index
int64
1
6.39M
Article
stringlengths
2
109k
Source
stringclasses
99 values
4,464,711
चीन आउनु दुई साता अगाडिसम्म काठमाडौंका सरकारी कार्यालयमा धाउँदाधाउँदा चप्पल घस्किए। सायद 'सरकारी काम, कहिले जाला घाम'को नियतीमा हुर्किएर होला, सामान्यै बनेका थिए ती अड्चन। त्रिभुवन विश्वविद्यालयको मानवीय डिन कार्यालयका एक पियनको खुट्टा दुख्दा परीक्षा नियन्त्रण कार्यालयमा दुई साता धाउनुपर्‍यो स्नातकोत्तरको ट्रान्सक्रिप्ट हात पार्न। प्रधानमन्त्री केपी शर्मा ओलीले स्मार्ट सिटी र स्मार्ट अड्डाको घोषणा गर्दै आएका छन्। सुरुवाती चरणमा मालपोत कार्यालयहरुलाई स्मार्ट मालपोत कार्यालय भन्दै उद्घाटन पनि गर्दै हिँडिरहेका थिए। बचनमा जतिसुकै स्मार्ट भए पनि व्यवहारमा अझै पनि सरकारी काम ढड्डा पल्टाउँदै हुने गर्छ। चीन प्रवेश गरेसँगै कागजी काम कारवाहीमा अभ्यस्त आम मानिसलाई डिजिटल युगमा प्रवेश गर्न असहज हुने अनुभव भयो। काठमाडौंबाट उडेको मान्छे ल्हासाबाट चीनमा विधिवत रुपमा अध्यागमन पास गर्दै प्रवेश गर्दा नै स्मार्ट युगमा प्रवेश गरेको भान भएको थियो। अलि सहजतामा अभ्यस्त हुन समय लाग्यो। अहिले अलिअली अभ्यस्त हुँदै छु। खाना खानेदेखि नुहाउने र कपडा धुनेसम्म सबै स्मार्ट। नेपालबाट चीनको अध्ययन यात्रा एक किसिमले एनलगबाट डिजटलतिरको यात्रा जस्तै भएको छ। त्यसैले अभ्यस्त हुन समय लाग्यो। काठमाडौंको ट्राफिक भिडभाडमा खलासीले 'कीर्तिपुर... पाँगा...' भन्दै बोलाउने र विद्यार्थी परिचय पत्रको डिस्काउन्टका लागि झगडा गर्ने हामी यहाँ पुग्दा 'हैट! त्यस्तो पनि हुन्छ है?' भन्ने महसुस हुने रहेछ। कहाँ जाने? कति नम्बरको बस चढ्ने थाहा हुनु पर्‍यो। खलासीसँग झगडा गर्नुपर्ने झन्झटबाट मुक्त। बस चढ्नु अगाडि कार्ड मेसिनमा चढायो। चढ्यो, झर्‍यो चुपचाप। गोजीमा पैसा सकियो, मान्छे पनि स्मार्ट काठमाडौंबाट आउँदा गोजीमा चिनियाँ १००/१०० ख्वाइ (आरएमबी) का नोट बोकेर आएको। अलिअलि गर्दैगर्दै १०० का नोटहरु १-१ ख्वाइमा साटिँदै गए। तिनै एक एक ख्वाइमा दैनिकी चलिरहेको थियो। विश्वविद्यालयले दिने 'स्टिपेन्ड'का लागि बैंक खाता खोल्नु थियो। स्मार्ट पनि हुनु थियो। बैंक अफ चाइनामा खाता खोल्नासाथ स्मार्ट पेमेन्टमा जोडिन पाइयो। हुन त यस्तो अभ्यास काठमाडौंमा नगरेको भने होइन। तर, पनि त्यहाँ स्मार्ट पेमेन्ट भन्दा कागजी नोटमै विश्वास। इसेवा, खल्ती लगायतले स्मार्ट पेमेन्ट गरेर सेवा दिए पनि अझै सबै यसको दायरामा पुगेका छैनन्। यहाँ भने सबै स्मार्टको दायरामा। अहिलेसम्म बजारमा सपिङ पुग्दा पैसा तिरेर खरीद गर्ने चिनियाँ सायदै भेटिन्छन्। अध्ययनका लागि आएका अन्तर्राष्ट्रिय विद्यार्थी र केही विदेशी पर्यटकबाहेक सबैले स्मार्ट पेमेन्ट नै गर्छन्। विश्वविद्यालय भित्रका सेवा प्रयोग गर्न पनि स्मार्ट कार्डको प्रयोग अनिवार्य। क्यान्टिनमा खाना खानु पर्‍यो र स्मार्ट पेमेन्ट छैन अनि स्टुडेन्ट कार्ड छैन भने भोकै। स्टुडेन्ट कार्डमा पैसा हाल्यो। खानाको परिकार रोज्यो। कति पैसा पर्छ मेसिनमा कार्ड छोइदियो। खायो निस्कियो। पैसा पैसाको हिसाब। १ पैसा तलमाथि भएन। काठमाडौंमा १७ को समान किन्दा 'भाइ खुजुरा छैन, चुइगम लैजानुस्। नत्र पछि हिसाब गरौँला' भन्ने सुनेको मलाई यहाँ सुका मात्र होइन पैसापैसाको पनि हिसाब यता उता छैन। साथीलाई रुपैयाँको केही सामान ल्याइदिए पनि विच्याटबाट पैसा पैसा चुक्ता गर्न पाइने। स्मार्ट साइकल युनिभर्सिटी ठूलो। एक ठाउँबाट अर्को ठाउँमा हिँडेर पुग्न कठिन। यसका लागि पनि स्मार्ट हुनुपर्ने। नत्र हराइने डर! बिहानै उठेर क्लास पुग्न पनि यसैको साहरा। साइकल चढ्न पनि यहाँ स्मार्ट नभइ भएन। साइकलहरु सार्वजनिक। जहाँ फेला पर्‍यो, त्यहीबाट चढ्न पाइने। जहाँ पुग्यो, त्यहीँ छाडेर हिँड्नुपर्ने। महिनाको ३० आरएमबी - त्यो पनि बैंकबाट तिर्नुपर्ने अग्रिम स्मार्ट पेमेन्ट। हुन त नेपालमा हुँदा इसेवाबाट बसको र जहाजको टिकट नकाटेको कहाँ हो र? तर यहाँ अभ्यस्त हुन अलि समय लाग्यो। मोबाइलमा भएको एपबाट साइकलको 'क्यूआर कोड' स्क्यान गरेसँगै साइकल खुल्ने। अनि जति चलाए पनि हुने। कलेज भित्रको साइकल भित्रै, बाहिरको बाहिरै। अझ बढी स्मार्ट हुन जानेको भए इलेक्ट्रिक साइकल नै चलाउन पाइने रहेछ। जानिएन। त्यसैले साइकल पाइदल नै हानिँदै छ। यो त भयो साइकलको कुरा। यहाँ खानादेखि नानासम्म सबै स्मार्ट पेमेन्टबाटै। क्यान्टिनमा विच्याट पे, अली पेव अथवा युनियन पे। त्यो नभए स्टुडेन्ट कार्डबाट पेमेन्ट। त्यति मात्र कहाँ हुन्थ्यो? लुगा धुन पनि स्मार्ट पेमेन्ट। डोर्ममा रहेको वासिङ मेसिनमा कपडा हाल्यो क्युआर कोड स्कान गर्‍यो कपडा कति किलो छ त्यही अनुसार पैसा तिर्‍यो अनिमात्र कपडा धुन पाइने। नत्र, त वासिङ मेसिनमा पानी नै नझर्ने! पैसा तिरेपछि मात्र पानी झर्ने। चलाउन नजानेर आएको दुई साता कपडा धोइएन। यतिसम्म कि वाथरुम पनि स्मार्ट। चिसोमा तातो पानीका लागि कार्ड प्रयोग गर्नुपर्ने। दुई सातासम्म नजानेर कठ्याङ्ग्रिँदै चिसो पानीले नुहाइयो। होस्टेलमा बिजुली पनि पैसा तिरेपछिमात्रै आउने। पैसा सकियो कि बत्ती झ्याप्प। अहिलेसम्म यो समस्या भने भोग्नुपरेको छैन। अब कति सम्म भने, चियाको तलतल लागे पनि खान नपाएको धेरै भयो। भेण्डर मेसिनमा चिया त आउँदो रहेछ। तर, चलाउन नजानेर हैरान। तिर्खाएर प्याकप्याक भइन्छ। गोजीमा पैसा छ। भेन्डर मेसिनमा पानी छ। पैसा हाल्न नमिल्ने। पूरा स्मार्ट नहुन नसक्दा प्यासै हिँड्नुपर्ने अवस्था कायमै छ। हामी नेपालमा काम भन्दा बढी कुरा गर्ने। गाडी गुडाउन राम्रो सडक नहुँदानहुँदै सडकमा जहाज ओराल्नेसम्मका गफ दिने तर सडकका खाल्डासमेत नपुर्ने। यहाँ पुगेपछि स्मार्ट के हो बुझ्दै छु। हामीसँग स्रोत र साधन नभएको पनि होइन। स्मार्ट हुन हामीसँग इसेवा, खल्ती छन्। हरेक बैंकका स्मार्ट पेमेन्ट छन्। तर, हामीलाई बिजुलीको बिल तिर्नदेखि खानेपानीको बिल तिर्न पनि लाइनमा बस्नुपर्ने। सरकारी काम गर्दा लाइनमा बसेर रसिद काट्नैपर्ने। 'ट्रान्सक्रिप्ट' हात पार्न देशकै ठूलो त्रिभुवन विश्वविद्यालयमा धाउँदाको अवस्थाले हामी कुन युगमा छौं भन्ने देखाउँछ। तर, अध्ययनकै खातिर यहाँ आइपुग्दा भने फरक युगमा पुगेको अनुभूति हुँदैछ। स्मार्ट सिटीका परिकल्पना गर्दै भाषण दिने नेपालका नेताहरुले यहाँको जस्तै स्मार्ट अवस्था देखेर गफ दिएका हुन् कि त्यसै हावामा भन्ने चाहिँ खुट्याउन गाह्रो परिरहेको छ अहिले ।
pahilopost.com
5,737,230
सनराइज बैंकले लाभांश घोषणा गरेको छ । सोमबार बसेको  बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/०७८ को मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । बैंकले सेयरधनीलाई हाल कायम चुक्ता पुँजीको ६.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयधनीमा वितरण हुनेछ ।
baahrakhari.com
4,189,931
सभामुख देवराज घिमिरेसँग सभामुखसँग संयुक्त राष्ट्रसंघका उपमहासचिव एवं निशस्त्रीकरण मामिला सम्बन्धी राष्ट्रसंघीय उच्च प्रतिनिधि महामहिम इजुमी नाकामित्सुले भेट गरेकी छिन्। दुई जनाबीच बिहीबार भेट भएको हो। भेटमा हतियार निशस्त्रीकरणमा राष्ट्रसंघ तथा नेपालले गरेका प्रयासहरु, साना र हलुका हतियार सम्बन्धी कार्य योजना, अन्तर्राष्ट्रिय सन्धि अनुमोदन लगायतका विषयमा छलफल भएको सभामुखको सचिवालयले जानकारी दिएको छ। सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, निशस्त्रीकरण तथा अन्तर्राष्ट्रिय सुरक्षा समितिद्वारा महासभामा गरिएका प्रयासहरू, निशस्त्रीकरण मामिलाहरूमा संयुक्त राष्ट्र संघ कार्यालयले गरेका विश्वव्यापी निशस्त्रीकरण प्रयासहरूको सराहना गरेका थिए। ‘मलाई विश्वास छ कि एसिया–प्रशान्त क्षेत्रीय तयारी बैठकमा भएका छलफलले साना र हलुका हतियार सम्बन्धी कार्य योजना सम्बन्धी चौथो समीक्षा सम्मेलनको सफलतामा ठूलो योगदान पुर्‍याउनेछ,’ सभामुखले भने, ‘यस प्रक्रियामा रचनात्मक योगदान गर्न नेपाल तयार छ।’ सभामुखले १४ डिसेम्बर १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य भएदेखि नै नेपालले संयुक्त राष्ट्र संघसँगको साझेदारीलाई उच्च महत्त्व दिँदै आएको बताएका थिए। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसको हालैको नेपाल भ्रमणले संयुक्त राष्ट्रसंघ र नेपाल दुवैले एकअर्कालाई उच्च महत्त्व दिएको पुष्टि भएको सभामुखको भनाइ थियो। सभामुख घिमिरेले नेपाल बुद्ध जन्मिएको देश भएको उल्लेख गर्दै शान्तिपूर्ण समाधान, अन्य राज्यहरूको आन्तरिक मामिलामा धम्की वा बल प्रयोग नगर्ने र हस्तक्षेप नगर्ने सिद्धान्तहरूको समर्थन गर्ने बताएका थिए। भेटमा संयुक्त राष्ट्रसंघका उपमहासचिव नाकामित्सुले नेपालको संसद्‌ले विस्तृत आणविक परीक्षण प्रतिबन्ध सन्धि र आणविक हतियार निषेध सन्धि अनुमोदन गर्ने विश्वास व्यक्त गरेकी थिइन्। जवाफमा सभामुख घिमिरेले सरकारसँगको समन्वयमा सन्धि अनुमोदनबारे संसदले गृहकार्य गर्ने जानकारी दिए। उपमहासचिव नाकामित्सुले नेपाल विश्व शान्तिका लागि योगदान दिने दोस्रो मुलुक र विश्व शान्तिका लागि महिलाहरुको प्रतिनिधित्व गराउने पहिलो मुलुक रहेको बताउँदै शान्ति स्थापनामा गरेको योगदानको कदर गरेकी थिइन्। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
3,647,490
अमेरिकामा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका सम्भावित उम्मेदवार डोनाल्ड ट्रम्पले राष्ट्रपति बाराक ओबामाको आलोचना गर्दै देशमा नेतृत्वको कमी रहेको बताएका छन् । काला जातिका अमेरिकी नागरिकबाट गोरा प्रहरी मारिने क्रम बढ्दै गएपछि ट्रम्पले लगातार ओबामाको आलोचना गरेका छन् । लुजियानामा तीन प्रहरी अधिकृत मारिएपछि ट्वीट गर्दै ट्रम्पले आईएससँग लडिरहेको बेला आफ्नै नागरिकले आफ्ना प्रहरी मारिरहेको उल्लेख गरे । देश विभाजित भएको र विश्वले यो नियन्त्रण बाहिर गएको देखिरहेको उनले भनाई छ । रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलन हुनै लाग्दा ट्रम्पको यस्तो भनाई आएको हो । सम्मेलनले ट्रम्पलाई औपचारिक रुपमा पार्टीको राष्ट्रपति उम्मेदवार घोषित गर्ने सम्भावना छ ।
imagekhabar.com
1,285,535
केन्द्र सरकारले प्रदेश सरकारलार्इ एक खर्ब १३ अर्ब ४३ करोड ४१ लाख रुपैयाँ बजेट बिनियोजन गरेको हो । सबैभन्दा धेरै बजेट प्रधानमन्त्री ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको जन्मथलो रहेको एक नम्बर प्रदेशलाई विभाजन गरिएको हो । सबैभन्दा कम बजेट भने ४ नम्बर प्रदेशको भागमा परेको छ। सरकारले प्रदेश नम्बर १ लार्इ १९ अर्ब ८८ करोड ७० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यसैगरी सबैभन्दा कम बजेट प्रदेश नम्बर ४ लार्इ बिनियोजन गरिएको छ । प्रदेश नम्बर ४ को भागमा १३ अर्ब २७ करोड ८६ लाख रुपैयाँ बजेट परेको छ । त्यसैगरी मधेसवादी दलहरूको बढी प्रभाव रहेको प्रदेशन नम्बर २ को भागमा १६ अर्ब १९ करोड ७२ लाख रुपैयाँ बजेट परेको छ । केन्द्रीय राजधानीसमेत रहेको प्रदेश नम्बर ३ लार्इ सरकारले १६ अर्ब ५८ करोड ५३ लाख रुपैयाँ बजेट दिएको छ । त्यसैगरी प्रदेश नम्बर ५ को भागमा १६ अर्ब ५४ करोड रुपैयाँ बजेट परेको छ। मानव विकास सूचकांकमा सबैभन्दा पछि परेको कर्णाली प्रदेशको भागमा सरकारले १६ अर्ब ६९ करोड ३५ लाख रुपैयाँ बजेट पारेको छ । कांग्रेसका सभापति शेरबहादुर देउवाको जन्मथलो समेत रहेको प्रदेशन नम्बर ७ को भागमा सरकारले १४ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट परेको छ ।
annapurnapost.com
2,063,036
पोखरा महानगरपालिकाले भौतिक संरचना निर्माण गर्दा ती संरचनाको वैधता र मापदण्ड हेर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ। कतिपय संरचना सार्वजनिक जग्गा मिचेर बन्ने भएकोले त्यो नियन्त्रण गर्न निर्माण व्यवसायीलाई सचेत गराएको महानगरले बताएको छ। महानगरका सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्र जंग केसीले सार्वजनिक जग्गा मिचेर पूर्वाधार बनाउने भएकोले ती पूर्वाधारको वैधता परीक्षण गर्न निर्माण व्यवसायीलाई आग्रह गरेको बताए। ‘सार्वजनिक जग्गा मिचेर पूर्वाधार बनाइएको छ। कतिपय पूर्वाधार नक्सा समेत पास नगरि निर्माण गरिन्छ। अबदेखि पूर्वाधार बनाउँदा कम्तिमा ती संरचनाको वैधता हेर्न भनिएको हो,’ उनले भने, ‘स्थायी वा अस्थायी जस्तोसुकै संरचना बनाए पनि अवैध भएमा त्यहाँ काम नगर्न निर्माण व्यवसायीलाई भनिएको हो।’ केसीका अनुसार निर्माण व्यवसायीले नयाँ संरचना बनाउँदा बन्न थालेका ती पूर्वाधारको वैधता परीक्षण गर्दैन। काम पाएको आधारमा जो कोहीले गर्ने चलन छ तर, अबदेखि कम्तिमा आफुले बनाउँदै गरेका पूर्वाधारको वैधता रहे नरहेको हेर्न भनेको उनले बताए। ‘सार्वजनिक जग्गा मिचेर पूर्वाधार बनाइन्छ। नक्सापास पनि गरिएको हुँदैन, तर, व्यवसायीले पूर्वाधारको वैधता परीक्षण नगरी काम गरिदिन्छन,’ केसीले भने, ‘कम्तिमा वैद्यता परीक्षण गर्ने, सार्वजनिक जग्गा बने नबनेको हेर्ने वा मापदण्ड मिचेको भए काम नगर्ने हो भने यस्तो अवस्था आउँदैन।’ बनिसकेपछि पूर्वाधार हटाउन भन्दा पनि बन्नै नदिनेतर्फ महानगरले ध्यान दिएको उनले बताए। ‘पूर्वाधार बनाउँदा कम्तिमा कानुनी प्रावधान पार गर्नुपर्छ। बन्न थालेका पूर्वाधारले कतै सार्वजनिक जग्गा मिचेका त छैनन भनेर निर्माण व्यवसायीलाई हेर्न भनेका हौ,’ उनले भने, ‘सार्वजनिक सम्पत्ति मिचेर बनाउन थालिएका पूर्वाधार नै निर्माण व्यवसायीले नबनाइदिने हो भने आगामि दिनमा केही कम हुन सक्छ। कम्तिमा जो कोहीले सार्वजनिक जग्गा मिच्ने आँट गर्दैनन।’ खासगरि फेवातालको मापदण्ड मिचेर संरचना निर्माण भएको पाएपछि महानगरले सार्वजनिक जग्गा मिचिएको जग्गामा बनाईने पुर्वाधार नबनाइदिन व्यवसायीलाई आग्रह गरेको हो। त्यस्ता पूर्वाधार बनाउन सहभागि भएका र त्यस कार्यमा प्रयोग भएका सवारीसाधन लगायत सामाग्रि समेत कानुन बमोजिम नियन्त्रणमा लिइने पनि केसीले बताए। ‘जथाभावि अस्थायी टहरा बनेका छन । विभिन्न निर्माण व्यवसायीले ती पूर्वाधार बनाइदिन सघाएका छन अब कुनैपनि पूर्वाधार निर्माण गर्दा ती पूर्वाधारले कानुनी प्रावधान पालना गरेका छन् वा छैनन भनेर हेरिदिने हो भने अवैध काम रोकिन्छ,’ उनले भने, ‘व्यक्तिगत जग्गामा पूर्वाधार बनाउँदा समेत कानुनी वैधानिकता हेरिदिनुपर्छ। निजी जग्गामा संरचना बनाउने क्रममा सार्वजनिक जग्गा मिच्न पनि सक्छन वा नक्सा पास नगरि पूर्वाधार ठड्याउन पनि सक्छन।’ ‘निर्माण व्यवसायीले अवैध संरचना निर्माणमा असहयोग गर्ने हो भने आगामि दिनमा केही नियन्त्रण हुने अपेक्षा हो,’ उनले भने, ‘संरचना बनाउँदा कम्तिमा कस्तो र कसको जग्गामा बनाउँदेछौ भनेर निर्माण व्यवसासायीले पनि सोचिदिनुपर्छ। त्यो हुँदा आगामि दिनमा अवैध संरचना बनाउने क्रम केही कम हुन सक्छ।’ निर्माण व्यावसायी संघ कास्कीका निवर्तमान अध्यक्ष सुरेश श्रेष्ठ पनि कतिपय निर्माण व्यवसायीले मनलाग्दी तरिकाले पूर्वाधार बनाइदिने भएकोले यसबारे सचेत हुनुपर्ने बताए। ‘हामी व्यवसायी पनि सचेत हुने हो भने अवैध संरचना निर्माण कम हुनेछन्। त्यस्तै सार्वजनिक जग्गा मिच्ने क्रम पनि घट्नेछ,’ उनले भने, ‘कम्तिमा निर्माण व्यवसायी सचेत हुने हो भने सार्वजनिक जग्गा मिच्ने क्रम रोकिनेछ।’ पूर्वाधार निर्माण कार्य गरिरहँदा महाननगरपालिकाबाट स्वीकृत लिएको वा नलिएको भनेर हेर्दा राम्रो हुने उनले बताए। ‘अवैध काम नहोस भनेर गरिएको यो प्रयास सकारात्मक हो। सबै निर्माण व्यवसायी काममा सिरियस हुँदैनन। निजी क्षेत्रमा काम गर्नेलाई नक्सा हेर्ने भन्ने नै थाहा नै हुँदैन,’ उनले भने, ‘सबै निर्माण व्यवसायी इमान्दार भएर कसैले पनि अवैध संरचना नबनाउने हो भने सार्वजनिक जग्गा मिच्ने क्रम पनि रोकिन्छ। अवैध संरचना पनि बन्दैनन। कम्तिमा व्यवसायी सचेत हुनुपर्छ।’ महानगर बनाउने अभियानमा निर्माण व्यवसायीको पनि साथ हुनुपर्ने उनले बताए। ‘आ आफ्नो पक्षबाट सबै जिम्मेवार हुनुपर्छ। महानगरले नक्सा पास गरेपछि ती पूूर्वाधार कसरी बनेका छन् भनेर अनुगमन गर्नुपर्छ भने व्यवसायी पनि कस्तो संरचना बनाउँदैछौ भनेर सचेत बनिदिनुपर्छ,’ उनले भने। काम पाए भन्दैमा जस्तो पायो उस्तै बनाउन नहुने उनले बताए। ‘हामी व्यवसायीले पनि बिचार नगर्दा संरचना बिग्रेका छन्। नक्सा पास गर्दैमा पूर्वाधार सही नहुन सक्छन्। ती पूर्वाधार बनाउने जिम्मा हाम्रो भएकोले कम्तिमा हामी पनि सचेत भएकै राम्रो हो,’ उनले भने, ‘२/४ लाख रुपैयाँको लोभमा अवैध संरचना बनाउनु हुँदैन भनेर सचेत बन्नुपर्छ। अवैध संरचना बनाउन रोक्नमा व्यवसायीको पनि हात हुन्छ।’
nagariknews.com
4,224,012
विश्वभर पछिल्लो २४ घण्टामा २१ लाख ९६ हजार ९५६ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३९ करोड ३५ लाख नाघेको छ। सो अवधिमा २० लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ८ हजार ७२ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ। पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ५ हजार भन्दाबढी, फ्रान्समा २ लाख १४ हजार, इटलीमा ९३ हजार, ब्राजिलमा १ लाख ५४ हजार संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भारतमा १ लाख ३ हजारभन्दा बढी संक्रमित थपिँदा ८८४ जनाको मृत्यु भएको छ। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
4,154,215
सत्तारूढ गठबन्धन र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेलका लागि सहमति जुटेको छ। जसअनुसार लोसपाले प्रतिनिधि सभातर्फ ८ र प्रदेश सभातर्फ १६ सिट पाउने भएको छ। लोसपा नेता लक्ष्मणलाल कर्णका अनुसार गठबन्धनले दिएको प्रतिनिधि र प्रदेश सभाका सबै सिट मधेश प्रदेशकै हुन्। बाँकी क्षेत्रमा मित्रवत् प्रतिस्पर्धा हुने कर्णले बताए। जसपा गठबन्धनबाट बाहिरिएपछि लोसपाले गठबन्धनसँग मधेश प्रदेशका लागि सहमति गरेको हो। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
3,374,138
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय समिति बैठक बोलाएको छ । बिहीबार बसेको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने निर्णय गरेको हो । पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समिति बैठक बस्नेबारे जानकारी गराएका हुन् । साथै बैठकले जाजरकोट भूकम्पका बारेमा छलफलका गर्न सर्वदलीय बैठक बोलाउन सरकारसँग माग गर्ने निर्णयसमेत गरेको छ । राप्रपाले भूकम्पबाट घरबार गुमाएकाहरूलाई तत्काल राहत उपलब्ध गराउन पनि माग गरेको छ । उसले राहत वितरणमा एकरूपता नदेखिएको भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
1,185,012
राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको क्रुजसिप व्यावसायिक रूपमा सञ्चालनमा ल्याइएको हो । यही माघ १ गतेबाट नियमित रूपमा व्यावसायिक सञ्चालन गरिएको छ । राइनो वाटर इन्टरटेन्मेन्ट प्रालिका कार्यकारी निर्देशक दीपक ढुङ्गेलले विगत तीन दिनदेखि नियमित रूपमा सञ्चालन गरिँदै आएको बताए । दैनिक तीनपटक सञ्चालन गरिँदै आएको छ । दैनिक एक सय जनाभन्दा बढीले क्रुजमा मनोरञ्जन लिएको जानकारी उनले दिए । काठमाडौँ, पोखरालगायतका जिल्लाबाट समेत क्रुज सयरका लागि आएको उनको भनाइ छ । उनले भने, “सुरुआती चरणमा उत्साहजनक उपस्थिति छ ।” स्थानीयवासीसहित बाहिरी जिल्लाबाट समेत पर्यटक आएको उनी बताउँछन् । क्रमशः ५०–६० जना भएसँगै क्रुज सञ्चालन गर्ने गरी तयारी गरिएको छ । केही वर्षअघि नै सञ्चालनमा ल्याउन खोजे पनि कोरोना महामारी र कानुनी समस्याका कारण क्रुज सञ्चालन गर्न नसकिएको उनले बताए । क्रुजको दुई वर्ष अगाडि नै सफल परीक्षण गरिएको थियो । एक घण्टासम्म नारायणी नदीमा सयर गराउने योजना रहेको उनको भनाइ छ । यसका लागि रु. सात सयको टिकट काट्ने गरिएको छ । यसमा एक कप कफी दिइँदै आएको छ । यसका अतिरिक्त विभिन्न प्याकेज पनि तयार पारेको जानकारी उनले दिए । ब्रेकफास्ट क्रुजिङका लागि रु. एक हजार पाँच सय, लञ्च क्रुजिङका लागि रु. दुई हजार, डिनर क्रुजिङका लागि रु. दुई हजार पाँच सय शुल्क तोकिएको छ । केही दिनभित्रै सुरुमा डिनरबाट प्याकेज सञ्चालन गर्ने तयारी गरिएको छ । यो समयमा बिहानमा कुहिरोका कारण सञ्चालन कठिन हुने भएकाले लञ्च र डिनर गर्न सकिने उनको भनाइ छ । क्रुजसिपभित्र रेष्टुरेन्ट, सांस्कृतिक कार्यक्रम गर्न आकर्षक स्टेज, बैठक सेमिनार गर्न मिल्ने हल, सेल्फी प्वाइन्टहरू राखिएका छन् । भरतपुर महानगरपालिका–१६ ज्ञानेश्वर सामुदायिक वनस्थित काभ्रेघाटमा क्रुजसिपको स्टेशन छ । तीन तलाको क्रुजमा दुई सय जना यात्रु एकैसाथ चढ्न मिल्छ । कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलका अनुसार यो क्रुजसिप निर्माणमा रु. १५ करोडभन्दा बढी खर्च भएको छ । क्रुजमा सेल्फी लिने तथा चलचित्र सुटिङ गर्न मिल्ने युनिट डिजाइन परिवर्तन गरी थपिएको छ । क्रुजमा यात्रा गर्ने हरेक यात्रुको रु. १० लाख बराबरको बीमा गरिएको छ । क्रुजसिपमै बसेर विवाह, व्रतबन्ध, पास्नी, जन्मोत्सव, वैवाहिक वर्षगाँठलगायतका गतिविधि गर्न पाइने जानकारी उनले दिएका छन् । नारायणी नदीको ४० किलोमिटरमा सञ्चालनका अनुमति लिएको निर्देशक कँडेलको भनाइ छ । यतिबेला पानीको सतह निकै कम भएकाले केही किलोमिटर मात्र चलाइने छ । पानीको बहावअनुसार दूरी बढाउँदै लैजाने उनले बताए । नर्वेजियन प्रविधिको प्रयोग गरेर बनाइरहेको क्रुजसिप भारतको केरलाका प्राविधिकले तयार गरेका हुन् । यसको चालक दलमा १५ जना रहनेछन् । क्रुजसिप सञ्चालनसँगै यहाँको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यवसायीले गरेका छन् । चितवन राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई एक दिनको बसाइ लम्ब्याउन र मनोरञ्जन दिन क्रुज उपयोगी हुनसक्ने व्यवसायीको भनाइ छ । रासस भक्तपुरमा टिप्परको पछाडि ठोक्किएर दुर्घटनामा परेका स्कुटी चालकको ज्यान गएको छ ।
bhaktapurpost.com
1,585,494
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक निर्माणमा सहभागी हुन सबैलाई पुनः आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले सरकारको एक्लो प्रयासले मात्रै मुलुक बनाउन नसकिने पनि स्पष्ट पारे । सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आयोजित उद्योग–वाणिज्य प्रवद्र्धन संवाद परिषदको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले मुलुकको आर्थिक विकासमा सक्दो योगदान दिन उद्योगीहरुलाई पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले सरकारले मुलुकमा आर्थिक उन्नतिका लागि सुशासन र आर्थिक विकासमा जोड दिएको पनि दोहो¥याएका छन् । उनले आर्थिक उन्नतिकै लागि सरकारले सबै नागरिकलाई उत्तिकै सम्मान, सुरक्षा र अवसरको प्रत्याभूति गराउने प्रयास गरिरहेको दावी समेत गरे । प्रधानमन्त्री ओलीले मुलुकलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको मुलुक बनाउने सकिने महत्वकांक्षी योजना पनि सार्वजनिक गरे । मुलुकमा रहेको खानी, फलाम, पानीलगायतका प्राकृतिक स्रोतहरुको उचित परिचालन गरेर मुलुकलाई छिट्टै उच्च आर्थिक वृद्धिदर भएको मुलुकमा परिणत गर्न सक्ने प्रधानमन्त्री ओलीको योजना छ । तर त्यसका लागि हरेकले एक कदम अघि बढेर काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाई छ । उनले सरकारले मुलुकको आर्थिक उन्नतिका लागि निजी क्षेत्र र सहकारिताको अवधारणालाई अघि सारेको पनि स्मरण गराए । प्रधानमन्त्री ओलीले मुलुकको आर्थिक उन्नतिका लागि सरकारले सुशासनको बाटोलाई अवलम्बन गरेर अघि बढिरहेको पनि बताए ।
kendrabindu.com
3,495,373
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामाथि आँखा नलगाउन चेतावनी दिनुभएको छ । पछिल्लो समय नेपालको धार्मिक र सांस्कृतिक सहिष्णुतामा खलल पुर्‍याउने विभिन्न काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल एयरलाइन्सले प्रधानमन्त्रीको युएई भ्रमणका क्रममा बुधवार ३१ यात्रु छोडिएकोप्रति माफी माग्नुभएको छ । बिहीबार काठमाडौंमा म्युजिक भिडियो म्युम्जमा ए सार्वजनिक काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन ऐनहरु समय सापेक्ष बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बुधबार नेपाल पर्वतारोहण संघको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री किराँतीले काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडामा भएको विसंगतिको हस्तक्षेप ध्वजावहकले मात्रै गर्नसक्ने बताउनुभएको छ । सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक विमानस्थल तर्फको टर्मिनल भवनहरुमा राखिएका काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले हवाई भाडालाई नियन्त्रण गर्नका लागि नेपाल वायुसेवा निगमले जहाज थप गर्नुपर्ने बताउनुभएको छ । बिहीबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामालाई नियुक्ति गर्न आफ्नो पार्टीको केन्द्रिय सदस्य भएकाले सहज भएको बताउनुभएको छ । बिहीबार सिंहदरबारमा बसेको काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराँतीले नेपाली समाजले साम्प्रदायिकता स्वीकार नगर्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा खेमराज गुरुङ ट्रष्टले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले राजतन्त्रकालिन पर्यटन ऐनले वर्तमान पर्यटन क्षेत्रको नेतृत्व गर्न नसक्ने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भ्रष्टाचार, अशिक्षा र गरिबीको अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार बनाउनुपर्ने बताउनुभएको छ । बिहीबार नेपाल पर्वतारोहण संघको ३३ औं वार्षिक साधारणसभालाई काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल पर्यटन बोर्डले बजेट सुधार नगरेसम्म बजेट पास हुन नसक्ने बताउनुभएको छ ।
imagekhabar.com
2,932,440
