5,638,324
कोरोना महामारीका कारण चीनले सन् २०२० को मार्चदेखि बन्द गरेको सीमा नाका आजदेखि खुला गरेको बीबीसीले जनाएको छ । अबदेखि चीन प्रवेश गर्ने पर्यटकले क्वरेण्टीनमा बस्नुपर्ने छैन । तर चीनमा गएका पर्यटकले पुगेको ४८ घण्टाभित्र पीसीआर टेस्ट 'नेगेटिभ' भएको प्रमाण भने पेस गर्नुपर्ने छ । अब केही हप्ताभित्रै हङकङबाट चार लाख मानिस मुख्य भूमि चीन प्रवेश गर्ने तयारी छ । बेइजिङ र सियामेनलगायत चीनका अन्य प्रमुख सहरहरूका लागि हङकङमा उडानको लामो लाइन रहेको चिनियाँ सञ्चारमाध्ययमले जनाएका छन् । चीनले नयाँ वर्षको भ्रमणको पहिलो चरण अर्थात् चुन युनको सुरुवातमा सीमा नाका खुला गरेको हो । कोरोना महामारी सुरु हुनुअघि यो अवसरमा विदेशबाट ठूलो सङ्ख्यामा चिनियाँ परिवार भेट्न स्वदेश फर्कन्थे । तर कोरोना महामारीका कारण झन्डै तीन वर्षदेखि रोकिएको थियो । नयाँ वर्षको उपलक्ष्यमा यस वर्ष चीनमा दुई अर्ब मानिसले आवतजावत गर्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । चीनमा अहिले पनि कोरोना सङ्क्रमण फैलिरहेको छ । चीनले सीमा नाका खुला गर्नुअघि नै अमेरिकालगायत विश्वका थुप्रै देशले चीनबाट आउनेहरूले स्वास्थ्य परीक्षण गराउनुपर्ने व्यवस्था गरिसकेका छन् ।
ujyaaloonline.com
1,494,640
नेपालगन्ज, ५ भदौ एक साताअघि बाँके जिल्लामा आएको बाढीका कारण राप्ती–सोनारी, नरैनापुर र डुडुवा गाउँपालिकाका विद्यार्थीको पढाइ प्रभावित भएको छ । राप्ती नदीमा आएको पानीको भेल गाउँमा पसेपछि विद्यालय समेत डुबानमा परेकाले विद्यार्थीको पढाइ प्रभावित भएको हो । सहायक जिल्ला शिक्षा अधिकारी गोर्ख बहादुर थापाका अनुसार, बाढीका कारण जिल्लाका ८१ विद्यालय खुल्न सकेका छैनन् । ती विद्यालय मध्ये २९ विद्यालयमा बाढीपीडित परिवारका सदस्यले आश्रय लिइरहेका छन् । विद्यालयको कक्षाकोठामा पसेको पानी सुकिनसकेको र केही विद्यालयमा राहत शिविर सञ्चालन भइरहेकाले एक सातापछि मात्र विद्यालय सञ्चालनमा आउने सम्भावना रहेको जनाइएको छ । विद्यालय सञ्चालनमा नआउँदा करिब १५ हजार विद्यार्थीको पढाई प्रभावित भएको छ भने बाढीका कारण विद्यालयमा भएका पाठ्यसामग्री समेत नष्ट भएको छ । त्यस्तै विद्यार्थीका पाठ्यपुस्तक पनि बाढीसँगै बगेपछि उनीहरुले घरमा समेत अध्ययन गर्न पाएका छैनन् । सहायक जिशिअ थापाले विद्यालयमा नष्ट भएका पाठ्यसामग्री खरिद गर्न रु ५० हजार विनियोजन गरिएको बताए ।
kendrabindu.com
4,875,705
भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरूद्धको एक लाख डोज भ्याक्सिन सहयोग गरेको छ। सो परिमाणको खोप आइतबार नै नेपाल आइसकेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। कोभिड-१९ महामारीको प्रतिकार्यमा सहयोग पुर्‍याउने उद्देश्यका साथ भारतीय सेनाले नेपाली सेनालाई भ्याक्सिन उपलब्ध गराएको बताएको छ। भ्याक्सिनको ‍औपचारिक हस्तान्तरण भने केही दिनमा मात्र हुने जनाइएको छ। यसअघि भारत सरकारले नेपाललाई १० लाख डोज भ्याक्सिन अनुदानस्वरूप उपलब्ध गराएको थियो ।
kathmandupress.com
2,206,111
प्रदेश नं २ सरकारले उच्च प्राथमिकताकासाथ सञ्चालन ल्याएको ‘छोरी शिक्षा बीमा कार्यक्रम’अन्तर्गत बीमा गराउने छोरीका अभिभावकलाई ती महिना निःशुल्क इन्टरनेट सेवा वितरण कार्य सिरहामा शुरु गरिएको छ। ‘मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ’ अभियानअन्तर्गत २०७५ माघ १ गतेपछि जन्मिएका छोरीको बीमा गराउने कार्य प्रदेशका आठवटै जिल्लाका स्थानीय तहमा बीमा शिविर जारी रहेको छ। त्यस्ता अभिभावलाई इन्टरनेट सेवा प्रदायक संस्था सुविसु केबल नेट प्रालिले तीन महिनाको निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको छ। प्रदेश नं २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सो कम्पनीबीच भएको सम्झौताअनुसार छोरी शिक्षा बीमा गराउने छोरीका अभिभावकलाई तीन महिनासम्म निःशुल्क इन्टरनेट सेवा प्रदान गर्न थालेको कम्पनीका लहान शाखा प्रबन्धक निर्देशक सञ्जीव पाठकले जानकारी दिए। नगरपालिका–१० निवासी रागनीकुमारी मण्डलका अभिभावकलाई पहिलो इन्टरनेट जडान गरी सेवा शुरु गरिएको उनले जानकारी दिए । सिरहामा दुई हजार ५०० भन्दा बढी छोरीको बीमा गरिएको जनाइएको छ ।
dcnepal.com
889,514
१४ वर्षीय विशाल बम्जन हराएको १० महिना पुग्यो । सिन्धुली भेरीका उनी ललितपुर कुपन्डोलस्थित धनुषा शाहीको घरमा काम गर्दै ३ कक्षामा पढ्थे । अचानक हराए । ‘खोज्दा–खोज्दा हैरान भइसकें, अहिलेसम्म फेला परेको छैन,’ धनुषाले भनिन्, ‘कता गयो, कसैले फकाएर लग्यो कि ? कति खोजतलास गरिसकें, भेटिएन ।’ पोखराको अमरसिंह चोककी १२ वर्षीया स्वीकृति थापा कक्षा ७ मा प्रथम थिइन् । पढाइमा अब्बल थिइन् । २०७१ भदौ २६ गते स्कुलबाट आएर अरू नै कुरामा अलमलिइन् ।१४ वर्षीय विशाल बम्जन हराएको १० महिना पुग्यो । सिन्धुली भेरीका उनी ललितपुर कुपन्डोलस्थित धनुषा शाहीको घरमा काम गर्दै ३ कक्षामा पढ्थे । अचानक हराए । ‘खोज्दा–खोज्दा हैरान भइसकें, अहिलेसम्म फेला परेको छैन,’ धनुषाले भनिन्, ‘कता गयो, कसैले फकाएर लग्यो कि ? कति खोजतलास गरिसकें, भेटिएन ।’पोखराको अमरसिंह चोककी १२ वर्षीया स्वीकृति थापा कक्षा ७ मा प्रथम थिइन् । पढाइमा अब्बल थिइन् । २०७१ भदौ २६ गते स्कुलबाट आएर अरू नै कुरामा अलमलिइन् ।अभिभावकले पढ्न सम्झाए । उनी रिसाउँदै एकाएक घरबाट निस्किइन् । ठट्टा गर्दैछिन् भनेर एकछिन कसैले वास्तै गरेन । केही बेर नआएपछि खोज्न निस्किए तर भेटेनन् । उनी अझैसम्म फर्किएकी छैनन् । ‘घरबाट एक्लै कहिल्यै कतै निस्किएकी थिइनन्’, उनका दाइ कविरले भने, ‘त्यस दिन झोँकिएर हिँडेकी, कता गइन्, भेट्नै सकिएन ।’सिन्धुपाल्चोक गातीका विशेष श्रेष्ठ हराएको १ वर्ष भयो । काठमाडौंमा कक्षा १० मा पढ्ने उनी २०७२ वैशाख १२ को विनाशकारी भूकम्प गएको दिनदेखि बेपत्ता छन् ।उनका बुवा भीमसेन श्रेष्ठ विशेषको खोजीका लागि कहाँ पुगेनन् ? तर कहीं पनि फेला पार्न सकेनन् । सँगै गएका साथीले धरहराबाट हराएको सुनाए । 'तर, अहिलेसम्म फेला परेको छैन,’ भीमसेनले भने, ‘धरहरामुनि पुरिएको भए लास त भेटिनुपर्ने हो । तर, न लास भेटियो, न सास । ऊ पक्कै जीवितै हुनुपर्छ । तर, कहाँ गयो होला ?’विशाल, स्वीकृति र विशेषजस्तै हराएर नभेटिनेको सूची प्रहरीसँग २ हजार ३३ जनाको छ । प्रहरीले तथ्यांक राख्न थालेको करिब ४ वर्षयता ३ हजार ८ सय ७८ जना हराएका आवेदन परे । तिनीहरूमध्ये १ हजार ८ सय ४५ जना अर्थात् ४७.६० प्रतिशत मात्र फेला परे । बाँकी ५२.४० प्रतिशत कहाँ कुन हालतमा छन्, कसैलाई थाहा छैन ।सरकारले बालबालिका हराए, अपहरण गरिए वा कुनै किसिमको हिंसामा परे खबर गर्न नि:शुल्क फोन नम्बर दिएको छ, १०४ । भृकुटीमण्डपस्थित बालबालिका खोजतलास समन्वय केन्द्रमा जडित यस टेलिफोनको सहायताले दैनिक सरदर ३ जना हराएका घटना दर्ता गरिन्छ ।केन्द्रले खोजीका लागि निवेदन परेका सबै बालबालिकाको नेपाल टेलिभिजनमा सूचना पठाउँछ । त्यहाँबाट गएका ‘बालबालिका हराएका सूचना’ एनटीभीले सित्तैमा बजाउँछ । ‘३ वर्ष ९ महिनामा ३८ सय ८७ बालबालिका हराए, त्यति नै सूचना प्रसारण भए,’ केन्द्रका प्रमुख डीएसपी भक्तबहादुर बिष्टले भने, ‘तीमध्ये २ हजार ३३ जना अझै फेला परेका छैनन् ।’कसरी हराउँछन् बालबालिका ? कहाँ पुग्छन्/पुर्याइएका होलान् नभेटिनेहरू ? सरकारी निकायहरूले समेत राम्रो भेउ पाउन सकेका छैनन् ।भारतमा अंग व्यापारभारतमा धेरै थरी अस्पताल छन् । अनेक खाले बिरामी पुग्छन् । सबैजसो अंग प्रत्यारोपण हुन्छ । तर, त्यसका लागि मानव अंगहरूको अभाव छ । त्यही पूर्ति गर्न भारतकै केही विपन्न ठाउँ र नेपालबाट मानव तस्करी हुन्छ । त्यसमा पनि लैजान र फकाउन सजिलो हुने भएकाले बालबालिका बढी मात्रामा पुर्याइँन्छन् ।केन्द्रीय बालकल्याण समितिका अध्यक्ष डिल्लीराम गिरीले भारतमा मृगौला र अन्य अंग बिक्रीका लागि बालबालिका लगिएका घटना निकै बढ्न थालेको बताए । ‘भित्री अंगहरू झिकेर अलपत्र पारिएको अवस्थामा केही बालबालिकाको उद्धार गरिएको छ,’ उनले भने, ‘कतिपयलाई भने मानवअधिकारकर्मीको सहयोगमा पहिल्यै रोक्न सफल भइएको छ ।’प्रहरी प्रवक्ता माधव जोशीका अनुसार भारतमा मृगौला, आँखा, मुटु, कलेजोजस्ता मानव अंग किनबेच हुन्छ । ‘त्यस्ता अंग झिकेर बेच्न मानव तस्करले बालबालिकालाई चोर्ने गरेका छन्,’ उनले भने, ‘प्रविधिको विकाससँगै नयाँ–नयाँ रोग देखा पर्न थाले । त्यस्तालाई अंग प्रत्यारोपण गर्न बालबालिका बेपत्ता पारिन्छन् ।’उनले विभिन्न प्रलोभनमा पारी बालबालिकालाई फकाउन सकिने भएकाले तस्करलाई सजिलो हुने बताए । ‘उमेरै अरूको लहलहैमा लाग्ने हो,’ उनले भने, ‘तस्करले त्यसैको फाइदा उठाई भारतका विभिन्न सहरसम्म पुर्याएर बिक्री गर्ने गरेका छन् । घरेलु काम, सर्कस र उद्योगधन्दामा लगाउन बालबालिकाको बेचबिखन उत्तिकै छ ।’ माग्नेसमेत बनाइन्छभारतका दिल्ली, मुम्बई, कोलकातालगायत सहरमा केहीको पेसा यस्तो हुन्छ, जसले ठूलो संख्यामा बालबालिका जुटाएर माग्न पठाउँछन् । त्यसका लागि नेपालबाट समेत तस्करी गरी बालबालिका पुर्याइने गरेको सरकारी अनुसन्धानले देखाएको छ ।विभिन्न मार्मिक प्लेकार्ड, पत्र आदि बोकाएर माग्न लगाइन्छ । कसैको के समस्या देखाइन्छ, कसैको के । दिनभरि जुटेको पैसा मालिकलाई बुझाउनुपर्छ । त्यसैबाट उनीहरूले सीमित तलब पाउने हुन् ।त्यस्तो काम गराएको अवस्थामा फेला पारेर उद्धार गरिएका घटनाहरू छन् । ‘फेला नपारिएका घटना धेरै छन् भन्ने अनुमान छ,’ समितिका एक अधिकारीले भने, ‘मूलजरो मानव तस्करी हो । यसलाई नियन्त्रण नगर्ने हो भने भारतको मानव सागरमा बेचिने बालबालिकालाई सकुशल फिर्ता ल्याउन त्यति सजिलो छैन ।’सर्कस, नाच र धन्दामाहराइरहेका अधिकांश बालबालिका भारत पुर्याइएको प्रहरी अनुमान छ । त्यहाँ उनीहरूलाई मुख्य गरी सर्कसमा प्रयोग गरिन्छ ।‘जोखिमपूर्ण काममा लाउने, थुनेर राख्ने, खानलाउन राम्ररी नदिने, पैसा माग्दा उल्टै यातना दिने गरेको पाइएको छ,’ सर्कसको हालतबारे गिरीले भने, ‘केहीको उद्धार भए पनि ठूलो संख्या यस्तो काममा रहेको अनुमान छ । त्यसकै लागि धेरै बालबालिकालाई लैजाने क्रम रोकिएको छैन । बरु बढेको छ ।’भारतका कतिपय सहरमा ‘आर्केस्ट्रा’ को प्रचलन छ । विवाह वा कुनै ठूलो पार्टीमा रातभरि नाच्ने टोली हो अर्केस्ट्रा । त्यसका लागि नेपाली बालिकाको अत्यधिक तस्करी हुने गरेको पाइएको छ । प्रहरीका अनुसार त्यसका लागि बढी मात्रामा पर्सा हुँदै लाने गरिएको छ ।त्यति मात्र होइन, नेपाली बालिकालाई मुम्बई, दिल्ली लगायतका कोठीमा बेची यौन धन्दामा समेत उपयोग गरिएको पाइन्छ । कतिपय बालगृहले संरक्षणका नाममा बालबालिका किनबेचसमेत गर्ने गरेको सरकारी अनुसन्धानले नै देखाएको छ ।‘बाउआमालाई प्रलोभनमा पारी त्याग्न लाउने र धर्मपुत्रपुत्रीका नाममा ठूलो रकम उठाउने घटना भएका छन्,’ समितिका अध्यक्ष गिरीले भने, ‘तिनलाई पनि कडाइ गर्नु जरुरी छ ।’ अन्धविश्वासको सिकार२०७२ साउन पहिलो साता नवलपरासी कुडियामा एक झाँक्रीले छिमेकी बालकको बलि दिए । छोरालाई राम्रो झाँक्री बनाउने अन्धविश्वासका आधारमा कोदाइ चमारले जीवन कोहारको हत्या गरी भगवानको तस्बिरमा रगत चढाएका थिए ।उनले बलि चढाउन फलाकेको गाउँलेले सुनेकाले हराएका जीवनको खोजी भयो । नत्र उनी कतै हराए वा भारततिर गए भन्ने भरमा अभिभावक चुपचाप बस्न सक्ने थिए । जब त्यो घटना भयो, स्थानीयवासी भन्दै थिए, ‘मधेसका गरिब दलित बस्तीमा यस्ता बालबच्चा कति हराउँछन्, कहिल्यै भेटिँदैनन् । कतै तिनको पनि यही हालत त भएको छैन ?’यस्ता अन्धविश्वास भारतका गाउँमा झन् व्याप्त छ । सीमावर्ती जिल्लाका गाउँहरूबाट हराउने बालबालिका तस्करले त्यस्ता ठाउँमा पुर्याई हत्या गरेका केही घटना हुन सक्ने प्रहरी अधिकारीहरू नै बताउँछन् । गाउँमा हराएका थुप्रै बालबालिकाबारे प्रहरीलाई खबर गरिँदैन । त्यसैले यो संख्या निकै बढी हुन सक्छ ।मुलुकभर २ सय ४० वटा महिला तथा बालबालिका सेवा केन्द्र छन् । तर, हराउनबाट जोगाउनमा मुख्य भूमिका अभिभावककै हुने प्रहरी प्रवक्ता जोशीले बताए । ‘अभिभावकले कस्तो साथीसँग संगत गरेको छ भन्ने निगरानी गर्नैपर्छ, वरपरका छिमेकीको बानी व्यवहार पनि पनि ध्यान दिनैपर्छ,’ उनले भने, ‘अभिभावकले विद्यालयमा गएर समय समयमा छोराछोरीबारे जानकारी लिनुपर्छ ।’सामाजिक सञ्जालको बढदो प्रयोगमा पनि ध्यान दिनुपर्ने उनको सुझाव छ । ‘फेसबुक, ट्वीटरमा बालबालिका आजभोलि व्यस्त देखिन्छन्,’ उनले भने, ‘ती सञ्जालमा छोराछोरीका कस्ता साथी छन् भनेर अभिभावकले खोजीनीति गर्नुपर्छ । नत्र पछुताउनुपर्ने स्थिति हुनसक्छ ।’हराउनेमध्ये बढी संख्यामा बालिका छन् । तर, बढी भेटिनेमा बालक छन् । अर्थात्, ठूलो संख्यामा बालिका बेपत्तै छन् । हालसम्म हराएकामा बालक १ हजार ७ सय ६६ र बालिका २ हजार १ सय १२ जना छन् । जबकि भेटिनेमा बालक १ हजार २६ र बालिका ८ सय १९ जना छन् । गिरी बिट मार्छन्, ‘यसले जोखिमपूर्ण अवस्थालाई संकेत गर्छ ।
ekantipur.com
304,821
फोटो पत्रकार नभेष चित्रकारले खिचेको हृदयविदारक तस्वीरले फोटो अफ द इयरको उपाधी जितेको छ। आइएमई–ग्लोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगितामा चित्रकारको तस्वीर उत्कृष्ट घोषित भएको हो। हाइड्रोसेफालुस रोगका कारण अकालमै मृत्युवरण गरेका बरियारपुर रौतहटका दुई वर्षीय बालक बजरंगी मिश्रले आफ्नो आमालाई मृत्युपहिले हात हल्लाउँदै गरेको तस्वीर उनले खिचेका थिए। सोही तस्वीर फोटो अफ द इयर घोषित भएको हो। एजेन्सी फ्रान्स प्रेस (एएफपी) का साउथ एसिया प्रमुख वरिष्ठ फोटो पत्रकार जोअल सामदको अध्यक्षता रहेको निर्णायक मण्डलले उत्कृष्ट फोटो छानेको हो । ‘फोटो अफ द इयर’ विजेताले नगद १ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्। चित्रकारले उक्त उपाधिसँगै अन्य दुई विधामा प्रथम र एउटा विधामा तेस्रो स्थान हात पार्न सफल भएका छन्। त्यस्तै सुरज श्रेष्ठको फोटोले शिखर इन्स्योरेन्स नेपाल स्माइल विधा जितेको छ। डेली लाइफ विधामा गोपेन राई, अर्घाखाँची सिमेन्ट न्युज विधामा दिपेन श्रेष्ठ, नेचर एन्ड वाइल्ड लाइफमा नभेष चित्रकार, डिसहोम स्पोर्टस विधामा विकास द्धारे र नेप्टोस