दाङको घोराही उपमहानगरपालिका– १ तल्लो माले र सिरुखर्कका अग्निपीडित अहिले बारी र रुखमुनी छन् । जिन्दगीभर कमाई जोगाएर राखेको सम्पति र भविष्यको योजना आगोसँगै डढेपछि उनीहरू खुल्ला आकाशमुनि सुत्न बाध्य भएका हुन् । “आगोले घर गोठसँगै सबै सरसमान जलेर नष्ट भए” पीडित हेमलाल थापाले भन्नुभयो, “बारी र रुखमुनी दिनरात बस्नुपरेको छ ।” तल्लो माले र सिरुखर्क गाउँमा वन क्षेत्रबाट आएको आगोले २० घरगोठ जलेर नष्ट भएका थिए । आगलागीबाट झण्डै रु ५१ लाख बराबरको सामान क्षति भएको छ । जङ्गलबाट सल्किएको आगो गाउँमा आइपुग्दा एकै परिवारका १० जनाको घरगोठ समेत जलेर नष्ट भयो । जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीमा परी रु ५० लाख ९० हजार बराबरको धनमाल क्षति भएको छ । भर्खरै किनेका नयाँ किताब आगोमा दनदनी जल्दा बालबालिकाको आँखामा आँशु भरिएर आएको पीडित थापाले बताउनुभयो । “भविष्य नै सकिए जस्तो लाग्या छ ।” थापाले भन्नुभयो, “बालबालिकाको किताब कापीदेखि सुनका गहना सबै आगोले खायो ।” जिन्दगीभरको कमाइ र मेहनत आगोमा परेपछि अग्निपीडितले भोलिको जीवन यापनबारे कुनै सोच बनाउन सकेका छैनन् । ‘रेडक्रसले दिएको त्रिपाल टाँगेर बारीमा बसेका छौँ’ प्रेमबहादुर थापाले भन्नुभयो, “शरीरको एकसरो कपडासँग रहेका अग्निपीडितलाई चर्को घामपानीमा बास नहुँदा निकै पीडा भएको छ ।” पानीको अभाव र तीव्रगतिमा चलेको हावाका कारण आगो निभाउन नसेकको पीडितहरूको भनाइ थियो । यसअघि बुधबार बेलुका सोही वडाकै तल्लो माले गाउँमा पनि वन क्षेत्रबाट आएको आगो पस्दा चार परिवारका १० घरगोठ जलेर खरानी भएको थियो । उता देउखुरीको राजपुर गाउँपालिका–१ पटौली नाकाका गगन बस्नेतको घरगोठमा आगलागि भएको छ । सोलारको तार सर्ट भएर आगलागी हुँदा चार बाख्रा मर्नाका साथै घरगोठ पूर्णरुपले जलेको थियो । यस्तै दाङको शान्तिनगर गाउँपालिकामा गत सोमबार दिउँसो एकैपरवारको तीन घरमा आगलागी भयो । जुम्ले कुलामा एकैपरिवारका बुद्धिराम रेउले, गौरीलाल रेउले र कुलबहादुर रेउलेको घरमा आगलागी हुँदा लाखौँको धनमाल क्षति भयो । केही दिनअघि मात्रै तुलसीपुर टरिगाउँ बिमानस्थल नजिकैको ऊँबहादुर चौधरीको काठ मिलमा भएको आगलागीबाट लाखौंँको काठ, चिर्न प्रयोग हुने आँैजार, एउटा मोटरसाइकल, दुईवटा साइकललगायत सामग्री जलेर नष्ट भएको थियो । वर्षेनी आगलागीका कारण करोडौँको धनमाल खरानी हुने गरेको दाङमा पाँच वर्षको अवधिमा ६७९ घर जलेर नष्ट भएको जिल्ला प्रशासन कार्यालयको तथ्याङ्कममा उल्लेख छ । आर्थिक वर्ष २०६९÷७० मा १०४ घर तथा २०७०÷७१ मा १३७ घर सखाप भएका थिए । यस वर्षको फागुन २५ गतेसम्म ५५ घरमा आगलागी भएको जिल्ला विपद् व्यवस्थापन समिति र जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले बताउनुभयो । “आजभोलि सुख्खा र हावाहुरी चल्ने याममा आगो पूर्ण रूपमा ननिभाउँदा र मानवीय त्रुटिका कारण पनि आगलागी हुने गरेको छ ।” दाहालले भन्नुभयो, “मानिसले आनीबानीमा सुधार गर्नुपर्छ, यस्तो मौसममा जथाभावि आगो छोड्नु हुँदैन, जङ्गलमा आगो लगाउनु हुदैन ।” जङ्गलमा आगो लगाउँदा दन्कोको आगो बस्तीसम्म आएर गाउँ नै सखाप पार्ने जोखिम रहेको उहाँले बताउनुभयो । दाङमा अहिले चारवटा मात्रै दमकल छन् । घोराही उपमहानगरपालिकामा १, तुलसीपुर उपमहानगरपालिका–१ र लमही नगरपालिकासँग भएका दुई वटा दमकलले सिङ्गो जिल्लाका सबै स्थानमा सेवा दिनुपर्ने अवस्था छ । आगलागीका घटना जिल्लाको शहर बजार भन्दा धेरै टाढा ग्रामीण भेगमा हुनु र दमकल शहरमा केन्द्रित भएका कारण समयमै आगो रोकथाम गर्न समस्या भएको लमहीनगरपालिकाका प्रमुख कुलबहादुर केसीले बताउनुभयो ।
newsofnepal.com
5,212,868
ग्यास इन्सुलेटेड प्रणाली (जीआईएस) मा आधारित स्वचालित नेपालको दोस्रो ठूलो ४०० केभी सबस्टेसनको निर्माण सम्पन्न गरी सोमबार चार्ज गरिएको छ। मुलुकभित्र पूर्वपश्चिम विद्युत् आपूर्ति र भारतसँगको विद्युत व्यापारका लागि जीआईएस प्रविधियुक्त स्वचालित ढल्कबेर मुलुककै पहिलो र इनरुवा दोस्रो ठूला सबस्टेसन हुन्। इनरुवामै २२०/१३२/३३ केभीको अर्को सबस्टेसन यसअघि नै निर्माण सम्पन्न भई सञ्चालित छ। हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी सबस्टेसन विस्तार आयोजनाअन्तर्गत निर्माण गरिएको ४००/२२० केभी इनरुवा सबस्टेसनमा ३१५ एमभीए क्षमताका तीन थान पावर ट्रान्सफर्मर छन्। जसको क्षमता ९४५ एमभीए छ। इनरुवा–ढल्केबर ४०० केभी प्रसारण लाइन निर्माण सम्पन्न भएपछि इनरुवा सबस्टेसनबाट करिब ४ हजार मेगावाट विद्युत् आदानप्रदान हुनसक्ने छ। इनरुवा–ढल्केबर प्रसारण लाइनको अहिले तार तान्ने काम भइरहेको छ। नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका विभिन्न जिल्लामा पर्ने जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् प्रसारण गर्न, देशभित्र खपत गरी उब्रेको विद्युत् भारत निर्यातका लागि इनरुवा सबस्टेसन मेरुदण्डका रुपमा रहेको बताए। ‘सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत प्रवाहका अतिरिक्त स्थानीय रुपमा आपूर्ति समेत गरिने छ, यसबाट त्यस क्षेत्रको भोल्टेज सुधार भई विद्युत् आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ, यही सबस्टेसनबाट भारतसँगको विद्युत् व्यापारका लागि इनरुवा–पूर्णिया ४०० केभी अन्तरदेशीय र नेपाल, भारत तथा बंगलादेशबीचको व्यापारका लागि इनरुवा–अनारमनी ४०० केभी प्रसारण लाइन प्रस्ताव गरिएको छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘पूर्वपश्चिम विद्युत् आपूर्ति गर्न र भारतर्फ थप विद्युत् प्रवाह तथा क्षेत्रीय विद्युत् व्यापारका लागि इनरुवा सबस्टेसन अर्को ठूलो हब बनेको छ।’ मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगलाई थप विद्युत् दिन र आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन इनरुवा सबस्टेसनलाई महत्त्वपूर्ण मानिएको छ। अरुण तथा तमोर नदी र तिनीहरुका सहायक खोलानालामा निर्माण गरिएका/हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् कोशी करिडोर २२० केभी प्रसारण लाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ। कोशी करिडोरको इनरुवा–बसन्तपुर–तुम्लिङटार खण्ड निर्माण सम्पन्न भइसकेको छ भने वसन्तपुर–ढुंगेसाँघु खण्ड निर्माणाधीन छ। यस्तै, तुम्लिङटार–शीतलपाटी २२० केभी प्रसारण लाइन आयोजना पनि निर्माणाधीन छ। अरुण हब–इनरुवा ४०० केभी प्रसारण लाइन निर्माण प्रस्ताव गरिएको छ। आयोजना प्रमुख शुक्र देवकोटाले इनरुवा सबस्टेसनलाई आगामी दिनमा थप विस्तार गर्दै जान मिल्नेगरी निर्माण गरिएको बताए। बर्खाको समयमा तराईमा हुने डुबान, विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण उपकरण तथा प्राविधिकहरु आउन नसक्दा सबस्टेसनको निर्माण प्रभावित भएको थियो। २०७८ कात्तिकमा सबस्टेसन निर्माण क्षेत्रमा आएको बाढीले उपकरणहरुमा क्षति पुगी पुनः आयात गर्नुपर्दा निर्माणमा केही ढिलाइ भएको आयोजना प्रमुख देवकोटाले उल्लेख गरे। आयोजनाअन्तर्गत नै ४०० केभी ढल्केबर सबस्टेसन निर्माण सम्पन्न भई सञ्चालनमा छ भने हेटौँडा सबस्टेसन निर्माणको अन्तिम चरणमा छ। इनरुवा र हेटौँडा सबस्टेसन निर्माणका लागि २०७५ पुसमा ठेक्का सम्झौता भएको थियो। नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको इनरुवा सबस्टेसनको अनुमानित लागत १ करोड ४३ लाख अमेरिकी डलर र २० करोड ४८ लाख रुपैयाँ छ। सबस्टेसन निर्माण सुपरीवेक्षण एनईए इन्जिनियरिङ कम्पनीले गरेको थियो ।
nepalkhabar.com
1,590,228
अनौपचारिक अर्थतन्त्रमा यस्ता गतिविधिहरु हुन्छन् जसको बजार मूल्य हुन्छ तर औपचारिक रूपमा दर्ता वा नियमन हुँदैन। यो सामान्यतया विकासशील देशहरूमा अर्थव्यवस्थाको एक महत्त्वपूर्ण हिस्साको रूपमा रहेको हुन्छ ।
nepalsamaya.com
591,681
आइसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत पपुवा न्युगिनीले नेपालसामु जितका लागि ९६ रनको लक्ष्य प्रस्तुत गरेको छ । सन्दीप लामिछाने एक्कैले ५विकेट लिएपछि पपुवा न्युगिनीको पारी ९५ रन समेटियो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज नेपालले टस जितेर पपुवा न्युगिनीलाई ब्याटिङ गर्ने निम्तो दिएको थियो । पपुवा न्युगिनीले निर्धारित ५० ओभरको खेलमा ३२ ओभर खेल्दै सबै विकेट गुमाएर मात्र ९५ रन बनायो । पपुवा न्युगिनीका ब्याटर नेपाली बलरसामु निरीह साबित भए । पपुवा न्युगिनीले सुरुआतमै महत्वपूर्ण दुई विकेट गुमाएको थियो । हिरी हिरी, सेसे बाउ, कप्तान असाद भाला र चाल्र्स अमिनीले केही हदसम्म पारी सम्हाल्ने प्रयास गरे । तर नेपाली बलरले उनीहरुलाई खुलेर खेल्न दिएनन । भालाले २०, बाउले १८, अमिनीले १६ तथा हिरीले १४ रन बनाए । अन्य ब्याटरले उल्लेख्य रन बनाउन सकेनन । बलिङतर्फ नेपालका लागि लामिछानेले पाँच विकेट लिए । उनले १० ओभर बलिङ गर्ने क्रममा एक मेडन राख्दै २५ रन मात्र खर्चे । यस्तै ललितनारायण राजवंशी र कुशल मल्लले दुई तथा सोमपाल कामीले एक विकेट लिए । नेपाल केहीबेरमा जवाफी ब्याटिङ गर्ने तयारीमा छ ।
lokpath.com
5,811,718
नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले बढेको हो ।  छापावाल सुन आज तोलामा एक लाख चार हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । गत कारोबार दिन मंगलबार उक्त सुन तोलामा एक लाख चार हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज तेजाबी सुन तोलामा एक लाख चार हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी तोलामा एक हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
baahrakhari.com
4,460,389
अहिलेसम्मको तस्विर यस्तो छ -हिउँदे अधिवेशन पनि प्रभावहीन नै हुँदैछ। राजनीतिक कोर्षको विमति सदनमा पोखिएपछि विधायिकी कार्य ठप्प छ। जनजीविकाका सवालले प्रवेश पाएका छैनन् । पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा मुख्य नेतृत्व यथावत हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। नेताहरूका अनुसार फेरि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने छन् । भर्खरै सकिएको नेकपा एमालेको महाधिवेशन छायाँमा पर्‍यो। पार्टी अध्यक्ष केपी शर्मा ओलीको खल्तीबाट जन्मिएका पदाधिकारी र केन्द्रीय सदस्यको तुलना हरिया ड्रममा झरेका मतसँग तुलना गरियो। प्रविधिमैत्री एमाले महाधिवेशनको विपरीत हरिया ट्याङ्कीमा परम्परागत मतपत्र खसाउने कांग्रेसको अभ्यासलाई धेरैले रुचाए। लोकतान्त्रिक अभ्याससँगको तुलनामा पछि पर्‍यो, प्राविधिक रुपमा चुस्त भएको एमालेको अभ्यास । पाँच दलीय गठबन्धन बिच सम्झौताका विषयमा एकमत हुन नसक्दा अन्योल नै रहेको नेताहरुको भनाइ छ। सत्तारुढ दलहरुबिच प्रतिनिधिसभामा एमसीसीलाई अघि बढाउने या नबढाउने भन्नेमा एकमत छैन । रिजालको राजीनामा १४औँ महाधिवेशनमा महामन्त्री पदबाट पराजित भएलगतै आएको थियो। राजीनामाबारे औपचारिक घोषणा गर्न मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा रिजालले बेलिविस्तार लगाए। उनले आफू पराजित भएमा राजीनामा दिने निर्णयमा पहिल्यै पुगेको बताए । भक्तपुरमा बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले महत्वपूर्ण निर्णय गरेपछि उक्त निर्णयमाथि नेताहरु असन्तुष्ट बनेका हुन्। बैठकले पोलिटब्यूरो, स्थायी कमिटी लगायतका महत्वपूर्ण निकायमा नेताहरु चयन गरेको छ। जिम्मेवारी बाँडफाँड, प्रदेश कमिटीको जिम्मेवारीलगायतको काम एमालेले टुंगो लगाएको हो। केन्द्रीय कमिटीमा १० प्रतिशत सदस्य मनोनीत भएका छन् । शनिवार ५ बजेसम्म तोकिएको मनोनयनको अवधिमा ६ जनाले उम्मेद्वारी दर्ता गरेका हुन्। शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. शेखर कोइराला, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिका लागि उम्मेद्वारी दिएका छन्। ६ जना मध्येका सबैभन्दा कान्छा सभापतिका आकांक्षी हुन् गोरखाका युवराज न्यौपाने । तर, ओलीले एमालेको वाग्मती प्रदेश कमिटीको कार्यक्रममा 'कांग्रेसलाई सुझाव दिन हिडेँ' भनेपछि उनी आउने पक्का भयो। किनभने ओली बिहीबार बिरामी भएको भन्दै पार्टी निकटका पत्रकार भेटघाट कार्यक्रममा अनुपस्थित थिए । १४ औं महाधिवेशनलाई सांगितिक बनाउन सांस्कृतिक समितिले तीव्र तयारी गरिरहेको छ। त्यसका लागि कांग्रेसनिकट कलाकारहरुले तयारी गरिरहेको सांस्कृतिक समितिकी संयोजक सीता गुरुङले जानकारी दिइन्। राष्ट्रिय एकता र कांग्रेसको योगदान झल्किने खालका प्रस्तुति महाधिवेशनमा रहेन उनको भनाई छ। भृकुटीमण्डपमा महाधिवेशन गर्ने तयारी गरिरहेको कांग्रेसले ४ सय जना अटाउने मञ्च बनाइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट पनि सभापतिमा आकांक्षी नेताहरु धेरै भएकाले टुंगो लागेको छैन। साझा उम्मेद्वार तय गर्ने उनीहरु बिच केही दिनयता लगातार छलफल भइरहेको छ । यता संस्थापन इतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बत्तिसपुलतीस्थित अनुपम फुडल्याण्डमा बिहानैदेखि जुटिरहेका छन्। बैठकलाई बीचमै छाडेर वरिष्ठ नेता पौडेलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई भेटेका थिए । राष्ट्रियसभागृह र महेन्द्र पुलिस क्लवमा कांग्रेसले मतदान गर्न २ सय बुथ राख्न लागेको हो। त्यसका लागि तयारी भइरहेको नेपाली कांग्रेस काठमाडौंका सचिव गोविन्द पुडासैनीले जानकारी दिए। महाधिवेशनमा सहभागी हुने ४५ सय भन्दा बढि प्रतिनिधिले ब्यालेटमै मतदान गर्नुपर्ने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको दोस्रो बैठक मंसिर २५ र २६ गतेका लागि बोलाएको भए पनि त्यसअघि मनोनयन नहुने भएको हो। नेताहरू स्थायी कमिटी र पोलिटब्यूरो गठनमा लागेकाले मनोनीत हुने नेताबारे निर्णय गर्न ढिलाइ हुने भएको छ । ओलीले सर्वसम्मत केन्द्रीय कमिटी चयनका लागि बन्दसत्रमा सूची प्रस्तुत गरे पनि भीम रावल लगायतका नेताहरूले ओलीको निर्णय मानेनन्। सर्वसम्मतिको प्रयास असफल भएपछि निर्वाचन भएको थियो । अध्यक्ष केपी शर्मा ओलीले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमै तीन महिने पार्टी सुदृढीकरण अभियान चलाउने घोषणा गरेका थिए। जुन अभियानमार्फत् एकीकृत समाजवादी र माओवादीतर्फ लागेका एमालेका नेता कार्यकर्तालाई फर्काउने प्रयत्न हुने एमालेले जनाएको छ । तय भए अनुसार नै अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल लगायतका पदाधिकारीले पदभार ग्रहण गरे। १ बजे सुरु भएको कार्यक्रम एकघण्टा भन्दा बढी अवधि चल्यो । महासचिवको दौडमा उनी अध्यक्ष केपी शर्मा ओलीको रोजाइमा परे। निर्वाचन भए पनि पोखरेललाई कसैले टक्कर दिएन। उनी यसमा भाग्यमानी नै सावित भए र निर्विरोध चुनिए । गेटदेखिकै प्रहरीको कडा पहरा कोठा बाहिरसम्मै छ। अगाडि धेरै खाली ठाउँ छैन। पछाडि टहलिन खाली ठाउँ छ। त्यहाँ स्विमिङ पुल र बेन्चसेट बाहेक केही छैन। राप्ती किनार र चितवन राष्ट्रिय निकञ्जलाई नियाल्न सकिन्छ त्यहीँबाट ।
pahilopost.com
4,691,709
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रुपन्देहीको विवाद बढ्दै गएपछि ५ महिनामा जिल्ला अध्यक्ष नै फेरिएको छ भने आपसी कुटपिटको विषयलाई इलाका प्रहरी कार्यालयमा मिलापत्र गराइएको छ । पार्टी केन्द्रले यो घटनामा संलग्न भएको र विषय बाहिर ल्याउने सदस्यलाई थप अनुसन्धानका लागि काठमाडाैं बोलाइएको छ । जिल्ला अधिवेशनपछि बढ्दै गएको विवाद सदस्यता खारेजी र कुटपिट गरेको विषय प्रहरीसम्म पुगेपछि रास्वपाको आलोचना हुन थालेको छ । यो विषय नेपाल प्रेसमा समाचार प्रकाशन भएको थियो । विवाद बढ्दै गएपछि अहिले जिल्लाका संयोजक रहेका प्रकाश ज्ञवालीलाई हटाएर प्रदेश कमिटी सदस्य बुद्धिप्रसाद शर्मालाई रुपन्देहीको संयोजक बनाइएको छ । त्यसै गरी यो विवाद बाहिर ल्याउने सैनामैनाका दामोदर खत्रीलाई पार्टीको केन्द्रीय अनुसन्धान टिमले काठमाडाैं बोलाइएको छ । विवाद सार्वजनिक गरेका पार्टीका सैनामैनाका दामोदर खत्रीले पार्टीभित्रका समस्या बाहिर ल्याएको र यो विषयमा केन्द्रीय अनुसन्धान टिमले ४ गते काठमाडाैं बोलाएको बताए । ‘मैले पार्टीभित्र अनुशासनको कुरा उठाएको थिएँ, जिल्ला अध्यक्षको नैतिकताको कुरा उठाएको थिएँ, आखिर मेलै उठाएको विषय हेरेर नै जिल्ला अध्यक्ष फेरिएको छ, भनेपछि मेरो जित भयो, अब काठमाडाैंमा के कुरा हुन्छ त्यसपछि अगाडि बढ्ने हो’ उनले नेपाल प्रेससँग भने । पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष देवराज पाठकले विवाद भएकाले नयाँ विकल्पका लागि नेतृत्व फेरिएको बताए । ‘माघ २४ मा प्रकाश ज्ञवालीलाई अध्यक्ष बनाइएको थियो, तर केही विवाद आए, उहाँ सरकारी शिक्षक पनि भएकाले नेतृत्व फेरिएको हो, अब रुपन्देहीको संयोजक प्रदेश कमिटी सदस्य बुद्धि शर्माले गर्ने गरी जिम्मेवारी तोकिएको छ, कुटपिटको विषयमा त्यो घटनामा संलग्न दामोदर खत्रीलाई इलाका प्रहरीमा माफी मगाएर आगामी दिनमा गल्ती नगर्ने गरी कागज गराइएको छ’ उनले भने । नयाँ अध्यक्ष बनेका बुद्धि शर्माले पार्टीले रुपन्देहीको अध्यक्षमा जिम्मेवारी दिएको र सबै क्षेत्रका भावनालाई समेटेर लैजाने बताए । आगामी मंसिरमा हुने पार्टीको अधिवेशनमा नेतृत्व हत्याउने उद्देश्यले एक समूहले स्थापनाकालदेखि पार्टीमा लागेका कार्यकर्ताको सदस्यता खारेजी र कुटपिटको तहसम्म पुगेको भन्दै सो पार्टीका सैनामैना र्यापिट एक्सन टिम संयोजक दामोदर खत्रीले आफूमाथि अन्याय भएको विषय बाहिर ल्याएका थिए । विधान अनुसार पार्टी सञ्चालन गर्नुपर्छ भन्ने आवाज उठाउँदा पार्टीका प्रदेश उपसभापति शालिकराम घिमिरे, रुपन्देही संयोजक प्रकाश ज्ञवाली र रुपन्देही क्षेत्र नं २ का क्षेत्रीय सदस्य विक्रम तिवारी लगायतको समूहले राति ९ बजेको समयमा पार्टी कार्यालयमा बोलाई आफूलाई कुटपिट गरेको र उल्टै आफू विरुद्ध कुटपिटको उजुरी दिएको गुनासो उनले गरेका थिए । तर प्रहरीमा भने उनले आफैबाट हात उठाएर गल्ती भएको कागजमा हस्ताक्षर गरेका छन् । उनले शनिवार पत्रकार सम्मेलन गरी पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्ने आफ्नो आवाजलाई दबाउन प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली,क्षेत्रीय सदस्य तिवारीको समूहले आफूसँग अनुचित प्रस्ताव राखेको र उनीहरूको प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाएका थिए। पार्टी विधानको धारा १३ ९ङ०मा सरकारी विद्यालयमा पढाउने व्यक्ति कुनै पनि पदमा नरहने व्यवस्था रहेको भए पनि जिल्ला संयोजक ज्ञवाली रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बाल विकास आधारभूत विद्यालयमा पढाउने शिक्षक भएको र उक्त कुरा उठाउँदा आफूमाथि कुटपिट भएको उनले बताएका थिए । उनले आफूले उठाएको विषय पार्टीले महसुस गरेर ज्ञवालीलाई नेतृत्वबाट हटाउनु नै आफ्नो जित भएको बताए । खत्रीले प्रदेश उपसभापति घिमिरेले क्षेत्रीय निर्वाचनमा पदीय मर्यादा विपरीत मतदातालाई प्रभावमा पारी मतदाताको मोबाइलबाट आफैले मत हाल्नेसम्मको कार्य गरेको र सो कुराको विरोध गर्दा षडयन्त्रपूर्वक आफ्नो सदस्यता खारेज गर्ने र कुटपिट गरिएको उनले आरोप लगाउँदै आएका छन् । गत बुधवार राती आफूलाई पार्टीको सैनामैना नगर समितिको कार्यालयमा बोलाई प्रदेश उपसभापति घिमिरे,जिल्ला संयोजक ज्ञवाली र क्षेत्रीय सदस्य तिवारीको समूहले आगामी मंसिरमा हुने अधिवेशनमा नेतृत्व हत्याउन विभिन्न खाले प्रलोभन देखाएको र आफूले विधानको कुरा उठाउँदा विवाद उत्पन्न भएपछि आफू बाहिर निस्किएको र पछि उनीहरू पनि बाहिर आएर आफूमाथि आक्रमण भएपछि आफूले प्रतिरक्षा मात्रै गरेको दाबी गरे पनि त्यो प्रमाणित भएन । भर्खरै गठन भएको पार्टीमा गुटबन्दी गर्न नहुने र पार्टीलाई विधान अनुसार चलाउनुपर्छ भन्दा उल्टै कारबाही गर्ने र स्थापनाकालदेखि निस्वार्थ रूपमा पार्टीमा लागेका व्यक्तिलाई तँ सदस्यै होइनस् भनेर लखेट्न खोजेकाले य विषय बाहिर ल्याएको र नेतृत्व फेरिएपछि समाधानको उपाय निस्केको बताए। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाले दुवै पक्षलाई राखेर सहमतिमा विवाद टुंगो लगाएको जनाए । ’दुवै पक्षलाई राखेर गल्ती गर्नेलाई माफी मगाएर गल्ती नदोहोराउने गरी उहाँहरूले नै सहमति गर्नुभयो, हामीले समन्वय मात्र गरेका हौँ’ थापाले भने ।
nepalpress.com
3,937,482
नेपाल शिक्षक महासङ्घकी अध्यक्ष कमला तुलाधरले सरकार र आफूहरुबीच भएको सहमति विधेयकमा रुपान्तरण गराउन सांसदहरुलाई ध्यानाकार्षण गराएकी छन् । शिक्षा पत्रकार समाजको तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र महासङ्घबीच पछिल्लो समय भएको सहमति विधेयकमा उल्लेख गर्न भनेकी हुन् । शिक्षा विधेयक हिजो (आईतबार) प्रतिनिधि सभामा टेबल भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले उक्त विधेयक संसद्मा टेबल गरेका हुन् । उक्त विधेयकमा भएका व्यवस्थाहरु शिक्षकको पेशागत हितमा नरहेको भन्दै महासंघको आवह्वानमा शिक्षकहरुले असोज तीन गतेदेखि देशैभर विद्यालय बन्द गराएर काठमाडौं केन्द्रीत आन्दोलन गरेका थिए । महासंघ र सरकारबीच भएको सहमति पनि शिक्षकहरुका केही घटकहरुले आन्दोलन जारी राखेका थिए । सरकारले उनीहरुसँग पनि सहमति गरिसकेको छ । काठमाडौं, साउन १ । जापानबाट सुरु भएको प्रविधि र व्यक्ति सिकाइमा आधारित ‘कुमोन सिकाइ विधि’ काठमाडौं, ३१ असार । नेसनल प्याब्सन भक्तपुरले आफ्ना सदस्य विद्यालयहरुबाट २०८० को एसईई परीक्षामा सम्मिलित काठमाडौं, ३१ असार । एक्टिभ एकेडेमीले पत्रकार ऋषि धमलाको नाममा छात्रवृत्ति कोष स्थापना गरेको छ टीकापुर, असार ३१ । टीकापुर नगरपालिकाकी पार्वती सञ्यालका दुई बच्चा छन् । श्रीमान् निधनभएपछि उनले काठमाडौं, २५ असार । चावहिल क्षेत्रको उत्कृष्ट तथा छोटो समयमा लोकप्रिय बनेको प्लस टु तथा काठमाडौँ, २५ असार । “तपाईँलाई आफूभित्र के छ भन्ने पत्ता लगाउन केही वर्ष लाग्नेछ । म्याग्दी, २४ असार । म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सातवटा जनकपुरधाम, असार २३ । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विद्यार्थीको अनुपातमा शिक्षकको व्यवस्था काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने भएका छन् काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन ।
reportersnepal.com
5,967,707
सार्वजनिक विवरण अनुसार भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुवीर महासेठको सबैभन्दा बढी सम्पत्ति रहेको छ । जनकपुर उपमहानगरपालिकामा ४ हजार २ सय वर्गमिटर जग्गा, साँढे २ तले घर, ललितपुरको भैसेपाटीमा २ रोपनी १३ आना, २ दाम १ पैसा जग्गा र त्यसमा रहेको साढे २ तले घर रहेको विवरणमा उल्लेख छ । महासेठकी श्रीमती जुलीकुमारी महतोको नाममा धनुषा क्षिरेश्वरनाथमा ७ रोपनी, ३ आना जग्गा, सिन्धुलीको कमलामाई नगरपालिकामा ४ कठ्ठा जग्गा, ललितपुर महानगरपालिकामा १ रोपनी ७ आना जग्गा, जनकपुरमा ३ कठ्ठा जग्गा रहेको छ । रघुवीरको नाममा धनुषामा १ बिघा १५ कठ्ठा जग्गा रहेको छ । यसैगरी २ करोड २५ लाख रुपैयाँ सम्पत्ति रहेको छ । सुन ४३ तोला, चाँदी १ सय ५० केजी रहेको छ । ७ थान औँठी, ३ थान सिक्री, ३ जोडी कानमा लगाउने र २ जोडी चुरा रहेको छ । यस्तै जुली महतोको नाममा गुडविल फाइनान्समा ५ लाखको सेयर, महिला लघुवित्त संस्थामा १ करोड रुपैयाँको सेयर, कर्पोरेट बैंक वीरगञ्जमा २ करोड ५० लाखको सेयर रहेको विवरणमा उल्लेख छ । यस्तै धनुषाको क्षिरेश्वरनाथ नपामा ३३ बिघा, सबैला नापामा ३९ बिघा १४ धुर जग्गा र मिथिला बिहारी नपामा १० कठ्ठा जग्गा रहेको छ ।
sunaulonepal.com
851,625
होटल व्यवसायीले बागलुङलाई ‘मुक्तिनाथको गेट’ नाम दिएका छन् । भारतीय र आन्तरिक पर्यटक यही बाटो भएर मुक्तिनाथ जान थालेपछि व्यवसायीले पर्यटक आर्कषणका लागि नामाकरण गरेका हुन् । मुस्ताङ घुम्ने पर्यटकलाई कम्तिमा एकदिन अड्याउन नारा दिएको उनीहरू बताउँछन् । नारासँगै पर्यटनका कार्यक्रम पनि बनाएका छन । मुक्तिनाथ हिंडेका पर्यटकलाई कम्तिमा एक दिन बसालेर यहाँको कालिका भगवती मन्दिर, पञ्चकोट, ढोरपाटन, गलकोट, भकुण्डे लगायत क्षेत्र घुमाउन पहल गर्न गेटको नाम दिएको होटल संघका अध्यक्ष निलेस राजभण्डारीले बताए । त्यसका लागि जिल्लामा पर्यटक अड्याउने पूर्वाधारसमेत बनेको उनले बताए । ‘सदरमुकाममा दैनिक ३ हजारसम्म पाहुना राख्न सकिन्छ,’ राजभण्डारीले भने, ‘हामीले अझै धेरै प्याकेज बेच्न सकेका छैनौं ।’ केही बर्षदेखि आन्तरिक पर्यटकले बागलुङका अधिकांस होटल खचाखच भइरहन्छन् । ठूलो आकारका होटल थपिएपछि पर्यटक बढेको उनीहरूको बुझाई छ । ‘प्रचार गर्न नसक्दा कालिका मन्दिरमा आएका पाहुनालाई अझै बजारमा भित्राउन सकिएको छैन,’ अर्का व्यवसायी अर्जुन चोखालले भने, ‘पाहुना आर्कषित गर्न सरसफाई र खानाको गुणस्तर सुधारको काम भएका छन् ।’ अधिकांस होटलले कार्यक्रम हल बनाउन थालेका छन् । प्याकेज तथा बस रिर्जभ गरेर आएका पाहुनाले सास्कृतिक कार्यक्रम, अन्तरक्रिया र छलफल गर्न चाहने भएकाले सबै होटलमा हलको व्यवस्था गरिएको उनले बताए । बागलुङदेखि मुक्तिनाथका लागि सिधा यातायातका साधन पाउन थालेपछि देशभरका पर्यटकको रोजाई बढ्न थालेको हो । ‘यसरी आएका पाहुनालाई केही दिन बस्ने वातावरण हामीले बनाउन खोजेका हौं,’ राजभण्डारीले भने, ‘राजधानीका ट्राभल एजेन्सीले पनि प्याकेजमा पाहुना पठाउन थालेका छन् ।’ यहाँका होटलले पनि मुक्तिनाथ जाने जिप र बसका लागि सम्पर्क गराउने काम गर्छन् । बागलुङमा दर्जनबढी सहकारी छन् । तीनको अबलोकनका लागि पनि दैनिक २ सयसम्म भ्रमणमा आउने गरेका छन् । ‘हामीले बचत तथा ऋण, उत्पादन, कृषि र पशुपालन सहकारीका केही नमूना बनाएकाले अवलोकनकर्ता दैनिक आउने गर्छन्’ जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतमले भने, ‘पर्यटन प्रवर्द्धनमा पनि उनीहरू सहयोगी भएका छन् । अन्य प्रयोजनका लागि आएपनि बागलुङ कालिकाको दर्शन र पञ्चकोट भ्रमण उनीहरूको पहिलो रोजाई बन्ने गरेको हो । पाहुना बढ्न थालेपछि होटल व्यवसायीले लगानीसमेत थपेका छन् । चोखालले एक करोड लगानीमा कालिका मन्दिर नजिकै समिट रेष्टुरेन्ट संचालनमा ल्याएका छन् । अध्यक्ष राजभण्डारीले पनि झण्डै डेढ करोड लगानी थपेर भवन बनाए । रेड एप्पल होटलले शुरुमै ५ करोड लगानी गरेको थियो भने राजन होटलमा ३ करोड लगानी भएको संचालक राजन शाक्यले बताए । ब्राउन आईजकी संचालक मीना श्रेष्ठले भनिन्, ‘ठूलो पार्टीलाई अब पोखरा पुग्न पर्दैन । पार्किङ, फ्रि वाईफाई, सरसफाई र गीतसंगीतको व्यवस्थापनले होटलमा कार्यक्रम गर्ने चलन बढेको छ ।’व्यवसायीले गर्ने मेला महोत्सवले होटल व्यवसायमा लगानी र व्यवसाय बढेको बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी बताउँछन् । ‘महोत्सवमार्फत पर्यटक भित्राउने पहल भएको छ,’ उनले भने, ‘सामाजिक संस्थाले पनि राष्ट्रियतहका सम्मेलनमा बागलुङ रोज्न थालेका छन्  ।
ekantipur.com
2,153,956
अमेजनले फेडरल ट्रेड कमिसन (एफटीसी)लाई अलेक्सा मार्फत बालबालिकाको गोपनीयता उल्लङ्घन गरेको आरोपमा २५ मिलियन अमेरिकी डलर तिर्न गर्न सहमत भएको छ। कम्पनीलाई बच्चाहरूको भ्वाइस डाटाको ह्यान्डलिङ मार्फत एफटीसी ऐन र चिल्ड्रेन्स अनलाइन प्राइभेसी प्रोटेक्शन एक्ट (सीओपीपीए) दुवैको भंग गरेको आरोप छ। एफटीसीका अनुसार कम्पनीले भ्वाइस डेटामा सीमित पहुँच र अनुरोधमा जानकारी मेटाउने वाचा गरेको बताए पनि, यसले सेप्टेम्बर २०१९ सम्म पूर्वनिर्धारित रूपमा बच्चाहरूको रेकर्डिङ र ट्रान्सक्रिप्टहरू अनिश्चित कालसम्म राखेको छ। अमेजनले महत्वपूर्ण अवधिको लागि ट्रान्सक्रिप्टहरू मेटाउन असफल भयो र अझै भ्वाइस जानकारी र भौगोलिक स्थान डाटा राखेको आयोगले भनेको इनग्याजेडले उल्लेख गरेको छ। प्रतिक्रियामा, अमेजनले जारी गरेको स्टेटमेन्टमा एफटीसीको दाबीसंग ‘असहमत’ छ र मामिलालाई ‘हामी पछि’ राख्ने तय गरिरहेको छ। कम्पनीले अमेजन किडस् सीओपीपीएलाई ध्यानमा राखेर डिजाइन गरिएको र अभिभावकहरूसँग वेबमा रेकर्डिङ र ट्रान्सक्रिप्टहरू मेटाउने सजिलो तरिकाहरू उपलब्ध रहेको बताएको छ। अमेजनसँग बालबालिकाको डाटा वर्षैसम्म रहने चिन्तालाई सम्बोधन गर्दै कम्पनीले कम्तिमा १८ महिनादेखि प्रयोगमा नआएको बाल प्रोफाइल मेटाउने बताएको छ। अमेजनले मे २०१९ मा अलेक्सा प्रयोग गरेरे आवाजको इतिहास मेटाउन सम्भव बनाएको थियो। तर यसलाई पूर्वनिर्धारित रूपमा इनएवल गरिएको थिएन। सोही वर्षको अगस्टमा कम्पनीले ट्रान्सक्रिप्टहरूका लागि मानवीय समीक्षाहरूबाट अप्ट आउट गर्ने विकल्प पनि दिएको हो ।
technologykhabar.com
4,432,475
नायिका बर्षा सिवाकोटीले आफुलाई बिबाह गर्ने रहर भएको खुलाएकी छन् । हातमा चुरा, गलामा पोते र सिउँदोमा सिन्दुर लगाएको फोटो राखेर बर्षाले रहर छ भन्दै लभ साइन राखेकी छन् । यस प्रकारको फोटो र क्याप्सनले के प्रष्ट हुन्छ भने बर्षालाई बिहेको रहर छ । तर बर्षाको यो रहर कहिले पुरा होला रु प्रतिक्षा गरौं । उनका हुनेवाला दुलाह को होलान् रु पछिल्लो फिल्म ‘बीर बिक्रम २’ खेलेकी बर्षाको प्रेम सोही फिल्मका निर्देशक मिलन चाम्ससँग भएको चर्चा भएपनि उनीहरुले स्विकार गरेका छैनन् । बर्षाले आफु एकल रहेको बताउँदै आएकी छन् ।
nayanepalnews.com
4,684,197
प्रदेश-२ सरकारले आज अगामी आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम ल्याउँदैछ । दिउँसो ३ बजे बोलाइएको प्रदेशसभा बैठकमा प्रदेश प्रमुख डा. राजेश झा ‘अहिराज’ले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । सभामुख सरोज कुमार यादवले आफ्नो पहिचान झल्किने पोशाक लगाएर साढे २ बजे नै प्रदेशसभामा उपस्थित हुन सांसदहरुलाई अनुरोध गरेका छन् । अगामी वर्षको नीति तथा कार्यक्रम कोभिड-१९ मा केन्द्रित रहने बताइएको छ । अर्थमन्त्री विजय यादवले शिक्षा, स्वास्थ्य, कृषिलगायतका क्षेत्रलाई प्राथमिकता दिएको बताएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षका मुख्यमन्त्री लालबाबु राउतले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्री र राज्यमन्त्रीलाई बर्खास्त गरेर बुधवार राति मात्रै नेपाली कांग्रेसलाई ३ मन्त्री दिएर सकारमा सहभागी गराएको भोलिपल्ट आह्वान गरिएको प्रदेशसभा बैठकमा महन्थ ठाकुर पक्षका सांसदहरु आज सदनमा उपस्थित हुने/नहुने विषयमा अन्योलमा छन् । प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेकाले सदनमा उपस्थित हुने कि नहुने विषयमा छलफल गरिरहेको र केहिबेरमै आवश्यक निर्णय लिने महन्थ ठाकुर पक्षका सांसद परमेश्वर साहले जानकारी दिए । प्रदेशसभामा सत्तारुढ जसपाको ५५ (तत्कालीन समाजवादी पार्टी ३० र तत्कालीन राजपा २५) र नेपाली कांग्रेसका १९ सांसद छन् । तत्कालीन राजपाका ६ सांसद उपेन्द्र पक्षमा लागेका छन् । अहिले महन्थ ठाकुर पक्षमा सभामुखसहित १९ सांसद मात्र छन् । १ सय ७ सदस्यीय प्रदेशसभामा माओवादीका तीन सांसद पदमुक्त हुँदा अब १ सय ४ सदस्य छन् । जसमध्ये माओवादीको ८, नेकपा एमालेका २१ र नेपाल जनता समाजवादी पार्टीका १ सांसद छन् । माओवदी अहिले सरकारमा नआए पनि सहयोग गर्ने बताइएको छ । तत्कालीन राजपाका १९ सांसदले सरकारको नीति तथा कार्यक्रम पास गर्न सहयोग नगरे पनि समस्या हुने छैन । तर नीति तथा कार्यक्रमको विरोध गर्ने आफ्ना सांसदलाई जसपाले कारबाही गर्नसक्नेछ ।
nepalpress.com
4,108,260
कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको आदेश उल्लङ्घन गर्ने ३०० भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको हो । अटेर गरी सवारीसाधन सञ्चालन गरेका साधनलाई नियन्त्रणमा लिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई सम्झाई बुझाई घरतर्फ नै फर्काइएको उनले उल्लेख गरे । अत्यावश्यक सेवा र अनुमतिपत्र लिएका सवारीसाधन मात्रै चलाउन पाउने नियम कडाइका साथ पालना गर्न लगाइएको श्रेष्ठको भनाई रहेको छ । मङ्गलबार मुलुकका विभिन्न ठाउँबाट एक हजारभन्दा बढी सवारीसाधन नियन्त्रणमा लिइएको थियो । सरकारले कोरोना भाइरस फैलिन नदिन मङ्गलबारदेखि चैत १८ गते बिहान ६ बजेसम्मका लागि ‘लकडाउन’ गरेको छ । मान्म (कालीकोट), ६ साउन । कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा नगरपालिका–८ को टाकुल्लामा पहिरो गएर अवरुद्ध दमौली (तनहुँ), ६ साउन । तनहुँमा एक वर्षको अवधिमा तीन लाख बढी पशुमा पूर्ण खोप पर्वत ६ साउन । वन्यजन्तुवाट हुने क्षतिलाई न्यूनीकरण गर्दै सिङ्गो गाउँपालिकालाई फलफूल उत्पादनमा आत्मनिर्भर बनाउने देउखुरी (दाङ), ६ साउन । घोराही उपमहानगरपालिका–६ का मनकला अधिकारी ८२ वर्षका पार गरे। पन्ध्र काठमाडौँ, ६ साउन । यहाँस्थित भारतीय राजदूतावासले आषाढ पूर्णिमाका अवसरमा आज एक विशेष कार्यक्रम आयोजना काठमाडौँ, ६ साउन । दर्शक–श्रोतासमक्ष नबोलेरै हास्य अभिनय प्रस्तुत गर्न सक्ने च्यार्ली च्याप्लिनको नाम हास्यव्यङ्ग्य कास्की, ६ साउन । विभिन्न रोगका कारणबाट पशुजन्य उत्पादनको गिरावटलाई न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा सुरु गोरखा, ६ साउन । जिल्लाको पालुङटार नगरपालिकाले बाँदर नियन्त्रणका लागि नगर क्षेत्रभित्रका सामुदायिक वन तथा काठमाडौँ, ६ साउन । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थिरताका लागि नयाँ सरकार काठमाडौँ, ६ साउन । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेपालका लागि अमेरिकी राजदूत काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल चीन जाने भएकी छिन्। उनी पाँचौं चीन–दक्षिण एसिया फोरममा काठमाडौं ।
reportersnepal.com
1,594,977
युनाइटेड अरब इमिरेट्स (यूएई)को दुबईमा संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औँ सम्मेलनमा नेपालले पनि चर्चा पायो। गत नोभेम्बर ३० देखि डिसेम्बर १२ सम्म चलेको सम्मेलनमा भाग लिन नेपालका तर्फबाट प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली त्यहाँ पुगेको थियो। ‘वर्ल्ड क्लाइमेट एक्सन समिट’को उद्घाटन सत्रमा सम्बोधन गरेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनका कारण नेपालमा परेको प्रभावको चर्चा गरे। महासचिव गुटेरेसले भने, 'म केही समयअघि मात्रै नेपाल भ्रमणमा थिए। नेपालका पग्लिरहेका हिमाललाई मैले नजिकबाट साक्षात्कार गर्न पाएँ। नेपालका हिमालमा जस्तै समस्या एन्टार्टिकामा पनि छ। यी दुवै क्षेत्र भूगोलका हिसाबले टाढा छन् तर जलवायुको हिसाबले समान संकटमा छन्।' उनले नेपालको नाम लिँदै विश्वमा पछिल्लो समय बढ्दै गइरहेको तापमानका कारण हिमाल पग्लिरहेको उल्लेख गरे। नेपाल भ्रमणका क्रममा सगरमाथा र अन्नपूर्ण आधार क्षेत्रलाई नजिकबाट नियालेका उनले हिमालमा परेको जलवायु परिवर्तनबारे विश्व समुदायसामु खुलेरै राखे। उनको सम्बोधनपछि नेपाल लामो समयदेखि उठान गर्न खोजिरहेको र भोगिरहेको समस्यामा विश्वको ध्यानाकर्षण भयो। झन्डै एक सय ९२ देशका उच्चस्तरीय व्यक्तित्व, राजनीतिक दल र सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधि, जलावायुविद् तथा पत्रकारलगायतको उल्लेख्य उपस्थितिमा जलवायु परिवर्तनले नेपालका विभिन्न क्षेत्रमा पारेको असरको चर्चा पायो। सोही अवसरमा प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको अभिव्यक्तिले जलवायुको संकट सम्बोधनमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे। गुटेरेसले विश्वस्तरमा नेपालको चर्चा मात्रै गरेनन् जलवायु संकटको विषय महत्वका साथ उठान गरेर जलवायु न्यायका लागि नेपालका तर्फबाट पनि आवाज उठाएका थिए। यसले चर्चा र परिचर्चाका साथै आगामी रणनीति बनाउन सहयोग पुग्ने छ। महासचिव गुटेरेसले नेपाल भ्रमणमा रहेको बेलामा हिमालयबाट बगेका नदीहरुले एक अर्बभन्दा बढी मानिसलाई स्वच्छ पानी प्रदान गरिरहेको भन्दै हिमालको प्रशंसासमेत गरेका थिए। यस्ता हिमनदी पग्लिएमा पानीको स्रोत संकटमा पर्न सक्ने भन्दै उनले दिएको अभिव्यक्तिले पनि यो वर्ष मुख्य चर्चा पायो। जलवायु संकटका कारण लाखौँ मानिस बसाइँ सर्नुपर्ने अवस्था आउने र मानव जीवनमा पानी र जमिनका लागि ठूलो प्रतिस्पर्धा हुने खतरा रहेको उनको भनाइ थियो । यसैगरी, गुटेरेसले जलवायु परिवर्तनका कारण नेपाललाई अन्यायपूर्ण भएको बताएका थिए। संसद्‌मा सम्बोधन गर्ने क्रममा पनि नेपालले भोगेको जलवायु परिवर्तनको असरको चर्चा गरिरहँदा राजनीतिक स्तरमा नै जनचेतना जगाइरहेको थियो। सो अवसरमा प्रधानमन्त्री दाहालले पनि जलवायुसम्बन्धी मुद्दा खुलेरै उठान गरे। 'म यहाँ तीन करोड नेपालीको सन्देश बोकेर आएको छु, तापक्रम वृद्धिले हिमालय क्षेत्रलाई आक्रान्त पारिरहेको छ, हाम्रो हिमाल बचाउने सन्देश पनि लिएर आएको हुँ।' उनको त्यो प्रभावकारी सन्देशले पनि कोपमा नेपालको चर्चा बढाएको थियो। प्रधानमन्त्री दाहालले पनि जलवायु अनुकूलनका लागि नेपालले गरेका सकारात्मक पहलहरु सम्बन्धमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराएका थिए। गत मङ्सिरमा नेपालले जलवायु सम्मेलन आयोजना गरेको थियो। उक्त सम्मेलनमा स्पष्ट ‘रोडम्याप’ र रणनीतिसहित राष्ट्रिय अनुकूलन योजना कार्यान्वयन दिशानिर्देशहरु अनावरण भएको थियो। जलवायु परिवर्तनको डरलाग्दो संकटका कारण जनता पहिरो, बाढी, वन डढेलो, खडेरीआदि जस्ता जलवायुजन्य प्रकोपको सामाना गरिरहेको भन्दै प्रधानमन्त्री दाहालले यो नेपालीका लागि सरासर अन्याय भएको र यो अब रोकिनुपर्नेमा जोड दिएका थिए। उनले हिमालय मानवताको आधार भएको उल्लेख गर्दै अर्बौँ मानिसलाई हिमालयले बचाएको उल्लेख गरे। विगतमा वन तथा वातावरण मन्त्रालय र जलवायुविद्हरुको मात्रै मुद्दाका रुपमा हेरिएको जलवायुको मुद्दा आज सरकारप्रमुखदेखि नै अन्य अन्तरसरकारी निकायका प्रतिनिधिहरुको साझा एजेन्डा बन्दै गइरहेको छ। राजनीतिक दलको पनि चासो र चिन्ता बढ्दै गइरहेको छ। जसले गर्दा २०८० मा जलवायुको दृष्टिकोणले बढी चर्चामा आएको वर्ष रह्यो। हरेक वर्ष हुने कोप सम्मेलनमा नेपालले लगेको कतिपय मुद्दा कोपमा समाहित हुँदैन, जब मुलुकको हितका निम्ति उठाइएका त्यस्ता एजेन्डाहरु समाहित गरिँदैन, प्रतिनिधिहरु निराशा भएर फर्किएका उदाहरण पनि विगतमा नभएका होइनन्। कोपमा नेपालले उठाउने विषय नै जलवायु न्यायसम्बन्धी हुने गर्छ। नेपालजस्ता विकासोन्मुख मुलुकहरुले कार्बन उत्सर्जन गराउनका लागि नगण्य भूमिका खेलिरहेका हुन्छन् तर जलवायु परिवर्तनका कारण हिमालको हिउँ पग्लिरहेको छ। यस्तै हुँदै जाने हो भने कालान्तारमा हाम्रा भावी पुस्तालाई हिमालमा हिउँ थियो भन्ने कुरा केवल एकादेशको कथा मात्रै लाग्न सक्छ। हिमाल बचाउन नेपालले थालेको पहल र अन्तर्राष्ट्रियस्तरमा गरिएको प्रयास प्रशंसनीय छ। डेढ दशकदेखि नेपालले हिमालको मुद्दा उठाउँदै आइरहेको थियो। निरन्तर रुपमा उठाएका मुद्दा कोपमा समावेश होला भन्ने आशा हुन्थ्यो तर हिमालका ‘एजेन्डा’ले कुनै प्राथमिकता नै पाउन सक्दैनथ्यो। जलवायु परिवर्तनका कारण हिमालमा हिउँ नै बाँकी नरहने भयो। अब सबै हिमाल कालापत्थरमा परिणत हुने हो कि भन्ने चिन्ता र चासो उत्तिकै रहेको छ सरोकारवाालहरुमा। सन् २००९ मा डेनमार्कको कोपनहेगनमा सम्पन्न भएको १५औँ कोपमा भाग दिन तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा नेपाली प्रतिनिधि टोली सहभागी भएको थियो। त्यसबेलादेखि नै नेपालले हिमालको मुद्दालाई प्राथमिकता दिएर मुख्य एजेन्डास्वरुप कोपमा लिएर जाने गरेको थियो। पहिलोपटक जलवायुले हिमालमा पारेका असर कोप-२८ निर्णयका दस्तावेजमा समावेश गरिएसँगै नेपालका लागि यो महत्वपूर्ण र ऐतिहासिक निर्णय भएको टिपपणी गर्छन्, जलवायुविद् मञ्जित ढकाल। यसले वर्षौँदेखि सफल हुन नसकेको नेपालको लक्ष्य पूरा भएको छ। हिमालको एजेन्डाले पाएको प्रथामिकतासँगै चर्चा पनि पायो। वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा बुद्धिसागर पौडेल जलवायु परिवर्तनको क्षेत्रमा २०८० उपलब्धिमूलक रहेको बताउँछन्। यूएन महासचिवको नेपाल भ्रमण, कोपमा उपस्थित हुनुअघि नेपालले गरेर पूर्वतयारी, कोपमा प्रस्तुत एजेन्डा, पर्वतीय क्षेत्रका मुद्दा समावेश हुनुले यस वर्ष जलवायु परिवर्तनको मुद्दाले चर्चा पाउनु नै उपलब्धिमूलक रहेको उनको बुझाइ छ। जलवायुविद् डा धर्मराज उप्रेतीले पनि कोपमा भएको सहमति नै २०८० को अर्को महत्वपूर्ण उपलब्धि रहेको बताए। 'त्यो भनेको अब पृथ्वीलाई बचाउन विश्व समुदायले गर्नुपर्ने कामहरु के-के हुन्? जलवायु परिवर्तनका कारण पहिचान गर्न, जैविक ऊर्जाको प्रयोगलाई कसरी घटाउँदै लैजाने भन्ने महत्वपूर्ण निर्णय भएको छ। सबै खालको जैविक ऊर्जा, तेल, ग्यास र कोइला तीनै खालका जैविक ऊर्जा घटाउनका लागि र हटाउँदै लैजाने सहमति महत्वपूर्ण छन्,' उनले भने। उनका अनुसार सो सहमति कार्यान्वयनले पृथ्वीको तापक्रम एक दशमलव पाँच डिग्री सेल्सियस बढ्न नदिने प्रतिबद्धता कार्यान्वयनमा यसले भूमिका खेल्नेछ। जलवायु परिवर्तनका कारण पर्वतीय पारिस्थितिकीय प्रणाली बढी जोखिममा छ। पर्वतीय क्षेत्रको मुद्दालाई पनि यसपालिको जलवायु सम्मेलनले समेटेपछि नेपालमा यस विषयमा संवाद आयोजनाको निर्णय पनि २०८० मै भएको थियो। यो पनि अर्को महत्वपूर्ण उपलब्धि भएको उप्रेतीको भनाइ छ। २०८० मा नै जलवायुको विधेयक मस्यौदाका रुपमा संसद्मा पेस भएको छ। पूर्वसूचना प्रणालीलाई समेत समेट्ने गरी ऐन ल्याउने निर्णय पनि २०८० मा नै भएको छ। सबैका लागि पूर्वसूचना प्रणालीमा नेपाल छानिएको छ। नेपाल छानिनुमा नेपालका लागि सुखद पक्ष हो। विपद्‌का तथ्यांक बुझ्ने पूर्वाधार नेपालमा आउँदै छ। विश्व मौसम संगठनले नेपाललाई पहिलो स्थानमा राखेको छ जसले गर्दा हाम्रो हिमाली क्षेत्रमा जलवायुको असर, यसले पारिस्थितिकीय प्रणालीमा पुर्‍याएको असर कस्तो छ? जैविक विविधमा पुगेको असर न्यूनीकरणमा सहयोग पुग्ने छ। सन् २०२७ सम्म सबैका लागि पूर्वसूचना भन्ने योजना तय हुनु २०८० को महत्वपूर्ण उपलब्धि भएको जानकारको बुझाइ छ तर कार्यान्वयनको पक्ष फितलो रहेको भन्दै विज्ञहरुको गुनासो छ। जलवायु वित्तको प्रभावकारी रुपमा परिचालन हुनुपर्नेमा विज्ञहरु सुझाव रहेको छ। जलवायु परिवर्तनको असरका कारणले पर्वतीय क्षेत्रको पारिस्थितिकीय प्रणाली, जनजीवन र जैविक विविधतामा परिरहेको नकारात्मक असरबारे नेपालले सन् २००९ देखि नै जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनलगायत अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउँदै आइरहेको छ। यसै सन्दर्भमा गत कोप २८ ले पहिलोपटक पर्वतीय क्षेत्रमा परेको जलवायु संकटबारे निर्णय लिँदै आगामी जुनमा हुने संयुक्त राष्ट्रसंघीय प्रारुप महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वैज्ञानिक र प्राविधिक सल्लाहकारका लागि सहायक निकाय (एसबिएसटिए) को ६०औँ बैठकमा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवाद आयोजना एसबिएसटिएलाई निर्देशन दिने निर्णय वन तथा वातावरण मन्त्रालयको भएको छ। यसै सन्दर्भमा पर्वतीय क्षेत्रको मुद्दामा सबै पर्वतीय राष्ट्रहरुको समान धारणा कायम गरी आगामी दिनहरुमा सोसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहललाई थप प्रभावकारी बनाउन आगामी मे २२ र २३ मा नेपाललगायत अन्न पर्वतीय मुलुकका प्रतिनिधि, विषय विज्ञ एवं साझेदार संस्थाहरु सम्मिलित पर्वतीय क्षेत्र, मानिस र जलवायु परिवर्तनसम्बन्धी विज्ञ संवादको आयोजना गर्न लागिएको वन तथा वातावरण मन्त्रालयका सहसचिव डा महेश्वर ढकालको भनाइ छ ।
nepalsamaya.com
160,122
एमाले र माओवादी समाजवादीलाई मुख्यमन्त्री दिन तयार भएपछि सत्ता गठबन्धन जोगिएको हो । यसअघि गठबन्धनले नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिने निर्णय गरेको थियो । त्यसविरुद्ध समाजवादीले सुदुरपश्चिममा नेपाली कांग्रेससँग मिल्ने प्रयास गरेको थियो । समाजवादी वर्तमान सत्ता गठबन्धनबाट बाहिरिदा सरकार कमजोर हुने र जुनसुकै बेला पनि ढल्न सक्ने भएकाले उसलाई मुख्यमन्त्री दिन एमाले र माओवादी तयार भएका हुन् । समावादीले छाड्दैमा वर्तमान सरकार ढल्दैन तर पछि जसपाले पनि त्यसैगरी सरकारबाट बाहिरिएपछि वैकल्पिक गठबन्धन बन्ने अवस्था छ। सोही कारण प्रचण्ड र केपी ओलीले समाजवादीलाई फकाएका हुन्। अब एमालेका सांसद दीर्घ सोडारी सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्री हुने सम्भावना छ । सोहीअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्रीमा दाबी पेश गर्न दुई दिनको समय थप गरेका छन् । अन्य प्रदेशका सरकार समेत समस्यामा पर्ने भएपछि समाजवादीप्रति एमाले र माओवादी लचक भएका हुन् ।
nepalwatch.com
925,983
भूमिसूधार तथा ब्यवस्थामन्त्री प्रभु शाहले विगतमा सुकुम्बासीको नाममा पहुँचवालाहरुलाई बाँडिएको जग्गा खोस्ने बताएका छन् ।
ekantipur.com
2,979,698
शाह जिल्ला प्रशासन कार्यालय काठमाडौंमा सोमबार छोरी पूर्णिकालाई लिएर आफै जानुभएको थियो ।
newsofnepal.com
6,089,398
नेपाली कांग्रेस प्रतिपक्षीको भूमिकामा सधैं भूमिकाविहीन नै देखिने गर्दछ । देशको दोस्रो र वामपन्थबाट लोकतान्त्रिक बन्ने बाटोमा रहेको नेकपा एमालेको हालत कांग्रेसको भन्दा घृणित छ । नेपाली राज्य–सत्ताको चरित्र कस्तो छ ? नागरिक अनुमोदनद्वारा निर्माण गरिएको वर्तमान संविधान, यसका उपलब्धि तथा सीमा के हुन् ? वा संविधानका सबल/दुर्बल पक्ष के के हुन् ? अझ भनौं यही संविधान बमोजिम मुलुकलाई कति वर्ष अगाडि बढाउन सक्छौं ? यी आदि प्रश्नहरूको गम्भीर समीक्षा सहित युवा शक्ति (विभिन्न वर्ग—समुदायका) लाई यथोचित जवाफ दिने जमर्काे नगर्ने हो भने देशले तरक्की गर्ने अर्काे कुनै सम्भावना देखिंदैन । मुलुकमा हरेक क्षेत्रमा देखिएका निराशा, असफलता, अन्योल, सम्भावनाहीनता र भविष्यमाथिको अन्धकार सपनाबाट निकास निकाल्नु हामी सबैको दायित्व हो । अक्षम नेतृत्वद्वारा मुलुक र निराश जनता शासित छ । नागरिकले आवधिक निर्वाचनमा ती अक्षम नेतृत्वलाई मतदान गरी निर्वाचित गराउँदै आएका छन् । त्यसैको आधारमा संसद्मा अक्षम दल र तिनका असफल नेता सत्ताको दुर्गन्ध फैलाइरहेका छन् । त्यसैलाई नेपाली जनता, विश्व समुदाय लोकतन्त्र मानिदिन अभिशप्त छन् । मुलुक र जनताले चाहेको संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष, समावेशी र समानता सहितको समृद्ध नेपाल के यही हो ? होइन भने, चाहेको प्रगतिशील, अग्रगामी, समाजवादी र विभेद रहित समृद्ध नेपाल किन बनेन ? वा अद्यापि बन्ने बाटोमा हामी किन छैनौं ? यी प्रश्नहरूको जवाफ सरकार, संसद्, संसद्मा उपस्थित जिम्मेवार दलहरूले दिनुपर्दैन ? पर्छ भने, जवाफ खै त ? अहिलेको मुलुकको प्रधान समस्या गरिबी, बेरोजगारी, अशिक्षा, विभेद, असमानता आदि भन्दा पनि जटिल जनताको मनमा गडेको अविश्वास, निराशा, भरोशाहीनता र भविष्यमाथिको अन्धकार दृष्टि नै हुन् । यस्तो जटिलतामा सत्ताको निम्ति राजनीतिक दलहरूको दुर्गन्धित स्वार्थ र कहिल्यै जनताको बलियो शक्तिका रूपमा उभिन नसक्ने प्रतिपक्षी दलका कारण हामी समस्यामा पर्दै आएका छौं । अब यसरी मुलुक, संविधान, व्यवस्था र राज्य चल्न सक्दैन । त्यसो हो भने अब गर्ने के त ? समाधानतर्फ ध्यान केन्द्रित गरौं । नेपालको संसदीय व्यवस्था पुनः दुर्गन्धित बन्ने बाटोमा उद्यत देखिन्छ । आम चुनाव २०७९ मा जुन मत परिणाम प्राप्त भयो, त्यसलाई बिडम्वनापूर्ण मान्न सकिन्छ । स्मरणरहोस्, चुनावअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा, माधवकुमार नेपाल समूह आदि सहितको चुनावी गठबन्धन बनेको थियो । त्यो गठबन्धनको परिणामस्वरुप कांग्रेस सबैभन्दा ठूलो दल, नेकपा एमाले दोस्रो र माओवादी तेस्रो दल बन्न पुगे । कांग्रेस पहिलो दल बनेतापनि उसको एकल बहुमत आएन । एमाले दोस्रो बने पनि कांग्रेस भन्दा धेरै सानो बनेन । तर माओवादी केन्द्र भने निकै कमजोर तेस्रो दल बन्न पुग्यो । यस्तो अवस्थामा माओवादी र त्यसका नेता पुष्पकमल दाहाललाई भने सत्ता बार्गेनिङका लागि महत्वपूर्ण अवसर प्राप्त भयो । ज्ञातव्य नै छ, तत्कालीन समयमा कांग्रेसले दाहालका निम्ति प्रधानमन्त्री पद सजिलै नछाड्ने परिस्थिति देखा परेपछि दाहाल एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको परम्परागत वैमनश्यताको पर्वाह नै नगरी केवल प्रधानमन्त्री पदका निम्ति हातेमालो गर्न हतारिए । फलस्वरुप एमाले, रवि लामिछाने नेतृत्वको रास्वपा, राप्रपा, जसपा आदि दल सम्मिलित नयाँ सत्ता गठबन्धन तयार पार्दै दाहाल प्रधानमन्त्री बन्न सफल भए । यो परिस्थितिसम्मलाई राजनीतिक दृष्टिबाट हेर्दा दाहालको कदमलाई सामान्य सत्ता चतुर्‍याईंका रूपमा मान्यता प्रदान गर्न सकिन्थ्यो । एमाले सहितको नयाँ गठबन्धनको समर्थनमा प्रधानमन्त्री बनेका दाहाल पुनः प्रमुख प्रतिपक्षीमा धकेलिन पुगेको नेपाली कांग्रेस सहितको पुरानै गठबन्धनका प्रिय पात्र बन्न पुगे । प्रधानमन्त्री बन्न सहयोग दिएको एमालेसँग के र कस्तो बाध्यताका कारण गठबन्धन तोड्न उनी अग्रसर भए ? अनपेक्षित सत्ता सहयात्री फेरेका प्रधानमन्त्री दाहालले कुनै प्रमाणित तथ्य र सामान्य राजनीतिक तर्क समेत दिनुपर्ने आवश्यकता ठानेनन् । अर्थात् सत्ता गुमाउन पुग्दा रन्थनिएको कांग्रेसलाई राहत नै मिल्यो । कांग्रेसलाई राष्ट्रपतिको पद थमाएर दाहालले गुन लगाए । कांग्रेस सहितको समर्थनमा केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता गठबन्धन बन्यो र सोही बमोजिमका केन्द्रीय मन्त्रीहरूदेखि प्रदेश मुख्यमन्त्रीहरू बने । तर प्रधानमन्त्री पुष्पकमल दाहाल त्यत्तिकैमा अडिएनन् । गत वर्ष फागुन अन्त्यमा उसै गरी सत्ता सहयात्री दल कांग्रेसलाई कुनै संकेत समेत नगरी हठात् एमालेसँग सत्ता सहयात्राको पुनः प्रारम्भ गर्ने निर्णयमा पुगे । स्मरणीय के छ भने, सत्ता गठबन्धनका कारण उनको प्रधानमन्त्री पदमा तत्काल कुनै संकट आइपरेको अवस्था थिएन । भइरहेकै गठबन्धनमा पद, काम गर्ने सहज वातावरण र सहयोग (बहुमत) प्राप्त गर्दै रहेको परिस्थितिमा एक कार्यकारी प्रधानमन्त्रीले सत्ता गठबन्धन परिवर्तन गर्नुपर्नाका कारण सार्वभौम संसद् र नेपाली जनतालाई स्पष्ट गर्नु पर्दैन ? के यो संसदीय व्यवस्था गैरजिम्मेवार र नैतिक हिसाबले पतितहरूको व्यवस्था हो ? या सत्ता स्वार्थका निम्ति गैर–संसदीय तथा भ्रष्ट दल र तिनका नेतृत्वद्वारा व्यवस्था, संविधानको धज्जी उडाउने घृणित कार्य भइरहेको छ ? अथवा गैर–संसदीय दलहरूको संसद्मा बाक्लो उपस्थिति रहनुको दुष्परिणाम हो यो ? नेपालको राजनीतिक, सामाजिक र आर्थिक समस्या यथावत् छन् । एकातर्फ मुलुक र जनताले प्राप्त गरेका युगान्तकारी परिवर्तन एवं उपलब्धिको रक्षा गर्दै ती संवैधानिक हक कार्यान्वयन गरेर अग्रगामी युगतर्फ अगाडि बढाउनुपर्ने आवश्यकता छ । त्यो भनेको माओवादी सशस्त्र द्वन्द्व, दोस्रो जनआन्दोलन २०६२/६३, मधेश विद्रोह, दलित आदिवासी जनजाति, महिला आदि समुदायका आन्दोलनहरूद्वारा प्राप्त उपलब्धि संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी र समानता, नागरिक अधिकारका महत्वपूर्ण आधार र उपलब्धिहरू हुन् । ती उपलब्धिको साझा दस्तावेज भनेको वर्तमान संविधान हो । अतः यो हाम्रो संविधानलाई मूल आधार मानेर थप नागरिक हक, जनता र मुलुकलाई समृद्ध बनाउनेतर्फ अग्रसर गराउनु यो युगको सबैभन्दा प्रमुख काम हो । नेपाली जनताको यो अत्यन्त महत्वपूर्ण जिम्मेवारी र दायित्व पूरा गर्न संसद् र सरकारमा योग्य तथा सक्षम दल र नेताको उपस्थिति जरूरी हुन्छ । अहिलेको संसद्मा विभिन्न वैचारिक दृष्टिकोण बोकेका राजनीतिक दलहरूको उपस्थिति रहेको भएतापनि व्यावहारिक लक्ष्य भने सत्ता–स्वार्थ मात्रै रहेको देखिन्छ । यो संविधानलाई बाध्यात्मक परिस्थितिमा मात्रै स्वीकार गरेकादेखि संविधानको खारेजी चाहनेसम्मका चरित्र वा दृष्टिकोण राख्ने दलहरूको संसद्मा कमी छैन । संविधानको इमानदारीपूर्वक कार्यान्वयन चाहने र समयानुकूल संशोधनको प्रक्रियालाई आत्मसात् गर्ने शक्तिको अभाव खट्किएको प्रष्ट छ । हाल संघीय (केन्द्रीय) सरकार तथा प्रदेश सरकार वा दुवै संरचनामा देखा परेका राजनीतिक अस्थिरता र कतिपय संवैधानिक संकटको समेत प्रमुख कारण माओवादी केन्द्र र त्यसका अध्यक्ष पुष्पकमल दाहालको अति सत्तामोह र अस्थिर चरित्र नै हो । कतिसम्म भने, सशस्त्र द्वन्द्वका घोषित सुप्रिम कमान्डर कामरेड दाहाल यति अस्थिर, पदलोलुप, जातिवादी तथा अक्षम छन्, त्यस्ता व्यक्तिले त्यो हिंसात्मक क्रान्तिको नेतृत्व कसरी गरे होलान् भन्ने सवाल उठ्नु अस्वाभाविक लाग्दैन । उनको पद, शक्ति, सम्पत्ति र परिवार मोहका कारण देशका निम्ति भनेर युद्धमा होमिएका र जीवन आहुति दिएका जनताको योगदानको अवमूल्यन भएको छ । संघीयता असफल गराउन महत्वपूर्ण भूमिका संविधान निर्माण गर्ने दलहरू, क्रान्तिकारीको ढोंग गर्ने दाहाल नेतृत्वको सरकार र दल साथै कांग्रेस, एमालेको छ । लोकतान्त्रिक गणतन्त्रको समेत हुर्मत लिएर असफलताको बाटोका पुर्‍याउने यिनै दल र तिनका जिम्मेवार नेतृत्व हुन् । अब संविधानलाई आधार मानेर थप अग्रगामी बाटोमा अघि बढाउन सक्ने दल वा शक्तिको एक ध्रुवीकरण र अन्य संविधान विरोधी तथा अझ पश्चगामी दिशातर्फ मुलुक र जनताको भविष्य बर्बादीतिर डोर्‍याउने शक्ति गरी दुई धु्रव बन्ने छन् । यसरी राजनीतिको दुई धु्रव निर्माण गरी मुलुक र जनताको सही शत्रु को हुन् छुट्याउने बेला निकट आउँदैछ । सत्ता–स्वार्थका कारण संघीय सरकारदेखि प्रदेश सरकारसम्मका अस्थिरता, कमजोर प्रतिफल, अक्षमता देखिंदै आइएको हो । दलहरू सरकारमा रहँदा जति निकम्मा, असफल र अयोग्य सावित बन्ने गरेका छन्, प्रतिपक्षमा रहँदा असम्पर्कित नै देखिने गरेका छन् । देशको ठूलो लोकतान्त्रिक दल भनिने नेपाली कांग्रेस प्रतिपक्षीको भूमिकामा सधैं भूमिकाविहीन नै देखिने गर्दछ । संसदीय लोकतन्त्रमा प्रतिपक्षी दलको संसद्मा सबैभन्दा बढी जिम्मेवारी रहन्छ । भनिन्छ, संसद सत्ताको होइन, प्रतिपक्षीको हुने गर्दछ । सत्तालाई मात्रै अभीष्ट ठान्ने एवं सत्ता बाहिर रहँदा भूमिका, राष्ट्रिय र नीतिगत निर्णयहरूमा समेत लज्जास्पद बोली परिवर्तन गर्न समेत पछि नपर्ने कांग्रेसको सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गरेको कुनै विगत, इतिहास वा आगत छैन । देशको दोस्रो र वामपन्थबाट लोकतान्त्रिक बन्ने बाटोमा रहेको नेकपा एमालेको हालत कांग्रेसको भन्दा घृणित छ । २०५७ सालमा ५७ दिन संसद अवरोध गरेको एमालेले २०७८ सालमा ८६ दिन संसद अवरोध गरेर लज्जास्पद इतिहास निर्माण गर्‍यो । संसद् अवरोधको खराब रेकर्ड बनाएको एमालेले २०७८ सालमा जब प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको असंवैधानिक संसद् विघटनको निर्णय पनि अदालतले पुनः उल्ट्याइदियो, प्रमुख प्रतिपक्षमा धकेलिएको एमालेले सत्ता त्याग्नु पर्नाको कुण्ठा पोख्न विना कारण लामो संसद् अवरोध गर्‍यो । संसद्को एक पूरा अधिवेशन अवरोध गरेको एमाले र त्यसका अध्यक्ष ओलीले विना कारण संसद्को अवरोध अन्त्य गरे । तथापि त्यो राजनीतिक अपराधको कुनै प्रायश्चित गर्ने वा माफी माग्ने कुनै कार्य नहुनु बिडम्वना हो । नेपालको राज्य–सत्ता, सरकार, संसद् असफल, एकल जातिवादी, अक्षम र असफल देखिनुका मुख्य कारण एवं आधारहरू सत्तामा दल र तिनका नेतृत्व अयोग्य हुनु मात्रै होइन, बरु त्यत्तिकै जिम्मेवार प्रतिपक्षी दल असम्पर्कित बन्न पुग्नु समेत हो । अबको संसद्मा शेरबहादुर देउवा नेतृत्वको प्रतिपक्षी दलको भूमिका धेरै आशावादी बन्न सक्ने आधार नभेटिने भए पनि पूरा कार्यकाल हेर्न भने बाँकी नै छ । राजनीतिक विश्लेषक मेखराज परियार गोरखाका वामपन्थी युवा हुन् । पूर्वमाओवादीका तत्कालीन पोलिटब्युरो रहेका उनी हाल कुनै पनि दलमा आवद्ध छैनन् ।