फोटो स्टोरीमा नभेष चित्रकारको फोटो प्रथम भएको छ। यसबाहेक दिपेन श्रेष्ठले अर्घाखाँची सिमेन्ट न्युज विधा, सुबिर थापाले सिटी एक्सप्रेस कलचर एण्ड टुरिजम विधामा जित हासिल गरेका छन्। त्यस्तै सेलपे डेली लाइफमा रोविक उपाध्यायको फोटो दोस्रो तथा सुरज ताम्राकारको फोटो तेस्रो भयो। अर्घाखाँची सिमेन्ट न्युज विधामा एलिट जोशीको फोटो दोस्रो तथा केशव थापा तेस्रो भए। एक्सप्रेस नेपाल नेचर एन्ड वाइल्ड लाइफमा दिपेन श्रेष्ठको फोटो दोस्रो तथा दिपक बुढाथोकीको फोटो तेस्रो भयो। सिटी एक्सप्रेस ‘कल्चर एन्ड टुरिजममा प्रमिन मानन्धरको फोटो उपविजेता तथा रोविक उपाध्यायको फोटो तेस्रो भयो। डिसहोम स्पोर्टसमा सुनिता डंगोलको फोटो दोस्रो तथा दिनेस गोलेको फोटो तेस्रो भयो। ‘शिखर इन्स्योरेन्स नेपाल स्माइलमा सुलभभक्त श्रेष्ठको फोटो दोस्रो तथा नभेष चित्रकारको फोटो तेस्रो भयो । त्यस्तै नेप्टोस फोटो स्टोरीमा रोविक उपाध्यायको फोटो दोस्रो तथा चन्द्रबहादुर आलेको फोटो तेस्रो भयो। प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेले नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ प्राप्त गरेका छन्। नेपाल पर्यटन बोर्डको सहकार्यमा तथा आइएमई र ग्लोबल आइएमई बैंकको मुख्य प्रायोजनमा फोटो प्रतियोगिता फोटो पत्रकार क्लबले आयोजना गरेको हो। पुरस्कार हस्तान्तरणपछि निर्णायक मण्डलका सदस्य शेखर खरेलले ६ हजार फोटोबाट उत्कृष्ट फोटो छान्न निकै कठिन भएको बताए। पिजे क्लवका अध्यक्ष विकास कार्कीले यसपटकको सफलताले आगमी दिनमा यस्तै प्रतियोगिता गर्न उत्साह थपेको बताए। उनले ‘सातौं संस्करणसम्म आउँदा सहभागीहरुको उत्साहले हौस्याएको बताए ।
setopati.com
2,899,501
सुमन पण्डितको शब्द सिर्जना एवं दीपसागर थापाको संगीत सिर्जना रहेको गीत निर्माणको परिकल्पनाकार भने किरण पन्त हुन्। गीतको संगीत संयोजन एवं रेकर्डिङ तथा मिक्सिङको कार्य विपीन आचार्यले गरेका छन्। गीतमा दीपसागर थापा, सागर गुरुङ, सरू थापा, रेजिना परियार, सुमन परियार, शिशिर गुरुङ, सुजन परियार, मोहन गोर्खाली, डीबी गुरुङ, सुनीला गुरुङ, कमल थापा, खेमराज तिवारी, कविराज ढकाल, भीमा गुरुङ, सरिता कुमाल, निशा गुरुङ र रञ्जित परियारको स्वर रहेको छ । गीतको भिडियोलाई प्रकाश भद्मले निर्देशन गरेका छन् भने विष्णु शर्माको सम्पादन रहेको छ ।
newsofnepal.com
141,588
उपचारका लागि कैलालीको धनगढी लैजाँदै गर्दा उनको बाटोमै निधन भएको हो । आइतबार स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि भट्टलाई जिल्ला अस्पताल भर्ना गरिएको थियो । जिल्ला अस्पतालमा सम्भव नभएपछि उनलाई आज थप उपचारका लागि धनगढी पठाएको जिल्ला अस्पतालका सूचना अधिकारी राजेश भट्टले बताए । भट्टको धनगढी लैजाने क्रममा शैल्यशिखर नगरपालिका–६ को ग्वानीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । भट्टको शव जिल्ला अस्पतालमा राखिएको छ । उनको आजै शव परीक्षणपछि दाहसंस्कार गरिने बताइएको छ । भट्ट २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।
nepalwatch.com
4,339,901
बडादसैँका कारण पत्रकार सम्मेलन यही कात्तिक ७ देखि कात्तिक ११ गतेसम्मका लागि स्थगन गरिएको जनाइएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि हुने नियमित पत्रकार सम्मेलन थप परिमार्जनसमेत हुने बताए। उनले कोभिड –१९ का बारे भने सामाजिक सञ्जालबाट जानकारी गराइने पनि बताए । मन्त्रालयले दुई सय ५६ दिनदेखि लगातार नेपालमा कोभिड –१९ का बारे नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँदै आएको छ । अहिलेसम्म नेपालमा एक लाख ४८ हजार ५०९ संक्रमित भइसकेका छन् भने ८१२ जनाको संक्रमणबाट निधन भएको छ । यस्तै एक लाख दुई हजार ८२० जना संक्रमणबाट निको भएको र ४४ हजार ८७७ सक्रिय संक्रमित रहेका छन् । काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र म्याग्दी । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा विद्यालयको कक्षा बागलुङ । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती, धुसस्थित ताराज्योति प्राथमिक विद्यालयमा पछिल्लो तीन वर्षमा विद्यार्थीको सङ्ख्या काठमाडौँ ।
pariwartankhabar.com
2,603,603
सिकलसेलबाट सन्तानलाई बचाउनका लागि अनिवार्य रूपमा रगत जाँच गरेर विवाह कुण्डली मिलाउन भनिएको हो । अन्य समुदायमा पनि फाट्टफुट्ट देखिन थालेको सिकलसेल रोग रोकथामका लागि थारु समुदायलाई रगत जाँच गरेर विवाह कुण्डली मिलाउन विशेषज्ञ डाक्टरहरूले सुझाव दिएका छन् । यतिबेला बाँकेका थारु गाउँहरुमा ‘कस्ताले कस्तासँग विवाह गर्ने’ भन्ने पम्प्लेट नै छ्याप्छ्याप्ती बाँडिएको छ । सिकलसेल विशेषज्ञ डा.राजन पाण्डेले तयार पारेको विवाह कुण्डलीमा सिकलसेलका बिरामी–बिरामीका बीचमा विवाह गर्नै नमिल्ने उल्लेख छ । पचास प्रतिशत बिरामी र पचास प्रतिशत बाहकले पनि विवाह गर्न नमिल्ने भनिएको छ । २५ प्रतिशत सामान्य, २५ प्रतिशत बिरामी र ५० प्रतिशत बाहकका बीचमा विवाह गर्दा पनि सोच विचार गर्नुपर्ने भनिएको छ । सामान्यतया विवाह गर्दा चिना हेर्ने गरिन्छ तर थारु समुदायमा भने रगत जाँच गर्नुपर्ने भएको छ । सन्तानलाई सिकलसेलबाट बचाउनका लागि विवाह पूर्व नै रगत जाँच गरी बाहकहरू पत्ता लगाएर बाहक–बाहकबीच र बाहक र रोगीबीच विवाह गर्नु हुँदैन भन्ने कुरा समुदायलाई सिकाएर ससमुदायले स्विकार्न जरुरी रहेको भेरी अस्पताल बाँकेका फिजिसियन मेडिकल विभागका विभागीय प्रमुख तथा सिकलसेल, थालेसिमिया रोगका श्रोत व्यक्ति डा.राजन पाण्डले बताए । उनले पचास प्रतिशत सामान्य र पचास प्रतिशत बाहकका बीचमा विवाह गर्न मिल्ने उल्लेख गरे । अहिले रोग नदेखिए पनि उनीहरूबाट जन्मेको बच्चामा रोग सर्न सक्नेलाई ‘बाहक’ भन्ने गरिएको भन्दै उनले यसका बारेमा थारु समुदायलाई सचेत गराउन आवश्यक रहेको बताए । स्वास्थ्य कार्यालय, बाँकेका प्रमुख धीरजंग शाहले बिरामी र बाहक पत्ता लगाएर समुदायमा सचेतनाका जगाउने काम भइरहेको बताए । बाँकेको थारु बाहुल्य गाउँमा यतिबेला बिरामी र बाहक पत्ता लगाउने काम भइरहेको छ । उनले समुदाय स्तरमा देखिन थालेको सिलसेलको बारेमा नियन्त्रण र रोकथामाका निम्ति समुदायमा नै पुगेको चेकजाँच भइरहेको बताए । बिरामीका आफन्तहरू भने उपचारमा धेरै खर्च लाग्ने हुँदा सिकलसेल बिरामी तथा आफन्तहरू भने सरकारले बिरामीलाई बाचुन्जेल निःशुल्क औषधि गरिदिनुपर्ने माग गर्छन् । बिरामीका आफन्त रामकृष्ण थारुले निःशुल्क उपचार सरकारले गर्नुपर्ने माग राखे । उनले उपचारका लागि धेरै खर्च लाग्ने भएकोले आफूले उपचार गर्न नसक्ने अवस्था रहेको बताए । सरकारले सिकलसेललाई जनस्वास्थ्य समस्याभन्दै पश्चिमका अस्पतालहरूमा जाँच विपन्न नागरिक औषधि उपचार कार्यक्रमअन्तर्गत सिकलसेल एनिमियाका बिरामीलाई १ लाख रुपैयाँ बराबरको निःशुल्क उपचारको व्यवस्था गरेको छ । भेरीमा औषधि खाइरहेका २० जनाको यो औषधिको सीमा सकिन थालेको छ । बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, दाङ, कपिलबस्तुलगायतका जिल्लाका थारु समुदायमा सिकलसेल जनस्वास्थ्य समस्याका रुपमा रहेको छ । यतिबेला बाँकेको राप्ती सोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा सिकलसेलको परीक्षण र उपचार भइरहेको छ । रगत जाँच गरिएकामध्ये १० देखि १५ प्रतिशतमा सिकलेसलका बिरामी फेला परेका छन् । सिकलसेलका रोगीले खाने औषधि नै महंगो छ । सरकारले अत्यावश्यक औषधिको सूचिमा सिकलसेल रोगीको औषधि पनि राखेको छ । तर बीमामा भने समावेश गरिएको छैन । जसका कारण औषधिको सीमा सकिएका बिरामीले बीमाबाट सिकलसेलका लागि चाहिने औषधि पाउन सकेका छैनन् । भेरी अस्पतालमा दैनिक ३ देखि ७ जना थाईलेसिमियाका बिरामीहरूले रगत चढाउने गरेका छन् । यसकारण स्वास्थ्य कार्यालयले बाहक पुरुष र बिरामी महिला तथा बाहक महिला र बिरामी पुरुष बीच विवाह गर्नु नहुने विज्ञहरूको भनाइ छ । स्वास्थ्य कार्यालय बाँकेले भेरी अस्पतालमा हप्तामा सोमवार र बिहीबार निःशुल्क उपचारको व्यवस्था मिलाइएकाले उपचार गर्न आउने बिरामीका लागि बिरामीको कार्ड बनाएर वितरण गरेको छ ।