onlinekhabar.com
4,792,661
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनका लागि उपराष्ट्रपति नन्दकिशोर पुन आज पोखरा आएका छन्। यही असोज २८ गते शुक्रबार ४ः०० बजे पोखरा रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा उनी सहभागी हुनेछन्। बुद्ध एयरबाट दिउँसो ३ः२२ बजे उपराष्ट्रपति पुन पोखरा विमानस्थलमा अवतरण गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए। उपराष्ट्रपतिको पोखरा आगमनसँगै यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त प्रतियोगिता उद्घाटन गर्ने कार्यक्रम तय भए पनि अस्वस्थताका कारण उनी उपस्थित हुन सकिनन्। गण्डकी प्रदेशका आठै जिल्लामा भोलिदेखि राष्ट्रिय खेलकुद प्रतियोगिता औपचारिक शुभारम्भ हुँदैछ। प्रतियोगिता कात्तिक ३ गतेसम्म सञ्चालन हुनेछ। शुभारम्भका लागि पोखरा रङ्गशालामा भव्य तयारी गरिएको प्रतियोगिता प्रचार–प्रसार उपसमितिका संयोजक दीपेन्द्र विष्टले जानकारी दिए। राष्ट्रिय खेलकुदमा सात प्रदेश, तीन विभागीय टोली र एनआरएन गरी ११ टोलीको सहभागिता छ ।
kathmandupress.com
3,136,042
दोस्रो विश्वयुद्धको बेला जापानले युद्धबन्दी बनाएका र बर्मास्थित एउटा शिविरमा मृत्यु भएका एक सैनिकको नासो उनको परिवारले ७७ वर्षपछि फिर्ता पाएको छ । सन् १९४३ मा २३ वर्षीय पिटर र्‍यामको मृत्यु भएपछि उनका साथी एरिक एडीले कुकुरको घाँटीमा बाँधिने ट्यागहरू फेला पारेका थिए । गत महिना ९६ वर्षको उमेरमा एडीको मृत्यु भएपछि उनका छोरा रोबर्टले लेफ्टिनेन्ट र्यामको आफन्त पत्ता लगाएर ती नासोहरू फिर्ता गरेका हुन् । सन् १९४२ र्याम र एडी दुवै जना रोयल नोर्फक रेजिमेन्टमा हुँदा सिङ्गापुर खटिएका थिए । त्यही बेला जापानी सेनाले आक्रमण गरेर उनीहरूलाई बन्दी बनाएको थियो । रोबर्ट एडीका अनुसार उनीहरूलाई एउटा शिविरबाट अर्को शिविरमा सारिएको थियो । जापानले आफ्नो फौजलाई सामान आपूर्ति गर्न निर्माण गरेको बर्मा रेल्वेमा उनीहरूलाई काम गर्न पठाएको थियो । उक्त रेलमार्गको निर्माण गर्दा हजारौँ बन्दीहरूको मृत्यु भयो । ‘मेरा बुवा युद्धका बेलाको कुरा खासै गर्नुहुन्नथ्यो। युद्धबन्दी हुँदाको कुरा त झन् गर्नैहुन्नथ्यो,’ एडीले भने । ‘तर उहाँले एउटा शिविरमा ज्यान गुमाएका आफ्ना साथीबारे भन्नुभएको थियो ।’ एरिक एडीलाई बर्माको रेल्वेमा काम गर्न खटाइएको थियो जहाँ १००,००० युद्धबन्दीको मृत्यु भएको थियो । ‘कुनै कारणले बुवाले पिटरको नासो फिर्ता गर्नुभएन। अनि ७७ वर्षसम्म त्यो उहाँसँगै रह्यो,’ उनले भने, ‘मैले सामान खोज्दा ती ट्यागहरू हाम्रो परिवारका हैनन् भन्ने पत्तो पाएँ, अनि म पिटरको परिवार खोज्न थालेँ ।’ र्यामका भान्जा रोबिन ग्रीनलाई आफ्ना मामाको बर्मास्थित शिविरमा मृत्यु भएको थाहा थियो । उनीसँग र्यामका दुईवटा डायरी पनि थिए । तर, एडीको फोन आउँदा र मामाको नासो फिर्ता पाउँदा उनी छक्क परे । तेस्रो लहरमा बायाँबाट सातौँ र आठौँ स्थानमा एडी र र्याम ‘रोबर्टले मलाई यति लामो समयपछि पत्ता लगाउँदा मैले पत्याउनै सकिँनँ,’ उनले भने । आफूसँग आफ्ना मामा र उनका साथी पिटरले सँगैसँगै तालिम लिएको तस्बिर पनि भएको उनले बताए । जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध समाप्त भएको थियो । शनिवार ७५ औँ भीजे डे मनाइँदैछ । त्यसको पूर्वसन्ध्यामा रोयल ब्रिटिश लीजनले सार्वजनिक गरेका कथाहरूमध्ये र्यामको नासोको कथा पनि संलग्न छ । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
4,921,926
विश्वभर कोरोना भाइरस (कोभिड(१९) को संक्रमणबाट कोरोनाको उद्गमस्थल चीनमा भन्दा इटालीमा मृत्यु हुनेको संख्या बढी भएको छ । शुक्रबार बिहानसम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाउँदा इटालीमा ३४ सय पाँच जना पुगेको छ । बिहीबार एकैदिन इटालीमा ४ सय २७ जनाले ज्यान गुमाएका छन् । चीनमा अहिलेसम्म कोरोनाबाट ३२ सय ४९ जनाको मात्रै ज्यान गएको छ । इटाली सरकारले १२ मार्चदेखि सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ । तर, संक्रमणका कारण हुने मृत्युदर भने घटेको छैन ।
rajdhanidaily.com
5,445,881
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको यात्रु जाँचपासमा थप चार एक्सरे मेसिन जडान गरिएको छ । ती एक्सरे मेसिन जडानसँगै अब जाँचपास १० मिनेटमा हुने जनाइएको छ । भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौँ आइपुग्नुभएको छ । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन उहाँ नेपाल आउनुभएको हो । हङकङस्थित नेपाल हङकङ चेम्बर अफ कमर्स, हिन्दू चेम्बर अफ कमर्स, क्यानडा तथा नेपाल–क्यानडा चेम्बर अफ कमर्सका बीच साझेदारी गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको चेम्बर लुम्बिनीका अध्यक्ष टङ्कप्रसाद पोेखरेलले जानकारी दिनुभयो । सशस्त्र प्रहरीले नेपाल भारत सीमा नाका मटिहानीबाट स्राेत नखुलेको रुपियाँसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । जनकपुर उपमहानगरपालिका १९ का २३ वर्षीय राजु यादव र भारत सीता मढी जिल्ला पश्चिम चरौतका ४८ वर्षीय अवधेश मण्डललाई पक्राउ गरेको हो ।
gorkhapatraonline.com
4,389,755
स्थानीय तह निर्वाचनमा चुनावी तालमेलपछि आएको परिणामबाट सत्ता गठबन्धन आबद्ध दलहरू हौसिएका छन् । उनीहरू आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेलसहित अघि बढ्ने तयारीमा छन् । ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको आउँदै गरेको परिणामबाट सत्ता गठबन्धन आबद्ध पाँचै दल हौसिएका हुन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको गठबन्धनको बैठकमा स्थानीय तहमा भएको तालमेलबारे समीक्षा भएको थियो । कांग्रेस नेता रामचन्द्र पौडेलले स्थानीय तहमा भएको तालमेल’दयगत सत्ता गठबन्धनमा सन्तुष्टि रहेको र अब प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पनि तालमेल हुने जानकारी दिए । ‘स्थानीय तहमा आएको परिणामले सत्ता गठबन्धनमा सन्तुष्टि छ, मुलुकलाई जोगाउन प्रतिगमन विरोधी तथा लोकतन्त्र पक्षधर दलहरू एक ठाउँमा उभिनुपर्छ भन्ने सन्देश यो निर्वाचनले दिएको छ, अब सत्ता गठबन्धन संसदीय निर्वाचनसम्म नै जान्छ, हाम्रा बीचमा चुनावी तालमेल जारी रहन्छ,’ कांग्रेस वरिष्ठ नेता पौडेलले भने । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा सोचे जति नतिजा नआए पनि आगामी निर्वाचनमा पनि सत्ता गठबन्धन सँगसँगै अघि बढ्ने बताए । ‘देशको अग्रगतिका लागि गठबन्धन अझै अघि जानुपर्छ, प्रतिगमन विरोधी शक्तिहरूलाई तह लगाउन पनि आगामी निर्वाचनमा गठबन्धनबीच तालमेल आवश्यक छ,’ नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने । माओवादी केन्द्रका नेता लिलामणि पोखरेलले गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स रहेको र जनप्रतिनिधिमूलक संस्थालाई बचाउन तथा संविधानको रक्षा गर्न गठबन्धन अघि बढेको बताए । ‘गठबन्धनको कोर्स प्रतिगमनविरुद्धको कोर्स हो, संघको निर्वाचनमा पुगेपछि त्यो कोर्स पूरा हुन्छ तर स्थानीय निर्वाचनमा गठबन्धनको जुन स्प्रिट थियो त्यो क्याच भएन,’ माओवादी केन्द्रका नेता पोखरेलले भने । आइतबार राति अबेरसम्म ७१८ स्थानीय तहको प्राप्त परिणामअनुसार सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेस ३१४ स्थानीय तहमा प्रमुख/अध्यक्ष जितेर स्थानीय तहमा पहिलो शक्ति बन्ने निश्चित भइसकेको आजको मा ले समाचार लेखेका छन् ।
dainiknepal.com
3,007,013
बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सम्मिलित संवैधानिक इजलासमा सुनुवाइ नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । अब यो मुद्दाको सुनुवाई आगामी जेठ २३ मा हुने भएको छ । यो मुद्दा २०७२ चैत २२ गते तत्कालिन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रले संवैधानिक इजलासले हेर्ने आदेश गरेका थिए । त्यसपछि संवैधानिक इजलासमा १५ पटक भन्दा बढी पेशी तोकिए पनि पटक पटक हेर्न नभ्याइने र हेर्न नमिल्ने भन्दै सरिरहेको छ । सशस्त्र युद्धको क्रममा काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको घटनामा अर्जुनकी पत्नी पूर्णिमायाले सापकोटासहित माओवादी नेताविरुद्ध दिएको किटानी जाहेरी अनुसार यस मुद्धाको सुनुवाई भइरहेको छ । यस जाहेरीलाई प्रहरीले लामो समयसम्म नलिएपछि सर्वोच्च अदालतले २०६४ को फागुन २२ मा जाहेरी लिने आदेश दिएपछि प्रहरीले दर्ता गरेको थियो ।
newsofnepal.com
116,402
उनी पाककलामा पारङ्गत छिन् तर भारतमा निर्माण मजदुरका रूपमा श्रम बेच्छिन् । उनको सीपको स्वदेशमा सदुपयोग नहुँदा बाध्यतावश विदेशिनु परेको छ । छोराछोरीको शिक्षा, दीक्षा र लालनपालनका लागि भारत जानुको विकल्प आफूसँग नरहेको मानकुमारी बताउँछिन् । उनले भनिन्, “मैले होटेल सञ्चालन गर्न ‘कुक’को काम जानेको छु तर लगानी गर्ने ल्याकत नहुँदा विदेशिनुपर्ने बाध्यता छ सीप भएर मात्र नहुने रहेछ ।” स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउन मानकुमारी सरकारसँग माग गर्छिन् । “म स्देशमै बसेर आफूले जानेको सीप प्रयोग गर्न चाहन्छु । त्यसका लागि मलाई सहयोग चाहिएको छ, यसमा वीरेन्द्रनगर नगरपालिकाले ध्यान दिनुपर्यो”, उनले भनिन् । मानकुमारीजस्तै वडा नं ३ की धना नेपालीले पनि सिलाइबुनाइसम्बन्धी सीप जानेकी छन् । उनले पनि आफ्नो सीप प्रयोग गर्ने वातावरण पाएकी छैनन् । धनाको परिवारको आर्थिक अवस्था कमजोर छ । रोगका कारण श्रीमान् काम गर्न नसक्ने अवस्थामा छन् । घरपरिवारको जिम्मेवारी धनाको काँधमा छ । स्वदेशमै रोजगारीका लागि अनेक प्रयास गरे पनि नपाएपछि उनी पनि भारतमै गएर रोजगारी गर्छिन् । चार छोराछोरी, रोगी श्रीमान्का लागि धनाले भारतमा मजदुरी गर्नुको विकल्प छैन । “मैले सिलाइबुनाइको काम जानेको छु तर यहाँ काम नपाउँदा भारतमा मजदुरी गर्न बाध्य छु । एक वर्ष दुःख गरेर भर्खरै आएकी हुँ, उता कमाइ राम्रो हुँदैन, आफूले जानेको सीपको स्वदेशमै उपयोग गर्ने वातावरण बनाइदिनुपर्यो”, धनाले राज्यको ध्यानाकर्षण गराउँदै भनिन् । धना मात्रै होइन अन्य युवाले स्वदेशमै गरिखाने वातावरण सिर्जना गरिदिन सरकारसँग माग गरेका छन् । उनीहरूले नजानेकालाई सीप सिकाउने र सीप जानेकालाई काम गर्ने वातावरण सृजना गर्न माग गरेका हुन् । विश्व आप्रवासन दिवसका अवसरमा वीरेन्द्रनगरमा शनिबार भएको एक कार्यक्रममा सहभागी युवाले सीप र उत्पादनमुखी कार्यक्रम सञ्चालन गर्न सके स्वदेशमै स्वरोजगार बन्न सकिने बताए । पछिल्लो समय वैदेशिक रोजगारीका कारण असुरक्षा र आपराधिक घटना बढ्दै गएको भन्दै उनीहरूले त्यसतर्फ पनि सचेत हुनुपर्नेमा जोड दिएका छन् । वैदेशिक रोजगारीमा पुरुषभन्दा महिला बढी सुरक्षा जोखिममा रहेका सहभागीको भनाइ थियो ।
nepalwatch.com
5,547,317
कोरोना महामारीका कारण थलिएको विश्व अर्थतन्त्र महामारीका अन्त्यसँगै उठ्ने प्रयासमा लागेका बेला भारतको अर्थतन्त्रमा देखिएका आशाका किरण र भविष्यमा भारतले उज्ज्वल स्थान ओगट्नसक्ने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले गरेपछि भारतका निर्णयकर्ताहरूले सावधानीपूर्वक देशको अर्थव्यवस्थालाई चलायमान बनाउने प्रण गरे ।
gorkhapatraonline.com
4,801,978
पाकिस्तानको उत्तरपश्चिम खैबर पाख्तुनख्वा प्रान्तको हरिपुर जिल्लामा मङ्गलबार बस खाल्डोमा खस्दा कम्तीमा ६ जनाको मृत्यु हुनाका साथै अन्य १५ जना घाइते भएका छन्। सो जिल्लाको खानपुर क्षेत्रमा तीव्र गतिका कारण बस दुर्घटना भएको भएको उद्धार सेवाले जनाएको छ। मृतक र घाइतेलाई स्थानीय अस्पतालमा लगिएको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार प्रत्यक्षदर्शीले महिला र बालबालिका बोकेको बस पहाडी क्षेत्रबाट पूर्वी रावलपिण्डी शहरतर्फ जाँदै गर्दा दुर्घटना भएको बताएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने अनुमान छ। जीर्ण सवारी साधन, अव्यवस्थित सडक र सडक सुरक्षाको लापरवाहीका कारण पाकिस्तानमा प्रायः सडक दुर्घटना हुने गर्छन् ।
kathmandupress.com
2,003,123
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा नेकपाका नेता वामदेव गौतम नेतृत्वको कार्यदलले पेश गरेको पार्टीको नियमावली एवं सांगठनिक संरचनाका बारेमा पेश गरेको प्रतिवेदनमाथि छलफल भएको हो । शनिबार बसेको सचिवालयको बैठकले नेता गौतमको नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले प्रतिवेदन पेश गरेको र प्रतिवेदनमा छलफल भएपनि आज साँझ पुनः बस्ने गरी स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । पार्टी एकतापछि सांगठनिक संरचना, पार्टीका विभाग तथा अन्य नीतिगत विषयलाई टुंगो लगाउन बाँकी रहेको छ । बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा समेत छलफल भएको थियो ।
kathmandupati.com
976,259
त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७१ साल म‌ंसिर/पुस महिनामा सञ्चालित मानविकी तथा समाजशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष (२०७०) का विभिन्न विषयका परीक्षाफल आज प्रकाशन गरिएको छ ।
ekantipur.com
710,171
राष्ट्रिय मानव अधिकार आयोगले नेपाल कम्युनिस्ट पार्टी (एमाले) को मेची–महाकाली राष्ट्रिय अभियानअन्तर्गतको कार्यक्रममा अवरोध नगर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज एक विज्ञप्ति निकाल्दै आफ्ना फरक मत र विचार राख्ने शान्तिपूर्ण बाटो हुँदाहुँदै एमालेको पूर्व निर्धारित कार्यक्रमलाई बाधाअवरोध नपु¥याउन सम्बद्ध पक्षलाई आग्रह गर्नुभएको हो । विज्ञप्तिमा एमालेको अभियानअन्तर्गत संयुक्त मधेसी मोर्चाका कार्यकर्ताबाट एमालेका नेतामाथि आक्रमण गर्नु मानवअधिकारको मूल्यमान्यताविपरीत देखिएकाले त्यस्ता कार्य नगर्न मोर्चाका कार्यकर्तालाई आग्रह गरिएको छ । आगोगले विज्ञप्तिमा कुनै पनि राजनीतिक दलले गर्ने शान्तिपूर्ण राजनीतिक अभियानमा कार्यकर्तामाथि अमर्यादित र मानवअधिकारको मर्म विपरीतको कार्य भएकाले यस्ता व्यवहार तुरुन्त रोक्न र कुनै पनि राजनीतिकदलको पूर्व निर्धारित कार्यक्रमलाई प्रत्यक्ष अवरोध हुनेगरी कुनैपनि राजनीतिक गतिविधि नगर्न नगराउन मधेसी मोर्चालगायत सम्बन्धित सबै राजनीतिक दललाई आग्रह गरिएको छ । “एउटा दलले आफ्ना कार्यक्रम सार्वजनिक गरिसकेपछि सो कार्यक्रम बिथोलिने गरी अरुले कार्यक्रम राख्ने र झडपको स्थिति सिर्जना गर्ने कार्यबाट सकारात्मक परिणाम प्राप्त हुने देखिँदैन” विज्ञप्तिमा भनिएको छ– “हिंसात्मक बाटो अपनाउँदा विसं २०६३ सालको चैतमा रौतहटको गौरमा भएको घटनालाई बिर्सन सकिँदैन ।” यसैबीच, अभियान क्रममा एमाले नेता तथा सांसद रन्जुकुमारी झा चढेको जीपमाथि ढुङ्गामुढा भएको घटनाका साथै फागुन १५ गते रौतहटको गौरमा मधेसीमोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा दुवै पक्ष केही घाइते भएको र शुक्रबार एमाले सप्तरी जिल्ला समितिका सचिव शम्भु यादव र सहसचिव प्रतापनारायण चौधरीलाई राजविराज–१, अदालत रोडमा मोर्चाका कार्यकर्ताले हातपात गरी कालोमोसो दलेको घटनाप्रति आयोगको ध्यानाकर्षण भएको समेत प्रवक्ता अन्सारीले विज्ञप्तिमा जनाउनुभएको छ । कालोमोसो दली दुव्र्यवहार गरिएको तथा गाडी तोडफोड गरिएको उक्त घटनाको यथाशीघ्र छानबिन गरी दोषीलाई कारबाही गर्न र व्यक्तिको जीवन रक्षा गर्नका साथै आगामी दिनमा हुनसक्ने झडप रोकी सामाजिक सद्भावलाई कायम राख्न आयोगले सरकारलाई आग्रह पनि गरेको छ । क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिने उच्च अदालत पाटनको फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ। फैसलाको पूर्ण पाठमा पीडित गौशाला २६ नकराएको, नचिच्याएको र तेस्रो व्यक्तिसँग सहयोगको याचना नगरेको विषय सन्दीपलाई सफाइ दिने आधार बनाइएको छ । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको विश्वासको मतको विपक्षमा मत दिने निर्णय गरेका छन् । बैठक सकिएपछि माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले भने, ‘हामीले आइतबार ओलीजीलाई विश्वासको मत नदिने निर्णय गरेका छौं । नयाँ सरकार ७६ (३) अनुसार गठन हुनुपर्नेमा ७६ (२) मा पुनः सरकार बन्नु असंवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ।’ ठूला दल मिल्दा निरंकुशताको खतरा हुने भएकाले सशक्त प्रतिपक्ष बनेर लोकतान्त्रिक मूल्यमान्यता जोगाउन भूमिका खेल्ने सहमति भएको उनले बताए । आज सार्वजनिक हुने भनिएको मौद्रिक नीति अन्तिम समयममा आएर रोकिएको छ। आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेको नेपाल राष्ट्र बैंकले अन्तिम समयमा प्रधानमन्त्रीको आथिक सल्लाहकारको चासोलाई सम्बोधन गर्न आएर आज सार्वजनिक नगर्ने भएको हो । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष गभर्नर महाप्रसाद अधिकारी छन् । त्यस्तै, सञ्चालक समितिको सदस्यमा अर्थसचिव मधुकुमार मरासिनी, डेपुटी गभर्नरहरू निलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र, पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, डा.शंकरप्रसाद आचार्य र रविन्द्रप्रसाद पाण्डे छन् ।
everestdainik.com
4,012,725
यसको कुनै खोजीकार्य हुन सकेन । त्यसपछि अहिले नक्कली टुडाँल हालिएको छ काठमाण्डौ । देश र जनताको लागि महत्वपूर्ण योगदान दिने व्यक्ति मरेर गए पनि अमर रहन्छन् । त्यसरी योगदान दिने कैयाँै व्यक्तित्वको सालिक बनाइन्छ । जन्मदिन वा स्मृति दिवसमा फूलमाला पनि रिपोर्टर्स नेपाल खोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालयले सेवाग्राहीसँग शुल्क लिन पाउने गरी ट्रायल सेन्टरलाई दिएको विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानामगरले अमेरिकी भिसाका लागि काठमाडौं, साउन ६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको बैठक आज ११ः३० बजे दलको काठमाडौं, साउन ६ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले प्रतिनिधिसभामा आज प्रस्तुत हुने विश्वासको मतसम्बन्धी काठमाडौं, साउन ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दैछ ।
reportersnepal.com
1,920,683
झापाको दक्षिणी सीमावर्ती गाविस गौरीगन्जमा २०७२ साल चैत २६ गते गौरादह नगरपालिकाका साथै खजुरगाछी, गौरीगन्ज, कोरोबारी, बैगुनधुरा र माहाभारा गाविसभित्र बसोबास गर्ने स्थानीयवासीलाई लक्षित गरी स्थापना गरिएको कार्यालयबाट यही असार १५ गतेसम्ममा नागरिकता दिलाइएको हो । इप्रका गौरीगन्जले नागरिकता, राहदानी, नाबालक परिचयपत्र, उजुरी, शान्तिसुरक्षा, बजार अनुगमन र सीमा निरीक्षणजस्ता काम गर्दै आएको छ । इप्रकाका शाखा अधिकृत यज्ञप्रसाद आचार्यका अनुसार यही असार १५ गतेसम्ममा ४४१ जनाले नागरिकताको प्रतिलिपि र सात जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । नाबालक परिचयपत्र १५ जना र द्रुत राहदानी सिफारिस ११६ जनाले लिएको आचार्यले बताउनुभयो । यसैगरी ४८० जनाले नयाँ राहदानी लिएका छन् । संस्था नवीकरण दुई तथा ठाडो उजुरी निवेदन १६ जनाको परेको छ । हाल झापामा सदरमुकाम चन्द्रगढी, दमक र गौरीगन्ज प्रशासनबाट नागरिकता, राहदानी लगायत सेवा प्रदान भइरहेको छ ।
pokharanews.com
2,769,402
यो शब्दले प्रतिनिधित्व गर्ने गरी प्रजातन्त्र मात्रै भने पुग्ने हो तर प्रजातन्त्र मात्रै भन्दा नपुगेर लोकतन्त्र भनियो। त्यतिले पनि नपुगेर गणतन्त्र भनियो। यो लेखमा प्रजातन्त्र मात्रै भन्ने छु। पञ्चायतकालमा नेपालमा प्रजातन्त्र आएपछि सबै समस्याको समाधान हुन्छ भनिएको थियो। केही हद्सम्म पुराना समस्या समाधान भए र हुँदैछन्। जस्तै स्वास्थ, शिक्षा, बाटो, बिजुली, सञ्चारजस्ता विकासका पूर्वाधारमा विगतको तुलनामा केही प्रगति भयो। एक प्रकारको बन्द समाजबाट हामी खुला समाजमा प्रवेश गरेपछि देशविदेशका धेरै कुराको जानकारी हुँदै गयो। मानिसको चेतनामा यहि समयमा अभूतपूर्व परिवर्तन भयो। यो सुखद कुरा हो। तर यो सँगसँगै विकृतिले पनि प्रवेश पायो। हिजोसम्म गरिविलाई आफ्नो कर्मको फल ठान्ने वा भाग्यलाई दोष दिएर चित्त बुझाउनेहरूले आफ्नो दुःख र गरिबीको कारण थाहा पाउन थाले। मानिस भाग्यको भर पर्न र भाग्यलाई सरापेर बस्न छाडे। हरेक मानिसलाई सुखी र सम्पन्न हुने भोक जाग्यो। यो राम्रो कुरा हो। चाँडै सुखी र सम्पन्न हुने हतारो भएका जनताले राजनीतिक पार्टी र नेतामाथि ठूलो भरोसा गरे। नेताले पार्टी र आफ्नो स्वार्थका लागि भन्ने गरेको देश विकासको कुरा पत्याए। हुन पनि हो देश विकासको लागि राजनीति नै चाहिन्छ, नेता नै चाहिन्छ। चाँडै सुखी र सम्पन्न हुने हतारोमा हामीले सुखी र सम्पन्नताको प्रक्रियालाई बुझन सकेनौं, बुझन चाहेनौ। सुखी हुनु भनेको सुखको अनुभूति हो र सम्पन्नता भनेको आर्थिक वृद्धि तथा सम्वृद्धि हो। हामी कहाँ चुक्यौं भने हामीले सुखी र सम्वृद्धि हुन प्रक्रिया मिच्यौं। ‘बडाले जो गर्‍यो काम हुन्छ त्यो सर्वसम्मत’ यो हाम्रो सामाजिक मान्यता हो। हाम्रा ‘बडा’ भनेका राजनीतिक नेता हुन्। ती देशका, जिल्लाका वा गाउँनगर तिरका पनि हुन सक्छन्। ‘बडा’ लाई पनि चाँडै सुखी र सम्पन्न हुन मन लाग्यो। तिनले ठूलो हुन चुनाव जित्नुपर्ने र सम्पन्न हुन सम्पति कमाउनु पर्ने भयो। चुनाव जित्न पार्टी बलियो बनाउनु पर्‍यो। पद पाउन पार्टीका आफ्नो र आफ्नाको पकड बलियो बनाउनुपर्‍यो। त्यो पनि चाँडै गर्नुपर्‍यो। प्रक्रियाबाट जानु भनेको लामो समय पर्खनु हो। यस्तो धीरता कसैमा देखिएन। जसले धैर्य गरे उनको पालै नआउने भयो। त्यसकारण सुरु भयो उछिनपाछिन, तछाड्मछाड, ठेलमठेल। भए मैलाई हुनपर्छ नभए कसैलाई पनि हुँदैन भन्ने मान्यता जताततै दिखिन थाल्यो। हामी यही भोगिरहेका छौं यही देखिरहेका छौं। पार्टी ठूलो पार्न, ठूलो देखाउन चामलको ठाउँमा धान र धानको ठाउँमा भूसको थुप्रो लगाइयो। पार्टी भत्र आफ्नो पकड बलियो पार्न पार्टी भत्काइयो। प्रजातान्त्रिक मूल्यमान्यतामा आगो लगाइयो। प्रजातन्त्र र प्रक्रियाको कुरा गर्ने ‘लाटाहरू’ले अब चुनाव जित्ने छैनन्। ती पार्टीकाई उति काम लाग्ने पनि होइनन्। यसको पछिल्लो उदाहरण बन्दैछ यही २०७० साल जेठ २३ गते हुने भनिएको स्ववियुको चुनाव। विद्यार्थी युनियनहरूमा विद्यार्थीहरू मात्रै हुनुपर्ने हो। तर भोट हाल्न, पार्टी ो आकार ठूलो पार्न भोटे विद्यार्थी रातभरि लगाएर भर्ना गरियो। पैसा पार्टीले बगायो। कस्ले धेरै भोटे विद्यार्थी भर्ना गर्ने यसमा उछिनपाछिन भयो। रातभरि लगाएर केही सयथान नक्कली विद्यार्थी भर्ना गर्न सकेकोमा पार्टी कार्यलयमा पुगेर युद्ध जितेको जस्तो फूर्ति लगाईयो। बिहानै पत्रकारका अगाडि पुगेर धारेहात पार्दै अरुले नक्कली विद्यार्थी भर्ना गरे भनेर सत्तोसराप गरियो। माउ पार्टीका युवाहरू नै यो ‘महान राजनीतिक’ काममा लागेकाले अरुले तालुमा हात राखेर त्यसैलाई समर्थन गरे। अब चुनावका दिनसम्ममा के के हुने हो। यहाँ प्रजातन्त्र भन्ने कहाँ बाँकी रह्यो। प्रजातन्त्र भनेको केही थान नेताले जसरी पनि जित्नु मात्रै हो ? धेरै ठाउँमा नेताले भाषण गर्दा भन्ने गर्छन्?’यो चुनाव जसरी पनि जित्नपर्छ, यो हाम्रो पार्टी ो प्रतिष्ठाको कुरा हो।’ तर कसैले भन्दैनन् चुनाव स्वतन्त्र र निस्पक्ष होस् चुनावमा मैले वा मेरो पार्टीले हारे पनि हुन्छ तर प्रजातन्त्रले जित्नपर्छ भनेर। जनताले दुःख गरेर प्रजातन्त्र ल्याएको हो र प्रजातन्त्रमा आफ्नो सुरक्षा, सम्मान र सम्वृद्धिको सपना देखेको हो। पार्टी त्यसका लागि साधन हुन्। हर्ताकर्ता हुन्। प्रजातन्त्रको रक्षक हुन्। प्रजातन्त्रमा मात्रै पार्टी रूको अस्तित्व र भूमिका हुने गर्छ। तर गजव के भइरहेको छ भने प्रजातन्त्र जे सुकै होस् मैले जित्नपर्छ, मेरो पार्टीले जित्नपर्छ भन्ने चिन्ता मात्रै भयो। जित्नका लागि पैसालाई ठूलो साधन, बलवान साधन बनाईयो। हुँदाहुँदा एकथान कमशल नेतालाई जिताउन प्रजातन्त्रका सबै मूल्यमान्यताको बलि चढाउँदै लगियो। स्ववियु चुनाव एउटा पछिल्लो कडी मात्र हो। साधारण स्कुलको व्यवस्थापनको चुनाव होस् वा वन समिति, रेडक्रसको चुनाव होस् वा अन्य कुनै सङ्घसंस्थाको त्यहाँ निस्पक्ष चुनावको कुरा काल्पनिक कथा मात्रै हुँदै गएको छ। झन् राजनीतिक महत्त्वका हरेक निर्वाचनमा त ठूला भनिने पार्टीकाटै प्रजातान्त्रिक प्रक्रियाको हर्मत लिने काम बारम्बार भइरहेको छ। हरेक जसो चुनावमा केही थान नेताले चुनाव जित्ने तर प्रजातन्त्रले हार्ने काम भई नै रहेको छ। हरेक जसो चुनावमा जित्नेले शिर ठाडो पार्न सक्दैन किनकि ऊ प्रजातन्त्रका सबै प्रक्रिया मानेर जितेको होइन। हार्नेको मनमा आफूले जित्नेले जति धाँधली गर्न नसकेकोमा पछुतो छ। प्रजातन्त्रका मूल्यमान्यता, मर्म र प्रक्रियाको चिन्ता न जित्नेलाई छ न हार्नेलाई। यस्तो अवस्थामा प्रजातन्त्रको संस्थागत विकास कसरी हुन सक्छ र? जहिले पनि धाँधली गरेर मात्रै जित्ने नेताको उचाई घट्दै गयो। उनीहरू लिलिपुट बन्दै गए। सत्य कुरा बोल्न नसक्ने भए। इमान्दारसँग आँखा जुधाउन नसक्ने भए। षडयन्त्र गर्न सक्ने, कामचोर, भ्रष्टाचारी, दूराचारी, अत्यन्त स्वार्थी आदि जस्ता चरित्र भएका मानिसबाट घेरिँदै गए। लाउनलाई राम्रै लाएका छन्, खानलाई रामै्र खाएका छन् तर पनि जनताका नाकमा गन्हाउँदै गए। उता प्रजातन्त्र हरेक चुनावबाट खारिँदै र हिष्टपुष्ट हुँदै जानुपर्नेमा घाइते हुँदै दुब्लाउँदै गयो। प्रजातन्त्र विमारी भयो। कसैले मतलव गरेनन्। परिणाम नेता बहिस्िकृत भए कर्मचारीले राजनीति यज्ञमा होमादी गर्दैछन्। पहिला गाउँ, नगर र जिल्लामा मात्रै होमादि गर्न पाएका कर्मचारी अहिले केन्द्रका हर्ताकर्ता पनि उनै भएका छन्। यही गति निरन्तर दोहोरिने हो भने कुनै दिन कर्मचारीको स्थानमा सेना पनि आउन सक्छन्। त्यो पनि एउटा विकल्प हो भन्ने लाग्न सक्छ। प्रजातन्त्र भनेको विधिको शासन हो। हरेक मानिसको सोचमा जन्मने र व्यवहारबाट हर्कदै र परिस्िकृत हुँदै जाने प्रक्रिया हो। राजनीतिक दलहरूको अस्तित्व र आवश्यकता प्रजातन्त्रमा मात्रै हुन्छ। राजनीतिक दलका नेता प्रजातन्त्रमा मात्रै सम्मानित हुन सक्छन्। तर प्रजातन्त्र मासेर पार्टी एक दुर्इ थान कमशल नेतालाई पद बाँड्न अर्थात जिताउन लागि परेको छ। प्रजातन्त्र देखाउने सिद्धान्त मात्रै होइन यो निरन्तर जीवन र व्यवहारमा प्रयोग गरिने विधि हो। यसका सबैभन्दा ठूला रक्षक र प्रयोगकर्ता राजनीतिक दल र नेता हुनु पर्छ। किनकि उनीहरूको अस्तित्व प्रजातन्त्रसँग गासिएको छ। जनता प्रजातन्त्रमा मात्रै सम्मानित हुन सक्छन्। जनताको सम्मानका लागि, देशको हितका लागि, भावी सन्ततिका लागि सचेत जनताले सही निर्णय गर्ने बेला आएको छ। नेताले बाटो बिराउँदा जनता अघि सर्नुपर्ने रहेछ। अब प्रजातन्त्र मासेर पार्टी र नेतालाई जिताउन बन्द गर्नुपर्छ। पहिला प्रजातन्त्रिक प्रक्रियालाई जिताउन लागौं। विधिको पालना गरौं। विधि र प्रक्रिया अनुसार भएको चुनावमा जसले जिते पनि हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गरौं। प्रजातन्त्र रह्यो भने मन नपरेका पार्टी र नेता फ्रर्न सकिन्छ। तर प्रजातन्त्रिक प्रक्रिया मर्दै गयोभने निरड्ढुशता मात्रै बाँकी रहन्छ। जसका विरुद्ध नेपाली जनताले लामो लर्डाई लड्यौं फेरि लड्नुपर्ने हुन सक्छ। त्यसैले प्रजातन्त्र मर्न नदिन प्रक्रिया मिचेर जसरी पनि जित्नपर्छ भन्ने पार्टी र नेतालाई छाडौं। प्रजातान्त्रिक प्रक्रियालाई अपनाउने नेता र पार्टीकाई रोजौं ।