ratopati.com
5,423,638
मानवीय लापरबाहीले गर्दा दाङमा बर्सेनि हजारौँ हेक्टर वन जङ्गल डढेलोका कारण खरानी हुने गरेको छ। दाङमा करिब एक महिनाको अवधिमा दुई हजार हेक्टर वनमा डढेलो लागेको छ। डिभिजन वन कार्यालय घोराहीअन्तर्गत २४ र डिभिजन वन कार्यालय लमहीअन्तर्गतका २७ भन्दा बढी सामुदायिक तथा राष्ट्रिय वनमा डढेलो लागिसकेको छ। जसले गर्दा दाङ क्षेत्रमा ६३३ हेक्टर र देउखरी क्षेत्रमा एक हजार ४०० भन्दा बढी हेक्टर वन डढेलो लागेको छ। यसको जोखिम अझ बढ्ने देखिएको छ।
gorkhapatraonline.com
1,268,656
करिब २५ वर्षअघि आमाबुवालाई पछ्याउँदै मुम्बई छिरेका उनले यो अवधिमा आफ्नै अमूल्य परिचय बनाएका छन्। नेपाली चित्रकारका रूपमा उनले मुम्बईको चित्रकारितामा आफ्नो बेग्लै परिचय बनाएका छन्। नेपाल आर्ट काउन्सिलमा हरेक दिनजसो कलाकारिताका विषयमा कार्यक्रम भइरहन्छ। चित्र प्रदर्शन हुन्छन्, परफम आर्ट प्रस्तुत हुन्छ अनि इन्स्टलेसन आर्टका नमुना सिर्जना हुने गर्छन्। यही काउन्सिलमा भरत सिंहको एकल चित्रकला प्रदर्शनी सञ्चालन भएको थियो। प्रदर्शनीमा उनले बनाएका १४ वटा पोट्रेटले ठाउँ पाए जसमा कर्ण शाक्य, सुरज वैद्य, अनिलकेशरी शाह, भोलाविक्रम थापा, विद्यादेवी भण्डारी, विनोद चौधरी, अनुराधा कोइराला, आनी छोइङ डोल्मा, हिमानी शाह, अम्बिका श्रेष्ठ, पद्मा जोशी, अनुप मल्ल लगायतका पोटे«ट थिए। उनले बनाएका चित्रले आर्ट काउन्सिलको स्टुडियो उज्यालो भएको थियो। सबै पोटे«ट एकै आकारका थिए। कलात्मक पोट्रेटमा उतारेका मानिस जीवन्त रूपमा भित्तामा सजाइएका थिए। भरत अक्सर पोट्रेटमा कुची चलाउँछन्। कुनै पनि व्यक्तिको मुहारचित्र दुरुस्तै उतार्ने खुबी छ उनमा। उनका कलात्मक र अब्बल पोट्रेट हेरेर धेरै दर्शक कलाकार मक्ख परे। जसको चित्र बनाएको हो उनीहरूले आफ्नो पोट्रेट किनेर लगे पनि। पोट्रेट बनाउने काम चुनौतीपूर्ण भएको बताउँदै भरतले अन्य चित्र बनाउँदा केही थपथाप गर्न पाइने छुट हुने बताए। ‘पोट्रेट जस्ताको तस्तै बनाउनुपर्छ, जुन कठिन कार्य हो’, उनले भने। उनले मुकेश अम्बानी, हर्ष गोयन्का, टीना अम्बानी, अमिताभ बच्चन, मनीषा कोइराला, दीपिका पादुकोण, ऐश्वर्या राय, बाल ठाकरे, सञ्जय दत्त, हरिवंश राय बच्चन लगायतका पोट्रेट बनाइसकेका छन्। उनीहरूले भरतसँग निरन्तर सहकार्य गरिरहन्छन्। सार्वजनिक व्यक्तित्वका पोट्रेटमा उनको बढी लगाव छ। किन त ? उनी भन्छन्, सार्वजनिक व्यक्तिमा सबैको चासो हुन्छ, उनीहरूका फ्यान फ्लोइङ पनि राम्रो हुन्छ। आर्ट बिक्रीको हिसाबले पनि यस्ता पोट्रेट सुरक्षित हुने गर्छ, उनीहरूले आर्ट बुझेका हुन्छन्। भरतका अनुसार उनी कुनै पनि व्यक्तिको पोट्रेट बनाएपछि कलेक्सन गरेर प्रदर्शनी आयोजना गर्छन्। त्यहाँ उनी सम्बन्धित व्यक्तिलाई पनि बोलाउँछन्। भरतले बनाएका चित्र प्रायः प्रदर्शनीमै बिक्री हुन्छ। आफ्ना चित्रका रियल मान्छे आफ्नो प्रदर्शनीमा आउनु भरतका लागि अवसर र चुनौती दुवै हो। अझ राम्रो गर्नुपर्ने चुनौतीसँगै हौसला र माया पाइने हुँदा खुसी पनि मिल्ने गरेको छ उनलाई। मुम्बईका चर्चित नेता हुन्, बाल ठाकरे। भरतलाई निकै मन पर्ने गथ्र्यो ठाकरे। ठाकरे जीवित हुँदा नै भरतले सयांै पोट्रेट बनाएका छन्। उनका छोरा उद्धव ठाकरे अहिले मुम्बईको सीएम छन्। उद्धवकै सेना भवनमा भरतले बनाएका बाल ठाकरेका चित्र प्रदर्शनीमा राखिएको छ। यस्तै सञ्जय दत्त र उनको परिवारकै पोट्रेट उतारेका छन्। अमिताभ बच्चनको घरमा पनि उनले बनाएका पोट्रेट सजाइएका छन्। हरिवंश राय बच्चनको पनि चित्र छन्। भरतका चित्र ठूलो साइजका छन्। उनलाई सानो चित्र बनाउन मन पर्दैन। ठूलो चित्र हेर्दा पनि आकर्षक देखिने र दर्शकको आँखामा परिहाल्ने उनको बुझाइ छ। मुम्बईमा रहेको आफ्नै सिंह स्टुडियोमा बसेर उनी चित्र साधना गरिरहन्छन्। आफ्ना चित्रलाई रियालिस्टिक बनाउन उनी विदेशी रङको प्रयोग गर्छन्। यसले गर्दा चित्रमा रङ उड्ने, ढुसी आउने गर्दैन। प्रायः तैल रङ प्रयोग गर्ने भरत चित्रमा चमक आउनुपर्नेमा सचेत छन्। प्रदर्शनीमा समावेश चित्र उनले एक हप्तादेखि महिना दिनसम्मको समय लगाएर बनाएका हुन्। ३२ वर्षीय भरत अविवाहित छन्। उनलाई अझ बढी नाम कमाउनु छ। राम्रो गर्नु छ। अझै चर्चा बटुल्नु छ। यसैले पनि काममै दिलोज्यान लिएर लागेका छन्। आमाबुवाले उनको कामबारे खासै बुझेका त छैनन् तर राम्रो गरेको छौ भनेर हौसला दिनुहुन्छ। उनका भाइ पनि उनलाई काममा सघाउँछन्। नेपाली कलाकारका रूपमा मुम्बईमा आफूले पाएको सम्मान, इज्जत र प्रतिष्ठाले उनलाई सन्तुष्टि दिन्छ। भन्छन्, ‘म कहाँको हो भनेर खासै फरक पर्दैन। कामको चर्चा जहाँ पनि हुन्छ। कामले मान्छे चिनाउँछ। मुम्बईमा चित्रकार भनेर चिनाउन मसँग कुची चलाउने रहर र रुचि ज्यादा थियो।’ कसैको पोट्रेट बनाउनुअघि उनी उक्त व्यक्तिको व्यक्तित्व पढ्ने गर्छन्। गुगलमा खोज्ने गर्छन्। अनलाइनमा हेर्ने गर्छन्। उसको हाँसोदेखि सबै विचार गर्छन्। उसको व्यक्तित्वले कनेक्ट गरेपछि मात्रै पोट्रेट बनाउन सुरु गर्छन्। चित्रमा दुरुस्तै उतार्नुपर्ने जिम्मेवारी लिएका हुन्छन्। अहिलेसम्म उनले पाँच हजारभन्दा बढी चित्र बनाइसकेका छन्। धेरैजसो बिक्री भइसके, केही भने उनको स्टुडियोमै संकलन गरेर राखिएको छ। नेपालमा पहिलो पटक एकल चित्र प्रदर्शनी गरेका भरतले यहाँ आमाको जस्तै माया पाएको बताए। आर्टलाई मेडिटेसनका रूपमा बुझेका सिंहले शब्दमा आर्ट व्यक्त गर्न नसकिने बताए। भन्छन्, ‘व्यक्तिभित्रको फिलिङ हो आर्ट। आफूलाई प्रदर्शन गर्ने माध्यम हो आर्ट।’ मुम्बईमा गएर उनले आर्टकै माध्यमबाट नाम, दाम र शान पनि कमाएका छन्। भन्छन्, ‘नेपाली भएर पनि अर्को देशमा गएर चर्चा कमाएकोमा सबैले हौसला दिन्छन्।’ उनले औपचारिक रूपमा आर्ट अध्ययन गरेका छैनन्। कामले उनलाई चित्रकार बनायो। १२ कक्षासम्म पढेर औपचारिक पढाइ छाडिदिए। पढ्नुभन्दा पनि ड्रइङ गर्न मन पथ्र्यो उनलाई। स्कुल पढ्ने बेलामा पनि ड्रइङ पढाउने पिरियड कुरेर बस्थे। चित्रप्रतिको यो लगावले उनलाई मुम्बईको सफल चित्रकार बनायो ।
annapurnapost.com
6,127,984
‘बजेट प्रक्रियामा नागरिक सहभागिता’ कार्यक्रमको राष्ट्रिय स्तरमा शुभारम्भ भएको छ । बिहीबार युरोपेली युनियन, यूएनडीपी, यूएन विमेनको सहयोग र मित्र समाज तथा डेक्को नेपालको संयोजकत्वमा यो कार्यक्रमको आयोजना गरिएको हो । बिहीबार अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा कार्यक्रमको शुभारम्भ गरिएको हो । चालु आर्थिक वर्षमा यो कार्यक्रम ललितपुर महानगरपालिका, जनकपुर उपमहानगरपालिका, नेपालगन्ज उपमहानगरपालिका, बीरेन्द्रनगरपालिका र धनगढी उपमहानगरपालिकामा कार्यान्वयन गर्ने योजना छ । सार्वजनिक वित्त व्यवस्थापनमा नागरिक संलग्नता सुनिश्चित गर्न बनेको राष्ट्रिय रणनीति र कार्ययोजना २०७८ को उद्देश्य नं ३ मा स्थानीय सार्वजनिक वित्त व्यवस्थापन प्रक्रियामा नागरिक सहभागिता र समावेशीताका सिद्धान्तको व्यवहारिक कार्यान्वयन गर्ने विषय उल्लेख छ ।
onlinekhabar.com
5,895,657
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले किशोरकुमार खत्रीलाई नेपाल नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धकबाट हटाएका छन् । सोमबार मन्त्री भट्टराइले खत्रीलाई उपप्रबन्धकबाट हटाएका हुन् । उनलाई नागरिक उड्डयन प्राधिकरणले खत्रीलाई झापा पठाएको छ । आइतबार मात्र मन्त्री भट्टराइले विमानस्थलमा विभिन्न आरोप लागेका कर्मचारीहरुलाई विमानस्थलमा नराख्न निर्देशन दिएका थिए । खत्री दुई वर्षअघि ४० तोला सुनसहित त्रिभुन अन्तर्राष्ट्रिय विमानस्थलको धवनमार्गबाट पक्राउ परेका थिए । पछि उनले अदालत गएर जागिर जोगाएका थिए । तर उनलाई असार १७ गतेको क्यानको निर्णय अनुसार नागरिक उड्डयन प्राधिकरणमा नै खटाइएको थियो ।
khabarhub.com
2,675,068
फक्ताङलुङ गाउँपालिका–६ स्थित समुन्द्र सतहदेखि चार हजार १०० मिटरको उचाइमा अवस्थित खम्बाचेनमा निर्माण भइरहेको भवनको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको छ । सो केन्द्र यस आर्थिक वर्षसम्ममा भौतिक संरचनाको काम सम्पन्न गर्ने गरी काम भइरहेको कञ्जनजङ्घा संरक्षण क्षेत्रका संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले जानकारी दिए । बहुवर्षे योजनाअन्तर्गत २०७४ सालदेखि शुरु भएको भवन निमार्ण कार्य २०७७ साल असार मसान्तसम्ममा निर्माण गरी सक्नुपर्ने गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागअन्तर्गत कूल बजेट रु चार करोड ९७ लाख पाँच हजार १५० मा सुवर्ण जेवी हिमालयन कन्स्ट्रक्सनले ठेक्का सम्झौता भएको थियो । हिमाली क्षेत्र भएकाले जिल्ला सदमुकामदेखि आवश्यक निर्माण सामग्री चार दिन लगाएर बोकेर निर्माणस्थलसम्म पु¥याउनुपर्ने र हिउँका कारणले वर्षको ६ महिनामात्र काम गर्न सकिने भएकाले तोकिएको समयमै निर्माण कार्य सम्पन्न हुन नसकेको संरक्षण अधिकृत तिवारीले बताए । सम्झौता एक वर्ष थप गरी २०७८ साल असार मसान्तसम्ममा सम्पन्न गर्ने गरी तीव्र गतिमा काम भइरहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का निवर्तमान अध्यक्ष खगेन्द्र फेम्बू लिम्बूले बताए । कञ्चनजङघा संरक्षण क्षेत्रभित्र विश्वको दुर्लभ वन्यजन्तु हिउँचितुवा, हाब्रे (रेडपान्डा) कस्तुरी मृगका साथै विभिन्न जनवार तथा चराचुरुङ्गी र विभिन्न प्रजातिका वनस्पति पाइने भएकाले अध्ययन अनुसन्धान गर्नका लागि हिमालीय अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न लागेको फेम्बूले बताए ।
ratopati.com
1,320,288
सुनापति गाउँपालिका-२ का ६३ वर्षीय पुरुषको शुक्रबार बिहान तीन बजे मृत्यु भएको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिए। बृद्धको बैशाख २६ गते पीसिआर परीक्षण गर्दा कोरोना भाइरस पुष्टि भएको थियो थियो । थापाका अनुसार सुरुमा उनी होम आइसोलेशनमा बसेका थिए । उनको स्वास्थ्य अवस्था बिग्रदै गएपछि २९ गते प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा भर्ना गरिएको थियो। ‘कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा रहनु भएको थियो तर स्वास्थ्य अवस्था राम्रो नभएको कारण सुनपाति कोभिड अस्पतालका चिकित्सक डा जोक्पाका अनुसार काठमाडौं रिफर गर्नुभयो तर कतै बेड नपाएको कारण २९ गते राति ११ बजे मन्थलि प्रा.स्व.के. मा भर्ना गरियो।’ जनस्वास्थ्य अधिकृत थापाले भने,‘१५ लि./मिनेटको दरले अक्सिजन दिँदा पनि सुधार भएन र रिफर गर्ने क्रममा आज बिहान ३ बजे उहाँको निधन भयो ।
annapurnapost.com
2,982,661
सन् १९६९ मा अमेरिकाको लस एन्जेल्समा गर्भवती अभिनेत्री स्यारोन टेट र अन्य ६ जना व्यक्तिको ज्यान लिएको अभियोगमा उनी झन्डै पचास वर्ष अघिदेखि कारागारमा थुनिएका थिए। क्यालिफोर्निया सुधार गृहद्वारा जारी गरिएको एक विज्ञप्तिमा भयावह हिंसा र पागलपनाका लागि कुख्यात म्यान्सनको केर्न काउन्टी अस्पतालमा कालगतिले स्थानीय समयअनुसार आइतबार साँझ ८ बजेर १३ मिनेट जाँदा मृत्यु भएको जनाइएको छ। सुधारगृहका महिला प्रवक्ता विकस् वाटर्सले उनको शवको अटोप्सी गरिने तर परिणाम के निस्कने भन्ने स्पष्ट नभएको बताएकी छिन्। यसअघि नै कारागारका अधिकारीहरूले कुनै आफन्तको यकिन नभएका उनका सम्भावित हकदारको दस दिनसम्म प्रतीक्षा गरिने र त्यसपछि शवको अन्तयेष्टिको निर्णय कारागार प्रशासन आफैले गर्ने बताइसकेका छन् । उनको सम्पत्तिका रूपमा रहेको कम्तीमा दुईवटा गिटार र केही कलात्मक वस्तु कसैलाई कानुनीरूपमा दाबी गर्न एक वर्षसम्म मौका दिइने बताइएको छ। सन् १९३४ को १२ नोभेम्बरमा अमेरिकाको सिन्सिनाटीमा सम्भवतः एक वेश्या किशोरीको कोखबाट म्यान्सनको जन्म भएको थियो। आठ वर्षको उमेरमा मात्र विद्यालयको मुख देखेका उनी साठीको दशकमा जाली चेकको कारण १० वर्ष जेल परेका थिए। त्यतिबेला उनले आफूलाई जेल नै घरजस्तै लाग्न थालेकाले जेलमुक्त नगर्न सरकारी अधिकारीसमक्ष अनुरोध गरेका थिए ।
newsofnepal.com
4,455,782
जसअन्तर्गत ८२ हजार ३७७ पुरुष र ८९ हजार ४५० जना महिला, एक जना तेस्रोलिङ्गी रहेका छन् । कार्यालयले यस आवमा दुई हजार १०९ पुरुष र एक हजार ५७१ महिला गरी जम्मा तीन हजार ६८० जनाको मतदाता नामावलीमा नाम दर्ता गराएको निर्वाचन कार्यालयका सूचना अधिकारी थमन सारुले जानकारी दिए । कार्यालयले जिल्लाका ६० गाविस दुई नगरपालिका गरी ९० वटा केन्द्रबाट चरणबद्ध रुपमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने कार्य गर्दै आएको छ। अहिले निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत जुनसुकै बेला पनि फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन सकिने व्यवस्था रहेको निर्वाचन कार्यालय पाल्पाले जनाएको छ ।
pahilopost.com
718,897