eadarsha.com
3,082,676
‘आज भरतजीको भाषण छ है सुन्नुपर्छ ।’ महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा अनेरास्ववियुका जिल्ला नेता तथा पछि गएर मूल धार आठौँ(जसलाई एमालेको भ्रातृ विद्यार्थी संगठन अनेरास्ववियु–एकताको पाँचौँले गुटपरस्त फुटपरस्त अखिल छैंठौँ भनेर आरोप लाउने गरेको थियो) का अध्यक्षसमेत हुनुभएका भरत पोखरेलको भाषण पूर्वाञ्चलमा प्रसिद्ध थियो । राष्ट्रिय स्तरमा तारानाथ रानाभाट, लिलामणि पोखरेलको भाषणको चर्चा हुन्थ्यो भने विराटनगरमा महेश आचार्यको समेत भाषणको चर्चा हुन्थ्यो । अखिलको फेडेरेसन, प्रगतीशील विद्यार्थी युनियन, जनवादी सहितको ‘संयुक्त प्यानल’– वर्तमान भाष्यमा भन्दा ‘गठबन्धन’ हुन्थ्यो । अखिल छैटौँबाट भरतजी उपसभापतिमा उठ्नुभएको थियो । नेविसंघबाट भरत पोख्रेलकै कक्षाका अर्थशास्त्र विषय पढ्ने मृदृला घिमिरे उठनुभएको थियो । मृदृला घिमिरे मोरङ जिल्लाकै प्रसिद्ध शिक्षिका शान्ता घिमिरेज्यूकी छोरी हुनुहुन्थ्यो । गुरुआमाको छोरी भएकोले फैकल्टी अलग भए पनि उमेरमा जेठी हुनु भएकाले मृदुला दिदी नै भन्ने गथ्र्यौ । अखिल पाँचौँबाट भरतराज पोखरेल हुनुहुन्थ्यो । क्याम्पसमा भरतराजलाई लम्बे भरत र भरतलाई पुड्के भरत पनि भन्थे । भाषणमा मृदृला पनि कम हुनुहुन्नथ्यो । चुनावमा टक्कर भयो । अखिलको पूरा प्यानल विजयी भयो । संयोग मान्नुपर्छ कि अर्थशास्त्र विषयका मानविकी तर्फका दुवै उपसभापतिले आआफ्नो विद्यार्थी प्यानलमा सबैभन्दा बढी मत ल्याए । चर्चा चल्यो झण्डै मृदृलाले भरतजीलाई नउछिनेको । मृदुलाभन्दा अघि नेविसंघको महिला कमान्ड कान्ता रिजालले सम्हाल्नुभएको थियो । उहाँ सक्रिय भए पनि विद्यार्थीको मत त्यति तान्न सक्नुभएन । हाल उहाँ नेपालको लागि नेपाली पार्टीमा संलग्न हुनुहुन्छ । राजनीति गर्नेले आफ्नो एकोहोरो काँचो सिद्धान्त लाद्ने र आफ्ना बाहेक अरूको वास्ता नगर्दा मतमा पछि परिन्छ भन्ने कुरा छर्लंग हुँदै गएको सन्दर्भमा मृदृला दिदी सबै पक्षका विद्यार्थीसँग घुलमिल गर्नुहुन्थ्यो । सायद त्यही भएर होला मोरङ क्याम्पसका महिला विद्यार्थी नेताहरू मध्ये उहाँ बढी चर्चित पनि हुनुभयो । उहाँपछि नेविसंघको कमाण्ड कविता भट्टराईले सम्हाल्नुभयो । सर्ट र पाइन्ट त्यसबेला लाएर पुरै सामाजिक कार्यकर्ताजस्तो देखिने र कुनै आडम्बर नराख्ने भए पनि उहाँपछि निष्क्रिय हुनुभयो कि कसो ? अहिले के गर्दै हुनुहुन्छ खै कतै गतिविधि देखिँदैन । अखिल छैटाँैमा छात्रा नेताको अभाव थियो । नाम एकिन छैन सुनिता हो जस्तो लाग्छ । उहाँलाई सहसचिवमा उठाएका थिए र विजयी पनि हुनुभयो । उहाँ अचेल राजनीति वा के गर्दै हुनुहुन्छ ? थाहा छैन । अखिल एकताको पाँचौँमा विद्या पाण्डेलाई सहसचिव कि कोषाध्यक्षमा उठाइएको थियो । विद्याजीमा नेतृत्वको क्षमता अलि कम थियो । अति सरल, विद्याथी राजनीतिको खुराफातबाट अनभिज्ञ तर अखिल छैटौँमाथि भित्रभित्रै एकोहोरा प्रहार गर्दै संगठनको विस्तारमा लागि पर्ने गर्नुहुन्थ्यो । प्रेमकुमार राई जस्तै तलका कर्माचारीले जतिसुकै सिर्जनात्मक काम गर्न खोजे पनि माथिकाको आदेश नभए टेबलमै थन्काउने स्वभाव थियो । यो पंक्तिकार एकपटक शीतल निवासमा सम्माननीय महामहिम राष्ट्रपति विद्या पाण्डे भण्डारीसँग भेट्न भनेर गएँ । सचिवसँग मृदृला दिदी सहितका रमाइला गफ भए । सचिवले भएका गफको संक्षेपमा प्रस्तुत गर्दै मृदृला दिदीको नामसहित कलेजका साथी र पुरानो कर्मचारी भेटन आएको कुरा जाहेर गर्नुभएछ । उनले यो पंक्तिकारको अनभिज्ञता प्रकट नगरी आफू अहिले बालुवाटार जाने भनेर तीन दिनपछि भेटन आउने समय सहितको खबरदारी गरेपछि म पनि बाहिर लागेँ । महामहिम विद्याज्यू कालो सिसाको जिपमा मूल प्रवेश द्वारबाट बाहिर निस्कनुभयो । बिराटनगरमा भेट हुँदा ‘विद्याजीले अचेल वास्ता गर्नुहुन्छ कि हुन्न ?’ भन्ने मेरो जिज्ञासामा ‘भेट गर्न बोलाउनुभएको थियो, राजनीतिदेखि नै विरक्त लागेकाले जान मन गरिनँ’ भनेर किरण केसीजीले भनिरहनुहुँदा नेपालको पहिलो अगरबत्ती फैक्टरीसँग सम्बद्ध हाल काठमाडौंको पुतली सडकमा कम्प्युटर व्यवसाय गरिरहनुभएका भोलानाथ पौडेलले पनि आफूलाई बोलाएको तर जान नसकेको कुरा बताउनुहुँदा पुराना सहयोगीहरूलाई बिर्सनुभएको रहेनछ भन्ने लाग्यो । यो पंक्तिकार पनि त्यसपछि फेरि भेटन जान सकिनँ । तर, एउटा प्रश्न मेरो मनमा रोपियो कि बालुवाटारमा जाने कि बालुवाटारलाई झिकाउने ? म उहाँको उच्च मर्यादाशालिताको पक्षमा उभिएँ । सम्भवतः उहाँको विद्यार्थीकालीन सरल र एकोहोरो स्वभावकै कारण उहाँ महामहिम राष्ट्रपति हुँदा समेत विवादमा पर्नुभयो । नेपाली राजनीतिको संवैधानिक इतिहासमा ‘त्यो पर्दैन, हिँ हिँ…’ भन्ने जुन भाष्य स्थापित भयो सम्भवतः त्यो दशकौँसम्म एमालेको लाभग्राही समूहबाहेक स्वभीमान बामपन्थीहरूलाई पाच्य हुने छैन । यस सन्दर्भमा चाल्र्स बुकोवस्कीको, ‘सबभन्दा राम्रो मानिस पनि आफ्नै हातबाट मारिन्छन्’ भन्ने प्रतिकात्मक भनाइको सम्झना हुन्छ । अखिल जनवादीबाट प्रिति दिदी सदस्यमा उठ्नुहुन्थ्यो । उहाँको काकाको छोरा सुनिलसँग घर जाँदा के खान्छौ जगदीश भनेर सोध्ने गरेको कारणले मात्र हैन, न त मनमोहन अधिकारीले यो कान्छो हो भनेर मलाई छेउमा बोलाएको कारणले मैले उहाँकी छोरी हाम्रै टोलकी प्रिति दिदीलाई भोट दिनुपर्छ भनेर मात्र पनि हैन । अति सरल, नरिसाउने बानी, गहिरो सोचाइ र भद्रताको कारण अहिले विजयी हुनुभएमा भविष्यमा देशको ठूलो नेता बन्न सक्नुहुन्छ भन्ने ठानेर उहाँको पदमा चाहीँ उहाँलाई नै मत दिइन्थ्यो । पछि खगेन्द्र केसी सरसँग उहाँको विवाह भयो । अहिले कता हुनुहुन्छ ? राजनीतिमा हुनुहुन्छ की घरगृहस्थी नीतिमा थाहा छैन । भरत पोखरेल एकपटक डा.बाबुराम भट्टराई अर्थमन्त्री हुँदा उहाँको बजेट तयारी समूहको सल्लाहकारमा हुनुहुन्थ्यो । पछि त्रिभुवन विश्व विद्यालयको अर्थशास्त्र विभागमा रहनु भएर प्राध्यापनमा संलग्न हुँदै हाल अवकाश जीवन बिताइरहनुभएको छ । राजनीतिमा संलग्न हुनुहुन्छ कि हुन्न ? उहाँलाई पनि नेपाली फोहोरी निर्वस्त्र संसदीय राजनीति देखि विरक्त लागेको हुन सक्छ । सामाजिक सञ्जालको वालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा उहाँका अनुसन्धान मूलक विश्लेषणात्मक विचारहरू पढ्न पाइन्छ । अहिले नेपालको राजनीतिमा हिजो अरू पार्टीमा लागेर आर्जन गरिसकेका र अवशर खोज्न अर्को पार्टीमा लागेका महिलाहरूले ‘फास्ट ट्रैक’बाट रातारात माथि चढेको देख्दा र त्यो ‘फास्ट ट्रैक’मापदण्डमै विवाद उत्पन्न हुँदा जगल्टा लुँछाचुँडीका खबर सुन्नुपर्दा महिलाहरूलाई आदर्श–नैतिकवान–मर्यादित–राष्ट्रवादी राजनीति गर्न कठिनाई हुँदै गएको हो कि भन्ने महसुस भइरहेको छ । यो अवस्थामा र नेपाली संसदीय राजनीतिको पथभ्रष्टताको दुर्दशा हेर्दा मोरङ कलेजका ती विद्याथी नेतृहरूमध्ये केहीले यदि राजनीति गर्नै छोडेका भए ठीकै गरेछन् भन्ने मनले ठहर ग¥यो । ‘करोडपति मृदुला’ कभरेज दिएर एक मासिक (सायद नारी मासिक हो कि ? बिर्सिएँ) ले प्रकाशित गरेपछि अमेरिका गएर कति दुःखले जीवन गुजारेर आर्जन गर्नुभएछ भन्ने कथा पढेको थिएँ । अचेल नेपाल आएर मृदृला दिदी फेरि राजनीतिमा लाग्नु भएछ । नेपालमा नैतिकवान र राष्ट्रबादी शक्तिलाई माथि उठ्न दिँदैनन भन्ने कुरा त उहाँले बुझनु भएकाले त्यो कित्तामा रहेर माथि उठ्न सक्नुहुन्छ र ? कित्ता नै बदल्नुभएको हो त ? सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com
2,357,594
छिमेकी बाथका बिरामी ६३ वर्षीय बलबहादुर राईको उनको कुटाइका कारण ज्यान गएपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । आफ्नै घरको सिकुवामा आराम गर्दै बसेका बलबहादुरलाई विनाकारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरेर घाइते बनाएको बताइएको छ । आर्थिक अवस्थासमेत कमजोर रहेका बलबहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले एक बोतल रक्सी किनेर एकापसमा मिलापत्र गरेको तर बलबहादुरको शुक्रबार घरमै मृत्यु भएको थाहा भएको छ । श्रीकृष्णले अनुहारको भागसंँगै बायाँ आँखाको डिलमा मुक्का प्रहार गरेको प्रहरीले जनाएको छ । घटनापछि घरमै झारफुक गराएको तर घटनाको विषयमा तत्काल कुनै पनि निकायमा उजुरी नदिइएको प्रहरीको भनाइ छ । बलबहादुरमाथि बुधबार कुटपिट भएको प्रहरीले जनाएको छ । श्रीकृष्णलाई शुक्रबार पक्राउ गरेपछि प्रहरीले घटनाको विषयमा आज मात्र जानकारी दिएको हो ।
ratopati.com
4,474,473
आज सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार अन्यतर्फ नेकपाका नारायणकाजी श्रेष्ठ ३ हजार ४ सय ६२ मतभार सहित विजयी भए। उनका प्रतिस्पर्धी कांग्रेसका सूर्यप्रसाद रेग्मीले २ हजार २ सय ४० मतभार ल्याए। श्रेष्ठ १ हजार २ सय १८ मतान्तरसहित विजयी भएका हुन् । उमेर मात्र १२ वर्ष। पोखरा महानगरपालिका १८ स्थित शुक्रराज बलभद्र माध्यमिक विद्यालयमा कक्षा ५ मा पढ्ने । समयसँगै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष परिवर्तन भए। अध्यक्ष परिवर्तनसँगै मेला आयोजना गर्नुको उद्देश्य नै परिवर्तन भएको दाबी गर्छन् प्रधान । रंगशाला परिसरमा पुगेर हेर्दा सागमा माला र खाजा खाएका फ्याँकेका प्लास्टिक जताततै छरेको देखिन्छ। साग आउन लाग्दा चुस्त बनेको व्यवस्थापन साग सकिँदा सुस्त देखिएको छ। अतिथिलाई लगाएको माला यत्रतत्र फालिएका छन् । विशेषगरी चालीसको दशकलाई पोखराको नाट्य कर्मको आधारले स्वर्ण युगका रुपमा परिभाषित गरिथ्यो। यो समयमा सरुभक्त, अनुप बराल, प्रकाश घिमिरे, तीर्थ श्रेष्ठलगायतका कलाकारहरुले पोखराको नाट्य कर्मलाई निकै उचाईमा पुर्‍याए। त्यसपछिका समय त्यो उचाईले निरन्तरता पाउन सकेन । पोखरामा सुन्दर हिमालका काखमा खेलहरुमा सञ्चालन भएका थिए। यहाँ सञ्चालन भएका खेलहरुमा नेपालले धेरै स्वर्ण बटुल्न नसकेपनि प्राकृतिक सौन्दर्यमार्फत दक्षिण एसियाका खेलाडीहरुको मन आकर्षित पार्ने काम भने अवश्य नै भयो । पोखराका वडा नम्बर ३३, २१, २० र १७ को मतगणना सकिदासम्म दश मत पनि नकटाउने ९ जना उम्मेद्वार छन्। जसमा सुन्य मत ल्याउनेमा उमनाथ गौतम र यज्ञ प्रसाद पंगेनी रहेका छन्। उनीहरु दुवै जना स्वतन्त्र उम्मेद्वार हुन् ।
pahilopost.com
4,382,930
अर्घाखाँची–कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार । बाणगङ्गा क्षेत्रको पूर्व–पश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जङ्गली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ । विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय चर्चामा आएको छ । कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं १४ पावरा–विक्रम गाउँ नजिकै छ सो स्थान रहेको छ । स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ । बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका पोमनारायण पौडेल सूर्य ओढारका रूपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउँछन् । लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीसमेत रहेका उनी भन्छन्, “कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्वपूर्ण छ । शाक्यमुनी गौतम बुद्धले जेष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो ।” महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो । बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्नुहुन्थ्यो । त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो । यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृङ्खला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उनले बताए । उनका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ । यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उनले दाबी गरे । सूर्य ओढार पहाड नजिकै छ । यसको नजिकै भागीरथि नदी (बाणगङ्गा) बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ । बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन् । विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताए । जीवनभर बुद्धका अध्ययनमा लागेका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो । बुद्धले २९ वर्ष बिताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ । तिलौराकोटमा हाल उत्खनन भइरहेको छ । यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन् । पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताए । पावरा–विक्रमका गाउँलेहरूले सूर्य उदाएको देखिएपछि यस ठाउँलाई सूर्य ओढार नामकरण गरेका थिए । स्थानीयबाहेक खासै चर्चामा नआएको यो गुफा बुद्धसँग जोडिएपछि थप चर्चामा आएको छ । बुद्धको खोज र अनुसन्धान भइरहँदा कतिपय किताबमा उल्लेख भएका तथ्य खोज्ने अभियानमा अभियान्ता लागिपरेका छन् । यसले सूर्य ओढारको क्षेत्रलाई बुद्धको देशनालयसँग जोडेको हो । फागुनको दोस्रो हप्ता यहाँ ४० भिक्षुलगायत दर्शनौँको सङ्ख्यामा बौद्ध अनुयायी आएका थिए । उनीहरूले यसलाई थप पुष्टि गर्ने आधार खोजेका थिए । बहुसङ्ख्यक थाईलगायत विभिन्न देशका भिक्षु उपस्थित रहेको त्यस दिन सूर्य ओढारको अवलोकन गर्नुका साथै आगामी दिनमा यहाँ गर्नुपर्ने विकासबारे चर्चा गरिएको थियो । यसको प्रचार–प्रसारको मुख्य अगुवाइ शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख रेश्मीले गरेका छन् । यसको विकास र प्रचार–प्रसारका लागि भिक्षुलगायत बुद्धका अनुयायीको अवलोकन महत्वपूर्ण रहेको उनले जनाए । भिक्षुसँगै आएका बौद्ध अनुयायीले यहाँको अवलोकन गर्दै वास्तविकता पत्ता लगाउने कोसिस गर्नु यस क्षेत्रका लागि महत्वपूर्ण अवसर भएको उनले बताए । बाणगङ्गा नगरपालिका–८ निवासीसमेत रहेका पोमनारायण पौडेलले सूर्य ओढारसम्म पुग्ने बाटोको विकास महत्वपूर्ण रहेको बताए । त्यहाँ पुग्ने बाटो कच्ची भएको र थप बाटो विस्तार गर्न जङ्गली क्षेत्र रहेकाले वनसँग समन्वय गरी बाटोको थप विस्तार गर्नुपर्नेमा उनको जोड छ । देशनालयका लागि त्यहाँ पुग्ने भिक्षुलाई बस्ने प्रबन्ध नभएकोसमेत उनले बताए । उनले भने ,“खुला आकाशमुनि ध्यान गर्दा घामपानी, हावाहुरी र वर्षाले प्रभाव पार्ने हुँदा केही संरचना तत्काल निर्माण गर्नुपर्छ ।” पावरा विक्रमका स्थानीय भीमबहादुर बुढाले आँखै अगाडि रहेको क्षेत्रको विकासका लागि आफूहरू कम्मर कसेर लाग्ने बताए । बुद्धकालीन सभ्यतासँग जोडिएको भूगोल भएकाले यसको विकास के–कसरी गर्न सकिन्छ सरोकारवालासँग मिलेर अगाडि बढ्ने उनले जनाए ।
dainiknepal.com
597,814
नेकपा एमालेले कार्यकारी पदको भूमिकामा दोहोरो जिम्मेवारी अन्त्य गर्ने नीति लिने भएको छ । यसका लागि अब हुने प्रदेश र जिल्ला अधिवेशनमा जनप्रतिनिधिलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउने भएको हो । एमालेले पार्टीका प्रदेश, जिल्ला र पालिका कमिटीका अधिवेशन गर्दा पलिकाका वडाध्यक्ष, प्रमुख-उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष, प्रदेशसभाका सदस्य, प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई पार्टी कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीका लागि उम्मेदवार बन्न रोक लगाउन अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षरमा यही भदौ १ गते अन्तरपार्टी निर्देशन दिएको हो । अध्यक्ष ओलीले आफू नेतृत्वमा नआउँदै पार्टी जीवनको लोकतान्त्रिकिकरण र एक व्यक्ति एक पदको वकालत गर्दै आएका थिए । एमालेको २०७३ असार ७ गतेको स्थायी कमिटीको बैठकले संविधानबमोजिम पार्टीका संरचनालाई प्रदेशमा रुपान्तरण गर्ने र एक व्यक्ति स् एक पदको नीतिमा अघि बढ्ने निर्णय गरेको थियो । यद्यपि विसं २०७५ जेठ ३ गते एमाले र नेकपा (माओवादी केन्द्र)बीच एकता भई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भएपछि नयाँ संरचना बनेको थियो । नेकपाभित्रको विवाद चुलिएसँगै सर्वोच्च अदालतबाट विसं २०७७ फागुन २४ गतेको आदेशबाट एमाले र माओवादी केन्द्र पूर्ववत् अवस्थामा फर्किएका थिए । तत्पश्चात् एमाले केन्द्रीय महाधिवेशनमा होमियो भने प्रदेश कमिटीको नेतृत्व माथिबाट मनोनयनका आधारमा चयन गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा अपेक्षाकृत परिणाम नपाएपछि एमालेले तीन महिने ‘मिसन ग्रासरुट अभियान’ सञ्चालन गरी सोको समीक्षापछि कार्ययोजना लागू गरिरहेको छ । गत साउन २९ गतेको २४ औँ सचिवालय बैठकको निर्णयअनुसार सो निर्देशन दिइएको सो पार्टीका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले बताए । “पार्टी कमिटीका अध्यक्ष र सचिवका पदहरु कार्यकारी पद हुने भएकाले ती पदमा जनप्रतिनिधि वा संसदीय मोर्चामा रहेका नेता–कार्यकर्तालाई जिम्मेवारी नदिई उनीहरुलाई संसदीय मोर्चामै सक्रिय र प्रभावकारी भूमिका प्रदर्शन गराइनेछ”, स्थायी कमिटीका सदस्य नेता गौतमले भने, “यसबाट पार्टीको समग्र कामको व्यवस्थापन र परिचालनमा सहयोग पुग्ने र दोहोरो जिम्मेवारी अन्त्य भई जहाँ कार्यकारी भूमिका हो, त्यहाँको काम प्रभावकारीरुपमा सम्पादन हुन सहयोग पुग्ने विश्वास लिइएको छ ।” एमालेको यो निर्णय केन्द्रीय कमिटीका पदाधिकारीका हकमा भने लागू हुनेछैन । एमालेको बागमती प्रदेश कमिटीका अध्यक्ष केशव पाण्डेले केन्द्रको निर्देशन सामयिक भएको र त्यसको कार्यान्वयन गराउने गरी प्रदेश अधिवेशनको तयारी भएको जानकारी दिए । एमालेले प्रदेश अधिवेशनको प्रतिनिधि छनोटमा एकरुपता ल्याउन पालिकालाई प्रतिनिधित्वको आधार मान्ने र सदस्य सङ्ख्या न्यून रहेको स्थानमा समावेशीताको प्रतिनिधित्वको आधार जिल्ला वा प्रदेशसभा निर्वाचन क्षेत्रलाई बनाउन सकिने निर्णय गरेको छ । पार्टी प्रवेशबाट आएकाको हकमा सम्बन्धित प्रदेशको विशेषताअनुरुप प्रतिनिधित्वका लागि विशेष व्यवस्था गर्न एमाले सचिवालयले भनेको छ । साथै ४० वर्षमुनिका युवा सहभागिता सुनिश्चित हुने गरी प्रतिनिधि चयनको विधि तय गर्न पनि निर्देश गरिएको छ । अधिवेशनबाट नेतृत्व चयन गर्दा भविष्यमा पार्टीमा प्रवेश गर्नेको सम्भावनालाई समेत ध्यानमा राखी कमिटीको अधिकतम सङ्ख्याभन्दा कम गर्न, विगतमा कमिटीमा १० प्रतिशतसम्म मनोनयन गर्न पाउने अधिकारलाई अधिवेशनकै समयमा प्रयोग गर्नेजस्ता गल्ती नगर्न निर्देशन दिइएको एमालेले जनाएको छ । यदि अधिवेशनबाटै कमिटीको मनोनयनका अधिकार प्रयोग गरेमा उक्त निर्णय स्वतः बदर हुनेछ । एक तिहाइ युवा प्रतिनिधित्व एमालेले एक तिहाइ युवा प्रतिनिधित्व सुनिश्चित गर्ने’ भन्ने निर्णयलाई सिर्जनात्मकरुपले कार्यान्वयन गर्ने एमालले निर्णय गरेको छ । प्रदेश कमिटीमा चालिस वर्षमुनिका युवाका सहभागिता न्यूनतम १० प्रतिशत, जिल्लामा न्यूनतम १५ प्रतिशत, पालिकामा न्यूनतम २० प्रतिशत र वडा तथा टोलमा कम्तीमा एक तिहाइ पुर्याउने एमालेको लक्ष्य छ । प्रदेश अधिवेशनको तयारी एमालेले यही भदौ १६ र १७ गते लुम्बिनी प्रदेशमा प्रदेश कमिटीको अधिवेशन गर्ने भएको छ । साथै आगामी असोज ५ र ६ गते मधेस प्रदेश, असोज ८ र ९ गते बागमती प्रदेश, असोज १० र ११ गते कर्णाली प्रदेश, असोज १२ र १३ गते कोशी प्रदेश, असोज १५ र १६ गते गण्डकी प्रदेश, असोज १९ र २० गते उपत्यका विशेष प्रदेश र असोज २१ र २२ गते सुदूरपश्चिम प्रदेश कमिटीको अधिवेशन तय गरेको छ । सम्बन्धित कमिटीले सोहीअनुसार तयारी गरेको जनाइएको छ ।
lokpath.com
5,421,360
बैतडीका सामुदायिक वन र निजी वनबाट तीन लाख ५६ हजार किलो जडीबुटी निकासी भएको छ । जडीबुटी निकासीबाट एक वर्षको अवधिमा १२ लाख रुपियाँ बढी राजस्व सङ्कलन भएको छ । आर्थिक वर्ष २०७८/७९ मा डिभिजन वन कार्यालय बैतडीले जडीबुटी, सल्लाको खोटो र वन पैदावर निकासीबाट १२ लाख ७० हजार ९८६ रुपियाँ राजस्व सङ्कलन गरेको होे ।
gorkhapatraonline.com
5,656,273
नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई शनिबार सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्ताे बताउनुभएको हो । सरकाले पृथकतवादको अन्त्य गरेसँगै विप्लव समूहको नाममा हुने क्रियाकलाप नियन्त्रणमा आएकाे भन्दै उहाँले हतियार बुझाएर हिंसा नत्यागे समूह नै समाप्त हुने अवस्थामा पुग्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘पृथकतावाद अन्त्य गर्‍यौं र विप्लव समूहको नाममा मच्च्याइएको त्रासलाई पनि नियन्त्रण गर्छाैँ । उनीहरुले हिंसाको बाटो छोड्नु, हतियार बुझाउनु र सकेसम्म छिटो शान्ति प्रक्रियामा आउनु हितकर हुनेछ । त्यसो नगरे असहज अवस्थाबाट अप्ठ्यारो ढंगले समाप्त हुने अवस्थामा पुग्छन् ।’ विप्लव समूहमाथि सरकारले लगाएको प्रतिबन्धलाई लिएर पार्टीभित्रै पनि विरोध भएको स्मरण गर्दै उहाँले उनीहरुको क्रियाकलाप गैरकानुनी र असंवैधानिक भएकाले सरकारले प्रतिबन्ध लगाएको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘कतिपयले विप्लव समूहमाथिको प्रतिबन्धलाई उचित भएन भनेर विरोध गरे । उनीहरुका क्रियाकलाव अबैध, हानिकार, असंवैधानिक गैरकानुनी भएकाले जायज हुन सक्दैन त्यसकारण त्यस्ता आतंककारी गतिविधि प्रतिबन्ध लगाईएको हो । त्यसलाई नबुझेर प्रतिबन्ध लगाउनु हुदैन भनियो । अनि के बम पड्काउ भन्ने ? मान्छे मार्न इजाजत छ भन्ने ? मान्छेलाई तर्साएर पैसा जतिपनि असुल्न इजाजत छ भन्ने ?’ नीति तथा कार्यक्रममा राष्ट्रपतिले प्रयोग गरेको मेरो सरकारका बारेमा पनि उहाँले सांसदहरुलाई स्पष्टीकरण दिनुभयो । मेरो सरकार अन्तराष्ट्रिय अभ्यास भएकाले यसबारेमा बहस गर्नु आवश्यक नभएको तर्क गर्नुभयो । उहाँले सांसदहरुलाई राष्ट्रपतिका काम कर्तव्य र अधिकारबारे सविस्तार प्रशिक्षण नै दिनुभयो । संसदीय दलको बैठकमा सांसदहरुले नेताहरुको निर्देशन मात्रै नभइ आफूहरुको पनि कुरा सुन्नुपर्ने र सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत तथ्यांक र मेरो सरकार प्रयोगको सैद्धान्तिक आधार स्पष्ट पार्न माग गरेका थिए ।
ujyaaloonline.com
2,807,321
पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिकालाई केहिवेर अघि नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । उनका अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा निहारिकालाई लिइएको हाे । आफूलाई कुमारी आमा बताउने राजपुतले २७ साउन २०७९ मा राष्ट्रपति कार्यालय, शितलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् । त्यसपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । उपचारका लागि प्रहरी अस्पताल, महाराजगञ्ज भर्ना गरिएका बेला पनि उनी अनशन बसेकी थिइन् ।
newskarobar.com
2,806,740
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको आयोजनामा भीम अस्पतालमा भएको हो । शिविरमा अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रबाट खटिएका अनुभवी चिक्तिसकद्धारा परिक्षण गरिएको नगरपालिकाको उपप्रमुख उमा अधिकारीले बताइन् । ‘शारीरिक अपाङ्गता भएपनि सर्वसाधरणले अनुभवी चिक्तिसद्धारा परिक्षण समेत गराउन नसकेको अवस्था थियो’ उपप्रमुख अधिकारीले भनिन्, ‘शिविर संचालनले सेवा लिएका सर्वसाधरण लाभान्वित भएका छन् ।’ उनले शिविरको क्रममा शारीरिक अपांगता भएका व्यक्तिको स्वास्थ्य परीक्षण पश्चात आवश्यकता अनुसार २० जनालाई अर्थोपेडिक साम्रगी, २ जनालाई व्हीलचेयर, ३ जनालाई वाकर, ४ जना वैशाखी समेत उपलब्ध गराइएको बताइन् ।‘ शिविरमा सेवा लिन आएका व्यक्तिहरुको परिक्षण गर्दा दश जनाको अपरेशन गर्नुपर्ने देखिएको छ’ उनले भनिन्, ‘अब उनीहरुको निःशुल्क अपरेशन समेत हुन्छ, जसका लागि नगरपालिकाको कार्यालयबाट आवश्यक प्रक्रिया अघि बढाउँछौँ ।’ उनका अनुसार उक्त शिविरको परिक्षण मार्फत दुई जना व्यक्तिहरुलाई कृत्रिम अंगको आवश्यक देखिएकोले उनीहरुको अंगको नाप लिइएको र कृत्रिम अंगको तयारी पश्चात निःशुल्क उपलब्ध गराइने छ । सम्पन्न शिविर १८ वर्षसम्मका शारीरिक अपाङ्गता भएका बालबालिकालाई लक्षित गरिएपनि शिविरमा सेवा लिन आएका सो उमेर समूहभन्दा माथीका सर्वसाधरणलाई समेत सेवा दिइएको सिद्धार्थनगर नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख कौशिल्या चौधरीले बताइन् । शिविरमा हात र खुट्टासगँ सम्बन्धित शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरु परिक्षणका लागि बढी आएको अपाङ्ग बाल अस्पताल तथा पुनस्थापन केन्द्रको रुपन्देहीका समाजिक परिचालक राजाराम चौधरीले बताए ।