केहि समय अगाडी भारतीय डान्स रियालिटी शो ’डान्स च्याम्पियन’ मा बलिउडका स्टार सलमान खान र कट्रिना कैफको अगाडी नृत्य गरेर चर्चामा आएका सुशान्त खत्रीले नेपाली म्युजिक भिडियोमा अभिनय गरेका छन् । पछिल्लो समय पारिवारिक भेटघाटका लागि नेपाल आइपुगेका सुशान्तले शान थापाको निर्देशनमा तयार भएको भिडियोमा नृत्य गरेका हुन् । जीवनकै पहिलो म्युजिक भिडियोको रुपमा उनले ’यो मुटु दुख्छ किन’ बोलको गीतमा अभिनय गरेका हुन् । गीतमा उनि एक्लै फिचरीङ छन् । सार्वजनिक गीतमा दर्पण राईको शब्द र संगीत रहेको छ भने यसलाई राजेश पायल राइले गाएका छन् । दर्पणले शब्दमा कोरेको मायाको भावलाई सुशान्तले आफ्नो डान्सीङ मुभ मार्फत व्यक्त गरेका छन् । गीतको कोरियोग्राफ राजिव समरसंग मिलेर सुशान्तले नै गरेका हुन । यसमा अनिल के मानन्धरको छायाँकन , विजय बस्यालको ग्राफिक्स , सुप्रिम पराजुलीको सम्पादन रहेको छ । गीतलाई एमएमएस इन्टरटेन्मेन्ट नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । मलाई नेपाली गीतमा कहिले नाच्छौ भन्ने प्रश्न निकै आउथ्यो , यस गीत मार्फत त्यसको अन्त्य भएको छ । यो मेरो जीवनकै पहिलो म्युजिक भिडियो हो । म नेपालमा भेटघाटको लागि आएको थिए , यसै बेला जुरेको रहेछ यसैले काम गरे । मलाइ गीत निकै मन पर्यो अनि यसलाई छायाँकन गर्ने तरिका जसरि निर्देशक थापाजीले मलाइ सुनाउनु भयो , त्यसले गर्दा पनि म उत्साहित भएँ । मलाइ नेपाली गीतमा आफुलाई प्रस्तुत गर्न पाउदा निकै खुशी लाग्छ । नेपालमा काम गर्ने ईच्छा पनि , यसको सुरुवात यो म्युजिक भिडियो मार्फत भईसकेको छ । अब हप्ता दिनमै फेरी मुम्बई फर्किदै छु तर नेपाल आउने जाने क्रम चलिनै रहन्छ । यतिबेला म डान्सकै कथामा बन्ने बलिउड फिल्म ’एबीसिडी’ को नयाँ सेरिजको लागि त्यहाँ पुग्दैछु । अभिनय मार्फत कस्तो प्रतिक्रिया आउला भन्ने कौतुहलता छ ।
brtnepal.com
1,752,346
महिलाहरुमा महिनावारी समय समयमा हुनु भनेको स्वस्थ भएको एउटा निसानी पनि हो । तर कतिपय अवस्थामा महिलाहरुमा महिनावारी अनियमित हुने गर्दछ । जसले गर्दा अन्य विभिन्न स्वास्थ्य समस्याहरु पनि आउने गर्दछन् । त्यसैले महिनावारी नियमित हुनु एकदमै जरुरी हुन्छ । विभिन्न विषयमा ख्याल गरेर पनि महिनावारी नियमित बनाउन सकिन्छ । जसका लागि तपाईं घरमै केही अभ्यासहरु गर्न सक्नुहुन्छ । आज त्यही विषयमा जान्नेछौं । महिनावारी नियमित बनाउनका लागि घरमै गर्न सकिने उपायहरुका बारेमा जानौं । कसरतले शरीर फुर्तिलो बनाउँछ र हर्मोनहरुलाई सन्तुलित बनाउन सहयोग गर्छ । कसरतले शरीरलाई स्वस्थ राख्नुका साथै कैयौं विमारीहरुबाट पनि बचाव गर्दछ । हर्बल तथा आर्युवेदिक जडिबुटीहरुको सहयोगले पनि महिनावारीलाई नियमित गराउन सकिन्छ । ज्वानो, गुड र मेथीको बीजको सहयोगले महिनावारी नियमित गराउन सकिन्छ । यी जडिबुटीको प्रयोगले शरीर पनि स्वस्थ रहन्छ र विमारीहरु लाग्ने खतरा पनि कम हुन्छ । एक्कुपञ्चर पनि शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसलाई गर्नाले कैयौं विमारीहरु निको पनि हुने गर्दछन् । एक्कुपञ्चर गर्नाले अनियमित भएको महिनावारीलाई पनि ठिक गर्न सकिन्छ । एक्कुपञ्चरले शरीरमा रक्तसञ्चारलाई राम्रो बनाउँछ र तनाव कम गर्न सहयोग गर्छ । जसले गर्दा महिनावारी पनि नियमित हुन थाल्छ । अनियमित महिनावारीलाई ठिक गर्नका लागि सही खानपान गर्नु पनि अत्यावश्यक छ । कैयौं पटक फास्टफूड खानाले पनि महिनावारी अनियमित हुन्छ र कैयौं प्रकारका विमारीहरु हुने खतरा बढ्छ । यस्तोमा शरीरलाई स्वस्थ राख्नका लागि स्वस्थ खानपानलाई छान्नुहोस् । तौल बढ्दै गएपछि पनि महिनावारी अनियमित हुने समस्या हुन्छ । त्यसैले शरीरलाई सम्पूर्ण रुपमा स्वस्थ राख्नका लागि तौल पनि सन्तुलित बनाइराख्नु पर्छ । तौल बढ्दै गएपछि शरीरमा अन्य समस्या देखिन थाल्छन् साथमा महिनावारी पनि अनियमित हुन थाल्छ । त्यसैले यसरी घरमै केही कुराहरुको ख्याल राखेर पनि तपाईं महिनावारी नियमित बनाउन सक्नुहुन्छ ।
nepalviews.com
3,227,614
विचारको राजनीतिभन्दा पनि एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यक्तित्व मन परेको भन्दै उनी आजदेखि एमालेमा समाहित भएकी हुन् । माइतीघर डाँडामार रहेको कार्की ब्याङ्क्वेटमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले करिश्मालाई पार्टीमा स्वागत गर्नुभएको हो । पार्टी प्रवेश गर्दै उनले ओलीको व्यक्तित्वले प्रभावित भएर आफूले एमाले रोजेको बताइन् । उनले ओलीको भाषण सुनेर आफू कहिल्यै नथाक्ने कुरो समेत सुनाइन् । अलि अघिसम्म प्रतिनिधिसभा विघटनको विरोध गरेकी करिश्मा गत असोज २ गते ओलीले फोन गरेपछि एकाएक प्रशंसक बनेकी थिइन् । प्लस टु पास गरेकी उनलाई त्यसबेला ओलीले ‘करिश्मा परीक्षा कस्तो भइरहेको छ ?’ भनेर सोधेका थिए । ओलीको उक्त प्रश्न आफ्नै घरको मूलीले छोराछोरीसँग सोधेजस्तो लागेको र आफू प्रभावित भएको करिश्माले बताउँदै आएकी थिइन् । त्यसपछि ओलीलाई नजिकबाट नियालिरहेकी उनी आफ्ना ‘आइडल’ लाई भेट्न कात्तिक ४ गते बालकोट पुगेकी थिइन् । उक्त भेटघाटको तारतम्य गायिका तथा एमाले नेतृ कोमल वली र हाँस्यकलाकार जितु नेपालले मिलाएका थिए । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीतिक करिअर सुरुवात गरेकी करिश्मा पछिल्लो समय पढाइलाई प्राथमिकता दिन भन्दै निस्क्रिय रहेकी थिइन् । उनी अहिले प्लस टु पढिरहेकी छिन् । त्यसो त प्रतिनिधिसभा विघटनताका करिश्माले ओलीको कदमको आलोचना गरेकी थिइन् । जनआस्थासँगको कुराकानीमा उनले एमाले अध्यक्ष ओलीले संसद विघटन गरेर गल्ति गरेको बताएकी थिइन् । तर, उनै करिश्मालाई ओलीको एउटा फोन कलले प्रभावित पारेर अन्ततः एमाले प्रवेश गरायो ।
janaaastha.com
4,503,711
सन् २०१४ मा छनोट भएर बंगलादेशमा टी-२० विश्वकप खेलेको नेपाल यस पटक एसियन क्वालिफायरमै रोकियो। पाँच राष्ट्र सम्मिलित विश्वकप क्वालिफायर एसिया फाइनलमा 'फेभरेटको ट्याग' लागेको नेपाल अन्तिम खेलमा सिंगापुरसँग ८२ रनले हारेपछि ग्लोबल क्वालिफायर पुग्नसमेत सकेन। विश्वकप झनै टाढा बन्यो । पाँच राष्ट्र सम्मिलित यस क्वालिफायरको अन्तिम खेलमा सिंगापुरले नेपाललाई ८२ रनले पराजित गर्दै शीर्ष स्थानमा रह्यो। ४ मध्ये ३ खेल जितेको सिंगापुरले एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो । यस दिनको एउटा नतिजाले नेपाली क्रिकेटको यात्रा तय गर्नेछ, टी २० फर्म्याटमा । सिंगापुरमै भइरहेको विश्वकप क्‍वालिफायरको एसिया फाइनलमा नेपालले भोलि सिंगापुरसँग अन्तिम खेल खेल्दैछ। पहिलो खेलमा कतारसँग अप्रत्यासित हार बेहोरेको नेपालले त्यसपछि लगातार दुई खेल जित्दै आफूलाई उपाधि होडमा कायम राखेको छ । क्वालिफायरमा पहिलो खेलमै कतारसँग अप्रत्यासित हार बेहोरेपछि नेपाली टोली सुरुमै दबावमा आएको थियो। तर दोस्रो खेलमा मलेसियाविरुद्ध जित हात पारेपछि नेपाली टोलीलाई केही राहत मिलेको छ। मलेसियासँग खेलेपछि नेपालले दुई दिन आराम पाएको थियो। कुवेतले भने आज कतारसँग खेल्दै जित हात पारेको थियो । साउन ३२ देखि भदौ ८ सम्म नेपालमै हुने यस प्रतियोगिताको लागि नेपालले करिब चार साता यता तयारी गरिरहेको छ। गत चैत-बैशाखमा नेपालगन्जमा भएको आठौं राष्ट्रिय खेलकुदमा गरेको प्रदर्शनका आधारमा २५ खेलाडी छनोट गरिएको थियो । १४ सदस्यीय उक्त टोलीमा अनुभवी ब्याट्सम्यान शरद भेषावकरले कमब्याक गरेका छन्। चोटका कारण बेला बेला महत्वपूर्ण प्रतियोगिता गुमाउँदै आएका शरदले पछिल्लो पटक युएई टुर पनि पूर्ण रुपमा फिट नभएकोले गुमाएका थिए ।
pahilopost.com
1,478,024
आइतबार बिहानदेखि निरन्तर भइरहेको वर्षाले सर्लाही जिल्ला सदरमुकाम मलङ्गवाका विभिन्न सरकारी भवन तथा दर्जनौँ निजी घरहरु डुबानमा परेका छन् । भारी वर्षाले सर्लाही सदरमुकाम मलङ्गवासहित जिल्लाका विभिन्न ठाउँ जलमग्न बनेका छन् ।सदरमुकाम मलङ्गवाको बाल मन्दिर, नगरपालिका चौक, बसपार्क लगायतका क्षेत्र जलमग्न भएको स्थानीय व्यापारीहरुले बताएका छन् ।
kendrabindu.com
5,286,736
काठमाडौं, वैशाख ३ गते। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय कोरोबार झण्झटिलो भएको भन्दै पर्यटकलाई नगदै बोकेर आउन आग्रह गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार विमानस्थल ओर्लिएपछि पाउने भिसा अर्थात् अनअराइभल भिसा लिने पर्यटकलाई भिसा शुल्क बुझाउन सजिलोका लागि भन्दै कार्यालयले २०० अमेरिकी डलर बराबरको विदेशी मुद्रा बोकेर आउन आग्रह गरिएको हो।उहाँले भन्नुभयो, ‘सफ्ट्वेयरले काम नगर्दा अनअराइभल भिसा लिने पर्यटकलाई तीनदेखि चार घण्टा लाइन बस्नुपरेको छ, मैले अध्यागमन विभागका प्रमुखलाई भनेर पर्यटकको सहायताका लागि नगद ल्याउन सूचना निकाल्न आग्रह गरेको थिए, अहिले सूचना प्रकाशन भएको हो।’अध्यागमन कार्यालयले निकालेको सूचनामा अहिले नेपाल आउने पर्यटकको सङ्ख्या धेरै रहेको र विमानस्थलमा एउटा मात्र एटिएम मेसिन रहेकाले विद्युतीय कारोबारका अरु माध्ययममा पनि प्राविधिक समस्या आउने गरेकाले भीडभाड तथा झण्झटबाट जोगिनका लागि नगदै बोकेर आउन भनिएको छ। रासस
gorkhapatraonline.com
4,773,955
मधेश प्रदेशले फेरि राजपत्र प्रकाशित गर्दै निशान छाप सच्याएको छ । प्रदेशको स्थायी राजधानी र नाम तोकेको सूचना जारी भएको राजपत्रमा नेपालको पुरानै नक्सा प्रकाशन भएको थियो । प्रदेशले फेरि राजपत्र प्रकाशन गर्दै सच्याएको हो । माघ तीन गते प्रकाशन भएको राजपत्रमा पुरानै नक्सा राखेपछि सरकारको आलोचना भएको थियो । आइतबार प्रदेशले भुलवस त्रुटि भएकाले सच्याइएको भन्दै पुनः राजपत्र प्रकाशन गरेको हो । सरकारका मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाले भलवश त्रृटि भएकाले सच्याइएको बताए ।
nepalpress.com
1,389,397
भौतिक सम्पदाको पनि स्वास्थ्य जाँच हुन्छ? प्रश्न उब्जिन सक्छ। भौतिक संरचनाको पनि स्वास्थ्य जाँच हुने प्रविधिको विकास भएको छ । विदेशमा पहिल्यै प्रयोगमा आइसकेको यो प्रविधि नेपालमा भर्खर भित्रिएको हो। नेपालको जापानस्थित एमआई विश्वविद्यालयले उक्त प्रविधि भित्र्याएको हो। २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले विशेषतः काठमाडौं उपत्यकाका सम्पदालाई ध्वस्त बनायो । कति सम्पदा नाश भए, कति भग्नावशेषमा परिणत भए। केहीमा भने भूकम्पले क्षति नपुर्‍याएको देखियो। आँखाले हेर्दा भूकम्पले क्षति नपुगेका सम्पदा भित्रभित्रै कमजोर र कुनै पनि बेला भत्कनसक्ने अवस्थामा पो पुगेको छ कि भन्ने अध्ययन गर्नु नै सम्पदाको स्वास्थ्य जाँच गर्नु हो । सम्पदाको शक्ति, निरन्तर हल्लाई र कम्पन थेग्न सक्ने क्षमताको जाँच गरिनु नै सम्पदाको स्वास्थ्य जाँच भएको पुरातत्व विभाग अन्तर्गत भक्तपुरमा रहेको स्मारक संरक्षण तथा दरवार हेरचाह कार्यालयका प्रमुख इञ्जिनियर मोहनकृष्ण श्रेष्ठ बताउँछन्। भूकम्पले क्षति नभएका सम्पदाको भूकम्पपछिको भौतिक अवस्था, शक्ति, क्षमता पत्ता लगाएर त्यसको संरक्षण, मर्मतसम्भार, पुनर्निर्माण गर्नुपर्ने वा नपर्ने थाहा पाउन सम्पदाहरुको स्वास्थ्य जाँच गरिएको उनले जानकारी दिए। ‘सम्पदाका ठाउँ-ठाउँमा माइक्रोमिटर जडान गरेर त्यसको स्वास्थ्य जाँच गरिन्छ। यसलाई स्ट्रक्चरल हेल्थ मनिटरिङ टेस्ट भनिन्छ’, प्रमुख इञ्जिनियर श्रेष्ठ भन्छन्, ‘ हालसम्म भक्तपुरस्थित विश्वसम्पदा सूचीमा सूचिकृत चाँगुनारायण, पाँचतले मन्दिर र यक्षेश्वर महादेव मन्दिरमा यो जाँच गरेका थियौं । पाँचतले मन्दिरमा जाँच एकवर्षसम्म चल्छ।’ चाँगुनारायण मन्दिर जीर्णोद्धारपछि मन्दिरको स्वास्थ्य ठीक देखिएको उनको भनाइ छ। उक्त जाँचले भक्तपुर दरबार क्षेत्रस्थित यक्षेश्वर महादेव मन्दिरको अवस्था पनि राम्रै देखाएको उनले जानकारी दिए। भूकम्पले उक्त मन्दिरमा क्षति पुर्‍याएको थिएन । तर मन्दिरभित्रका गारोमा चिराचिरा देखिन थालेको प्रमुख इञ्जिनियर श्रेष्ठ बताउँछन्। टौमढीस्थित पाँचतले मन्दिरमा भने एक वर्ष लगाएर स्वास्थ्य जाँच गरिने भएको छ। भूकम्पले मन्दिरको सबैभन्दा माथिल्लो तलामा केही क्षति पुर्‍याएको थियो । उक्त मन्दिरको स्वास्थ्य जाँच गर्न विभिन्न ठाउँमा माइक्रोमिटर जडान गरिएको छ । माइक्रोमिटरले मन्दिरको वर्षभरिको फ्रिक्वेन्सी रेकर्ड राख्ने प्रमुख इञ्जिनियर श्रेष्ठले जानकारी दिए। ‘सम्पदा हरेक पटक आफ्नै चालमा हल्लिरहेको हुन्छ। त्यस्तै अन्य कारणले त्यसमा कम्पन भइरहेको हुन्छ’, उनले भने, ‘उक्त हल्लाई एकै प्रकारले छ कि फरक फरक किसिमको छ, बाहिरी शक्तिले दिने कम्पनले त्यस हल्लाईमा केही फरक परेको छ कि छैन सबै ती माइक्रोमिटरले रेकर्ड गर्छ।’ उक्त रेकर्डको आधारमा सम्पदाको अवस्था ठीक छ छैन, यथार्थ जानकारी हुने उनको भनाइ छ। उनका अनुसार सम्पदाको वास्तविक अवस्थाबारे यथार्थ जानकारी मिलेपछि भूकम्पमा नढलेका सम्पदाको बेलैमा संरक्षण गर्न सकिने र त्यसबाट थप क्षति हुनबाट बच्न सकिन्छ। सम्पदा स्वास्थ्य जाँचको लागि भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जिनियरिङ समेतको सहभागिता रहेको छ ।
annapurnapost.com
1,807,876
थोत्रा नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को राष्ट्र बैंक, विराटनगर कार्यालयमा औपचारिक शुभारम्भ गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीले बीएसबीएस मेसिनको स्वीच अन गरेर यसको शुभारम्भ गरेका हुन्। झुत्रा भएर प्रयोगमा ल्याउन अयोग्य भएका नोटलाई जलाएर नष्ट गरिने गरिएको थियो। त्यस अवसरमा गभर्नर अधिकारीले केन्द्रीय बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने सन्दर्भमा बीएसबीसको शुरुआत एउटा महत्वपूर्ण उपलब्धि रहेको धारणा राखे। बीएसबीएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको जानकारी पनि उनले दिए। साथै, बीएसबीएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको जानकारीसमेत गभर्नर अधिकारीले दिए ।
nepalviews.com
5,900,773