newskarobar.com
85,637
कर्णाली प्रदेशसभाका सदस्यहरूले कर्णालीको रोग, भोक, गरिबी र पछौडेपनविरुद्ध एक ठाउँमा उभिने प्रतिवद्धता जनाएका छन् । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको पहिलो अधिवेशनको पहिलो बैठकमा बोल्ने सदस्यहरूले देशको राजनीतिभन्दा माथि उठेर आफूहरू कर्णालीको विकास र समृद्धिका लागि लाग्ने प्रतिवद्धता जनाए । नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको प्रतिपक्षी रोग, भोक, गरिबी र पछौडेपन भएको बताए । ‘देशको राजनीति जस्तोसुकै भए पनि कर्णालीमा हाम्रो प्रतिपक्ष रोग, भोक, गरिबी र पछौडेपन नै हो,’ मुख्यमन्त्री शाहीले भने, ‘यसका विरुद्ध हामी सबै एकै ठाउँमा उभिन आवश्यक छ ।’ उनले कर्णाली पछाडि पारियो भन्ने अवस्थाको अन्त्य भइसकेको बताउँदै अब कर्णाली बनाउने जिम्मेवारी प्रदेशसभाका सदस्यहरूको काँधमा आएको बताए । माओवादी केन्द्रका संसदीय दलका नेता राजकुमार शर्माले गरिबी नै कर्णालीको मुख्य दुश्मन, शत्रु र प्रतिपक्षी भएको बताए । ‘गरिबीका विरुद्ध लड्नका लागि साझा अवधारणा आवश्यक छ,’ उनले भने, ‘यसका लागि नीति, विधि र त्यसअनुसारको काम गर्ने प्रतिवद्धता जनाउँछौं ।’ शर्माले कर्णाली सुनको डल्लो भएको बताउँदै यसलाई गहनाको रूपमा परिणत गर्न जनताले आफूहरूलाई कालिगढको रूपमा पठाएको बताए । ‘हामी कालिगढ हुन्छौं कि हुँदैनौं, सुनको डल्लोलाई परिवर्तन गरेर गहना बनाउन सक्छौं कि सक्दैनौं भन्ने महत्वपूर्ण कुरा हो’, उनले भने । नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलले सबै सूचकाङ्कमा पछाडि रहेको कर्णालीलाई देखिने गरी परिवर्तन गर्नु आवश्यक रहेको बताए । कँडेलले कर्णालीमा विकास गर्ने नभई विकास खाने मनोविज्ञान रहेको बताए । उनले भने, ‘दोस्रो कार्यकालमा कर्णालीबासीलाई सकारात्मक सन्देश दिने गरी सकारात्मक भूमिका निर्वाह गर्न आवश्यक छ ।
canadanepal.com
2,194,921
नेपाली संगीतका स्वर्णिम युगका संगीतकर्मी, गायक गायिका जो शशरीर अहिले जीवित छैनन् उनीहरुको अमुल्य योगदान लाई नमन गर्न धन्यवाद स्वरूप ‘अजम्बरी उपहार’ बोलको गीत सार्वजनिक भएको छ। यस गीतमा स्वर नेपाली आधुनिक गीत र गजल क्षेत्रमा आफ्नो मौलिक पहिचान बनाएका गायक संगीतकार सजल न्यौपानेको रहेको छ भने शब्द गीतकार आचार्य प्रभाको रहेको छ। गीतमा सेमीक्लासिकल शैली र करुण रस को प्रयोग सुन्न सकिन्छ। सिमा पोख्रेलको यस गीतमा संगीत रहेको छ। श्रद्धाञ्जली गीतहरु कम नै बन्ने गरेको अहिलेको माहोलमा, हामीले महान अग्रज कलाकारको महत्व अनि योगदानलाई बचाइराख्न र नयाँ पुस्तालाई वहाहरुको योगदान याद गराइराख्न यो गीत तयार पारिएको गायक न्यौपानेले बताएका छन्। सिमा पोख्रेल निर्मात्री रहेको यस श्रद्धाञ्जली गीतको भिडियोलाई सिमा पोख्रेल जस्ट लभ युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
dcnepal.com
4,008,726
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रुपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको उनले उल्लेख गरे । गृह मन्त्रालयमा आज बसेको कुखुरा तथा कुखुराजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणसम्बन्धी बैठकमा उपप्रधानमन्त्री श्रेष्ठले विभिन्न वस्तुको अवैध व्यापारले नेपालका उद्योगी व्यवसायी समस्यामा परेको मात्र नभइ सरकारले समेत ठूलो राजस्व गुमाइरहेको बताए । “भन्सार नाका र खुला सीमानाबाट हुने चोरी पैठारी व्यवसायीको मात्र समस्या होइन । यस्ता अवैध गतिविधिले व्यवसायी त मारमा परेकै छन, राष्ट्रले पनि राजस्व गुमाएको छ”, उनले भने, “मुलुक आत्मनिर्भर हुने वस्तुमा पनि बाहिरबाट चोरी पैठारी हुने गरेको देखिएको छ । राजस्व चुहावट नियन्त्रणका लागि सरकार प्रतिबद्ध छ । ” खुला सिमाना र भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणका लागि प्रतिबद्ध भएर लाग्न सुरक्षा निकायलाई निर्देशन दिइसकेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले अवैध व्यापार नियन्त्रणका लागि प्रहरी प्रशासनका तर्फबाट सहयोग रहने प्रतिबद्धता जनाए । अर्थतन्त्र सुधारका लागि आन्तरिक पुँजी निर्माण, लक्षित पुँजीगत खर्च र व्यापार घाटा न्यूनीकरण गर्ने विषयलाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ छ । उक्त बैठकमा नेपाल पोल्ट्री महासङ्घका अध्यक्ष गुणचन्द्र विष्टले कोभिड–१९ महामारी अघिको तुलनामा अहिले पोल्ट्री व्यवसाय धराशयको अवस्थामा पुगेको बताए । “करिब एक खर्ब ५० अर्ब बराबरको लगानी रहेको र पाँच लाख जनशक्तिलाई रोजगार दिइरहेको यो व्यवसायमा भारतबाट हुने चोरी पैठारीले गम्भीर असर परेको छ,” उनले भने, “भन्सार नाकामा पशु क्वारेन्टाइन व्यवस्थित छैन । सस्तो भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा पोल्ट्री उद्योग र व्यवसाय सङ्क्रमणबाट गुज्रिरहेको छ ।” आत्मनिर्भर भइसकेको पोल्ट्री क्षेत्रमा अवैध आयातले समस्या निम्त्याएको उनको भनाइ छ । अन्य वस्तुका नाममा कुखुराको मासु आइरहेकाले भन्सार जाँचपासमा कडाइ गरिनुपर्ने, पशु क्वारेन्टाइनबाट चौबिसै घण्टा सेवा उपलब्ध गराउनुपर्ने, विद्यमान कानुनी व्यवस्था विपरीत दशगजा क्षेत्रमा खोलिएका कुखुरा फार्मलाई कारबाही गरिनुपर्ने, अवैध ओसारपसार गर्नेलाई न्यून जरिवाना लाग्ने गरेकामा जरिवानाको रकम बढाउनुपर्ने लगायतका माग व्यवसायीले राखेका छन् । कुखुरा तथा कुखुराजन्य पदार्थको गैरकानुनी व्यापार रोकथामका लागि विद्यमान कानुनी व्यवस्थामा सुधार गरी दण्डसजाय बढाउनुपर्ने व्यवसायीको माग छ । पशु कल्याण र क्वारेन्टाइनसम्बन्धी ऐन संशोधनका लागि समेत व्यवसायीले माग राखेका छन । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन । चितवनको नारायणगढ–मुग्लिङ सडकअन्तर्गत पर्ने भतेरीमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा काठमाडौं, ५ साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन बद्रीप्रसाद पाण्डेले बाध्यतामा कांग्रेस–एमाले सत्ता समीकरण काठमाडौं, ५ साउन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको संसदीय दलको प्रमुख सचेतकमा सिन्धुलीबाट काठमाडौं, ५ साउन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीको रूपमा तेस्रो कार्यकाल काठमाडौं, साउन ६ । इजरायली आक्रमणमा घाइते भएकी एक आमाको कोखबाट एक नबजात शिशुलाई जीवितै काठमाडौं, साउन ६ । आज नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित काठमाडौं, साउन ६ । श्रीलंकामा जारी एसीसी महिला एशिया कप २०२४ अन्तर्गत समूह चरणको आफ्नो काठमाडौं, साउन ६ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् ।
reportersnepal.com
1,016,568
गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले नेताहरुको ब्यत्तिगत स्वार्थका कारण नेकपामा संकट पैदा भएको बताउनु भएको छ । युवा संघ कास्कीले आयोजना गरेको कास्की जिल्ला युवा भेलालाई सम्वोधन गदै उहाँले सरकारका विरुद्धमा आफनै पार्टीभित्र रहेका पदलोलुपहरुले प्रधानमन्त्री हटाउन खोजेका कारण नेकपा विवादमा फसेको बताउनुभयो । नेपाली जनताले दिएको दुई तिहाईको सरकार हटाएर देशमा राजनीतिक अस्थिरता ल्याउन खोजेका कारण प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो ।जनताले देशमा स्थिरता, विकास र समृद्धिको चाहना राखेर नेकपालाई दुई तिहाईको मत दिएका थिए उहाँले भन्नुभयो, ‘तर पार्टीभित्रकै नेताहरुलाई पद चाहिएका कारण अविस्वासको प्रस्ताव ल्याएर अस्थिरता मच्चाउने प्रयास भएपछि संसद विघटन बाध्यात्मक बन्यो ।’ उहाँले पार्टीभित्रबाटै सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिने वातावरण सृजना भएको बताउुनभयो । पार्टी एकतामा भएको भागबण्डाका कारण सरकारमा आफनो भाग खोजेर तीन वर्षसम्म संवैधानिक निकायमा नियूक्ती गर्न नदिने काममा पार्टीका नेताहरु लागेको उहाँको भनाई थियो । मुख्यमन्त्री गुरुङले आवश्यक कानुन निर्माणका लागि संसदमा जान नदिइ रोक्ने र सरकारको सधै विरोध गर्ने काम नेकपाकै नेताहरुबाट भएका कारण बाध्य भएर संसद विघटन भएको बताउनुभयो । उहाँले फागुन १५ गते गण्डकी प्रदेशमा जनसभा मार्फत संविधानको रक्षा र प्रभावकारी कार्यान्वयन गर्न, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा, विकास र समृद्धिको महानअभियानलाई निरन्तरता, राजनीतिक स्थिरताको लागि ऐक्यबद्धता जनाउन गण्डकी प्रदेशका जनताले साथ दिने बताउनुभयो । उहाँले नयाँ जनादेश लिने प्रधानमन्त्रीको ओलीको निर्णयको स्वागत गदै ऐक्यबद्धता जनाउन सभाको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले जस्तो सफलता अहिलेसम्मका कुनै सरकारले सफलता प्राप्त गर्न सकेका छैनन् उहाँले भन्नुभयो, राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा काम गरेका कारदुई तिहाई प्राप्त प्रधानमन्त्रीलाई हटाउने प्रयासमा लागेको बताउनुभयो । नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले निर्वाचन प्रतिमन नभई अग्रगमन भएको बताउदै उहाँले अहिले नेताहरु उपचार गराउन दिल्लि गएको प्रसंगमा भन्नुभयो, तपाईहरुको उपचार दिल्लिमा गर्नुस तर देशको उपचार भारतबाट गर्न खोजिए त्यसको प्रतिवाद गरिने बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कृष्ण थापा, राजिव पहारी, नेकपा गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपाली,दामोदर बैरागी, हिरा गिरी, युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरुङ, सचिव हरि लम्साल लगायतले एकता र समृद्धि विरोधीहरुले पार्टीमा विभाजन ल्याउन खोजेको आरोप लगाउदै आमसभालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रम युवा संघ कास्कीका नेता डिल्लीराम सुवेदीको अध्यक्षतामा भएको थियो भने सञ्चालन पानबहादुर जिसी र स्वागत युवा नेता शंकर पौडेलले गर्नुभएको थियो । स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
1,918,056
आज बसेको सर्वदलीय बैठकले यस्तो सहमति गरेको मुख्य निर्वाचन कार्यालय चितवनले जनाएको छ । कार्यालयका सहायक मतदान अधिकृत गम्भीर घिमिरेका अनुसार निर्वाचनको भोलिदेखि मौन अवधि सुरु हुनेछ । निर्वाचनका लागि आवश्यक जनशक्ति तयार रहेको उहाँले जानकारी दिनुभयो । गत वैशाख ३१ गते भएको निर्वाचनको मतगणना जारी रहेका बेला जेठ १४ गते राति मतपत्र च्यातिएपछि त्यहाँको मतगणना स्थगित भएको थियो । यही साउन १५ गते सर्वोच्च अदालतले उक्त वडामा पुनः मतदान गर्न आदेश दिएपछि निर्वाचनको बाटो खुलेको हो । यसैबीच उक्त वडाको विवादित मतपत्र आजै जलाएर नष्ट गरिएको छ ।
pokharanews.com
5,914,807
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले पाँचौ समूहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को तालिममा सहभागीहरुलाई सम्मान गरेका छन् । सशस्त्र प्रहरी बलको हल्चोक स्वयम्भुमा आयोजित कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुनुकासाथै रिसर्चतर्फ समेत उत्कृष्ट भएका सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश बिक्रम शाहीलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ तथा ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरेका हुन् । सोही अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. कुशुम शाक्यले सशस्त्र प्रहरी नायव उपरीक्षक रमेश विक्रम शाहीलाई ‘वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरिन । सशस्त्र प्रहरी महानिरीक्षक खनाल र त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. शाक्यले एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गरेका थिए । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त कोर्ष सफलता पूर्वक सम्पन्न गरेका मध्यम तहका एपीएफ अधिकृतहरुले भोलिका दिनमा सांगठानिक जिम्मेवारी निर्वाहका क्षेत्रहरुमा पूर्ण व्यावसायिक भई कुशल क्षमता प्रदर्शन गर्ने विश्वास व्यक्त गरे । उनले एपीएफ कमाण्ड तथा स्टाफ कोर्षलाई सफलतापूर्वक संचालन गर्न गृहमन्त्रालय, त्रिभुवन विश्वविद्यालय लगायत सम्बद्ध अन्य विभिन्न निकाय तथा विज्ञहरुबाट प्राप्त सहयोग प्रति आभार प्रकट गरे । त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा.डा. शाक्यले शिक्षा आर्जन गर्न सधैंव सकृय रहनुपर्ने बताइन् । दक्ष अधिकृत उत्पादनमा एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष कोशे ढुंगा सावित रहने उनको विश्वास थियो । उनले दिक्षित अधिकृतहरुलाई कार्यक्षेत्रमा सफलताको कामना गरिन । गत साल भदौ १५ गतेबाट संचालित १६ महिना अवधिको सो कोर्षमा ४ जना सशस्त्र प्रहरी उपरीक्षक, १४ जना सशस्त्र प्रहरी नायव उपरीक्षक र १ जना प्रमुख अनुसन्धान अधिकृत गरी कुल १९ जना अधिकृतहरु सहभागी रहेका थिए । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकद्वय सनतकुमार बस्नेत र दुर्जकुमार राई लगायत गृहमन्त्रालय, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिती रहेको थियो ।
khabarhub.com
1,773,491
टिकटकमा सर्वाधिक मन पराइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे) को निधन भएको छ। उनको बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल विजुवार प्यूठानमा निधन भएको अस्पतालले जनाएको छ ।
nepalviews.com
3,446,449
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको निधनप्रति दुख व्यक्त गरेका छन् ।
drishtinews.com
5,813,640
चुनावअघिको अन्तिम कारोबार दिन बिहीबार सेयर कारोबारमा उत्साह छाएको छ । आगामी मंसिर ४ गते प्रतिनिधि र प्रदेशसभाको निर्वाचनपछि मात्र अब सेयर करोबार हुने भएकाले आज अन्तिम दिनको शेयर कारोबार हो ।  आज सेयर कारोबारमा लगानीकर्तामा उत्साह देखिएको छ । त्यस्तै, मंसिरमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर नबढ्ने निर्णय भएसँगै सेयर बजारमा हरियाली छाएको छ । यस दिन नेप्से परिसूचक र कारोबार रकम वृद्धि भएको छ । नेप्से परिसूचक २५.५७ अंकले वृद्धि भएको छ भने कारोबार रकम ८५ करोड ५९ लाख रुपैयाँले बढेको छ । नेप्से परिसूचक बुधबारको तुलनामा १.३४ प्रतिशतले वृद्धि भएर १९३६.८३ विन्दु कायम भएको छ । २२३ धितोपत्रको ४३ लाख ८४ हजार ४ कित्ता सेयर एक अर्ब ७१ करोड ५४ रुपैयाँमा खरिद–बिक्री भएको छ । बुधबार ८५ करोड ९४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो । आज सिक्लेस हाइड्रोपावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएर प्रतिकित्ता ३८८ रुपैयाँ ४० पैसा कायम भएको छ । त्यस्तै, सयपत्री हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३४७ रुपैयाँ ८० पैसा कायम भएको छ । सर्वाधिक रुपैयाँको सेयर कारोबार रिडी पावर कम्पनीको भएको छ । यो कम्पनीको १४ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।  आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक वृद्धि भएको छ । परिसूचक सर्वाधिक वृद्धि हुनेमा हाइड्रोपावर समूह रहेको छ । यो समूहको परिसूचक ३.१४ प्रतिशतले वृद्धि भएको छ ।
baahrakhari.com
2,572,001
दश वर्ष अघि 'नाइके'निर्देशन गरेका नेत्र गुरुङको निर्देशन रहने चलचित्र 'कडी'को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको चलचित्रको सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुहूर्त गरिएको हो । कार्यक्रममा संकृतीकर्मी तीर्थ श्रेष्ठले माइती घर चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै आज कडीको शुभमुहूर्त गर्न पाउँदा खुसी लागेको बताए । पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा धेरै चलचित्रहरु सुटिङ गरेको जानकारी गराए । हरेराम हरेकृष्ण जस्ता चलचित्रहरु पोखरामा नै छायाँकन गरिएको भनाई उनको छ । श्रेष्ठले नेपाली चलचित्र विश्वमाझ पुर्‍याइ आफूलाई स्थापित गर्न नसकेको प्रति दुःख व्यक्त गरे । यस्तोमा नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफूलाई अगाडि बढाउन र नेपाली चलचित्रको उन्नयनमा 'कडी'महत्त्वपूर्ण साबित हुनेमा विश्वस्त रहेको उनको भनाई थियो । कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे । उनले पोखराबाट बन्ने चलचित्रको शुभमुहूर्तमा सहभागी हुन पाउँदा खुसी लागेको बताए । चलचित्र निर्देशक घनश्याम लामिछानेले 'कडी' नेपाली चलचित्र क्षेत्रका लागि नौलो बन्नेमा आफू विश्वस्त रहेको बताए । दश वर्ष अगाडि बनाएको नाइके पछिको ग्यापलाई चिर्ने गरी कडी अगाडि बढोस् भन्दै उनले शुभकामना दिए । नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफूले कल्पना समेत नगरेको भनाई उनको छ । पोखरा आसपास छायाँकन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभमुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात 'कडी' छायाँकनमा जानेछ ।
ratopati.com
1,889,862
करिब डेढ सयभन्दा बढी बचतकर्ताको लगानी लिएर फरार भएको सानो पाइलाबाट बचत रकम पाउनका लागि बचतकर्ताहरूले प्रदर्शन गरेका हुन । वीरगञ्जका बचतकर्ताहरूको १ अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरी फरार रहेका सानोपाइला बचतका सञ्चालक जीबी (गितेन्द्रबाबु) राईसहित सञ्चालक र कर्मचारीहरूको पक्राउको माग गर्दै पीडित बचतकर्ताहरूले प्रदर्शन गरेका हुन । प्रचण्ड चिसोमा वीरगञ्जको टिबडेवाला धर्मशालामा भेला भएका पीडित बचतकर्ताहरूले विरोध जुलुस निकालेर वीरगञ्जमा प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘सानोपाइलाका सञ्चालक जीबीलाई पक्राउ गरी कारबाही गर्’, ‘बचतकर्ताको रकम फिर्ता गर्’, ‘बचतकर्ताको रकम टीभीमा लगानी गर्न पाइँदैन’ लगायतका नारासमेत लगाएका थिए । टिबडेवाला धर्मशाला परिसरबाट निस्किएको विरोध जुलुस नगर परिक्रमा गरी घण्टाघर चोकमा पुगेर विरोधसभामा परिणत भएको थियो । विरोधसभामा बोल्दै सहकारीपीडित संघर्ष समितिका संयोजक सुशील अग्रवालले बचतकर्ताको रकम फिर्ता गराउन मुख्य सञ्चालक जीबी राईसहितलाई अविलम्ब पक्राउ गर्न सरकारसँग माग गरे । उनले आगामी माघ २ गते जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्सामा ज्ञापनपत्र बुझाउने समेत बताए । आर्थिक मन्दीको समयमा जनताको अर्बौं रूपैयाँ रकम डुबे पनि जिल्लाका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यहरूले खासै सहयोग नगरेकोमा दुःखसमेत व्यक्त गरे । अर्कातर्फ लगभग ६ महिनादेखि बन्द रहेको सानोपाइलाको कार्यालयमा तालाबन्दी गरिएको छ । वीरगञ्जको आदर्शनगरस्थित उक्त सहकारीको शाखा कार्यालयमा बिहीवार वीरगञ्ज महानगरपालिकाले छ महिनादेखि बन्द रहेको सानोपाइलाको मूल ढोका शिल गरेको छ । महानगरपालिकाले उक्त सहकारीलाई पाँच महिना पहिला अर्थात् गत भदौ ४ मा नै समस्याग्रस्त सहकारी घोषणा गरेर त्यसका सञ्चालकहरूलाई पक्राउ गर्न नेपाल प्रहरीलगायतका सम्बन्धित निकायमा पत्राचार गरेको थियो । त्यस आधारमा अदालतले सानोपाइला सहकारीका संस्थापक एवं संरक्षक जीबी राई, वर्तमान अध्यक्ष अनन्तबाबु राई, उपाध्यक्ष सुनित श्रेष्ठ, सचिव देवेन्द्रबाबु राई, पूर्वसचिव तस्बिरन मियाँ, कोषाध्यक्ष कुमारलगायत १३ जनाविरूद्ध पक्राउ पुर्जी जारी गरेको थियो । तर, अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् । संघर्ष समितिका संयोजक अग्रवालका अनुसार उक्त सहकारीमा वीरगञ्जका करिब ८ सय साना तथा ठूला व्यापारिक घरानाको करिब १ सय ३५ करोड रूपैयाँ बचत छ । वीरगञ्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखामा सानोपाइलाका विरूद्ध एक सय १५ भन्दा बढी लिखित उजुरी परेको छ । यस्तै जिल्ला प्रहरी कार्यालय पर्सामा पनि ५२ वटा उजुरी परेको प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए । ती सबै उजुरीमा सहकारीले एक अर्ब रूपैयाँभन्दा बढी रकम हिनामिना गरी सदस्यहरूलाई फिर्ता नगरेको वीरगञ्ज महानगरपालिकाको सहकारी, रोजगार तथा उद्यम प्रवर्द्धन शाखा प्रमुख सुनिल कर्णले जानकारी दिए । काठमाडौंको कालीमाटीमा केन्द्रीय कार्यालय भएको सानोपाइला सहकारीको वीरगञ्जस्थित शाखा कार्यालयमा यसअघि गत असार १० गते पनि बचतकर्ता सदस्यहरूले प्रदर्शन गर्दै धर्ना दिएका थिए । यसले करिब तीन वर्षदेखि व्यवसायिक रुपमा पर्दाफास डटकम प्रकाशनगर्दे आइरहेको छ । यो नेपाली र अग्रेजी भाषामा प्रकाशन भइरहेको हो । पर्दाफास डट कम अपराध, सुरक्षा, कुटनीति, भ्रष्टाचार, न्याय, प्रशासन, व्यापार, खेलकुद, स्वास्थ्य, वातावरण र राजनीतिका भित्री खबर निरन्तर सम्प्रेषण गर्ने अनलाइन पत्रिका हो ।
pardafas.com
670,769
जिल्लाको पर्यटकीय गन्तव्य अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक जाने सडक पहिराले अवरुद्ध हुँदा पर्यटक बाटोमै रोकिएका छन् । अन्नपूर्ण–१० को सादिखोलामा गए राति १० बजे पहिरो गएपछि नयाँपुल–घान्द्रुक सडक अवरुद्ध हुँदा यातायात बन्द भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । सडक बन्द भएपछि पोखरादेखि घान्द्रुक हुँदै अन्नपूर्ण आधार शिविरसम्म जाने पर्यटक बीचबाटोमै रोकिएका हुन् । उनका अनुसार सडक अवरुद्ध भएपछि पोखरा हुँदै घान्द्रुक जाने सवारी साधनलाई बिरेठाँटीमै रोकिएको र घान्द्रुकबाट पोखरा फर्किनेलाई समेत सडक नखुल्दासम्म उतै रहन सूचना जारी गरिएको छ । प्रहरीले पहिरो हटाउन केही समय लाग्ने जनाएको छ । दसैैँको घटस्थापना सुरु भएपछि पर्यटकीय गन्तव्य घान्द्रुक जाने आन्तरिक पर्यटक ह्वात्तै बढेका थिए । कोरोनाका कारण लामो समय सुनसान बनेको घान्द्रुकमा अहिले आन्तरिक पर्यटक भरिभराउ भएको पर्यटन व्यवसायी किसम गुरुङले बताए । घान्द्रुक अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको महत्वपूर्ण पर्यटकीय गन्तव्य र अन्नपूर्ण आधार शिविर(एविसी) पदमार्गको मुख्य प्रवेशस्थल हो । आन्तरिक तथा बाह्य पर्यटक घान्द्रुक हुँदै टाढापानी, देउराली, घोरेपानीसम्म पुग्ने गरेका छन् । घान्द्रुकबाट छोमरुङ, सिनुवा, बम्बु, दोभान, हिमालय देउराली हुँदै माछापुच्छ«े आधार शिविर तथा अन्नपूर्ण आधार शिविर पुग्न सकिन्छ ।
lokpath.com
4,309,364
प्रतिनिधिसभा विघटन मुद्दामा बिहीबार संवैधानिक इजलासमा बहस गर्दै उनले राष्ट्रपतिले गरिसकेको निर्णयमा परमादेश जारी गर्न नमिल्ने दावी गर्नुभयो । ‘टेक्निकल्ली राष्ट्रपतिको निर्णयमा परमादेश जारी हुन सक्दैन । राष्ट्रपतिले गर्ने काम अदालतले गर्न सक्दैन’ उहाले भन्नु्भयो । खरेलले अदालतले प्रधानमन्त्री नियुक्त गर्ने परमादेश दिए राष्ट्रपतिले कार्यान्वयन नगरेमा समस्या हुने पनि बताउनुभयो । ‘ यो संसद्मा दलको मात्र नभई अरू पनि उपस्थित हुन सक्छन् भनेर यो व्यवस्था गरिएको हो भनेर तपाईंकाे तर्फबाट भनिरछन् । उपधारा ५ दल र सांसदको समर्थनमा हो भन्ने छ । यसको प्रस्ट व्याख्या गर्दिनुहोस् त ? उपधारा ५ ले दलको समर्थनसँगै अन्य सांसदको पनि समर्थन भनेकाे हाे । देउवाले माओवादी, नेपाली कांग्रेसको सदस्यको लिएर जानुभाको छ । अन्य सदस्यको पनि लिएर जानुभा’को छ । यसमा कहाँ गल्ती भयो ? देउवाले आफ्नो पार्टी र माओवादीको निर्णय लिएर जानुभएको छ । तर, अन्यको हकमा त्यस्ताे पत्र छैन । अन्य भनिएका सांसद स्वतन्त्र होइनन् । ती दलका सांसद हुन् । अहिले चार जना स्वतन्त्र छन् । २ काे व्यवस्थामा त उहाँले ठाउँ पाउनुहुन्न । २ मा स्वतन्त्र सांसदको भूमिका रहेन । ५ मा गएपछि त दल र स्वतन्त्र सांसदले ठाउँ पाए । अहिले उपधारा २ र ५ बीचको ठ्याक्कै भिन्नता के हो ? जसको दल हुन्छ, उसलाई दलको समर्थन चाहिन्छ । जसको छैन, उसलाई चाहिँदैन । यो राजनीतिक दलसम्बन्धी धारा ८९ बाट बनेको हो । संविधानका सबै धारा स्वतन्त्र हुन् । अरुसँग जोड्न त मिल्छ तर आफैँमा स्वतन्त्र हुन् नि त ! त्यसले गर्दा यो उपधारालाई यसरी अरुसँग जोडेर व्याख्या गर्न मिल्ला र ? जबकि दुवै पक्षबाट यो उपधारा संसारकै अनौठो भनेर भनिँदै आएकाे छ । पछिल्लो पटक ७६ (२) काे अवसर दिएकाे थियाे । त्यसमा विश्वासको मत नपाएपछि ७६ (३) मा गएको हो । अर्को पार्टी फोडेर प्रधानमन्त्री बन्न मिल्छ, एउटा दलबाट निर्वाचित भएर अर्कोलाई समर्थन गर्न मिल्छ र ? ए बाबा ! जो स्वतन्त्र सांसद छन् ती स्वतन्त्र रूपमा आउँछन् । तर, दलको सदस्य भने सांसदको रूपमा आए पनि दलको निर्णयमा आउँछन् । नाम नखुलेका, पद, दल नखुलेका र आधा दल यता, आधा उता भएका सांसदको भरमा शेरबहादुर देउवाले कसरी विश्वासकाे मत पाउलान् ? उनलाई समर्थन गरेका एमाले र जसपाका सांसदलाई भोलि ह्वीप लाग्यो भने विश्वासको मत पाउन सक्दैन भनेर राष्ट्रपतिले दाबी खारेज गर्नुभएको हो । राष्ट्रपतिले नै आव्हान गरेकाे सरकार गठनकाे दाबी उहाँले अस्वीकार गर्नुभयो । अब भोलि कुन सदस्यले भोट हाल्छ, कुनले हाल्दैन भनेर सहीछाप गराउनुपर्थ्यो ? वा यो विषय पनि राष्ट्रपतिले हेर्नुपर्थ्यो ? मेराे दलको सांसदले अर्कोलाई समर्थन गरेकाे छ, भाेलि म त्यसलाई कारबाही गर्न सक्छु भनेर दलले राष्ट्रपतिलाई पत्र पठाएका थिए श्रीमान् । पार्टीले जुन उजुरी दिएका छन्, त्यो उजुरी दिन पाउने कुरा संविधानमा, संघीय कानुनमा कतै उल्लेख गरिएको छ ? सांसदहरू यसरी अर्कोलाई समर्थन गर्न जालान् भनेर पनि त कल्पना गरिएको थिएन । ७६ काे ५ ले २ लाई कोट गर्छ । माओवादी केन्द्रले पनि कांग्रेसलाई समर्थन गरेको कुराले त्यही पुष्टि गर्छ । अनि कसैको हकमा दलको समर्थन भएको पत्र चाहिने, अरूको हाकम नचाहिने ? त्यसैले उपधारा ५ ले उपधारा २ अनुसार नै दलको समर्थन खोज्छ । प्रधानन्यायाधीशले धेरै प्रश्न गरेकाे भन्दै खरेलले भने, ‘श्रीमान्‌ले यस पटक निकै संयम गरिदिनुभयाे । प्रस्ट हुन पनि खोज्नुभयाे । अदालतले परमादेश जारी गर्न सक्दैन । राष्ट्रपतिले गर्ने निर्णयमा अदालतले पुनरावलोन गर्न सक्दैन । देउवाले बुझाएको हस्ताक्षरमा टिपेक्स लागेकाे छ । अस्वाभाविक हस्ताक्षर छन् । राष्ट्रपतिले आफ्नो मनको आधारमा प्रधानमन्त्री नियुक्त गर्ने होइन । ह्वीप त लाग्छ । आज एमाले, भाेलि अर्को पार्टी हुन थाल्यो भने के हुन्छ ? वरिष्ठज्यू अर्को पनि प्रश्न, ह्वीप लगाउनुपर्ने अनिवार्य छ र ? एमालेले भाेलि ह्वीप लगाएन भने अहिलेको हस्ताक्षर के हुन्छ ? ह्वीप त लगाउन पनि सक्छ, नलगाउन पनि सक्छ । ह्वीप त सांसदलाई अनुशासनमा राख्न लगाउने हो । ह्वीपमाथि संविधानसभामा ठूलो बहस भएको छ । ह्वीप दलको राइट हो । : संविधानले राष्ट्रपतिलाई संविधानकाे रक्षक भन्छ। तपाईंहरू राष्ट्रपतिको निर्णयमा न्यायिक पुनरावलोन हुँदैन भन्नुहुन्छ । तपाईंकाे विचारमा अदालत रेफ्री मात्र हो कि संविधानकाे अभिभावकत्व लिने पनि हो ? (घाँटी सफा गर्दै ) संविधानको अन्तिम व्याख्याता हो यो अदालत । यसले गरेका निर्णय सबैले मान्नुपर्छ । मान्दै पनि आएका छन् । : परमादेश जारी भयाे र राष्ट्रपतिले मान्नु भएन भने…हा हा ? : मान्छौँ तर परमादेश जारी हुन्छजस्तो मलाई लाग्दैन । त्यस्ताे हुँदैन श्रीमान् । अघिल्लो पटक संसद् पुनःस्थापना भएको हामीले मान्यौँ । तर, पुनःस्थापित संसदले काम गर्न सकेन । हामीले त्यतिखेर नै भनेका थियौँ- संसदले सरकार दिन सकेन भने आफैँ विघटन हुन्छ । त्यसैले अब यो रिट नै खारेज गर्नुपर्छ । खारेज गर्न धेरै केही गर्नुपर्दैन । यसो रिट हेर्दै जानुभयो भने अधिकार क्षेत्रभन्दा बाहिरकाे भने हुन्छ । अस्ति महान्यायाधिवक्ताले पनि यो कुरा भनिसक्नुभएको छ । (रमेश वडालले यो रिट नै गैरकानूनी भएको र यसबाट भएको आदेशकाे कानूनी प्रभाव शून्य हुने बताएकाे थिए) । : बहुदलीय शासन प्रणाली भनेको दलको शासन हो । यसमा दल नै प्रमुख हुन्छ । यो भनेको संसदको खेल हो । सरकार गठनको खेल भनेको संसदभित्र नै हुन्छ । त्यो खेलको खेलाडी भनेको संसदीय दल हुन्छ । खेल खेल्ने क्याप्टेन संसदीय दलको नेता हुन्छ । कमाण्डर दलको नेता भयो र कमाण्डरले जे भन्छ, त्यो मान्नैपर्ने हुन्छ । टिम छाड्न सक्नुहुन्छ तर टिममा बसेर टिमका विरुद्ध क्रियाकलाप हुन सक्दैन । दलको नेता कमाण्डर हुनुहुन्छ र त्योभन्दा बाहिर जान मिल्दैन । एउटा कमाण्डर एमालेका नेता केपी ओली भएको अवस्थामा शेरबहादुर देउवालाई मेरो कमाण्डर बनाइपपाऊँ भन्न मिल्दैन । टिम क्याप्टेन केपी ओलि हुँदाहुँदै आफ्नो टिमको क्याप्टेन परिवर्तन गर्न मिल्दैन भन्नुभयो राष्ट्रपतिले । सँगसँगै टिम छाड्न पाउनुहुन्छ तर त्यहीँ रहेर क्याप्टेन चेञ्ज गर्न सक्नुहुन्न भन्नुभयो । : प्रतिनिधिसभाका सदस्य पार्टीप्रति उत्तरदायी हुन्छन् । संसद्प्रति पनि उहाँकाे दायित्व हुन्छ । संसद् विघटन हुन थालेपछि उहाँहरूमा अधिकार हुन्छ हाेला नि त संसद् जोगाउने ? : दलको सदस्य भएपछि दलको निर्णय मान्नुपर्छ । : अस्ति ललित बस्नेतजीले यस विषयमा एउटा लिटरेचर पेस गर्नुभएको थियो,जसमा प्रधानमन्त्री बन्न सांसदको हस्ताक्षर भए पुग्छ भन्ने छ । सांसदको हस्ताक्षर भए अरू केही चाहिँदैन भन्ने छ ? महतो : ७६ (५) भनेको २ काे परिमार्जित रूप हो । ५ मा २ ले मूल्य थपेकाे हाे । अर्को टिमको खेलाडीलाई मेराे टिममा लिएर आयको छु भन्नु मान्य आधार होइन । ओली एमालेका क्याप्टेन हुन् । आफ्नो क्याप्टेन छाडेर अर्काको टिमबाट खेल्न जान पनि मिल्दैन । बरु टिम त्याग गर्न मिल्छ । अनि अर्को टिमको क्याप्टेनले पनि अर्काको टिमको खेलाडी लिएर खेल खेल्न पाउँदैन । खेलको नियम मान्नुपर्छ ।
abcnepal.tv
173,866
रातो पुलकी ज्योती अग्रवालले गत पुस २८ गते आफ्नो घर अगाडि स्कुटर पार्किङ गरेकी थिइन्। बेलुका करिब ८ बजे खाना खान माथिल्लो तलामा गइन्। १५ मिनटपछि फर्केर आउँदा उनको स्कुटर त्यहाँ थिएन। ‘घर अगाडिबाटै स्कुटर हराउला भन्ने सोचेको पनि थिइनँ। एकदमै तनाव भयो,’ उनले सेतोपाटीसगँ भनिन्। उनले तत्कालै प्रहरीमा जानकारी गराइन् र भोलिपल्ट महानगरीय ट्राफिक प्रहरी महाशाखामा उजुरी दिइन्। ‘ट्राफिक प्रहरीले हामी खोज्छौं तर पाउने सम्भावना थोरै छ भन्नुभयो। पाउने सम्भावना कम भए पनि झिनो आशा भने थियो,’ उनले भनिन्। अचानक शानिबार (हिजो) प्रहरीले स्कुटर भेटियो लिन आउनु भनेर फोन गरेपछि उनमा खुसीको सिमा रहेन। यो घटनाबाट उनले २ वटा कुरा बुझिन्। स्कुटर घर अगाडि पार्क गर्दा पनि लक लगाउनुपर्छ र स्कुटर हराएको थाहा पाउनेबित्तिकै रिपोर्ट गरे भेट्न पनि सकिन्छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाको प्राङ्गणमा चावहिलका विश्वराम दंगाल रोकेर राखिएको पल्सर मोटरसाइकलमा दंग परेर बसिरहेका थिए। उनको कहानी पनि ज्योतीको जस्तै छ। उनले सदाझैं गत पुस ८ गते पनि मोटरसाइकल आफ्नो पसलको छेउमा पार्किङ गरेका थिए। बेलुका करिब साढे ७ बजेतिर बाइकभित्र राख्न पसल बाहिर निस्किए तर त्यहाँ बाइक थिएन। उनले तत्कालै प्रहरीलाई फोन गरे। भोलिपल्ट प्रहरीबाट रिपोर्ट ल्याएर ट्राफिक महाशाखामा उजुरी गरे। भेटिने खासै आशा थिएन त्यसकारण ढिलो नगरी बीमाको लागि काम सुरू गरे। उनी ट्राफिकले भनेझैं ३५ दिनपछि बग्गी खाना पुगे। महाशाखा अगाडि आफ्नो बाइक देख्दा उनको खुसीको सिमा थिएन। ट्राफिकले उनलाई आज मोटरसाइकल लिन बोलायो। कागजपत्र हातमा लिदैं उनले ट्राफिक प्रहरीलाई धन्यवाद दिए। मोटरसाइकल हराउनु दोष उनी आफैंलाई दिन्छन्। ‘ह्यान्डिल लकको भरमा मोटरसाइकल सुरक्षित हुने होइन रहेछ। डिस्क लक, ह्विल लक पनि लगाउनु पर्ने रहेछ,’ उनले भने। आइतबार ज्योती र विश्वराम जस्ता २५ जनाले आफ्नो हराएको मोटरसाइकल फिर्ता पाए। महाशाखाको अनुसार हराएकोमध्य निकै थोरै मोटरसाइकल मात्रै भेटिने गरेको छ। २०७६ साउन १ गतेदेखि माघ २५ गतेसम्म १ हजार १८ मोटरसाइकल र स्कुटर हराएका थिए। जसमध्ये २ सय ६१ ओटा मात्र भेट्टिएर जिम्मा लगाइएको छ। त्यस्तै चोरीमा संलग्न ३० जनालाई अनुसन्धान अघि बढाइएको छ। विशेषगरी कुनै कार्यक्रम वा असुरक्षित स्थानमा पार्किङ गरिएका महंगा र लक तोड्न सजिलो मोटरसाइकल चोरी हुने गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम प्रसाद ढकालले जानकारी दिए। ‘यस्ता मोटरसाइकल गन्तब्यमा पुर्याउन सकेन भने बिचैमा छोडिदिने रहेछन्। त्यस्तै कतिपयले वर्कसपमा लगेर टुक्राएर पार्ट पुर्जा झिकेर बेच्ने, मोडिफाई गरेर ट्राफिकको उपस्थिति कम हुने गाउँमा पठाउने रहेछन्,’ उनले सेतोपाटीसँग भने। मोटरसाइकल चोरीबाट जोगाउन सवारी धनी सचेत हुनुपर्ने उनको तर्क छ। ‘गार्ड बस्ने पार्किङ, सिसि क्यामरा भएको स्थानमा पार्किङ गर्नुपर्छ। त्यस्तै ह्यान्डिल लकको मात्र भर नपरी अतिरिक्त लक प्रयोग गरियो भने मोटरसाइकल चोरीबाट जोगाउन सकिन्छ,’ ढकालले भने ।
setopati.com
1,145,929
नेकपा(एमाले)का सांसद भीमप्रसाद आचार्यले आइसिसी टि ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको भन्दै छानविनको लागि आयोग गठन गर्न माग गरेका छन् । बुधवार प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद आचार्यले आइसिसी टी ट्वान्टी प्रतियोगितामा आर्थिक अनियमितता भएको समाचारहरु आएका भन्दै छानविन गरी दोषिलाई कारबाही गर्न आयोग गठन गर्न माग गरे । ‘आइसिसी टी ट्वान्टी प्रतियोगितामा नेपाललाई हराउन गरिएको षड्यन्त्र, आर्थिक अनियमितता र भइरहेका जुन आरोप लागिरहेको छ’उनले भने,‘त्यो नेपालको शीर निहुँराउने भएको यस्तो गलत क्रियाकलापको सन्दर्भमा निष्पक्ष छानविन आयोग गठन गरेर सरकारले यथाशिघ्र छानविन गरोस् । दोषिमाथि कारबाही गरोस् भन्ने माग गर्न चाहन्छु ।’ उनले क्यानको नेतृत्वबाट अनियमितता भएको कुरा आएकाले छानविन गर्नुपर्ने बताए । उनले सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेर नेपाललाई हराउने षड्यन्त्र गरिएको बताए । उनले अनावश्यक मान्छेको नाम पनि टोलीमा राख्दा नेपालको प्रतिष्ठामा आघात पुगेको बताए । ‘टोलीको सर्वोत्कृष्ट खेलाडी सन्दीप लामिछानेलाई १५ सदस्यीय खेलाडीको टोलीमा समावेश नगरेका कारणले उनले भिसा पाएनन’् उनले भने,‘र जिताउन लाग्नुपर्ने क्यानको नेतृत्व राम्रो खेलाडीलाई हराएर किन टिम बनायो ? नेपाललाई हराउने खालको कि जिताउने खालको काम गरेको हो ? नेपालीहरुले प्रश्न गरिरहेका छन् । डाक्टरलाई कटाएर एकजना महिलाको नाम पठाइयो । आइसिसीले अस्वीकार ग¥यो । जसले गर्दा नेपालको प्रतिष्ठामा ठुलो आघात पारेको छ ।
makalukhabar.com
1,102,048
नारायणी नदीमा एउटा गैंडा मृत फेला परेको छ । चितवन रािष्ट्रय निकुञ्जका सूचना अधिकारी अशोक रामका अनुसार नवलपुरको भेलौजीमा गैंडा मृत फेला परेको हो । डुङ्गा गस्ती टोलीले अन्दाजी १५ वर्षको गैंडा मृत अवस्थामा फेला पारेको उनले जानकारी दिए । निकुञ्जको गजग्राह पोष्ट नजिक नदीमा डुबेको अवस्थमा फेला परेको गैंडाको खाग र खुर सुरक्षित रहेको रामले बताए । पछिल्लो एक सातामा चितवन राष्ट्रिय निकुञ्जमा तीन वटा गैंडा मृत भेटिएका छन् । यो आर्थिक वर्षमा ८ वटा गैंडा मृत भेटिएका छन् ।
makalukhabar.com
4,338,811
अमेरिकी दूतावासको विशेष सहयोगमा उक्त सार्वजनिक नीति कार्यक्रमको स्थापना भएको हो । कार्यक्रमको औपचारिक उद्‌घाटनमा अमेरिकी राजदूत टेपलेट्जले, प्रतिनिधिसभा सदस्य गगनकुमार थापा, अर्थशास्त्री डा. स्वर्णिम वाग्लेका साथै अन्य सरोकारवालाहरूको समेत उपस्थिति रहेको थियो । विद्यार्थी, शोधकर्ता, नीतिनिर्माता र निजी क्षेत्रका सरोकारवालाहरूलाई सहकार्यमार्फत शिक्षा दिने गरी तय गरिएका सार्वजनिक नीतिसम्बन्धी कोर्सहरू उक्त कार्यक्रममा समावेश गरिएका छन्। भविष्यमा नेपालको विकासमा सकारात्मक योगदान पुर्‍याउने जिम्मेवार नागरिक र नयाँ नेतृत्वपङ्‌क्ति तयार पार्नु नै अफ्नो प्रमुख लक्ष्य भएको दूतावासले बताएको छ। उक्त कार्यक्रमले कर्मचारीतन्त्र, गैरसरकारी संस्था र निजी क्षेत्रलाई अन्तरक्रिया गर्न, परिचित बन्न र आफ्नो पेशाबाहिरका विज्ञहरूका सुझावलाई अझै राम्ररी बुझ्नका लागि स्थान सिर्जना गर्न सहज हुने पनि दूतावासले जानकारी गरायो। आगामी केही वर्षमै सार्वजनिक नीतिसम्बन्धी अध्ययन पूरा गर्ने नेपालकै पहिला विद्यार्थीहरूलाई बधाई दिन पनि दूतावास उत्सुक रहेको दूतावासले बताएको छ। काठमाडौँ । प्रशान्त महासागरको मध्यभागमा अवस्थित टापु राष्ट्र किरीबाससँग नेपालले कूटनीतिक सम्बन्ध कायम गरेको छ काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ र पोर्चुगल । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डि सौसासँग नेपालसहितका आप्रवासी सङ्घसंस्थाका प्रतिनिधिले संयुक्त भेटवार्ता गरेका वासिङ्टन । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० वर्षीय युवकले गोली हानेको खुलेको छ ।
pariwartankhabar.com
726,150
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि लोगो, मस्कट, गीत रचना र नारा बनाउने सार्वजनिक सूचना निकालेको छ ।राखेपले आइतबार खुल्ला प्रतिस्पर्धाबाट लोगो, मस्कट, गीत रचना र नारा छनोट गर्न सूचना निकालेको हो । राखेपले वैशाख ११ गतेसम्म प्रस्ताव पेश गर्न आह्वान गरेको हो ।लोगोमा गण्डकी प्रदेशको समग्र प्रतिबिम्ब झल्कने, नवौं राष्ट्रिय खेलकुद झल्कने खेलकुद समेटिएको र शक्तिको प्रतिक भएको हुनुपर्ने बताईएको छ ।मस्कटमा गण्डकी प्रदेशको प्रख्यात जनावर तथा गीत रचनाका लागि बढीमा चार मिनेट हुनुपर्ने, राष्ट्रिय भावनाले ओतप्रोत भएको, खेल, खेलाडीको भावना समेटिएको हुनु पर्नेछ । छनोट भएका लोगोलाई ५० हजार रुपैयाँ, मस्कटलाई २५ हजार रुपैयाँ, गीत रचनालाई २० हजार रुपैयाँ र नारालाई १० हजार रुपैयाँ प्रदान गरिने उल्लेख छ । आगामी २२ देखि २८ जेठसम्म गण्डकी प्रदेशमा प्रतियोगिता हुँदैछ । गत साता बसेको मन्त्रिपरिषद्को निर्णयले प्रतियोगिता जेठ तेस्रो साता गर्ने निर्णय गरेको हो ।
brtnepal.com
5,428,330
धनकुटा नगरपालिका–१, हिलेका छविलाल सार्कीको घरमा अहिले जताततै मादल मात्रै देख्न पाइन्छ । घरको बाहिरी भाग होस् वा भित्री कोठा, कतै मादल झुन्डिएका छन् त कतै लडिरहेका छन् । कुनै बन्ने क्रममा छन् त कुनै बनिसकेका छन् । कुनै बनाउनका लागि कच्चा अवस्थामा छन् । ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा क्षेत्रमा आउने पर्यटकलाई पोर्टेवल अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । चाडपर्वको समयमा पनि नौंनी घिउ र चीज बिक्री नहुँदा इलामका डेरी व्यवसायीहरु चिन्तामा परेका छन् । ६ महिना यता स्टोरमै थन्क्याउन बाध्य भएका व्यवसायीले उपभोक्ताबाट दशैं–तिहारका बेला पनि अपेक्षाकृत ढङ्गले नौनी घिउ र चीजको माग नै नआउँदा समस्या भएको बताएका छन् । बडा दसैंको अवसरमा पाँचथरको फिदिम नगरपालिका १३ जेभालेस्थित पञ्चमी भञ्ज्याङमा आयोजित दशमी मेला फुटबल प्रतियोगिताको उपाधी सुकेटार फुटबल टिम लुङरुपाले जीतेको छ । ओखलढुङ्गा रामपुर निवासी अठहत्तर वर्षीय गणेश काफ्ले पुर्खाले जारी राखेको पौराणिक लोकसंस्कृति ‘बालन’ मासिने हो कि भनेर चिन्तित हुनुहुन्छ । समवयी उद्धव दाहाल ‘कटहरे माइला’ पनि लोकसंस्कार संरक्षण र प्रवद्र्धनप्रति युवा पुस्ताको वितृष्णा देखेर उत्तिकै चिन्तित हुनुहुन्छ । माटोको ढिस्कोले पुरेर मोरङमा एक जनाको मृत्यु भएको छ । घर पोत्ने माटो खन्नेक्रममा ढिस्को खसेर पुरिएर मोरङको बेलबारी नगरपालिका–१० का सुनिता राजवंशी आइतबार साँझ गम्भीर घाइते हुनुभएको थियो । दसैँको अवधिमा साढे २५ हजारभन्दा बढी भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । दसैँ अवधि अर्थात् घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् । भोजपुरको धार्मिक तथा पर्यटकीयस्थल टेम्केडाँडामा रहेको प्रसिद्ध टेम्केसिद्ध मन्दिर ओझेलमा परेको छ । समुद्री सतहबाट तीन हजार एक सय मिटर उचाइमा रहेको यो मन्दिर प्रचारसँगै संरक्षणको अभावमा ओझेलमा परेको हो । नेपालको औपचारिक भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस आज सगरमाथा क्षेत्रको अवलोकन भ्रमण गर्दै दिउँसो पोखरा जानुहुने भएको छ । बचतकर्ताको रकम घोटला प्रकरणमा लालुपाते बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड खोटाङको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । ताप्लेजुङमा पछिल्लो समय किवी फलको व्यावसायिक खेती गर्न थालिएको छ । किवीबाट राम्रो आम्दानी हुन थालेपछि किसानले व्यावसायिक खेती लगाउन थालेका हुन् । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना मुआब्जा निर्धारण नहुँदा अन्योलमा परेको छ । लामो समयसम्म पटक–पटक मुआब्जाका लागि छलफल भए पनि अहिलेसम्म निर्धारण हुन सकेको छैन ।
gorkhapatraonline.com
296,109
जाजरकोट नलगाड नगरपालिका–७ दल्लीमा निर्माण हुन थालेको नलगाड जलविद्युत् कम्पनीको सुरुङमार्गको काम रोकिएको छ। तीन सय ४५ मिटर लामो भूमिगत सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन विगत ३५ महिनादेखि काम सुरू भएकामा अहिले (रिप, रिङ) सुरुङभित्र माटो, ढुङ्गा अड्याउने साधन नहुँदा काम रोकिएको छ। एकतीस महिनाभित्र (डिपिआर) विस्तृत योजना प्रतिवेदन तयार पारेर कम्पनीलाई दिनुपर्ने हो तर निर्धारित अवधिमा छ महिना थपे पनि सो मिति सकिन लाग्दासम्म कामले गति लिनसकेको छैन। विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउन काम सुरू भए पनि मिति सकिन दुई महिना बाँकी रहँदासम्म १८५ मिटर मात्र निर्माण गरिएको आयोजनाका इञ्जिनियर पदम थापाले बताए। इञ्जिनियर थापाले भने, ‘डिपिआर तयार गर्न बारेकोट गाउँपालिकाको अँधेरीखोलामा चार वटा ६० मिटर गहिराइका प्वाल पार्नुपर्ने भए पनि अहिलेसम्म दुई प्वाल ४० मिटर गहिराइमा छेडिएको छ भने बाँकी दुई प्वाल २५ मिटर छेडिएको छ, ३५ मिटर अझै छेड्न बाँकी छ।’ स्मेक कम्पनीले सेन्चुरी कन्स्ट्रक्सन प्रालि सानेपा ललितपुरलाई भूमिगत प्वाल पर्ने जिम्मा दिएअनुसार काम भएको कन्स्ट्रक्सनका प्रमुख वसन्त डिसीले बताए। पचासभन्दा बढी माटो, ढुंगा अड्याउने (रिप, रिङ) मेसिन आवश्यकता पर्ने भएकाले सो मेसिन नहुँदा अहिले काम रोकिएको प्रमुख डिसीले जानकारी दिए। हप्ता दिनभित्र सबै रिप निर्माण हुने, त्यसपछि मात्र काम सुरू हुने बताए। निर्माणका लागि तोकिएको मिति आउन दुई महिना मात्र बाँकी रहँदासम्म धेरै काम बाँकी रहेकाले निर्माण हुन समस्या रहेको नलगाड सरोकार समितिका अध्यक्ष तथा सांसद गणेशप्रसाद सिंहले बताए। उनले भने, ‘काम निरन्तर नगर्दा र ढिलासुस्ती गरिरहेकाले तोकिएको मितिमा काम पूरा नहुने देखिन्छ, बाँधतिर जाने सडकदेखि सुरुङ निर्माणको काममा सम्बन्धित निकायको उदासीनताले जाजरकोटवासी दुखी हुनुपर्ने अवस्था सिर्जना भएको छ।’ नलगाड जलविद्युत् कम्पनी बाँध निर्माणस्थल (बारेकोट गाउँपलिका अँधेरीखोला) जानका लागि निर्माणकार्य भइरहेको सडक निर्माण व्यवसायीले गतिमा काम नगर्दा समस्या भएको सांसद सिंहले सदरमुकाम खलङ्गामा पत्रकार सम्मेलन गरेर जानकारी दिए। पहुँचमार्गको काम पूरा गर्न अझै कडा चट्टान भएको दुई किलोमिटरभन्दा बढी भूभाग बाँकी रहेको छ भने खारास्थित नलगाड नदीमा निर्माण हुने भनिएको पुल सुरू नै गरिएको छैन। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने भनी थालिएको काम पाँच वर्ष बित्न लाग्दासम्म पूरा हुन नसकेको सांसद सिंहले बताए। बारेकोट गाउँपालिकाको अँधेरीखोलामा जलाशययुक्त बाँध निर्माण गरी भूमिगत सुरुङमार्फत् नलगाड नगरपालिका–७ दल्लीमा विद्युत् उत्पादनगृह निर्माण गर्ने लक्ष्य लिइएको छ । कालीमाटी खन्टाकुरा, सिके हुँदै अँधेरीखोला सडकको लम्बाइ साढे २२ किलोमिटर र कालीमटी, खारा, लैखम हुँदै अँधेरीखोलाको लम्बाइ साढे १० किलोमिटर रहेको कम्पनीले जनाएको छ । बाँधस्थल अँधेरीखोलादेखि दल्ली विद्युत् उत्पादनगृहसम्मको सुरुङमार्गको लम्बाइ आठ किलोमिटर निर्माण गर्नुपर्ने प्राविधिक अनुमान रहेको छ ।
setopati.com
4,452,895
नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षाले २०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा र ब्याज दायित्वको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरेको छ । यस्तै साना तथा मझौला उद्यमीको लागि २०७९ पुस मसान्तसम्म सक्रिय वर्गमा रहेको २ करोडसम्मको कर्जालाई उद्योग व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी २०८० असार मसान्तभित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने बनाइएको छ । यस्तै बैंक तथा वित्तीय संस्थाको कर्जाको गुणस्तरलाई थप सुदृढ बनाउन कर्जा वर्गीकरण तथा नोक्सानी व्यवस्थाअन्तर्गत निष्कृय वर्गमा वर्गीकृत भएको कर्जा नियमित हुनासाथ असल एवम् सूक्ष्म निगरानी वर्गमा वर्गीकृत गर्ने लगायतका व्यवस्थालाई प्रभावकारी बनाइएने राष्ट्र बैंकले जनाएको छ ।
spacesamachar.com
6,246,180
नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले एमालेलाई एक्ल्याउने प्रयासका बाबजुद सार्वजनिक भएको नतिजाले पार्टी उत्साहित भएको बताएका छन् । मंगलबार बिहान काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, 'हामीलाई एक्ल्याउने प्रयासको दृढतापूर्वक सामाना गर्‍यौं । पूर्ण नतिजा आउनै बाँकी छ तर सार्वजनिक परिणामले हामी उत्साहित नै छौँ ।'  चुनावपछिको वाम गठबन्धनका विषयमा नेम्वाङले मूल्य र मान्यतामा आधारित गठबन्धन बनाउन छलफल भइरहेको बताए । 'गठबन्धनको संसदीय मूल्य र मान्यता मिल्ने शक्तिबीच हुनुपर्छ नभए मुलुकलाई फाइदा पुग्दैन भन्ने हाम्रो नीति छ । अहिले नै बोल्नु हतारो हुन्छ तर यसमा छलफल भइरहेको छ,' उनले भने । संसदका विषयमा भने कुनै पनि नयाँ निष्कर्षमा नपुगिएकाले अवरोधलाई कायमै राख्ने संकेत नेम्वाङले गरेका छन् ।
shilapatra.com
2,124,228
तपाइको केहि वाक्य निकै मन पर्यो , जुन वास्तविक पनि हुन् , जस्तो “अपराधीलाई माफ गर्ने कि त अपराधीकै चाहना हुन्छ कि षड्यन्त्रकारीको। जनताको चाहना त जवाफदेहिता र न्यायिक समाजको हुन्छ ।
mysansar.com
5,892,619
संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपालमा हुने भनिएको आईफा अवार्ड रोक्न निर्देशन दिएको छ । भदौ दोस्रो साताका लागि आयोजना हुने भनिएको अवार्ड रोक्न समितिले निर्देशन दिएको समिति सचिव सुरजकुमार दुराले जानकारी दिए । मंगलबार बसेको समितिको बैठकले विवादमा तानिएको आईफा अवार्डको कार्यक्रम रोक्न सरकारलाई निर्देशन दिएको हो । समितिमा उपस्थित सबै सांसदहरुले अवार्डको विपक्षमा भनाई राखेका थिए । सांसदहरु यसको विरोधमा उत्रिएपछि सभापतिले अवार्ड रोक्न निर्देशन दिएको सचिव दुराले जानकारी दिए । समितिका सदस्यसमेत रहेका सांसद दिव्यमणि राजभण्डारीले भने, ‘नेपाली जनतालाई आर्मी अफिसर्स क्लब छिर्न नदिने, भारतीय कलाकार आएर नाच्दा सेनाले सुरक्षा दिने ?’ सांसद राजभण्डारीले सलमान खान नेपाल आउने भनिएपनि सुरक्षाको कारण देखाएर नआएको भन्दै उनले आईफाका लागि समेत नेपाल नआए समस्या हुनेभन्दै रोक्न निर्देशन दिएको बताए । समिति सचिव दुराले आईफा अवार्ड रोक्न निर्देशन दिएको पुष्टि गरे । उनले भने,‘सबै माननीय सदस्यहरुले आईफा अवार्डको विरोध गरेपछि समितिले रोक्न निर्देशन दिएको हो ।’ उनले अवार्ड कार्यक्रम रोक्न निर्देशन दिने समितिको निर्णयमा सर्वसम्मत भएको समेत जानकारी दिएका छन् ।
khabarhub.com
5,434,693
जाजरकोटका पाँच वटा स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन भएका छन् । भेरी नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, कुसे गाउँपालिका र जुनीचाँदे गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।
gorkhapatraonline.com
4,777,076
दोलखामा सत्ता गठबन्धनले बुथ कब्जा गरेर एकलौटी गरेको आरोपमा नेकपा एमालेले पुनः मतदानको माग गरेको छ । दोलखा निर्वाचन क्षेत्र नं. १ मा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बालकृष्ण शिवाकोटीले पुनः मतदानको माग गरेका हुन् । उम्मेदवार शिवाकोटीले गठबन्धनका नेता कार्यकर्ताले मतदान स्थलमा हातपात गरेर बुथ कब्जा गरेको दाबी गरेका छन् ।
nepalpress.com
2,325,385
नेकपा एमालेको १० औं महाधिवेसनवाट प्रभु साह केन्द्रिय सदस्यमा निर्बिरोध भएका छन ।केन्द्रिय निर्वाचन आयोगले जारी गरेको प्रारम्भिक सुचना अनुसार प्रदेश २ वाट खुल्लातर्फ पुरुष ६ जना र महिला ३ जना गरी ९ जनाको कोटामा थप उम्मेदवारी नपरे पछि साह केन्द्रिय कमिटीमा बिजयी हुने भएका हुन । प्रदेश २ का अन्य ९ जना पनि निर्विरोध केन्द्रिय सदस्य चयन हुने भएका हुन । प्रदेश–२ वाट पुर्व माओवादी नेता साहसहित अरबिन्द सिंह, उपेन्द्र साह, राजकुमार लेखी, लिलनाथ श्रेष्ठ, सुमन प्याकुरेल पुरुष कोटावाट केन्द्रिय कमिटीमा पुग्ने भएका छन भने महिला कोटावाट कल्पनाकुमारी कटुवाल, रञ्जना सरकार र रेखा कुमारी झा रहेका छन । यद्धपी, औपचारिक रुपमा केन्द्रिय निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।उपेन्द्र साह माओवादी परित्याग गरी एमालेमा आएका नेता हुन भने लेखीले केही समय अघि मात्रै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरी एमालेमा प्रवेश गरेका थिए ।
dcnepal.com
1,203,266
११ पालिका रहेको स्याङ्जामा कांग्रेस र एमालेका बराबर(११/११) जना पालिका सदस्य निर्वाचित भएपछि गोलाप्रथाद्धारा पदाधिकारी छान्ने सहमति बनेको थियो। गोलाप्रथामा नेपाली कांग्रेसलाई प्रमुखसहित ४ सदस्य र नेकपा एमालेलाई उपप्रमुखसहित ५ सदस्य चिट्टा परेको हो। नेपाली कांग्रेस ४ नगरपालिकाको प्रमुख र ५ उपप्रमुखसहित एक गाउँपालिकामा अध्यक्ष, उपाध्यक्षमा विजयी भएको थियो। यसैगरी ५ गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षसहित एक नगरपालिकाको प्रमुखमा नेकपा एमाले विजयी भएको थियो। नेपाली कांग्रेसले जिल्ला समन्वय समिति स्याङ्जाको प्रमुखमा श्रीप्रसाद जिटी र ३ जना सदस्यको उम्मेदवारी दर्ता गरेको हो। अरु सदस्यमा नेमबहादुर राना, सरस्वती बगाले र गीता खाँण रहेका छन्। प्रमुखसहित उनीहरु क्रमश: पुतलीबजार, पुतलीबजार, वालिङ् र चापाकोट नगरपालिकाका हुन्। यसैगरी नेकपा एमालेले उपप्रमुखमा खड्कराज सुवेदी र अन्य सदस्यमा कृष्णप्रसाद सुबेदी, भोजबहादुर दर्लामी, निरमाया पराजुली र निर्मला सार्की छन्। गोलाप्रथाबाट कांग्रेसले प्रमुखसहित ४ सदस्य र एमालेले उपप्रमुखसहित ५ सदस्य लिनेगरी सहमति बनेको थियो। यहाँका ११ पालिकामा प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमा कांग्रेस र एमालेले ११/११ वटा पदमा विजयी भएपछि जिल्ला समन्वय समितिको प्रमुखको लागि गोलाप्रथाबाट चयन गर्नुपर्ने भएको थियो। प्रमुखका उम्मेदवार रहेको जिटी कांग्रेस स्याङ्जाका पूर्व सभापति हुन्। प्रजातन्त्र स्थापनाका लागि पटक–पटक जेल जीवन बिताएका उनी स्याङ्जा बम काण्ड मध्येका एक साक्षी र वीपी कोइरालासंगै उनीमाथि तत्कालिन राज्यसत्ताले विभिन्न मुद्धा लगाएको थियो ।
annapurnapost.com
4,208,143
नेकपा एकीकृत समाजवादीका 'सम्मानित नेता' झलनाथ खनालले अहिलेको निर्वाचन प्रणालीलाई थोत्रो पुँजीवादी निर्वाचन प्रणाली भएको बताएका छन्। पार्टीले आयोजना गरेको 'समाजवादी जागरण अभियान'का क्रममा सोमबार इटहरिमा सम्बोधन गर्दै उनले संविधान बनाउँदा हामीले त्यसलाई बहन गर्न बाध्य भए तापनि त्यसलाई सधैं समर्थन गर्न नसक्ने बताए। 'अहिलेको निर्वाचन प्रणालीले पुँजीपति, पुँजीका धोक्रा भएकाहरूलाई मात्रै चुनावमा जित्ने स्थिति बनाउँछ। जसको सत्तामा प्रभाव छ, जसले विभिन्न खालका षडयन्त्र गर्न सक्छ। त्यस्तालाई चुनाव जित्ने आधार दिन्छ निर्वाचन प्रणालीले। तर यो निर्वाचन प्रणालीलाई हामी सधैं समर्थन गर्न सक्दैनौँ। यसलाई उपयोग गर्दै आइरहेका छौँ। तर यसलाई बदल्नुपर्ने आवश्यकता छ। फेर्नुपर्ने आवश्यकता छ। परिष्कृत गर्नुपर्ने आवश्यकता छ', उनले भने। सम्बोधनको अधिकांश समय पुँजीवादलाई कटाक्ष गर्न खर्चिएका खनालले भ्रष्टाचार नगरी पुँजीवाद एक सेकेन्ड पनि बाँच्न नसक्ने दाबी गरे। 'पुँजीवाद भनेको भ्रष्ट व्यवस्था हो। पुँजीपति वर्गले हाम्रा श्रमिकहरूको शोषण नगरीकन एक सेकेन्ड पनि बाँच्न सक्दैन। त्यसैले पुँजीवाद भनेको शोषणको व्यवस्था हो। पुँजीवाद भनेको श्रमिकहरूको रगत पसिना खाने व्यवस्था हो। त्यसैले पुँजीवादबाट हाम्रो देशको अग्रगति सम्भव छैन', उनले भने। खनालले आफूहरू पुँजीवादी शोषण र अन्यायको व्यवस्थालाई अन्त्य गर्दै समाजवादको दिशामा अगाडि बढ्न चाहेको बताए। 'हामीले भ्रष्टाचारलाई अन्त्य गर्ने हो भने भ्रष्टाचार गर्नै नपर्ने, मनै नलाग्ने व्यवस्था ल्याउन सक्नुपर्छ', उनको भनाइ छ, 'त्यो व्यवस्था भनेको समाजवादी व्यवस्था मात्रै हो।' खनालले पुँजीवादी व्यवस्थाभित्र शोषणको अन्त्य नहुने बताए। जसरी पनि मुनाफा कमाऊ भन्ने नै पुँजीवादको कुरा भएको उनले बताए। 'पुँजीवादले तस्कर र अनेक प्रकारका कालाबजारी पाल्छ', उनले भने, 'पुँजीवादको विकृतिबाट मुक्ति पाउने एउटै मात्र बाटो समाजवाद हो।' खनालले समाजवादी व्यवस्थाको वकालत गरेका थिए। 'समाजवाद भनेको शोषणलाई समाप्त पार्ने व्यवस्था हो। समाजवादमा मान्छेले मान्छेलाई शोषण गर्न पाउँदैन। समाजवादमा एक वर्गले अर्को वर्गलाई शोषण गर्न पाउँदैन। शोषणलाई समाप्त गर्ने व्यवस्थाको नाम हो, समाजवाद। त्यसैले हामी त्यो आदर्श बाटोतर्फ अगाडि बढ्न चाहन्छौँ', उनले भने। नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई मा पठाउनु होला ।