अनियमितताको आरोपमा निलम्बन गरिएका नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सफाई पाएका छन् । सरकारले राष्ट्र बैंकका डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषदको सोमबार बसेको बैठकले डेपुटी गभर्नर श्रेष्ठलाई पुनर्बहाली गर्ने निर्णय गरेको सरकारका प्रबक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री गोकुल वास्कोटाले जानकारी दिए । आफुलाई लागेको आरोप खण्डन गर्दै अर्थसचिव डा राजन खनाललाई डेपुटी गभर्नर श्रेष्ठले गत साता मात्रै २२९ पेजको स्पष्टिकरण बुझाएका थिए। उनले आफुमाथि लागेको सबै आरोप झुटो रहेको भन्दै प्रत्येक आरोपको खण्डन गरेका थिए । राष्ट्र बैंक सञ्चालक समितिका सदस्य श्रीराम पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले दोषी किटान गरेपछि सरकारले श्रेष्ठसँग स्पष्टिकरण सोधेको थियो। पौडेलको संयोजकत्वमा रामजी रेग्मी र सुवोध कर्ण सदस्य रहेको समितिको श्रेष्ठ दोषी रहेको प्रतिवेदन पेश गरेको थियो। श्रेष्ठमाथि बैंक तथा वित्तीय संस्थाको खराब कर्जा लुकाउन सहयोग गरेको, लाभांश लैजाने प्रक्रिया र सर्वोच्चमा परेको मुद्दामा एनसेललाई सघाएको, विदेश भ्रमणका क्रममा अनावश्यक खर्च देखाएर रकम भुक्तान लिएको आरोप लागेको थियो। सरकारको निर्देशनमा एक महिनाअघि राष्ट्र बैंकले श्रेष्ठमाथि समिति बनाएर छानबिन गर्न लगाएको थियो। समितिले तयार पारेको प्रतिवेदन राष्ट्र बैंक सञ्चालक समितिले पारित गरेर अर्थमन्त्रालय हुँदै मन्त्रीपरिषदमा लगिएको थियो। छानबिन समिति गठन भएपछि श्रेष्ठ निलम्बनमा परेका थिए ।
khabarhub.com
3,236,069
न्यूरोडको जुद्धशालीकमा भेला भएर व्यापारीहरुले आज विरोधका कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् । स्थानीय, संघसंस्था, क्लब तथा न्यूरोड व्यवसाय संघर्ष समितिका संयोजक अमृत तुलाधरका अनुसार आज पनि सम्पूर्ण पसल बन्द गरेर विरोध प्रदर्शन गरिनेछ । महानगरको निर्णय फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनले बताए । महानगरको निर्णयले व्यवसायीहरु पलायन हुन बाध्य हुने तुलाधरको भनाई छ । समितिले महानगरको निर्णयको विरोध गर्दै विज्ञप्तिसमेत जारी गरेको छ । ‘काठमाडौं महानगरपालिको गुरु योजना तथा गौरवका योजनाअनुरुप ‘रोजगारी र आयवृद्धि, काठमाडौंमा समृद्धि’ भनि रहँदा हाल यो निर्णयले नेपालको प्रमुख व्यवसायिक केन्द्रबाट व्यवसायहरु पलायन हुन बाध्य हुनेछन् भने लाखौं व्यापारिक वर्ग तथा सोही स्थानमा कार्यरत व्यक्तिहरु बेरोजगार हुनेछन् । देशकै प्रमुख व्यवसायिक केन्द्र नयाँ सडक (न्यूरोड) का व्यापार व्यवसाय धरासायी हुँदा स्वयं काठमाडौं महानगरपालिकाको राजस्व संकलनमा पनि कमि–बाधा हुनुका साथै नेपाल सरकारको अधिकत्तम राजस्व संकलन हुने यस क्षेत्रबाट राजस्व संकलनमा कमि आउने छ’, विज्ञप्तिमा उल्लेख छ । महानगरले उचित विकल्प प्रदान नगरी एकलौटी नियम मात्र लाद्न खोजेको समितिको आरोप छ । त्यस्तै, समितिले यथाशीघ्र व्यवस्थित तथा वैज्ञानिक पार्किङको व्यवस्थापन गर्न माग गरेको छ ।
janaaastha.com
4,986,931
पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित चियादोकान सडकखण्डमा गए राति ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । इलाम । इलाम देउमाई नगरपालिका– २ पुङफुङका ८५ वर्षीय टेकबहादुर मुखियाको आफ्नै छोराको कुटाइबाट धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–२ हिलेखर्कमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ । इटहरी । श्रीमान सशस्त्रको जागिरमा । घरमा दुई छोरी । तर, प्रायःजसो धेरै समय परपुरुषसँगै दमक । आइतवार साँझ हल्दीवारीका पुष्प निरौलाले मेची अस्पतालका मेडिकल अफिसर डा.केवल कपुरीलाई कुटपिट इटहरी । सुनसरीमा साउन १० गतेसम्म निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीको संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका – ९ तुम्लिङटारमा खुकुरी प्रहार गरी एक जनाको हत्या इलाम । सोमबार मृत भेटिएकी उच्च अदालत विराटनगर इलाममा कार्यरत बिमलादेवी पराजुलीको हत्या आरोपमा संखुवासभा । संखुवासभाको राम्बेनीबाट जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी आठ महिना पछि पक्राउ गरेका राजधानी भवन सरस्वती नगर, चाबहिल, पो.ब.न. : २०५०३, काठमाडौं – नेपाल फोन : ९७७–०१–४८११०८० सचिन शेरचन आशिस शेरचन
rajdhanidaily.com
440,032
लकडाउनका कारण भारतीय क्वारेनटाइनमा रहेका बैतडीका तीन जना किरियापुत्री बुबा बितेका चार दिनपछि बुधबार बेलुका नेपाल प्रवेश गरेका छन् । जिल्लाको पुर्चौडी नगरपालिका–३ का प्रेम धामी, अम्मर धामी र राम धामीले बुुबा बितेको चार दिनपछि नेपाल प्रवेश गर्न पाएका हुन् । नेपाल प्रवेश गरेका किरियापुत्रीका बुबा उजले धामीको आइतबार मृत्यु भएको थियो । प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलका अनुसार भारतको पिथौरागढका डिएमसँग कुराकानी गरी तीनै जनालाई झुलाघाट नाकाबाट नेपाल फर्काइएको हो । नेपाल फर्काइएका तीनैजनालाई जिल्ला अस्पतालमा राखिएको छ । उनीहरुको र्यापिड डाइग्नोस्टिक टेस्ट गरिने प्रजिअ पौडेलले बताए । भारतको पिथौरागढमा काम गर्दै आएका ती मजदूर लकाडाउनका कारण घर आउन पाएका थिएनन् । भारतीय क्वारेन्टाइनमै बसिरहेका बेला बुवाको मृत्युको खबर पाएपछि आफूहरुले भारतीय क्वारेन्टाइनमै किरिया शुरु गरेको अमरसिंह धामीले जानकारी दिए । यसअघि दार्चुलाको शैल्यशिखर नगरपालिका–१का वासुदेव भट्ट आमाको मृत्यु भएको पाँच दिनपछि नेपाल फर्किएका थिए ।
hamrakura.com
5,627,559
विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा ६ दिनसम्म गर्ने परम्परा रहेको छ । ‘हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो’, फ्रान्सेली हजयात्री सोलिमान बेन मोहरीले भन्नुभयो । ‘यो एउटा सर्वश्रेष्ठ र अन्तिम यात्रा हो, र यो मेरो सपना थियो, त्यही क्षण अहिले पाएको छु’, ५३ बर्षीय मोहरीले एएफपीलाई सुनाउनुभयो । हरेक मुस्लिम धर्माबलम्बीले जीवनमा एकपटक हजयात्रा गर्नुपर्ने धार्मिक विश्वास रहिआएको छ । हजयात्रा स्थलमा दशौँ हजार सुरक्षाकर्मी हजयात्रालाई सुरक्षित र व्यवस्थित तुल्याउन खटिएका छन् । हजयात्राका क्रममा भागदौडमा परी तीन वर्ष पहिले २ हजार ३ सय हजयात्रीको ज्यान गएको थियो । हजयात्रालाई सुरक्षित र व्यवस्थित गराउन साउदी अरबले यस पटक ‘स्मार्ट हज’ एप बनाएर त्यस मार्फत सूचना तथा जानकारीहरु दिने प्रबन्ध मिलाएको छ । त्यस एपमा यात्रा योजनादेखि उपचारमा ध्यान दिनुपर्ने कुराहरु राखिएका छन् । साउदी अरबका गृहमन्त्रीले शनिबार मात्रै २० लाखभन्दा बढी हजयात्री मक्कामा आइपुगेको जानकारी दिनुभयो । हज गर्न इजिप्ट, भारत, पाकिस्तान, बङ्गलादेश लगायतका देशबाट ठूलो संख्यामा मुस्लिम धर्माबलम्वीहरु यहाँ भेला भएको गृहमन्त्रीले बताएका छन् । यात्रामा रहेका अधिकांशले आइतबार मक्काबाट हजयात्रा सुरु गरी राति मीना उपत्यकामा बास बस्नेछन् । त्यहाँ आगलागीबाट जोगाउन मद्दत गर्ने टेन्टहरुमा उनीहरु रहने अधिकारीहरुको भनाई छ । मक्काबाट मीनासम्मको आठ किलोमिटर सडकमा हजयात्रीलाई ओसार्न हजारौं बस र अरु सवारी साधन लामबद्ध हुन्छन् । धेरै हजयात्री यो सडकमा टन्टलापुर घामको पर्वाह नगरी पैदलै हिँड्ने गर्दछन् । सोमबार, हजको मुख्य स्थान मीनाको माउन्ट अराफातमा उक्लिनेछन् र त्यहाँ पवित्र धार्मिक ग्रन्थ कुरानको पाठ गर्दछन् । इस्लाम अनुसार, त्यसपछि उनीहरु अराफात र मीनाको बीचतिर रहेको मुज्दालिफातर्फ लाग्छन् र त्यहाँ कम्तीमा मध्यरातसम्म बस्छन् । उनीहरुले इद अल–अधा पर्वको पूर्वसन्ध्यामा त्यहाँ शैतानमाथि साङ्केतिक रुपमा ढुङ्गा बर्साउँछन् । त्यसपछि हजयात्रा समाप्त हुन्छ ।
ujyaaloonline.com