nepallive.com
3,376,381
दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्मास्थित बर्मीका रामबहादुर सार्कीको घरमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ । उनले आगलागीबाट जस्तापाताले छाएको तीनतले घर, नगद रु एक लाख ५० हजार, डेढ तोला सुन, १४ तोला चाँदी, जग्गा धनीपुर्जासतिहका कागजात, लत्ताकपडा, भाँडाकुडा, अन्नपानी, काठपातलगायतका सामग्री जलेर नष्ट भएको बताए । आफन्तले दिएको ओढ्ने–ओछ्याउने लिएर मतानमा बास सरिएको आगलागी पीडित रामहादुरले गुनासो गरे । ‘घरमा भएका सम्पूर्ण सामग्री जलेर खरानी भयो । ऋण तिर्न भनेर तयार गरेको एक लाख ५० हजार नगदसमेत जल्यो । हिले बस्ने बासकै टुङ्गो छैन । हामी त जसरी पनि बस्थिम । सुत्केरी बुहारी र नाबालक नातिको विचल्ली भयो,’ उनलले भने, ‘राहतका लागि आज वडा कार्यालय टेम्मा गएर निवेदन दिएको छु । यो बेला सबैले सहयोग गरिदिनुहोला !’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले आगलागी पीडितलाई सहयोग गरिन लागेको जानकारी दिए । यसैबीच आगलागीको उच्च जोखिममा रहेको खोटाङमा प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत जिल्लाका दशवटै स्थानीय तहमा आगलागी नियन्त्रणसम्बन्धी जनचेतनामूलक अभियान सञ्चालन गरिरहेको छ । अभियानका क्रममा प्रहरीले विद्यालय, हाटबजार, मन्दिरलगायतमा जनचेतनामूलक कार्यक्रम गर्दै आगलागीका घटना हुन नदिन तथा भएमा बच्ने उपायका बारेमा जानकारी दिने गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले जानकारी दिए । विद्युत् र ग्यासको पहुँच नभएका ग्रामीण बस्तीमा टुकी, अँगेनामा बालिएको आगो ननिभाइ छाड्नु आदि कारणले समेत आगलागी भएको पाइएको प्रहरीले जनाएको छ । बजार क्षेत्रका बस्तीमा भएको आगलागीको मुख्य कारण भने विद्युत्, ग्यास सिलिन्डर पड्कनु, ग्यास चुहावट हुनु र धुप बाल्ने चलनलगायतका कारण रहेको बताइएको छ । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद नेपालीमा उखानै छ- हात्ती आयो, हात्ती आयो फुस्सा । यो उखान नेपाली राजनीतिमा रवि लामिछानेसँग नेपालमा बडो विचित्रको राजनीति चल्छ । कोही पनि प्रतिपक्षको बेन्चमा बस्न तयार छैनन् । अनेक काठमाडौं । गृह मन्त्रालयले प्राविधिक प्रहरी निरीक्षक (इन्स्पेक्टर) डा पवन श्रेष्ठलाई सात दिनभित्र कार्यालयमा हाजिर काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका बहुचर्चित फरार अभियुक्त बेचन झा पक्राउ परेपछि नयाँ समीकरण काठमाडौं । तस्करलाई सघाएको आरोपमा मोरङको सशस्त्र प्रहरी प्रमुख एसपी विश्व खड्कामाथि आन्तरिक छानबिन सुरु काठमाडौं । सशस्त्र प्रहरी बल २७ नं. गण रुपन्देहीमा कार्यरत रहेका एसपी आनन्द थापा मगरले काठमाडौं ।
drishtinews.com
5,640,067
दैलेखमा ५० वटा पीसीआर र ५० वटा आरडीटी मात्र बाँकी रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकल पर्सन थीरप्रसाद रेग्मीले जानकारी दिनुभयो । आइतबारसम्म दैलेखमा ३८ सय ९७ जना नागरिक क्वरेण्टीनमा छन् । आइतबारमात्र ११ सयभन्दा बढी नागरिक जिल्ला भित्रिएकाे रानीमत्ता प्रहरी चौकीका इञ्चार्ज असई इन्द्रलाल गिरीले जानकारी दिनुभयो । 'जिल्ला भित्रिने क्रम राेकिएकाे छैन, ५० वटा किटले के गर्नु ?' स्वास्थ्य प्रमुख डा. निरञ्जन पन्त हैरान हुनुहुन्छ । दिनहुँ भारतबाट नागरिक ओइरहेको अवस्थामा पीसीआर किटको अभावमा परीक्षणमा अवरोध पुगेको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले बताउनुभयो । १५ दिनअघि पाँच हजार पीसीआर किट मागिएको तर अझै नआइपुगेकाे कटेलले गुनासाे गर्नुभयो । कर्णाली प्रदेशको कोरोना 'इपिसेन्टर' भनिएको दैलेखमा ४० हजार नागरिकहरु भारतमा मजदुरी गर्दै आएको सर्वेक्षणबाट थाहा भएको र ३० हजार जति नागरिकहरु १० दिनभित्र आउने आँकलन गरिएको जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले जानकारी दिनुभयो । भारतमा मजदुरी गर्न गएका दैलेखका युवा फर्किने क्रम पनि बढेको र कर्णालीको पहिलो कोरोना सङ्क्रमित पनि दैलेखमै देखिएको कारण स्थिति भयावह हुन सक्ने जानकारीसहित सङ्घीय सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गराइएको प्रतिनिधि सभाका सांसद पार्वती बिशुन्केले बताउनुभयो । सुन्ने तर काम नगर्ने सरकारको शैलीले जनतामा सास्ती भएको उहाँले टिप्पणी गर्नुभयो । कर्णाली प्रदेश प्रयोगशालाले किट पठाउँदै आएकोमा दैलेखमा अत्याधिक माग बढेको कारण कोरोना भाइरस जाँच्ने किट अब प्रदेशले व्यवस्थापन गर्न नसक्ने अवस्था भएको बताइएकाे छ । जसकाे कारण पालिकाहरु आफैले किट किनेर ल्याउने, नोजल स्वाब सङ्कलन स्वास्थ्य सेवा कार्यालय सङ्कलन गर्ने र कर्णाली प्रदेश प्रयोगशालामा परीक्षण गर्ने गरी छलफल अगाडि बढेको प्रयोगशालाकी निर्देशक डाक्टर रीता भण्डारीले जानकारी दिनुभयो । केन्द्र सरकारले प्रदेशमा पठाउने, प्रदेशले पालिका पठाउने गरिएकाे कोरोना भाइरस जाँच्ने किट अब पालिकाले नै व्यवस्थापन गर्ने जिम्मा थुपारि दिएपछि प्रतिकिट तीन सय जति पर्ने जानकारीकाे आधारमा खरिद प्रक्रिया थाल्ने तयारी भएको नारायण नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले बताउनुभयो । प्रदेशको उच्च जोखिममा रहेको दैलेखमा पीसीआर किट व्यवस्थापन गर्न नसक्नु पालिका, स्वास्थ्य सेवा कार्यालय, प्रशासन, प्रदेश र केन्द्र सरकारका निकायहरुको अक्षम्य त्रुटि भएको नेपाल मजदुर किसान पार्टीका जिल्ला सचिव लक्ष्मीकुमार बिकको टिप्पणी छ । २/३ दिनमा पीसीआर परीक्षण नभए क्वरेण्टीनमा आन्दोलन हुन सक्ने उहाँले बताउनुभयो । जिल्लाका ११ पालिकाका ९० वडामा जिल्लाभर आठ सय ६७ जनाको मात्र बेड व्यवस्था गरिएकाे क्वरेण्टीनमा खानेपानी, शौचालय असुविधा र सुत्नको लागि ठाउँको अभाव भोगिरहेका नागरिकहरुको स्वास्थ्य परीक्षण र जाँच गर्न नसके उनीहरुमा मानसिक तनाव थपिन सक्ने टीपीओका नारायण नगरपालिका मनोविमर्शकर्ता सीता चौधरीको भनाइ छ ।
ujyaaloonline.com
843,013
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले पर्सामा एक साता निषेधाज्ञा लगाउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरेको छ ।डीसीसीएमसीको मंगलबार मध्यान्ह बसेको बैठकले कोभिड १९ को बढ्दो संक्रमणलाई तत्काल रोकथाम तथा नियन्त्रण गर्न आवश्यक देखिएकोले वैशाख १६ गते बिहान ४ बजेदेखि वैशाख २२ गते राति १२ बजेसम्म निषेधाज्ञाको आदेश जारी गर्न प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गर्ने निर्णय गरेको हो । सीमा नाकाबाट नेपाल प्रवेश गर्ने यात्रुहरुको व्यवस्थापनका लागि वीरगन्जस्थित ठाकुरराम क्याम्पसको भवनमा नेपाली सेनाको नेतृत्व र व्यवस्थापनमा सम्बद्ध सबैको सहयोग र समन्वयमा होल्डिङ सेन्टर/आइसोलेसन सेन्टर स्थापना गरी सञ्चालनमा ल्याउने निर्णय भएको छ । यसका लागि प्रदेश २ सरकार, स्थानीय सरकार र विभिन्न स्थानीय संघ संस्थासँग सहयोगका लागि अनुरोध गर्ने निर्णय गरिएको छ । विदेशबाट आएका आफ्ना पालिकाभित्रका नागरिकहरुलाई १० दिन अनिवार्य रुपमा सामुदायिक आइसोलेसन सेन्टर वा होम आइसोलेसनमा अनिवार्य रुपमा राख्ने व्यवस्था सम्बन्धित स्थानीय तहले मिलाउने छन् । हाललाई कम्तिमा २ सय बेड क्षमतासम्मको कोभिड १९ संक्रमितको उपचारका लागि ‘डेडिकेटेड’ अस्पताल स्थापना एवं सञ्चालन गर्ने व्यवस्थाका लागि प्रदेश नम्बर २ सरकारलाई अनुरोध गर्ने निर्णय पनि भएको छ । वीरगन्जस्थित नेशनल मेडिकल कलेजलाई सरकारले तोकेको मापदण्डभित्र रही कोरोना संक्रमितको उपचार गर्न अनुरोध गर्ने डीसीसीएमसीले निर्णय गरेको छ ।
ekantipur.com
1,471,420
ऐन बनेको तीन वर्षपछि पहिलो पटक वातावरण संरक्षण तथा जलवायु परिवर्तन राष्ट्रिय परिषद्को बैठक आउने साता बस्दै छ। वातावरण संरक्षण ऐन, २०७६ ले जलवायु परिवर्तन तथा वातावरण संरक्षणका लागि प्रधानमन्त्रीको अध्यक्षतामा परिषद्को गठन गर्ने व्यवस्था गरे पनि ऐन बनेको लामो समय बित्दा पनि परिषद्ले पूर्णता पाएको थिएन । गत भदौ २१ गते सरकारले यो परिषद् मा रिक्त सदस्यको नियुक्ति गरेको थियो। कात्तिक २० गतेदेखि इजिप्टमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२७) आयोजना हुन लागेको सन्दर्भमा त्यसअघि नै परिषद्को बैठक बस्ने लागेको हो। यो बैठकमा कोप–२७ का लागि नेपालको तयारीबारे छलफल तथा जलवायु अनुकूलन तथा न्यूनीकरणका लागि थप अन्तर्राष्ट्रिय वित्तीय लगानी भित्र्याउने रणनीति तथा कार्यायोजनालाई अनुमोदनको तयारी भइरहेको सम्बद्ध अधिकारीले बताएका छन्। प्रधानमन्त्रीका वातावरण तथा जलवायु सल्लाहकार तथा परिषद् सदस्य डा. माधवबहादुर कार्कीका अनुसार सोमबार बस्ने परिषद्को बैठकमा चारवटा विषय प्रस्तुत गरिनेछ ।
kendrabindu.com
2,973,735
जनकपुरमा प्रत्येक वर्षझै यस वर्ष पनि भव्य रूपमा वैवाहिक कार्यक्रमहरूको आयोजना गरी रामजानकी विवाह महोत्सव मनाइँंदै छ। विवाहपञ्चमी हरेक वर्ष मंसिर शुक्लपञ्चमी तिथिमा मनाउने गरिन्छ। महोत्सवअन्तर्गत जनकपुरको राममन्दिरबाट भगवान रामको रथसहितको जन्ती र जानकी मन्दिरबाट सीताको रथ बाह्रविघा मैदानमा लगरे स्वयम्बर गरिन्छ। त्यसपछि दुवै रथलाई जानकी मन्दिर पुर्याइ बेलुकी वैदिक परम्पराअनुसार रामजानकीको विवाह गरी विवाह महोत्सव सम्पन्न गर्ने चलन छ। विवाहपञ्चमी महोत्सवको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज पाँचौं दिन जानकीको मटकोर सम्पन्न भएको छ ।
newsofnepal.com
434,270
पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहिबार देशभर आंशिक सामान्य बदली रही धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभाव कायमै रहेको र प्रिमनसुनी गतिविधि सक्रिय भएकाले बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ । अहिले प्रिमनसुनका साथै पश्चिमी वायुको प्रभाव रहेकाले बदलीसँगै वर्षा भइरहेको मौसमविद्को भनाइ रहेको छ । मौसमविद् अर्याललका अनुसार नेपालको पश्चिमी भूभागबाट पश्चिमी वायु विकसित हुने क्रममै रहेकाले देशभरको मौसममा सुधार आउन अझै केही दिन लाग्ने छ । बिहिबार बिहान केही समय मौसम खुले पनि अपराह्नपछि देशभर बदली भई वर्षाको सम्भावना रहेको बताइएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन निकालेर विगत केही दिनदेखि नेपालमा रहेको पश्चिमी वायु अझै सक्रिय हुने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको हो । हाल देशको पहाडी भूभागमा सामान्य र तराई भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । राति देशभर आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । भोलि देशका मध्य र पूर्वी भूभागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पूर्वी भूभागका केही स्थानमा र पश्चिमी पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको छ । यसका साथै भोलि पहाडी भूभागमा हावाहुरीको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लौ विवरणअनुसार बिहिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव सात डिग्री सेल्सियस रहेको छ । बिहिबार सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम १७ दशमलव छ डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ ।
hamrakura.com
3,974,593
सत्तारुढ दल नेपाल कम्युष्टि पार्टी (नेकपा) को जारी स्थायी कमिटी बैठकमा थप रणनीति बनाउनको लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल समूहका नेताहरु भेला भएका छन् । ललितपुरको झम्सिखेलमा रहेको अगेनो रेष्टुरेन्टमा दाहाल-नेपाल समूहका नेताहरु भेला भएका हुन् । भेलामा सचिवालय सदस्यसमेत रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पनि सहभागिता रहेको स्रोतको दाबी छ । गत बुधबारदेखि सुरु भएको नेकपा स्थायी कमिटी बैठकमा दाहाल-नेपाल समूहका नेताहरुले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । उनीहरुले ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग जोडदार रुपमा अघि सारेका छन् । कतिसम्म भने स्थायी कमिटीको बैठकमा पूर्व माओवादी खेमाका सदस्यहरुभन्दापनि पूर्व एमालेकै नेताहरुले ओलीको आलोचना गरेका छन् । ओलीबाट अब सरकार र पाटी दुवै चल्न नसक्ने अध्यक्ष दाहाल, बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलानाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको निश्कर्ष छ । दाहाल-नेपाल समूहको भेलामा गृहमन्त्री थापापनि सहभागी भएको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यसअघि सचिवालय बैठकमा ओलीलाई साथ दिँदै आएका बादलले यो पटक दाहाललाई साथ दिने बुझिएको छ । नेकपाको स्थायी कमिटी बैठक भोलि विहान ११ बजे बस्दैछ । काठमाडौं, ३१ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले आर्थिक वर्ष काठमाडौं,३१ जेठ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिकालाई जोखिम न्यूनीकरण काठमाडौं,३१ जेठ । नेकपा एमालेकी सांसद विद्या भट्टराई अधिकारीले सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र काठमाडौं, ३१ जेठ । नेपाल समाजवादी पार्टीकी नेतृ मानुषी यमी भट्टराईले गण्डकी प्रदेश सभा सदस्य काठमाडौं, जेठ ३१। प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि काठमाडौं,३१ जेठ । कोशी सरकार गठनको विवाद आज पनि समाधान नहुने भएको छ । बिहीबार चितवन,३१ जेठ । नारायणगढ–मुग्लिन सडकको २५ ठाउँका पहिरोको जोखिम रहेको डिभिजन सडक कार्यालय चितवनले जनाएको काठमाडौं, ३० जेठ । गण्डकी प्रदेश सभा सदस्य एवं मन्त्री फणीन्द्र देवकोटालाई नेकपा (माओवादी केन्द्र) काठमाडौं, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ‘डेडिकेटेड’ र ‘ट्रंक लाइन’ विद्युत् काठमाडौं, ५ साउन । सरकारमा शरदसिंह भण्डारीको सत्तरोहणसँगै लोकतान्त्रिक समाजवादी पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको छ काठमाडौं, ५ साउन। नेपाल परिवार दलले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ भेटि औपचारिक रुपमा सफल कार्यकालको काठमाडौं, ५ साउन ।
reportersnepal.com
1,015,775
कोरोना भाइरस संक्रमणाट गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले सार्वजनीक गरेको पछिल्लो २४ घण्टाको विवरण अनुसार विभिन्न अस्पतालमा उपचाररत संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा कास्कीका २ जना, बाग्लुंगका १ जना गोरखाका १ जना रहेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा गण्डकीमा ४४७ नयाँ संक्रमित थपिएका छन । कास्कीका २००, नवपरासीका ११, पर्वत ८, स्यांजाका ६७, बाग्लुगका १००, लम्जुगका १९ जना, म्याग्दकीका २ जना, २ मा संक्रमण पुष्टि भएको छ ।अहिलेसम्म गण्कडीमा संक्रमितको संख्या ६४३९५ पुगेको छ । स्टार नेपाल इन्फोसिस एण्ड एजुकेशन प्रा. लि. द्वारा बिगत ९ बर्ष देखी संञ्चालनमा रहेको सफल न्युज डट कम नेपाली भाषामा प्रकाशित हुने डिजिटल अनलाइन पत्रिका हो । हामी यसको माध्यमबाट फरक ढंगले सत्य, तथ्य तथा हरपल ताजा खवरहरु उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गर्दछौं ।
safalnews.com
2,033,331
जनकपुर उच्च अदालतबाट पक्राउका लागि वारेण्ट जारी भैइसकेका महोत्तरीका संघीय सांसद कोइरी अहिले निर्वाधरुपमा नियमित काम गरिरहेका छन् । संसद महतो प्रशासन तथा प्रहरीको आँखा नै अगाडी हिड्डुल गरेर चुनौती दिइरहेका छन् ।
kathmandupati.com
2,721,939
गत असार २२ गतेदेखि प्रारम्भ केन्द्रीय समितिको बैठकमा पार्टी विधानको धारा ७२ (४) अनुसार सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४ औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल केन्द्रित छ । बैठकमा आजसम्म करीब पाँच दर्जन केन्द्रीय सदस्यले धारणा व्यक्त गरिसक्नुुभएको छ । सो क्रममा अधिकांशले पार्टी विधानअनुसार सङ्गठनको अन्तरिम व्यवस्था गठन सहमतिमा गर्न सुझाव दिनुभएको केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले जानकारी दिए । करीब डेढ वर्षपछि १४ औँ महाधिवेशनको प्रक्रिया आरम्भ हुने भएकाले स्थानीयस्तरमा सहमतिको वातावरण कायम राख्न पनि हाल अन्तरिम संरचना सहमतिमा गठन गर्नुपर्नेमा अधिकांश केन्द्रीय सदस्यबाट सुझाव आएको उनले बताए । बैठकमा बुधबारदेखि विधानअनुसार क्रियाशील सदस्यता नवीकरण एवं वितरण, जागरण अभियानको प्रतिवेदन, प्रशिक्षण प्रतिष्ठानद्वारा कार्य प्रगति, अनुशासन समितिको प्रतिवेदन, भ्रातृ एवं शुभेच्छुक संस्थालगायत कार्यसूचीमाथि छलफल पार्टी कार्यालयले जनाएको छ । गत असार २२ गतेको बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले छलफलका लागि १४ कार्यसूची प्रस्तुत गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले आ–आफ्नो विचार व्यक्त गरेका थिए । केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते दिउँसो ३ बजे पुनः बस्ने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
ratopati.com
559,436
कोहलपुरबाट लामोदूरी तय गरेर जुम्ला पुगेको ११ केभी क्षमताको प्रसारण लाइनले प्रवाह गर्ने बिजुलीको गुणस्तर राम्रो छैन । जिल्लामा भएका साना लघुजलविद्युत् आयोजना वर्षमा पटक–पटक बिग्रन्छन् । स्थानीयबासीले बिजुलीको राम्रो सुविधा पाउन सकेका छैनन् । यही अवस्थालाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले नै एक सय ५० मेगावाट क्षमताको जवा तिला जलविद्युत् आयोजना निर्माण गर्ने तयारी थालेको छ । प्राधिकरणले कर्णाली प्रदेशको विद्युतीय पूर्वाधार निर्माणका लागि २५ रुपैयाँ अर्ब बराबरको लगानी गर्ने तयारी गरेको हो । जुम्लामा बिजुलीको समस्यालाई पूर्णरुपमा समाधान गर्ने र बिक्री गरी आम्दानी समेत गर्ने लक्ष्यका साथ संविधानसभा सदस्य एवं कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारीले आयोजनालाई अघि बढाउन सरकारसँग अनुरोध गरेको बताए । उनको अनुरोधलाई स्वीकार गर्दै प्राधिकरणको गत मंसिर २१ गतेको सञ्चालक समितिको बैठकले आयोजना निर्माण गर्ने निर्णय गरेको थियो । पूर्वमन्त्री भण्डारीका अनुसार आयोजना तीन वटा ढाँचामा निर्माण गर्ने गरी तयारी गरिएको छ । तल्लो क्षमतामा ७० मेगावाट, मझौला हिसाबले निर्माण गर्दा एक सय मेगावाट र पूर्ण क्षमतामा जाँदा एक सय ५० मेगावाट बराबर रहनेछ । प्रारम्भिक अनुमानमा आयोजनाको कूल लागत रु ३५ अर्ब बराबर रहनेछ । क्षमता तलमाथि हुँदा लागतमा पनि तलमाथि नै हुनसक्ने उनको भनाइ छ । जुम्लाको तिला गाउँपालिकामा आयोजनास्थल रहेको आयोजना कर्णालीको सहायक नदी तिला कर्णालीमा निर्माण हुनेछ । प्राधिकरणको सञ्चालक समितिले निर्णय गरी अनुमतिपत्रलगायतको प्रक्रियामा अगाडि बढिसकेको छ । ‘आयोजनाको कार्यान्वयन भएपछि तिला र जवा नदीमा बगिरहेको पानीबाट हुने आम्दानी जुम्लाका जनताको जीवनमा प्रतिविम्बित हुनेछ ।’ पूर्वमन्त्री भण्डारीले भने, ‘जुम्लाका जनताको जीवनमा आयोजनाले उज्यालोको अनुभूति मात्रै गराउने छैन । मुलुकका लागि बिजुली निर्यातमा समेत सहयोग पुग्नेछ ।’ ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आयोजना प्रारम्भिक अध्ययनका आधारमा उपयुक्त देखिएकाले प्राधिकरणले निर्माण गर्ने गरी निर्णय भएको बताए । मन्त्री भुसाल प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हुन् । परियोजनाको पहलकर्तासमेत रहेका पूर्वमन्त्री भण्डारीले आयोजना निर्माणपछि जुम्लाको समग्र आर्थिक अवस्थामा सुधार हुने र खेर गइरहेको प्राकृतिक स्रोतको सदुपयोग हुने बताए । अध्ययन अनुसार कर्णाली प्रदेशमा हालसम्म १८ हजार मेगावाट क्षमताका आयोजना पहिचान भएका छन् । त्यसमध्ये नौ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको चर्चा सुरु भएको लामो समय भए पनि हालसम्म प्रक्रिया अगाडि बढेको छैन । लगानी बोर्डले भारतीय प्रर्वद्धक कम्पनी ग्रान्धी माल्लिकार्जुन राव (जिएमआर) लाई वित्तीय व्यवस्थापन गर्न सर्तसहित समय थप गरे पनि पछिल्ला दिनमा देखिने गरी प्रगति हुनसकेको छैन । यस्तै, मुगुमा रहेको एक हजार नौ सय दुई मेगावाट क्षमताको मुगु कर्णाली जलविद्युत् आयोजनाको एनइए इञ्जिनियरिङ कम्पनीले विस्तृत इञ्जिनियरिङ अध्ययन गरिरहेको छ । त्यस्तै चार सय २६ मेगावाट क्षमताको फुर्कोट कर्णाली जलविद्युत् आयोजनाको अध्ययन प्रक्रिया पूरा भएको छ । अर्धजलाशययुक्त प्रकृतिको सो आयोजना निर्माणमा जाने तयारीमा छ । जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना तथा त्यसको सञ्चालनलगायतका महत्वपूर्ण भूमिका खेलेका पूर्वमन्त्री भण्डारीले भने, ‘जुम्लाले यतिबेला चिकित्सक उत्पादन गरेर दिए जस्तै जवा तिला आयोजनाको निर्माणपछि बिजुली पनि दिन्छ । हामी सोहीअनुसार आवश्यक प्रक्रियामा लागेका छौँ । आशा गरौँ, छिट्टै, हामी निर्माणमा जानेछौँ ।
lokpath.com
3,450,343
नेकपा एकीकृत समाजवादी पार्टी, स्कुल विभागले जनसंगठनका पदाधिकारीलाई प्रशिक्षण दिँदैछ ।
drishtinews.com
5,013,176
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार चालु आर्थिक वर्षमा काठमाडौंमा आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका हुन्। परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक सीताराम रिजालले चालु आवमा काठमाडौंमा दर्ता भएका नौ हजार दुई सय ५६ मुद्दामध्ये आधाभन्दा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जानकारी दिए। ‘पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत ‘चेक बाउन्स’, डलर साटिदिन्छु, चिठ्ठा पारिदिन्छु, राम्रो रोजगारीमा विदेश पठाइदिन्छु भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ’, उनले भने। परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले दैनिक बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी ३५ देखि ४० मुद्दा परिसरमा दर्ता हुने गरेको बताए। पछिल्लो समय काठमाडौंमा बैंकिङ कसुर र सङ्गठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको उनको भनाइ छ। परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराधबाहेक चालु आवमा अभद्र व्यवहारसम्बन्धी दुई हजार आठ, विविध अपराध पाँच सय ७५, चोरीसम्बन्धी कसुर चार सय ४५, लागुऔषध दुई सय ६७, महिला तथा बालबालिकासम्बन्धी कसुर दुई सय ५७, आत्महत्यासम्बन्धी कसुर दुई सय ३१, सवारी ज्यान तथा अङ्गभङ्गसम्बन्धी कसुर एक सय ४१ र कर्तव्य ज्यानमा २० मुद्दा दर्ता भएका छन्। परिसरमा गत आवमा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरमा चार हजार तीन सय ४३ मुद्दा दर्ता भएका थिए ।
nepalkhabar.com
3,009,231
कामना पब्लिकेसन्स् नेपाली पत्रकारिताको इतिहासमा गोरखापत्रपछि नीजि क्षेत्रबाट संचालित पहिलो पब्लिकेसन्स् हाउँस हो । यो पब्लिकेसन्स्ले शुरुका दिनमा नेपालमा एउटा फिल्म मुस्किलले बन्ने बेलामा बरिष्ठ पत्रकार स्व.पुष्करलाल श्रेष्ठको नेतृत्वमा रंग पत्रकारिताबाट शुरु भएको हो । उहाँको योगदान, सघर्ष, टीमवर्कको विश्वासकै कारण कामना पब्लिेकेसन्स् सत्य, तथ्य र निष्पक्ष पत्रकारिता गर्ने एउटा पत्रकारिताको नमूना बन्न सफल भएको छ । यो नेपालको पत्रकारिता क्षेत्रको विश्वविद्यालय नै भन्दा पनि फरक पर्दैन । आज अधिकांश ठूला संचार गृहमा कामना प्रकाशनबाट उत्पादित पत्रकार नभएको ठाउँ छैन । कामना प्रकाशनले कामना, साधना, महानगर, नेपाल समाचारपत्र, न्यूज अफ नेपाल क्रमश समय सापेक्ष प्रकाशनहरु थप गर्दै निष्पक्ष पत्रकारिताको छवि बनाई सुशासन मार्फत देशको स्वास्थ्य क्षेत्रको विकासका लागि आवश्यक नीति, नियम, विधिको शासनमा हुनुपर्ने कुरा औल्याई कतिपय अवस्थामा स्वास्थ्य नीति बनाउँन समेत महत्वपूर्ण योगदान गरेकोछ । कामना प्रकाशनले पत्रकारिताका लागि गरेका सघर्षपूर्ण कार्यहरु प्रशसनिय र अनुकरण गर्नुपर्ने छन् । देशका विभिन्न तह र तप्कामा रहेर के कस्तो स्वास्थ्य सेवा भएका छन,हुनुपर्छ र राज्यको भूमिका के भएको छ र के हुनुपर्छ भन्ने बिषयमा नीति निमार्ण तहलाई नै साथ र सहयोग पुग्ने गरि विषय उजागर गर्दै आएकोछ । भविष्यमा पनि यो प्रकाशनबाट प्रकाशित हुने हरेक पत्रिका, अनलाईन मार्फत स्वास्थ्य, शिक्षा, आर्थिक, सामाजिक, राजनीतिक,साँस्कृतिक विकासमा शसक्त योगदान पु¥याउन सकोस भन्ने शुभकामना व्यक्त गर्दछु ।
newsofnepal.com
5,943,733
सांकेतिक तस्बिर बेइजिङ – चीनको उत्तरपश्चिमी सिन्जियाङ क्षेत्रमा रहेको एक आवासीय भवनमा भएको आगलागीमा परी १० जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । एउटा अग्लो भवनमा आगलागी भएको थियो । ‘आकस्मिक उपचारको बाबजुद दस जनाको मृत्यु भयो’, सिन्ह्वाले रिपोर्ट गरेको छ । घाइते ९ जना खतरामुक्त रहेको बताइएको छ । कमजोर सुरक्षा मापदण्ड र तिनीहरूलाई लागू गर्ने जिम्मेवार अधिकारीबीचको भ्रष्टाचारको कारणले गर्दा चीनमा बारम्बार आगलागीका घटना दोहोरिएका छन् । यो हप्ता मध्यचीनको आन्याङ सहरमा रहेको एउटा कारखानामा आगलागी हुँदा ३८ जनाको मृत्यु र दुई जना घाइते भएका थिए । अधिकारीहरूले विद्युत वेल्डिंगमा कामदारहरूले सुरक्षा उपायहरू उल्लंघन गरेको दोष लगाएका थिए ।
khabarhub.com
3,185,601
पूर्वीनाका काकडभिट्टाबाट आर्थिक वर्ष २०८०/८१ मा १५ अर्ब ३३ करोड १७ लाख ५३ हजार रुपैयाँ मूल्य बराबरको अलैची, चिया, अदुवा र अम्रिसो भारत निर्यात भएको छ । उक्त अवधिमा १८ अर्ब ९५ करोड ७८ लाख ८५ हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु भारत निर्यात भएको छ । आर्थिक वर्ष २०८०र८१ मा काँकडभिट्टाबाट छ अर्ब ९८ करोड ८८ लाख रुपैयाँ मूल्यको जैविक चिया भारत निर्यात भएको क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चनद्रेश्वर यादवले बताए । यो नाकाबाट सबैभन्दा धेरै अलैची, चिया, अदुवा र अम्रिसो निर्यात भएको छ । सोही अवधिमा ११ हजार ६४८ मेट्रिक टन चिया निर्यात भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा यही नाका भएर छ अर्ब ५२ करोड १७ लाख रुपैयाँ मूल्य बराबरको चार हजार ५१० मेट्रिक टन अलैची भारत निर्यात भएको छ । सूचना अधिकारी यादवका अनुसार उक्त अवधिमा एक अर्ब २४ करोड आठ लाख ५० हजार रुपैयाँ मूल्य बराबरको नौ हजार ५४५ मेट्रिक टन अम्रिसो भारत निर्यात भएको छ । पहाड र तराईमा उत्पादन हुने अदुवा ठूलो परिमाणमा निर्यात हुने कृषिवस्तुमध्ये एक हो । आव २०८०/८१ मा काँकडभिट्टाबाट ५८ रुपैयाँ करोड चार लाख तीन हजारको अदुवा निर्यात भएको सूचना अधिकारी यादवले जानकारी दिए । सृजना इन्टरनेशनल मिडिया प्रा.लि. पानीपोखरी, काठमाडौं ।
souryaonline.com